Websoft University

नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँको पुग्ने छ भने–बैदेशिक ऋणको भार कुल ग्रहस्थ उत्पादनको ४ दशमलव ९० प्रतिशशत पुगेको छ ।


काठमाण्डांै जेठ १५ गते । रातो तारा डट कम, अहिलेको चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ हजार ३८१ अमेरिकी डलर पुग्ने अनुमान सरकारले गरेको छ । २०७७÷७८ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १२४६ डलर थियो । हिजो अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्भेक्षणका अनुसार राष्ट्रिय खर्चयोग्य आय प्रतिव्यक्ति १६८३ डलर पुग्ने अनुमान गरेको छ । कुल गार्हस्थ उत्पादनसँग लगानीको अनुपात ३७ दशमलव ३ प्रतिशत पुग्ने अनुमान सर्वेक्षणले प्रस्तुत गरेको छ । गत आर्थिक वर्षमा यो ३५ दशमलव ९ प्रतिशत थियो । यो आर्थिक वर्षको अन्त्यसम्ममा उपभोक्ता मूल्यमा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँको पुग्ने अनुमान गरेको छ । बैदेशिक ऋणको भार कुल ग्रहस्थ उत्पादनको ४ दशमलव ९० प्रतिशशत रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.