Websoft University
Articles by "मराजनीति"


काठमाण्डैा साउन १ गते । खजुरा गाउँपालिकाका बाँकेको आ.व. २०८२/०८३ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । खजुरा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा असार ३१ गते सम्पन्न सुनुवाईमा ९ बुदें साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । जवाफदेहि बक्ता र सहभागिहरु बिचको लामो प्रश्नोत्तर पश्चात उक्त साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको हो । सार्वजनिक सुनुवाइमा सहभागिहरुले सार्वजनिक सुनुवाइ लगायत पालिकाले सञ्चालन गर्ने सार्वजनिक सरोकारका कार्यक्रममा अधिकांश जनप्रतिनिधिहरू उपस्थित नहुने गरेको। 


खजुरा गाउँपालिकाका विभिन्न विद्यालयमा सुरक्षित खानेपानीको समस्या रहेको, कतिपय विद्यालयमा विद्यार्थीको संख्या अनुसार पर्याप्त फर्निचर नभएकाले पठनपाठन प्रभावित भएको, विद्यालयहरूमा अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि आवश्यक बजेट तथा सामग्रीको अभाव रहेको, वडा नं. २ स्थित बावाधाममा शौचालयको अभावका कारण स्थानीयलाई समस्या भएको, पालिकाले सञ्चालन गर्ने सीपमूलक तालिमहरू प्रभावकारी हुन नसकेको, तालिमपछि सहभागीहरूलाई रोजगारी वा स्वरोजगारसँग जोड्न नसकिएको, सार्वजनिक सडक अतिक्रमणका कारण आवतजावतमा समस्या भएको, विद्यालयहरूको शैक्षिक गुणस्तर अपेक्षाअनुसार सुधार हुन नसकेको भन्दै शिक्षाको गुणस्तर अभिवृद्धिका लागि ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने, जलवायु परिवर्तन, प्लाष्टिकजन्य फोहोर तथा वातावरणीय प्रदूषण बढ्दै गएको, फोहोरमैला व्यवस्थापन प्रभावकारी नभएको, नियमित संकलन तथा व्यवस्थापनमा समस्या रहेको लगायतका प्रश्न तथा गुनासो राखेका थिए ।

त्यसैगरी केही विद्यालयहरूले कानुन विपरीत विभिन्न शीर्षकमा शुल्क लिने गरेको गुनासो गर्दै त्यस्ता विद्यालयमाथि पालिकाले के कारबाही गर्नुपर्ने, जनता माध्यमिक विद्यालय नजिक रहेको अव्यवस्थित विद्युत् पोल र तारका कारण दुर्घटनाको जोखिम रहेको भन्दै शीघ्र व्यवस्थापन गर्नुपर्ने पालिका क्षेत्रमा ट्राफिक व्यवस्थापन कमजोर रहेको, सवारी दुर्घटनाको जोखिम बढेको भन्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न सहभागिहरुले सुझाव दिएका थिए भने युवाहरूमा लागूऔषध दुव्र्यसन बढ्दै गएको भन्दै यसको नियन्त्रण तथा सचेतनामूलक अभियान सञ्चालन गर्न पालिकाले विशेष पहल गर्नुपर्ने माग गरेका थिए । सहभागिहरुले गरेको प्रश्नको गाउँपालिका अध्यक्ष डम्बर बि.क., उपाध्यक्ष मञ्जु मल्ल, वडा अध्यक्षहरु र शाखा प्रमुखहरुले जवाफ दिएका थिए ।

यसरी घोषणा गरिएका प्रतिबद्धताहरुमा सार्वजनिक सुनुवाइ लगायत सार्वजनिक सरोकारका कार्यक्रम सबै जनप्रतिनिधिहरूको उपस्थिति नभएको विषयमा व्यापक गुनासो आएकाले यस विषयमा कार्यपालिकामा छलफल गरी कार्यक्रममा उपस्थित हुन निर्देशन दिने, खजुरा गाउँपालिकाका विभिन्न विद्यालयमा खानेपानी समस्या रहेकाले समस्या समाधानका लागि, पहल गर्ने, फर्निचरको अभाव भएका बिद्यालयमा फर्निचरको ब्यवस्था गर्ने, बिद्यालयहरुमा अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि पालिकाबाट सहयोग गर्ने, वडा नं. २ को बावाधाममा शौचालय निर्माणका लागि गाउँपालिकाबाट सहयोग गर्ने र पालिकाले सञ्चालन गर्ने सिपमुलक तालिमहरुको प्रभावकारीता अभिबृद्धी, सिपमुलक तालिमका सहभागिहरुलाइ व्यवसायमा संलग्न गराउने गरी आवश्यक पहल गर्ने रहेका छन् ।

