Websoft University
July 2022


काठमाडौँ । रातो तारा डट कम, ‘मिसेस नेपाल कल्चर २०२२’ आयोजना हुने भएको छ । विवाहित महिलाहरुको अनुभव, परिपक्वता, सिकाइ अझ वृहत र विस्तारित रुपमा समाज सामू ल्याएर उनीहरुको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा योगदान पु¥याउने युहान इन्टरनेसनल इभेन्ट्सले प्रतियोगीता आयोजना गर्न लागेको हो ।

आयोजक युहानले शुक्रबार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगीताका लागि जुनै पनि उमेर समुहका विवाहित महिलाले आवेदन दिन सक्नेछन् । 

प्रथम मिस नेपाल रुबी राणा ब्रान्ड एम्बेसडर रहेको प्रतियोगीतको पहिलो अडिसन यहि साउन २१ गते आयोजना हुनेछ । अडिसनबाट छानिएका प्रतियोगी बिभिन्न चरणको प्रशिक्षणपछि फाइनलमा उत्रिनेछन् ।

मौलिक संस्कृति, जातिय परिचय, साँस्कृतिक विविधताले राष्ट्रिय परिचयको गर्विलो आधार सृजना गर्ने कुरालाई मनन गरी आधुनिक परिवेशमा पनि साँस्कृतिक मुल्य , मान्यता, मौलिक परिचयको महत्वलाई सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य ‘मिसेस नेपाल कलल्चर’ को अवधारणा ल्याइको आयोजक युहानका निर्देशक सानु खानले बताए । ‘विवाह संस्कार नेपाली साँस्कृतिक परिचयको अझ सबैभन्दा महत्वपूर्ण पक्षका रुपमा रहेको छ । यही परिचयमा अगाडि बढेका विवाहित महिलालाई ‘मिसेस  नेपाल कल्चर’ को साँस्कृतिक अभियानको रुपमा प्रस्तुत गर्न खोजएको हो’ खानले थपे ।

प्रतियोगीताका विजेताले शिर्ष उपाधि, दुई लाख बराबरको उपहारको अलवा बिभिन्न अवसर समेत प्राप्त गर्नेछन् । 



काठमाडौ । रातो तारा डट कम, हरेक वर्ष जस्तै यस वर्ष पनि गीता, सारिका र योगेशको जोडीले ल्याए ‘छम्म छम्म नाचौँ नकाठमाडौं । हिन्दू महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै यस वर्षका तीज गीत सार्वजनिक हुने क्रममा छन् । यही मेसोमा नारायण रिजालको निर्देशन रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक भएको छ । सञ्चारकर्मी गीता अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका घिमिरेको स्वर, योगेशकाजीको संगीतरएरेञ्ज, पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता र वरिष्ठ सङ्गीतकार राजु सिंहको सभापतित्वमा भएको कार्यक्रममा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं, सञ्चारकर्मी सानुकाजी श्रेष्ठ, तुलसी गिरी ‘भावुक’ लगायत व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो । उहाँहरूले तीजको मौलिक गीत बनेकोमा गीत र भिडियोसँग सम्बन्धित सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो । ‘तीज गीतमा पछिल्लो समय मौलिकता हराउँदै गएको हो कि भन्ने पाइन्छ गीतहरू सुन्दा तर यस्ता गीतले यसको मौलिकता बचाइराख्दछन्,’ प्रमुख अतिथि राणाले भन्नुभयो । सो अवसरमा गीत संगीतसँग सम्बन्धितहरूलाई प्रशंसा पत्र अर्पण गरिएको थियो ।

सात दिदीबहिनीको कथा बुनिएको गीतको भिडियोमा रोशन बुढाथोकीको कोरियोग्राफ रहेको छ । भिडियोमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापालगायत कलाकारको अभिनय तथा नृत्य रहेको छ । ६० जनाभन्दा बढी कोरस प्रयोग गरिएको भिडियो आकर्षक ढंगबाट निर्माण गरिएको छ ।

नरेश खरेलको शृंगार, राहुल राईको छायांकन र विष्णु शर्माको सम्पादन रहेको भिडियोको पोस्ट प्रोडक्सन शिव कैलाश कला मन्दिर रहेको छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो ।

सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, ‘तीजैमा व्रत बसी’ जस्ता तीज गीत सार्वजनिक भएका छन् । यस्तै उहाँका अन्य गीत पनि श्रोतारदर्शकमाझ लोकप्रिय रहेका छन् ।           तस्विर- सुरेन्द्र थापा ।



बिराटनगर । रातो तारा डट कम, प्रहरी कार्यालय मोरङको आयोजनामा १ नं। प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री श्री केदार कार्कीज्यूको प्रमुख आतिथ्य, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री काशीराज दाहालज्यूको आतिथ्य, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक श्री शान्तिराज कोईरालाज्यूको आतिथ्यमा मोरङ जिल्लाका लागु औषध पुनस्थापना केन्द्रका प्रमुखरप्रतिनिधी, पत्रकार लगायतको उपस्थितिमा ूलागू औषध दुर्ब्यसनीहरूलाई उपचार तथा पुनस्थापना सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रमू ऐ। १०स्५५ बजे सम्पन्न भएको छ। 



सुनसरी । रातो तारा डट कम, सुनसरी ईटहरी उ।म।न।पा।वडा नं।४ स्थित बुढीखोलाको छेउको खाली जग्गामा सुसिल राई,अनिष भन्ने राज मगर,ववि नारायण चौधरी, विर्ख भन्ने डम्वर बहादुर भुजेल र अर्जुन वि।क।ले जिल्ला सुनसरी ईटहरी ०४ बस्ने बर्ष २० को सुमन तामाङलाई ईटा लगायतको हातहतियार टाउको समेतमा प्रहार गरी गंभिर घाईते बनाई छाडेको अबस्थामा प्रहरीले उद्दार गरी उपचारको लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा निज सुमन तामाङको मृत्यु भएको वारदातमा यस कार्यालयबाट अनुसन्धान भएको कर्तव्य ज्यान मुद्दामा संलग्न रहेका कसुरदारहरु मध्ये ववि नारायण चौधरी, सुसिल ‍राई र अनिष भन्ने राज मगरलाई पक्राउ परी अनुसन्धान पश्चात पुर्पक्षको लागि कारागार चलान भएको र उक्त कसुरमा संलग्न मुख्य योजनाकार जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. ४ गैरी गाँउ बस्ने बर्ष २८ को विर्ख भन्ने डम्वर बहादुर भुजेल तत्काल फरार रहेकोले खोज तलास गर्ने क्रममा मिति २०७९।४।१३ गते जि। सुनसरी इटहरी ४ स्थित निजकै घरगाउमा लुकिछिपी वसेको अबस्थामा फेला पारी पक्राउ गरी मिति २०७९-४-१५ गते सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएको छ ।



सुनसरी  धरान  १४ गते । रातो तारा डट कम, इटहरीर यतिबेला फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा सौन्दर्य प्रतियोगिता मिस धरान आइकन २०२२ु को आयोजना भैरहेको छ । प्रतिष्पर्धीहरुलाई आयोजकले र्याम्प वाल्क सहित विभिन्न अतिरिक्त क्रियाकलाप तथा सामाजिक कार्यमा सहभागी गराईरहेको छ । यसैक्रममा आज शनिबार धरानको विपि पार्क (ओसो पार्क) मा बृक्षरोपण कार्यमा सहभागी भएका छन् । धरानका मेयर हर्क साम्पाङ तथा धरानेहरुको सक्रियतामा भैरहेको बृक्षरोपण कार्यमा मिस धरान आइकनका प्रतिष्पर्धीहरु विभिन्न बिरुवासहित आज बिहान ८ बजे सहभागी भएका थिए । प्रतिष्पर्धीहरुलाई मेयर सम्पाङले आफ्नो कुराहरु सुनाउने क्रममा भक्कानिएर रोएका छन् । हेर्नुस् भिडियो ।आफुलाई पाएको यो साथ र सहयोग सम्झिदै मेयर साम्पाङले उपस्थित प्रतिष्पर्धीहरु र अन्य धरानेहरुमाझ आशु रोक्न सकेनन् । बोल्ने कोशिश गर्दा गर्दै पनि नसकेपछी देश सोच्नुस, देशकै लागि कर्म गर्नुस र एकदिन मर्नुपर्दा पनि देशकै लागि मर्नुपर्छ भन्ने प्रेरणा दिन चाहन्छुु भन्दै बिदा भए । मिस धरान आइकनका प्रतिष्पर्धीहरुले आफै बिरुवाहरु रोपेका थिए । मिस धरान आइकन २०२२ मा १८ जना धराने सुन्दरिहरुको सहभागिता रहेको छ ।

प्रतिष्पर्धामा धरान निवासी सेलि श्रेष्ठ, देनिशा श्रेष्ठ, बिपिका लिम्बू, नमिता राई, सबु बराईली, सृष्टि लामा, सकुन्तला फुयाल, निवा लिम्बू, प्रजना राई, रानु श्रेष्ठ, सुमिना बिक, स्वेक्षा मगर, स्वेता पोख्रेल, सारा गुरुङ, खुशी बस्नेत, प्रीती शाह, आशमाया राई र रोजनी लिम्बू सहभागी रहेका छन् । मिस तामांग २०१९ प्रदेश १ बिजेता तथा मिस टुरिजम क्विन वर्ल्डवाइड २०१९ मा बेस्ट इस्माइलको टाइटल बिजेता प्रोजिता लामाले मिस धरान आइकनको कोरियोग्राफी गरिरहेकी छन् भने परिकला फोटोग्राफीले यो सौन्दर्य प्रतियोगिताको फोटो तथा भिडियोग्राफी गरिरहेको छ । मिस धरान आइकन २०२२ मा बिजेता, फर्स्ट रनर अप, सेकेन्ड रनर अपसंगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका बिभिन्न सब(टाइटलको उपाधिसंगै बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको थियोे  ।


