Websoft University
October 2018


विराटनगर, कार्तिक  १४ गते ।  प्रदेश नं १ सरकारको आज बसेको मन्त्रिपरिष्द बैठकले प्रदेश योजना आयोग गठन गर्ने लगायत विभिन्न १२ वटा निर्णय गरेको छ ।  बैठकले आयोगको उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकार कर्मी सुवोधराज प्याकुरेल, सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्ति गरेको छ । 

 बैठकपछि आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले प्रदेश नं १ को सार्वजनिक खर्च मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ लाई स्वीकृति दिने निर्णय गरेको बताए ।


बैठकले सुनसरी जिल्लाको कोशी गाउँपालिकास्थित कोशी कटानक्षेत्र नियन्त्रण परियोजना अघि बढाउन तथा मध्य पहाडी लोकमार्ग अन्तर्गत तेह्रथुम र फिदिम दुई शहरलाई नयाँ शहरको रुपमा विकास गर्न स्वीकृति प्रदान गरेको छ । त्यसका लागि सङ्घीय सरकारबाट रु १७ करोड विनियोजन भइसकेको छ । 

बैठकले प्रदेश सरकारको मातहतमा रहेका भौतिक सम्पति प्रदेश सरकारको मातहतमा ल्याउने निर्णय गरेको छ । साथै, कोशी प्रतिष्ठान विधेयक मस्यौदालाई स्वीकृत गर्ने निर्णय ग¥यो । मन्त्रिपरिषद्ले प्रदेश विकास स्वयंमसेवक परिचालन कार्यक्रम –२०७५ लाई स्वीकृत गर्दै झापा दमकको ग्रामीण सडक सुधार सञ्जाल आयोजनालाई प्रदेश सरकार मातहत ल्याउने निर्णय ग¥यो । 

(फायलफोटो)
मोरङ, कार्तिक १४ गते । रातो तारा डट कम,
मोरङको सुन्दर-हरैँचा नगरपालिका-१२ स्थित राजमार्गमा मंगलवार टिफरको ठक्करबाट स्कुटरमा सवार १ महिलाको मृत्यु भएको छ । साँझ करिब सवा ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६१८४ नम्बरको टिफरले को २६ प ३१२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटर चालक उदयपुर राैतामाई गाउँपालिका-२ बस्ने बर्ष ३२ की गीता कटुवाल गम्भिर घाईते भई उपचारको लागि धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा साँझ साढे ६ बजे मृत्यु भएको थियो ।

ठक्कर दिने टिफर र चालक सुनसरी बराहा नगरपालिका-६ बस्ने बर्ष २३ को कातिक राजवंशीलाई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखिएको छ भने मृतकको शव पोष्टमार्टमको लागि धरानमा राखिएको छ ।


बिराटनगर कार्तिक १४ गते । रातो तारा डट कम,भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान विहानै देखि शुरु भएको छ । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक कार्यक्रमको बीच विराटनगर महानगरपालिकाकी डेढ बर्षकी बालिका सदिक्षा पन्थीलाई जुकाको औषधि तथा भिटामिन ए क्याप्सुल खुवाएर शुभारम्भ गरेका हुन । हनुमान मन्दीर केन्द्रबाट जुकाको औषधि तथा भिटामिन ए क्याप्सुल खुवाउँदै मन्त्री घिमिरेले प्रदेश सरकारले पहिलो पटक अभियानको रुपमा यो कार्यक्रम बालबालिका लक्षित गरिएको जानकारी दिए ।

उनले बालबालिकाको लागि नभई नहुने जुकाको औषधि र भिटामिन ए क्याप्सुल खुवाउने अभियानमा ६ महिना देखि ५ बर्ष सम्मका सबै बालबालिकालाई नछुटाउन आग्रह गरे । सबै स्वास्थ्य संस्था, खोप केन्द्रहरुमा १४ र १५ गते प्रदेश भरी नै जुकाको औषधि र भिटामिन ए क्याप्सुल खुवाईने कार्यक्रम अनुसार १४ वटै जिल्लामा अभियानको रुपमा कार्यक्रम भईरहेको एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


बिराटनगर, कार्तिक १४ गते । रातो तारा डट कम, बिराटनगर माहानगरपालिका वडानम्वर ११ मा वडाकै आयोजनामा साताव्यापी संन्चालित पंतन्जली योग सिविर आज समापन भएकोछ ।

प्राप्त जानकारी अनुसार समापन कार्यक्रमका प्रमुख अतिथि सांसद यसोदा अधिकारी,प्रदेश सांसद केदार कार्की र बिराटनगर महानगरपालिकाकी उप मेयर इन्दिरा कार्की, समेतले योगका बारेमा चर्चा गर्दै समापनमा सहभागि सबैलाई शुभ कामना दिनु भयो ।

कार्यक्रममा युवा नेता पर्शुराम बस्नेत, पंतन्जलीका केन्द्रिय सदस्य टिका खतिवडा,एक नम्वर प्रदेश संयोजक मिष्टर प्रसाद चौधरी,समेतले योगका बारेमा आ–आफना धारणहरु राखेका थिए ।

बालकल्वका ओसन शर्माले पनि कार्यक्रममा सहभागिता जनाउनु भएको थियो ।
कार्यक्रम आयोजक तथा बिराटनगर महानगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले कार्यक्रमको अध्यक्षता गर्दै समापनमा उपस्थित सबैलाई धन्यावाद दिदै आगामि दिनमा पनि आफुले यसरीनै सबैबाट सहयोग पाउने आसाका साथ पुन धन्यावाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।


मोहन कुमार राई-संखुवासभा, कार्तिक १४ गते ।
रातो तारा डट कम,संखुवासभा, चैनपुर नगरपालिका वडा नं. ३ स्थित शारदा मावि पोखरीमा पूर्व विद्यार्थी गणेश बहादुर थापा र श्रीमती रचना थापा वस्नेत द्धारा एक अक्षयकोषको स्थापना गर्नुभएको छ ।

हाल अमेरिकाको क्यालिफोर्नियामा वस्दै आउनुभएका दम्पती द्वयले आफु पढेको विद्यालयमा पुगी टेकबहादुर थापा मैनीकला थापा अक्षयकोष स्थापना गर्नुभएको हो । आफ्ना पितामाताको नाममा स्थापना गरेको सो अक्षकोषको राशी रु १ लाख ११ हजार १ सय ११ रहेको विद्यालयका निमित्त प्रअ. अजित अधिकारीले बताउनुभयो ।

अक्षकोषको रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकको संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक चैनपुरमा खाता खोली सोको व्याजबाट हरेक वर्ष २ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुपर्ने अक्षयकोषदाता थापा दम्पतीले वताउनुभयो ।

दाता दम्पतीलाई विद्यालयले अविर खादाले सम्मान गर्दै आगमी दिनमा समेत विद्यालयप्रती सहयोगको अपेक्षा राखेको प्रअ अधिकारीले वताउनुभयो ।



{फएल फोटो}

मोहन कुमार राइ,संखुवासभा कार्तिक १४ गते । रातो तारा डट कम,संखुवासभा, खाँदवारी नगरपालिका वडा नं. ९ तुम्लिङटार बसपार्कबाट प्रहरीले लागु औषध बराद गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बसपार्कबाट एभिल ४ एम्पुल, डाईजेल्याप १२ एम्पुल, र नाम नभएको १७ एम्पुल लागु औषध बरामद गरेको हो ।

सो लागु औषध लिइ आउने धरान उपमहानगरपालिका वडा नंंं १३ बस्ने वर्ष २७ को नविन तामाङ र लागु औषध मगाउने खाँदवारी नगरपालिका वडा नंं ३ का राजेश भगत श्रेष्ठ लाई नियन्त्रणमा लिई जिल्ला अदालत संखुवासभाबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

विराटनगर,कार्तिक १४ गते । रातो तारा डट कम,स्विट्जरल्याण्डको जेनेभामा ‘एजी फन्ड इन्टरनेशल प्राइज’ ग्रहण गरेर फर्किएको जीवन विकास समाजका पदाधिकारीलाई भव्य स्वागत गरिएको छ । कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको समाजले शैक्षिक क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो ।

जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालयमा भव्य समारोहबीच अक्टोबर १७ तारिखका दिन स्पेनकी महारानी र साउदी अरबका युवराजले जीवन विकासलाई तीन लाख डलर बराबरको पुरस्कृत प्रदान गरेका थिए ।

पुरस्कार ग्रहण गरी समाजका अध्यक्ष योगेन्द्र मण्डलको नेतृत्वमा सह–कार्यकारी प्रमुख सञ्जयकुमार मण्डल, वरिष्ठ प्रबन्धकद्वय दामोदर रेग्मी र भरतलाल बहरदार, वरिष्ठ अधिकृत रमेश राय र बोर्ड सदस्य रिबोलदेवी मण्डल जेनेभाबाट काठमाडौ हुँदै मंगलबार कटहरी आई पुगेका हुन ।

टोलीलाई समाजका सदस्य, सर्वसाधारण, विद्यार्थी, खेलाडी तथा कटहरीका नागरिकले फूलमाला लगाएर स्वागत गरे । पिछडिएका समुदायका बालबालिकाको लागि जीवन विकासले सामुदायिक
विद्यालय, बाल शिक्षा कार्यक्रम, सिटिइभिटी अन्तर्गत सीपमुलक तालिम, किशोरीहरुको विद्यालय छाड्ने दर घटाउन सरकारी विद्यालयमा नव विहानी कार्यक्रममार्फत सहयोग गर्दै आएको अध्यक्ष मण्डलले बताए ।


