Websoft University
June 2020


काठमाण्डौ असार १६ गते । रातो तारा डट कम,विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १ करोड ४ लाख २१ हजार ४ सय ९० पुगेको छ । हाल सम्म कोरोना भाइरस सङ्क्रमित भएका मध्ये ५६ लाख ७९ हजार १ सय ४३ जना भने उपचार पछि स्वस्थ भैसकेका छन् । हाल सम्म ५ लाख ८ हजार ४ सय १९ जनाको भने कोरोनाकै कारण मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा धेरै १ लाख २८ हजार ७ सय ८३ जनाको मृत्यु भएको छ । त्यसपछि ब्राजिलमा ५८ हजार ३ सय बेलायतमा ४३ हजार ५ सय ७५ इटालीमा ३४ हजार ७ सयको मृत्यु भएको छ । भारतमा १६ हजार ९ सय १७ जनाको मृत्यु भएको छ भने रसियामा ९ हजार ३ सय २० जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।  



बिराटनगर असार १६ गते । रातो तारा डट कम, जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नम्वर ६ स्थित जनता गल्लीमा जि, सुनसरी ईटहरी उपमहानगरपालिका वडा नम्वर ११ बस्ने वर्ष २२ को सुरज चौधरीले भारतबाट भन्सार छली ल्याई अवैध रुपमा सुर्ति तथा गुटखाहरु लुकाई छिपाई संञ्चय गरी राखेको छ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालय तथा तालुक १ नं। प्रदेश प्रहरी कार्यालयबाट खटिएका सादा पोशाकको संयुक्त प्रहरी टोलीले अं, मुल्य रु,१,६०,०००। एक लाख साठी हजार, बराबरको सुर्तिजन्य पदार्थ फेला पारी निज सुरज चौधरीलाई पक्राउ गरी निजले संचय गरी राखेको उक्त सुर्ति जन्य पदार्थ समेत बरामद गरी आवश्यक कार्बाहीको लागि सम्बन्धित कार्यालयमा पठाईएको ।



काठमाण्डौ असार १६ गते । रातो तारा डट कम, नेपालमा थप ३ सय १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय १६ नयाँ संक्रमित भेटिएको जानकारी दिनुभयो । 

यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । सङ्क्रमित हुनेमा सप्तरीका २५, सिरहाका १०, उदयपुरका २, झापाका ५, सुनसरीका २, संखुवासवाका ३, धनुषाका ३, रौटहटका ७, महोत्तरीका २९ जना रहेका छन् । 

यस्तै अछामका २७, बाजुराका ५१, काठमाडौंका १२, स्याङ्जाका ४, गुल्मीका १, सिन्धुपाल्चोकका २, गोरखाका १, सर्लाहीका ८ जना रहेका छन् । यसैगरि भक्तपुरका १, बागलुङका १, डडेलधुराका ३, ललितपुरका १, अछामका १, बैतडीका ४, डोटीका १५, म्याग्दीका १, कास्कीका ९, लमजुङका ३, तनहुँका ६, अर्घाखाँचीका ७ जना रहेका छन् । 

पाल्पाका १८, सल्यानका २, दाङका २१, रुकुम पश्चिमका ८, बाँकेका १, दैलेखका ३, डोटी १५ र कैलालीका ५ जना रहेका छन् ।  नेपालमा कोरोना सङ्क्रमणलाइ जितेर पछिल्लो २४ घन्टामा ६० डिस्चार्ज भएका छन् ।  हालसम्म निको हुनेको संख्या ३ हजार १९४ पुगेको छ । मन्त्रालयका अनुसार आजसम्म नेपालमा दु्त विधिबाट २ लाख ९७ हजार ८७१ नमुना परीक्षण भएका छन् ।  

पीसीआर विधिबाट भने हालसम्म २ लाख २८ हजार ३४१ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा जम्मा ४ हजार ७११ परीक्षण भएका छन् ।  हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५३ हजार ७० र आइसोलेसनमा रहनेको संख्या १० हजार ३४१ जना रहेको छ । 


बिराटनगर, असार १६ गते । रातो तारा डट कम,ईलाम र उदयपुरका २ स्थानमा खोलामा डुबेर २ जनाको मृत्यु भएको छ । ईलामको देउमाई नगरपालिका-५ का २५ बर्षीय हरि प्रसाद चापागाई देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । सोमवार दिउँसो देखी हराईरहेका चापागाई आज बिहान साँढे ८ बजे उक्त खोलामा डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय मंगलवारेबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-१३ का ३८ बर्षीय सन्तोष भुजेलको बरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएकोछ । आज दिउँसो सवा २ बजे बरुवा खोलामा पौडी खेलिरहेको अवस्थामा अचानक डुबेर मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ ।


विराटनगर, १६ असार । रातो तारा डट कम, प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । आज २ महिला र ९ पुरुषमा संक्रमण देखिएको छ । आज झापामा ५, संखुवासभामा ३, सुनसरीमा २ र खोटाङमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको मेचीनगरमा १ , कन्काईनमा ४, संखुवासभाको सभापोखरीमा ३, सुनसरीको इनरुवामा २ र खोटाङको दिक्तेलमा १ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । प्रदेश १ मा संक्रमितको संख्या ५ सय ७८ पुगेको छ । प्रदेश १ मा आज ८ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरंगका ८ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  



विराटनगर, १६ असार । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण समुदाय स्तरमा पुगे नियन्त्रण गर्न कठिनाई हुने बताउनु भएको छ ।

पछिल्लो समय भिडभाड बढेको र स्वास्थ्य सचेतना अपनाएको नदेखिएको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रि घिमिरेले सो कुरा बताउनु भएको हो । उहाँले अहिले देखिएको संक्रमण क्वारेन्टाईनमा मात्र सिमित भएको बताउनुभयो । मन्त्री घिमिरेले भन्नुभयो,‘ संक्रमित १४ जिल्लाका भएपनि संक्रमण १४ जिल्लामा छैन ।’ 

प्रदेश १ मा समुदायमा देखिएको संक्रमण नियन्त्रणमा आएको र अहिले समुदायमा नभएको उहाँले बताउनुभयो । मन्त्री घिमिरेले भन्नुभयो,‘समुदायमा संक्रमण भए प्रकट हुने थियो  ।’ कोरोना संक्रमितहरु उपचार पछि घर फर्कनेको अनुपात राम्रो भएको उहाँको भनाई छ । प्रदेशको अवस्था सकारात्मक भएपनि चुनौति भने यथावत रहेको मन्त्री घिमिरेले बताउनुभयो । भारतले कोरोना निदान गरेको घोषणा नगर्दा सम्म प्रदेश १ को चुनौति भने कायमै रहने उहाँको भनाई छ । 

