Websoft University
May 2019

शिव भट्टराई सुनसरी जेठ १७ गते । लाइन्स क्लब अफ टंकीसिनवारी ग्रिनसिटीले सुन्दरहरैचा वार्ड नं ४ र वार्ड नं ३ मा रहेको बिद्यालयमा अध्यनरत विपन्न वर्गका विद्यार्थी भाईबैनीहरुलाई  टाई , बेल्ट , जुत्ता र १ थान साउण्ड सिस्टम वितरण गरेको छ।वार्ड नं ४ मा भएको कार्यक्रममा वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठ , वार्ड नं ३ मा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो भने लाइन्स क्लब अफ टंकिसीनवारी ग्रीनसिटीका अध्यक्ष कन्चन नेउपानेको सभापतित्व रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेएष्ठले आफु जनप्रतिनिधि भएर यस्ता बिपन्न वर्गका बालबालिकाहरुलाई सहयोग गर्दै आइरहेको र यस संस्थाले गरेको कार्यलाई प्रोत्साहन गर्नुभएको थियो भने उहाँले आफ्नु नगरमा यस्ता संघ संस्थाहरु धेरै भएता पनि सहयोगी हातहरु निकै कम भएकोमा गुनासो पोख्नु भएको थियो।सोहि अवसरमा बोल्दै अध्यक्ष नेउपानेले आगामी दिनहरूमा पनि यस्ता कार्यको आयोजना गर्ने बताउनु भएको थियो।

उक्त कार्यक्रममा जनचेतना आधारभूत विद्यालय र जनता आधारभूत विद्यालयका विद्यार्थीहरुलाई वितरण गर्नका लागि सुप्रीम कृषि सहकारी संस्था बूढीगंगा-२ र राज कुमार वनले सामान उपलब्ध गराईदिनु भएको थियो भने दुवै विद्यालयका प्रधान्ध्यापक राम प्रसाद भट्टराई साथै कृष्ण प्रसाद निरौलाले सहयोगी हातहरु प्रति आभार व्यक्त गर्नु भएको थियो।

श्याम राई-गाईघाट जेष्ठ १७ गते । रातो तारा डट कम,
नेपाल सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तरगत र प्रदेश सरकार तथा स्थानिय सरकारले एक घर एक रोजगार कार्यक्रम अगाडी बडाएकोले अव आफ्नो क्षमता,सीप र शैक्षिक प्रमानपत्रको आधारमा सवैले रोजगारको अवसर पाउने, र अव बाबु आमाले पनि मेरा छोराछोरीले जागीर खान पाउने हुन कि नपाउने हुन भनेर चिन्ता लिईरहनु नपर्ने वताएका छन् ।

प्रदेश नम्बर १ का सामाजिक विकास मंत्री जिवन घिमिरे शुक्रबार उदयपुरको सदरमुकाम गाईघाटमा  त्रियुगा नगरपालीका, त्रियुगा उद्योग वाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ र प्रधानमंत्री रोजगार कार्यक्रमको आयोजनामा शुक्रबार एक दिने वृत्ति परामर्श तथा रोजगारी मेला को उद्घाटन कार्यक्रममा बताएका हुन् ।

नेपाल सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तरगत र प्रदेश सरकार तथा स्थानिय सरकारले एक घर एक रोजगार कार्यक्रम अगाडी बडाएकोले अव आफ्नो क्षमता, सीप र शैक्षिक प्रमानपत्रको आधारमा सवैले रोजगारको अवसर पाउने छन ।

मेलामा विकाश, निर्माण, विद्यालय, होटल, कलकारखाना, फर्निचर उद्योग, व्युटीपार्लर, लगाएतका लागी २ सय ५० भन्दा बढीले रोजगार पाउने आयोजकले जनाएको छ ।

कार्यक्रमको प्राविधिक सहयोग प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद (सिटी भिटी), हेल्भेटास नेपाल, त्रियुगा नमूना सिप माध्यामीक विद्यालय, जिल्ला होटल संघ उदयपुर को सहयोग रहेको छ ।

                                                                   



काठमाण्डौ जेष्ठ १७ गते । रातो तारा डट कम,प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले पहिलो जित हात पारेको छ । आज भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ८० रनको फराकिलो अन्तरले पराजित गर्दै प्रदेश १ ले पहिलो जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ ले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभर १ बलमा सबै विकेट गुमाएर मात्र ४७ रन बनाउन सक्यो । कर्णालीलाई सस्तैमा समेट्न प्रदेश १ का कप्तान पुष्प थापाले ६ विकेट हात पार्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो । प्रदेश १ का सिद्धान्त लोहनीले ७ चौकाको मद्दतमा ६३ रन बनाउनुभयो । यस्तै फिर्दोस अन्सारीले अविजित ४५, सुन्नी पुनले ३४, कप्तान पुष्प थापाले २९ रन बनाउनुभयो । कर्णालीका प्रकास जैसी, ललित प्याकुरेल र दिवन पुनले समान २÷२ विकेट हात पारेका थिए । 


काठमाण्डौ जेष्ठ १७ गते । रातो तारा डट कम,सर्लाहीको बाग्मतीबाट सिन्धुलीको महेन्द्र झ्याडी जोड्ने सडकखण्डमा आज बिहान गुडिरहेको बस क्यान खोलामा खस्दा चालकको मृत्यु भएको छ । महेन्द्रझ्याडीबाट बागमतीका लागि छुटेको ना. ३ ख ६६४२ नम्बरको यात्रुबस मोरङ्गे भन्ने ठाउँको उकालोबाट क्यानखोलामा खस्दा सोही बसका चालक ३५ वर्षका दलबहादुर राईको मृत्यु भएको हो । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ स्थित मोरङ्गेको उकालो निकै ठाडो रहेकाले यात्रु झारेर चालकले बस उकाल्ने क्रममा दुर्घटना भएको स्थानियले बताएका छन् । उकालोको टुप्पो नजिक पुग्नेबेलामा स्टार्ट बन्द भएपछि अनियन्त्रित भई बस तल खोलामा खसेको बताईएको छ । रौतहट चन्द्रपुर नगरपालिका–१ निवासी चालक राईको घटनास्थलमै मृत्यु भएको छ । मृतकको शव पोष्टमार्टमका लागि रौतहटको चन्द्रनिगाहपुर अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चरित्रबिक्रम कार्कीले जानकारी दिनुभयो । 



यसलाई हेर्दा पुरानो युगको याद आउन सक्छ।
समयले आज गति पक्रि सक्यो ।।
बिचरा पर्खने पनि त कुरै भएन ।
लोै हेर्नुस् हजुर मेरो समचार खसाउने टोकरीको हालत ।।
समय सगै हिड्न नजान्दा यो पोष्ट बक्सको बासस्थान,
खोजदै हिड्ने दिन आयो ।।
समयलाई आज समयले नै कहाँ बाट कहाँ पुर्यर्यो।
अब नया पुग आएछ कि क्या हो !
यसलाइ यताबाट उता-अनि उताबाट यता  गरिदैछ।
कुनै दिन चर्चामा आएको पोष्ट बक्सको यो टोकरी
आज मितिको गन्ति गर्दै, तपाईं हाम्रो समय जानेवालाछ।
बुझि राख्नु होस । अब यसको इतिहास पनि त मेटिनेवालाछ।
धन्यवाद
तेजेन्द्रबहादुर  भण्डारी
स्वतन्त्र पत्रकार
बिराटनगर ११ २०७६/२/१७
(कविता लेख्न सिकेको मात्र हो गल्ती भए माफ पाउ है)
बिराटनगर जेठ १७ गते । रातो तारा डट कम,



