Websoft University
December 2021


काठमाडौँ । स्थानीय सरकार र सुशासनको क्षेत्रमा समाचार लेख्दै आएका पत्रकारहरूले स्थानीय सरकारको विकास, आर्थिक पारदर्शिता र सुशासनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूणर् हुनेमा जोड दिएका छन् ।

स्थानीय सरकारले गरेका सकारात्मक काम, नकारात्मक काम तथा कानुनी दायित्व र जटिलताको बारेमा खोजी गरेर समाचार लेखेर स्थानीय सरकारलाई जिम्मेवार बनाउने भूमिका पत्रकारहरूको भएको उनीहरूले बताएका हुन् ।

द एसिया फाउण्डेसन र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को सहकार्यमा आज काठमाण्डौँमा भएको ‘स्थानीय सरकार सवलीकरणमा सञ्चारमाध्यमको भूमिका’विषयक अन्तक्र्रियात्मक कार्यक्रममा पत्रकार लिलानाथ घिमिरेले स्थानीय तहका नागरिकलाई विवाहदर्ता, जन्मदर्ता, मृत्युदर्ता जस्ता सामान्य नियम, कानुनको समेत जानकारी नभएको र यसमा स्थानीय तहका जनप्रतिनिधिले पनि उनीहरूलाई नबुझाएको पाईएको बताउनुभयो ।

आमसञ्चारका माध्यमले यस्ता विषयमा रिर्पोटिङ गरी स्थानीय सरकारलाई जिम्मेवार बनाउनुपर्नेमा उहाँको जोड थियो ।

स्थानीय तहको क्षेत्रमा रिर्पोटिङ गर्दै आउनुभएका पत्रकार रञ्जित तामाङले देश सङ्घीयतामा गए पनि पत्रकारिता क्षेत्र सङ्घीय ढाँचामा प्रबेश गर्न नसकेको बताउदै स्थानीय सरकारमा भएका भ्रष्टाचार र अनियमितताका विषय अझैँ सार्वजकि हुन बाँकी रहेको धारणा राख्नुभयो ।

जनप्रतिनिधि र पत्रकारका बीचमा सूचना लेनदेनमा सहकार्य हुनुपर्नेमा जोड दिदै उहाँले स्थानीय सरकारको संवैधानिक अधिकार र दायराका बारेमा बारम्बार सञ्चारमाध्यमले सामग्री प्रकाशन तथा प्रसारण गरेर झक्झक्याइदिनुपर्ने बताउनुभयो ।

पत्रकार कृष्णमुरारी पुडासैनीले पत्रकारहरूले स्थानीय तहका सवाल, समस्या र समाधानका विषयमा अझैँ गहिरिएर रिर्पोटिङ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

ठूला सञ्चारमाध्यमले स्थानीयस्तरमा भएका सानासाना कामका बारेमा पनि रिर्पोटिङ गर्नुपर्नेमा जोड दिदै उहाँले स्थानीय तहको समाचार स्थानीय सञ्चारमाध्यमले मात्रै उठाएर नपुग्ने बताउनुभयो ।

पत्रकार संगम महतले संविधानमा जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकारको बारेमा स्पष्ट उल्लेख भए पनि एकअर्काले क्षेत्राधिकार मिचेर काम गर्ने गरेको पाईएको भन्दै यसका बारेमा सञ्चारमाध्यमले समाचार बनाउनुपर्ने बताउनुभयो ।

स्थानीय सरकारलाई थप जिम्मेवार, जवाफदेही र परिपक्व बनाउनको लागि सञ्चारमाध्यमको भूमिका महत्वपूणर् हुने उहाँको भनाइ थियो ।

पत्रकार टेनिस रोकाले स्थानीय तहमा हुने अनियमितता र भ्रष्टाचारको विषयलाई पनि पत्रकारहरूले निरन्तर रुपमा उठाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सञ्चारमाध्यम पनि विकेन्द्रीकरण हुनुपर्नेमा जोड दिदै उहाँले पत्रकारहरू स्थानीय तहमा नियमित पुगेर रिर्पोटिङ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पत्रकार मञ्जिमा ढकालले स्थानीय सरकारले संविधानमा भएको विषय नै कार्यान्वयन गर्न नसकेको भन्दै यसबारेमा सचेतना जगाउने खालका रिर्पोटिङ गर्नुपर्नेमा जोड दिदै सबै स्थानीय सरकारको एकमुष्ट सूचनाको लागि सीआईएन जस्तो सञ्चारमाध्यमले नेटवर्किङ गर्नुपर्ने बताउनुभयो ।

पत्रकार केशब भूलले स्थानीय तहको रिर्पोटिङमा सञ्चारमाध्यमले सहजिकरण गरिदिनुपर्नेमा जोड दिदै कसैको प्रायोजनमा गरिएको रिर्पोटिङमा स्थानीय सरकारको भ्रष्टाचार र अनियमितताको विषय उठाउन नसकिने बताउनुभयो ।

कार्यक्रममा अकोराबका सचिब सुर्दशन खतिवडाले सङ्घीयताको बारेमा कतिपय जनप्रतिनिधिका बीचमा नै अन्योलता रहेको बताउदै अन्योलता हटाउने खालका सूचना र जानकारीहरू सञ्चारमाध्यमबाट दिनुपर्ने धारणा राख्नुभयो ।

सङ्घीयताको नयाँनयाँ अभ्यासका कारण पनि केही समस्याहरू आएको बताउदै उहाँले स्थानीय तहले गरेका सकारात्मक र सङ्घर्षका सबै विषयहरूलाई उठाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

अकोराबका कोषाध्यक्ष सरोज पौडेलले स्थानीय तहले गरेका सकारात्मक विषयहरूमा समाचार लेखेको खण्डमा अन्य स्थानीय तहको लागि पनि सिकाइ हुने बताउनुभयो ।

स्थानीय तहमा कर्मचारी अभावका कारण देखिएको समस्या, प्रभाव, कर्मचारी र जनप्रतिनिधिबीचको मतभेद तथा भ्रष्टाचारको सवालमा भएका मिलेमतोको विषयलाई पनि प्राथमिकताका साथ सञ्चारमाध्यमले उठाउनुपर्ने उहाँको विचार थियो ।(सीआईएनबाट)

 


विराटनगर, । रातो तारा डट कम, नेपाल जनस्वास्थ्य संघको आगामी नेतृत्वका लागि प्रगतिशिल प्यानलबाट उम्मेदवारी दिएका जनस्वास्थ्यकर्मीहरुले जनस्वास्थ्य संघलाई देखिने र सुनिने गरिको संगठन बनाइने बताएका छन् । 

बर्तमान नेतृत्वले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको भन्दै आगामी निर्वाचनबाट आफुहरु नेतृत्वमा आउने दावी गर्दै प्रगतिशिल प्यानलबाट अध्यक्षका उम्मेदवार बसन्त अधिकारीले देखिनेगरिको संगठन बनाईने बताउनुभयो । विराटनगरमा आज उम्मेदवार परिचयात्मक कार्यक्रम सहित १९ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै उहाँले कोभिड १९ को संक्रमणमा समयमा नेतृत्व चुकेको आरोप लगाउनुभयो । उहाँले आफ्ने प्यानलका उम्मेदवा विजयी भए लगत्तै संगठनको धारणा सार्वजनिक .गरिने बताउनुभयो । उहाँले भन्नुभयो,‘ स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको दरवन्दी सिर्जना र यसका लागि पैरवी गरिने छ ।’ 

३० वर्षदेखि एउटै विचारधाराको नेतृत्व रहेका कारण जनस्वास्थ्य संघले गतिलिन नसकेको उहाँले बताउनुभयो । संगठन विस्तारमा नेतृत्वको ध्यान पुग्न नसकेको अधिकारीले बताउनुभयो । उहाँले आगामी निर्वाचनबाट चेनब्रेक हुने दावी गर्नुभयो ।  प्रगतिशिल प्यानलमा अनुभवि व्यक्तिहरु रहेको उहाँले बताउनुभयो । अधिकारीले भन्नुभयो,‘ यो टिम जनस्वास्थ्य संघलाई नेतृत्व गर्न सक्षम छ ।’ 