त्यसैगरी पालिका अन्तर्गत सार्वजनिक सडकहरुको अतिक्रमण हटाउन आवश्यक पहल गर्ने र शिक्षाको गुर्णस्तरिता अभिबृद्धी गर्न आ–आफ्नो तर्फबाट पहल गर्ने, जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलनका साथै प्लाष्टिक को प्रयोगलाइ निरुत्साहित गर्न आवश्यक नीति, नियम तर्जुमा गरी कार्यान्वयन गर्ने, फोहोरमैला व्यवस्थापनका लागि आवश्यक पहल गर्ने, शिक्षा सम्बन्धीत ऐन, कानुन विपरित कुनैपनि बिद्यालयले विद्यार्थिबाट शुल्क लिएको पाईएमा वा गुनासो प्राप्त भएमा आवश्यक कार्वाही गर्ने, जनता मा.वि. नजिकैको सडकमा रहेको विजुलीको पोलका तारहरु साउन ५ भित्र ब्यवस्थित गर्ने, पालिका क्षेत्रको ट्राफिक ब्यवस्थापनका लागि आवश्यक कदम चाल्ने, लागु औषध दूब्र्यसन बिरुद्ध सचेतनामुलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ ।

बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजिकरण गरेको सुनुवाइमा बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए भने जनसम्पर्क अधिकृत माधव काकीले नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा गरेका थिए । पालिकाले वर्षभरी सम्पन्न गरेका योजना क्रियाकलापहरुको प्रगति प्रतिबेदन पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेललले प्रस्तुत गरेका थिए ।


काठमाण्डौ जेठ ७ गते । रातो तारा डट कम, शैक्षिक सत्र सुरु भइसक्यो,समयमा पाठ्यपुस्तक नपुग्दा देशभरका झण्डै २४ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । नयाँ शैक्षिक सत्रमा सरकारले चार, सात र नौ कक्षाका लागि नयाँ पाठ्यक्रम लागु गरेको छ । तर नयाँ पाठ्यक्रमअनुसारका पुस्तक नपुग्दा तीन वटा कक्षामा अध्यनरत झण्डै २४ लाख बालबालिकाको पठनपाठन प्रभावित भएको हो । स्थानीय निर्वाचनमा मतपत्र छपाईको काम गर्नुपरेकाले समयमै पाठ्यपुस्तक छपाई गर्न नसकिएको र अझै ३५ लाख पुस्तक छपाई गर्न बाँकी भएको कुरा जनक शिक्षा सामग्री केन्द्रले जनाएकोछ । 



 


विराटनगर चैत १६ गते । रातो तारा डट कम, चुनाव नजिकिदै गर्दा विराटनगर महानगरपालिका वडाहरुमा जनता समाजवादी पार्टीका तर्फबाट विराटनगरको मेयर पदका लागी उमेदवारका दावेदार दिएका विराटनगर वडा नं. –१४ जतुवाका उमेश यादव यती वेला चुनावी घरदैलो कार्यक्रममा व्यस्थ देखिन्छन् । मेयरका उमेदवार यादवले विराटनगरको समग्र विकासका लागि जनता समाजवादी पार्टीलाई जिताउन आग्रह गर्दै घरदौलो कार्यक्रमगरीरहेका छन् ।


घरदैलो कार्यक्रममा यादव सहित कार्यकर्ताहरु विराटनगरका वडा वडामा गई मतदाताहरुसँग भेटघाट गरी आफ्नो एजेण्डा बताउदै जनता समाजवादी पार्टी चुनाव चिन्ह छातामा नै मतदान गर्न पनि आग्रह गरेका छन् । 

यसअघि यादव २०७४ सालको निर्वाचनमा तेस्रो स्थानमा आएका यादव भन्छन्,“ अघिल्लो चुनावमा राम्रो नतिजा आएको थियो । यस पटक अवश्य चुनाव जित्ने छु ।”

जातिय र बर्गीय मुक्तिको लागि, सुशासन र समृद्घिको लागि, पहिचान सहितको संघियताको लागि, दलित भागबन्डा अन्त्यका लागि, विराटनगरको विकासका लागि छातामा भोट हालौं भन्दै यादव घरदैलो कार्यक्रम गरिरहेका छन् ।

 

बिराटनगर चैत ४ गते । रातो तारा डट कम,नेकपा एमाले वाडा कमिटी ८ ले आज होली सुभकामना आदानप्रदान  कार्यक्रम गरेको छ। सुभारम्भ वाडाका जेस्ट नागरिक एमाले महानगर कमिटी सदस्य क बिस्म्बर राज अधिकारि को हात बाट एमाले केन्द्ररिय सद्स्य माननीय क जीवन घिमिरेलाई  होलीको रंग लगाएर सुभारब गरियो ।

