Websoft University
October 2019


विराटनगर कार्तिक १४ गते । रातो तारा डट कम, स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ कोे फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । उक्त प्रतियोगिताको फाइनमा पुगेका २७ जना प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा ‘ट्यालेन्ट शो’ मा देखाएका हुन् ।
विराटनगरको हिमालय दर्शन कलेजमा भएको ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले नृत्य,गीत, चित्रकला, कतिवा, मेकअपलगायतका प्रतिभा प्रस्तुत गरे । उनीहरू मध्ये एक जना प्रिन्स र एक जना प्रिन्सेस्ले बेस्ट ट्यालेन्ट एवार्ड प्राप्त गर्नेछन् । सो एवार्ड आउँदो कार्तिक २३ गते हुने विराटनगरमा हुने फाइनलको दिन वितरण गरिने आयोजक हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेटका प्रबन्ध निर्देशक अर्जुन श्रेष्ठले बताए । ट्यालेन्ट शोको निर्णायकहरूमा नृत्य निर्देशक सागर साह, गायक सुरज बाँनिया र मेकप स्क्रलकी निर्देशक रिता ढकाल रहेका थिए ।

हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेट प्रालिले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनल राउण्डमा प्रिन्समा ७ जना र प्रिन्सेस्मा २० जना रहेको आयोजक संस्थाका कार्यक्रम निर्देशक सुशील घिमिरे जानकारी दिए ।

‘सीप र संस्कारसहितको सौन्दर्य’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले भाग लिएको कार्यक्रम संयोजक सुमन श्रेष्ठले जानकारी दिए ।स्कूलमा अध्ययरत विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विराटनगरलगायत नजिका गाउँपालिकाबाट प्रतियोगिहरूले सहभागि रहेको आयोजकले जनाएका छन् ।
प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ, जीवन बिमाका साथै विभिन्न आकर्षक उपहार प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपलाई क्रमशः १६ हजार र १२ हजार नगद पुरस्कार प्रदान गरिने प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।



 काठमाण्डौ कार्तिक १४ गते । रातो तारा डट कम,कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । कृष्णनगर बजार क्षेत्रमा लक्ष्मी पूजाको मूर्ति बिर्सजन गर्न जाने बाटोका विषयमा स्थानीयबीच विवाद भएपपछि झडप भएको थियो । विवादपछि गोली चल्दा एकजनाको मृत्यु भएको हो । प्रहरीले चलाएको गोली लागेर मृत्यु हुने सुरज पाण्डे भारतमा घर भई नेपालमा चियाको व्यापार गर्ने रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगरमा विहान ११ बजेदेखि कर्फ्यु लगाएको छ । लक्ष्मी पूजाको मूर्ति बिर्सजन गर्ने विषयमा दुई समुदायबीच हिजोबाट सुरु भएको विवादले उग्र रुप लिएपछि झडप भएको थियो । थप घटना नहोस् भन्नका लागि कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । झडपमा परी केहि स्थानीय र प्रहरी घाइते भएका छन् । विषय सामान्य भए पनि विवाद उत्कर्षमा पुगेकोले अवस्था जटिल बनेको प्रहरीको भनाइ छ । प्रहरीले झडपलाई नियन्त्रण लिन बुधबार ५० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । 


काठमाण्डौ कार्तिक १४ गते । रातो तारा डट कम,काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार आमा ह्योल्मो यातायातको बस सिन्धुपाल्चोकबाट काठमाडौं आउँदा गरेको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा परेको हो । तीनजनाको घटनास्थलमै मृत्यु भएको र घाइते सबैको उद्धार गरिएको छ । ओरालोमा चिप्लिएर बस दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 




मोहन कुमार राई–कार्तिक १४,गते। रातो तारा डट कम,सङ्खुवासभा नेपालकै चर्चित शक्तिपीठ सिद्धकाली मन्दिर परिषरको महादेवको मन्दिर अगाडि आकर्षक ढंगको घण्टी राखेर एक कार्यक्रमका विच विहिवार विहान अनावरण गरिएको छ । 


३० वर्ष शिक्षक २२ वर्ष पत्रकारिता र विभिन्नि नेपाली चलचित्रमा अभिनय गरिसकेका चैनपुर निवासी पदम प्रसाद पौडेलले १ लाख माथि खर्चेर २५ केजीको धातुको घण्टी मन्दिरमा राख्ने क्रममा सिद्धकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं चैनपुर नगरपालिकाका नगर प्रमुख भरतकुमार खत्रीको अध्यक्षतामा सम्पन्न सो अनावरण कार्यक्रममा प्रदेश नं.१ का प्रदेश सांसद तुलसीप्रसाद न्यौपानेले पितृको सम्झना गर्दै राष्ट्रिय कलाकार पदमप्रसाद पौडेलले गर्नुभएको धार्मिक कार्यको मुक्त कण्ठले प्रसंसा गर्दै यस मन्दिर परिसरको वृहत्तर विकासमा व्यक्तिगत तवरबाट देशकै उद्योगपति एवं समाजसेवी कृष्णगोपाल श्रेष्ठले मन्दिर परिसरमा विच्छ्याएको ढुङ्गाको समेत प्रसंसा गर्दै चैनपुर नगरपालिकाले मन्दिर परिसरमा गरेको विकासको समेत मुक्त कण्ठले प्रसंसा गर्नुभयो । सो अवसरमा अनावरण कार्यक्रमलाई दाता पदमप्रसाद पौडेल, वहाँको धर्मपत्नीकासाथ प्रदेश नं.१ का सांसद तुलसीप्रसाद न्यौपाने र नगरप्रमुख भरतकुमार खत्रीले संयुक्त रुपमा घण्टीको अनावरण गर्नुभएको थियो । कार्यक्रममा दाता पदमप्रसाद पौडेलले जीवनको उत्तरार्धमा आफ्ना बुवाआमाको स्मरणमा यो घण्टी मन्दिरमा स्थापना गर्ने अवसर जुटाइदिएकोमा सरोकार पक्षहरुलाई धन्यवाद दिनुभयो । यसै गरी कार्यक्रममा चैनपुर नगरपालिकाका नगरप्रमुख भरतकुमार खत्रीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यस मन्दिर परिसरमा आन्तरिक तथा वाह्य पर्यटकहरु २० हजार माथिको संख्यामा उपस्थित गराउन चैनपुर नगरपालिका लागिपर्ने बताउनुभयो । यसै गरी वहाँले भारतको नैनतालसँग सिद्धकाली मन्दिरलाई जोडेर भारतीय तिर्थयात्री र पर्यटकहरुसमेत भित्र्याउन नगर लागिपर्ने बताउनु भयो । यसै विच आजै सिद्धकाली मन्दिर परिसरमा नै सालिकमा निर्मित सतीदेवीको पैतालाको समेत अनावरण प्रदेश नं.१ का सांसद तुलसीप्रसाद न्यौपानेले गर्नुभएको थियो । केही समय अघि खानीबाट ढुङ्गा उत्खनन गर्ने क्रममा मन्दिर नजिकैको क्षेत्रमा भेटिएको ढुङ्गाको सालिकलाई मन्दिर समितिले संरक्षित गरेर राखेको सो ढुङ्गाको सालिकलाई आज अनावरण गर्ने अवसर जुटाइएको सिद्धकाली गाउँ विकास समितिका पूर्व अध्यक्ष ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेताहरु, जनप्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो । 


झापा, कार्तिक १४ गते । रातो तारा डट कम,भारतको सिलिगुडी घर भएका ४३ बर्षीय रघुबर प्रसाद साहलाई चोरी गरेको ठुलो परिणामको सुन र चाँदीका गरगहना सहित झापाबाट पक्राउ गरिएको छ । 

झापाको कमल गाउँपालिका-६ स्थाई घर भई हाल विर्तामोड नगरपालिका-५ मा डेरा गरी वस्ने वर्ष ३५ की ललिता सापकोटा, गिता पौडेल  र वर्ष ३५ की मधु गुप्ताको घरमा  बुधबार दिउँसो कोही  नभएको अवस्थामा चोरी भएको भन्ने जानकारी पाए लगत्तै  खटिएको ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थल आसपासमा रहेको सि.सी.क्यामरा फुटेज हेर्दा चोरी गरेर निस्कीदै गरेको अवस्थामा  देखी उक्त क्यामेरामा देखिएका मानिसको खोजतलास गर्ने क्रममा साहलाई बिर्तामोड-५ बाट पक्राउ गरिएको हो । 

