Websoft University
May 2022


विराटनगर । रातो तारा डट कम, विराटनगरको समग्र आर्थिक विकासका लागि विश्वबैंकले चासो देखाएको छ । 

विश्वबैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे बु्रक्स नेतृत्वको टोलीले आज मेयर नागेश कोइरालालाई भेटेर विराटनगरको समग्र आर्थिक विकासका लागि चासो देखाएको हो । भारतसित सीमाना जोडिएका नेपालका ठूला सहरहरुको आर्थिक विकासका लागि विश्वबैंकले अध्ययन गरिरहेको ब्रुक्सले बताए । मेयर कोइरालासितको भेटका क्रममा ब्रुक्सले विराटनगरको विकास र समृद्धिका लागि विश्वबैंक सहयोग गर्न तयार रहेको प्रस्ट्याए । प्रदेशको राजधानी भएकाले विराटनगरको विकास हुनु जरुरी रहेको उनको भनाइ थियो । विकास र समृद्धिले मात्रै संघीयता बलियो हुने बताउँदै उनले महानगरलाई आर्थिक रुपमा बलियो बनाउन सुझावसमेत दिनुभयो । 

सो क्रममा उहाँले वित्तीय हस्तान्तरणको अवस्था, स्थानीय, प्रदेश र संघीय सरकारबीच हुने वित्तीय बाँडफाँड, स्थानीय तहले संकलन गर्ने राजस्वको अवस्थालगायतका विषय विश्वबैंकका प्रतिनिधिहरुले मेयर कोइरालासित जिज्ञासा राखेका थिए । विश्व बैंकले नेपाल सरकारसित मिलेर नेपालको समग्र विकासका परियोजना तयार पारिरहेको छ । सो परियोजना करिब १ सय ५० मिलियन डलर बराबरको हुनेछ । 



 विराटनगर जेठ १७ गते। रातो तारा डट कम, सबै स्थानीय तहमा श्रमिक हेल्प डेक्स स्थापना गर्न ट्रेड युनियन कांग्रेसमा आबद्ध मजदुर तथा कर्मचारीहरूले माग गरेका छन् । 

मुलुकको आर्थिक विकास र समृद्धिमा श्रमिकहरूको महत्वपूर्ण भूमिका भएकाले श्रमिकको समस्या समाधान गर्न हरेक स्थानीय तहले श्रमिक हेल्प डेक्स स्थापना गर्नुपर्नेमा उनीहरूको जोड छ । नेपाल टे«ड युनियन कांग्रेस जिल्ला कार्य समिति मोरङले मंगलबार कटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले श्रमिकका समस्या स्थानीयस्तरमै हुने भएकाले हरेक पालिकाले श्रमिक हेल्प डेक्स राख्नु आवश्यक रहेको औंल्याए । 

नेपाल टे«ड युनियन कांग्रेसका प्रदेश–१ अध्यक्ष नारायणबाबु कार्कीले नेपालको लोकतान्त्रिक आन्दोलनमा मजदुरहरूको अतुलनीय योगदान रहेकाले स्थानीय तहले उनीहरूका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । “पाँच वर्ष जान धेरै समय लाग्दैन, तपाईंहरू आजदेखि  जनताले पछिसम्म सम्झने गरी काम गर्नुहोस् त्यसमध्ये मजदुरका हितमा पनि काम गर्नुहोस्,” उनले भने । 

त्यस्तै ट्रेड युनियनका मोरङ अध्यक्ष सुशील कोइरालाले श्रमिकका मुलुक निर्माणमा श्रमिकको महत्वपूर्ण योगदान रहँदै आए पनि राज्यले उपेक्षा गरेको गुनासो पोखे । “तपाईंहरूलाई हामीले लगाइदिएको तौलियामा श्रमिकको पसिना छ,” उनले थपे, “त्यो तौलियाले मसिना पुछ्दा सम्झनुहोस् श्रमिकहरूको पसिनाले आफ्नो पसिना पुछिरहनु भएको छ ।” 

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले श्रमिकका समस्या समाधान गर्न आफू सधैं तत्पर रहेको प्रस्ट पारे । उनले श्रमिकका मागका विषयमा ट्रेड युनियनकर्मीहरूसित बसेर छलफल गर्ने उल्लेख गरे । “तपाईंहरू आउनुहोस् बसेर छलफल गरौं के गर्नुपर्छ श्रमिकहरूका लागि हामी गर्नतयार छौं,” मेयर कोइरालालेभने । सो अवसरमा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, कटहरीका अध्यक्ष देवराज चौधरी, जहदाका अध्यक्ष जितेन्द्र साहले पनि श्रमिकका मुद्दालाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताए । सो अवसरमा मेयर र अध्यक्षसहित विराटनगर ५ का वडाध्यक्ष सन्तोष न्यौपाने, ६ का अक्षय सहनी, ७ का मधुबाबु तिवारी, १५ का प्रकाश साह र १६ का अध्यक्ष उद्धव भुजेललगायतलाई सम्मान गरिएको थियो । 



गाईघाट–१७ जेष्ठ । रातो तारा डट कम, ८ बर्षिया बालिका माथी बलात्कार प्रयास गरेको अभियोगमा खोटाङमा सोमवार एक यूवा प्रक्राउ गरेकाछन् । गत जेष्ठ ११ गते विध्यालय जादै गरेकी बालिका माथी बलात्कार प्रयास गर्ने खोटेहाङ गाउपालिका –७ का २६ बर्षिय यूवक लाई प्रहरीले पक्राउ गरेको हो । पिडित बालिकाले दिएको जानकारीको आधारमा अभिभावकले जेठ १३ गते उजुरी गरेपछि सोमवार  घरै देखि यूवालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रबक्ता प्रहरी निरिक्षक शंकर चौधरीले बताए । प्रका्रउ  लगत्तै अदालत बाट पाच  दिनको म्याद थपेर यूवा माथि अनुसन्धान  भैरहेको उनले बताए । उक्त बलात्कार घट्ना दुवै पक्ष मिलेर गाउमै मिलाउने प्रयास भएको थियो । तर आफन्त र स्थानिय टोल छिमेकीहरुले प्रहरीमा जाहेरी दिन दवावदिएपछि मिलीसकेको घटना प्रहरीमा पुुुगेको स्थानिय उजुरराइले बताए । अभियूक्त यूवा माथी पिडित बालिकाकी दिदी लाई समेत यस अघि यौन दूव्र्यवहार गरेको आरोप छ । 



मोहन कुमार राई÷ जेष्ठ १७ गते। रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका वडा नं. १ स्थित पर्यटकीय स्थल नुनढाकीमा ४ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । 


गत शुक्रबारबाट सञ्चालन गरिएको उक्त शिविर सोमबार सम्पन्न भएको हो । कादुरी एग्रीकल्चर एड एशोसियसन ब्रिटिस गोर्खाज नेपाल द्धारा ४ दिन सम्म चलेको स्वास्थ्य सम्बन्धि शिविर नेपालभर वर्षको ३ ठाउँमा सञ्चालन हुने गरेको छ । शिविरमा आँखा सम्बन्धी रोगहरु, मोतिविन्दुको सल्यक्रिया,दाँतको समस्या, स्त्री रोग सम्बन्धि समस्या, तथा अन्य साधारण उपचार समेत सञ्चालन भएको संस्थाका प्रमुख क्याप्टेन राजन राईले जानकारी दिनुभयो । 


४ दिन सम्म सञ्चालन भएको शिविरमा ७ सय ७२ जना महिला र ५ सय ५१ जना पुरुष गरी जम्मा १ हजार ३ सय २३ जनाले स्वास्थ्य उपचार सेवा प्राप्त गरेका थिए ।

