Websoft University
October 2021


 बिराटनगर । रातो तारा डट कम,  खुल्ला भलिबल प्रतियोगितामा ६ टिमले सहभागिता जनाउने निश्चित

आयोजक भन्छन्– प्रतियोगितालाई भव्य बनाउन कुनै कसर बाँकी राख्दैनौं

अष्ट्रिया (तिरोल) ÷ नेपाली युरोपियन खेलकुद संघ (एनइएससी)को आयोजनामा हुने खुल्ला भलिबल प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाउने निश्चित भएको छ । 

आगामी नोभेम्वर ७ तारिखमा अष्ट्रियामा हुने खुल्ला भलिबल प्रतियोगिताका लागि टिमको टुंगो लागेको संघका अध्यक्ष दिलकुमार घमालले जानकारी दिए । घमालका अनुसार द एभरेष्ट क्लब, नेपाली युथ अष्ट्रिया,  एनईएससी, एनआरएनए एलसीसी लिन्ज, साल्ब्रुग भलिबल क्लब, धौलागिरी चेक रिपब्लिक र एनएफटी म्युनिक जर्मनीले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको हो । एभरेष्ट क्लबबाट खिम कार्की, सुरेन्द्र प्रसाईं, गणेश थापा, झविन्द्रप्रसाद अर्याल, राजु सिलवाल, सूर्य लामा, रोशन तामाङ, प्रकाश खनाल, लक्ष्मण भुजेल र महेन्द्र ढकालले खेल्दा नेपाली युथ अष्ट्रियाबाट किरण श्रेष्ठ, गोविन्द छन्त्याल, ओमप्रकाश मगर, केडी भट्ट, लोकबहादुर श्रेष्ठ, थार भण्डारी, इन्द्र केसी सन्तोष भेटवाल र दिनेश बैदवार मैदान उत्रिनेछन् । टिमको म्यानेजरका रुपमा रोन्नी गुरुङ र कोचमा कुमिर घर्ती मगर रहेका छन् । नेपाली युरोपियन खेलकुद संघ (एनइएससी)ले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको टिमको नामावलीअनुसार एनआरएनए एलसीसी लिन्ज, साल्ब्रुग भलिबल क्लबबाट इन्द्र छन्त्याल, सुमन विश्वकर्मा, निखिल मण्डल, अमित थापा, दीपक बस्नेत, नरबहादुर फगामी, साजन फगामी, उदय घिसिङ र यामनारायण मानन्धरले टिमको जितका लागि प्रतिस्पर्धा गर्नेछन् । आयोजक एनईएससीबाट अंग कामी शेर्पा, दिलकुमार घमाल, प्रेम रसाइली, रोहित सुनार, ख्याम विश्वकर्मा, एलविन हुमान, गार टेम्बा शेर्पा, राजु विश्वकर्मा र टेकराज क्षेत्रीले मैदानमा उत्रिनेछन् । 

त्यसैगरी धौलागिरी चेक रिपब्लिकबाट सुजन देवकोटा, रोशन खड्का, दीपेन्द्र साहनी, टीका महतो, सन्तोष मगर, दिलबहादुर बस्नेत, दीपेन्द्र महतो र त्रिलोकसिंह धामीले खेल्दा एनएफटी म्युनिख जर्मनी क्लबबाट अन्जल अधिकारी, सुमनजंग पाण्डे, रामकृष्ण थापा, प्रवेश पौडेल, विष्णु कोइराला, निरा गुरुङ र सागर धितालले खेल्नेछन् । 

युरोपमा बस्ने नेपालीबीच भाइचारा अभिवृद्धि र स्वास्थ्य जीवनका लागि सचेतना जगाउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको तयारीसमेत अन्तिम चरणमा पुगेको संघका सल्लाहकार अंग शेर्पाले जानकारी दिए । प्रतियोगिताको विजेताले १ हजार युरोसहित प्रमाणपत्र, मेडल र ट्रफी तथा उपविजेताले ३ सय युरोका साथै प्रमाणपत्र, मेडलसहित ट्रफी पाउनेछन् । प्रतियोगिताका तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष घमालले बताए । “पहिलोपटक भएकाले सानातिना केही कमीकमजोरी होला तर प्रतियोगितालाई भव्य बनाउन हामीले कुनै कसर बाँकी राखेका छैनौं,” घमालले थपे, “युरोपका विभिन्नठाउँबाट हामीलाई हौसलाप्राप्तभइरहेकोछ ।” 



बिराटनगर ।  जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत प्रहरी कार्यालयहरूले विभिन्न मितिमा अवैध रूपमा लुकाई छिपाई भारतबाट नेपालतर्फ भित्र्याउने क्रममा बरामद गरिएको अन्दाजी ३,३४,८००। तीनलाख चौतिस हजार आठसय बराबरको पटकाहरू स्थानिय प्रतिनिधीको रोहवरमा आज मिति २०७८।०७।१४ गते जिल्ला प्रहरी कार्यालय मोरङको कम्पाउण्ड भित्र नष्ट गरिएको छ ।


 


श्याम राई÷उदयपुर  गाईघाट, १४ कार्तिक। सुन सफाई गर्ने वहानामा ठगी गर्ने दुई भारतीय पक्राऊ परेकाछन् ।

त्रियुगा नगरपाकिा–४ वगाहास्थीत तारा वहादुर राईकी छोरी कमलाको सुनको सिक्री सफा गर्ने भन्दै आधा तोला सुन चोरी गरेको अभियोगमा भारतको विहार सहरसाका ४५ वर्षिय अरुण साह र विहार सुपौलका ३० वर्षिय हरिराम साहलाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीेले आईतबार पत्रकार सम्मेलन मार्फत भारतीय ठगहरुलाई सार्वजनिक गरेको हो ।‘ सुन सफागरि टल्काउने भन्दै आरोपीतहरु राईको घरमा शुक्रबार पुगेकारहेछन् । उनीहरुले कमलाले लगाएको एक तोलाको सुनको सिक्री सफा गर्दै गर्दा केमिकल लगाएर आधा तोला जति पगालेर निकालेको देखियो ।’ सूचना अधिकारी डिएसपी वेद प्रसाद गौतमले बताए ।

सुन सफा गरिसकेपछि तत्काल हेर्न नहुने भन्दै ठगहरुले झुक्काएका थिए । सफा गरेर दिएको केही बेरमा सुनको परिणाम घटेको देखेपछि पिडितले प्रहरीमाउजुरी दिएका थिए । तिन दिनको प्रयासपछि प्रहरीले शनीबार उनीहरुलाई पक्राऊ गरेको हो । उनीहरुको साथबाट केही टुक्रा सुन, पिताम्बर, सुन सफा गर्ने सामाग्री, एसिड लगायतका सामाग्री बरामद गरिएको छ । पक्राऊ गरिएकाहरुले अरु सर्वसाधरणहरुलाई समेत ठगी गरेको हुन सक्ने आशंकामा प्रहरीले आईतबार जिल्ला अदालत उदयपुरबाट दश दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।





  


विराटनगर, १४ कात्तिक । प्रदेश १ को स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको प्रदेश १ स्तरिय बार्षिक समीक्षा गोष्ठि आजदेखि विराटनगरमा शुरु भएको छ ।  

तीन दिन चल्ने समीक्षा कार्यक्रममा प्रदेश जनस्वास्थ्यको सेवा प्रवाह, प्रदेश स्वास्थ्य उपचारात्मक सेवा प्रवाह र प्रदेश आयुर्वेद सेवा प्रवाहका विषयमा प्रस्तुतीकरण र छलफल हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञाबहादुर वस्नेतले जानकारी दिनुभयो । 

