Websoft University
March 2021

 

विराटनगर, १८ चैत ।  रातो तारा डट कम, प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले मन्त्रालयका आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गर्नुभएको छ । मन्त्रालयको पदभार ग्रहण गरेको ६ दिनपछि आज पत्रकार सम्मेलन गरि मन्त्रालयका सवै कार्यक्षेत्रलाई समेटेर आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गर्नुभएको हो । 

दोश्रो चरणको कोरोना संक्रमण बढ्ने संभावनालाई ध्यानमा राखि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई पुन ः सञ्चालनको तयारी गरिएको उहाँले बताउनु भयो । पुन ः सञ्चालनका लागि अस्पतालको निरीक्षण गरि आवस्यक निर्देशन पनि दिनुभएको बताउनु भएको छ । मन्त्री राईले प्रदेशमा रहेका यसअघि कोरोना उपचारमा संलग्न अस्पताललाई तयारी अवस्थामा रहनआग्रह समेतगर्नुभएकोछ । उहाँले सवै जिल्ला अस्पतालहरुलाई कम्तिमा १० वेड सम्म कोभिड आईसोलेसन वार्ड तयार गरि उपचारको व्यवस्थापनका लागि निर्देशन दिईने बताउनुभयो । आज सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राईले आगामी कार्ययोजना सार्वजनिक गर्नुभएको छ । उहाँले स्वास्थ्य वीमा कार्यक्रमले नसमेटेका र पैशाको अभावमा उपचार गर्न नसक्ने गरिव जनताका लागि आवस्यक कार्यविधि र मापदण्ड बनाएर लागु गरिने बताउनु भएको छ । उहाँले विद्यालय शिक्षाको गुणस्तरमा सुधार गर्न भौतिक पूर्वाधार निर्माण, विस्तार तथा जनशक्तिको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । मन्त्री राईले महिलाको सुरक्षाको सवालमा अन्तर मन्त्रालय समन्वय गरि विशेष ध्यान दिईने बताउनु भएको छ  ।

 प्रदेश स्तरमा सञ्चालित जेष्ठ नागरिक लक्षित दन्त उपहार तथा आँखा उपचार कार्यक्रम सञ्चालनका लागि योजना बनाएर लागु गरिने उहाँले बताउनुभयो । स्थानीय तह, प्रदेश सरकार र सामाजिक विकास संस्थासँगको सहकार्यमा सडक आश्रित, सहयोगापेक्षी मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिईने सामाजिक विकास मन्त्री राईले बताउनुभयो । उहाँले प्रदेश खेलकुद बोर्ड र जिल्ला खेलकुद विकास समितिहरु चाडै गठन गरिने बताउनुभयो । 

सामाजिक विकास मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यहरुलाई आवस्यक पर्ने ऐन, नियमावली, कार्यविधि आदिको तर्जुमा गर्ने र विद्यमान कानूनहरुको समयानुकुल शंसोधन गरिदै लगिने उहाँले बताउनुभयो । मन्त्री राईले व्याण्ड भर्सेज ब्राण्डको अवधारणा अनुसार नेपाली कोदोको रक्सिलाई ब्राण्डिङ गर्ने कार्यको बारेमा कानूनी र व्यवहारिक पक्षको अध्ययन गरि लागू गरिने बताउनुभयो । 


 


बिराटनगर चैत १८ गते । रातो तारा डट कम, सुरेन्द्र प्रसाद भट्टले  दिएको जानकारी अनुुसार नेपालको एक मात्र स्वतन्त्र विद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषद्‌, नेपालको आठैँ राष्ट्रिय अधिवेशन औद्योगिक नगरी विराटनगरमा हुन गैरहेको छ । अधिवेशन चैत २०, २१ र २२ गते विराटनगरको अतिथि सदचमा हुनेछ । वि.स. २०४२ सालमा स्थापना भएको परिषद्ले आफनो रजत वर्ष पुरा गरि २६ औँ वसन्त प्रारम्भ गर्दै छ । 

दलीय राजनीति भन्दा माथि रहेर विभिन्न रचनात्मक कार्य गर्दै आएको छ। “एक संकल्प राष्ट्रका लागि” भन्ने मुल नाराका साथ परिषद्ले क्याम्पस तथा विश्वविद्यालयमा पढने विद्यार्थीहरूको बीचमा निरन्तर विभिन्न कार्यहरु गर्दै आएको छ । यसका साथै निरन्तर सामाजिक सेवा कार्यमा पनि लागिरहेको अवगत गराउँदछौँ ।अधिवेशनमा साङगठनिक प्रशिक्षण, देशको समसामयीक अवस्थाको बहस, देशको आर्थिक, राजनीतिक, समाजिक, शैक्षिक तथा धार्मिक क्षेत्रको विषयलाई समेटेर विशेष शैक्षिक र समसामयीक प्रस्ताव पारित गर्ने, विद्यार्थी परिषद्को केन्द्रिय कार्यकारिणी समिति परिवर्तन गर्ने जस्ता गतिविधिहरू हुनेछन्‌ । 

पहिलो दिन चैत २० गते ११ बजे अधिवेशनको उद्घाटन हुनेछ । साथै सहासचिव प्रतिवेदन प्रस्तुत एवं निर्वाचन रहने छ । अधिवेशनको अवधिमा विभिन्न विषयका विज्ञ व्यक्तिहरूले भाषण प्रस्तुत गर्नुहुनेछ । यस्तै दोस्रो दिन राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार एवं सम्मान प्रदानका साथै अन्य विविध विषयमा समिक्षा गरि योजना बनाइनेछ । अधिवेशनको अन्तिम दिन २२ गते नयाँ कार्यकारिणी घोषणा भई अधिवेशन समापन हुने ।


काठमाण्डौ चैत १८ गते । रातो तारा डट कम,सरकारले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रिस्तरीय बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं प्रवेश गर्ने बिन्दूहरुमा एन्टीजेन परीक्षण गर्ने बताउनुभयो । 

सरकारले सबै जिल्ला प्रशासनहरुलाई जिल्लाभित्र भेला, सभा जुलुसहरु रोक्नका लागि ताकेता सहितको निर्देशन दिने निर्णय गरेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ६२ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १९ मा पिसिआर गर्दा १ सय ६२ जनामा कोरोना पुष्टि भएको हो ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ५९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।  योसँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ ।


 

बेलबारी मोरङ चैत  २० गते । रातो तारा डट कम, हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान बेलबारीमा यही चैत २० गतेदेखि सुरु गरिने भएको छ ।  ६६ हजार ५ सय लाई खुवाउने लक्ष्य राखिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सन्तोष विश्वकर्माले बताए । उनका अनुसार अभियानमा ६० जना स्वास्थ्यकर्मी र ३५ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन हुने छन । स्वास्थ्य स्वयमसेविकाहरुलाई भने टोल टोलमा गएर सुचना प्रबाहा गर्छन स्वास्थ्य शाखाका प्रमुख विश्वकर्माले भने खुवाउनका लागि भने घर घरमै स्वास्थ्यर्कीहरु पठाउने ब्यबस्था मिलाएका छौ ।  औषधी २ बर्षभन्दा मुनि,गर्भवति, र ७ दिनका सुत्केरी तथा ओछ्यान परेका सिकिस्त बिरामी बाहेकका अन्य जोसुकैलेपनि औषधी सेवन गर्न मिल्ने स्वास्थकर्मीहरुको भनाई रहेको छ । औषधी सेवन गर्नका लागि नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सबैलाई आग्रह गरेका छन । 

 



