Websoft University

पूर्व विद्यार्थीद्धारा अक्षयकोष स्थापना


मोहन कुमार राई-संखुवासभा, कार्तिक १४ गते ।
रातो तारा डट कम,संखुवासभा, चैनपुर नगरपालिका वडा नं. ३ स्थित शारदा मावि पोखरीमा पूर्व विद्यार्थी गणेश बहादुर थापा र श्रीमती रचना थापा वस्नेत द्धारा एक अक्षयकोषको स्थापना गर्नुभएको छ ।

हाल अमेरिकाको क्यालिफोर्नियामा वस्दै आउनुभएका दम्पती द्वयले आफु पढेको विद्यालयमा पुगी टेकबहादुर थापा मैनीकला थापा अक्षयकोष स्थापना गर्नुभएको हो । आफ्ना पितामाताको नाममा स्थापना गरेको सो अक्षकोषको राशी रु १ लाख ११ हजार १ सय ११ रहेको विद्यालयका निमित्त प्रअ. अजित अधिकारीले बताउनुभयो ।

अक्षकोषको रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकको संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक चैनपुरमा खाता खोली सोको व्याजबाट हरेक वर्ष २ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुपर्ने अक्षयकोषदाता थापा दम्पतीले वताउनुभयो ।

दाता दम्पतीलाई विद्यालयले अविर खादाले सम्मान गर्दै आगमी दिनमा समेत विद्यालयप्रती सहयोगको अपेक्षा राखेको प्रअ अधिकारीले वताउनुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.