Websoft University
April 2023


विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहितको केन्द्र सार्ने गाउँसभाले निर्णय गरेको छ ।

गाउँसभाको आज बसेको बैठकमा भएको मतदानमा २७ जनाले सार्ने पक्षमा मतदान गरेभने ६ जनाले यथास्थानमा राख्नुपर्ने पक्षमा मतदान गरेका थिए । पालिकाकी उपाध्यक्ष राजमती इङ्नामको तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले गाउँसभामा पालिकाको केन्द्र पालिकाले खरिद गरेको वडा नम्बर ५ भौंसाबारीमा सार्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति हुन नसकेपछि मतदान भएको थियो । मतदानका क्रममा २७ जनाले सार्नुपर्ने पक्षमा मत दिएको गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले जानकारी दिए ।

मोरङको कानेपोखरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७८÷०७९ मा पालिकाको केन्द्र स्थापनाको लागि भन्दै भौंसाबारीमा १ विगाहा जग्गा २ करोड ५ लाखमा खरिद गरेको थियो । गाउँपालिकाले २०७८ असार २३ गते मुआब्जा निर्धारण समितिमा पेश गरेको प्रतिवेदनको आधारमा उक्त जग्गा प्रतिकठ्ठा १० लाख २५ हजारमा खरिद गरेको हो । त्यो जग्गामा पालिकाको प्रमुख प्रशासनिक केन्द्र बनाउने कि नबनाउने भन्ने विषयमा विवाद भइरहेको थियो । गाउँसभाबाट सार्ने निर्णय भएसँगै अब यो विवाद समाधान भएको उपाध्यक्ष अधिकारीले जानकारी दिए ।


बिराटनगर | जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं।(४ घर भई हाल जिल्ला भक्तपुर, सुर्यविनायक बस्ने बर्ष २० की किशोरीलाई जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।(६ बस्ने बर्ष ३० को रिजवान अन्सारीले मिति २०७४ असार महिना देखि मिति २०७९।११।१८ गतेसम्म प्रलोभन, डर, त्रास, धम्की दिई विभिन्न अश्‍लिल फोटोहरू खिचेको, विराटनगर र काठमाण्डौका विभिन्न स्थानमा लगी उक्त फोटोहरू सार्वजनिक गर्ने डर देखाई जवरजस्तीकरणी गरेको, जवरजस्तीकरणीको अश्‍लिल भिडियो बनाएको, पिडितको फोटो राखी फेक प्रोफाईल बनाई पिडितका अश्‍लिल फोटोहरु सार्वजनिक गरेको, पिडितका आफन्त तथा साथिभाईहरुलाई अश्‍लिल फोटोहरु पठाई चरित्र हत्या गरेको, पिडितलाई दुई पटक गर्भपतन गराएको कसूरमा निज रिजवान अन्सारीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०८०।११।१६ गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट जवरजस्तीकरणी, गर्भ संरक्षण सम्बन्धी कसूर, विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गत दिन ५ ९पाँच० म्याद थप गरी अनुसन्धान कार्य भई रहेको छ ।


विराटनगर | नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज धरानले पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

विराटनगर वडा नम्बर १ स्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिविरको उद्घाटन गर्नुभयो । उहाँले वडा नम्बर १ को शिक्षा र स्वास्थ्यमा पछाडि परेको स्थान छनौट गरेर स्वास्थ्य शिविर आयोजना गरिएको बताउनुभयो । 

वडा नम्बर १ का अध्यक्षसमेत रहनु भएका बस्नेतले शिविरमा स्वास्थ्य जाँचसँगै आहारविहार र जीवनशैलीका विषयमा पनि जानकारी प्राप्त हुने उल्लेख गर्नुभयो । त्यस्तै महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले गर्भावस्थाभन्दा अगाडिदेखि नै खानपान राम्रो भयो भने जन्मिने बच्चा स्वस्थ हुने बताउनुभयो । 

उहाँले आहारविहार र खानपानमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । शिविरमा तौल, बोसोको मात्रा, सुगर, प्रेसर, ब्लड ग्रुपलगायतको जाँच गरिएको थियो । जाँच गर्न आएका सेवाग्राहीलाई परामर्शसमेत दिइएको आयोजक संस्थाका अध्यक्ष रोशन तिम्सिनाले बताउनुभयो ।


काठमाडौं । काठमाडौंको कपनमा निरा आचार्यको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जना शंकाष्पद व्यक्तिलाई पक्राउ गरेको छ । आचार्यको हत्या गरेको आरोपमा प्रहरीले झापाका विनोद विकलाई पक्राउ गरेको  हो । 

प्रहरीले उनीसँग थप सोधपुछ गरिरहेको छ । ८ वैशाखमा कपनस्थित सरस्वतीनगरको व्यस्त सडकमै सञ्चालन गरिएको भाँडा पसलभित्रै अन्धाधुन्ध चक्कु प्रहारबाट बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया आचार्यको हत्या भएको थियो । 

उनले सरस्वतीनगरमा ‘निरु किचेन’ नामको भाँडा पसल चलाउँदै आएकी थिइन् । दिउँसो ३ बजेतिर आचार्यले सञ्चालन गर्दै आएको भाँडा पसलकै काउन्टरमा उनको घाँटी तथा शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर हत्या गरिएको थियो । 

कपनमै श्रीमान् योगेन्द्र आचार्य र एक नाबालिग छोरीसँग बस्दै आएकी निराको अज्ञात समूह–व्यक्तिले हत्या गरेका थिए । निराका श्रीमान्‌ले पनि त्यहीँनजिकै घरायसी इलेक्ट्रोनिक सामानहरूको पसल सञ्चालनगर्दैआएका छन् । 


बैशाख १६ गते । ललितपुर । ललितपुर मेयर कप खुल्ला महिला तथा पुरुष भलिबलको उपाधि पुरुषतर्फ आर्मी र महिलातर्फ पुलिस क्लबले जितेका छन् । ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको फाइनल खेलमा आर्मीले पुरुषतर्फ र पुलिसले महिला तर्फको उपाधि उचालेका हुन् ।

पुरुष स्पर्धामा आर्मीले पुलिसमाथि ३–२ को सेटमा प्रतिस्पर्धात्मक जित निकाल्यो । आर्मीले पुलिसलाई २५–२०, २५–१७, २७–२९, १९–२५ र १५–७ को सेटमा हरायो । महिला स्पर्धामा पुलिसले एपीएफलाई २५–११, १९–२५, २५–१९ र २५–२२ को सेटमा पाखा लगायो ।

उपाधिसँगै विजेता टिम आर्मी र पुलिसले ट्रफी सहित समान २ लाख रुपैयाँ प्राप्त गरे । उपविजेता बनेका पुलिस र एपीएफले समान एक लाख रुपैयाँमा चित्त बुझाए ।