पाँचथर, चैत्र-१८ गते । रातो तारा डट कम,
पाँचथर याङबरक गाऊपालिका ३ ओयाम यलम्बर चौक स्थितमा भएको जिप दुर्घटनाबाट चालक फिदिम नगरपालिका २ पल्लोटार वस्ने ३६ बर्षीय फुल कुमार राईको मृत्यु भएको छ । बिहान ६ बजे फिदिमबाट च्याङथापु तर्फ जादै गरेको मे १ ज ३५६ नम्बरको जिप रोडबाट अन्दाजी २०० मिटर तल झरि दुर्घटना हुँदा गम्भिर घाईते भएका फुल कुमारको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको छ भने सोही गाडीमा सवार सोही स्थानका २२ बर्षीय आषिस राईको B&C अस्पताल बिर्मामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 


बिराटनगर । रातो तारा डट कम, होली पर्वलाई मर्यादित र दुर्घटना रहित बनाउने उदेश्यले होली पर्वको शुरक्षा योजनाको निर्माण गरी बिभिन्न ११ ठाँउमा ट्राफिक सहितको चेकिङ र १९ठाँउमा प्रहरी पिकेट राखी हेल्मेट नलगाउने,तिनजना राखी चलाउने मा।प।से।गरी सवारी चलाउने र कागज पत्र साथमा नराखी सवारी चलाउने बिभिन्न  ५९ मोटरसाईकल र एक ऋत् सफारीलाइ नियन्त्रणमा लिई आवश्यक कार्वाही पश्चात छाडीएको,जसवाट ट्राफिक जरीवानाको लागी सिफारीस गर्दै रु।२१,५००।( ९एकाइस हजार पाँचसय०संकलन समेत भएकोछ । 

 


सुनसरी । रातो तारा डट कम,जिल्ला सुनसरी इटहरी उमनपा वडा नम्बर ५ स्थित पुर्व पश्चिम राजमार्गको खेती खोला पुलमा मिति २०७७।१२।०९ गते  अं। ११स२० वजेको समयमा जि। सुनसरी ईटहरी ५ बस्ने बर्ष ३१ की ईश्वर लिम्बु र ऐ ऐ बस्ने बर्ष २४ की रेनुका राईले नेपाल टेलीकमबाट अण्डर ग्राउण्ड गरीएको १२०० एबष्च को केवल काट्दै गरेको अवस्थामा बन्चरो छेनो र हेक्सो ब्लेड सहित पक्राउ गरेको र यस अघी मिति २०७७।११।०३ गते रातीका दिन टेङ्ग्रा खोला पुलमा ६०० पेयरको १ थान ३०० पेयरको २ थान करिब २५ मिटर तार चोरी गर्दै गरेको अवस्थामा पक्राउ परी  फेला पक्राउ गरी  सुनसरी जिल्ला अदालतवाट म्याद थप अनुमती समेत लिई अनुसन्धान कार्य जारी रहेको छ।  





काठमाण्डौ चैत १८ गते । रातो तारा डट कम,कोरोना भाइरस कोभिड १९ को प्रभावपछि वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ । गत आर्थिक वर्षको चैत्र देखि चालु आर्थिक वर्षको हालसम्म बैदेशिक रोजगारीमा जानेको सङ्ख्या करिब ४ लाख ४४ हजार २ सय २७ जनाले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ ।  अघिल्लो वर्ष ५ लाख ४५ हजार १७ जनाले श्रम स्वीकृत लिएका थिए, यो वर्षको चैत्र सुरु सम्म एक लाख ७ सय ९० जनाले मात्रै श्रम स्वीकृति लिएका छन् । जसमा महिला कामदारको सङ्ख्या ७ हजार ७ सय ६२ जना रहेको छ अनि पूरुष कामदार भने ९३ हजार २८ जना रहेका छन् ।



काठमाण्डौ चैत १८ गते । रातो तारा डट कम,रौतहटको कटहरिया गाउँपालिकामा ग्यास लिक भएर आगलागी हुँदा एक घर जलेर नस्ट भएको छ । कटहरिया २ बडका बडेरवा स्थित राज किसोर साह सोनारको घरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो । आगलागीबाट साहको घर, तथा लता कपडा, अन्न गरि करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रण गर्ने क्रममा चुल्हाई साह, अमरलाल साह लगायत ४ जना सामान्य घाइते भएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई महानन्द कुर्मिले बताउनुभयो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।








मोरङ बेलबारी चैत १८ गते । रातो तारा डट कम, प्रदेश नं १ का माननीय सांसद एवम् उद्योग ,वन वातावरण तथा पर्यटन राज्यमन्त्री राजकुमार ओझाले खेलाडीहरुलाई लक्षित गरि आयोजना गरिएको खेलकुद सामग्री वितरण कार्यक्रमले खेलाडीहरुप्रति सम्मान र उत्साह थप्ने काम भएकोले क्लबलाई धन्यवाद व्यक्त गरे।

राज्यमन्त्री ओझाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुलीले हाडी फुटाएर हण्डीफोर कार्यक्रमको उद्घाटन गरेकी थिइन्।उपमेयर पराजुलीले खेल क्षेत्रमा प्रशस्त सम्भावना भएर पनि खेल सामग्रीकै अभावका कारण खेल खेल्नबाट बन्चित भएका प्रतिभाशाली खेलाडीहरुलाई यस कार्यले महत्त्वपूर्ण सहयोग पुगेको बताइन्। क्लवकी अध्यक्ष शीतल रायको अध्यक्षतामा सन्चालित कार्यक्रममा हण्डिफोर प्रतियोगितामा प्रथम हुनेलाई ३०००,दितीयलाई २५०० र तृतीयलाई २००० नगद पुरस्कार र सम्मानपत्रले सम्मानपत्र सहित सम्मान गरिएको थियो।   

 बेलबारी नगरपालिकामा रहेको अप्सन स्पोर्ट्स क्लव बेलबारीले नगरपालिकाभित्रका खेलाडीहरुलाई लक्षित गरि खेल सामग्री वितरण र हण्डीफोर कार्यक्रम सम्पन्न गरेको छ।मङ्गलबार एक कार्यक्रमको आयोजना गरि क्लबले उक्त सामग्री खेलाडीहरुलाई वितरण गरेको हो।विभिन्न प्रकृतिका खेलसँग सम्बन्धित ९ सेट खेल सामाग्री खेलाडीहरुलाई वितरण गरिएको क्लबकी अध्यक्ष शीतल रायले बताइन्।

ब्याड मिन्टन खेलका लागि व्याड र कक,भलिबल नेट,फुटबल,क्रिकेट बल,लगायतका सामाग्रीहरु खेल सामग्री सेटभित्र रहेका छन् ।

खेलाडीहरुलाई हौसला र उत्प्रेरणा दिनका लागि खेल सामग्री वितरण गरिएको क्लबकी अध्यक्ष शीतल रायले बताइन्।


काठमाण्डौ चैत १७ गते । रातो तारा डट कम,अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन देशियकप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले आज विज्ञप्ति मार्फत उपाधि विजेता टोलीका सदस्यलाई जनही १÷१ लाख पुरस्कार दिने जानकारी गराएको हो । दशरथ रंगशालामा हिजो भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजितगर्दै नेपालले उपाधिजितेको थियो  । 


 