आजको कार्यक्रममा स्वास्थ्य कार्यालयहरुको जिल्लागत प्रस्तुतीकरण र छलफल कार्यक्रम गरिएको निर्देशक वस्नेतले बताउनुभयो । उहाँका अनुसार सोमबार जिल्ला अस्पतालहरुको प्रस्तुतीकरण, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर महानगरपालिका लगायत विभिन्न निकायको प्रस्तुती करण हुनेछ । 

मंगलबार १४ जिल्लाका आयुर्वेद कार्यालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा विभागको प्रस्तुती रहने निर्देशक बस्नेतले बताउनुभयो । समीक्षा कार्यक्रमको अन्तिम दिन गुणस्तरिय आयुर्वेद सेवा प्रदान गर्न प्रदेश र स्थानीय तहवीच समन्वय र सहकार्य संवन्धि अन्र्तक्रिया कार्यक्रम पनि हुने बताईएको छ । 




 


बिराटनगर १४ कार्तिक। मौसममा आएको अप्रत्यासित बदलावका कारण गएको कार्तिक १ देखि ३ गतेसम्म परेको अविरल बर्षाका कारण आएको बाढिबाट सुनसरी–मोरङ, विराटनगर–कटहरी औद्योगिक करिडोरका उत्पादनमूलक उद्योग प्रतिष्ठानहरुमा परेको प्रभाव र क्षतिका सम्वन्धमा उद्योग संगठन मोरङले विवरण संकलन गरि बाढि पछिको प्रभाव मूल्याङ्कन प्रतिवेदन २०७८ तयार गरि आज मिति २०७८ कार्तिक १४ गते सार्वजनिक गरेको छ ।   

सरोकारवाला निकायहरुको सहभागितामा भएको कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले विकास निर्माणका कार्यगर्दा स्थानीय स्तरमा विषेश गरि उद्योग व्यवसायमा पर्ने प्रभावलाई केन्द्रमा राखी गर्नुपर्ने धारणा राख्दै प्राकृतिक प्रकोपबाट उद्योगमा हुने क्षतिको न्युनिकरणका लागी सरोकारवाला निकायको ध्यानाकृष्ट गर्ने उद्देश्यका साथ वाढी पछिको प्रभाव मूल्यांकन गरिएको वताए । 

मोरङका प्रमुख जिल्ला अधिकारी कोषराज दाहालले पूर्वाधार निर्माणको क्रममा अध्ययन, विश्लेशणका साथै सम्वन्धित पक्षका साथ गहन छलफल गरी निर्माण कार्यलाई व्यवस्थित गर्नुपर्ने वताउदै आफनो क्षेत्रमा भईरहेको निर्माणका सम्वन्धमा नागरिकले पनि सम्वन्धित पक्षलाई खवरदारी गनुपर्ने धारणा व्यक्त गरे । 

सुनसरी–मोरङ, विराटनगर–कटहरी औद्योगिक करिडोरका उद्योगीहरुले अप्रत्याशित रुपमा आएको वाढीले उद्योग÷व्यवसायलाई पारेको क्षतिलाई राज्यले गम्भीर रुपमा लिई आगामी दिनमा सम्वन्धित सबै सरोकारवाला निकायहरुले पूर्वाधार निर्माणको क्रममा स्थानीय स्तरमा छलफल गरी योजना वनाउनु पर्ने विचार राखे । 

प्रतिवेदनको सारांश

बाढि पश्चाता तत्काल उद्योग संगठन मोरङले पहलकदमी लिई स्थलगत अवलोकन तथा अनलाईन मार्फत तथ्याकं सकलन गरेको थियो । संगठनमा आवद्ध उद्यमीहरुसंग विवरण माग गरिएकोमा ४१ वटा प्रभावित उद्योगहरुबाट विवरण प्राप्त भएको छ । ४१ वटा उद्योगमा रु २ अरब सढ्चालिस करोडको उनानब्बे लाख आठ हजार बराबरको क्षति भएको छ । जसमध्ये मेशिन औजारमा अनठानब्बे करोड शत्र लाख अठार हजार, कच्चा मालवस्तुमा एकहत्तर करोड पच्चिस लाख सत्तरी हजार, तयारी वस्तुमा छयत्तर करोड चार लाख पाँच हजार र सरसफाई तथा फोहोर व्यवस्थापनमा एक करोड एकहत्तर लाख पैसाठ्ी हजार रुपैया बराबरको क्षति भएको छ । (हेर्नुहोस चित्र नं १) 

त्यसैगरि, बाढी र डुबानका कारण उद्योग बन्द भई उत्पादन प्रकृया अवरुद्ध हुदा स्थिर खर्च, प्रशासनिक खर्च लगायतका खर्चहरु, उत्पादनको अवसरमुल्य तथा बजार श्रृङ्खला टुट्न गई थप ठुलो व्ययभार थपिएको छ । ४१ वटा उद्योगहरुको दैनिक प्रशासनिक खर्च करिब ५ करोडको हाराहारीमा रहेको छ । बाढिबाट प्रभावित उद्योगहरु मध्ये २७ वटा उद्योगहरु एक हप्तासम्म सञ्चालनमा आउन सकेनन भने ७ वटा उद्योगलाई अझै २ हप्ता लाग्ने र ३ वटा उद्योगहरुलाई ४ हप्ता र ४ वटा उद्योगहरुलाई पूर्ववत सञ्चालनमा आउन ४ हप्ताभन्दाबढि समय लाग्ने भएको यस हिसाबले थप हुने खर्च सहजै आँकलन गर्न सकिन्छ । (हेर्नुहोस चित्र नं २) 

सबै भन्दा बढि प्रभावित उद्योगहरुको बुढिगंगा गाउपालिकामा, त्यस पछि क्रमशः दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका, बिराटनगर महानगरपालिका र कटहरी गाउपालिकामा रहेको पाइएको छ । (हेर्नुहोस चित्र नं ३)  

विश्वव्यापी रुपमा मौसममा भएको परिर्वतन, वातावरण विनास आदिका कारण बेमौसमि विपत्तीहरुको सामाना गर्नु परिरहेको अवस्थामा कार्तिक महिनामा अप्रत्यासित रुपमा पानि पर्नु, केहि घण्टाको पानिले यो तहको क्षति तथा विनास गर्नु पक्कै पनि प्राकृतिक मात्रै नभएर मानव श्रृजित समस्या पनि हो । 


मानव श्रृजित यो समस्याको प्रमुख कारणमा अधिकाशं उद्योहरुबाट पानिको निकासको उचित प्रवन्ध नहुनु, पानि निकासको पहिले भएको संरचना बिनास गर्नु (जस्तो धरान बिराटनगर राजमार्गमा पूर्व पश्चिममा रहेका कल्भर्टहरु सबै छ लेनको बाटो बनाउदा हटाइनु), सडक लगायतका पूर्वाधार निर्माण गर्दा स्थानीय भौगोलिक अवस्थीति र स्थानीय आवाजलाई नजरअन्दाज गरिनु, सडक निर्माणमा अदुरदर्शिता लगायतका कारणहरुलाई प्रमुख रहेको पाइएको छ । 


निष्कर्ष तथा सुझावहरु 

१.बाढि व्यवस्थापन र क्षति न्यूनिकरणको एकिकृत योजना र प्रभावकारी संयन्त्र

 सुनसरी मोरङ कटहरी करिडोरका स्थानीय पालिकाहरु बिषेश गरि इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, बुढिगंगा गाउपालिका, बिराटनगर महानगरपालिका, कटहरी गाउपालिका, प्रदेश सरकार एवं संघिय सरकार तिनै तहको सरकार र सरोकारवाला सबै पक्ष बसि एकिकृत योजना बनाउनु पर्दछ । 

