Websoft University
May 2026

 


बिराटनगर जेठ १६ गते | अरनिको कलेजले कक्षा ११ रमा भर्ना हुन आउने बिधार्थीहरूका लागि२ दिने अमुखी तथा प्रशिक्षण  कार्यक्रम सन्चालन गरेकोछ | कार्यक्रमका अध्यक्ष तथा प्रिन्सिपल राजेश कार्की, कार्यक्रमका प्रमुख अतिथिः डा तारा गिरी,विशिष्ट अतिथि लक्ष्मीप्रसाद अधिकारी,समेतको उपिस्थतिमा अभिमुखी कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन गरेर सुरू गरिएको थियो |स्वागत तथा शुभकामना मन्तव्य निर्देशक भरतराज दाहालले दिनु भएको थियो |

स्वागत नृत्य आराध्य यादव, यसमारिका चौधरी, मेरिया कार्की, समारिका राउत, सदिक्षा पौडेल, अइस्का साह, समृद्धि बि।सी। दिप्सना साह र श्रेया मण्डल थिए |



विद्यालयका गतिविधि बारेमा जानकारी कोअर्डिनेटर विकास खनालले जानकारी गराउनुभएको थियो |नृत्य कक्षा ११ बाट श्रेया लिम्बु, एरिका श्रेष्ठ र जस्मिन घिमिरे,विद्यार्थी मन्तव्य स् सुलभ खड्का,अभिभावक मन्तव्य पछि नृत्य कक्षा ११ बाट भूमिका सिग्देल, प्रिया सेन्चुरी, समीक्षा भट्टराई गरेका थिए |

पुरस्कारवितरण तथा मायाको चिनो वितरण गरिएकोथियो | 

राजबहादुर तथा कमला कुँवर छात्रवृति स् जेबा प्रविन ३।९१ जि।पी।ए। अरनिको स्कुलबाट प्रथम प्रिन्सपल छात्रवृति प्रबेस परीक्षामा प्रथम, दितीय र तृतीय क्रमशस् सुयोग पोखरेल पोखरेल प्रथम प्रिन्स मंडल, कुलानन्द कुमार यादव दितीय, सेहित सेहित कुमार साह शिक्षक जितस् राजीव मिश्रा प्रवेश परीक्षाको उत्कृष्ट १० भित्र पर्न सफल विद्यार्थीहरु पुरस्कारबितरण गरिएकोथियो ।

प्रमुख अतिथि तथा प्रमुख वक्ता आफ्नो भनाइ र प्रशिक्षण सके पछि प्रिन्सिपल सभा अध्यक्ष  राजेश कार्की ले कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रम संचालक बिमल भट्टराईले गर्नु भएको थियो |


विराटनगर, जेठ १५ गते | झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट जेठ १४ गते लागू औषध सहित १५ जनालाई पक्राउ गरिएको छ ।

झापाको गौरीगंज गाउँपालिका(२ स्थितबाट इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले भारतकी रुकमणी देवी र निजको छोरी कोमल कुमारी हरिजनलाई २० ग्राम ३०० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिका(६ का दुखु मियाँलाई

 २ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय अनारमनीले झापा गाउँपालिका(५ का मिलन कुमार राजवंशी र कनकाई नगरपालिका(७ की सरु कार्की डोलीलाई ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको बराहक्षेत्र नगरपालिका(६ बाट इलाका प्रहरी

 कार्यालय महेन्द्रनगरले सोही स्थानका चन्दन कुमार बहदार, प्रबिन बि।क, अमर राई, आईत सिह तामाङ, समिर तामाङ र सुभराज राईलाई प्रतिबन्धीत औषधी ट्रामाडोल हाईड्रोक्लोराइड( २९० क्यापसुल, स्पास्मो( १५० ट्रयाब्लेट, एन्टिकोफ( १५० ट्रयाब्लेट र २७० मिलिग्राम ब्राउन सुगर

सहित, प्रहरी चौकी भोक्राहानरसिंहले सोही स्थानका नियाउद्दिन आलमलाई ६२ ग्राम गाँजा, प्रतिबन्धित औषधी( २५ ट्रयाबलेट सहित, अस्थायी प्रहरी चौकी बाङगेले बराहक्षेत्र नगरपालिका(७ कि रचना राई र अरुणा बि।क। लाई १२० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय

सुनसरीले ईटहरी उप( महानगरपालिका(२ का संजोग राई, जित बहादुर राई र पुस्पा प्रधानलाई ६ ग्राम ९७० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैनजनाको थप अनुसन्धान भई रहेको छ ।


बिराटनगर २०८३ जेष्ठ १५ गते | महिलाहरूलाई लक्षित गरी पाठेघर तथा ब्रेस्ट क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना शिविर सञ्चालन गरिएको छ । उद्योग संगठन मोरङ, महिला उद्यम समितिको आयोजना, विराट नर्सिङ होमको सहयोग तथा बर्जु गाउपालिकाको समन्वयमा शिविर बर्जुमा सञ्चालन गरिएको हो ।

शिविरमा विराट नर्सिङ होमका गाईनोलोजिष्ट डा. दिपक यादवको नेतृत्वको स्वास्थ्यकर्मी टोलीले महिलाहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरेको थियो ।

कार्यक्रममा संगठनका अध्यक्ष्ँ नन्दकिशोर राठीले स्वस्थ्य महिला, स्वस्थ परिवार र समृद्ध समाजको आधार हुने भएकाले महिलाहरू आफनो स्वास्थ्य प्रति सजग भई नियमित परीक्षण गराउने बानीको विकास गर्नुपर्ने धारणा राखे ।

उद्योग संगठन मोरङ महिला उद्यम समिति इन्चार्ज किरण ब्यासले समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सचेतनामूलक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिईन । त्यसैगरी महिला उद्यम समितिको संयोजक जयन्ती आचार्यले महिलाहरूमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न, समयमै रोग पहिचानमा सहयोग पु¥याउन तथा आवश्यक परामर्श प्रदान गर्न शिविर सञ्चालन गरिएको वताईन ।

बर्जु गाउपालिकाका अध्यक्ष जिवछ कुमार रायले महिलाहरूको स्वास्थ्य संरक्षण स्थानीय तहको प्रमुख प्राथमिकता मध्ये एक भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण योगदान पुग्ने बताए ।

त्यसैगरी गाउपालिका उपाध्यक्ष नीतु कुमारी चौधरीले शिविरले स्वास्थ्य सुरक्षाप्रति महिलाहरुमा सकारात्मक सोचको विकास गरी नियमित स्वास्थ्य परीक्षण गराउने बानीको विकास गर्ने धारणा व्यक्त गर्दै शिविरमा सहभागी महिलाहरूलाई स्वास्थ्य प्रति सजग रहन आग्रह गरिन ।

विराट नर्सिङ होमकी प्रतिनिधि एवं महिला समिति सदस्य बिमला थापाले स्वास्थ्य सेवा सबै नागरिकको पहुचमा पुग्नुपर्ने आवश्यकता औंल्याउदै ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गरी आगामी दिनमा यस प्रकारको शिविर अन्य स्थानमा पनि सञ्चालन गर्ने वताईन ।


विराटनगर जेठ १४ गते । कोशी प्रदेश खेलकुद विकास बोर्डले १६ औँ प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिता जेठ १७ र १८ गते गर्ने निर्णय गरेको छ। 

आज विराटनगरस्थित बोर्डको कार्यालयमा सम्पन्न बोर्डको ३२ औँ बैठकले प्रदेश स्तरीय छनोट प्रतियोगिता जेठ १७ र १८ गते गर्ने निर्णय गरेको हो। 

बोर्डका अध्यक्ष तथा प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेशका जिल्लाहरूको छनोट प्रतियोगिता जेठ १५ र १६ गते भित्र सम्पन्न गर्ने निर्णय समेत गरेको छ। बोर्डका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको सहभागितामा सम्पन्न बैठकले समय अभावका कारण छोटो समयमा छनोट प्रतियोगिता सम्पन्न गर्ने निर्णय गरेको हो। 

बोर्डका सदस्य टिकाराम पुरीले जेठ १८ गते भित्र प्रदेश स्तरीय प्रतियोगिता सम्पन्न गर्दै सोही दिन १६ औँ राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने खेलाडीहरूको बिदाई समेत गर्ने निर्णय भएको जानकारी दिए। उनले बैठकमा बजेट संसोधन, गणतन्त्र दिवसमा बोर्डको सहभागिता लगायतको विषयमा समेत छलफल भएको जानकारी दिए। 

लामो समयदेखि पदाधिकारीबिहीन रहेको बोर्डमा जेठ १३ गते मन्त्रीस्तरीय निर्णयबाट पदाधिकारी तथा सदस्यहरूको नियुक्ति भएको थियो। हाल बोर्डमा दुई उपाध्यक्ष, सदस्यसचिव र सदस्यहरू गरेर ११ जनाको नियुक्ति भएको छ।