बहुमत सदस्यहरुको माया र जनस्वास्थ्यमा लामो समयदेखिको अनुभव लिएका व्यक्तिहरु प्रगतिशिल प्यानलमा रहेकाले आफ्नो समूहको जित निश्चित भएको महासचिवका उम्मेदवार कैलाशखाकी श्रेष्ठले बताउनुभयो । उहाँले प्रदेश १ बाट उम्मेदवार सहितको अभियान शुरुवात गरिएको बताउनुभयो । 

प्रगतिशिल प्यानलबाट उपाध्यक्षमा सुर्शन पौडेल, महासचिवमा कैलाशखाकी श्रेष्ठ, सचिवमा तेजप्रसाद दुलाल, कोषाध्यक्षमा डमरुप्रसाद पनेरु, सहकोषाध्यक्षमा हईकली थापा लगायत रहेका छन् । 

आगामी पुस २४ गते हुने जनस्वास्थ्य संघको निर्वाचनले १५ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ । मतदान ७ वटै प्रदेशका राजधानी र काठमाण्डौंमा गरिने व्यवस्था मिलाईएको छ । मतदानमा १ हजार ७१८ जना मतदाता रहेको बताईएको छ । 





काठमाडौ  पुस १२ गते । रातो तारा डट कम, आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा १२ दल दर्ता भएको आयोगले जनाएको छ।

दर्ता भएका माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी, नेपाली काँग्रेस राष्ट्रिय जनमोर्चा पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलले निर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिएका छन।

आयोगका अनुसार पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र दललाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि राष्ट्रियसभाको निर्वाचन हुने भएको छ।

 

झापा,२०७८ पौष १२ गते । रसतो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-६ मेची पुल छेउबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक-५ का ३६ बर्षीय राजु बि.क.लाई ८ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित आज बिहान साँढे ११ बजे पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका बि.क.को सम्बन्धमा प्रहरीले थप अनुसन्धानगरिरहेकोछ ।


 शिव भट्टराई,मोरङ । रातो तारा डट कम,सुन्दरहरैंचा नगर प्याब्सनको आयोजनामा र नेल्टाको प्राविधिक सहयोगमा नगर क्षेत्र भित्रका संस्थागत स्कूलहरूका अंग्रेजी विषयका शिक्षकहरुका लागि अंग्रेजी भाषा शिक्षण शिक्षक तालिम आईतबार विराटचोकको जेसिज सभाहलमा सम्पन्न भएको छ।तालिममा सुन्दरहरैंचा नगरपालिका भित्रका २३ वटा मा.वि स्कुलका ४० जना अंग्रेजी विषयका शिक्षकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका शिक्षा शाखा प्रमुख


राम प्रसाद ढुंगेलको प्रमुख आतिथ्यता रहेको थियो भने प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दिपेन्द्र राईको सभापतित्व रहेको थियो।


उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगेलले निजी श्रोतबाट सञ्चालित संस्थागत स्कुलका शिक्षकहरूलाई अंग्रेजी शिक्षा शिक्षण विधिको तालिम आयोजना गरेर प्याब्सन सुन्दरहरैंचाले राम्रो काम गरेको र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरुलाई निरन्तरता दियोस् भन्दै बालबालिकामा रहेको अन्तर निहित ज्ञान र सीपलाई प्रस्फुटन गराउन आग्रह गर्दै शुभकामना व्यक्त गरेका थिए।कार्यक्रममा मुख्य प्रशिक्षक शिखा गुरुङले अंग्रेजी भाषा, शिक्षण कला, दैनिक पाठ योजना, बाल मनो विज्ञानमा आधारित शिक्षण सिकाइ क्रियाकलाप आदिको बारेमा प्रशिक्षित गरेकी थिइन्।

तालिममा दुलारी मल्टिपल स्कूल, प्रभात किरण, इन्द्रपुर नमुना, हरैंचा मोडल, स्कलर्स होम, माउण्ट मकालु, लभ्लिएन्जल,लालीगुराँस, बाल सदन, पूर्वाञ्चल एकेडेमी,ज्ञान ज्योति,जुपिटर लगायत सुन्दरहरैंचामा रहेका अन्य स्कुलका दुई दुई जना शिक्षकको सहभागिता रहेको थियो।तालिमको समापन समारोहमा सहभागी शिक्षक सूर्य दंगाल, प्रमिला गुरागाईं र मुकुन्द अधिकारीले तालिम उपयोगी हुनाको साथै नयाँ शैलीबाट शिक्षण गर्ने सीप र कला प्राप्त भएको बताएका थिए।

सोही कार्यक्रममा बोल्दै नेल्टा प्रदेश नं १ का अध्यक्ष एन.पी.भण्डारी र नेल्टा सुनसरीका अध्यक्ष रविन बरालले प्याब्सन सँगको सहकार्यमा कार्यक्रम गर्न प्रतिबद्ध रहेको बताएका थिए भने सो कार्यक्रम सुन्दरहरैंचा प्याब्सनका सचिव टिका पराजुलीले सञ्चालन गरेका थिए।


 विराटनगर । रातो तारा डट कम, नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य अमृत अर्यालले महाधिवेशनसँगै कांग्रेसभित्रको गुट–उपगुटको अन्त्य भएको बताएका छन् । 

विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै अर्यालले गाउँदेखि केन्द्रसम्म समूह बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरे पनि महाधिवेशन सम्पन्न भएसँगै पार्टीभित्रको गुटहरू समाप्त भएको दाबी गरे । “म गुटभन्दा पनि विचार समूह भन्न रुचाउँछु, पार्टीको महाधिवेशन सम्पन्न भइसकेकाले सबै विचार समूहलाई समेटेर कांग्रेसलाई सुदृढ र सशक्त पार्टी बनाउनेतर्फ ध्यान दिनुपर्छ,” अर्यालले भने, “महाधिवेशनमा शेरबहादुर दाइ, शेखर दाइ, विमलेन्द्र दाइ र प्रकाश दाइको विचार समूहबीच प्रतिस्पर्धा भयो, म शेरबहादुर दाइको विचार समूहबाट चुनाव लडेर जितें । अब कुनै कटुता र अहमता नराखी अगाडि बढ्नुको विकल्प छैन ।”

उनले आन्तरिक प्रतिस्पर्धालाई सामान्य रूपमा लिएर आगामी तीनै तहको निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिए । महाधिवेशनमा गुटभन्दा पनि विचार समूहबीच प्रतिस्पर्धा भएको चर्चा गर्दै उनले सबै विचार समूहलाई समेटेर अगाडि बढेमात्रै आसन्न तीनै तहको निर्वाचनमा देशभर कांग्रेसको जित हुने प्रस्ट पारे । “हाम्रो लक्ष्य र उद्देश्य भनेको आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई जिताउनु हो,” उनले भने, “महाधिवेशनमा भएका तिक्ततालाई बिर्सिएर अहिलेदेखि नै कांग्रेसको संगठनलाई बलियो बनाउनेतर्फ लाग्नुपर्छ ।” 

मोरङबाट स्थापित नेताहरू महाधिवेशनमा पराजित भए पनि उनीहरूलाई समेटेर अगाडि बढ्ने उनले बताए । आफूहरू जितको उन्मादमा नरहेको बताउँदै अर्यालले पराजित भएका अग्रज नेताहरूको अनुभव र मार्गनिर्देशनअनुसार पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । अर्यालको स्वागतका लागि ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू विमानस्थलमा पुगेका थिए । मंसिर २४ देखि २८ सम्म काठमाडौंमा भएको १४ औं महाधिवेशनमा प्रदेश–१ बाट अत्यधिक मतका साथ अर्याल केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । 



 