 वाढीबाट हुने क्षति न्यूनिकरणका सन्दर्भमा साझा चिन्ता र चासोको बिषय बनाई आगामी दिनमा आउन सक्ने यस प्रकारको बिपत्तीका लागी आजैबाट तयारी थालिनु पर्दछ । 


 त्यसैगरि, समग्ररुपमा यस क्षेत्रमा बाढि तथा डुबान अर्थात जलउत्पन्न प्रकोप नियन्त्रण लगायतको डेडिकेटेड संयन्त्र बनाईनु पर्दछ जस्ले जलउत्पन्न प्रकोपको पूर्व अनुमान, सुचना संप्रेषण र पूर्व तयारी र क्षति न्यूनिकरणमा काम गर्नु पर्दछ । 

२. सडक तथा पूर्वाधार निर्माण 

 सडक तथा पूर्वाधार निर्माण गर्दा हाल भएको कालो पत्रे हटाई उचाई नबढ्ने गरि बनाइनु पर्दछ । 

 यो क्षेत्र १०० बर्ष अघि देखिको औद्योगिक क्षेत्र भएकोले सडक बनाउदा उद्योगमा पर्ने प्रभाव, पानि निकासी को प्रवन्ध आदिलाई नजरअन्दाज गरिनु हुदैन ।

 ६ लेनको सडक र हुलाकी राजमार्ग निर्माण भइरहेकोमा उद्योगमा पर्न सक्ने जोखिम तथा क्षतिलाई नजरअन्दाज गरिएकोले यसलाई सच्चाइनु पर्दछ । 

 स्थानीय भौगोलिग अवस्था र स्थानीय आवाजलाई समायोजन गरि उचित प्रवन्ध तत्कालखोजिनुपर्दछ । यी सडकहरु पनि निकासको भरपर्दो व्यवस्था नगरिकन निर्माण कार्य अघि बढाउनु हुदैन । 

३.स्थानीय खोला, खोल्सा तथा नालाको व्यवस्थापन 

 हाल भएको पानि निकासको खोला नाला पर्याप्त नभएकाले साइज बढाउनुका साथै भएका खोला नालाहरु जस्तो ट्याङ्ग्रा तथा इटहरी दक्षिण आउने नालाहरुको उचित व्यवस्थापन गर्नुपर्दछ । 

४. बिपद पछिको विद्युत व्यवस्थापन

वाढीका कारण करिब ४० घण्टा विद्युत प्रणाली अवरुद्ध भई अन्धकारको अवस्था बन्यो नेपाल विद्युत प्राधिकरणको दुहबी मूख्य स्टेशनमा डुबानका कारण विद्युत शुचारु हुन सकेन । दुहबीको स्टेशन प्रत्येक वर्ष डुब्ने भएकाले दीर्घकालिन समाधान खोज्नुका साथै आगामी दिनमा बाढिका बेला विद्युत अवरुद्ध नहुने गरि व्यवस्थापन गर्नू पर्दछ । 


विराटनगर, १४ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण भएको छ । 

४४१ जनाको पीसीआर परीक्षण गर्दा ४६ र ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालउले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०, मोरङमा १३, सुनसरीमा १२ र संखुवासभामा १ जनामा संक्रमण देखिएको हो । 

झापाको गौरादहमा ४, अर्जुनधारा, कनकाई, भद्रपुर र विर्तामोडमा ३–३, दमक र मेचीनगरमा २–२, मोरङको विराटनगरमा ७, सुन्दरहरैचामा २, बुढीगंगा, ग्रामथान, लेटाङ र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ८, रामधुनी र इनरुवामा २–२ र संखुवासभाको खाँदबारीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४१ महिला र ४४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिला र एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




 श्याम राई÷उदयपुर गाईघाट, १४ कार्तिक।उदयपुरको लिम्चुङबुङ्ग गाउँपालिकाले संचालन गरेको महिला स्वास्थ्य शिविरमा पाठेघर खस्ने समस्या भएका ४१ जना विरामी भेटिएकाछन् ।

‘ महिलाको पाठेघर खस्ने समस्या, यौन रोगहरु तथा पाठेघरको क्यान्सर’ सम्बन्धि ५ दिने शिविरमा स्वास्थ्य चेकजाच गराउन आएका विरामीहरु मध्ये ४१ जनामा त्यस्तो समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख नौलशेर राईले बताए ।

‘उनीहरु रोग लुकाएर बसेका रहेछन् ।’ उनले भने । यस अघि स्वास्थ्य जाच कतै नगरेको उनीहरुले बताएको राईले बताए । लाज गालकै कारण चिकित्सक कहाँ नगएर उनीहरु विना उपचार घरमै बसेको पाईएको उनले बताए ।

पाठेघर खस्ने समस्या भएका ति महिलाहरुको रोगको जटिलता तेश्रो डिंग्रीमा पुगेकोले तत्काल अपरेशन गर्नु पर्ने महिला विकास शाखाका प्रमुख सुशिला सुब्बाले बताईन् । 

रोग लुकाएर बसेको कारणले गर्दानै उनीहरुको समस्या तेश्रो चरणमा पुगेको सुब्बाले बताईन् ।‘ अब विरामीको शल्यक्रिया गर्नु वाहेक अरु कुनै विकल्प छैन ।’ उनले भनिन् ।

गाउँपालिकाकी उपाध्यक्ष रमिला राईले सबै विरामीको जिल्ला अस्पताल उदयपुरसँग समन्वयगरि निशुल्क रुपमा अपरेशनको व्यवस्था मिलाईएको बताईन् । ‘ एक हप्ता भित्रै सबै विरामीको अपरेशन गर्ने तयारी गरेका छौ । विरामीलाई अस्पताल लान तयारी भैरहेको छ । उनले भनिन् ।

अस्पताल लान ल्याउन र शल्यक्रिया गर्न लाग्न सबै खर्चको व्यवस्था मिलाईएको गाउँपालिकाका लेखा अधिकृत ताराकिरण राईले बताए ।

गाउँपालिकाले सबै पाँचै वडाका महिलाहरुको लागि राखेको स्वास्थ्य शिविरमा २ सय ४५ जना महिलाले सेवा लिएका थिए । शिविर शनीबार सम्पन्न भएको थियो ।





 

