Websoft University
February 2024


विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा विहिबारदेखि सुरु भएको छ ।

विहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा महेन्द्र स्कुल, सरस्वती स्कुल, आर्दश स्कुल , आर्दश बालिका स्कुल विजयी भएका छन् ।

 पहिलो खेलमा महेन्द्र स्कुलले आर्दश स्कुललाई ४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको महेन्द्रले निर्धारित १० ओभरमा ५ विकेट गुमाई ६९ रनको योगफल बनाएको छ । जस्मा भुमिका राजवंशीले सर्वाधिक १० रनको योगदान दिइन् । आर्दशकी निशा मण्डलले २ विकेट लिइन् । ७७० रनको विजयी लक्ष्य पाएको आर्दशले निर्धारित ओभरमा ३ विकेट गुमाई ६५ रन मात्र बनाउँन सक्यो । जस्मा करुण राजवंशीले सर्वाधिक ८ रनको योगदान दिइन् । महेन्द्रकी प्लेयर अफ द म्याच नेहा पासवानले २ विकेट लिइन् ।

दोस्रो खेलमा सरस्रवतीले मिल्स माविलाई ५२ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १० ओभरमा ४ विकेट गुमाई १ सय ५ रन बनाएको छ । जस्मा पुर्णिमा राजवंशीले सर्वाधिक नटआउट २१ रन बनाइन् । मिल्सकी गौरी महराले २ विकेट लिइन् । १ सय ६ रनको विजयी लक्ष्य पाएको मिल्सले निर्धारित ओभरमा ५ विकेट गुमाई ५३ रनमा सिमित भयो । जस्मा सुमन चौधरीले सर्वाधिक १६ रनको योगदान दिइन् । सरस्वतीकी प्लेयर अफ द म्याच कृष्णा धामीले ३ विकेट लिइन् ।

तेस्रो खेलमा आर्दश बालिका स्कुलले सत्यनारायण स्कुललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ४ विकेट गुमाई १ सय ७ रन बनाएको छ । जस्मा सम्झना पासवानले सर्वाधिक १९ रनको योगदान दिइन् ।

 बालिकाकी कञ्चन राँयले २ विकेट लिइन् । १ सय ८ रनको विजयी लक्ष्य पाएको बालिकाले १५ दशमलव २ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा प्लेयर अफ द म्याच सकुन्तला सहनलिे सर्वाधिक नटआउट ४७ रनको योगदान दिइन् । सत्यनारायणकी दिपिका साहले १ विकेट लिइन् ।

चौथो खेलमा सरस्वती स्कुलले आर्दश स्कललाई ९ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आर्दशले निर्धारित १२ ओभरमा ३ विकेट गुमाई ६९ रन बनाएको छ । सरुसवतीकी प्लेयर अफ द म्याच चाँदनी यादवले ३ विकेट लिइन् ।

पाँचौ खेलमा आर्दश बालिका स्कुलले मिल्स स्क्ुललाई ८ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको मिल्सले निर्धारित १६ ओभरको खेलमा ११ दशमलव ३ बलमा सवै विकेट गुमाई ४७ रन बनाएको छ । जूमा दुर्गा मलाहले सवाीधक ६ रनको योगदान दिइन् । बालिकाकी प्लेयर अफ द म्याच रचना उराँवले ३ विकेट लिइन् । ४८ रनको विजयी लक्ष्य पाएको बालिकाले ५ दशमलव ३ बलमा २ विकेट गुमाई विजयी लक्ष्य पार गरेको थियो । जस्मा सकुन्तला सहनीले सर्वाधिक नटआउट १४ रनको योगदान दिइन् ।मिल्सकी मौसम राँयले १ विकेट लिइन् ।

 छैटौ खेलमा सत्तनारायण स्कलले महेन्द्र स्कुललाई १५ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको  सत्यनारायणले निर्धारित १६ ओभरमा ७ विकेट गुमाई ९१ रन बनाएको छ । जस्मा कृतिका चौधरीले सर्वारिक १२ रनको योगदान दिइन् । महेन्द्रकी धनवत् िराँये २ विकेट लिइन् । ९२ रनको विजयी लक्ष्य पाएको महेन्द्रले निर्धारित ओभरमा ५ विकेट गुमाई ७६ रनमा सिमित भयो । जस्मा शिवानी खातुनले सर्वाधिक नटआउट २१ रनको योगदान दिइन् । सतयनारायणकी प्लेयर अफ द म्याच दिपिक साह र कृचिका चौधरीले २–२ विकेट लिइन् ।

२० गतेसम्म उक्त प्रतियोगितामा प्रतियोगिता विराटनगरका ६ वटा सामुदायिक विद्यालयहरूको सहभागि हुने नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विराटनगरको आर्दश, बालिका, महेन्द्र, सरस्वती, सत्यानारयण र मिल्स स्कुलका महिला खेलाडीहरुले भाग लिने उनले बताए । ‘प्रतियोगितामा दैनिक ६ वटा खेलहरू हुनेछ । सबै टिमले सबैसँग प्रतिस्पर्धा गर्नेछन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘लिगको आधारमा खेलाइने खेलमा शीर्ष दुईवटा टोली विच फाइनल खेल हुने उनले बताए ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई छात्रवृत्ती प्रदान गरिने उनले बताए । प्रतियोगितामा उत्कृष्ट बलर, प्लेयर अफ द सिरिज, उत्कृष्ट विकेट किपर, उदयमान खेलाडी र  उत्कृष्ट ब्याटरलाई छात्रवृत्ती प्राप्त गर्ने भएका छन् ।  यस प्रतियोगिताबाट १४ जना खेलाडीहरु छनौट गरेर राजविराजमा चैतमा हुने टि–२० क्रिकेट प्रतियोगितामा खेल्ने पनि आयोजका मन्दिप साहले जानकारी दिए ।

नोट - हरियो जर्सी  आर्दश स्कुल, निलो जर्सी सरुसवती स्कुल, आकाश खालको निलो  बालिका पहेलो सत्यनारायण स्कुल हो ।


काठमाडौं । सामाजिक तथा पारिवारिक कथामा आधारित धाराबाहिक श्रृखला (वेब सिरिज) ठुलेले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा राष्ट्रिय नाचघर जमल, काठमाडौंमा बुधबार आयोजित एक विशेष कार्यक्रममा सञ्चारकर्मी नवराज बजगाईलाई सम्मान गरिएको    छ ।

दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट कला, संस्कृती, साहित्य तथा समाज परिवर्तनमा योगदान पु¥याएबापत सम्मान गरिएको वेब सिरिज ठुलेका निर्माता बिक्रम लामाले बताउनु भयो । बजगाईलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य (काभ्रे क्षेत्र नं.–१- एवं पूर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङ (लालध्वज), चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, वेब सिरिज ठुलेका निर्माता बिक्रम लामा, लेखक निर्देशक विष्णु रिजाललगायतले सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा सञ्चारकर्मी पुजन धिताल र ठुलेका कलाकारहरुलाई सम्मान गरिएको थियो ।

पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक÷प्रधान सम्पादक रहेका बजगाई काभ्रेमा रहेर सक्रिय पत्रकारिता गरिरहेका छन ।

 


श्याम राई, उदयपुर ईघाट, १६ फागुन | कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गणतन्त्र दिबसको अबसरमा जंगली जनाबरबाट मानब क्षेति रोक्न सरकारले नीति बनाएर अघि बढ्न लागेको बताएकाछन् ।

उदयपुरको बेलस्रोतमा मंगलबार आयोजित सप्ताहब्यापी हात्तिमैत्री पदयात्राको समापन कार्यक्रममा बोल्दै कार्कीले कोशी प्रदेशको सबै राष्ट्रिय र सामुदायिक वनमा जनाबरमैत्री बोटबिरुवा रोपेर अभियान शुरु गर्न लागिएको बताए ।

मानविय कारण अहिले वनजंगल बिनास भएर जंगली जनाबरको अस्तित्व सङकटमा परेको छ , त्यसैले अब जंङगल र जनाबरलाई हामीले बचाउनु परेको छ ।’’ उनले भने । मुख्यमंत्री कार्कीले हात्ति करिडोर बनाएर हात्तिबाट आम्दानी लिनुपर्ने बताए । हात्ति हाम्रो दुश्मन होइन हात्तिलाई बचाउनु पर्छ भनेर हामीले हात्तिले मारेको मान्छेको घरघरमा पुगेर क्षेति गरेको बालिनालि हेरेर निर्णय गर्नु पर्छ भनेर हात्ति पदयात्रा शुरु गरेको उनले बताए ।

हामीले सडक बनायौ, विजुली घरघरमा पुरायौ भौतिक पूर्बाधारमा जोड दियौं तर पनि जनतामा सन्तुष्टि देख्न सकेनौ । उनले बताए । अब भौतिक पूर्बधार मात्र नभएर मानविय विकासमा जोड दिनु पर्ने उनले बताए ।

उनले मानबिय विकास भयो भने भौतिक बिकास आफै हुने हुदा अब बढी जोड त्यसैमा दिने गरि सरकारले काम गर्न लागेको बताए । मुख्यमंत्री कार्कीले पैसाको अभाबमा पढ्न नपाएका जेहेन्दार विद्यार्थीको लागि सरकारले बजेटमै पैसा छुट्याईदिएको बताए ।

 

 

 



विराटनगर  | विराटनगर महानगरपालिकाले विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि महानगरले समन्वय गरेको  सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ ।

विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । व्यवसायीले रात्रीकालीन व्यवसाय सञ्चालनका लागि पटक–पटक महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए । व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले समन्वय गरेर प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक राखेको हो । बैठकले रात्रीकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउनेछ । मेयर कोइरालाका अनुसार व्यवसायीले सोही कार्यविधिभित्र रहेर रात्रीकालीन व्यवसाय सञ्चालन गर्नुपर्नेछ ।

व्यवसायीको पीडा बुझेर महानगरले सरोकारवालाको बैठक राखी रात्रीकालीन व्यवसाय सञ्चालनको निर्णय गरिएको मेयर कोइरालाको भनाइ छ । विराटनगरको व्यवसाय प्रवद्र्धनमा महानगरपालिका सधैं गम्भीर रहेको मेयर कोइरालाले बताउनुभयो । व्यवसायी पनि एकढिक्का भएर सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “तपाईं व्यवसायीहरूबीच पनि अस्वस्थ्य प्रतिस्पर्धा छ । तपाईंहरू एकढिक्का हुनुहोस्,” मेयर कोइरालाले थप्नुभयो, “ग्राहक आएर होटल र पसल ढिलोसम्म सञ्चालन भए छेउको अर्को व्यवसायीले पुलिसलाई खबर गर्ने गरेको पनि मैले पाएको छु । त्यस्तो अस्वस्थ प्रतिस्पर्धा नगर्नुहोस् तपाईंहरू ।”

उपमेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा बसेको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले स्थानीय व्यापार व्यवसाय प्रवद्र्धनका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । “व्यवसायीको पीडा बुझेर महानगरले रात्रीकालीन व्यवसाय सञ्चालनका लागि निकै नै चासो देखाएको छ । मेयर–उपमेयर केही गरौं भन्ने भावनाले प्रेरित भएको मैले पाएँ,” उहाँले भन्नुभयो, “कानुनको परिधिभित्र बसेर गरिने व्यापार व्यवसाय प्रवद्र्धन गर्न प्रमुख जिल्ला अधिकारीको नाताले म सधैं तत्पर छु ।” प्रजिअ भट्टराईले कानुनले बर्जित गरेका भन्दा अन्य व्यवसाय सञ्चालनमा समस्या नहुने उल्लेख गर्नुभयो । सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा दिने उहाँको प्रतिबद्धता थियो । भट्टराईले होटल परिसर र बाहिर सीसी क्यामेरा जडान गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । त्यस्तै ध्वनि प्रदूषण हुन दिन नहुने प्रजिअ भट्टराईले बताउनुभयो । प्रविधिको प्रयोग गरेर कोठाभित्रको आवाज बाहिर नजाने पनि बनाउन सकिने भन्दै भट्टराईले त्यसतर्फ ध्यान दिन व्यवसायलाई आग्रह गर्नुभयो ।

उपमेयर शिल्पा निराला कार्कीले महानगरले अघि सारेको योजनाले सार्थकता पाएको बताउनुभयो । उहाँले आफूहरूले पहिलादेखि नै होटल र अन्य व्यवसाय राति ढिलोसम्म सञ्चालन गर्न दिनुपर्छ भन्ने मान्यता राख्नै आएको स्पष्ट पार्नुभयो । कोरोना महामारीपछि होटल व्यवसाय धराशायी भएको भन्दै व्यवसायीहरूले राति पनि व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएका थिए । हाल साढे ९ नबज्दै प्रहरीले नै सटर बन्द गराउने गरेको व्यवसायीहरूको गुनासो छ । राज्यले व्यवसायमैत्री वातावरण नबनाए पासपोर्ट बोकेर विदेश जानुको विकल्प नभएको दुखेसो पोखेका थिए । बैठकमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पर्यटन समितिका संयोजक भविसकुमार श्रेष्ठ, होटल एसोसिएसनका राजन श्रेष्ठ, विराट होटल व्यवसायी संघका सचिव खिलकुमार सुवेदी, रात्रीकालीन होटल व्यवसायी संघका सचिव नारायण तिम्सिना, होटल तथा पेय पदार्थ व्यवसायी संघका अध्यक्ष सुरज श्रेष्ठ, पर्यटन व्यवसायी पुण्य भट्टराई, उपभोक्ता जागरण अभियानका राष्ट्रिय कृष्णप्रसाद भण्डारी मार्सेली, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेललगायतले भारतीय नम्बर प्लेटका सवारी साधन, भारतीय रुपैयाँ बोकेर आउने पर्यटकलाई दुःख दिने क्रम रोक्नुपर्ने, भारतीय पक्षसँग समन्वय गरेर राति १२ बजेसम्म भन्सार नाका खोल्नुपर्ने, मापसे चेकजाँचलाई व्यवस्थित बनाउनुपर्नेलगायतका माग राख्नुभएको थियो । भारतीय पर्यटकलाई आकर्षित गर्न सुरक्षा निकाय, स्थानीय सरकार र व्यवसायीहरूले पर्यटकमैत्री वातावरण बनाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए । रात्रीकालीन व्यवसाय सञ्चालन हुँदा राज्यको करसमेत वृद्धि हुने महानगरको राजस्व महाशाखा प्रमुख सरोज गौतमले बताउनुभयो । उहाँले व्यवसायीले तिर्न बाँकी मनोरञ्जनलगायतका कर बुझाउन आग्रसमेत गर्नुभयो ।


विराटनगर  |  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सरकार र निजी क्षेत्रबीचको सहकार्य बिना मुलुकको आर्थिक विकास नहुने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको औंल्याउनुभयो । सरकार र निजी क्षेत्रबीचको सहकार्य प्रभावकारी नभएकै कारण सोचेजस्तो देशको विकास हुन नसकेको उहाँको भनाइ थियो । देशको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको उहाँले बताउनुभयो । देशको अर्थतन्त्रमा निजी क्षेत्रको ८१ प्रतिशत योगदान रहँदै आएको बताउँदै मेयर कोइरालाले भन्नुभयो, “कूल ५३ खर्ब ८१ अर्ब बराबरको अर्थतन्त्र रहेको नेपालमा निजी क्षेत्रको योगदान ४३ खर्ब ८८ अर्ब बराबर रहेको छ । यसले पनि देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान निकै महत्वपूर्ण रहेको देखिन्छ ।

 त्यस्तै साढे ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको छ ।” मेयर कोइरालाले भलो चिताउने उद्देश्यले गरेका थुप्रै काममा समेत समर्थन नगरेको भन्दै गुनासो गर्नुभयो । उहाँले विराटनगरको पार्किङ व्यवस्थापन गर्दा आलोचना गर्नेहरूले भन्सार जाँचपासमा कडाई गर्न गरिएको समन्वयमा समेत आलोचना नै गरेको बताउनुभयो । कोइरालाले सडकको पार्किङ हटाउँदा व्यापार भएन भनेर भन्नेहरू अहिले पार्किङ सुविधा दिँदा पनि व्यापार भएको कुरा नगर्ने गरेको उल्लेख गर्नुभयो । विराटनगरमा जे गर्दा पनि आलोचना गर्ने मानसिकता हाबी भएको उहाँको भनाइ थियो ।

“कुनै काम गर्न खोज्दा समर्थन हुँदैन भने कसरी सहकार्य हुन्छ” मेयर कोइरालाले भन्नुभयो, “विराटनगरको सबैको हो, मेरो कार्यकाल तीनवर्ष बाँकी छ, त्यसपछि म नागरिककै तहमा आउँछु, त्यसपछि जे निर्णय गरे पनि विरोध मात्रै गर्ने हो भने कसले बनाउँछ विराटनगर ? सहकार्य गर्नका लागि सहअस्तित्व स्वीकार हुनुपर्दछ ।” कोइरालाले निजी क्षेत्र र सरकारबीचको सहकार्यले मात्रै दिगो आर्थिक विकास हुने धारणा राख्नुभयो ।

यसैगरी बूढीगंगा गाउँपालिकाका प्रमुख जीतनारायण थापा मगरले औद्योगिक क्षेत्र समेटिएको पालिकाको विकासमा सहयोग गर्न निजी क्षेत्रसँग आग्रह गर्नुभयो । उनले निजी क्षेत्रले एउटै राज्यमा तीन स्थानमा कर बुझाउनु परिरहेको बाध्यता कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल आवश्यक रहेको बताउनुभयो । यसैगरी कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले लगानी आकर्षण हुन नसक्दा सरकारले निर्माण गरेको संरचनासमेत प्रयोगविहीन रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारीमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष भीम पौडेलले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै देशको आर्थिक विकास हुने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा महिला उद्यमी सुनिता छाराहाङ, निशा श्रेष्ठ, कृति श्रेष्ठ, साना तथा मझौला व्यवसायी संघका अध्यक्ष गोपालबहादुर पराजुलीलगायतले सहकार्यमा जोड दिनुभएको थियो । उहाँहरुले उद्योग व्यवसाय क्षेत्रमा स्थानीयस्तरमा आइपर्ने समस्या स्थानीय सरकारले नै समाधान गर्नु आवश्यक रहेको औंल्याउनुभएको थियो ।


विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट बिथआउट बाउण्ड्रीको सहयोगमा फागुन १७ देखि २० गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा महिला क्रिकेट प्रतियोगिता हुने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

१६ ओभरको हुने उक्त प्रतियोगितामा विराटनगरका ६ वटा सामुदायिक विद्यालयहरूको सहभागि हुने नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विराटनगरको आर्दश, बालिका, महेन्द्र, सरस्वती, सत्यानारयण र मिल्स स्कुलका महिला खेलाडीहरुले भाग लिने उनले बताए । ‘प्रतियोगितामा दैनिक ६ वटा खेलहरू हुनेछ । सबै टिमले सबैसँग प्रतिस्पर्धा गर्नेछन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘लिगको आधारमा प्रतियोगिता हुनेछ ।’ उनले लिग चरणमा प्रतियोगिता हुने र अङ्कको आधारमा शीर्ष दुईवटा टोलीले फाइनल खेल्ने जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई छात्रवृत्ती प्रदान गरिने उनले बताए । प्रतियोगितामा उत्कृष्ट बलर, प्लेयर अफ द सिरिज, उत्कृष्ट विकेट किपर, उदयमान खेलाडी र  उत्कृष्ट ब्याटरलाई छात्रवृत्ती प्राप्त गर्ने भएका छन् । यो प्रतियोगिताबाट १४ जना खेलाडीहरु छनौट गरेर राजविराजमा चैतमा हुने टि–२० क्रिकेट प्रतियोगितामा खेल्ने पनि उनले बताए ।


धनकुटा, १४ फागुन । धनकुटा नगर क्षेत्रमा व्यवसाय दर्ता, नवीकरणसहित व्यवसाय सम्बन्धी सम्पूर्ण काम वडा कार्यालयबाटै गरिने भएको छ । नगरपालिकाले वडालाई अधिकार प्रत्यायोजन गरेर व्यवसाय सम्बन्धी सबै काम वडा कार्यालयबाटै हुने व्यवस्था मिलाएको हो ।

यसअघि व्यवसाय दर्ता, नवीकरण, नामसारी, कारोबार थप, लगत कट्टा, व्यवसाय तथा बहाल कर दाखिला लगायतका लागि नगरपालिका कार्यालय नै पुग्नुपर्ने बाध्यता थियो । तर, अब व्यवसायसँग सम्बन्धी सम्पूर्ण काम वडाबाटै हुने गरी अधिकार प्रत्यायोजन गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । व्यवसायीहरूलाई सजिलो बनाउँन हामीले वडालाई अधिकार प्रत्यायोजन गरेका छौं, व्यवसायसँग सम्बन्धी कामका लागि अब नगरपालिका आइरहनु पर्दैन, वडाबाटै सबै काम हुन्छ,’ नगर प्रमुख तामाङले भने, ‘यसले व्यवसायीहरूलाई निकै सहज हुनेछ ।’

व्यवसाय दर्ताका लागि यसअघि वडा कार्यालयले सर्जमिन मुचुल्का गरेर नगरपालिकालाई सिफारिसको काम मात्र गर्दै आएको थियो । नगर कार्यपालिकाको निर्णयपछि व्यवसाय दर्ता, नवीकरणसहित व्यवसायसँग सम्बन्धित सबै काम वडाबाटै गर्न थालिएको धनकुटा–४ का वडाध्यक्ष जम्सेर छाराले जानकारी दिए । सेवा सुरु गर्नुअघि १० वटै वडाका कर्मचारीलाई प्रशिक्षण दिइएको छ । 

धनकुटा नगरपालिकाका राजश्व अधिकृत राजु गुरागाईँका अनुसार नगरमा करिब तीन हजार व्यवसाय दर्ता छन् । वार्षिक करिब दुई सय नयाँ व्यवसाय दर्ता हुने गरेका छन् । 


विराटनगर |  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्बन्धित स्थानमै पुगेर विकास निर्माणमा देखिएका समस्या समाधान गर्ने कार्य अगाडि बढाउनु भएको छ ।