विराटनगर, ११ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सामाजिक सुरक्षा भत्ताका कारण जेष्ठ नागरिकलाई हेरिने दृष्टिकोणमा परिवर्तन आएको बताउनु भएको छ । सामाजिक सुरक्षा भत्ताकै कारण परिवारबाट जेष्ठ नागरिकले माया पाएको उहाँले बताउनुभयो । मन्त्री यादवले भन्नुभयो,‘ छोरा–छोरीले सम्मान गर्र्ने गरेको पाईएको छ ।’ 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज विराटनगरमा आयोजना गरेको सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारीतामा सरकार र नागरिकको भूमिका विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा मन्त्री यादवले सो कुरा बताउनु भएको हो । उहाँले सामाजिक सुरक्षा भत्ता वितरणमा हुने गरेको असहजतालाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री यादवले अन्यको तुलनामा पूर्ण अपाङ्गता भएका व्यक्तिहरुले पाईरहेको सामाजिक सुरक्षा भत्ता बृद्धि गर्न आवस्यक रहेको बताउनुभयो । 

सार्वजनिक सुनुवाई कार्यक्रममा सामाजिक विकास मन्त्री यादवले नेपाली नागरिकको पहिचानका नाममा धेरै प्रमाण–पत्रले झन्झटिलो बनाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ हामी कति प्रमाण दिने ?’ नागरिकताको सवालमा धेरै समस्या देखिएको उहाँले बताउनुभयो । मन्त्री यादवले भन्नुभयो,‘ भूमीपुत्रहरुलाई खोजेर नागरिकता दिनुपर्छ ।’ भूमीपुत्रहरु नागरिकता नपाएर पलायन हुनुपर्ने अवस्था आउन दिनु नहुनेमा उहाँको जोड छ । 


विराटनगर, ११ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ । ३५५ जनाको पीसीआर परीक्षण गर्दा २२ र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ७, लेटाङ, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी, केराबारी र रतुवामाईमा १–१, सुनसरीको इटहरीमा २, धरान र रामधुनीमा १–१,झापाको दमक, मेचीनगर र विर्तामोडमा १–१, पाँचथरको हिलिहाङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र ५ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ११३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



श्याम राई÷उदयपुर  गाईघाट, ११ पौष । रातो तारा डट कम, उदयपुरको चौढण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा आईतबार विहान टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

चौढण्डीगढी–५ को भित्री सडकमा प्रदेश १–०२–००१ क ३८९६ नम्बरको टिपरलाई स १० प ८७९८ नम्बरको मोटरसाईकले ओभरटेक गर्ने क्रममा ठक्कर लाग्दा मोटरसाईकल चालक त्रियुगा नगरपालिका–१ का २५ वर्षिय गंगाराम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल पछाडी बसेकी मृतककी श्रीमती २४ वर्षिया संगिता चौधरी घाईते भएकोमा उनको सप्तरीको फत्तेपुर अस्पतालमा उपचार भैरहेको छ । टिपर र चालक सुनसरी हरीपुर गाउँपलिका–८ बस्ने सुनिल दाहललार्ई ईलाका प्रहरी कार्यालय बेलटारले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मोहन थापाले बताए ।




                                              















 


विराटनगर । थालासेमिया पिडित बिरामीको उपचारका लागि मोरङको विराटनगरमा आयोजित ‘च्यारिटी सो’ सम्पन्न भएको छ ।

क्रिसमस इभको अवसर पारेर शुक्रबार विराटनगरको कञ्चनजंघा ब्यान्केटमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सम्पन्न भएको हो । हालसम्म मोरङ, सुनसरी र प्रदेश २ का विभिन्न जिल्लाका गरि सम्पर्कमा आएका १०५ जना थालासेमिया पिडित बिरामीहरु उपचारमा सहयोग पुर्याउन कार्यक्रमको आयोजना गरिएको थियो । सम्पर्कमा आएका बिरामीहरुमध्ये सुरुवाती चरणमा कम्तीमा २० परिवारको स्वास्थ्य बिमा गर्ने तयारी गरेको आयोजक संस्थाका अध्यक्ष भुवन दाहालले कार्यक्रमको दौरान बताए ।

आवर प्रोडक्सन कम्पनीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बिरामीको उपचारका सहयोग संकलनका साथै ढाकाबाट बनेका तयारी पोेशाक र ‘फेशन वेयर’ को प्रर्वद्धन समेत गरिएको थियो । मिस युनिभर्स २०१९ की रनरअप रहेकी रक्षा उप्रेती, मिस्टर इन्टरनेशनल नेपाल साजिद आलम, चर्चित मोडेल प्रमिता राना र विनोद खड्का लगायतले उक्त पोशाक पहिरिएर प्रर्दशन गरेका थिए । प्रर्दशनीका निम्त्ति आयोजकले विराटनगरको तनश्का बुटिक, इटहरीको व्हाइट फिदर र ओएसटी डेनिमलाई फेशनसँग सहकार्य गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले थलासेमिया पिडित बिरामीको उपचारमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । उनीहरुलाई उपचारको दायरामा ल्याउन प्रदेश सरकार पछि नहट्ने मुख्यमन्त्री राईले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मेलोडियस क्विनकोे उपनामले चर्चित गायिका तृष्णा गुरुङको साङ्गितिक प्रस्तुती समेत रहेको थियो । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, प्रदेशसभा सदस्य बिन्दिया कार्की र नेकपा एमाले विराटनगर महानगर अध्यक्ष सागर थापा लगायतको सहभागिता रहेको थियो ।


 काठमाण्डौ पुस ११ गते । रातो तारा डट कम, लभ र सस्पेन्स स्टोरीमा तयार भएको सर्ट मुभी ुकिनु को टाइटल गीत सार्वजनिक भएको छ । गणेश उप्रेदी ,केदार उप्रेदी ,सन्तोष राम्दम ,सिदार्थ बिस्व र मिस नेपाल नर्थ अमेरिका गरिमा ज्ञवालीले अभिनय गरेको चलचित्र रिलिज हुने तयारीमा छ ।

उक्त चलचित्रको सर्वजनिक गीतमा स्वूप्न सुमको स्वर, उत्पल कंडेलको संगीत र सौरव तिमिल्सिनाको शब्द सुन्न सकिन्छ । सिदार्थ बिस्वले लेखन,निर्दशन र सम्पादन गरेको चलचित्रमा नारायण उप्रेदीको सह(निर्दशन बिष्णु मिश्राको मेकअप असोक भुजेलको छायांकन देख्न सकिन्छ ।

चलचित्रलाई राम्रो बनाउन सम्पूर्ण टिमले मेहनत गरेको र उक्त कुरालाइ दर्शकले रुचाउने निर्देशक बिस्वको भनाइछ । उनले यसअघि समेत ‘तिमि र म’ ,’२०२०’ लगायतका छोटो चलचित्र रिलिज गरिसकेका छन् ।

तिम्रो मेरो पोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक गीतलाई  सामाजिक संजालमा सिएर गर्ने मध्य  एक जना भाग्यसालीलाई आइफ़ोन १३ प्रदान गर्ने बताएको छ  ।


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,प्रदेश १ को राजधानी विराटनगरमा पहिलोपटक सम्पन्न भएको आदिवासी जनजाती चलचित्र महोत्सव २०७८ मा १० चलचित्र मध्ये माझी भाषाको चलचित्र बन्थी उकृष्ट चलचित्रको रुपमा घोषणा भएको छ। संघीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा सपन्न उक्त चलचित्र महोत्वसमा बिन्दु कुमारी माझीको लेखन तथा निर्देशन रहेको बन्थी चलचित्र उत्कृष्ट भएको घोषणा छनौट समितिका सदस्य तथा चलचित्र निर्देशक लाखमान योञ्जनले गर्नुभयो ।


चलचित्र बन्थीमा नातिनीले हजुरबुवाको चश्मा फ़ुटाइदिन्छिन जसका कारण हजुरबुवाले आखाँ नदेखेर केहि गर्न गर्न नसक्ने र नातिनीले हजुबुवाको चश्मा बनाउनका निम्ति गरेको प्रयास र संघर्षको कथा बोकेको छ। बन्थिमा मार्मिक बेदना संग जोडिएको यथार्थपरक चलचित्र रहेको लेखक तथा निर्देशक बिन्दु कुमारी माझीले जानकारी दिनुभयो। उक्त चलचित्रमा संगीता माझी, मन्दिरा माझी र बुद्धबीर माझीको प्रमुख भूमिका रहेको देख्न सकिन्छ।


