Websoft University

प्रजातन्त्र दिवसका अवसरमा ज्येष्ठ नागरिक तिम्सिना सम्मानित


विराटनगर ÷ ७४ औं प्रजातन्त्र दिवसका अवसरमा विराटनगर–११ स्थित अलका टोल समितिले अग्रज साहित्यकारसमेत रहनुभएका ज्येष्ठ नागरिक हरिप्रसाद तिम्सिनालाई सम्मान गरेको छ ।

सोमबार ज्येष्ठ नागरिक वडा समितिको भवनमा आयोजित कार्यक्रममा तिम्सिनालाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, आयोजक संस्थाका अध्यक्ष यादनरसिंह कार्कीले तिम्सिनालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । टोल समितिले हरेक वर्ष समाजका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि नेउपानेले २००७ सालको जनक्रान्तिको जगमा उभिएर अहिलेको संघीय लोकतान्त्रिक व्यवस्था आएको बताउनुभयो । उहाँले इतिहासलाई कसैले पनि मेट्न नसक्ने प्रस्ट पार्नुभयो ।

कार्यक्रममा समाजसेवी चिरञ्जीवी दाहाल, ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष अर्जुन भट्टराई, प्रमुख सल्लाहकार ललित श्रेष्ठ, उपाध्यक्ष कृष्णकुमारी थापा, ध्रुव चौहानलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै कवि कृष्णराज कोइराला, इन्द्र खतिवडा, मोहनकुमार ताम्राकारलगायतले प्रजातन्त्रसँग सम्बन्धित सिर्जना वाचन गर्नुभएको थियो । 

सोही अवसरमा समाजसेवी पदमकुमार श्रेष्ठ र ललित श्रेष्ठलाई ज्येष्ठ नागरिक वडा समितिको सल्लाहकारको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । अमेरिका निवासी विभूति तिम्सिना पौडेल र युवा व्यवसायी सीताराम कोइरालाले ज्येष्ठ नागरिक वडा समितिको आजीवन सदस्यता ग्रहण गर्नुभएको थियो । सो अवसरमा अलका टोल (घ) समितिको प्रवेशद्वारमा नेपालको राष्ट्रिय झण्डा राखिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.