काठमाण्डौ जेष्ठ १७ गते । रातो तारा डट कम,कन्चनपुरको महेन्द्रनगरमा दुइ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयमा शिविर सुरु भएको हो । दुइ दिन सम्म चल्ने शिविरमा नाक, कान, घाँटी, छाला, यौन रोग सहितका रोगको निःशुल्क जाँच भई रहेको नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो । शिविरमा इएनटी बिशेषज्ञ डाक्टर सुलभ श्रेष्ठ, छाला तथा यौन रोग बिशेषज्ञ डाक्टर सुमित पाण्डेय, स्त्री रोग बिशेषज्ञ डाक्टर सृष्टि जोशी र मधुमेह तथा जनरल फिजिसियन बिशेषज्ञ डाक्टर प्रवेश पन्तले स्वास्थ्य जाँच गरिरहेका छन् ।


काठमाण्डौ जेष्ठ १७ गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले जनताको चाहना विपरित हुनेगरी, जनता बिरोधि बजेट ल्याएको निष्कर्ष निकालेको छ । नेपाली काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट जनताको चाहना परित हुने गरी आएको निष्कर्ष निकालेको हो । नेपाली जनताको चाहना विपरित बजेट आएको निष्कर्ष दलको बैठकले निकालेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो । उहाँले रोजगारीको अवसर बढाउने, मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने, उत्पादन वृद्धि गर्ने भन्दा पनि बजेट जनतालाई थप ऋणको भार थोपर्ने गरी आएको पनि बताउनुभयो । बैठकमा काँग्रेस सांसदले वितरणमुखि यो बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्ने दावी गरेका थिए । काँग्रेस संसदीय दलले सांसदका लागि विनियोजन गरिएको ६ करोड बजेट दुरुपयोग गरे तत्काल विरोध गर्ने निर्णय पनि गरेको छ । प्रमुख सचेतक खाँणले सांसदका लागि विनियोजन गरिएको बजेट दुरुपयोग भए तत्काल विरोध गर्ने निर्णय गरिएको बताउनुभयो ।




काठमाण्डौ जेष्ठ १७ गते । रातो तारा डट कम,सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इदुलफित्रको दिन सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले यो निर्णय गरेको हो । इदुलफित्रमा विदा दिने पुरानै निर्णय भए पनि दिन तोकिएको थिएन । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिदा जेठ २३ गते दिने निर्णय भएको कुरा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको हो । 
यसैबीच सरकारले लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले ढकाललाई हटाउने निर्णय गरेको हो ।




श्याम राई उदयपुर गाइघाट जेष्ठ १६ गते ।जिल्ला कारागार उदयपुर बाट ६ जना कैदीलाई रिहा गरिएको छ ।

१२ औँ गणतन्त्र दिवशको अवशरमा राम्रो चालचलन भएका ति कैदिलाई कैदको सजाय छोट्याई नेपालको संविधानको  धारा २७६ बमोजिम माफी पाएर छुटेको जेलर सीताराम कार्कीले बताए ।

वन मुद्धा, सवारी दुर्घटना, चोरी र ज्यान मुद्धामा कैद भुक्तानी गरीरहेका उनीहरुलाई वुधबार रिहा गरिएको जेलर कार्कीले बताए ।

रिहा हुने हरुमा सवारी ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका बेलका नगरपालीका ९ का उपेन्द्र विष्ट, ज्यान उधोग र चोरी मुद्धामा सजाय पाएका चौदण्डी नगरपालीका का डम्बर वहादुर तामाङ्ग रहेको जेलर कार्कीले बताए ।

त्यसैगरी मुद्धाको चार जना पनि रिहा भएका छन् । त्रियुगा नगरपालीका १३ का उत्तम भुजेल, गणेश दनुवार, त्रिनपा ६ का महिन्द्र चौधरी र विश्वनाथ चौधरी आममाफी पाएर छुटेका छन् ।

जिल्ला कारागार उदयपुरमा गरी १ सय ७८ जना कैदी बन्दि रहेकोमा ६ जना छुटेपछि १ सय ७२ जना बाँकी रहेको जेलर कार्कीले बताए ।



                                                                         


शिव भट्टराई मोरङ जेठ १६ गते ।मोरङ्गको सुन्दरहरैँचामा रहेर बिभिन्न सरकारी बिद्यालयमा लामो समय अध्यापन गरेर सेवा निबृत्त शिक्षकलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ। सुन्दरहरैँचा श्रोत केन्द्र मोरङ्गले उहाँहरुलाई सम्मान गरेको हो।

सुन्दरहरैँचा श्रोत केन्द्रले साजिलाल माबिमा अध्यापन गराएका सेवा निबृत्त शिक्षक सम्बरबहादुर श्रेष्ठ र नारायण प्रसाद घिमिरे, सरस्वती आधारभुत बिद्यालयका भुवनेश्वर साहु तेली, श्री मा.बि.का तिर्थ भण्डारी, हरिदेव आधारभुत बिद्यालयका खेमनाथ अधिकारी, सुकुना माबिका प्रेम बहादुर तामाङ, मोहनलाल माझी, ज्योति माबिका अर्जुन कुमार श्रेष्ठ, अर्जुन सुवेदी, हिमालय आधारभुत बिद्यालयका अच्युत कुमार सुवेदी, हरिदेव आधारभुत बिद्यालयका हरिकुमार श्रेष्ठलाई सम्मान गरिएको हो।

उहाँहरुलाई सुन्दरहरैँचा नगरपालिकाका मेयर शिव ढकालले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गर्नुभएको थियो। सम्मान गर्दै मेयर ढकालले सेवा निबृत्त शिक्षकको प्रशंसा गर्दै उहाँहरुको योगदानको चर्चा गर्नुभएको थियो। समाजमा शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकको योगदान कहिल्यै नमेटिने बताउनुभयो। संगठित रुपमा शिक्षक महासंघमार्फत शिक्षक आए नगरपालिका सहयोग गर्ने प्रतिबद्वता ब्यक्त गर्नुभएको छ।

दुर्गा गुराँगाईको अध्यक्षता र याम सिग्देलले सञ्चालन गरेको कार्यक्रममा सुकुना क्याम्पसमा प्रमुख लक्ष्मि श्रेष्ठ, बलराम पोख्रेललगायतले बोलेका थिए।

बिराटनगर जेष्ठ १६ गते । रातो तारा डट कम,बिराटनगर महानगरपालिका वडा नम्वर १५ को प्रजातन्त्र मार्ग का सडक उपभोक्ताहरुले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर मजोला शहर एकृति शहरी वातावरणीय सुधार परियोजनाले बनाउदै गरेको उक्त सडक सम्जोता बिपरित कसैको घरै भत्काउने पौंचवालाको घर नभत्काई गलत तरीकाले सडक बनाइरहेको भन्दै सो गलत कार्यको बिरोध गरेका छन ।

बिराटनगर १५ को प्रजातन्त्र मार्ग रानीपथ हडतालि हाट देखि मलाय रोड सम्मको सडकको नाला, पक्की सडक को बाटो चौडाई तोकिएको मापदण्ड अनुसार बाइने सम्जोता भए पनि वडा अध्यक्ष असलम आलम ले टोवासी संगको सम्जौता बिपरित गलत तरिकाले बटो बनाइरहेको भन्दै सो कार्य तु रोक्नु पर्ने धारण राख्दै बिरोध जनाएका छन । 

उल्लेखित बाटो गलत तरिकाबाट हाल बनाउन थालेको भन्दै तु काम रोक्न र सम्जौता अनुसार काम गर्न महानगर र वडा संग बाटो उपभोक्ता हारुले माग गरेका छन ।


काठमाण्डौ जेष्ठ १६ गते । रातो तारा डट कम,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संघीयताको पक्षमा नरहेको टिप्पणी गर्नुभएको    छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा देउवाले बजेटमा समेत संघीयतालाई प्राथमिकतामा नपरेको बताउनुभएको हो । उहाँले ओली सरकार संघीयताकै पक्षमा नभई संघीयताको विरोधमा रहेको बताउनुभयो । संविधानले प्रदेशमा दिएको अधिकार समेत सरकारले खोस्न खोजेको उहाँको आरोप छ । ओली सरकार अधिनायकवादी भए अर्को आन्दोलन गर्नुपर्ने अवस्था आउने भन्दै कांग्रेस सभापति देउवाले त्यसका लागि तयार रहन निर्देशन दिनुभयो ।