कार्यक्रममा पाटि प्रदेस कमिटि सद्स्य क बालेस्वर कामत जिल्ला कमिटि सद्स्य क राजन भण्डारी  भास्कर खनाल नम्रता काफ्ले नगर कमिटी सद्स्य क उसा बराल प्रमोद खतिवडा लक्ष्मण पोखरेल बुदिजिबी जिल्ला कमिटी सद्स्य मेघ राज श्रेष्ठ लगायत को उपस्थिति होली मिलन कार्यक्रममा रहेको  थियोे ।


मोहन कुमार राई÷ फाल्गुण २६ गते । रातो तारा डट कम, संखुवासभा जिल्ला मादी नगरपालिका स्थित  ७ घुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । 

मादी ओखरबोटेबाट इटहरी तर्फ छुटेको बा ४ख  ७३५ नम्बरको रेसम फिलिलि यात्रुबहाक बस विहान ७ः ४५ बजे दुर्घटना हुँदा १४ जनाको  घटना स्थलमै र १ को उपचारको क्रमा मृत्यु भएको छ । घाइतहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर पु¥याइएको थियो । त्यहा उपचार हुन नसकेपछि थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्धारा बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तर्फ लगिएको थियो । 

थप उपचारको लागि मादी न.पा. ६ वस्ने वर्ष २२ की तुलसा कटुवाल,  वर्ष ५० को डम्बर ब.कार्की, मादी ४  उम्लिङ वस्ने  वर्ष २४ की करिश्मा तामाङ, वर्ष २४ को सुवास तामाङ, मादी ५ वस्ने युका पोखरेल (गम्भीर घाइते) लाई सेनाको हेलिकप्टरबाट विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ लगिएको थियो । 

दुर्घटनामा मृत्यु हुनेहरुमा मादी ६ वस्ने वर्ष ३० की सीता विक, वर्ष ३२ की अञ्जना कटुवाल, वर्ष ५ की दीक्षा कटुवाल, मादी ४ वस्ने वर्ष ६० को बल बहादुर कार्की, वर्ष २८ की सविता कार्की, मादी ५ का वर्ष ४९ को भवानी प्रसाद दाहाल, वर्ष ४८ को दिपक कुमार दाहाल, वर्ष ५५ को श्याम शेर्पा, सह चालक मादी ५ का उमेश भट्टराई मादी २ वस्ने वर्ष ४२ को इन्द्र अधिकारी, जिल्ला ताप्लेजुङ्गका वर्ष ३१ की समिक्षा योञ्जन, समिक्षा योञ्जनका छोरा वर्ष ८ को सुदिप घिसिङ, जिल्ला तेह्रथुम फाक्सामारा वस्ने चालक वर्ष ३१ को विपिन निरौला र थप उपचारमा लानेक्रममा मृत्यु हुने युका पोखरेल गरी जम्मा १५ जनाको बस दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

विहान ७ः ४५ बजे भएको मादी बस दुर्घटनामा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्र.ना. उ लालध्वज सुवेदी सुवेदी सहित इलाका प्रहरी कार्यालय चैनपुरको टोली समेत घटना स्थलमा खटिई गएको स्रोतले जनाएको छ ।  







काठमाण्डौ फागुन ५ गते । रातो तारा डट कम, फागु ४ गते एमसीसी सदमा पेस हुने भनिए पनि आम नेपाली जनताहरुले त्यसको बिरोध फिर्ता हुनु पर्ने माग गर्दै नयां बानेश्वर संसद भवन आसपासको क्षेत्र दिनभरी तनाव ग्रस्त बनाएका थिए । 

हिजो एमसीसी टेबुल हुन नसके पछि सोहि बिषयमा छलफल गर्न सत्ता गठबन्धनको आज ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएको छ । हिजोको संसद् बैठकमा नै एमसीसी टेबुल गर्ने योजनामा प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको भएपनि सत्ता गठबन्धनभित्रै यसको विरोध भएपछि टेबुल हु  सकेन ।

 एमसीसीका विषयमा दलहरुबीच मतभेद आम जनताको बिरोध जारी नै रहेका बेलाआज निर्णायक छलफल गर्न भन्दै गठबन्धनको बैठक बोलाइएको बुझिएको छ ।  



काठमाण्डौ माघ १८ गते । रातो तारा डट कम, यो एमसीसी सहयोग आम नेपाली जनताले चाहिदैन भनिरहेका  छन । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) एउटा अमेरिकी सेनाको कार्याक्रम हो । यो अहिले कमिशनको खेलमा केहि नेताहरु परेर नेपाल र नेपाली जनतालाई सही कुराको ढाक छोप गर्दै, जवनस्र्ती सदन बाट पास गराउन देउवा सरकार लागि परेको छ ।

 देउवा सरकारले गठबन्धनमा रहेका नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) एमसीसी परियोजना संसदबाट पारित गराउनुपर्ने पक्षमा देखिएका छन् भने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसोधन नगरी एमसीसी पारित गर्न नहुने अडानमा छन् । 