दुई दिनसम्म चलेको उक्त महोत्सवमा प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका १० चलचित्रहरू प्रदर्शन भएको थियो । आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव भएको कार्यक्रममा आदिवासी जनजातिहरूको भाषा, कला, संस्कृति र संस्कारहरूको संरक्षण तथा पर्यटन प्रवर्द्धनको उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष दीपनारायण राजवंशीले जानकारी दिनुभयो । साथै अध्यक्ष राजबंशीले हरेक चलचित्रको महोत्सव पोखरा, काठमान्डौमा हुने बिराटनगरमा धेरै कलाकार जन्मिए पनि यस क्षेत्रलाई ध्यान नदिएको हुँदा पहिलो एतिहासिक प्रदेश १ को आदिबासी जनजाति चलचित्र महोत्सव गरिएको बताउनु भयो।

महोत्सवमा राजवंशी, थारू, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बू, भाषाको १० चलचित्र प्रदर्शन गरिएको थियो। प्रदर्शन गरिएका चलचित्रहरूमध्येबाट उत्कृष्ट चलचित्र बन्थीलाई नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

विभिन्न भाषाभाषीका निर्देशक सम्मिलित निर्णायक समितिमा तथा छनौट समितिमा चलचित्र निर्देशक बिनोद पुडासैनीको संयोजकत्वमा केशब रायमाझी, लाखमान योञ्जन, इन्द्र परियार सदस्यमा रहनुभएको थियो ।

पहिलो दिन महोत्सव आदिवासी जनजातिको पहिचान झल्किने विभिन्न समुदाय सम्मिलित झाँकी निकालिने थियो। १० उत्कृष्ट बिभिन्न भाषाभाषीका चलचित्र मध्ये थारु चलचित्र छल्कि, तमाङ चलचित्र नाङ साल र धुर्सा , माझी चलचित्र बन्थी , मगर चलचित्र जीवाक, गुरुङ चलचित्र मी न्हर्बे ट, लिम्बु चलचित्र के, राइ चलचित्र फ़ुङलाम र राजबंशी चलचित्र चोरकहच्छी मनोनयमा परेको थियो ।यस्ता महोत्सव र आयोजनाले सम्बन्धित चलचित्रकर्मी र प्राबिधिकहरुलाई थप प्रोत्साहन गर्नु र मौलिक चलचित्रहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा सविस्तार पहुँच बढाउ सक्ने हो भने अझै चलचित्र कर्मी र निर्माण पक्षलाई हौसला संगै आफ्नो पहिचान बुझ्ने र चिनाउने अवसर पाउने छन्।


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरङको ग्रामथान गाउँपालिका वडा -२  मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले २३  औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ। झोराहाटमा रहेको सरस्वती माविको सभा हलमा भएको  उक्त साधारण सभामा संस्थाका अध्यक्ष रुद्र बहादुर कार्कीले  बार्षिक प्रतिबेदन प्रस्तुत गरेका हुन्।


२०४३ साल देखि आयोजनाको रुपमा संचालन भई २०५४  सालमा सहकारीमा  स्थापना भएको सहकारी संस्थाले विगत ३५  वर्ष देखी आफ्ना सेयर सदस्य र समाजमा सेवा दिदै आएको छ। संस्थाले साना व्यावसायिक कर्जा तथा साना उद्यमीहरुको साना साना बचत संकलन गरी ऋण प्रवाह गर्दै आफ्ना सेवाहरुलाई विस्तार गर्दै आएको विश्वासिलो सँस्थाको रुपमा स्थापित भएको अध्यक्ष कार्की भनाई छ  ।


संस्थाले मोरंगमै शहकारीको हकमा सबैभन्दा सहुलिय ऋण कर्जा ब्याजदर  ९.७५ प्रतिशत सम्म दिदै आएको छ। संस्थाले सहकारी शिक्षा शिबिर, सदस्य बीच सिपमुलक, ब्यबसायिक तालिम संचालन, तकारी खेति, बिउ वितरण गर्दै आएको अध्यक्ष कार्कीले बताउनुभयो।

साना किसान कृषि सहकारीले गत आ. व. २०७७÷७८ मा सेयर सदस्यहरु संगठन बिस्तार गरि ९७ समुहमा  ५२५  जना सदस्य पुर्याई शेयर पुँजी रु ६१ लाख ७६ हजार ३ सय रुपैया रहेको पुर्याएको छ  । त्यसैगरी संस्थाको गत निक्षेप १  करोड८७  लाख ४७ हजारमा  वृद्धि भएको छ। ऋण लगानी ३ करोड ६७  लाख ४१  हजार पुर्याएको छ।   सहकारीले गत आ.व.२०७७÷७८ मा जम्मा कुल आम्दानी ८  लाख ५१  हजार १  सय ९१  रुपैया आम्दानी बचत  गरेको  छ।

उक्त साधारण सभामा  जिल्ला कृषि सहकारी संघ मोरंगका उपाध्यक्ष शोभितमान पौडेलले राज्यले बनाएको नीति तथा कार्यक्रम बलियो भएपनि ब्यबहारमा फितलो भएको धारणा राख्नुभयो।  संस्थाका सदस्यहरु कृषि पेशा संग जोडिएका भएपनि कोभिड र विषम बाढीले किसानलाई सास्ती दिएको अवस्थामा राज्यले नहेरेको उहाँको भनाई छ।

किसानले पाउनु पर्ने अनुदान नपाएको र कृषि सहकारी संथाले स्थानीय तहमा योजना लिएर जादाँ सहकारीलाई हेर्ने दृष्टिकोण फरक रहेको आरोप लगाउनु भयो। साना किसानका लागि उधमी कर्जा लगानी र प्रोत्साहन मुखी कार्यक्रम ल्याउन आवश्यक रहेको भन्दै अर्गानिक खेति तर्फ आकर्षित बन्न जोड पर्ने संघका उपाध्यक्ष पौडेलको भनाई छ।संस्था संचालनमा सदस्य किसानहरु समस्या हल गर्ने, ज्ञान, सिप र पूजीको ब्यबस्था मिलाई ब्यबसायिक आत्मनिर्भर बनाउन प्रेरित गर्न सके यस संस्था ग्रामथान गाउँपालिकाकै  नुमुना सहकारीको रुपमा स्थापित गर्न सकिन्छ ।

संस्थाले आफ्नो स्थापना कालदेखि आफ्नो सम्बन्ध लाई बिस्तार गर्दै नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेड, जिल्ला कृषि सहकारी संघ लिमिटेड, जिल्ला सहकारी संघ लिमिटेड साना किसान बैंक लिमिटेड संग सहकार्य गर्दै अघि बढ्दै आएको छ।

 


विराटनगर, १० पुस । रातो तारा डट कम, प्रदेश १ कासामाजिक विकास मन्त्री जयराम यादवले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको बताउनु भएको छ । उहाँले नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गएकोमा चित्ता समेत व्यक्त गर्नुभयो । 


सुनसरीको इनरुवामा आज  राधा सुवेदीको मुक्तक ‘युग फेरिन देउ’को विमोचन कार्यक्रमलाई संवोधन गर्दै मन्त्री यादवले विद्यालयमा नैतिक शिक्षा र नागरिकमा साहित्य पठन संस्कृति हराउँदै गएको बताउनुभयो । विकास र समृद्धिका लागि साहित्यको विकास पनि आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । आधुनिकताका नाममा विद्यार्थीहरुले मौलिक संस्कार विर्सदै गएको मन्त्री यादवको भनाई छ । मन्त्री यादवले सामाजिक सञ्जालका कारण पठन संस्कृति हराउँदै गएको भन्दै उहाँले सुधार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, भरत गुरागाई, जिवनाथ पोखरेल लगायतले बोल्नु भएको मन्त्रीका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । 


 