काठमाण्डौ जेष्ठ १६ गते । रातो तारा डट कम,मुलुकभरका सात सय ५३ स्थानीय तहमध्ये यसवर्ष सात सय ४७ स्थानीय तहले मात्र लेखापरीक्षण गराएको पाइएको छ । गएको वर्ष लेखापरीक्षण सम्पन्न भएका सात सय ४७ स्थानीय तहको २४ अर्ब बढी फछ्र्यौट गर्न बाँकी छ । महालेखा परिक्षकको छपन्नांै वार्षिक प्रतिवेदन अनुसार सात सय ४७ स्थानीय तहले लेखापरीक्षण गराएका छन् । 

तर सर्लाहीको विष्णु गाउँपालिका, रामनगर गाउँपालिका, बलरा नगरपालिका, महोत्तरीको सम्सी गाउँपालिका, धनुषाको हंसपुर नगरपालिका र बझाङ्गको बुङ्गल नगरपालिकाले गरि ६ स्थानीय तहले एक अर्ब ६७ करोड ५० लाखसमेत आय–व्ययको लेखापरीक्षण नगराएको महालेखा परिक्षकको कार्यालयका नायव महालेखापरिक्षक बिष्णुप्रसाद रिजालले बताउनुभयो । 

सात सय ४७ स्थानीय तहले पाँच खर्ब ७१ अर्ब ५१ करोड ३५ लाख ३७ हजारको लेखापरिक्षण गराउँदा नियमित बेरुजु फछर््र्यौट गर्नुपर्ने १४ अर्ब ८१ करोड ५९ लाख ५८ हजार र पेस्की फछ्र्यौट गर्नुपर्ने ६ अर्ब ६० करोड ४० लाख ४८ हजार बाँकी छ । राष्ट्रिय गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, कर्मचारी अभावले यस्तो भएको बताउनुहुन्छ । 

महालेखा परिक्षकको कार्यालयले काम भएको र कागजी प्रक्रिया नमिलेको मात्र छुट्याउने भएकाले बदमासी गरेको वा भ्रष्टाचार गरेको ठहर गर्न अर्को निकायको खाँचो रहेको पुर्व सचिव खेमराज नेपालले बताउनुभयो । गत वर्ष सातसय ३८ स्थानीय तहको १४ अर्ब २४ करोड ५९ लाख ५९ हजार बेरुजु रहेकोमा यो वर्ष समायोजनबाट १० लाख ४५ हजार थप र सम्परीक्षणबाट दुइ अर्ब ३९ करोड ६१ लाख ५७ हजार फछ्र्यौट भई ११ अर्ब ८५ करोड ८ लाख ४७ हजारमा यो वर्ष सात सय ४७ स्थानीय तहको लेखापरीक्षणबाट थप २४ अर्ब १४ करोड १५ लाख ७४ हजारसमेत ३५ अर्ब ९९ करोड २४ लाख २१ हजार अद्यावधिक बेरुजू रहेको छ । 



काठमाण्डौ जेष्ठ १६ गते । रातो तारा डट कम,प्रधानमन्त्री विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित हासिल गरेकोछ । हिजो भएको खेलमा प्रदेश नम्बर १ लाई ७५ रनले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो  ।  

मुलपानी क्रिकेट मैदानमा पुलिसले दिएको १ सय ८६ रनको मध्यम लक्ष्य पछ्याएको प्रदेश १ ले ३८ ओभर ३ बलमा अलआउट हुँदै ११० रन मात्र बनाउन सक्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो ।  

यस्तै, प्रदेश नम्बर २ ले भने प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित हात पारेको छ । आज भएको खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै प्रदेश २ ले पहिलो जित निकालेको हो । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कर्णालीले दिएको ९४ रनको सामान्य लक्ष्य प्रदेश नम्बर २ ले १६ ओभरमा १ विकेट गुमाएर पुरा ग¥यो । 

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३४ ओभर ४ बलमा अलआउट हुदै ९३ रन बनाएको थियो । जितसँगै समूह ‘बी’ को प्रदेश २ ले २ खेलबाट २ अङ्क जोडेको छ । 


काठमाण्डौ जेष्ठ १६ गते । रातो तारा डट कम,२०७२ बैशाख १२ गतेको भूकम्पपछि चार बर्ष बन्द रहेको नेपाल चीनबीचको प्रमुख उत्तरी व्यापारीक तातोपानी नाका जेष्ठ १५ गतेबाट सञ्चालनमा आएको छ । नेपाल सरकारको तर्फबाट उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादव र चिनियाँ बाणिज्य उपमन्त्री झाङ्ग जिवेन, चिनियाँ राजदुत हाउ याङ छिले संयुक्त रुपमा रिबन काटेर तातोपानी नाकाको उद्घाटन गर्नुभएको हो ।

मितेरी पुलमा आयोजित औपचारिक समारोहमा नाकाको उद्घाटन भएपछी ना ६ ख ४७५१ नम्बरको कन्टेनर ऊनसहित चिनियाँ भुभागबाट नेपाल भित्रिएको छ । अन्य ३ कन्टेनर भ्यान पनि ऊन लिएर नेपाल भित्रिएका छन् । 
नाका उद्घाटन समारोहमा सिन्धुपाल्चोकका सांसद अग्नीप्रसाद सापकोटा, शेरबहादुर तामाङ, प्रदेश नम्बर ३ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल सहभागी हुनुहुन्थ्यो ।




बिराटनगर जेठ १५ गते । रातो तारा डट कम,मोरङ प्रहरीको एसपी मनोजकुमार केशीले कसैले प्रश्न उठाउनेअवस्था नआउनेगरी आफनो कार्यकाल पुरा गरेको वताउनु भएको छ । लागुऔषध उपचार तथा पुर्नस्थापनाकेन्द्र विराटनगरमा आज गरेको उहाको विदाई कार्यक्रमा वोल्दै आफुले गरेको कुनैपनि काममाmप्रश्न उठाउने कुनैपनि अवस्था नआएका कारण आज म शिर ठाडो पारेज जादैछुु भन्नुभयो ।

उहाले आफु र मेरो प्रहरीको टिमकै कारण मोरङ जिल्ला शान्ती सुरक्षा सुुद्धिढ वनाउन सफल भएको दावी गर्नुभयो । सरुवा भएर मोरङआएपछि अपरााध तथा लागु औषध नियन्त्रण साथै जनतासंग प्रहरी कार्यक्रम सफल भएको दावी गर्नुभयो । म र मेरो टिमले गरेको कामकै कारण सफल भएको उहाले सुनाउनुभयो । उहाले १३ महिनाको अवधिमा संचारकर्मी, नागरिक समाज तथा राजनितिकदलको सहयोगका कारण नेपाल प्रहरीले हरेकक्षेत्रमा सफल भएको दावी गर्नुभयो ।

लागु औषध प्रयोग गर्नेहरु रोग हुन उनिहरुलाई समातेर कार्वाहीगर्ने होइन उनिहरुको उपचार गर्नुपर्छ भन्ने मान्यताका साथ आफुले अभियान संचालन गरेको र त्यो अभियान सफल भएको उहाले वताउनुभयो । मोरङमा आएपछि नया पाच वटा कार्यक्रम संचालन गरेको र अहिले त्यो कार्यक्रमा देशव्यापी रुप्मा शुुरु भएको उहाको भनाई थियो । लागु औषाध उपचारकेन्द संजालको संयोजक दिपक चापागाईले एसपी केशीले लागु औषाध नियन्त्रण तथा पुर्नस्थापनाका लागी चालेको अभियानलाई निरन्तरता दिने वताउनुभयो ।

