Websoft University

सहकारीद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण


मोहन कुमार राई --आषाढ १४ गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिा स्थित गाउविकास बचत तथा ऋण सहकारी संस्थाद्धारा कोभिड आइसोलेसनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 


सोमबार एक कार्यक्रमका वीच गाउँविकास सहकारी र सिर्जनशिल सहकारी संस्थाको संयुक्त आयोजनामा रु १ लाख ६ हजार ६ सय ३ रकम बराबरको अक्सिजन सिलिण्डर आइसोलेसनमा रहेको कोभिड विरामीहरुका लागि सहयोग गरेको गाउँविकास सहकारी लेखा समिति संयोजक भीमबहादुर काकीले जानकारी दिनुभयो ।  प्रति गोटा २० हजार पर्ने अंसिजन सिलिण्डर ४० लिटरको ३ थान, प्रति गोटा १२ हजार पर्ने १० लिटरको अक्सिजन सिलिण्डर ३ थान कोभिड आइसोलेसनलाई हस्तान्तरण गरिएको गाउँविकास सहकारी लेखा समति संयोजक कार्कीले वताउनुभयो । सामग्री खरिद कुल रकममध्ये २२ हजार ६ सय बराबर सिर्जनशिल सहकारी संस्था खराङले सहयोग गरेको जनाएको छ  । सहकारीले आफ्नो कोषबाट यो रकम खर्च गरको लेखा समिति संयोजक कार्कीले वताउनुभयो ।

गाउँविकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेज बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा चैनपुर नगरपालिका नगर प्रमुख भरतकुमार खत्री एवं नगर उप प्रमुख मुना श्रेष्ठको रोहवरमा चैनपुर प्राथमिक स्थास्थ्य केन्द्रका मेडीकल अधिकृत डा.एलिना कर्णलाई विल हस्तान्तरण गरेका हुन ।  कार्यक्रममा  स्वास्थ्यकर्मी, सहकारी समितिका पदाधिकारीहरु, वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । 

आज आइसोलेसनमा कोभिड विरामी २१ जना महिला र २७ जना पुरुष गरी जम्मा ४८ जना रहेको चैनपुर स्वास्थ्य शाखा प्रमुख हिमाल ढकालले जानकारी दिनुभयो । देशमा कोभिड विरामी संख्या घटेको भनिए पनि चैनपुर नगरपालिकामा पछिल्लो समय अझ बढिरहेको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.