Websoft University
February 2025


विराटनगरफागुन ६ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारीलाई २०८१ साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । 


विभागीय मूल्य-मान्यताआदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी हवल्दार अधिकारीले माघ १८ गते मोरङ विराटनगर महानगरपालिका-५ विशाल चौक कलेरुवा टोलका सरयुग मण्डलको नातिनी देश भारत छपरा जिल्ला घर भएकी १४ वर्षीया बालिका २०/२५ दिन अगाडि देखि मावली घर आई बस्दै आएकिमा उनलाई ८/१० दिन अगाडि देखि नदेखिएको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी हवल्दार अधिकारीले उक्त घटनाको सूक्ष्म रूपमा अनुसन्धान गर्ने क्रममा माघ १८ गते बालिकाको शव मावली हजुरवुवाको घर छेउमा खाडल खनी गाडेको अवस्थामा फेला पारी घटनामा संलग्न रहेका ६ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै शान्ति सुरक्षा तथा सु-व्यवस्था कायम राख्न अहम भूमिका निर्वाह गरेको हुँदा निज प्रहरी हवल्दारबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरिएको हो ।

 


विराटनगर फागुन ५ गते । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा ग्रिनपिस र सरस्वती विजयी भएको छ ।

पहिलो खेलमा ग्रिनपिस स्कुलले ग्रिनल्याण्ड स्कुललाई ३७ रनले पराजित गरेको छ । टस जितेर गरेको ग्रिनपिसले निर्धारित २० ओभर खेल्दै सवै विकेट गुमाई १ सय १० रन बनाएको थियो । ग्रिनपिसलागि निरज शेखले सर्वाधिक २३ रनको योगदान दिए । ग्रिनल्याण्डका प्रकाश यादव र राकेश यादवले ३–३ विकेट लिए ।

१ सय ११ रनको लक्ष्य पछ्याएको ग्रिनल्याण्डले १४ ओभरमा सवै विकेट गुमाई ७३ रनमा सिमित भयो । ग्रिनल्याण्डको अमर मण्डलले सर्वाधिक १९ रनको योगदान दिए । ग्रिनपिसका प्लेयर अफ म्याच मेरज शेखले ५ विकेट लिए ।

दोस्रो खेलमा सरस्वती स्कुलले सगरमाथा स्कुललाई ८२ रनको विशाल अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३६ रन बनाएको थियो । सरस्वतीकालागि प्लेयर अफ म्याच विकाश् कामतले सर्वाधिक ४२ रनको योगदान दिए । सगरमाथाका साहुल झाले २ विकेट लिए ।

१ सय ३७ रनको विशाल लक्ष्य पछ्याएको सगरमाथाले ११ दशमलव ३ बलमा सवै विकेट गुमाई ५४ रनमा सिमित भयो  । सगरमाथाका सिद्धान्त यादवले सर्वाधिक १८ रनको योगदान दिए । सरस्वतीका प्रशान्त यादवले ५ विकेट लिँदा विकाश कामतले ४ विकेट लिए ।


 


विराटनगर फागुन ५ गते । वैज्ञानिक डा. बिष्णु रायमाझीले एभरेष्ट एजुकेशन एक्जिबिसन बालबालिकाको भविष्यको आकार बनाउने माध्यम हुने बताउनुभएको छ ।

आज विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गरेको दुई दिवसीय ‘एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै वैज्ञानिक डा. रायमाझीले यस्तै एक्जिबिसनले बालबालिकालाई अन्वेषणमा लाग्न प्रेरित गर्ने बताउनुभयो ।

यस्ता एक्जिबिसनले बालबालिकालाई सिक्ने सिकाउने कुरामा धेरै अभिप्रेरणा हुने भन्दै, उहाँले त्यसकै परिणामस्वरुप सफल ब्यक्ति बन्न सघाउ पुग्ने धारणा ब्यक्त गर्नुभयो । आफू सामान्य विद्यालयबाट अध्ययन गर्दै पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न अमेरिका पुगेको स्मरण गर्दै आफ्नो रुचि अनुसारको विभिन्न अन्वेषणमा सक्रियता पूर्वक सहभागिता जनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ मेरो रुचि अनुसार अमेरिकामा पुगेर पनि विभिन्न वरिष्ठ वैज्ञानिकहरूसँग सहकार्य गर्ने अवसर जुर्‍यो र त्यसको परिणाम स्वरुप हामीले अल्जाइमर रोगको अन्वेषण गरियो । कोभिड १९ को भ्याक्सिन तथा ट्याब्लेट बनाइयो । अहिले किशोरीहरुलाई लगाइरहेको भ्याक्सिन एचपीभी अन्वेषणमा पनि हाम्रो भूमिका रह्यो ।’

यसको अर्थ बालबालिकाको रुचि अनुसारको उनीहरुको ‘इनोभेटिभ’ कुरा वा ‘क्रिटिकल थिङकिङ’लाई अभिभावकले नजिकबाट बुझेर प्रोत्साहन गर्न सक्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउन सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘त्यो वातावरण एभरेष्ट एजुकेशन एक्जिबिसन जस्ता कार्यक्रमले प्रदान गर्छ ।’

कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले एभरेष्टका बालबालिकाले आफ्नो सिकाइलाई व्यवहारत लागु गर्न सकुन् भनेर हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले एभरेष्ट स्कुलले उत्कृष्ट शिक्षण थलोको रुपमा आफूलाई स्थापित गर्न प्रयत्नशील रहेको समेत बताउनुभयो ।

विद्यालयका प्राचार्य टिकाराम पुरीले विराटनगरमै विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य लिएर आफूहरु अघि बढेको भन्दै त्यसको परिणाम क्रमशः आइरहेको चर्चा गर्नुभयो । उहाँले अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा एभरेष्टका विद्यार्थीहरुले हरेक क्षेत्रमा लिएको अग्रणी जिम्मेवारीले आफूहरुलाई गर्व लाग्ने बताउनुभयो ।

उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले हरेक क्षेत्रमा उत्तिकै लगानी गरिरहेको चर्चा गर्दै विद्यालयको मेहनतलाई अभिभावक र शिक्षक कर्मचारीहरुले समेत उसैगरी बुझि दिएकोमा धन्यवाद समेत ब्यक्त गर्नुभयो । उहाँले दुई दिवसीय एक्जिबिसनले बालबालिकाले आफूले कक्षा कोठामा सिकेको सिकाइलाई ब्यवहारिक रुपमा प्रदर्शन गने, अभिभावक र शिक्षक शिक्षिकाले आफ्ना बालबालिकाको क्षमतालाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्ने बताउनुभयो ।

उहाँले एभरेष्ट स्कुलले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको भन्दै विद्यार्थीको सर्वाङ्गीण विकासका निम्ति कुनै कसर नराख्ने समेत बताउनुभयो । बालबालिकाका प्रतिभा देखाउने एक्जिबिसनको उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय स्तरमा छवि बनाउन सफल बैज्ञानिक त्यो पनि कोशी प्रदेशकै ब्यक्तिलाई प्रमुख अतिथि बनाउन पाएको गर्व लागेको समेत बताउनुभयो ।

आज र भोली दुई दिन सम्म चल्ने एक्जिबिसनमा २५ सय विद्यार्थीले आफूहरुले सिकेका पाठ्यक्रम अनुसारका परियोजनाहरुको प्रदर्शनी गर्दैछन् । जस अन्तर्गत पहिलो दिन आज यू.के.जी.देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको परियोजना प्रदर्शनी गरेका छन् । भोली अर्थात मंगलबार कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुको परियोजना प्रदर्शनी हुने विद्यालयका सह प्राचार्य कुन्दन पुरीले बताउनुभयो ।

‘ज्ञान सीप र रचनात्मकतासँग भविष्यको आकार’ भन्ने नाराका साथ आयोजना गरिएको एक्जिबिसनमा विद्यार्थीहरुले विज्ञान, कम्प्यूटर विज्ञान, कला कौशल, र अन्य विभिन्न रोचक तथा ज्ञान मूलक विषयवस्तुहरूको प्रदर्शनी गरिरहेको एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख टी एन भण्डारीले बताउनुभयो ।


काठमाडौं फागुन ५ गते ।
विलक्षण क्रियसन प्रा.लि. र कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा १३ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५’ (नाइफ)को तयारी अन्तिम चरणमा पुगेको छ । यो महोत्सव यही ९ फागुनबाट ११ फागुनसम्म नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजना हुँदै छ । 

महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रका अनुसार यो महोत्सवको राष्ट्रिय चलचित्रको प्रतिस्पर्धामा यस पटक २९ वटा लामा छोटा चलचित्र महोत्सवको फाइनलको लागि चयन भएका छन् । महोत्सवमा प्राप्त ७३ वटा चलचित्र, वृत्तचित्र, लघु चलचित्र, आदिवासी जनजाति चलचित्र तथा सांगीतिक लघु चलचित्र र विद्यार्थी चलचित्रबाट २८ वटा लामा छोटा चलचित्र महोत्सवको फाइनलको लागि चयन भएका हुन् । जसमा कथानक चलचित्र सात वटा, लघु चलचित्र ७ वटा, सांगीतिक लघु चलचित्र ५ वटा, वृत्तचित्र ४ वटा, आदिवासी जनजाति चलचित्र ३ वटा, विद्यार्थी चलचित्र २ वटा रहेका छन् ।

महोत्सवमा यस पटक प्राप्त १६ वटा कथानक (फिचर) चलचित्रहरू मध्यबाट निर्णायक टिमले फाइनलको लागि ७ वटा चलचित्र चयन गरेको हो । शँकर घिमिरे निर्देशित तेल भिसा, ऋषिराज आचार्य निर्देशित द्रौपदी, जसमा दीपाश्री निरौला निर्देशित छक्का पञ्जा ५, माधवराज खरेल निर्देशित चिठ्ठी, घनश्याम लामिछाने निर्देशित लन्डन टु पेरिस, कृषा चौलागाई निर्देशित ऐँचो पैँचो र विनोद बुढाथोकी निर्देशित संकल्प रहेका छन् । संकल्प पहिलो पटक जापानमा निर्माण भएको नेपाली चलचित्र हो ।