इलाम, कार्तिक १४  गते । रातो  तारा  डट  कम,इलामको सुर्योदय नगरपालिका-११ स्थित-शान्ती गोलाईबाट मंगलबार प्रहरीले पटका तथा मदिराजन्य पदार्थ बरामद गरेको छ ।

प्रहरी चौकी तिनघरेबाट खटिएको प्रहरी टोलीले मेची राजमार्ग स्थित बिर्तामोडबाट इलाम तर्फ जाँदै गरेको को १ ज २५७१ नम्बरको भाडाको सुमो गाडीमा चेकजाँच  गर्ने क्रममा आलु बम २४ प्याकेट, किङकोब्रा ३० प्याकेट, सटपुट बम १०० पिस, म्यागिज ३ प्याकेट, रकेट बम ४० पिस र झिरझिरे १०४ प्याकेट फेला पारी बरामद गरेको हो ।

त्यसैगरी सोही स्थानमा बिर्तामोडबाट पाँचथर जाँदै गरेको मे १ ज ३०३२ नम्बरको पिकअपबाट २४ बोतल सिक्किमे मक्स नामक मदिरा,  फेला पारी बरामद गरेको हो । बरामद गरिएको मदिरा तथा पटका जिल्ला प्रहरी कार्यालय इलाममा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


बिराटनगर कार्तिक १४ गते । रातो तारा डट कम,धनुषाको राष्ट्रिय आधारभूत निम्न माध्यमिक विद्यालय सर्सामा पूर्वविद्यार्थी तथा अभिभावकहरूले तालाबन्दी गरेका छन्। धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित राष्ट्रिय आधारभूत निम्न माध्यमिक विद्यालयमा शिक्षक नियुक्ति विषयमा विवाद हुँदा विद्यालयका पूर्वविद्यार्थी एवं अभिभावकहरूले तालाबन्दी गर्दा दिनदेखि विद्यालयको पठन–पाठन अवरूद्ध हुन पुगेको हो।

२०७५ अषाढ १३ गते प्रकाशित प्राथमिक विद्यालय राहत कोटाको खुल्ला विज्ञापनमा एकजना शिक्षक नियुक्तिको क्रममा आर्थिक चलखेल भएको भन्दै छानबिनको मागसहित अनिश्चितकालीन तालाबन्दी गरेका मध्ये एक सुजन यादवले जानकारी दिए। विज्ञापनअनुसार परीक्षामा नौ जना सहभागीमध्ये विद्यालयका प्रध्यानाध्यापक खेमनारायण यादवकी छोरी प्रियंका कुमारी यादवलाई आर्थिक चलखेलको आधारमा लिखितममा नाम निकालिएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन्।

स्थानीय बासिन्दाहरू पटक–पटक विद्यालय निरीक्षक तथा जिल्ला शिक्षा समन्वयन समितिलाई जानकारी गराउँदा पनि चासो नलिएका कारण बाध्य भएर तालाबन्दी गरिएको जनाए। प्रध्यानाध्यापक यादवले आफ्नी छोरी प्रियंकाको लागि परीक्षा कापी परीक्षा हल बाहिरै बनाएर समावेश गरेको आरोपसमेत लगाएका छन्।

यता सोही गाउँका स्थानीय अरविन्द यादवले अंग्रेजी शिक्षकको कोटा खाली रहे पनि अंग्रेजी शिक्षकको विज्ञापन गर्नुपर्नेमा नेपाली शिक्षकको विज्ञापन गरेर आफ्नो छोरीको नियुक्ति गर्न खोजेको आरोप लगाए। उनले भने, ‘विद्यालयमा हाल अंग्रेजी शिक्षकको आवश्यकता छ, तर नेपाली विषयको शिक्षक नियुक्तिको लागि परीक्षा लिइएको छ, त्यसको खारेजीको माग हाम्रो छ।’

यता प्रध्यानाध्यापक यादवले आफू आइतबार विद्यालयमा उपस्थित नभएका कारण आफूलाई खासै जानकारी नभए पनि सूचना टाँस गरेको आधारमा तालाबन्दी गरिएको स्वीकार गरे। उनले भने, ‘गैर अभिभावकहरूले आफ्नो स्वार्थ सिद्ध गर्न नसकेपछि मेरो छोरीको नाम निकालेको भनेर प्रचारबाजी गरेका हुन्।

के मेरो छोरी हो भन्दैमा उसले यो स्कुलमा जागिर खान पाउँदैनरु’ प्रध्यानाध्यापक यादवले परीक्षा र कापी जाँच समेत विधिपूर्ण तरिकाले विद्यालय व्यवस्थापन समिति तथा सरोकारबालाको उपस्थितिमा भएको दाबी गरे।  

काठमाडौ कार्तिक १४ गते । रातो तारा डट कम,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको १ लाख २६ हजार ४ सय अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

राहदानी नम्बर इडी ४८२९४७८ बाहक इर्सालाई सोमबार प्रहरीले पक्राउ गरेको हो। काठमाडौंबाट चीनको गोन्झाउ जान लागेका उनलाई डिपार्चर एरियाबाट लगेजभित्र अजैध रुपमा लुकाइछिपाई लैजान लागेको उक्त डलरसहित प्रहरीले पक्राउ गरेको जनाएको छ।


झापा, कार्तिक १३   गते । रातो  तारा  डट कम,झापाको मेचीनगर नगरपालिका-५ स्थित मेची किनारबाट मंगलबार अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको स्वीटर ५० थान, कुर्था १५ थान र सुटको कपडा १० थान गरी अन्दाजी ८० हजार मुल्य बराबरको लत्ताकपडा सहित सहित भारत डागुजोत बस्ने बर्ष १७ को मोहमद समिर, बर्ष २५ को मोहमद मुजाहित र  बर्ष २८ को मोहमद भुट्टुलाई वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

बरामद कपडा सहित तीनै जनालाई कानूनी प्रक्रिया पश्चात आवश्यक कारवाहीको लागि भन्सार कार्यालय भद्रपुर पठाईएको  उक्त कार्यालयले जनाएको छ ।



सिरहा-कार्तिक १३ गते । नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नाप नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरिदिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले पक्राउ गरेको हो ।


काठमाडौ कार्तिक १३ गते । रातो तारा डट कम,सर्लाही-रामनगर गाउँपालिका ४ मा दुई पक्षबीच भएको झडपमा भरुवा बन्दुक चल्दा एक जनाको मृत्यु भएको छ। नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको हो।

सर्लाहीको रामनगर गाउँपालिका ४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा भरुवा बन्दुक चल्दा रामविलास महतोको मृत्यु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए।

महतोलाई भरुवा बन्दुकको गोली लागेको हो। झडपका क्रममा एक पक्षले भरुवा बन्दुक पड्काएको प्रहरीले जानकारी दिएको छ।

५० वर्षीय मृतक महतो आफ्नो कार्यकर्ता रहेको नेपाली कांग्रेसले दाबी गरेको छ।

घटनास्थलमा प्रहरी परिचालन

झडप भएको स्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्यापक परिचालन गरिएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्। घटनालाई ध्यानमा राखेर प्रदेश २ मा रहेको प्रहरी कार्यालयको बैठक बसिरहेको छ। प्रदेश २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पाल लगायत सुरक्षा अधिकारीहरूको बैठक बसिरहेको छ।

रामनगर गाउँपालिका ४ को वडा कार्यलय नजिक विवाद भएको हो। घटनास्थलमा रहेका प्रहरी निरीक्षक कुन्दन देवका अनुसार गोली कसले प्रहार गरेको हो भन्ने निश्चित भइसकेको छैन। उनले भने, ुगोली हान्ने मान्छेको खोजी भइरहेको छ। प्रहरी परिचालन भइरहेको छ र घटनाबारे विस्तृतमा बुझ्ने काम भइरहेको छ।ु

घटनाबारे जानकारी दिँदै उनले भने, ुनिर्वाचित वडाअध्यक्ष घरबाट कार्यालय जाने क्रममा कुटपीट भएको थियो। सोही विषयमा आज बिहान थप विवाद हुँदा झडपको स्थिति आएको रहेछ। सोही क्रममा एउटा समूहले फायर खोल्यो र एकजनालाई लाग्यो। ५(६ जना सामान्य घाइते भएका छन्। ढुंगा लागेर घाइते भएका हुन्। कसैलाई टाउकोमा त कसैलाई निधारमा चोटपटक लागेको छ।

देवका अनुसार घटनास्थल अहिले सामान्य अवस्थामा आइसकेको छ। तर, कतिबेला झडप हुने भन्ने निश्चित नभएको उनले संकेत गरे। उनले भने, ुथप अवस्था के होला भन्न सकिन्न तर अहिलेलाई सामान्य रहेको छ।ु

आफन्तले शव उठाउन मानेनन्

मृतक महतोका आफन्तले शव उठाउन मानेका छैनन्। डिआईजी पालका अनुसार पीडितलाई शव उठाउन आग्रह गरिएको र अपराधी पक्राउ गर्न प्रतिवद्धता व्यक्त गरिएको छ।
पालले घटनास्थलमा तीनसय भन्दा बढी प्रहरी परिचालन गरिएको जानकारी दिए।  