कार्यक्रमा , सन्जिव चापागाई, संन्जिव खडका, सुशिल रिजाल,तथा राजन भटराईले एसपी केशीले गरेको कामको प्रसंसा गर्नभएको थियो । सो अवसरमा एसपी केसीलाई कदरपत्रद्धारा सम्म्मानित गरिएको थियो । एसपी केशी २०७५ जेठ ५ गते मोरङ सरुवा भएर आउनु भएको थियो । एसपी केशी प्रहरी प्रधान कार्यालय अन्वेशण योजना निर्देशनालयमा सरुवा हुनुु भएको छ ।


काठमाण्डौ जेष्ठ १५ गते । रातो तारा डट कम,नेपाल सरकारले आर्थिक बर्ष २०७६÷०७७ को लागि बजेट सार्वजनिक गरेको  छ । सरकारको तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले आउदो आर्थिक बर्षको बजेट सार्वजनिक गर्नुभएको हो । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले सरकारले यस बर्ष जेष्ठ नागरिक भक्ता बढाएर मासिक ३ हजार बनाएको जानकारी दिनुभयो । 

गरिबिको रेखामुनि रहेका वालवालिकाहरुको लागि वालसंरक्षण अनुदानको कार्यक्रमको तयार गर्ने र त्यसको लागि एक अर्ब ६४ करोड रुपैया बिनियोजन भएको छ । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ५ अर्व १ करोड रुपैया बिनियोजन भएको भने राष्ट्रपति चुरे कार्यक्रमको लागि १ अर्ब बजेट छुटइएको छ । यस्तै, सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३ सय विद्यालय भवन निर्माण गर्न ८ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । 

यस्तै वालवालिकाको पढाइ र बुझाइको दर बढाउन रंगिन पाठ्यक्रम निर्माण गरिने र त्यसको लागि २ अर्ब छुट्याइको छ । सामुदायिक र नीजि विद्यालयबीचको शैक्षिक गूणस्तर बढाउन विशेष पहल गरिने छ । सबै विद्यालयमा सेनेटरी प्याड पु¥याउन बजेट विनियोजन गरिएको छ भने सबै नागरिकलाइ स्वस्थ बनाइ उत्पादकत्व बढाउन पहल गर्न पनि बजेट बिनियोजन भएको छ ।  

स्वास्थ्य सेवालाइ सर्वसुलभ र गूणस्तरिय बनाइने बिषय पनि बजेटमा उल्लेख छ । रोजगारी कार्यक्रम प्रभावकारी बनाउनको लागि पनि छट्टै बजेट बिनियोजन गरिएको छ । आगामी बर्ष युवा वैज्ञानिक सम्मेलन गरिने पनि अर्थमन्त्रीले जानकारी दिनुभयो । सबै नेपालीलाइ स्वास्थ्य बीमामा ल्याइने छ । बीर अस्पतालाइ अन्तराष्ट्रिय रुपकै उत्कृष्ट अस्पताल बनाइने छ ।  

सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध गरिने गरि बजेट विनियोजन गरिएको छ ।  ९२ प्रतिशत नागरिकलाइ आधारभूत खानेपानीको सुबिधा पु¥याउने गरि बजेट बिनियोजन भएको पनि अर्थमन्त्रीले जानकारी दिनुभयो । सुख्खाग्रष्त क्षेत्रमा पानीका आयोजनाहरु निर्माण गरिने भने भूकम्पबाट ग्रष्त क्षेत्रमा पानीको व्यवस्था गरिने गरि बजेट विनियोजन भएको छ । 

महिला वालवालिका र जेष्ठ नागरिकको तर्फ ७८ करोड रुपैया बजेट विनियोजन भएकोछ । आधारभूत खाद्यान्नमा आत्मनिर्भर हुने गरि कार्यक्रम प्रवद्र्धन गरिने अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो । आगामी ५ बर्षभित्र फलफूलले ढाकेको बारी दोब्बर बनाइने गरि बजेट विनियोजन भएको पनि अर्थमन्त्रीले बताउनुभयो । सबै प्रदेशमा नमूना अर्गानिक खेतीलाइ प्रोत्साहन गर्ने, कृषि सिप सिकेर विदेशबाट फर्किएकालाइ प्रोत्साहन गरिने बिषयलाइ सरकारले प्राथामिकतामा राखेको छ ।

प्रदेश र ५ र सुदुरपश्चि प्रदेशमा कृषि अनुसन्धान केन्द्र स्थापनाको लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । आगामी बर्षलाइ बृक्षारोपण बर्षको रुपमा अभियानकै रुपमा अभियान सञ्चालन गरिने पनि बजेट भाषणमा उल्लेख छ । शहकारी ढाँचालाइ प्रोत्साहन गरिने पनि सरकारको प्राथामिकतामा परेको छ । 
पर्यटन क्षेत्रको बिकासलाइ प्राथामिकतामा राखेको र नेपाल भ्रमण बर्ष २०२० लाइ भव्यताका साथ मनाइने पनि सरकारले घोषणा गरेको छ । स्वदेशी उत्पादन तथा उद्योगहरुलाइ प्रोत्साहन गरिने बिषय पनि सरकारले प्राथामिकतामा राखेको छ । उज्यालो नेपालको अभियानलाइ प्राथामिकतामा राखिएको छ । 

आगामी बर्षभित्रमा हुम्लालाइ सडक सञ्जालमा जोडिने छ । अतिक्रमित सरकारी जग्गाहरु आगामी आर्थिक वर्षमा सरकारी कायम गरिने भएको पनि बजेटको प्राथामिकतामा परेको छ । यी हुन बजेटका लोकप्रिय कार्यक्रम सरकारले जेष्ठ नागरिक भत्ता ३ हजार बनाएको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै सरकारले जेष्ठ नागरिक भत्ता बढेको घोषणा गरेको  हो । 

जेष्ठ नागरिक भत्ता यसअघि २ हजार थियो ।  गर्भा अवस्थादेखि बृद्ध अवस्थासम्मलाई सामाजिक सुरक्षा उपलब्ध गराइने घोषणा पनि सरकारले गरेको छ । सुत्केरीलाई यातायात खर्चको लागि २ अर्ब २२ करोड विनियोजन गरिएको छ । ८ प्रकारका जटिल रोगको निशुल्क उपचारको अनुदानमा बृद्धि गरिएको छ भने सबै जिल्लामा स्थास्थ्य बीमा गर्न ६ अर्ब बिनियोजन गरिएको छ । 

८३ हजार युवाहरुलाई सीपमूलक तालिम प्रदान गर्ने  घोषणा गरिएको छ भने बेरोजगारहरुलाई सार्वजनिक विकास निर्माणमा लगाइने छ । वैदेशिक रोजगारीको जानेको लागत रोजगारदाताबाटै उठाइने घोषणा गरिएको छ ।  श्रम र रोजगारीमा ७ अर्ब १४ करोड बजेट  वर्ष ९२ प्रतिशत जनसंख्यालाई खानेपानीको सुविधा पुर्याउने लक्ष्य पनि बजेटमा गरिएको छ । स्वास्थ्य स्वयंसेविकाहरुलाई वार्षिक रुपमा ३ हजार रुपैयाँ यातायात खर्च दिइने ब्यवस्था गरिएको छ । ५२ हजार स्वास्थ्य स्वयम सेविकाहरुलाई वार्षिक ३ हजार यातायात भत्ता दिन बजेट विनियोजन गरिएको छ । 


काठमाडौं,जेठ १५ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस जनताको विजय र कुलीन तन्त्रको पराजयको दिन भएको बताएका छन्। गणतन्त्र दिवशको अवसरमा आज आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

१२औँ गणतन्त्र दिवसका अवसरमा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ। टुँडिखेलमा सरकारले आयोजना गरिएको विशेष कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। 