यसै गरी यो महोत्सवमा फाइनल चरणको लागि लघु चलचित्र तर्फ रौनक विक्रम कँडेल निर्मित निर्देशित रेड, प्रद्युम्न मिश्र निर्देशित खुसी, सन्तोष सुवेदी निर्देशित द ट्रि म्यान, विकास मगर (विश्वास) निर्देशित खिल, कृष्णप्रसाद धिताल निर्देशित एप्रोन, गृष्म श्रेष्ठ निर्देशित आकाश, राजन खरेल निर्देशित हयर एम आई र डब्बु क्षत्री निर्देशित सिगरेट रहेको छ । यी मध्य रेड, सिगरेट र हयर एम आई अप्रतियोगी चलचित्र हुन् ।

महोत्सवमा फाइनलको लागि प्राप्त वृत्तचित्र मध्य ४ वटा नेपाली वृत्तचित्र तथा बृत्तचलचित्रअन्तिम प्रतिस्पर्धाको लागि चयन भएका छन् । जसमा रामजी ज्ञवाली निर्देशित रित्तो गाउँ, अरुण कुमार प्रधान निर्देशित (माता ः लिभिङ गडेज) लव प्याकुरेल निर्देशित गल्र्स रिवेरिङ र शिव पुरी निर्देशित डिफिनेटेड टु डिसापियर रहेका छन् ।

महोत्सवमा यस पटक प्राप्त २४ वटा सांगीतिक लघु चलचित्र मध्य पाँच वटा अन्तिम प्रतिस्पर्धाको लागि चयन भएका छन् । जसमा सोनाम पाख्रिन निर्देशित तिमी आँसु रहेछौ, हेमन्त शिशिर निर्देशित सँगै जुनी काटम्ला, देवेन्द्र कुँवर निर्देशित मायाले सजाउँला, जनक सिंह निर्देशित भुल्नै गारो भो, बबिता मगरको थिँक अवाउट यु र वीरेन्द्र भट विपिन निर्देशित जिन्दगी खेल जस्तै रहेको छ ।

यसै गरी आदिवासी जनजाति चलचित्रको प्रतिस्पर्धामा नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५को लागि फाइनलमा तीन वटा चलचित्र चयन भएका छन् । जसमा दर्शनवीर शाक्य निर्देशित नेपाल भाषाको लघु चलचित्र इन्द्रायणी, सागर केरुङ निर्देशित लिम्बु भाषाको चलचित्र के टु र आचार्य गोपाल निर्देशित मगर भाषाको चलचित्र अखत रहेका छन् ।

यस पटक स्टुडेन्ट चलचित्रको सूचीमा अन्तिम प्रतिस्पर्धाको लागि दुई विद्यार्थी चलचित्र चयन भएका छन् । जसमा कमला पौडेल र झरना साउद निर्देशित नो स्मोकिङ प्लिज र मोहन अभिलाषी निर्देशित स्कुल वाल रहेका छन् । महोत्सवमा चयन भएका चलचित्र, वृत्तचित्र, लघु चलचित्रबाट विभिन्न विधाको अवार्डको मनोनयन सूची पनि निर्णायक टिमले जारी गरेको छ ।


विराटनगर फागुन ४ गते । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा विकेभिएम र राइजिङ नेपाल विजयी भएको छ ।

पहिलो खेलमा विकेभिएम स्कुलले शिक्षादपि स्कुललाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको शिक्षादीपले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ८६ रन बनाएको थियो । शिक्षादीपकोलागि नितेश लाभले सर्वाधिक १५ रनको योगदान दिए । विकेभिएमका प्लेयर अफ म्याच हार्दिक रेग्मीले ३ विकेट लिए ।

८७ रन को सामान्य लक्ष्य पछ्याएको विकेभिएमले १० दशमलव ४ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । विकेभिएमका विविेक यादवले सर्वाधिक २३ रनको योगदान दिए शिक्षादीपका नितेश लाभले १ विकेट लिए ।

दोस्रो खेलमा राइजिङ नेपाल स्कुलले बुढानिलकण्ठ स्कुललाई १ सय ४० रनको विशाल अन्तरले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको राइजिङ नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७९ रन बनाएको थियो । राइजिङलागि अरमान खानले सर्वाधिक ३८ रनको योगदान दिए । बुढानिलकण्ठका डेविट थापा र कृष्ण पासवानले २–२ विकेट लिए ।

१ सय ८० रनको विशाल लक्ष्य पछ्याएको बुढानिलण्ठले ९ दशमलव ४ बलमा सवै विकेट गुमाई ३९ रनमा सिमित भयो  । बुढानिलकण्ठका प्रसिश खडकाले सर्वाधिक १४ रनको योगदान दिए । राइजिङका प्लेयर अफ म्याच रेहान शेखले ५ विकेट लिँदा आमिर आलमले ४ विकेट लिए ।


विराटनगर फागुन ४ गते । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गर्न लागेको दुई दिवसीय 'एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ को उद्घाटन वैज्ञानिक डा. विष्णु रायमाझीले गर्ने हुनुभएको छ ।


फागुन ५ र ६ गते हुने एक्जिबिसनको वरिष्ठ बैज्ञानिक रायमाझीले उद्घाटन गर्ने एभरेष्ट स्कुलका प्राचार्य टिकाराम पुरीले बताउनुभयो । उहाँले उद्घाटनसँगै विद्यार्थीहरुको लागि उत्प्रेरक भनाई समेत राख्ने विद्यालयले जनाएको छ ।

एभरेष्ट स्कुलले हरेक वर्ष विभिन्न कृयाकलाप गर्दै आएको छ । यस अघि कार्निभल गरेको एभरेष्टले यस वर्ष भने एभरेष्ट एजुकेशन एक्जिबिसनका नाममा कार्यक्रम गर्न लागेको हो ।

विद्यार्थीहरूको शैक्षिक र सृजनात्मक विकास गर्ने तथा पाठ्यक्रमद्वारा निर्दिष्ट गरिएका प्रयोगात्मक र जीवनोपयोगी शैक्षिक उपलब्धिहरूसँग विद्यार्थीहरूलाई जोड्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको प्राचार्य पुरीले बताउनुभएको छ ।

‘ज्ञान सीप र रचनात्मकतासँग भविष्यको आकार’ भन्ने नाराका साथ आयोजना गर्न लागेको एक्जिबिसनमा विद्यार्थीहरुले विज्ञान, कम्प्यूटर विज्ञान, कला कौशल, र अन्य विभिन्न रोचक तथा ज्ञान मूलक विषयवस्तुहरूको प्रदर्शनी गर्ने विद्यालयले जनाएको छ ।

विद्यार्थीले आफूले सिकेको कुरा व्यवहारत देखाउने कार्यक्रम भएकाले विद्यालयले अभिभावक, शिक्षा प्रेमी महानुभाव र सञ्चारकर्मीहरुलाई समेत प्रदर्शनीको अवलोकन गर्न आह्वान गरेको छ । एभरेष्ट कलेज परिसरमा हुने एक्जिबिसनमा यु.के.जी देखि कक्षा १२ सम्मका २५ सय बालबालिकाले विभिन्न विषयमा आफूहरुले सिकेका कुराहरुको परियोजनाहरुको प्रदर्शन गर्ने छन् ।

यु.के.जी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको प्रदर्शनी फागुन ५ गते र कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको प्रदर्शनी फागुन ६ गते बिहान ११ देखि ३ बजेसम्म हुनेछ ।


विराटनगर फागुन ४ गते | नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संघीय सांसद डा. शेखर कोइरालाले कमजोर आर्थिक अवस्था र बढ्दो भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बद्नाम हुँदै गएको बताएका छन् ।

मोरङको बूढीगंगा गाउँपालिकाले सञ्चालनमा ल्याएको पालिकास्तरीय अस्पतालको उद्घाटन गर्दै सांसद कोइरालाले भ्रष्टाचारसँग सम्बन्धित विभिन्न रिपोर्टका कारण देशलाई अफ्ठ्यारोमा पारेको बताए । ‘देशको आर्थिक अवस्थामा कमजोर हुँदै गएको छ । उत्पादकत्व वृद्धि हुन सकेको छैन । परनिर्भरता बढ्दै गएको छ,’ उनले भने, ‘अर्कातिर ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई), सीपीआईलगायत अन्तर्राष्ट्रिय संस्थाहरूको रिपोर्टले नेपालमा भ्रष्टाचार व्यापक मात्रामा बढेको देखाएको छ ।


 

यसले अन्तर्राष्ट्रियस्तरमा देश बद्नाम भएको छ । देश अफ्ठ्यारो अवस्थामा परेको छ ।’ नेता कोइरालाले सीपीआईको पछिल्लो रिपोर्टले विश्वका १८० मुलुकमध्ये नेपाल १०० मा ३४ अंकका साथ बढी भ्रष्टाचार हुने मुलुकको १०७ औं स्थान पर्नुले लज्जाको विषय भएको उनको टिप्पणी थियो ।

नेता कोइरालाले भ्रष्टाचारविरुद्ध निर्मम हुनु आवश्यक रहेको औंल्याए । देशमा सुशासन नभएकै कारण राजनीतिप्रति जनताको वितृष्णा बढ्दै गएको नेता कोइरालाले प्रस्ट पारे । सुशासन, पारदर्शिता, जिम्मेवारीबोध नहुँदा विकासले गति लिन नसकेको उनको कथन थियो । नेता कोइरालाले भ्रष्टाचार, विकृति, विसंगतिविरुद्ध जनता एकजुट भएर लड्नुपर्नेमा जोड दिए । ‘जस्तोसुकै परिस्थिति आए पनि देश नेता र जनता मिलेरै बनाउने हो,’ नेता कोइरालाले थपे, ‘यो देश हामीले नै हो बनाउने, देशभित्रै बसोबास गर्नेले बनाउने हो ।विदेशीआएर बनाउने होइन । त्यसो भएकाले सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नु जरुरी छ ।’

कोइरालाले विद्यालयस्तरदेखि नै स्वास्थ्य सचेतना फैलाउनु आवश्यक रहेको औंल्याए । उनले मानिस शारीरिक र मानसिक रुपमा स्वस्थ भएमा मात्रै देश सुन्दर र विकसित हुने बताए । ‘अस्वस्थ र रोगी मानिसले देश बनाउन सक्दैन,’ उनले थपे, ‘देश स्वस्थ मानिसले बनाउने हो । यदि जनता अस्वस्थ भएमा देशको पैसा पनि स्वास्थ्य उपचारमै खर्च हुन्छ । 