आज सम्म नेपाललाई सहयोग गर्ने कुनै पनि ठुला दात्री राष्ट्रहरुले सदनबाट पास नगरी सहयोग गरेका छन भने यो चै किन सदनमै पास गर्नु पर्ने भने आम नेपाली जनताले सरकार संग प्रश्न गरिरहेका छन ।

अहिले इडियान सरकारले हाम्रो इलाम देखि तराइका धेरै ठाउमा र सुस्ता कालापानी लिपुलेक लिप्याधुरा कब्जा गरेको छ तर चुइक कोही इडियाको बिरोधमा नबोल्ने अनि जनताले हामीलाई चाहिदैन भनेको एमसीसी सदनमा पास गराउन मरिमेटेको देखेर आम नेपाली जनताहरु अहिले आक्रोस भएका छन ।

छिमेकी इडियामा हेर्ने हो भने अहिले आम जनताले भाजपा इडियान सरकारलाई भारतिया जनताले चुनावमा पत्ता साप गराउदै छन । यो अवस्था अव आउने चुनावमा आम नेपाली जनताले एमसीसी बोकेर हिड्नेहरुको नेपालमा पनि पत्ता साप गराउने समय कुरेर नेपाली जनता बसेका छन । 

अहिले आउने अमेरिकी सेना इडिायको बागडुग्रा र गोरखपुरमा बटालिन नै खडा गरेर बसेका छन र त्यहा बाट नेपालमा सिबिलमा मात्र आउने यहाको अध्यान गर्ने गरेको आम नेपाली जनताले आरोप लगाइरहेका छन । एमसीसी सदनबाट पास हुने बितिकै दुबै बटालिन ले नेपालमा खुल्ला रुपमा अमेरिकी ब्यारेक बनाएर आफनो हतियार ड्ेस सगै नेपाल प्रवेश गर्ने आम नेपाली जनमानसमा खुप यसबेला बहस चलिरहेको पाइन्छ । 

यस्तो गहन बिषयमा सबै पाटीका युवा नेता वा युवा पुस्ताले बुझेर जनताको साथमा बोलेर सदनमै भए पनि फेल गराउनु पर्छ भनेर नेपाली जनताले सुजाव दिइ रहेका छन ।  



बिराटनगर । रातो तारा डट कम, मोरङ कटहरी गाँउपालिका वडा नं। ३ स्थित रिङ्गरोडको नहरमा जिल्ला मोरङ कटहरी गाँउपालिका वडा नं। ३ बस्ने वर्ष २८ को झप्पु भन्ने अशोक ऋषिदेवलाई झै-झगडाको क्रममा कुटपिट गरी मृत्यु भएको घटनामा संलग्न भई फरार रहेका प्रतिवादी जिल्ला मोरङ कटहरी गाँउपालिका वडा नं। ३ बस्ने वर्ष ३८ को शेखर राजवंशीलाई मिति २०७८।१०।९ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट ज्यान सम्वन्धी कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ ।



बिराटनगर पुस २६ गते। रातो तारा डट कम,  तियो क्तब अफ बिराटनगर सेन्ट्रत मेघाले पुस २८ देखि ३०गते सम्म लियो डिष्ट्रिक ३२५ 61 का विभिन्न १६ दटा लिपो क्लबको सहभागितामा Inter Leo Running Shield Futsal Cup-2022  को आपोजना गर्ने भएको छ। बिराटनगर स्थित Sports Hub मा धरान, इटहरी र बिराटनगर गरि विभित्र ठाउका तियो कलब को सहभागितामा खेल संचालन हुने छ। तेस्रो संस्करण रहेको यस Futsal Cup मा भाग लिने कल्बलाइ प्रवेश सुल्क स्वरुप रु ३००० सुल्क लिने निर्णय भएको छ भने बिजेतालाइ नगद पुरस्कार स्वरुप रु २५०००, सिल ,मेडतर

प्रमाणपत्र पनि प्रदान गरिने छ। उपविजेतालाइ भने १००००, मेडल र प्रमाणपतरते सम्मान गरिनेछ। आबद्ध लियो क्लब युवाहरुको प्रतिभा प्रस्फुटन गर्ने  मैतीपुर्ण भावनाको विकास

गर्ने उदेश्यले खेलको आयोजना गरिएको कुरा आज बिराटनगर मा पत्रकार सम्मेलनमा आयोजकले बताएका हुन।