झापा, पौष १० गते । झापाको दमक नगरपालिका-१ स्थित रतुवा खोलाको बगरबाट गाँजा सहित १ जना पुरुष मानिस पक्राउ परेका छन ।


पक्राउ पर्नेमा इलाम माङसेवुङ गाउँपालिका-६ का ४६ बर्षिय बिर कुमार राई रहेका छन ।

अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी गस्ति टोलीले खोला बगरमा संकास्पद अवस्थामा हिडिरहेका राईलाई खानतलासी लिंदा निजले पछाडि बोकेको झोला र हातमा झुन्ड्याएको जेव्रा झोलामा ८ किलोग्राम १६० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको हो । गाँजा सहित पक्राउ परेका  राईको  इलाका प्रहरी कार्यालय दमकबाट अनुसन्धान भईरहेको र सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 


काठमाडौं, १० पुस। रातो तारा डट कम,काठमाडौंको काठमाडौं मल, बिजी मल र बुद्ध मलमा रहेको ‘रश्मिलाज फेसियल हाउस एन्ड ब्युटिकेयर’ले विभिन्न कार्यक्रम गर्दै आफ्नो १४ औं वार्षिक उत्सब शनिबार मनाएको छ । अग्रज अभिनेत्री करिश्मा मानन्धरलाई विशेष सम्मानगर्दै सो वार्षिकउत्सबमनाईएको हो । कार्यक्रममा रश्मिलाज फेसियल हाउसमा कार्यरत विभिन्न कर्मचारीहरुलाई पनि सम्मानित तथा पुरस्कृत गरिएको थियो । 


सो समारोहकी प्रमुख अतिथि करिश्मा मानन्धरले कार्यक्रममा बोल्दै पर्दामा देखिरहनु पर्ने भएकाले आफुहरुलाई सुन्दताको महत्व अति हुने गरेको बताईन् । पछिल्लो समय आफु पनि रश्मिलाज फेसियल हाउसमा जोडिएको कारणले पनि आफ्नो सुन्दतामा निखार आएको उनले सो कार्यक्रममा जानकारी गराईन् । अभिनेत्री करिश्माले आफुहरु चलचित्रमा आउँदा त्यतिबेला सुविधा सम्पन्न व्युटीपार्लर र गुणस्तर युक्त कस्मेटिकको निकै अभाव रहेको बताईन् । तर अहिले खुलेका रश्मिलाज फेसियल हाउस जस्ता व्यटीपार्लरले हजारौ ग्रहकलाई सुन्दर बनाएको पनि करिश्माले बताईन् । रश्मिलाज फेसियल हाउसलाई १४ औं वर्षिक उत्सबको कामना गर्दै अभिनेत्री करिश्माले १०० भन्दा बढी कर्मचारलाई रोजगार दिएर रश्मिलाज फेसियल हाउसले एउटा उधोगको रुपमा सेवा गरेको छ भनिन् । 

यस्तै अभिनेता तथा चलचित्र निर्देशक दिनेश डिसीले काठमाडौंमा रहेको ब्युटीपार्लरहरुमा गुणस्तरीय सेवाको हिसाबले रश्मिलाज फेसियल हाउस उत्कृष्ट रहेको बताए । उनले पनि आफु लामो समयदेखि रश्मिलाज फेसियल हाउसमा जोडिएको बताउँदै यस रश्मिलाज फेसियल हाउसलाई अझ धेरै सफलताको कामना दिए ।

रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले नेपालमै केही गरौं भन्ने उदेश्यले १४ वर्ष अघि रश्मिलाज फेसियल हाउस स्थापना गरेको बताईन् । यसबाट सैयौंले रोजगार प्राप्त प्राप्त गर्नुका साथै आफुहरुले मासिक रुपमा हजारौं कस्टमरलाई सौन्दर्य सम्वन्धि पूर्ण सेवा दिन सकेको बताईन्,‘काठमाडौं मलको चौथो तलाबाट हामीले १४ वर्ष अघि सुरु गरेको रश्मिलाज फेसियल हाउसलाई अहिले काठमाडौं मलकै पहिलो तला, बिजी मल र बुद्ध मलमा पनि यसको आउटलेट सञ्चालन गरेर सेवा दिईरहेका छौं ।’

रश्मिलाज फेसियल हाउसका संरक्षक प्रकाश कुमार श्रेष्ठले विशेषतासँगै यसको आगामी योजनाबारे कार्यक्रममा जानकारी गराए । 

१४ औं वार्षिक उत्सब कार्यक्रमका अतिथिहरु ब्रानबोर्ड टाउन केन्टकी अमेरिकाका नगरपालिका सदस्य रामचन्द्र श्रेष्ठ, एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक राजन त्रिपाठी, निर्माण व्यबसायी संघ धादिङका अध्यक्ष रमेश कुमार श्रेष्ठले पनि रश्मिलाज फेसियल हाउसलाई शुभकामना यसको विशेषताबारे थगप प्रकाश पारे । 

गायिका मञ्जु पौडेलले सञ्चालन गरेको सो कार्यक्रमको व्यबस्थापन सञ्चारकर्मी सूर्य चन्दले गरेका थिए । १४ औं वर्षको केक काटेर कार्यक्रममा वार्षिक उत्सबमनाईएको थियो । 




विराटनगर, १० पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण भएको छ । १५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा ५, सुनसरीमा ४, झापामा २ र इलाममा १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ४ र मिक्लाजुङमा १, सुनसरीको इटहरीमा ३ र स्थानीय तह नखुलेका १, झापाको भद्रपुर र झापा गाउँपालिकामा १–१ र इलामको इलाम नगरपालिकामा १ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १०२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




शिव भट्टराई,मोरङ। रातो तारा डट कम,फिल्म ‘काँडेतार’ को छायांकन सकिएको छ । प्रदेश १ र २ का विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको छायांकन आइतबार सकिएकोहो । ३५ औं दिनको नियमित छायांकन पछि फिल्म सकिएको निर्देशक नवल खड्काले बताए । फिल्म युनिट भने सोमबार काठमाडौं फर्किँदैछ ।


निर्माता समेत रहेका निर्देशक नवल खड्काले फिल्मको सुटिङ विराटनगरबाट सुटुक्क सुरु गरेका थिए । फिल्मको बिषयबस्तु अलि गोप्य भएकोले देश तथा विदेशबाट हस्तक्षेप हुन सक्ने भन्दै निर्माण युनिटले गुपचुपमैफिल्मको छायांकनसकाएकोहो ।


‘नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयमा फिल्म बन्न लागेको हो । फिल्मको कथा महत्वपूर्ण भएकोले छायांकनमा कहिँकतै बाट अवरोध नहोस् भनेर सुटुक्क सकिएको हो’ निर्देशक खड्काले भने। उक्त फिल्म नयाँ वर्ष वैशाखमा रिलिज हुने भएको उनले बताए।


फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, रविन्द्र रञ्जन झा, मुरली धर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की, महेश गिरी र बालकलाकार नादिया खड्का र सनया खड्का लगायतको अभिनय रहेको छ ।शिवम अधिकारी र नवल खड्काकै लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द, कविराज गहतराजकोनृत्यरहेकोछ ।

मणि थापा, दीपक शर्माको संगीत रहेको फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन्। फिल्म सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको हो।नवलले यस अगाडि राष्ट्रियताको बिषयमा दशगजा,आवाज, भीमदत्त लगायतका फिल्म बनाएका थिए ।


शिव भट्टराई,बिराटनगर । रातो तारा डट कम,प्रदेश १ को राजधानी विराटनगरमा पहिलोपटक आदिवासी जनजाती चलचित्र महोत्सव २०७८ सुरु भएको छ। यो दुई दिन सम्म चल्नेछ । घीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा पुस ९ र १० गते सो चलचित्र महोत्वस भएको हो ।