पुरुषतर्फ पुलिसका बिशाल बिके उत्कृष्ट स्पाइकर, पुलिसका द्धवारिका थापा उत्कृष्ट ब्लकर, एपीएफका लोकेन्द्र गिरी उत्कृष्ट सेटर, आर्मीका इश्वर थापा उत्कृष्ट लिब्रो, आर्मीका हरी हजुरी थापा उत्कृष्ट सर्भर र आर्मीका जगत बहादुर भण्डारी उत्कृष्ट पं्रशिक्षक घोषित भए । आर्मीका मानबहादुर श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिए ।

महिलातर्फ एपीएफकी आरती सुबेदी उत्कृष्ट स्पाइकर, न्यु डायमण्ड क्लबकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपीएफकी जशोन्ना महतो उत्कृष्ट सेटर, पुलिस यमुना रसाईली उत्कृष्ट लिब्रो, आर्मीकी श्रृष्टि खड्गी उत्कृष्ट सर्भर र पुलिसका रुपेशकुमार विष्ट उत्कृष्ट प्रशिक्षक घोषित बने । पुलिसकी लक्ष्मी चन्द सर्वोत्कृष्ट खेलाडी चुनिईन् । विधागततर्फका उत्कृष्ट खेलाडीले जनही ५ हजार र सर्वोकृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र जावलाखेल भलिबल प्रशिक्षक केन्द्रका अध्यक्ष माधव खड्काले विजेता खेलाडी तथा टिमलाई पुरस्कृत गरेका थिए । ललितपुर महानगरको आयोजनामा बैशाख ९ गतेबाट सञ्चालित प्रतियोगितालाई जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले सञ्चालन गरेको हो ।

 


विराटनगर÷ नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले सरकार सरकारले सुशासन कायम गर्न नसकेकै कारण मुलुकमा आर्थिक अराजकता बढ्दै गएको बताएका छन् ।

नेपाली लेखक संघ मोरङले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सुशासन, जवाफदेहिता, जिम्मेवारी र पारदर्शितानभएसम्म जनतालेराहतमहसुस नगर्ने उल्लेख गरे । 

उनले अहिलेको आर्थिक अराजकताबाट मुलुकलाई पार लगाउन एउटा दलले मात्रै नसक्ने जिकिर गरे । “अहिले मुलुक अत्यन्तै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ, आर्थिक अराजकता बढ्दै गएको छ । विस्तारै राजनैतिक, सांस्कृतिक क्षेत्रमा पनि अराजकता बढ्दै गएको छ,” उनले भने, “यी सबै अराजकताबाट मुलुकलाई बाहिर निकाल्न कुनै एउटा दलले मात्रै असम्भव छ । सबै दल एकठाउँमा उभिनुपर्छ ।”

नेता कोइरालाले अनमिनले परिभाषित गरेका अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने सरकारको निर्णय गलत भएको टिप्पणी गरे । उनले देश आर्थिक संकटमा रहेका बेला थप भार पर्ने गरी अयोग्य लडाकुलाई २ लाख दिन नहुने उनको भनाइ थियो । “उनीहरुलाई पैसा होइन रोजगारी दिनुपर्छ । २ लाख दिँदा ८० करोड खर्च हुने रहेछ,” उनले भने, “बरु त्यो पैसाले उद्योग खोलौं, त्यहाँ रोजगारी दिऔं ।”

नेता कोइरालाले देशलाई सही बाटोमा अगाडि बढाउनका लागि लेखक कविहरुले खबरदारी गर्नुपर्नेमा जोड दिए । देशको राजनीति सही बाटोबाट अगाडि नबढेको बताउँदै कोइरालाले सिर्जनाका माध्यमबाट खबरदारी गर्न आग्रहसमेत गरे ।

उनले विश्वका ठूला क्रान्ति र परिवर्तनमा लेखक कविहरुको महत्वपूर्ण भूमिका रहेको समेत बताए । कार्यक्रममा कोशी प्रदेशका कृषि, सहकारी तथा पशुपंक्षी विकासमन्त्री भक्तिप्रसाद सिटौलाले समाजलाई सहि बाटोमा अगाडि बढाउन साहित्यको महत्वपूर्ण भूमिका हुने बताए । उनले विकास र समृद्धिका पक्षमा कलम चलाउन आग्रहसमेत गरे ।

 सो अवसरमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, साहित्यकार प्राज्ञ गंगा सुवेदी, प्राज्ञ खेम नेपाली, एनपी आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । लेखक संघ मोरङका अध्यक्ष दिङ्लाली कान्छोको अध्यक्षतामा भएको कार्यक्रममा दुई दर्जनभन्दा बढी कविहरुले आ–आफ्ना सिर्जना वाचन गरे ।

 


काठमाण्डौ, १६ बैशाख  । कवि ,मुक्तकार , गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङको नयाँ मुक्तक  सङ्ग्रह “ आगमन “ तथा अमर र अविरलको दोश्रो संस्करणको संयुक्त विमोचन आज काठमान्डौको प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमका विच विमोचन भएको छ । हातेमालो साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा योञ्जनद्धारा लिखित कृतिहरु सार्वजनिक गरिएको हो । कार्यक्रममा स्वागत मन्त्व्य पुष्पा धमला ले राखेकी थिइन।

बरिष्ठ  साहित्यकार डा. रेनुका सोलु , साहित्यकार उषा शेरचन, कुलनिधि दाहाल र वियोगी बुढाथोकीले संयुक्त रुपमा मुक्तक  सङ्ग्रह  विमोचन गर्नुभयो । कार्यक्रममा उपस्थित साहित्यकारहरुले दिलिपद्धारा लिखित मुक्तक सङ्ग्रह भित्रका मुक्तकहरु बाचन गरेका थिए। अमेरिकामा रहेर पनी नेपाली गीत संगीत र नेपाली माटो प्रतिको प्रगाढ मायालाई भुल्न नसकेको कुरालाई उल्लेख गदैँ गजलकार तथा गीतकार दिलिप योञ्जन तामाङद्धारा लिखित मुक्तक सङ्ग्रह “ अबिरल “ र गीति एल्बम “अनुराग“ र ÷आगमन “ले नेपाली साहित्य र संगीतको क्षेत्रमा पुयाएको योगदानको प्रशंसा उपस्थित सर्जकहरुले गरेका थिए। नेपाल मुकतक सधका अध्यक्ष  रामकाजि काने ले साहित्यकार योञ्जनले साहित्यका बिबिध क्षेत्रमा पुर्याउनु भएको योगदान अमुल्य रहेको बताउनु भयो ।