मोरङ, साउन १४ गते । रातो तारा डट कम,
मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध गाँजा सहित ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ । हजो राती साढे १० बजे

बिराटनगर रानी भन्सारको २ नम्वर ढाटमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ बन्दाकोवी बोकेर जाँदै गरेको प्रदेश १-०२-००१ख ८६७७ नम्वरको मिनि ट्रकलाई संका लागि चेकजाँच गर्ने क्रममा  बोराले छोपी लुकाई राखेको अवस्थामा ६ बोरा १५६ किलोग्राम) गाँजा बरामद गरेको हो । अवैध गाँजा बरामद भए संगै उक्त नम्बरको ट्रक र चालक शहिदभुमि गाउँपालिका-३ धनकुटाका बिवेक राई समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीबाट अन्य थप अनुसन्धान भईरहेको छ ।


 


 तिमीले

रङ्ग मन पर्छ भनेउ।

रङ्गहरुको बाटोमा

जुन दिन तिमीले उपहारमा 

मलाई रङ्हरुको शहर माग्यौ

मैले भएजति रङहरु टिपेर

तिमीलाई इन्द्रेणीको माला दिएको हुँ

मनको आकाशदेखि धर्तीसम्म जोडियोस् भनेर।


मनपर्ने इन्द्रेणीको हार पाएपछि

तिमी खुबै खुल्यौ

रङ्गभन्दा बेस्सरी।


आफू सर्वत्र रङ्गीन भएपछि पनि

तिमीले रङ्गहरुको सवाल उठाइरह्यौ

जसरी कहन्छ कौवाले काग काग काग भनेर

हुँदाहुँदा एकदिन तिमीले 

भर्खरै फक्रिएको कपासजस्तो

सेताम्मे फुलेको मेरो कपाल 

हिमलेकमा खसेको सिजनको हिउंजस्तो

गालाका दार्हीजुँगा देखायौ 

र भन्यौ- रङ्ग खोइ?


तिमीले 

यति त बुझ्नुपर्ने हो-

मैले तिमीलाई रङ्गीन बनाउँने

लहडमा आफूलाई

सादा सादा बनाइसकेको छु।


                           बेलबारी,मोरङ।


मोरङ, २०७९ श्रावण १३ गते । 
मोरङको बुढिगंगा गाँउपालिका १ गोकुवा बस्ने ४६ बर्षीय संखर ऋषिदेवलाई हरिणको सिङ सहित पक्राउ गरिएको    छ । बिशेष सुचनाको आधारमा हिजो राती १० बजे ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले उनको घरबाट हरिणको २ थान सिङ बरामद गरेको हो । अबैध हरिणको सिंह बरामद भए पश्चात ऋषिदेवलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थपअनुसन्धान भईरहेको छ ।


काठमाडौ साउन १२ । रातो तारा डट कम रूपन्देही सैनामैना नगरपालिका वडा नं ५ तुलबुलिया खोलाको पुर्वपट्टीको नेवारडाँडामा घाँस काट्न छिमेकी दिदीसँग घाँस काट्न गएकोमा निज दिदी काम विशेषले फर्किएपछी एक्लै घाँस काटी भारी पुर्‍याउन लाग्दाको अवस्थामा युवतिलाई बारुलाले टोकेपछि होहल्ला गरेको सुनि सोहि जंगलमा दाउरा काट्न गएका निम्न वतनका निलमणि दमाईले के भयो भनि सहयोग गर्ने बाहनामा गई एकान्त पारी दिउँसो करिब १२.३० बजेको समयमा संवेदनशील अङगहरुमा छुन खोजि जवरजस्ती करणी गर्न खोजेकोमा बलपूर्वक ति व्यक्तिको पञ्जाबाट उम्किएर घर आईपुगेपछि आफूमाथि भएको घटना तत्काल ससुरालाई सुनाउँदा लुकाएर नराखी प्रहरीलाई भन्नुपर्छ भनेपछि तुरुन्तै सालझण्डी प्रहरीलाई खबर गर्नासाथ तत्काल घटनास्थल पुगेको प्रहरी निरीक्षक जगन्नाथ मरासिनी सहितको प्रहरी टोलीले घटनामा संलग्न  निम्न व्यक्तिलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी करणी सम्बन्धी कसुर ९उद्योग० अन्तर्गत म्याद थप गरि थप अनुसन्धान भईरहेको छ ।

पक्राउ परेका व्यक्तिको विवरणः

जिल्ला रूपन्देही सैनामैना नगरपालिका वडा नं ५ गढवा मलमलाटोल वस्ने वर्ष ४८ को निलमणी दमाई ।


मोरङ, २०७९ श्रावण १२ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका ८ का ४० बर्षीय सन्तोष मानन्धर रहेका छन् । आज दिनको साढे ३ बजे लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका मानन्धरलाई नाईट्रोसन ५० ट्याब्लेट सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।


काठमाडौंँ । रातो तारा डट कम,नेपालका प्रथम नृत्य निर्देशक भैरव बहादुर थापा ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित भएका छन् ।

नेपाल लोक सांस्कृतिक प्रतिष्ठान १५ आँै वार्षिकोत्सवको अवसरमा बुधवार रसियन कल्चर सेन्टरमा आयोजित ‘स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९’ उनलाई नगद सहित सो सम्मान प्रदान गरिएको हो । सोही अवसरमा नेपाल समाचार पत्रका समाचार सम्पादक विदुर गिरीले पनि नगदसहित ‘दीर्घ रंग पत्रकारिता सम्मान’ प्राप्त गरे ।


कार्यक्रममा रातोपाटीका कुवेर गिरी ‘रंग पत्रकारिता सम्मान’, सहनाईवादक तथा पञ्चे बाजाका अग्रज आईत बहादुर परियार ‘लोक संस्कृती सम्मान’ बाट सम्मानित भएका थिए । गणतन्त्र नेपालका प्रथम उप–राष्ट्रपति परमानन्द झा, प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसी, निर्देशक नारायण पुरी लगायतले सम्मान पत्र तथा दोसल्लासहित सम्मान प्रदान गरेका थिए ।


विभिन्न जातीका लोक बाजा तथा नृत्यसहित सुरु भएको कार्यक्रममा प्रतिष्ठानका महासचिव नृपध्वज खत्रीले २०६५ मा स्थापना भएको प्रतिष्ठानले मेचीदेखी महाकालीसम्म विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै आएको जानकारी दिए ।

त्यस्तै पूर्व उपराष्ट्रपति झाले नेपाल लोक सांस्कृतिक प्रतिष्ठानले डेढ दशकदेखि नेपाली कला सस्कृतिको उत्थान गर्दै आएको थाहा पाउँदा आफू निकै हर्षित भएको बताए । ‘मलाई मनपर्ने नेपाली लोक नृत्य हेर्दा निकै खुशी लाग्यो’ उनले भने ‘म भन्दा पनि जेठो वयोवृद्धा नृत्य निर्देशक भैरव बहादुर थापालाई गरेको सम्मान तथा आआफ्नो क्षेत्रमा दक्षता हासिल गरेका ब्यक्तिलाई गरेको सम्मान निकै सराहनिय छ ।’

प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसीले प्रतिष्ठान मार्फत नेपाली लोक कला तथा सस्कृतीलाई विश्वमाझ चिनाउन पाउदा आफूलाई निकै खुशी लागेको बताए । उनले नेपाली मौलिक लोक सस्कृतिको क्षेत्रका बिभिन्न क्षेत्रमा योगदान गर्नेलाई आगामी दिनमा पनि विभिन्न कार्यक्रम गरेर सम्मान गर्ने बताए ।

समारोहमा प्रतिष्ठानका सल्लाहकार तथा संगीतकार सुरेश अधिकारी, कलाकार उत्तम शर्मालाई बधाई तथा सम्मानपत्र, प्रतिष्ठानका सस्थापक अध्यक्ष, गायक तथा संगीतकार शिवराज पौडेल, सस्थापक महासचिव तथा नृत्य निर्देशक  दिनेश कुमार लामा,  नृत्य निर्देशक शम्भु शाही, नृत्यागंना तथा कलाकार पूर्णिमा श्रेष्ठलाई संस्थागत सम्मान प्रदान गरियो ।

ईभेन्ट निर्देशक निशुकान्त झा, कलाकार कृष्ण रसाल, गायक शिशिर योगीले समेत सम्मान पत्र प्राप्त गरेको कार्यक्रममा वर्माकी नेपाली भाषी गायिका डीना चौलागाईं, नेपाल समाचारपत्रकी रश्मी थापा, वाद्यवादक न्हुच्छे राजा मुनिमर लगायत कदरपत्रबाट सम्माति भए भने विभिन्न संघ सस्था तथा व्यक्तिलाई ‘मायाको चिनो’ प्रदान गरेका थिए ।

गायक शिशिर योगी, कृष्ण रेउले, सुनिता परियारलगायतले गीत प्रस्तुत गरेको कार्यक्रममा भैरवकाली, हुड्केली, लाखे, कौडा, चण्डी लगायतका विभिन्न लोक नृत्य प्रस्तुत गरिएको थियो ।



काठमाडौं साउन १२ गते । रातो तारा डट कम, अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल आगमनका क्रममा कालो झण्डा देखाउन खोज्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार उनीहरु विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुन् ।

सहायक विदेशमन्त्री आज अपरान्ह नयाँ दिल्ली हुँदै त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए । त्यस क्रममा उनको विरोधमा कालो झण्डा देखाउन पुगेका विप्लव कार्यकर्ता एयरपोर्टबाटै पक्राउ परेका हुन् ।