दुई दिनसम्म चल्ने महोत्सवमा प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरू प्रदर्शन भएको छ।प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राईले कार्यक्रम समुदघाटन गर्दै अहिले इतिहासको हकमा संस्कति र सभ्यता मेटिदै गएको भन्दै यस किसिमको कार्यक्रम र चलचित्र मार्फत आफ्नो कला संस्कृति जगेर्ना र आदिबासी जनजाति समुदायको बिकासका निम्ति थप इट्टा थप्ने काम गरेको बताउनु भयो।

साथै प्रदेश सरकारले गर्ने सहयोगमा राज्यको हरेक क्षेत्रमा बजेट छुट्याउनु पर्ने भएको हुँदा क्षेत्रका लागी सक्ने सहयोग गर्ने बचन दिनुभयो।आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव भएको कार्यक्रममा आदिवासी जनजातिहरूको भाषा, कला, संस्कृति र संस्कारहरूको संरक्षण तथा पर्यटन प्रवर्द्धनको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दीपनारायण राजवंशीले जानकारी दिनुभयो ।

साथै अध्यक्ष राजबंशीले हरेक चलचित्रको महोत्सव पोखरा, काठमान्डौमा हुने बिराटनगरमा धेरै कलाकार जन्मिए पनि यस क्षेत्रलाई ध्यान नदिएको हुँदा पहिलो एतिहासिक प्रदेश १ को आदिबासी जनजाति चलचित्र महोत्सव गरिएको बताउनु हुन्छ।


महोत्सवमा राजवंशी, थारू, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बू, भाषाको १० चलचित्र प्रदर्शन भएको छ प्रदर्शन गरिएका चलचित्रहरूमध्येबाट उत्कृष्ट चलचित्रलाई नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ। त्यसका लागि विभिन्न भाषाभाषीका निर्देशक सम्मिलित एक निर्णायक समितिसमेत गठन गरिएको आयोजक समितिले जनाएको छ। उक्त छनौट समितिमा चलचित्र निर्देशक बिनोद पुडासैनीको संयोजकत्वमा केशब रायमाझी, लाखमान योञ्जन, इन्द्र परियार सदस्यमा रहेका छन्। २ चलचित्र छल्की र नाङ साल प्रदर्शन भएको र बाँकी ८ चलचित्र शनिबार प्रदर्शनीमा रहने भन्दै नतिजा आउन भने बाँकि रहेको छनौट समितिका सदस्य केसब रायमाझिले जनाएको छ । आदिबासी चलचित्र महोत्सव पहिलो पटक भएको हुँदा गर्व लागेको तर राज्यले ध्यान दिनुपर्ने कलाकार अजय सरदारको भनाई छ।

महोत्सव आदिवासी जनजातिको पहिचान झल्किने विभिन्न समुदाय सम्मिलित झाँकी निकालिने थियो। १० उत्कृष्ट बिभिन्न भाषाभाषीका चलचित्र मध्ये थारु चलचित्र छल्कि, तमाङ चलचित्र नाङ साल र धुर्सा , माझी चलचित्र लदी पुजा, मगर चलचित्र जीवाक, गुरुङ चलचित्र मी न्हर्बे ट, लिम्बु चलचित्र के, राइ चलचित्र फ़ुङलाम र राजबंशी चलचित्र चोरकहच्छी रहेको छन । यस्ता महोत्सव र आयोजनाले सम्बन्धित चलचित्रकर्मी र प्राबिधिकहरुलाई थप प्रोत्साहन गर्नु र मौलिक चलचित्रहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा सविस्तार पहुँच बढाउ सक्ने हो भने अझै चलचित्र कर्मी र निर्माण पक्षलाई हौसला संगै आफ्नो पहिचान बुझ्ने र चिनाउने अवसर पाउने छन्।


काठमाण्डौ पुस १० गते । रातो तारा डट कम, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुने । दशरथ रङ्गशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र च्यासलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । 

हिमालयन ५ खेलमा ५ अङ्क जोडेर नवौं स्थानमा रहेको छ । आजको खेलमा च्यासललाई हराएर हिमालयन अङ्क तालिका सुधार गर्ने योजनामा हुनेछ । च्यासल भने ५ खेलमा ४ अङ्क जोडेर १३ औं स्थानमा रहेको छ । हिमालयनलाई हराएर च्यासल रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ । आजै हुने दोस्रो खेलमा तालिकाको शीर्ष दुई टोली मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र मछिन्द्रबीचको खेल ४ः४५ मा सुरु हुनेछ । 

कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मछिन्द्रलाई हराएर शीर्ष स्थान कायम राख्नचाहन्छ । मनाङ ५ खेलमा १३ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । साविक विजेता मछिन्द्र पनि मनाङलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । मछिन्द्र ५ खेलमा ११ अङ्क जोडेर दोस्रो स्थानमा छ । लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ ।



काठमाण्डौ पुस १० गते । रातो तारा डट कम, भोलिदेखि काठमाडौंमा सुरु हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको जनाएकोछ । पार्टी कार्यालयका सचिव जनाएको छ । सम्मेलनमा सहभागित हुन आउने प्रतिनिधिहरू आज साँझसम्म काठमाडौं आइपुग्ने र सम्मेलन भोलिदेखि पुष १३ गतेसम्म चल्ने सचिवालयले जनाएको छ ।




काठमाण्डौ पुस १० गते । रातो तारा डट कम, इसाई धर्माबलम्बीहरूको महान पर्व ‘क्रिसमस’ नेपालमा पनि मनाइदैछ । कोरोना महामारीका कारण यसवर्ष पनि अन्य वर्षहरूको तुलनामा क्रिसमस सामान्य रुपले मनाउन लागिएको हो । प्रभु येशुको जन्मोत्सवको उपलक्ष्यमा इसाईहरूले क्रिसमस मनाउने गर्छन् । ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले मनाउने यो चाडमा पछिल्लो समय अन्य धर्मका युवायुवती पनि रमाउने गरेका छन् । आजभन्दा २ हजार २० वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमको गर्भबाट येशुको जन्म भएको इतिहास छ । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले सबैमा कल्याण गरून् भन्ने कामनासहित चर्चमा प्रार्थना गरेर यो धर्म मनाउने गरेका छन ।  



काठमाडौ । पुस ९ गते । ललितपुरलाई विश्वको ३५ औं कला नगरी घोषणा गरिएपनि सोही अनुरुप ठोस काम हुन नसक्दा हस्तकला व्यवसाय मारमा परेको सम्बद्ध उद्योगी व्यवसायीहरुले बताएका छन् ।


ललितपुर उद्योग वाणिज्य संघको शुक्रबार सम्पन्न ४२ औं साधारण सभाका वक्ताहरुले सो कुरा बताएका हुन्। हस्तकला घोषणा गरिएपनि सोही अनुरुप काम हुन नसक्दा पुस्तौंदेखि हस्तकला, काष्ठकला, प्रस्तर कला, सुनचाँदी व्यवसायमा विस्तारै संकटमा पर्न थालेको र कुनै व्यवसाय विस्थापित हुने खतरामा रहेको पनि उनीहरुको भनाई रहेको छ ।

‘ मल्लकालीन समयदेखि नै समृद्ध अर्थतन्त्रको आधारका रुपमा हस्तकला जन्य उत्पादनलाई लिईन्छ । अहिले आएर ती उत्पादनहरुको स्वरुप कुनै बृहतस्तरमा छन् भने कु्नै सानास्तरमा वा विस्थापित हुने अवस्थामा पुगेको छ ।’ ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले भन्नुभयो  ।

वल्र्ड क्राफ्ट काउन्सिलले तीन वर्षअघि ललितपुर नगरलाई हस्तकला नगरीको रुपमा घोषणा गरेको उल्लेख गर्र्दै अध्यक्ष न्याछ्योंले भन्नुभयो ‘ यस क्षेत्रमा अपेक्षाकृत काम हुन सकेन । यस विषयमा सबैको ध्यान आकृष्ट गराउन चाहन्छौं ।’ हस्तकलाजन्य सामग्रीको प्रयोगमा बढावा दिन पनि अध्यक्ष न्याछ्योंले ललितपुरका स्थानीय तह समक्ष माग गर्नुभयो । हस्तकलासंगै स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामग्री, खाद्य एवंम पेय पदार्थलाई ब्राण्डिङ गरी बिक्री गर्न सकिने अवस्था रहेको हु्ँदा त्यसको व्यवस्था मिलाउन संघ, प्रदेशसंगै स्थानीय तह बढी दायित्व लिनुपर्ने पनि अध्यक्ष न्याछ्योको धारणा रहेको छ ।

