Websoft University

एनआरएनले भन्यो–नागरिकता विधेयक पारित हुनु स्वागतयोग्य


काठमाडौ साउन ८ गते । रातो तारा डट कम, गैर आवसीय नेपाली संघ (एनआरएनए)ले नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित हुनु स्वागतयोग्य कुरा भएको बताएको छ । संघका अध्यक्ष विनोद कुँवरले विधेयकले गैरआवसीय नेपाली संघलाई संविधानले दिएको अधिकार कार्यान्वयन गरेको बताए । उनले संघले नागरिकताको निरन्तरताको माग गर्दै आएको समेत बताए । 

अध्यक्ष कुँवरले आफूहरुले उठाउँदै आएका धेरै मागहरु विधेयकले नसमेटेको भएपनि संविधानले गैरआवसीय नेपालीलाई दिएको अधिकार कार्यान्वयनको दिशामा अघि बढेकोले संघले स्वागत गरेको बताए । उनले विधेयक पक्षमा मत राख्ने सबै सांसदहरुलाई धन्यवाद समेत दिए । 

“यस विधेयकका संघले उठाउँदै आएका धेरै मागहरु त छैनन् तर नागरिकताको निरन्तरता माग पूरा हुने दिशामा अघि बढेको छ । गैरआवसीय नेपालीलाई संविधानले दिएको अधिकार कार्यान्वयन हुन्छ भन्ने आशा र विश्वास बढेको छ, यसकारण संघ विधेयकको स्वागत गर्दछ” कुँवरले भने । उनले विगत लामो समयदेखि मागको रुपमा रहेको नेपाली नागरिकताको निरन्तरतालाई नेपालको संबिधानमा राजनैतिक अधिकार बाहेक बाँकी सबै अधिकार पाउने गरि गैरआवासीय नेपाली नागरिकताको ब्यबस्था गरिएको बताए । 

विधेयकमा आफूहरुका थुप्रै मागहरु नसमेटिएको भन्दै अध्यक्ष कुँवरले यसअघि नै असहमति जाहेर गरेको बताउँदै भने, “यस बिधेयकमा थुप्रै कुरामा हाम्रो गुनासो छ, संसोधनका लागि अनुरोध पनि गरेका थियौँ, केहि बुँदामा हाम्रो असहमति पनि   छ । तर पनि संबिधानले दिएको यो संबैधानिक अधिकार कार्यान्वयन गर्न यो बिधेयले पहिलो पटक दिने गैरआवासीय नेपाली नागरिकता एउटा उपलब्धि हो ।”

अध्यक्ष कुँवरले संविधानले दोहोरो नागरिकता नभएर आफूहरुलाई गैरआवासीय नेपाल नागरिकता मात्रै भएको बताउँदै उक्त कार्य तत्कालिन अध्यक्ष डा. शेष घलेको विशेष प्रयासमा सुनिश्चित भएको बताए ।

शुक्रबार सरकारले नागरिकता विधेयकसम्बन्धी संसदमा बहुमतले पारित गरेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.