काठमाडौ २०७८ कार्तिक १३ गते। रातो तारा डट कम,
पवित्रा दाहाल
काठमाडौं । कर्णाली जलश्रोत लिमिटेड (कार्जल) का अध्यक्ष लोकबहादुर रावतले अबको एक वर्षमा अपर चौरीखोला जलविद्युत आयोजनालाई सम्पन्न जानकारी गराएका छन् । राजधानीस्थित संवाद डबलीमा शनिबार सम्पन्न भएको कार्जलको सातौं साधारणसभा समक्ष प्रगति विवरण तथा आर्थिक आयव्यय विवरण पेश गर्दै अध्यक्ष रावतले कार्जल मुख्य कम्पनी रहेको चौरीखोला जलविद्युत आयोजनाको तीब्र गतिमा अगाडि बढिरहेको रावतले जानकारी गराए ।
अध्यक्ष रावतले गत साउन १५ मा कर्णाली जलस्रोत लिमिटेड माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि. र दुई सरकारी बैंक (राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक) ले संयुक्त लगानी गरेर वित्तिय व्यवस्थापन गर्ने सम्झौता भएपश्चात निर्माण कार्यले गति लिएको बताए । आफूहरुको झण्डै एक दशकको संघर्षपूर्ण यात्राले सफलताको दिशा पकडेको र अब जसरी भएपनि निर्धारित समयसीमा भित्र बत्ति बाल्ने चुनौती बाहेक अन्य समस्या नरहेको बताए ।
साधारणसभामा अध्यक्ष रावतले भने,“दुइओटा सरकारी बैंकहरुसँगको संयुक्त सम्झौताले आर्थिक समस्या हुँदैन । नेपाल विद्युत प्राधिकरणसँग पीपीए भएकाक कारण उत्पादन गरेको बिजुलीको मार्केटको पनि चिन्ता छैन, अनि लगानीकर्ताहरुको लगानी डुब्ने त कुरै भएन, बरु कार्जलको तर्फबाट लगानी गर्नुपर्ने हिस्सा भने अलि अप¥याप्त भयो, तपाईँहरुको संकटको घडिको साथ अमूल्य छ, त्यसका लागि धन्यवाद, अब लगानी थपेर सहयोगको अपेक्षा राख्छौं ।”
 काभ्रे र रामेछापको बीचमा रहेको चौरीखोलामा बन्न लागेको ६ मेगावाट आयोजनामा १ अर्ब १२ करोड कुल लागतमा निर्माण कार्य दु्रत गतिमा बनिरहेको छ, जसमा आयोजना कम्पनीले ३५ प्रतिशत र ६५ प्रतिशत लगानी दुई बैंकले गर्ने भएका छन् । ६५ प्रतिशतलाई सय प्रतिशत मानेर राष्ट्रिय वाणिज्य बैंकले ६० प्रतिशत र कृषि विकास बैंकले ४० प्रतिशत लगानी सम्झौता भएको थियो ।
कार्जलका कानुनी सल्लाहकार लालबहादुर बस्नेतले स्थापना कालदेखि नै आफू सँगै रहँदाको अनुभव सुनाउँदै भने,“सञ्चालकहरुको दृढ प्रतिबद्धता, विश्वसनियता, कार्यप्रति लगनशीलता, पारदर्शीताको परिणाम कार्जलको पहिलो प्रोजेक्ट अपर चौरीखोला आयोजना बन्ने निश्चित भएको छ, यो टिमसँग रहन पाउँदा गर्वको महशुस भएको छ ।” बस्नेतले कानुनीदेखि लगानीकर्ताहरुको लगानी सुरुक्षाको विश्वसनियताको बलियो वातावरण सबै समक्ष प्रष्ट भएकोले सम्पूर्ण शेयर धनीहरुलाई लगानी थप्न सुझाव समेत दिए ।
कार्जलका बोर्ड सदस्य भैरवबहादुर बोहोराले आफूह्रुले छिट्टै अपर चौंरीखोला आयोजना सम्पन्न गरि अन्य दुईओटा आयोजना बनाउने तयारीमा लागिसकेको बताए । साधारण सभामा सदस्य अमर नारायण मालीले शेयर धनीलाई स्वागत गर्दै ढुक्कसँग लगानी गर्न आग्रह गरे । साधारणसभामा कार्जल माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि.का अध्यक्ष जुद्धबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।

 


मोरङ, २०७८ कार्तिक १४ गते । मोरङको सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित पुर्व-पश्चिम राजमार्गमा लहरीको ठक्करबाट स्कुटी चालकको मृत्युको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ बर्षीय श्याम लिङ्खा रहेका छन् । हिजो बेलुका पौने ६ बजे पश्चिम आउदै गरेको BR 50 GA 0306 नम्बरको भारतिय लहरीले बिपरित दिशाबाट जादै गरेको को ३६ प २१७२ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुदाँ गम्भिर घाईते भएका लिङ्खाको घोपा धरानमा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको छ । ठक्कर दिने लहरी प्रहरी चौकीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय बेलाबरीले जनाएको छ ।


 ।


झापा, २०७८ कार्तिक १४ गते । झापा अर्जुन्धारा नगरपालिका ११ सालबारी स्थित चारआली शनिश्चरे सडक खण्डमा कालिखोलाको कल्वटमा मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक सोही स्थानका १८ बर्षीय कुसल दास रहेका छन् । हिजो राती साढे ९ बजे पश्चिम तर्फ जादै गरेको प्र १-०१-०१२ प ४३७४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कलवटमा ठोकीएर खोलामा झरी दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली खटि गई पानीमा डुवी बेहोस भएका दासलाई उपचारको लागी मनमोहन अस्पताल बिर्तामोड पठाईएकोथियो । अस्पताल पुर्‍याउन साथ उनको मृत्युभएकोछ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।


 शिव भट्टराई, मोरङ। नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नम्बर १ का सांसद् घनश्याम खतिवडाले नेकपा एमालेले मात्र विकास र समृद्धिको सपना पुरा गर्न सक्ने बताउनु भएको छ ।

मोरङको लेटाङमा आज नेकपा एमालेको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै नेता खतिवडाले वर्तमान सरकारले मन्त्रिमण्डल गठन गर्नै ३ महिना लगाएकाले यो सरकारबाट जनताले कुनै अपेक्षा नगरेको दावी गर्नुभयो । उहाँले यो

सरकारको काम अघिल्लो सरकारले गरेका विकासका योजनाहरुलाई खारेज गर्ने मात्र रहेको भन्दै देशको विकासका लागि नेकपा एमालेमा गोलबद्ध हुन सबैलाई आह्वान गर्नुभयो । उहाँले अब ताजा जनादेश लिएर नेकपा एमाले पुन सरकारमा जाने र देश विकासको अभिभारा पुरागरेरै छाड्ने दावीगर्नुभयो । उहाँले नेकपा एमालेलाई समाप्त पार्ने कार्यभार लिएर पार्टी फुटाएका माधव नेपाल आफैं समाप्त भएर जाने भन्दै घर जलाएर खरानी ताप्नेहरुले पछुताउनु पर्ने बताउनुभयो । 

कार्यक्रममा एमाले मोरङका उपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य रामलाल शाह, प्रदेश कमिटी सदस्य तथा पूर्वराज्यमन्त्री राजकुमार ओझा, प्रदेश कमिटी सदस्य डीपी राई, दहशेर राई, डिल्लीशर्मा अधिकारी, प्रदेश कमिटी सदस्य तथा एमाले लेटाङका पूर्वअध्यक्ष भूपेन्द्र लावती, लेटाङ नगर उपप्रमुख तथा अनेमसंघ प्रदेश कमिटी सदस्य कृष्णकुमारी निरौला लगायतले शुभकामना मन्तव्य राख्नुभयो । यसैगरि नगर अधिवेशनको अवसरमा नेकपा एमाले पार्टीमा योगदान पुर्याउने तथा भूमिगत कालमा नेता कार्यकर्तालाई संरक्षण गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा बालकृष्ण देवकोटा, चन्द्रप्रसाद गौतम, युवनाथ पौडेल, नेत्रकुमारी गौतम, अकलमान मगर, मानबहादुर बलम्पाकी, पर्शुराम खतिवडा, भीमा खतिवडा, हरिबहादुर माखिम मगर, रत्न घिमिरे, सावित्रा सुवेदी राईलाई दोसल्ला ओडाएर सम्मानपत्र सहित सम्मान गरिएको छ । सोही अवसरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दल परित्याग गरि १ दर्जन बढी नेकपा एमालेमा प्रवेश गरेका थिए । नगर अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नगर कमिटी अध्यक्षमा कृष्ण लुइँटेल र खगेन्द्र भण्डारीको दावेदारी रहेपनि सर्वसहमति जुटाएरै नगर कमिटी गठन गर्ने प्रयास भइरहेको सचिव डिल्ली विश्वकर्माले जानकारी दिनुभयो ।