त्यसो भएकाले रोग लाग्न नदिन जनस्तर अझ विद्यालय तहदेखि नै व्यापक मात्रामा सचेतना जगाउनु आवश्यक छ ।’ आवश्यक मात्रामा दैनिक शुद्ध पानी पिउनाले ७० देखि ८० प्रतिशत रोग नलाग्ने चिकित्सकहरूले नै बनाउने गरेको उनको टिप्पणी थियो । उनले जनतालाई अस्पताल नै नजाने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । ‘घर–घरमा पुगेर स्वास्थ्यसँग सम्बन्धित सचेतना फैलाउन सकिए धेरै मानिस निरोगी हुन्छन्,’ उनको कथन थियो, ‘जसबाट अस्पतालहरूमा देखिँदै आएको भीड कम हुनेछ ।’

कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले हरेक वर्ष विश्वविद्यालयले ५ सय रोजगारी सिर्जना गर्नेगरी काम गरिरहेको जानकारी दिए । उनले प्राविधिक र सीपमूलक शिक्षाले मात्रै उत्पादित जनशक्तिले रोजगारी पाउने दाबी गरे । उनले बूढीगंगा गाउँपालिकासँग मिलेर रोजगारमूलक तालिम र शिक्षा दिन विश्वविद्यालय तयार रहेको प्रस्ट्याए । 

बूढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले गाउँपालिकाले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाए । उनले अस्पतालको फार्मेसीबाट बिमामार्फत उपलब्ध हुने ५ सय र गाउँपालिकाले छुट्टै ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको जानकारी दिए । अध्यक्ष थापा मगरले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुविधासम्पन्न आकर्षक पार्क निर्माण, महिला उद्यमी ग्रामले चाँडै नै मूर्त रुप लिने जानकारी दिए ।

उद्घाटन समारोहमा संविधानसभा सदस्य पवनकुमार सारडा, वीरेन्द्रकुमार माझी, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलिया, गाउँपालिकाका निवर्तमान अध्यक्ष बालचन्द्र माझी, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझी, नेकपा एमालेका सत्यनारायण चौधरी, गाउँपालिकाकी उपाध्यक्ष अमृताकुमारी गच्छदार, बूढीगंगा गाउँपलिका खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजन केसीलगायतले पालिका अस्पतालले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिएका थिए । समारोहमा अस्पताल निर्माणमा सहयोग पु¥याउने उद्योगी जगदीश अग्रवाल, रविरञ्जन झा र सञ्जय अग्रवाललाई सम्मान गरिएको थियो । विशाल ग्रुपका जगदीश अग्रवालले २५ लाख रुपैयाँको लागतमा दन्त विभागका लागि आवश्यक पर्ने प्राविधिक र चिकित्सकीय यन्त्रहरू सहयोग गरेका छन् ।

पालिकास्तरीय अस्पतालमा आकस्मिक र ओपीडी सेवा रहेको छ । १० बेडको सो अस्पतालमा फिजिसियन, दाँत, प्रसूति, एक्से–रे, ल्याब, फार्मेसीलगायतका सेवाहरू उपलब्ध रहेको अध्यक्ष थापा मगरले जानकारी गराए । पालिकावासीको सुविधालाई ध्यानमा राखेर ३६५ दिनको चौवीसै घण्टा आकस्मिक सेवा उपलब्ध हुनेछ । त्यसबाहेक बिहान ८ देखि राति ८ बजेसम्म ओपीडी सेवा पनि चालुरहने उनले बताए ।


विराटनगर फागुन ३ गते | नोना कोइराला स्मृति प्रतिष्ठान, बूढीगंगा गाउँपालिका र केएचडीसी नेपालको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

मोरङको बूढीगंगा गाउँपालिकास्थित नरग्राम माविमा आयोजित शिविरको नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संघीय सांसद डा. शेखर कोइरालाले उद्घाटन गर्नुभयो । कोइरालाले आफ्नो प्रेसर र सुगर जाँच गरेर शिविरको उद्घाटन गर्नुभएको हो । ग्रामीण क्षेत्र र आर्थिक रुपमा विपन्न समुदायलाई लक्षित गरी प्रतिष्ठानले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको प्रतिष्ठानकी अध्यक्ष पुनम कोइरालाले जानकारी दिनुभयो ।

 घरदैलोमै पुगेर जाँच गर्दा सर्वसाधारणको स्वास्थ्यबारे जानकारी हुने र कुनै समस्या भए तत्कालै अस्पताल लगेर थप उपचार गर्न सहज हुने देखेर शिविर आयोजना गरिएको कोइरालाको भनाइ थियो । शिविरबाट ३ सय ५२ जनाले स्वास्थ्यलाभ लिनुका साथै १५ जनाले इकोसमेत गरेको महासचिव अमित श्रीवास्तवले जानकारी दिनुभयो । शिविरमा उच्च रक्तचाप,मधुमेह,इको, इसिजी,फोक्सोलगायतको जाँच गरिएको थियो ।

जाँचपछि औषधि खानुपर्ने बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको उहाँले बताउनुभयो । वरिष्ठ नेता डा. कोइरालासहित बूढीगंगा गाउँपालिदकाका अध्यक्ष जितनारायण थापा मगर, वडाध्यक्ष सोमनाथ काफ्ले, प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, प्रतिष्ठानका उपाध्यक्ष ज्योति आचार्य, सल्लाहकार डा. नारायणकुमारलगायतको उपस्थितिमा भएको शिविरमा केएचडीसी नेपाल प्रमुख प्रा.डा. संजीवकुमार शर्मा, अन्य चिकित्सक डा. उज्ज्वलकुमार साह, डा. ब्रजेशकुमार झा, डा. रोशन कार्की, डा. उत्सव दुलाल, डा. प्रज्वल गौतमलगायत चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य चेकजाँच गर्नुभएको थियो । 

त्यसैगरी सोही शिविरमा पाठेघरको मुखको क्यान्सरको परीक्षणसमेत गरिएको थियो । पाठेघरको मुखको क्यान्सरका कारण हुने महिलाहरुको मृत्युदरलाई कम गराउने उद्देश्यले निःशुल्क रुपमा जाँच गरिएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

शिविर उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले अझै पनि आमनागरिकको पहुँचमा स्वास्थ्य सेवा पुग्न नसकेको बताउनुभयो ।

उहाँले स्वास्थ्य र शिक्षालाई आमजनताको पहुँचमा पु¥याउन तीनै तहको सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । संविधानको मौलिक हकमै समावेश गरे पनि जनताले अझै सहज रुपमा शिक्षा र स्वास्थ्य सेवा प्राप्त नगरेको कोइरालाको भनाइ थियो । आर्थिक अभावमा धेरै नागरिक रोग पालेर बस्न बाध्य भएको बताउँदै कोइरालाले कतिपयले अस्पतालको मुखै नदेखी मृत्युवरण गर्नुपरेको उल्लेख गर्नुभयो ।

पछिल्लो समय पहाड र ग्रामीण क्षेत्रबाट बसाइँसराइ बढ्नुको मुख्य कारण शिक्षा र स्वास्थ्य भएको उहाँले बताउनुभयो । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको खोजीमा पहाडबाट तराई र तराईका गाउँबाट सहर बसाइँ सर्ने क्रम बढेको नेता कोइरालाले दाबी गर्नुभयो ।


विराटनगर फागुन ३ गते | राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरतर्फ विराटनगर महानगरपालिका दोस्रो भएको छ ।

६ वटा महानगरपालिकामध्ये विराटनगरले ७३ दशमलव ५ प्रतिशत अंकका साथ दोस्रो भएको हो । आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङ्कन गर्छ । ती सूचकहरूमध्ये पालिकाले समयमै सभामा बजेट पेश गरे÷नगरेको, पारित गरे÷नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे÷नगरेको, राजस्वको विभाजन गरे÷नगरेकोलगायत पर्छन् । 

आयोगका अनुसार भरतपुर महानगरले ७६ दशमलव २ प्रतिशत अंक ल्याएर पहिलो हुँदा वीरगञ्ज महानगरले ४३ दशमलव १ प्रतिशत अंक प्राप्त गरेर छैटौं अर्थात् अन्तिम भएको छ ।

 तेस्रो हुने ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत, चौथो हुने काठमाडौं महानगरले ५४ दशमलव ३ प्रतिशत र पाँचौं हुने पोखरा महानगरले ५१ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेका छन् । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तेस्रो वर्षसम्म पहिलो भएको हो ।

कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर दोस्रो हुनुले महानगरका लागि खुसी र गौरवको क्षणभएको मेयर नागेश कोइरालाले प्रतिक्रियादिनुभयो । विराटनगरभन्दा स्रोत साधनले अब्बल महानगरहरुलाई उछिन्नु नै खुसीको क्षण भएको उहाँको भनाइ थियो । 

‘यस अवसरमा सम्पूर्ण जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, महाशाखा तथा शाखा प्रमुख, कर्मचारी, पत्रकार, नागरिक समाजसहित विराटनगरबासीमा हार्दिक धन्यवादसहित बधाई ज्ञापन गर्दछु,’ मेयर कोइरालाले भन्नुभयो, ‘अबको लक्ष्य पहिलो हुने हो । 

त्यसका लागि आजैदेखि सबैले आ–आफ्नो स्थानबाट काम गरौं भन्ने आग्रह पनि गर्दछु ।’ विराटनगर महानगर बेरुजु फछ्र्यौटमा पनि उत्कृष्ट हुँदै गएको छ । गत आर्थिक वर्ष मोरङका १७ पालिकामध्ये सबैभन्दा कम बेरुजु कामय भएको महानगर भएको थियो ।

 