पक्राउ परेका साहले प्रयोग गरेको WB 74 AM 2724  नम्बर प्लेटको भारतिय गाडी चेकजाँच गर्ने क्रममा सो गाडीबाट लाखौ मुल्य बराबरको सुन तथा चाँदीका गरगहना, नेपाली रुपैयाँ ३८ हजार र भारतिय रुपैयाँ १३ हजार ७ सय बरामद भएको थियो ।

बरामद भएको गर गहनाहरु सम्बन्धीत पिडितहरुबाट सनाखत गराएको र समान सहित पक्राउ परेका साहको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  


बिराटनगर, कार्तिक १४ गते । रातो तारा डट कम,२०७६ सालको हिन्दु धर्मावलम्वीहरुको दोस्रो ठुलो महानचाड दिपावली १ नम्बर प्रदेशमा  शान्तपुर्बक सम्पन्न भएको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरले लागु गरेको बिशेष सुरक्षा योजनाको परिणाम स्वरुप कुनै ठुला अपराधको घटना नघटी यस बर्षको दिपावली सम्पन्न भएका हो । प्रदेश प्रहरी कार्यालय बिराटनगर

चाडपर्वका अवसरमा हुने जुवातासझै-झगडा, चोरी लुटपाट जस्ता सामाजिक अपराधहरुमा अघिल्लो बर्षको तुलनामा यो बर्ष निकै कमी आएको छ । सुनसरीको धरान एरियामा घरेलु हात हतियारहरु देखाई धाक धम्की दिई लुटपाट गर्न खोज्ने वा ज्यान मार्ने धम्की समेत दिने ५ जनालाई  हतियार सहित पक्राउ गरिएको छ । 

त्यस्तै ठुलो रकमको बाजी राखी जुवा तास खेल्ने र खेलाउने ५८ जना जुवाडेलाई नियन्त्रणमा लिइएको थियो । जुवा खालबाट ३० बुक तास१६ थान कौडा र नगद ८ लाख ४३ हजार ५ सय ८२ रुपैया समेत फेला पारी बरामद गरिएको थियो । 

चाडपर्व मनाउने नाममा जुवातास खेलेर सामाजिक बिकृती फैलाउने तथा घर परिवार नै बिग्रनेयस्ता कृयाकलापले समाजको वातावरणमा प्रतिकुल असर पर्ने कुरालाई मध्यनजर राखी यसलाई नियन्त्रण गर्नका लागी प्रहरीले यो अभियान अगाडी बढाएको हो। यस्तै दिपावली भरिमा १ लाख १८ हजार बराबरको पटका र पटका ओसार पसारमा संग्लग्न २ जनालाई नियन्त्रणमा लिईएको छ ।

सवारी साधनको ब्यवस्थापन, बिभिन्न स्थानमा सवारी चालक तथा यात्रूहरुलाई सचेतना जगाउने उदेश्यले चेतनामुलक कार्यक्रमहरु संचालन गरिएको थियो । मापसे चेकजाँचका लागी यस प्रदेशमा ट्राफिकको संख्या बढाई चेकीङ कार्यलाई तिब्रता दिईएको थियो।

यस बर्षको दिपावाली अवधी भर मादक पदार्थ सेवनचालकको लापरवाहीतिव्र गतिसडकको दुरावस्थाप्रयाप्त सवारीको अभावयात्रुवर्गमा चेतनाको कमी जस्ता विविध कारणवाट १ नम्बर प्रदेश भरिमा बस ७माईक्रो १कार जिप १ ट्याक्टर-ट्याम्पो ३मोटरसाईकल-२६ र साईकल २ वटा गरी जम्मा ४१ साधनहरु दुर्घटनामा परेका थिए । सो दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन भने ५३ जना घाईते भएका छन् । 

यसैगरी दिपावली भरीमा  प्रदेशका बिभिन्न स्थानहरुमा ११ जनाले झुण्डीएर र ३ जनाले बिषादी सेवन गरेर आत्महत्या गरेका छन् भने झुण्डीएर आत्महत्या गर्ने क्रममा २ जना र बिषादी सेवनबाट १४ जना घाईते भएका छन् भने बिभिन्न स्थानहरुबाट लडेर ४ जनाको मृत्यु भएको छ। मादक पदार्थ सेवन गरी कुटपीट तथा झै झगडा हुँदा १ जनाको मृत्यु भएको छ  भने २० जना घाईते भएका छन् ।

दिपावली गर्ने क्रममा ५ घरमा आगलागी हुदा ४२ लाख बराबरको क्षति भएको छ । यस्तै बिद्युत सर्ट भएर १० घरमा आगलागी भएको र अन्दाजी १ करोड ४५ लाख बराबरको क्षति भएको छ । आगलागीमा परी २ जनाको मृत्यु र ३ जना घाईते भएका छन् । अत्याधिक मादक पदार्थ सेवनका कारण १ जनाको मृत्यु भएको छ । यसै गरी पानीमा डुबेर १ जनाको बालकको मृत्यु भएको छ।

दिपावालीकै समयमा मादक पदार्थ सेवन गरी एक आपसमा झै-झगडा भई खुकुरी हानाहान हुँदा ४ जना घाईते भएका छन। यस्तै ४ वटा जबरजस्ती करणीका घटना भएको छ भनि नदीले बगाउदा १ जना बेपत्ता भएका छन्।  


काठमाण्डौ कार्तिक १४ गते । रातो तारा डट कम,सामाजिक सञ्जाल ट्वीटरले सबै खालका राजनीतिक विज्ञापनलाई प्रवितबन्ध लगाउने भएको छ । ट्वीटरले आफूलाई राजनीतिक विज्ञापनको माध्यम बन्न नदिने बताएको हो । ट्वीटरका कार्यकारी अधिकृत ज्याक डोर्सीले इन्टरनेटमार्फत् गरिने विज्ञापन निकै प्रभावकारी हुने र यो व्यापारका लागि ठीक भएपनि राजनीतिमा यसले ठूलो जोखिम ल्याउने बताउनुभएको छ । यसको विपरित फेसबुकले भने राजनीतिक विज्ञापनलाई बन्द नगर्ने घोषणा गरिसकेको छ । ट्वीटरमा राजनीतिक विज्ञापन बन्दको समाचारसँगै यसले अमेरिकाको राजनीतिमा नयाँ तरङ्ग ल्याइदिएको छ । राजनीतिज्ञ र आम मानिस यसको पक्ष र विपक्षमा देखिएका छन् ।


काठमाण्डौ । रातो तारा डट कम,पर्वतको कुश्मामा ४ यूवा मिलेर आधुनिक डेरी उद्योग सञ्चालन गरेका छन् । उद्योग सञ्चालन भएपछि सिजनका बेला मिल्क होलिडेको मार खेप्दै आएका किसानलाई राहात भएको छ । मोदीकाली डेरी सञ्चालनमा ल्याएसँगै मिल्क होलिडेको अन्त्य भएको हो ।  मोदीकाली डेरी उद्योगमा दैनिक १२÷१५ सय लिटर दूध संकलन हुन्छ । 

उद्योगमा संकलन र प्रशोधन भएको दूध पर्वत, बागलुङ, म्याग्दी र पोखरासम्म बिक्री हुँदै आएको छ । भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका अनुसार पर्वतमा दुधको माग दैनिक ४५ सय देखि ५ हजार लिटरसम्म छ । तर, उत्पादन भने दैनिक ७ हजार लिटर हुने गरेको छ । बढि भएको दूध संकलन गरि बजारीकरण गर्ने कुनै पनि उद्योग नहुँदा समस्या भैरहेका बेला मोदीकाली डेरी उद्योग सञ्चालन भएपछि किसानलाई सहज भएको हो । 

गाउँगाउँबाट पोखरा पठाउँदै आएका किसानले अहिले यहि उद्योगमा दूध विक्री गर्न थालेका छन् । उद्योगमा दैनिक २५ सय लिटर दूध संकलन गर्ने क्षमता छ । उद्योगले बागलुङको दमेक, जैमिनी र टार तथा पर्वतको साइकलचोक, बनौं र अर्मादीबाट दैनिक दुई सय किसानको दुध संकलन गरेर ल्याउँछ । किसानदेखि उद्योगसम्म प्रत्यक्ष, अप्रत्यक्ष तीन सय जनालाई रोजगारी दिएको सञ्चालक सूर्यप्रसाद शर्माले बताउनुभयो ।  

