Websoft University
December 2016


दमक,  पुस १६ गते । रातो तारा डट कम-
झापाको दमक हुदै पाँचथरको रवि राँके सम्म जोड्ने दमक रवि चिसापानी – फाल्गुनन्द मार्ग० सडकको निर्माण कार्यलाई सहज बनाउने उदेश्य छुट्टै कार्यालयको स्थापना भएको छ ।

कार्यालयको डिभिजन सडक कार्यालय दमकका प्रमुख राजेश कुमार यादबले इलामको बाँझो ८ स्थित मझुवा दोभानमा शुक्रबार उक्त कार्यालयको उद्धघाटन गर्नुभएको छ ।

कार्यालयको डिभिजन प्रमुख यादब र सडक उपभोक्ता समितिका अध्यक्ष गगन पुरीले संयुक्त उद्धघाटन गर्नुभएको हो ।

एक जना इन्जिनीयर र दुईजना सुपर भाइजर कार्यरत रहने गरि संचालनमा आएको उक्त कार्यालयले सडक निर्माणको कार्यलाई सहज बनाउने आशा गरिएको डिभिजन प्रमुख यादबले बताउनु भयो ।

झापाको दमकबाट पाँचरथरको रवि हुदै ताप्लेजुङको ओलाङ्गचुङ गोलाम सम्म जोड्ने उदेश्यले झण्डै २० वर्ष अघिबाट निर्माण शुरु गरिएको थियो ।

२०४९ सालबाट प्रारम्भिक सर्वेक्षण शुरु भएको उक्त सडकको हाल सम्म पनि पुर्णरुपमा स्थाई ट्रयाक खुल्न सकेको छैन ।

दमकदेखि रवि सम्मको ४७ किलो मिटरको दुरीरहेको उक्त सडकले आउदो वर्षबाट बाह्रै महिना सवारी संचालन गर्न सकिने सडक निर्माण समिति अध्यक्ष पुरीले जानकारी दिनुभयो । यसैबर्षबाट उक्त सडकको रतुवा खोला खण्डभित्रको चुरेक्षेत्रमा पर्ने ट्रयाक समेत खोलि सकिने पुरीले जानकारी दिनुभयो ।



सिरहा, पुस १६ गते। रातो तारा डट कम-
सिरहा नगरपालिका ११ बाट शुक्रबार २९ बोतल कोरेक्स र ९८ पिस नाइट्रोसन ट्याब्लेट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिरहा चन्द्रअयोध्यापुर ७ बस्ने २७ वर्षिय शत्रुघन ठाकुर र ओखलढुङा ज्यामीरे ५ बस्ने २९ वर्षिय लालबहादुर खड्का छन्।

दुबैलाई जोल्ला प्रहरी कार्यालय सिरहको टोलीले सिरहा -चोहर्वा सडक खण्डबाट राती १० बजेतिर पक्राउ गरेको हो। दुबै युवकलाई अनुसन्धानकालागी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

यसैगरी झापाको बाहुनडाँगी १ रायसिङ पुलबाट जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएका प्रहरी टोलीले शुक्रबार राती दुई लाख पच्चीस हजार मूल्य बराबरको २९ बोरा काँचो सुपाडी बरामद गरेको छ।

बरामद सुपाडी ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।


विराटनगर पुस १६ गते । रातो तारा डट कम-
मोरङ जिविसले जिल्लामा एकै साथ २७ पक्की पुुल निर्माणको कामलाई तीव्रता दिएको छ।

जनताको मागअनुुसार जिल्लाका दर्बेशा, इटहरा, अमरदह, कटहरी, राजघाट, गोविन्दपुुर, आमगाछी, मझारे, झोराहाट, टकुुवा, केराबारीलगायत स्थानमा पक्की पुुल निर्माण गरिरहेको छ ।
त्यसमध्ये बाहुुनीको कयरखोलमा करिब रु दुई करोड २२ लाखको लागतमा १८ मि र विराटनगरस्थित सिंगिया खोलामा रु सात करोड ६० लाखको लागतमा ६२ मि लामो पुुल सञ्चालनको तयारीमा छन् ।

यसैगरी बुुधनगरको खाद्र्राखोलामा रु ९५ लाखको लागतमा १५ मि, टङ्किसिनवारीको धाधरा खोलामा रु एक करोड ८७ लाखको लागतमा १५ मि, रङ्गेलीको घागी खोलामा रु एक करोड ८३ लाखको लागतमा १८ मि, रु ६२ लाखको लागतमा इटहराको कट्नुु खोलामा १५ मि र बवियार्विताको कोचेनी खोलामा रु दुई करोड १३ लाखको लागतमा १८ मि लामो पक्की पुल बन्दै छन् ।


बिराटनगर,पुस,१६ गते । रातो तारा डट कम-
विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आयोजकले आह्वान गरेका छन् ।

यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रवद्र्धन र प्रसार गर्न मद्दत पुग्ने सो अभियानका डा लेखनाथ काफ्ले र शङ्कर बन्जाडेले बताए ।

शताब्दीऔँदेखि प्रयोग भइरहेका विभिन्न प्रकारका नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ देखि संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएको छ ।


 युवराज ठकुरी,
सिंहदेवी,मोरङ, पुस १६ गते । रातो तारा डट कम-
 उत्तरी मोरङको पर्यटकीय गाविस सिंहदेवी-९मा अबस्थित ओझेलमा परेको ऎतिहासिक फुटबल खेलमैदान हिलेथामको स्तरोन्नति गर्न स्थानीय युवाहरूले चासो देखाएका छ्न।

पुस-९गते रातोतारा डटकममा "ओझेलमा  ऎतिहासिक खेलमैदान हिलेथाम"भन्ने शीर्षकमा प्रकाशित समाचारको प्रभावले सिंहदेवी-९का युवाहरू समिति नै निर्माण गरेर खेलमैदानको स्तरोन्नति र त्यहाँ सम्म पुग्न मोटरबाटो खन्नलाई लागि पर्ने भएका छ्न।

विपन राईको अध्यक्षतामा ११सदस्यीय समिति गठन गरिएको नवगठित समितिका अध्यक्ष राईले बताए ।खेलमैदान स्तरोन्नति र मोटरबाटो निर्माण समितिमा सचिब नरेश ठकुरी,कोषाध्यक्ष निर्मला शाही र सदस्यहरुमा  डब्लुविक्रम खाण ठकुरी,कृष्णबहादुर ठकुरी,युवराज शाही,देवी राई,डम्बरबहादुर शाही,किरण राई,सुजता परियार र लक्ष्मीशाही  चयन भएका छ्न।

त्यसै गरि नगेन्द्रकुमार खाण ठकुरीको संयोजकत्वमा हेमबहादुर ठकुरी र अनरबहादुर शाही कृष्णराज खाण,वसन्तकुमार खाण,दिर्घमाया शाही,ताराकुमार शाही सदस्य रहने गरि सल्लाहकार समिति गठन भएको छ।साथै कन्चन शाहीको संयोजकतमा सात सदस्यीय युवा उपसमिति गठन भएको संयोजक शाहीले बताए।