बिराटनगर चैत १७ गते । रातो तारा डट कम, मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा नं.-७ स्थित मधुमल्ला बजारमा ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला मोरङ मिक्लाजुङ्ग गाउँपालिका  वडा नं.-७ बस्ने बर्ष २२ को लक्ष्मण भन्ने करण लिम्बु र ऐ. वडा नं.-७ बस्ने बर्ष २७ को सन्चामान सुब्बाको साथ बाट प्रतिबन्धित औषधी Tramadol ४४ पत्ता (440 चक्की), spaspain २४ पत्ता (२४० चक्की) र नाईट्रोजन २ पत्ता (३० चक्की) सहित दुबै जनालाई नियन्त्रणमा लिई ईप्रका उर्लाबारी ल्याई लागू औषध कसूरमा थप अनुसन्धान कार्य भई रहेकोछ । उर्लाबारी नगरपालिका वडा नं.-४ स्थित आईतबारे बजारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट  खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा  नं.-४ बस्ने बर्ष २७ को युबराज कटुवाल, ऐ. वडा नं.-४ बस्ने बर्ष २२ को कमल दाहाल र ऐ. वडा नं.-४ बस्ने बर्ष १९ को रन्जीत चौधरीको साथबाट प्रतिबन्धित औषधी Tramdol २० पत्ता (200 चक्की), spaspain २० पत्ता (२०० चक्की) सहित तिनै जना लाई नियन्त्रणमा लिई लागू औषध कसूरमा थप अनुसन्धान कार्य भईरहेकोछ ।

 


मोरङ, चैत्र-१७ गते ।मोरङ मिक्लाजुङ गाऊपालिका ६ थामीझोडा बस्ने ५० बर्षीय याम बहादुर बोहोराको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । हिजो राती १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरी घर फर्केन क्रममा जंगलबाट आएका ३ वटा जंगली हात्तीले किल्ची गम्भिर घाईते भएका बोहोराको उपचारको लागी लैजादै गर्दा रातको ११ बजे बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।


ताप्लेजुङ, चैत्र-१७ गते । ताप्लेजुङ पाथिभरा याङबरक गाऊपालिका ४ डुम्रिसे स्थित थुम्बेदिन डुम्रिसे सडक खण्डमा भएको ट्रिफर दुर्घटनाबाट १ जनाको मृत्यु र २ जना घाईते भएका छन् । सोमबार राती १० बजे प्रदेश ३-०१-०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको ट्रिफर बाटो मोड्ने क्रममा अनियन्त्रित भई  सडकबाट अन्दाजी २०/२५ मिटर तल खसि दुर्घटना हुँदा ट्रिफर चालक सिन्धुली कमलमाई ४ बस्ने २४ बर्षीय याम कुमार बिक, सहचालक लमजुङ दोर्दि ६ किर्ती गाँउ बस्ने १८ बर्षीय कृष्ण बिक र ताप्लेजुङ पाथिभरा याङबरक २ थेचम्बु बस्ने २० बर्षीय मन्दिप लिम्बु घाईते भएका थिए । घाईते मध्ये कृष्ण बिकको उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा राती ११ बजे मृत्यु भएको थियो भने अन्य २ जना घाईतेको B&C अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

 




काठमाण्डौ चैत १७ गते । रातो तारा डट कम,काठमाडौँ उपत्यका लगायत मुलुकभरका सहरमा वायु प्रदुषणको मात्रा एक्कासी बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान ४० प्रतिशत प्रभावित भएको छ ।

जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिवलिटी १६ सय मिटर आवश्यक भए पनि गत शुक्रबारदेखि तुवाँलोले ढाकेपछि उडानहरू प्रभावित भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबहादुर तिवारीका अनुसार गत आइतबार १ सय ९ वटा उडानमध्ये ४१ वटा उडान रद्द भएका थिए भने शनिबार १ सय १५ उडानमध्ये ५० वटा उडान रद्द भएका थिए ।

तुवाँलोकै कारण अन्तराष्ट्रियभन्दा पनि आन्तरिक उडान प्रभावित बनेको उहाँको भनाइ छ । जहाज उडान र अवतरणका लागि पाँच किलोमिटर र यान्त्रिक उडानका लागि १६ सय मिटर पारदर्शिता आवश्यक हुन्छ । तर दुई किलोमिटर र यान्त्रिक उडानका लागि पाँच सय मिटरसम्म पारदर्शिता कम भएको विमानस्थलले जनाएको छ । लामो समय सुख्खा भएको र पानी  नपरी हावा नचलेपछि उपत्यकालगायतका मुख्य सहर धुम्म हुँदै आएको छ । 



काठमाण्डौ चैत १६ गते । रातो तारा डट कम, शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ । लामो समयको खडेरीले हावा सुक्खा भएको र, हावाले पानी पार्ने बादलको साटो धूलो र धुवाँ लिएर आएको मौसमविदहरुले बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराउनुभएको  थियो । बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्नुभएको थियो । भोली देखि सबै शिक्षण सस्थाहरु शुक्रबार सम्म बन्द हुने छ ।  


काठमाण्डौ चैत १६ गते । रातो तारा डट कम,नेपालमा १ सय ४१ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आज थपिएका १४१ सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको हो । पछिल्लो २४ घण्टामा ३ हजार १ सय २२ पीसीआर परीक्षण भएका छन् । यस्तै, २४ घण्टामा ८२ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ६ सय १२ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।  नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ । त्यस्तै १ हजार ३ सय ४१ जना आइसोलेसनमा र ५६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ६४ हजार २६८ पीसीआर परीक्षण भएका छन् । 









काठमाण्डौ चैत १६ गते । रातो तारा डट कम,सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालको पालामा मन्त्रिपरिषद्बाट भएका निर्णय मगाउन आदेश दिएको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको आज बसेको इजलासले त्यस बेला मन्त्रिपरिषदबाट भएका निर्णय तथा ती सम्बन्धी प्रस्ताव समेतको प्रतिलिपि झिकाउन आदेश दिएको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । महान्यायाधीवक्ताको कार्यालय मार्फत ती कागजात झिकाउन सर्वोच्चले आदेश दिएको हो । रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई विपक्षी बनाइएको छ ।   




काठमाडौ । रातो तारा डट कम, चीन सरकारले नेपाललाई अनुदान दिएको कोरोनाविरुद्धको भेरासेल’ खोपको आठ लाख डोज खोप काठमाडौं ल्याइएको छ ।

नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०को वाइडबडी जहाजबाट कोरोनाविरुद्धको खोप आज बिहान काठमाडौं झारेको हो । उक्त खोप चीन सरकारले गत माघ १८ गते नै नेपाललाई दिने घोषणा गरेको थियो । नेपाल सरकारकै ढिलासुस्तीका कारण चीन सरकारले दिने भनेको खोप ल्याउन झण्डै २ महिना लागेको हो ।

त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरिन् ।

चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ । विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिशील्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरु बताउँछन् । यद्यपि भेरासेल खोप कोभिसिल्डको तुलनामा महँगो पर्दछ ।

यसअघि भारत सरकारले भारतकै सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।


काठमाण्डौ चैत १६ गते । रातो तारा डट कम,नोबेल कोरोना भाइरसविरुद्धको चिनिया खोप आज काठमाडौँ आइपुग्ने भएको छ । खोपलगायका स्वास्थ्य सामग्री लिनका लागि बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाज अहिले बिहान ८ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानस्थल कार्यालयले जनाएको छ । 

सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज हिजो साँझ चीनको राजधानी बेइजिङ गएको थियो । आठ लाख मात्र कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिएर निगमको जहाज काठमाडौँ अवतरण गर्ने निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो । यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । 