काठमाडौँ । रातो तारा डट कम, कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले नेपाल सहित पचास भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन् । बुधबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई उक्त विश्व रेकर्ड (गिनिज बुक अफ वल्र्ड) प्रमाण पत्र सहरी विकास मन्त्री मेटमणी चौधरीले प्रदान गरे ।

कार्यक्रममा मन्त्री चौधरीले डा. उपाध्याय अद्भूत क्षमता रहेको ब्यक्तिको रुपमा चर्चा गरे । उनले देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन गरेको यो योगदानको उचित सम्मान र कदर गर्नुपर्ने बताए । अझै धेरै कीर्तिमान कायम गर्दै जानका लागि शुभकामना समेत दिएका मन्त्री चौधरीले डा. उपाध्यायको अद्भूत क्षमता सबैको खोजको विषय हुनुपर्ने धारणासमेतराखे ।

सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोषको स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिम्लिसिनकोे स्वर रहेको छ । गीत नेपाल सहित हिन्दी, जापानी, चिनिया, अंग्रजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृत, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यण्डीक, बर्मेली, कोल्म्बीयन, कुर्डिस, स्वाहिली, पोलिस, बोलिभियन, हङ्गेरियन, डेनिस, लात्भियन र आर्मेनियन भाषामा रहेको छ ।

खनाल समाजका अध्यक्ष केदारनाथ खनाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवकोटा, पूर्व राजदूत रमेशप्रसाद खनाल लगायतको गीतका उपाध्यायले आफूले आफ्ना लागि मात्र नभएर आफ्नो समाज र देशलाई चिनाउनका लागि फरक कार्य गर्दै आएको बताए ।

उक्त अवसरमा तिलिचो हिमालमा लोकार्पण गरिएको उपन्यास ‘भाइरस लभ’ को विश्व कीर्तिमानको प्रमाण पत्र पनि डा. उपाध्यायलाई प्रदान गरिएको थियो । यसअघि गीत संगीत तथा विविध विधामा १०८ विश्व कीर्तिमान कायम गरेका  उपाध्यायको कीर्तिमान ११० पुगेको छ ।

कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, पत्रकार कुबेर गिरी, तुलसी गिरी, कृष्ण भुषाल, गीता अधिकारी लगायतले पचास भाषामा गीतमा निर्वाह गरेको भुमिका मार्फत विश्व रेकर्डको प्रमाण पत्र हात पार । उपाध्यायका २८ एल्बम र दर्जन बढी उपन्यास प्रकाशित छन् । 



मोरङ साउन ११ गते बुधवार । रातो तारा डट कम,तेस्रो नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०७९ का लागि आवेदन खुल्ला, बिजेतालाई नगद सहित दुबई भ्रमण


थारु कला केन्द्रको आयोजनामा हुने  राष्ट्रिय  स्तरीय नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०७९ का लागि आबेदन खुल्ला गरिएको छ। यसका लागि थारु कला केन्द्रको वेब साइट tharukalakendra.com बाट अनलाइन आबेदन भर्न सकिनेछ।


थारु कला, संस्कृति, भेषभुषा, भाषा, खानपान तथा रितिरिवाजलाई झल्काउँन र संरक्षण गर्न तथा थारु प्रतिभालाई उजागर गर्न कार्यक्रम आयोजना हुने अध्यक्ष बिएन चौधरीले जनाएको छ। पहिलो र दोश्रो संस्करण सफलता पुर्वक संम्पन्न गरी सकेको थारु कला केन्द्रले तेस्रो संस्करणमा बिगत भन्दा प्रभाबकारी तथा पर्यटकीय प्रवर्धनमा समेत टेवा पुग्ने गरी कार्यक्रम हुने बताए।प्रदेश १ को राजधानी बिराटनगर, गाईघाट, झुम्का, बिर्तामोड, दुहबी र नेताचोकमा अडिसन हुनेछ भने  श्रावण मसान्त सम्म आबेदन फारम भर्न सकिनेछ। अडिसन हुने मिति भने तय हुन् बाँकी रहेको कार्यक्रम संयोजक सनराइज चौधरीले बताए। आबेदनका लागि देशभर खुल्ला गरिएको छ।  एसएलसी तथा एसीइइ उतिर्ण, १६ बर्ष देखि २७ बर्ष सम्मका अबिबाहित थारु महिला तथा पुरुषले आबेदन दिन सक्नेछ। तेस्रो संस्करणमा भने बिजेताहरुले नगद सहित दुबई भ्रमण गर्न पाउनेछन। साथै अध्यनका निःशुल्क छात्रवृति, नि:शुल्क बेसिक एण्ड मेकअप कोर्ष, म्युजिक भिडियोमा अवसर पाउने चौधरीले बताए।

अरु ब्युटी प्याजेन्ट “सो” भन्दा यो फरक कार्यक्रम रहने र यसमा थारु समुदायको सौन्दर्यता र प्रतिभालाई मात्र झल्काउने होइन  थारुको कला संस्कृति, परम्परा, भेषभुषा र भाषालाई बचाई राख्न र संरक्षण गर्न र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने र अवसर प्रदान गर्ने थलो  रहेको केन्द्र सल्लाहकार देब कृष्ण बिश्वासको तर्क छ।सुनसरीमा जेयस कलेक्सन खनार, अफ्टर डार्क दुहबी, मेघा डिजिटल झुम्का, राइजिङ्ग डान्स एण्ड जुम्बा सेन्टर झुम्का, झापामा पर्पल किचेन एण्ड इन्टेरियर दमक र उदयपुरमा जे एण्ड फुड ल्याण्ड एण्ड पार्टी गाईघाटबाट आबेदन फारम  भर्न र  बझाउन  सकिनेछ । त्यसैगरी मोरंगको निशील पुस्तक नेताचोक, क्लासिक रेष्टुरेन्ट एण्ड बार नेताचोक, ए बन फोटो स्टुडियो झोराहाट, ह्याज ट्याग फुड एण्ड बार बिराटनगर, आइफोन केयर बिराटनगरमा आबेदन फारम भर्न र बुझाउन सकिनेछ ।

पहिलो संस्करणमा बिजेता तेजेन्द्र बिश्वास र सिवानी चौधरी, फर्स्ट रनर अप सिजन चौधरी र सृजना चौधरी, सेकेन्ड रनर अप सुवास चौधरी र अंकिता चौधरीलाई चिनाउन सफल भएका थिए भने दोश्रो संस्करणमा बिजेता अमन चौधरी र अंकिता बिश्वास, फर्स्ट रनर अप करण माझी र रेसिका चौधरी, सेकेन्ड रनर अप पारस चौधरी र सोनम चौधरी भएका हुन्।थारु कला केन्द्रको आयोजना हुने उक्त कार्यक्रम कोरोना कहर थलिएको अवस्थामा बिगत २ वर्ष देखि निरन्तर गर्न सकेको थिएन।


 बिराटनगर । रातो तारा डट कम,उद्योग संगठन मोरङले नविन व्यवसायिक सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्न आवश्यक प्राविधिक एवं व्यवसायिक विकास सेवाहरु, वित्तिय एवं अन्य लगानीको पहुँचका लागी सहजिकरण तथा समन्वय गरि नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले गत बर्षदेखि सञ्चालन गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तरगत पहिलो व्याचको ग्राजुएशन तथा दोश्रो व्याचको शुभारम्भ सम्बन्धी जानकारी गराउने उद्देश्यले आयोजित यस कार्यक्रममा उपस्थित सम्पूर्ण सञ्चारकर्मी मित्रहरुमा स्वागत गर्न  चाहन्छौ ।

२. नमुना कार्यक्रमका रुपमा कार्यान्वयन गरिएको कार्यक्रमको पहिलो चरणमा २० वटा स्टार्टअप व्यवसायहरुलाई निःशुल्करुपमा व्यवसायीक योजना तर्जुमा, मार्गदर्शन एवं परामर्श, अनुसन्धान र प्रयोगशाला परिक्षण सहजीकरण, सञ्जालीकरण र अन्तरक्रिया, व्यवसाय दर्ता, कानूनी एवं प्रशासनिक परामर्श, वित्तिय पहुचका लागि लगानीकर्ता तथा वैंक एवं वित्तिय संस्थाहरु समक्ष समन्वय तथा सहजीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ शुरुवात गरिएको कार्यक्रम अन्तरगत स्र्टाटअपहरुलाई व्यवसायिक योजना अनुरुप आवश्यक पर्ने प्राविधिक बिषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना जस अन्तरगत बिजनेश क्यानभास मोडेल, बिजनेश हेल्थ चेक अप, उपभोक्तासंग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न बिषयगत कार्यक्रमहरु आयोजना गरि परामर्श सेवा उपलब्ध गराइएको थियो । पहिलो व्याचमा सहभागि १९ स्र्टाटअपहरु मध्ये ७जनालेआजको ग्राजुएशन सेरेमोनिमा भाग लिएकाछन । ३. पहिलो बर्षको अनुभवहरुबाट सिक्दै थप प्रभावकारीरुपमा आगामी कार्यक्रम सञ्चालन गर्न २० जना स्टार्टअप व्यवसायहरु रहने गरि दोश्रो व्याचका लागी आजैबाट प्रस्ताव आब्हान गरि कार्यक्रमलाई निरन्तरता दिइएको छ । कार्यक्रम कार्यान्वयनका लागी प्रदेश सरकार उद्योग श्रम तथा रोजगार मन्त्रालय, बिराटनगर महानगरपालिका, स्विस कन्ट्याक्ट, आसामान नेपाल, पूर्वाञ्चल विश्व विद्यालय, अन्तरप्रेरणा प्रा.ली, नबिल बैंक लिमिटेड, नेपाल युवा उद्यमी मञ्च लगायतका संस्थाहरुसंगको सहकार्य गरिएको छ भने आवश्यकताका आधारमा अन्य संघ संस्था तथा सरोकारवालाहरुसंग क्रमशः सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरिने छ ।  