बजारमा भैंसीको दूध बढी माग हुने भएकाले उद्योगबाट दैनिक हजारदेखि १५ सय लिटर दूध बिक्री गर्न समस्या नभएको सञ्चालक शर्माले जानकारी दिनुभयो । वार्षिक रुपमा ६० लाख रुपैयाँ आम्दानी हुने अनुमान सहित उद्योग सञ्चालन गरेको शर्माले बताउनुभयो । डेरीमा बागलुङको जैमिनी कुस्मिसेराका दिनानाथ शर्मा, छिस्तीका सूर्यप्रसाद शर्मा, जलजला ८ नाग्लीवाङका माधव सुवेदी र कुस्मा ३ दुर्लुङका हरिप्रसाद सुवेदीको लगानी छ । 


सुनसरी,कात्तिक-१४ गते । रातो तारा डट कम,सुनसरी धरान-१५ स्थित खोरियाबस्ती बस्ने २३ बर्षीया जिना राईलाई उनकै श्रीमानले कुटपिट गर्दा उनको मृत्यु भएको छ। हिजो राती पउने ९ बजे घरमा झगडा भएपछी जिना घरबाट निस्केर बाहिर जादै गरेको अवस्थामा उनकै श्रीमान ३१ बर्षीय अर्जुन राईले उनलाई पछ्याउदै ढुंगाले टाँउकोमा प्रहार गर्दा जिनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
श्रीमतीको हत्या गरी फरार रहेका राईलाई राती सवा ११ बजे उक्त कार्यालयले नियन्त्रणमा लिएको छ।


उदयपुर,कात्तिक १४ गते । रातो तारा डट कम,सिरहा सुखिपुर-९ बस्ने ३० बर्षीय अबिन ठाकुरको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ। हिजो साझ ५ बजे उदयपुर त्रियुगा नगरपालिका चुवाडे नमुना चोक स्थितमा स
२ प ८७८२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल पछाडी सवार रहेका ठाकुर गम्भिर घाईते भएका थिए । उनको उपचारको क्रममा बेलुका सवा ६ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। सिरहाबाट उदयपुरको जलजले तर्फ आउदै गर्दा उक्त स्थानमा मोटरसाईकल दुर्घटना भएको हो । मोटरसाईकल र चालक सिरहा लहान १७ बस्ने दुर्गानन्द बि.क. उक्त कार्यालयको नियन्त्रणमा रहेका छन ।



शिव भट्टराई,सुनसरी । रातो तारा डट कम,तिहार सकिए लगत्तै तराइमा  छठको तयारी धमाधम गरिदैछ । तराइमा रहेका मधेसी, समुदाय मिलेर छठ पुजा अर्थात सुर्य पुजाको  लागि नहर पैनी तलाउ पोखरीमा तयारीमा लागेको पाइन्छ ।

अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्न तराइ तथा मिथिलाञ्चलवासी छठले सुर्य पुजालाई भव्याताका साथ मनाउन तयारीमा जुटेका हुन् । तराइमा दीपावलीसँगै छठ पर्वको रौनक शुरु भएको जताततै देख्न पाइदैछ ।

यसै क्रममा सुनसरीको इटहरीमा पनि छठ पर्वको रौनक सुरु भएको छ। बुधबार बिहान इटहरीमा रहेको राधा कृष्ण मन्दिरबाट बुढिखोला सम्म सूर्य नारायणको मूर्तिको परिक्रमा गरी वृहद र्याली सम्पन्न गरिएको छ।

र्यालीमा भक्तजनहरू द्वारा बाजा सहित नाच गान गर्दै भव्यताका साथ सो मूर्तिको नगर परिक्रमा गरी बुढिखोलामा ल्याई पुर्याएर सो मूर्तिको प्राण प्रतिष्ठाको कार्य सुरु गरिएको छ।त्यसैगरी १३,१४ र १५ गते सम्म प्राण प्रतिष्ठाको कार्य सकेर सो मूर्तिको स्थापना गरिने छठ पर्व सेवा समिति इटहरीका अध्यक्ष वाशुदेव शाहले बताएका छन्।सुनसरीको इटहरी स्थित बुढिखोलमा रहेको सो मन्दिर साथै मूर्ति प्रदेश नं १ मै पहिलो पटक स्थापना हुन लागेको उनले दावी गरेका छन्।

श्याम राई,गाईघाट कार्तिक१३ गते । रातो तारा डट कम,
कुखुराको खोरमा लुकेर तास खेलिरहेका सात जना जुवाडे मंगलबार राती पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुलाई त्रियुगा नगरपालीका वडा नं सात चुहाडे कालीखोला स्थित डिल्लीशेर राईको घरबाट राती ११ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी विर वहादुर वुढा मगरले बताए ।

पक्राउ पर्नेहरुमा जुहाड राउत, डिक वहादुर कार्की, गजेन्द्र राई डिल्लीशेर राई, दिनेश बुडाथोकी, सरोज थापा र पेशल राउत रहेका छन् ।

प्रहरीले दशैँ देखि जुवा तास खेल्न कडाई गरेपछि जुवाडेहरु प्रहरीबाट बच्न लुकी छुपी जुवा तास खेल्दै आईरहेका छन् । प्रहरीले जुवाडे सहित नगद र तास बरामद गरेको जनाएको
छ । दशैँ यता प्रहरीले जिल्लाको विभिन्न स्थान बाट ३० भन्दा बढी जुवाडेलाई पक्राउ गरेको छ ।

                                                         



बिराटनगर, कार्तिक १३ गते । रातो तारा डट कम,आजै देखि तिहार सकिए लगत्तै तराइमा  छठको तयारी धमाधम गरिदैछ । तराइमा रहेका मधेसी, समुदाय मिलेर छठ पुजा अर्थात सुर्य पुजाको  लागि नहर पैनी तलाउ पोखरीमा तयारीमा लागेको पाइन्छ । अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्न तराइ तथा मिथिलाञ्चलवासी छठले सुर्य पुजालाई भव्याताका साथ मनाउन तयारीमा जुटेका हुन् । तराइ दीपावलीसँगै छठ पर्वको रौनक शुरु भएको जताततै देख्न पाइदैछ ।

नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिको रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त छन् ।

तराइको पनि दखिनी बेल्डमा यस बेसला,बाँसको चोयाबाट बनाइएका टोकरी, नाङ्लो र सुपली, माटोको कलश, ढकनी, कोशी र दियो, कपडा, फलफूल, तेल, मसलाजस्ता खाद्यान्न किनमेल गर्न पसलमा ग्राहकको घुइँचो लागेको छ ।

मिथिलाञ्चलमा भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व पनि सकिएकाले अव सुर्य पुजा अर्थात छठ पुजा विधिवत रुपमा सुरु भएको छ ।

कात्तिक शुक्ल द्वितिया तिथि अर्थात् कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि कलात्मक मूर्ति बनाउन माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रुपमा लिने गरिएको पाइन्छ । यो पर्वमा दिदीबहिनीले माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्यरात्रिमा विशेष पूजापाठ गरी पर्वको सम्पन्न गर्ने गर्छन् ।

नेपाल संवत्को नयाँ बर्ष पनि कार्तिक १२ गतेबाटै सुरु भएको छ । हिजो देशभरी नयाँ बर्ष बनाइएको छ । नेपाल संवत् ११४० सुरुवातको अवसरमा काठमाडौं लगायत देशैभरी विभिन्न कार्यक्रम भयो । नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक विदा भने कार्तिक १३ गते मात्र दिएको छ ।


काठमाण्डौ कार्तिक १३ गते । रातो तारा डट कम,सरकारले दशैं तिहारलाई केन्द्रित गरेर हरेक वर्ष सञ्चालन गर्दै आएको सहुलियत पसल अब बर्षभरी नै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दशैं आउनु अघिदेखि सहुलियत पसल सञ्चालन गरेपछि बजार केही सुधारिएको भन्दै नागरिकले बर्षभरी सहुलियत पसल सञ्चालन गर्न आग्रह गरेपछि सरकारले वर्षभरी सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

अब खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत् सातैवटा प्रदेशका चौध स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने तयारी भइरहेको उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक जानकारी गराउनु भएकोछ ।

साल्ट ट्रेडिङ, खाद्य संस्थान, दुग्ध विकास संस्थान र केही निजी संस्थाले राखेका सुफत पसल निकै थोरै मात्रामा भएको र वरपरका मानिसले मात्र त्यसबाट लाभ लिन सकेको भन्दै सर्वसाधारणले गुनासो गरकै कारणबाट अव वर्षै भरी यस्ता पसलहरु संन्चालनमा ल्याइने बिभागले जानकारी गराएकोछ ।

उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल खोलिएको भए पनि यसले बजारमा व्याप्त कालोबजारी नियन्त्रण गर्न नसकेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।