सामाजिक विकास मन्त्रालयले प्रदेश १ मा कोरोना भाईरसको खोज पड्ताल, परीक्षण र उपचारका क्षेत्रमा गरिएको कार्यबारे पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । सामाजिक विकास मन्त्रालयले भोली देखि नियमित मिडिया व्रिफिङ गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार हरेक देखि २ देखि २ ः ३० वजे भित्रमा मिडिया व्रिफिङ गरिने मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिनुभयो । 


झापा, असार १६ गते । रातो तारा डट कम,झापाको भद्रपुर नगरपालिका-१० का २६ बर्षीय राम हेमरनको करेन्ट लागेर मृत्यु भएको छ । सोमवार साँझ ७ बजे घर नजिकै रहेको सेति खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा हेमरनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ । 


धनकुटा, असार १६ गते । रातो तारा डट कम,धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कार्की छापमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमवार राती साँढे ९ बजे बिराटनगरबाट धनकुटा तर्फ जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक अनियन्त्रीत भई दुर्घटना हुँदा सडक नजिकै रहेको कल्पना सुब्बाको घरलाई समेत क्षति पुर्‍याई सडकबाट अन्दाजी ५० मिटर तल खस्दा ट्रक चालक मोरङको सुन्दरहरैचा नगरपालिका-९ का २९ बर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उक्त दुर्घटनामा कल्पना सुब्बाको १२ बर्षीया छोरी जुनु सुब्बा सामान्य घाईते भई स्थानीय मेडिकलमा उपचारार्थ पठाईएको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 



मोरङ, असार १६ गते । रातो तारा डट कम,मोरङको धनपालथान गाउँपालिका-५ मा ट्याक्टरमा चेपिएर १ जनाको मृत्यु भएको छ । सोमवार दिउँसो ३ बजेको समयमा धनपालथान गाउँपालिका-६ का लखना रायको खेतमा जोत्दै गरेको को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिई खेतमा काम गर्दै गरेका स्थानीय २२ बर्षीय मो।सजाद मियालाई किच्दा मियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको छ भने चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । 



काठमाण्डौ असार १६ गते । रातो तारा डट कम,भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या पाँच लाख ४८ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा थप १९ हजार चार सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घन्टामा तीन सय ८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या पाँच लाख ४८ हजार तीन सय १८ पुगेको छ भने मृत्यु हुनेको संख्या १६ हजार चार सय ७५ पुगेको छ । भारत दक्षिण एसियामा सबैभन्दा बढी प्रभावित मुलुक हो । भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो । त्यसपछि क्रमशः राजधानी दिल्ली, तमिलनाडू, गुजरात, राजस्थान प्रभावित भएका छन् । 


काठमाण्डौ असार १६ गते । रातो तारा डट कम,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र सत्तारुढ नेकपाका सांसदको असहमतिका बाबजुद संघीय निजामती विधेयक संसदको राज्यव्यवस्था समितिबाट पारित भएको छ ।

विधेयकको प्रतिवेदन पारित भएको राज्यव्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले घोषणा गर्नुभएको हो । सभापति श्रेष्ठले असहमत सांसदलाई फरक मत लेख्न आग्रह गर्नुभएको छ । मन्त्री त्रिपाठीले कर्मचारी समायोजनको व्यवस्था, अवकाशको व्यवस्था, ट्रेड युनियनसम्बन्धि व्यवस्था, समावेशिता र प्रदेश मन्त्रालयका सचिवबारे विधेयकको प्रतिवेदनमा गरिएका व्यवस्थामा आफ्नो असहमति रहेको बताउनुभयो । 

मन्त्री त्रिपाठीले समायोजनामा पठाइएका कर्मचारीलाई फेरि संघीय निजामती सेवामा तान्नुपर्ने लगायतका अडान राख्नुभएको छ । त्यस्तै, आरक्षण र समावेशितामा ४९ प्रतिशत आरक्षण गर्ने व्यवस्थाको विरोध गरेका छन् भने खस आर्यलाई समावेशितामा राख्ने विषयमा मन्त्री त्रिपाठीले असहमति जनाउनुभएको छ ।

त्यस्तै,नेकपाका सांसद झपट रावल, नवराज सिलवाल, विजय सुब्बालगायतले पनि विधेयकमा अहसमति राख्नुभएको छ । उनीहरूले नोट अफ डिसेन्ट लेख्ने जानकारी सभापति श्रेष्ठलाई दिएका छन् । उनीहरूले पारित कसरी भएको हो भनेर पनि सभापतिसँग जवाफ मागेका छन् । विधेयकको प्रतिवेदनमा गरिएका व्यवस्थामा प्रमुख प्रतिपक्षी कांग्रेस, समाजवादी र राजपालगायतका दलका सांसदले नोट अफ डिसेन्ट लेख्ने बताएका छन् ।

सभापति श्रेष्ठले विगतमा सांसदबीच सहमति भएकाले विधेयकमाथिको छलफल लम्बिँदै जाँदा फेरि असहमति देखिन थालेको भन्दै पारित गर्नुभएको हो ।




काठमाण्डौ असार १६ गते । रातो तारा डट कम,सरकारले चीनले नेपालको सीमा अतिक्रमण गरेको झूटो प्रतिवेदन बनाउने कारखानाको खोजी भइरहेको जनाएको छ । राष्ट्रिय सभाको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल चीन सीमामा कुनै समस्या नभएको बताउदै सरकारले झूटो प्रतिवेदन बनाउने कारखानको खोजी गरिरहेको बताउनुभएको हो । 

हालै मात्र केही सञ्चार माध्यममा कृषि मन्त्रालयको नापी शाखाको प्रतिवेदनलाई हवाला दिएर चीनले सात जिल्लामा सीमा अतिक्रमण गरेको समाचार प्रकाशित भएको थियो । यसको कृषि मन्त्रालयले असार १० गते नै खण्डन गरेको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले चीनले सात स्थानमा नेपाली सीमा अतिक्रमण गरेको भनेर आएको समाचारको खण्डन पनि गर्नुभएको छ । 

