Websoft University
June 2021


श्याम राई-उदयपुर गाईघाट, १६ असार । रातो तारा डट कम, कबुलियती वन दर्ता गरेर सुकुम्बासीलाई हटाउने षडयन्त्र गरेको भन्दै स्थानीयले बेलका नगरपालिकामा बुधबार तोडफोड गरेपछि प्रहरीसँग झडप भएको छ ।


झडपमा आन्दोलनकारी र प्रहरीगरि १०जना घाईते भएकाछन् । भने १४ जना पक्राऊ परेकाछन् । घाईतेहरुलाई जिल्ला अस्पताल उदयपुर र धरानस्थीत विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ ।

उदयपुरको बेलका नगरपालिका घेर्न गएका वडा न. ३, ८, ९ का सँयौ संख्यामा स्थानिय बासिन्दाहरुले नगरपालिकामा ढुंगा, मुडा गर्न थालेपछि प्रहरीले ८ राउण्ड हवाई फायर र ६ सेल अश्रु ग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बताए । नेपाल सरकारको जेष्ठ ६ गतेको निर्णय अनुुसार बेलका नपा–३ स्थित कोशी टप्पुको करिब १७६ दशमलब २३ हेक्टर जमिन कबुलियत वन बनाउने निर्णयसँगै स्थानीय आन्दोलित भएकाछन् । स्थानीय आफूहरु बसोबास गरेको जमिनमा कबुलियत बनाउन नगरपालिकाले सिफारीस गरेको भन्दै स्थानीयहरु आक्रोसीत बनेका थिए ।

दिउँसो सो विषयमा ३ सयको संख्या छलफलको लागि आएका स्थानीयसँग कुरा नमिलेपछि उनीहरु तोडफोडमा उत्रिएका थिए । नगरपालिकाका कर्मचारी गोपाल निरौलाले स्थानीय छलफलकै क्रममा तोडफोडमा उत्रिएको बताए । उनले मेयर दुर्गा थापाको कार्यक्रम र सभाहल तोडफोड भएको बताए ।

कबुलियत वन ठेक्का लिने बराह हर्वल एण्ड एग्रो प्रा.ली. सुनसरीका संचालक निलहरी काफ्लेले स्थानीयलाई उठाउने प्रयास गरेको उक्त कार्यमा मेयरको समर्थन रहेको नेपाली कांग्रेस बेलकाका नगर सचिब सुशिल सेढाईले बताए ।








विराटनगर १६ असार । रातो तारा डट कम, प्रदेश १ मा आज ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १८८ पुगेको छ ।

प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५,  धनकुटामा १०, इलाममा ६, उदयपुरमा २, पाँचथर, संखुवासभा र भोजपुरमा १–१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमणदेखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४७, बेलबारीमा २२, लेटाङमा १२, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ८, उर्लाबारीमा ५, ग्रामथान, बुढीगंगा, कटहरी, मिक्लाजुङ र स्थानीय तह नखुलेका २–२, सुनबर्षी, रंगेली, कानेपोखरी र जहदामा १–१, सुनसरीको इटहरीमा ६४, धरानमा ४०, दुहवी र रामधुनीमा ३–३, बराहक्षेत्रमा २, भोक्राहानरसिंहमा १ र स्थानीय तह नखुलेको ४, झापाको दमकमा ६६, भद्रपुरमा १३, मेचीनगरमा ९, कमल गाउँपालिकामा ५, विर्तामोड, बा¥हदशी, शिवसताक्षी र झापा गाउँपालिकामा २–२, अर्जुनधारा, कनकाई, हल्दिबारी र गौरादहमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

धनकुटाको धनकुटा नगरपालिकामा ६, छथर, साँघुरीगढी, पाख्रिवास र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ४, चुलाचुली र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा २, पाँचथरमा १, संखुवासभाको चैनपुरमा १ र भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७१ हजार ६६९ पुगेको छ । सक्रिय संक्रमित ७ हजार २५६ रहेको छ । प्रदेश १ मा आज १ हजार १०२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९९ महिला र १६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



बिराटनगर असार १६ गते । रातो तारा डट कम, मोरङ वेलवारी नगरपालिका वडा नं.१ माछा हटियामा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रमममा को।१७ प.४७२ नम्बर र को.३० प.५६१ नम्बरको मोटरसाईकलमा सवार

जिल्ला मोरङ वेलवारी नगरपालिका वडा नं.१ बस्ने बर्ष २५ को रिकल कोईराला, ऐ।ऐ।बस्ने बर्ष २४ को केशव गुरुङ, ऐ।ऐ।बस्ने बर्ष २७ को विशाल गुरुङ र ऐ।ऐ।बस्ने बर्ष ३५ को सुरज गुरुङले  कालो प्लाष्टिक भित्र सेतो टेपले वेरी लुकाई छिपाई बोकेको,Diazelab,१७,एम्पुल, Phenergan १७ एम्पुल, Avil १७ एम्पुल र LUPIGESIC,१७ एम्पुल गरी ६८ एम्पुल अवैध लागु औषध सहित फेला पारी लागु औषध कसूरमा थप अनुसन्धान कार्य भई रहेको छ ।  



काठमाण्डौ असार १६ गते । रातो तारा डट कम,कोरोना सङ्क्रमणको जोखिमका कारण स्थगीत भएका लोक सेवाका परिक्षाहरु साउनबाट सुरु हुने भएका छन् । सोमबार बसेको आयोगको बैठकले रोकिएका परिक्षा साउन १५ गते देखि २५ सम्म गर्ने निर्णय गरेको हो । 

परीक्षा सञ्चालनको सूचना प्रकाशित गरेर पनि कतिपय परीक्षा स्थगित भएपछि खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा अवरोध पुगेको हो । परिक्षा सञ्चालन हुन नसक्दा परिक्षाको तयारीमा बसेका हजारौं विद्यार्थी अन्यौलमा परेका थिए । गत आर्थिक वर्ष २०७६÷७७ मा समेत खरिदारको विज्ञापन प्रकाशन भएपनि परीक्षा सञ्चालन हुन बाँकी थियो । 

लोकसेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले स्वास्थ्यसम्बन्धी मापदण्ड र सङ्क्रमणकालीन विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो । आयोगले ११ वटा विज्ञापनमा विविध कारणले रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगयतको कार्यतालिका सार्वजनिक गरिसकेको छ । 



काठमाण्डौ असार १६ गते । रातो तारा डट कम, मौसम सामान्य देखि पूर्ण बदली रहेको छ । देशभर मनसुनी  वायुको सक्रिय प्रभाव रहेको हुनाले अधिकांश स्थानमा वर्षा भइरहेको छ । खासगरी प्रदेश १, २ बाग्मती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर मौसम सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश  १, प्रदेश २, बागमती, लुम्बिनी  र गण्डकी प्रदेशका थोरै स्थानहरुमा उच्च वर्षा तथा एक वा दुई स्थानहरुमा अत्यधिक वर्षाको सम्भावना रहेको छ समेत महाशाखाले उल्लेख गरेको छ ।