यस्ता पसलहरु ७ तै प्रदेशमा संन्चालनमा आए कालोबजारी कम हुने पनि अनुमान गरिएकोछ ।


ईलाम, कार्तिक १३ गते । रातो ताता डट कम,ईलामको ईलाम नगरपालिका-१ मानेचोक स्थित मेची राजमार्गमा राकेबाट पुवाखोला तर्फ आउदै गरेको मे ७ प २०७४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । मंगलबार राती साढे १० बजेको समयमा सोही नगरपालिका-४ पुवाखोला बस्ने बर्ष २७ को संजय कटुवाल र बर्ष २७ को सुमन राई सवार मोटरसाईकल दुर्घटनामा परेको थियो । घाईते दुबैजनालाई उपचारकोलागी जिल्ला अस्पताल ईलाम पठाईएकोमा उपचारको क्रममा राती पौने १ बजेको समयमा संजय कटुवालको मृत्यु भएको थियो भने सुमन राई लाई थप उपचारको लागी झापाको बि एण्ड सी अस्पताल बिर्तामोड ल्याईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।


मोरङ, कार्तिक १३ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका-९ स्थित पूर्ब पश्चिम राजमार्गमा मोटरसाईकल र स्कुटर एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मंगलबार राती साढे ८ बजेको समयमा पूर्ब बाट पश्चिम तर्फ जादै गरेको को २९ प २७८४ नम्बरको मोटरसाईकल र बिपरीत दिशा तर्फ आउदै गरेको को ३२ प ८७५० नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घट्ना भएको थियो । दुर्घटनामा परेर स्कुटर चालक सप्तरीको महुली बस्ने बर्ष अंदाजी २३ को निश्चल भारती, स्कुटिको पछाडी सबार मोरंगको उर्लाबारी नगरपालिका-४ बस्ने बर्ष २३ की प्रमिला गिरी र मोटरसाईकल चालक झापाको मेची नगरपालिका-१२ बस्ने बर्ष १८ को एलिस भारती घाईते भई उपचारकोलागी तिनैजनालाई नोवेल अस्पताल विराटनगर ल्याएकोमा उपचारको क्रममा साढे ९ बजेको समयमा मोटरसाईकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुबै सवारी साधनहरु प्रहरी चौकी बिराटचोकको नियन्त्रणमा छन् ।



मोरङ, कार्तिक १२ गते । रातो तारा डट कम,मोरङको सुन्दरहैचा नगरपालिका-९ स्थित पूर्व पश्चिम राजमार्गमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आईतबार राती ९ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको बा २० च १५४९ नम्बरको कारले विपरीत दिशाबाट जाँदै गरेको को २९ प ४०५० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका-४ बस्ने वर्ष ४५ को शिव राज लामिछानेलाई उपचारकोलागी धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लैजाने  क्रममा बाटैमा मृत्यु भएको थियो भने कार चालक मोरङको सुन्दरहैचा नगरपालिका-११ बस्ने वर्ष ४० को विनोद भट्टराईको सोही अस्पतालमा उपचार भईरहेको छ । मोटरसाईकलमा पछाडी सवार सोही स्थान बस्ने वर्ष ४५ को बृद्दि राज खत्रीको हाल न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ठक्कर दिने कार र मोटरसाईकललाई प्रहरी चौकी बिराटचोकले नियन्त्रणमा लिएको छ । 

बिराटनगर । रातो तारा डट कम,मोरङ बिराटनगर महानगरपालिका वडा नं। ३ स्थित एक घरमा जुवा खेली रहेको छ भन्ने बिषेश सुचनाको आधारमा जिप्रका मोरङबाट प्रनिको कमाण्डमा टोली खटी गई जुवा खेली रहेको अवस्थामा कौडा १ सेट ९१६ वटा,नगद नेरु ४,४९,४७५    (चार लाख उनन्पचास हजार चार सय पचहत्तर,भारु १०० (एक सय) समेत गरी जम्मा नेरु  ४,४९,६३५ (चार लाख उनन्पचास हजार छ सय पैतिस), सहित १० जना मानिसहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको । 
२० साथै मिति २०७६-०७-१२गते मोरङ बिराटनगर महानगरपालिका वडा नं. ८ स्थित एक घरमा जुवा खेली रहेको छ भन्ने बिषेश सुचनाको आधारमा जिप्रका मोरङबाट प्रनानिको कमाण्डमा खटिएको प्रहरी टोली र वप्रका (ख) हाटखोलाबाट खटिएको प्रहरी टोलीले जुवा खेली रहेको अवस्थामा कौडा १ सेट ९१६ वटा, नगद नेरु २१०६१०९ दुई लाख दश हजार छ सय दश, सहित १० जना मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको । 





विराटनगर । रातो तारा डट कम, आज भाइटीका-प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्यान्ह ११ः५५ बजेको समय उत्तम छ, भाइटीका लगाउन मध्यान्हको समय हुनुपर्ने भएकाले यो समय निकालिएको हो”–उनले भने।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ। आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए। टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

यद्यपी नेवार समुदायले भने १३ गते नै कियापुजा मनाउने भएको छन् । त्यसकै लागि सरकारले सो दिन पनि सार्वजनिक विदा दिएको छ । यस वर्ष बुधबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही व्यक्तिले भाइटीका लगाउँदैछन् । गोवद्र्धन पूजा आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवद्र्धन पर्वत मानीपूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो।

यसवर्ष तिथिको घटबढका कारण भाइटीकाको दिन गोवद्र्धन पूजा परेको हो। कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ आज बिहान ७ः५१ बजेसम्म प्रतिपदा तिथि छ । गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने भएकाले मङ्गलबार नै गर्ने निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए आज बिहान प्रतिपदा तिथि हुँदै गोवद्र्धन पूजा गर्न समितिले आह्वान गरेको छ। त्यसपछि भाइटीका लगाउन सकिन्छ।


सुनसरी, कार्तिक ११ गते । रातो तारा डट कम,सुनसरीको बराहक्षेत्र नगरपालिका-७ बाङगेबाट प्रहरीले गएराती कौडा सहित २३ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा बाङगेस्थित स्थानीय गिता दाहालको घरमा जुवा खेलिरहेको छ भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-५ कालाबन्जार बस्ने पूर्ण थापा सहित २३ जनालाई पक्राउ गरेको हो । उक्त स्थानबाट प्रहरीले कौडा सहित नगद १ लाख ५६ हजार २ रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको उक्त कार्यालयले जनाएको छ ।




मोरङ, कार्तिक ११ गते । रातो तारा डट कम,मोरङको बेलवारी नगरपालिका-६ बनौलमा आईतवार पोखरीमा डुबेर २ बर्षीय बाललको मृत्यु भएको छ । साँझ ६ बजे सोही ठाउँका शुदर्शन गच्छेदारको २ बर्षीय छोरा सदन गच्छेदार खेल्ने क्रममा छिमेकी बल बहादुर गच्छेदारको पोखरीमा डुबेका
थिए । पोखरीमा डुबेर गम्भीर बनेका बालकलाई उपचारको लागि बि.एम.सी. अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा राती ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।



विराटनगर,। रातो तारा डट कम, झि पुचः विराटनगरको २६ औं वार्षिक साधरणसभाबाट नयाँ नेतृत्व चयन भएका पदाधिकारीहरूको पनि पस्थापन भएको छ । सर्वसम्मत रूपमा निर्वाचित भएका १७ जना नयाँ कार्यसमतिले सोमबार प्रमाण पत्र ग्रहण गरेर पदस्थापन गरे ।

केही दिन अगाडी सम्पन्न भएको साधरणसभाबाट झिः पुच विराटनगरको अध्यक्षमा जयन्त प्रधानाङ्ग, वरिष्ठ उपाध्यक्षमा हरिबहादुर श्रेष्ठ, उपाध्यक्षमा भविषकुमार श्रेष्ठ, महासचिबमा शरद श्रेष्ठ, कोषाध्यक्षमा सागरराज जोशी, सह–कोषाध्यक्षमा सुभाष आमात्य, सचिबमा सुरेश लाल श्रेष्ठ छन् ।

यस्तै सदस्यहरूमा उदयबहादुर डंगोल, हरिमोहन श्रेष्ठ, सुरज श्रेष्ठ, रामकुमार श्रेष्ठ, सन्जु शाक्य, रन्जना अमात्य, संजयकुमार श्रेष्ठ, सम्झना प्रधान, युनेशराज श्रेष्ठ र मिरा कुमारी राजभण्डारी रहेकी छिन् । दुर्व वर्ष कार्यकालको लागि सर्वसम्मत निर्वाचित भएका सदस्यहरूलाई निर्वाचन आयुत्त शिव नारयण प्रधानले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका थिए ।