शिव भट्टराइ,सुनसरी कार्तिक १३ गते । रातो तारा डट कम, किसानहरुले गहुँबाली लगाउने सिजन सुरु भएसँगै इटहरीको जुटबाली अनुसन्धान कार्यक्रममा उन्नत जातका गहुँको मूल विउ तयारी पारिएको छ । किसानहरुले गहुँ लगाउने बेलामा मूल विउलाई रोगमुक्त बनाएर तयारी अवस्थामा राखिएको
 हो ।

सुनसरीको इटहरी वडा नम्बर ९ मा रहेको जुटबाली अनुसन्धान कार्यक्रम संयोजक डा. गोविन्द तिम्सिनाले आठ जातका गहुँका मूल विउ तयारी गरिएको बताए । डा. तिम्सिनाकाअनुसार नेपाल २९७, विजय, गौतम, धौलागिरी, स्वर्गद्वारी, नेपाल १०५५, आदित्य र
तिलोत्तमा जातका गहुँको मूल विउ आविस्कार तथा उत्पादन गरिएको छ ।

कार्यक्रम संयोजक तिम्सिनाले किसानलाई समयमै गहुँको मूल विउ खरिद गर्न सुझावसमेत दिएका छन् । साथै सो केन्द्रबाट धानको विउ विक्री वितरणबाट २३ लाख राजश्व संकलन भएको छ । अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक डा.गोविन्द तिम्सिनाले अघिल्लो आर्थिक बर्षभन्दा आर्थिक बर्ष २०७४÷०७५ मा धानको विउ विक्री वितरणबाट झण्डै दोब्बर राजश्व संकलन भएको जानकारी दिएका छन् ।

डा. तिम्सिनाले यसलाई जुट अनुसन्धान केन्द्र भनिएपनि जमिनलाई उपयोगमा ल्याएर किसानलाई चाहिने गहुँ, मुसुरोको समेत विउ उत्पादनमा जोड दिएको बताए । उनले भने,यसका अलावा जुटलाई आवश्यक पर्ने हरियो मलको लागि हामी घन्सी समेत लगाएर यसको विउ उत्पादन गर्छौं ।’ त्यसैगरी, मुसुरोको विउ १ टन उत्पादन भएको छ । विगतमा जुटमा १ सय ५० जात आविस्कार गरिए पनि ५२४ जातको आविस्कारलाई यसपाली परिस्कृत गर्न लागिएको उनको भनाइ छ ।

त्यस्तै, गहुँको विउ उत्पादनमा बृद्धि भएको छ । धौलागिरी जातको गहुँको विउ पहाडी जिल्ला अनुकूल हो । यो विउ ताप्लेजुङ्ग जिल्लासम्म माग हुने गर्दछ । त्यसैगरी तराई क्षेत्रमा हुने गहुँ
मोरङ, सुनसरी देखि जनकपुरसम्मका किसानले खरिद गर्ने गरेका छन् । धानको विउ पनि जनकपुरसम्म माग हुने गर्दछ । यसपालीदेखि भने गाउपालिकाहरुले यहाँबाट गहुँको विउ खरिद गरी किसानलाई वितरण गर्न सुरु गरेको कार्यक्रम संयोजक तिम्सिनाको भनाइ छ । यहाँ
बजेट अभावले जुट अनुसन्धानसम्बन्धि कार्यक्रम सुरु हुन सकिरहेको छैन ।


विराटनगर,कार्तिक १३ गते । रातो तारा डट कम,एजुकेशन,टेक्नोलोजी र इनोभेसनको स्लोगन सहित विराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ । लिभिब विथ आइसिटीले आगामी पुस ६ गतेदेखि १० गते (तदनुसार २१ देखि २५ डिसेम्बर, २०१८) सम्म एक्स्पो आयोजना गर्न लागेको हो ।

प्रदेश न १ को प्रमुख शहर विराटनगरलाई सुचना प्रविधिको गन्तब्य बनाउने उदेश्य सहित एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोमा सुचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कारहरु, प्रडक्ट र सेवाहरु प्रदर्शनमा रहेनेछन । आइटी शिक्षा, ज्ञान, आविस्कार र उद्यमशिलतालाई एक्स्पोमा प्रवद्र्धन गरिनेछ । विराटनगर स्थित जैन भवनमा आयोजना हुने एक्स्पोमा १ सयभन्दा बढि स्टलहरु रहनेछन ।

प्रदेशका सुचना प्रविधिमा कार्यरत कम्पनी, कलेज तथा सस्थाहरु सहित काठमाण्डौबाट अन्तराष्ट्रिय प्रडक्ट तथा ब्राण्डको प्रदर्शनीमा सहभागिता रहनेछ ५० प्रतिशत कर्मशियल आइटी प्रडक्ट तथा सेवाह?को स्टल रहनेछन भने ५० प्रतिशत स्टलहरु आइटी शिक्षा, इनोभेसन, स्टार्टअप, रोबोट,गेमिब जोन सहितका साइन्स एक्जिविसनमा केन्दि«त हुनेछन । कमर्शियल स्टलहरुमा स्मार्ट प्रविधि, ल्यापटप, ग्याजेट्स, इन्टरनेट, सेक्य’रिटी प्रडक्टहरु सँगै सफ्टवेयर, एप्लिकेशनह? रहनेछन ।

नयाँ प्रविधिहरुको विशेष प्रदर्शनी हुने यस एक्स्पोमा स्थानिय आइटी स्टार्टअप तथा उद्यमशिलतालाई प्रवद्धन गर्न ५ वटा स्टल निश’ल्क उपलब्ध गराइनेछ । यसको लागि स्टार्टअप कम्पनीह?ले अनलाइन आवेदनदिन सक्नेछन । नेपालमा प्रविधि क्षेत्रकै सबैभन्दा ठुलो आइसिटी अवार्डसमेत आयोजना गरिरहेको लिभिब विथ आइसिटीले विगत ७ वर्षदेखि सुचना प्रविधिमा
आधारित म्यागजिन प्रकाशन गरिरहेको छ ।

 विराटनगरबाटै शुरु भएको सुचना प्रविधि क्षेत्रमा ’लिभिब विथ आइसिटी सचेतना’ अभियान अब प्रदर्शनी मार्फत अझ बृहत हुनेछ । उक्त अवसरमा स्थानिय निकायहरुलाइ समेटेर डिजिटल गभर्नेन्स र स्मार्ट सिटी सम्बन्धी वर्कसप, कन्फ्रेन्स समेत सञ्चालन हुनेछन् । एक्स्पोमा आइसिटी अवार्डका विजेताहरुले समेत नयाँ प्रविधिहरुको प्रदर्शन गर्नेछन ।

काठमाण्डांै सहित प्रदेश १ र २ का २ लाखभन्दा बढिले उक्त प्रदर्शनीको अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ । एक्स्पोमा आजैदेखि स्टल तथा स्पोन्सर बुकिब खुल्ला गरिएको छ । यसको लागि आधिकारिक वेबसाइट धधध.ष्अतभहउय.यचन मा गई बुकिब गर्न
सकिनेछ ।


पाँचथर, कार्तिक १३ गते । रातो  तारा  डट  कम ,पाँचथरको फिदिम नगरपालिका-४ स्थित हेवाखोला पुलमा टेम्पो दुर्घटनामा परि चालक सहित ३ जना घाइते भएका छन् । मेची राजमार्ग अन्तर्गत फिदिमबाट
हिलिहाङ गाउँपालिका-७ स्थित भारपा तर्फ जाँदै गरेको को. २ ह ३६९५ नम्बरको टेम्पो घुमाउरो बाटोमा अनियन्त्रित भइ साँझ साढे ५ बजे सडकमा पल्टिएको थियो।

 दुर्घटनामा परि टेम्पोका चालक ईलाम मंगलवारे नगरपालिका-२ भदौरे वस्ने वर्ष २२ को रविन राई, टेम्पोमा सवार पाँचथर हिलिहाङ गाउँपालिका-७ भारपा वस्ने वर्ष ३५ की प्रेमकला लिम्बु र फिदिम नगरपालिका-४ थापाटार वस्ने वर्ष ४८ को लोक वहादुर थापा घाइते भएका छन् । दुर्घटनाबाट घाइते तीनै जनालाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


झापा, कार्तिक १३ गते । रातो  तारा  डट कम ,झापाको गौरीगंज गाउँपालिका-३ स्थित मोबायल पसलमा चोरी गरी फरार रहेका १ जना भारतीय नागरिकलाई सोमवार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल उतर दिनाजपुर जिल्ला ईस्लामपुर ग्राम पञ्चायत थाना बस्ने बर्ष २० को कृष्ण रोयलाई चोरीको सामान सहित पक्राउ गरिएको छ ।

रोयले सोमबार राती गौरीगंज गाउँपालिका-३ स्थित राम प्रसाद रौनियारको घरमा भाडा लिई मोवाइल पसल गर्दै आईरहेका वर्ष ३० को गुरु प्रसाद ताजपुरियाको लक्ष्मी मोवाइल सेन्टरमा घरको पछाडिको बेरामा प्वाल पारि टिनको ढोका काटेर पसलमा भएको साधारण मोवाइल-५५ थान, एन्ड्रोइड मोबाइल-२५ थान, ल्यापटप-२ थान, मोबाइलको ब्याट्री-४० थान, बिग्रेको मोबाइल-५ थान, वाइफाइको राउटर-१ थान र नगद ३५ हजार सहित अन्दाजी ४ लाख मूल्य बराबरको सामान चोरी गरी फरार भएका थिए ।

घटनाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दमक नगरपालिका-७ बाट निजलाई चोरी भएको सामान सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई सोही कार्यालयमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


सुनसरी, कार्तिक १३ गते । रातो  तारा डट कम,जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले धरान उप-महानगरपालिका-१५ श्याम चौक बस्ने बर्ष २५ को मनिष राईलाई पक्राउ गरेको छ ।

 राईले धरान १५ स्थित महादेव चौक बस्ने बर्ष १६ की १ बालिकालाई ललाई फकाई गरी धरान -७ स्थित परदेश होटलमा लगेर गत आइतवार राती जवरजस्ती करणी गरेको भनि बालिकाको आमाले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको हो ।

राइलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।






काठमाडौँ, कार्तिक १३ गते । रातो  तारा  डट कम,संगीतकार डि आर अटुको संगीत तथा गीतकार सुरेन्द्र कार्कि शब्द सिर्जनामा रहेको ‘शुन्य भाछ ’ बोलको गीतको भिडियो बजारमा आएको छ । 
युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ ।परदेशमा गएका आफना प्रियतमको सम्झनामा मन भित्र चलेको विरहका भावहरुलाई गीतमा समेटेको गायिकाले बताइन । गीतमा राजु कार्किको एरेन्ज रहेको छ ।
विकाश मगरको छायाँकन , विनोद  बमको सम्पादन , विजय कुमार बमको निर्देशन भिडियोमा रहेको छ । ‘शुन्य भाछ ’ गीतको भिडियोमा विजय , दिपा र सन्ध्याको अभिनय रहेको छ । 



काठमाडौ कार्तिक १३ गते । रातो तारा डट कम,
अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले अमेरिका–मेक्सिको सीमामा सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न थप पाँच हजार २०० सेना परिचालन गर्न लागेको जनाएको छ। रक्षा मन्त्रालयका अधिकारीहरुले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्नेक्रममा रहेका अवैध आप्रवासीको लस्कर (क्याराभान) लाई रोक्न यस्तो कदम चालेको बताएका छन्।

यो कदमले सीमामा ठूलो संख्यामा सेना तैनाथ हुनेछन्। यसअघि नै सीमामा दुई हजार नेसनल गार्ड खटिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई रोक्न मेक्सिकोसँगको सीमामा थप सुरक्षा बल परिचालन गर्नुपर्ने परिस्थिति आएको पटकपटक बताउँदै आएका छन्। ट्रम्पले अवैध आप्रवासी रोक्नेतर्फ अमेरिकी डेमोक्राट्स पार्टीले कुनै पहल नगरेको भन्दै दिनहुँ आलोचना गरिरहेका छन्।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकएलिनानले अमेरिकी अधिकारीहरुले दक्षिणी मेक्सिकोको चियापास क्षेत्र हुँदै करिब तीन हजार ५०० मानिस अमेरिकी सीमातर्फ अघि बढिरहेको बताए।

यसबाहेक,ग्वाटेमाला र मेक्सिको सीमामा अरु करिब तीन हजार मानिस अमेरिकातर्फ प्रस्थान गर्नेगरी समूह बनाएको पनि अधिकारीहरुले बताएका छन्।म्याकएलिनानले अमेरिका–मेक्सिको सीमा क्षेत्रको पछिल्लो परिस्थितिलाई सीमा सुरक्षा तथा मानवीय सङ्कटका रुपमा हेर्न सकिने बताए। सीमा सुरक्षा एजेन्टहरुले तीन सातादेखि दिनहुँ एक हजार ९०० जना अवैध आप्रवासीलाई पक्राउ गरिरहेको पनि  जानकारी दिए।

सीमामा पक्राउ परेका आधाभन्दा बढी मानिस परिवारसँगै आएका तर उनीहरुले तस्करलाई प्रति व्यक्ति सात हजार अमेरिकी डलरसम्म बुझाएको म्याकअलिननले बताए। पेन्टागनका अनुसार सीमा क्षेत्रमा खटाइने सुरक्षा फौजसँग हातहतियार, हेलिकप्टर,उच्च प्रविधि जडान गरिएका बिमान रहनेछन्। यो टोलीले सीमा सुरक्षा बललाई मद्दत गर्नेछ।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अमेरिकी सीमा नाकातर्फ बढिरहेको आप्रवासीको लश्करमा आपराधिक समूहका सदस्य मिसिएको बताएका छन् । उनले आप्रवासीलाई कुनै पनि हालतमा अमेरिका प्रवेश गर्न नदिइने बताउँदै समयमै उपयुक्त निर्णय गर्न र आफ्नै देश फर्कन आग्रह गरे। 


बिराटनगर,कार्तिक १३ गते । रातो तारा डट कम,केराबारीको भलुवा खोलाबाट अनाधिकृत रुपमा गिटी बालुवा उत्खनन गरी निकासीका लागि लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय केराबारीले १० ओटा सवारीसाधन नियन्त्रणमा लिइएको छ ।
     
प्रतिबन्धित क्षेत्रबाट गिटी बालुवा उत्खनन गरी चोरीमा संलग्न रहेको भन्दै इप्रका केराबारीको टोलीले ८ ओटा हाइवा र २ ओटा टिपर नियन्त्रणमा लिइएको हो । पक्राउ परेका ना.६ख ६०५७,ना.७ ख. ३२२०,ना.५ख.६८८९,ना.७ ख.९०१५,ना.७ ख.३६३९ नम्बरको हाइवा रहेका छन् । 

त्यसैगरी चोरीमा संलग्न को.१ख.४३९६ ,को.१ख.४६९८,का.१ ख.५००४ र को १ख. ५६२९ नम्बरको हाइवा तथा टिपरलाई इलाका प्रहरी कार्यालय केराबारीको नियन्त्रणमा राखिएको 
छ । सवारी साधनहरुलाई आवश्यक कार्वाही गरी छाडिने इलाका प्रहरी कार्यालय केराबारीले बताएको छ । 
     
खोला ठेक्का लागेपनि ठेकेदार कम्पनीले ठेक्का सम्झौता बापतको रकम बुझाई नसकेको र गाउपालिकाले खोला ठे्क्का सम्झौता गरी नसकेको हुँदा उत्खननमा संलग्न सवारी साधन पक्राउ गरिएको प्रहरीले बताइएको छ । 
     
विगतमा जिल्ला समन्वय समितिले खोला ठेक्का लगाउदै आएपनि स्थानीय तह संञ्चालन कार्यवीधि अनुसार चालु वषर््मा केराबारी गाउँपालिकाले खोला ठेक्का लगाएको थियो । 

यदपी खोला ठेक्का लागेपनि ठेकेदार कम्पनीले सम्झौता गरीनसकेको हुँदा उत्खननमा रोक लगाइएको र गाउपालिकाको निर्णयपछि इआइइ गरीसकेको क्षेत्रबाट मापदण्ड अुनसार ढुंगा गिटी उत्खनन गर्न दिइने भएको छ । 


झापा, कार्तिक १३ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-६ स्थित बिभिन्न ठाउँबाट प्रहरीले आइतबार अन्दाजी १ लाख ४५ हजार ९ सय ८० रुपैँया मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले अवैध रुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको बिडी-३ बन्डल,सर्ट-६४ पिस, भेष्ट-१८० पिस, जम्फर-१८ सेट त्यसैगरी नेपालबाट भारत तर्फ लैजाँदै गरेको सुख्खा सुपारी-४२ कि.लो., हरियो मटर-१०० कि.लो., खुकुरी चुरोट-१३ डन्डा, निधि गुट्खा-२४ प्याकेट बरामद गरेको
थियो ।

बरामद सामान आजै मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।


मोरङ, कार्तिक १३ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित हुलास मेटल चौकबाट प्रहरीले आइतबार लागूऔषध सहित १ युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले लागूऔषध लुपिजेसिक-१५ एम्पुल, एभिल- १५ एम्पुल, डाईजेल्याब-१५ एम्पुल र फेनारगन-१५ एम्पुल सहित बेलबारी नगरपालिका-२ बस्ने १८ बर्षीय दिनेश माझीलाई पक्राउ गरेको हो ।

 दिउँसो पौने ३ बजे भारतबाट नेपाल तर्फ आउँदै गरेका माझीलाई शंका लागि चेकजाँच गर्ने क्रममा पाइण्टको गोजीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध बरामद गरेको हो । बरामद लागूऔषध सहित माझीलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।



सुनसरी, कार्तिक १३ गते । रातो तारा डट कम, सामाजिक विकृति र नकरात्मक सामाजिक सोचको विरुद्धमा सुनसरीको विभिन्न समुदायमा युवाले सडक नाटक प्रस्तुत गरेका छन् । सामाजिक समस्यालाई न्युनिकरण गर्न, महिलाहरुलाई सामाजिक प्रोत्साहन गर्ने उदेश्यले विभिन्न समुदायमा सडक नाटक प्रस्तुत गरेको युवा विकास केन्द्रको अरुण खड्काले जानकारी दिएका छन् ।

महिला र पुरुषमा समनता हुनु पर्छ भन्ने उदेश्यले “सहि हो मेरो समर्थन उनलाई” अभियान सँञ्चालन गरिएको छ । सुनसरीमा युवा विकास केन्द्रको समन्वयमा सडक नाटक सञ्चालन गरिएको थियो ।