काठमाण्डौ पुस ५ गते । रातो तारा डट कम,  गायक नविन खनाल र गायिका रजिना रिमालको नयाँ गीत “तिमी पुग्यौ धेरै टाढा” सार्वजनिक गरिेएको छ । बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट उक्त गीत सार्बजनिक गरिएको हो । गीतकार गणेश खड्काको मिठासपूर्ण शब्द तथा गायक स्वय खनालको संगीत रहेको उक्त गीतमा रिकेश गुरुङंको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा दृश्या सुवेदी र रुशा न्यौपानेको अभिनय देख्न सकिन्छ भने उक्त भिडियोको कथा तथा कन्सेप्ट बिनोद श्रेष्ठले गरेका हुन । हरि हुमागाईले क्यामेरामा कैद गरेको उक्त भिडियोको सम्पादन एवं निर्देशन शिव पुरीले गरेका हुन । गीतले सबैको मन जित्छमा आफु विश्वास्त रहेको गाएक खनालले बताए ।


बिराटनगर । रातो तारा डट कम,मोरङ विराटनगर महानगरपालिका वडा नं ७ कोशी अस्पताल परिसरमा पार्किङ गरी राखेको को २५ प ५०२४ नं। को बुलेट मोटरसाईकल चोरी गरी भारतको जोगवनीतर्फ लाँदै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी मटेरूवाबाट खटिएको प्रहरी टोलीले मोटसाईकल सहित जिल्ला सुनसरी रामधुनी नगरपालिका वडा नं ३ घर भई हाल जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं ११ जनपथ टोल डेरा गरी बस्ने बर्ष २८ को उमेश दाहाललाई विराटनगर महानगरपालिका वडा नं।१७ मटेरूबाट नियन्त्रणमा लिई सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ ९पाँच० म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ। 


  


काठमाण्डौ असोज २२  गते । रातो तारा डट कमनेपालको धुलिखेल नगरपालिका शून्य कार्वन उत्सर्जनमा एसियाको पहिलो, विश्वको ५ ओँ शहरमा परेको समाचार पठाएको छु। कृपया यहाँको लोकपृय संचारमाध्यामबाट प्रकाशन गरेर नेपालले कार्वन उत्सर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने सन्देश दिलाउनु हुन अनुरोध छ। 


काठमाण्डौ असोज १७ गते । रातो तारा डट कम,नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिन आज समूहगत छलफल हुने भएको छ । छलफलका लागि हिजो नै प्रतिनिधिलाई १० समूहमा विभाजन गरिएको छ । महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिलाई समूह विभाजन गरिएको र आज बिहान साढे ८ बजेपछि छलफल गरी निष्कर्ष सुनाउने योजना रहेको एमाले पार्टी कार्यालय सचिवले जानकारी गराएको छ । एमालेले बढीमा ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने प्रस्ताव विधानमा भएको छ । छलफलको निष्कर्ष सुनाउन बाँकी समूह नेताले आज सुनाउनेछन् । हिजो निष्कर्ष सुनाएका समूहले एमसीसी परियोजनाको बारेमा पार्टीको आधिकारिक धारणा माग गरेका थिए । महाधिवेशनमा ६ हजारभन्दा धेरै प्रतिनिधि काठमाडौँ आएका छन् । महाधिवेशन ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा भइरहेको छ । 






 


गाईघाट २८ भदौ । रातो तारा डट कम,एमसिसिको बिरोधमा बिप्लव माओदीले सोमबार गाइघाट वजारमा बिरोध प्रदशर्न गरेकोछ । मुलुक र नेपाली जनताको हक बिपरीत संसद बाट एमसिसि पास नगराउन चेतावनी दिदै बिप्लव समुहले देशव्यापि आन्दोलन चर्काउने घोषण गरेकाछ । बिरोध कार्यक्रममा एमसिसि मुलुकको हितमा नभएको ले सरकारले जवरजस्ती संसद बाट पास गराउन खोजे कडा रुपमा आन्दोलन गर्ने वक्ताहरुले चेतावनी दिएकाछन । तत्कालीन ओली सरकारले पार्टी माथिको प्रतिबन्ध हटाए संगै विप्लब समुहले पहिलो पटक बिरोध प्रदर्शन गरेको हो ।  


 


काठमाण्डौ भदौ १५ गते । रातो तारा डट कम,सरकारले बाढी र पहिरोबाट पूर्ण क्षति भएका निजी आवास निर्माणको लागि अनुदान दिने भएको छ । बाढी र पहिरोबाट निजी घर गुमाएका प्रभावितलाई अस्थायी आवास निर्माणका लागि तत्काल ५० हजार रुपैयाँ दिइने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँले मनसुन सकिएपछि निजी आवास निर्माणको लागि हिमाली क्षेत्रमा ५ लाख, पहाडमा ४ लाख र तराईमा तीन लाख रुपैयाँ अनुदान दिने सीआईएनसँग बताउनुभयो । प्राधिकरणका अनुसार पछिल्लो तीन दिनमा ४ हजार ५ सय घर र ९० हजार सर्वसाधारण बाढी र पहिरोबाट प्रभावित भएका छन् । 