महानगरले निर्माण गरिरहेका सडक र नालामा जग्गा विवाद देखिएका स्थानमा पुगेर मेयर कोइरालाले सम्बन्धित व्यक्तिसित छलफल गरी समाधान निकाल्ने कार्य अगाडि बढाउनुभएको हो । महानगरको योजना महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापासहितको टोली लिएर मेयर कोइराला सोमबार वडा नम्बर १३ र १४ मा सञ्चालित विभिन्न योजनाको अनुगमन गर्नुभयो । जग्गा विवादले सडक र नाला निर्माण रोकिएको पटक–पटक गुनासो आएपछि मेयर कोइराला सम्बन्धित स्थानमा पुगेर विवाद समाधान गरी विकासको कामलाई अगाडि बढाउने वातावरण सिर्जना गर्नुभएको छ ।

उहाँले स्थानीयसित छलफल गरी विवादका कारण रोकिएका योजना अगाडि बढाउने वातावरण बनाउनुभएको हो । मेयर कोइरालाले विकास सबैका लागि भएकाले विकासका नाममा कसैलाई पनि मार्का पर्न नहुने बताउनुभयो । उहाँले नाला बनाउँदा दुवैतर्फका जग्गाधनीलाई चित्त बुझ्ने गरी बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । “विकासले गति नलिनुको कारण जग्गा विवाद पनि एक हो । नाला पनि रहेको स्थानमा एकजनाले भत्काउनुपर्ने पर्खाल भत्काएन भने त्यो योजना वर्षौंसम्म पनि लम्बिन सक्छ,” उहाँले भन्नुभयो, “अब त्यसो नहोस् । दुवैतिरका जग्गाधनीलाई राखेर कसैलाई पनि अन्याय नहुने गरी महानगरले विकासको कामलाई तीव्रता दिन चाहेको छ । यसमा स्थानीयको पनि सहयोग हुनुपर्छ ।”

मेयर कोइरालाको उपस्थितिमा वडा नम्बर १३ को भेटनरी चोक उत्तरमा सडक निर्माणका क्रममा देखिएको विवाद समाधान भएको छ । मेयर कोइराला आफैं उपस्थित भएर विवाद समाधान गर्न अग्रसर भएको भन्दै स्थानीय हर्षित भएका थिए । वर्षौंदेखि डुबान समस्या झेल्दै आएका स्थानीयले मेयर कोइरालालाई खादा लगाएर स्वागतसमेत गरेका थिए । उनीहरूले अब भने समस्या समाधान हुने आशा पलाएको प्रतिक्रिया दिए ।

त्यस्तै वडा नम्बर १४ को भगवतीमार्गमा पनि जग्गा विवादका कारण नाला निर्माण हुन सकेको थिएन । सम्बन्धित वडाका अध्यक्ष सूर्यनारायण महतो र इन्जिनियर थापालाई साथैमा लिएर पुग्नुभएका मेयर कोइरालाले सो स्थानको विवाद पनि समाधान गर्नुभएको छ । महानगरको १ करोड आन्तरिक स्रोतबाट भगवती मार्गमा सडक निर्माण भइरहेको छ । विवादलाई लम्ब्याउँदा विकासले गति नलिने भएका कारण आफैं उपस्थित भएर समस्या समाधान गरेको मेयर कोइरालाको भनाइ थियो ।

महानगरका विभिन्न वडामा करिब १ अर्ब १५ करोडभन्दा बढीका विभिन्न योजनाहरू सञ्चालनमा रहेका छन् । त्यसबाहेक वडास्तरका साना योजनाबाट नाला, सडक र अन्य भौतिक संरचना धमाधम निर्माण भइरहेको उहाँले बताउनुभयो । सानातिना विवादमा नअल्झी विकासमा सहजीकरण गर्न स्थानीयलाई मेयर कोइरालाले आग्रह पनि गर्नुभयो । 


बिराटनगर २०८० फागुन १४ गते || उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिको स्वागत तथा भेटघाट गरी औद्योगिक क्ष्ँेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यवद्धताका लागि अनुरोध गरेको छ ।

भेटघाटमा संगठनका अध्यक्ष्ँ राकेश सुरानाले उद्योग व्यवसाय क्ष्ँेत्रको हक, हितका लागि स्थापित संस्थाहरु मिलेर अघि वढी यस क्ष्ँेत्रले भोग्दै आएका समस्या समाधानका लागि सामुहिक पहल गर्नुपर्ने धारणा राखे । उनले वर्तमान समयमा उद्योग व्यापार क्ष्ँेत्र सबैभन्दा बढी प्रताडित भएको वताउदै समस्या समाधानकालागि संस्थागत एकवद्धतता लागि आग्रह   गरे । अध्यक्ष्ँ सुरानाले सरकार र नीजि क्ष्ँेत्र बीचको सहकार्यले मात्र औद्योगिक विकासले गतिलिने भएकाले दुवै निकाय वीच सकारात्मक सम्वन्ध विकास गर्न नीजि क्ष्ँेत्रका संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विचार राखे ।  

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष्ँ पवन शारडाले मौजूदा समयमा उद्योग व्यवसायमा छाएको सुस्तताको अन्त्यका लागि औद्योगिक क्ष्ँेत्रसंग सम्वन्धित व्यवसायीक संस्थाहरुको एकजुट हुनुपर्ने आवश्यकता औल्याए । उनले आर्थिक समृद्धिका लागि नीजि क्ष्ँेत्रको विकास अपरिहार्य रहेको वताए । आर्थिक विकासका सन्दर्भमा देखिएका नीतिगत समस्याहरु समाधानका लागि नीजि क्ष्ँेत्रका संस्थाहरुले गर्दै आएको पैरवीलाई आगामी दिनमा सामुहिक रुपमा गरी राज्यको ध्यानाकर्षण गर्नुपर्ने जोड अध्यक्ष्ँ शारडाले दिए ।

विराट ब्यापार संघका अध्यक्ष्ँ अंशु बन्जाराले ब्यापार व्यवसाय दयनीय अवस्थामा भएकाले यसको निकासको बाटो पहिल्याउने विषयमा विराट व्यापार संघ संस्थागत रुपमा सदैव तत्पर रहेको वताए । उनले समस्यै समस्याको भुमरीमा  जेलिएका व्यवसायीक क्ष्ँेत्र वीचको आपसी सम्वन्ध थप प्रगाढ वनाउनु पर्नेमा जोड दिए ।

संगठनका वरिष्ठ उपाध्यक्ष्ँ नन्दकिशोर राठीले नीजि क्ष्ँेत्रको सवलीकरणका लागि सामुहिक रुपमा पहलगरी व्यवसायीक विकासको पक्षका सकारात्मक वातावरण वनाउनुपर्ने वताए ।

 कार्यक्रममा उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश र विराट व्यापार संघका  पदाधिकारी, कार्यसमिति सदस्यहरुका साथै महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालयस्तरदेखि नै बालबालिका र महिला बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

माइती नेपाल मोरङले महानगरपालिकामा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामाजिक सञ्जालको बढ्दो प्रयोग, बेरोजगारी समस्या, देखासिकीलगायतका कारणले बालबालिका र महिला बेचबिखनमा पर्ने गरेको सुनाउनुभयो । उहाँले विद्यालयस्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकिए बेचबिखनलाई न्यूनीकरण गर्न सकिने उल्लेख गर्नुभयो । 

“हप्ताको एकदिन सबै विद्यालय र कलेजमा बेचबिखनविरुद्धको अभियान सञ्चालन गर्न सके जुन अहिले देखिँदै आएको समस्या न्यूनीकरण गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “त्यसका लागि प्याब्सन, एन–प्याब्सन, हिसानलगायत जति पनि संघसंस्थाहरु छन् उनीहरुसित चाँडै नै छलफल गरेर अभियान सञ्चालन गर्नुपर्छ ।” उहाँले माइती नेपालसित महानगरपालिका सहकार्य गरेर कार्य गर्न तत्पर रहेको समेत सुनाउनुभयो ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण बालबालिका र महिलाको बेचबिखन बढ्दै गएको बताउनुभयो । मानव बेचबिखनको जोखिममा बढी बालबालिका भएका कारण अभिभावकहरु पनि चनाखो हुनु जरुरी रहेको कार्कीको भनाइ थियो । 

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बेचबिखनमा संलग्नलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, राष्ट्रिय अनुसन्धान मोरङ प्रमुख तिलक प्रसाईं, एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्तलगायतले बेरोजगारी समस्या र देखासिकीले बालबालिका र महिलाहरु चाँडै गलत व्यक्तिहरुको प्रलोभनमा पर्ने गरेको बताउनुभयो ।

सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले विराटनगरस्थित रानी नाकाबाट १७४ जना बालबालिका र महिलाको उद्धार गरेको बताउनुभयो । उहाँले गत वर्षको मार्चदेखि २०२४ को फ्रेबुअरीसम्म माइती नेपालले ४२ जना बालिकासहित १७४ जनाको उद्धार गरेको जानकारी दिनुभयो । 

पोखरेलले एक वर्षको अवधिमा १८ वर्षभन्दा मुनि उमेर समूहका ४२ र १८ वर्षभन्दा माथिका १३२ जनाको उद्धार गरी अभिभावकको जिम्मा लगाएको जानकारी दिनुभयो । उनीहरु रोजगारी र साथी भेट्न जान लागेको बहानामा रानी सीमा नाका पुगेका थिए । उद्धार गरिएका मध्ये मोरङका ५४ जना रहेको पोखरेलले बताउनुभयो । त्यसमध्ये विराटनगथर महानगरपालिकाभित्रका ११ जना बालिकाको उद्धार गरिएको उहाँको भनाइ थियो ।

माइती नेपालकी मनोपरामर्शदाता गीताञ्जली शर्माले सामाजिक सञ्जालको प्रयोगमार्फत दलालहरुले बालबालिका र महिलासम्म पहुँच विस्तार गर्ने गरेको सुनाउनुभयो । दलालहरुले राम्रो जागिर दिने प्रलोभन देखाएर बालबालिका र महिलालाई भारत पु¥याउने गरेको उहाँको भनाइ थियो ।


विराटनगर । विराटनगर – ५ स्थित ग्रिनल्याण्ड स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो ।

स्कुलले अभिभावक दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्याे । स्कुल परिसर भित्र विद्यार्थीहरूले बनाएको विज्ञानसँग सम्बन्धी विभिन्न एक दर्जन बढी प्रर्दशनी रहेको प्रिन्सिपल दीपक पोखरेलले जानकारी  दिए । सोही अवसरमा विद्यार्थीहरूले साँस्कृतिक नृत्य, गायन र नाटक प्रस्तुत गरी सहभागि भएका अभिभावहरुलाई दिनभरी भरपुर मनोरञ्जन प्रदान  गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले विद्यार्थीहरूलाई सिप र संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरिनुपर्नेमा जोड दिए । यस्तै अनमोल स्पेशेल एजुकेसन सेन्टर प्रमुख डाक्टर अर्चना रिमालले एनोजाइटिकको समस्याले बिद्यार्थीलाई स्कुल जान नस्कने समस्या पछिल्लो समय बढदै गएको बताइ् । यस्तो समस्या हुन नदिन अभिावकहरुले विशेष आफ्नो छोराछोरीलाई हेरचार गरिनुपर्ने सुझाब दिइन् ।