बिराटनगर फागुन २ गते  । रातीको समयमा मोरङ विराटनगर महानगरपालिका वडा नं, ३, एयरपोर्ट मोड दक्षिण, कोशी राजमार्गको पश्चिममा रहेको पुजा इन्टरनेशनल प्रा। लि। कम्पनीको शाखा कार्यालयको अगाडि सिसा फोरी रोकि राखेको सोरूम भित्रको गाडी त्ष्नगल मोडलको कार १ थान ल्यापटप १ थान चोरि गरी लगेको भन्ने सुचनाका आधारमा प्रहरीले तत्काल खोजी गरी रातो कार चोर मनोज कुमार बिनलाई पिच्छा गरी सुनसरीबाट पक्राउगरेको छ । रातो कार चोरी गर्ने चोरलाई पक्राउ गरी अहिले प्रहरीले कानुनी कारवाही र अनुसन्धान सुरु गरेको जनाएको छ ।




विराटनगर माघ ३० गते | विराटनगर महानगरपालिकाको आयोजनामा अनलाइन नागरिकता सिफारिससम्बन्धी दुईदिने अभिमुखीकरण सुरु भएको छ ।

अभिमुखीकरण कार्यक्रमको महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । दुईदिने अभिमुखीकरणमा महानगरका १९ वटै वडाका सचिव र सिफारिस हेर्ने कर्मचारी सहभागी छन् । पहिलो दिन बुधबार १, २, ३, ४, ५, ६, १०, १४, १७ र १८ नम्बरका वडासचिव र सिफारिस हेर्ने कर्मचारीलाई तालिममा सहभागी गराइएको छ । उनीहरुलाई अनलाइन डाटा इन्ट्री, वडामा डाटा इन्ट्री गरिसकेपछि जिल्ला प्रशासन कार्यालय पठाउने तरिका, नयाँ नागरिकताका लागि अनलाइन सिफारिस, सिफारिस गर्नुभन्दा अगाडि आवश्यक पर्ने कागजातलाई स्क्यान गर्ने तरिकालगायतका विषयमा जानकारी गराइनेछ ।

 कार्यक्रममा उपमेयर कार्कीले नागरिकताको अनलाइन सिफारिसले जिल्ला प्रशासन कार्यालयमा हुने ढिलासुस्ती र झन्झट कम हुने बताउनुभयो । सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमा घण्टौं लाइनमा बस्नुपर्ने झन्झट समाप्त हुने उहाँको भनाइ थियो । उहाँले अब कुनै कारणले नागरिकता हराए वा नष्ट भएमा त्यसको विवरण सहजै पाउन सकिने उल्लेख गर्नुभयो । सिफारिस गर्दा कर्मचारीलाई समस्या नहोस् भनेर महानगरले तालिमसञ्चालन गरेकोउपमेयर कार्कीले जानकारी दिनुभयो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले कम्प्युटर चलाउन जान्नेले नागरिकताकोअनलाइन सिफारिस सहजै गर्न सक्ने बताउनुभयो । ढुंगेलले सरकारी सेवालाई प्रविधिमैत्री बनाउने लग्ने सरकारको नीतिअनुसार नागरिकताको अनलाइन सिफारिस सुरु भएको उल्लेख गर्नुभयो । तालिमपछि नागरिकता अनलाइन सिफारिस गर्दा समस्या नआउने उहाँको भनाइ थियो । दुईदिनसम्म सञ्चालन हुने तालिममा बिहीबार वडा नम्बर ७, ८, ९, ११, १२, १३, १५, १६ र १९ का वडासचिव र सिफारिस हेर्ने कर्मचारीलाई सहभागी गराइने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढुंगेलले जानकारी दिनुभयो । महानगरपालिकाकी आइटी शाखाकी अर्चना कर्ण र जिल्ला प्रशासन कार्यालयका कर्मचारीले तालिममा सहजीकरण गर्नुभएको छ ।

नागरिकताको अनलाइन सिफारिस गत आइतबार मेयर नागेश कोइरालाले वडा नम्बर ९ बाट शुभारम्भ गर्नुभएको थियो । मोरङका १७ स्थानीय तहका १५९ वटै वडाबाट अनलाइन नागरिकता सिफारिस सुरु भइसकेको छ । यो सेवाले नागरिकता छिटोछरितो प्राप्त गर्नुका साथै आवश्यक परेका बेला तत्काल रेकर्ड फेला पार्न सहज हुनेछ । यस प्रणालीमा प्रिन्ट गरिएको अनुसूची सिफारिसलाई विस्थापन गर्दै अनलाइन माध्यमबाट नागरिकताको सिफारिस पठाउने सुविधा हुन्छ । नागरिकताका लागि आवश्यक विवरण र कागजात वडा कार्यालयले यस प्रणालीमा प्रविष्ट गरी पूर्ण विवरणसहित अनुसूचीको प्रिन्टमा वडाध्यक्षले हस्ताक्षर गरेर सेवाग्राहीलाई दिन्छ । उक्त अनुसूची लिएर जिल्ला प्रशासन कार्यालयमा सनाखत गरेपछि तत्काल सेवाग्राहीले नागरिकता पाउँछन् ।

‘सीसीआईएमएस सफ्टवेयर’को प्रयोगबाट सिफारिस गर्दा यसअघि वडा कार्यालयले अनुसूची सिफारिस गर्ने प्रक्रिया सकिनेछ । नागरिकता लिने सेवाग्राही वडामा पुगेपछि यसअगाडि जिल्ला प्रशासनले गर्ने कार्य वडाले नै सक्नेछ । यसअगाडि वडाले अनुसूची फारम भरेर पठाएको कागजात प्रशासनले प्रमाणीकरण गरी सम्बन्धित व्यक्तिको सनाखत गराएपछि सफ्टवेयरमा ‘इन्ट्री’ हुन्थ्यो । यो विवरण इन्ट्री अब वडाले नै सफ्टवेयरमा गरिसक्नेछ । ‘सीसीआईएमएस’ प्रणालीको यूजर आइडी वडाका सचिवसँग रहनेछ ।



विराटनगर  माघ ३० गते । प्रेस चेीतारी नेपालको कोशीको दोस्रो अधिबेश लाइ सम्बोधन गर्दै कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले ल्याएको संचार विधेयक सर्वसम्मतले पारित गरिने बताउनु भएकोछ । 

प्रदेशसभामा छलफलमा रहेकोविधेयकमा केही संशोधन सहित पारित गरिने मुख्यमन्त्री कार्कीले बताउनुभयो |

प्रेस चेोतारी कोशी प्रदेश समितिको दोश्रो प्रदेश अधिवेशनकोआज विराटनगरमा आयोजित उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएकोहो । मुख्यमन्त्री कार्कीले पत्रकारहरूले सत्य र तथ्यमा आधारित भएर सम्प्रेषण गर्न आग्रह गर्नुभयो । तथ्यमा आधारित भएर समाचार सम्प्रेषण नहुँदा कहिलेकाहीँ भ्रम सिर्जना हुने गरेको उहाँको भनाइ छ । 

प्रेस चेोतारी कोशीमा सर्वसम्मत नेतृत्व चयन गर्न उहाँले आग्रह गर्नुभयो । 

विराटनगरमा शुरू अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनमा १४० आयोजक र प्रतिनिधि गरि १४० सहभागी छन् ।अधिबेश भइरहेको  छ |


विराटनगर माघ २९ गते | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आफ्नो कार्यकालमा सुरु गरेका एक दर्जनभन्दा बढी ठूला बहुवर्षीय योजनाहरू चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताउनुभएको छ ।

सीमित स्रोत र साधनको बाबजुत महानगरवासीको असीमित चाहना पूरा गर्न लागिपरेको उहाँको भनाइ थियो । कोइरालाले विराटनगरको विकासमा अहोरात्र खटिँदासमेत महानगरवासीले जस नदिने गरेको गुनासोसमेत गर्नुभयो ।

विराटनगर महानगरपालिकाको समन्वयमा मकालु टेलिभिजनले मंगलबार आयोजना गरेको सार्वजनिक सुनुवाइमा मेयर कोइरालाले भौतिक संरचनाको विकासले गति लिएको दाबी गर्नुभयो । उमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ५ का सन्तोष न्यौपाने, ७ का मधुबाबु तिवारी, ८ का राम पोखरेल, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र नेउपाने, १४ का सूर्यनारायण महतो, १५ का प्रकाश साह, १६ का उद्धव भुजेल, १९ का श्याम घिमिरेसहित कार्यपालिका सदस्यसमेतको उपस्थितिमा भएको कार्यक्रममा महानगरवासीले उठाएका जिज्ञासाको मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्कीले जवाफ दिनुभएको थियो । वडाका विषयमा उठेका प्रश्नको जवाफ भने सम्बन्धित वडाका अध्यक्षले दिनुभएको थियो ।

मेयर कोइरालाले बहुवर्षीय योजनाअन्तर्गत १७ करोड १३ लाख रुपैयाँको लागतमा विराटनगरलाई जन्मथलो र कर्मथलो बनाएका सातजना प्रधानमन्त्रीको शालिकसहित निर्माण भइरहेको प्रधानमन्त्री पार्कको काम हालसम्म ६५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिनुभयो । त्यस्तै ३ करोड ९८ लाख रुपैयाँको लागतमा विराटनगर–२ मा सन्ध्याकालीन आरतीस्थलको निर्माण ८० प्रतिशत, १४ करोड ७५ लाख रुपैयाँको लागतमा महानगरको सुविधासम्पन्न प्रशासनिक भवन ५० प्रतिशत, विराटनगर–१४ मा बहुवर्षीय योजनाअन्तन्तर्गत ६ करोड १६ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको रानीपोखरीसहित हरियाली पार्कको काम ७० प्रतिशत, ७ करोड ३७ लाख रुपैयाँको लागतमा विराटनगर–१४ मै निर्माण भइरहेको मण्ठापोखरीको पनि काम ६५ प्रतिशत सम्पन्न भइसकेको मेयर कोइरालाको भनाइ थियो ।

उहाँका अनुसार १ करोड ३२ लाख रुपैयाँको लागतमा जीर्णाेद्वार भइरहेको पुष्पलाल चोक सडकको पनि ८० प्रतिशत काम सकिएको छ । विराटनगर–२ स्थित त्रिभुज मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । जसको निर्माण लागत ३ करोड ३८ लाख रुपैयाँ रहेको छ । डुबान नियन्त्रण गर्ने अभियानअन्तर्गत वडा नम्बर ३ स्थित प्रतीक मार्ग, मानगढ मार्ग, आस्थामार्ग, फिफा मार्ग, मितेरी मार्ग, त्रिमार्गमा कभरसहित आरसीसी नाला, रिटेरिङवाल तथा कालोपत्रे निर्माण कार्य ४० प्रतिशत सम्पन्न भइसकेको छ ।

