Websoft University

झोराहाट साना किसान कृषि सहकारीको २३ औं बार्षिक साधारण सभा समपन्न!


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरङको ग्रामथान गाउँपालिका वडा -२  मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले २३  औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ। झोराहाटमा रहेको सरस्वती माविको सभा हलमा भएको  उक्त साधारण सभामा संस्थाका अध्यक्ष रुद्र बहादुर कार्कीले  बार्षिक प्रतिबेदन प्रस्तुत गरेका हुन्।


२०४३ साल देखि आयोजनाको रुपमा संचालन भई २०५४  सालमा सहकारीमा  स्थापना भएको सहकारी संस्थाले विगत ३५  वर्ष देखी आफ्ना सेयर सदस्य र समाजमा सेवा दिदै आएको छ। संस्थाले साना व्यावसायिक कर्जा तथा साना उद्यमीहरुको साना साना बचत संकलन गरी ऋण प्रवाह गर्दै आफ्ना सेवाहरुलाई विस्तार गर्दै आएको विश्वासिलो सँस्थाको रुपमा स्थापित भएको अध्यक्ष कार्की भनाई छ  ।


संस्थाले मोरंगमै शहकारीको हकमा सबैभन्दा सहुलिय ऋण कर्जा ब्याजदर  ९.७५ प्रतिशत सम्म दिदै आएको छ। संस्थाले सहकारी शिक्षा शिबिर, सदस्य बीच सिपमुलक, ब्यबसायिक तालिम संचालन, तकारी खेति, बिउ वितरण गर्दै आएको अध्यक्ष कार्कीले बताउनुभयो।

साना किसान कृषि सहकारीले गत आ. व. २०७७÷७८ मा सेयर सदस्यहरु संगठन बिस्तार गरि ९७ समुहमा  ५२५  जना सदस्य पुर्याई शेयर पुँजी रु ६१ लाख ७६ हजार ३ सय रुपैया रहेको पुर्याएको छ  । त्यसैगरी संस्थाको गत निक्षेप १  करोड८७  लाख ४७ हजारमा  वृद्धि भएको छ। ऋण लगानी ३ करोड ६७  लाख ४१  हजार पुर्याएको छ।   सहकारीले गत आ.व.२०७७÷७८ मा जम्मा कुल आम्दानी ८  लाख ५१  हजार १  सय ९१  रुपैया आम्दानी बचत  गरेको  छ।

उक्त साधारण सभामा  जिल्ला कृषि सहकारी संघ मोरंगका उपाध्यक्ष शोभितमान पौडेलले राज्यले बनाएको नीति तथा कार्यक्रम बलियो भएपनि ब्यबहारमा फितलो भएको धारणा राख्नुभयो।  संस्थाका सदस्यहरु कृषि पेशा संग जोडिएका भएपनि कोभिड र विषम बाढीले किसानलाई सास्ती दिएको अवस्थामा राज्यले नहेरेको उहाँको भनाई छ।

किसानले पाउनु पर्ने अनुदान नपाएको र कृषि सहकारी संथाले स्थानीय तहमा योजना लिएर जादाँ सहकारीलाई हेर्ने दृष्टिकोण फरक रहेको आरोप लगाउनु भयो। साना किसानका लागि उधमी कर्जा लगानी र प्रोत्साहन मुखी कार्यक्रम ल्याउन आवश्यक रहेको भन्दै अर्गानिक खेति तर्फ आकर्षित बन्न जोड पर्ने संघका उपाध्यक्ष पौडेलको भनाई छ।संस्था संचालनमा सदस्य किसानहरु समस्या हल गर्ने, ज्ञान, सिप र पूजीको ब्यबस्था मिलाई ब्यबसायिक आत्मनिर्भर बनाउन प्रेरित गर्न सके यस संस्था ग्रामथान गाउँपालिकाकै  नुमुना सहकारीको रुपमा स्थापित गर्न सकिन्छ ।

संस्थाले आफ्नो स्थापना कालदेखि आफ्नो सम्बन्ध लाई बिस्तार गर्दै नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेड, जिल्ला कृषि सहकारी संघ लिमिटेड, जिल्ला सहकारी संघ लिमिटेड साना किसान बैंक लिमिटेड संग सहकार्य गर्दै अघि बढ्दै आएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.