कार्यक्रममा विराटनगर महानगरपालिका शिक्षा शाखाका ूुर्व प्रमुख दुर्गाप्रसाद खतिवडालगायतको शिक्षकहरुको उपस्थिती रहेको थियो । कक्षा १२ सय ग्रिनल्याण्डमा झण्डै २ हजार विद्यार्थी अध्ययरत रहेको प्रिन्सिपल पोखरेलले जानकारी दिए ।


इटहरी । तीन जिल्लामा डेढ सय किलोमिटर पदयात्रा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सुनसरीको तालतलैया क्षेत्र आइपुगेको छ । कार्कीको नेतृत्वमा फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविक मार्गमा हात्तीमैत्री पदयात्रा शुरु भएको थियो । यस क्रममा कार्कीले झापा, इलाम र मोरङका विभिन्न वन तथा बस्तमा अवस्थित हात्ती जैविक मार्ग हुँदै यात्रा तय गरेका हुन ।

पदयात्रा टोली शनिबार राति १० बजे सुनसरीको फोक्लिङ टापु हुँदै तालतलैया सिमसार क्षेत्र प्रवेश गरेको हो । सुनसरी प्रवेशका क्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता र सर्वसाधारणले मुख्यमन्त्रीलाई स्वागत गरेका    थिए । त्यस क्रममा स्थानीय बासिन्दाले पछिल्लो पटक तालतलैयासहित इटहरी क्षेत्रमा जंगली हात्तीबाट भएको क्षतिबारे जानकारी गराए ।

कार्कीले आफू जनताको समस्या बुझ्न र समाधानका उपाय पहिल्याउनकै लागि पदयात्रामा निस्किएको बताउँदै भने,“म आफै जनताको समस्या बुझ्न घरदैलोमै आएको छु । हात्तीबाट भएको क्षति, जनताले पाएको दुःख र हात्ती पनि बचाउने अभियान हो ।” मुख्यमन्त्री कार्कीले आउँदो बजेटमा उचित कार्यक्रम समावेश गरी हात्ती प्रभावित क्षेत्रको लागि विशेष कार्यक्रम ल्याइने सुनाए ।

मुख्यमन्त्री कार्कीको पदयात्रा उदयपुरको बेलसोत पुगेर समापन हुनेछ । यसक्रममा उनले दजर्नौ स्थानामा स्थानीय र हात्ती प्रभावितमरुसाग अन्तरसंवाद गर्नेछन् ।

 

 



राजेश दिदिया-
भक्तपुर । उमेरले नब्बेकोहाराहारीमा पुग्नुभएका साहित्यकार तिलक प्रकाशकादुई कृति एकै साथ विमोचन भएका छन् । लामो समय देखि लेखनलाई नै जीवन साथी बनाउँदै आउनुभएका तिलक प्रकाशको आत्मकथा मेरो कथा मेरो व्यथा र उहाँका विभिन्न कृतिहरूका भूमिका समेटिएको पुस्तक एकै साथ विमोचन भएको हो ।

भक्तपुरको दूधपाटीस्थित तिशा इन रेस्टुरेन्टमा तिशा ट्रस्टले आयोजना गरेको एक कार्यक्रमबिच लेखक तिलक प्रकाशका दुई कृतिहरू ‘मेरो कथा, मेरो व्यथा’ र ‘तिलक प्रकाशका कृतिहरूका भूमिका’ नामक दुई कृति विमोचन क्रमशः पूर्व सभामुख दमननाथ ढुङ्गाना र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले गर्नुभएको हो  ।

कार्यक्रममा पूर्व सभामुख ढुङ्गानाले नेपालको राजनीतिक क्षेत्रमा तिलक प्रकाशको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक रूपमा निष्ठा वान व्यक्ति भएर पनि छलछामको राजनीति गर्न नजान्दा पछि परेको उल्लेख गर्दै साहित्यिक कर्मले तिलक प्रकाशको छवि उच्च बनेको चर्चा गर्नुभयो  ।

उहाँले साहित्यका र तिलक प्रकाशको जीवनका साथै विभिन्न लेख र विचारहरूबाट वर्तमान राजनीतिक व्यक्तिहरूले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको राजनीतिमा इमान हराउँदै जाँदा राजनीतिप्रति नै नयाँ पुस्ताको वितृष्णा बढिरहेको कारण राजनीतिक दलका नेताहरू सुध्रिनुपर्ने चर्चा गर्नुभएको थियो  ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् साहित्यकार विमल निभाले लेखक तिलक प्रकाशको साहित्य उँचो रहेको बताउनुभयो । उहाँले तिलक प्रकाशलाई राजनीतिले भन्दा साहित्यले परिचित बनाएको उल्लेख गर्दै उहाँको नवीनतम कृतिका साथै वीर ग्रन्थ नामक पुस्तकबाट आफू ज्यादै प्रभावित भएको उल्लेख गर्नुभयो । उहाँले लेखक तिलक प्रकाशमा राजनीतिक मात्र नभएर ऐतिहासिक चेत समेत रहेकाले वीरहरूको जीवनी लेखन गरेर नेपाली साहित्यमा ठुलो योगदान दिएको जनाउनुभएको थियो ।

कार्यक्रममा अर्का लेखक एवम् चिन्तक ओमचरण अमात्यले लेखक तिलक प्रकाशको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै आफ्नो पुस्तकमार्फत जनाएको अभिव्यक्तिप्रति राजनीतिक दलहरू र नेपालीहरू सचेत हुनुपर्ने जनाउनुभयो ।

कार्यक्रममा सञ्चारकर्मी सन्जिब दुलाललाई तिशा इनले लेखन वृत्ति समेत प्रदान गरेको थियो । तिशा इनले हरेक वर्ष भक्तपुरको कला, साहित्य, संस्कृति, लेखन विधामा क्रियाशील व्यक्ति तथा सङ्घसंस्थालाई आर्थिक सहयोग गर्दै आइरहेको छ । सोही सिलसिलामा यस वर्ष पत्रकार दुलाललाई नगद पचास हजार पाँच रुपैयाँ प्रदान गरिएको तिशा इनका सञ्चालक प्रशान्त कायस्थले बताउनुभयो ।

कार्यक्रममा लेखक तिलक प्रकाशले आफूले जीवनमा भोगेका, अनुभव गरेका विषयहरूलाई समावेश गरी आत्मवृत्तान्त लेखेको बताउनुभयो । कार्यक्रममा उहाँले सो पुस्तकका साथै अन्य पुस्तकहरू प्रकाशनमा सहयोग गर्ने अगिब बनेपानी र सुमि बनेपालीलाई सम्मान गर्नुभएको थियो  ।
कार्यक्रममा तिशा ट्रस्टका रन्जन कायस्थले पुस्तक प्रकाशन गर्नुको कारणबारे उल्लेख गर्दै आगामी दिनमा पनि विभिन्न साहित्यिक गतिविधि गर्ने बताउनुभयो ।

८९ वर्षीय लेखक एवं साहित्यकार तिलक प्रकाशका ८ वटा नेपाल भाषाका र ८ वटा नेपाली भाषाका विभिन्न पुस्तकहरू प्रकाशन भई सकेका छन् । हालका दिनमा समेत दैनिक १८ घण्टा सम्म पुस्तकमा नै रमाउने कायस्थका प्रकाशित कृतिहरूमा योमरी उक्ति सङ्ग्रह, धनमाया लघु खण्डकाव्य, यौन ज्ञान मनोविज्ञान, नगःजः निबन्ध सङ्ग्रह, ख्ववि झसुका शोक काव्य, वयागु हाथ्या कथा सङ्ग्रह, उत्सर्ग कविता सङ्ग्रह, परिवार नियोजन के हो किन कसरी , यौन ज्ञान मनो विज्ञान, शारदा शोक काव्य, लक्ष्मण रेखा निबन्ध सङ्ग्रह, झुक्न नजानेको राष्ट्रवादी नेता बिपी कोइराला, वीर ग्रन्थ ६० सपूतहरूको गाथा लगायतका पुस्तक प्रकाशन भई सकेका छन् । दैनिक जसो कलम कापीलाई नै साथी बनाएर बस्ने तिलक प्रकाशका दैनिक पत्रपत्रिका तथा विभिन्न अन्य पुस्तक तथा जर्नल एवं पत्रपत्रिकामा लेख रचनाहरू प्रकाशित हुँदै आएका छन् । 


विराटनगर । विराटनगर– १० मा रहेको भानु आधारभुत सामुदायिक विद्यालय ६७ औं वर्षमा प्रवेश गरेको छ ।

शनिबार स्कुलले एक कार्यक्रमको आयोजना गरेर ६७ औं वार्षिक उत्सव तथा अविभावक दिवश मनाएको हो ।

स्कुलले २०७९ सालको शैक्षिक सत्रमा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । नगद पुरस्कारको व्यवस्था समाजसेवी डा. सम्झना प्रधान, कृष्णकुमार मास्के, रिना हार्डा र विनय अर्जेलले गरेका थिए ।

कार्यक्रममा स्कुलमा अध्ययनरत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेर उपस्थित सवैलाई मनोरञ्जन प्रधान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगर पालिकाका प्रमुख प्रशासनिक अधिकृत राजेन्द्र पराजुली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश मास्के, वडा नं १० का वडा अध्इक्ष अर्जुन गिरी, स्कुल प्रअ सन्जिव घिमिरेलगायतले बोलेका छन् । बाल शिक्षादेखि कक्षा ५ सम्म अध्ययरत स्कुलमा १ सय ५९ जना विद्यार्थी रहेको स्कुलले जनाएको छ ।  


विराटनगर। नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा भएको दोस्रो विराटनगर हव अन्तर–स्कुल क्रिके ट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको स्कुलले जितेको छ ।

शनिबार विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा अरनिकोले साविक विजेता सरस्वती स्कुललाई ५ विकेटले पराजित गरि अरनिको स्कुलले उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ७ रन बनाएको थियो । सरस्वतीका लागि अविजित यादवले ४१ रन बनाउँदा अविशेक यादवले २२ रनको योगदान दिए । अरनिकोका अमन यादवले ३ विकेट लिँदा साजन यादवले २ विकेट लिए ।

सय ८ रनको लक्ष्य पछ्याएको अरनिकोले १७ ओभर ५ विकेट गुमाई सो विजयी लक्ष्य भट्टाएको थियो । अरनिको जितमा म्यान अफ द फाइनल अविशेक यादवले५० रन बनाउँदा साजवयादवले १३रनको योगदान दिए । सरस्वतीका रोहन मण्डल, निरज यादव र अविशेक यादवले समान १–१ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सरस्वतीका अविशेक यादव घोषित भए भने उत्कृष्ट ब्याटर कोशी मोडेलका रविन मण्डल र उत्कृष्ट बलर न्यू मूनका सहवाज आलम घोषित भए ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि राखेपका पूर्व सदस्य सुधिर अर्याल, मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु र न ेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । फागुन ५ गतेदेखि शुरु भएको प्रतिया ेगितामा १६ स्कुलको सहभागिता रहेको थियो ।


विराटनगर |  विराटनगर महानगर वडा नम्बर ११ ले सामुदायिक विद्यालय शिक्षा सुधार अभियान सुरु गरेको छ ।

