Websoft University

सुनिता खड्कालाई चेतनाको ‘आदर्श सन्तान’ सम्मान

 


विराटनगर चैत  १४ गते । रातो तारा डट कम,चेतना संरक्षण प्रतिष्ठान विराटनगरले आदर्श सन्तान सम्मानबाट एकजनालाई सम्मान गरेको छ । 

१५ औं साधारणसभाको अवसर पारेर प्रतिष्ठानले विराटनगर–८ अमरटोलकी सुनिता खड्कालाई आदर्श सम्मानबाट सम्मान गरेको हो । परिवारबाट ज्येष्ठ नागरिकलाई अवहेलना हुने क्रम बढ्दै गएकाले आदर्श सन्तान सम्मान सुरु गरिएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, अग्रज साहित्यकार रमाप्रसाद रिजाल, समाजसेवी तोरेन्द्रमानसिंह प्रधान, वेनिगोपाल मुन्दडालगायतले खड्कालाई अविर, माला लगाएर नगद ११ हजारसहित सम्मानपत्र हस्तान्तरण गर्नुभयो । 

आमाको निधन भएपछि खड्काले बुवा लीलावल्लभ गौतमलाई आफ्नै घरमा ल्याएर राख्नुभएको छ । गौतमका ६ सन्तानमध्ये खड्का काँहिली सन्तान हुनुहुन्छ । सो अवसरमा सुनिताका श्रीमान केदार खड्कालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा मेयर पराजुलीले बुवाआमा देउता सहर भएको बताउनुभयो । यस्ता सम्मानले समाजलाई मार्गनिर्देशन गर्ने उहाँको भनाइ थियो । 

प्रतिष्ठानकी अध्यक्ष सुवेदीले परिवारबाटै ज्येष्ठ नागरिकमाथि हेला भइरहेको चर्चा गर्नुभयो । उहाँले सकारात्मक सोच र पवित्र उद्देश्यले आदर्श सन्तान सम्मान प्रतिष्ठानबाट सुरु गरिएको बताउनुभयो । त्यस्तै समारोहमा विश्व कविता प्रतियोगितामा प्रथम हुन सफल कवि राधिका गुरागाईंलाई पनि अविर र माला लगाएर सम्मान गरिएको थियो । 

यसैबीच, साधारणसभाले सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमतिसमेत चयन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा सरला चापागाईं, महासचिवमा उमेश दाहाल, कोषाध्यक्षमा राधिका गुरागाईं निर्विरोध चयन हुनुभयो । त्यस्तै श्रीओम श्रेष्ठ ‘रोदन’, दिङ्लाली कान्छो, बाबुराम श्रेष्ठ वर्षा, हरिप्रसाद बराल, दिपेश सुवेदी, दिवस सुवेदी र मीनकुमार नवोदित सदस्यमा छानिनु भएको छ । साधारणसभा सम्पन्न भएपछि आपसमा अविर लगाएर शुभकामना आदानप्रदान गरिएको थियो । प्रतिष्ठानले वार्षिकोत्सवका अवसरमा हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई नगदसहित सम्मान गर्दै आएको छ । यस्तै मासिक साहित्यिक शृंखला, चेतना सन्देश पत्रिका प्रकाशन, मकालु टेलिभिजनसँगको सहकार्यमा चेतना प्रवाह साप्ताहिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको महासचिव उमेश दाहालले जानकारी दिनुभयो । 

 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.