सिंहदेवीको ऎतिहासिक खेलमैदान हिलेथाम विगत २वर्ष देखि सिंहदेवीका विभिन्न वडामा खेलमैदान निर्माण हुनु र वरिपरि वस्ती पातलो हुन र मोटरबाटो नपुग्नुले पनि ओझेलमा परेको थियो।खेलमैदान स्तरोन्नति गर्न र सोमबारे भञ्ज्याङ् देखि खेलमैदान सम्म पुग्न मोटरबाटो खोल्न आदिवासी जनजाति महासङ्घ सिंहदेवीले तीस हजार रकम छुट्ट्याएको महासङ्घका सचिब राजेश लिम्बूले बताए ।

त्यसैगरी विभिन्न ठाउँबाट खेलप्रेमी र विकास प्रेमीहरुबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको समिति अध्यक्ष राई बताउँछन। उक्त खेलमैदानको स्तरोन्नति र मोटरबाटो निर्माण गर्न सके सिंहदेवीको पर्यटन विकास हुनुका साथै उत्तरी मोरङकै नमुना खेलमैदान बन्ने थियो कि?


बिराटनगर पुस १६ गते। रातो तारा डट कम-
तेह्रथुमको आगलागीबाट घर तथा भान्सा जलेर नष्ट
 हुँदा अन्दाजी दश लाख बराबरको क्षति भएको छ।

ईवा ९ बस्ने गंगाप्रसाद उप्रेतीको भान्सामा शुक्रबार राती अचानक आगलागी हुँदा उनको घरसहित रहेको सम्पुर्ण सामानहरु जलेका छन।

आगलागीबाट उप्रेतीको दश लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रण गरिएको छ।



बिराटनगर, पुस १६ गते । रातो तारा डट कम-
मोरङको लेटाङ-भोगटेनीस्थित ओमम क्रशर उधोगको टिपरले ठक्कर दिंदा सोही उधोगका सुरक्षागार्डको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङ डाँगीहाट ५ बस्ने ५९ वर्षिय जितबहादुर तामाङ छन। साइकल चढेर डिउटीकालागी आउदै गर्दा लेटाङ-भोगटेनी ७ मा तामाङलाई खोलाबाट ढुङा लिएर आउदै गरेको ना. ४ ख १३३७ नम्बरको टिपरले ठक्कर दिएको थियो।

टिपर प्रहरी नियन्त्रणमा छ भने चालक फरार भएकाले खोजी भई रहेको छ ।



ओखलढुंगा, पुस १६ गते । रातो तारा डट कम-
आफूलाई सिक्का बाबा बताउने कास्की हेम्जा–२ का ४३ बर्षीय रामबहादुर परीयार  विश्व यात्राको क्रममा ओखलढुंगा सदरमुकाम  आईपुगेका छन् ।

विभिन्न १ सय आठ देशका सिक्का जडित पोशाक लगाएर विश्व यात्रा निस्केका परीयार मंगलबार सदरमुकाम ओखलढुंगा आईपुगेका हुन् । विभिन्न देशका सिक्का जडित १४ किलो ४ सय ग्रामको पोशाक लगाएर विश्व किर्तीमानका लागी विश्व यात्रामा निस्केका परीयार पहिलो चरणमा नेपालको ७५ वटै जिल्ला यात्रा गर्ने बताएका छन् ।

एक बर्ष तीन महिना अघि यात्रा सुरु गरेका परीयार अहिले ६१औं जिल्लाको गनणामा ओखलढुंगा आई पुगेका हुन् । नेपालमा समयमा शान्ति र संविधान देख्न पाउनु पर्ने र नेपालको सबै दुर्गम क्षेत्रमा यातायातको सुविधा पुग्नुपर्ने कामना गर्दै विश्व यात्रामा निस्केको उनको भनाई छ ।

आफ्नो लक्ष प्रप्तीका लागि  विश्व यात्रा तय गर्नु अघि विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकहरु बाट सिक्का संकलनगरी शुरुमा टोपीमा सिक्का जडित गरेपछि क्रमशः आस्कोट र पुरै पोशाक सिक्का जडित बनाएर यात्रा शुरु गरेको उनले बताए ।

ओखलढुंगाको यात्रापछि ६२औं जिल्लाको रुपमा सोलुखुम्बु जाने बताएकाछन् । उनलाइ जुन जिल्ला पुग्छन  त्यसै जिल्ला बाट प्रशासन तथा जिविसले सहयोग गर्दै आएको छ ।


झापा पुस १६, गते । रातो तारा डट कम-
मेची राजमार्गअन्तर्गत् कोल्बुङ–२ मा सेल्फी खिच्दै गरेका फिदिम नगरपालिका–१ का विशाल सम्बाहाम्फेको शुक्रबार साँझ बसको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको छ ।

 जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काकाअनुसार फिक्कलबाट बिर्तामोडतर्फ आउँदै गरेको को१ख ३५६१ नम्बरको बसले कोल्बुङ, सानो पाथीभरानजिकै सेल्फी खिच्दै गरेका पाँचथरका सम्बाहाम्फेलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

सोही घटनामा २५ वर्षीय रोशन कन्दङ्वा गम्भीर घाइते
भइ उपचारका लागि झापातर्फ ल्याइँदै गरेको बताइएको
छ।

झापाबाट पाँचथरतर्फ मे६प २४१ नम्बरको मोटरसाइकलमा जाँदै गरेका उनीहरुलाई सडकपेटीमा मोटरसाइकल रोकेर कोल्वुङमा सेल्फी खिच्दाखिच्दै बसले ठक्कर दिएको थियो।



तेह्रथुम, १५ पुस । लेनदेनको विषयलाई लिएर विवाद हुँदा तेह्रथुमको लालीगुराँस नगरपालिका–५, फुलेकका ५४ वर्षीय धन बहादुर पौडेल छिमेकीको कुटाईबाट घाइते भएका छन्।

गाई लेनदेनको बिषयलाई लिएर बिहीबार दिउँसो पौडेललाई धनकुटाको परेवादिन–६ का शेरबहादुर विष्टसहितको समुहले कुटपिट गरेको थियो । कुटपिटबाट घाइते भएका पौडललाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालय बसन्तपु्रले जनाएको छ ।

पौडेल र विष्ट बीचको लेनदेनको बिषयलाई लिएर भएको झगडामा सम्लग्न ५ जना्लाई इलाका प्रहरी कार्यालय, बसन्तपुरले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

अभियुक्त शेर बहादुर बिष्ट र निजका भाई वर्ष ३४ का फत्तेबहादुर बिष्ट भने फरार रहेको प्रहरीले जनाएको छ ।
विष्ट र पौडेलले गाई किनबेच गरेका थिए ।


काठमाडौँ, १५ पुस - एमाले भातृ संगठन युवा संघ नेपालले नयाँ बानेश्वरमा एउटा सरकारी गाडी जलाएको छ। अन्य चारवटा गाडीमाथि तोडफोड समेत गरेको छ।

दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको बागमती सभ्याताको सरकारी गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ। युवा संघको नारा लगाउँदै रोकिरहेको गाडीमाथि आगजनी गरेको प्रहरीले जनाएको छ।