 


बिराटनगर २०८३ जेष्ठ १४, गते | ब्यावसायिक हक, हितको सम्वद्र्धन र निजी क्षेत्रको साझा मुद्दाहरुका विषयमा आगामी दिनमा सहकार्य गर्ने उद्देश्यले उद्योग संगठन मोरङ र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका प्रतिनिधिहरु बीच छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

उद्योग संगठन मोरङको सचिवालयमा दुवै संस्थाका प्रतिनिधिहरुबीच भएको छलफलमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उद्योग व्यवसाय क्षेत्र अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको बताए । उनले उद्योगी व्यवसायीका साझा मुद्दामा देशभरका उद्योग वाणिज्य संघहरुबीच एकताबद्ध पहल आवश्यक रहेको धारणा राख्दै उद्योगको संरक्षण, लगानीमैत्री वातावरण निर्माण, औद्योगिक नीतिमा सुधारका लागि नीजि क्षेत्रका संस्था वीच सहकार्यको आवश्यकता औल्याए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले उद्योग व्यवसायको उद्गमस्थलका रुपमा रहेको विराटनगरका व्यवसायीबाट सिक्नुपर्ने धेरै कुरा रहेको बताउँदै उद्योग संगठन मोरङले कोशी प्रदेशका उद्योग व्यवसायको हितका लागि खेलेको भूमिकाको प्रशंसा गरे । उनले मुलुकको आर्थिक संकट, बजारको संकुचन तथा घट्दो क्रयशक्तिका कारण व्यवसाय क्षेत्र प्रभावित भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा निजी क्षेत्रबीच अनुभव आदान प्रदान र सहकार्य अपरिहार्य रहेको बताए ।

संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले उद्योग संगठन मोरङले विगतदेखि नै उद्योगमैत्री वातावरण निर्माण, लगानी प्रवद्र्धन तथा औद्योगिक विकासका पक्षमा निरन्तर पैरवी गर्दै आएको उल्लेख गरे । उनले निजी क्षेत्रबीच सहकार्य, समन्वय र साझा धारणा निर्माण मार्फत राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन सकिने धारणा व्यक्त गरे ।

संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले वर्तमान आर्थिक अवस्थाले उद्योगी व्यवसायीलाई ठूलो दबाबमा पारेको उल्लेख गर्दै उनले प्रदेशगत रुपमा उद्योग वाणिज्य संघहरुबीच नियमित संवाद र सहकार्य हुनसके निजी क्षेत्रका साझा मुद्दालाई राष्ट्रिय स्तरमा प्रभावकारी रुपमा उठाउन सहज हुने धारणा     राखे ।

छलफलमा दुवै संस्थाका पदाधिकारीहरुले उद्योग, व्यापार, पर्यटन, लगानी प्रवद्र्धन तथा निजी क्षेत्रका साझा समस्याका विषयमा आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका   थिए ।


विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको रिक्त सदस्य सचिव पदमा विप्लव घोष नियुक्त भएका छन् । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले घोषलाई ४ वर्षका लागि उक्त पदमा नियुक्त गरेका हुन् ।

सामाजिक विकास मन्त्रालयद्वारा जारी नियुक्ति पत्र अनुसार, प्रदेश खेलकुद ऐन, २०७६ (पहिलो संशोधन अध्यादेश, २०८१ समेत) को दफा ११ को उपदफा (१) बमोजिम उनलाई सदस्य सचिवमा नियुक्त गरिएको हो । उनको कार्यकाल २०८१ जेठ १३ गतेदेखि लागू हुने गरी ४ वर्षको रहनेछ ।

सुनसरीको इनरुवा नगरपालिका वडा नं ३ का स्थायी बासिन्दा घोष लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएका छन् । कराँतेका अनुभवी खेलाडी समेत रहेका उनी खेलकुदको विकास र विस्तारमा क्रियाशील व्यक्तित्व हुन् ।

नवनियुक्त सदस्य सचिव घोषलाई सामाजिक विकास मन्त्री महतोले बधाई दिँदै उनको कार्यकालमा प्रदेशको खेलकुद क्षेत्रले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन् ।


काठमाडौं । ललितपुरको सानेपा स्थित एभरेष्ट इन्जिनियरिङ कलेजले सन् २०२५ शैक्षिक सत्रका भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम तथा सन् २०२१ ब्याचका विद्यार्थीहरूका लागि बिदाइ कार्यक्रम आज प्रज्ञा भवन, कमलादिमा सम्पन्न गरेको छ। 

उक्त कार्यक्रममा नेपालका इन्जिनियरिङ र आर्किटेक्चर विधाका परामर्शदात्री निकायहरूको साझा संस्था स्काफ(नेपालका अध्यक्ष इन्जिनियर ठाकुर प्रसाद शर्मा प्रमुख अतिथिको रूपमा उपस्थित भई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उद्घाटन मन्तव्यमा इन्जिनियर शर्माले नवआगन्तुक विद्यार्थीहरूलाई अनुशासित हुन र पढाई सकिएका विद्यार्थीहरूलाई आफ्नो तथा कलेजको व्यावसायीक प्रतिष्ठा उच्च हुने गरी काम गर्न सुझाव दिनु भयो।

कार्यक्रममा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, चेस तथा डोरीतान्ने ९टग(अफ(वार० लगायत विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पदक वितरण गरिएको थियो। साथै, निबन्ध प्रतियोगिता तथा सनातक तहको अन्तिम वर्षमा सम्पन्न गरिने परियोजनामा उत्कृष्ट भई विजेता भएकाहरूलाई पनि बेष्ट प्रोजेक्ट प्रमाणपत्र र पदकद्वारा सम्मान गरिएको थियो।

कलेजले शैक्षिक वर्ष २०२५ मा भर्ना भएका सम्पूर्ण विद्यार्थीहरूलाई खादा लगाई स्वागत गरेको थियो। विश्वविद्यालयले लिने सत्रान्त परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने तथा बोर्ड परीक्षामा उच्च ग्रेड ल्याउने विद्यार्थीहरूलाई पनि खादा तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। त्यसैगरी, शैक्षिक वर्ष २०२१ मा बि।ई। सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ तथा सूचना प्रविधि इन्जिनियरिङमा भर्ना भएका विद्यार्थीहरूलाई कलेजले खादा तथा मायाको चिनो सहित बिदाइ गरेको थियो।

औपचारिक कार्यक्रम सम्पन्न भएपछि विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरी आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए।

स्वागत तथा बिदाइ कार्यक्रम कलेजका प्राचार्य प्रा। डा। हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन कलेजका शिक्षक इन्जिनियर नुजहत अहमद तथा कम्प्युटर विभागका विभागीय प्रमुख इन्जिनियर मुकुन्द पौडेलले गर्नुभएको थियो।


बिराटनगर २०८३ जेष्ठ ११ गते | उद्योग संगठन मोरङको आयोजना, नेपाली युवा उद्यमी मंच झापाको समन्वय तथा एन.भि.क्यु.एस परियोजनाको प्राविधिक सहयोगमा पूर्व सिकाइको मान्यता विधिद्वारा सीप परीक्षण तथा राष्ट्रिय दक्षता मापदण्ड अनुसार जनशक्ति भर्ना सम्बन्धी अन्तरक्रिया झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।

कार्यक्रममा पूर्व सिकाइको मान्यता विधि मार्फत अनौपचारिक रूपमा हासिल गरिएको सीपको परीक्षण तथा प्रमाणीकरण गर्ने व्यवस्था र राष्ट्रिय दक्षता मापदण्ड अनुसार दक्ष जनशक्ति उत्पादन तथा भर्ना प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा जानकारी गराइएको संगठनले जनाएको छ ।

उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन, सीपयुक्त जनशक्तिको पहिचान र रोजगारी तथा उद्यमशीलतालाई थप प्रभावकारी बनाउने विषयमा सरोकारवालाबीच अन्तरक्रिया गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उद्योग संगठन मोरङका कार्यसमिति सदस्य सिर्जन प्याकुरेलले वताए ।

कार्यक्रममा नेपाली युवा उद्यमी मंच झापाका अध्यक्ष गणेश पौडेलले उद्योग तथा व्यवसाय क्षेत्रमा दक्ष र प्रमाणित जनशक्तिको आवश्यकता बढ्दै गएको अवस्थामा राष्ट्रिय दक्षता मापदण्ड अनुसार तयार भएका जनशक्तिलाई प्राथमिकता दिनसके उद्योग क्षेत्र थप प्रतिस्पर्धी र व्यवस्थित बन्ने धारणा राखे ।