 


  बेलबारी मोरङ असार १६ गते । रातो तारा डट कम,मोरङको


बेलबारी नगरपालिका स्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहले सोमबार एक कार्यक्रमका बीच बृहत वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ। लगभग पाँच हेक्टर जग्गामा बेल,सतिसाल,बडहर,लगायत विभिन्न प्रजातिका विरुवाहरु रोपिएको समूहका अध्यक्ष सुजय गौतमले बताए।


कार्यक्रमका विशिस्ट अतिथि सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश १ का सचिव अग्नि पौडेलले वन सामुदायिक वनहरुले कृयाशील भएर काम गरिरहेको यश परिप्रेक्षमा स्थानीय सरकार,केन्द्र प्रदेश सरकार र केन्द्र सरकारको नितिगत रुपमा थप भूमिका हुनुपर्ने बताए।

कार्यक्रमकी प्रमुख अतिथि बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले 

लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहको अभियान उदाहरणयोग्य भएको भन्दै समूहलाई धन्यवाद व्यक्त गरिन् ।मन्तव्यकै क्रममा प्रमुख अतिथि पराजुलीले बिरुवा रोप्नु मात्र ठूलो कुरा नभई रोपिएका विरुवाको संरक्षण र जगेर्ना अझ महत्त्वपूर्ण विषय भएका कारण समूह र आम नागरिकले अब यसतर्फ ध्यान दिनसके जरजर भूमिहरु हराभरा बनाउन समय नलाग्ने बताइन्।पराजुलीले वन वातावरण विकास नगरपालिकाका प्राथमिकताका क्षेत्रभित्र रहेकाले अब छिटै वन तथा वातावरण कार्यविधि निर्माण गरि पालिकाभित्रै वन वातावरण शाखा स्थापना गर्ने नगरपालिकाको कार्यक्रम रहेको बताइन्।

      समूहका अध्यक्ष सुजय गौतमको अध्यक्षतामा 

संचालित कार्यक्रममा प्रमुख अतिथी बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली,वडा नं ११ का वडाध्यक्ष यमबहादुर पोख्रेल,सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश १ का सचिव अग्नि पौडेल,जिल्ला अध्यक्ष रामकृष्ण राई लगायतको उपस्थिति रहेको थियो।कोरोना भाइरस(कोभिड)का कारण मृत्यु भएका नगरवासीहरुको सम्झना स्वरुप वृक्षारोपण गर्न  बेलबारी नगरपालिकाले समेत समूहलाई आर्थिक सहयोग गरेको थियो।


विराटनगर, १५ असार । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ४७१ पुगेको छ । प्रदेश १ मा आज ४२९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६०, मोरङमा १२२,  झापामा ९७, धनकुटामा १७, इलाममा ८, उदयपुरमा ६, संखुवासभा, भोजपुर र खोटाङमा २–२, पाँचथर, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ७४, इटहरीमा ६३, रामधुनीमा ६, बराहक्षेत्रमा ४,  दुहवी र गढीमा २–२, कोशी गाउँपालिका, हरिनगर, भोक्राहा र बर्जुमा १–१ र स्थानीय तह नखुलेका ५, मोरङको विराटनगरमा ७१, सुन्दरहरैचामा १०, बुढीगंगामा ८, उर्लाबारीमा ६, लेटाङ र केराबारीमा ५–५, मिक्लाजुङमा ४, पथरीशनिश्चरेमा ३, कटहरी र बेलबारीमा २–२, कानेपोखरी, रंगेली, रतुवामाई, धनपालथान, जहदा र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा २९, दमकमा २०, भद्रपुरमा १३, अर्जुनधारामा ८, कनकाई र मेचीनगरमा ७–७, शिवसताक्षीमा ५, झापा गाउँपालिकामा ३, बा¥हदशीमा २, गौरीगञ्ज, हल्दिबारी र स्थानीय तह नखुलका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रिवास, महालक्ष्मी र स्थानीय तह नखुलेका २–२, साँघुरीगढी र शहिदभूमीमा १–१,  इलामको इलाम नगरपालिकामा ५, माईजोगमाई, मांसेबुङ र चुलाचुलीमा १–१, उदयपुरको चौदण्डीगढी, त्रियुगा र कटारीमा २–२, संखुवासभाको चैनपुरमा २, भोजपुरको भोजपुर जगरपालिका  र स्थानीय हत नखुलेका १–१, खोटाङको दिक्तेल रुपाकोटा मझुवागढी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, ताप्लेजुङको फुङलिङ र ते¥हथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७१ हजार ३०१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ६१४ रहेको छ । प्रदेश १ मा आज १ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २०४ महिला र २२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




 


बिराटनगर असार १५ गते । रातो तारा डट कम,चारकर्मीको अधिकारका लागि मात्र काम गर्ने गरी मोरङमा पत्रकारहरूको मंगलबार बसेको बैठकले पत्रकार फाउण्डेसन केन्द्रीय समिति गठन गरेको छ । 


संचारकर्मीको अधिकारका लागि मात्र काम गर्ने उद्देश्य राखेर समिति गठन गरिएको हो । न्यू सृष्टि दैनिकका प्रकाशक÷प्रधान सम्पादक शंकर खरेल अध्यक्ष रहेको समितिमा कौशल निरौला वरिष्ठ उपाध्यक्ष छन् । ब्रम्हदेव यादव र निर्मल ढुंगाना उपाध्यक्ष चयन भएका छन् । महासचिवमा वीरेन्द्रकुमार साह, सचिव गोपाल काफ्ले छन् भने कोषाध्यक्षमा सुधा थापा छिन् ।

सदस्यहरूमा श्रीमन्त भट्टराई, राज पोखरेल, प्रकाशनारायण झा, अनुज सापकोटा, रोसिका अधिकारी, नवराज काफ्ले, दिलीप अग्रवाल, सरिता कर्मकार, एलएन गच्छदार छन् । मंगलबार विराटनगरमा भएको भेलाले गठन गरेको कार्यसमितिमा सबै क्षेत्रलाई समेटिएको महासचिव साहले बताए । समितिमा थप दुई सदस्य चयन हुन बाँकी छन् । 

‘संचारकर्मीलाई पीरमर्का परेको बेला जस्तोसुकै सहयोग पनि गर्ने उद्देश्य राखिएको छ’ अध्यक्ष खरेलले भने, ‘हामी कसैप्रति पूर्वाग्रह हुन्नौ, सामाजिक कार्यमा संलग्न हुने उद्देश्यसहित फाउण्डेसनको जग बसालेका हौं ।’

बैठकमा सामाजिक अभियन्ता तथा कांग्रेसका युवा नेता राजेशकुमार गुप्ताले सामाजिक कार्यमा संचारकर्मीलाई जोड्ने प्रयासका लागि शुभकामना दिए । बृहद शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले नवगठित कार्यसमितिले सामाजिक कार्य र संचार क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भने, ‘यस्तो सशक्त टिमले धेरै असल काम गर्न सक्छ ।’