जनकपुर, पुस १५ – धनुषा प्रहरीले पाँच किलो गाजा र ४९ हजार नगदसहित जनकपुरबाट एक जोगीलाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका-२३ बिन्धिको महादेव मन्दिरमा बसरे गाँजाको कारोबार गर्दै आएका ७० वर्षका जोगी जगदीश कापरलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार बिहान मन्दिरमा गाँजासहित कापरलाईदेखेपछि  स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर जिरोमाइल प्रहरी चौकीलाई जिम्मा लगाएका थिए ।

जोगी कापरको साथबाट पाँच किलो गाँजा र ४९ हजार रुपैयाँ बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक मनोज यादवले जानकारी दिनुभयो ।



नेपालगन्ज, १५ पुस । बाँकेमा युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीको हत्या प्रयासमा संलग्न पाँच जनालाई प्रहरीलाई पक्राउ गर्न सफल भएको छ । बाँके प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सुदीप सुवेदी, नवीन शाही, सुरवीर मल्ल, विकास शाही, विमल श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरुलाई हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घटनाका मुख्य योजनाकार जुम्लाका लक्ष्मण मल्ल देखिएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कोहलपुर स्नुकर हाउसमा पुल खेलिरहेका बेला बुढाथोकीमाथि बिहीबार राति नौ बजे आक्रमण भएको हो । बुढाथोकी युवा संघका बाँकेका इन्चार्ज पनि हुन् । आक्रमणकारीले मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गरेका कारण बुढाथोकी घाँटीमा गहिरो चोट लागेको छ ।

घटनालगत्तै कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएका बुढाथोकीलाई राति नै थप उपचारका लागि भारतको लखनउमा लगिएको छ । नेपालगन्जमा उपचार हुन नसक्ने भनेपछि युवा संघले राति नै राजधानी ल्याउनका लागि हेलिकप्टरको खोजी गरेको थियो ।

तर, असम्भव भएपछि उनलाई भारत लगिएको हो । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको दुई साता नबित्दै बाँकेमा अर्का नेताको हत्या प्रयासले कार्यकर्ताहरुमा आक्रोश बढेको युवा संघका अध्यक्ष राजीव पहारीले दैनिक नेपाललाई बताए ।

आक्रमणको कारण खुल्न नसके पनि राजनीतिक कारण भएको पहारीले बताएका छन् । 


इलाम  पुस, २५ गते ।
प्रेस चौतारी इलामले एक लाख रुपैयाँ पुरस्कार राशीको
प्रेस चौतारी पुरस्कार कोष स्थापना गरेको छ।
प्रत्येक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्ने गरी एक
लाख रुपैयाँ कोष स्थापना गरिएको हो।

 सोही कोषको ब्याजले चौतारीको स्थापना दिवसका अवसरमा जिल्लाका एक जना पत्रकारलाई पुरस्कृत गरिने अध्यक्ष कोकिला ढकालले जानकारी दिइन्। कोषमा अहिले ४३ हजार रुपैयाँ बैंकमा जम्मा गरिएको छ।

चमैतास्थित सहिद रत्नकुमार वान्तवाको पुर्ख्यौली घरमा गत पुस १ गते आयोजना गरिएको श्रमदान कार्यक्रममा २६ हजार तथा विभिन्न दाताबाट सङ्कलित गरी ४३ हजार रुपैयाँ कोषका लागि बैंकमा जम्मा गरिएको अध्यक्ष ढकालले जानकारी दिइन्।



बिराटनगर, पुस १५ गते । रातो तारा डट कम-
उत्तरी छिमेकी चीनले सन् २०१७ मा नेपालसँग संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । चिनियाँ रक्षामन्त्रालयका प्रवक्ताले बिहीबार यस्तो घोषणा गरेका हुन् ।

चिनियाँ रक्षामन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘‘सन् २०१७ मा चीन र नेपालबीच पहिलो पटक संयुक्त सन्य अभ्यास हुने छ ।’

नेपालले हालसम्म दक्षिणी छिमेकी भारत र अमेरिकासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । चीनसँग संयुक्त सैन्य अभ्यासका विषयमा वार्ता भइसकेको नेपाली सेनाका प्रवक्ता ताराबहारदुर कार्कीले बताए ।

सैन्य अभ्यास सन् २०१७ को सुरुमै हुने बताइएको छ ।



पाँचथर, पुस १५ गते।
पाँचथरको नागीन गाविस ८ भोटेगाउँमा बिहिबार दुई छिमेकीविच झगडा हुँदा कुटपिटबाट एक बृद्ध महिलाको मृत्यु भएको छ।नागीन गाविस ८ भोटेगाउँ बस्ने १८ वर्षिय फुर्ते भन्ने आकाश शेर्पाले अगोल्ठोले हिर्काउँदा छिमेकी ६४ वर्षिया डाल्मु शेर्पाको मृत्यु भएको हो।

बिहिबार साँझ शेर्पा र छिमेकी फुर्तेविच वाद(विवाद शुरु भएपछि उनले शेर्पाको टाउकोमा अगुल्ठोले प्रहार गरेका थिए। टाउकोमा गहिरो चोट लागेको शेर्पालाई घरमै डाक्टर बोलाई उपचार गराउनेक्रमम बिहिबार राती १ बजे उनको मृत्यु भएको अस्थायी प्रहरी चौकी नागीनले जनाएको छ।

 कुटपिटमा संलग्न आकाश शेर्पा प्रहरीको नियन्त्रणमा छन्।


बिराटनगर, पुस १५ गते । रातो तारा डट कम-
अहिले चीनतिरको क्षतिग्रस्त सडक चिनियां पक्षले बनाउन थालिसकेको बताइएको छ।
नेपाल-चीनबीचको एक उच्चस्तरीय सुरक्षा बैठकमा भाग लिएर सीमापारि खासाबाट फर्केका सिन्धुपाल्चोकका कायममुकायम प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले चिनियाँ भूभागमा क्षतिग्रस्त सडकको निर्माण धमाधम भइरहेको  जनाएका छन्।
तातोपानीको उक्त क्षेत्र भूकम्पीय दृष्टिले जोखिमपूर्ण रहेको भन्दै नाका खोल्नमा आनाकानी गरिरहेको चिनियां सरकारले अहिले नाका खोल्ने काम चाँडोभन्दा चाँडो हुने भन्दै काम भइरहेको छ।
अब न्यालमदेखि खासासम्म गएको पहिरो हटाउने काम भइरहेको उहाँहरु(चिनियां अधिकारीहरु)ले जानकारी गराउनुभयो। खासादेखि सिमानाको मितेरी पुलसम्म सबैभन्दा बढी बिग्रेको बाटो बनाउने काम धमाधम भइरहेको छ।
चीन सरकारले तिब्बती क्षेत्रमा मात्र होइन, नेपाली भागको कोदारी क्षेत्रमा बिग्रिएको मुख्य अप्ठ्यारो सडक खण्डको मर्मतमा समेत सघाइरहेको सडक विभागले जनाएको छ।
उनीहरु गत वर्ष पहिरोले क्षति पुर्याएको जुरे भन्ने स्थानको सडक खण्ड र बाह्रबिसेमाथिको सबैभन्दा गाह्रो मानिने स्थानको झन्डै साढे दुई किलोमिटर बाटो बनाउन सहमत भएको बताइएको छ।