त्यसैगरी, एन.भि.क्यु.एस परियोजनाका प्रदेश प्रबन्धक सुबास घिमिरेले पूर्व सिकाइको मान्यता विधिले लामो समयदेखि विभिन्न पेशामा काम गर्दै आएका व्यक्तिहरूको सीपलाई औपचारिक मान्यता प्रदान गर्ने उल्लेख गरे । उनले राष्ट्रिय दक्षता मापदण्डले उद्योग क्षेत्रलाई आवश्यक सीपयुक्त जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले उद्योग क्षेत्रमा दक्ष र प्रमाणित जनशक्तिको प्रयोगले उत्पादनशीलता वृद्धि हुने वताउदै उद्योगी व्यवसायीहरूले अब दक्षता प्रमाणित जनशक्तिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए ।

उद्योगी, व्यवसायी तथा सरोकारवालाहरु बीच आगामी दिनमा विभिन्न पेशामा राष्ट्रिय दक्षता मापदण्ड अनुसार तयार हुने दक्ष जनशक्तिलाई रोजगारीमा प्राथमिकता दिने विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।


विराटनगर २०८३ साल जेठ ८ गते । विद्यार्थीको क्षमता र नेतृत्व विकासकासाथै भु–राजनीतिका बहुआयामिक विषयवस्तुसँग परिचित गराउन विराटनगरमा शुक्रबारदेखि ‘विराटनगर रोटरी नमूना संयुक्त राष्ट्रसंघ ’सम्बन्धी सम्मेलनको शुभारम्भ गरिएको छ । 

रोटरी क्लब अफ विराटनगर र रोट्राक्ट क्लब अफ विराटनगरले विराटनगर –५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलको सहकार्यमा समारोहको आयोजना गरेको हो । २२ देखि २४ मे सम्म एभरेष्ट कलेजमा चल्ने सम्मलेनमा कक्षा ७ देखि कक्षा १२ सम्मका४ विद्यालयका २ सय २५ विद्यार्थी सहभागी   छन् । सहभागी विद्यार्थीले सम्मलेनमा सार्क राष्ट्रको अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ, नेपाल, पाकिस्तान र श्रीलंकाको प्रतिनिधित्व गरिरहेका छन् ।

सहभागी विद्यार्थीले संयुक्त राष्ट्र संघको कार्य सम्पादन बारे विस्तृत ज्ञान हासिल गर्दै आफूले प्रतिनिधित्व गरेको देशले भोग्दै आएको समस्या, मध्यपूर्व एशियाको युद्धले पैदा भएको इन्धन संकटले उत्पन्न आफ्नो देशमा विषम परिस्थिति, जलवायु परिवर्तन, आइटी, कार्बन उत्सर्जन, गरिबी उन्मुलन, मानव तस्करी, लागु औषध दुव्र्यसन एवं कारोबार र निसशस्त्रीकरणलगायतका विषयमा पक्ष राख्ने छन् । 

सम्मेलनको उद्घाटन सत्रमा बोल्दै रोटरी क्लब अफ विराटनगरका निवर्तमान अध्यक्ष एवं सम्मेलनका संयोजक मनोजबिक्रम शाहले नमुना संयुक्त राष्ट्रसंघको आफ्नै महत्व रहेको बताए । उनले सिकेका कुरालाई घर र समाजमा लैजान सके सार्थक हुने बताए । शाहले विद्यार्थीलाई क्षमतावान बनाई नेतृत्व उन्मुख बनाउने महासभाको उद्देश्य रहेको बताए । 

प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले यस प्रकारका कार्यक्रमले विद्यार्थीलाई विविध कुरा जान्ने र सिक्ने ठूलो अवसर दिने गरेको बताए । उनले विद्यार्थीले प्रयोगात्मक पद्धत्तिबाट सिकेका कुरा जीवनको टर्निङ प्वाइन्ट बन्न सकोस् भनि महासभाको सफलताको कामना गरे । 

एभरेष्टका प्राचार्य टिकाराम पुरीले सूचना चौतर्फी भएपनि विवेक प्रयोगबाट मात्र आउने बताए । उनले आजको अन्तरसम्बन्धित विश्वमा किताबी ज्ञान एक्लैले नपुग्नेभन्दै वैश्विक कुटनीतिज्ञका भूमिका एवं कार्यशैली, संवेदनशील एजेण्डामा बहस र संयुक्त राष्ट्र संघको संचालनबारे सम्मेलनले विद्यार्थीलाई अवसर उपलब्ध गराउने बताए । 

शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख शालिग्राम दाहालले हालको विश्वव्यापी बद्लिँदो परिस्थितिमा सबैले आ–आफ्नो जिम्मेवारी अनुसारको कार्य गर्नु पर्ने बताए । उनले विद्यार्थीले आफ्नै भुमि र क्षेत्रमा संयुक्त राष्ट्र संघको भूमिका निर्वाह गर्न पाउनु गर्वको कुरा भएको बताए ।  

पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा. विजुकुमार थपलियाले जीवनमा कसरी सही बाटो खोज्नेभन्ने महत्वपूर्ण भएको बताए । उनले तर्क जितेर सफल नहुनेभन्दै लक्ष्य हासिल गर्न साझा बाटो आवलम्बन गर्नु महत्वपूर्ण हो भनि बताए ।

रोटरी क्लब अफ विराटनगरका अध्यक्ष ठाकुरप्रसाद आचार्यले यस प्रकारको कार्यक्रम विराटनगरमा रोटरीले पहिलो पटक आयोजना गरेको बताए । उनले सम्मेलनले विद्यार्थीमा परिपक्वता आउने र निर्णय लिने क्षमता मजबुत हुने बताए ।

 


विराटनगर । विराटनगरमा बिहीबार सम्पन्न नेपाल पत्रकार महासंघ मोरङको वार्षिक साधारणसभाले ११ बुँदे घोषणापत्र जारी गरेको छ ।

प्रेस स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा, सञ्चारमाध्यमको सञ्चालन वातावरण तथा सूचना–सञ्चार नीतिसम्बन्धी विविध समसामयिक विषयहरू समेट्दै घोषणापत्र तयार पारिएको हो । साधारणसभाले नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सरकारसँग जोडदार माग गरेको छ ।


विराटनगर । गत वर्ष को तुलनामा यो  वर्ष मेरिल्याण्ड कलेजमा कक्षा ११ मा भर्नाकां लागि प्रवेस परिक्षा दिन आउने विद्यार्थीहरूको सख्या  उत्साहजनक देखिनथ्यो। सोमबार प्रवेश परीक्षा दिन कलेज प्राङ्गणमा विद्यार्थीहरुको ठूलो घुइँचो लागेको थियो ।

२०५९ *सालमा स्थापना भएको मेरिल्याण्ड कलेजमा विज्ञान, कम्प्युटर विज्ञान र व्यवस्थापन संकायको अध्यापन हुँदै आएको

छ । कलेजले यस वर्षका लागि विज्ञान संकायमा २५० र व्यवस्थापन संकायमा ६५० जनाको कोटा निर्धारण गरेको प्रशासनले जनाएको छ ।

सीमित सिटका लागि भएको सो प्रवेश परीक्षामा २१ सयभन्दा बढी विद्यार्थी सहभागी भएको कलेजका प्राचार्य लक्ष्मण ढकालले जानकारी दिए ।

उनले भने, 'प्रवेश परीक्षामा विद्यार्थीहरूको निकै उत्साहजनक सहभागिता देखिएको छ, विद्यार्थीहरूको यो आकर्षण र उत्साह देखेर हामी थप उत्साहित भएका छौं ।' मेरिल्याण्ड कलेजमा भर्ना हुनका लागि कोशी प्रदेशका साथै मधेश प्रदेशका विभिन्न जिल्लाहरूबाट समेत विद्यार्थीहरू परीक्षा दिन आएका थिए । गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक वातावरणका कारण यो कलेज यस क्षेत्रकै विद्यार्थीहरूको रोजाइमा पर्दै आएको छ ।(यो समचार उदघोष बाट लोएको हो)



विराटनगर । विज्ञान संकायको पठनपाठनमा प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाको पहिचान बनाएको विराटनगरस्थित अरनीको कलेजमा कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीहरूको ठूलो आकर्षण देखिएको छ । 

कलेजले आज लिएको प्रवेश परीक्षामा सीमित कोटाका लागि उपलब्ध क्षमताभन्दा झण्डै तेब्बर विद्यार्थी सहभागी भएका छन् ।

कलेजका प्रिन्सिपल राजेश कार्कीका अनुसार कक्षा ११ विज्ञान संकायमा भर्नाका लागि कूल २ हजार ७ सय विद्यार्थीले आवेदन फारमभरेका थिए । तीमध्ये शनिबार सम्पन्न प्रवेश परीक्षामा २ हजार ४ सय ७७ जना विद्यार्थी सहभागी भएका छन् । कलेजले यस वर्षका लागि १ हजार १ सय कोटा निर्धारण गरेको छ, जसमा बिहान र दिउँसो गरी दुई सिफ्टमा पठनपाठनको व्यवस्था मिलाइएको छ ।