४. बाह् महिना अवधी रहने दोश्रो चरणको कार्यक्रममा प्रदेश नं १ भित्रका नविन व्यवसायीक अवधारणा भएका तथा स्तरोन्नतीको सम्भावना भएका बढिमा (२ बर्ष अघि देखि सञ्चालनमा रहेका) शुरुवाती अवस्थाका नविन उद्यमहरु सहभागि हुन सक्नेछन । यो कार्यक्रमले नविन व्यवसायीक अवधारणा, स्तरोन्नती तथा अनुशरण गर्ने सम्भावना भएका, चालु उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुने वा हुन सक्ने सम्भावना भएका, महिला उद्यमीहरु, बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको आइडियालाई बिशेष ग्राह्यता दिईने गरि प्राथमिकता निर्धारण गरिएको छ ।

५. २०७९ भाद्र १० गतेसम्म आवेदन गर्न सक्ने गरि अनलाईन आवेदन आजैका मितिबाट प्रारम्भ गरिएको छ । कार्यक्रम सम्बन्धी बिष्तृत जानकारी सहित अनलाइन आवेदन फारम संगठनको वेवासाइट धधध।अष्m।यचन।लउ बाट सहज उपलब्ध हुने गरि व्यवस्था मिलाइएको छ । साथै, सम्भावित आवेदनकर्ताहरुका लागी आवेदनमा सहजीकरण गर्न पूर्व आवेदन छलफल कार्यक्रमहरुको समेत आयोजनागरिनेछ । संगठनको वेवसाईट तथा फेसबुक पेज मार्फत कार्यक्रम सम्बन्धी सूचनाहरु नियमितरुपमा प्रचार प्रसार गरिने छ । 

६. स्टार्टअप व्यवसायको प्रवर्धन र विकासका लागी सरकार, अनुसन्धानमुलक संस्थाहरु एवं नीजि क्षेत्र बिच समन्वय गरि प्रदेश नं १ को नमुनाको रुपमा व्यवसाय विकासका व्यवस्थापकिय एवं प्राविधिक सेवाहरुको दिगो इकोशिष्टमको जग बसाल्ने लक्ष्यका साथ शुरुवात गरिएको नमुना कार्यक्रमको सफलतापूर्वक कार्यान्वयनमा प्रत्यक्ष अप्रत्यक्षरुपमा योगदान गर्नुहुने सबै सरोकारवाला पक्षहरु, साझेदार संस्थाहरु, मेन्टर तथा परामर्शदाताहरु र मिडिया क्षेत्र सबैमा हार्दिक धन्यबाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्दछौ । अन्त्यमा, कार्यक्रमको बारेमा सूचना प्रचार प्रसार गरि नयाँ नयाँ प्रतिभाहरुलाई कार्यक्रमसंग जोडिन मद्दत गरिदिने अपेक्षा गर्दै कार्यक्रममा सहभागिताका लागीहार्दिक धन्यबादज्ञापन गर्दछौ । 

 सुरेन्द्र गोल्छा

संयोजक तथा कार्यसमिति सदस्य,

स्टार्टअप तथा इनोभेशन समिति,

उद्योग संगठन मोरङ

  सुयश प्याकुरेल

      अध्यक्ष

उद्योग संगठन मोरङ

११ श्रावण २०७९

बिराटनगर



झापा दमक ,साउन ११ गते । रातो तारा डट कम,उवेलाको शासकीय स्वार्थ र वाहुनवादी सोचका कारण समाजमा रहेको वर्गीय र जातीय विभेद हटाएर समता मुलक समाज बनाउनु पर्ने नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाले आज बिर्तामोडमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले समाजमा विभेदमा परेका समुदायको ,उत्पीडित जातीका समस्या ब्यवहारिक रुपमा अन्त गर्न सचेत, चेतनशील वर्गहरुले सहयोग गर्नु पर्ने बताउनु भएको हो । मुक्ति समाज एमालेको अभिन अंग भएको समाजको छुवाछुत हटाउन पार्टीले आवाज उठाउने सहकार्य गरेको बताउनु भयो । 

दलितले समुदायले आएको आरक्षणलाई सधैको लागि नभएर एक पटकको लागि अवसरको रुपमा लिनु पर्ने बताउनु भयो । दलित समुदायले हरेक प्रतिष्पर्धामा आफुलाई अब्बल सावित गर्न सक्रिय हुनु पर्ने अध्यक्ष ओलीको सुझाव छ ।  


मुक्ति समाज जिल्ला कमिटी झापा अध्यक्ष तिलक गजमेरको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले समाजमा धेरै समस्या अप्ठायाराहरु रहे पनि तिनीहरुलाई थापी राख्दै अहिले केही समुह र ब्यक्तिको देशलाई ध्वस्त पारी रहेको गठबन्धन तगारो सबैले तोड्नु पर्ने बताउनु भयो । 

संघीयता जस्तो नयाँ शासन ब्यवस्था प्रयोगमा ल्याएको केही वर्षमै यसको संरक्षण गर्ने भन्दा पनि परमादेशको गठवन्धन सरकारको क्रियाकलापले संघीय शासन प्रणालीको बदनाम गरेको नेता ओलीले आरोप लगाउनु भयो ।

नेपाली जनतालाई ठग्ने धमिराहरुलाई संघीय र प्रदेशको आउदो निर्वाचन मार्फत हटाउनु पर्ने उहाँले बताउनु भयो । आजै दिउसो विर्तामोडमै

प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाका पत्रकारहरुसंग एमाले अध्यक्ष ओलीले संवाद गर्दै मुलुक ,स्वाधीनताको पक्षमा पत्रकारले बोल्न लेख्न सक्नु पर्ने बताउनु भयो । सामाजिक सद्भावको पक्ष ,राष्ट्रिय अखण्डताको रक्षाको पक्ष ध्वस्त पार्न खोजे जस्तो सुकै अवरोधको प्रभा नगरी कलम चलाउनु पर्ने उहाँले बताउनु भयो ।आजै दिउसो पार्टीको जिल्ला भरिका जनसंगठनहरुका अध्यक्ष ,प्रतिनिधि ,सदस्यहरुसंग अध्यक्ष ओलीले आउदो निर्वाचन , पार्टी संगठन,स्थानिय निर्वाचन लगायतका बिषयमा सामुहिक रुपमा छलफल गर्नु भएको एमाले झापा अध्यक्ष दिपक कार्कीले जानकारी दिनु भयो ।


मोरङ साउन ११ गते बुधबार  । रातो तारा डट कम, मोरङको सुन्दरहरैंचा– ४ स्थित प्रणामी टोलमा रहेको पैनीमा डुबेर हरि खड्काका ३ वर्षीय छोरा प्रदीप खड्काको मृत्यु भएको छ ।प्रहरी चौकी बाँसबारीका अनुसार बिहान अन्दाजी ९ बजेको समयमा घर छेउमा खेल्ने क्रममा उनी पैनीमा डुबेका थिए । पैनीले बगाउँदै गरेको देखेपछि स्थानीयले उद्धार गरी उनलाई उपचारको लागि वेदान्त अस्पताल इटहरी लगेका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


मोरङ, २०७९ श्रावण ११ गते । रातो तारा डट कम, मोरङको बेलवारी नगरपालिका ८ पूर्व पश्चिम राजमार्गमा   आज बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बिहान ७ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ११ च २४५८ नम्बरको कार सडकमा रोकेर राखेको को १ ख ८००४ नम्बरको ट्रकमा अचानक ठोक्किदा कार चालक बेलवारी (१ का २२ बर्षीय संदिप लामिछाने र कारमा सवार दमक(४ का १४ बर्षीय राजु बराईली घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी बेलवारी अस्पताल पठाईएको र बराईलीलाई थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा बराईलिको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । 


काठमाडौ  । रातो तारा डट कम, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ।

आज बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक गरेको हो ।

एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।

यस वर्षको परीक्षामा ४ लाख ९५ हजार ७५१ जना परीक्षार्थी सहभागी थिए ।

परीक्षामा ३।६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ ।

कोभिड–१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् ।

शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।


 


मोरङ, श्रावण ११ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-१६ दरैया स्थितबाट अवैध लत्ताकपडा र खाधान्न प्रहरीले बरामद गरेको छ ।

हिजो बेलुका साढे ७ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैधरुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको मे.१च २२८६ नम्वरको मारुती भेनमा करिव ५ लाख १३ हजार ७ सय मुल्य बरावरको बिभिन्न किसिमका लत्ताकपडा र खाधान्य सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थित रानी बस पार्कबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको ७६ बजार ९ सय बरावरको खाधान्न र बिभिन्न किसिमका कपडा बरामद गरेको छ ।


काठमाडौ । रातो तारा डट कम, उच्च अदालत पाटनको मिति २०७७ जेठ २६ गतेको फैसला अनुसार,  मुद्दा नं ०७६(ऋद्य(१४१६ , बैंकिङ कसूर मुद्धामा दिन ४ ९चार० कैद र रु १३,२०,०००।( ९तेह्र  लाख बीस हजार० जरिवाना र जरिवाना बमोजिमको बिगो फैसला सजाय भई फरार रहेका प्रतिवादी जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं। ११ घर भई हाल जिल्ला काठमाडौँ  टोखा नगरपालिका वडा नं। १६ बस्ने बर्ष ३४ को कृष्ण बहादुर शाहीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीवाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी अधिकृत सहितको टोलीले खोजतलास गर्दै जाने क्रममा मिति २०७९।०४।०८ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका दुधराक्ष स्थितबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ।