 जसको लागत ४ करोड रुपैयाँ रहेको छ । ५ करोड ३८ लाख रुपैयाँको लागतमा विराटनगर वडा नम्बर ५ र ६ को शान्तिचोकदेखि विएफएम हुँदै केशलिया रोडसम्म नाला, कल्भर्ट, नालामा स्ल्याबसहित कालोपत्रे गर्ने कार्य सम्पन्न भइसकेको मेयर कोइरालाले बताउनुभयो । राजवंशी चोक पश्चिम वडा नम्बर ४ को पुलचोकदेखि नोवेलसम्म र केशलिया रोडदेखि ११ र १२ वडा नम्बर हुँदै जोगबनी–विराटनगर सडकअन्तर्गत पूर्वाञ्चल बालआश्रम दक्षिणसम्मको करिब ५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य ५०प्रतिशत सम्पन्न भइसकेको छ । ३ करोड ८२ लाख रुपैयाँ निर्माण भइरहेको सो सडक यसै आर्थिक वर्षभित्र सम्पन्न हुनेछ । विराटनगर वडा नम्बर १३ को विराटनगर आँखा अस्पताल अगाडिको सडकमा नालाको काम ९५ प्रतिशत सकिएको छ । अब स्ल्याब र कालोपत्रे गर्न मात्रै बाँकी रहेको छ ।

६ करोडभन्दा बढीको बहुवर्षीय योजनाअन्तर्गत विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि दक्षिण हुँदै स्वागत चोक पश्चिमको नाला र कल्भर्ट निर्माणको काम ८०प्रतिशत सम्पन्न भएको मेयर कोइरालालेबताउनुभयो । बहुवर्षीय योजनाअन्तर्गतको १२ करोड लागत रहेको महानगर बहुप्राविधिक शिक्षालयको भवन निर्माणको काम पनि ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । बहुवर्षीय योजनाअन्तर्गत सञ्चालन भइरहेका सबै ठूलो परियोजनाहरु चालु  आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी तीव्र रुपमा काम भइरहेको मेयर कोइरालाले बताउनुभयो ।

मेयर कोइरालाले १० वर्षमा हुन नसकेको विकास निर्माणको काम १ वर्षको अवधिमा भएको दाबी गर्नुभयो । मेयर कोइरालाले समग्र विराटनगर महानगरपालिका क्षेत्रको विकास निर्माणको काम भइरहेको बताउनुभयो । विराटनगरको वडा नं. ४ र ५ को सिमानामा पर्ने जामुनगाछी सडक मार्गको काम संघीय सरकारले गरिरहेको भए पनि विराटनगर महानगरपालिकाको निरन्तर समन्वय र दबाबका कारण द्रुत गतिमा निर्माणको काम भइरहेको उहाँको दाबी थियो । मेयर कोइरालाले १० वर्षको अवधिमा अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्गअन्तर्गतको जामुनगाछी सडक मार्ग विराटनगर महानगरपालिकाकै समन्वय र दबाबका कारण काम भइरहेको बताउँदै मेयर कोइरालाले आगामी जेठभित्र कालोपत्रे हुने उल्लेख गर्नुभयो ।  मेयर कोइरालाले भौतिक संरचनाको विकाससँगै शिक्षा, स्वास्थ्य, सामाजिक, पार्किङ, ट्राफिक व्यवस्थापनलगायतका विषयमा उठेका जिज्ञासाको उत्तर दिनुभएको   थियो ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले बजार अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाइरहेको दाबी गर्नुभयो । उहाँले न्यायिक समितिमा परेका उजुरीका विषयमा छानबिन गरी छिटो र छरितो रुपमा न्याय सम्पादन गरिरहेको जानकारी दिनुभयो ।

 समितिले प्रभावकारी रुपमा काम गर्दा धेरै विवाद सहज रुपमा निरुपण हुने गरेको उहाँले बताउनुभयो । जसबाट विवाद नमिलेर महानगरवासीले अदालत पुग्नुपर्ने बाध्यता कम भएको उहाँको भनाइ थियो । धेरै उजुरी दुवै पक्षलाई राखेर मिलाएर पठाउने गरेको उपमेयर कार्कीले जानकारी दिनुभयो ।  ३ नम्बर वडाको डुबान समस्याका विषयमा उठेको जिज्ञासाको वडाध्यक्ष वासुबहादुर बस्नेतले जवाफ दिनुभएको थियो भने ट्राफिक व्यवस्थापन र पार्किङका विषयमा उठेका प्रश्नको नगर प्रहरीका प्रमुख राजन पौडेल र ट्राफिक प्रहरीका प्रमुख राजन लम्सालले जवाफ दिभयो ।  

सार्वजनिक सुनुवाईमा उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, जागरण अभियानका मोरङ सचिव स्वयम्भूनाथ कार्की, ज्येष्ठ नागरिक समाज महानगर समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, विराटनगर–१४ का सत्यनारायण यादव, विराटनगर–४ की शान्ता दाहाल, विराटनगर–४ कै सुनिता ताम्राकार, विराटनगर–३ का निर्मला नेपाल, विराटनगर–११ का अर्जुन भट्टराई, विराटनगर–५ का डेविट घिमिरे, विराटनगर–३ का विकास लिम्बू, विराटनगर–४ का बाबुराम घिमिरे, विराटनगर–३ का कृष्ण खतिवडा, ४ का फडिन्द्र ढकाल, सुदीप रेग्मी, २ का अभयकुमार वैद्य, दधिराम अधिकारीलगायतले सडक, नालासहितको भौतिक संरचना निर्माणका साथै बजार अनुगमन, सुशासन, सडक बत्ती, फोहोर व्यवस्थापन, पार्किङ, ज्येष्ठ नागरिकका अधिकार, टोल विकास संस्थाको गठन, छाडा चौपाय नियन्त्रणलगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो ।


विराटनगर माघ २८ गते । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी फागुन १६ गतेदेखि २० गतेसम्म मोरङको बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी गर्ने भएको छ ।
 
मोरङको बेलबारी नगरपालिकास्थित तमु बुद्धिष्ट गुम्बामा आयोजना हुने उक्त कार्यक्रममा समसामयिक चित्रकला, परम्परागत चित्रकला, समकायिक मुर्तिकला, परम्परागत मुर्तिकला, हस्तकला, भिडियो तथा फोटोग्राफी, मैथिली, थारु, सन्थाल, राजवंशी, खवास लोककलाहरु, टिपिकल रैथाने कलाहरु प्रदर्शनी हुने जनाएको छ । यस्तै  प्रतिस्थापन कला, वास्तुकला, भावभङ्गीकलाको समेत प्रदर्शनी हुने आयोजकले जनाएको छ ।
 
प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि प्रादेशिक ललितकला प्रदर्शनी गर्न थालेको हो । गत वर्ष कोशी प्रदेशका १४ जिल्लाका १४६ कलाकारहरूको सहभागिता थियो । त्यसक्रममा राष्ट्रिय कला प्रदर्शनीमा ६० जना कलाकारहरूले विभिन्न कलाका क्षेत्रमा आफ्ना उत्कृष्ट कृतिहरू प्रदर्शन गरेका थिए। 

यस पटकको प्रदर्शनीमा १५ हजारभन्दा बढी दर्शकहरू सहभागी हुने लक्ष्य राखिएको छ । प्रादेशिक प्रदर्शनीका लागि संयोजक संजय वान्तावा को संयोजक्त्त्वमा ६१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।


विराटनगर माघ २७ गते | विराटनगर महानगरपालिकाले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा विराटनगरस्थित पोखरिया मावि प्रथम भएको   छ ।

विराटनगर–४ स्थित श्री मावि कञ्चनबारीले संयोजन गरेको प्रतियोगितामा २३ वटा सामुदायिक विद्यालयलाई पछि पार्दै पोखरिया प्रथम भएको हो । प्रतियोगितामा आदर्श मावि द्वितीय, मदननगर आधारभूत विद्यालय तृतीय र श्री मावि कञ्चनबारीले सान्त्वना स्थान प्राप्त गरे ।

 प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः २०, १५ र १० हजार नगदसहित शिल्ड, ट्रर्फी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको उद्घाटन महानगरका मेयर नागेश कोइरालाले गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विद्यार्थीको चौतर्फी विकासका लागि महानगरले काम गरिरहेको बताउनुभयो । उहाँले पठनपाठनसँगै अन्य गतिविधिमा समेत सक्रिय हुन विद्यार्थीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ४ का अध्यक्ष जितन थापा, महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, श्री मावि कञ्चनबारीका व्यवस्थापन समितिका अध्यक्ष गुणराज खनाल, प्रधानाध्यापक राजेन्द्र घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रतियोगितामा २३ सामुदायिक विद्यालयका २ सयभन्दा बढी विद्यार्थीले नृत्य प्रस्तुत गरेको महानगरको शैक्षिक महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो । विद्यार्थीको क्षमता विकासका लागि महानगरले लोकनृत्य, हाजिरीजवाफ, वक्तृत्वकला, विज्ञान प्रदर्शनीलगायतका विभिन्न अतिरिक्त क्रियाकलापसमेत गर्दै आएको छ ।

 


विराटनगर  माघ २७ गते | नागरिकता प्राप्त गर्ने प्रक्रियालाई छिटोछरितो र सहज बनाउने उद्देश्यले अनलाइन सिफारिस मोरङमा विराटनगर महानगरपालिकाको वडा नम्बर ९ बाट सुरु भएको छ ।

वडा नम्बर ९ को कार्यालयमा महानगर मेयर नागेश कोइराला र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अनलाइन नागरिकता सिफारिस सेवा औपचारिक रुपमा आइतबार शुभारम्भ गर्नुभयो । सम्बन्धित वडा अध्यक्ष विश्वनाथप्रसाद भगत, वडा नम्बर १९ का श्याम घिमिरे, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतको उपस्थितिमा मेयर कोइराला र प्रजिअ यादवले अनलाइन सिफारिसको शुभारम्भ गर्नुभएको हो । 