चिन्ता

नेपालतर्फ सडक विभागले पनि कामलाई तीव्रता दिएको सडक विभाग अन्तर्गत चरिकोट डिभिजनका प्रमुख अशोक तिवारीले बताए।
सडक निर्माणमा चिनियां पक्षसंग समन्वय भइरहेको भन्दै डिभिजन प्रमुख तिवारीले भने, "बाह्रबिसेदेखि माथिको हामीले ३० करोडको ठेक्का लगाइसकेका छौं। तर चिनियां पक्षले त्यहाँको काममा सघाउने भनेपछि हामीले बाह्रबिसेदेखि बयान्नब्बे भन्ने स्थानसम्म हामीले काम गर्ने र त्यहाँभन्दा माथि तातोपानीसम्मको काम उनीहरुले गर्ने भन्ने सहमति गरेका छौं।"
आधा शताब्दीदेखि चालू व्यापारिक नाका तातोपानी २० महिनादेखि बन्द भएपछि नेपाली व्यापारीहरुमात्र नभई नेपाल केन्द्रित चिनियां व्यापारीहरुलाई समेत ठूलो घाटा भएको बताइन्छ।
चीनको अर्को चिन्ता चाहिं तिब्बतसंग जोडिएको देखिन्छ।
सिलवालका अनुसार तातोपानी नाका खोलेसंगै त्यहाँबाट हुनसक्ने सम्भावित चीन विरोधी गतिविधि रोक्न नेपाल सरकार गम्भीर हुनुपर्ने आग्रह चिनियां पक्षको छ। बीबीसी नेपाली सेवा बाट,


विराटनगर, पुस १५ गते।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय  विराटनगरको सचेतना अभियान अन्तरगत बिहिबार बिराटनगर हेल्थ कलेजमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा रहेको महिला तथा बाल-बालिका सेलबाट खटिएका प्रहरीले सो कलेजको डिप्लोमा ईन फार्मेसी प्रथम वर्षमा अध्ययनरत बिधार्थीहरुलाई घरेलु तथा महिला हिंसा, ईन्टरनेटको प्रयोग, साइबर अपराध, बाल अधिकार तथा बाल बिज्याईँ र लागूऔषध दुर्व्यसन विषयमा चेतनामुलक प्रशिक्षण दिएका छन्।

नागरिक-प्रहरी हातेमालो कार्यक्रम अन्तरगत “प्रहरी मेरो साथी” को ब्यानरमा संचालन गरिएको उक्त कार्यक्रममा ४१ जना बिधार्थी सहभागी थिए।

कार्यक्रमलाई प्रहरी सहायक निरिक्षक सरस्वती राई, प्रहरी सहायक निरीक्षक चन्द्र कुमारी लावती र प्रहरी जवान ओम राज पौडेलले सहजीकरण गरेका थिए।

यसैविच मोरङको लेटाङ-भोगटेनी नगरपालिका ६ स्थित श्री लक्मी माध्यमिक विधालयमा पनि बिहिबार लागूऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको छ।

इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएका प्रहरीले सो विधालयको कक्षा ८, ९ र १० मा अध्ययनरत दुई सय पचास जनालाई लागूपदार्थको परिचय, प्रकार, यसका असरहरु, रोकथाम तथा नियन्त्रणका उपायहरु बारे प्रशिक्षण प्रदान गरेका हुन्।

लेटाङमा प्रहरी र स्थानीयवासी सम्मिलित लागूऔषध नियन्त्रण कार्यदलले “दुर्व्यसनलाई त्यागौ, स्वच्छ जीवन बिताऔ, दुर्व्सनबाट आफू पनि बचौं र आउने पिढीलाई पनि बचाऔ” भन्ने मुल नारा सहित बिभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आएका छन्।




प्रकाश पाक्साँवा-
तेह्रथुम, पुस १४ गते । २०७३, रातो तारा डट कम-
तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई विहिबार शैनिक श्रीमती संघ (नेपाली सेना) ले राहत सामग्री उपलब्ध गराएको छ ।
 संक्रान्तिबजार आइपुगेका सैनिक श्रीमती संघ (नेपाली सेना) को टोलीले इलाका प्रहरी कार्यालय संक्रान्तिबजारमा औपचारीक कार्यक्रमको आयोजना गरि १ हजार ७ सय १० केजि चामल, ९० थान ज्याकेट र ७८ थान कम्बल प्रदान गरेका छन् ।

 सैनिक श्रीमती संघ (नेपाली सेना) भद्रकाली, काठमाडौको सहयोगमा प्राप्त राहत सामग्री अग्निपिडित ७३ विस्थापति परिवारलाई वितरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै भैरवदल गण पाँचरका प्रमुख सेनानी शिवराज पन्तले करोडौको क्षति भएको यो दुःखको घडिमा पिडितहरुलाई साहानुभूति स्वरुप मलम लगाउने प्रयत्न गरिएको बताउनु भयो ।

पुस १ गते भएको आगलागी नियन्त्रण देखि राहत वितरण गर्दै आएको गणले आठराई क्षेत्रमा आइपर्ने जुनसुकै आपतकालिन विपत्तिमा सहयोग गर्ने गणपति पन्तले बताउनु भयो ।
 त्यस्तै कार्यक्रममा संघकी सदस्य पुजा पन्तले भैपरी आइपर्ने घटनाहरु नियन्त्रणमा आकस्मिक निर्णय गर्न नसकिएकाले यतिका धेरै क्षति भएको बताउनु भयो ।

आपतकालिन अवस्थामा गाउँका युवाहरुलाई विपत्तिबाट हुन सक्ने जुनसुकै घटना नियन्त्रणबारे प्रशिक्षित गराउनु पर्ने भएकाले यसमा सरोकारवाला निकायले ध्यान दिनु पर्ने उल्लेख गर्नु भयो ।

संक्रान्तिबजारमा भएको भिषण आगलागी भैरवदल गण पाँचरबाट आएको नेपाली सेनाको टोली सहितको सुरक्षा निकाय, दम्कल र स्थानिय डोजरको ४ घण्टा लामो प्रयास पछि नियन्त्रणमा आएको थियो । आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए ।

आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।


मोरङ,बेलबारी, पुस १४ गते । २०७३, रातो तारा डट कम-
गुरुङ जातिहरुको महान पर्व ल्होसारको अवशरमा शुभकामना आदन प्रदान तथा कर्णबहादुर गुरुङ स्मृति मञ्च हस्तान्तरण कार्यक्रम विहीवार सम्पन्नभएको छ।