उहाँले गोरखाको रुई गाउँ चीनले अतिक्रमण गरेको खबरको पनि खण्डन गर्नुभयो । उहाँका अनुसार दुई देशबीच औपचारिक सीमा निर्धारण हुनुअघि नै रुई र साना गाउँ लेकबेंसी जस्तो थियो । दुई देशले सीमा निर्धारण गरेपछि एक सय १० घर कुरियालाई कता बस्ने भनेर रोज्न दिएको बताउनुभयो । 

उहाँका अनुसार वि.सं. २०१६ चैत नौ गते भएको सीमा सम्झौता र २०१८ असोज १९ मा भएको सीमा सन्धिअनुसार ९८ वटा सीमा चिह्न बनेको छ । निकै विकट भएका कारण सीमा चिह्न ३७ र ३८ कोर्न सकिएको छैन । नेपाल, भारत र चीनको त्रिदेशीयबिन्दु तोक्न बाँकी छ । नेपाल र भारतको सीमा विवाद समाधान भएपछि त्रिदेशीय बिन्दु निर्धारण गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो । 

दुई देशबीच भएको सहमति अनुसार नेपाल चीन सीमामा जीपीएस जडान गर्न बाँकी रहेको भन्दै उहाँले यसबाहेक नेपाल चीन सीमामा अरू कुनै समस्या नरहेको स्पष्ट पार्नुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–भारत सीमा विवाद कूटनीतिक सम्वादबाटै समाधान गर्ने बताउनुभयो ।

यो इतिहासले गाँठो कसेर छोडेको विषय भएको तर अहिले सम्वादबाटै समाधान हुन्छ, गर्नुपर्छ र गर्न सकिन्छ भन्नेमा सरकार प्रष्ट रहेको उहाँको भनाइ छ । नेपाल र भारतबीच पछिल्लो समय लिम्पयाधुरा, कालापानी र लिपुलेकमा सीमा विवाद चर्किएको छ । 



गाईघाट १५ असार । रातो तारा डट कम,कृषि तथा पशुपंन्छी विकास मन्त्री घनश्याम भुसालले सरकारले कृषकलाई मलखाद, विँउ विजनमा धेरैभन्दा धेरै अनुदान दिने तयारी गरीरहेको वताएका छन् ।

१७ आँै धान दिवसको अवसरमा गाइघाट आइपुगेका मन्त्री भुसालले त्रियुगा नगरपालिका वडानँम्बर १३ बहेडवास्थित साहारा कृषि सहकारीले सुरु गरेको चक्लाबन्दी खेतीको सोमबार उद्घाटन गर्दै कृषि क्षेत्रको दिगो विकासको लागि कृषकलाई दिँदै आएको अनुदानको क्षेत्र विस्तार गरीँदै लैजाने बताए ।

‘अहिले जुनरुपमा सरकारले किसानहरुलाई दिने गरेको अनुदान प¥र्यात छैन हरेक क्षेत्रमा अनुदानको दायरा  वढाएर लगे मात्र कृषि क्षेत्रकोले फड्को मार्न सक्छ ।’ भुसाले भने,
मन्त्री भुसाले धान रोप्नु अगाडी नै यो बर्ष देखि धानको मुल्य तोकेर किसानलाइ राहात दिन खोजेको बताए । विगतमा धानको मुल्य साहुमाहाजनको हातमा हुन्यो । किसानले लगानी गरे अनुरुप धानको मुल्य कम पाउँथे तर त्यस्तो अवस्था नआउने उनले बताए । सरकारले अहिले धानको मुल्य तोकीसकेको छ । तोकेको मुल्यमा विक्री नभए सरकारले किसानको सबै धान खरिद गरिदिने उनले बताए ।

धान रोप्ने मेसिन नचल्दा मन्त्रीले रोप्न पाएनन
साहारा कृषि सहकारी संस्था लिमिटेडले मेसिनमार्फत धान रोक्ने कार्यक्रमको उद्घाटन गर्न मन्त्री भुसाललाई हिलाम्मे खेतमा लगेर मेसिनको स्वीच अन गर्न लगाएको थियो तर मेसिनले काम नगरेपछि मन्त्रीले धान रोप्न पाएनन् । 

उक्त मेसिन नचलेपछि कृषि प्राविधिकलाई किन नचलेको भनेपछि उनीहरुले कुनै जवाफ दिन सकेनन् । मन्त्री भुसालले केहीबेर कार्यक्रम स्थलमा बसेर फर्किएका थिए । 




काठमाण्डौ असार १५ गते । रातो तारा डट कम,बितेको २४ घण्टामा नेपालमा थप चार सय ७६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित जानकारीका क्रममा काठमाडौंका ६ जनासहित चार सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको हो । सङ्क्रमितमा एक सय १२ जना महिला र तीन सय ६४ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १३ हजार दुइ सय ४८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । बितेको २४ घण्टामा १३ महिला र एक सय आठ पुरुष गरी एक सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या तीन हजार एक सय ३४ पुगेको छ ।


बेलबारी । रातो तारा डट कम, बेलबारी नगरपालिकाले २ सय भन्दा बढि कृषकको निशुल्क माटो परिक्षण गरी दिएको छ । सोमवार नगरपालिकाले कृषि भुमि तथा सहकारी मन्त्रालयबाट बिज्ञहरुको टोलिनै बोलाएर माटो परिक्षण गराएको हो । 

ब्याबसायिक कृषिमा जोड दिनका लागि माटो परिक्षण गरीएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । माटोपरिक्षण नगरी खेति गर्दा वालिनालि नफस्टाउने जस्ता समस्या हुने गरेकोले परम्परा खेति भन्दा आधुनिक खेतिका लागि कृषकहरुलाई सहयोग गरेको नगर प्रमुख सुवेदीले बताउनु भयो । 

अमलियपना, नाइट्रोजन, फसफोरस ,पोटास तथा माटो लेपानि सोच्ने क्षमता परिक्षणको पिोटले ले देखाउछ बेलबारी नगरपालिका कृषि शाखाका प्रमुख बिनोद दाहालले भन्नु भयो त्यहि अनुसारको वालिनालि लगायो भने फस्टाउछ ।  