महानगर मेयर कोइरालाले अनलाइन नागरिकता सिफारिस वडाबाट सुरु भएकाले अबदेखि सेवाग्राहीले सहजै सेवा प्राप्त गर्ने दाबी गर्नुभयो । उहाँले यसले सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमा घण्टौं लाइनमा बस्नुपर्ने झन्झट समाप्त भएको बताउनुभयो । 

उहाँले अब कुनै कारणले नागरिकता हराए वा नष्ट भएमा त्यसको विवरण सहजै पाउन सकिने उल्लेख गर्नुभयो । ‘नागरिकता हराएमा अब विगतमा जस्तो सेवाग्राहीले झन्झट व्यहोर्नुपर्दैन । सबै रेकर्ड सफ्वेयरमा रहन्छ,’ मेयर कोइरालाले भन्नुभयो, ‘यो संघीयताको सकारात्मक पक्ष पनि हो । जिप्रकाबाट प्राप्त हुने धेरै सुविधा वडा तहबाट जनताले प्राप्त गर्नेछन् ।’

प्रमुख जिल्ला अधिकारी यादवले अनलाइन नागरिकता सिफारिस वडाबाट भएर आएपछि सेवाग्राहीको सनाखत गरेर तत्काल नागरिकता प्रमाणपत्र प्रदान गर्ने सहज भएको बताउनुभयो । यो प्रविधिको प्रयोगले समयको बचतका साथै सहज सेवा पाउनुका साथै आवश्यक परेको बेला तत्काल अभिलेख पनि पाउन सहज भएको उहाँको भनाइ थियो । अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवाप्रवाहमा छरितो, झुटा र कीर्ते विवरण भरेर नागरिकता लिने कार्य रोक्न गृह प्रशासनले सीसीआईएमएसलाई अगाडि बढाएको छ ।

प्रजिअ यादवले मोरङका १७ स्थानीय तहका १५९ वडामा एक साथ यो सेवा सुरु भएको जानकारी दिनुभयो । यो सेवाले नागरिकता छिटोछरितो प्राप्त गर्नुका साथै आवश्यक परेका बेला तत्काल रेकर्ड फेला पार्न सहज हुने प्रजिअ यादवको भनाइ छ ।

 यस प्रणालीमा प्रिन्ट गरिएको अनुसूची सिफारिसलाई विस्थापन गर्दै अनलाइन माध्यमबाट नागरिकताको सिफारिस पठाउने सुविधा हुन्छ । नागरिकताका लागि आवश्यक विवरण र कागजात वडा कार्यालयले यस प्रणालीमा प्रविष्ट गरी पूर्ण विवरणसहित अनुसूचीको प्रिन्टमा वडाध्यक्षले हस्ताक्षर गरेर सेवाग्राहीलाई दिन्छ । उक्त अनुसूची लिएर जिल्ला प्रशासन कार्यालयमा सनाखत गरेपछि तत्काल सेवाग्राहीले नागरिकता पाउँछन् ।

‘सीसीआईएमएस सफ्टवेयर’को प्रयोगबाट सिफारिस गर्दा यसअघि वडा कार्यालयले अनुसूची सिफारिस गर्ने प्रक्रिया सकिनेछ । नागरिकता लिने सेवाग्राही वडामा पुगेपछि यसअगाडि जिल्ला प्रशासनले गर्ने कार्य वडाले नै सक्नेछ । यसअगाडि वडाले अनुसूची फारम भरेर पठाएको कागजात प्रशासनले प्रमाणीकरण गरी सम्बन्धित व्यक्तिको सनाखत गराएपछि सफ्टवेयरमा ‘इन्ट्री’ हुन्थ्यो । 

यो विवरण इन्ट्री अब वडाले नै सफ्टवेयरमा गरिसक्नेछ । ‘सीसीआईएमएस’ प्रणालीको यूजर आइडी वडाका सचिवसँग रहनेछ । सेवाग्राहीको सबै विवरण र कागजात वडा कार्यालयले नै सफ्टवेयरमा प्रविष्ट गरेपछि त्यसको एकप्रति सेवाग्राहीलाई दिएर पठाउने छन् । सेवाग्राहीले वडाबाट दिइएको प्रति लिएर जिल्ला प्रशासन कार्यालयमा पुगेपछि अनलाइन इन्ट्री भएको विवरणका आधारमा नागरिकता प्रिन्ट गरेर दिइने प्रजिअ यादवले जानकारी दिनुभयो ।

वडामा सेवाग्राहीका विवरणसहितको कागजात ‘स्क्यान’ गरी ‘अपलोड’ गरेपछि अनुसूची ‘प्रिन्ट’ गरेर वडाध्यक्षले हस्ताक्षर गर्नुपर्ने हुन्छ । त्यो सेवाग्राहीमार्फत प्रशासन कार्यालयमा पुग्नुपर्ने हुन्छ । यो प्रणालीको शुभारम्भ भएसँगै आगामी हप्ताको आइतबारदेखि अनलाइन सिफारिसले मात्रै मान्यता पाउने प्रजिअ यादवले जानकारी दिनुभयो । यस्तो सेवाले एउटै कामका लागि सेवाग्राहीले दोहोरो झन्झट बेहोर्नु पर्ने बाध्यताको अन्त्य हुने उहाँको भनाइ थियो ।

 यसले नागरिकताको अभिलेख ‘नेसनल सर्भर’ (जीआईडीसी)मा रहनेछ । नेपाल सरकारले चालू आर्थिक वर्षबाट देशभरिका वडा कार्यालयमार्फत केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली सेवा सुरु गर्ने कार्यक्रम ल्याएको छ । यसअघि डडेल्धुरा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, चितवन, स्याङ्जा, कैलालीलगायतका जिल्लामा यो सेवा लागू भइसकेको छ ।


विराटनगर माघ २६ गते | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्राविधिक र सीपमूलक शिक्षाबाट मात्रै रोजगारीका अवसरहरु प्राप्त हुने बताउनुभएको छ ।

विराटनगरस्थित सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलको २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्राविधिक ज्ञान र सीप बिना अब जतिसुकै अध्ययन गरे पनि रोजगारी नपाउने दाबी गर्नुभयो । हातमा सीप र प्राविधिक ज्ञान नभए चारवटै विषयमा डिग्री गरे पनि रोजगारी पाउन नसक्ने उहाँको भनाइ थियो । मेयर कोइरालाले विद्यालयस्तरदेखि नै रोजगारमूलक शिक्षामा जोड दिनु आवश्यक रहेको औंल्याउनुभयो ।

 ‘अबको जमाना आइटीको मात्रै नभएर एआईको जमाना हो । समयअनुसारको शिक्षा दिन सकेमात्रै उत्पादित जनशक्तिका लागि रोजगारी प्राप्त हुन सक्छ,’ मेयर कोइरालाले भन्नुभयो, ‘विश्व नै अहिले ग्लोवल भिलेजका रुपमा परिणत भएको छ । आइटीमा राम्रो ज्ञान भएमा नेपालमै बसेर पनि विश्वको जुनसुकै देशको काम गर्न सकिन्छ । यसबाट विदेशी मुद्रा पनि भित्रिन्छ ।’

मेयर कोइरालाले रोजगारी सिर्जना र शिक्षाको गुणस्तर वृद्धिमा संस्थागत विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको औंल्याए । सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा महानगरपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको कोइरालाले सुनाए । कार्यक्रममा नर्सरीदेखि १२ कक्षासम्मका उत्कृष्ट विद्यार्थीहरुलाई विभिन्न विधाका पुरस्कारहरु वितरण गरिएको थियो । विद्यार्थीहरुले विभिन्न

विराटनगर–११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौला, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी प्रदेशका निमित्त प्रमुख शालिग्राम दाहाल, विद्यालयका संस्थापक प्राचार्य त्रिलोचन गौतम, सहप्राचार्य रोहिणीरमण दवाडी, अभिभावक तारानाथ निरौलालगायतले शुभकामना व्यक्त गर्नुभएको  थियो । कार्यक्रममा विद्यार्थीहरुले नाटक, विभिन्न जातीय पहिरन नृत्य तथा गीत प्रस्तुत गरेका थिए । विद्यालयमा करिब १५ सय विद्यार्थी अध्ययनरत छन् ।

 


विराटनगर माघ २६ गते | चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई पुरस्कृत गरेको छ ।

२० औं वार्षिकोत्सवको अवसर पारेर विराटनगरमा आयोजित विशेष समारोहमा प्रतिष्ठानले साहित्य, पत्रकारिता, धर्मसंस्कृति, कलालगायतका विभिन्न विधाका पुरस्कार समर्पण गरेको हो । प्रतिष्ठानले १ लाख ५१ हजार नगद राशिको धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चूडामणि बन्धुलाई समर्पण गरेको छ । त्यस्तै जनही ५१ हजार राशिको बालकिशन÷नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्मसंस्कृति चेतना पुरस्कार भानुभक्त जोशी (बझाङ), ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार इन्दिरा राना मगर (झापा)लाई प्रदान गरियो । राना मगर प्रतिनिधिसभाकी उपसभामुखसमेत हुन् ।


त्यस्तै जनही ५१ हजार राशिकै नरेश सुवेदी साहित्यिक पत्रकारिता पुरस्कार पत्रकार कमल पौडेल (मोरङ), भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार कलाकार सन्तोष पन्त (काठमाडौं), डा. नरेन्द्र÷योगमाया÷भवानीशंकर चापागाईं युवा प्रतिभा चेतना पुरस्कार युवा प्रतिभा रामजी राम (रौतहट), केदारनाथ÷मञ्जु सत्याल बाल प्रतिभा चेतना पुरस्कार बालप्रतिभा आभाष ढकाल (स्याङ्जा) लाई प्रदान गरिएको थियो । यसै वर्षदेखि वितरण गर्न थालिएको १ लाख १ हजार राशिको जगतबन्धु–अञ्जु कार्की साहित्य सेवा चेतना पुरस्कार महाकाव्यकार सोमराज अभयलाई प्रदान गरियो । 