विज्ञान संकायको अध्यापनमा अब्बल मानिने यस कलेजका विद्यार्थीहरूले प्रत्येक वर्ष चिकित्सा ९मेडिकल० र इन्जिनियरिङ क्षेत्रका प्रवेश परीक्षाहरूमा उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । ‘यहाँ अध्ययनरत विद्यार्थीहरूले हरेक वर्ष ठूलो संख्यामा मेडिकल र इन्जिनियरिङमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भइरहेका छन्,’ प्रिन्सिपल कार्कीले भने, ‘यही गुणस्तरीय नतिजा र शैक्षिक वातावरणका कारण कलेजप्रति विद्यार्थी र अभिभावकको विश्वास बढेको हो ।’

विराटनगरमा रहेर लामो समयदेखि विज्ञान शिक्षामा विशेषज्ञता हासिल गरेको यस कलेजले विद्यार्थीको चापलाई मध्यनजर गर्दै भौतिक पूर्वाधार र जनशक्तिमा समेत विशेष ध्यान दिएको जनाएको छ । प्रवेश परीक्षाको नतिजा र भर्ना प्रक्रिया छिट्टै अगाडि बढाइने कलेज प्रशासनले उल्लेख गरेको छ ।


बिराटनगर बैशाख ४ गते | विराटनगर– ५ स्थित एभरेष्ट कलेजमा कक्षा ११ मा अध्ययनका लागि करिब ६ सय जना विद्यार्थीले आज प्रवेश परिक्षा दिएका छन् । एसईई उत्तिर्ण विद्यार्थीहरुले कक्षा ११ मा अध्ययनका लागि परीक्षा दिएका हुन् । 


कलेजका भाईस प्रिन्सिपल टीएन भण्डारीका अनुसार ५ सय ७६ जना विद्यार्थी प्रवेश परीक्षामा सामेल भएका छन् । प्रवेश परीक्षा कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकायको अध्ययनका लागिरहेको उनले बताए । एभरेष्ट कलेजमा विज्ञान, कम्प्यूटर विज्ञान र व्यवस्थापन विषयको अध्यापन हुने गरेको छ । एउटा कक्षा कोठामा ३५ जना मात्र विद्यार्थी राखेर अध्यापन गराउने एभरेष्टले विज्ञान तर्फ चार सेक्सन र ब्यवस्थापन तर्फ दुई सेक्सन मात्र अध्यापन गराउने जनाएको छ । 

 एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले निश्चित संख्यामा विद्यार्थी भर्ना गर्नुको उद्देश्य गुणस्तरीय शिक्षाका लागि रहेको बताए। एभरेष्ट आफैंमा एउटा ब्राण्ड रहेकाले गुणस्तरलाई अत्यत्न ख्याल गरिने उनले बताए । अत्यन्त सुविधा सम्पन्न भौतिक पूर्वाधारमा उच्चतम प्रविधियुक्त शैक्षिक वातावरणमा अध्यापन हुने एभरेष्ट विद्यार्थी र अभिभावकको रोजाईमा पर्दै गएको छ । सिमित संख्या, गुणस्तरीय शैक्षिक वातावरण, स्थिर उत्कृष्ट नतिजा, विभिन्न अतिरिक्त कृयाकलाप र अन्तर्राष्ट्रिय फोरमहरुको उपयोग गर्ने वातावरणका कारण विद्यार्थी र अभिभावक आकर्षित हुँदै गएको पाइन्छ ।


विराटनगर बैशाख ३ गते। विज्ञान संकायको पठनपाठनमा प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाको पहिचान बनाएको विराटनगरस्थित अरनीको कलेजमा कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीहरूको ठूलो आकर्षण देखिएको छ । 

कलेजले आज लिएको प्रवेश परीक्षामा सीमित कोटाका लागि उपलब्ध क्षमताभन्दा झण्डै तेब्बर विद्यार्थी सहभागी भएका छन् ।

कलेजका प्रिन्सिपल राजेश कार्कीका अनुसार कक्षा ११ विज्ञान संकायमा भर्नाका लागि कूल २ हजार ७ सय विद्यार्थीले आवेदन फारम भरेकाथिए । तीमध्ये शनिबार सम्पन्न प्रवेश परीक्षामा २ हजार ४ सय ७७ जना विद्यार्थी सहभागी भएका छन् । कलेजले यस वर्षका लागि १ हजार १ सय कोटा निर्धारण गरेको छ, जसमा बिहान र दिउँसो गरी दुई सिफ्टमा पठनपाठनको व्यवस्था मिलाइएको छ ।

विज्ञान संकायको अध्यापनमा अब्बल मानिने यस कलेजका विद्यार्थीहरूले प्रत्येक वर्ष चिकित्सा ९मेडिकल० र इन्जिनियरिङ क्षेत्रका प्रवेश परीक्षाहरूमा उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । ‘यहाँ अध्ययनरत विद्यार्थीहरूले हरेक वर्ष ठूलो संख्यामा मेडिकल र इन्जिनियरिङमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भइरहेका छन्,’ प्रिन्सिपल कार्कीले भने, ‘यही गुणस्तरीय नतिजा र शैक्षिक वातावरणका कारण कलेजप्रति विद्यार्थी र अभिभावकको विश्वास बढेको हो ।’

विराटनगरमा रहेर लामो समयदेखि विज्ञान शिक्षामा विशेषज्ञता हासिल गरेको यस कलेजले विद्यार्थीको चापलाई मध्यनजर गर्दै भौतिक पूर्वाधार र जनशक्तिमा समेत विशेष ध्यान दिएको जनाएको छ । प्रवेश परीक्षाको नतिजा र भर्ना प्रक्रिया छिट्टै अगाडि बढाइने कलेज प्रशासनले उल्लेख गरेको छ ।


विराटनगर २०८३ बैशख २ गते ।  २०८२ सालको एसईई परिक्षा उत्तिर्ण विद्यार्थीलाई विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आज अभिनन्दन गरेको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यार्थी र अभिभावकलाई सम्मान गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथी जिल्ला शिक्षा समन्वय समितिका प्रमुख शालिग्राम दाहाल र विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले खादा लगाएर र सम्मानपत्रले अभिनन्दन गर्नुभएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी दाहालले एभरेष्ट स्कुलले दिएको शैक्षिक वातावरण उत्कृष्ट रहेको बताउनुभयो । 

विद्यालयको शैक्षिक वातावरण, विद्यार्थीको मेहनत, अभिभावकको चासो र शिक्षकहरुको सिकाउने कलाले नै उत्कृष्ट रिजल्ट सम्भव हुने भन्दै उहाँले एभरेष्टमा सबै क्षेत्रको उत्कृष्ट संगम रहेको प्रमाणित हुने बताउनुभयो । उहाँले शतप्रतिशत उत्तिर्ण भएका विद्यार्थीलाई बधाई दिँदै उज्वल भविष्यको समेत कामना गर्नुभयो । 
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यार्थी तथा अभिभावकलाई बधाई दिँदै कक्षा ११ र १२ को अध्ययन भनेको पूर्व विश्वविद्यालयको कोर्ष रहेकाले रुचि अनुसार गर्न सुझाव दिनुभयो ।

उहाँले एभरेष्टका विद्यार्थीहरुले कुनैपनि क्षेत्रमा असफल हुनु नपर्ने भन्दै सबै क्षेत्रमा सफल बनाउने गरिको शैक्षिक वातावरण तयारपारिएको बताउनुभयो । प्रिन्सिपल पुरीले भन्नुभयो,‘हामीले एभरेष्टलाई एउटा ब्राण्ड बनाइसक्यौं, अब हामी जीपीएको पछि कद्दैनौं ।
’ उहाँले एभरेष्टका शतप्रतिशत विद्यार्थीको ३.२५ भन्दा माथी जीपिए आउनु यसकै उदाहरण भएको बताउनुभयो । हाम्रा विद्यार्थी सबै क्षेत्रमा अब्बल छन्, पुरीले भन्नुभयो,‘पढाईमा होस या अनुशासनमा । अन्वेशषणमा होस वा प्रस्तुतीमा ।’ विश्वका विभिन्न मुलुकमा समेत पुगेर हाम्रा विद्यार्थीले आफ्नो अब्बलता प्रमाणित गरिरहेको भन्दै उहाँले एसईई उत्तिर्ण गरेका विद्यार्थीलाई सकेसम्म कक्षा १२ सम्मको अध्ययन एभरेष्टमा नै गर्न समेत आग्रह गर्नुभयो । उहाँले एभरेष्टमा यसै वर्षदेखि काठमाडौं विश्वविद्यालयको बीआईटी कोर्ष समेत सञ्चालन गरिने जानकारी दिनुभयो । 
कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल टीएन भण्डारीले एभरेष्टले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि खेलिरहेको भूमिकाको चर्चा गर्दै एसईई २०८२ को नतिजामा विराटनगरको अवस्था समेत प्रष्ट्याउनुभएको थियो । 