माटो परिक्षण गराउने कृषकहरुलागि नगरपालिकाले केहि महिना अघि सुचनानै जारी गरेर माटो मगाएको थियो । नगरपालिकाले प्रत्येक बर्ष माटो परिक्षण गराउने गरेको छ । 


विराटनगर, १५ असार । रातो तारा डट कम, प्रदेश १ मा आज १४ जना डिस्चार्ज भएका छन् । 

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापाका ६, मोरंगका ४, सुनसरीका ३ र पाँचथरका १ जना रहेका छन् । आज डिस्चार्ज हुनेमा विराटनगर १० की ८ महिने बालिका देखि ५४ वर्ष सम्मका रहेका छन् ।

 कोभिड उपचार केन्द्रमा जेठ २७ गतेदेखि असार ५ गते सम्म भर्ना भएकाहरु रहेको कोभिड १९ उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताउनुभयो । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ३ सय ९२ पुगेको छ । 

प्रदेश १ मा आज ७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा १ जना महिला, उदयपुरको ताप्लीका २ पुरुष, खोटाङ दिक्तेलका २ महिला र २ पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ सय ६७ पुगेको छ । 


मोरङ, असार १५ गते । रातो तारा डट कम,मोरङको कानेपोखरी गाउँपालिका-२ का ७३ बर्षीय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । आईतवार बेलुका ८ बजे देखी अचानक घरबाट निस्किएका बृद्ध आज बिहान ११ बजे घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अवस्थामा रहेको भनी आफन्तले जानकारी गराएसंगै ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ । 




झापा,असार-१५ गते । रातो तारा डट कम,झापाको गौरादह-४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका छन ।हिजो साझँ साढे ६ बजे कमलगाउँपालिका-५ लवडाँडा स्थित राजमार्गमा मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा आएका भण्डारीलाई चेकजाच गर्ने क्रममा उनको साथबाट २ ग्राम ९५  मिलिग्राम खैरोहिरोइन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


बिशेष सुराकका आधारमा लागुऔषध ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको हो । उनलाइ  लाका प्रहरी कार्यालय दमकमा राखी कानुनी कारबाही अगाडी बढाईएको छ ।


शिव भट्टराई,मोरङ असार १५ गते । रातो तारा डट कम,सुन्दरहरैचा नगरपालिकाले यस वर्ष धान दिवस सुन्दरहरैचाको वडा नं ११ का किसानहरु सँग मनाएको छ।सोमबार बिहान नगरप्रमुख,उपप्रमुख र वडाध्यक्ष सहितको टोलीले सुन्दरहरैचा स्थित बेलेपुरमा रहेको विराट एग्रो फार्मका कृषकहरु सँग धान दिवस अर्थात असार १५ मनाएको हो ।

धान दिवसमा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रशाद ढकालले खेतमा आँफै हलो जोतेर धान दिवसको उद्घाटन गरेका थिए भने उपप्रमुख धनामाया तमाङले धानको बिउ रोपेर कार्यक्रम उद्घाटन गरेकी थिईन ।उक्त कार्यक्रम   भने निरु बजगाईंले सञ्चालन गरेकी थिइन्।  

मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । 

कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।



काठमाण्डौ असार १५ गते । रातो तारा डट कम, आज राष्ट्रिय धान दिवस, कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमकाबीच पनि यस वर्ष राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सांकेतिक रुपमा मनाइने भएको छ । कृषि विभागले तयार पारेको मापदण्ड अनुसार मास्क र सेनिटाइजर अनिवार्य गरी दिवस मनाइने
छ । 

अघिल्ला वर्षमा एकअर्कामा हिलो छ्यापेर महोत्सव मनाइए पनि यो वर्ष भने हिलो खेल्न तथा छ्याप्न निषेध गरिएकोछ । कोरोना महामारीको समयमा संक्रमण फैलिन नदिन कृषि विभागले बनाएको रोपाइँ महोत्सवका लागि मापदण्ड नै तयार गरेको हो । भौतिक दुरी कायम गरेर सकेसम्म २५ जनामात्र सहभागी हुने र २५ भन्दा बढी सहभागी भए सहभागीबीच न्युनतम ६ फिट अर्थात २ मिटर दूरी कायम गर्नुपर्ने छ । 

काठमाडौं उपत्यकामा भने कृषि विभागले खुमलटारस्थित कृषि अनुसन्धान परिषद्को हातामा कार्यक्रम गर्ने
छ । कृषि अनुसन्धान परिषद् (नार्क) को खेतमा राष्ट्रिय धान दिवस गरेर रोपाइँको औपचारिक शुरुआत गरिनेसत्रौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मूल समारोह समितिका अध्यक्ष समेत रहनुभएका कृषि विभागका महानिर्देशक काञ्चनराज पाण्डेले सीआइएनलाई जानकारी दिनुभयो । 

नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ गतेको मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ गतेलाई ‘धान दिवस’ मनाउने निर्णय भएको थियो । त्यसै वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आएको छ । नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ ।

असार १० सम्म आइपुग्दा नेपालमा २० प्रतिशत धान रोपाइँ सकिएको छ । नेपालमा कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ । नेपालमा पुगनपुग १५ लाख हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिन्छ । तर, अझै पनि ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । 



काठमाण्डौ असार १५ गते । रातो तारा डट कम,सर्लाहीको धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योग रहेको क्षेत्रमा गएराती नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काँगे्रसका कार्यकर्ताबीचको झडपमा गोली चल्दा १५ जना भन्दा बढि घाईते भएका छन् । अन्नपूर्ण चिनी उद्योग क्षेत्रमा झडपमा गोली चल्दा १५ जना भन्दा बढि घाईते

घाईतेहरुको जिल्ला अस्तपाल मलङ्गवामा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो । झडप हुनुको वास्तविक कारण खुलिसकेको छैन । घटनामा संलग्नमध्ये एक जनालाई राती नै नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार घटनास्थलको अवस्था अहिले सामान्य छ । धनकौल क्षेत्रमा चिनी मिलको भुक्तानिको विषयमा नेकपा र काँगे्रसका कार्यकर्ताबीच पटक–पटक विवाद भइरहेको छ । पछिल्लो पटक एक साताअघि सर्लाहीकै रामगनर गाउँपालिकामा नेकपाका एक कार्यकर्ताको हत्या भएपछि सो घटनालाई राजनीतिकरण गरी नेकपा र काँगे्रस कार्यकर्ताले एक अर्काविरुद्ध आन्दोलन गरिरहेका छन् । 


