Websoft University

शुक्रबारदेखि खुल्ला रुपमा माछामासुको बिक्री र वधमा रोक


विराटनगर | विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउने भएको छ ।

विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश कोइरालाले बताउनुभयो । अभियानलाई सफा बनाउन बिहीबार महानगरले सरोकारवालासित अन्तरक्रिया गरेको छ । विराटनगरमा सञ्चालित मासु व्यवसायीलाई बोलाएर महानगरले अन्तरक्रिया गरेको हो ।

स्वच्छ मासु खान पाउने उपभोक्ताको अधिकार भएकाले मासु व्यवसायलाई व्यवस्थित गर्न लागिएको मेयर कोइरालाले बताउनुभयो । मेयर कोइरालाले महानगर सरसफाई, कर संकलन, सडकबत्ती जडान, बिजुलीको पोलमा रंगरोगनसहित नम्बरिङ, पार्किङलगायतका अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले मानव स्वास्थ्य र महानगरको सौन्दर्यतामा असर पर्नेगरी जथाभावी सञ्चालित मासु व्यवसायलाई व्यवस्थितगर्नेअभियानमा सहयोग गर्नआग्रहसमेत गर्नुभयो ।

उपमेयर शिल्पा निराला कार्कीले अभियानलाई सफल बनाउन अनुगमनलाई समेत तीव्र पारिने बताउनुभयो । उहाँले अस्वस्थ मासुको सेवनले विभिन्न रोग लाग्नेहुँदा उपभोक्ता स्वयम् जागरुकहुनुपर्नेमाजोड दिनुभयो । अन्तरक्रियामा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले एकैपटक नभए पनिक्रमैसँगमाछामासु व्यवसायलाई व्यवस्थित गर्दै लगिने बताउनुभयो । 

शुक्रबारदेखि हाटबजार र चोकहरूमा खुल्ला रुपमा मासु बिक्रीवितरण गर्न रोक लगाएको उहाँले जानकारी दिनुभयो । यसअघि हाटबजारमा खाट र टेवलमाथि राखेर खुल्ला रुपमा मासु बिक्री गर्ने गरिँदै आएको थियो । यस्तै भुइँमा समेत प्लाष्टिक ओछ्याएर मासु बिक्री गर्ने गरिएको छ । अबदेखि यसरी खुल्ला रुपमा माछामासु बिक्री गर्नेलाई मासु जाँच ऐन–२०५५ अनुसार कारबाही हुने महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले बताउनुभयो ।

संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवले अस्वच्छ मासुको सेवनको असर तुरुन्तै र दीर्घकालीनसम्म रहने बताउनुभयो । उहाँले बध गरेपछि कम्तीमा १२ घन्टासम्म फ्रिजमा राखेको मासु खानका लागि उपयुक्त हुने बताउनुभयो । त्यस्तै नेपाल सरकारका पूर्वसहसचिवसमेत रहनु भएका मासु विज्ञ डा. बोधप्रसाद पराजुलीले पशु वधशाला र मासु जाँच ऐन २०५५ का विषयमा जानकारी गराउनु भएको थियो । 

ऐनविपरीत मासु बिक्री गर्नेलाई कडा कारबाही हुने व्यवस्था गरिएको उहाँको भनाइ थियो । विराटनगरमा करिब ३ सय वटा मासु पसल सञ्चालनमा रहेको महानगरका पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । अन्तरिक्रयामा माछामासु व्यवसायीहरूले महानगरको अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनीहरूले दर्ता गरेर व्यवसाय सञ्चालन गरे पनि हाटबजार र चोकहरूमा दर्ता बिनै मासु बिक्री गर्दा आफूहरू समस्यामा परेको गुनासो पोखेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.