जसमध्ये जनरल ओपिडी सेवामा ९ सय २ जना, स्त्री रोग सम्बन्धी २ सय ५६ जना, आखा उपचार ८ सय ६० जना, आखा अप्रेशन ३० जना,  ४ सय ५७ जना दाँतको उपचार, २ सय ३२ जनाको दाँत उखाल्ने, ७३ जनाको दाँत भर्ने लगायत विरामीहरुको उपचार पाएको संस्थाको सिनियर कर्मचारी हुम बहादुर रानाले जानकारी दिनुभयो । शिविरमा उपचार तथा लाग्ने औषधी, चस्मा समेत निःशुल्क प्रदान गरिएको थियो ।

 शिविरमा मादी नगरपालिका वडा नंं ९, फाविङ निवासी ७७ वर्षे एक वृद्ध महिला अलाली माया लिम्बूको  आँखाको शल्यक्रियापछि आफ्ना छोरा र नातीलाई देख्न पाउँदा खुसीको सिमा रहेन उपचारमा संलग्न डाक्टर तथा आफन्तहरु भावुक बनेको थियो । वृद्ध आमाले ३ वर्ष पहिलेदेखि दुवै आफ्ना आँखा देख्न नसक्दा अन्धकारमय जीवन जिउन वाध्य थियो ।

समग्र नगर तथा जिल्लाकै आर्थिक समृद्धिलाई टेवा पु¥याउने उद्देश्यका साथ स्थानीय स्तरदेखि पर्यटन विकासमा चालेको कदम सँगै नुनढाकीमा शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, सडक लगायतको क्षेत्रमा निरन्तर पहलकदमी भइरहेको  नेपाली काँग्रेस महासमिति सदस्य दिपक लिम्बुले वताउनुभयो ।  

 



सुनसरी, २०७९ जेठ १७ गते । रातो तारा डट कम, सुनसरीको धरान उप(महानगरपालिका ५ सेउती खोला बगरमा मृत फेला परेका धरान(११ का ३१ बर्षीय सन्दिप लम्जेलको हत्यामा संग्लग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले २ जनालाई पक्राउ गरेको छ । जेठ १२ गते बिहान लम्जेल सेउती खोलाको बगरमा शरिरका बिभिन्न ठाउँमा काटिएको र धारिलो हतियारले घोपिएको अबस्थामा मृत फेला परेका थिए । मृत फेला परेका ब्यक्तिको तत्काल नाम थर नखुलेता पनी केही समयमै उनको पहिचान खुलेसंगै लम्जेलको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा उनको हत्यामा धरान(१५ बस्ने दुई जना बालकको संग्लग्नता रहेको पाए संगै दुबै जनालाई पक्राउ गरिएको र उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 


काठमाण्डौ जेठ १७ गते । रातो तारा डट कम,यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागू गर्ने बताएको छ । विभागले आज साँझ ६ बजेदेखि नयाँ प्रणाली लागू गर्ने विभागले बताएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ प्रणालीअनुसार आवेदन दिएको १५ दिनमा लाइसेन्स ट्रायलको पालो पाइने बताउनुभयो । १५ दिनभित्र पालो सक्ने गरी सिमित आवेदन परेपछि सिस्टम आफैं बन्द हुनेछ । त्यसपछि परीक्षा सकिएपछि फेरि खुल्ने’ उहाले बताउनु भयोे । विभिन्न कार्यालयमार्फत यसअघि फारम भरेकाहरूको पालो आउन झन्डै दुईदेखि तीन वर्षसम्म पनि कुर्नुपर्ने अवस्था देखिएपछि विभागले यस्तो व्यवस्था गरेको हो । अनलाइन भुक्तानीकोे व्यवस्था मिलाउन समेत प्राविधिक टोलीले काम गरिरहेको उहाँले बताउनु भयो ।

यो नया प्रणालीअनुसार छिटो काम हुने भएकोले सबै युवाहरु खुखि भए पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा भएको नेपालको नक्सा हटाएर  नेपालको चुच्चे नक्सा राख्न आम नेपाली जनताले यातायात बिभागलाई जनताहरुले अनुरोध गरेका छन ।   







 प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रादेशस्थित सरकारले नै सबैभन्दा चाँडो जनता समक्ष पुगेर सेवा प्रवाह गर्न सक्ने बताएका छन् । गणतन्त्र दिवसको अबसरमा बेलायतमा जनसम्पर्क समितिद्वारा फेलथममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले अहिले नेपालमा प्रदेश सरकारको औचित्यको विषयमा अनावश्यक बखेडा झिक्ने कामको शुरु भएको बताएका हुन् ।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका मन्त्री कार्कीले नेपालमा संघियता सफल हुदै गएको बताए । बेलायतमा रहेका नेपालीहरु संगठित से संस्था नेपाली कांग्रेसको भ्रातृ संस्था हो । नेपाली कांग्रेशका संस्थापक बीपी कोइराला लगायतका नेताहरुले छिमेकी रास्ट्र भारतको शिक्षाले नेपालमा प्रजातन्त्र आएको उदाहरण दिदै समुन्द्रपारीको देश बेलायत लगायतका देशबाट बिकाश र समृद्धी नेपाल लान सबैमा आग्रह गरेका छन्

“स्विट्जरल्याण्डमा १५ हजार जनसंख्या भएका प्रदेश छन् । आजको बिहारको परिवर्तन प्रदेश सरकारकै पहलमा संभव भएको हो,” कार्कीले भने,“प्रदेश सरकारले सबैभन्दा चाँडो सेवा दिन सक्छ । प्रदेशमा राम्रो गरेकै कारण भारतको गुजरात राज्यका मुख्यमन्त्री नरेन्द्र मोदी देशकै प्रधानमन्त्री बन्नुभयो ।”

उनले संघियताको सफलता पछि भारतको गुजरात र बिहार राज्यले गरेको बिकाश र सफलता हेरेर नेपालले पाठ सिक्नु पर्ने तर्क गरे । उनले भारतको विकासमा गैरआवासीय भारतीयहरुको ठूलो भूमिका रहेको बताउंदै गैरआवासीय नेपालीहरुलाई पनि नेपालको बिकाशमा हातेमालो गर्न आग्रह गरे ।

उनले विदेशबाट पैसा होइन सिप र ज्ञान नेपालमा लैजान समेत आग्रह गरे। नेपालका दुइ तिहाइ भन्दा बढीराजनीतिक पार्टीका संसदहरुको समर्थनमा बनेको अहिलेको गैरआवासीय नेपाली संघको नेतृत्वलाई नगारिकता निरन्तरताको लागि पहल कदमी गर्न पनि आह्वान गरेका छन् ।

एनआरएनए केन्द्रीय अध्यक्ष कुल आचार्यले सरकारले नीति तथा कार्यक्रम र बजेटमा ल्याएका नयां प्रावधानहरु गैरआवासीय नेपालीहरुको हितमा रहेको बताए । सरकारले आइतवार प्रस्तुत गरेको बजेटमा गैरआवासीय नेपालीहरुको लागि एक दर्जन भन्दा बढी सुविधाहरु घोषणा गरेको प्रति स्वागत गर्दै उनले गैरआवासीय नेपाली संघसँस्था ठूलो भएको कारणले वेलावेलामा समस्या देखिए पनि राष्ट्रको समृद्धिको लागि एक भएर अघि बढ्न आब्हान गरे।

गैरआवासीय नेपाली संघका पूर्वसल्लाहकार एबम कांग्रेस नेता विश्वआर्दश पण्डितले नेपाली कांग्रेस सत्तामा आए पछि मात्र स्थानीय निकायहरु बलियो हुने तर्क गर्दै ठूलो चुनौतिकाबीच सरकारले स्थानीय निर्वाचन गर्न सफल भएको बताए । संघका पूर्वसल्लाहकार एबम कांग्रेस नेता विश्वआर्दश पण्डितले नेपाली कांग्रेस सत्तामा आए पछि मात्र स्थानीय निकायहरु बलियो हुने तर्क गर्दै ठूलो चुनौतिकाबीच सरकारले स्थानीय निर्वाचन गर्न सफल भएको बताए ।