बरिष्ठ साहित्यकार डा रेणुका सोलुले मुक्तक संग्रह भित्र भएका सिर्जनाले बर्तमान र भविष्य प्रतिको अवस्थालाई प्रस्तुत गरिएको बताउँदै कृतिले सबै पाठकको मन छुन सफल रहोस् भन्दैलेखकलाईशुभकामनादिनुभयो ।  त्यस्तै अर्की साहित्यकार उषा शेरचनले परदेशमा रहेरपनी नेपाली सिर्जनालाई नेपाली साहित्यलाई विश्व सामु पुयाउनको लागी पुयाएको योगदानले मुक्तकारले नेपाली साहित्यको बाटो अझ फराकिलो भएको बताउनुभयो  । कार्यक्रममा बोल्दै नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कानेले साहित्यकार योञ्जनले अमेरिकामा रहेर पनी नेपाली माटोमा आफुलाई उभ्याउन सफल भएको बताउनुभयो ।भौगोलिक रुपमा टाढा भएपनी नेपाली मौलिक सिर्जना मुक्तककारले पुयाउनुभएको योगदान अमुल्य रहेको बताउनुभयो ।

साहित्यकार दिलिप योन्जन तामाङका हाल सम्म मान्छे को भिडमा , आस्था खोजिरहेछु , कबिता सग्रह  गाउँबेसीमा फुलै फुल्यो  गितिसङ्रह , अनुपम, अमुल्य , अजम्बरी , आफ्नै छाँया ले, अनुराग  सिडि , अबिरल, अमर लगायतका सृजना प्रकाशित भएका छन ।


दमक,बैशाख १६ गते | ब्रिटीस (बेलायती) सैनिकको सबै भन्दा उच्च पदक भिक्टोरिया क्रस विजेता (भिसी)वाट सम्मानित राम बहादुर बेघाको पार्थिक शरीर बैशाख १७ गते अन्त्येष्टि गर्ने भएको छ । 

गत बैशाख ९गते निधन भएका भिसी उपाधिवाट सम्मानित झापाको दमक ८ निवासी वेघाको १७ गते आइतवार दिउसो अन्त्येष्टि गर्ने तयारी गरिएको हो । गत चैत ९ गते काठमाण्डौं स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा बेघाको ८७ वर्षको उमेरमा निधन भएको थियो । 

भिसीको अन्त्योष्टि कार्यक्रम

यसै बीच अनेरी क्याप्टेन समेत रहनु भएका स्व. भिसी वेघाको पार्थिव शरीर अन्त्येष्टि लगायतको कार्यक्रम तय गरिएको अनेरी क्याप्टेन राम बहादुर वेघा लिम्वू प्रतिष्ठानका अध्यक्ष मोहन थेवेले बताउनु भयो । उहाँको अन्त्येष्टि चैत १७ गते विहान ११ वजे विशेष सम्मानका साथ गर्न लागिएको गोर्खा वेलफेयर कार्यालयले जनाएको छ । वेघाले सन् १९६६मा क्याप्टेन लिम्वूले भिसीको सम्मान पाएका थिए । 

 अन्त्येष्टि गर्नु अघि आइतवार विहान ७ ः४५ वजेदेखि ११ः१५ वजे सम्म दमक ८ स्थित वेघाको निजी निवासमा श्रष्दाञ्जलीका लागि राखिने र त्यसपछि दमक ६स्थित उहाँकै निजी किरात माङहिममा किरात धर्म संस्कृति अनुसार अन्तिम संस्कार गरिने स्व.वेघाको बुहारी मनकुमारी वेघाले जानकारी दिनु भयो । अन्त्येष्टि कार्यक्रममा ब्रिटीस सैनिकका उच्च अधिकारीहरु सहभागी हुने वताइएको छ । काठमाण्डौ.वाट ल्याएको उहाँको पार्थिक शरीर दमक अस्पतालको शव गृहमा राखिएको वताइएको छ । 

दमक ८का स्यायी वासिन्दा उनका चार छोरा छन् । वेघा मृर्गाला र मुटु सम्वन्धि पुरानो समस्यावाट अस्वस्थ्य थिए ।


विराटनगर, १५ वैशाख । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्त राष्ट्रसङ्घले लिएको दिगो विकास लक्ष्य हाँसिल गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । शुक्रबार विराटनगरमा आयोजित नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मूल्याँङ्कन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । 

नेपालले २०१५ मै दिगो विकास लक्ष्य, अवस्था र मार्गचित्र  तयार गरी त्यसै अनुरुपका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्दै आइरहेको स्मरण गराउँदै उहाँले मार्गचित्रले दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यका १६९ वटा परिमाणात्मक लक्ष्यहरु अन्तर्गत सबै क्षेत्रमा गरी ४९४ वटा सूचक पहिचान गरेको  जानकारी गराउनु भयो । 

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रका हैसियतले नेपाल दिगो विकासका  लक्ष्यहरुप्रति प्रतिवद्ध रहेको जानकारी गराउँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो– ‘.विश्वव्यापी लक्ष्यका रुपमा पनि चिनिएको दिगो विकास लक्ष्य सहश्राब्दी विकास लक्ष्यको सफलतामा निर्माण गरिएका हुन् ।’ 

सन् २०१५ को सेप्टेम्बरमा विश्वका नेताहरुल संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमार्फत अनुमोदन गरेको यो एजेण्डा अन्तर्गत विश्वका १९३ देशहरुले विभिन्न १७ वटा लक्ष्यमार्फत सन् २०३० सम्ममा गरिवी अन्त्य गर्ने प्रतिवद्धता जाहेर गरेका मुख्यमन्त्री कार्कीले स्पस्ट पार्नुभयो । 

१५ बर्षको अवधिमा हासिल गर्नुपर्ने यी प्रत्येक लक्ष्यका आ–आफ्नै परिमाणात्मक लक्ष्यहरु रहेको स्मरण गराउँदै  त्यसका लागि  गरिवीको अन्त्य गर्ने कार्य  र आर्थिक वृद्धि गर्ने रणनीति सँगै जानुपर्ने उहाँले प्रस्ट पार्नुभयो । 

 उहाँले दिगो विकास लक्ष्यले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगारीका अवसरसहित कैयन सामाजिक आवश्यकताहरु लाई सम्बोधन गर्नुका साथै असमानतासँग लड्दै  कसैलाई पछाडी नछोड्ने भन्ने कुरालाई सुनिश्चित गरेको दाबी गर्नुभयो । ।

दिगो विकास लक्ष्य समग्रमा सामाजिक, वातावरण, आर्थिक र कानुन तथा शासकीय स्तम्भ गरी चार समुहमा  विभाजित रहेको स्पस्ट पार्दै  कानुनी रुपमा बाध्यात्मक नभए पनि नेपालले  यसको स्वामित्व लिएर यसका लक्ष्र्य  हासिल गर्न राष्ट्रिय ढाँचा निर्माण गरिरहेको अवगत गराउनुभयो । 