 



 

मोरङ । रातो तारा डट कम,  मोरङको सुन्दरहरैंचा ५ स्थित लाटिझोडाबाट फोक्लेन टापु जोड्ने लाटी खोलामा निर्मित झोलुङ्गे पुल कटानका कारण जोखिममा परेको छ । शनिबार विहान वर्षासँगै आएको बाढीले कटान गर्दा झोलुंगे पुल जोखिममा परेको हाे । खोलाको बहाब पूवतर्फ सोझिएर पुलको पिल्लर नजिकै कटान गर्न थालेपछि पुल जोखिममा परेको हो ।

खोलाको बहावले पुलतर्फ कटान गर्न थालेको भनेर स्थानीयबाट सूचना पाएपछि हाललाई रोकथामको काम गरिएको वडाध्यक्ष रामप्रसाद रिजालले जानकारी दिनुभयो ।  यसैबीच पुलमा खोलाले कटान गर्न थालेको खबर पाएसँगै सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्ण बहादुर घिमिरे र सञ्चारकर्मीको टोलीले सो ठाउँकाे   अनुगमन गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत डा. घिमिरेले तत्कालका लागि खोलाको बहाव परिवर्तन गर्ने काम गरिएकोमा पुलमा थप क्षति हुन नदिन तराजाली लगाउन आवश्यक रहेको देखिएकाले त्यसतर्फ अघि बढ्ने बताउनुभयो ।  मोरङ क्षेत्र नम्बर ६ का सांसद् तथा पूवमन्त्री लालबाबु पण्डितको पहलमा निर्माण सम्पन्न भइ गतवर्ष फागुनदेखि मात्र सो पुल सञ्चालमा आएको थियो ।

पुल निर्माण भएपछि सुन्दरहरैंचा ५ फोक्लेन टापुका करिव ६० घरपरिवारलाई वडा कार्यालय र नगरपालिका पुग्न सहज भएको छ । यता स्थानीयबासीले समेत तत्काल पुल संरक्षण नगरिए पुल नै बगाउने अवस्था सिर्जना हुने गुनासो गरेका छन् । खाेलामा पानीकाे बहाव बढेसंगै पुल जाेखिममा परेकाे र तत्काल संरक्षणकाे निमित्त सम्बन्धित सराेकारवालाहरूले कुनै चासाे नराखे भाेलीकाे दिन ठुलाे क्षति  हुन सक्ने वडा सदस्य पर्शुराम घिमिरेले बताए ।    पुलमा क्षति पुगेको अवस्थामा एकातर्फ स्थानीयलाई आवत जावतमा समस्य हुन्छ भने अर्कोतर्फ राज्यको करोडौंको सम्पती खेर जाने अवस्था सिर्जना हुने देखिन्छ ।


विराटनगर, भदौ  ४ गते । रातो तारा डट कम,वर्तमान महामारीका कारण उद्योग÷व्यवसाय लगायतका क्ष्ँेत्रहरुले भोग्नु परेको व्यवसायीक समस्यालाई दृष्टिगत गरी विभिन्न उद्योग÷प्रतिष्ठानका संचालक र उच्च व्यवस्थापकहरुको व्यवस्थापकीय क्ष्ँमता अभिवृद्धि गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोजना तथा नेपाली युवा उद्यमी मंच, विराटनगर च्याप्टरको सहयकार्यमा संकटको समयमा व्यापारको पुनःरणनीतिकरण विषयक उत्प्रेरणामूलक कार्यक्रम मिति २०७८ भाद्र ०३ गते सम्पन्न भएको छ ।   

कार्यक्रममा संगठनका अध्यक्ष्ँ सुयश प्याकुरेलले विश्वव्यवापी महामारीले सिर्जना गरेको आर्थिक संकटले सबै क्ष्ँेत्रलाई निराश तुल्याएको समयमा उद्योगी व्यवसायीले आफनो व्यवस्थापकीय क्ष्ँमतालाई अभिवृद्धि गर्दै दीर्घकालिन रणनीति तर्जुमा गर्नुपर्ने धारणा राख्दै उनले संगठनद्धारा आयोजित फरक धारको यस कार्यक्रमका माध्यमबाट उद्योगी व्यवसायीहरुलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । 

कार्यक्रमका संयोजक एवं संगठनका कार्यसमिति सदस्य सौरभ सारडाले आर्थिक विकासका शुत्रधारका रुपमा रहेका उद्योगीहरुले वर्तमान समयमा सामना गर्नुपरिरहेको आन्तरिक र वाह्रय चूनौतिलाई मध्यनजर गरी आयोजना गरेको यस कार्यक्रमले उद्योगीहरुलाई आगामी दिनमा आफनो कार्यदिशा, योजना र रणनीति विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