हामी महिलाले पनि विभिन्न सेवा, अवसरहरु प्राप्त गर्नकोलागि घर बाहिर निस्कन पाउनु पर्छ, सचेत हुनु पर्छ समुदायका किशोरीहरुले बताएका छन् ।

हामी महिलाहरु समुदायमा धर्मसँस्कृति, अन्दविश्वास र परिवारको डरले घर भित्र वाधिएर वसेको थियौ अव हामी हाम्रा छोरी, वुहारीहरुलाई वाहिर निस्कन प्रोत्साहन गछौ स्थानियले बताएका थिए ।

सडक नाटकमा विशेषगरि मिलेर रोजगारीको विकल्पहरु सृजना गरौँ जहाँ महिलाले सुरक्षित र सम्मानित भई ढुक्कले काम रोज्न पाउनु पर्छ ।

सेवा र रोजगारको अवसरमा महिलाको योगदानको कदर गर्नपर्छ । सुचना, श्रोत र मौका पाएमा महिलाले गर्न नसक्ने के छ र जस्ता विषयहरुलाई उठान गरिएको छ ।


पाँचथर, कार्तिक १३ गते । रातो तारा डट कम,पाँचथरको फिदिम नगरपालिका-४ स्थित हेवाखोला पुलमा टेम्पो दुर्घटनामा परि चालक सहित ३ जना घाइते भएका छन् । मेची राजमार्ग अन्तर्गत फिदिमबाट
हिलिहाङ गाउँपालिका-७ स्थित भारपा तर्फ जाँदै गरेको को. २ ह ३६९५ नम्बरको टेम्पो घुमाउरो बाटोमा अनियन्त्रित भइ साँझ साढे ५ बजे सडकमा पल्टिएको थियो।

 दुर्घटनामा परि टेम्पोका चालक ईलाम मंगलवारे नगरपालिका-२ भदौरे वस्ने वर्ष २२ को रविन राई, टेम्पोमा सवार पाँचथर हिलिहाङ गाउँपालिका-७ भारपा वस्ने वर्ष ३५ की प्रेमकला लिम्बु र फिदिम नगरपालिका-४ थापाटार वस्ने वर्ष ४८ को लोक वहादुर थापा घाइते भएका छन् ।

 दुर्घटनाबाट घाइते तीनै जनालाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।




बिराटनगर कार्तिक १२ गते । रातो तारा डट कम,
लामो समय पश्चात चलचित्र कोईला दर्शकहरु माझ हलहरुमा आउने पक्का भएको छ । चलचित्र कोई यस अघि बैशाख २१ म आउने भनिएता पनि समय अनकुल नमिलेकोले अब भने मंसिर ७ मा दर्शकहरु माझ आउन लागेको निर्माण पक्षले जानकारी गराएका छन् ।

चलचित्र कोईला आरोहि फिल्मस्को ब्यानरमा निर्माता बि जे शर्माले निर्माण गरेका हुन् भने चलचित्रको कथा सुदिप आत्रेयले लेखेका हुन् । चलचित्रमा एक्सन नायकको रुपमा आफुलाई चिनाउन सफल नायक प्रज्वल गिरी,सोनीया गिरी,ममता खड्का,ध्रुब कोईराला,किरण थापा,कालु राणा,देब नेपाल, रामचन्द्र अधिकारी सुरज पराजुली, दिपेन्द्र कोईराला, पुजा रिजाल, रमन बिन्दास, अभिषेक गिरी, लगाएत कलाकारहरुको सशक्त अभिनय देख्न सकिन्छ ।


गजेन्द्र रञ्जित निर्देशित उक्त चलचित्रको छायाकंन मदन कस्यप घिमिरेले गर्नुभएको छ । चलचित्रमा नेपालकै एक सुकुम्बासिको कथा ब्यथालाई समाबेश गरिएको र चलचित्र हेर्न हल पुग्नुहुने दर्शकहरुलाई चलचित्रले २ घण्टाको अवधि ढुक्कका साथ बाँधेर राख्नेमा ढुक्क रहेको बताउछन् निर्माण पक्ष । चलचित्र हासोे, रोदन, एक्सन समाबेश एक पुर्णतया मानोरञ्जन दिलाउने चलचित्र बनेको मा ढुक्क छन् निर्माण पक्ष चलचित्रमा पछिल्लो समयका ब्यस्थ यूवा द्धन्द निर्देशक श्रृ श्रेष्ठले गर्नु भएको छ ।

एक साथ धेरै चलचित्र जुधेको र अनुकुल समय नमिलेको कारण पहिलेको मितिलाई छोडेर मंसिर ७ मा प्रदर्शन गर्न लागेको निर्माण पक्षले जानकारी गराएका छन् ।

(फायलफोटो)
झापा, कार्तिक १२ गते । रातो तारा डट कम,
झापाको शिवसताक्षी नगरपालिका-८ स्थित राजमार्गमा आइतबार बसको ठक्करबाट मोटरसाईकलमा सवार २ जना घाइते भएका छन् । पूर्वबाट पश्विम तर्फ जाँदै गरेको ना ४ ख २७११ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको बा ७४ प ९८७४ नम्बरको मोटरसाइकललाई साँझ ६ बजे ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकलका चालक सोही नगरपालिका बस्ने बर्ष २५ को सिताराम बराल र मोटरसाइकलको पछाडी सवार बर्ष ३२ को किशोर खरेल घाइते भइ उपचारको लागि वि.एण्ड. सी. अस्पताल बिर्तामोड पठाइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

शिव भट्टराई - कार्तिक १२ गते । जिल्लाको  मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १६ गाई मरेका छन् भने चार गम्भीर घाइते भएका छन् ।

आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङले गाईवस्तुलाई न्यानो बनाउन गोठ नजिकै आगो बालेर गुरुङ गाउँतिर निस्कँदा हावाहुरीले आगो फैली गोठमा आगलागी हुँदा गाई मरेको मादी –१ का अध्यक्ष सुरजकुमार गुरुङले जानकारी दिए । गोठमा ३४ गाई थिए ।

यसअघि काठमाडौंको गोकर्णमा पनि सयभन्दा बढी गाई जलेका थिए ।

काठमाडौ कार्तिक १२ गते । रातो तारा डट कम,दाङ-पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगेको जंगलमा बस र टिपर ठोक्किएर एकको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

दाङबाट बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरित दिशामा गुड्दै गरेको लु २ ख १४७७ नंम्बरको टिपर ठोक्‍किदा दुर्घटना भएको जनाइएको छ ।

मृत्यु हुनेमा दाङ गढवाका ४ वर्षीय शुसान्त सुनारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक रवि रावलले जानकारी दिएका छन् ।

घटनामा ३३ जना घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घाइते केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाई छ।

श्याम राई÷उदयपुर–गाईघाट, कार्तिक १२  गते । रातो तारा डट कम,उदयपुरको बेलका नगरपालिकाको आयो जनामा पौष १ देखि ७ गते सम्म हुने प्रथम ‘मैनामनी पर्यटन महोत्सब’ को तयारी तीब्र गतिमा भैरहेकोछ ।

‘‘पर्यटनको संभावना पर्यटनमा सहभागिता र पर्यटनले समृद्धि’’भन्ने मूल नारा रहेको महोत्सबमा करिब १० हजार पर्यटक भित्राउने लक्ष्य रहेको छ । प्रथम मैनामैनी पर्यटक महोत्सब आयोजक समितिले सोमबार पत्रकार सम्मेलनगरि महोत्सबको तयारी द्रृत गतिमा भैरहेको जनाएको छ ।

समितिका अध्यक्ष एंव वडा न. ७ का अध्यक्ष सुरेन्द्र राईले मूल समितिले विभिन्न उप–समिति निर्माण गरेर काम अघि बढाईएको बताए । उदयपुरको मैनामनीको ऐतिहासिक तथ्यलाई उजागरगरि एउटा गर्भिलो ईतिहास बन्न सक्ने ठाउँ भएकोले प्रचार प्रसार र महोत्सबको माध्यमबाट उक्त स्थानको प्रवद्र्धन र सम्बद्र्धन गर्न खोजिएको अध्यक्ष राईले बताए ।

बेलका नपाको वडा न. ७ स्थित मैनामैनी प्राकृतिक ऐतिहासिक र पर्यटकिय दृष्टिकोणले विकासको उच्च् सम्भावना बोकेको ठाउँ हो । भोजपुर, धनकुटा, सुनसरीसँग जोडिएको मैनामैनी एक नम्बर प्रदेसमा जल यात्राको सुगमता र प्रचुर सम्भावना बोकेको भनी बैकल्पिक मागर्
(प्रस्तावित मदन भंण्डारी मार्ग) को रुपमा सप्तकोशी नदीमा पुल निर्माणसँगै केन्द्रिय राजधानीबीच सिधा सम्पर्कले यो आफैमा सुगम र यात्रीहरुको लागि परिचित ठाउँ बन्न पुगेको छ ।

महोत्सबमा चम्पाकोटबाट दैनिक प्याराग्लाइडिङ्ग, उडान सप्तकोशीमा ¥याफटिङ्ग, कोशी टप्पु बन्य जन्तु आरक्षणमा दैनिक जंगल सफारी,बराह क्षेत्र मंदिरको दर्शन र प्रचित हरिद्धार चतराधामको दर्शन विशेष आकर्षण हुने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