कार्यक्रममा बोल्दै  मुख्यमन्त्री कार्कीले भन्नुभयो– ‘नेपालले सन् २०१५ मै आफ्नो दिगो बिकास लक्ष्य राष्ट्रिय अवस्थिति प्रतिवेदन तयार गरेको र यस्तो राष्ट्रिय प्रतिवेदन तयार गर्ने नेपाल विश्वको पहिलो राष्ट्र हो ।’  

उहाँले चालु १५ औ आवधिक योजना पूर्णरुपमा दिगो बिकास लक्ष्य समाहित गरेर तर्जुमा गरिएको जानकारी गराउँदै अन्य क्षेत्रगत योजना, नीति तथा परिमाणात्मक लक्ष्यहरु पनि दिगो बिकास लक्ष्य अनुकूल बनाइएको बताउनुभयो । 

कार्यक्रममा सङ्घीय सचिवालयका सदस्य डा रोजराज पाण्डेले नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन अवस्था अध्ययन तथा मूल्याँङ्कन सम्बन्धी जानकारी गराउनु भएको थियो । 




दमक,बैशाख १५ गते | क्यान्सर घातक रोग प्रमाणित भएपछि एक विमितलाई नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ५० लाख रुपैयाँ रकम प्रदान गरेको छ । 

नेशनल लाइफ विमा कम्पनीको कोशी प्रदेश शाखाले आज इटहरीमा एक कार्यक्रमका बीच विमित इटहरी ४ का ४१ वर्षीय साईमन राईलाई सो रकम प्रदान गरेको हो । बैदेशिक रोजगारको शिलशिलमा दुबईमा रहेको वेला विरामी परि २०७९ पुसमा घाँटीको क्यान्सर भएको डाक्टरले प्रमाणित गरेपछि कम्पनीमा घातक रोग उपचार दावी विमा कम्पनीमा गर्नु भएको कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्र राईले जानकारी दिनु भयो । 

उक्त विमा कम्पनीमा विमित साईमनले २०७६ कात्र्तिक २९ गते अमृत वर्षा विमा योजना अन्तर्गत ५० लाख रुपैयाँ विमा गर्नु भएको थियो । 

घाँटीमा प्राणघातक क्यान्सर रोग लागेर हाल औषधी उपचार गरिरहेमन राईको जीवन विमा सूचारु रहने कम्पनीले जनाएको छ । अब चार वर्ष पुरा भएपछि उहाँलाई पुनः १६ लाख ६५ हजार रुपैयाँ उपलब्ध गराईने कम्पनी द्धारा जारी प्रेस नोटमा उल्लेख छ । 

नेशनलले विमारी विमित राईलाई सात वर्ष पुरा भएपछि फेरि १६ लाख ६५ हजार रुपैयाँ हस्तान्तरण गर्ने छ । दश वर्षको अवधि पुरा भएपछि १६ लाख ७० हजार रुपैयाँ नगद प्रदान गर्ने जनाएको छ । भने १० वर्षको बोनस सहित क्यानसर विरामी विमित राईलाई पुनः करिव ४९ लाख रुपैयाँ हस्तान्तरण गरेपछि मात्र विमा समाप्त हुने कम्पनीले जनाएको छ । 

  यसै गरी विमा परिपक्क हुन वाँकी रहेको ६ वर्ष सम्म विमित राईको दोहोरो दुर्घटना लाभ सहित जोखिम पनि कम्पनीले बहन गरि रहने पनि कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्र राईले  बताउनु भयो ।




दमक,बैशाख १५ गते | महिलाहरु मात्र रहेको उपभोक्ता समितिले दमक८को मनकामना टोलमा पक्की ढल निर्माणको काम शुरु गरेको छ । 

उनीहरुको उपभोक्ता समितिले केही दिन अघिवाट मनकामना टोलमा श्रीअन्तु मार्ग पक्की ढल निर्माणको काम शुरु गरेको हो । गत चैत २६ गते दमक ८को वडा कार्यालयले मनकामना टोलमा आयोजना गरेको उपभोक्ताहरुको भेलाको छलफल पछि महिलाहरु मात्र रहेको श्रीअन्तु मार्ग पक्की ढल निर्माण उपभोक्ता समिति गठन गरेको थियो । 

मनकामना टोलको उत्तरको भानु मार्ग र दक्षिणको नारायण मार्ग बीचमा पर्ने २० फुट चौडाई र १सय२४ मिटर लम्वाईको पक्की ढल निर्माण शुरु भएको पक्की ढल निर्माण उपभोक्ता समितिले जनाएको छ । 

दमक ८को संशोधित १० लाख बजेट लगानी रहेको पक्की ढल निर्माणको काम आउदो असार १५ गते सम्म सक्नु पर्ने गरी सम्झौता गरी काम भइरहेको श्रीअन्तु मार्ग पक्की ढल निर्माण उपभोक्ता समिति अध्यक्ष देवीमाया पौडेल (भावना) ले बताउनु भयो ।

गत चैत २६ गते भएको उपभोक्ताको भेलाले देवीमाया पौडेल (भावना)को अध्यक्षतामा ७ सदस्यीय श्रीअन्तु मार्ग पक्की ढल निर्माण उपभोक्ता समिति गठन गरेको दमक ८का वडा सदस्य पदम गिरीले जानकारी दिनु भयो । 

भेलाले निर्माण उपभोक्ता समितिको सचिवमा खड्ग माया सापकोटा र कोषध्यक्षमा मिना कुमारी न्यौपानेलाई चयन गरेको छ । 

समितिको सदस्यहरुमा दिल कुमारी न्यौपाने, प्रमिला अधिकारी,जुन कुमारी राई र स्मीता घिमिरेलाई चयन गरेको छ । 





सुनसरी । मोरङको सुन्दरहरैचा नगरपालिका स्थित बलियामा ’सेफ्स बर्गर’ ले आफनो आठौ शाखा सञ्चालनमा ल्याएको छ ।

काठमाडौं र ललितपुरमा ७ वटा शाखा सञ्‍चालनमा ल्याइसकेको ‘सेफ्स बर्गर’ले पहिलो पटक उपत्यका बाहिर मोरङको सुन्दरहरैचा स्थित बलियामा आफनो आठौ रेष्टुरेन्ट शाखा सञ्चालनमा ल्याएको हो ।

सेफ्स बर्गर’ का सञ्‍चालक महेन्द्र तामाङले सुनसरीको ईटहरी र मोरङको सुन्दरहरैचामा बढ्दो व्यापारिक र पर्यटकीय गतिविधिलाई मध्यनजर गर्दै  आठौ आउटलेट सञ्चालनमा ल्याएको बताए । उनले चाँडै   धरान, दमक, इटहरी, विराटनगरमा पनि शाखा विस्तार गर्ने योजना रहेको सुनाए ।