उहाँका अनुसार एभरेष्टका १९३ जना विद्यार्थीहरु निम्नानुसारको जीपीए ल्याएर उत्तिर्ण भएका छन् । 
क्र.सं. जीपीए उत्तिर्ण विद्यार्थी संख्या 
१ ३.९५–४.०० १९
२ ३.९१–३.९२ २०
३ ३.८०–३.८८ ५१
४ ३.७०–३.७९ ६३
५ ३.६३–३.६९ २३
६ ३.२५–३.६० १७
जम्मा १९३
कार्यक्रममा विद्यालयका भाईस प्रिन्सिपलद्वय टीएन भण्डारी, कुन्दन पुरी, नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष कुमोद अधिकारी, विद्यालयका विभिन्न तहका इन्चार्ज, शिक्षक, कर्मचारी विद्यार्थी र अभिभावकको उपस्थिती रहेको थियो । 

एकसय भन्दा बढीले परिक्षा दिने विराटनगरका विद्यालयको यस्तो छ एसईई नतिजा 
सामुदायिक विद्यालय तर्फ 
क्र.सं. विद्यालय परिक्षा दिने संख्या ग्रेडेड नन ग्रेडेड उत्तिर्ण प्रतिशत
१ पोखरीया मावि ४५६ ४५४ २ ९९.५६
२ आदर्श मावि ३९१ ३७८ १३ ९६.६८
३ सत्यनारायण मावि ३११ २७१ ४० ८७.१४
४ मिल्स मावि १६१ ४३ ११८ २६.७१
५ सरस्वती मावि १३९ १११ १८ ७९.८६
६ जनपथ मावि १२३ ७८ ४५ ६३.४१

नीजि (संस्थागत) विद्यालय तर्फ 
क्र.सं. विद्यालय परिक्षा दिने संख्या ग्रेडेड नन ग्रेडेड उत्तिर्ण प्रतिशत
१ बाल कल्याण विद्या मन्दिर २९२ २९० २ ९९.३२
२ एभरेष्ट मावि १९३ १९३ ० १००
३ सेन्ट जोसेफ आवासीय मावि १२० १२० ० १००
४ बुढानिलकण्ठ १०० १०० ० १०० |


विराटनगर बैशाख ३१ गते । नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवको अवसरमा कोशी प्रदेश कार्यालयद्वारा आयोजित रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरमा आयोजित उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ । 

 कार्यक्रममा कुल १७८ जनाले विभिन्न सेवा लिएका थिए । जसअन्तर्गत ६५ जनाले रक्तदान गरेकाछन् भने१०९ जनाले आँखा परीक्षण सेवा तथा ४३ जनाले दन्त परीक्षण सेवा लिएको प्राधिकरणले जानकारी दिएकोछ । कार्यक्रममा सहभागीहरूलाई निःशुल्क आँखा तथा दन्त परीक्षण सेवा उपलब्ध गराइएको थियो । 

स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश, हिमाल आँखा अस्पताल तथा शान्ति फर्मेसी तथा दन्त क्लिनिक, विराटनगरले सहकार्य गरेका थिए ।

नेपाल बीमा प्राधिकरणले वार्षिकोत्सवको अवसरमा सामाजिक सेवामूलक कार्यक्रममार्फत समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने प्रयासलाई निरन्तरता दिँदै आएको नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख प्रिती देवले जानकारी दिनुभयो ।

 

बिराटनगर २०८३ वैशाख  ३० गते | उद्योग संगठन मोरङद्वारा नव निर्वाचित नेतृत्वलाई बधाई तथा सहकार्यको प्रतिबद्धता 
उद्योग संगठन मोरङले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय कार्यसमितिमा निर्वाचित संगठनका पूर्व अध्यक्ष्ँ सुशय प्याकुरेल, नेउवामहासंघ कोशी प्रदेश र विराट व्यापार संघको नया नेतृत्वलाई बधाई तथा ज्ञापन गरी सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । संगठनमा सचिवालयमा कार्यक्रम आयोजना गरी नवनिर्वाचितहरुलाई वधाई ज्ञापन गरेको हो ।  

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रका संस्थाहरूबीच सहकार्य, समन्वय र साझा मुद्दामा एकताबद्धको आवश्यकता औल्याए । उनले दुवै संस्थाका नया नेतृत्वले व्यवसायिक हकहित संरक्षण, व्यवसाय मैत्री वातावरण निर्माण तथा आर्थिक गतिविधि विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष्ँ राठीले बजारमा देखिएको चुनौती, कर प्रणालीका जटिलता, सीमावर्ती व्यापारका समस्या, डिजिटल व्यापारको विस्तार तथा साना तथा मझौला व्यवसायको संरक्षण जस्ता विषय निजी क्षेत्रको साझा चासोका विषय बनेको उल्लेख गर्दै यस्ता समस्याको समाधानका लागि निजी क्षेत्रका संस्थाहरूबीच अझ बलियो सहकार्य आवश्यक रहेको धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय कार्यसमितिमा निर्वाचित संगठनका पूर्व अध्यक्ष्ँ सुशय प्याकुरेलले उद्योग व्यवसाय क्षेत्रका समस्या समाधानका लागि नीति संवाद, कर तथा श्रम सम्बन्धी जटिलता न्यूनीकरण, बैंक तथा वित्तीय क्षेत्रसंग सहजीकरण तथा व्यवसायी मैत्री कानुनी व्यवस्था निर्माणमा निजी क्षेत्रबीच साझा पहल आवश्यक रहेको बताए । उनले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदारका रूपमा स्थापित गर्न संस्थागत सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेशको औद्योगिक तथा व्यावसायिक विकासका सम्भावनाको व्यापकता वारे उल्लेख गर्दै प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित निकायहरूसंग समन्वय गरी लगानी आकर्षण, औद्योगिक पूर्वाधार विकास, निर्यात प्रवद्र्धन, पर्यटन तथा कृषिमा आधारित उद्योग विस्तार, युवा उद्यमशीलता विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रका संस्थाहरु बीच ऐक्यवद्धता आवश्यक रहेको बताए ।

विराट व्यापार संघका अध्यक्ष प्रमोद कुमार अग्रवालले स्थानीय व्यवसायीहरूको मनोबल उच्च राख्ने, बजारलाई व्यवस्थित तथा प्रतिस्पर्धी बनाउने, व्यवसायमैत्री वातावरण निर्माणका लागि सम्बन्धित निकायसंग समन्वय गर्ने तथा व्यवसायीका समस्यालाई प्रभावकारी रूपमा उठाउने कार्यलाई प्राथमिकतामा राखिने वताए । उनले कर सचेतना तथा उपभोक्ता मैत्री बजार निर्माणमा समेत संघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुरानाले उद्योग संगठन मोरङको दुवै संस्थाहरुसंग विगतदेखि नै सहकार्य र साझा मुद्दामा एकताबद्ध रूपमा आवाज उठाउने परम्परा रहेको उल्लेख गर्दै आगामी दिनमा उद्योग, व्यापार, बजार व्यवस्थापन तथा व्यवसायिक अधिकार संरक्षणका विषयमा अझ परिणाममुखी सहकार्य हुने विश्वास व्यक्त गरे ।

संगठनका वरिष्ठ उपाध्यक्ष्ँ भोलेश्वर दुलालले निजी क्षेत्र केवल व्यापारिक गतिविधिमा सीमित नरही आर्थिक, सामाजिक तथा क्षेत्रीय विकासको प्रमुख साझेदारका रूपमा स्थापित भएको उल्लेख गर्दै नीजि क्षेत्रका संस्थाहरू बीचको सहकार्यले समग्र उद्योग तथा व्यवसाय क्षेत्रलाई सकारात्मक दिशा प्रदान गर्ने धारणा राखे ।


विराटनगर बैशाख ३० गते । विराटनगर–५ स्थित एभरेष्ट कलेजले जेठ ४ गते कक्षा ११ मा भर्नाका लागि प्रवेश परिक्षा लिने भएको हो । 

२०८२ सालको एसईई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुका लागि एभरेष्टले कक्षा ११ मा भर्ना लिन लागेको हो । सिमित सिटमा अध्यापन गराउने एभरेष्ट कलेजले विज्ञान तथा व्यवस्थापन संकायमा गरि २ सय १० जना मात्र भर्ना गर्ने जनाएको छ । 