काठमाण्डौ असार १५ गते । रातो तारा डट कम,जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक गरेको छ । सवारी पास पाउन अबदेखि निवेदकले कार्यालयले जारी गरेको ढाँचा अनुसार निवेदन दिनुपर्नेछ । ढाँचामा यात्रुहरूको नाम, उमेर, स्थायी ठेगाना र सम्पर्क नम्बर लेख्नुपर्नेछ । जाने स्थान, जाने मिति, सवारी धनीको नाम, चालकको नाम पनि उल्लेख गर्नुपर्छ । निवेदनमा हुलाक टिकट टाँस्नु नपर्ने कार्यालयले जनाएको हो । कार्यालयले जारी गरेको ढाँचा सेवाग्राही आफैंले प्रिन्ट गरी निवेदनसहित दिनुपर्नेछ । ढाँचा कुनै स्टेशनरी पसलबाट प्रिन्ट गरी बेच्नु परेमा पाँच रूपैंयाँभन्दा बढी नलिन पनि कार्यालयले आग्रह गरेको छ । निवेदनका साथमा जानु पर्ने स्थानीय तहको सिफारिश वा यात्रा प्रयोजन खुल्ने कागजातको फोटो कपीसमेत समावेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।



काठमाण्डौ असार १५ गते । रातो तारा डट कम,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइने दाबी गर्नुभएको छ । मन्त्रालयमा आयोजित एसएमटी (सिनियर मेनेजमेन्ट टिम)को बैठकलाई हिजोसम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्षको सुरुबाटै काममा संक्रिय भएर लाग्ने बताउनुभएको हो । मन्त्रालयले विज्ञप्ति जारी गरेर बैठकबारे जानकारी दिएको हो । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइने भट्टराईलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ । उहाँले चालू वर्षमा सम्पन्न हुन बाँकी काम १५ दिनभित्र पूरा गरिसक्न पनि निर्देशन दिनुभएकोछ । साथै कोभिड–१९ का कारण बन्द रहेका सबै विमानस्थल सञ्चालन गर्ने गरी मापदण्डको पूर्वतयारी गर्न, होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि जारी भएको मापदण्ड कार्यान्वयन र अनुगमन गर्न पनि उहाँले सम्बन्धित महाशाखा र निकायप्रमुखलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।





काठमाण्डौ असार १५  गते । रातो तारा डट कम,नेपाली गीत संगीतको क्षेत्रमा समसामयिक विषयवस्तुमा रहेर मौलिक सिर्जना गर्ने क्रम बढ्दो मात्रामा रहेको छ । गायक रञ्जन थापा र गायिका रोजनिता थापाको आवाजमा ”मा¥यो नी कोरोना ले मा¥यो ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । समसामयिक विषयबस्तुलाई र समाज भित्रको बास्तविकलाई गीतमा ब्यक्त गरेको गायक रञ्जन ले बताए । मुलुक अफटयारोमा परेको अवस्थामा पनी अकुत सम्पती जम्मा गर्नेको विरुद्धमा गीतमा ब्यङग गरिएको छ । प्रतिक शाक्यको संगीत र प्रविण शाक्यको एरेन्ज गीतमा रहेको छ ।


बेलबारी असार १४ गते । रातो तारा डट कम, मोरङको बेलबारी नगरपालिकाले नगरपालिकाभित्रका किसानलाई मिनिटिलर तथा मकै छोडाउने थ्रेसर बितरण गरेको छ । कृषिलाई यान्त्रिकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न सहयोग गर्ने उदेश्यले कृषक तथा समुहलाई अनुदानमा औजार बितरण गरिएको हो ।

एक कार्यक्रमका विच कृषकहरुलाई नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले कृषकहरुलाई कृषि  औजार बितरण गरेका हुन । 
बेलबारी नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा नगरभित्रका १६ जनालाई मकैछोडाउने थ्रेसर मेसिन तथा ५ जनालाई मिनिटिलर बितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । नगरका विभिन्न वडाका कृषक समूह छनोट गरी खेतबारी जोत्ने मिनिट्रयाक्टर तथा थ्रेसर बितरण गरीएको हो । 

परम्परागत खेतिलाई आधुनिक खेतिमा रुपान्तरण गर्दै लगिएको नगर प्रमुख सुवेदीले बताउन भएको छ । केहि दिन अघि मात्रै सिचाइका लागि पानि तान्ने मोटरहरु नगरपालिकाले बितरण गरेको थियो ।


विराटनगर । रातो तारा डट कम, प्रादेशिक संचार प्रतिष्ठान प्रदेश १ को गठन प्रक्रियाको विषयमा नेपाल प्रेस युनियनले मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मुख्यमन्त्री राईसंग भेटघाट गरी युनियनका पदाधिकारीले प्रतिष्ठानमा समावेशी सहभागिता गराउन ध्यानाकर्षण गरेको हो ।

सरकारको मन्त्रिपरिषद् निर्णयबाट नियमावली बनेर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको अध्यक्षतामा प्रतिष्ठान गठन गर्ने सरकारले तयारी थालेको
छ । नेपाल युनियन प्रदेश युनियन प्रदेश १ र मोरङ जिल्ला कार्यसमितिले युनियनका तर्फबाट दुई जना सदस्यलाई प्रतिष्ठानमा स्थान दिन माग गरेको छ ।

युनियनका प्रदेश संयोजक लिलावल्लभ घिमिरेले मन्त्री नै अध्यक्ष रहनुभन्दा पनि पत्रकारिता क्षेत्रमा लामो समय काम गरी योगदान दिएकालाई स्थान दिंदा उचित हुने सुझवा दिदैं भने,“प्रतिष्ठान नै नभएको सन्दर्भमा मन्त्रीकै अध्यक्षतामा भएपनि बन्ने भयो यो नै खुशीको कुरा हो । हाम्रो विमति छैन तर प्रतिष्ठानलाई समावेशी बनाएर लैजानु पर्छ ।” नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष शेखर रेग्मीले प्रतिष्ठानलाई पत्रकारहरुको हितमा सक्रिय गराउनु पर्ने सुझाव दिए ।