 बिराटनगर । नेपाली कांग्रेस विराटनगर वडा नम्बर १२ ले प्रजातान्त्रिक आन्दोलनसँगै पार्टीको संगठन विस्तारमा योगदान पु¥याउने २० जना व्यक्तिलाई सम्मान गरेको हो । शुभदीपावली, छठ र नेपाल सम्वत्को अवसर पारेर विराट सामुदायिक भवनमा आयोजित कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याउने र कांग्रेसको संगठन विस्तारमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा अश्विनी अर्याल, अजयबहादुर वर्मा, वसन्तलाल राजवंशी, अमरलाल सरदार, सुमित्रा अधिकारी, उमानाथ ढुंगेल, केदारलाल कर्ण, राधा अधिकारी, दिनानाथ बन्जरा, तेत्रीदेवी महतोलाई सम्मान गरिएको थियो । त्यस्तै हरिकुमार मानन्धर, महेश दाहाल, सरस्वतीदेवी कुर्मी, मिश्रीलाल कामत, नन्दु मण्डल, जनक राई, फागु ऋषिदेव, दुर्गानन्द कामत, कृष्णबहादुर ओझा र नेवालाल सरदार पनि सम्मानित भएका छन् ।

उनीहरूलाई नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू, प्रदेश–१ संसदीय दलका प्रमुख सचेतक केदार कार्की, विराटनगरका मेयर भीम पराजुली, कांग्रेस वडा सभापति हरिनारायण यादवलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । अग्रजलाई सम्मान र युवा पुस्तालाई अवसर दिए मात्रै कांग्रेस वडा तहदेखि बलियो हुने देखेर सम्मान गरिएको वडा सभापति यादवले बताए । सम्मानित २० जना नै वडा नम्बर २ का बासिन्दा हुन् । उनीहरूले प्रजातान्त्रिक आन्दोलनसँगै कांग्रेसको संगठन विस्तारमा महत्वपूर्ण योगदान पु¥याएका कारण वडाभरिबाट छनौट गरेर सम्मान गरिएको कांग्रेसका वडासचिव ज्ञानेन्द्र खड्काले बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लिम्बूले आगामी निर्वाचनमा कांग्रेसलाई वडा तहदेखि नै जिताउने गरी अहिलेबाटै तयारीमा लाग्न आग्रह गरे । “कांग्रेसले जिते मात्रै जनतामा खुसी आउनेछ,” उनले भने, “कांग्रेसले नजितेकै कारण अहिले मुलुकमा राजनीतिक अस्थिरता देखिएको छ ।” कांग्रेसलाई बलियो बनाउन वडा तहदेखि नै संगठनलाई सशक्त बनाउनुपर्नेमा उनको जोड थियो । त्यस्तै प्रमुख सचेतक केदार कार्कीले आन्तरिक निर्वाचनमा भएको प्रतिस्पर्धालाई बिर्सिएर पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा मेयर पराजुलीले कांग्रेस बलियो भयो भने मात्रै लोकतन्त्र बलियो हुने विचार राखे । 

क्षेत्र नम्बर ६ का सभापति निरन्जन रिजालले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरे । पार्टीभित्र घातअन्तरघात अन्त्य हुने हो भने कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरे । कार्यक्रममा क्षेत्र नम्बर ६ ९ख० सभापति जितेन्द्र गोल्छा, प्रदेश सांसद विन्दिया कार्की, कांग्रेस विराटनगरका सभापति दीपक चापागाईं, सचिव झुमा निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 


 


विराटनगर १३ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण भएको छ । १९५ जनाको पीसीआर परीक्षण गर्दा ३३ र ९० जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११, झापा र सुनसरीमा १०–१०, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १०, रंगेलीमा १, झापाको भद्रपुरमा ४, मेचीनगर र स्थानीय तह नखुलेका २–२, विर्तामोड र बुद्धशान्तिमा १–१, सुनसरीको इटहरीमा ४, धरानमा ३, बर्जुमा २ र बराहक्षेत्रमा १, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा आज १०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४६ महिला र ५५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



 


सोलुखुम्बु२०७८ कार्तिक १३ गते । जिल्ला प्रहरी कार्यालय सोलु मातहतमा रहेको प्रहरी चौकी खुम्जुङको नवनिर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । 


चौकीको हाता भित्र आज बिहान भएको एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त नवनिर्मीत प्रहरी चौकी भवनको बिधिवत रुपमा उद्घाटन गर्नु भएको हो ।

१ करोड ६८ लाख ६४ हजार ३ सय ८४ रुपैयाँको लागतमा प्रहरी चौकी खुम्जुङको कार्यालय भवन, आवास, भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो ।

भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्नुहुँदै प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस बासको उचित ब्यबस्था भएसंगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला मिल्ने बताउनु भयो । वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । कार्यक्रममा प्रमुख अतिथी  प्रहरी नायव महानिरीक्षक बि.सी.ले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको थियो ।


 शिव भट्टराई, मोरङ । रातो तारा डट कम,लेटाङमा प्रस्ताब, माईन्युट लेखन, तथा उद्घोषण तालिम सुरु भएको छ।


गूडलक एजुकेशन तथा ट्रेनिङ सेन्टर ईटहरिको आयोजना तथा लेटाङ नगरपालिकाको सहयोगमा लेटाङ नगरपालिकाका ९ वटै वडा बाट प्रतिनिधित्व गर्ने गरि ५० जनाको सहभागीतामा तालिम सुरु भएको हो । 

कार्यक्रममा प्रमुख अतिथी लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी  निरौलाले तालिमको उद्घाटन गर्नुभयो । उहाँले सामाजिक राजनीतिक रुपमा अघि बढ्न तथा क्षमता वृद्धि गर्न तथा जिवनलाई सरलीकरण गर्नका लागि यो तालिम महत्वपूर्ण रहेको बताउनुभयो । यस्तै विशिष्ठ अतिथी कृष्णराज राईले जीवनलाई परिस्कृत गर्दै लैजान तथा अर्को ठाउँमा फड्को मार्नका लागि तालिमको आवश्यकता पर्ने भएकाले तालिमलाई महत्वपुर्ण सम्झनु पर्नेमा जोड दिनुभयो । यस्तै लेटाङ ३ का वडाध्यक्ष देबराज चाम्लिङले हिंड्नु ठूलो कुरा नभइ पुग्नु ठूलो कुरा भएकाले यो तालिमले जीवन बदल्न मद्दत गर्न सक्ने बताउनुभयो । उहाँले भौतिक बिकास मात्र नभइ सामाजिक राजनितिक बिकास उत्तिकै जरुरी रहेको बताउनुभयो ।
यस्तै लेटाङ ९का वडाध्यक्ष कृष्णप्रसाद लुईटेल यसप्रकारको तालिम धेरै अघि सञ्चालन गर्नुपर्नेमा ढिलै भएपनि नगरपालिकाले सञ्चालन गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आफुले लिएको तालिम अरुलाई समेत सिकाउन सक्ने हुनका लागि शुभकामना समेत दिनुभयो । यस्तै लेटाङ नगरपालिका योजना शाखा प्रमखु भुपेन्द्र खनालले वर्तमान अवस्थाबाट अघि बढ्न कुनै पनि व्यक्तिलाई तालिमको आवश्यकता पर्ने भन्दै तालिमलाई फलदायी बनाउन आग्रह गर्नुभयो । उद्घाटन कार्यक्रम गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा. लि. इटहरीकाका संचालक रेवती निरौलाले संचालन गर्नुभएको थियो भने सोही संस्थाका संचालक वसन्त रेग्मिको अध्यक्षता रहेको थियो भने स्वागत मन्तव्य गुडलक एजुकेशनका भाषा प्रशीक्षक श्याम भट्टराईले राख्नु भएको थियो । ३ दिनसम्म सञ्चालन हुने तालिममा लेटाङ नगरपालिका शिक्षा शाखा प्रमुख कृष्णराज राई, योजना शाखा प्रमुख भूपेन्द्र खनाल, लेखा शाखा प्रमुख सुशील वास्तोला तथा सप्तकोशी एफएमका सम्पादक लिलाराज भट्टराईले सहजिकरण गर्नुहुनेछ । तालिममा प्रस्ताव लेखन, माइन्यूट लेखन, प्रतिवदेन लेखन, उद्घोषण र बजेट कार्यान्वयन तथा भुक्तानी लगायतको विषयमा प्रशिक्षण दिइने  गुडलक एजुकेशनका रेवती निरौलाले जानकारी दिनुभयो ।