समितिका सभापति युवराज गुरुङको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा महामन्त्री रोमियन लिम्बुले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् भने कार्यबाहक सभापती समेत भैसकेका कांग्रेश महाधिबेशन प्रतिनिधि महेश दाहालले धन्यबाद ब्यक्त गरेका थिए।

काउन्सिलर समेत रहेका समितिका उपसभापति प्रवेश केसी, नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष बिपीन निरौला लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेकी पूर्वउपाध्यक्ष रोजिना प्रधान राई, गोर्खाअभियन्ता सूर्य नेम्वाङ लगायत जनसम्पर्क समिति बेलायतका पदाधिकारीहरुको उपस्थिती थियो । कार्यक्रममा एनआरएनका केन्द्रीय अध्यक्ष कुल आचार्यलाइ सम्मान गरिएको थियो । कार्यक्रमको संचालन महामन्त्री कुश बस्नेतले गरेका थिए।









काठमाण्डौ जेठ १७ गते । रातो तारा डट कम,आर्थिक वर्ष २०७९÷८० को बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्म्मेलनमा हिजो अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट विगतकै कार्यक्रमको निरन्तरता भएको बताउनुभएको छ । यो वर्ष बजेटको आकार र वैदेशिक ऋण पनि घटाएको उहाँले बताउनुभयो । यो वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि पूरा गर्ने गरी कार्यक्रम राखेको उहाँको भनाइ छ । अन्तर्राष्ट्रियरूपमा विकसित भएको प्राविधिक र आयातको अवस्था र मुद्रा स्फितिसहितलाई ध्यान दिएर बजेट बनाइएको मन्त्री शर्माले बताउनुभयो । बजेट कार्यान्वयनका लागि कर्मचारी, निजी क्षेत्रसहित सन्चारकर्मी सबैको पनि प्रतिबद्धता चाहिने उहाँको भनाइ छ ।



मोरङ सुन्दरहरैचा । रातो तारा डट कम, पुर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा ब्यबस्थापन सुधारको लागि स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचा :- ७ ले ज्ञापन पत्र बुझाएको छ ।ओपिडी तर्फ दैनिक लगभग ३ सय बिमारीहरू आई रहदा करीब ९०% बिमा सुबिधा तर्फका बिमारि आईरहेको अस्पतालमा २ घण्टा सम्म लाईन बस्नु परेकाले बिमारीले झनै सास्ति भोग्नु परेको, बिमाबाट प्राप्तहुने औषधि लिन पनि घण्टौं लाईन बस्नुपर्ने र अस्पतालमा डाक्टरहरू साढे १० /११ बजे आउने र १२ बजे निस्कने भएकोले सेवाग्राहिले उचित सुबिधा नपाएको बिरामीहरुको गुनासोलाई मध्यनजर गर्दै बिमा रिफर सेवा १ महिना सम्म मान्य हुनको लागि स्वास्थ्य बिमा बोर्ड संग छलफल र समझौता गर्न ज्ञापन पत्र बुझाइएको छ।


सुन्दरहरैचा वडा नं ७ का नब निर्वाचित वडा अध्यक्ष भुवन सिंह मगर, महिला वडा सदस्य साथै कार्यपालिका सदस्य सीता अधिकारी, वडा सदस्य खुशिलाल चौधरी, मीन गुरूङ् ज्ञान ज्योति ईङ्लिस स्कुलका प्रिन्सिपल देबि सिटौला सहित स्वतन्त्र नागरिक समाजका ब्याक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा समाजका सँयोजक चिरंजीबी शिवाकोटीले ज्ञापन पत्र बाचन गरेर उपकुलपति डा. यादब प्रसाद कोईराला र ब्यबस्थापक डा. बिबश आचार्यलाई हस्तान्तरण गर्दै अस्पताललाई सन्चालनमा आवश्यकता परेमा आगामी दिनहरूमा समेत स्वतन्त्र नागरीक समाजले सक्दो सहयोग गर्ने  बताउनुभयो । 


उक्त ज्ञापन पत्र बुझदै उपकुलपति डा.यादब कोईरालाले बिधानमै जन स्तरबाट संचालन हुने भनेर लेखिएकोले अस्पताल संचालनमा समस्या रहेको बताउनु भयो । सिमित साधन र श्रोतका बाबजुद अस्पताल लाई सकेसम्म राम्ररी चलाउने प्रयास गर्ने भन्दै अब १/२ दिनबाटै टोकन सिस्टम लागू गरि  सेवा संचालन गरिने बताउनु भयो । कोबिडको माहामारीमा संचालन गरीएको कोबिड अस्पताल भवनमा यसै आर्थिक बर्षदेखि १०० सैयाको अस्पताल समेत संचालन गर्ने तयारी रहेको VC कोईरालाले बताउनु भयो । ब्यबस्थापक आचार्यले डिजिटल टोकनलाई पर्खिदा केही असजिलो भएकोले मेनुअल टोकन सिस्टम लगाएर भएपनि सेवा सँचालन गर्ने बताउनु भयो ।स्वतन्त्र नागरीक समाजले समस्या र बिकल्प सहित ज्ञापन पत्र बुझाएकोमा आचार्यले धन्यवाद समेत दिनुभयो ।ज्ञापन पत्र सुन्दरहरैंचा नगरप्रमुख केदारप्रसाद गुरागाई, वडा नं. ७,८ र ९ का वडा अध्यक्ष भुवनसिंह मगर, खेमप्रसाद न्यौपाने,प्रकाश श्रेष्ठलाई समेत बुझाईएको छ ।


विराटनगर । रातो तारा डट कम, उच्च अदालत विराटनगरले कोरोना बीमाबापतको रकम भुक्तानी गर्न आदेश दिएको छ । 


उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी थारु र न्यायधीश जगतनारायण प्रधानको संयुक्त इजालशले कोरोना बिमाको रकम भुक्तानी गर्न विमा कम्पनीको नाममा सोमबार परामादेश आदेश गरेको हो । 

नेपाल पत्रकार महासंघ मोरङ शाखाले २०७८ भदौ २१ गते उच्च अदालत विराटनगरमा बीमा रकम भुक्तानीका लागि परमादेश माग गर्दै रिट दायर गरेको थियो । उक्त रिट दायर निवेदकको पक्षमा परमादेश आदेश आएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए । 

सोमबार भएको पेशीमा नेपाल पत्रकार महासंघ मोरङ शाखाकोतर्फबाट अधिवक्ता मनोज कुमार आचार्यले पैरवी गरेका थिए । विपक्षीको तर्फबाट पाँच जना कानुन व्यवसायीहरूले बहस गरेका थिए । बादी र प्रतिवादीको तर्फबाट बहस सकिएपछि उच्च अदालतले विमा गर्ने कम्पनी अजोड इन्स्योरेन लिमिटेड बिमा रकम भुक्तानी गर्न परामादेश आदेश गरेको सूचना अधिकारी सुवेदीले बताए । पाँच दिनपछि आदेशको पूर्णपाठ आउने उनले जानकारी दिए ।

अधिवक्ता आचर्यले निवेदकको पक्षामा भएको फैसला कानुन बमोजिक भएको बताएका छन् । ‘सरकारलाई देखाएर बिमा कम्पनी उम्किने अवस्था रहदैन । कम्पनीले विमा गरेको हो । विमा अभिलेखमा अरु कुनै सर्तहरू उल्लेख पनि भएको छैन,’ उनले भने, ‘त्यही भएर विमा गरेको भुक्तानी दिने जिम्मेवारी अजोड इन्स्योरेन लिमिटेडको हो ।’ 

नेपाल पत्रकार महासंघ मोरङ शाखाले बीमा सम्झौता गर्ने अजोड इन्स्योरेन्ससहित बीमा समिति, अर्थ मन्त्रालय र नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको थियो ।

