Websoft University

महाधिवेशनमा ६ हजारभन्दा धेरै प्रतिनिधि काठमाडौँ आएका छन्– एमसीसी बारे प्रतिनिधिले एमाले पाटीको धारणा मागरेका छन ।


काठमाण्डौ असोज १७ गते । रातो तारा डट कम,नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिन आज समूहगत छलफल हुने भएको छ । छलफलका लागि हिजो नै प्रतिनिधिलाई १० समूहमा विभाजन गरिएको छ । महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिलाई समूह विभाजन गरिएको र आज बिहान साढे ८ बजेपछि छलफल गरी निष्कर्ष सुनाउने योजना रहेको एमाले पार्टी कार्यालय सचिवले जानकारी गराएको छ । एमालेले बढीमा ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने प्रस्ताव विधानमा भएको छ । छलफलको निष्कर्ष सुनाउन बाँकी समूह नेताले आज सुनाउनेछन् । हिजो निष्कर्ष सुनाएका समूहले एमसीसी परियोजनाको बारेमा पार्टीको आधिकारिक धारणा माग गरेका थिए । महाधिवेशनमा ६ हजारभन्दा धेरै प्रतिनिधि काठमाडौँ आएका छन् । महाधिवेशन ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा भइरहेको छ । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.