चिनिया खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने स्वास्थ्य मन्त्रालयले बताएको छ । विश्व स्वास्थ्य सङ्गठनले चीनको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले निर्णय भएपछि मात्र खोप लगाउन सुरु गर्ने तयारीमा सरकार छ । 


काठमाण्डौ चैत १६ गते । रातो तारा डट कम,त्रिदेशीय कप अन्तराष्ट्रिय फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५ः३० बजे सुरु हुनेछ । दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने छन् । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताउनुभएको छ । फाइनल अघि हिजो भएको प्रि–म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले नेपालको मुख्य लक्ष्य भनेकै गोल गर्दै नतिजा निकाल्नु हुने बताउनुभएको थियो । 







  




काठमाण्डौ चैत १६ गते । रातो तारा डट कम, मेलम्चीबाट आएको पानी काठमाडौँबासीको घर घरमा पुगेको छ ।  धाराबाट पानी आएपछि स्थानीयबासीले खुसी व्यक्त गरेका छन् । आइतबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले महाङ्काल स्थित पानी सङ्कलन तथा प्रशोधन केन्द्रबाट चावहिल, सरस्वती नगर, गौशाला, एयरपोर्ट क्षेत्रका वितरण प्रणालीमा पानी पठाएको हो । 

होली पर्वका दिन पारेर महाङ्काल पानी ट्याङ्कीबाट भल्भ खोलेर केयूकेयलका कार्यकारी निर्देशक मिलन कुमार शाक्य, काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा, महांकाल चौर शाखा प्रमुख उमेश मरहट्टा र खानेपानी सञ्चालन विभाग प्रमुख सतिश दत्तले एकैसाथ भल्भको साँचो घुमाएर ट्याङ्कीमा भण्डारण गरिएको पानी वितरण प्रणालीमा पानी पठाएका हुन् ।  

आज २ बजेदेखि बेलुका ८ बजेसम्म चाबहिल, मित्रपार्क, बत्तीसपुतली, सरस्वती, मैजुबहाल, एयरपोर्ट, जय बागेश्वरी क्षेत्रमा पानी पठाइएको छ । यस्तै राती ८ बजेदेखि १२ बजेसम्म अनामनगर, घट्टेकुलो, डिल्ली बजार क्षेत्रमा पानी वितरण गरेका छन् ।





 

 


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,कोशी भिजनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र अभियानको शुभमुहर्त गरिएको छ । सुनसरीको इटहरी स्थित एक गुम्बामा पुजा गर्दै चलचित्रको शुभ मुहर्त गरिएको हो ।आईतबार भएको शुभ मुहरत कार्यक्रममा  प्रदेश नं १ चलचित्रकर्मी संघका अध्यक्ष तथा निर्देशक पर्शुराम चौधरीको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेश नं १ चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण प्रधानको विशिष्ठ आतिथ्यता रहेको थियो।


उक्त चलचित्रको निर्देशन लाखमान योन्जनले गर्ने छन् भने चलचित्रको कथा पनि निर्देशक योन्जनले नै लेखेका हुन् । 


ऎतिहासिक तामाङ थाकथलो किपटको कथामा आधारित चलचित्रको नायकमा अमर लामा, नायिकामा रस्मीला तामाङ्ग साथै अन्य कलाकारहरु जयानन्द लामा, दिनेश कोईराला, कुमार मोक्तान, दावा फिन्जो तामाङ, श्याममाया तामाङ, चादनी मोक्तान, आश्मान वाईवा तामाङ, नितेश जङ्ग खत्री, जनक बम्जन तामाङ, मदन राई, कुमारी मेयाङ्बो लगायत अन्य कलाकारहरुको अभिनय रहने छ । 

चलचित्रको छायांनक रसुवा, काभ्रे, हिले, उत्तरपानी, मुडे संसरे, ईलाम लगायतका रमणिय स्थलहरुमा गरिने निर्देशक योन्जनले जानकारी दिएका छन्। चलचित्रमा सुमन तामाङको छायांकन रहने छ भने चलचित्रको सम्पादन हेमन तामाङको रहने छ ।


काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम, पछिल्लो २४ घण्टामा नेपालभर थप ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार १ सय १ जनाको पीसीआर परीक्षण गर्दा थप सङ्क्रमित फेला परेका हुन् । यसमध्ये अधिकांश सङ्क्रमित काठमाडौँ उपत्यकाका रहेका छन् । भक्तपुरमा ६, ललितपुरमा ७ र काठमाडौँमा ५२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । यही अवधिमा ९५ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । देशभर ५७ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालमा २ लाख ७६ हजार ८३९ जना सङ्क्रमित फेला परेका छन् । यसमध्ये २ लाख ७२ हजार ५३० जना निको भएका छन् । यसबाट मृत्यु हुनेको संख्या ३ हजार २७ जना रहेको छ । 




 


काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम, पटक, पटक स्थगित हुँदै आएको प्रदेश १ सभाको बैठक चैत २३ गतेको लागि तय गरिएको छ । आज सूचना जारी गर्दै प्रदेशसभा सचिवालयले दिउँसो २ बजेका लागि बैठक डाकेको हो ।  पछिल्लो पटक फागुन ९ मा प्रदेश सभाको बैठक बसेको थियो । त्यसपछि बोलाइएको फागुन २० र चैत २ गतेको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो । मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा टेबुल भएको छ । गएको बुधवार एमाले प्रदेश १ को संसदीय दलको बैठकमा दलका नेता एवं मुख्यमन्त्री शेरधन राईले अविश्वास प्रस्तावमा तत्कालीन प्रचण्ड–माधव पक्षबाट हस्ताक्षर गरेका एमाले सांसदलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिइसकेका छन् । बैठकमा माधव पक्षका केही सांसद उपस्थित भएर अविश्वास प्रस्तावबाट हस्ताक्षर फिर्ता लिने जानकारी गराएका थिए ।  







काठमाडौँ । रातो तारा डट कम,‘मोडल हन्ट नेपाल २०२१’ उपाधि प्रविण चापागाई र अनिशा शाक्यले जितेका छन् ।


होटल सोल्टी क्राउन प्लाजामा शनिबार अबेर सम्पन्न प्रतियोगितामा प्रविन पुरुष र अनिशा महिला तर्फको शिर्ष विजेता घोषित भएका हुन् ।

सहभागिता, प्रस्तुतिकरण र चर्चाको दृष्टिकोणले नेपाली परिवेशमा वृहत्, स्तरीय एवं लोकप्रिय तथा स्थापित प्रतियोगिताको यो सिजन ६ हो । यो सिजनमा  ३४ युवा एवं ३२ युवती वीच अपन्तमस्पर्धा भएको थियो ।

प्रतियोगिताको पुरुष तर्फ फस्ट रनर मिनाल्ड लामिछाने र  सेकेन्ड रनरअप अनुप कार्की भए भने महिला तर्फ श्रीयशी श्रेष्ठ फष्ट रनर अफ र परितोषिका पन्त सेकेन्ड रहनर अफ विजेता छानिए । 

प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुले आईसी कलेज अफ आर्ट एण्ड फेसनका १७ आंैं ब्याचका ३४ जना विधार्थी डिजाइनरहरुले तयार पारेका विविध आकर्षक एवं मनमोहक पहिरनहरुमा सजिएर ¥याम्प शो गर्दै सीप र कला प्रस्तुत गरेका थिए । 