नेपाल पत्रकार महासंघ र अजोड इन्स्योरेन्स कम्पनीबीच द्विपक्षीय सम्झौता भई मोरङका २ सय जनाभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको बीमा गरिएको थियो । त्यसमध्ये ५१ जना बीमितमा कोरोना संक्रमण भएकोमा २० जनाले मात्र बीमा दाबी भुक्तानी पाएका थिए । विमा गरेका मध्ये ३१ जनाले भुक्तानी पाउन बाँकी रहेको छ ।

कम्पनीको नियम अनुसार प्रिमियम तिरेर बीमा गरेका बीमितलाई भुक्तानी दिन नसकिने भन्ने जवाफ आएपछि महासंघले परमादेश माग गर्दै रिट दायर गरेको हो । 

नेपाल सरकारले आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम र बजेटमा कोरोना बीमा गर्न प्रिमियमको आधार रकम भुक्तानी गरिदिने घोषणा गरेपछि लाखौं नागरिकले कोरोना बीमा गराएका थिए । 

अहिलेसम्म झन्डै ३५ हजार संक्रमितले बीमा दाबी भुक्तानी लिएका छन् भने ७० हजारभन्दा बढीले अझै भुक्तानी पाउन सकेका छैनन् ।




श्याम राई÷उदयपुर गाईघाट, १६ जेष्ठ। रातो तारा डट कम, उदयपुरको कटारीमा सोमबार विहान भएको ट्रक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका–१४ भदौरेस्थीत चनौटेमा विहान २ः३० बजे मालबाहक ट्रक दुर्घटना हुँदा चालक बारा जिल्लाको सिमरा– १ का ३५ बर्षिय सुजित घलान, सह–चालक २५ बर्षिय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ बर्षिय अनुज लामा र ३७ बर्षिय राजन तामाङ्गको घट्ना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय कटारीका डिएस्पी मान बहादुर राईले बताए ।

मकवानपुरको हेटौँडा बाट मिक्सु सोलु हाईड्रोपावरको सिमेन्ट बोकेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना. ८ ज ८२९७ नम्बरको लोवेड ट्रक खोला नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रक सडकदेखि झन्डै २ सय मिटर तल खसेको छ । कच्ची सडकमा चालक निदाएको कारण गाडी तल खोल्सीमा झरेको हुनसक्ने प्रहरीले जनाएको छ । 

घटना स्थलमा अहिले प्रहरी सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरुको सहयोगमा शब निकाल्ने प्रयास भैरहेको डिएसपी राईले बताए ।






गाईघाट–१६ जेष्ठ । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालिकामा २५ बर्ष पछि नेकपा (एमाले)को विरासत खोसीएको छ । २०४६ पछिको सबै स्थानिय तहको निर्वाचनमा एमालेले नै जित्दै आएकोमा यस पटक भने नेपाली काग्रेसले मेयर सहित अधिंकाक्ष वडा अध्यक्ष जितेको  छ । २०५४ मा नगरपालिका बनेको २५ बर्ष पछि कांग्रेसले पहिलो पटक नगरप्रमुखमा जित हासील छ । मुख्य निर्वाचन  कार्यालय बाट प्राप्त जनाकारी  अनुसार कागे्रस उम्मेदवार बसन्त बस्नेत एमालेका भागवन राउत लाई २ हजार ८६ मतान्तरले पछि पार्दै मेयरमा निर्वाचित भएकाछन्  । बस्नेतले १३हजार ९ सय५९ मत ल्याउदा राउतले ११ हजार ८ सय ७३ मत ल्याएकाछन् । तेस्रो स्थानमा नेकपा (एकीकृत समाजवादी ) का बलदेव  चौधरी भएकाछन् । निवर्तमान प्रमुख समेत रहेका चौधरीले ९ हजार १ सय ४६ मत ल्याएकाछन् । अघिल्लो निर्वाचनमा चौधरीले ७४ मतले बस्नेत लाई हराएका थिए । उप–मेयरमा नेकपा (एमालेकी ) महेश्वरी राई विजयी भएकीछिन् । कागे्रस उम्मेदवार सरीता राई लाई १ हजार ७सय २२ मतान्तरले पछि पार्दै निर्वाचित भएकी हुन् । राईले १३ हजार ७ सय ३ मत ल्याउदा कागे्रसकी राईले ११ हजार ९ सय ८१ मत ल्याइन् । त्रियुगामा १६ वटा वडा रहेकोमा वडा.न .१० को अध्यक्ष पदमा नेकपा (एमाले ) का किरण पाण्डे र कागे्रस उम्मेदवार प्रकाश खड्का विच बरावरी मत आएकोमा गोला प्रथा बाट पाण्डे अध्यक्षमा चुनीएकाछन् । पाण्डे र खड्काले वराबरी १ हजार ५३ मत ल्याए पछि गोला प्रथा गरीदा निर्वतमान वडा अध्यक्ष खड्का पराजीत हुन पुगे । कागे्रसले वडा न. १ ,३, ४, ५ ,८, ९,११,  १२, र १३ वडा गरी जम्मा ९ वटा वडामा विजयी हासील गर्दा एमालेले वडा.न.२,६, ७ र १० गरी ४ वटा र नेकपा .(माओवादी ) केन्द्रले वडा.न. १४, १५ र १६ वडा गरी ३ वडा मा विजयी हासील गरेको छ । 



काठमाडौं । रातो तारा डट कम, गायक थानेश्वर गौतमको सुमधुर स्वर, संगीतमा समावेश गजल ुतिम्रो मायामाुको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा शब्द अमेरिकाको ओहायो निवासी गीतकार रमेश लुइँटेलको रहेको छ। 

गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ। यस गजलमा प्रेमिकाको निम्ति जे पनि गर्न सक्छु र जसरी पनि  बाच्न सक्छु भन्ने भावाना प्रेमीले व्यक्त गरेका छन्।

म्युजिक भिडियोमा गायक गौतमको साथमा अशोक भुजेल र सलिना खत्री फिचर्ड छन्।  राम केसीले छायाँकन गरेको भिडियोमा नरोत्तम न्यौपानेको कोरियोग्राफी रहेको छ।  भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन्। अशोक भुजेलको निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो नेपाली मेलोडिजु नामक युट्युव च्यानल माफर्त सार्वनजिक भएको हो।


सुनसरी, २०७९ जेठ १६ गते । रातो तारा डट कम,सुनसरीको ईटहरी उपमहानगरपालिका ४ जनता टोलबाट पेस्तोल र लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा पेस्तोल सहितका ब्यक्तिहरुले लागुऔषध बेचबिखन गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जेठ १३ गते राती ११ बजे ईलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ईटहरी उप(महानगरपालिका ४ का १९ बर्षीय धन बहादुर राई, २७ बर्षीय टिका राई र ईटहरी ५ का २८ बर्षीय धन बहादुर राई रहेका छन् । उनीहरुको साथबाट प्रहरीले लेबल नलागेको लागुऔषध २४ एम्पुल र ःब्म्भ् क्ष्ल् ग्क्ब् लेखिएको पेस्तोल १ थान तथा सोही पेस्तोलको म्याग्जिन १ थान बरामद गरेको छ । लागुऔषध तथा पेस्तोल सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । 


काठमाण्डौ जेठ १६ गते । रातो तारा डट कम, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ६९ अर्ब ३८ करोड बजेट विनियोजन भएको छ । संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले यस्तो जानकारी दिनुभएको हो । स्वास्थ्य तर्फ प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ बजेट विनियोजन गरिएको छ । मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गराएका, निको भएका क्यान्सरका बिरामी र मेरुदण्डको पक्षघात भएका बिरामीका लागि सरकारले १ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री शर्माले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो । 