महासचिव साहले आफुहरू सकारात्मक सोचका साथ आएको रफाउण्डेसन कुनै संस्थाको विकल्प नभएको उल्लेख गरे । वरिष्ठ उपाध्यक्ष निरौलाले सेवाको क्षेत्रमा इमान्दारितापूर्वक काम गर्ने बताए ।


 गाईघाट १५ असार। रातो तारा डट कम,नेपाल निर्माण ब्यावसायि संघ उदयपुरका सचिव एंवम युवा ब्यावसायि अमृत (सुुर्य) खड्काको कोरोनाको कारण मृत्यु भएको छ । त्रियुगा नगरपालिका १० बोक्से निवासी खड्काको मंगलबार बिहान मेडिसिटी अस्पताल ललीतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कोरोना संक्रमित भएपछि १५ दिन देखी उनको मेडिसीटीमा उपचार भैरहेको थियो । उनको शव ११ वजे काठमाण्डौ देखी हेलिकप्टर मार्फत ल्याइएको निर्माण ब्यावसायि संघ उदयपुरका अधक्ष्य कौशल आर्चायले बताए ।पछिल्लो २४ घण्टामा उदयपुरमा कोरोनाको कारण २ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जिल्लामा कोरोना बाट अहिले सम्म ५६ जनाको मृत्यु भैसकेको छ । 



झापा, असार-१५ गते । रातो तारा डट कम,झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो सँवा ३ बजे दमक ६ थाना रोड स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक लिम्वु र २२ बर्षीय शौरभ राईको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम फेला परेको थियो । प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनिहरुले खरिद गरि ल्याएको स्थान खुल्न आए सगै ईलाम चुलाचुली ४ घर भई हाल दमक ५ मा बस्ने ३१ बर्षीय विक्रम राई र ३७ बर्षीय जेम्स भन्ने खगेन्द्र सावाको कोठाबाट पाँच लाख चौध हजार तीन सय सहित पक्राउ गरि बिक्रम र खगेन्द्रलाई सोधपुछ गर्दा ईलामको घरमा लागूऔषध लुकाई राखेको भन्ने खुल्न आएकोले उनिहरुको घरमा गई खानतलासी गर्दा बिक्रम कोठाबाट लागूऔषध ५ ग्राम र खगेन्द्र सावाको कोठाबाट ब्राउन सुगर २ ग्राम ३०० मिलिग्रामबरामद गरेको हो । पक्राउ परेका चारैजना उपर ईलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान भईरहेको छ ।

 


काठमाण्डौ असार १५ गते । रातो तारा डट कम, आज १८ औँ राष्ट्रिय  धान दिवस, नेपालमा बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । तर सरकारले धान दिवसको नाउमा हिलो नखेल्न र दुरी कायम गर्न अनुरोध गरेको छ । असार १५ अर्थात आजका दिनलाई नेपाली समाजमा दहीचिउरा खाने पर्वको रूपमा पनि मनाइन्छ । 

कामको चटारोले किसान थकित भएका बेलामा दहीचिउरा खाए शक्ति प्राप्त हुने विश्वास छ । २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी नेपालमा २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । आजका दिन असारे भाका गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन भए पनि कोरोना भाइरसको महामारीका कारण दुरी कायम गरी सावधानी अपनाउनुपर्ने अवस्था छ । 

धान दिवसको अवसरमा कर्णाली प्रदेशमा भने आज सार्वजनिक बिदा दिइएको छ । आर्थिक वर्ष २०७६÷७७ मा नेपालमा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीराम घिमिरेका अनुसार ६२ लाख मेट्रिक टन धान उत्पादन भयो भने नेपाल धानमा आत्मनिर्भर हुन्छ । सातवटै प्रदेशमध्ये प्रदेश १ र लुम्बनी प्रदेश मात्र धानमा आत्मनिर्भर देखिएको छ अन्य सबै प्रदेशमा धान अपुग रहेको तथ्याङ्कले देखाएको छ । 


 


 





 काठमाण्डौ असार १५ गते । रातो तारा डट कम, नेकपा एमालेका नेता वामदेव गौतमले अहिलेको सरकारले कृषि क्षेत्रलाई तहसनहस गर्ने काम गरेको टिप्पणी गर्नुभएको छ । १८ औँ धान दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत रहेका गौतमले सरकारले दलाल पूजीवाद र बहुराष्ट्रिय कम्पनीलाई देशमा भित्र्याउने काम गरिरहेको आरोप लगाउनुभएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निश्चित व्यापारिक घराना पोस्ने काम गरिरहेको आरोप पनि उहाँको छ ।






 


काठमाण्डौ असार १५ गते । रातो तारा डट कम,भोलिदेखि देशभरि फेरि मनसुन सक्रिय हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  मनसुनी न्यून चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय भई देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ । 

आज बिहान विशेष बुलेटिन जारी गर्दै महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।आज राति भने देशभर सामान्य देखि पूर्ण बदली रहने बुलेटिनमा उल्लेख छ । 

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । 


 



सुनसरी इटहरी । रातो तारा डट कम, इटहरी उपमहानगरपालिकाले मौरी पालक कृषकहरुलाई मौरीको घार प्रदान गरेको छ । उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले इटहरी वडा नंं २,३,४ का मौरी पालन गर्ने फम तथा कृषकलाई ६१ वटा घार  वितरण गर्नुभयो । उपमहानगरपालिकाको ७५ प्रतिशत अनुदानमा घार वितरण गरिएको हो ।कृषक समूह र फर्म हरुलाई मौरी पालन ब्यबसायमा थप सहयोग पुगोस भन्ने उदेश्यले घार प्रदान गरिएको इटहरी उपमहानगरपालिका कृषि शाखा प्रमुख गंगामाया अघिकारीले जानकारी दिनुभयो ।


 