सेफ्स बर्गर बैदेशिक रोजगारमा गएर होटल व्यावसायको शिप सिकेर आफनै देश फर्केका  नेपाली युवा( सेफ) हरुले स्थापना गरेको खाद्य परिकार बिक्रि गर्ने रेष्टुरेन्ट कम्पनी हो । दुबईमा रहेको पाँचतारे होटल जुमेरा टावरमा १५ बर्ष भन्दा बढि सेवा गरेका नेपाली युवाहरु   संखुवासभा धर्मदेवी नगरपालिका–८ का तीर्थराज कटवाल, सिन्धुपाल्चोक साँगाचोक गढीका महेन्द्रमान तामाङ र सुरज तामाङस्वदेश फर्केपछि २०७५ सालदेखी चेन ब्राण्ड रेष्टरेन्ट  सेफ्स बर्गर स्थापना गरेर देशभरि विस्तार गर्ने अभियानमा लागेका हुन ।  

अमेरिकन येल्लो बर्गर चिज र  झुरुमझूरुम स्वादको ‘थिन एन्ड क्रस्टी’ पिज्जाको परिकार सेफ्स बर्गरका विशेषता हुन  |

 

 

 

 


बिराटनगर, २०८० बैशाख १४ गते । नेपाल अर्बुद रोग बिजेता समाजको आयोजना तथा कोशी प्रदेश प्रहरी श्रीमती संघको सहकार्यमा १ दिने पाठेघर तथा स्तन क्यान्सर रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी श्रीमती संघकी कोषाध्यक्ष श्रीमती सिर्जना नेपाल दाहालको प्रमुख आतिथ्यतमा प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सम्पन्न भएको कार्यक्रममा बिशेष गरी महिला प्रहरी कर्मचारीहरु, तथा प्रहरी परिवारका सदस्यहरु र कोशी प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरुका साथै अन्य प्रहरी कर्मचारीहरु गरी १५० जनाको उपस्थिति रहेको थियो ।


 कार्यक्रममा नेपाल क्यान्सर सरभाईबर सोसाईटीको अध्यक्ष प्रतिमा खनाल, बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका डा. अस्मिता रायमाझी, बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका डा. ज्योती ओझा र नेपाल क्यान्सर सरभाईबर सोसाईटीको बोर्ड सदस्य पुजा कुवँरले आ-आफ्नो अनुभव सहित प्रशिक्षण दिनु भएको थियो । 

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी श्रीमती संघको तर्फबाट नेपाल अर्बुद रोग बिजेता समाजलाई सहयोग स्वरुप नगद रु १००००।– सहयोग प्रदान गर्नु हुँदै  श्रीमती संघकी कोषाध्यक्ष श्रीमती सिर्जना नेपाल दाहालले नेपाल प्रहरी कर्मचारीहरु तथा आश्रित परिवारजनहरुले महिलाहरुमा हुने क्यान्सर रोग सम्वन्धी ज्ञान हासिल एवं विशेषज्ञ चिकित्सकहरुबाट राय सुझाब प्राप्त गरी लाभान्वित भएको र सचेतना कार्यक्रममा सहकार्य गर्न पाँउदा मनोवल बढेको महसुस भएको बताउनु भयो । 


ललितपुर । ललितपुर 
मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको दोस्रो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्यो ।


रोमान्चक खेलमा एपीएफले सुरुआती दुई सेट २५-२१ र २५-२२ ले जितेको थियो । तरतेस्रो र चौंथो सेट आर्मीले २५-१२ र २६-२४ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौ सेट एपीएफले १५-१२ ले आफ्नो पक्षमा पार्यो ।


यस्तै पहिलो सेमिफाइनलमा पुलिस क्लबले न्यु डायमण्ड क्लबलाई ३-० को सेटमा पराजित गर्यो । पुलिसले न्यु डायमण्डमाथि २५-१६२५-१४ र २५-१७ को जित निकालेको हो ।


महिलातर्फ न्यु डायमण्ड र आर्मीले तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानका लागि दुई टोली शुक्रबार भिड्ने छन् ।


पुरुषतर्फ नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई ३-१ को सेटमा हराएको छ ।

पुलिसले एपीएफलाई २८-२६,२५-२१,१८-२५ र २५-१८ ले हराएको हो ।


यस जितसँगै पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।


पुरुषतर्फ नै ललितपुर महानगरपालिकाले सुर्य विनायक युथ क्लबलाई ३-० ले हराएको छ ।

ललितपुरले सुर्य विनायकलाई २५-११,२५-१० र २५-१४ ले हराएको हो । जितसँगै ललितपुर पनि सेमिफाइनल पुगेको छ ।


पुरुषतर्फ पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्ने छन् ।

दोस्रो सेमिफाइनलमा पुलिस र ललितपुर महानगरपालिका भिड्ने छन् । दुबै सेमिफाइनल शुक्रबार हुनेछ |


प्रतियोगिताको महिला र पुरुषको फाइनल शनिबार हुनेछ ।


प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ गरि १५ टिम सहभागी छन् ।


प्रतियोगिताको विजेता टिमले समान २ लाखउपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।


सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने छ ।

 


बिराटनगर | मिति २०७९।१२।१७ गते बाट संचालन भएको एसईई परीक्षामा मोरङ जिल्लामा अवस्थित परीक्षा केन्द्रहरू सरस्वती मा।वि।झोराहाट, जनता मा।वि। पचाम र सार्वजनिक मा।वि। केराबारीमा नक्कली प्रशिक्षार्थी बनि एसईई परीक्षामा संलग्न रही अरूको परीक्षा दिई रहेको अवस्थामा फेला पारी शिक्षा ऐन २०२८ अन्तर्गत सम्मानित मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान पश्चात निम्नानुसारको कारवाही भएको ।


विराटनगर | विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउने भएको छ ।

विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश कोइरालाले बताउनुभयो । अभियानलाई सफा बनाउन बिहीबार महानगरले सरोकारवालासित अन्तरक्रिया गरेको छ । विराटनगरमा सञ्चालित मासु व्यवसायीलाई बोलाएर महानगरले अन्तरक्रिया गरेको हो ।

स्वच्छ मासु खान पाउने उपभोक्ताको अधिकार भएकाले मासु व्यवसायलाई व्यवस्थित गर्न लागिएको मेयर कोइरालाले बताउनुभयो । मेयर कोइरालाले महानगर सरसफाई, कर संकलन, सडकबत्ती जडान, बिजुलीको पोलमा रंगरोगनसहित नम्बरिङ, पार्किङलगायतका अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले मानव स्वास्थ्य र महानगरको सौन्दर्यतामा असर पर्नेगरी जथाभावी सञ्चालित मासु व्यवसायलाई व्यवस्थितगर्नेअभियानमा सहयोग गर्नआग्रहसमेत गर्नुभयो ।