मोरङ, कार्तिक ११ गते । रातो तारा डट कम,मोरङको पथरी-शनिश्चरे नगरपालिका-५ कोठेबारीमा आईतवार राती स्थानीय युवराज गिरीको घरमा आगलागी हुँदा आगोमा जलेर एक बालकको मृत्यु भएको छ ।

गिरीको घरमा साँझ दिपावली गर्न बालेको दियोबाट राती साढे १० बजे अचानक घरमा आगो सल्किदा घर भित्र सुतिरहेका गिरीको ४ बर्षीय छोरा युसन गिरीको आगोमा जलेर घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । 

आगलागीबाट गिरीको एक तले घर सहित ३/ ३  तोला सुन र चाँदीको गहना, अन्दाजी नगद रु. ९५ हजार सहित घर भित्र रहेको सम्पूर्ण सर-सामान जलेर नष्ट हुँदा अन्दाजी १२ लाख मूल्य बराबरको क्षति भएको छ । 

घटनास्थलमा इलाका प्रहरी कार्यालय पथरी र प्रहरी चौकी कुशेचौरीबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी दिपावली गर्ने क्रममा भएका आगलागी
सोलुखुम्बुः-

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२ कुमाल गाउँमा रुपा नेवारको घरमा आईतवार राती लक्ष्मीपुजा गर्ने क्रममा राती पौने ८ बजे आगलागी हुँदा नगद १ लाख ५० हजार, ५ तोला सुन, १० तोला चाँदी लगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा अन्दाजी ६ लाख मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा राती साढे ९ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

मोरङः- 
मोरङको केरावारी गाउँपालिका-८ आमजुङे बस्ने उमेश बस्नेतको घरमा राती ९ बजे घरमा बालेको मैनबत्तीबाट आगलागी हुँदा २ तले घर सहित साढे ४ तोला सुनका गहना, नगद रु. ४५ हजार र ग्वाली समेत जल्दा अन्दाजी २१ लाख मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी दमकल, इलाका प्रहरी कार्यालय बेलबारी, केरावारी र स्थानीयवासीको राती साढे ९ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ ।

ताप्लेजुङः-
ताप्लेजुङको सिरिजंगा गाउँपालिका-२ खम्दिम्बे बस्ने रमेश भट्टराईको घरमा आईतवार साँझ दिपावली गर्ने क्रममा किराना पसलमा बालेको मैनबत्तीबाट आगलागी हुँदा अन्दाजी ८ लाख मुल्य बराबरको क्षति भएको छ । 

राती ८ बजे भएको उक्त आगलागीबाट दिपावली गर्न राखेको नगद ३ लाख, किराना पसलमा रहेको किराना सामान, फर्निचर लगायतका अन्दाजी ५ लाख मुल्य बराबरको सामान जलेर नष्ट भएको छ । 

आगो निभाउने क्रममा भट्टराईको दाहिने हात डढेर प्राथमिक उपचार पश्चात अस्पताल पठाईएको छ भने उक्त स्थानमा  अस्थाई प्रहरी चौकी खाम्दिम्बेबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 



काठमाडौं ।  तारा डट कम,नेपालका विभिन्न ठाउँमा भएका मौलिक संस्कार र संस्कृति मध्ये रामेछाप जिल्ला पनि कम छैन । देशको पुर्वी भेगका २२ वटा जिल्लाहरुमा प्रख्यात धासी भाका यो जिल्लामा अझ प्रचलित छ । पुर्बेली तेर्से भाकाको रुपमा चिनिने मौलिक धासी भाका भर्खरै सार्वजनिक भएको छ । रामेछापकै युवा जमातले स्थापना गरेको जागरुक समाज "जोश"ले यो मौलिक भाकाको गीतको भिडियो सार्वजनिक गरेको हो ।



जागरुक समाजकै समूहको शब्द रहेको गीतको लय संकलन दिपक लाखेले गरेका छन् भने दिपक लाखेको साथमा कला राईको युगल स्वर सुन्न सकिन्छ । गीतको संगीत संयोजन केबि भण्डारीले गरेका छन् ।



समाजकै सञ्चालनमा रहेको जोश टिभी एचडी मार्फत सार्वजनिक भएको भिडियोमा नारायण बाबु श्रेष्ठ, सावित्रा भुजेल, सुरज बहादुर श्रेष्ठ, दिनेश श्रेष्ठ, बुद्धिमान श्रेष्ठ, भिम बहादुर श्रेष्ठ, हेम बहादुर श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, पदम बहादुर श्रेष्ठ, भुवन लाल श्रेष्ठ, सलाम सिंह श्रेष्ठ तथा धनकुमारी श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । 



बिक्रम कार्कीको छायाँकन र मनिष कार्कीको सम्पादन रहेको यस भिडियोको निर्देशन आशिक राईले गरेका छन् । पुर्खादेखिको ऐतिहासिक धासी भाका समेटेर गीतको भिडियो रामेछापकै रामपुरमा पुगी छायाँकन गरेर मेहनतका साथ ल्याइएकोले आम दर्शक श्रोताको मन जित्न सफल हुनेमा जागरुक समाज लगायत यस भिडियोमा संलग्न सबैले आशा व्यक्त गरेका छन् ।


काठमाडौं । रातो तारा डट कम,नेपालको पर्यटन क्षेत्रलाई विश्वसामु चिनाउँदै आएकी पर्यटन सद्भावना दुत तथा मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा "दोलखा श्यामा शेर्पा समाज अमेरिका" द्वारा सम्मानित भएकी छिन । दोलखा जिल्ला घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका शेर्पा समुदायहरुको उक्त सस्था मार्फत पर्यटन प्रबर्धनमा महत्वपुर्ण योगदान पुर्याई समस्त शेर्पा समुदायको गरिमालाई उच्च बनाएकोमा उनलाई सम्मान गरिएको थियो ।

 "दोलखा श्यामा शेर्पा समाज अमेरिका" का अध्यक्ष पासाङ लामा शेर्पाको सभापतित्वमा भएको उक्त अन्तरक्रिया तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिमा महाबाणिज्य दुत पुष्प राज  भट्टराई, बिसेष अतिथिमा सिटि काउन्सिल अफ न्युयोर्ककि कोस्टा कस्टाण्डिएस लगायतका बिशिष्ट व्यक्तित्वहरु, पर्वतारोहीहरु, "दोलखा श्यामा शेर्पा समाज अमेरिका"का पदाधिकारीहरु लगायतका महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो ।

हिमालय याक रेस्टुरेण्ट ज्याक्सन हाइट न्युयोर्कमा सम्पन्न भएको उक्त अन्तरक्रिया तथा सम्मान कार्यक्रममा नेपालमा पर्यटन क्षेत्रको अबसर र चुनौतीहरुको बारेमा छलफल गरिएको थियो भने भ्रमण बर्ष-२०२० मा सरकारको लक्ष्य अनुरुप पर्यटकहरुलाई नेपाल भित्र्याउन कसरि सम्पूर्ण नेपालीहरुले भूमिका निर्बाह गर्ने भन्ने बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।उक्त अबसरमा "दोलखा श्यामा शेर्पा समाज अमेरिका" का अध्यक्ष पासाङ लामा शेर्पा र प्रमुख अतिथि महाबाणिज्यदुत पुष्प राज  भट्टराईले पर्यटन सद्भावाना दुत छिरीङ डोल्मा शेर्पालाइ सम्मानित गरेका थिए ।

उक्त अबसरमा पर्यटकहरु संग हिमाल आरोहणमा जाने तथा पद यात्रामा जाने अति गरिबीको रेखामा भएका दाजुभाइहरु अल्पआयुमा दुर्घटनामा परि मृत्यु हुने गरेको र उनीहरुको परिवार शिक्षा समेत बाट समेत बन्चित भएका परिवारहरु पर्यटन गाइड देखि भरियाहरुको लागि समेत भनेर उनले कोष खडा गरि उनीहरुको परिवारलाई शिक्षा प्रदान गर्ने अभियान संचालन गर्ने कुरा घोषणा गरेकी थिइन् । हिमाल आरोहण देखि पदयात्रामा जाँदा  दुर्घटनामा परि असामहिक निधन भएका गरिब परिवारहरु शिक्षा बाट बन्चित नहुन भनेर एउटा कोष खडा गरि कम्तिमा बर्षमा २ जनालाई निशुल्क शिक्षा प्रदान गर्ने उदेश्य लिएर अगाडी बढेकी शेर्पाले अमेरिका लगायत सम्पूर्ण देश बिदेशमा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, विभिन्न संघ सस्थाहरुलाई आर्थिक सहयोग देखि भौतिक सहयोग सम्मको लागि आव्हान गरेकी थिइन् ।