सामुदायिक विद्यालयमा पूर्वाधार र दक्ष जनशक्ति भएर पनि विद्यार्थीले गुणस्तरीय शिक्षा नपाएपछि वडा कार्यालयको अगुवाइमा गुणस्तर सुधार अभियान सुरु गरिएको हो । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न वडा कार्यालयको अगुवाइमा  वडाका दुईवटा सामुदायिक विद्यालयमा अभियान सुरू गरिएको विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले जानकारी दिए । उनले भौतिक पूर्वाधार सुधारपछि  विद्यालयको गुणस्तर सुधार अभियान सुरु गरेको बताए । पहिलो कार्यकालमा भौतिक विकास निर्माणलाई ध्यान दिए पनि दोस्रो कार्यकालमा शिक्षा, स्वास्थ्य, बालबालिका, पिछडिएको वर्गका क्षेत्रका कामलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

शिक्षा सुधार अभियानअन्तर्गत विराटनगर–११ स्थित जनपथ माध्यामिक विद्यालयमा अभिभावक अन्तरक्रिया गरिएको छ । विद्यालयको गुणस्तर सुधारमा अभिभावकको निगरानी, सुझाव र सहयोग आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले बताए । उनले विद्यालयको गुणस्तर सुधारका लागि विभिन्न चरणमा व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रमहरू गरिरहेको उल्लेख गरे ।

विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले शिक्षामा सुधार नभई अरु क्षेत्रको विकास सम्भव नभएको बताए । उनले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि बालबालिकालाई नियमित विालय पठाउन, विद्यालयको निगरानी गर्न, आफ्ना बालबालिकाको पठनपाठनका विषयमा विद्यालयमा शिक्षकहरूसँग सोधपुछ गर्न अभिभावकहरूलाई आग्रह गरे ।

विराटनगर महानगरपालिकाको तथ्यांकअनुसार महानगरभित्रका विद्यालयहरूमा ७० हजार बालबालिकाले शिक्षा लिइरहेका छन् । जसमा संस्थागत विद्यालयहरूमा ४० हजार र सामुदायिक विद्यालयहरूमा ३० हजार विद्यार्थी अध्ययनरत छन् ।

 सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरप्रति अभिभावक विश्वस्त नहुँदा सामुदायिकमा भन्दा संस्थागत विद्यालयमा चर्को शुल्क तिरेर विद्यार्थी बढाउन अभिभावक बाध्य भएको भट्टराईले बताए । कार्यक्रममा अभिभापक सन्तोष साह, विद्यालयका प्रधानाध्यापक हरि पराजुलीलगायतका वक्ताहरूले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालय, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय तह र राजनीतिक दलहरू सक्रिय हुन आवश्यक रहेको धारणा राखेका थिए ।


विराटनगर । विराटनगर–१० मेनरोडमा रहेको कान्तिपुर कलेजले कम्प्युटर विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आइटी तथा क्यारियर काउन्सिलिङ कार्यक्रम सुरु गरेको छ ।

 तीन दिनसम्म चल्ने कार्यक्रममा कलेजमा अध्ययरत व्यवस्थापन तथा विज्ञान सङ्कायका कम्प्युटर विज्ञान विषय लिएर अध्ययन गर्ने करिव ५ सय भन्दा बढी विद्यार्थीहरुले प्रत्यक्ष रुपमा लाभ लिने कलेजका प्रिन्सिपल भुवन नेपालले बताए । कलेजमा अध्ययनरत करिव २ हजार विद्यार्थीहरुले उच्च शिक्षाको साथ साथै व्यवहारीक तथा जीवनोपयोगी शिक्षा समेत लिने प्रिन्सिपल नेपालले जानकारी दिए । एक्सपोमा विराटनगरका विभिन्न स्कुलमा कक्षा–९ र १० मा अध्ययनरत करीव एक हजार विद्यार्थीहरुले समेत अवलोकन गर्ने कलेजका प्रिन्सिपल नेपालले जानकारी गराए ।

 इनोभेट नेपाल ग्रुपको सहकार्यमा सञ्चालित आइटि एक्सपोमा कलेजका सञ्चालकहरु तथा आइटी विज्ञहरु इन्जिनियर जयनाथ यादव, ई. देविलाल महतो, शंकर काफ्ले, ई. मञ्जयकुमार यादव साथै इनोभेट नेपाल ग्रुपका विकेक दाहल विराटनगर इन्टरनेशनल कलेजका प्रमुख गोविन्द थापा, आइटी विज्ञहरु भुषण लुइटेल, रोमन बुर्लाकोटी, पवन रेग्मीको उपस्थिति रहेको थियो ।

 आइटि एक्सपोमा विद्यार्थीहरुले सफ्टवयेर निर्माण, ए.आइ., इथिकल ह्याकिङ, साइवर सेक्युरेटी, मल्टिमिडिया, प्रोग्रामिङ आदिको विषयमा अवलोकन तथा ज्ञान आर्जन गर्ने प्रिन्सिपल नेपालले बताए । इन्जिनियर एशोसिएसन कोशी प्रदेश सभापति तथा कान्तिपुर कलेजका निर्देशक ई. जयनाथ यादवले आइटी विषयको महत्व साथै जीवीकोपार्जन तथा समय सापेक्ष शिक्षाको लागि आइ.टी अपरिहार्य भएको बताए । को–र्डिनेटरद्धय रोशन राजवंशी र हिमाल वरालले कार्यक्रमको संयोजन गरेका थिए ।

 कक्षा–११ र १२ सकिने वित्तिकै किशोरावस्थामा नै विद्यार्थीहरु उच्च शिक्षाकालागि देश छोडेर बाहिर जाने भएकाले नेपालमै मेडिकल, इन्जिनियरीङ्, आइटी र व्यवस्थापन आदि क्षेत्रमा पनि विद्यार्थीहरुको उज्जवल भविष्य रहेको  प्रिन्सिपल नेपालले बताए ।

 कान्तिपुर कलेजले दक्ष जनशक्ति निर्माणकालागि मेडिकल, इन्जिनियरीङ, आइटी, सिम्याट लगायतका तयारी कक्षाहरु गराउदै आएको छ । उच्च शिक्षा प्रारम्भको आधार स्तम्भको रुपमा कोशी प्रदेशकै नमुना तथा उत्कृष्ट कलेजको रुपमा स्थापित भइसकेको कान्तिपुर कलेजमा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन तथा होटेल व्यवस्थापन सङ्काय पढाई हुने गरेको र कक्षा–११ र १२ मात्र नभइ उच्च शिक्षाको लागि विद्यार्थीहरुलाई सहजीकरण गर्ने भएकाले एसइई दिदै गरेका विद्यार्थीलाई सफलताको शुभकामना दिदै एसइई नतिजा पछि कान्तिपुरलाई निर्वाध रुपमा रोज्न पनि प्रिन्सिपल नेपालले आग्रह समेत गरे । 


विराटनगर | विराटनगर महानगरपालिका क्षेत्रभित्र यही फागुन १३ गते आइतबारदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ ।

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसहित सरोकारवालाको उपस्थितिमा भएको छलफलमा स्वास्थ्य महाशाखाले खोप अभियानको तयारीका बारेमा जानकारी गराएको छ । 

खोप अभियानका लागि सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य महाशाखाका खोप अधिकृत दिलिपकुमार यादवले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाहरूलाई अभियानका विषयमा अभिमुखीकरण तालिमसमेत सञ्चालन गरिसकेको यादवले बताउनुभयो । महानगरको १९ वटै वडामा एकैसाथ सञ्चालन हुने अभियानका लागि २ सय ३० वटा खोप केन्द्र रहने खोप अधिकृत अमरदीप देवले जानकारी दिनुभयो । ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई उक्त खोप दिइने छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय, स्वास्थ्य चौकी र बढी बालबालिका भएको टोलमा खोप केन्द्र रहनेछन् ।

खोप केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित जना परिचालित हुनेछन् । महानगर क्षेत्रका ५५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको खोप अधिकृत देवले बताउनुभयो । उहाँका अनुसार हालसम्म महानगरभित्र दादुरा–रुबेलाका बिरामी भेटिएका छैनन् । अन्य क्षेत्रमा भेटिएकाले लक्षित बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउन देवले आग्रह गर्नुभयो । अभियान कम्तीमा एक हप्तासम्म सञ्चालन हुनेछ । त्यसपछि पनि छुटेका बालबालिकाहरुलाई स्वास्थ्य चौकीमा लगेर खोप लगाइने देवले बताउनुभयो ।

कार्यक्रममा मेयर नागेश कोइरालाले जनप्रतिनिधि र स्वास्थ्य कर्मचारी लागेर मात्रै अभियान सफल नहुने भएकाले सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले समाजका सबै क्षेत्रका व्यक्तिको सामूहिक प्रयासले मात्रै खोप अभियान पूर्ण रुपमा सफल हुने बताउनुभयो । 

“यो अभियानलाई सफल बनाउन जनप्रतिनिधि र कर्मचारी लागेर मात्रै हुँदैन,” उहाँले भन्नुभयो, “यसमा पत्रकारसहित समाजका सबै व्यक्तिहरू लाग्नुपर्छ । विशेष गरी आफ्ना बालबालिकाहरूलाई खोप लगाउन सम्पूर्ण अभिभावकहरूलाई आग्रह पनि गर्दछु ।” सो अवसरमा वडाध्यक्षहरू तीर्थेन्द्र नेउपाने, कुमार पोखरेल, सन्तोष न्यौपोने, अर्जुन गिरी र जितेन्द्रकुमार साहले वडास्तरबाट पनि खोप अभियान सफल बनाउन व्यापक तयारी गरेको बताउनुभयो । नेपाल सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग उन्मुलन गर्ने लक्ष्य राखेको छ । 

 


श्याम राई, उदयपुर गाईघाट, १० फागुन । कर छली गरि ल्याउँदै गरेको ३ हजार केजी काँचो सुपारी सहित ३ भारतीय नागरिक पक्राऊ परेकाछन् ।

बेलका नगरपालिका–५ जहडास्थीत मदन भण्डारी लोकमार्ग सडक खण्डमा बुधबार दिउँसो प्र १–०१–००१ ख ४१०३ नम्बको दिवासेवा मातृभाग्य बस चेकजाचको क्रममा ५९ वटा बोरामा प्याकगरि ल्याउँदै गरेको ३ हजार केजी सुपारी सहित ३ भारतीय नागरिकलाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ ।

 पक्राऊ पर्नेहरुमा भारत दार्जिलिङं जिल्ला खोरीबारी ठाना पानीट्याङकी बस्ने वर्ष ४४ का निलकान्त सिंह, सोही ठाँउका वर्ष ४४ का दुलाल देहि र वर्ष ६२ का सन्जय राजबंशी रहेका छन् । 

पक्राऊ परेका उनीहरुलाई बरामद गरिएको सुपारी सहित ईटहरीस्थीत राजश्य अनुसन्धान कार्यालयमा विहीबार बुझाईएको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । सुपारी भारतबाट कर छलिगरि ल्याउँदै गरेको उनले बताए ।

 

 

 



विराटनगर, ९ फागुन | मोरङको पथरी–शनिश्चरे नगरपालिका ७ किर्तिपुरमा रहेको बाल कल्याण माध्यामिक विद्यालय स्कुलका विद्यार्थी र अभिभावकले विभिन्न माग गर्दै प्रदर्शन गरेका छन् । 