उपमेयर शिल्पा निराला कार्कीले अभियानलाई सफल बनाउन अनुगमनलाई समेत तीव्र पारिने बताउनुभयो । उहाँले अस्वस्थ मासुको सेवनले विभिन्न रोग लाग्नेहुँदा उपभोक्ता स्वयम् जागरुकहुनुपर्नेमाजोड दिनुभयो । अन्तरक्रियामा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले एकैपटक नभए पनिक्रमैसँगमाछामासु व्यवसायलाई व्यवस्थित गर्दै लगिने बताउनुभयो । 

शुक्रबारदेखि हाटबजार र चोकहरूमा खुल्ला रुपमा मासु बिक्रीवितरण गर्न रोक लगाएको उहाँले जानकारी दिनुभयो । यसअघि हाटबजारमा खाट र टेवलमाथि राखेर खुल्ला रुपमा मासु बिक्री गर्ने गरिँदै आएको थियो । यस्तै भुइँमा समेत प्लाष्टिक ओछ्याएर मासु बिक्री गर्ने गरिएको छ । अबदेखि यसरी खुल्ला रुपमा माछामासु बिक्री गर्नेलाई मासु जाँच ऐन–२०५५ अनुसार कारबाही हुने महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले बताउनुभयो ।

संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवले अस्वच्छ मासुको सेवनको असर तुरुन्तै र दीर्घकालीनसम्म रहने बताउनुभयो । उहाँले बध गरेपछि कम्तीमा १२ घन्टासम्म फ्रिजमा राखेको मासु खानका लागि उपयुक्त हुने बताउनुभयो । त्यस्तै नेपाल सरकारका पूर्वसहसचिवसमेत रहनु भएका मासु विज्ञ डा. बोधप्रसाद पराजुलीले पशु वधशाला र मासु जाँच ऐन २०५५ का विषयमा जानकारी गराउनु भएको थियो । 

ऐनविपरीत मासु बिक्री गर्नेलाई कडा कारबाही हुने व्यवस्था गरिएको उहाँको भनाइ थियो । विराटनगरमा करिब ३ सय वटा मासु पसल सञ्चालनमा रहेको महानगरका पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । अन्तरिक्रयामा माछामासु व्यवसायीहरूले महानगरको अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनीहरूले दर्ता गरेर व्यवसाय सञ्चालन गरे पनि हाटबजार र चोकहरूमा दर्ता बिनै मासु बिक्री गर्दा आफूहरू समस्यामा परेको गुनासो पोखेका थिए ।


श्याम राई÷उदयपुर गाईघाट, १४ बैशाख | किरात प्रदेश नामाकरणको आन्दोलनलाई शसक्त ढंगले अघि बढाउने उदेश्यले खोटाङमा बुधबार पहिचान पक्षधरले किरात फोर्स गठन गरेको छ ।

कोशी प्रदेश खारेजगरि किरात प्रदेश नामाकरणको लागि दबाब मूलक कार्यक्रम गर्दै आईरहेको उनीहरुले आन्दोलन शसक्त बनाउन निर्मल राईको संयोजकत्वमा १०१ सदस्यीय किरात फोर्स गठन गरेको हो ।

पहिचानको आन्दोलनमा शहिद भएका पदम लिम्बुको तस्विर अंकित कालो टि–सर्टधारी युवा दस्तालाई शुभम फाउण्डेसनको हलमा भेला गराईएको थियो ।

फोर्स आन्दोलनमा उत्रने नेता, कार्याकर्ताको सुरक्षा प्रदान गर्ने संयोजक राईले बताए ।

 


 

 


बिराटनगर २०८० बैशाख १४ गते, । रातो तारा डट कम,बिहीबार मोरंग व्यापार संघ र उद्योग संगठन मोरङको सहजीकरणमा संघीय सरकारका माननीय अर्थमन्त्री डा। प्रकाशशरण महतज्यूको समुपस्थितिमा संगठनको सभाकक्षमा कोशी प्रदेशस्तरीय पूर्व बजेट छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । 

अर्थ मन्त्रालय, राजश्व परामर्श समितिद्वारा आयोजित उक्त कार्यक्रम पूर्व मोरंग व्यापार संघमा पाल्नु भएका अर्थ मन्त्री डा। प्रकाशशरण महतज्यूलाई संघका अध्यक्ष श्री नवीन रिजाल, निवर्तमान अध्यक्ष प्रकाश मून्दडा, पूर्व अध्यक्षहरु, पदाधिकारीहरु र कार्यसमिति सदस्यहरुले स्वागत गर्नु भई विद्यमान जटिल आर्थिक अवस्थाहरुले तंग्रिएका निजी क्षेत्रका उद्योगीरव्यवसायीहरुका आगामी बजेट प्रतिको आकांशाहरु बारे अवगत गराउनु भएको थियो । 

तत्पश्चात् अर्थ मन्त्रालय, राजश्व परामर्श समितिको आयोजना तथा मोरंग व्यापार संघ र उद्योग संगठन मोरङको सहजिकरणमा आयोजित कोशी प्रदेश स्तरीय पूर्व बजेट छलफल तथा अन्तरक्रिया कार्यक्रम संघका अध्यक्ष श्री नवीन रिजालले संघ र संगठनद्वारा संयुक्त रुपमा तयार पारिएको सुझाव पत्र अर्थमन्त्री, अर्थ सचिव लगायत समक्ष प्रस्तुत गर्नु भएको थियो ।

मोरंग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा तयार पारी माननीय अर्थ मन्त्रीज्यू, अर्थ सचिवज्यू लगायत समक्ष प्रस्तुत गरेको सुझाव पत्र यसै साथ संलग्न छ ।

 


ललितपुर । विभागीय टोली एपीएफ क्लब ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार न्यु डायमण्ड क्लबलाई हराउँदै एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । 

 

प्रतिस्पर्धात्मक खेलमा एपीएफले न्यु डायमण्डलाई ३-२ को सेटमा हराएको हो ।

 

एपीएफले न्यु डायमण्डलाई १७-२५२५-१९२३-२५२५-२० र १५-१० ले हराएको हो ।

 

जितसँगै एपीएफ समूह 'बीको विजेता बन्दै अन्तिम चारमा पुगेको छ । न्यु डायमण्ड उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

 

अब एपीएफले बिहीबार हुने सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । त्यस्तै न्यु डायमण्डले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

 

पुरुषतर्फ एपीएफले पाटन मल्टिपल क्याम्पसलाई सोझो सेटमा हराएको छ । 

 

एपीएफले पाटनलाई २५१७२५१० र २५१८ ले हराएको हो ।

 