भर्खरै मात्र अर्को सस्था सिन्धु- युएसए वेलफेयर सोसाईटी इन्क द्वारा सस्थाका अध्यक्ष छिरीङ तेञ्जिङ्ग शेर्पाले छिरीङ डोल्मा शेर्पालाइ अमेरिकामा रहेको मुस्ताङ्ग थकाली रेस्टुरेन्टमा एक भब्य कार्यक्रमको आयोजना गरि सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको थियो ।

भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले नेपाल पर्यटन बोर्डले शेर्पालाई सद्भावनादुतमा नियुक्त भए संगै शेर्पा अमेरिका प्रस्थान गरेकी थिइन् । नेपालमा हुने दर्जनौ सौन्दर्य प्रतियोगिताहरुमा निर्णायकको भूमिका गरेर फरक पहिचान बनाएकी शेर्पा सामाजिक कार्यमा समेत अग्रणी भुमिका निर्वाह गर्दै आएकी छिन । मिसेस नेपाल टुरिजम २०१९ को ताज पहिरिएपछि नेपालको पर्यटन प्रबर्धनको क्षेत्रमा क्रियाशिल शेर्पा सद्भावनादुत नियुक्त भए लगत्तै प्रचारप्रसारका लागि अमेरिका अमेरिकामा छिन । उनले अमेरिकामा रहँदा नेपालको पर्यटनका बारेमा विभिन्न शहरहरुमा प्रचारप्रसार तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएकी छिन भने अमेरिकामा रहेका विभिन्न संघ सस्थाहरुले उनलाई उच्च सम्मान समेत प्रदान गर्दै आएका छन् ।

सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तिब्र रुपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला शेर्पा भ्रमण बर्ष २०२० को प्रचार प्रसार गर्न अहिले अमेरिकामा ब्यस्त छिन ।

नेपालको पर्यटन प्रबर्धन नेपाली कला, संस्कृतिको सम्बर्धन गर्दै भ्रमण वर्षलाई सफल बनाउन क्रियाशिल हुँदै शेर्पा अमेरिकाको विभिन्न कार्यक्रम, अन्तरक्रिया तथा भेटघाटमा ब्यस्त बनेकी हुन् । नेपालको पर्यटन प्रबर्धन गर्दै समृद्ध नेपाल र व्यवस्थित पर्यटनका लागि कार्य गर्नुनै आफ्नो पहिलो दायित्व हुने शेर्पाले जनाइन् ।

नेपाल सरकारले सद्भावनादुत नियुक्त संगै आफ्नो योजना अनुसार नेपालको पर्यटन प्रबर्धनमा भुमिकालाइ अझ ब्यबस्थित गरेकी छिन । शेर्पाले विदेश तथा नेपालको विभिन्न शहर र पर्यटकीय क्षेत्रहरुमा आयोजना हुने कार्यक्रमहरुमा सहभागी जनाउने छिन् भने विभिन्न मुलुकमा नेपालको प्राकृतिक सौन्दर्यता, संस्कृति, विविधताका बारेमा प्रचारप्रसार गर्नेछिन् ।


मदनकृष्ण सिलवाल–काठमाडौँ, । रातो तारा डट कम, मासिक १०० अभियान नेपाल (म्यान)संस्थाले आफ्नो तेस्रो साधारणसभा भव्यताको साथ सम्पन्न गरेको छ । गोकर्णश्वर ८ राधाकृष्ण मन्दिर परिसरमा आयोजित कार्यक्रमबीच संस्थाले आफ्नो साधारणसभा सम्पन्न गरेको हो । संस्थाको अध्यक्ष सञ्जय पोखरेल, उपाध्यक्ष तारादेवी फुयाल, सचिव सीमा नेपाल, सहसचिव विकास श्रेष्ठ कोषाध्यक्ष जगन्नाथ चालिसे,सदस्यह?मा कविन्द्र न्यौपाने,द्धारिका प्रसाद चालिसे, उर्मिला अधिकारी, कविता अर्यालगायत ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनोज ढुगानाको प्रमुख अतिथि तथा संस्थाका अध्यक्ष सञ्जय पोखरेलको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका धार्मिक संयोजक दिवाकर भण्डारी विशेष अतिथिको रुपमा उपस्थिति हुनुहुन्थ्यो । सो कार्यक्रममा अतिथिहरुमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजीव थापा, साहित्यकार बाजुराम पौडेल, जेष्ठ नागरिक समाजका अध्यक्ष श्यामप्रसाद खतिवडा, लायन्स क्लब अफ काठमाडौँ इन्द्रवतीका सचिव मदनकृष्ण सिलवाल लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा आजीवन सदस्यहरुलाई प्रशंशापत्र समेत वितरण गरिएको थियो । साथै, आज जन्मदिन पर्ने जेष्ठ नगारिकहरुलाई जन्मदिवस मनाइयो भने भजनकीर्तन समेत प्रस्तुत गरिएको थियो । हालसम्म संस्थामा १०१ आजीवन सदस्य र ११५ साधारण सदस्य गरी कुल २१६ सदस्य छन् । संस्थाले मासिक सहयोग अभियानबाट संकलित रकम शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक सेवा कार्यक्रममा सदस्यहरुबाट माग भएअनुसार आवश्यक परेको क्षेत्रमा खर्च गर्दै आइरहेको संस्थाका अध्यक्ष सञ्जय पोखरेलले बताउनुभयो ।
संस्थाले मासिक रुपमा जेष्ठ नागरिकसँग नातिनातिना कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको छ । सो अवसरमा बालबालिकाहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसरमा प्रदान गरिएको संस्थाका अध्यक्ष पोखरेलले बताउनुभयो ।


मदनकृष्ण सिलवाल,पोखरा, । रातो तारा डट कम, लायन्स क्लब अफ पोखरा अञ्जुलीद्धारा कास्की नेत्रहीन संघलाई सेतो छडी वितरण गरेको छ । क्षेत्री समाज बेलायतका अध्यक्ष राजनकुमार क्षत्रीको सौजन्यमा कास्की नेत्रहीन संघलाई ९ वटा सेतो छडी प्रदान गरियो । सोही अवसरमालायन्स क्लब अफ स्वीन्डन चौतारी बेलायतका अध्यक्ष रमेश बास्तोलाबाट कास्की नेत्रहीन संघका अध्यक्ष श्री लक्ष्मण सुवेदीलाई नगद सहयोग रु १०,००० हस्तान्तरण गरियो । उक्त कार्यक्रममा लायन्स क्लब अफ पोखरा अञ्जुलीका पुर्व अध्यक्ष तथा जोन ७९ का जोन चियरपर्सन लायन्स अध्यक्ष अमृतशोभाखत्रीको संयोजकत्वमा तथा लायन्स क्लब अफ पोखरा अञ्ज’लीका अध्यक्ष लायन्स कल्पना आचार्य बास्तोलाको अध्यक्षतामा पोखरा ९ चिप्लेढ’ुगास्थित नेपाल नेत्रज्योति संघले आयोजना गरेको मैत्रीपुर्ण द्यैसीभैलो कार्यक्रमको अवसर पारी छडी तथा नगद सहयोग प्रदान गरिएको थियो ।


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैचा वाड न ४ मा रहेको विकल्प कृषि सहकारी संस्था लि ले आफ्नो सातौं चुनाबी साधारण सभा सप्पन्न गरेको छ।

कार्यक्रमका  प्रमुख अतिथिमा जिल्ला  कृषि सहकारी संघ मोरङका अध्यक्ष खगेन्द्र राज भण्डारीले, विभिन्न किटनासक औसधि ले माटो को उर्भर शक्ति कम हुँदै गइ कृषि मा उत्पादन कम भएर कृषक चिन्तित बन्न लागेको हुनाले  कृषि मा तालिम लिएर माटो को उर्भरा शक्ति बडाएर कृषिमा आर्गनिक खेती तर्फ लाग्न जोड दिनु भएको थियो।

त्यसैगरी कार्यक्रममा अतिथिहरु साना किसान कृषि सहकारी संस्था सुन्दरपुरका अध्यक्ष रविन्द्र आचार्य,अग्रणी कृषि सहकारी संस्था दुलारीका अध्यक्ष सोभितमान पौडेल लगायत विभिन्न सहकारी संस्थाका प्रतनिधिहरुको उपस्थिति रहेको थियो।