तमु ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद मोरङद्धारा कार्यक्रममा कर्णबहादुर गुरुङको स्मृतिमा उनका परिवारहरुले निर्माण गरेको मंचको हस्तान्तरण गरिएको हो । बेलबारी स्थित तमु बुद्धिष्ट गुम्वामा १८ लाख ५० हजार लागतमा निर्माण गरेको मंचको आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुरुङले आदिवासी जनजातिको क्षमता अभिवृद्धि, शीप र लोकसेवा आयोगमा सहभागीताका लागि विभिन्न कार्यक्रमहरु ल्याईने बताएका छन् । साथै बेलबारीमा बन्न लागेको आदिवासी जनजाति संग्रालयका लागि सहयोग गर्ने आश्वासन दिएका छन् । परिषदका केन्द्रिय अध्यक्ष रेशम गुरुङ विशेष अतिथि र मोरङ क्षेत्र नंं. ८ का साँसद चन्द्रबहादुर गुरुङ, समानुपातिक साँसद मधु गुरुङ विशिष्ट अतिथि रहेका थिए ।

त्यसैगरी कार्यक्रममा सरकारको उपल्लो निकायमा रहने गुरुङ जातिका चारजनालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय अनुसन्धानका लक्ष्मण गुरुङ, कर्नेल पूर्णबहादुर गुरुङ, सावित्रारत्न गुरुङ र प्रहरी उपरीक्षक गोपाल गुरुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गुरुङ जातिको विभिन्न साँस्कृतिक कार्यक्रमहरु भएका थिए । कार्यक्रममा एमालेका डीपी राई, योगेन्द्र गुरुङ, माओवादी केन्द्रका तिलक राई, काँग्रेसका राजकुमार लिम्बू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम कृष्ण गुरुङको संचालन र परिषदका जिल्ला अध्यक्ष मनकुमार गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।



काठमाडौं, पुस १४ – व्यवस्थापिका संसदको बैठक आउँदो सोमबारसम्मको लागि स्थगित भएको छ । बिहीबार बोलाइएको संसद बैठकको सुरुमै विपक्षी दलको तर्फबाट एमाले सांसद बैजनाथ यादवले संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्नुभयो ।

प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न नदिने भन्दै उहाँले सम्बोधन गरेपछि एमालेसहित विपक्षी दलका सांसद आआफ्नो कुर्सीबाट उठेका थिए । त्यसपछि सभामुख ओनसरी घर्तीले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

संविधान संशोधन प्रस्तावको विरोधमा एमालेसहित विपक्षी दलले पटकपटक संसद अवरुद्ध गर्दै आएका छन् । संसद बैठक चल्न नसक्दा चुनावको मिति घोषणा, चुनावका लागि आवश्यक कानुन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीमाथिको महाअभियोग लगायत विषयमा छलफल हुन सकेको छैन ।


काठमाडौं पुुस १४ गतेे ।
चीनको सेन्ज्याङ प्रान्तमा रहेको कम्युनिष्ट पार्टीको भवनमा आतंकवादी हमला भएको छ । चिनियाँ प्रहरीका अनुसार घटनामा संलग्न चार जना प्रहरी कारवाहीमा मारिएका छन् । काराकाक्स काउन्टीमा रहेको उक्त भवनमा चारजना व्यक्तिले गाडी ठोक्काउँदै विस्फोट गराएका थिए ।

उक्त विस्फोटमा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको बताइएको छ । चिनियाँ मिडियाले उक्त हमला आतंकवादी हमलाको संज्ञा दिएको छ । मुस्लिम उइघिुर समुदायको बसोबास रहेको उक्त क्षेत्रमा लामो समयदेखि तनाव रहेको छ ।

सिन्ह्वाले घटनामा संलग्न चार जनाको विस्फोटमा मृत्यु भएको वा प्रहरी कारवाहीमा मारिएको भन्ने खुलाएको छैन । चीनको सबैभन्दा ठूलो प्रान्त सेन्ज्याङ स्वायत्त राज्य रहेको छ । यसको सीमामा ८ वटा देश रहेका छन् जसमा सोभियत सेन्ट्रल एसियन रिपब्लिक, मंगोलिया, अफगानिस्तान, पाकिस्तान र भारत रहेका छन् । उइघुर टर्किक मुस्लिमहरु हुन् ।

उनीहरुले सेन्ज्याङको ४५ प्रतिशत जनसंख्या ओगट्छन्, ४० प्रतिशत हान चिनियाँहरु रहेका छन् ।



काठमाडौं,कृष्णनगर पुस १४ गते ।
कपिलवस्तुको कृष्णनगर भन्सारमा गोली चल्दा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन।

गोली लागेर हबल्दार कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएका छन् । पुनको कुममा र श्रेष्ठको हातको औंलामा गोली लागेको छ । दुबैजना खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
दिउँसो करिब दुई बजेतिर भारत तर्फबाट गोली चलेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

सशस्त्र प्रहरी भन्सार गुल्म कपिलवस्तुका कार्यालय प्रमुख तारिखचन्द्र चौधरीका अनुसार एयर गनबाट गोली चलाइएको प्रारम्भिक अनुमान गरिएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र दुबै घाइते खतरामुक्त रहेको चौधरीले अनाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार तस्करहरुको समूहले गोली चलाएको अनुमान गरिएको छ । गोली चलाउनेहरुको खोजी भइरहेको र यसबारे थप अनुसन्धान पनि भइरहेको उनले बताए ।


बिराटनगर,पुस १४ गते । २०७३, रातो तारा डट कम-
सेन्ट-जोसेफ उच्चमाधामिक बिधालयले आफनै कम्पाउन्डमा भोलि देखि बिधार्थीहरुका लागि शैक्षिक मेला लगाउने भएकोछ ।

आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर बोर्डिङका  प्रशासकिय अधिकृत बिनय श्रेष्ठ र परवत कुमार श्रेष्ठले सो कुराको जानकारी गराउनु भएकोछ ।

बर्ष भरी अध्यान गर्ने बिधार्थीहरुलाई उनिहरुले गरेको प्रगति र ज्ञनको प्रचार प्रसार गर्न बिधालयले २५ वटा बिभिन्न कल्बहरु बनाएर सोहि संस्था मार्फत आफना प्रतिभा
देखाउन एक बर्षमा एक पटक मौका दिने गरेको जानकारी गराईएको थियो ।

यो फिउजन फ्रि नामको सैक्षिक स्वकुलको तेस्रो वर्षको मेला हो । बिधार्थीहरुको २५ कल्बहरुले आफ्नाा प्रतिभा देखाउने यो मेलामा २० स्टलहरु रहनेछन र बिधाथार्थीहरुका अभिभावकले पनि यस मेलामा भाग लिने छन भनिएकोछ।

सेन्जोसेफ स्कुलमा अध्यानरत हाल नर्सरी देखि १२ सम्मका १२ सय किधार्थीहरू छन। यो मेलामा तिनका अभिभावक हरुले समेत भाग लिनेछन ।



काठमाडौं , कुनमिङ, १४ पुस - चीनले तीब्र गतिको विश्वकै सबैभन्दा लामो रेल्वे सेवा सुरु गरेको छ। सांघाई–कुनमिङ २ हजार २ सय ५२ किलोमिटर लामो यो रेल सञ्जालले चीनलाई पूर्वदेखि पश्चिम दक्षिणसम्म जोड्नेछ।