सो अवसरमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले ललितपुरको लुभुमा कपडा उद्योगको विशेष क्षेत्र र हस्तकला ग्राम बनाउनुपर्ने खाँचो औल्याउँदै त्यसका लागि पहल भइरहेको बताउनुभयो। ‘ महालक्ष्मी नगरपालिका क्षेत्र,गोदावरी नगरपालिका क्षेत्रमा दुई वटा विशेष क्षेत्र बनाउनुपर्ने देखिन्छ। डुकुछाप हस्तकलाको क्षेत्र बनाउने तयारी भइरहेको छ।’ मन्त्री श्रेष्ठले भन्नुभयो। मन्त्री भुसालले ललितपुरलाई सांस्कृतिक राजधानीको रुपमा विकास गर्नुपर्ने बताउँदै पर्यटन र हस्तकला नै अर्थतन्त्रको मुख्य आधार रहेको विचार व्यक्त गर्नुभयो ।

समारोहमा वाग्मती प्रदेशका सांसद् शोभा शाक्य हस्तकला विकासको चर्चा गरिएपनि व्यवहारमा ठोस काम हुन नसकेकोले हस्तकला व्यवसायीहरु पलायन हुने अवस्थामा रहेको बताउनुभयो।आफू पनि हस्तकला व्यवसाय गर्दै  राजनीति प्रवेश गरेको उल्लेख गर्दै उहाँले हस्तकला व्यवसायीहरुले अहिले भोग्नुपरिरहेको समस्या समाधान गर्न राज्यले गम्भीर पहल नगरेको बताउनुभयो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले २४ घण्टा उज्यालो हुने गरी स्मार्ट बत्ती जडान गरिएको उल्लेख गर्दै त्यसको सदुपयोग गर्ने गरी रात्रीकालीन व्यवसाय गर्न पनि उद्यमी व्यवसायीहरुलाई आग्रह गर्नुभयो। जिल्ला नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश श्रेष्ठले ललितपुर जिल्लालाई हस्तकलाको जिल्लाको रुपमा विकास गर्न निजी क्षेत्र, हस्तकला व्यवसायी सबै मिलेर कार्ययोजना बनाउनुपर्नेमा हालसम्म सो काम हुन नसकेको भनाई राख्नुभयो ।

संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य, महासचिव रुपकमान महर्जनले जिम्मेवार पक्षले समय समयमा व्यक्त प्रतिबद्धता अनुरुप काम हुन नसकेकोले कोरोना महामारीले संकटमा परेको व्यवसाय झन् मारमा परेकोमा केन्द्रीत गर्दै आ आफ्नो धारणा राख्नुभयो ।


 


विराटनगर पुस ९ गते । उद्योग संगठन मोरङले श्रीलंका र नेपाल बिच हुन सक्ने व्यवसायीक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवर्धन र विकासका लागी आपसी अनुभव, सिप तथा ज्ञान, प्रविधि, पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य तथा साझेदारीको सम्भावनाका सम्बन्धमा नेपालका लागी श्रीलंकाका राजदुत हिमाली अरुणतिलकासंग भेटघाट तथा छलफल गरेको छ । 

गत ५ पुशमा नेपाल स्थित श्रीलंकालीे दुताबास काठमाडौमा सम्पन्न भेटघाटका अवसरमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले श्रीलंका र नेपाल बिच पौराणिक कालदेखि नै मित्रवत सम्बन्ध रहदै आएकोले  धार्मिक, सास्कृतिक तथा आर्थिक कृयाकलापहरुसमेत भएको समानतालाई आर्थिक एवं व्यवसायीक महत्व र अवसरमा रुपान्तरणको सम्भावनाका बारेमा संगठनले चासो राखेको उल्लेख गरे । साथै, अध्यक्ष प्याकुरेलले औद्योगिक क्षेत्रमा बिशेष गरि चिया, गार्मेन्ट्स तथा निर्माणको क्षेत्रका साथै श्रीलंका र नेपाल बिच सिधाई हवाई उडान समेत प्रारम्भ भईसकेको परिप्रेक्ष्यमा पर्यटनको क्षेत्रमा श्रीलंका र नेपाल बिच व्यवसायीक सम्बन्धको विकास, आपसी अनुभव तथा प्राविधिक ज्ञान आदान प्रदान गर्न नेपाली उद्योगी र श्रीलंका  उद्योगीहरु बिच सम्बन्ध बिस्तारका लागी सहजिकरण गरिदिन राजदुतलाई अनुरोध गरिएको बताए । संगठनका बरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाले निर्यातमुलक उद्योगहरुको प्रवर्धनका लागी श्रीलंकाले गरेको सफल अभ्यासहरुका अनुभव तथा प्रयासहरुका बारेमा नेपाली उद्योगीहरु जान्न र बुझ्न उत्सुक रहेको बताएका थिए ।  

उक्त अवसरमा श्रीलंकाका राजदुत हिमाली अरुणतिलकाले श्रीलंका र नेपाल बिच उत्पादनमुलक उद्योग, निर्माण, पर्यटन लगायतका धेरै क्षेत्रहरुमा सहकार्यको प्रचुर सम्भावना रहेकोले दुई मुलकका औद्योगिक तथा व्यवसायीहरु बिच राजदुताबासले निरन्तर सहजिकरण गर्न तत्पर रहेको बताउदै व्यवसायीक अवसरको खोजीमा रहेको संगठनको प्रतिनिधिमण्डललाई रादुतावासमा स्वागत गरिन । सोहि क्रममा राजदुतले संगठन टोलीलाई श्रीलंकाको भ्रमणका लागी आमन्त्रण गर्नुका साथै उक्त भ्रमण कार्यक्रममा श्रीलंका स्थित सरकारी तथा व्यवसायीक संघ संस्था तथा सम्बन्धीत औद्योगिक पक्षहरुसंग संस्थागत व्यवसायीक भेटघाट तथा बिटुबि मिटिङहरुको सहजिकरण दुतावासले गरिदिने उल्लेख गरेको संगठनले जनाएको छ ।  

दुताबास कै पहलमा उद्योग संगठन मोरङ र सिलोन नेशनल चेम्बर अफ इण्डष्ट्रिज बिच संस्थागत सहकार्यका लागी आगामी २७ जनवरीमा दुबै संस्था बिच मेमोरेन्डम अफ अन्डरस्टेन्डिङ (एमओयु) मा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको संगठनका महानिर्देशक चुडामणी भट्टराईले जानकारी दिए ।  







काठमाण्डौ पुस ९ गते । रातो तारा डट कम, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आजदेखि छैटौं चरणको खेल सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । ५ खेलमा ४ अङ्क जोडेको एपीएफ ११ औं स्थानमा छ । ५ खेलमा ६ अङ्क जोडेको एनआरटी सातौं स्थानमा छ । यस्तै आजै दिउँसो पौने ५ बजे नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । ५ खेलमा ५ अङ्क जोडेको पुलिस दशौँ स्थानमा रहँदा ५ खेलमा २ अङ्क मात्र जोडेको फ्रेन्ड्स क्लब पुछारमा छ । 



काठमाण्डौ पुस ९ गते । रातो तारा डट कम, राष्ट्रिय सम्मेलनको तयारी लगाएतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ९ बजेका लागि बोलाइएको प्रमुख सचेतक देव गुरुङ्ले सीआइएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा पर्सि आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल हुनेछ । राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज लगायतका बारेमा छलफल हुने गुरुङले बताउनुभयो । 


 