कृष्ण बहादुर शाहिले मिति २०७५ चैत्र ०५ गते ल्ऋऋ वैंक लिमिटेड काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी झुक्यानमा पारी पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला मिति २०७७ जेठ २६ गते गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको प्रहरीले बताएको छ।



विराटनगर । रातो तारा डट कम, विराटनगरमहानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा औद्योगिक तथा व्यापारिक प्रदर्शनीस्थल निर्माणका लागि संघीय मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

विराटनगर आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर मेयर कोइरालाले विराटनगरमा व्यापार मेला गर्न स्थान अभाव भएको सुनाए । उनले औद्योगिक तथा व्यापारिक मेला आयोजना गर्न प्रदर्शनीस्थलको अभाव रहेको बताए । जग्गाको व्यवस्थापन महानगरपालिकाले गर्नेसमेत उनको भनाइ थियो ।

“मन्त्रीज्यू बजेट छुट्याएर मन्त्रिपरिषद्बाट निर्णय गराउनुहोस्, हामी जग्गा उपलब्ध गराउन तयार छौं,” मेयर कोइरालाले भने, “प्रदर्शनीस्थलको अभावमा यहाँका उद्योगी व्यवसायीहरुले हरेक वर्ष जग्गा भाडामा लिएर मेला लगाउने गरेका छन् ।” मेयर कोइरालाले नेपालको पहिलो उद्योग स्थापना भएको नगर भए पनि पछिल्लो समय विराटनगरको विकासमा संघीय सरकारले बेवास्ता गरेको गुनासोसमेत गरे ।  कोइरालाले कम्तीमा बजेट छुट्याएर काम सुरु गरे निर्माणको जिम्मा महानगरले लिने बताए । त्यस्तै मेयर कोइरालाले सुनसरीको अमडुवामा रहेको ६५० बिघा जग्गामा विशेष आर्थिक क्षेत्र (सेज) निर्माण गर्न आग्रह गरे । मन्त्री बडूसितको भेटमा मेयरका साथ नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंको समेत उपस्थिति रहेको थियो ।


विराटनगर, १० साउन । रातो तारा डट कम,प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ६ वटा विषयमा निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीका अनुसार, बैठकले महालेखा परीक्षकको चौधौं वार्षिक प्रतिवेदन, २०७९ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ पनि बैठकले स्वीकृत गरेको छ ।

यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका, २०७९ को मस्यौदा र सोही मन्त्रालयको विज्ञसहितको राजश्व अध्ययन कार्यदल गठन गर्ने सम्बन्धको प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ । आज बसेको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्ताव गरेको हामी स्वयंसेवी अभियान कार्यविधि, २०७९ पनि स्वीकृत गरेको मन्त्री कार्कीले जानकारी दिनुभएको छ ।


बिराटनगर २०७९ साउन १० गते । रातो तारा डट कम, मंगलबार, मोरंग व्यापार संघमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दिलेन्द्र प्रसाद बडूज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरिएको थियो । 

मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूको सभापतित्वमा संघमा आयोजित सो कार्यक्रममा उद्योगी व्यवसायीहरुसँग अन्तरक्रिया गर्ने उद्देश्यले विराटनगर पाल्नु भएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको प्रयासका लागि अध्यक्षज्यूले धन्यवाद दिनु भई स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो । 

मन्तव्य दिने क्रममा अध्यक्ष श्री रिजालज्यूले माननीय मन्त्रीज्यू समक्ष मुलुकको विद्यमान जटिल अवस्था बारे उल्लेख गर्दै मोरङ–सुनसरी औद्योगिक कोरिडोर सहित मुलुकभरिका उद्योगीरव्यवसायीहरुको हक, हित, संरक्षण एवं प्रर्वद्धनार्थ सरकारबाट ठोस कदमहरु चाल्न आग्रह गर्नु भएको थियो । सो क्रममा अध्यक्ष श्री रिजालज्यूले पछिल्लो बजेट नीतिका कारण जि।आई। वायर, ध्यू तेल, सेनिटरी प्याड, स्टील आदि उद्योगहरु बन्द हुने चरणमा पुगेको, स्वदेशी लगानी जोखिम परेको, हजारौँ श्रमिकहरुको रोजगारी गुमेको तथा स्वदेशी आत्मनिर्भरता समेत जोखिममा पर्न गएको अवगत गराउँदै त्यसको समाधानार्थ माननीय मन्त्रीज्यूबाट तत्कालै कदम चाल्न र उद्योगीहरु पलायन हुने अवस्था श्रृजना हुन नदिन विशेष अनुरोध गर्नु भएको थियो । त्यसका साथै अध्यक्ष श्री रिजालज्यूले सुनसरीको अमडुवामा आर्थिक क्षेत्र निर्माण गर्न संघको विगत लामो समय देखिको मागलाई बजेटले सम्बोधित गरिसकेकोमा सोको निर्माण कार्य अविलम्ब थालनी गर्न अनुरोध गर्नु भएको थियो । साथै, अध्यक्षज्यूले संघकै माग बमोजिम भारत सरकारले मीरगञ्ज पुलको समानान्तरमा नयाँ पुलको निर्माण गरिसकेकोले त्यसको शिघ्र संचालकालागि भारत सरकार समक्ष कुटनैतिक पहल गर्न, भारतीय नीति परिवर्तनहरुको शुक्ष्म अध्ययन गरी नेपालका नीतिहरु परिमार्जन गर्न, बंगलादेशमा नेपाली उत्पादनहरुको बजारीकरणका लागि पहल गर्न तथा स्वदेशी उद्योगहरुको प्रवद्धनार्थ सरकारबाट विशेष नीतिहरु अवलम्बन गर्न अनुरोध गर्नु भएको थियो ।

त्यसै गरी कार्यक्रममा संघका पूर्व अध्यक्ष पवन कुमार सारडाज्यूले आफ्नो मन्तव्य दिनु हुँदै पछिल्लो बजेट नीतिका कारण हाल मोरङमा मात्र चार वटा जि।आई। वायर उद्योगहरु बन्द भएको र हजारौँ रोजगारी समेत गुमेको अवस्था बारे अवगत गराउँदै त्यस प्रति सरकारले कुनै चासो नदेखाएकाले सम्पूर्ण उद्योगीहरु हतोत्साहित भएको बताउनु भएको थियो । साथै, मुलुकको स्वदेशी उद्योग र व्यसायहरुको हकमा सरकारका अन्य निकाय भन्दा स्वयं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नै सरकारी नीति नियमहरुको निर्माण, कार्यान्वयन एवं पुनरावलोकन गर्ने जिम्मा लिनु पर्ने तथा अन्य कुनै निकायबाट उद्योग व्यवसायहरुको हित विपरितका कार्यहरु हुन नदिने कार्यमा समेत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अग्रसर हुनु पर्नेमा जोड दिनु भएको थियो ।

त्यसै गरी संघका वाणिज्य उपाध्यक्ष श्री अनिल कुमार साहज्यूले व्यवसाय बेगर औद्योगिक उत्पादनहरुको औचित्य अपूरो हुने गरेकाले सरकारले उद्योगी र व्यवसायीलाई समान दृष्टिकोणले हेर्नु पर्ने आग्रह गर्नु भएको थियो । त्यसै क्रममा संघका उद्योग उपाध्यक्ष श्री विकास कुमार बेगवानीज्यूले गहुँ आयातमा नेपाल ८० प्रतिशत भन्दा बढि भारत माथि नै निर्भर रहेकोमा भारतले पछिल्लो समय गहुँ निर्यातमा गरेको कडाईका कारण हाल नेपालका करिब ३७ वटा फ्लोर मिल प्रभावित भएकाले नेपालका लागि गहुँको आयात सहजिकरण गर्न भारतीय सरकार समक्ष कुटनैतिक पहल गरिदिन अनुरोध गर्नु भएको थियो । 

त्यस्तै, संघका कार्यकारी सदस्य श्री अमित सारडाज्यूले ध्यूरतेल आयातको भन्सार महशुल पुनरावलोकन गर्नु पर्ने बताउनु भएको थियो भने कार्यकारी सदस्य श्री गोपाल अग्रवालज्यूले कच्चा पदार्थको आयातमा एक तह कम भन्सार महशुलको व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गरिनु पर्ने, मार्जिन रकम फिर्ता गर्न ढिला सुस्ती नगर्न बैंकहरुलाई निर्देशन दिइनु पर्ने आदि विषयहरु माननीय मन्त्रीज्यू समक्ष अवगत गराउनु भएको थियो ।

संघका सचिव श्री संजय श्रेष्ठज्यूद्वारा संचालित सो कार्यक्रममा संघका पूर्व अध्यक्ष श्री ताराचन्द खेतानज्यू र श्री शंकरलाल अग्रवालज्यू, नेपाल उद्योग परिसंघ, प्रदेश १का अध्यक्ष श्री भीम घिमिरेज्यू, उद्योग संगठन मोरङका का।वा। अध्यक्ष श्री प्रदिप मुरारकाज्यू सहित विभिन्न उद्योगीरव्यवसायीहरुले आ–आफ्नो मन्तव्य दिनु भएको थियो भने कार्यक्रममा विराटनगर महानगरपालिकाका नगर प्रमुख श्री नागेश कोइरालाज्यू, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव श्री बाबुराम गौतमज्यू र उप–सचिव श्री दुर्गा प्रसाद भुसालज्यू, वाणिज्य कार्यालय, विराटनगरका प्रमुखज्यू, गुणस्तर तथा नापतौल कार्यालय, विराटनगरका प्रमुखज्यू, कम्पनी रजिष्ट्रार कार्यालय, इटहरीका प्रमुखज्यू, नेपाल आयल निगम, विराटनगरका प्रमुखज्यू, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु, विभिन्न संघ–संस्थाका अध्यक्षज्यू एवं प्रतिनिधिज्यूहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दिलेन्द्र प्रसाद बडूज्यूले मुलुकको विद्यमान आर्थिक अवस्था बारे आफू जानकार रहेको बताउँदै स्वदेशी उद्योग र व्यवसायको हक, हित, संरक्षण एवं समस्याहरु निराकरणार्थ आफू निरन्तर प्रयासरत रहेको जनाउनु भई जि।आई। वायर, ध्यूरतेल, सेनिटरी प्याड लगायतका उद्योगहरुका सम्बन्धमा बजेटमा भएका त्रुटिपूर्ण व्यवस्थाहरु सुधार गरिने आश्वासन दिनु भएको थियो । साथै, माननीय मन्त्रीज्यूले मुलुकको निर्यात प्रवद्र्धन एवं आयात प्रतिस्थापनका लागि सरकारले विभिन्न कदमहरु चालिरहेको बताउनु भई कार्यक्रमबाट उठान भएका विषयहरुलाई समेत आफूले गम्भिरतापूर्वक लिएको र सोका लागि सरकारबाट नीतिगत निर्णयहरु लिइने आश्वासन दिनु भएको थियो ।


