Websoft University

डेरी उद्योग सञ्चालन भएपछि किसानलाई राहत


काठमाण्डौ । रातो तारा डट कम,पर्वतको कुश्मामा ४ यूवा मिलेर आधुनिक डेरी उद्योग सञ्चालन गरेका छन् । उद्योग सञ्चालन भएपछि सिजनका बेला मिल्क होलिडेको मार खेप्दै आएका किसानलाई राहात भएको छ । मोदीकाली डेरी सञ्चालनमा ल्याएसँगै मिल्क होलिडेको अन्त्य भएको हो ।  मोदीकाली डेरी उद्योगमा दैनिक १२÷१५ सय लिटर दूध संकलन हुन्छ । 

उद्योगमा संकलन र प्रशोधन भएको दूध पर्वत, बागलुङ, म्याग्दी र पोखरासम्म बिक्री हुँदै आएको छ । भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका अनुसार पर्वतमा दुधको माग दैनिक ४५ सय देखि ५ हजार लिटरसम्म छ । तर, उत्पादन भने दैनिक ७ हजार लिटर हुने गरेको छ । बढि भएको दूध संकलन गरि बजारीकरण गर्ने कुनै पनि उद्योग नहुँदा समस्या भैरहेका बेला मोदीकाली डेरी उद्योग सञ्चालन भएपछि किसानलाई सहज भएको हो । 

गाउँगाउँबाट पोखरा पठाउँदै आएका किसानले अहिले यहि उद्योगमा दूध विक्री गर्न थालेका छन् । उद्योगमा दैनिक २५ सय लिटर दूध संकलन गर्ने क्षमता छ । उद्योगले बागलुङको दमेक, जैमिनी र टार तथा पर्वतको साइकलचोक, बनौं र अर्मादीबाट दैनिक दुई सय किसानको दुध संकलन गरेर ल्याउँछ । किसानदेखि उद्योगसम्म प्रत्यक्ष, अप्रत्यक्ष तीन सय जनालाई रोजगारी दिएको सञ्चालक सूर्यप्रसाद शर्माले बताउनुभयो ।  

बजारमा भैंसीको दूध बढी माग हुने भएकाले उद्योगबाट दैनिक हजारदेखि १५ सय लिटर दूध बिक्री गर्न समस्या नभएको सञ्चालक शर्माले जानकारी दिनुभयो । वार्षिक रुपमा ६० लाख रुपैयाँ आम्दानी हुने अनुमान सहित उद्योग सञ्चालन गरेको शर्माले बताउनुभयो । डेरीमा बागलुङको जैमिनी कुस्मिसेराका दिनानाथ शर्मा, छिस्तीका सूर्यप्रसाद शर्मा, जलजला ८ नाग्लीवाङका माधव सुवेदी र कुस्मा ३ दुर्लुङका हरिप्रसाद सुवेदीको लगानी छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.