पोखरा । रातो तारा डट कम, राति अन्दाजी २३:५५ बजेको समयमा कास्की जिल्ला अन्नपुर्ण गाउँपालिका-२ ढिकुरपोखरीमा स्कुटर दु’र्घट’ना हुदा दुई जनाको मृ’त्यु भएको हो । नौंडाँडाबाट काँडे तर्फ जाँदै गरेको ग २१ प ४४६० नं.को स्कुटर पोखरा बागलुङ सडक खण्डमा रोकी राखेको ना ७ ख ९१२४ नं.को ट्रकमा ठ’क्कर खान जाँदा स्कुटरमा सवार दुई जनाको मृ’त्यु भएको हो ।

मृ’त्यु हुनेमा कास्की जिल्ला अन्नपुर्ण गाउँपालिका-१ नौडाँडा बस्ने ३० वर्षको कृष्ण सुबेदी र २८ वर्षको सुनिल के.सी रहेका छन् । उक्त दु’र्घट’नामा गम्भी’र घा’इते भई उपचारको क्रममा पश्चिम क्षेत्रीय अस्पताल उपचारको क्रममा मृ’त्यु भएको हो ।

उक्त स्थानमा प्रहरी टोली खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिएका छन् ।

विराटनगर । रातो तारा डट कम, प्रदेश १ मा पहिलो पटक ‘क्याथल्याब’ बाट मुटुको उपचार सेवा सुरु गरेको विराटनगरस्थित न्यूरो अस्पतालले एक महिनाभरी निःशुल्क स्वास्थ्य जाँच र सचेतना कार्यक्रमको सुरूवात गरेको छ ।


‘क्याथल्याब’ संचालन गरेको आठौं वर्षमा प्रवेश गरेको अवसरमा मुटुको विरामीहरूको लागि मुटु स्वस्थ्य राख्न सचेतना अभियान र निःशुल्क मुटु जाँच सेवा सुरू गरेको हो ।


अभियान अतन्र्गत बिहीबार विराटनगरमा रहेको स्नात्कोत्तर क्याम्पसमा निःशुल्क मुटु जाँच शिविर आयोजना गरेको छ । उक्त शिविरमा क्याम्पसका प्रध्यापक तथा कर्मचारीहरूले मुटु जाँच गरेका थिए । सो शिविरमा प्रदेश १ का पहिलो विशेषज्ञ इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा.निकेशराज श्रेष्ठ, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजिव श्रेष्ठ, मुटुरोग विशेषज्ञ डा. राजन कर्णलगायतको टोलीले विरामीको मुटु जाँच गरेका थिए । मुटु जाँच गरिएको विरामीहरूको इसिजी, इकोकार्डियो ग्राफी सेवा पनि निःशुल्क गरिएको थियो । यो शिविरमा ६० जना विरामीको मुटु जाँच गरिएको कार्यक्रम संयोजक सुवास अधिकारीले जानकारी दिए । ‘क्याथल्याब’ आठौं वर्षमा पुगेको अवसर पारेर अस्पतालले विराटनगरको अन्य विभिन्न स्थानहरुमा पनि पुस महिना भरि मुटुको निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

‘मुटु रोग सम्बन्धी सचेतनाको कमिको कारणले मुटुका विरामी बढेका छन् । त्यसैको कारणले अकालमै ज्यान गुमाउने गरेका छन्,’ विशेषज्ञ इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा.निकेशराज श्रेष्ठले भने, ‘त्यही भएर हामी सचेत हुन जरुरी छ ।’ कुनै पनि अस्पतालमा भर्ना भएका विरामीको लक्षण हेरेर मुटुको समस्या भएको आशंका लागे तत्काल विशेषज्ञ चिकित्सकसम्म उपचारमा पठाउने संस्कारको विकास नहुँदा कतिपय विरामीको ज्यान जाने गरेको छ । असन्तुलित खानपिन तथा शारिरीक कसरत अभावले निम्त्याउने हृदयाघातका विरामीको वायाँ भागतर्फको छाती क्रमशः दुख्दै दायाँ हाततर्फ सरेमा तत्काल विशेषज्ञ चिकित्सकसम्म पुग्नुपर्ने डा.श्रेष्ठको आग्रह छ । 


विराटनगर, ८ पुस । प्रदेश १ लाई कुपोषणमुक्त प्रदेश बनाउने तयारी शुरु गरिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले कुपोषणमुक्त प्रदेशका लागि तयारी शुरु गरेको निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । 


विराटनगरमा सम्पन्न प्रदेश स्तरिय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी गोष्ठिमा कुपोषणमुक्त प्रदेश बनाउने अभियानलाई तीव्रता दिनका लागि कार्ययोजना बनाउने निर्णय भएको निर्देशन वस्नेतले बताउनुभयो ।

उहाँका अनुसार पाचथरमा पाईलट परियोजना शुरु गर्ने तयारी गरिएको छ । युनिसेफ र एनट्यागसँगको सहकार्यमा बच्चाको पाखुरा नाप्ने, बच्चा जोख्ने, पैरवी, लेखाजोखा लगायतका कार्यक्रम गरिने बस्नेतले बताउनुभयो । कुपोषणमुक्त प्रदेशका लागि आवस्यक जनशक्ति अभाव भएको उहाँले बताउनुभयो । 


कार्यक्रममा सामाजिक विकास मन्त्री जयराम यादवले स्वास्थ्य क्षेत्रका लागि आवस्यक जनशक्तिको प्रवन्ध गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले बजेट अनुसार स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुलाई प्राथमिकता दिईने बताउनुभयो । उहाँले स्वस्थ रहनका लागि आफ्नो व्यवहारमा परिवर्तन आवस्यक रहेकोमा मन्त्री यादवले जोड दिनुभयो । 

समीक्षा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरु, स्थानीयतहका प्रतिनिधि, सुआहारा, डब्ल्युएफपी, एमएसएनपी, पोषणपुर्नस्थापना गृहका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । गत कात्तिकमा सम्पन्न प्रदेश स्तरिय समीक्षा गोष्ठिमा कुपोषणमुक्त प्रदेश बनाउने संकल्प प्रस्ताव पारित गरिएको थियो । 

प्रदेश १ लाई कुपोषणमुक्त बनाउने तयारी शुरु

विराटनगर, ८ पुस । प्रदेश १ लाई कुपोषणमुक्त प्रदेश बनाउने तयारी शुरु गरिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले कुपोषणमुक्त प्रदेशका लागि तयारी शुरु गरेको निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । 

विराटनगरमा सम्पन्न प्रदेश स्तरिय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी गोष्ठिमा कुपोषणमुक्त प्रदेश बनाउने अभियानलाई तीव्रता दिनका लागि कार्ययोजना बनाउने निर्णय भएको निर्देशन वस्नेतले बताउनुभयो । उहाँका अनुसार पाचथरमा पाईलट परियोजना शुरु गर्ने तयारी गरिएको छ । युनिसेफ र एनट्यागसँगको सहकार्यमा बच्चाको पाखुरा नाप्ने, बच्चा जोख्ने, पैरवी, लेखाजोखा लगायतका कार्यक्रम गरिने बस्नेतले बताउनुभयो । कुपोषणमुक्त प्रदेशका लागि आवस्यक जनशक्ति अभाव भएको उहाँले बताउनुभयो । 

कार्यक्रममा सामाजिक विकास मन्त्री जयराम यादवले स्वास्थ्य क्षेत्रका लागि आवस्यक जनशक्तिको प्रवन्ध गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले बजेट अनुसार स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुलाई प्राथमिकता दिईने बताउनुभयो । उहाँले स्वस्थ रहनका लागि आफ्नो व्यवहारमा परिवर्तन आवस्यक रहेकोमा मन्त्री यादवले जोड दिनुभयो । 

समीक्षा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरु, स्थानीयतहका प्रतिनिधि, सुआहारा, डब्ल्युएफपी, एमएसएनपी, पोषणपुर्नस्थापना गृहका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । गत कात्तिकमा सम्पन्न प्रदेश स्तरिय समीक्षा गोष्ठिमा कुपोषणमुक्त प्रदेश बनाउने संकल्प प्रस्ताव पारित गरिएको थियो । 







MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.