त्यसैगरि महोत्सबमा कृषि उत्पादन सम्बन्धि विभिन्न १ सय स्टल राख्ने व्यवस्था गरिएको छ ।
मैनामैनीमा विशेषगरि हेर्न र दर्शन गर्न सकिने टङकेला गुफा, मनोरम हिमश्रृङखलाहरुको दृश्यावलोकन, मैन रानी देविको दर्शन तथा अनुष्ठान जाल्पा देवि चम्पा केसरी किरात समुदायका धर्म गुरु गडयन्जलको जन्म भूमिको अवलोकन महोत्सबको थप आकर्षणको केन्द्र विन्दु रहने आयोजकले जनाएको छ ।

महोत्सबमा पर्यटन सम्बन्धि जानकारी, फोटो चित्रकला पदर्शन, औधोगिक प्रदर्शनी, आर्गेनिक कृषि वाली प्रदर्शनी र संस्तो बजार राखिने छ । प्रतियोगितात्मक खेलकुद प्रस्तुत जादु, सर्कस, खेल तमासा समेतको आयोजना गरिने छ । महोत्सबमा किरब ६२ लख खर्च हुने आयोजकले अनुमान गरेको छ ।


बिराटनगर,कार्तिक १२ गते । रातो तारा डट कम,नेशनल लाईफ इन्स्योरेन्स बिराटनगरले यहाँका किसानहरुलाइ ठगि गरिरहेको बिराटनगर ३ बस्ने गाई पालक किसान पूर्ण प्रसाद घिमिरेले आरोप लगाउनु भएकोछ ।

व्यावसायिक रुपमा पशुपालन गर्न गत वर्ष आफुले तीन गाई खरिद गरि ल्याएको र ति तीनै गाईको नेशनल लाईफ इन्स्योरेन्स बिराटनगरमा प्रति गाई ७० हजारका दरले बीमा गरिएको थियो ।

उक्त बीमाको अवधि यहि असोज ४ गते समय सकिए पछि पुन फेरी बीमा गर्न जादा गाईको मुल्यामा कम गरी प्रति गाई बेगला बेग्लै ४०,५०,६०,हजारको मुल्याङ्कन गरेर असोज ४ गते नविकरण गरेको थियो ।

उक्त बीमा गरेका गाई मध्ये बीमाको नियाम बंमोजिम १५ दिन कटाई असोज २९ गते एउटा गाई बिरामी परेर मर्यो, बीमा गर्ने अभिकर्ता आए हेरे फोटो खिचे कागज पत्र बनाएर गए, पछि बीमाको रकम माग गर्न निबेदन लिएर जादा नेशनल लाईफ इन्स्योरेन्स बिराटनगरका कार्यलय प्रमुख खडग बहादुर श्रेष्ठले हप्की दप्की गर्दै पसु बीमाको रकम पाउनु हुन्न जे गर्नु छ गर्नु भनेर जवाफ दिनु भयो ।

नेशनल लाईफ इन्स्योरेन्स बिराटनगरले पसु पालक किसानहरुलाई यसरीनै बीमाको रकम नदिने ठगी गर्ने गरेको थुप्रै उदारणहरु बताउदै गाइ पालक किसान पूर्ण प्रसाद मिमिरेले आरोप लगाउदै कार्यलय प्रमुख श्रेष्ठलाई कार्यवाही गर्न संमबन्धित निकाय संग माग समेत गरेकाछन ।

पसु बीमाको पैसा नेशनल लाईफ इन्स्योरेन्स बिराटनगरले नदिए कानुनी कारर्वाहीको लागि कृषि मन्त्रालय बीमा समिति नेशनल लाइफको केन्द्रिय कार्यलय र प्रशासन समेतमा उजुरी दिने र पत्रकार सम्मेल गरेर किसानहरुलाई ठगी गर्दै आएको बिषयको भण्डाफोर गर्ने रातो तारा डट कम लाइ गिमिरेले जानकारी गराउनु भयो ।

बिराटनगर कार्तिक ११ गते । रातो तारा डट कम,कारागार अपराधिलाई सजाय भन्दा पनि उसको व्यवहारमा सुधार ल्याउने थलोको रुपमा मान्यता पाउदै गएको छ । अपाराधिलाई कारागारमा सुधारेर समाजमा पुनः स्थापित हुन सक्ने ठाउँ बनाउनु पर्ने ऐन, नियम बनेका छन् ।

कारागार सुधारगृह जस्तो हुनु पर्ने भन्ने गरिए पनि व्यवहार देखिएको छैन । त्यसको उदाहरण हो मोरङ कारागार । कारगारको क्षमता भन्दा अत्याधिक चापको कारणले कैद एक माथि अर्को खप्टिएर र पलो गरेर सुतनु पर्ने अवस्था रहेको छ । जुन उनीहरुको लागी  मानसिक यातना जस्तो भएको छ ।

 पुरानो संरचना र कैदिको अत्याधिक चापले कारागार मानसिक यातना गृह जस्तो बन्न पुगेको छ । यस्तो अवस्थाको कारावास भोगेकालाई समाजमा स्थापित हुन कठीन देखिन्छ ।
पुरानो संरचनाको मोरङ कारागारमा महिला पुरुष गरेर  २ सय ५० जना कैदै अटने क्षमता रहेको छ । कारागारमा अहिले महिला पुरुष गरि ८ सय ३० जना कैदि कोचिएर बस्न बाध्य रहेका छन् । जसमा महिलाको ५० जना क्षमता भएकोमा ८४ जना रहेका छन् । त्यसमा थप ८ जना बालबालिका रहेका
 छन् ।

क्षमता भन्दा ४ गुणा बढी कैदि बन्दी हुदा अत्याधिक चापले कारागारमा वासस्थानको ठूलो समस्या रहेको मोरङ कारागारका जेलर भीमराज पोखरेल बताउ छन् । ‘बाह्र बाई पन्ध्रको एउटा कोडामा ४०÷४५ जना सम्म सुतनु पर्ने अवस्था छ ।’उनले भने,‘एक सँग अर्को कोल्टे परेर टासिएर सुत्नु पर्ने अवस्था छ,ओल्टो कोल्टो फेर्न पनि पाउदैनन।’  स्वस्थ्य समस्या पनि त्यतिकै रहेको उनी बताउ छन् ।

 कारागारमा कैदिको चापका कारण एक जनालाई संक्रमण भए १ सय जना सम्मलाई एकै पटक सक्रम हुन सक्ने अवस्था रहेको उनले बताए । एक जनालाई झाडा पखाला लाग्यो भने धेरैलाई एकै पटक संक्रमण हुने गरेको उनी बताउ छन् ।
पुरानो संरचनामा रहेकोे मोरङ कारागार सुरक्षा दृष्टीले पनि संवेदनसिल रहेको छ । अहिले जेलमा सुरक्षा निकायका कर्मचारी र काराकारका कर्मचारीले आवास तथा कार्यलयको समत समस्या भोगी रहेको जेलर पोखरेलले बताए ।

कारागारका संरचनाहरुको प्रयाप्त मर्मत सम्भार हुन नसक्दा जिर्ण अवस्थामा पुगेको उले बताए । कारागारको भौतीक पुर्वाधारमा धेरै समस्या रहेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए । १० जना क्षमता रहेको कोठामा ४०÷४५ जना कैदि रहनु पर्ने अवस्था रहेको उनले बताए । कैदीको चाप कम गर्न सरुवा गर्ने र कैदी नथप्ने पहल भइरहेको उनले बताए । जेल विभाग संग संमन्वय गरेर पुर्वाधार सुधारकालागी पनि पहल भइरहेको उनले जानकारी दिए ।

कारागारका भौतीक संरचनालाई समया अनुकुल परिपमार्जन गर्न गुरुयोजना बनाउने काम सुरु भएको जेलर भिमराज पोखरेलले बताए ।


बिराटनगर कार्तिक १२ गते । रातो तारा डट कम,
प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ।

केहीबेरअघि  विज्ञप्ति जारी गर्दै अस्पतालका कार्यकारी निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिएका हुन्। बिहान ४स्३० बजे प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको थियो।

उनको स्वास्थ्य अवस्था बुझ्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु अस्पताल पुगेका छन्। शनिबारदेखि रुघाखोकीले ग्रस्त ओलीको स्वास्थ्यमा थप समस्या आएकाले बिहानै महाराजगन्जस्थित उक्त अस्पताल पुर्‍याइएको थियो।

उनको स्वास्थ्यबारे जानकारी लिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु बिहानै अस्पताल पुगेका छन्।  नेकपा महासचिव विष्णु पौडेल, वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा पनि अस्पताल पुगेका छन्।


काठमाडौ कार्तिक १२ गते । रातो तारा डट कम,
प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। उनी शनिबारदेखि नै रुघाखोकीले ग्रस्त थिए। आइतबार राति नै उनलाई मनमोहन कार्डियो भास्कुलर सेन्टरको आइसियूमा भर्ना गरिएको अस्पतालका निर्देशक उत्तमकृष्ण श्रेष्ठले बताए।

उनको स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको हो। शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा समेत उनी स्वास्थ्य समस्याकै कारण जान सकेका थिएनन्। संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएपछि निवासमै बसेका थिए।

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको र रुघा खोकीका कारण छातीमा संक्रमण बढेको छ।

काठमाडौं, कार्तिक १२ गते । सरकारले बेरोजगार युवाहरुलाई रोजगार बनाउने उद्देश्य राखेर सञ्चालन गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयमा अनियमितता र भ्रष्टचारको चाङ फेला परेको छ।