संस्थाले कार्यक्रममा आफ्नो जेष्ठ  सेयर सदस्य महिला र पुरुष ,नियमित बचत कर्ता, व्यवसायिक गाई र बाख्रा पालन गर्ने सेयर सदस्यहरुलाई सम्मान गरिएको थियो।
अध्यक्ष लीला नाथ दाहालको सभापतित्व कार्यक्रम भएको  थियो।

संस्थाले आजै नयाँ कार्य समिती को समेत चयन गरेको थियो।शनिबार चयन भएको कार्य समितीमा अध्यक्षमा टेक बहादुर बुढाथोकी,उपाध्यक्षमा शंकर भट्टराई ,सचिवमा देवराज भट्टराई ,कोशाध्यक्षमा सुष्मा दाहाल यस्तै सदस्यहरुमा देव कुमारी बास्तोला ,पवित्रा वास्कोटा, भुराज घिमिरे,चन्द्र प्रकाश भट्टराई,गोविन्द फुयाल चयन हुनु भएको थियो यस्तै लेखा समितीमा सम्योजक - कुमार घिमिरे र सदस्यमा नवीन बास्तोला र सीता खवतरी चयन हुनु भएको थियो भने कार्यक्रम को सञ्चालन संस्थाका सदस्य कुमार घिमिरेले गर्नु भएको थियो।


विराटनगर । रातो तारा डट कम, तेस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । उक्त प्रतियोगिताको फाइनमा पुगेका २० जना प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा ‘ट्यालेन्ट शो’ मा देखाएका हुन् । इटहरीमा भएको ट्लयान्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले नृत्य,गीत, चित्रकला, कतिवा, मेकअपलगायतका प्रतिभा प्रस्तुत गरे । 

उनीहरू मध्ये एक जनाले बेस्ट ट्यालेन्ट एवार्ड प्राप्त गर्नेछन् । सो एवार्ड आउँदो कार्तिक १८ गते हुने फाइनलको दिन बितरण हुनेछ । ट्यालेन्ट शोको निर्णायकहरूमा जय मिडिया मिडिया म्यानिजमेन्टका निर्देशक जय राज राय, मिसेस कोशी २०१९ को विजेता रेनुका लिम्बु, नृत्य निर्देशक मनोज राजवंशी र बैङकर रविन थापा रहेका थिए । 

जय मिडिया म्यानिजमेन्ट प्रालिले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा २० जना पुगेका छन् । स्कुल अध्ययरत विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विराटनगर, इनरुवा, धरान र धनुकाटाबाट प्रतियोगिहरूले भाग लिएका छन् ।


विराटनगर, कार्तिक ९ गते । रातो तारा डट कम, नेवाः देय् दबु जिल्ला समिति मोरङले नेपाल सम्वत ११४० तथा शुभ दिपावलीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । नेवाः देय् दबुले विराटनगरमा शनिबार झीः पुच भवनमा नेपाल सम्वत तथा दिपावालीको अवसरमा विविद्य कार्यक्रम आयोजना गरि मनाएको हो । 

नेवाः देय् दबु जिल्ला समितिको अगुवाइमा झिःपुच भवनबाट निकालिएको वृहत ¥यालीले महानगरको विभिन्न भाग परिक्रमा गरि सोही ठाउँमा आएर विभिन्न कार्यक्रमको सु?वात गरेको थियो । ¥यालीमा नेवार सामुदायहरूको साँस्कृतिक नृत्य, लाखे नाच, धिने बाजागाजासहित युवा युवतीहरूको सहभागिता रहेकोथियो ।

 ¥यालीपछि आयोजित शुभकामना आदन प्रदान कार्यक्रममा चार जनालाई सम्मानित गरेको थियोे । विभिन्न क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सुन्दरहरैचा नगरपालिका १२ का देवेन्द्र कुमार मास्के, विराटनगर – १० का शुदर्शनबहादुर श्रेष्ठ, डा. विमला श्रेष्ठ र मिना जोशीलाई सम्मान गरेको हो । उनीहरूलाई कदर पत्र र दोसल्ला ओढाएकार विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली तथा नेवाः देय् दवु मोरङका अध्यक्ष सुरेश श्रेष्ठले सम्मान गरेका थिए । 

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख पराजुलीले यस्ता पर्वहरूले भाइचारा कायम गरि साँस्कृतिक अन्तरघुलनमा ठुलो सहयोग पु¥याउने बताए । कार्यक्रममा नेवाः देय् दबू केन्द्रीय समितिका कार्यभाव अध्यक्ष चन्द्रलाल राजभण्डारी, उपाध्यक्ष तथा प्रदेश ! इन्चार्ज कृष्ण उदास, नेवाः देय् दबूका संस्थापक अभियन्ता तारेन्द्रमानसिंह प्रधान, केन्द्रीय सदस्यहरू अनिल मास्के, लक्ष्मी शाक्य, जयकुमार श्रेष्ठलगायले आफनो जातिय संस्कृतिको संरक्षणमा लागि पर्नुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा नेवाः देय् दबुमा आवद्ध भएका मोरङ जिल्लाभरीका नेवार सामुदायहरूको सहभागिता रहेको थियो ।


सुनसरी, कार्तिक ९ गते । रातो तारा डट कम, सुनसरीको दुहबी नगरपालिका-८ स्थित मैदा मिल फ्याक्ट्रीमा कामदारको रुपमा काम गर्दै आएका सप्तरी घर भएका बर्ष अंदाजी ४८ का चन्देश्वर मण्डलको मृत्यु
भएको छ । आज बिहान साढे ११ बजेको समयमा फ्याक्ट्रिको अंदाजी १५ फिट अग्लो स्थानमा रहेको हाई प्रेसर मेशिन (पंखा ) बिग्रिएर बनाउने क्रममा अचानक लडेर उनी गम्भिर घाईते भएका थिए । घटनास्थलमा खटिएको सि. आर.भि. सोनापुरको प्रहरी टोलीले घाईतेलाई उपचारकोलागी न्युरो अस्पताल विराटनगर
ल्याएकोमा उपचारको क्रममा सवा १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



मोरङ, कार्तिक ९ गते । रातो तारा डट कम, मोरङको ग्रामथान गाउँपालिका-५ कखरमारी स्थित सडक खण्डमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । आज दिउँसो २ बजेको समयमा दक्षिणबाट उत्तर
तर्फ आउदै गरेको को १ ख २७८५ नम्बरको बसले सोही स्थान बस्ने बर्ष-५३ को जनकलाल बिश्वासलाई ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो । घाईते उनलाई उपचारकोलागी बिराट नर्सिङहोम बिराटनगर लगिएकोमा उपचारको क्रममा साढे २ बजेको समयमा उनको मृत्यु भएको थियो । ठक्कर दिने बस, बस चालकलाई
ईलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।




 काठमाडौँ । रातो तारा डट कम,लोकप्रिय गायक दौलत राई र चर्चित गायिका मेलिना राईको आवाजमा रहेको “के साह्रो मिठो कुवा को पानि“गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । सुमधुर आवाजको धनि भर्सटायल गायक दौलत राई पछिल्लो समय चर्चामा रहेका छन् । नेपाली सांगीतिक क्षेत्रमा ब्यस्त बन्दै गएका गायक राईको चलचित्र पार्श्व गायनमा समेत उत्तिकै माग बढ्दै गएकोछ ।
बाबुल गिरीको शब्द, संगीत तथा एरेन्ज रहेको गीतको भिडियोलाइ बुद्ध थापाले छायांकन गरेका हुन् भने निर्देशक राजिब समारको निर्देशन रहेको छ । सार्बजनिक म्युजिक भिडियोमा सागर लम्साल“बले“ र अलिशा राईलाइ फिचर्ड गरिएको छ ।


लेखक निराजन लुइटेल–काठमाण्डौ कार्तिक ९ गते । रातो तारा डट कम,युग छापेर युग बोल्ने पुस्तकहरु ज्यादै कम भेटिन्छन् । ऐतिहासिक धरोहर बोकेका कतिपय पुस्तकहरु भषा र सन्दर्भको पर्याप्त ज्ञान र पहिचान नभएका कारण बिस्तारै जटिल बन्दै गएको छ । विद्वानका चिन्तनह? बतासले जस्तो दीशा बदलेर दौडिएका छन् । चौतारीमा सुस्केरा हालेका चिन्तनहरु समयअनुकुल परिस्कृत हुन थालेका छन् । लोप हुँदै गरेको इतिहासको उपभोत्ताहरु क्म हुदै गएको कारण ऋगवेदकालीन इतिहास केहि मान्छको खेलौना बन्दैछ । विश्लेषणात्मक कृतिपढ्ने जमातहरु पश्चिमेली कृति तिर लिप्त हुन थालेका छन् । मानव समाजको विकासक्रम बारे खोज गर्ने विद्वानहरु स्वयम् सहि सत्य अथ्र्याईमा चुकेका छन् ।