सुनसरी  इटहरी । रातो तारा डट कम, घरमा वसि वसि तालिम लिन पाँउदा इटहरीकामहिला दिदीवहिनी उत्साहित भएकाछन । इटहरी उपमहानगरपालिकाले कौशी खेति गर्न चाहने महिला दिदीवहिनीलाई भर्चुअल प्रविधिवाट कौशी खेति सम्वन्धि तालिम प्रदान गरेको हो । कोरोना महामारीका कारण भेला भएर कार्यक्रम गर्न सम्भव नभएपछि कौशी खेति गर्न गठित सात वटा समूहका  १सय ३४ जनालाई जुम प्रविधि मार्फत कौशी खेति गर्ने तरिका सिकाइएको इटहरी उपमहानगरपालिका कृषि शाखा प्रमुख गंगामाया अधिकारीले जानकारी दिनुभयो । इटहरी वडा नम्वर २०,४ र ६ नम्वर वडामा आफनै घरमा कौशी खेति गर्नका लागि समूह वनाएका सात वटा समूहका महिला दिदीवहिनीलाई गंगा मायाँ अधिकारी र विमला राईले तालिम दिनुभएको हो । तालिम कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले आफूले गरेको कौशी खेतिको अनुभव वारेमा जानकारी गराउनुभयो । उहाँले कौशी खेतिको महत्व र फाइदका वारेमा पनि प्रकाश पार्नुभयो । जुम प्रविधिवाट भएको तालिमका सहभागिहरु उत्साहित भएको कृषि शाखा प्रमुख अधिकारीले वताउनुभयोे । तालिममा सहभागि इटहरी ६ को उर्जाशिल कौशी कृषक समूहकी लक्ष्मी वरालले घरमै वसि वसि तालिममा सहभागि भएर कौशी खेति गर्ने तरिका सिक्न पाँउदा आफनो समूहका १९ जना खुशी भएको वताउनुभयो । घरको छतमै अर्गानिक सब्जि फलाएर उपभोग गर्न आफूहरु हतारिएको उहाँले प्रतिक्रिया दिनुभयो । उपमहानगरले तालिम लगायत सहयोग गरेकोमा उहाँले धन्यवाद समेत दिनुभयो । इटहरी उपमहानगरपालिकाले कौशी खेति गर्न गठित महिला समूहलाई प्रति समूह २ लाखका दरले सहयोग उपलब्ध गराउने शाखा प्रमुखअधिकारीलेवताउनुभयो । कौशी खेति गर्नका लागि आवश्यक समाग्री खरिदका लागि रकम उपलब्ध गराइने छ । थप एक लाखको कौशी खेतिका लागि विउ खरिद गरेर कृषि महिला समूहलाई दिनइने उहाँले जानकारी दिनुभयो ।


 


बिराटनगर असार १४ गते । रातो तारा डट कम, मोरङ बुढिगंगा गाउँपालिका वडा नं.२ टंकिसिनवारी स्थित सरस्वती खड्काको घरमा संचालनमा रहेको NIC ASIA बैंकको ATM बुथमा बिभिन्न हाते औजार (फलामको हतौडा, छिनो, पेच कस) को सहायताले तोडफोड गरिरहेको अवस्थामा जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं. ९ बस्ने बर्ष २४ को मो। ईम्तियाज र ऐऐ बस्ने बर्ष २५ को मो। अनिष हुसेनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई चोरी उद्योग कसूरमा थप अनुसन्धान कार्य भई रहेको छ । 


 


उदयपुर, असार-१४ गते । रातो तारा डट कम,

उदयपुर, बेलका नगरपालिका ८ कोठु स्थितबाट १ केजी गाँजा सहित एक जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुर हचुवागढी ४ कि १९ बर्षीया सुजता मग्राती रहेकी छन् । हिजो बेलुका ४ बजे अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको बोलेरो पिकअपमा सवार रहेकी मग्रातीको जेब्रा झोलामा लुकाई ल्याएको लागुऔषध गाँजा १ केजी बरामद गरेको हो । मग्रातीलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला लगी थप अनुसन्धान भईरहेको छ ।  


मोहन कुमार राई --आषाढ १४ गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिा स्थित गाउविकास बचत तथा ऋण सहकारी संस्थाद्धारा कोभिड आइसोलेसनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 


सोमबार एक कार्यक्रमका वीच गाउँविकास सहकारी र सिर्जनशिल सहकारी संस्थाको संयुक्त आयोजनामा रु १ लाख ६ हजार ६ सय ३ रकम बराबरको अक्सिजन सिलिण्डर आइसोलेसनमा रहेको कोभिड विरामीहरुका लागि सहयोग गरेको गाउँविकास सहकारी लेखा समिति संयोजक भीमबहादुर काकीले जानकारी दिनुभयो ।  प्रति गोटा २० हजार पर्ने अंसिजन सिलिण्डर ४० लिटरको ३ थान, प्रति गोटा १२ हजार पर्ने १० लिटरको अक्सिजन सिलिण्डर ३ थान कोभिड आइसोलेसनलाई हस्तान्तरण गरिएको गाउँविकास सहकारी लेखा समति संयोजक कार्कीले वताउनुभयो । सामग्री खरिद कुल रकममध्ये २२ हजार ६ सय बराबर सिर्जनशिल सहकारी संस्था खराङले सहयोग गरेको जनाएको छ  । सहकारीले आफ्नो कोषबाट यो रकम खर्च गरको लेखा समिति संयोजक कार्कीले वताउनुभयो ।

गाउँविकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेज बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा चैनपुर नगरपालिका नगर प्रमुख भरतकुमार खत्री एवं नगर उप प्रमुख मुना श्रेष्ठको रोहवरमा चैनपुर प्राथमिक स्थास्थ्य केन्द्रका मेडीकल अधिकृत डा.एलिना कर्णलाई विल हस्तान्तरण गरेका हुन ।  कार्यक्रममा  स्वास्थ्यकर्मी, सहकारी समितिका पदाधिकारीहरु, वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । 

आज आइसोलेसनमा कोभिड विरामी २१ जना महिला र २७ जना पुरुष गरी जम्मा ४८ जना रहेको चैनपुर स्वास्थ्य शाखा प्रमुख हिमाल ढकालले जानकारी दिनुभयो । देशमा कोभिड विरामी संख्या घटेको भनिए पनि चैनपुर नगरपालिकामा पछिल्लो समय अझ बढिरहेको छ ।  



बिराटनगर । रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं .३ स्थितमा रहेको बालसुधार गृहको छतबाट हामफाली ४ जना बाल विज्याईकर्ताहरू भागी फरार भएकोमा १ जनालाई तत्कालै बिराटनगर ३ स्थितबाट पक्राउ गरिएको साथै अन्य ३ जना फरार रहेकोमा यस जिल्ला प्रहरी कार्यालय मोरङ र १ नं। प्रदेश प्रहरी कार्यालय रानी विराटनगर च्क्ष्त् शाखाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०७८।०३।१३ गते अन्दाजी ०९.१५ बजे विराटनगर महानगरपालिका वडा नं.४ स्थित पुलचोक नहर छेउबाट पक्राउ गरिएको । 

साथै निजहरू सामान्य घाईते समेत रहेको देखिएकोले उपचारको लागि कोशी अस्पताल विराटनगर पठाई आवश्यक अनुसन्धान कार्य जारी रहेको छ । 



काठमाण्डौ असार १४ गते । रातो तारा डट कम,दोस्रो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीका बिजयी भएको छ । गएराति भएको खेलमा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजलाई १६ रनले पराजित गरेको हो । दक्षिण अफ्रीकाले दिएको १ सय ६७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।  



काठमाण्डौ असार १४ गते । रातो तारा डट कम, मौसममा आज सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश तथा प्रदेश १ का थोरै स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । 

देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

आज कोशी, कन्काई र यसका स–साना सहायक नदीमा बहाब केही बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ । 





काठमाण्डौ असार १४ गते । रातो तारा डट कम, नोबेल कोरोना भाइरसको महामारीको सङ्क्रमणको जोखिम नहोस भन्नका लागि त्रिभुवन विमानस्थलले उडान कम्पनीहरूलाई १० मिनेटको अन्तरालमा उडान तालिका दिएको छ । यही असार १७ देखि आन्तरिकतर्फको उडान सुरु हुँदै छ । 