काठमाण्डौ जेठ १६ गते । रातो तारा डट कम,सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ । दीगो विकास तथा वातावरण संरक्षणमा ध्यान दिई उच्च मूल्यका पर्यटक भित्र्याउने समेत बजेटमा उल्लेख छ । पर्यटन क्षेत्रको पुनरुत्थानमा ध्यान दिइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो  । ऐतिहासिक तथा पुरातात्विक सम्पदाको उत्खननमा ध्यान दिइने पनि बजेटमा उल्लेख छ ।  हिल स्टेशन विकासमा प्रदेश र स्थानीय तहको साथ लिइने भएको छ । पदमार्गमा सञ्चार सुविधाको पहुँच विस्तार गरिने भएको छ । ग्रेट हिमालयन ट्रेलको स्तरोन्नती समेत बजेटमा समेटिएको छ । सगरमाथामा पर्वतारोहण अनुसन्धान केन्द्र बनाइने भएको छ । 




मोहन कुमार राई- संखुवासभा । रातो तारा डट कम,सिद्धकाली महिला सशक्तिकरण समिति चैनपुर, सखुवासभाद्धारा आयोजित २ दिवसीय लेखा व्यवस्थापन तालिम एक कार्यक्रमका वीच चैनपुर नगर प्रमुख कृष्णकुमार तामाङले उद्घाटन गर्नुभयो । 


चैनपुर नगरपालिका ६ स्थित रेडक्रस भवनमा भएको सो कार्यक्रम उद्घाटनको अवसरमा चुनावको वेला दलविशेषबाट उमेदवारी भए पनि निर्वाचित भए सँगै जनप्रतिनिधि भएर जनतासँगै काम गर्ने नगरप्रमुख तामाङले वताउनुभयो । 

कार्यक्रममा नगर प्रमुख तामाङले नगरका महिला दिदिबहिनीहरुलाई वित्तिय लेखा सम्बन्धि तालिम दिएर आ–आफ्ना वडामा अवस्थित आमा समूह तथा महिला समुहरुमा दोहोरो लेखा विधिबाट संस्थाको हिसाव किताव चुस्त दुरुस्त राख्ने सीपको विकास हुने वताउनुभयो ।

गत शनिवार कार्यक्रममा चैनपुर नगर उप प्रमुख एलिना श्रेष्ठले महिला दिदीबहिनीहरुको अधिकार र शसक्तिकरणको क्षेत्रमा प्रतिवद्ध भएर स्थानीय सरकार लाग्ने वताउनुभयो । चैनपुर नगरपालिका वडा नं.१ का बुद्धिमान लिम्बू, वडा नं. ११ का तीर्थ राउत लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।

चैनपुर नगरपालिका भरीका ११ वडाहरुका प्रत्येक वडाका आमा समुहरुका २ जना महिला दिदीबहिनीहरु सहभागी हुने २ दिने तालिममा चैनपुर नगरपालिकाका लेखापाल दिपेन्द्र चौलागाईले सहजीकरण गर्नुहुने आयोजक संस्थाका सचिव नमिता काफ्लेले वताउनुभयो ।  तालिममा  अयोजक संस्थाका अध्यक्ष एवं कार्यक्रमको सभापति हेमकुमारी चौहानले नव निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा ११ वटै वडाध्यक्षरुको उपस्थितमा कार्यकालको सफलताको शुभकामना सहित अविर फूलमाला खादाले सम्मान समेत दिनुभएको थियो ।



मोहन कुमार राई-संखुवासभा। रातो तारा डट कम,संखुवासभा, चैनपुर नगरपालिका वडा नं. १ स्थित नुनढाकीमा भ्रमणमुकाम आइपुग्नुभएको प्रदेश नं. १ का  वन  तथा भु–संरक्षण  मन्त्री माननीय शेखर चन्द्र थापाले पर्यन हव वनउन नुनढाकी सहित तिनजुरे मिल्के जलजले क्षेत्र सँगै तेह्रथु र संखुवासभाको स्थलगत अवलोकन गर्ने वताउनुभयो । 

पर्यटन सँग जोडिएर नुनढाकीलाई वन तथा वातामन्त्रालयले के कसरी अघि बढाउन सकिन्छि भन्ने सन्दर्भमा स्थलगत भ्रमण गरी   तिनजुरे मिल्केको भाग तेह्रथुम र संखुवसभासँग गासिएर आएकोे हुँदा पर्यटक हव बनाउन तिनजुरे मिल्के सँगै नुनढाकी क्षेत्रलाई समेत जोडेर लाने हो भने नुनढाकी क्षत्रले पनि व्यापकता पाउने मन्त्री थापाले वताउनुभयो । नुनढाकी, तिनजुरे मिल्के , संखुवासभा र तह्रथु स्थलगत अवलोकन गरी त्यहा स्थित नगर प्रमुखसँग तथा  मन्त्रालयमा छलफल गरी तिनुजुरे मिल्केको क्षेत्रलाई अघि बढाउन कार्ययोजनाका साथ अघि बढने जानकारी दिनुभयो । 

नुनढाकीको पर्यटन विकासलाई  अघि बढाउन कार्ययोजनाको साथ स्थानीय स्तरबाट यो प्रोजेक्टलाई सफल  बढाउन तेहथुम संखुसभा मिलेर कार्ययोजना बनाएर  मन्त्रालयमा पेश गरी अघि बढ्न समेत वन मन्त्री थापाले  निर्देशन गर्नुभयो ।  

हिजो आइतवार तातोपानी धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिद्धारा मन्त्री थापा लगायत मन्त्रालयका सचिव सञ्जीव राई सहितको प्रदेश मन्त्रालयबाट भ्रमणमुकाम नुनढाकी पुग्नुभएको  टोलिलाई अनौपचारिक रुपमा गरिएको स्वागत कार्यक्रममा पर्यटन प्रर्वधनका लागि विश्वकै धेरै प्रजातीको लालिगुराँस पाइने टिएमजे क्षेत्र सँग जोडिएको  नुनढाकीमा भव्य स्वागत गर्नुहुँदै पर्यटन पर्वद्धनका लागि आवश्यक बजेटको माग पत्र समेत संस्थाका अध्यक्ष प्रेम सञ्जय लिम्बुले मन्त्री थापालई हस्तान्तरण गर्नुभयो । 

माग पत्रमा  प्रदेश मन्त्रालयमा यस संस्थाले बुझाएको गुरुयोजना मुताविक क्रमिक रुपमा काम गर्न कामको प्रत्यक्ष अवलोकन गरी प्रदेश सरकारको यस आर्थिक वर्षको छुट्याइने बजेटबाट सम्बोधन हुनेगरी प्रदेश सरकारको रातो कितावमा कार्यक्रम उल्लेख गराई समग्र जिल्ला, नगर र वडाको समृीद्धमा असिम सहयोग पु¥याइदिन हुन अनुरोध पेश गरिएको थियो । 

लालीगुँरासको क्षेत्र तिनजुरे मिल्के जलजले क्षेत्र सँग जोडिएको नुनढाकी प्राकृतिक सौदर्यसँगै  पर्यटन पर्वद्धनका लागि संस्थाले स्थानीय स्तरबाट चालेको यो कदमले  आन्तरीक र वाहय पर्यटक भित्र्याउन सके नुनढाकी क्षेत्र मात्र नभै वडा, नगर तथा समग्र जिल्लाकै आर्थिक समृद्धिलाई टेवा पुग्ने नेपाली काँग्रेस महासमिति सदस्य दिपक लिम्बुले वताउनुभयो ।  

पर्यटन पर्वद्धनको लागि नुनढाकी क्षेत्रमा होमस्टेको व्यवस्था, तातोपानी स्नान कक्ष,  लुगा परिवर्तन गर्ने स्थाल, विशाल शिव मुर्तिको स्थापना, स्वीमिङपुलभित्रै वास्केटबल खेलन सकिने स्वीमिङपुल, सामुदायीक  हल, फुटवल ग्राउण्ड, ६० मिटर लामो  ढुंगाद्धार निर्मित खुड्कीला सहितको पदमार्ग , अपाङमैत्री बाटो, इन्टरनेटको सुविधा, पर्यटकलाई सुरक्षित महुस गराउन सिसिटिभि क्यामेराको निगरानी , सुरक्षा गाडको व्यवस्था समेत सो स्थलमा रहेको संस्थाको अध्यक्ष प्रेम संजय  लिम्बुले वताउनुभयो । 