चिनियाँ रेल्वे करपोरेसनका अनुसार उच्च गतिको यो रेल्वे सेवाले सांघाई र कुनमिङको यात्रा दुरी ३४ बाट घटाएर ११ घन्टामा झार्नेछ।

३३० किलोमिटर प्रतिघन्टाको गतिमा चल्ने यो नयाँ रेल्वे सेवाले चीनका पाँच वटा प्रान्तहरु हुनान, ग्वान्झाओ, युनान, झ्याछी, झिझाङलाई जोड्नेछ। चिनियाँ रेल्वे करपोरेसनका अनुसार उच्च गतिको यो रेल्वे सेवाले सांघाई र कुनमिङको यात्रा दुरी ३४ बाट घटाएर ११ घन्टामा झार्नेछ।

बुधबार उद्‌घाटन गरिएको यो चीनको तीब्र गतिको सबैभन्दा लामो पूर्व-पश्चिम रेल्वे सञ्जाल पनि हो। यो सहित चीनमा तीब्र गतिको रेल्वे सञ्जालको कूल दूरी २० हजार किलोमिटर पुगेको छ। सन् २०३० सम्म यो सञ्जाल वृद्धि गरेर ४५ किलोमिटर पुर्‍याउने गरी चीनले काम गरिरहेको छ।

विश्वकै उदाउँदो अर्थतन्त्र भएको चीनले सन् २०१२ मै उत्तर र दक्षिणलाई जोड्न २ हजार २ सय ९८ किलोमिटर लामो बेइजिङ—ग्वान्झाओ तीब्र गतिको रेल्वे नेटवर्क निर्माण गरिसकेको छ।


चीनले सुरु गरेको नवीन प्रविधिको यो रेलमा यात्रुले विमानमा जस्तो सेवा पाउनेछन्। रेलभित्र यात्रु सेवामा विमानमा जस्तै महिला परिचारिका रहनेछन्। बुधबा रेल्वे सेवा सञ्चालन सुरुवात हुँदा कुनमिङ रेल्वे स्टेशनमा उनीहरु विमान परिचारिका जस्तै विशेष पोषकमा देखिए।




इटहरी, १४ पुस ।
 सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा रहेको मनास्लु बोर्डिङमा कार्यालय सहयोगीका रुपमा कार्यरत ३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या गरेको अवस्थामा आज बिहान शव फेला परेको छ ।

दुहवी–५ घर भएकी पवित्रा सोही बोर्डिङमा आवासीय सेवामा रहेको अवस्थामा गएराति हत्या भएको प्रहरीले अनुमान गर्दैै बोर्डिङ सञ्चालक शङ्कर थापा लगायतसँँग प्रारम्भिक सोधपुछ भइरहेको प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिए ।

पवित्राको हत्या के कारणले भएको हो भनेर सोधखोज भइरहेको र चाँडै नै पवित्राको हत्यामा संलग्न मानिस पत्ता लाग्ने प्रहरी उपरीक्षक पोख्रेलले बताए ।

पवित्राको हत्या यौनिक पनि हुन सक्ने भन्दै मृतकको शव परीक्षणका लागि अस्पताल लैजाने तयारी भइरहेको उनले बताए ।


काठमाडौं, पुस १४ गते । २०७३, रातो तारा डट कम- वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा निधन भएको छ। श्वास प्रश्वासमा समस्या रहेका दीक्षितको बिहीबार बिहान पौने ३ बजे निधन भएको हो।

दीक्षितले करिव ६ दर्जन पुस्तक लेखन तथा सम्पादन गरेका छन् भने २ हजारभन्दा बढी फुटकर प्रकाशित भएका छन्। लेखनको सुरुका वर्षहरुमा खोज तथा अनुसन्धानमा रुचि राख्ने दीक्षितले पछिल्लो समयमा नियात्रा, निबन्ध तथा संस्मरण लेख्दैआएका थिए।

 नेपाली भाषा तथा साहित्यसँगै ती सामग्रीहरुको अभिलेखमा पनि दीक्षितले गहकिलो पाइला चालेका थिएन। उनको सक्रियतामा २०१२ सालमा मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठी स्थापना गरिएको थियो।

गुठीले नेपाली भाषाामा प्रकाशित हुने उत्कृष्ठ पुस्तकलाई मदन पुरस्कार र नेपाली भाषाको श्री बृद्धिका लागि योगदान दिने कृतिलाई जगदम्बा श्री पुरस्कार प्रदान गर्दैआएको छ। दीक्षितका दुई छोरा कुन्द र कनकमणि पत्रकारितामा क्रियाशील छन्।

छोरी रुपा जोशी पनि लेखकका रुपमा परिचित छन्। दीक्षितको बिहीबार बिहान पशुपतिस्थित विद्युतीय शव दाहगृहमा अन्त्येष्टि गरिएको छ।



विराटनगर, पुस  १४ गते ।
दलित, विपन्न तथा अपाङ्ग परिवारका स्कुल जाने विद्यार्थीहरुलाइ आज विराटनगरमा झोला तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

शहरका गरिब ,दलित विपन्न क्षेत्रमा काम गर्दे आएको इनडिपेन्डेन्ट हुमन फाउण्डेशनले विराटनगर ७ स्थित रामपुरका दलित तथा विपन्न बस्तीका विद्यार्थीहरुलाई स्कुल जाने झोला र शैक्षिक सामाग्रि वितरण गरेको हो । जनचेतना प्राथमिक विद्यालयमा भएको कार्यक्रममा १ सय ४५ जना विद्यार्थीलाई झोला वितरण गरेको संस्थाले जनाएको छ ।

संस्थाकी अध्यक्ष सावित्री आचार्यले अधिकांश दलित मुसहर बस्तिका बालबालिकालाई स्कुल जान प्रोत्साहन गर्ने उदेश्यले झोला र शैक्षिक सामाग्रि वितरण गरिएको जानकारी दिनु
भयो । कार्यक्रममा संस्थाका सदस्य ज्योति आचार्य,अञ्जु कोइराला,जयनारायण यादव,मनोज राठि,रुवी यादव लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।



बिराटनगर, पुस १४ गते। २०७३, रातो तारा डट कम-
नेपाल आर्मी क्लबले सातौं राष्ट्रिय खेलकुद अन्तरगत ब्याडमिन्टनमा आफ्नो बाहुल्यता देखाएको छ ।

नेपाल आर्मीका रत्नजित तामाङ्गले पुरुष एकल तर्फको खेलमा आफ्नै क्लबका दिपेश धामीलाई २१–१९, २१–११ सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारे । सुदूरपश्चिमका संजीव खड्का र नेपाल प्रहरीका बिष्णु कटुवालले कास्य पदक पाए ।

काकरभिट्टास्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ सेनाकी नङ्गशल तामाङ्गले एपिएफकी शिक्षा श्रेष्ठमाथी १७–२१, २१–१२, २१–१० को जित निकाल्दै स्वर्ण प्राप्त गरिन् । आर्मीका अनुमाया राई र अमिता गिरीले कास्य पाए ।