 


काठमाडौं, कात्तिक १२ । मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको उपन्यास ‘दुङाल’ले सुस्ताएको राजनीतिक, सांस्कृतिक र संवेदनशील मुद्दालाई साहित्यमार्फत् उजिल्याएको टिप्पणी गरे । उनले भने, ‘अरू साहित्यमा अक्सर नभेटिने कथालाई प्रस्तुत गर्दै यस उपन्यासले शरणार्थीको नाममा हुने अन्तर्राष्ट्रिय राजनीतिप्रति पनि व्यङ्ग्य गरेको छ ।’ अङ्ग्रेजी र तिब्बती भाषामा अनुवाद भएमा यसको महत्व अझ बढ्ने उनले बताए । 

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व आयुक्त एवं अधिकारकर्मी मोहना अन्सारीले ‘दुङाल’मा शरणार्थीहरूले कसरी जीवन सङ्घर्ष गरिरहेका छन् भन्ने यथार्थ चित्रण आएको बताइन् । उपन्यासले महिला र पुरुषलाई हेर्ने समाजको द्वैध दृष्टिकोणका साथै शरणार्थीका धेरै विषय समेटिएको उनको कथन थियो । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष, विपुल पोखरेलले ‘दुङाल’ले सडकमा आउन नसकेको शरणार्थीको समस्यालाई साहित्यको माध्यमबाट उद्घाटन गरिएको बताए । उनले अगाडि थपे, ‘पाठकले अपनत्व लिएकाले यसको चर्चा परिचर्चा र बिक्री वितरण राम्रो छ । साहित्यिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका दृष्टिले यो सफल उपन्यास हो ।’  

वरिष्ठ सञ्चारकर्मी एवं समीक्षक राजकुमार बानियाँले ‘दुङाल’ले शरणार्थीको मुद्दालाई वैश्विक दृष्टिकोणबाट उठाएको बताए । उनले भने, ‘यो उपन्यासमा अवास्तविक वास्तविकता छ । यसले नेपाली शब्दभण्डारमा ‘दुङाल’ जस्तो नयाँ शब्द दिएको छ । यो करुणाको मसीले लेखिएको सुन्दर उपन्यास हो ।’


कार्यक्रममा तिब्बती शरणार्थी टासी छिरिङले ‘दुङाल’मा आफ्नै जीवनकथा भेटेको सुनाए । उनले भने, ‘तिब्बती शरणार्थीले समस्या मात्रै होइन, ज्ञान र सिप पनि ल्याएका थिए । हाम्रो समस्यालाई न्यूनतम मानवअधिकारको दृष्टिले हेरियोस् भनेर उपन्यासले बोलेकोमा खुसी लागेको छ ।’

सञ्चारकर्मी प्रकाश थापाले सञ्चालन गरेको अन्तरसंवाद कार्यक्रममा उपप्राध्यापक टीएन भट्ट विश्वामित्रले किताब औपन्यासिकताको दृष्टिले सफल रहेको टिप्पणी गरे भने लेखक मालिका केशरीले आफूले बाल्यकालमा नजिकबाट देखेका पात्रहरुलाई आख्यानमा समेटेको बताए । 


  


 


विराटनगर, १२ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण भएको छ । ४९३ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १३६ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३२, झापामा २७, सुनसरीमा १६, इलाममा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा २४, सुन्दरहरैचामा २, मिक्लाजुङ, कानेपोखरी, ग्रामथान, सुनबर्षी, पथरीशनिश्चरे  र रंगेलीमा १–१, झापाको  भद्रपुरमा ५, मेचीनगर, कनकाई र विर्तामोडमा ४–४, दमक र अर्जुनधारामा ३–३, हल्दिबारी, बाहृदशी,  गौरादह र कमल गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा ११, धरानमा ४ र इनरुवामा १, इलामको इलाम नगरपालिका, चुलाचुली र देउमाईमा २–२, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९६ महिला र   ८४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको । 


 


श्याम राई÷उदयपुर  गाईघाट, १२ कार्तिक। महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राऊ परेकाछन् ।

उदयपुरको रौतामाई गाउँपालिका–५ कालिमाटीकी एक महिलालाई करणी गरेको उजुरीको आधारमा सोही ठाउँका २८ वर्षिय शिक्षक प्रलाद राईलाई प्रहरीले विहीबार साँझ पक्राऊ गरेको हो ।

पिडीत महिलाले आफै प्रहरीमा उजुरी दिएपछि कालिमाटी माध्यामिक विद्यालय रौताका शिक्षक राई पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालयउदयपुरका डिएसपी वेद प्रसाद गौतमले बताए ।

बलात्कार कहिले र कसरी भयो भन्ने बारे केही खुलेको छैन । प्रहरीले राईलाई हिरासतमा राखेर थप अनुसन्धान शुरु गरेको   छ ।





कपिलबस्तु।रातो तारा डट कम, कपिलबस्तु मायादेवी गाउँपालिका वडा नं।४ चाकरचौडा स्थित भारतबाट एक व्यक्ति टूलो परिमाणमा लागऔषध लिई नेपालतर्फ आईरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा सिमा प्रहरी चौकी चाकरचौडाबाट खटिईएको प्रहरी टोलीले चेकजांचको क्रममा भारतबाट नेपालतर्फ आईरहेका निम्न वतन भएका बिजय खत्रीलाई शरिर खानतलासी गर्दा निजले लगाएको भित्री वस्त्रभित्र कालो प्लाष्टिकको पोकोमा स-साना २२ वटा पोका लुकाई छिपाई राखेकोमा प्लाष्टिक सहित एकमुष्ट तौल गर्दा १२४ ग्राम र प्लाष्टिक हटाई तौल गर्दा ९२ ग्राम ४२ मिलि ग्राम लागु औषध ब्राउन सुगर ९ खैरो हेरोईन० जस्तो देखिने पदार्थ फेला पारी निजलाई तत्काल पक्राऊ गरी लागुऔषध मुद्धामा म्याद थप गरी कानुन बमोजिम थप अनुसन्धान कार्य भईरहेकोछ ।

निम्न

पक्राउ परेका व्यक्तिको नाम बर्ष २७ को बिजय खत्री

निजको ठेगाना जिल्ला कपिलबस्तु वाणगंगा नगरपालिका वडा नं।८ धनेशपुर 

बरामद लागऔषधको विवरण र परिणामस्लागु औषध ब्राउन सुगर खैरो हेरोईन जस्तो देखिने ९२ ग्राम ४२ मिलि ग्राम तौल भएको पदार्थ ।

                                                               



                        






 


सोलुखुम्बु२०७८ कार्तिक १२ गते । रातो तारा डट कम,नव-निर्मीत ईलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुको कार्यालय तथा आवास भवनको उद्घाटन गरिएको छ ।


कार्यालयको हाता भित्र आज बिहान भएको एक कार्यक्रमका बिच संगठन प्रमुख प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले उक्त भवनकोसमुदघाटन गर्नुभएको हो । भवनको समुदघाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउनु भएको छ ।