पूर्खाको इतिहाँस केहि मान्छेका विचारको गुलाम बनेको छ । गोरेटा बाटाहरु भत्काएर बनेका सडकले भलै मानिसको जीवनस्तर उकासियो होला विकास पनि भयो होला तर आगामि पुस्ताको लागि गोरेटो बाटोको इतिहास सकिए । झै मेरो पूर्खाको इतिहास त्यस्तै भएको छ । यसलाई सकारात्मक मानौ कि नकारात्मक मानौ, यदि जीवन दिने भन्दा कर्म दिने ठुलो बन्छ भने गौतम बुद्ध जहाँ जन्मे पनि के फरक पर्छ ।

संसारको सर्वश्रेष्ठ प्राणी मान्छे हैन पशु श्रेष्ठ बन्दैछ । एक दुई पटक पशुलाई बाटो देखाएपछि पुग्छ । मान्छेलाई जस्तो बारम्बार बाटो देखाउनु पर्दैन । मान्छेहरु  त हरेकदिन बाटो बिराउन थालेका छन् । त्यसैले होला कुकुर बिरालो जस्ता प्राणी मान्छेको प्यारो बन्दै गए । चौकिदारमा सिमित यस्ता प्राणी इमान्दारीकै कारण त होला महल सम्म पुगेका छन् ।

पूर्खाले विजारोपण गरेको नेपालीको इतिहास भविष्यमा अझ स्पष्ट हुन ज?री छ । हुन त सबैको परिक्षण समय हो । समयले समाविष्ट गरेका साधकहरु कसरी प्रस्तुत हुन्छन् भोलिका दिनले बताउला . बस् इतिहास पल्टिएका बेला सत्यका पानाह? पल्टिउन् ।

पुस्तहरु नयाँ हुदैनन् पुराना हुदैनन् । बस् अध्ययन गर्नु नै महत्वपूर्ण मानिन्छ । आजभोली चर्चाको शिखर चुमेका चर्चित कृतिहरु नै बजारमा आएको केहि वर्षमै स्वयम् लेखक लाई पुरानो लाग्छ । मैले गलत भनेको हो भने समालोचकह?लाई सोधेर हेर्नु होस् । मान्छेहरु पुस्तक निकाल्नु अघि पर्याप्त अध्ययन गर्नै चाहादैन । केहि चर्चा बटुलेपछि यिनै कुराहरु आदत बन्छन् । सकारात्मक आदत ठिकै भएपनि नकारात्मक आदतले भने आफैलाई हानि गर्दछ ।

पर्याप्त ज्ञान र अनुसन्धान विना नै लेखक हतारिएर निस्किएका कृतिहरु धेरै छन् । पछिल्लो समयमा यो बढ्दो क्रममा छ । भोलि समाजमा यस्ले कस्तो असर पार्छ थहा छैन । नव प्रवेशीहरुलाई यसले कस्तो मार्गमा डोर्याउला त ? यसप्रति कसैको ध्यान गएको देखिदैन बास सबैलाई आफु महानबन्नु छ । चर्चा  कमाउनु छ । पुरस्कार जित्नु छ ।


बिराटनगर । रातो तारा डट कम,ईलाका प्रहरी इटहरी अपराध अनुसन्धान शाखा अन्तर्गत CDR शाखाबाट हराएको तथा चोरी भएको मोबाईल खोजतलास गर्ने शिलसिलामा मिति २०७६।०७।०९  गते  सम्म २७ थान Iphone, Samsung, Oppo लगायत बिभिन्न ब्राण्डको मोवाईलहरु फेला पारेकोमा २४ थान मोबाईल  सम्बन्धित धनिलाई प्र.ना.उ धर्म राज भण्डारीले वितरण गर्नु भएको छ। वितरण गरिएको मोबाईलहरुको हालको बजार मुल्य अं. ६,६१,००० रहेको छ।
साथै अनुन्धानको क्रममा पक्राउ परेको ३ जना व्यक्तिहरुले बिभिन्न स्थानबाट ३ थान मोवाईल चोरी गरेको खुल्न आएको हुदां निजहरुलाई चोरी मुद्दामा अनुसन्धान भएको ।  
 वितरण गरिएको मोवाईलको विवरणः-
•Samsung A7, Redmi note 5,  Iphone 6s, Oppo 1909, Onplus 6, Samsung  s9, Oppo 37, MI 4x, Oppo f7, Huawei y5, Realme x1945, Samsung A10, Vivo y9, Oppp f9 ,Vivo 18, Samsung J-1, Samsung j-1, Huawei -y7,Huawei-y5 ,Vivo-y8 ,Oppo-A5, Huawei-L31, Samsung j5 ,Samsung 9+ ,Samsung A7,




विराटनगर । रातो तारा डट कम, नेपालीहरुको दोस्रो ठूलो चाड तिहार मंगलबार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारलाई दीपावली वा यमपञ्चक पनि भन्ने गरिन्छ । कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुरु हुने यमपञ्चक कार्तिक शुक्लपक्षको द्वितीयाका दिन पूर्ण हुन्छ । यिनै पाँच दिनलाई तिहार या यमपञ्चक भनिन्छ ।

यमपञ्चकको पहिलो दिन यमदीपदान गरी कागतिहार मनाइन्छ । कागलाई यमराजको सन्देशवाहक दूत मानिन्छ । गृहस्थहरुले यस दिन कागको सम्मान सत्कार गरी पर्खाल तथा कौसीमा हरियो दुुना टपरीमा सयपत्रीको फूल राखी खान दिई यमदूतको रुपमा पूजाआजा गर्छन् ।

नेवारी समुदायमा यस दिनलाई कोपूजा भन्ने चलन छ ।
तिहारको पहिलो दिन काग तिहार, कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत्, र म्हपूजा अर्थात् आत्मपूजा एवम् तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ। यमपञ्चकको पहिलो दिन शनिवार कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ। वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ।

यो दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ। वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ। यसै दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ।

तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाइ र दिदी बहिनीका अतिरिक्त बलिराजाको पनि पूजा गर्ने धार्मिक विधि छ। बलि राजाको पूजाका सम्बन्धमा एउटा किम्बदन्ती पनि प्रचलित रहेको छ। जसअनुसार प्राचीन वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे, उनी दानी राजाका रुपमा कहलिएका थिए। भगवान् विष्णुले वामन अवतार धारण गरी बलि राजासँग ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरिक्ष, अर्को पाउले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रुप धारी भगवान विष्णुले पाउ राख्दा पातालमा भासिएको कथा पुराणमा वर्णन गरिएको छ।

भगवान् विष्णु बलि राजाको दानशीलतादेखि प्रभावित भई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ। यस समयमा बलि राजाको पूजा गरेमा भगवान् विष्णुले आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पूजा गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा गौतमले बताए। यही मान्यताका कारण आजकाल पनि देउसी भैलो खेल्दा ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनी भट्याउने गर्छन्।

लक्ष्मी पूजाका दिनमा भैलो र गोवद्र्धन पूजाका दिनमा देउसी खेल्ने प्राचीन परम्परा भए पनि आजकाल काग तिहारकै दिनदेखि नै देउसी भैलो खेल्ने प्रचलन बढ्न थालेको छ। भैलो महिलाले र देउसी पुरुषले खेल्ने प्रचलनसमेत अहिले बदलिएको छ। अहिले महिला पुरुष दुवैले देउसी भैलो खेल्न थालेका छन्। लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलीमिली बनाउने परम्परा पनि अहिले तिहारको शुरुवातदेखि नै गर्न थालिएको छ।

अझ कतिले त एक हप्ता अघिदेखि नै दीपावली गरी तिहारलाई अग्रिम आमन्त्रण गर्ने गरेका छन्। यसकारण तिहारलाई उज्यालोको पर्वका रुपमा समेत चिनिन्छ।

प्राकृतिक रुपमा पनि सयपत्री, मखमली र गोदावरी जस्ता फूल फुल्ने समयमा तिहार पर्व पर्ने भएकाले वातावरण हेर्दै तिहार आएजस्तो अनुभव हुन्छ। तिहारको अन्तिम दिन कात्तिक १२ गते कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाईलाई दीर्घायु र सुख शान्तिको कामना गर्दै टीका लगाइ भाईटीका मनाइन्छ । नेवारी समुदायले भने कात्तिक १३ गते भाइटीका मनाइदैछन्

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.