पाँचथर, २०७९ श्रावण १० गते । रातो तारा डट कम, पाँचथर तुम्बेवा गाँउपालिका २ मेवागाँउ स्थित अन्न पिस्ने मिलबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिल संचालक सोही स्थान बस्ने ३८ बर्षीय जिवन मगर रहेकाछन् । हिजो दिउसो २ बजे चलिरहेको मिलमा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा गम्भिर घाईते भएका जिवनको हिजो बेलुका पौने ९ बजे घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको छ भने उनलाई करेन्ट लागेको देखेर उद्धार गर्ने क्रममा सोही स्थानका ३५ बर्षीय पुर्ण बहादुर मगर समेत सामान्य घाईते भएकाले सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।


 


विराटनगर, ९ साउन । रातो तारा डट कम,प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताउनुभएको छ । बजेटको अभाव नभएकाले आर्थिक वर्षको सुरुबाटै योजना बनाउन र समयमै सम्पन्न गर्न मुख्यमन्त्री राईले कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भुक्तानी मौज्दात अनुमानभन्दा बढी व्यवस्थापन भएकाले बजेट कार्यान्वयनमा समस्या नहुने बताउनुभएको हो । उहाँले प्रदेशस्तरका मन्त्रालय तथा कार्यालयमा कर्मचारी व्यवस्थापन गर्नुपर्दा मापदण्ड बनाएर पारदर्शी ढंगले गर्न निर्देशन पनि दिनुभयो । उहाँले भन्नुभयो–‘कर्मचारी व्यवस्थापनका सम्बन्धमा समस्या नआउनेगरी मापदण्ड बनाउनुहोस् ।’ कर्मचारीको पूर्ण विश्वासका साथ सरकार सञ्चालन गर्ने आफूहरूको नीति भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले कर्मचारी र सरकारबीचको मित्रवत भावनाबाट समग्र कार्यसम्पादन प्रभावकारी हुने बताउनुभयो । 

कार्यक्रममा प्रमुख सचिव विनोदप्रकाश सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १ सरकारको समग्र नेतृत्व गर्ने निकाय भएकाले यो अरुका लागि उदाहरणीय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । समीक्षा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरूसहित अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।



काठमाडौं । रातो तारा डट कम, नेकपा एमालेका महासचिव शंकर पोखरेलले गलत व्यवस्था सहितको नागरिकता विधेयक पारीत गरेर सरकारले सही काम नगरेको बताउनुभएको छ । नेपाली नागरिकता रद्दीको टोकरीमा फ्याँक्ने बस्तु होइन भन्दै उहाँले विवाह गरेर आएकै दिन नेपाली नागरिकता दिने कुरा गलत भएको बताउनुभयो । 

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा बोल्दै महासचिव पोखरेलले भारतीय नागरिकसँग विवाह गरेर जाँदा नेपाली चेलीले भारतको नागरिकता प्राप्त गर्न सात बर्ष पर्खिनु पर्ने तर नेपाल आउने भारतीय महिलले त्यहि दिन नागरिकता प्राप्त गर्ने कुरा गलत भएको बताउनुभयो । यो असमानता भएको पनि उहाँको भनाई थियो । 

अर्को सन्दर्भमा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्री पदका लागि दिल्ली धाउन थाल्नेहरुले राष्ट्रिय स्वाभिमान गिराएको पनि धारणा राख्नुभयो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हालैको दिल्ली भ्रमण प्रति लक्षित गर्दै महासचिव पोखरेले यस्तो बताउनुभएको हो । प्रतिगमन भयो भनेर सडकमा हल्ला गर्दै हिंड्नेहरु नै अहिले प्रतिगमनको बाटो हिंडिरहेको बताउनुभयो । 

केपी ओली नेतृत्वको सरकार हुँदा मुलुकमा शोधनान्तर स्थिति राम्रो अवस्थामा रहेको, विदेशी मुद्राको सञ्चिति ११ महिनाको बस्तु आयात धान्न सक्ने अवस्थामा रहेको भन्दै उहाँले अहिले शोधनान्तर स्थिति कमजोर भएको, बस्तु आयात गर्न विदेशी मुद्राको सञ्चिति केवल ६ महिनालाई मात्र पुग्ने अवस्थामा झरेको भन्दै अर्थव्यवस्थालाई कमजोर बनाइएको बताउनुभयो । वर्तमान गठवन्धनले सरकारको नेतृत्व गरेपछि मुलुकको आर्थिक अवस्था कोभिडकालमा भन्दा कमजोर भएको उहाँको विश्लेषण थियो ।

केशरजंग रायमाझी गद्दार हुन् भन्ने विषयमा सवैको एकमत रहेको स्मरण गर्दै नेपाली काँग्रेससँग संघर्ष गर्नुपर्नेहरु नेपाली काँग्रेससँग नै मिल्न जाँदा त्यो गद्दारी हो वा होइन भनेर पनि उहाँले प्रश्न गर्नुभयो । जसका विरुद्द लड्न भनेर जनमत प्राप्त गर्यो, त्यसैको सेवामा जुट्न गएकाहरुले जनमतको अपमान गरेको उहाँको भनाई थियो । 

नेपाली काँग्रेसलाई मकै बारीमा उम्रिएको झारसँग तुलना गर्दै महासचिव पोखरेलले त्यस्तो झार उम्रिन कुनै मेहनत आवश्यक नरहेको धारणा राख्नुभयो । त्यस्तो झारले मकैलाई हानी पुर्याउने भएका कारण गोडमेल गरेर फ्याँक्ने गरिएको भन्दै राजनीतिको त्यस्ता झारहरुलाई पनि आगामी निर्वाचन मार्फत फ्याक्नु पर्ने उहाँको भनाई थियो । 

नेपालमा नेकपा एमालेको सरकारले सुरु गरेको सामाजिक सुरक्षाको अवधारणा विस्तार हुँदै गएकोमा अहिले त्यसलाई संकुचित बनाउन खोजिएकाले त्यसका विरुद्दमा जनताको विचमा पुगेर जानकारी गराउन पनि महासचिव पोखरेलले आग्रह गर्नुभयो । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सुरु गरिएको ज्येष्ठ नागरिकका लागि भत्ताको व्यवस्था अहिले वृद्दि हुँदै चार हजार पुगेको छ । नेकपाकै नेतृत्वको सरकारले अगाडी बढाएको स्वास्थ्य बीमा कार्यक्रमलाई वर्तमान सरकारले असफल बनाउन खोजिरहेको छ । यसैगरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रति पनि वर्तमान सरकारको खासै चासो देखिएको छैन । त्यसका विरुद्दमा नेकपा एमाले उभिने उहाँको भनाई थियो । 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन पनि क्रान्ति नै भएकोले आगामी निर्वाचनलाई चुनौतिका रुपमा लिएर त्यसमा सफल हुनेगरी अगाडी बढ्न नेकपा एमालेका नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई आव्हान गर्नुभयो । उहाँले समाज वदल्ने हो भनें चुनावलाई प्रतिष्ठाको विषय बनाउनु पर्ने भन्दै वर्ग संघर्षको मोर्चा अहिले चुनावी मोर्चामा फेरिएको बताउनु भएको हो । 

स्थानीय तहको निर्वाचनको परिणामले साँगठनिक अराजकता र दक्षिणपन्थी अवसरवाद नेकपा एमालेमा पनि केहि मात्रामा भएपनि देखिएको भन्दै त्यसलाई आगामी निर्वाचनमा निमिट्यान्न पार्नुपर्ने महासचिव पोखरेलको भनाई थियो । व्यक्तिका लागि नभई पार्टीको तर्फबाट निर्वाचनमा होमिनु पर्ने भन्दै उहाँले सूर्य ध्वजावाहक उम्मेदवार हार्दा पार्टी हार्ने र आफूले पनि हार्ने कुरालाई मनन गरेर सोही अनुरुप निर्वाचनमा जुट्न उहाँले निर्देशन दिनुभयो ।  

नेकपा एमालेका महासचिव पोखरेलले अहिलेको नेपाली राजनीति श्रमजीवि पक्षिय नरहेको भन्दै श्रम गर्नेहरु भन्दा श्रम खानेहरु सम्मानित अवस्थामा रहेको बताउनुभयो । जवसम्म यो परिस्थीति परिवर्तन हुँदैन तवसम्म राज्यले उन्नती गर्न नसक्ने उहाँको भनाई थियो । पुँजिवादले एकपटकको श्रमिक सँधैको श्रमिक बनाउन चाहने भन्दै सर्वहारा वर्ग जन्माउने नै पुँजिवादले हो भन्नुभयो । आजको श्रमिक भोलीको रोजगारदाता र उद्यमी हुन सक्ने भन्दै त्यसमा राज्यले मद्दत गर्नुपर्ने र राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने महासचिव पोखरेलले बताउनुभयो । 