कार्यक्रमको समन्वयकर्ता संस्था फेक्ट नेपालका कार्यकारी निर्देशक मनिष झाले कोरोना महामारीले विश्वविख्यात मल्टिनेशनल कम्पनीहरुलाई समेत आफनो व्यवसायीक रणनीतिलाई पुन समिक्षा गर्न वाध्य वनाएको उदाहरण प्रस्तुत गर्दै उद्योगीहरुले अवका दिनमा एक व्यवसायीक योजनामा मात्र सिमित नभई  अन्य विकल्पलाई समेत आत्मसात गर्नुपर्ने धारणा राखे । 

कार्यक्रममा श्रोत व्यक्ति साउथ एशिया सोसाईटी अफ एन्टरप्रेनर्श एडुकेटर्सका अध्यक्ष्ँ आशुतोष तिवारीले उद्योगीहरुले सकारात्मक सोचका साथ नया दृष्टिकोणबाट आगामी दिनमा गुणस्तरीयतालाई ध्यानमा राखी आक्रामक वजारीकरणको माध्यमबाट खर्च न्यूनिकरण गर्दै प्रतिस्पर्धात्मक क्ष्ँमता वृद्धि गर्नुपर्नेउपायहरुका सम्वन्धमाप्रस्तुती गरेका थिए । 

कार्यक्रममा नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे, नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरका अध्यक्ष्ँ युनेशराज श्रेष्ठले उद्योगीहरुलाई लक्ष्ँित गरी आयोजना गरिएको यस कार्यक्रमले सबैलाई आगामी कार्यदिशा तय गर्न उर्जा प्राप्त भएको धारणा राखेका थिए । कार्यक्रम यस क्ष्ँेत्रका उद्योगी÷व्यवसायी, महिला उद्यमीहरु, वैंकर्स, प्रँध्यापक र विभिन्न उद्योग प्रतिष्ठानका उच्च व्यवस्थापकहरुको सहभागिता रहेको थियो । 



काठमाण्डौ साउन २१ गते । रातो तारा डट कम,कोरोना भाईरस सङ्क्रमणका कारण सबैभन्दा बढि प्रभावित भएको क्षेत्र पर्यटन पनि हो । पर्यटन बोर्डका अनुसार, कोरोना महामारी यता नेपाली पर्यटन क्षेत्रले मासिक १० अर्ब भन्दा बढिको क्षति बेहोरिरहेको छ । सबैभन्दा धेरै पर्यटकिय गतिविधी हुने मध्येको चितवनको सौराहा अहिलेसुनसानछ । व्यवसायीहरु कोही पलायन भईसकेका छन् भने कोही अन्यौलतामा बसिरहेका छन् । सामान्य अवस्थामा सौराहामा दिनकै ६ हजार जति पर्यटक पुग्ने गरेकामा ८८ प्रतिशत विदेशी हुन्थे । तर अहिले थोरै मात्र पर्यटक पुग्दा व्यवसायी भने करोडौँ लगानी डुब्न लागेको भन्दै चिन्तामा परेका छन् । सरकारले कृषि र पर्यटनलाई सँगै अघि बढाउने घोषणा गरेपनि ब्यवहारमा लागु नगरेको व्यवसायीको गुनासो छन् । 






विराटनगर साउन १७ गते । रातो तारा डट कम,मुलुकको आर्थिक एवं औद्योगिक विकासका लागि संचारकर्मी र संचार माध्यमले पु¥याउदै आएको योगदानलाई मध्यनजर गरी आर्थिक क्ष्ँेत्रमा आवद्ध संचारकर्मीहरुका साथ उद्योग संगठन मोरङ, नेपाल पत्रकार महासंघ प्रदेश नं. १, नेपाल पत्रकार महासंघ मोरङ र आर्थिक पत्रकार समाज नेपाल (सेजन) को संयूक्त आयोजनामा आर्थिक विकास र आर्थिक पत्रकारिता विषयक एकदिने अनुशिक्षण कार्यक्रम आज मिति २०७८ श्रावण १७ गते सम्पन्न भयो ।   

संगठनका अध्यक्ष सुयष प्याकुरेलले देशको आर्थिक समृद्धिमा संचारमाध्यमको भुमिका महत्वपुर्ण हुने वताउदै आर्थिक क्षेत्रका मुद्धालाई संचार माध्यमले संसक्त रुपमा उठाउनु पर्नेमा जोड दिए । उनले संचार माध्यम राष्ट्रको चौथो अंग भएकाले नीजि क्षेत्रले भोग्दै आएका समस्या र विषयलाई संचारकर्मिहरुले राज्य समक्ष उठाई समस्या समाधानमा झकझकाउनु पर्ने विचार व्यक्त गरे । अध्यक्ष प्याकुरेलले एकदिने अनुशिक्षण कार्यक्रमले यस प्रदेश नं. १ तथा विराटनगरलाई कार्यक्ष्ँेत्र वनाएर आर्थिक क्ष्ँेत्रमा कलम चलाउदै आएका सचारकर्मीहरुलाई आर्थिक एवं उद्योग व्यवसायको विकास, आर्थिक पत्रकारीताले समेट्ने क्षेत्र लगायतका विषयमा प्रष्ट पार्ने वताउदै संचारजगतले नीजि क्षेत्रको आवाजलाई प्रभावकारी रुपमा माथिल्लो निकाय सम्म पु¥याउने विश्वास व्यक्त गरे । 