कोषको रकम छनोट, वितरण, कर्मचारी भर्ना, अनुगमन, सेवा सुविधा लगायतमा व्यापक अनियमितता र भ्रष्टाचार फेला परेको हो। कोष व्यवस्थापन समितिले स्वरोजगारको नाममा सुन व्यवसायी, बस तथा ट्याक्सी व्यवसायी, होससेल पसल, मालसामान सप्लाई गर्ने डिलर लगायतलाई रकम बाडेको फेला परेको हो।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा कोषका कार्यकारी निर्देशकले नै पेन्सन तथा कोषको दोहोरो सुविधा समेत लिदैं आएको तथ्य भेटिएको छ। कोषले १५ वर्षमा ५५ हजारलाई स्वरोजगार बनाएको दाबी समेत झुटो रहेको सतर्कता केन्द्रको छानबिनका क्रममा फेला परेको छ। उनीहरु पहिलेदेखि नै रोजगार रहेको तर कोषले १५ वर्षमा ५५ हजारलाई स्वरोजगार बनाएको झुटो दाबी पेश गरेको सकर्तता केन्द्रको छानबिन प्रतिवेदनमा उल्लेख भएको खबर राजधानी दैनिकमा छ ।

‘औपचारिक शिक्षा आर्जन लगायत कुनै पनि पेशा व्यवसायमा संलग्न नरहेको बेरोजगार व्यक्तिलाई लक्षित समूहको रुपमा परिभाषित गरिएकोमा सो विपरित हुने गरी सुन व्यवसायी, बस तथा ट्याक्सी, शिक्षित व्यक्तिहरु, होलसेल व्यवसाय, ढुवानी व्यवसायी, मालसमानमा सप्लाई गर्ने डिलर आदिमा लगानी भएको देखियो।’ छानबिन प्रतिवेदनमा उल्लेख छ।

कोष व्यवस्थापनले २३ जना दरबन्दीको लागि विज्ञापन गरेर नियम विपरित ३१ जना कर्मचारी नियुक्त गरेको समेत फेला परेको छ। एक पछि अर्को अनियमितता र भ्रष्टचारमा संलग्न देखिएको कोष व्यवस्थापनले पदपूर्तिको क्रममा २० पूर्णांकको परीक्षा नै सञ्चालन नगरी पदपूर्ति गरेको समेत पाइएको सतर्कता केन्द्रले फेला पारेको छ।

कार्यकारी निर्देशकको नियुक्तिका क्रममा पनि अनियमिता फेला परेको छ। उक्त पदका लागि आवदेन दिएका कामु कार्यकारी निर्देशक समेतलाई सञ्चालक समितिमा राखी बहुमतको निर्णय गरेर समेत कोषले अनियमितता मच्चाएको फेला परेको हो।

कोषमा कार्यकारी प्रमुखसँग सुविधा सम्बन्धमा करार गर्नु भनी विज्ञापन गरिएकोमा त्यसमा पनि अनियमितता फेला परेको छ । निर्णय विपरित करार नै नगरी सेवा सुविधा उपलब्ध गराएको छानबिनमा फेला परेको हो ।

कोषले अनुगनमनको नाममा समेत राज्य कोषको दोहन गरेको पाइएको छ । लगानीको अनुमनका लागि कोषको केन्द्रबाट र जिल्ला तहबाट समेत अनुगमन गर्ने संयन्त्र बनाएर दोहोरो रकम खर्च गर्दै आएको फेला परेको हो ।

कोषले १० प्रतिशत ब्याजदर तोकेकोमा कतिपय सहकारीले १३।५ प्रतिशत रकम लिने गरेको, तालिम दिएका लक्षित समूह र वर्गलाई लगानी गरेको प्रकृति पनि कोषको लक्ष्यसँग तालमेल खाने नदेखिएको सकर्तकता केन्द्रले औल्याएको छ ।

कोषले कर्जा प्रवाह तथा असुलमा समेत मनलाग्दी गर्दा जोखिमयुक्त कर्जाको रकम ठूलो देखिएको र भाका नाघेको रकम समेत ५१ करोड ६८ लाख ६४ हजार रहेको जनाएको छ ।


काठमाडौँ, कार्तिक १२ गते  । गायक तथा संगीतकार उत्तम विक्रम विष्टको स्वरमा ‘सातै जन्म जनम जनम’ बोलको गीतको भिडियो बजारमा आएको 
छ ।  
युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । मायामा रहेका जोडीको मनोभावलाई गीतामा समेटिएको छ । 
विजय रैपालको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा एरेन्ज कृष्ण पुनले गरेका छन । बविता पुरीको निर्देशन , अविनास डिसीको सम्पादन , मुकेश हुमाँगार्इँँको छाँयाकन रहेको छ ।  ‘सातै जन्म जनम जनम’ गीतको भिडियोमा उत्तम , लिला , लोमस , र पुजाको अभिनय रहेको छ । 




काठमाडौं,कार्तिक १२ गते । रातो तारा डट कम,युके निवासी गीतकार करिश्मा घामको शब्द र मिलन अमात्यको स्वर रहेको गीत ‘नेपालकी छोरी’ सार्वजनिक भएको छ । मुटु’ एल्बममा समावेस रहेको ‘नेपालकी छोरी’ गीत आकर्षक भिडियो सहित सार्वजनिक भएको हो । भिडियो मोडल पेसला कटुवालको अभिनय देख्न सकिन्छ ।

राजेश थापा मगरको संगीत र सुमन क्षेत्रीको संगीत संयोजन रहेको गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । मुकेश हुमागाईको छायाँकन, अमृत चापागाईको सम्पादन, माला मगरको कोरियोग्राफ रहेको भिडियो विन्ध्यावासिनी मुजिक प्रा.लि .ले बजारमा ल्याएको हो  ।


बिराटनगर, कार्तिक १२ गते । रातो तारा डट कम,
मोरङको विराटनगर महानगरपालिका-१ स्थित सिंघिया खोलामा माटोको ढिस्कोले पुरिएर १ महिलाको मृत्यु भएको छ । दिउँसो करिब २ बजे घर नजिकै रहेको खोलामा माटो खन्ने क्रममा ढिस्को खसेर सोही स्थान बस्ने बर्ष ३५ की कञ्चन पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ढिस्कोले पुरिएर घाइते भएकी पासवानलाई उपचारको लागि कोशी अंचल अस्पताल बिराटनगर पठाइएकोमा उनको सोही अस्पतालमा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ । घटनास्थलमा जिप्रका मोरङबाट प्रहरीको टोली  खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि सोही अस्पताल राखिएको छ ।




बिराटनगर, कार्तिक १२ गते । रातो तारा डट कम,
मोरङको ग्रामथान गाउँपालिका-५  स्थित मसाल चौकमा आइतबार दिउँसो मारुतीको ठक्करबाट मोटरसाईकलमा सवार १ जना घाइते भएका छन् ।

बिराटनगर-विराटचौक सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को. १ च. ४५०६ नम्बरको मारुती भेनले बाटो काट्दै गरेको अवस्थामा को. ५ प. ६६९१ नम्बरको मोटरसाइकललाई ठक्कर  दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक सोही गाउँपालिका-७ बस्ने वर्ष २४ को मनोज चौधरी घाइते भइ उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाईएको छ । मारुती र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


काठमाडौं , कार्तिक ११ ।  रातो तारा डट कम,टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपालका जज सनुप पौडेलको स्वरमा रहेको ‘न भुल्ने सक्ने’ बोलको गीत सार्वजनिक भएकोे छ । 

ध्रुवप्रसाद अम्गाईंको शब्द सृजना रहेको सो गीतमा हरि लम्सालको संगीत रहेको छ ।   प्रेम र विछोडलाई समेटिएको मर्मस्पर्शी शब्द, स्वर र संगीतले कसै न कसैको जीवनमा मेल खाने खालको रहेको छ ।


बिराटनगर, कार्तिक ११ गते । रातो तारा डट कम,
नेपाल प्रहरीले आज आइतबार देखि देशब्यापी रुपमा ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ गरेको छ। शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्नेका लागि प्रहरी, समुदाय, स्थानीय तह, सामाजिक संस्था र बिद्यालय बिचको सहकार्य र समन्वय स्थापना गरी साझेदारी निर्माण गर्ने उद्देश्यका साथ देशभर आजैबाट एक साथ उक्त कार्यक्रमको शुभारम्भ गरीएको हो ।

 नेपाल सरकार, गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयको आयोजना तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र स्थानीय तहहरुको संयोजनमा आज बिराटनगर महानगरपालिका-७ स्थित आदर्श माध्यमिक बिद्यालयको प्राङगणमा १ नम्बर प्रदेशका माननीय मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमका बिच गमलामा पानी हालेर विधिवत रुपमा शुभारम्भ गर्नु  भयो।

वहाँले ‘समुदाय-प्रहरी साझेदारी’कार्यक्रमको कम्प्युटरबाट PSA Click गरी कार्यक्रमको विधिवत रुपमा समुद्घाटन गर्नु हुँदै आफ्ना नीति तथा कार्यक्रमको माध्यमबाट अपराध र हिंसा रोक्न समुदाय र प्रहरी साझेदारी कार्यक्रमले बल पुर्‍याउनेमा आफू बिश्वस्त रहेको बताउनु भयो ।