नेपालको राजनीति सही बाटोमा नरहेको भन्दै महासचिव पोखरेलले तीनवटा ठूला राजनीतिक परिवर्तन पछि पनि अवस्था नेकपा एमालेले चाहेजसरी सही ठाउँमा आइनपुगेको धारणा राख्नुभयो । नेकपालाई बलियो पार्टी बनाउन खोजिएपनि त्यो केवल मोर्चा जस्तो मात्र बनेको र मोर्चाले विश्वका कुनै पनि देशमा परिवर्तन नभएको विचार प्रकट गर्नुभयो ।

श्रमजीवि वर्गलाई संगठित गर्दै, एकतावद्द गर्दै सवै श्रमजीवि वर्गको साझा संगठनका रुपमा जिफन्टलाई लैजानु पर्ने उहाँले बताउनुभयो । असंगठित रुपमा रहेकाहरुलाई संगठित गर्न, अनौपचारिक क्षेत्रका श्रमिकलाई श्रम आन्दोलनमा अझ बलियोसँग जोड्न आवश्यक रहेको उहाँको भनाई थियो । ह्वाईट कलर र व्लू कलरका नाममा श्रमिकलाई विभाजित गर्ने काम गरिएको भन्दै उहाँले अलग अलग कित्तामा विभाजित हुँदा त्यसले श्रम आन्दोलनलाई कमजोर बनाउने धारणा राख्नुभयो । 

जिफन्टलाई यसबीचमा विभाजन गर्ने प्रयास गरिएपनि एकढिक्का राख्न सकेकोमा उहाँले धन्यवाद पनि दिनुभयो । नेकपाको एकताका वावजूद परिस्थीतिको आँकलन गरेर जिफन्टलाई छुट्टै संगठनका रुपमा राखेर विभाजन हुन नदिई यसको नेतृत्वले दुरदर्शी काम गरेको भन्दै महासचिव पोखरेलले प्रशंसा पनि गर्नुभयो ।   

बन्द सत्रमा जिफण्ट अध्यक्ष बिनोद श्रेष्ठले आगामी चारबर्षको लागि नीतिगत प्रस्ताव, उपाध्यक्ष रमेश बडालले विधान संशोधनको प्रस्ताव, उपाध्यक्ष विदुर कार्कीले आगामी कामको प्रस्ताव तथा महासचिव जनक चौधरीले चारवर्षको साँगठनिक प्रस्ताव टेवुल गर्नुभयो । महाधिवेशनमा देशभरीबाट जिफन्टका झण्डै ५ सय प्रतिनिधि सहभागि छन् । 


 

मोरङ, २०७९ श्रावण ९ गते ।रातो तारा डट कम, मोरङको जहदा गाऊपालिका १ कालाबंजरा स्थितमा नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजादै गरेको दिलवाले रक्सी १५० कार्टुन नियन्त्रणमा लिईएको छ । हिजो राती १० बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को१त ५९१३ नम्बरको ट्याक्टरमा लोड गरी लादै गरेको अबस्थामा नियन्त्रणमा लिएको थियो । प्रहरीलाई देख्न साथ चालक गाडी छोडी फरार रहेकाले खोजतलास भईरहेको छ । नियन्त्रणमा लिएको रक्सी आबश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय ईटहरीमा पठाउने पहल भईरहेको छ ।

 


शिव भट्टराई  मोरङ  साउन ८ गते, आईतबार । रातो तारा डट कम,सुनसरीको इटहरीमा रहेको आकाश इंस्टीट्यूटले एसईई दिएर बसेका विद्यार्थीहरुको उच्च शिक्षाका लागी तयारी कक्षा लिईरहेका विद्यार्थीहरुलाई विदाई कार्यक्रम संपन्न गरेको छ। आइतबार इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा संपन्न भएको कार्यक्रममा इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यता र  आकाश इंस्टीट्यूटका प्रबन्ध निर्देशक कमल तिम्सीनाको सभापतित्व रहेको थियो।


कार्यक्रममा बोल्दै प्रमूख अतिथि पौडेलले विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए।


इंस्टीट्यूटले विगत लामो समयदेखि इटहरीमा उच्च शिक्षा हासिल गर्न इन्जिनियरिङ , मेडिकल , ब्रिज कोर्स साइन्स सिटीभिटीका लागि तयारी कक्षाहरु सञ्चालन गर्दै आइरहेको र यसपाली पनि एस ई ई दिएर बसेका विद्यार्थीहरुलाई २ महिनाको अन्तरालमा पढाई सम्बन्धी मात्रै नभएर अतिरिक्त बाहिरी ज्ञान सहित परामर्श दिएर विदाईको क्रममा प्रमाण पत्र प्रदान गरिएको  प्रबन्ध निर्देशक तिम्सिनाले बताएका छन्।

त्यसैगरी विभिन्न सांकृतिक कार्यक्रम गर्दै सम्पन्न भएको सो कार्यक्रममा इटहरीका शिक्षा महाशाखाका प्रमुख , रोट्रयाक क्लब इटहरीका अध्यक्ष संयोग पराजुली,विभिन्न कलेजका प्रतिनिधिहरू, विद्यार्थीहरू लगायत सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रम गोपाल निरौलाले सञ्चालन गरेका थिए।


बिराटनगर, २०७९ श्रावण ८ गते । रातो तारा डट कम,धनकुटा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले  पक्राउ गरेको छ । शनिबार दिउँसो ३ बजे  अस्थाई प्रहरी पोष्ट बेलहारा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ जादै गरेको प्रदेश न १-०२-००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा छतमा राखेको बोरामा ४ किलोग्राम गाँजा फेला पारेको थियो ।

यसरी गाडीमा लागुऔषध गाँजा बरामद भएसंगै चालक शहिदभुमी गाउँपालिकापा-५ का २१ वर्षीय मनोज परियारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ । यसैगरी सुनसरीको ईनरुवा नगरपालिका-४ बाट ठुलो परिमाणको गाँजा सहित १ जना पक्राउ परेका छन । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले  पुर्व पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको को. १ ख २९२६ नम्बरको  पिकअपलाई चेकजाँच गर्ने क्रममा ७ बोरा (२०८) केजी गाँजा फेला पारी बरामद गरेको हो । पिकअपमा गाँजा बरामद भएसंगै चालक सहिद भुमि गाउँपालिका-२ धनकुटाका २० बर्षीय तेज राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय  सुनसरीबाट थप अनुसन्धान भईरहेको छ   ।


काठमाडौ २०७९ साउन ८ गते  । रातो तारा डट कम,अछामको पञ्चदेवल विनायक नगरपालिकाका–९ तामकोटकी अस्मिता बोहराको आर्थिक अभागका कारण उपचारमा समस्या भएको छ । खुट्टा भाँचिएर १२ बर्षीय अस्मिता थला परेको दुई बर्षभन्दा धेरै भइसकेको छ ।

परिवारका अनुसार घरमै एकाएक अस्मिताको खुट्टामा समस्या देखिएपछि उपचारको लागि भारत लगिएको थियो । एक्स रे गर्दा खुट्टाको हड्डी भाँचिएको थाहाँ भएपछि भारतमै दुईपटक अप्रेशन गरिएको बुबा मिनबहादुर बोहराले बताए ।
आर्थिक समस्या भएपछि अस्मितालाई नेपालमै ल्याउन बाध्य भएको बुबा मिनबहादुरले बताए । अहिले बनेपास्थित अपांग अस्पताल तथा पुनःस्थापन केन्द्रमा भइरहेको छ । केन्द्रमा पनि दुईपटक अप्रेशन भइसकेको छ । केन्द्रले बच्चाहरुको हड्डी आफै भाँचिने दुर्लभ रोग भएको र उपचार प्रक्रिया लामो हुने बताएको छ ।
पाँच बर्षसम्म उपचार प्रक्रिया लाग्ने केन्द्रले बताएको अस्मिताका कान्छा बुबा उपेन्द्र बोहराले बताए । यही साउन ९ गते फेरि अर्को अप्रेशनको लागि बताएको तर आर्थिक अभावका कारण अस्पताल जान नसकेको उपेन्द्रले बताएका छन् । नियमित औषधि जाँच हुन नसक्दा अहिले घाउ पनि बल्झिाएको समेत उनले बताए ।
तीन बर्षसम्म उपचार गर्दा घरको सबै धनसम्पती सकिएको बताउँदै बुबा मिनबहादुरले सहयोगको लागि सबैसँग अनुरोध गरेका छन् । “उपचारमा सबै सम्पती सकियो तर छोरीलाई राम्रोसँग सन्चो हुन सकेको छैन । अझै केही समय लाग्ने अस्पतालले बताएको छ । तर, आर्थिक अभावका कारण अप्रेशन नै रोकिएको छ । तपाईँहरुको सानो सहयोगले मेरो छोरीले नयाँ जीवन पाउन सक्छ, सक्दो सहयोग गरिदिनु अनुरोध गर्दछु” बुबा मिनबहादुर बोहराले भने ।
अस्मिता कक्षा चारमै पढ्दै गर्दा खुट्टा भाँचिएको र अहिले पढाईमा पनि रोकिएको बुबा मिनबहादुरले बताए । सहयोग गर्न चाहनेहरूले अस्मिताका कान्छु बुबाको मोबाइल नम्बर ९८४०१३५५३१र९७४६९६३०७५ तथा हेमन्त सिंह बोहराको नाममा सानिमा बैंकमा रहेको खाता नं। ०२८०११०६०००३५९४ मा पनि गर्न सक्नु हुनेछ ।