नियमित उडान रोकिएको अवस्थामा कोरोना सङ्क्रमणको हालको स्थिति को मूल्याङ्कन गर्दै, विमानस्थल टर्मिनलको क्षमता अनुसार भीडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञा अघि सञ्चालन गरेको उडान संख्याको आधा संख्यामा उडान भर्नुपर्ने छ । यसअनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्रीलाई ७, सौर्यलाई ३ उडान स्वीकृति दिएको विमानस्थल कार्यालयले जनाएको छ । 

यात्रुहरूको सुरक्षित आवागमनका लागि नेपाल सरकार र  विमानस्थलबाट जारी गरिएको स्वास्थ्य सम्बन्धी मापदण्ड पालनाका लागि कार्यान्वयन समिति र सुपरिवेक्षण समितिसमेत गठन गरिएको छ । 




 सुनसरी, असार-१४  गते । रातो तारा डट कम ,सुनसरी भोक्राहा नरसिंह गाँउपालिका ७ स्थित हुलाकी राजमार्गमा ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार २ जना घाईते भएका छन् । आज दिउसो सँवा १२ बजे पुर्वबाट पश्चिम तर्फ आउदै गरेको को १ त ७३८५ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट जादै गरेको को १९ प ४८४९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सुनसरी बर्जु ६ का १९ बर्षीय सुमन यादव र पछाडी सवार सोही स्थानकी २५ बर्षीया रञ्जु देवी यादव घाईते भएका छन् । घाईते दुवै हाम्रो अस्पताल विराटनगरमा उपचार भईरहेको छ । ट्याक्टर र चालक सुनसरी भोक्राहा नरसिंह ७ का २४ बर्षीय मुकेश मण्डल प्रहरी चौकी नरसिंहटप्पुको नियन्त्रणमा रहेको छ ।

 


विराटनगर, १३ असार । प्रदेश १ मा आज ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ ।

प्रदेश १ मा आज ३३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११२, सुनसरीमा ९७,  झापामा ८१, उदयपुरमा १०, संखुवासभामा ८, इलाममा ६, भोजपुरमा ३, धनकुटामा २, ताप्लेजुङ, खोटाङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ३९, सुन्दरहरैचामा ३६, उर्लाबारीमा ८, बेलबारीमा ७, बुढीगंगामा ६, केराबारीमा ४, सुनबर्षीमा ३, मिक्लाजुङ, कानेपोखरी, पथरीशनिश्चरे र ग्रामथानमा २–२, रतुवामाईमा १, सुनसरीको इटहरीमा ४६, बराहक्षेत्रमा २९, रामधुनीमा ६, दुहवीमा ४, धरान र इनरुवामा ३–३, देवानगञ्ज र हरिनगरमा २–२, बर्जु र भोक्राहानरसिंहमा १–१, झापाको विर्तामोडमा १९, अर्जुनधारामा १७, दमकमा १६, कनकाई र शिवसताक्षीमा ७–७, बा¥हदशीमा ४, मेचीनगर र कमल गाउँपालिकामा ३–३, गौरीगञ्ज र गौरादहमा २–२, स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा ५, चौदण्डीगढीमा ४ र बेलकामा १, संखुवासभाको चैनपुरमा ६, खाँदबारी र सभापोखरीमा १–१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका, माई, माईजोगमाई र मांसेबुङमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा ३, धनकुटाको धनकुटा नगरपालिका र पाख्रिवासमा १–१, ताप्लेजुङको सिदिङ्वा, खोटाङ  र ते¥हथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७० हजार ५३० पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ हजार ३७ रहेको छ । प्रदेश १ मा आज १ हजार ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५४ महिला र १८५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 





 


सुनसरी, असार-१३ गते । रातो तारा डट कम,

सुनसरी कोशी गाऊपालिका ८ नङ्खु टोल स्थित पुर्ब-पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाईकल ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाईते भएका छन् । आज बिहान पौने ८ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले बिपरित दिशाबाट आउदै गरेको स६प ४६६१ नम्बरको मोटरसाईकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो । सो दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ बर्षीय उदय साह, मोटरसाईकल पछाडी सवार मोरङग बिराटनगर ९ का ४५ बर्षीय राम प्रसाद साह र पिकअप चालक बिराटनगर ७ का ४० बर्षीय अक्षय कुमार गुप्ताको जिल्ला अस्पताल ईनरुवा उपचारको क्रममा मृत्यु भएको छ । उक्त दुर्घटनाबाट घाईते भएका हायस चालक नुवाकोट बिदुर नगरपालिका १३ का ३५ ३५ बर्षीय विवस तामाङ् र हायसको सहचालक सोही स्थान ११ का २५ बर्षीय नारायण बत्सयालको बिराट नर्सिङहोममा उपचार भईरहेको छ । दुर्घटना भएका तिन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।


काठमाण्डौ असार १३ गते । रातो तारा डट कम, नेपाललाई रेलमार्गसँग जोड्न संरक्षित क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३० किलोमिटर सुरुङ खन्ने प्रस्ताव चिनले गरेको छ । 

चीन–नेपाल महत्वाकांक्षी रेलमार्ग परियोजनामा आवद्ध एक वरिष्ठ चिनियाँ इन्जिनियरले विश्वको सर्वोच्च शिखर सगरमाथा वरिपरीबाट रेलमार्ग निर्माण गर्नु बाहेकको उपयुक्त विकल्प नदेखिएको बताएका छन् । रेलमार्गले दुई देशलाई जोड्न सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३० किलोमिटर सुरुङ खन्ने प्रस्ताव दुवै देशका सरकारलाई भने पठाउन बाँकी रहेको साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्टमा जनाइएको छ । 

विज्ञको अन्तिम सिफारिससहितको प्रस्तावमा रेलमार्गको चुनौतिहरूको बिरूद्ध पर्याप्त र दृढ अडान समेटिने छन् । गत बुधबार रेलवे स्ट्यान्डर्ड डिजाइन जर्नलमा प्रकाशित रिपोर्ट उधृत गर्दै पोस्टले दुई देशहरू बीचको हजार किलोमिटर सीमामा रेलको लागि ६ वटा मार्ग प्रस्ताव गरिएको जनाएको छ । जसमध्ये संरक्षित क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जमा ३० किलोमिटर सुरुङ खनेर चीन–नेपाल जोड्ने विकल्पलाई उत्तम मानिएको छ । 


 


काठमाण्डौ असार १३ गते । रातो तारा डट कम,नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित भएको छ  । नेपाल क्रिकेट संघ (क्यान) ले आज टिमको बन्द प्रशिक्षण स्थगित गरिएको जनाएको छ । 

राष्ट्रिय टिमको बन्द प्रशिक्षण स्थगित भएपनि खेलाडीहरुले सानो समूह बनाएर कोभिडको प्रोटोकल पालना गर्दै टियु मैदानमा प्रशिक्षक डेभ वाटमोरसँग अभ्यास गर्ने क्यानले जनाएको छ । उक्त टिमसँग फिजियो बिक्रम न्यौपाने समेत रहने क्यानले जनाएको छ । 