पुरुष डबलमा पनि आर्मीकोनै जित रह्यो । आर्मीका रन्तजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले आर्मीकै दिपेश धामी र सुरोज महर्जनको जोडीलाई २१–१९, १६–२१ र २१–१६ को तीन सेटमा पराजित गर्दै स्वर्ण कब्जा गरे । तेश्रो स्थानमा पुलिसका बिष्णु कटुवाल र दीपक बोहराको जोडी तथा एपिएफका जोसेफ अधिकारी र सुमन लिम्बुको जोडी रहे ।


महिला जोडी तर्फको खेलमा एपिएफकी पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीले आर्मीका मेघा चन्द र अनुमाया राईको जोडीलाई २१–१५, २१–८ को सोझे सेटमा पाखा लगाउंदै स्वर्ण हात पार्दा चन्द र राईको जोडीले रजत पाए । सेनाका जेसिका गुरुङ्ग र सुनैना मुखिया तथा नङ्गशल तामाङ्ग र अमिता गिरीको जोडीले कास्य पदक पाए ।

मिक्स डबल तर्फको खेलमा पनि आर्मीका दीदी भाईको जोडीलेनै स्वर्ण पाए । दीदी भाई नङ्गशल र रत्नजितको जोडीले एपिएफका शिक्षा श्रेष्ठ र सुदीप सेंढाईको जोडी माथी २१–११, २१–१० को जित हात पार्दै श्रेष्ठ र सेंढाईको जाडीलाई रजतमा खुम्चन बाध्य पारे । एपिएफका शोभा गोचन र विजित थापा मगर तथा अनुमाया राई र नविन श्रेष्ठको जोडी कास्यमा खुम्चिए ।

जिम्नास्टिक
धुलाबारीमा जारी जिम्न्यास्टिक खेलमा महिला फ्लोरको ब्यक्तिगत तर्फ एपिएफकी पिंकी झाँग ९.६० अंक हात पार्दै स्वर्ण पदक प्राप्त गरिन् । एपिएफकै रेशिका श्रेष्ठले ९.४ अंकका साथ रजत र एपिएफकै सुनिता निरौलाले ८.८० अंकका साथ कास्य पाईन् ।

भल्ट टेबल तर्फ एपिएफकै रेशिका श्रेष्ठले ८.४५ अंकका साथ स्वर्ण हात पारिन् । पिंकी झाँगले ८.१० अंकका साथ रजत पाईन भने सुनिता निरौलाले ८.० अंकका साथ कास्य पाईन् ।

अलराउन्ड तर्फ पनि एपिएफकै बाहुल्यता रह्यो । एपिएफकै तिनै खेलाडीले जित निकालेको खेलमा रेशिकाले १७.८५अंकका साथ स्वर्ण, पिंकी झागले १७.७ अंकका साथ रजत र सुनिता निरौलाले १६.८ अंक ल्याउंदै कास्य पाईन् ।

पुरुषका खेलहरु बिहिबार सम्पन्न हुने आयोजकले जनाएका छन् । पौडी खेलाडी शिरिषद्वारा खेलाडीलाई सहयोग
पौडी खेलाडी शिरिष गुरुङ्गले एथलेटिक्स खेलाडीहरुलाई खेल सामाग्री सहयोग गरेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सका खेलाडीहरु आर्थिक अभावका कारण दौडमा लगाउने स्पाईक नलगाई खेलेको भनि विभिन्न संचार माध्ययमबाट समाचार सम्प्रेषण भए पछि गुरुङ्गले शिरिष फाउन्डेशन मार्फत सहयोग गरेका हुन् ।

उनले करिब ४५ हजार बराबरको स्पाईक, झोला, टिसर्ट लगायतका सामाग्री बुधबार र बिहिबार खेलाडीहरुलाई हस्तान्तरण गरे । सहयोग पाउने खेलाडीहरुमा सुदूरपश्चिम कैलाली टिकापुर राजीपुरकी शिमा चौधरी, पश्चिमाञ्चल गुल्मीकी सिता शेन र नवलपरासी गुठी पर्सौनीकी गुडिया गुप्ता रहेका छन् ।

सातौ राष्ट्रिय खेलकुद अन्तरगत ५ राष्ट्रिय किर्तिमान सहित
१६ स्वर्ण पदक प्राप्त गर्दै सातौंम अर्को किर्तिमान राखेका थिए । यस अघि करिष्मा कार्कीले १२ स्वर्ण पदक प्राप्त गर्दै एकै व्यक्तिले सर्वाधिक स्वर्ण पदक प्राप्त गरेको किर्तिमान थियो ।



बिराटनगर, पुस १३ गते ।
नेपाल पुलिसले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तरगत महिला १० मिटर एयर राईफल टिम ईभेन्ट्समा स्वर्ण हात पारेको छ ।

अश्मिता राई, फुलमाया क्याप्छाकी र दूर्गा सिंजालीको जोडीले कुल ११२२ अंक हासिल गर्दै स्वर्ण प्राप्त गरेका हुन् । रजत पदक प्राप्त गर्न सफल मध्यपश्चिमले १०६८ अंक हासिल ग¥यो । मध्यपश्चिमको टिममा शान्ति बिष्ट, सिता सिंह र रुशी सोमै थापामगर रहेका थिए ।

यस्तै विना परियार, कल्पना परियार र सुविना तामाङ्गको आर्मीको टिमले १०५४ अंकमा खुम्चिंदै कास्य पदकमा चित्त बुझाए । 




बिराटनगर, पुुस १३ गतेे ।
पूर्वपश्चिम राजमार्ग अन्तर मोरङको बयरवन–९ मा आज बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालक र उनकी श्रीमतीको ज्यान गएको प्रहरीले जनाएको छ ।

बिहान साढे ६ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको नम्बर नखुलेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको को२२प ४३८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे–८ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ४५ वर्षीय धनकुमार राई र उनकी ३५ वर्षीया पत्नी विष्णुमायाको ज्यान गएको हो ।

धनकुमारको घटनास्थलमै र मोटरसाइकलको पछाडि सवार विष्णुुमाया गम्भीर घाइते भएकाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा साढे ८ बजे निधन भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिए । ठक्कर दिने टिपरसहित त्यसका फरार चालकको खोजी भइरहेको छ ।




इनरुवा, १३ पुस ।
पूर्वाञ्चलको प्रसिद्ध पर्यटक क्षेत्रका रुपमा रहेको कोसी टापु वन्यजन्तु आरक्षमा पर्यटक आगमनमा निषेध गरिएको छ ।

आरक्षको जङ्गल क्षेत्रबाट दैनिकरुपमा जङ्गली हात्ती आएर बितन्डा मच्चाउने गरेका कारण आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको कोसी टापु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।

हात्ती आतङ्कका कारण यहाँ अवलोकन गर्न आउने पर्यटकमा मानवीय खतरा बढेकाले आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको आरक्षका संरक्षण अधिकृत श्यामप्रसाद साहले जानकारी दिनुभयो ।