व्यवस्थापन समितिले पूर्णता नपाएको, स्कुल प्रशासनले समय तालिका अनुसार स्कुल नलगाएको, स्थानीय विषयमा पठनपाठन नगरेको, सेवामुखी स्कुल नभएको, राजनीतिकरण भएको, विद्यार्थीले कुटपिट गर्ने गरेको, निजी विद्यालयसँग विद्यार्थीको सौदाबाजी गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । 

विद्यार्थीहरुले दिवा खाजामा पारदर्शीता हुनुपर्ने, शिक्षकहरूले पुरा समय अध्यापन गराउु पर्ने लगायतका माग पनि राखेका छन् । प्रदर्शनका क्रममा उनीहरुले असक्षम शिक्षक प्रशासन चाहिँदैन, विद्यालयमा राजनीतिककरण बन्द गर जस्ता नाराबाजी समेत गरेका छन् ।

मंगलबारदेखि आफूहरुले विरोधका कार्यक्रम सुरु गरेको स्थानीय अभिभावक लेखनाल लुइँटेलले बताए । ‘हामीले हाजिरी परीक्षण गर्दा शिक्षक र विद्यार्थीहरुको उपस्थिति नै भएन,’ त्यसपछि हामीले विरोधका कार्यक्रम सुरु गरेका हौं । 

आफूहरुले अभिभावक र विद्यालयका प्रधानाध्यापक रोहिणी घिमिरेसँग कुरा गर्दा पनि आफूहरुका मागबारे सुनुवाई नभएको कारण विद्यार्थीसहित आन्दोलनमा जानुपरेको उनले बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन गर्दा राजनीतिक भागबण्डा गर्न खोजेको पनि उनले आरोप लगाए । ‘विद्यालय लथालिङ्ग अवस्थामा छ ।

 हिसाव किताब पारदर्शी छैन । यसको न्यायिक निकायबाट आवश्यक छानविन हुनुपर्छ,’ लुइँटेलले भने, ‘विद्यार्थीलाई दिवा खाजा पनि दिइएको छैन । विज्ञान र गणितको शिक्षक नियुक्ति पनि गरेको छैन । बिना शिक्षक विद्यालय कसरी चल्छ ? ।’


 श्याम राई, उदयपुर  गाईघाट, ९ फागुन | राष्ट्रिय प्रजातन्त्र पार्टीले आजदेखि हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको मुद्दा अघि सार्दै निर्णायक आन्दोलन शुरु गरेको छ ।

आज देशै भरिको जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ४० बुदें मागपत्र बुझाउँदै आन्दोलन शुरु गरेको राप्रपाले जनाएको छ ।

राप्रपा उदयपुरले बाजागाजा सहित दिउँसो जिल्ला प्रशासन कार्यालय उदयपुरमा प्रमुख जिल्ला अधिकारीलाई ४० बुदे मागपत्र बुझाएको पार्टी अध्यक्ष ध्रुब रायमाझीले बताए । उनले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना सहित प्रदेश संरचना खारेजी, स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु पर्ने लगायत ४० बुदे समेटेको मागपत्र बुझाएको बताए ।

 


 


काठमाडौँ । पुर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेकी एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को घोषणा गरिएके छ । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियटमा एक कार्यक्रमकाबीच प्रतियोगीताको ७ औं संस्करण घोषणा गरेको हो । प्रतियोगिताका शिर्ष बिजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुको अलवा बिभिन्न उपहार समेत जित्न सक्नेछन् । 

आगामी मार्च ९ गतेबाट छनौट चरणको अडिसन हुने प्रतियोगीताको  प्रारम्भिक चरणमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसय भन्दा बढी अस्पतालमा कार्यरत नर्सहरुको उत्साहजनक सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रबि धमलाले अनुमान लगाए ।

‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा सहित लामोसमयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौदर्य प्रतियोगिता हो । प्रतियोगिताका लागि १६ देखि २८ बर्षसम्मका युवतीले भाग लिन सक्नेछन् । आवेदन फारम खल्ती एपमा उपलब्ध छ । 

छनौट चरणमा छानिएका प्रतियोगिलाई संन्चार कला, विकास मोटिभेसन, लिडरसिप, डे«ङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् ।

अन्तराष्ट्रियस्तरमै शान्तिको सन्देश फैल्याउदै नर्सिङ पेसा रोजेका र अध्यायन गरिरहेकालाई पेसा र समाज प्रति थप उत्तर दाइत्व बोध गराउने उदेश्यले यो प्रतियोगिता बिगत आयोजना हुँदै आएको हो ।



विराटनगर  । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त  आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र सत्यनारायण स्कुल विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् ।  

बुधबार भएको पहिलो खेलमा सरस्वती स्कुलले आदर्श स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित निर्धारित २० ओभरमा २ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच अविजित यादवले अविजित ७१  रन बनाउँदा अविशेक यादवले ३३ रनमा अविजित रहे । आदर्शका सौरभ राँयले २ विकेट लिए ।

१ सय ५० रनको लक्ष्य पछ्याएको आदर्शले पुरै ओभर खेल्दै ८ विकेट गुमाई  १ सय १० रन बनायो । जस्मा प्रभास यादवले ३९ रन बनाउँदा आशिष राँयले २३ रन बनाए । सरस्वतीका आयुस सेन्चुरीले २  िवकेट लिए ।

दोस्रो खेलमा सत्यनारायण स्कुलले न्यू मून स्कुललाई २९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २२ रनको योगफल तयार पारेको थियो । जस्मा आनन्दकुमार साहले सर्वाधिक २३ रनको योगदान दिए । न्यु मूनका सहवाज आलमले ३ विकेट लिए ।

१ सय २३  रनको विजयी लक्ष्य पाएको न्यू मुनले निर्धारित ओभर खेल्दै ७ विकेट गुमाई ९३ रनमा सिमित भयो । जस्मा साहिल आलमले २० रनको योगदान दिए । सत्यनारायणका म्यान अफ म्याच सोनुकुमार सिंहले सर्वाधिक २ विकेट लिए ।


विराटनगर  । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त  आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा मनकामना स्कुल र नेपाल गुरुकुल स्कुल विजयी क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।  

मंगलबार भएको पहिलो खेलमा मनकामना स्कुलले डिएभी स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मनकामनाले निर्धारित निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय १ सय ४७ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच लक्षमण तत्माले सर्वाधिक ५३ रन बनाए । डिएभीका प्रशान साहले ४ विकेट लिए ।

१ सय ४८ रनको लक्ष्य पछ्याएको डिएभीले १९ दशमलव ५ बलमा सवै विकेट गुमाई ९८ रनमा सिमित भयो । जस्मा प्रसनवकर्णले २३रन बनाए । मनकामनाका अमन अन्सारीले ३ विकेट लिए ।

दोस्रो खेलमा नेपाल गुरुकुल स्कुलले श्री पञ्चायत स्कुललाई ५८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपाल गुरुकुलले निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाई १ सय २ रनको योगफल तयार पारेको थियो । जस्मा अधा फिरोजले ३० रनको योगदान दिए । श्री पञ्चायतका मनिष थापा र संविधान लिम्बुले ३–३ विकेट लिए ।

१ सय ३  रनको विजयी लक्ष्य पाएको श्री पञ्चायतले १४ दशमलव २ बलमा सवै विकेट गुमाई ४४ रनमा सिमित भयो । श्री पञ्चायतका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । नेपाल गुरुकुलका म्यान अफ म्याच थोमश कर्णले सर्वाधिक ३ विकेट लिए 


विराटनगर । विराटनगरस्थित सगरमाथा कलेजमा उच्च शिक्षा एक्सपो–२०८० सम्पन्न भएको छ ।

 इनोभट नेपाल ग्रुपको आयोजनामा सहगरमाथा कलेजको सहकार्यमा एक दिने उच्च शिक्षा एक्सपो–२०८० सम्पन्न भएको हो ।

एक्सपोमा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न क्षेत्रका करियरसँग सम्बन्धित जानकारी तथा परामर्श दिएको थियो । कार्यक्रममा सुचना प्रबृद्धि व्यवस्थापन विषयमा विद्यार्थीहरुलाई करियर परामर्श दिएको इनोभेट नेपाल ग्रुपकाका विवेक दाहालले बताए । उनका अनुसार यस्ता कार्यक्रम विराटनगरका विभिन्न कलेजमा भइरहेको बताए ।

 यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि तयारी गर्न विभिन्न करियर सम्बन्धि जानकारी पाएको कलेजका प्रिन्सिपल त्रिलोचन गौतमले बताए । एक्सपोमा कक्षा ११ र १२ का विद्यार्थी सहभागि रहेको प्रिन्सिपल गौतमले बताए ।


बिराटनगर | हरेक कार्यक्रममा अतिथि स्टेजमा हुन्छन्, अतिथिका लागि सारसज्जावट छुट्टै हुन्छ । सोमबार प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा आयोजित कोशी प्रदेशभरिका स्वास्थ्य महिला स्वयंसेविका सम्मान कार्यक्रमको झलक फरक थियो । स्टेजमा स्वयंसेविका र दर्शक दीर्घामा अतिथि देख्दा कार्यक्रम हलमा पस्ने जो कोहीले फरक अनुभूति गरिरहेका थिए ।महिला स्वयंसेविकाहरू सम्मानित हुँदाबखतभक्कानिइरहेकाथिए ।

 स्वास्थ्य महिला स्वयंसेविका’ जसले गर्भधाणदेखी शिशुको हेरचाहसम्म ‘फ्रन्टलाइन’मा रहेर काम गरिरहेका हुन्छन् । शिशुलाई आवश्यक भिटामिनदेखिआमाको स्वास्थ्य अवस्थासम्मको ख्याल गरिरहेका हुन्छन् । तर उनीहरू राज्यले समेत बेवास्ता गरिरहेको अवस्थामा कोशी प्रदेश सरकारले गरेको सम्मानले उत्साहित बनाएको बताउँछन् । मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्री नियुक्त भएदेखि नै अग्र मोर्चामा काम गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकालाई उचित सम्मान गर्ने बताउँदै गर्दा प्रतिस्थापन विद्येकमार्फत आएको बजेटमै स्वयंसेविकाहरूलाई प्रोत्साहन भत्ताका साथ सम्मानको व्यवस्था गरेर योजना कार्यान्वयनमा ल्याए ।

प्रजातन्त्र दिवस विगतका वर्षहरूमा औपचारिक कार्यक्रमहरूमा सीमित रहँदै गर्दा समाजमा रहेका दीर्घकालीन महत्वका विषयहरूले प्रवेश पाइरहेको  हुँदैनथ्यो । जसका लागि प्रजातन्त्र ल्याइएको हो, उनीहरू प्रजातन्त्रको अनुभूति गर्न पाइरहेका हुँदैनथे त्यसको क्रमभङ्ग गरेर समाजका अतुलनीय योगदान गर्नेहरूलाई सम्मान गरेर प्रजातन्त्र जनताका लागि ल्याएको अनुभूति प्रदेश सरकारले गराएको छ । मुख्यमन्त्री कार्की भन्छन्,‘भौतिक विकासको दिगोपनाका लागि प्रदेश सरकार मानवीय विकासमा केन्द्रित छ । हामीले दिनरात नभनी गाँउगाँउमा गएर आमा र शिशुको निगरानी राख्ने, भिटामिन खुवाउने ‘धाई आमा’हरूलाई सम्मान र प्रोत्साहन गरेर उहाँहरूलाई शिरमा राखेका छौँ ।’