सल्लाहकार शंकर खरेलले संचार क्षेत्रमा प्रदेश सरकारले प्रतिष्ठान बनाएर पत्रकारलाई विभिन्न कार्यक्रम र प्रशिक्षणमार्फत वृत्ति विकासमा गर्ने योगदानमा युनियनको समर्थन रहने बताए । युनियन मोरङका अध्यक्ष कुमार लुइँटेलले प्रदेश १ मा व्यवसायिक पत्रकारिताको विकासको लागि सरकारले प्रशिक्षण दिने र पत्रकार उपचार कोषमार्फत गर्ने सहयोग सकारात्मक भएको बताए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले संचारसंस्थाबाट हटाइएका पत्रकारको विषयमा खिसीट्युरी गर्ने गरी सामाजिक सञ्जालमा पोस्ट गरेको अभिव्यक्ति उपल्लो दर्जाको सरकारी व्यक्तिको लागि अशोभनीय भएको भन्दै मुख्यमन्त्री राईसंग क्षोभसमेत प्रकट गरेको छ ।
मुख्यमन्त्री राईले प्रदेश सरकार संकटमा परेका पत्रकारको साथमा रहने र प्रतिष्ठानलाई पनि व्यवसायिक पत्रकारिताको विकासको लागि अधिक से अधिक सक्रिय गराउने बताए । भने,“कोभिड १९ का कारण संचार क्षेत्रमा परेको असरबारे हामी जानकार छौं । प्रदेश १ सरकार संचारक्षेत्रलाई बचाउन संधै चिन्तित पनि छ ।

प्रतिष्ठानलाई समावेशी र सबैको प्रतिनिधित्व हुने बनाउने नै योजना छ ।” राईले कोभिड १९ को असरका कारण संकटमा परेका संचारक्षेत्र र व्यवसायिक पत्रकारको हितमा काम गर्ने बताए ।


फायल फोटो,
भोजपुर,असार १४ गते । रातो तारा डट कम,भोजपुरको अरुण गाउँपालिका-३ प्याउलीका कर्ण बहादुर कार्कीको घरमा आगलागी हुँदा अन्दाजी १५ लाख बराबरको क्षति भएको छ भने आगलागीमा परी १ बालिका घाईते भएकी छन् । आज दिउँसो साढे १ बजेको समयमा कार्कीको घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा निजको टिनको छानो भएको कच्ची घर र घर भित्र रहेका खाद्यान्न, नगद तथा लत्ता कपडा लगाएत सम्पुर्ण समान जलेर नष्ट हुँदा करिव १५ लाख बराबरको क्षति भएको हो । सो आगलागीमा परी कार्कीको  ३ बर्षीया नातिति बिष्णु माया कार्की घाईते भएकी छन् । घाईतेलाई उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ भने उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो पौने ३ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।



काठमाडौ असार १४ ।  रातो तारा डट कम,गायिका श्रीषा कुवँर को आवाजमा रहेको कभर गीत ‘के यो माया हो ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमाण्टिक भर्सनको यो गीत साँचो माया प्रेममा डुबिरहेका प्रेमिल जोडीको कथा बस्तुमा आधारित छ । प्रेमीहरु एक अर्का को साथ् बिना कति अधुरो छ भन्ने कुरा गितले बोलेको छ । आफनो मायालुको यादमा जिवन समपर्ण गर्नको लागी आफु तडपिएको कुरा गीतमा गरिएको छ  । सो गीतमा हकुलेश बस्नेतको आवाज रहेको छ  ।

तुला पर्वतको छायाँकन ,सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतमा  चोखो माया गर्ने जोडीका लागि बनेको गीतमा प्रेम र रोमान्सलाई आकर्षक रुपमा समेटिएको छ  । गीतको मर्म अनुसारको अभिनय तथा शारिरिक प्रस्तुती गायिका श्रीषाले गरेकी छन  । गीतको भिडियोलाई वाइड स्कृन मिडियाले बजार ब्यावस्थापन गरेको छ  ।

कभर गीत <strong>‘के योे माया हो ’ </strong>गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/xw2F69mJ4BE" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>


काठमाण्डौ असार १४ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको प्रतिनिधि मण्डलले आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विभिन्न सुझावहरु पेश गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष दिलिप थापा मगर, महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल र रेम विश्वकर्मासहितको प्रतिनिधि मण्डलले मन्त्रालयका  निमित्त सचिव राधिका अर्याललाई भेटी ६ बुँदे सुझावसहित महासंघले तयार पारेको नेपाल सार्वजनिक सेवा प्रसारण विद्येयक मस्यौदा र आम सञ्चार विद्येयक मस्यौदा हस्तान्तरण गरेको छ । 

कोरोना सक्रमणको यस अवधिमा केही सञ्चारगृहमा श्रमजीवी पत्रकारहरुलाई दवावपूर्ण वेतलबी विदामा राख्ने, पाउनुपर्ने पारिश्रमिक नियमित भुक्तानी नगर्ने तथा काम गर्ने वातावरण नवनाउने तथा मिडिया हाउस बन्द गरेर श्रमजीवी पत्रकारलाई विचल्ली पार्ने जस्ता समस्या देखिएको जनाउँदै महासंघले यसलाई तत्काल रोकी श्रमजीवी पत्रकार ऐन र नियमावली बमोजिम सेवा सुविधा उपलब्ध गराउन आवश्यक पहलका लागि मन्त्रालयलाई आग्रह गरेको छ ।




काठमाण्डौं,असार १४ । रातो तारा डट कम, विजी बर्मा फिल्मसको व्यानरमा निमार्ण भएको छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक भएको छ । समसामयिक विषयबस्तुमा तयार पारिएको छोटकबो फिल्ममा राष्ट्रिय सम्पादाको सरक्षण र समाजमा व्याप्त विकृतिलाई सफल रुपमा प्रस्तुत गरिएको छ । फिल्ममा किशोर खतिवडाको लेखन, पटकथा तथा निर्देशन रहेको छ । फिल्मको निमार्ता कला राई  रहेकी छन । विभिन्न सफल ब्यानरमा निमार्ण भएका चलचित्रमा आफनो छुटटै अभिनय कला प्रस्तुत गरेका नायक किशोर खतिवडाको यसमा विशेष भुमीका रहेको छ  ।  फिल्ममा  राजन मर्हजन, मिलन तामाङ ,निशान स्यानताङ पुर्ण ,माया थिङ,क्षितिज लामा , राजु स्यान्ताङ, अमर थिङ ”जङगे श्री माया बोम्जन , विपना तामाङ ” अभिनय रहेको छ ।  दिवश गुरुङको छायाँकन तथा कमल खालिङको सम्पादन सो भिडियोमा रहेको छ  ।