सो स्थल सम्म पुग्न यातायातको साधन सहज सँग चल्न सक्ने सडकको विकास, एक वस्तीबाट अको वस्ती भएको गाउँसम्म पुग्न पुलको निर्माण गर्ने योजन समेत रहेको तातोपानी धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितले जनाएको छ ।   





बिराटनगर जेठ १५ गते । रातो तारा डट कम, मोरङ कटहरी गाउँपालिका वडा नं १ स्थित बितु माझीको खेतमा जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं २ बस्ने बर्ष ५० को तुलसी श्रेष्ठलाई आपसी वादविवादको क्रममा बाँसको मुग्रो, ढुंगा लगायतका औजारहरूले टाउँकोमा प्रहार गरी हत्या गरी फरार रहेका निम्न ब्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीटोलीले पक्राउगरी थप अनुसन्धान भईरहेकोछ ।

निम्न 

 जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं।(१ बस्ने बर्ष ३३ को रविन भुजेल ।

 जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं।(१ बस्ने बर्ष २९ को कपिल माझी । 

 जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं।(३ बस्ने बर्ष २८ को नितेश राजबंशी ।  



विराटनगर  जेठ १५ गते । रातो तारा डट कम,साहित्यकार अजिता प्रधानद्वारा लिखित ‘भावनाका छालहरू’ मुक्तकसंग्रह आइतबार एक समारोहका बीच विमोचन गरिएको छ ।

नोवेल साकोस साहित्य संस्थाको आयोजनामा भएको कार्यक्रममा अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेल, साहित्यकार देवी पन्थी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, सार्क कल्चरल सोसाइटी नेपालका अध्यक्ष राजेन्द्र गुरागाईं, अग्रज साहित्यकार बलराम पोखरेल, डा. नरेन्द्र चागापाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीका अध्यक्ष विनोद विवश, कोपिला साहित्य प्रतिष्ठानकी अध्यक्ष कविता केशरीलगायतले संयुक्त रुपमा मुक्तकसंग्रहको विमोचन गरेका थिए । 

विमोचित मुक्तकसंग्रहका विषयमा कवि एवं समालोचक हरि कट्टेलले समीक्षात्मक टिप्पणी प्रस्तुत गरे । उनले मुक्तकसंग्रहले अहिलेको नेपालको राजनैतिक व्यथिति, विकृति, विसंगति, अभाव, गरिबी, भ्रष्टाचारलाई सशक्त रुपमा उठाएको बताए । सो अवसरमा कवि मञ्जुश्री गिरी, भरत गुरागाईं बर्बरिक, मीनकुमार नवोदित, राधा भट्टराई, मञ्जु घिमिरे, राधा सुवेदीलगायतले विमोचित संग्रहभित्रका मुक्तकहरू वाचन गरेका थिए । नोवेल साकोस साहित्य संस्था काठमाडौंले प्रकाशित गरेको संग्रहभित्र विभिन्न विषयवस्तुलाई आधार मानेर लेखेका २५१ वटा मुक्तकहरू समावेश गरिएको छ । 



काठमाडौं । पोखराबाट २२ जना यात्री बोकेर  ९.४५ मा उडेको तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त भएको स्थानीयले जानकारी दिएको म्याग्दीका डिएसपी तिलक भारतीले बताएका छन् । खोजी कार्यजारी छ । क्षतिकोबिबर


काठमाण्डांै जेठ १५ गते । रातो तारा डट कम, आज १५ आज नेपालमा गणतन्त्र आएको पनि १५ वर्ष पुग्यो अर्थात आज १५ औं गणतन्त्र दिवस हो । आज देशभर विभिन्न कार्यक्रम गरेर नेपालभर बिहानै देखि मनाइँदै छ । 

हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना मनाउनु सकारात्मक कुरा हो । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणा गरिएको थियो । 


राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनको रुपमा यो दिवस मनाउने गरिन्छ । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने कामना गर्नुभएको छ । 


उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा सकारात्मक प्रभाव नपारेसम्म परिवर्तनको संस्थागत र दिगोपनमा चुनौती रहिरहने बताउनुभएको छ । त्यसका लागि दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सहमति, सहकार्य र राष्ट्रिय एकताका साथ अगाडि बढ्न उहाँले आह्वान पनि गर्नुभएको छ । 


प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा नागरिकको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै देशलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताउनुभएको छ । हामीले उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक सङ्घसंस्था, सञ्चार जगत र आम नेपाली नागरिकलाई राष्ट्रको विकास र समृद्धिका लागि एकबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ । 


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्प बोकेर लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न चाहेको बताउनुभएको छ । 


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको परिवर्तन र अग्रगमन सहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हाँसिल गर्न सबै एक जुट भएर लाग्नु पर्छ भन्नु भएको छ ।



काठमाण्डांै जेठ १५ गते । रातो तारा डट कम, अहिलेको चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ हजार ३८१ अमेरिकी डलर पुग्ने अनुमान सरकारले गरेको छ । २०७७÷७८ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १२४६ डलर थियो । हिजो अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्भेक्षणका अनुसार राष्ट्रिय खर्चयोग्य आय प्रतिव्यक्ति १६८३ डलर पुग्ने अनुमान गरेको छ । कुल गार्हस्थ उत्पादनसँग लगानीको अनुपात ३७ दशमलव ३ प्रतिशत पुग्ने अनुमान सर्वेक्षणले प्रस्तुत गरेको छ । गत आर्थिक वर्षमा यो ३५ दशमलव ९ प्रतिशत थियो । यो आर्थिक वर्षको अन्त्यसम्ममा उपभोक्ता मूल्यमा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँको पुग्ने अनुमान गरेको छ । बैदेशिक ऋणको भार कुल ग्रहस्थ उत्पादनको ४ दशमलव ९० प्रतिशशत रहेको छ । 



बिराटनगर जेठ १५ गते । रातो तारा डट कम, नेपाली जनताको ऐतिहासिक जित भएको विशेष दिनका रुपमा आज १५ औं गणतन्त्र दिवस मनाइरहँदा म  देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । तत्कालीन समयमा २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको ‘गणतन्त्र’ जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल हो । म यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो ज्यानको आहुति दिनुहुने महान शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । 

लामो र ऐतिहासिक संघर्षको बलमा हाँसिल गरिएको गणतन्त्रले राजनीतिक तहमा अर्थपूर्ण परिवर्तन ल्याएको छ । मुलुक गणतन्त्रसँगै संघीय शासन प्रणालीमा रुपान्तरित भएको छ । भर्खरै स्थानीय तहको एक कार्यकाल सकिएर दोस्रो कार्यकालका लागि मुलुकभर एकसाथ निर्वाचन सम्पन्न भएको छ । नेपाली जनताले यो निर्वाचनमार्फत संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलियो अभिमत प्रकट गरेका छन् । यस निर्वाचनमार्फत नेपाली जनताले नेपालको राजनीतिक स्थीरता र समृद्धिको पक्षमा आफ्नो मत जाहेर गरेका छन् । अग्रगामी समाज निर्माणका लागि नेपाली जनताले प्रकट गरेको यो अभिमतप्रति हार्दिक आभार प्रकट गर्दछु ।

यसरी संविधानद्वारा संरक्षित लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो सामाजिक एवं राजनीतिक जीवन पद्धतिमा व्यवहारिक रूपमा नै क्रमशः संस्थागत हुँदै गइरहेको छ । स्थानीय तहको निर्वाचनले लोकतन्त्रको जगलाई थप मजबुत र संस्थागत गर्न मद्दत पु¥याएको छ । म भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित हुनुहुने सबै जनप्रतिनिधिज्यूहरूलाई बधाई दिंदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।