कलेजका अनुसार विज्ञान संकाय तर्फ १४० र व्यवस्थापन संकाय तर्फ ७० जना मात्र भर्ना लिने छ । एउटा कक्षा कोठमा ३५ जना विद्यार्थीलाई मात्र राखेर अध्यापन गराउने यस कलेजले दुवै संकायका लागि एकै दिन जेठ ४ गते विहान ११ बजेदेखि प्रवेश परिक्षा लिने भाइस प्रिन्सिपल टिएन भण्डारीले बताए। 

कोशी प्रदेशकै सुविधा सम्पन्न कलेजका रुपमा स्थापित एभरेष्टले संख्या भन्दा गुणस्तर राम्रो बनाउनकै लागि सिमित सिटमा मात्र भर्ना लिने गरेको  छ । विद्यालय स्तरदेखि नै बालबालिकाको सिकाईको स्तर अनुसार न्यूनतम संख्यामा मात्र राखेर अध्यापन गराउँदै आएको छ । यसैबीच २०८२ को एसईईमा एभरेष्टले उत्कृष्ट नतिजा ल्याएको छ । परिक्षा दिएका १९३ जना विद्यार्थीमा शत प्रतिशतले उत्तिर्ण गर्दा न्यूनतम ३।२५ देखि ४ जीपीए ल्याएर विद्यार्थी उत्तिर्ण भएका छन् । नतिजा अनुसार ३।६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १७६ छ भने ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १७ छ । 

एसईईको परीक्षाफल अत्यन्तै राम्रो भएको भन्दै प्रिन्सिपल टिकाराम पुरीले भने ,‘हाम्रा विद्यार्थीको सिकाई र बुझाईमा समानता छ ।’ ‘केहि विद्यार्थी धेरै राम्रो  र केही धेरै कमजोर हुने अवस्था एभरेष्टमा हुदैन’ प्रिन्सिपल पुरीले भले,‘ एभरेष्ट आफैंमा एउटा स्थापित ब्राण्ड हो, सधैं आफ्नै गुणस्तरमा अघि बढ्छ ।’ 

एभरेष्टका विद्यार्थी २४ क्यारेट सुन जस्तै रहेको उल्लेख गर्दै उनले जस्तोसुकै परिस्थितिमा पनि एभरेष्टको नतिजामा प्रभाव नपर्ने बताए । त्यसो त एभरेष्टले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थासँग सहकार्य गर्दै अध्यापनमा नविन प्रयोग गर्दै आएको छ । 

विराटनगरबाट नै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न सकिन्छ भन्दै एभरेष्टले नेपालको मात्र नभई युग सुहाउँदो शिक्षा दिनका लागि बेलायतको एनसीसी कोर्ष लागु गरेको छ । यस्तै भौतिक पूर्वाधारहरु पनि उसैगरी विश्वस्तरीय बनाउँदै लगेको छ । हरेक कक्षा कोठालाई वातानुकुलित बनाएको एभरेष्टले प्रविधिको समेत उच्चतम प्रयोग गर्दै आएको छ ।


विराटनगर २०८३ साल बैशाख ३० गते । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा क्रिकेट युनाइटेस कप–२०२६ सिरिज बराबरीमा सएिको छ ।

बुधबार विहान विराटनगर बर्षा भए पछि मैदानमा पानी जमेर क्रिकेट युनाइटेस कप सिरिज अन्र्तगत बागमती प्रदेश र इक्वालिटी कप–११ विचको खेल रद्ध भएपछि ३ खेलमा सरिज १–१ को  बराबरीमा सकिएको छ । पहिलो खेल इक्वालिटी कप–११ ले बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा बागमती प्रदेश २२ रनले विजइ भएको थियो । 

 प्रतियोगिताको उत्कृष्ट खेलाडी इक्वालिटी कप–११ की टिका साह घोषित भइन् भने उत्कृष्ट ब्याटर इक्वालिटी कप–११ की सानु राजवंशी , उत्कृष्ट बलर बागमतीकी पार्वती खत्री र उदयमान खेलाडी पनि बागमतीकी लक्ष्मी माया रुम्वा घोष्ति भइन् । 

विजयी तथा अन्य खेलाडीलाई नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले पुरस्कार तथा ट्रफि वितरण गरे ।


सुनसरी, वैशाख ३० गते । सुनसरीको धरान उप(महानगरपालिका-१३ स्थितबाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्वुलेन्स प्रहरीले हिजो नियन्त्रणमा लिएको छ । 

वैशाख २९ गते राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी चेकिङ टोलीले धरान-१३  स्थितमा चेकजाँचको क्रममा को। १ च ७३५९ नम्बरको एम्बुलेन्स भित्र प्लास्टिकको बोरामा प्याक गरी राखेको ४ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो ।

 एम्बुलेन्समा गाँजा बरामद भएसगै चालक तथा संलग्न ब्यक्तिहरुको खोजी कार्य भईरहेको छ । उक्त एम्वुलेन्स बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रा।लि। धरानद्वारा संचालित रहेको खुल्न आएको   छ । लागूऔषधको उत्पादन, संचय, बेचबिखन ,ओसारपसार तथा सेवन गर्नु कानुन अनुसार दण्डनीय अपराध हो ।


विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट सँघको आयोजनामामेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२०क्रिकेट प्रतियोगिताको उपाधिसिरहा हवले जितेको छ ।   

शनिबार भएको फाइनल खेलमा विराटनगरहवलाई २४ रनले पराजित गर्दै सिरहा हवले उपाधि जिेको हो । टस जितेर ब्याटिङ गरेको सिरहालेनिर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १० रन बनाएको थियो । सिरहाका प्लेयरअफ फाइनल कप्तान आयुस ४७ रन बनाउँदा दुर्गेश मण्डलले २४ रन बनाए । 

विराटनगरकाअभय कामतले ४ विकेट लिँदा मनिष कामतले २ विकेट लिए । १ सय ११ रनको लक्ष्य पाएको विराटनगरले१८ दशमल ३ बलमा सवै विकेट गुमाउँदै ९४ रनमा सिमित भयो  । विराटनगरका मनिष कामतले २५ रन बनाउँदा  क्षितिज करण १६ रनको योगदान गरे । 

सिरहाका आयुषविकले ४ लिँदा अविशेक यादव ३ विकेट लिए ।बैशाख २१ गतेदेखि शुरु भएकोे प्रतियोगितामा कोशी प्रदेशको मोरङ, सुनसरीर उदयपुर तथा मधेश प्रदेशको सिरहा र राजविराज गर ५ टिम सहभागि रहेका थिए । राउण्डरोविनलिगको आधारमा खेलाएको प्रतयोगितामा उत्कृष्ट दुइ टिम फाइनलमा प्रवेश गरेका थिए ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि नेपाल क्रिकेट सँघका सचिव पारसखडका,कोशी क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे र फाउण्डेशका अध्यक्ष अविशेकश्रेष्ठले पुरस्कार तथा ट्रफि वितरण गरे ।


विराटनगर २०८३ साल बैशाख २८ गते । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा क्रिकेट युनाटेस कप–२०२६ शुरु भएको छ ।

क्रिकेट युनाटेस कपमा बागमती प्रदेश र विराटनगरको इक्वालिटी कप–११ विच ३ खेलका २०–२० क्रिकेट सिरिज हुने फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले बताए । उनले भने महिला क्रिकेट प्रवद्र्धन गर्नलाई दुइ प्रदेशका छात्रा विच क्रिकेट सिरिज खेलाइएका बताए ।

पहिलो खेलमा इक्वालिटी कप–११ ले बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्दै ३ खेलका सिरिजमा १–० ले अग्रता लिएको छ । टस जितेर ब्याटिङ गरेको बागमतीले १८ दशमलव ३ बलमा सवै विकेट गुमाई ७३ रनको स्कोरबनाएको थियो । बागमतीकी सविका यादवले १७ रन बनाउँदा विविशा शाहीले १० रनको योगदान दिइन् ।  इक्वालिटी कप–११ की प्लेयर अफ म्याच टिका साहले ५ विकेट ीलइन् । उनले ४ ओभरमा २१ रन दिइन् ।

७४ रनको चुनौती पाएको इक्वालिटी कप–११ ले १४ दशमलव ५ बलमा ५ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेका थियो । इक्वालिटी कप–११ को जितमा क्पतान सानु राजवंशीले २५ रन बनाउँदा  टिका साहले १७ रन र शाक्षी यादवले १४ रनको योगदान दिइन् । बागमतीकी कप्तान नेपालकी पूर्व खेलाडी अस्मिना कर्मचार्यले २ विकेट लिँदा पार्वती खत्रीले पनि २ विकेट लिइन् ।


विराटनगर २०८३ साल बैशाख २६ गते । नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट सँघको आयोजनामामेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२०क्रिकेट प्रतियोगिताको उपाधिसिरहा हवले जितेको छ ।   