अर्को खेलमा त्रिभुवन आर्मी क्लबले ललितपुर महानगरपालिकालाई सोझो सेटमा हराएको छ ।

 

आर्मीले ललितपुरमाथि २५-११२५-१७ र २५-२१ ले पराजित गर्यो ।

 

प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ गरि १५ टिम सहभागी छन् । 

 

प्रतियोगिताको विजेता टिमले समान २ लाखउपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

 

सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने छ ।

 


विराटनगर | विराटनगर महानगरपालिकाको नेतृत्व सम्हालेदेखि नै आन्तरिक सुशासनलाई प्रमुख प्राथमिकतामा राख्दै आउनु भएका मेयर नागेश कोइरालाले विभिन्न शाखा र महाशाखाहरूको आकस्मिक अनुगमन गर्नु भएको छ ।

आन्तरिक सुशासन कायम नगरेसम्म जनताका गुनासो सम्बोधन गर्न नसकिने धारणा राख्दै आउनु भएका मेयर कोइरालाले बुधबार आकस्मिक अनुगमन गर्नु भएको हो । मेयर कोइरालाले महानगरको आर्थिक प्रशासन, राजस्व, शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाई, कानुन, सूचना, सहकारीलगायतका शाखा र महाशाखाको अनुगमन गर्नुभयो । सो क्रममा उहाँले कार्यालयमा कर्मचारीको उपस्थितिको अवस्था, सेवाग्राहीका समस्यालगायतका विषयमा जानकारी लिएको मेयरका प्रेस सल्लाहकार मीनकुमार नवोदितले बताउनुभयो । नवोदितका अनुसार मेयर कोइरालाले कर्मचारीका समस्याका बारेमा पनि जानकारी लिनु भएको थियो ।

उहाँले गुनासो नआउने गरी जनताको सेवामा समर्पित हुन कर्मचारीहरूलाई निर्देशनसमेत दिनुभयो । मेयर कोइरालाले बेला–बेला शाखा र महाशाखाहरूको अनुगमन गर्दै आउनु भएको छ । अनुगमनका क्रममा एउटै कर्मचारी पटकपटक कार्यकक्षमा अनुपस्थित भेटिए कारबाही गरिने मेयर कोइरालाले प्रस्ट पार्नुभयो । बुधबारको अनुगमनका क्रममा केही कर्मचारी विदामा बसेको पाइएको थियो ।


विराटनगर बैशाख १३ | नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनैतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताएका छन् ।

विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अहिले मुलुकमा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको बताए । “यी सबै अराजकताबाट बाहिर निकाल्न सके मात्रै मुलुक सही बाटोबाट अगाडि बढ्नेछ,” नेता कोइरालाले भने, “आर्थिक रुपमा समेत मुलुक अत्यन्तै कठिन अवस्थामा पुगेको छ ।” नेता कोइरालाले हरेक क्षेत्रमा अराजकता बढ्दै गए मुलुक असफल राष्ट्र हुन सक्ने चेतावनीसमेत दिए ।

उनले ज्येष्ठ नागरिकले समाजको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत चर्चा गरे । ज्येष्ठ नागरिकको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने उनको भनाइ थियो । “ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई समाजले अनुशरण गरे पक्कै पनि समाज समृद्धि हुनेछ,” कोइरालाले भने, “राज्यले ज्येष्ठ नागरिकलाई सम्मानसँगै संरक्षण पनि गर्नुपर्छ ।”

त्यस्तै कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री केदार कार्कीले पुस्तान्तरण भएमात्रै ज्येष्ठ नागरिकका ज्ञान, अनुभव र सीप नयाँ पुस्ताले ग्रहण गर्ने बताए । उनले पुस्तान्तरण हुनु जरुरी रहेको सुनाए । अघिल्लो पुस्ताले प्राप्त गरेका ज्ञान र अनुभव युवापुस्ताले ग्रहण नगर्ने गरेको उनको भनाइ थियो ।

विराटनगर महानगरपालिकाका पूर्वमेयरसमेत रहेका प्रदेशसभा सदस्य भीम पराजुलीले अहिले ज्येष्ठ नागरिकहरुले सन्तान र आफन्तबाटै अपहेलित हुनु परेको गुनासो पोखे । उनले घरपरिवारबाट अपहेलित भएका ज्येष्ठ नागरिकहरुलाई ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत सेवा दिनुपर्नेमा जोड दिए ।

 विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले समाजसेवी चिरञ्जीवी दाहालले निःशुल्क रुपमा ८ धुर जग्गा दिएपछि भवन निर्माणको बाटो खुलेको बताए । उनले भवनको अर्को तला थपेर संग्राहालय र पुस्तकालय निर्माण गर्ने योजना सुनाए । त्यसका लागि सहयोग गर्न गर्न संघीय र प्रदेश सांसदहरुलाई आग्रहसमेत गरे । कार्यक्रममा ज्येष्ठ नागरिक वडा कार्यसमितिका अध्यक्ष ललित श्रेष्ठ, सचिव अर्जुन भट्टराई, सूचना अधिकारी इन्द्रप्रसाद खतिवडा, समाजसेवी शोभा कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा ज्येष्ठ नागरिक भवन निर्माणमा व्यक्तिगत रुपमा सहयोग गर्ने पूर्वमेयर पराजुलीलाई सम्मान गरिएको थियो ।


बिराटनगर, २०८० बैशाख १३ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक र मातहत कार्यालय प्रमुख बिच आर्थिक बर्ष ०७९/८० को लागि बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार चैत्र मसान्त सम्मको कार्य प्रगति विवरण समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी कार्यालयको सभाहलमा भर्चुअल माध्यमद्धारा सम्पन्न भएको समिक्षा कार्यक्रममा प्रदेश अन्तरगतका प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो कार्यालयले श्रावण देखि चैत्र मसान्त सम्ममा सम्पादन गरेका कार्यहरुको बिवरण प्रदेश प्रहरी प्रमुख समक्ष प्रस्तुतिकरण गर्नु भएको थियो  । 


उक्त कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर, प्रदेश प्रहरी गण रानी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीले कार्यालयमा नै उपस्थित भई प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट प्रहरी निरीक्षक महेश भट्टराईले कार्यक्रमको सहजिकरण तथा प्रस्तुतिकरण गर्नु भएको थियो । 

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै कार्य सम्पादन सम्झौता अनुसार आफ्नो लक्ष्य अनुसार पुरा गर्नु पर्ने कार्यहरु गम्भितापूर्वक लागि पुरा गर्न हुन तथा थप रचनात्मक कार्यहरुका साथ आम नागरीकको सेवामा २४ सै घण्टा तल्लिन रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनु भयो ।