उदयपुर, असार १४ गते । रातो तारा डट कम,उदयपुरको चौदण्डीगढी नगरपालिका-५ खोरिया बस्तिका १८ बर्षीय दिपेश मगरको चट्याङको आवाजले बेहोश भएर  मृत्यु भएको छ । शनिवार दिउँसो ४ बजेको समयमा आफ्नै खेतमा काम गरिरहेको अवस्थामा नजिकै परेको चट्याङको आवाजले बेहोश भएका मगरलाई उपचारको लागी धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा राती पौने ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।


शिव भट्टराई,मोरङ असार  १४ गते । रातो तारा डट कम,प्रदेश नं १ का सांसद राज कुमार ओझाले आफ्नो मोरङ क्षेत्र नं ३ ख को विकासको कार्यको अनुगमन गरेका छन । आफुले छनौट गरेका विकासका कार्यहरु के कसरी सम्पन्न भई रहेको बुझ्न शनिबार उनले स्थानिय तहका जनप्रतिनिधी सहितको टोली र नेकपाका नेताहरुको सयुक्त टोलीमा अनुगमन गरेका हुन्।

प्रदेश सांसद ओझाको क्षेत्रमा दुई स्थानिय तह पर्दछ । बेलबारी नगरपालिका र सुन्दरहरैचा नगरपालिका पर्ने उनको क्षेत्रमा आज शनिबार उनले सुन्दरहरैचा नगरपालिकाको वडा नं १०, ११, ०९ र ०८ मा भईरहेको तथा सम्पन्न भईसकेको विकासको कार्यहरुको अनुगमन गरेका थिए ।

अनुगमनमा सुनदरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तमाङ, सुन्दरहरैचा नगरपालिका वडा नं १२ का वडाध्यक्ष रोशन प्रशाद ढकाल, सुन्दरहरैचा नगरपालिका वडा नं ११ का वडाध्यक्ष विशनलाल चौधरी, सुन्दरहरैचा नगरपालिका वडा नं १० का वडाध्यक्ष राजेश बहादुर थापा,नेकपा सुन्दरहरैचा नगरपालिकाका संयोजक केदार गुरागाई, नेकपाका नेता नवराज चापागाई, मातृका प्रशाद ढकाल,नेकपा पार्टी प्रदेश कमिटी सदस्य लक्ष्मी फुयाल, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
मोरङ क्षेत्र नं ३ का प्रतिनिधि सांसद भानुभक्त ढकाल हाल स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका छन । स्वास्थ्य मन्त्री रहेका ढकाल मन्त्रालयको कार्यभार का कारण क्षेत्र आउन नसकेका कारण पनि प्रदेश सांसद ओझाले संघको योजनामा परेका विकासका कार्यहरुको समेत अनुगमन गरेका थिए ।

ओझाले शनिबार आफ्नो निर्वाचन क्षेत्रमा ०७ करोड भन्दा बढीको योजना अनुगमन गरेका हुन ।

कुन कुन योजनामा ओझा पुगे ?

सुन्दरहरैंचा नगरपालिका वडा नं १०
 नवोदय मार्गमा टायल, ११ लाख, राजकुमार ओझा सांसद विकास कोष । भानुमार्ग देखी उत्तर सयपत्री मार्ग एजिङ ग्राभेल, ४९ लाख, प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय ।

गैरीटोल हुँदै बासुकी ताल जाने बाटो एजिङ ग्राभेल, १० लाख, राजकुमार ओझा सांसद विकास कोष ।
बासुकी रिचार्ज पाउण्ड निर्माण (ताल), प्रदेश सरकार पर्यटन, ५० लाख ।

बाघझोडा-विश्वबिधालय जाने बाटो कालोपत्रे, प्रदेश सरकार भौतिक, ५० लाख ।

हरैंचामोड उत्तर हुँदै वरपिपल चौक जाने बाटो कालोपत्रे, ६७ लाख, भानुभक्त ढकाल सांसद विकास कोष ।
सुकुना खोला तटबन्धन, २५ लाख, तराई मधेस समृद्धि कार्यक्रम । हेभेन लिपात भवन निर्माण, १० लाख, राजकुमार ओझा सांसद विकास कोष ।

उपमन्यु धर्मशाला निर्माण, २० लाख, भानुभक्त ढकाल सांसद विकास कोष ।
गौरी शंकर मन्दिर सामुदायिक भवन, ३० लाख, प्रदेश सरकार भौतिक ।
मुनालचोक हुँदै संगम मार्ग जाने बाटो एजिङ, १० लाख, राजकुमार ओझा सांसद विकास कोष ।
चण्डेश्वरी स्कुल, ७ लाख, प्रदेश सरकार सामाजिक ।
रिन्छेन छ्योलिङ बौद्ध गुम्बा, १० लाख, राजकुमार ओझा सांसद विकास कोष ।
आदिवासी जनजाती भवन, १० लाख, प्रदेश सरकार ।

सुन्दरहरैचा नगरपालिका वडा नं ८ मा आरती सामुदायिक भवन, १५ लाख

सुन्दरहरैचा नगरपालिका वडा नं ९
कालीमन्दिर निर्माण तथा मर्मत, ६ लाख, राजकुमार ओझा सांसद विकास कोष ।
बुधबारे आइतबारे खण्ड कालोपत्रे, १५ लाख, राजकुमार ओझा सांसद विकास कोष ।
बुधबारे बजार टहरा निर्माण, ४० लाख, तराई मधेस समृद्धि कार्यक्रम।
खदम जुडि सिचाई योजना, १ करोड पचहत्तर लाख, प्रदेश सरकार सिचाई डिभिजन ।
जनता मा.वि. भवन निर्माण, १० लाख, भानुभक्त ढकाल ।

सुन्दरहरैंचा नगरपालिका वडा नं ११
जयनगर कर्जुना ढल निर्माण, १ करोड, प्रदेश सरकार ।
त्रिपुरेश्वर मन्दिर शौचालय निर्माण, ५ लाख, राजकुमार ओझा सांसद विकास कोष ।