ग्लोबल आईएमई पे भोटिङ पार्टनर रहेको सो प्रतियोगितामा लक्ष्मी राना र सौर्या तिर्वा मोस्ट स्टाइलिस, प्रविण चापागाईं र राजश्री कार्की वेष्ट पर्सनालिटी, अनुप कार्की र सरिता बाडी वेष्टवाक, शुभम् भण्डारी र श्रीरुधी बस्न्यात पब्लिक च्वाइस तथा मि. एण्ड मिस मल्टिमिडिया, प्रतिभा गुरुङ र कविर घले गुरुङ सोसियल्ली रेस्पोन्सिबल विधातर्फ विजयी बनेका थिए ।

यसैगरी विनय पन्त र अनिशा शाक्य मोस्ट फोटोजेनिक, मिनाल्ड लामिछाने वेष्ट फिजिक र अदिति मानन्धर बेष्ट फिगर, गणेशराज जोशी र श्रीयशी श्रेष्ठ कमर्सियल मोडल, सौगात श्रेष्ठ र पूजा कार्की मोस्ट पपुलर, शुभम् भण्डारी र स्मृति ओली होप इन्टरनेसल एजुकेसनका ब्राण्ड एम्बेसडर, शुभम् भण्डारी र स्नेहा पोखरेल फेस अफ ओखतीका रुपमा छनौट भएका थिए ।

आईसी ग्रुप नेपालका प्रबन्ध निर्देशक शैलजा अधिकारी, संचारकर्मी सुरज सिंह ठकुरी, पूर्व मिस नेपाल माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे तथा फेसन डिजाइनर इन्टा श्रेष्ठ निर्णायक रहेको प्रतियोगिताको आयोजक नेक्स्टमोडल्स नेपालरहेकोछ । रवि धमला र एत्ना पाण्डेको निर्देशक रहेको प्रतियोगिताको कोरियोग्राफर तथा रोजिन शाक्य रहेका थिए ।

करिब पाँच साताको बिभिन्न प्रशिक्षण सहित प्रतियोगीतामा प्रतियोगिलाई फाइनल प्रतिस्पर्धा उतारिएको थियो ।

प्रतियोगिताका विजेताहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा आफ्नो उपस्थिति दर्शाउने छन् । यसका साथै कोरियामा संचालन हुने एलबीएमए अवार्डस्, गोवामा संचालन हुने इन्टरनेसनल फेसन वीक लगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ । 


 


गाईघाट १५ चैत । प्रहरीले ४ ग्राम ब्राउनसुगर सहित २ जना लाई शनीबार राती पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ११ बाबारानी मार्ग मा ठुलै परिमाणममा लागु औषधको कारोवार भैरहेको सुचनाको आधारमा प्रहरीले उनीहरु लाई पका्रउ गरेको हो । पका्रउ पर्नेमा गाईघाट वजारका ३२ वर्षिय दशरथ साह र २९ वर्षिय बिवश राई रहेकाछन । “गा्रहक लाई बिकी्र गर्न बसेको वेला उनीहरु लाई बा्रउन सुगर सहित पका्रउ गरीएको हो ”। एसपि भिम बहादुर दाहालले बताए । हामीले गा्रहक आउनु अगाडी नै उनीहरु लाई पका्रउ गर्यौ” । उनले भने । पका्रउ परेका दुबै जना लागु औषध कारोवारी भए पनि बिस्तृत रुपमा उनीहरु बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 


 


झापा, चैत्र १५ गते ।रातो तारा डट कम,

झापाको बिर्तामोड नगरपालिका-५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ का २५ बर्षीय दिपु चौधरी र बिर्तामोड नगरपालिका-३ का २५ बर्षीय सुवास ताजपुरियालाई १ ग्राम ८०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित शनिवार अपरान्ह ५ बजे पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धसान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।


उदयपुर, चैत्र १५ गते । रातो तारा डट कम,

उदयपुरको चौदण्डीगढी नगरपालिका-४ मा शनिवार राती ट्याक्टरले किचेर १ जनाको मृत्यु भएको छ । शनिवार राती पौने १० बजेको समयमा स्वर्गिय मदन भण्डारी स्मृति लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको स १ त ७६२० नम्बरको ट्याक्टरमा सवार रहेका चौदण्डीगढी नगरपालिका-२ का २८ बर्षीय रुपेश लामगादे अचानक ट्याक्टरबाट झर्दा उक्त ट्याक्टरको पछाडिको टायरले किचेर घाईते भएकोमा, घाईतेलाई बेल्टार अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 



बेलबारी मोरङ १५ चैत्र ।  रसतो तारा डट कम, बेलबारी न पा वडा नं १ सहिद प्रा वि नजिकै घर भइ सोही स्थानमा स्थायी बसोबाँस गर्ने बिष्णु सुवेदी शनिबार निकै खुशी देखिन्थे।खुशीको श्रोत थिए सुन्दर हरैँचाका युवा समाजसेवी मनोज दाहाल।

 लामो समयदेखि हिंड्डुल गर्न नसक्ने  बिष्णु व्हिल चियरको सहयोगले मात्र हिड्न सक्छन्।उनको यो अवस्था देखेर केही दिन अघिदेखि मनोजले व्हिल चियरको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए।यसै क्रममा उनी अर्थात् मनोज जोडिन पुगे `नेप्लिज युथ पावर´सँग।उक्त संस्थाले मनोजको मागलाई जायज भन्दै व्हिल चियर उपलब्ध गराउँने निर्णय गर्यो।शनिबार मनोजसहित संस्थाका प्रतिनिधि राजेश आचार्य,बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली,वडाकी जनप्रतिनिधि बिन्दु गुरुङ युवा समाजसेवी शीतल राय लगायतको टीमले सुबेदीलाई उनकै घरमा पुगेर व्हिल चियर हस्तान्तरण गरेपछि सुवेदी आफू निकै हर्षित भएको बताए।बेलबारी १ को सहिद प्रा वि स्कूललाई कार्यक्षेत्र बनाउँदै आएका बिष्णुले यस्तो सहयोगले आफूलाई काम गर्न थप उत्साहित बनाएको बताए।उनले सहयोगी संस्था र पहलको अगुवाइ गर्ने मनोज दाहाललाई पटकपटक धन्यवाद व्यक्त गरे।

सहयोगी सामग्री हस्तान्तरण गर्दै बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले नेप्लिज युथ पावर र अभियन्ता मनोज दाहाललाई उक्त उदाहरणयोग्य कार्यका लागि धन्यवाद व्यक्त गर्दै बेलबारी नगरपालिकाले अपाङ्गता भएका नागरिकहरुका लागि वास्तविक अभिभावकको भूमिका निर्वाह गरिरहेको र गरिरहने बताइन्।

 बाढी, पहिराको जोखिम भएको स्थानबाट सुरक्षित स्थानमा बसोबास गरौँ ।                                                 बाढी, पहिरोको जोखिम बढ्ने भएकोले जथाभावी ढुंगागिट्टि, बालुवा उत्खनन गर्ने तथा बोट विरुवा काट्ने र खोलाको बहाव बढ्ने जस्ता कार्य नगरौँ । 

 बाढी, पहिरोको जोखिम घटाउन समुदाय स्तरबाट समयमै रुख रौपौँ, वन जोगाऔँ । 

विपद्को घटना घटेमा उद्धार तथा राहतको लागि नजिकै रहेको सुरक्षा निकायमा सम्पर्क राखौँ । 

खानेपानीका मुहानहरु सदैव सफा राखौँ । 

जथाभावी फोहोर नफालौँ । 

शुद्धर सफा पानी पिउँ, स्वस्य जीवन जिउँ । 

चर्पीमा मात्र दिसापिसाव गरौँ । 

सफासँग हात धोएर खाना खाने गरौँ । 

झाडापखाला जस्ता रोग लागेमा नजिकै रहेको स्वास्थ्य केन्द्रमा सम्पर्क गरौँ । 

घरपालुवा चौपायाहरु छाडा नछाडौ तथा छाडा चौपायको नियन्त्रण गरौँ र दुर्धटनाबाट बचौँ । 