वहाँले समृद्ध नेपाल र सुखी नेपाली बनाउने बाटोमा प्रदेश सरकार अग्रसर भएको बताउदै समुदाय-प्रहरी साझेदारी कार्यक्रमको पूर्णरुपमा कार्यान्वय हुने बिश्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले स्थानीय स्तरमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन यो समुदाय–प्रहरी साझेदारी  कार्यक्रमले जनताको मन जित्नेमा आफु बिश्वस्त रहेको बताउनु हुँदै यो कार्यक्रमको पूर्ण सफलताको लागि प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

कार्यक्रममा सामाजिक बिकास मन्त्री माननीय जिवन घिमिरेले शुभकामना मन्तब्य राख्नु हुँदै कार्यक्रमको पुर्ण सफलताको शुभकामना दिनु भयो भने कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणा प्रस्तुत गर्नु भएको थियो । वहाले सामुदायिक प्रहरी सेवा केन्द्रको माध्यमबाट सुरक्षा सचेतना अभिबृद्धी गर्ने तथा अपराध रोकथाम गर्ने लक्ष्यका साथ यो समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा तयार गरी कार्यान्वयन गर्न लागिएको बताउनु भयो ।
कार्यक्रममा नगपालिकाको तर्फबाट उर्लावारी नगरपालिका प्रमुख खड्ग बहादुर फागो तथा  गाउँपालिकाको तर्फबाट मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले ऐक्यबद्धता मन्तब्य राख्नु भएको थियो । वहाँहरुले ऐक्यबद्धता मन्तब्य राख्नु हुँदै स्थानीय स्तरमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन आफूहरुले जस्तो सुकै सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

कार्यक्रममा वहाँहरु लगायत मोरङ जिल्लाका रंगेली नगरपालिका, सुनवर्शी नगरपालिका, रतुवामाई नगरपालिका, लेटाङ नगरपालिका तथा बुढिगंगा गाउँपालिका र धनपालथान गाउँपालिकाका प्रमुखहरु र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

कार्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय धरानका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शरद कुमार खत्रीले उपस्थित सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नु भएको थियो भने उक्त कार्यक्रममा आन्तरीक मामिला तथा कानून सचिव गोपाल पराजुली, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश केसी, राष्ट्रिय अनुसन्धान बिभाग १ नं. प्रदेशका प्रमुख अनुसन्धान निर्देशक सुनिल ढकाल, मोरङ जिल्ला समन्वय समितिका उप-प्रमुख, बिभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा अध्यक्ष, बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न नगरपालिका तथा गाउपालिका उप-प्रमुख तथा उपाध्यक्षहरु, वडाअध्यक्ष/सदस्य, सामुदायिक सेवा केन्द्रका पदाधीकारीहरु, क्याम्पस प्रमुखहरु, बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरु, शिक्षक/ शिक्षिकाहरु, पुर्व प्रहरी कर्मचारीहरु, समाजसेवीहरु, महिला संजाल/आमा समुहहरु, स्थानीय सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, उद्योग वाणिज्य संघ , ब्यापार संघका पदाधिकारीहरु, स्थानीय भद्र भलाद्मी तथा समाजसेवीहरु, कलाकार, स्थानीय युवा क्लवका पदाधिकारीहरु, बाल क्लवका पदाधिकारीहरु, बिद्यार्थी भाई बहिनीहरु, संचारकर्मी साथै अन्य सरोकारवाला संघ संस्थाका पदाधिकारी समेत गरी १ हजार ५ सय ५२ जनाको उपस्थिती रहेको थियो ।


मोरंङ कार्तिक ११ गते । रातो तारा डट कम,“ग्रिन लेप्ट बेन्ड र बिराट फे्रन कल्व”ले बिराटनगर १ जिल्ला प्रहरी कार्यलय छेउ शान्ति चोक खुल्ला मैदानमामा आयोजना गर्न लागेको
सांगितिक कार्यक्रम यही कार्ति २७ गते मगलवार र्साइा ५ बजे देखि १० बजे सम्म हुने जानकारी गराइएकोछ ।

आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर कार्यक्रम व्यावस्थापन समितिका संयोजक सन्तोष महत (स्यान्ट्रो) ले नाम चलेका कलाकारहरु बिराटनगरमा ल्याएर नि,सुल्कै आम मनरन्जन कर्ताहरुलाई सेवा दिने बताउनु भएकोछ ।

कार्यक्रममा करिव ५ लाख खर्च हुने अनुमान गरिएको छ भने कार्यक्रमको उद्घोषण मिसेस नेपाल २०१८ की अनुपमा वास्तोलाले गर्नु हुने भएकोछ ।

बिराटनगर कार्तिक ११ गते । रातो तारा डट कम,
तीब्र गतिमा गुडेको कार कोशी राजमार्गको धरान इटहरी सडक खण्डको सेउती पुलनजिक दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा कारमा सवार दुई जना घाईते भएको प्रहरीले जनाएको छ । 

घाइते दुवैको उपचार विराटनगरस्थित न्युरो हस्पिटलमा भइरहेको जिल्ला ट्राफिक कार्यालय धरानले जनाएको छ । धरानबाट इटहरीतर्फ जादै गर्दा शनिबार राती करिब १२ बजेतिर बा १६ च १५१९ नम्बरको कार दुर्घटनाग्रस्त भएको ट्राफिक प्रहरीले जनाएको छ ।

कार चालक विराटनगर १० का ३६ बर्षीय दिकी जावेद र ४० बर्षीय नवराज गिरी सामान्य घाइते छन् । उनीहरू दुवैको विराटनगर न्युरो हस्पिटलमा उपचार भइरहेको छ ।

कसरी भयो दुर्घटना
ट्राफिक प्रहरी इन्स्पेक्टर होमराज दाहालका अनुसार दिकी जावेदले कार चलाईरहेका थिए । पुल नजिक गाडी स्पीडमै मोड्न खोज्दा अनियन्त्रित भई जंगल छिरेको छ । रुखको चेपबाट छिरेको पाईएको छ । 

१० बजेसम्म तीनकुनेमा प्रहररीको चेकिङ थयिो तर उक्त कार चेकिङ सकिए पछि धरानबाट इटहरी लागेको थियो । चालकले मादक पदार्थ सेवन गरेर कुदाएका कारण अनियन्त्रीत भएको हुन सक्ने इन्स्पेक्टर दाहाल बताउछन् ।


शिव भट्टराई - कार्तिक ११गते । रातो तारा डट कम, यसपालिको दशैको फूलपातीको दिनबाट प्रदर्शनरत चलचित्र ‘जय भोले’ टिमका केहि कलाकारका साथमा निर्देशक तथा निर्माता अशोक शर्मा यतिबेला पुर्बका हल अबलोकन तथा पत्रकार भेटघाट कायक्रममा ब्यस्त छन् ।
शनिबार बिराटनगर तथा इटहरीका मल्टिप्लेक्स हलहरु अबलोकन संगै पत्रकार सम्मेलन गरेका थिए । सम्मेलनमा अशोक शर्माले घोषणा गरेको अर्को फिल्म ‘रातो टिका निधारमा’ मा पनि यहि जय भोले टिम मै रहने संकेत गरेका छन् । 


काठमाडौ कार्तिक ११ गते । काभ्रेको मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका डीआईजीसहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो । दुर्घटनामा परी डीआईजी सुशील भण्डारी, रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको मृत्यु भएकोछ ।

भण्डारीको धुलिखेल समुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको
छ । तीन जनाको धुलिखेलमा उपचार भइरहेको
छ ।

बिराटनगर कार्तिक ११ गते । रातो तारा डट कम,चालू आ.व.को दुई महिनामा एक खर्ब ५४ अर्ब रुपैयाँ रेमिट्यान्सु मुलुक भित्रिएकोछ । गत वर्षको सोही अवधिको तुलनामा यो करिब ३४ प्रतिशतले बढी हो ।

कान्तिपुरले दिएको समाचार अनुसार-गत वर्ष भदौसम्म रेमिट्यान्समार्फत एक खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ नेपाल आएको थियो । चालू आर्थिक वर्षको सुरुदेखि नै वृद्धिदर उच्चदरमा हुन थालेको छ । साउनमा रेमिट्यान्स वृद्धिदर ३३.१ प्रतिशत थियो ।

भदौमा वृद्धिदर ३४ प्रतिशत हाराहारीमा पुगेको राष्ट्र बैंकको तथ्यांक छ । पछिल्ला दुई वर्षयता रेमिट्यान्स वृद्धिदर घट्दो क्रममा थियो । चालू आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स आप्रवाह वृद्धिदर उच्च देखियो ।

यो अवधिमा अमेरिकी डलरको विनिमय दर बढ्नुका साथै कोरिया,अमेरिका र भारतबाट वैधानिक प्रणालीमाफैत भित्रिने रकम बढेपछि समग्र रेमिट्यान्स वृद्धिदर उच्च बनेको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए ।

झापा, कार्तिक ११ गते । रातो तारा डट कम,झापाको दमक नगरपालिका-१ बरगाछी स्थित भित्री सडक खण्डमा शनिबार ट्रिपरको ठक्करबाट १ जना घाईते भएका छन् ।

दिउँसो १२:३० को समयमा सोही स्थान बस्ने बर्ष ५० को अमृत गजमेरले मादक पदार्थ सेवन गरी बाटो काट्ने क्रममा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको मे १ ख २७१२ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो ।

घटना भएको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले घाइते लाई उद्दार गरी उपचारको लागि लाईफ लाईन अस्पताल दमक पठाएको थियो भने  ट्रिफर र ट्रिफर चालक झापा नगरपालिका-१ बस्ने बर्ष २९ को भिम श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.