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा ४३४  कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी छिन्।



सुनसरी-जेठ १५ गते । रातो तारा डट कम,राजधानी काठमाडौ टुडिखेल लगाएत देशका सातै प्रदेशका सदरमुकाम स्थानीय तहहरूमा आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाईंदैछ ।

२०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि ११ वर्ष पूरा भएर १२ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदैछन् । २०६२ र ०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो ।

२०६४ सालको चैतमा सम्पन्न संविधानसभा निर्वाचन र त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

त्यस्तै आज इटहरी उपमहानगरपालिकाले समेत भव्य  प्रभात फेरि कार्यक्रम आयोजना गरि गणतन्त्र दिवस मनाएकोछ ।

इटहरी उपमहानगरपालिकाको कार्यलय परिसरबाटनिस्केको उक्त र्‍यालीले इटहरी चोक परिक्रमा गरि पुन नगरपालिका आएर समापन भएको थियो ।



काठमाण्डौ जेष्ठ १५ गते । रातो तारा डट कम,नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाको संयोजकत्वमा क्रिकेट प्रशिक्षक सङ्घ गठन भएको छ । ११ सदस्यीय तदर्थ समिति हिजो गठन गरिएको हो । प्रशिक्षकहरूको क्षमता विकासका लागि समिति गठन गरिएको संयोजक टमाटाले बताउनुभयो । ६ महिनाभित्रमा विधान तयार पारेर साधारण सभा गर्ने उहाँको भनाइ छ । सङ्घको उपाध्यक्षमा राजु बस्न्यात, सचिवमा बसन्त शाही र कोषाध्यक्षमा कैलाश विष्ट रहनुभएको छ । क्रिकेट प्लेअर्स एसोसिएसन (सीप्यान), अम्पायर कमिटि, क्रिकेट एसोसिएसनसँग सहकार्य गरी अगाडि बढ्ने समितिको सोँच रहेको छ । 


काठमाण्डौ जेष्ठ १५ गते । रातो तारा डट कम,भारतको उत्तर प्रदेशमा विषाक्त रक्सी सेवनका कारण १२ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको बाराबकीको रामनगरमा विषाक्त रक्सी सेवनका कारण १२ जनाको मृत्यु हुनुका साथै २५ जना बिरामी परेको स्थानीय प्रहरीले जनाएको छ । उत्तर प्रदेश सरकारले घटनाको छानविन गर्दै डीइओ, ८ जना प्रहरी जवान र आबकारी निरिक्षकलाई निलम्बन गरेको छ । घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गनुभएको छ । साथै रक्सी विक्रि गर्ने पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 







काठमाण्डौ जेष्ठ १५ गते । रातो तारा डट कम,उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले डेडिकेटेड फिडर र ट्रंकलाइनमा देखिएको विवादका विषयमा जारी अध्ययनबाट सुविधा प्रयोग गरेको भेटिए महसुल पनि तिराउने बताउनु भएको छ । 

पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले व्यवसायीहरूले लिइरहेको विद्युत महसुलको बक्यौता जुनसुकै अवस्थामा तिर्नुपर्ने धारणा आज राख्नुभएको हो । मन्त्री पुन विदेश भ्रमणमा रहेको बेला सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रङ्कलाईन फिडरमा देखिएको विवादका विषयमा बुझ्न भन्दै ऊर्जा मन्त्रालय र प्राधिकरणका प्रतिनिधिलाई बोलाएकोथियो । लेखा समितिमा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे र प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई बोलाइएको थियो । 

आफ्नो अनुपस्थितिमा लेखा समितिमा यो विषय उठेका कारण पनि आफूले त्यस बारेमा धारणा राख्न नपाएका कारण पत्रकार सम्मेलन गरिएको मन्त्री पुनको भनाइ छ । निजी क्षेत्रलाई निरुत्साहित गर्नेआफूहरूको मनसाय नभए पनि उनीहरूले प्रयोग गरेको विद्युत महसुल तिर्नुपर्नेमा मन्त्री पुनले जोड दिनुभयो । 



श्याम राई उदयपुर-गाईघाट,जेष्ठ १४ गते । रातो तारा डट कम, महिलाको सुरक्षा, पहिचान, सम्मान, अभिवृद्धि, हकअधिकार लगायतका १४ बुँदे घोषणा पत्र जारी गर्दै प्रथम उदयपुर महिला भेला मंगलबार  सम्पन्न भएको छ । 

२ दिनदेखि जारी उक्त कार्यक्रमले जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार सम्मेलनमार्फत घोषणा पत्र सार्वजानिक गरेको हो । भेलाले स्थानीय सरकारका सबै संरचनामा लैगिंक समनताका नीति बनाइ सोहीअनुरुप वजेट विनियोजन तथा कार्यान्वयनका लागि पहल गर्ने, लैंगिक हिंसा निवारण कोष, मानव वेचविखन राहत कोष, एकल महिला सुरक्षा कोष, वाल संरक्षण कोष, जेष्ठ नागरिक स्वास्थ्य विमा लगायतका कार्यक्रम सञ्चालन गर्न माग गरेको छ ।

त्यस्तै स्थानीय स्तरका न्यायिक समितिको कार्यसम्पादनलाई सहज तथा प्रभावकारी बनाउन नेतृत्व विकास तथा साशकिय क्षमता अभिबृद्धी गराउन राष्ट्रिय न्यायिक प्रतिष्ठान, स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठानसँग समन्वय गर्ने, महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न स्थानीय समुदाय तथा वडास्तर देखि नै वालविवाह, जातिय विभेद र लैगिंक हिंसा मुक्त नमुना वस्ती, वडा घोषणा गर्न अभियान चलाउने घोषणा गरिएको 
छ । 
मुल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा महिलाले घरभित्र, सार्वजानिक क्षेत्र र वैदेशिक रोजगारमा भोग्नु परेका शोषण र भेदभावको अन्त्यका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहमा महिला मैत्री स्वास्थ्य सेवा प्रवाह, प्रजनन स्वास्थ्य सम्बन्धि कार्ययोजना बनाई ऐन कार्यान्वयनमा जोड दिने घोषणा गरिएको छ । 

यसैगरी प्रत्येक स्थानीय तहमा लैगिंक सम्र्पक व्यक्ति नियुक्त गर्ने, पैतृक सम्पतीमाथि महिलाको हक कार्यान्वयन गर्न पहल गर्ने, महिलाको आर्गिक सशक्तिकरणका लागि उद्यमशिलता विकास, सिपको आधुनिकिकरण तथा व्यवसायिकिकरण कार्यक्रम सञ्चालन गर्ने, प्रभावकारी समन्वय, हिंसा प्रभावितलाई स्थानीय तहमा निशुल्क कानुनी सहायता, सुरक्षित आवासगृह, वडामा उजुरी पेटिकाको व्यवस्था साथै मनोविमर्श सेवा प्रदानका लागि केन्द्र स्थापना गर्ने लगायतका घोषणा पत्रमा समेटिएका छन् । 

भेलामा श्रम सम्बन्धि ऐन, सामाजिक सुरक्षा ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, कार्यस्थलमा हुने यौनजन्य हिंसा सम्बन्धि ऐन कार्यान्वयनका लागि पहल गर्ने, योजनातर्जु प्रकृयामा महिला वडासदस्यको सहभागितालाई घोषणा पत्रले जोड दिएको छ । दुई दिनसम्म सञ्चालित कार्यक्रममा स्थानीयतहका महिलाहरुको संम्बैधानिक हकअधिकारको उपभोग साथै महिलाको आर्थिक, सामाजिक र राजनैतिकअधिकारलाई स्थापित र संस्थागतगर्ने गरी प्रशिक्षण दिइएको आयोजक प्रमुख राईले बताईन् । 