सवारी साधनहरु उचित स्थानमा मात्र पार्किङ गरी ट्राफिक व्यवस्थापनमा सहजीकरण गरौँ । 

विकास निर्माणको कार्यक्रममा जनसहभागिता जुटाऔँ र भएका विकास निर्माण कार्यको संरक्षण गरौ। 

जेष्ठ नागरीकहरुलाई उचित स्याहार सुसार सहित सम्मान गरौँ । 

व्यतिmगत घटना घटेको ३५ दिन भित्र अनिवार्य रुपमा नगरपालिकामा घटना दर्ता गराऔँ । 

समयमानै कर तिरी सभ्य नागरिकको परिचय दियौँ । 

यस नगरपालिकाबाट इजाजत लिएर मात्र घर निर्माण तथा प्लटिङ कार्य गरौँ । 

नगरपालिकाले तोकेको मापदण्ड बमोजिम भूकम्प प्रतिरोधि घर निर्माण गरौँ र सधैँका लागि ढुक्क होऔँ । 

राष्ट्रिय सम्पदा तथा धरोहरहरुको जर्गेना गरौँ । 

कुनै पनि व्यवसाय नगरपालिका र नियमनकारी निकायमा दर्ता गरे पश्चात मात्र सञ्चालन गरौँ । 

घरेलु तथा औद्योगिक फोहोरमैलाको समुचित व्यवस्थापन गरौँ ।

नगरपालिकालाई बुझाउनु पर्ने कर तथा शुल्क समयमै बुझाई नगर विकासमा सहभागी बनौँ । 



काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम,भारतमा कोरोना भाइरसको सङ्क्रमणमा दैनिक नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६ सय ३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । एकैदिन सङ्क्रमण पुष्टि भएको यो सङ्ख्या भारतमा यो वर्षकै धेरै हो । यसअघि शनिबार यो वर्षकै दोस्रो धेरै ६२ हजार २ सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै त्यहाँ सङ्क्रमितको सङ्ख्या १ करोड १९ लाख ७१ हजार ४ पुगेको छ । हालसम्म भारतमा १ करोड १३ लाख २१ हजार ५ सय ७८ जना सङ्क्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४ लाख ८७ हजार ८ सय ४० छ । यस्तै भारतमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या १ लाख ६१ हजार ५ सय ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ३ सय ११ जनाको मृत्यु भएको छ ।








काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम,सुख्खायामसँगै नुवाकोट र रसुवाका अधिकांश जङ्गलमा आगलागी भएको छ । कतिपय जङ्गलका आगो गाउँबस्ती नजिकै आएका कारण स्थानीयवासी त्रसित भएका छन् । हाल नुवाकोट  र छिमेकी रसुवाको समेत गरी एकसय ५० भन्दा बढि जङ्गलमा आगलागी भएका छन् । धेरै स्थानमा एकै पटक आगलागी भएको र दमकललगायतका साधनहरुमा कमी भएका कारण नियन्त्रणमा समस्या भएकोछ । १२ स्थानीय तह रहेको नुवाकोटका एकसय भन्दा बढि जङ्गलमा डढेलो लागेको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ । प्राय सवैै स्थानीय तहका वन क्षेत्रमा डढेलो लागेको कर्मचारीहरुले वताएका छन् । डिभिजन वन कार्यालयका अनुसार डढेलो लागकेको क्षेत्रमा कर्मचारी तथा सामूदायिक वनका पदाधिकारी परिचालन गरिएका छन् । वन कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार अधिकांश जङ्गलमा गत वर्षको तुलनामा यस वर्ष डढेलोको घटना धेरै गुणाले बढेको छ । उहाँका अनुसार जिल्लामा हाल सामुदायिक वन ३ सय ७७ रहेका छन् भने निजी वन १५ र धार्मिक वन तीन वटा छन् । यसमध्ये हिजोसम्म एकसय भन्दा बढि सामुदायिक वनमा डढेलो लागेको छ । 


काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम,सरकारले होली पर्व मनाउँदा स्वास्थ्य सर्तकता अपनाउन र भिडभाड नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका साहायक प्रवक्ता समिर कुमार अधिकारीले घरमा नै बसेर परिवारका साथमा होली मनानउन आग्रह गर्नुभयो । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रहरीले होली मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको छ । प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना गराउन र शान्तिसुरक्षा चुस्त बनाउन आवश्यक निर्देशन दिइसकिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सीआईएनलाइ जानकारी दिनुभयो । भीडभाडमा पुगेर समूहगत रुपमा होली नमनाउन भनिसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न मातहतका सबै प्रहरी कार्यालयलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।  







 


चितवन, चैत १४ गते । रातो तारा डट कम,तेस्रो संस्करणको मिस थारु २०२१ को उपाधि लिभा चौधरी थारुले जितेकीछिन् । चितवनको खैरहनीमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना प्रतिस्र्धीलाई पछि पार्दै लिभाले उपाधि जितेकी हुन् । 


कार्यक्रमका मुख्य निर्णायक मिस नेपाल वल्र्ड २०१९ की विजेता अनुस्का श्रेष्ठले सोधेको ‘एउटा यस्तो सकरात्मक परिवर्तन के होला ? जुन चाँही आफूमा र परिवारमा ल्याउनु भएको छ, जुन सम्झिदा यहाँ गर्व गर्नुहुन्छ ’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उदयपुर निवासी लिभाले उपाधि जितेकी हुन् । उनलाई दोस्रो संस्करणकी मिस थारु आकृति चौधरीले ताज पहराइदिइन् । 


यस्तै प्रतियोगितामा सुनसरीकी श्रुति गच्छदार फष्ट रनरअप भइन् भने सुनसरीकै लक्ष्मी चौधरी सेकेण्ड रनरअपको उपाधि जितिन् । श्रुतिलाई २०१८ की फष्ट रनरअप सुनेश्वरी कुमारी दास र लक्ष्मीलाई २०१८ की सेकेण्ड रनरअप आश्मा चौधरीले ताज पहिराइ दिइन् । 

त्यसैगरि बेस्ट फोटोजेनिक नेहा चौधरी, बेस्ट ट्यालेन्ट प्रतिभा चौधरी, बेस्ट कल्चरल रिप्रेजेन्टिटिभ  सोनु चौधरी, बेस्ड डिसिपिलिन लिभा चौधरी थारु, बेस्ट वाक प्रतिभा चौधरी, खल्ती पब्लिक च्वाइस र बेस्ट पर्सानालिटिको अवार्ड श्रुति गच्छारले जितिन् । 

यस्तै तेस्रो संस्करणको मिस्टर थारु २०२१ को उपाधि प्रशान्त हुजदारले जितेका छन् । १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशान्तले उपाधि जितेका हुन् । कार्यक्रमका मुख्य निर्णायक मिस नेपाल वल्र्ड २०१९ की विजेता अनुस्का श्रेष्ठले सोधेको ‘महिलाहरुले विभिन्न समस्या र चुनौती भोग्न बाध्य भइरहेको बेला पुरुषहरुले कस्ता समस्या र चुनौतीको सामना गर्नु परेको छ ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै प्रशान्तले उपाधि जितेका हुन् । 