वहाँले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दैनयाँ भवन संग संगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रुपान्तरण हुनु पर्ने धारणाब्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथी  प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको थियो ।

 

कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले भौतिक पुर्वाधारको अभाव र अपर्याप्ताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भए संग संगै नागरीक सेवामा अब बिगतका दिनहरु भन्दा प्रभावकारी ढंगले  अगाढी बढ्न नव निर्मित भवनको योगदान रहने बिश्वास ब्यक्त गर्नु भयो । २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई यस्ता भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको थियो । ईलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुको कार्यालय तथा आवास भवन २ करोड०४ लाख४७ हजार ८५५ कुल लागतमा निर्माण सम्पन्न भएको भएको हो । कार्यक्रममा प्रहरी अधिकृतहरूस्थानीय जनप्रतिनिधिहरूराजनीतिक दलका स्थानीय प्रतिनिधिहरू, पत्रकार, भद्रभलादमी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

विराटनगर, ११ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना संक्रमण भएको छ । ५५७ जनाको पीसीआर परीक्षण गर्दा ७० र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २८, झापामा २१, सुनसरीमा २० र इलाममा १ जनामा संक्रमण देखिएको हो । 

मोरङको विराटनगरमा १९, रतुवामाई र सुन्दरहरैचामा ३–३, उर्लाबारी, कटहरी र लेटाङमा १–१, झापाको मेचीनगर, विर्तामोड र भद्रपुरमा ३–३, गौरादह, अर्जुनधारा र दमकमा २–२, बुद्धशान्ति, कनकाई, गौरीगञ्ज, शिवसताक्षी र कमल गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा १४, धरानमा ३, इनरुवामा २, दुहवीमा १ र इलामको इलाम नगरपालिकामा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६ महिला र ३७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



 बिराटनगर । रातो तारा डट कम, बिराटनगर महानगरपालिका वडा नं १८ भेडियारी स्थित अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को।२९ प ८६४० न। को स्कुटर चेकजाँचको क्रममा जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं ३ बस्ने बर्ष ३४ को उमेश साहको स्रोत नखुलेको नेपाली नगद रु। ८,२०,०००।– (आठ लाख बिस हजार) स्कुटरको डिकी भित्र फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय ईटहरी सुनसरीमा बुझाईएको ।



काठमाण्डौ कार्तिक ४ गते । रातो तारा डट कम, कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु भएको छ । तातोपानी नाका हुँदै हिजोसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी काठमाडौं भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो । हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपीसहित ४० हजार मेट्रिक टन रासायनिक मल मगाएको थियो । तर चिनियाँ पक्षले समयमै नेपाल पठाउन चासो नदिएपछि मल आउन ढिलाइ भएको हो । नेपाल सरकारले यसअघि पनि साल्ट ट्रेडिङ कम्पनीमार्फत चीनबाट चार हजार मेट्रिक टन युरिया मल मगाएको थियो । 



सुनसरी । रातो तारा डट कम, इटहरी उपमहानगरपालिकाको आकस्मिक कार्यपालिका वैठकले वाढि पीडितको राहत र उद्धारमा कुनै कसर वाँकी नराख्ने निर्णय गरेको छ । वैठकले उपमहानगरपालिकाका जनप्रतिनिधि,कर्मचारी र शिक्षकले सात दिनको पारिश्रमिक विपद राहत कोषमा जम्मा गर्ने निर्णय गरेको नगरस्तरीय विपद ब्यवस्थापन समितिका सदस्य सचिव पुष्प चौधरीले जानकारी दिनुभयो । 

नगरप्रमुख द्वारिकलाल चौधरीले  एक महिनाको तलव जम्मा गर्ने घोषणा गर्नुभयो । कार्यपालिकाको वैठकले वाढीका कारण इटहरीमा ज्यान गुमाउनेका परिवारलाई किरिया खर्च वापत २५ हजार उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी वडाहरुमा पीडितका लागि लत्ता कपडा र मेस सञ्चालन गर्न सवै वडालाई एकलाखका दरले पेश्की उपलब्ध गराइने भएको छ ।  वाढिले भत्काएका वाटो,कल्भर्ट तत्काल मर्मत गरिने भएको छ । वैठकद्वारा उद्धार तथा राहत कार्यमा जुटन सम्पूर्णमा आग्रह गरिएको छ । 

यसअघि दिउसो वंैक तथा वित्तीय सस्थाहरुसँगको वैठकमा वैक तथा वित्तीय सस्थाहरुले राहतकोषमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । वैठकमा नगरप्रमुख द्धारिकलाल चौधरीले वाढीपीडितहरुका लागि सहयोगका लागि वैक तथा वित्तीय सस्थाहरुका प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको थियो ।


काठमाण्डौ कार्तिक ४ गते । रातो तारा डट कम,बेलायतमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछी सामाजिक गतिविधीमा प्रतिबन्ध लगाउन चिकित्सकहरुले सुझाव दिएका छन् । दैनिक ५० हजार भन्दा धेरै सङ्क्रमित हुन थालेपछी बेलायतमा चिकित्सहरुले सामाजिक गतिविधी माथि प्रतिबन्ध लगाउन सरकारलाई सुझाव दिएका हुन् । महिनौँपछी बेलायमा सङ्क्रमतिको संख्या बढेको भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले पनि थप सर्तकता अपनाउन आग्रह गर्नुभएको छ । 



सुनसरी, २०७८ कार्तिक २ गते । रातो तारा डट कम,धरानमा आज परेको अबिरल बर्षाको कारण घर पुरिदा दुई जना बच्चाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राई रहेका छन् ।

आज दिउसो पौने २ बजे घरमाथीबाट पहिरो  झरी उनको १ तले टिनको छाना भएको घर पुरिदा सो घर भित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटि गएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो साढे ३ बजे दुईजना बच्चालाई मृत अबस्थामा फेला पारेको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।


(फायल फोटो ) श्याम राई -उदयपुर गाईघाट, २ कार्तिक। रातो तारा डट कम, उदयपुरको छुट्टाछुट्टै ठाउँमा खोलाले बगाएर एक बालक सहित दुईको मृत्यु भएको छ ।

बेलका नगरपालिका–२ स्थित गिदेरी खोलाले बगाउदा सोमबार स्थानीय विश्वनाथ चन्द्रबंशीको छोरा दुई वर्षिय भरतको मृत्यु भएको प्रहरीले जनाएको छ । असोज ३१ गते दिउँसो देखि बेपत्ता भएका बालकको खोललामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको थियो ।

त्यसैगरि कटारी नगरपालिका–२ स्थित कमला खोलाले बगाएर कटारी–१० गिजिङ्गटारका ४५ वर्षिय गुमान सिंह खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । नदी तर्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको डि.एस.पी. वेद प्रसाद गौतमले बताए । दुबै शबको पोष्टमार्टमपछि आफन्तलाई बुझाएको उनले बताए ।

 





विराटनगर, २ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण भएको छ । ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३८, मोरङमा ३५, सुनसरीमा १६, इलाममा ५, संखुवासभामा २, पाँचथर, ओखलढुङ्गा, तेहृथुम, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण भएको हो । 

झापाको विर्तामोडमा ११, दमकमा ७, बुद्धशान्ति र कनकाईमा ५–५, गौरादहमा ३, भद्रपुर र मेचीनगरमा २–२, शिवसताक्षी, हल्दिबारी र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा २०, कटहरीमा ३, कानेपोखरी, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा २–२, धनपालथान, उर्लाबारी, रतुवामाई र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ८, इटहरीमा ४, दुहवी, बर्जु, गढी र बराहक्षेत्रमा १–१, इलामको इलाम नगरपालिकामा ४ र चुलाचुलीमा १, संखुवासभाको चैनपुर र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, ओखलढुङ्गाको सिद्धिचरण, तेहृथुमको छथर, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८९ महिला र ७६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