कार्यक्रममा प्रमुख अतिथि महेन्द्र मोरङ क्याम्पसका पूर्वप्रमुख प्रा.डा. बाबुराम तिम्सिना, आयोजक संस्थाकी अध्यक्ष गंगा सुवेदी, पुरस्कारका संस्थापक दीनबन्धु गोयल, हरिभक्त सिटौला, दिनेश सुवेदी, बेनिगोपाल मुन्दडा, अञ्जु कार्की, सरला चापागाईंलगायतले दोसल्ला ओढाएर सम्मानपत्र र नगद राशि प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि तिम्सिनासहित पुरस्कारका संस्थापक, कवि दिङ्लाली कान्छो, हरिप्रसाद बराल, मीनकुमार नवोदित, निर्मला कोइरालालगायतले पुरस्कृत व्यक्तिहरुको व्यक्तित्व र कृतित्वका विषयमा चर्चा गरे ।

प्रतिष्ठानले स्थापनादेखि नै विभिन्न साहित्यिक, सांस्कृतिक र धार्मिक गतिविधि गर्दै आएको छ । हरेक महिनाको पहिलो शुक्रबार मासिक कार्यक्रम, मकालु टेलिभिजनबाट चेतना प्रवाह, त्रैमासिक रुपमा चेतना सन्देश पत्रिका प्रकाशन गरेर प्रतिष्ठानका गतिविधिलाई व्यापक बनाउँदै लगेको आयोजक संस्थाकी अध्यक्ष गंगा सुवेदीले जानकारी दिइन् । उनले साहित्यबाहेक समसामयिक विषयमा बहस, विचार गोष्ठीसमेत आयोजना गर्ने गरेको बताइन् ।


बिराटनगर माघ २६ गते | बिराटनगर । बराहक्षेत्र बिराटनगर सम्पर्क समाज बिराटनगरले आफनो बार्षिक कार्याक्रम मोरगंको कटहरी स्थित गोपाल फनपार्कमा सम्पन्न गरेको छ ।

समाजले बराहक्षेत्र नगरपालिका भित्र रहेको तत्कालिन  बराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकासपुर र मधुवन गरी ५ गाबिसहरुमा जन्मेर हुर्केर बिराटनगर र आसपास क्षेत्रलाई कर्मथलो बनाई बिभिन्न पेशा गरी बस्नु हुने १ सय २० घर परिबारबाट २ सय ६० जना सदस्यहरुको पारिबारीक मिलन तथा बनभोज कार्याक्रम सम्पन्न गरेको छ । समाजले बिस २०७४ साल देखि बिभिन्न कार्याक्रम गर्दे आएको छ ।

अगामी बर्ष देखि बिभिन्न कार्यक्रम गर्नका लागि ४ उपसमितीको संयोजक तोकिएको सम्पर्क समाजका अध्यक्ष अबिजाल बिष्टले जानकारी गराए । महिलाहरुको लागि तीज कार्यक्रम सम्पन्न गर्न बिराटनगर ४ निबासी मन्जु बरालको संयोजकत्व ७ सदस्य उपसमिती बनेको छ । यसै गरी बिभिन्न मन्त्रालय र पालिकाहरुमा समन्वय र प्रस्तावना पेश गर्नका लागि अध्यक्ष अबिजाल बिष्टको संयोजकत्व ५ सदस्य उपसमिती बनेको छ ।

बिराटनगरबाट नजिकै रहेको धार्मिक तथा आन्तरिक पर्यटनलाई सहयोग पुराउने हेतुका साथ अगाडि बढेको यो समाजले सम्पुर्ण बराहक्षेत्र नगरपालिका साथै रामधुनी नगरपालिका, धरान उपमहानगरपालिका र उदयपुर जिल्लाको बेलका नगरपालिकामा रहेका धार्मिक मठमन्दिरहरको संरक्षण, प्रचारप्रसार लगायतका बिबिध कार्यक्रम गर्ने भावी योजना बनाएको अध्यक्ष अबिजाल बिष्टले कार्याक्रममा प्रस्तुत गरेका थिए ।  सबै घरपरिबारलाई पारिबारीक मिलन  र बार्षिकरुपमा बनभोज कार्याक्रमलाई नियमित गर्न उद्योगी तथा समाजसेवी युबराज बरालले सहयोग गर्ने  बताएका छन् । 

कार्याक्रममा २५ जना अग्रजहरु ब्यक्तित्वहरुलाई जेष्ठ सदस्य नारद प्रसाद दाहालले सम्मान गर्नु भएको थियो भने कोषाध्यक्ष मातृका निरौलाले बार्षिक आय ब्यय आर्थिक बर्ष २०८१ असार मसान्त सम्मको हिसाब किताब सार्बजनिक गर्नु भएको   थियो ।

 

 


बिराटनगर  माघ २६ गते | बिराटनगर । ७ भाई छोराहरु मिलेर स्थापना गरेको तेजबहादुर–कृष्णमाया बिष्ट स्मृति प्रतिष्ठानले शिशुकक्षा देखि कक्षा ५ मा प्रथम, दितिय र तृतिय हुनेहरुलाई जेहेन्दार छात्रबृद्धि साथै बिद्यालयमा अध्ययनरत सबै छात्र–छात्राहरुलाई शैक्षिक सामग्री प्रदान गरेका छ ।

बराहक्षेत्र नगरपालिका वार्ड न. १ बगुवा स्थित श्री भगवती आधारभुत बिद्यालयमा अध्ययन गर्ने सबै बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । शिशु कक्षा देखि कक्षा ५ उर्तीण गरेका प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई ब्याग सहित शैक्षिक स्टेशनरीले पुरस्कृत गरेको प्रतिष्ठानका अध्यक्ष अबिजाल बिष्टले जानकारी गराएका छन् । हरेक बर्ष बिद्यालयको बार्षिक उत्सवमा एउटै आमाबुबाबाट ७ भाई छोराहरु जन्मेर आफना बुवा आमाको नाममा स्थापना गरेको तेजबहादुर– कृष्णमाया बिष्ट प्रतिष्ठानको नाम रहेको अक्षयकोषबाट प्राप्त ब्याज अनि नपुग थप रकम जम्मा गरी ब्याग, स्टेशनरीहरु, शैक्षिक सामग्रीहरु बितरण गर्दे आईरहेको छ । 


७ छोराहरु राजकुमार, जिवनकुमार, हरिबहादुर, बासुदेब, कृष्ण बहादुर, भक्तबहादुर, अबिजाल बिष्ट साथै नातिनातिनाहरुको सल्लाह अनुसार अक्षयकोषमा यसै बर्ष अझ थप रकम जम्मा गर्ने समेत अध्यक्ष अबिजाल बिष्टले बताएका छन् । बि.स. २०१९ साल देखि पढाई शुरु भए पनि बिधिबत बि.स.२०३० सालमा दर्ता भई बिद्यालय सन्चालन  भै एक सय जना भन्दा बढी बिद्यार्थीहरु हाल अध्ययन गरिरहेका छ ।


बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष राजु थापाको अगुवाईमा बिद्यालयमा शैक्षिक गुणस्तर, बिद्यालयको भोतिक ब्यबस्थापन, बिद्यालयमा हरियाली गार्डेनिगं लगायतका काम भैरहेको तर स्रोतको कमीको कारण दातृ संस्थाहरुको खोजी, मन भएका दाताहरुसंग सहयोग मागिरहेको, खोजीरहेको अध्यक्ष थापाले बताएका छन् ।

कार्याक्रमको प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले आफै अध्ययन गरेको बिद्यालयमा पुर्ब बिद्यार्थी अबिजाल बिष्टले बिराटनगर बसेर आमाबुवाको नाममा अक्षयकोष खडागरी नियमित छात्रबृद्धि दिने कामको प्रंसासा गर्दै,अझै थप भौतिक पुर्बाधार, कार्याक्रम गर्न स्टेज समेत बनाई दिन प्रतिष्ठानका अध्यक्ष तथा बिद्यालयका पुर्ब बिद्यार्थी अबिजाल बिष्टसंग आग्रह गर्नु भएको छ । यसै सन्दर्भमा नगरपालिकाको तर्फबाट फुलबारी बनाउन तुरन्तै सहयोग गर्ने बचन समेत गर्नु भएको छ ।

नोट) प्रिय पत्रकार साथीहरु, यो समाचार तपाईको मिडिया, सन्चारगृह, अनलाईन आदि बाट प्रकासित प्रशारित गरिदिनु होला । फोटो समेत पठाएको छु ।  फोटो समेत पठाएको छु ।

 

 


विराटनगर माघ २६ गते | आख्यानकार नारद पोखरेलद्वारा लिखित ‘उर्वरा’ उपन्यासमाथि विराटनगरमा विमर्श गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले विराटनगरस्थित हिमालय दर्शन कलेजको सभाहलमा आयोजना गरेको कार्यक्रममा ‘उर्वरा’ उपन्यासमाथि विमर्श गरिएको हो । तीनको दशकदेखि साहित्य लेखनमा सक्रिय पोखरेलको हालै प्रकाशित उर्वराको केही महिनाअघि काठमाडौंमा विमोचन गरिएको थियो । 

प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षता तथा अग्रज साहित्यकार प्राध्यापक कविराज न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अग्रज समालोचक भूषण ढुंगेलले उर्वरा उपन्यास समसामयिक र यथार्थरक कथावस्तुमा आधारित भएको उल्लेख गरे । ढुंगेलले उपन्यासमा ५०–६० वर्षअघि र अहिलेको समयमा घटित घटना र विषयवस्तुलाई समेट्ने काम गरिएको बताए ।

समीक्षक सुविद गुरागाईंले उर्वरा उपन्यास पठनीयमात्रै नभएर संग्रहणीय कृतिका रुपमा आएको चर्चा गरे । गुरागाईंले यथार्थताको धरातलमा उभिएर उपन्यासकारले उपन्यास लेखेको बताए । कवि सीमा आभासले उपन्यासमा लेखकले धेरै पात्रहरूलाई उभ्याएको बताइन् । भाषिक शुद्धतादेखि पुस्तकको आधार, साजसज्जा सबै उत्कृष्ट रहेको उनको भनाइ थियो ।