नेपाल पत्रकार महासंघ प्रदेश नं.१ का अध्यक्ष लिलावल्लभ घिमिरेले आर्थिक क्षेत्रमा संचारकर्मीलाई भिज्न अनुरोध गर्दै अवका दिन समाचारका प्यार्टन परिवर्तन गर्नुपर्ने वताए । उनले मुलुकको आर्थिक एवं औैद्योगिक विकासमा मोरङ अब्बल भएको बताउदै यस क्षेत्रले भोग्दै आएका समस्यालाई  प्रभावकारी रुपमा उठाउदै आर्थिक समृद्धिमा सहयोग पु¥याउनु पर्नेमा जोड दिए । 

आर्थिक पत्रकार समाज नेपाल (सेजन) का अध्यक्ष भीम गौतमले आर्थिक पत्रकारिता र व्यवसायीक आचार सहिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै आर्थिक पत्रकारिताले अर्थतन्त्र, व्यापार व्यवसाय, लगानी, उत्पादन उपभोग, वैदेशिक व्यापार लगायतका गतिविधि, योजना तथा कार्यक्रम वारे सूचना सम्प्रेषण, अभिलेख र तथ्यांकको विश्लेषण गर्नुपर्ने वताए । उनले विधिको शासन लागु गराउन संचारकर्मीले सदैव खवरदारी गर्न अनुरोध स्वच्छ पत्रकारिता ठूलो औजारभएकोधारणा राखे । 

आर्थिक पत्रकार समाज नेपाल (सेजन) का निवर्तमान अध्यक्ष पुष्करराज आचार्यले नीजि क्षेत्र र पत्रकारिताका विषयमा कार्यपत्र प्रस्तुत गर्दै देशको दुई तिहाई लगानी र नब्बे प्रतिशत भन्दा वढी रोजगारीको श्रोत नीजि क्षेत्र भएकाले खुला वजार अर्थतन्त्रमा सरकारले अंकुश लाउने भन्दा प्रतिष्पर्धा प्रवद्र्धन गराई उपभोक्ताको संरक्षण गर्नुपर्ने वताए । निवर्तमान अध्यक्ष आचार्यले खुला वजार नीति अवलम्वन गरेको नीजि क्षेत्रको रिर्पोटिङ कसरी गर्ने, सूचना प्राप्तीका श्रोत के के हुन भन्ने विषयमा पत्रकार जानकार हुनुपर्ने धारणा राखे । 

अनुशिक्षणमा उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य ईन्द्र खत्री (राजन), पारस लुनियाका साथै प्रदेश नं. १ तथा विराटनगरलाई कार्यक्ष्ँेत्र वनाएर आर्थिक क्ष्ँेत्रमा कलम चलाउदै आएको विभिन्न संचार माध्यमका वीश संचारकर्मीहरुको सहभागिता रहेको थियो ।    


 


शिव भट्टराई, सुनसरी । रातो तारा डट कम,अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन एमसिसी पुर्ण रुपले राष्ट्रघाती हुने भन्ने कुरा आई रहेको समयमा षड्यन्त्र गरेर पारित गर्नु नहुने पुर्व मन्त्री रामकुमार सुब्बाले वताएका छन ।

पूर्वाञ्चलबासी नेपाली जनताको नाममा एमसिसी सम्झौता राष्ट्रघाती हुने भन्दै खारेजीको माग गर्दै आयोजना गरिएको मोटरसाईकल तथा कार र्यालीका क्रममा पुर्व मन्त्री सुब्बाले हतारमा षडयन्त्र पुर्वक पारित गर्नु नहुने वताएका हुन ।

पुर्व मन्त्री सुब्बाले एमसिसी पारित भए राष्ट्रलाई नै आघात पर्ने विषय उठीरहेको सवै एकमत हुनु पर्नेमा जोड दिदै हतारमा सम्झौता गरी हाल्नु नहुने सुझाव दिए । 

पुर्व घोषित कार्यक्रम अनुसार इटहरीबाट एमसिसीको विरोध गर्दैै मोटरसाईकल तथा कार र्याली इटहरी बजार परिक्रमा गरी विराटनगर पुगेर कोणसभामा परिणत हुने अभियान्ता हिरा आचार्यले जनकारी दिए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.