बिराटनगर कार्तिक २ गते। रातो तारा डट कम,मोरङको धनपालथान गाउँपालिका वडा नं.-४ स्थित कर्सियाको विपि चोकमा रहेको सिटिजन बैंकमा
 नगद लुटपाटमा संलग्न ३ जनालाई सोही दिन १६:०० बजे पक्राउ गरी थप अनुसन्धान कार्य भई

रहेकोमा उक्त घटनामा संलग्न थप एक जना देश भारत अररिया फारवेसगञ्ज १० बस्ने बर्ष २० को रोशन यादवलाई सुनवर्षी नगरपालिका वडा नं ८, सिक्टी, नेपाल चोक नजिक सिमावर्ती एरियाबाट मिति २०७८।०७।०१ गते नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी गरिएको छ ।

 थप १ थान हतियार समेत बरामद

साथै मिति २०७८।०६।३१ गते जहदा गाउँपालिका वडा नं.-५ मझारे स्थित अभियूक्त श्याम मुखियाको डेरा कोठामा खानतलासी गर्दा 9 MM पेस्तोल थान-१, ऐ को म्याग्जिन १ र गाँजा १/२ (आधा) के.जी समेत बरामद गरिएको ।

 मिति २०७८।०६।२२ गते बिराटनगरको लुटपाटमा सोही समूहका निम्न सदस्यहरुको समेत संलग्नता

प्रारम्भिक अनुसन्धानको क्रममा मिति २०७८।०६।२२ गते अन्दाजी ११:३० बजे जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं.- ७ स्थित सेन्ट्रल मल अगाडी रहेको कोटेक्स ट्रेडिङ सप्लायर्सका संचालकलाई हातहतियार देखाई नगद रू १२०००।- (बाह्र हजार) लुटपाट घटनामा सोही समूहका निम्न सदस्यहरुको समेत संलग्नता रहेको खुल्न आएको छ 

निम्न:-

विराटनगर महानगरपालिका वडा नं.-८ बस्ने वर्ष ३२ को श्याम मुखिया,

देश भारत अररिया सेखपुरा ५ बस्ने वर्ष २८ को सुनिल यादव,

देश भारत अररिया गोराहा ४ बस्ने वर्ष ३० को बिजय सहनी,

देश भारत अररिया फारवेसगञ्ज १० बस्ने बर्ष २० को रोशन यादव ।

 

 

 


काठमाण्डौ कार्तिक २ गते । रातो तारा डट कम, बडादसैँको अन्तिम दिन आज पनि मान्यजनको हातमा टीका, जमरा लगाउने क्रम जारी छ । आश्विन शुक्ल दशमीअर्थात विजयादशमीदेखि सुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा आज बेलुकीसम्म नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 



काठमाण्डौ कार्तिक २ गते । रातो तारा डट कम, दसैँमा बन्द रहेको कोरोनाविरुद्धको खोप अभियान फेरि सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दसैँको समयमा जनशक्ति अभाव हुने भन्दै दसैँ अवधिभर खोप अभियानलाई रोकिएको थियो । बडा दसैमा रोकिएको खोप अभियानलाई फेरि सुरु हुने भन्त्रालयले जनाएको छ ।



 


 



काठमाण्डौ कार्तिक २ गते । रातो तारा डट कम, नदी तटीय क्षेत्रका बासिन्दालाई भोलि बेलुकीसम्म नै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई  अनुुरोध गरेको छ । 

देशका विभिन्न ठाउँमा भोलिसम्म नै ठूलो पानी पर्न सक्ने भएकाले नदीहरूमा एक्कासी बाढी आउनसक्ने भन्दै महाशाखाले सावधानी अपनाउन अनुरोध गरेको हो । महाशाखाकाले दिएको जानकारी अनुसार सबै क्षेत्र प्रदेशका आम जनताले सावधानी अपनाउन अनुरोध सुचनाबाट गरेको छ ।




 


 


काठमाण्डौ कार्तिक २ गते । रातो तारा डट कम, नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो । बैठक राष्ट्रिय सम्मेलनका विषयमा केन्द्रित रहने नेताहरुले बताएका छन् । 



 

झापा, २०७८ कार्तिक २ गते । रातो तारा डट कम,झापा बिर्तामोड नगरपालिका ९ स्थित रिद्धसिद्ध प्लाई फ्याक्ट्री छेउबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३४ बर्षीय जगदिश ओली रहेका छन् । हिजो बेलुका ७ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उनलाई डिजिटल तराजु र ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका ओलीलाई ईलाका प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।


सुनसरी, २०७८ कार्तिक २ गते । रातो तारा डट कम,
सुनसरी ईटहरी उपमहानगरपालिका १६ जालपा पेट्रोल पम्प स्थित पुर्ब-पश्चिम राजमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सुनसरी रामधुनी नगरपालिका १ का २२ बर्षीय मुकेश सरदार रहेका छन् । हिजो राती पौने १० बजे पश्चिमबाट पुर्ब तर्फ जादै गरेको को ४ प ६८९३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा बिपरित दिशाबाट आउदै गरेको प्रदेश नं १-०२-००३ ह ३०७८ नम्बरको सिटी सफारी समेतमा ठक्कर लागेको थियो । 

सो दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक मुकेशको घोपा धरानमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको हो । मोटरसाईकलमा पछाडी सवार रहेका  रामधुनीकै २२ बर्षीय नबिन सरदार र १८ बर्षीय अबिसेक सरदार समेत घाईते भई उपचार भईरहेको छ । उक्त मोटरसाईकलमा ३ जना सवार रहेका थिए । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहेको छ ।

 

 




संखुवासभा, २०७८ कार्तिक १ गते ।संखुवासभा चिचिला गाँउपालिका ३ केराबारी स्थित अरुण तेस्रो जलबिद्धुत आयोजनाको एडिट फोरको सरसापटमा पटेल कम्पनीको WB 11TC 0296 नम्बरको मिल्लर गाडी गाडी पल्टदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक भारत बिहार का ३५ बर्षीय श्याम झा र सोही गाडीमा सवार भारत युपी का ४० बर्षीय श्रीनिवास सिंह रहेका छन् । हिजो बेलुका ८ बजे गिटी सिमेन्ट घोली पुर्याई फर्कने क्रममा आफै अनियन्त्रित भई अन्दाजी १५० मिटर तल खसि दुर्घटना भएको थियो । सो दुर्घटनाबाट गम्भिर घाईते भएका दुवै जनाको जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको छ । घटनाको सम्बन्धमा अस्थाई प्रहरी बेस पुखुवाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ । 


संखुवासभा, २०७८ कार्तिक १ गते ।संखुवासभा मादी नगरपालिका १ तिनजुरे स्थित भित्री कच्चि सडक खण्डमा ट्यक्टर भिरबाट खसेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालिगुरास नगरपालिका १ घुर्मुसे का ३७ बर्षीय रमेश दाहाल रहेका छन् । हिजो बिहानको राती १ बजे टुटेबाट गुफा तर्फ जादै गरेको ON TEST ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट बाँयाँ अन्दाजी ३०० मिटर तल भिरमा खसि दुर्घटना हुँदा चालक दाहालको घटनास्थलमानै मृत्यु भएको छ । घटनास्थलमा प्रहरी चौकी मादीमुलखर्क, टुटेदेउराली र ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया तथा थप अनुसन्धान भईरहेको छ ।

 

 


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.