अन्त्यमा, गणतन्त्र दिवस २०७९ को अवसरमा संविधानको मर्म र भावनाअनुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा थप उत्साह र प्रेरणा मिलोस् भन्दै सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा १५ औं गणतन्त्र दिवसको पुनः हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु । 

राजेन्द्रकुमार राई

मुख्यमन्त्री

मिति ः २०७९ ज्येष्ठ १५ गते, आइतबार



मोरङ। रातो तारा डट कम,  मोरङको सुन्दरहरैँचा नगरपालिकामा कार्यपालिका सदस्य निर्विरोध चयन भएका छन्।चयन भएका आठ जना उम्मेदवार नै नेकपा एमाले तर्फबाट रहेका छन् । बिहिबार नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका एमालेका आठ जना निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृतका अनुसार कार्यपालिका सदस्य आठ जनाका लागि एमालेबाट महिलातर्फ ५ जना र दलित तथा अल्पसंख्यकबाट उम्मेदवारी परेको थियो ।सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ कि दुर्गा पोखरेल वडा नम्बर ६ कि टुनाकुमारी बिक, वडा नम्बर ७ कि सिता अधिकारी, वडा नम्बर ९ कि रुकमणि घिमिरे र वडा नम्बर १० कि बबिता खापुङ्गको उम्मेदवारी परेको थियो ।दलित तथा अल्पसङ्ख्यकबाट वडा नम्बर १ का दयाराम खवास वडा नम्बर ३ का अजम्बर राई र वडा नम्बर ६ कि आनन्द कुमारी लिंखाले उम्मेदवारी दिएका थिए ।शनिबार नगरपालिकामा नयाँ चयन भएका सदस्यहरुलाई प्रमाण पत्र वितरण गरी सपथ ग्रहण गराइएको थियो।


विराटनगर जेठ १४ गते । रातो तारा डट कम, विराटनगरका उद्योगी व्यवसायीहरुले महानगरपालिकाभित्रको भ्रष्टाचारलाई अन्त्य गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् । 

नेपाल उद्योग परिसंघ प्रदेश–१ ले आयोजना गरेकोे स्वागत कार्यक्रममा महानगरको भ्रष्टाचार, ढिलासुस्ती, अनियमिता अन्त्य गर्न उद्योगीहरुले सुझाव दिएका हुन् । कार्यक्रममा  परिसंघ प्रदेश–१ का अध्यक्ष भीम घिमिरेले विराटनगर महानगरपालिकाका कर्मचारी क्रोनिक, असहयोगी र  भ्रष्ट भएकाले सचेत रहन जनप्रतिनिधिहरूलाई सुझाव दिए । 

उनले कवाडी करका रुपमा अनावश्यक कर लिने गरेको, विराटनगर महानगरपालिकाका ढूवानीका सवारीसाधनलाई ढुवानीका सामान लोड अनलोड हुने स्थानको अभाव रहेकाले समस्या भइरहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । घिमिरेले विराटनगरको सौन्दर्यीकरणका लागि विराटनगरको बरगाछी दक्षिणको भागमा परिसंघ हरियाली प्रबद्र्धन र सौन्दर्यीकरणका लागि सहयोग गर्न तयार रहेको बताए । उनले सडकको डिभाइडरमा बोट विरुवा लगाउने र शहरमा हरियाली प्रबद्र्धनका लागि निजी क्षेत्र सहयोग गर्न तत्पर रहेकोस्पष्टपारे । कार्यक्रममा  नेपाल उद्योग परिसंघ प्रदेश १ को कार्यसमितिका पदाधिकारीहरूले विराटनगर महानगरपालिकालाई भ्रष्टाचारमुक्त महानगर बनाउन नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरे । सो अवसरमा उद्योगी उद्धव रिजाल, देवेन्द्र अग्रवाल, राकेश सुरानालगायतले महानगरमा कर्मचारीतन्त्र हाबी भएको बताउँदै भ्रष्ट कर्मचारीलाई शाखा परिवर्तन गर्न सुझाव दिएका थिए ।  

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा उद्योगको प्रबद्र्धनका लागि ‘मेड इन विराटनगर’ अभियान चलाएर विराटनगरका उद्योगीहरूलाई सहयोग गर्न महानगरपालिका तत्पर रहेको बताए । उनले खानेपानीको समस्या समाधानका लागि जाइकासँग सम्झौता भएर कार्यान्वयनमा जान लागेको जानकारी दिनुभयो । उहाँले विराटनगरको डुवानको समस्या समाधान गर्न सिंगिया र केशलीया खोलाको दुबैतर्फ तटबन्ध बाँध्ने योजना अघि बढाइने स्पष्ट पार्नुभयो । 

त्यसैगरी  कार्यक्रममा उपमेयर शिल्पा कार्कीले सबैको साझा चाहना विराटनगर बनाउने भएकाले व्यक्तिगत स्वार्थ नराखी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विराटनगरको विकासका लागि मास्टर प्लान बनाएर व्यवस्थित विराटनगर बनाउने बताउनुभयो । 

उहाँले जसरी भए पनि यो वर्ष विराटनगर डुवानमा पर्न हुँदैन भनेर जनप्रतिनिधिहरूले विज्ञहरू, महानगरपालिकाका कर्मचारीहरूलगायतसँग छलफल थालिसकेको जानकारी दिनुभयो । कार्यक्रममा विराटनगर वडा नम्बर ५ का वडा अध्यक्ष सन्तोष न्यौपाने, विराटनगर २ का वडाअध्यक्ष कुमार पोखरेल, वडा नम्बर ३ का वडा अध्यक्ष वासु बस्नेत, वडा नम्बर ४ का अध्यक्ष जितन थापालगायतलाई नेपाल उद्योग परिसंघ प्रदेश १ का पदाधिकारीहरूले स्वागत गर्दै बधाई तथा कार्यसफलताको शुभकामना दिएका थिए । 



विराटनगर जेठ  १४ गते । रातो तारा डट कम, झोराहाट नाटक समूहले आयोजना गरेको कार्यक्रममा विभिन्न चार जना स्रष्टाले मुक्तक वाचन गरेकाछन् । 


मोरङको झोराहाटस्थित नाटक घरको सभाहलमा आयोजित कार्यक्रममा मुक्तककार सन्तोष अम्गाई, प्रिन्स प्रमोद ढकाल, राधा सुवेदी र अम्बिका खरेल उप्रेतीले विभिन्न विषयमा लेखेका मुक्तक वाचन गर्नु भएको थियो । कार्यक्रममा उहाँहरुले ५–५ वटा मुक्तक वाचन गर्नुभएको थियो । झोराहाट नाट्य समूहले हरेक महिना साहित्य गोष्ठी गर्दै आएको छ । बेलाबेला नाटक मञ्चन पनि गर्दै आएको आयोजक संस्थाका अध्यक्ष भरत गुरागाईं बर्बरिकले जानकारी दिए । 

सो अवसरमा मुक्तक वाचन गर्ने साहित्यकारलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । यसअघि झोराहाट नाट्य समूहले आयोजना गरेको कार्यक्रममा देशका विभिन्न स्थानका कविहरुले आफ्ना सिर्जना प्रस्तुत गरिसकेका छन् ।



विराटनगर जेठ  १४ गते। रातो तारा डट कम, विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोइरालाले 


वर्षाको समय आएकाले तत्कालका लागि विराटनगरलाई डुबानबाट मुक्त गर्ने गरी काम गरिरहेको बताएका छन् । 