प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य महिला स्वयंसेविहरुलाई नगद पाँच हजारका दरले प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । त्यसमा उत्कृष्ट भएका प्रदेशका प्रत्येक जिल्लाका एक एक स्वयंसेविहरुलाई नगद १५ हजार सहित चाँदीको सिक्का, साडी, टर्च लाइट, सम्मान पत्र लगायतका सामग्री उपलब्ध गराइएको छ । सम्मानपछि ताप्लेजुङबाट सम्मानित भएकी पम्फामाया राई भावुक बन्दै भन्छिन् ‘आमाको कोखबाट जन्मिएको भन्दा खुसी छु । यस्तो मैले कल्पना पनि गरेकी थिइन जुन काम प्रदेश सरकारले हाम्रा लागि गरिदिएको छ ।’

उत्कृष्ट स्वयंसेवी सम्मानित हुने हरुवा पम्फामाया राई ताप्लेजुङ, दिलमाया मगर उदयपुर, निरकुमारी राना ओखलढुङ्गा, तिलमाया खड्का सुनसरी, दयावति राजवंशी झापा, छिरिजम्दा भोटे सङ्खुवासभा, पुण्यकुमारी पौडेल खोटाङ र यशोदा ढकाल पाँचथर, गोमा भट्टराई तेह्रथुम, सिता तामाङ भोजपुर, इश्वरा निरौला इलाम, सोनीकुमारी चौधरी मोरङ, ल्हेमी शेर्मा सोलुखुम्बु र खड्गकुमारी विश्वकर्मा धनकुटा जिल्लाबाट रहेका छन् । उहाँहरूको सम्मानले प्रदेशभरका स्वयंसेवीलाई सकारात्मक ऊर्जा प्रवाह गरेकोस्वास्थ्य स्वयंसेविकासङ्घले बताएको    छ । प्रदेशमा आठ हजार सात सय ९१ जना महिला स्वयंसेविका रहेका छन् ।

 महिला स्वयंसेविकाले मासिक ८ सय रुपैयासम्ममा काम गरिरहेका हुन्छन् । स्वयंसेविकाहरुको न्यूनतम पारिश्रमिक पाउनुपर्ने संघकी कोशी इन्चार्ज रत्ना रिजाल बताउँछिन् । उनले भनिन् ‘कोशी प्रदेशका मुख्यमन्त्रीज्यूले जुन हिसाबमा स्वयंसेविकाका समस्या बुझ्नुभएको छ हामी उहाँप्रति आभारी छौँ, उनले भनिन्, मुख्यमन्त्रीज्यूसंग पनि भेट भयो हामी समस्या सुनाउन गएका थियौँ । हाम्रा समस्याहरू उहाँ आफैँले भनेर स्थायी समाधानको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’


विराटनगर ÷ ७४ औं प्रजातन्त्र दिवसका अवसरमा विराटनगर–११ स्थित अलका टोल समितिले अग्रज साहित्यकारसमेत रहनुभएका ज्येष्ठ नागरिक हरिप्रसाद तिम्सिनालाई सम्मान गरेको छ ।

सोमबार ज्येष्ठ नागरिक वडा समितिको भवनमा आयोजित कार्यक्रममा तिम्सिनालाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, आयोजक संस्थाका अध्यक्ष यादनरसिंह कार्कीले तिम्सिनालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । टोल समितिले हरेक वर्ष समाजका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि नेउपानेले २००७ सालको जनक्रान्तिको जगमा उभिएर अहिलेको संघीय लोकतान्त्रिक व्यवस्था आएको बताउनुभयो । उहाँले इतिहासलाई कसैले पनि मेट्न नसक्ने प्रस्ट पार्नुभयो ।

कार्यक्रममा समाजसेवी चिरञ्जीवी दाहाल, ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष अर्जुन भट्टराई, प्रमुख सल्लाहकार ललित श्रेष्ठ, उपाध्यक्ष कृष्णकुमारी थापा, ध्रुव चौहानलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै कवि कृष्णराज कोइराला, इन्द्र खतिवडा, मोहनकुमार ताम्राकारलगायतले प्रजातन्त्रसँग सम्बन्धित सिर्जना वाचन गर्नुभएको थियो । 

सोही अवसरमा समाजसेवी पदमकुमार श्रेष्ठ र ललित श्रेष्ठलाई ज्येष्ठ नागरिक वडा समितिको सल्लाहकारको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । अमेरिका निवासी विभूति तिम्सिना पौडेल र युवा व्यवसायी सीताराम कोइरालाले ज्येष्ठ नागरिक वडा समितिको आजीवन सदस्यता ग्रहण गर्नुभएको थियो । सो अवसरमा अलका टोल (घ) समितिको प्रवेशद्वारमा नेपालको राष्ट्रिय झण्डा राखिएको थियो ।

 


श्याम राई, उदयपुर गाईघाट, ७ फागुन | होटेल व्याबसायीहरुले आन्तरीक पर्यटन प्रबद्धनका लागि सुनकोशीमा ब्याबसायिक रुपमा र्याफ्टिङं शूरु गरेकाछन् ।

उदयपुरको रौतामाई गाउँपालिका–८ फोक्सिनटारस्थीत सुनकोशीदेखि त्रियुगा नगरपालिका–१४ धाप्लाङंसम्म झण्डै २ घण्टा लामो जलयात्रा शुरु गरेको ब्याबसायी डेबिट बस्नेतले बताए । उनले शनीबारदेखि ब्याबसायिक रुपमा जलयात्रा शुरु गरिएको बताए । पहिलो दिन २० जना पर्यटकले जलविहार गरेका थिए । उनीहरुले सेवा शुल्क बापत ३ हजार तिरेर जलयात्रा गरेका थिए । उनीहरुलाई सोही शुल्कमा लानल्याउन गाडीको ब्याबस्था र स्थानीय रैथाने परिकारको खाना खुवाईएको बस्नेतले बताए ।

५ बर्ष अघि गरिएको परिक्षण सफल भए पनि संचालनको तयारी गर्ने बेलामा कोरोना माहामारीको कारण संचालनगर्ननसकिएको उनलेबताए । जलविहार होटेल तथा पर्यटन ब्याबसायी संघ उदयपुरले संचालनमा ल्याएको हो ।

बिस्व र्याफ्टिङं पर्यटन केन्द्रले सुनकोशी नदीलाई संसारभरका महत्वपूर्ण १० वटा सेतो पानी युक्त नदीमा सुचिकृत गरि ह्वाईट रिभर र्याफ्टिङंमा समेटेको छ ।

 

 


 


विराटनगर । विराटनगरस्थित केभिएम स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरमा आइतबार विद्यार्थीहरुले विज्ञान प्रर्दशनी गरेका हुन् ।

विद्यार्थीहरुले तयार पारेको विज्ञानसँग सम्बन्धीत दुई दर्जन बढी स्टल तयार पारी प्रर्दशन गरे । विद्यार्थीहरुले हाइड्रालिक, वाटर मिल, वाटर साइकल, रोर्बट, मोडल अफ सिटी, सोलर सिस्टम, मोडल अफ भिलेजलगायतका दुई दर्जन बढी विभिन्न बस्तु बनाएर प्रर्दशनीमा राखेको स्कुलका डाइरेक्टर सिएम रिजालले जानकारी दिए । विद्यार्थीहरुले अध्ययन गरेको विषयबस्तुहरु प्राक्ट्रिकल रुपमा अभ्यास गरेर प्रर्दशनीमा राखेको उनले बताए । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न यस्तो प्रर्दशनीले ठूलो सहयोग मिल्ने उनले बताए ।

 कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश दासले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा पनि अगाडी बढाएर लैजानुपर्नेमा जोड दिए । विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्न यस्तो प्रर्दशनीले ठूलो सहयोग मिल्ने बताए । गुणस्तरीय शिक्षासँगै आजको आवश्यकता सिप मुलक शिक्षा भएको बताए । विद्यालयहरुले संस्कारसहित सीपयुक्त शिक्षा प्रदान गरि विद्यार्थीहरुलाई स्वरोजगार बनाउनुपर्नेमा उनले बताए ।


विराटनगर | विराटनगर महानगरपालिकाले अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।

प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीमा विराटनगर क्षेत्रका ३५ वटा विद्यालयले सहभागिता जनाएका छन् । ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थीमध्ये हरेक विद्यालयबाट १ जना छात्रासहित ५ जना विद्यार्थीले सहभागिता जनाएकाछन् । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीहरुमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गर्ने बताउनुभयो । महानगरपालिकाले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताउँदै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन भएको उल्लेख गर्नुभयो । “तपाईं विद्यार्थीहरु खोज अनुसन्धानमा लाग्नुहोस् महानगरका तर्फबाट तपाईंहरुलाई सधैं साथ रहन्छ,” मेयर कोइरालाले भन्नुभयो, “प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरु प्राप्त हुन्छन् । आफैं स्वरोजगार पनि हुन सकिन्छ ।” मेयर कोइरालाले अन्तरीक्षसम्बन्धी खोज अनुसन्धानका लागि प्रदेशस्तरमा केन्द्र स्थापना हुनुपर्नेमा जोड दिनुभयो ।

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले सामुदायिक विद्यालयको स्तरवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढे निजी विद्यालयलाई आपत्ति नहुने प्रस्ट पार्नुभयो । “सामुदायिक विद्यालयमा भर्ना हुन नपाएका विद्यार्थीहरु मात्रै निजी विद्यालय र कलेजहरुमा आउँदा हुन्छ,” पोखरेलले थप्नुभयो, “विदेशतिर सामुदायिक विद्यालयमा विद्यार्थी भरिएपछि मात्रै निजी विद्यालयमा भर्ना हुन आउँछन् । यहाँ पनि त्यस्तै होस् हामी निजी शैक्षिक संस्था सञ्चालकलाई आपत्ति छैन ।

महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल, विराटनगर अध्यक्ष मोहन बुढाथोकी, हिसान मोरङ अध्यक्ष अमित ढकाल, महानगर शिक्षा समितिकी सदस्य सावित्री पराजुली, सन्तोष पोखरेल, पोखरिया माविका प्रअ खेमराज भट्टराईलगायतको उपस्थितिमा भएको उद्घाटन समारोहमा जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतम, शिक्षक महासंघ विराटनगरका अध्यक्ष वेदु खतिवडालगायतले महानगरले विज्ञान प्रदर्शनी गरेर महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।

प्रदर्शनीमा प्रथमले १०, द्वितीयले ७, तृतीयले ५ र चौथो हुनेले ३ हजार पुरस्कारका साथमा शिल्ड, ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार त्यसबाहेक सहभागी विद्यालयमध्येबाट उत्कृष्ट अनुकूलन, उत्कृष्ट प्रस्तुति, उत्कृष्ट भविष्यात्मक दृष्टिकोण र उत्कृष्ट स्टल सजावट गरी चार विधामा पनि पुरस्कृत गरिनेछ । सो कार्यक्रम नगर बाल सञ्जालका अध्यक्ष आदित्य झाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