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएपछि टिमको बन्द प्रशिक्षण स्थगित भएको हो । 

स्पेनमा तय भएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको सिरिज २०२२ को जुलाईसम्मका लागि स्थगित भएको थियो । आईसीसीले कोरोना महामारीको कारण सिरिज स्थगित गरिएको जनाएको छ ।



काठमाण्डौ असार १३ गते । रातो तारा डट कम, रौतहटमा पानी निकासको बिषयमा स्थानीयबिच झडप हुँदा १५ जना घाइते भएका छन् । रौतहटको मौलापुर नगरपालिकाको वडा नम्बर १ मर्यादपुरका स्थानीय मोहाली साहको घरको आँगनमा बर्षातले पानी जमेपछि सो पानी निकास गर्न खोलेर स्थानीय हृदय नारायण यादवको खेतमा पठाइएको थियो । 

सोही आँगनको पानी आफ्नो खेतमा निकास गरेको विषयमा हृदय नारायण यादव र मोहाली साह बीचमा भनाभन भएको थियो । भनाभनले उग्र रुप लिएपछि दुई पक्षबिच झडप भएको थियो । झडपमा परी साह पक्षको ८ जना र यादव पक्षका ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

घाईते सबै खतरामुक्त रहेको र घटनाको अनुसन्धान भइरहेको रौतहटका प्रहरी उपरिक्षक सिद्धि विक्रम शाहले बताउनुभयो । 





 


विराटनगर, १२ असार । रातो तारा डट कम,प्रदेश १ मा आज ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ३६९ पुगेको छ । 

प्रदेश १ मा आज २२७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०७, मोरङमा ७८, झापामा २८, धनकुटा र उदयपुरमा ३–३, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ७१, सुनसरीमा २७, रामधुनी र दुहवीमा ३–३, बराहक्षेत्र, इनरुवा र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ४१, पथरीशनिश्चरे र केराबारीमा १३–१३, मिक्लाजुङ र रतुवामाईमा ३–३, सुनबर्षीमा २, धनपालथान, बेलबारी र सुन्दरहरैचामा १–१, झापाको दमकमा ९, भद्रपुरमा ८, हल्दिबारी, मेचीनगर र विर्तामोडमा ३–३, अर्जुनधारा र बा¥हदशीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २ र छथरमा १, उदयपुरको बेलका, उदयपुरगढी र स्थानीय तह नखुलेका १–१, ते¥हथुममा १ र र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७० हजार १९१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ हजार ६४९ रहेको छ । प्रदेश १ मा आज ६६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १०३ महिला र १२४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



 


विराटनगर । रातो तारा ड कम,इलका प्रहरी कार्यालय पथरीले चारी आरोपमा एक जनालाई पक्राउ गरेको छ । सुनसरी धरान उप–महानगरपालिका १५ का अमृत लिम्बुलाई प्रहरीले चोरी आरोपमा पक्राउ गरेको हो ।

लिम्बुले असार ८ गते बेलबारी नगरपालिका ८ स्थायी घर भई पथरी नगरपालिका वडा १ स्थित बजारमा टाटु खोप्ने पसल संचालन गर्ने ३६ वर्षिय बिशाल ईस्कन सेनको पसलबाट चार लाख मुल्य बराबरको सामाग्री चोरी गरेको आरोप छ ।

इप्रका पथरीले चोरीको सामानसहित लिम्बुलाई उर्लाबारी बजारदको एक होटलदेखि पक्राउ गरेको छ । लिम्बुले चार्जर माउस सहितका एक थान ल्यापटप, ट्याटु मेसीन २ थान, ट्याटु लगाउने केमिकल, बिद्युत पावर सप्लाईलगायतका सामानहरू चोरी गरेको मोरङ प्रहरीले जनाएको छ । 


 विराटनगर । रातो तारा डट कम,मोरङको कानेपोखरी गाउँपालिकामा आइटिएफ तेक्वाण्डो गठन भएको छ । कोनपोखरी ६ रमाइलोमा एक कार्यक्रम आयोजना गरि शनिबार तेक्वाण्डो गठन गरेको हो । आइटिएफ तेक्वाण्डो कानेपोखरीको अध्यक्षमा युवराज भुजेल रहेका छन् ।

समितिको उपाध्यक्षमा राजकुमारी तामाङ्ग, सचिब चुडामण्ी गुरागाई र कोषाध्यक्षमा रोशन तिम्सिना छन् ।

समितिको अन्य सदस्यहरूमा सुरज तामाङ्ग, मुकेश गौतम, मौसम राजवंशी, दिपक शर्मा फुयल, भरत थापा र इन्दिरा थापा रहेका छन् ।

कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफलेको प्रमुख अतिथिमा भएको कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रलाई स्थानिय तहले प्रथामिकतामा राखेर काम गर्दै आएको बताए । खेलक्षेत्रले राज्यलाई चिनाउने भएकोले खेलकुद क्षेत्रको विकासमा सबै लागनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा आइटीएफ तेक्वाण्डोका प्रदेश १ का अध्यक्ष प्रविण कार्कीले तीन तहको सरकारले खेलकुद क्षेत्रलाई पहिलो प्रथामिकता राखेर काम गरे मात्र यस क्षेत्रको विकास हुनेबताए । खेलाडीहरूलाई व्यवसायिक र यस क्षेत्रको विकासमा अगाडी बढाउन राज्यले खेलकुद क्षेत्रमा लगानी गर्नुपर्ने बताए । कार्यक्रममा आइटीएफ तेक्वाण्डो कानेपोखरीका नवनिर्वाचित अध्यक्ष भुजेलले तेक्वाण्डो खेलको विकासमा लागि पर्नेबताए । उनले चाँडै कानेपोखरी गाउँपालिका भित्र तेक्वाण्डो खेल पनि आयोजना गरिने जानकारी गराए ।

कानेपोखरी गाउँपालिकाकी उपाध्यक्ष राजकुमारी इङ्नाम, गाउँपालिकाको प्रवक्ता तथा वडाअध्यक्ष सुशिल बुढाथोकी, वडाअध्यक्षहरू चरन गुरुङ, खड्ग बस्नेत, मोहन प्रसाद अधिकारी, आइटिए तेक्वाण्डोका केन्द्रीय सदस्य चतुरलाल चौधरी, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य कुमार फुयललगायतको उपस्थित रहेको थियो ।


 



काठमाण्डौ असार १२ गते । रातो तारा डट कम, आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको दिवसको ‘लागुऔषधरहित परिवार,स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी तीन दिनका लागि बिभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम तय गरिएका छन् । 

हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को १ सय १२ खण्डमा उल्लेख गरिएको छ । विश्व लागुऔषध प्रतिवेदन २०२१ ले लागुऔषध प्रयोगकर्ताको संख्या बर्सेनि बढ्दै गइरहेको देखाएको छ । 

नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५.०६ प्रतिशत रहेको आँकलन गरिएको छ । 