त्यसैगरी सरकारबाट जारी भएका नीति तथा कार्यक्रम, योजनाहरुमा महिला मैत्री योजना तथा रणनीति निर्माण गरी लैगिंक समानता सुनिश्चितताकालागि आधार तयार, महिलाको श्रम, पहिचानको अधिकार, न्याय सम्पादन प्रकृयामा न्यायिक समितिको भुमिका, महिलाका सवालतथा नेतृत्व स्थापित, लैगिंक समानतामा देखिएका समस्या चुनौतीका बिषयमा छलफल भएको आयोजक समितिका सदस्य सृजना दनुवारले बताईन् । 

जिल्लाका १ सय ५८ जनाजनप्रतिनिधि र अन्य अधिकारकर्मी गरी ४ सय जनाको सहभागिता रहेको कार्यक्रमको उद्घाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले गरेकी थिईन् । कार्यक्रममा महिला वडासदस्यहरुको योजना तर्जु, लैगिंकमैत्री वजेट निर्माण, समावेशीतामा महिलाको अर्थपूर्ण सहभागिताका बिषयमा छलफल भएको दनुवारले जानकारी दिईन् । 




शिव भट्टराई सुनसरी जेठ १४ गते । मोरंङको सुन्दरहरैचा नगरपालिकाका स्थित त्रिवेणीचौकमा रहेको साकेलाथानमा राईहरुको महान् चाड उभौली साकेला पर्व धुमधाम सँग मनाइएको छ।

किरात यलोढोंग ५०७९ सालको पवन अवसरमा किरात राई यायोख्खा सुन्दरहरैचा नगर कार्यसमितिको आयोजनामा मंगलवार भएको कार्यक्रममा नगर कार्यसमितिका अध्यक्ष राम कुमार राईको अध्यक्षता ,किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष तिलक प्रसाद राईको प्रमुख अतिथ्यता रहेको थियो भने सुन्दरहरैचा नगरपालिकाकी उपमेयर धना तामाङ , निवर्तमान केन्द्रीय सदस्य खेमराज राई , नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैचाका अध्यक्ष सुमन याख्खा विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि लगायत जनमानसहरुलाई स्वागत गर्नका लागि समितिका उपाध्यक्ष मुगा धन राईले स्वागत मन्तव्य दिएका थिए।

कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका साकेला सिली टोलीहरुले आफ्नो धर्म संस्कार अनुसारका भेष भूषा लगाएर नृत्यहरु प्रदर्शन गरेका थिए।राई जातिहरुको लागि योगदान गर्ने सिली टोलीहरुलाई प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि , विशिष्ट अतिथि , अतिथि लगायतले भाषा, संस्कार , संस्कृति संरक्षणका लागि निरन्तर अगाडि बढ्न जोड् दिएका थिए भने कार्यक्रमको संचालन समितिका सचिव प्रताप राईले गरेका थिए।


विराटनगर,जेठ १४ गते । रातो तारा डट कम, को बन्छकरोडपतीका पहिलो विजेता  विराटनगरका राजिव जैनलाई आज  विराटनगर–१० मा अरनीको सेकेण्डरी स्कूलले सम्मान गरेको छ ।

एपी वान टेलिभिजनबाट प्रशारणमा रहेको को बन्छ करोडपतिमा पहिलोपटक एक करोड जित्न सफल अरनीको स्कूलका पूर्व विद्यार्थी जैनलाई स्कूलले सम्मान पत्रले सम्मान गरेको हो ।  राजिवले विराटनगरको अरनिको स्कुलबाट २०४८ सालमा एसएलसी परीक्षामा मोरङ प्रथम भएकाथिए ।
उनलाई स्कुलका प्रिन्सिपल राजेश कार्की र सञ्चालक विकाश खनाललगायतले सम्मान गरे । सम्मानित जैनले करोडपती हुदाँको अनुभव उपस्थीत विद्यार्थीलाई सेयर गरेका थिए । उनले भारतमा कोन बनेगा करोडपतीमा सन २००२ मा आवेदन दिएका थिए  तर त्यसमा टप १०० मा पुग्न सफल भएपनि १८ बर्ष पछि आफ्नै मातृभुमीमा सञ्चालन भएको को बन्छ करोडपतीमा पुरा भएको बताएका थिए  ।

सोही अवसरमा जैनलाई कमला राजबहादुर कुँवर समाज सेवा गठीले समेत सम्मान गरेको छ । गुठीका अध्यक्ष दिनेशराज सुवेदीले जैनलाई सम्मान पत्रले सम्मान गरे । 


मोरङ जेठ १४ गते । रातो तारा डट कम,देशभर झण्डै २८ हजार सामुदायिक विद्यालय छन् । ती विद्यालयमा ३५ लाखभन्दा बढी छात्राहरु छन । ती विद्यालयका करिब १० लाख छात्रा सधै विद्यालय जाँदैनन् ।

त्यसमध्ये ८० प्रतिशत भन्दा बढि सामुदायिक विद्यालयमा सुविधा सम्पन्न चर्पी छैनन । भएका विद्यालयमा न पानी, न चर्पी, न सेनेटरी प्याड । ९ कक्षामा अध्ययनरत मकवानपुरका प्रतिमा लामालाई स्कूलमा प्याड फाल्ने डिस्बिन नहुँदा महिनावारी भएका बेला झनै समस्या लाग्छ । 

देशको पुर्वपश्चिम वा तराइ जहाँ गएपनि विद्यालय उमेरका किशोरीहरुको एउटै पिडा छ । सुदुरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा त स्कुलमा सफा चर्पी र प्याडको व्यवस्था मिलाउनु त परकै कुरा विद्यालय जान पनि पाइदैन । देशभर झण्डै २८ हजार सामुदायिक विद्यालय छन् । जहाँ ७२ लाख विद्यार्थी अध्ययनरत छन् । 

त्यसमध्ये आधाआधि छात्राहरु छन् । निम्न माध्यामिक विद्यालय माध्यामिक विद्यालयमा करिब १० लाख किशोरी महिनावारी हुने गरेको तथ्याङक देखिन्छ । औसतमा हरेक दिन ३३ हजार ३ सय ३३ किशोरी महिनावारी हुन्छ । आधामात्रै किशोरी प्रभावित भएपनि १७ हजार किशोरी विद्यालय जानबाट बञ्चित हुने गरेका छन् । 



भोजपुर-भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाइ छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । पानीट्याङ्कीमा कोठा भाडामा बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेकी हुन् ।


काठमाण्डौ जेष्ठ १४ गते । रातो तारा डट कम,नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले त्याग, इमान्दारी र निस्वार्थ भावनाका साथ स्थानीय तहका पदाधिकारीहरुले जनताको सेवा गरेमा मात्रै मुलुकमा सुशासन कायम हुने बताउनु भएको छ । जिल्ला समन्वय समिति रौतहटको दोश्रो जिल्ला सभाको उद्घाटन गर्न पुग्नु भएका नेता नेपालले यस्तो धारणा राख्नु भएको हो । स्थानीय तहका प्रमुखहरुले रकमको भागबण्डामा समय खेर फालेको बताउदै उहाँले आफनो नगरको विकास गर्न योजनाहरु तर्जुमा गरेर अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ । वरिष्ठ नेता नेपालले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, सडक, विद्युतीकरण जस्ता कार्यक्रमलाई योजनबद्ध गरेर विकास निर्माणको प्रक्रिया अगाडी बढाउनुको साथै वेरोजगारी अन्त्य गर्नका लागि विभिन्न सिप विकासको कार्यक्रमहरु ल्याएर पालिका, पालिका विच प्रतिस्पर्धा गर्नु नितान्त आवश्यक रहेको स्पष्ट पार्नु भएको छ । 