सप्तरी निवासी प्रशान्तलाई मिस्टर थारु २०१८ का विजेता रविन चौधरीले ढाका टोपी लगाइ दिए । यस्तै पर्साका रवि चौधरी फस्ट रनरअप र मोरङका आशकुमार चौधरी सेकेण्ड रनरअप भए । रविलाई २०१८ का फस्ट रनरअप विवेक चौधरी र आशकुमारलाई २०१८ का सेकेण्ड रनरअप दिपेन चौधरी चौधरीले अवार्ड प्रदान गरे । 

त्यसैगरि बेस्ट फोटोजेनिक विजय चौधरी, बेस्ट ट्यालेन्ट प्रशान्त हुजदार, बेस्ट कल्चरल रिप्रेजेन्टिटिभ  हरेन्द्र कुमार चौधरी, बेस्ड डिसिपिलिन कमल कुमार चौधरी, बेस्ट वाक अविनास महतो, खल्ती पब्लिक च्वाइस भागवती चौधरी र बेस्ट पर्सानालिटिको अवार्ड सिद्धान्त चौधरीले जिते । 

प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गरे । उनीहरुलाई मुख्य निर्णायक मिस नेपाल वल्र्ड २०१९ अनुस्का श्रेष्ठ, आयोजक जह इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत सुरेश चौधरी, वाइएसी इभेन्ट्सका म्यानेजर जयस चौधरीलगायत अतिथिले पुरस्कार प्रदान गरे । 

फाइनल प्रतिस्पर्धामा विभिन्न कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । विगतमा काठमाडौंमा हुँदै आइरहेको प्रतियोगिताका फाइनल प्रतिस्पर्धा यसपटक राजधानी बाहिर पहिलोपटक कार्यक्रम गरिएको हो । थारु समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि जह इन्टरटेनमेन्टको आयोजनामा सन् २०१७ देखि मिस्टर एण्ड मिस थारुको सुरुवात भएको हो । 

यस यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी भएकी थिइन् भने दोस्रो संस्करणको मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । 



 


विराटनगर चैत  १४ गते । रातो तारा डट कम,चेतना संरक्षण प्रतिष्ठान विराटनगरले आदर्श सन्तान सम्मानबाट एकजनालाई सम्मान गरेको छ । 

१५ औं साधारणसभाको अवसर पारेर प्रतिष्ठानले विराटनगर–८ अमरटोलकी सुनिता खड्कालाई आदर्श सम्मानबाट सम्मान गरेको हो । परिवारबाट ज्येष्ठ नागरिकलाई अवहेलना हुने क्रम बढ्दै गएकाले आदर्श सन्तान सम्मान सुरु गरिएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, अग्रज साहित्यकार रमाप्रसाद रिजाल, समाजसेवी तोरेन्द्रमानसिंह प्रधान, वेनिगोपाल मुन्दडालगायतले खड्कालाई अविर, माला लगाएर नगद ११ हजारसहित सम्मानपत्र हस्तान्तरण गर्नुभयो । 

आमाको निधन भएपछि खड्काले बुवा लीलावल्लभ गौतमलाई आफ्नै घरमा ल्याएर राख्नुभएको छ । गौतमका ६ सन्तानमध्ये खड्का काँहिली सन्तान हुनुहुन्छ । सो अवसरमा सुनिताका श्रीमान केदार खड्कालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा मेयर पराजुलीले बुवाआमा देउता सहर भएको बताउनुभयो । यस्ता सम्मानले समाजलाई मार्गनिर्देशन गर्ने उहाँको भनाइ थियो । 

प्रतिष्ठानकी अध्यक्ष सुवेदीले परिवारबाटै ज्येष्ठ नागरिकमाथि हेला भइरहेको चर्चा गर्नुभयो । उहाँले सकारात्मक सोच र पवित्र उद्देश्यले आदर्श सन्तान सम्मान प्रतिष्ठानबाट सुरु गरिएको बताउनुभयो । त्यस्तै समारोहमा विश्व कविता प्रतियोगितामा प्रथम हुन सफल कवि राधिका गुरागाईंलाई पनि अविर र माला लगाएर सम्मान गरिएको थियो । 

यसैबीच, साधारणसभाले सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमतिसमेत चयन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा सरला चापागाईं, महासचिवमा उमेश दाहाल, कोषाध्यक्षमा राधिका गुरागाईं निर्विरोध चयन हुनुभयो । त्यस्तै श्रीओम श्रेष्ठ ‘रोदन’, दिङ्लाली कान्छो, बाबुराम श्रेष्ठ वर्षा, हरिप्रसाद बराल, दिपेश सुवेदी, दिवस सुवेदी र मीनकुमार नवोदित सदस्यमा छानिनु भएको छ । साधारणसभा सम्पन्न भएपछि आपसमा अविर लगाएर शुभकामना आदानप्रदान गरिएको थियो । प्रतिष्ठानले वार्षिकोत्सवका अवसरमा हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई नगदसहित सम्मान गर्दै आएको छ । यस्तै मासिक साहित्यिक शृंखला, चेतना सन्देश पत्रिका प्रकाशन, मकालु टेलिभिजनसँगको सहकार्यमा चेतना प्रवाह साप्ताहिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको महासचिव उमेश दाहालले जानकारी दिनुभयो । 

 




 


शिव भट्टराई,मोरङ चैत १४ गते । रातो तारा डट कम,होली पर्वको अवसर पारेर मोरगंको सुन्दरहरैचा ५ मा रहेको  राधेश्याम सेवा ट्रष्ट नयाँँ वृन्दावन गौशालामा फुलको होली खेलर मनाइएको छ ।


विगत वर्ष झै यस वर्ष पनि होली मिलन महोत्सव साथै सांकृतिक कार्यक्रम आयोजना गरि नयाँ वृन्दावनमा होली मनाइएको हो ।


राधेश्याम सेवा ट्रष्टकी अध्यक्ष गंगादेवी काफ्लेको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामागंको प्रमुख आतिथ्यतामा आयोजना गरिएको होली मिलन महोत्सवमा योगेश भण्डारीले होली पर्वका विषयमा प्रवचन गरेका थिए भने भजन गायक कृष्ण भण्डारीले होलीसंग जोडिएका धार्मिक भजनहरु गाएका थिए ।

 राधेश्याम सेवा ट्रष्टका संरक्षक दिनवन्धु शास्त्रीले मिसावटयुक्त रंग दलेर होली खेल्दा स्वास्थ्यमा समस्या आउने तथा वृन्दावनमा श्रीकृष्ण सहित गोपिनीहरुले फुलको होली खेलेको प्रसंग जोड्दै आफुहरुले पनि फुलको होली खेलेर होली मनाएको वताए ।

कार्यक्रममा सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किशोरकुमार कार्की , वडा नम्बर ३ का वडाध्यक्ष जिवन प्रसाद ढुंगाना , ५ का अध्यक्ष रामप्रसाद रिजाल,७ का वडाध्यक्ष चैतन्य सिटौला, उद्योग वाणिज्य संघ इटहरीका विष्णु डाँगी  लगायत अन्य विशिष्ठ व्यक्तिहरूको सहभागिता रहेको थियो भने सो कार्यक्रमका संयोजक श्याम भट्टराईले उक्त कार्यक्रम सञ्चालन गरेका थिए।

पुर्व क्षेत्रको एक प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकसित हुदै आएको नयाँ वृन्दावनमा विगत केही वर्ष यता देखि भक्तजनहरु समेतको सहभागितामा होली मिलन कार्यक्रम गरिदै आएको छ।

 