काठमाण्डौ असार १२ गते । रातो तारा डट कम, धान रोप्न नेपाल आएका भारतीय नागरिकलाई पश्चिमनवलपरासीका विभिन्न स्थानबाटप्रहरीले भारत तर्फ नै फर्काएकोछ । जिल्लाका विभिन्न स्थानमा जम्मा भएर बसेका र आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड समेत पालना नगर्नेलाई जिपमा राखेर महेशपुर सिमाना सम्म पुर्याएर भारत पठाईएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले  जानकारी दिनुभयो । 

झण्डै एक सय पचास जनलाई नेपाल भारत सिमा क्षेत्रसम्म पुर्याएर भारत तर्फ पठाईएकोहो । निषेधाज्ञाको समय भएपनि भारतको बिहार र उत्तर प्रदेशबाट निर्वाध रुपमा सयौँ भारतीयहरु नेपाल तर्फ धान रोप्न भनेर आउने गरेका छन् । काम नपाएर कतिपय बजार क्षेत्रमा कामको प्रतिक्षमा रहेका र जम्मा भएर बसेकालाई प्रशासनले भारत तर्फ नै पठाएको हो । 

भारतबाट आएकाले पनि नेपालकै हो भन्ने गरेको र पहिचान गर्न पनि समस्या भएकाले फिर्ता पठाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो । भारतबाट आउने भारतीय नागरिकले सामान्य स्वास्थ्य सुरक्षाका मापदण्ड समेत पालना गरेको पाईएको छैन । जसका कारण कोरोना महामारी थप फैलने जोखिम बढेको छ । 










तेह्रथुम, असार-१२ गते । रातो तारा डट कम ,तेह्रथुम लालिगुरास नगरपालिका १ भुल्के स्थितबाट तिन थान भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय राम बहादुर गुरुङ रहेका छन् । हिजो दिउसो सँवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बन्दुक बोकेर हिडिरहेको अबस्थामा फेला पारेको थियो । प्रहरीलाई देख्न साथ भाग्न खोजेका उनिहरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट थप अनुसन्धान भईरहेको छ ।


उदयपुर, असार-१२ गते । उदयपुर ताप्लि २ घर भई हाल लिमचुङबुङ ३ दोबाटे स्थित बस्दै आएका २५ बर्षीय उमेश परियारको करेन्ट लागेर मृत्युभएकोछ । हिजो दिउसो १ बजे भैसी चराउन गएका परियारको सोही स्थानमा रहेको बिजुलीको पोलमा चड्दा अचानक करेन्ट लागी घट्नास्थलमै मृत्यु भएको स्थानियले बताएका छन् । घटनाको जानकारी पाऊन साथ ईलाका प्रहरी कार्यालय लिमचुङबुङ र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।


सुनसरी, असार-१२ गते । सुनसरी ईटहरी १२ खनार सोमबारे चोकमा भेनको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा  ईटहरी  ११ की ५६ बर्षीया गंगा ढकाल रहेकी छन् । हिजो राती ९ बजे ईटहरीबाट दुहबी तर्फ जादै गरेको को.१० च. ५५७३ नम्बरको पिकप भेनले पैदल यात्री ढकाललाई ठक्कर दिई गम्भिर घाईते बनाएको थियो । घाईते ढकालको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको हो । ठक्कर दिने भेन प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको छ ।

 


 


शिव भट्टराई, मोरङ । रातो तारा डट कम, मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ३ ले वडाका दलित बस्तीमा पुगेर कोरोना सचेतना कार्यक्रम गरेको छ । वडाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी र सञ्चारकर्मी सहितको टोलीले वडाको आइतबारे

टोलमा पुगेर त्यस क्षेत्रमा बसोबास गर्ने दलित समुदायलाई लक्षित गरि कोरोना सचेतना कार्यक्रम गरेको हो । आइतबारे टोलमा बसोबास गर्ने विपन्न दलित परिवारलाई वडाका जनप्रतिनिधि सहितको टोलीले बस्तीमै पुगेर कोरोना सम्बन्धि सचेतना जगाउँदै कोरोनाबाट बच्न सुरक्षा सामाग्री समेत वितरण गरेको हो ।


टोलीमा सहभागि दुलारी स्वास्थ्य चौकी गछियाका इञ्चार्ज बाबुराम आचार्यले विश्व स्वास्थ्य संगठनले निर्देश गरे बामोजिमको हात धुने तरिका बारे जानकारी गराउनु भएको थियो । कोरोनाबाट बच्न खाना खानु अघि र घर बाहिरबाट आएपछि सावन पानीले हात धुनुपर्ने, समाजिक दुरी कामय गर्नुपर्ने, मास्क लगाउनु पर्ने र केही स्वास्थ्य समस्या देखिए तत्काल जनप्रतिनिधि वा स्वास्थ्यकर्मीलाई खबर गर्ने विषयमा दलित समुदायलाई जानकारी गराइयो । साथै उनीहरुलाई प्रति परिवार एक/एक प्याकेट मास्क, हात धुने सावन र औषधि समेत वितरण गरिएको छ ।

वडाध्यक्ष जीवन प्रसाद ढुंगानाले विपन्न अवस्थाका दलित समुदायलाई कोरोनाबाट बचाउने उद्देश्यका साथ करिव ५० घर परिवारलाई आवश्यक स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै कोरोना सम्बन्धि सचेतना जगाउने काम गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा वडा सदस्यहरु शान्ता सिटौला, देवीमाया बोगटी, श्यामनारायण चौधरी, समन्वय गर्ने संस्था गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा लि इटहरीका प्रवन्ध निर्देशक तथा पत्रकार रेवती निरौला, पत्रकार शिव भट्टराई भोजपुर, दीपक कार्की लगायतको उपस्थिति रहेको थियो ।

 


झापा, असार-११ गते । रातो तारा डट कम,झापाको छुट्टा छुट्टै स्थानमा लागू औषध सहित २ जनालाई पक्राउ गरिएको छ । गत राती साढे १२ बजे झापा बाह्रदशी गाँउपालिका २ जनता बजार स्थितमा ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले चेकजांच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको मे८प १६४ नम्बरको मोटरसाईकलमा सवार सिन्धुपाल्चोक मेलम्ची ६ का  २७ बर्षीय प्रशान्त बिक्रम थापाको साथबाट लागूऔषध ब्राउन सुगर १६ ग्राम ५३० मिलिग्राम फेला परेको थियो । उनलाई मोटरसाईकल सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ । यसै गरी आज बिहान १० बजे झापा गाँउपालिका २ स्थितम बजारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलिले सोही स्थानका ३२ बर्षीय बिशाल मडिलाई लागूऔषध ब्राउन सुगर  ७ ग्राम ३०० मिलि ग्राम सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।