काठमाण्डौ जेष्ठ १४ गते । रातो तारा डट कम,पाँचथरको मिक्लाजुङ गाउँपालिकामा आज एक दिन गाउपालिकाले शोक बिदा दिइने भएको छ । गाउँपालिकाको वडा नम्बर ३ आरुबोटेमा सामूहिक हत्या गरिएका विद्यार्थी बालबालिकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोक बिदा दिइएको हो । गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाका सबै शैक्षिक संस्थाहरुमा एक दिन शोक बिदा दिने निर्णय गरेको प्रमुख प्रकाशकीय अधिकृत अरुण राईले बताउनुभयो । मुलुकलाई नै स्तब्ध पार्ने गरी भएको हत्याकाण्डमा मारिएका नौ जनामध्ये १२ बर्षिया युहाना शेर्मा, १० बर्षिया मुना शेर्मा, ८ बर्षिया इक्सा शेर्मा र १० बर्षिया आशिका खजुम स्थानीय आरुबोटे माध्यमिक बिद्यालयमा अध्ययनरत थिए । 




काठमाण्डौ जेष्ठ १४ गते । रातो तारा डट कम,पर्वतमा रैथाने धान बालीको संरक्षण गर्न थालिएको छ । जिल्लाको फलेवास नगरपालिका–१० कुर्घामा पकेट क्षेत्र बनाएर स्थानीय रैथाने जेठोबुढो जातको धान संरक्षणको अभियान शुरु भएको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कृषि ज्ञान केन्द्रले किसानहरुलाई जेठोबुढो धानको संरक्षण गर्न प्रेरित गरिरहेको छ । कार्यालयले किसानहरुलाई खेत जोत्ने १३ वटा हाते ट्रयाक्टर वितरण गरेको छ भने ५ क्विण्टल धानको बीउ उपलब्ध गराएको छ । त्यस्तै सिँचाईको सुविधा समेत पु¥याउन थालिएको छ । कुर्घाफाँटको ६० हेक्टर जमिन चक्लाबन्दि गरेर धानको पकेटक्षेत्र बनाईएको छ । स्थानीय २० परिवारलाई रैथाने जातको धान उत्पादन गर्न समूहमा आवद्ध गराईएको कृषि ज्ञान केन्द्रका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिनुभयो । जेठोबुढो धानको संरक्षण कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट समेत उपलब्ध गराईएको छ । किसान बुद्धिराम शर्माको अध्यक्षतामा पकेट सञ्चालक समिति गठन गरिएको छ । समूहमा कुर्घाका कृषकहरु आवद्ध भएका छन् । जेठोबुढो धान स्वादिलो, पोषिलो, वास्नादार र मसिनो दाना हुने धान हो । यो धान पछिल्लो समय लोप हुँदै गएको छ ।



विराटनगर जेठ १३ गते । रातो तारा डट कम, स्व.कृष्ण सेन‘इच्छुक’ले स्वतन्त्र प्रेस र गणतन्त्रलाई स्थापना गर्न देखाउनु भएको वाटो हामी सवैले अनुशरण गर्नु पर्ने विराटनगरमा आज आयोजित अन्तरक्रियाका सहभागी वक्ताहरुले वताएका छन् ।

शहिद कृष्ण सेन‘इच्छुक’को १७ औं स्मृती दिवसमा प्रेस संगठन मोरङले आयोजित प्रेस स्वतन्त्रताको सवाल विषयक कार्यक्रमा वक्ताहरुले स्वतन्त्र प्रेस संस्थागत अहिले पनि पत्रकारहरु आन्दोलनमा उत्रनु दुःखद भएको वताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी( नेकपा)का केन्द्रीय सदस्य महेश रेग्मीले जनआन्दोलनको भावना अनुसार स्वतन्त्र प्रेस सम्वन्धमा पार्टी प्रतिवद्ध रहेको वताउँदै सरकार यस सम्वन्धमा आवश्यक्र छलफल गरी संसदमा परिमार्जनसहित विधेयक ल्याउने विश्वास व्यक्त गरे ।

लोकतन्त्रलाई वलियो स्वतन्त्र प्रेस आवश्यश्यक रहेको नेपाल पत्रकार महासङघ प्रदेश महासचिव विवेक गौतमले बताए ।


विराटनगर,जेष्ठ १३ गते । विराटनगर महानगरपालिकाले वडा न. ९ को ए र वि प्लटमा सुविधासम्पन्न पार्कको सोमबार शिलन्यास गरेको छ ।

विराटनगर महानगरको ७० लाख र प्रदेश न. १ का प्रदेश सभा सदस्य केदार कार्कीको संसदकोषबाट ४८ लाखको लागतमा उक्त पार्क बन्न लागेको हो ।  नेपाली काग्रेसका प्रभाबशाली नेता डा. शेखर कोईलाले पार्कको शिलन्यास गरे ।

 डा. कोईराला संगै प्रदेश सभा सदस्य केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली , उप–प्रमुख ईन्दिरा कार्की ,वडाध्यक्ष विश्वनाथ भगत लगायत शिलन्यास कार्यक्रममा सहभागी भए ।

 ए र वि प्लटको गुदरी बजार हटाए पछी लामो समयदेखि उक्त स्थान खाली रहेको थियो । उक्त स्थानमा ब्यापारिक भवन बनाउने योजना रहेपनी आपत्तकालिन अवस्थामा सुरक्षीत स्थानको अभाव भएको भन्दै विराटनगर महानगरपालिकाले गे्रनरी पार्कको अवधारणा ल्याएको हो ।

१ कठ्ठा ६ धुर रहेको उक्त  स्थानमा फाउन्टेन ग्रेनरी , फर्नर रेस्ट , फ्रि वाईफाई , सहित लाईटिङ प्रणालीभएको पार्क बन्ने विराटनगर महानगरपालिकाका ईन्जिनियर अर्जुन थापाले जानकारी दिए । शिलन्यस समारोहमा बोल्दै डा. कोईरालााले जनचाहाना अनुरुपमा संरचना बनाउनुपर्नेमा जोड दिए ।

प्रमुख सचेतक कार्कीले जनताको सेवालाई ध्यानमा राखेर पार्क निर्माण गर्न लागीएको बताए । कार्यक्रममा बोल्दै मेयर पराजुलीले नगरबासीकालागी राम्रो उपहार हुने बताए ।आपतकालिन स्थितीमा शुरक्षित स्थान र अन्य बेला आराम स्थल हुने मेयर पराजुलीको भनाइ थियो ।

 उप–मेयर इन्दिरा कार्कीले जनचाहाना अनुसार नै पार्क निर्माणको काम शुरु गरेको बताइन ।





बिराटनगर जेठ १३ गते । रसतो तारा डट कम,प्रदेश स्तरिय खेलकुद प्रतियोगिता यही जेठ १५ गतेदेखि शुरु हुने भएको
छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरि मन्त्रालयको बार्षिक कार्यक्रम अनुसार यही १५ गते देखि प्रदेश स्तरिय खेलकुद प्रतियोगिता गर्न लागिएको हो ।

प्रतियोगितामा महिला कबड्डी, पुरुष कबड्डी, क्रिकेट, ब्याडमिन्टन, टेबुन टेनिस, तेक्वान्दो, एथलेटिक्स, कुस्ती, उसु, कराँते र डोरीतान गरी ११ प्रतियोगितामा प्रतिस्पर्धा हुने सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद महाशाखाका प्रमुख राजेन्द्र बुढाथोकीले जानकारी दिए ।

मन्त्रालयको कार्यतालिका अनुसार महिला कबड्डी खँदबारी, पुरुष कबड्डी झापाको काँकड्भिट्टा, क्रिकेट ईनरुवा, ब्याडमिन्टन सोलुखुम्बु, टेबुन टेनिस उदयपुरको गाईघाट, तेक्वान्दो झापा, एथलेटिक्स ईटहरी, कुस्ती विराटनगरको जतुवा, उसु ईलाममा, कराँते विराटनगर र डोरीतान बुढीगंगा गाउँपालिकामा गर्ने तयारी छ ।