शिव भट्टराई,मोरङ चैत १४ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचामा नगर स्तरीय सितोरियो कराँते प्रतियोगिता सम्पन्न भएको छ।सुर्योदय युवा क्लवको आयोजनामा र दुलारी डोजोको समायोजनमा शनिबार सुन्दरहरैंचा ६ स्थित साजिलाल स्कुलको मैदानमा सुरु भएको खेल आज सम्पन्न भएको हो।


शनिबार भएको फाइनल खेलमा  आयोजक टिम सूर्योदय युवा क्लबले ५ गोल्ड मेडल ल्याएर विजयी भएको छ भने पोखरीया युवा क्लबले ४ गोल्ड मेडल ल्याएर दोस्रो र सुनसरीको कालाबन्जर टिमले २ गोल्ड मेडल ल्याएर तेस्रो हुन सफल भएको छ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका स्थित वडा नं ६ का वडाध्यक्ष जिवन राईको प्रमुख आतिथ्यता रहेको थियो भने सूर्योदय युवा क्लबका अध्यक्ष अने चौधरीको सभापतित्व रहेको थियो।

उक्त प्रतियोगिताको उद्दघाटनको क्रममा बोल्दै प्रमुख अतिथि राईले खेल मानिसको जीवनमा आवश्यक रहेको बताउँदै हाल देशमा विभिन्न घटना भइरहेकोले आफ्नु सुरक्षाको लागि सम्पूर्ण नागरिक विशेष गरी महिलाहरुले आत्मा रक्षाका लागि सितोरियो कराते सिक्न जरुरी रहेको बताएका छन्।

प्रतियोगितामा नगर भरिका लगभग ३ सय जना खेलाडिले सहभािगता जनाएका थिए भने प्रतियोगितामा पुरुषतर्फ २० केजीदेखि ६० केजी माथिको तौल समूह र महिलाको २० देखि ५५ माथिको तौल समुहका खेलाडीहरुबीच प्रतिस्पर्धा भएको सुन्दरहरैंचाका कराते प्रशिक्षक विकास  चौधरीले जानकारी दिएका छन्।

एकै दिन सम्पन्न हुने प्रतियोगितामा समयको अभाव भएका कारण फाइनल खेल उद्घाटन खेलको १ हप्ता पछि  शनिबार सम्पन्न गरिएको प्रशिक्षक चौधरीले बताए।प्रतियोगितामा प्रथम हुने लाई १० हजार, दोश्रोलाई ७ हजार र तेश्रोलाई ५ हजार नगद पुरस्कार सहित ट्रफि प्रदान गरिएको उनले बताए।

उक्त कार्यक्रममा साज़ीलाल माध्यमिक विद्यालयका प्रधानध्यापक कल्याण प्रसाद सिटौला, सामाजिक व्यक्तित्व सत्यनारायण चौधरी लगायत अन्य अग्रज व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। त्यसैगरी कार्यक्रम पेशल पोख्रेलले संयोजन गरेका थिए भने निराजन धमलाले सञ्चालन गरेका थिए।

 


बिराटनगर । रातो तारा डट कम, स्वदेशी उत्पादनको प्रवद्र्धन गरी राष्ट्रिय आर्थिक एवं औद्योगिक विकासमा टेवा पु¥याउने लक्ष्यका साथ उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयूक्त रुपमा तय गरेको राष्ट्रव्यापी मेरो देश, मेरै उत्पादन को अभियानलाई सम्माननीय प्रधानमन्त्री के.पि.शर्मा ओलीज्यूले एक समारोह वीच भर्चुअल माध्यमबाट मिति २०७७ चैत्र १३ गते प्रारम्भ गर्नु भएको छ । 

वढ्दो व्यापार घाटालाई न्यूनिकरण गरी सन्तुलनमा ल्याउनका साथै स्वदेशी वस्तु उत्पादनमा विविधिकरण गरी उपभोग्य वस्तुहरुमा देशलाई आत्मनिर्भर वनाउदै रोजगारीका अवसरहरु सिर्जना गर्दै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने उद्देश्यले प्रारम्भ गरिएको यस अभियानले नेपाल सरकारले अवलम्वन गरेको समृद्ध नेपाल, सुखि नेपालीको अभियानमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्दछौं । 

स्वदेशी उत्पादनहरुको खपतलाई वृद्धि गर्दै आर्थिक एवं औद्योगिक रुपमा सबल र सक्षम राष्ट्र निर्माणका लागि देशको आवश्यकता अनुरुपका वस्तुहरु स्वदेश मै वन्नु पर्ने राष्ट्रिय संकल्पका साथ दुवै संस्थाले यस अभियानको प्रारम्भ गरेकोछ । दैनिक उपभोग्य वस्तुहरुको स्वदेश मै उत्पादन अभिवृद्धि गरी आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्ने अभिप्रायकका साथ दुवै संस्थाले प्रारम्भ गरेको यस अभियानलाई सार्थक तुल्याउन उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका तर्फबाट सबैमा अनुरोध गर्दछौं । 

प्रकाश मुन्दडा                                          सुयश  प्याकुरेल                                                                               

अध्यक्ष                                                             अध्यक्ष

मोरङ व्यापार संघ                                             उद्योग संगठन मोरङ


२०७७ चैत्र १४ गते, शनिवार

विराटनगर



काठमाण्डौ चैत १३ गते । रातो तारा डट कम,बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण विरुद्ध भएको प्रदर्शनमा सुरक्षाकर्मीसँग झडप हुँदा कम्तिमा ४ जनाको मृत्यु भएको छ । दुई दिने भ्रमणका लागि मोदी हिजो बंगलादेश पुग्नु भएको थियो ।

चटगाउँमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको र घाइतेमध्ये ४ जनाको उपचारका क्रममा मृत्यु भएको बीबीसीले लेखेको छ । हिफाजत ए इश्लाम संगठनका नेता मुजिवुर रहमान हामिदीले आफ्नो संगठनका सदस्य प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गर्नु भएको छ । उहाँले प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको दावी गर्नुभएको तर त्यसको स्वतन्त्र पुष्टि भइनसकेको बीबीसीले लेखेको छ । 

केहि दिनदेखि कैयौँ मुश्लिम नेता तथा वामपन्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा ¥याली समेत निकाल्दै आएका थिए । मोदी बंगलादेशको ५० औं स्वतन्त्रता दिवस तथा संस्थापक शेख मुजीबुर रहमानको जन्मशताब्दीमा आयोजित कार्यक्रममा सहभागी हुन बंगलादेश पुग्नुभएको हो । 



काठमाण्डौ चैत १३ गते । रातो तारा डट कम,काठमाडौंमा जारी त्रिदेशीय कप अन्तराष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । प्रतिस्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु हुने छ । प्रतियोगिताको फाइनलमा पुग्न आजको खेलमा नेपाललाई कम्तिमा बराबरी आवश्यक छ । तर, बंगलादेशले २ गोल अन्तरमा जितेको अवस्थामा भने नेपालको फाइनल खेल्ने सम्भावना सकिनेछ । यसअघि त्रिदेशीय कपको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानलाई १–० गोल अन्तरले पराजित गरिसकेको छ । दोस्रो खेलमा नेपाल र किर्गिस्तानले गोलरहित बराबरी खेलेपछि बंगलादेश त्रिदेशीय कपको फाइनलमा पुगिसकेको छ । प्रतियोगितामा नेपाल र बंगलादेशले सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारेका छन् । तर किर्गिस्तानको भने २३ वर्षभन्दा मुनिको टोलीलाई सहभागी गराएको छ । फाइनल खेल सोमबार हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।





 



MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.