बिराटनगर | मोरङ जहदा गाउँपालिका वडा नं।(२ बेरियारी टोल स्थितमा ऐ। बस्ने मो।मजेबुल मियाँको खेतमा लगाएको मकै बारीमा गाँजा लुकाई छिपाई राखेको छ भन्ने  विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्यूरो रानी बिराटनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त स्थानबाट अवैध लागु औषध १४ बोरा ९४२२।३३ किलो ग्राम० गाँजा बरामद गरी थप अनुसन्धान कार्य भई रहेको छ ा


श्याम राई÷उदयपुर  गाईघाट, १३ बैशाख | जिल्ला वन कार्यालय उदयपुरले घाईते अवस्थामा भेटिएको दुर्लब पोथी जातको ध्वासे चितुवाको उद्धारगरि चितवन राष्ट्रिय निकुञ्ज पठाएको छ ।

उदयपुरको बेलका नगरपालिका–९ यसोधा खोलामा मंगलबार घाईते अवस्थामा भेटिएको विश्व बाटै लोप हुन लागेको ध्वासे चितुवाको उद्धार गरिएको वन अधिकृत ईन्द्र सापकोटाले बताए ।

उद्धार लगतै प्राथमिक उपचारपछि चितुवालाई दिउसो चितवनस्थीत राष्ट्रिय प्रकृती संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रमा पठाईएको वन कार्यालयले जनाएको छ ।

नेपालमा संरक्षित तथा अति लोपोन्मुख वन्यजन्तुको अनुसूची–१ मा रहेको ध्वासे चितुवा मूलुक भरी करिब ४ सय र विश्वमा ३ हजारको हाराहारीमा रहेको अनुमान छ ।

उक्त घाईते चितुवा वन गस्तिको बेला वन सुरक्षाकर्मीहरुले फेला पारेका थिए ।

 

 


 

 


मोरङ मिक्लाजुङ गाउँपालिका वडा न। ३ स्थित रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन गर्ने बर्ष १४ की बालिकालाई स्कुलमा भएकै समयमा निजलाई सोही ठाँउ बस्ने र सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरुले संगठित रूपमा कुटपिट गरी भिडियो समेत बनाई समाजिक संजालमा सम्प्रेषण गरेको जानकारी ईलाका प्रहरी कार्यालय उर्लाबारीमा प्राप्त हुनासाथ उक्त कार्यमा संलग्न ब्यक्तिहरूलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट टोली परिचालन गरिएकोमा उल्लेखित घटनामा संलग्न सम्पूर्ण १३ जना बालिकाहरुलाई मिति २०८०।०१।११ गते नियन्त्रणमा लिई आज मिति २०८०।०१।१२ गते सम्मानित मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा दिन ५ ९पाँच० म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

हाल विर्तामोङ बि एण्ड सि अस्पतालमा पीडितको उपचार भई रहेको ।

 


काठमाण्डेो  बैशाख १२ गते | रातो तारा डट कम, ललितपुर । “मेयर कप–२०८०” खुल्ला महिला तथा पुरुष भलिबलमा बिभागीय टिम नेपाल पुलिस क्लब समूह बिजेता बन्दै सेमिफाईनल प्रवेश गरेको छ । महिलातर्फ समूह ‘ए’को खेलमा आर्मीलाई हराउँदै नेपाल पुलिस समूह बिजेता बनेको हो । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा मंगलबार भएको खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–२० ले जितेको पुलिसले दोस्रो सेट २१–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा २५–२१ र २६–२४ को जित निकाल्दै नेपाल पुलिस बिजेता बनेको हो ।

समूह ‘ए’कोे खेलमा पुलिसले चार अंक जोड्यो । आर्मीले मात्र दुई अंक जोड्यो । कोटेश्वर बहुमुखी क्याम्पस अंक विहिन भयो । महिलातर्फको अर्को खेलमा ललितपुर महानगरपालिकाले परोपकार गल्स होस्टेललाई ३–२ को सेटमा पाखा लगायो । ललितपुरले परोपकारलाई २६–२४, २५–१७, २३–२५, २८–३० र १५–१३ को सेटमा हरायो ।

पुरुषतर्फ बोगटी समाज ललितपुरले सुर्य बिनायक युथ क्लबलाई ३–२ को सेटमा हरायो। बोगटी समाज ललितपुरले सुर्य बिनायकलाई २१–२५, २५–२१, २७–२५, २२–२५, १५–१३ को सेटमा हराएको हो । अर्को खेलमा नेपाल पुलिस क्लबले नेपाल गणतान्त्रिक खेलकुदमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । पुलिसले नेपाल गणतान्त्रिक खेलकुदमाथि २५–१७, २५–१७ र २५–१० को सेटमा हराएको हो ।

प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ गरि १५ टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदानगरिनेछ ।

 


विराटनगर | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हिंसापीडित महिलाहरुलाई सहयोग गर्न महानगरले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएका छन् ।

लैंगिक विभेद आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाअन्तर्गत एवीसी नेपालले मंगलबार आयोजना गरेको सरोकारवालासितको छलफलमा मेयर कोइरालाले महानगरले विभिन्न संघसंस्थामार्फत हिंसापीडितका लागि काम गरिरहेको सुनाए । उनले आगामी वर्षको बजेटमा समेत महिला हिंसापीडितका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । “महानगर आफैंले गर्ने होइन, अन्य संघसंस्थामार्फत पीडितहरुको पक्षमा काम गर्ने हो,” कोइरालाले भने, “जुन एवीसी नेपालजस्ता संघसंस्थाहरुमार्फत काम गरिरहेका छौं ।” उनले महिला हिंसा रोकथाम र नियन्त्रणका लागि महानगर सधैं गम्भीर रहेको उल्लेख गरे । तीनै तहको सरकार र सामाजिक संघसंस्थासहित विभिन्न निकायको सहकार्यबाट मात्रै लैंगिक हिंसा रोकथाम र नियन्त्रण गर्न सकिने मेयर कोइरालाको भनाइ थियो ।

त्यस्तै उपमेयर शिल्पा निराला कार्कीले महिला हिंसापीडितका लागि भनेर महानगरले छुट्टै बजेट नै छुट्याउने गरेको जानकारी दिइन् । सो अवसरमा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्तले लैंगिकमैत्री बजेट ल्याउनुपर्नेमा जोड दिइन् । २०४३ सालमा स्थापित एवीसी नेपालले हाल १५ जना हिंसापीडितलाई संरक्षण दिएर राखेको उनको भनाइ थियो । कार्यक्रममा महिला हिंसा रोकथाम र नियन्त्रणका उपायका विषयमा विभिन्न व्यक्तिहरुले आ–आफ्ना धारणा राखेका थिए । परियोजनाअन्तर्गत ओखलढुंगा, उदयपुर र मोरङका ९ वटा पालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.