 प्रतियोगिता अन्तरगतको महिला र पुरुष फुटवल तथा भलिवल प्रतियोगिता धनकुटा सदरमुकाम, धनकुटाको बुधवारे, तेह्रथुमको बसन्तपुर र मोरङको बेलवारीको लक्ष्मीमार्गमा सम्पन्न भईरहेको मन्त्रालयले जनाएको छ ।
प्रतियोगिताका लागि १ करोड ७९ लाख ८४ हजार ६ सय ५० रुपैयाँ लागत लाग्ने अनुमान मन्त्रालयले गरेको छ ।

मन्त्रालयको बजेट गाउँपालिकामा
मन्त्रालयले गरेको पत्रकार सम्मेलनको क्रममा मन्त्रालयले अहिलेसम्म खेलकुदमा गरेका कार्य प्रगतिको बारेमा जानकारी गराएको थियो । मन्त्रालयले खेलकुद प्रतियोगिता मार्फत खेल क्षेत्र र खेलाडीको विकासका लागि समेत कार्य गरिरहेको जनाएको छ ।

मन्त्रालयको समन्वय, सहकार्य र सहयोगको शिद्धान्त अनुसार प्रदेश खेलकुद विकासको लागि अगाडि बढ्न तयार भए अनुसार यसै बर्ष मुख्यमन्त्री कप फुटवल प्रतियोगिता र मुख्यमन्त्री कप प्रदेश लिगको तयारी समेत अन्तिम चरणमा रहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । प्रदेश सरकारले १३ जिल्लामा जिल्ला स्तरको खेल मैदान निर्माण र ८८ गाउँपालिका, ३५ नगरपालिकामा खेल मैदान निर्माणको लागि बजेट निकासा भईरहेको मन्त्री घिमिरेले जानकारी दिए ।

मन्त्रालयले गाउँपालिका र नगरपालिकाका हरेक खेल मैदान निर्माणका लागि ८ लाखका दरले रकम निकासा गरेको छ भने जिल्ला सदरमुकाममा निर्माण हुने खेल मैदानको लागि प्रत्येक जिल्लाका लागि ५० लाखका दरले रकम निकासा गरेको जनाएको हो । मन्त्रालयले चालु आर्थिक बर्षमा राष्ट्रिय स्तरको क्रिकेट खेल मैदान निर्माणको लागि बिराटनगर १९ मा रहेको बैजनाथपुर खेल मैदानलाई ८५ लाख निकासा गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले राष्टिय स्तरको बहिरा क्रिकेट प्रतियोगिता समेत संचालन गर्ने भएको छ । यही जेठ १५ गतेदेखि बिराटनगरको सहिद मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । बहिरा क्रिकेट प्रतियोगिताको लागि २७ लाख ५४ हजार ६ सय रकम खर्च हुने अनुमान मन्त्रालयको छ ।


शिव भट्टराई सुनसरी जेठ १३ गते ।धार्मीक सामुदायिक भवन निमार्णको लागी भन्दै कटुवाल हातेमालो एकता समाज इटहरीले जेष्ठ ११ गते देखि श्रीमद्भागवत सप्ताह ज्ञान माहायज्ञको आयोजना गरेको छ ।

 सुनसरीको इटहरी बिस्तारै धार्मीक पर्यटनको दृष्टिकोणले बिकास भईरहेको भन्दै यहा टाढाबाट आउने धार्मीक पर्यटकलाई अतिथी गृह नभएको कारण त्यसको आवश्यक्तालाई महशुस गर्दै भवन निमार्ण गर्न सहयोगार्थ सप्ताह पुराणको आयोजना भएको समितिका अध्यक्ष नगेन्द्र बहादुर कटुवालले बताए ।

१८ गते सम्म सञ्चालन हुने पुराण बाट करिब ४ करोड संकलन हुने अपेक्षा गरिएको छ भने हाल सम्म २० लाख नगद संकलन भएको समितिले जनाएको छ । मन्दिर भवन निमाणर््ाको लागी हाल ३० लाख बराबरको जग्गा प्राप्त भइृ सकेको छ । पुराणको मुख्य कथा वाचन भने दिनबन्धु पोख्रेलले गरेका छन् ।


शिव भट्टराई सुनसरी जेठ १३ गते ।कृष्ण सेन इच्छुकको १७ औ स्मृति दिवसको अवसरमा प्रेस संगठन नेपाल सुनसरीले अन्तरक्रिया कार्यक्रम गरेकोे छ । साहित्यकार तथा पत्रकार सेनको स्मृतिमा इटहरीमा कृयाशिल रहेका पत्रकार, साहित्यकार तथा राजनितिज्ञहरुको भेलामा अन्तरक्रिया गरेको हो ।

अभिव्यक्ति स्वतन्त्रताकोलागी सघर्ष गरेका कृष्ण सेनलाई तत्कालीन राज्य सत्ताधारीले बि। स २०५९ साल जेष्ठ महिनामा गिरफतार गरेको थियो । पत्रकारीता तथा साहित्यको क्षेत्रबाट वाकस्वतन्त्रताको बिषयलाई उठाउदै आएका सेनलाई हिरासतमै सैनिकले मारेका थिए ।

भारतको देरादुनमा जन्मेका सेनले जनादेश साप्ताहिकमा प्रधान सम्पादनको रुपमा काम गरेका थिए भने अन्य बिभिन्न सञ्चारक्षेत्र संग पनि आवद्ध रहेका थिए भने ।

तत्कालीन समयमा दक्षिण एसियाली पत्रकार संघको सदय समेत रहेका उनलाई पारिजात सृजनशिल साहितिक पुरस्कारबाट सम्मानित समेत गरिएको कार्यक्रमका संयोजक राजन केडिले बताए । केडिका अनुसार सेनले बिभिन्न समयमा जेल सजाय भोग्दै उन्ले बिभिन्न कृतिहरको प्रकाशन गरेका छन् ।


काठमाडौ जेठ १३ गते । रातो तारा डट कम,स्टार वान इन्टरटेनमेन्ट प्रालिले हरेक वर्ष झै यस वर्ष पनि मिस टिन एसईई प्रतियोगिता आयोजना गर्ने भएको छ।

आयोजक संस्थाकी अध्यक्ष पुजा निरौलाले एसईइ दिएर बसेका किशोरीहरुमा व्यक्तित्व र आत्मविश्वास बृद्धी गर्न तथा उच्च शिक्षा हासिल गर्न सहायक सिद्ध होस् भन्ने उद्येश्यले पाँचौ संस्करणको मिस टिन एसईइ २०१९ आयोजना गर्न लागेको जानकारी गराइन्।

आगामी जेष्ठ ३२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघर हुने प्रतियोगितामा सिम्रन शाही ठकुरी, समिका काफ्ले, कशिस जैसवाल, प्रिती गिरी, अस्मिता श्रेष्ठ, कृतिका केसी, जस्मिन सुनार, कृष्टिलिना स्थापित, बबिना खड्का, अनुष्का घिमिरे, अभिना केसी, अन्जु श्रेष्ठ, प्रियस्का खड्का, सुबिधा अधिकारी, कृपा गुरुङ, सरिता रुवाली, कृतिका श्रेष्ठ, युनिका बस्नेत, युनिसा पुन, श्रुती पौडेल, स्वीकृती पराजुली, कृती सिंखडा, सोफिया प्रसांइ, सिम्रन देव, सेलिना जोशी र लिना तामाङले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिहरु हाल नयाँ वानेश्वरस्थित होटल रानी महलमा विभिन्न विषयका विज्ञबाट तालिम र प्रशिक्षण लिईरहेका छन्।
प्रतियोगिता बालकृष्ण पोखरेलको पेजेन्ट निर्देशन, संम्राट प्रसाद शाहको संयोजन र अश्विनी झाको कार्यक्रम सञ्चालन तथा कोरियोग्राफीमा सम्पन्न हुनेछ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.