काठमाडौ साउन ८ गते । रातो तारा डट कम, गैर आवसीय नेपाली संघ (एनआरएनए)ले नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित हुनु स्वागतयोग्य कुरा भएको बताएको छ । संघका अध्यक्ष विनोद कुँवरले विधेयकले गैरआवसीय नेपाली संघलाई संविधानले दिएको अधिकार कार्यान्वयन गरेको बताए । उनले संघले नागरिकताको निरन्तरताको माग गर्दै आएको समेत बताए । 

अध्यक्ष कुँवरले आफूहरुले उठाउँदै आएका धेरै मागहरु विधेयकले नसमेटेको भएपनि संविधानले गैरआवसीय नेपालीलाई दिएको अधिकार कार्यान्वयनको दिशामा अघि बढेकोले संघले स्वागत गरेको बताए । उनले विधेयक पक्षमा मत राख्ने सबै सांसदहरुलाई धन्यवाद समेत दिए । 

“यस विधेयकका संघले उठाउँदै आएका धेरै मागहरु त छैनन् तर नागरिकताको निरन्तरता माग पूरा हुने दिशामा अघि बढेको छ । गैरआवसीय नेपालीलाई संविधानले दिएको अधिकार कार्यान्वयन हुन्छ भन्ने आशा र विश्वास बढेको छ, यसकारण संघ विधेयकको स्वागत गर्दछ” कुँवरले भने । उनले विगत लामो समयदेखि मागको रुपमा रहेको नेपाली नागरिकताको निरन्तरतालाई नेपालको संबिधानमा राजनैतिक अधिकार बाहेक बाँकी सबै अधिकार पाउने गरि गैरआवासीय नेपाली नागरिकताको ब्यबस्था गरिएको बताए । 

विधेयकमा आफूहरुका थुप्रै मागहरु नसमेटिएको भन्दै अध्यक्ष कुँवरले यसअघि नै असहमति जाहेर गरेको बताउँदै भने, “यस बिधेयकमा थुप्रै कुरामा हाम्रो गुनासो छ, संसोधनका लागि अनुरोध पनि गरेका थियौँ, केहि बुँदामा हाम्रो असहमति पनि   छ । तर पनि संबिधानले दिएको यो संबैधानिक अधिकार कार्यान्वयन गर्न यो बिधेयले पहिलो पटक दिने गैरआवासीय नेपाली नागरिकता एउटा उपलब्धि हो ।”

अध्यक्ष कुँवरले संविधानले दोहोरो नागरिकता नभएर आफूहरुलाई गैरआवासीय नेपाल नागरिकता मात्रै भएको बताउँदै उक्त कार्य तत्कालिन अध्यक्ष डा. शेष घलेको विशेष प्रयासमा सुनिश्चित भएको बताए ।

शुक्रबार सरकारले नागरिकता विधेयकसम्बन्धी संसदमा बहुमतले पारित गरेको थियो । 



झापा, २०७९ श्रावण ८ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचिपुल छेउबाट लागुऔषध  ब्राउनसुगर सहित  २ जनालाई  प्रहरीले पक्राउ  गरेको छ । शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका कन्काई नगरपालिका-४ बस्ने ३२ वर्षीय सनम श्रेष्ठ र सोही स्थान बस्ने २५ बर्षीय सन्दिप कुमाललाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । यसरी ब्राउनसुगर सहित पक्राउ परेका उनीहरुको  ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।


बिराटनगर २०७९ साउन ८ गते । रातो तारा डट कम,भारतको वथनाहबाट मोरङको विराटनगरसम्म निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे संचालन पूर्व तयारीका सम्वन्धमा उद्योग संगठन मोरङमा भएको वैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एस.के. चौधरीले विराटनगर देखि कार्गो रेल्वेअविलम्वसंचालनमा ल्याउने वताए । 

छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष्ँ सुयश प्याकुरेलले मिरगंज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा मालवाहक रेल्वे संचालनले राहत दिने वताए । यस क्ष्ँेत्रबाट भईरहेको नेपाल भारत वीचको व्यापार अभिवृद्धिमा यो परियोजना कोशेढुंगा सावित हुने वताउदै उनले स–साना वाधा व्यवधानलाई अविलम्व समाधान गरी मालवाहक रेल्वे संचालनमा ल्याउन भारत र नेपाल पक्ष्ँका अधिकारीलाई आग्रह गर्दै नीजि क्ष्ँेत्रका तर्फबाट उद्योग संगठन मोरङ सहजीकरण गर्न तयार रहेको वताए ।  

भारतीय रेल्वे, डिभिजनल रेल्वे मेनेजर एस.के.चौधरीले १८ दशमलव ६ किलोमिटर लम्वाई भएको वथनाह विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको वताउदै नेपाल र भारत सरकार वीच प्राविधिक र प्रशासनिक प्रकृया पुरा भएको १० देखि १५ दिनमा कार्गो रेल संचालनमा ल्याउन सकिने वताए । उनले जोगवनीमा रेल्वे रिपेयरिङ सेन्टरको निर्माणका लागि भारतीय रेल्वे मन्त्रालय समक्ष आवश्यक वजेटका लागि अनुरोध गरेको जानकारी दिदै उक्त सेन्टरको निर्माण पश्चात अन्य स्थानका लागि नया प्यासेन्जर रेल थपिने जानकारी दिए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले दुई देशिय व्यापार विस्तारका लागि महत्वपूर्ण कार्गो रेल संचालनमा ल्याउन महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै नेपाल सरकारका तर्फबाट गर्नुपर्ने प्राविधिक र प्रशासनिक प्रकृयाका पुरा गर्न प्रधानमन्त्री समक्ष पहल गर्ने वताए ।  

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले निर्माणको क्रममा देखिएका वाधाहरु समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने वताए । छलफलमा विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटाले मिरगंज पुलका कारण आयात निर्यातमा समस्या आउदा राजश्व संकलन समेत प्रभावित भएको जनाउदै कार्गो रेल संचालनमा ल्याउन भन्सारको सहयोग रहने वताए । नेपालको रेल विभागका ईन्जिनियर रोशन कुमार देवले दुवै देशका प्राविधिक टोलिले निर्माणधिन परियोजनाको प्राविधिक पक्ष्ँ परिक्षण गरी अन्य प्रशासनिक प्रकृया पुरा गरे पश्चात विराटनगर वथनाह रेल संचालनमा आउने वताउदै त्यसको लागि तयारी भईरहेको जानकारी गराए । 

संगठनका वरिष्ठ उपाध्यक्ष्ँ प्रदिप मुरारकाले यस क्ष्ँेत्रका ईडिवल आयल उत्पादन गर्ने उद्योगहरुका कच्चा पदार्थ स्टोर गर्न आफनै खर्चमा टेंक निर्माण गर्न तयार रहेको वताउदै त्यसका लागि सहजीकरण गरिदिन डिभिजनल रेल्वे मेनेजर समक्ष अनुरोध गरे । संगठनका पूर्व अध्यक्ष्ँ किशोर प्रधान र अशोक मुरारकाले जोगवनी रेल्वे यार्डमा पानि जम्नुका साथै नेपालको मालसमान रातीका समयमा अनलोड गर्न समस्या भईरहेको वताए । 

संगठनका पूर्व उपाध्यक्ष एव उद्योगी राकेश सुरानाले नेपालबाट भारतको विभिन्न स्थानमा उपचार गराउन, अध्ययन गर्न र धार्मिक प्रयोजनका लागि यस क्षेत्रबाट जाने यात्रुहरुको संख्या अत्यधिक रहेकाले थप गन्तव्य पहिचान गरी नया रेल थप्नुपर्नेमा जोड दिए । 

छलफलमा संगठनका उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य पारस लुनिया, भारतीय रेल्वे, जोगवनी आई.सि.पि., नेपाल रेल्वे विभाग, नेपाल आई.सि.पि. का प्रतिनिधि लगायत उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।



मोरङ२०७९ श्रावण  ८ गते । मोरङको बिराटनगर-१८  स्थितबाट अबैध सुपारी  बोकेको ८ वटा भारतिय नम्वरको ट्रक प्रहरीले  नियन्त्रणमा लिएको छ ।

बिहिबार राती साँढे १० बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैधरुपमा सुपारी बोकेको ८ वटा भारतिय नम्वरको ट्रकहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका 
MP09HG8320, MP22H1031, UP50BT7277, UP62BT8121, UP54T6429,UP50AT3158,UP62CT0627 र UP45T1624 नम्वरको ट्रकबाट २ लाख १९ हजार ५ सय ९६ किलोग्राम सुपारी प्रहरीले बरामद गरेको हो । अवैध सुपारी सहित पक्राउ परेका ८ वटा भारतिय नम्वरका ट्रकहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ । 


काठमाण्डौ । रातो तारा डट कम, विश्व हिन्दू परिषद नेपालको काठमाण्डौ जिल्ला समिति पुणर्गठन भएको छ । विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष श्री टिका बहादुर पहारी, महासचिव जितेन्द्र कुमार सिंह, संगठन सचिव प्रल्हाद कुमार एवं काठमाण्डौ उपत्यका संयोजक श्री बाबु शरण सुवेदीको विशेष उपस्थितिमा साउन ७ गते जाउलाखेल स्थित सम्पर्क कार्यालयमा आयोजित एक समारोह बिच समिति पुणर्गठन गरिएको हो ।

धार्मिक अभियान्ता एवं अधिवक्ता श्री तुलसी राम पोख्रेलको अध्यक्षतामा १९ सदस्य समिति पुर्नगठन गरिएको हो । समिति गठन कार्यक्रममा विभिन्न धार्मिक सामाजिक अभियान्ता लगायत परिषदका स्थानीय कार्यकर्ता एवं स्थानीयबासी समेतको उपस्थिति रहेको थियो ।

- राजाराम दास 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.