 विराटनगर असार ११ गते । रातो तारा डट कम,प्रदेश १ सरकारले ४ जना अग्रज पत्रकारलाई पुरस्कृत गरेको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वितरण गर्नेगरि प्रदेश सरकारले स्थापना गरेको प्रादेशिक पत्रकारिता पुरस्कार शुक्रबार वितरण गरिएको छ । पुरस्कृत हुनेमा झापा भद्रपुरका गोविन्दचन्द क्षेत्री, दमकका गञ्जबहादुर दाहाल, मोरङकी पत्रकार ललिता भट्टराई र उदयपुरका कौशल चेम्जोङ रहेका रहेका छन् । चारै जना अग्रज पत्रकारलाई मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले नगद एक–एक लाख रुपैयाँ प्रदान गर्नुभयो । प्रदेश सरकारले आर्थिक बर्ष २०७४–०७५ देखि प्रत्येक वर्ष दुई जनाको दरले अग्रज पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमणका कारण गत वर्ष र यो वर्षको एकमुष्ट गरी चार जनालाई पुरस्कार प्रदान गरिएको प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले बताउनुभयो । उहाँका अनुसार प्रादेशिक पुरस्कार हरेक वर्ष बैशाख २४ गतेका दिन वितरण गरिने छ ।

 


मोरङ बेलबारी असार ११ गते । रातो तारा डट कम, बेलबारी नगरपालिका वडा नं. ८ स्थायी घर भई पथरी नगरपालिका वडा नं. १ स्थित बजारमा टाटु खोप्ने पसल संचालन गर्ने बर्ष ३६ को बिशाल ईस्कन सेनको पसलबाट निम्न सामानहरू चोरी गरी फरार रहेका 


 जिल्ला सुनसरी धरान उप(महानगरपालिका वडा नं.१५ बस्ने अमृत लिम्बुलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले निम्न सामान सहित उर्लाबारी बजार स्थित एक होटलबाट मिति २०७८।०३।१० गते अन्दाजी १८.०० बजे चोरीका सामान सहित पक्राउ गरी ईलाका प्रहरी कार्यालय पथरीबाट चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भई रहेको । 

बरामद सामानहरू

चार्जर माउस सहितको ज्ए ल्यापटप थान १ , सुटकेस थान १ , ट्याटु मेसीन थान २ , (प्रतिगोटा अं. मुल्य रु ६०,००० ) , ट्याटु लगाउने केमिकल तथा कलरहरु ९अं। मुल्य ७५०००० , निडल ७ प्याकेट ९अं। मुल्य रु १७,५००० ट्याटु मेसिन होल्डर थान २ ९अं। मुल्य २५००० ,हेड ग्लास थान १ , ९अं। मुल्य रु १२००० ग्रीन सप थान १ ९ अं। मुल्य रु ३०००० , बिद्युत पावर सप्लाई (अं। मुल्य रु १०,०००)र अन्य सामान समेत गरी अं। ४,००,००० बराबरको सामान बरामद भएकोछ ।




विराटनगर, ११ असार । रातो तारा डट कम,प्रदेश १ मा आज ९५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४२३ महिला र ५३० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५९ हजार ४३० पुगेको छ । 

प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १००, मोरङमा ९८, सुनसरीमा ८९, पाँचथरमा ३०, धनकुटामा १२, संखुवासभामा ७, ते¥हथुममा ४, इलाम र भोजपुरमा २–२, ताप्लेजुङ, खोटाङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ३७, मेचीनगरमा १५, दमकमा १३, भद्रपुरमा १०, कनकाईमा ७, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ४, बा¥हदशीमा ३, गौरादह र शिवसताक्षीमा २–२ र स्थानीय तह नखुलेका १, मोरङको विराटनगरमा ३६, बेलबारीमा २२, लेटाङमा १०, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ५, उर्लाबारीमा ४, रतुवामाई, कटहरी, बुढीगंगा र कानेपोखरीमा २–२, सुनबर्षी, केराबारी, मिक्लाजुङ र धनपालथानमा १–१, सुनसरीको इटहरीमा ४८, धरानमा २३, इनरुवामा २, बराहक्षेत्र, बर्जु, भोक्राहानरसिंह, गढी, दुहवी र रामधुनीमा १–१ र स्थानीय तह नखुलेका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा २७, कुम्बायकमा २ र याङवरकमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा ४, लालीगुराँस, छथर र स्थानीय तह नखुलेका १–१, संखुवासभाको सभापोखरीमा ६ र खाँदबारीमा १, ते¥हथुमको म्याङलुङमा ४, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, भोजपुरको पौवादुङ्मा र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङ, खोटाङको केपिलसगढी र उदयपुरको उदयपुरगढीमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६९ हजार ९६४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९ हजार ३७४ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६२ महिला र १९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । 



 


गाईघाट ११ असार।रातो तारा डट कम,उदयपुरको कटारी नगरपालिकाबाट पाच वटा वडा लाई टुका्रएर छुटै गाउपालिका बनाउने स्थानियको माग नगर परिषद बाट पारीत भएको छ । नगरपालिकाको बिहिबार वसेको परिषदले उत्तरी भेगमा ५ वटा वडाले छुट्टीएर छुटै गाउपालिका बनाउने माग राखी मंगलबार बुझाएको ज्ञापन पत्र सकारात्मक भएको ठहर गर्दै माग पुरा गर्ने निर्णय गरीएको मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । 

कटारी  नगरपालिकामा रहेको १४ वटा वडा मध्ये वडा न ९, १०, ११, १३ र १४ लाई छुट्टै गाउपालिका बनाउने बाटो खुलेको छ । भौगोलिक बिकटताको कारण नागरिकले सहज र सरलरुप  बाट सेवा सुबिधा पाउन कठिन भैरहेको अबस्था ति ५ वटा वडाका जनप्रतिनिधि र स्थानिय बासिन्दाले नगरपालिका बाट टुक्रिएर छुट्टै गाउपालिका बनाउन एक बर्ष अघि देखि नै माग गर्दै आएका थिए । 

उनिहरुको माग सम्बोधन भए संगै सम्बन्धित निकायमा सो बारे पत्रचार गरिने मेयर श्रेष्ठले बताए ।माथिल्लो ५ वटा वडा लाइ एकिकृत गरेर गाउपालिका बनाउदा झण्डै १ सय २५ दशमलब ७९ बर्ग किलोमिटर क्षेत्रफल सहित करिब १८ हजार ५८६ जनसंख्या लाइ सेवा सुविधामा सहजता हुन जाने उनले बताए । 

उनले कटारी नगरपालिका लाई नगरपालिका रहिरहन कुनै असर नपर्ने भएको ले गाउपालिका निर्माणमा मापडण्ढ अनुरुप भुगोल , जनसंख्या र भौेतिक पुर्बाधारहरु पनि पुग्ने भएकोले संबिधान को धारा २९५ को विभिन्न दफा हरुमा समेत सो कुरा उल्लेख भए अनुसार गाउपालिका निर्माण गर्न सकिने ब्यबस्था अनुरुपनै नगर परिषद बाट सर्ब सहमत निर्णय गरिएको बताए । उनले अब जिल्ला समन्वय समिति, प्रदेश हुदै केन्द्रमा पत्रचार गरिने बताए ।


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.