नेपाली कांग्रेस विराटनगर वडा नम्बर ९ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले जसरी हुन्छ यसपटकको बर्खामा महानगरवासीलाई डुबानबाट मुक्त गर्ने गरी काम भइरहेको प्रस्टाए । त्यसका लागि इन्जिनियरहरुलाई स्पष्ट खाका बनाउन निर्देशन दिइसकेको उनको भनाइ छ । “महानगरभित्रका सबै नाला सफा गर्ने काम सुरु भइसकेको छ,” मेयर कोइरालाले थपे, “इन्जिनियरहरुलाई कहाँकहाँ पैनी, ठूला नाला, खोला सफा गर्नुपर्छ त्यसका लागि खाका लिएर आउनु भनेको छु ।” 

मेयर कोइरालाले सबैको सहयोगले पाँच वर्षभित्र विराटनगरलाई सफा, सुन्दर र गर्व गर्न लायक बनाउने उद्घोष गरे । कोइरालाले अनेकौं सम्भावना हुँदाहुँदै पनि विराटनगर विकासमा पछि परेको बताए । उनले सबैको साथ र सहयोगले सफा, सुन्दर, हरियाली र आत्मनिर्भर महानगर बनाउने प्रतिबद्धता जनाए । “हामीले कार्यभार सम्हालेको धेरै दिन भएको छैन, आजको भोलि परिवर्तन हुँदैन,” उनले भने, “सफा, सुन्दर, हरियाली र हरेक विराटनगरवासीले गर्व गर्न लायक विराटनगर बनाउने हाम्रो लक्ष्य छ ।” 

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश–१ का कोषाध्यक्ष राजेश गुप्ताले विराटनगर प्रदेश १ को राजधानी भएकाले विकास हुनु जरुरी रहेको उल्लेख गरे । उनले संघीय र प्रदेश सरकारबाट बजेट ल्याएर सडक पूर्वाधारसहितको विकासमा जोड दिन सुझाव दिए । कांग्रेस महानगर समितिका सभापति दीपक चापागाईंले जनप्रतिनिधिहरुले झिनामसिना विषयमा नअल्झी जनमुखी काममा ध्यान दिनुपर्नेमा जोड दिए । सभापति चापागाईंले भने, “मेयरसहित सबै जनप्रतिनिधिहरुलाई आग्रह गर्दछु तपाईंहरु अब सानातिना कुरामा नअल्झी जनअपेक्षाअनुसार काम लाग्नुहोस् ।” 

उनले महानगरवासीको अपेक्षा धेरै भएकाले तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्नआग्रहगरे । त्यस्तै नवनिर्वाचित वडाध्यक्ष विश्वनाथ भगत (लालु)ले जनताको सेवामा सधैं सक्रिय हुने प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाली कांग्रेस वडा नम्बर ९ की सभापति अनुजा कोइरालाले सबैको साथ र सहयोगले विराटनगरमा मेयर कांग्रेसले जितेको बताइन् । उनले वडा नम्बर ९ मा अध्यक्षसहित सबै पदमा कांग्रेसलाई जिताउन सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिइन् । “वडावासीको अथक प्रयास र सक्रियताकै कारण वडामा कांग्रेसले जितेको हो,” कोइरालाले भनिन्, “यो सबैको सामूहिक प्रयासबाट सम्भव भएको हो ।” कार्यक्रममा विजेयता अधिकारीलगायतले जनप्रतिनिधिहरुलाई शुभकामना दिएका थिए । सो अवसरमा नवनिर्वाचित मेयर, वडाध्यक्ष र सदस्यहरुलाई टीका, माला र खादा लगाएर मायाको चिनो प्रदान गरिएको थियो ।



बिराटनगर जेठ १४ गते । रातो तारा डट कम,रेडियो कर्मी तथा  प्रेस चाैतारी नेपालका पूर्व सल्लाहकार स्व. चन्द्र न्यौपानेको प्रथम स्मृति दिवस बिराटनगरमा आज प्रेस चौतारी नेपाल १ नम्बर प्रदेश कमिटीले मनायो। व्यबसायीक रेडियोको विकासमा स्व.चन्द्र न्यौपानेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न वक्ताहरूले आ-आफ्नो धारणा राख्दै,  स्व. न्योैपानेले रेडियो बचाउमा राम्रो  काम गरेको स्मरण गरे। स्व.चन्द्र न्योैपाने कि धर्म पत्नी अनिता गुरगागाइले आजै इटहरीको कार्यक्रममा चन्द्र न्योैपाने मेमोरियल ट्रष्ट घोषणा गरि १ करोडको कोष बनाउने र त्यसबाट आउने व्याजबाट पत्रकारीता अध्यायान गर्ने १ जनालाई छात्रवृत्ति दिने जानकारी गराउनु भयो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलसी नयोैपाने हुनुहुन्थ्यो भने,१ नम्बर प्रदेश कमिटि प्रेस चौतारी नेपालका अध्यक्ष अविजाल विष्टले कार्यक्रमको सभापतित्व गर्नु भएको  थियोे । 


काठमाण्डौ जेठ १४ गते । रातो तारा डट कम,बैशाख ३० गते स्थानिय तहको चुनाव सकिने बितिकैसरकारको निर्देशनमा इन्धनको मुल्य अत्यधिक बढाएको थियो ।  उपभोक्ता सरकारको चर्को बिरोध र आलोचना गरे पनि सरकारले पेट्रोल र डिजेलको मूल्य समायोजन गर्ने अहिले तयारी गरेको छ । पेट्रोलियम पदार्थमा लगाईँदै आएको पूर्वाधार कर र भन्सार करको दर घटाएर १० रूपैंयासम्म मूल्य सामायोजन गर्ने विषयमा मन्त्री परिषदले निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माको सचिवालयले जनाएको छ । सरकारले पेट्रोल र डिजेलमा पूर्वाधार कर वापत १० रुपैयाँ र भन्सार कर वापत २५ रुपयाँ लिँदै आएको छ । दुवै किसिमका करबाट ५÷५ रूपैंया घटाउने गरि निर्णय भएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ । यसो गरे सरकारलाई मासिक चार अर्व राजश्व गुम्ने प्रक्षेपण अर्थ मन्त्रालयले गरेको छ । पेट्रोलियम पदार्थमा लगातार मुल्यवृद्वि भईरहेको भन्दै नागरिकहरुले सरकारको चर्को बिरोध गर्दै आएका छन ।



काठमाण्डौ जेठ १४ गते । रातो तारा डट कम, अहिले प्रदेश सरकारहरूले पनि बजेट तथा कार्यक्रम बनाउन थालिसकेका छन् । कानुनी व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट र आफना भाबि कार्यक्रम सार्वजनिक गर्नुपर्छ । चालू आर्थिक वर्षको लागि ३२ अर्बको बजेट ल्याएको प्रदेश १ सरकारले आउँदो आर्थिक वर्षको लागि बजेटको आकार बढाउदै करिव ३५ अर्बसम्म पु¥याउने तयारी गरिरहेको बुझिएको छ । अहिले मन्त्रालयगत छलफल सकेर सरोकारवाला विज्ञ र स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल चलिरहेको छ । यो वर्षको बजेटमा कृषि, पर्यटन, पुर्वाधार विकाससँगै सहकारी क्षेत्र प्राथमिकतामा पर्ने प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता पुण्यप्रसाद रिजालको भनाइ छ ।



काठमाण्डौ जेठ १४ गते । रातो तारा डट कम, राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबारको संसद् बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । आज नीति तथा कार्यक्रम पारित गरेर भोलि बजेट ल्याउने सरकारकोतयारी भइरहेको छ । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रममाथिका बिषयहरुमा छलफल समेत जारी रहने समेत समचारमा उल्लेख गरिएको छ । त्यसका लागि दिउँसो ४ बजे संघीय संसदको संयुक्त बैठक बोलाइएको छ । प्रि बजेटमाथि संसदमा छलफल भइसकेको छ । सांसदहरुका सुझाव समेटेर अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नुहुनेछ । राष्ट्रियसभाको हिजो बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरिसकेको छ ।


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.