काठमाण्डौ असार १४ गते । रातो तारा डट कम,जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रदेश १,  प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५ का एक÷दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । आज राति देशका सबै प्रदेशहरूमा  सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र प्रदेश १, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । 

देशका अधिकांश ठाउँमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले त्यो क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् । 


काठमाण्डौ असार १४ गते । रातो तारा डट कम,नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि काँग्रेसले यसबारेमा पनि छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको उपसभापति विमलेन्द्र निधिले बताउनुभयो । 

काँग्रेसले १४ औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको अवस्थामा कोरोनाको प्रकोप भित्रिएको थियो । त्यसपछि भने काँग्रेसले पार्टीका सबै गतिविधिलाई स्थगित गरेको थियो । 



काठमाण्डौ असार १४ गते । रातो तारा डट कम, ईलाका प्रहरी कार्यालय ईटहरीमा CDR शाखा स्थापना भए पश्चात बिभिन्न मितिमा मानिसहरुका हराएका तथा चोरी भएको मोबाईलहरुको निबेदन परी CDR शाखाबाट खोज तलास भएको  थियोे ।

अनुसन्धान क्रममा हाल सम्म बिभिन्न ब्राण्डका अ,मुल्य रू ५५,८६,५२०।९ (पचपन्न लाख छ्यासी हजार पाँचसय विस) बराबरको २३१ (दुई सय एकतिस) थान मोवाईल सेटहरु सम्बन्धित धनिलाई बुझाई यस भन्दा अगाडि नै बुझाई सकिएको र खोज तलासकै क्रममा हाल सम्म फेला परेका बिभिन्न ब्राण्डका निम्नानुसारका ४५ थान मोवाईल सेटहरु आज तपशिलमा उल्लेखित सम्बन्धित मोवाईल धनिहरुलाई बुझाईएको हो ।

उक्त ४५ (पैतालिस) थान मोवाईलको मुल्य अ।रू १०,३८,१००।९ (दश लाख अढतिस हजार एक सय) रहेकाछे ।


काठमाण्डौ असार १४ गते । रातो तारा डट कम,उदयपुरमा लागूऔषधका फरार प्रतिवादी करिव सात वर्षपछि पक्राउ परेका छन् । लागू औषधमा फरार प्रतिवादी त्रियुगा नगरपालिका ७ हाल त्रियुगा नगरपालिका ३ बस्ने २७ वर्षका राजकुमार चौधरीलाई करिब ७ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी भिम प्रसाद दाहालले बताउनुभयो । प्रतिवादी चौधरीले २०७० साउन ४ गते घर कोठामा लुकाई छिपाई राखेको लागूऔषध नाईट्रजान ट्याबलेट १ हजार ७ सय, कोरेक्स ५ बोतल र गाँजा ३ सय ग्राम बरामद भएपछि वारदात स्थलबाटै फरार रहेका थिए । फरार प्रतिवादीलाई निजकै घरबाट पक्राउ गरी लागू औषध मुद्दामा अनुसनधान भई रहेको प्रहरीले जनाएको छ ।


काठमाण्डौ असार १४ गते । रातो तारा डट कम,बाराको निजगढ नगरपालिका लगायत आसपासका क्षेत्रमा सलह किरा देखिन थालेको छ । निजगढको लाल रतनपुरी क्षेत्र र मकवानपुरको बकैया—१ महादेवमा हजारौंको संख्यामा सलह किराका समुह देखिएको स्थानियले बताएका छन् । निजगढ नगरपालिकाको वडा नं ७, ८, ९ ,१०, ११, १२, १३ तथा वडा नं १ सिंगौलको पूर्वी सीमा रौतहटको भोलन्टार, इपिलवस्ति, अरुणबस्ति लमाहा हुदै गुजरा नगरपालिकाको कटानी बजारमा समेत आज बिहानै आकाशमा सलह किराका समुह देखिएको हो । हजारौंको संख्यामा आएको सलह किरा मकै बालीमा बसेकोले मकै सखाप पार्न सक्ने भन्दै स्थानीय किसान चिन्तित बनेका छन् ।






तेजेन्द्र भण्डारीस्वतन्त्र पत्रकार बिराटनगर । कृषि समचार, बिराटनगर असार १४ गते । रातो तारा डट कम, काउलि खेती–लागातार वर्षाका कारण बिराटनगर नजिकैको कटहरी गाउँपालिकाका विभिन्न ठाउमा लगाइएको लाखौ रुपयाँ वारावरको तरकारी र काउली, खेतवारीमै कुहिन थालेको छ । वर्षाका कारण विक्रि गर्न नपाएर तरकारी कुहिन थाले पछि किसानहरुले गुनासो गर्न थालेका छन ।

दिनहु जसो वर्षा हुँदा विक्रि गर्ने अवस्थामा रहेको वढी जसो काउली ,टमाटर र अन्य तरकारी वारिमै कुहिएको किसानको भनाई रहेको छ । कटहरीमा धेरैले तरकारी खेती गर्दै आएका भए पनि सरकारले त्यति कृषकहरुलाई सहयोगी हात बढाएको भने पाइएको छैन । अहिले निरन्तरताको वर्षाका कारण विक्रि गर्ने समयकोे काउली तरकारी कुहिए पछि पछि किसानले गुनासो गरेका छन ।

किसानहरु काउली गाईगोरुलाई खुवाउनुका साथै खेतवारीमा छोड्न थालेका छन। वर्षाका कारण काउली कुहिन थालेपछि अन्य अन्नवाली लगाउन छोडेर तरकारी खेतीगर्न थालेका यहाका किसान निरास वनेका छन ।
वर्षाले भिजेको काउली लाई पुर्ण रुपमा सुकाएर मात्रै व्यापारीले किन्ने भएकाले वर्षा निरन्तर भईरहेकाले खेतवारी वाट काउली विक्रि गर्न नसकेको समेत किसानको भनाई रहेको छ । 

साथै काउलीको उत्पादन अत्याधिक भएकाले वजार मुल्य पनि पाउन नसकेको किसाने वताएका छन । वर्षात अघि काउलिको मुल्य ४० रुपया प्रति किलो रहेको काउलिको मुल्य भने अहिले किसानहरुले काउली प्रति किलो ५०,६० रुपैंयाँमा विक्रि गर्ने गरेका छन । लगातार वर्षातका कारण गोलभेडा, भने बारीमै  कुहिए पछि किसान चिन्तित भएका हुन ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.