विराटनगर  । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामी कार्यक्रमअन्तर्गत वित्तीय साक्षरताको अनुगमन गर्नुभएको छ ।

विराटनगर वडा नम्बर ७ मा साकम्बरी वित्तीय साक्षरता कक्षाको मेयर कोइरालाले अनुगमन गर्नुभएको हो । महानगरपालिकासँगको सहकार्यमा सामी कार्यक्रमअन्तर्गत विराटनगर वडा नम्बर ४, ५, ७ र ९ नम्बरमा वित्तीय साक्षरता कक्षा सञ्चालन भइरहेको छ । हरेक वडामा वैदेशिक रोजगारी विप्रेषण प्राप्त गर्ने परिवारका २५ जना सदस्यहरु वित्तीय साक्षरतामा सहभागी भएका छन् । 

उनीहरुलाई ६ महिनासम्म वित्तीय साक्षरता तालिम दिइनेछ । जसमा वित्तीय व्यवस्थापन, मनोसामाजिक परामर्श, व्यावसायिक योजना, परिवार व्यवस्थापन, बालबालिकाको भविष्य, हिंसाबाट बच्ने उपाय, वैदेशिक रोजगारीमा रहेका परिवारलाई लाग्ने सामाजिक लाल्छनाबाट जोगिने जस्ता विषय समेटेर तालिम दिइने सामीका मोरङ जिल्ला कार्यक्रम संयोजक दीपक राउतले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा मेयर कोइरालाले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले महानगरपालिकाले पनि स्वरोजगारमूलक विभिन्न तालिम दिइरहेको बताउनुभयो । अनुगमनमा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेललगायतको सहभागिता रहेको थियो । उहाँहरुले पनि वैदेशिक रोजगारीबाट प्राप्त विप्रेक्षणलाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्नेमा जोड दिनुभयो । सामी कार्यक्रम विराटनगर महानगरपालिकासहित मोरङका उर्लाबारी, रंगेली र कानेपोखरीमा पनि सञ्चालित छ ।


विराटनगर  | विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणका लागि पूर्वतयारी सुरु गरेको छ ।

सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना हुने र समयमै दमकल नपुग्दा बढी क्षति हुने जोखिमलाई ध्यानमा राखेर महानगरले पूर्वतयारी सुरु गरेको हो । मेयर नागेश कोइरालाको उपस्थितिमा महानगरले शुक्रबार विराटनगरस्थित सनसारीमाईस्थानमा डिप बोरिङ जडान गरेको छ । बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा तत्कालै पानी भर्न सहज होस् भनेर पायक पर्ने स्थानमा डिप बोरिङ जडान गरिएको मेयर कोइरालाले बताउनुभयो ।

 बजार क्षेत्रमा आगलागी भएमा दमकलमा पानी भर्न पुष्पलाल चोक पुग्नुपर्ने बाध्यता थियो । “पुष्पलाल चोकमा पानी भरेर आएको दमकल पानी सकिएपछि फेरि भर्न पुष्पलाल चोक नै पुग्नुपथ्र्यो,” मेयर कोइरालाले भन्नुभयो, “अब बजार र दक्षिणी क्षेत्रमा लागलागी भएमा पानी सकिने बित्तिकै सनसारीमाईस्थानमा आएर दमकलले पानी भर्नेछ र घटनास्थलमा पुग्नेछ । जसबाट आगलागी नियन्त्रण गर्न निकै सहज हुनेछ ।” अन्य क्षेत्रमा पनि डिप बोरिङ जडान गरिने मेयर कोइरालाले बताउनुभयो । यसअघि पुष्पलाल चोक र महानगर परिसरमा मात्रै डिप बोरिङ जडान गरिएको थियो ।

सनसारीमाईस्थानको डिप बोरिङबाट ५ हजार लिटर क्षमताको दमकल भर्न २० मिनेट लाग्नेछ । पुष्पलाल चोकको डिप बोरिङबाट ५ हजार लिटरको दमकमल भर्न ५ मिनेट र महानगर परिसरमा रहेको डिप बोरिङले दमकल भर्न ३५ मिनेट लाग्ने गरेको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिनुभयो । 

बजार क्षेत्रमा आगलागी हुँदा दमकलमा पानी भर्न निकै समस्या भएकाले सनसारीमाईस्थानको खाली जमिनमा डिप बोरिङ जडान गरिएको पौडेलले बताउनुभयो । बजार क्षेत्रमा लागलागी भएमा पानी भर्न पुष्पलाल चोक पुग्नुपर्ने बाध्यताका कारण बढी क्षति हुने गरेको थियो । अब बजार क्षेत्रलाई लक्षित गरेर डिप बोरिङ जडान गरिएकाले आगलागी नियन्त्रण गर्न सहज हुने मेयर कोइरालाको भनाइ थियो । महानगरले छिट्टै नै विराटनगर–१४ मा पनि डिप बोरिङ जडान गर्ने तयारी गरेको छ ।


विराटनगर । विराटनगर–५ मा रहेको मदरल्याण्ड एकाडेमीले सरस्वती पूजाको आवसरमा भजन किर्तन प्रतियोगिताको आयोजना गरेको छ ।

स्कुल प्राङग्मा बिहिबार राती सम्पन्न भएको  भजन किर्तन प्रतियोगिताको उपाधि पोखरियाको राम जानकी आम समुहले जितेको छ । त्यस्तै श्याम श्याम भजन किर्तन टोली दोस्रो तथा शान्ती भजन किर्तन समुह तेस्रो    भयो । विजेताले नगद १५ हजार, दोस्रो हुनेले नगद १० हजार र तस्रो हुनेले नगद ७ हजार सहित पुरस्कार पाएका थिए ।

भजन किर्तन प्रतयोगितमा विराटनगरका १३ वटा भजन किर्तन टोली भहभागि रहेको थियो । विजेतालाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र स्कुलका प्रिन्सिपल मोहन बुढाथोकीले वितरण गरे । 


विराटनगर | लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यदलले तयार पारेको प्रतिवेदन विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

आर्थिक वर्ष २०७९÷०८० का लागि लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणपश्चात प्रतिवेदन महानगरलाई हस्तान्तरण गरिएको हो । उपमेयर शिल्पा निराला कार्कीको संयोजकत्वमा गठित कार्यदलका तर्फबाट स्वतन्त्र विज्ञ महेन्द्र मोरङ क्याम्पस विराटनगरका समाजशास्त्र विभागका प्रमुख डा. चन्द्र उपाध्याय तिम्सिनाले महानगरका मेयर नागेश कोइरालालाई प्रतिवेदन हस्तान्तरण गर्नुभयो । 

लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण दिग्दर्शन–२०७८ अनुसार लैससासको स्थिति स्थानीय तहले स्वमूल्यांकन र स्वपरीक्षण गर्न पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार महानगरले पनि लैससास सम्बन्धी आफ्नो परीक्षण प्रतिवेदन तयार पारेको हो । लैससासको सयवटा सूचकहरुमा आधारित रहेर परीक्षण प्रतिवेदन तयार पारिएको उपाध्यायले बताउनुभयो । जसमा १ सय पूर्णांकमा ७४ दशमलव ५ अंक प्राप्त गर्न महानगर सफल भएको छ । अघिल्लो आर्थिक वर्ष ७० दशमलव ५ अंक थियो । लैससासको स्थितिमा सुधार देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नीति, कानुन तथा योजना, संस्थागत व्यवस्था, मानव सशांधन तथा क्षमता विकास, सेवा प्रवाह र सुशासन तथा उत्तरदायित्व मुख्य विषय रहेको लैससास परीक्षणमा २२ वटा सहायक विषय र एक सयवटा सूचकमा केन्द्रित रहेर परीक्षण गरिएको थियो । जसमा गत पुस २५ र २९ गते दुईवटा लैससास परीक्षणकार्यशालासमेत सञ्चालन गरिएको थियो । कार्यशालामा सरोकारवाला सबैको सहभागिता रहेको थियो । कार्यशालामा सहभागीहरुले सयवटा सूचकमा अंक प्रदान गरेका थिए । प्रतिवेदन बुझ्दै मेयर कोइरालाले लैससास परीक्षण प्रतिवेदनले उठाएका सवालहरुलाई सम्बोधन गर्दै महानगरपालिकालाई कसरी सर्वोत्कृष्ट बनाउनसकिन्छत्यसका लागिसबैलाई पहल र प्रयास गर्न आग्रह गर्नुभयो ।

उपमेयर कार्कीले परीक्षण प्रतिवेदन गहन अध्ययन र सरोकारवालाहरुको सहभागिताबाट तयार पारिएको बताउनुभयो । प्रतिवेदनले महानगरको लैससासको पछिल्लो अवस्था के थियो भन्ने प्रस्ट भएको कार्कीले बताउनुभयो । चालु आर्थिक वर्षमा लैससासको स्थितिलाई अझै सुधार गर्न आवश्यक कार्यक्रमहरु सञ्चालन आइसकेको उहाँको भनाइ थियो । 

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजकसमेत रहनुभएका वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, वडा नम्बर ९ का अध्यक्ष विश्वनाथ भगत, कार्यपालिका सदस्य सरिता घिमिरे, खुश्बु विश्वकर्मा, महानगरका सामान्य प्रशासन प्रमुख अर्जुन थपलिया, महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनी, कानुन शाखाकी प्रमुख शारदा थपलिया, सूचना अधिकारी अनिता कोइरालालगायतको उपस्थिति रहेको थियो ।


विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन स्कुलमा आमा–बुवा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।

सरस्वती पूजाको अवसर पारेर स्कुल परिसरमा बुधबार आमा बुवा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको हो ।

विद्यार्थीका अभिभावकहरूको लागि आयोजना गरिएको उक्त प्रतियोगिताको प्रथम विन्जु पराजुली, द्वितीय प्रिती राई, तृतीय कोपिला कार्की भएकी छिन् ।

यसैगरी सान्त्वना सुमित्रा राजवंशी, कल्पना घिमिरे, मेनुका जोगी, अनिशा जोगी रविना राई भइन् । अभिभावकहरूमा लुकेको प्रतिभा उजागर गर्ने उद्देश्यले पूर्वाञ्चलले पहिलो पटक नौलो प्रकारको कार्यक्रम आयोजना गरेको हो ।

 ‘यस्तो प्रतियोगिताले विद्यार्थीको मात्र होइन अभिभावकहरुको पनि लुकेको प्रतिभा उजार गर्छ,’ स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले भने, ‘विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा सँगै संस्कार र सीपसहितको शिक्षा दिइरहेको छ । त्यसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरू पनि गराइदै आएको छ । अभिभावकहरुको प्रतिभा पनि खोजी गरिन यस्तो प्रतियोगिता आयोजना गरिएको हो ।’

प्रतियोगितामा भाग लिएका अभिभावकहरुले आफ्नो रुची अनुसार गीत र नृत्य प्रस्तुत गरेका थिए । विजयी हुने अभिभावकहरुलाई पुरस्कार वितरण विराटनगर १३ का वडाअध्यक्ष सुर्यलाल यादव र स्कुलका प्रिन्सिपल अर्जुनश्रेष्ठले वितरण गरे ।

सोही अवसरमा विद्यार्थीहरुले साँस्कृतिक नृत्य र गीत पनि प्रस्तुत गरि रमाइलो गरेका छन् ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.