शनिबार भएको फाइनल खेलमा विराटनगरहवलाई २४ रनले पराजित गर्दै सिरहा हवले उपाधि जिेको हो । टस जितेर ब्याटिङ गरेकोे सिरहालेनिर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १० रन बनाएको थियो । सिरहाका प्लेयरअफ फाइनल कप्तान आयुस ४७ रन बनाउँदा दुर्गेश मण्डलले २४ रन बनाए । विराटनगरकाअभय कामतले ४ विकेट लिँदा मनिष कामतले २ विकेट लिए । 

१ सय ११ रनको लक्ष्य पाएको विराटनगरले१८ दशमल ३ बलमा सवै विकेट गुमाउँदै ९४ रनमा सिमित भयो  । विराटनगरका मनिष कामतले २५ रन बनाउँदा  क्षितिज करण १६ रनको योगदान गरे । सिरहाका आयुषविकले ४ लिँदा अविशेक यादव ३ विकेट लिए ।बैशाख २१ गतेदेखि शुरु भएकोे प्रतियोगितामा कोशी प्रदेशको मोरङ, सुनसरीर उदयपुर तथा मधेश प्रदेशको सिरहा र राजविराज गर ५ टिम सहभागि रहेका थिए । 

राउण्डरोविनलिगको आधारमा खेलाएकोे प्रतयोगितामा उत्कृष्ट दुइ टिम फाइनलमा प्रवेश गरेका थिए ।विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि नेपाल क्रिकेट सँघका सचिव पारसखडका,कोशी क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे र फाउण्डेशका अध्यक्ष अविशेकश्रेष्ठले पुरस्कार तथा ट्रफि वितरण गरे ।


विराटनगर २०८३ बैशाख २५ गते । नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट सँघको आयोजना नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको फाइनलमा सिरहा र विराटनगर मा मेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको फाइनलमा सिरहा हव र विराटनगर हव विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।

 शुक्रबार भएको लिगको अन्तिम खेलमा विजयी हुँदै लिगको शिर्ष दुई हुँदै सिरहा हव र विराटनगर हव फाइनलमा प्रवेश गरेको हो ।

पहलो खेलमा राजविराज हवलाई सिरहा हवले १ रनले पराजित गरेको   छ । शुक्रबार विहान वर्षा भए पछि १० ओभरमा छोट्याएको खेलमा टस जितेर ब्याटिङ गरेकोे सिरहलाले ८ विकेट गुमाई विकेट गुमाई ५७ रन बनाएको थियो । सिरहाका कप्तान आयुस विकले सर्वाधिक २०  रन बनाए । राजविराजका अजय यादवले ३ विकेट लिँदा नितिस शर्मा पनि ३ विकेट लिए ।

 ५८ रनको लक्ष्य पाएको राजविराजले पुरै ओभर खेल्दै ९ विकेट गुमाउँदै ५६ रन बनायो । राजविराजका निवेश मण्डलले सर्वाधिक १४ रनको योगदान दिए । सिरहाका अविशेक राँयले ३ विकेट लिँदा आयुस विकले २ विकेट लिए । खेलको प्लेयर अफ म्याच सिरहाका अलराउण्डर खेलाडी आयुस विक घोषित भए ।

दोस्रो खेलमा इटहरी हवले अपराजित टिम विराटनगर हवलाई २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेकोे विराटनगरले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सवै विकेट गुमाई ७९ रन बनाएको थियो । विराटनगरका अरुण मण्डलले अविजित ४० रन बनाउँदा आकाश यादवले १० रन बनाए । इटहरीका प्लेयर अफ म्याच दिवश विष्टले ४ विकेट लिँदा असान खान ३ विकेट लिए ।

८० रनको लक्ष्य पाएको इटहरीले १८ दशमल ३ बलमा ८ विकेट गुमाउँदै सो लक्ष्य भेट्टाएको छ  । इटहरीक असान खानले १५ रनको योगदान गरे । विराटनगरका मनिष कामतले ३ लिँदा अरुण मण्डल र देवराज झाले २–२ विकेट लिए ।

सिरहाले ४ खेलमा ३ मा जित र १ खेल रद्ध भएपछि ७ अंककासाथ शिर्ष स्थानमा रहेको छ भने विराटनगरले ४ खेलमा २ मा जित र १ मा खेल रद्ध भएपछि ५ अंकका साथ दोस्रो, राजविराजले ४ खेलमा २ मा जित र २ मा पराजित हुँदै ४ अंकका साथ तेस्रो , इटहरीले ४ खेलमा २ मा पराजित, १ मा जित र १ खेल रद्ध भएपछि ३ अंककासाथ चौथो तथा उदयपुरले ४ खेलमा ३ मा पराजित र १ खेल रद्ध भएपछि १ अंककासाथ पुछारमा रहेको छ ।


विराटनगर  २०८३ साल बैशाख २१ गते । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

सोमबार भएको उद्घाटन खेलमा विराटनगर हव र सिरहा हव विजयी भएका छन् । पहिलो खेलमा विराटनगर हवले राजविराज हवलाई ८ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेकोे राजविराजले निर्धारित १५ ओभरको खेलमा १४ दशमलव २ बलमा सवै विकेट गुमाई ५६ रन बनाएको थियो । राजविराजका  रोहन विकले २० रन बनाउँदा निवेश मण्डलले १२  रन बनाए । विराटनगरका प्लेयर अफ म्याच अभय कामतले ४ विकेट लिँदा अरुण मण्डल र विकाश कामतले समान २–२ विकेट लिए ।

५७ रनको लक्ष्य पाएको विराटनगरले ६ दशमल ४ बलमा २ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेको थियो । विराटनगरका मनिष कामतले अविजित ३७ रन बनाउँदा आकाश यादवले १२ रनको योगदान गरे । राजविराजकामिथलेश कविर र नितिस शर्माले समान १–१ विकेट लिए । 

दोस्रो खेलमा सिरहा हवले उदयपुर हवलाई ३६ रनले पराजित गरेको छ ।

टस हारेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ६ विकेट गुमाई ९१ रन बनाएको थियो । सिरहाका प्लेयर अफ म्याच आलोक यादवले अविजित २३ रन बनाउँदा दुर्गेश मण्डलले १६  रन बनाए । उदयपुरका देवेन दासले सर्वाधिक २ विकेट लिए ।

९२ रनको लक्ष्य पाएको उदयपुरले १८ दशमल १ बलमा सवै विकेट गुमाउँदै ५५ रनमा सिमित भयो । उदयपुरका सौरभ पौडेल अविजित २६ रनको योगदान गरे । सिरहाका आयस विकले २ विकेट लिँदा अविशेक राँयले पनि २ विकेट लिए ।

बैशाख २६ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशको मोरङ, सुनसरी र उदयपुर तथा मधेश प्रदेशको सिरहा र राजविराज गर ५ टिम सहभागि रहेका छन् । राउण्डराविन लिगको आधारमा खेलाइने प्रतयोगितामा उत्कृष्ट दुइ टिमले फाइनल खेल्ले छ ।


विराटनगर ।गुणस्तरीय शिक्षण–सिकाइको आधार भाषालाई मान्दै विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले आफ्ना शिक्षक–शिक्षिकाका लागि दुईदिने भाषा विकास सम्बन्धी विशेष प्रशिक्षण सम्पन्न गरेको छ । 

प्रशिक्षणले शिक्षण विधिलाई अझ प्रभावकारी, आधुनिक र विद्यार्थीमैत्री बनाउने लक्ष्य लिएको विद्यालयले जनाएको छ ।

विद्यालयका सबै तहका करिब एक सय शिक्षक–शिक्षिकालाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्रा। डा। लक्ष्मण ज्ञवालीले सहजीकरण गरेका थिए । प्रशिक्षणमा विशेषगरी नेपाली र अंग्रेजी भाषाको प्रभावकारी प्रयोग, भाषिक दक्षता अभिवृद्धि तथा विद्यार्थीमा भाषा विकास गराउने व्यावहारिक उपायबारे केन्द्रित छलफल गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीका अनुसार शिक्षकको भाषिक क्षमता सुदृढ भए मात्र विद्यार्थीको सिकाइ उपलब्धि सुधार हुने भएकाले यस्तो प्रशिक्षणलाई प्राथमिकतामा राखिएको हो । “समयसापेक्ष र विश्वस्तरीय शिक्षण प्रणाली विकासका लागि हामी विभिन्न संस्थासँग सहकार्य गर्दै आएका छौं,” उनले भने, “काठमाडौं विश्वविद्यालयसँगको सहकार्यअन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो ।”