 कार्यक्रम प्रमुख अतिथि कविराज न्यौपाने, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्षसमेत रहेका आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, सचिवसमेत रहेका  कवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार भेषराज पोखरेल, नेपाल स्रष्टा समाज कोशी प्रदेशका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी उपाध्यक्ष सरिता अर्याल, साहित्यकार दिनेश पौडेल, कवि चूडामणि नेपाल अकिञ्चनलगायतले उर्वरा उपन्यासमाथि आ–आफ्ना दृष्टिकोण राखेका थिए । विमर्शमा लेखक पोखरेलले कल्पनामा भन्दा यथार्थमा रहेर उपन्यास लेख्ने गरेको प्रस्ट पारे । उनले उपन्यासका विषयवस्तु र कथासँगै पात्र पनि यही समाजको भएको बताए । पोखरेलले ६० वर्षअघि र अहिलेको समाज र चचित्रलाई उपन्यासमा जोड्ने प्रयास गरेको प्रस्ट्याए ।

पोखरेलको नयाँ बाटो उपन्यास २०३०, सिर्जना २०४० उपन्यास, प्रतिघात २०७८ उपन्यास र बाटो बिराएपछि लेखसंग्रह २०७९ मा प्रकाशित छन् । विमर्श गरिएको उर्वरालाई सुन्दर स्वदेश पब्लिकेशन काठमाडौंले प्रकाशित गरेको हो ।


बिराटनगर २०८१ माघ २६ गते | हिजो शुक्रबार, मोरङ उद्योग व्यापार संघले उद्योग–व्यवसाय प्रतिष्ठानमा विद्यूतको प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षा, गुणस्तरको मापन लगायत ध्यान दिनु पर्ने विषयहरुलाई समेटी एक दिने निःशुल्क तालिम आयोजना गरेको छ ।

संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा कार्यकारिणी सदस्य एवं उर्जा समितिका संयोजक शुशिल सुरानाले भ्mभचनष्लन तचभलमक ष्ल भ्भिअतचष्अब िक्बाभतथ, एचयमगअत त्तगबष्तिथ बलम ब्उउष्अिबतष्यल विषयक उक्त तालिम कार्यक्रम संचालन गर्नु भएको थियो ।

विभिन्न औद्योगिक÷व्यवसायिक प्रतिष्ठानका इलेक्ट्रीसियन तथा विद्यूत प्राविधिकहरुलाई प्रशिक्षण दिने उद्देश्यले संचालित उक्त तालिममा भारतबाट पाल्नु भएका विद्यूतीय उपकरणका विषेशज्ञ इन्जिनियर भरत अशोक उग्ले, काठमाडौँबाट पाल्नु भएका विषेशज्ञहरु, इन्जीनियर मनिष श्रेष्ठ र उज्जवल श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, महिला र युवा उद्यम समिति सदस्यहरु, विभिन्न औद्योगिक÷व्यवसायिक प्रतिष्ठानका प्रतिनिधिहरु लगायतको व्यापक उपस्थिति रहेको थियो ।

 


बिराटनगर माघ २५ गते | आज विशेष समारोह आयोजना गरेर कलेजले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका पूर्वविद्यार्थीहरुलाई सम्मान गरेको हो । एमवीवीएसमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने पुज्जल खड्का, वीएससी नर्सिङमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने सपना साह, कृषि तथा वन विश्वविद्यालयमा भेटनरी डाक्टरमा छात्रवृत्ति पाउन सफल अनुराग मञ्जिल गेलालसहित पूर्वविद्यार्थी इन्जिनियर तथा सहज निर्माण सेवा प्रालिका संस्थापक आनन्द शर्मा र अर्गानिक घरका संस्थापक युवा उद्यमी अभिषेक गौतमलाई कलेजले सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठलगायतले अविर, टीका, खादा लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले स्वरोजगारमूलक र व्यवहारिक शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो ।

 उहाँले प्रविधिमैत्री शिक्षाले मात्रै उत्पादित जनशक्तिले सहजै रोजगारी प्राप्त गर्न सक्ने उल्लेख गर्नुभयो । त्यस्तै प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौला, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी प्रदेशका निमित्त प्रमुख शालिग्राम दाहाल, नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, कलेजक निर्देशक डा. नरेन्द्रकुमार चौधरी, सल्लाहकार समितिका सदस्य प्रा.डा. देवेन्द्र अधिकारी, देवेश प्रधान, कलेजका संयोजक रमेश पाण्डेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कलेजले फन फिष्टाअन्तर्गत विभिन्न विज्ञान र खानाको प्रदर्शनीसमेत आयोजना गरेको थियो ।


विराटनगर माघ २५ गते |गंगाबहादुर–धनमाया स्मृति प्रतिष्ठानले विद्यार्थीलाई न्यानो कपडासहित स्टेशनरी सामग्री वितरण गरेको छ ।

प्रतिष्ठानले खोटाङ जिल्लाको दिप्रुङ–चुइचुम्मा गाउँपालिका वडा नम्बर ४ इँजारास्थित श्री राम्चे निकेतन माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालयमै पुगेर न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष कवि एवं पत्रकार मीनकुमार नवोदितले जानकारी दिए । 

कक्षागत परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन स्वरुप स्टेशनरी सामग्री प्रदान गरिएको थियो । १ देखि १० कक्षासम्म अध्ययन गर्ने रोल नम्बर ५ सम्मका ५० जना विद्यार्थीलाई कापी, कलम र पेन्सिल प्रदान गरिएको अध्यक्ष नवोदितले जानकारी दिए । 

कार्यक्रममा अध्यक्ष नवोदितसहित प्रतिष्ठानका उपाध्यक्ष रेवन्त श्रेष्ठ, कोषाध्यक्ष बब्लुता शाक्य, सदस्य हीरा श्रेष्ठ, मीना श्रेष्ठ, रीना श्रेष्ठ, भानु श्रेष्ठ, मीना श्रेष्ठ, पूर्ण श्रेष्ठलगायत पदाधिकारी र सदस्यहरुले उक्त सामग्री वितरण गरेका   थिए । सोही अवसरमा विद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको थियो । विद्यालयको पुस्तकालयका लागि प्रतिष्ठानका अध्यक्ष नवोदितले विभिन्न विधाका १५ थान पुस्तक प्रधानाध्यापक ईश्वर लम्साललाई प्रदान गरेका थिए । 

प्रतिष्ठानले हरेक वर्ष सो विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गर्दै आएको छ । आफूले प्रारम्भिक शिक्षा लिएको विद्यालयका भएका कारण सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु प्रोत्साहित होउन् भनेर विगतदेखि नै न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गर्दै आएको नवोदितले बताए ।


सुनसरी, माघ २५ गते । सुनसरीको छुट्टा छुट्टै स्थानबाट लागुऔषध गाँजा बोकेको २ वटा सवारी साधन र एउटा मोटरसाईकल प्रहरीले प्रहरीले नियन्त्रणमा लिएको छ । माघ २४ गते बिहान ३ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चिमडी र इलाका प्रहरी कार्यालय हरीनगरबाट खटिएको

प्रहरी टोलीले संकास्पद अवस्थामा रहेको ज्च्ठण्भ्ढछण्द्द नम्वरको स्कारपिओ गाडी रोक्न खोज्दा नरोकी भागए पछि देवानगंज(७ स्थितमा अनियन्त्रित भई  सडक भन्दा १० फिट तल झरेको अवस्थामा  प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त  स्कारपियोबाट १० बोरा गाँजा, सोही स्थान नजिक रहेको ४ पोका गाँजा समेत ९२९६ किलो ८५० ग्राम० र प्रदेश २(०३(००९ प ०९९७ नम्वरको मोटरसाईकल बरामद गरेको थियो ।  

 


यसै गरी २४ गते बेलुका इटहरी उप(महानगरपालिका(१७ स्थितबाट ट्राफिक समेतको सयुक्त चेकिङ टोलिले चेकजाँचको क्रममा  बा। २ च ३४६५ नम्वरको टाटा सफारी गाडीमा ८ पोका ९२ सय ३० किलो १५० ग्राम० गाँजा बरामद गरेको छ भने सोही दिन राती कोशी गाउँपालिका(३ स्थित नेपाल भारत सिमा नजिकमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी गस्ती टोलीले २ वटा वोरामा ४६ किलो ५६० ग्राम गाँजा बरामद गरेको थियो । बरामद भएका गाँजा र सवारी साधनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा आवश्यक कानूनि कारवाही भईरहेको छ ।


विराटनगर माघ २४ गते | विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

विराटनगरस्थित सिद्धार्थ बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि क वर्गका बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २ लाखरुपैयाँउपलब्धगराउने प्रतिबद्धता जनाएका छन् । दोस्रो चरणमा बाँकी रकम उपलब्ध गराउने बैंकले जनाएको छ ।

महानगरका मेयर नागेश कोइरालालाई बैंकका प्रदेश प्रमुख कमल बस्नेत, विराटनगर शाखा प्रमुख सूर्यप्रसाद शर्मा, बजार व्यवस्थापक समीक्षा पोखरेलले चेक हस्तान्तरण गर्नुभएको थियो । वडा नम्बर १७ का अध्यक्ष समिम कमर, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसमेतको उपस्थितिमा मेयर कोइरालालाई बैंकले चेक हस्तान्तरण गरेको हो । 

विराटनगरमा ३ सहित कोशी प्रदेशमा सिद्धार्थको ३० वटा शाखा रहेका छन् । महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना अगाडि बढाएको छ । सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । हालसम्म २९ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको महानगरका तर्फबाट सौन्दर्यकरण परियोजनाका लागि सहजीकरण गरिरहेका पुनमकुमार दाहालले जानकारी दिनुभयो ।

सिद्धार्थ बैंकसहित १६ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट २९ लाख ५० रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसवीआई बैंक, हिमालयन बैंक, नविल बैंक, लक्ष्मी सनराइज, सिटिजन बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए ।

महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पु¥याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि रोडशेष चोक दक्षिण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र विरुवासमेत रोपिसकिएको दाहालले जानकारी दिनुभयो ।

 बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये ३६ वटामा सौन्दर्यकरणको काम सकिएको छ । मेयर कोइरालाले विराटनगरको विराटनगरको समग्र विकासमा सबैको सहयोग आवश्यक रहेको बताउँदै आउनुभएको छ ।

कार्यक्रममा मेयर कोइरालाले सबैको साथ र सहयोगले मात्रै विराटनगरको समग्र विकास हुने बताउनुभएको थियो । उहाँले सौन्दर्यकरण अभियानलाई सहयोग गरेकोमा बैंक तथा वित्तीय संस्थाहरूलाई धन्यवाद दिनुभएको थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.