भाइस प्रिन्सिपल कुन्दन पुरीले प्रशिक्षणले शिक्षकलाई भाषिक प्रयोग, अभिव्यक्ति र कक्षा व्यवस्थापनमा नयाँ दृष्टिकोण दिएको बताए । उनका अनुसार सहभागीलाई भाषा सिकाउने विधि, प्रयोगात्मक अभ्यास तथा विद्यार्थी केन्द्रित शिक्षण रणनीतिबारे गहन प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणमा सहभागी शिक्षक भोजकुमार श्रेष्ठले कार्यक्रम अत्यन्तै उपयोगी भएको प्रतिक्रिया दिए । “निरन्तर अध्ययन, लेखन र सहकर्मीबीचको छलफलले भाषिक विकासमा ठूलो भूमिका खेल्ने रहेछ भन्ने स्पष्ट अनुभूति भयो,” उनले भने । त्यस्तै शिक्षिका कञ्चन थापाले बहुभाषिक पद्धतिमा अध्यापन गर्दा सिकाइ अझ प्रभावकारी हुने निष्कर्षमा आफू पुगेको बताइन् ।

कार्यक्रमकै अवसरमा विद्यालयले ‘एभरेष्ट स्पिकर क्लब’ गठन गरेको    छ । क्लबले वर्षमा कम्तीमा ६ वटा कार्यक्रममार्फत शिक्षकहरूको भाषिक दक्षता अभिवृद्धि, पठन–पाठन संस्कृतिको प्रवर्द्धन तथा अनुभव आदान–प्रदान गर्ने लक्ष्य राखेको छ ।

अर्का भाइस प्रिन्सिपल टीएन भण्डारीका अनुसार प्रशिक्षणले विद्यालयमा भइरहेको शिक्षण अभ्यासलाई थप व्यवस्थित र परिष्कृत बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ । शुक्रबार सुरु भएको प्रशिक्षण शनिबार सम्पन्न भएको हो ।

एभरेष्ट स्कुलले शिक्षण प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्ने उद्देश्यसहित रातो बंगला फाउन्डेसन, कारखाना, बेलायतको डिजी स्कुललगायत विभिन्न संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ ।


इटहरी बैशाख २० गते | सुनसरीको तरहरामा आयोजित दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगितामा विराटनगरका कवि विशालकुमार साह प्रथम भएका छन् ।

‘मौनको एल्गोरिदम’ शीर्षकको कविता वाचन गर्दै उनले नगद ५१ हजार ५४७ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।

श्री जनसहयोग माध्यमिक विद्यालय, इटहरी–२० तरहराको २०५० सालको एसएलसी समूहद्वारा आयोजित प्रतियोगितामा देशभरबाट प्राप्त ५४७ कवितामध्ये उत्कृष्ट १० रचनालाई अन्तिम चरणका लागि छनोट गरिएको थियो ।

प्रतियोगितामा मकवानपुरका सुवास सजल ‘चिडियाखाना’ शीर्षकको कवितासहित द्वितीय भए । उनले ४१ हजार ५५५ रुपैयाँ पुरस्कारप्राप्त   गरे । त्यस्तै इलामका ऋजन मायालु ‘म बारुद भएको छु’ कवितासहित तृतीय हुँदै ३१ हजार ५५५ रुपैयाँ नगद जित्न सफल भए ।

अन्तिम चरणमा पुगेका अन्य प्रतिस्पर्धीहरू—अनिल सुवेदी (धनकुटा), कल्पना मरासिनी (अर्घाखाँची), टीकाराम कार्की (मोरङ), प्रचुर अभाव (झापा), प्रज्ञा निरौला (सोलुखुम्बु), विश्वराम खत्री (भक्तपुर) र सवि मेवाहाङ (सुनसरी)—लाई जनही ५ हजार ५५५ रुपैयाँ ‘सिर्जनशील पुरस्कार’ प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका संयोजकका अनुसार कार्यक्रम स्वर्गीय नारायणप्रसाद पौडेलको स्मृतिमा गत वर्षदेखि सञ्चालन हुँदै आएको हो । कार्यक्रममा वरिष्ठ कवि मनप्रसाद सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो ।

सोही अवसरमा महेशबाबु तिम्सिनाद्वारा लिखित कवितासंग्रह ‘अक्षरहरूको क्यानभास’ को विमोचनसमेत गरिएको थियो ।

कार्यक्रममा नेपाल तथा भारतका स्थापित कविहरूले समेत आफ्ना रचना वाचन गरेका थिए, जसले प्रतियोगितालाई थप साहित्यिक उचाइ दिएको आयोजकको भनाइ छ ।

कवि मनु मञ्जिलका अनुसार देशभरबाट प्राप्त ५४७ कवितामध्ये उत्कृष्ट १० जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको थियो । प्रतियोगिताको निर्णायक समितिमा कविहरू राजा पुनियानी, भूषिता वशिष्ठ र हेमन यात्री रहेका थिए ।

आयोजक समूहका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार आफ्ना दिवङ्गत मित्र नारायणप्रसाद पौडेलको स्मृतिमा गत वर्षदेखि उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेका अनुसार सोही कार्यक्रमको अवसरमा कविहरू राजा पुनियानी, देवान किराती, भूषिता वशिष्ठ, हेमन यात्री, चन्द्र गुरुङ,टीका आत्रेय र धीरज राईले कविता वाचन गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवं अग्रज साहित्यकार विवश पोखरेल, कवि मनु मञ्जिल, साहित्यकार भीमप्रसाद खतिवडा, बद्रीविशाल पोखरेल, गोकुल अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


विराटनगर २०८३ बैशाख १८ गते | उद्योग संगठन मोरङले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) को अवसरमा श्रमिक सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।

विश्वभरका श्रमिकहरूका लागि विशेष मानिने यस दिनको अवसरमा, श्रमिक र रोजगारदाता बीचको सहकार्यलाई प्रोत्साहन गर्दै, सुनसरी–मोरङ औद्योगिक करिडोरको उद्योगमा कार्यरत तीन जना श्रमिकलाई उद्योगमा दीर्घ सेवा पु¥याए वापत सम्मान गरिएको हो ।

सम्मानित श्रमिकहरूमा नेपाल लिकर्स प्रा.लि.मा २५ वर्ष देखि कार्यरत मायावती थारु, स्वस्तिक जुट मिल ईण्ड. प्रा.लि.मा २५ वर्ष देखि कार्यरत मोहम्मद ईद्रिस मिया, जयश्री पोलीमर्स प्रा.लि.मा २० वर्ष देखि कार्यरत सीतादेवी लामिछाने रहनु भएको छ ।

उक्त ३ जना श्रमिकहरूलाई संगठनका अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष विपिन कावरा, सुवोध कोइराला, पूर्व अध्यक्षहरु तथा ट्रेड युनियनका प्रदेश तथा जिल्ला कमिटीका अध्यक्षहरूले संयुक्त रूपमा सम्मान–पत्र सहित नगद प्रदान गर्नु भएको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले श्रमिक दिवस संघर्ष, एकता, अधिकार र सामाजिक न्यायको प्रतीकका रूपमा स्थापित ऐतिहासिक दिन भएको वताउदै सम्पूर्ण श्रमिकहरू प्रति सम्मान व्यक्त गर्नुभयो । उहाले उद्योग संगठनले श्रमिकहरूको सम्मान, हकहितको संरक्षण तथा उद्योग र श्रमिकबीच सन्तुलित सम्बन्ध कायम गर्ने दिशामा सेतुको भूमिका निर्वाह गर्दै आएको र यसैको परिणाम स्वरूप संगठन र यस क्षेत्रका ट्रेड युनियनहरू बीचको सम्बन्ध सुमधुर, विश्वासपूर्ण र सहकार्यमा आधारित रहँदै आएको धारण राख्नु   भयो ।

संगठनका उपाध्यक्ष रोजगार सुवोध कोईरालाले वर्तमान विश्व परिवेशमा प्रविधिको विकास, श्रम बजारको परिवर्तन र आर्थिक चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न श्रमिक र व्यवस्थापन बीच अझ घनिष्ठ सहकार्य आवश्यक भएको औल्याउदै आपसी सहकार्यले उत्पादनशीलता मात्र नभई श्रमिकहरूको मनोबल पनि उच्च बनाउँने विचार व्यक्त गर्नु भयो ।

नेपाल ट्रेड युनियन क्रांग्रेस मोरङ कमिटिका अध्यक्ष सुशिल कोइरालाले श्रमिकहरूको अधिकार सुनिश्चित गर्दै उद्योगको विकास गर्न सकिने वातावरण सिर्जना गर्नु आजको आवश्यकता भएको र त्यसका लागि संवाद, पारदर्शिता र सहकार्य प्रमुख आधार भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा संगठनका पूर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, उद्योगी÷व्यवसायीहरु, नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ट, अखिल नेपाल ट्रेड युनियन महासंघ लगायतका अन्य विभिन्न ट्रेड युनियनका प्रदेश तथा जिल्ला कमिटिका अध्यक्ष, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरुका साथै विभिन्न उद्योग प्रतिष्ठानका श्रमिकहरुको सहभागिता रहेको थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.