आन्तरिक पर्यटकले अवलोकन गर्ने बेलामा पथ प्रदर्शक सहयोग नलिने गरेको र जङ्गल क्षेत्रको अवलोकन कसरी गर्ने विषयमा ज्ञानको अभाव भएकाले आरक्षमा आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको आरक्षका संरक्षण अधिकृत साहले बताउनुभयो ।

उहाँले टाढाबाट तथा नेपालबाहेकका मुलुकबाट चरा तथा जङ्गली जनावर हेर्न आउने पर्यटकलाई अवलोकन गर्न दिइने वातावरण बनाउने बताउनुभयो ।

विदेशी मुलुकबाट आरक्षको चरा तथा अर्ना हेर्नका लागि आउने पर्यटकलाई पथ प्रदर्शक र सावधानी अपनाएर आरक्ष अवलोकनको वातावरण मिलाउने अधिकृत साहले बताउनुभयो ।



सिंहदेवी,मोरङ, पुस १३ गते । २०७३,रातो तारा डट कम-
 न्यानो अभियान नेपाल उर्लाबारीले पुर्वी मोरङमा स्वास्थ्य शिविर सहित न्यानो कपडा वितरण गर्ने भएको छ।

न्यानो अभियानले पुर्वी मोरङमा मात्र यस प्रकारका अभियान सन्चालनमा ल्याएता पनि यस वर्षको कार्यक्रममा भने उत्तरी मोरङको विकट गाविस सिंहदेवीमा पनि माघ-२गते उक्त अभियान सन्चालन गर्ने कार्यक्रम संयोजक तथा अभियानका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिएका छ्न।पौष १४ गतेबाट सुरु हुने उक्त अभियान माघ-८गते सम्म चल्ने आयोजकले जनाएको छ।

मंगलबार बसेको बैठकले गरीब तथा विपन्न
बस्तीमा स्वास्थ्य शिविरसहित न्यानो
कपडा वितरण गर्ने निर्णय गरेको हो ।
अभियान अन्तरगत पौष १४ गते उर्लाबारी–१
बक्राहा बाँध (क) साइड र पौष १६ गते
उर्लाबारी–१ बक्राहा बाँध (ख) साइडमा गर्ने
निर्णय भएको छ ।

त्यस्तै, पौष १८ गते राजघाट,
पौष २० गते सोमबारे इटहरा र पौष २३ गते
मधुमल्लामा गर्ने भएको अभियानका अध्यक्ष
पूर्णबहादुर लिम्बूले बताएका छन् । यस्तै पौष २६
गते उर्लाबारी–७, पौष २९ गते उर्लाबारी–८ र
माघ २ गते सिंहदेवीमा गर्ने भएको उनले
जानकारी दिएका छन् ।

यस्तै, माघ ८ गते उर्लाबारी–९ सालबारीमा अपाङ्गता
भएकाहरूलाई स्वास्थ्य शिबिर सहित न्यानो
कपडा वितरण गरी समापन गरिने बरिष्ठ
उपाध्यक्ष सञ्जिब बुढाथोकीले बताएका छन्


काठमार्डाैं, पुस १३ - व्यवस्थापिका संसदको बैठक बुधबार पनि अवरुद्ध भएको छ । संविधान संशोधन प्रस्तावको विरुद्धमा रहेका विपक्षी दलको तर्फबाट परिवार दलका एकनाथ ढकालले सम्बोधन गरेपछि बैठक स्थगित भएको हो ।
ढकालले संविधान संशोधन प्रस्ताव असंवैधानिक भएकाले फिर्ता गर्न माग गर्नुभयो ।

उहाँले बोलेपछि एमाले सहित विपक्षी दलका सांसद आआफ्नो ठाउँबाट उठे । सभामुखले बस्न अनुरोध गरेपनि विपक्षी दलका सांसद नबसेपछि बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।



सप्तरी, पुस १३ गते ।
विद्यार्थीको माध्यमबाट गाउँ र समाजमा रहेका सम्भावीत आप्रवासी कामदारलाई सूचनामाथि पहुँच पुर्याउने उद्देश्यले विद्यार्थीसँग वैदेशिक रोजगारीबारेमा अन्तक्रिया सम्पन्न गरेको छ ।

वैदेशिक रोजगारीमा बारेमा सही सूचना तथा सीप कै कारणबाट विदेशमा समस्या भोग्नु नपरोस भन्ने उद्देश्यले सम्भावित आप्रवासी कामदार तथा तिनका परिवारको लागी वैदेशिक रोजगारतर्फ बढी सुरक्षित तथा लाभदायक बनाउन विद्यार्थीलाई अभिमुखीकरण तालिम दिएको हो ।

सवल नेपालको आयोजनामा सामीरहेल्भेटास स्वीस ईन्टरकोपरेशन नेपालको सहयोगमा सञ्चालित विद्यालय तथा आमसञ्चार कार्यक्रमले विद्यार्थीको माध्यमबाट विदेश जानेलाई जानकारी लिन सूचना केन्द्रसम्म पुर्याउने उद्देश्यले बिद्यालयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

बैदेशिक रोजगारमा जाने कामदारहरुलाई सही सुचना तथा परार्मश केन्द्र मार्फत सुसुचित गर्ने तथा ठगी,शोषणको सिकारवाट बच्नमा क्षमता अभिबृद्धिमा विकास गर्ने उदेश्यले बिद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम संचालनमा ल्याईएको सवल नेपालका परियोजना संयोजक असोक शाहले बताउनुभयो ।

वैदेशिक रोजगारमा जाने आप्रवासी कामदारलाई सही सुचना तथा जानकारी दिने उद्येश्यले राजबिराजको बन कार्यलय सप्तरी राजबिराज को अगाडी एससिडिसी संस्था अन्तर्गत सुरक्षित आप्रवासन सूचना तथा परार्मश केन्द्र संचालनमा ल्याईएको छ ।

नरबहादुर मावि पकरी, छिन्मस्ता भुपेन्द्र मावि , छिन्मस्ता, जनता मावि इटहरी बिष्णपुर,एस।एल।पि मावि मौहकी पथरगडा सहितका ५ वटा विद्यालयका ३ सय भन्दा वढी बिद्यर्थीलाई वैदेशिक रोजगारी बारे जानकारी गराएको सवल नेपालका कार्यक्रम अधिकृत चन्दनकुमार यादबले बताउनु
भयो ।



ताप्लेजुङ,पुस १३ गते ।
पूर्वाञ्चकै पबित्र तिर्थस्थलका रुपा रहेको ताप्लेजुङको पाथिभरा मन्दिर जाने मोटरबाटोको स्तर उन्नती गर्ने काम सुरु भएको छ ।

 दैनिक हजारौँको संख्यामा तिर्थयात्री हिड्ने मोटरबाटो कच्ची भएको कारण स्तर उन्नतीका लागि अर्थ मन्त्रालयले दश करोड रकम विनियोजन गरसगै स्तर उन्नतिकोकाम शुरु भएको हो।

अहिले सडक फराकिलो पार्ने र नालि खन्ने काम भईरहेको उत्तर दक्षिण ९ताप्लेजुङ ओलाङ्चुङगोला खण्ड० लोकमार्ग योजनाका प्रमुख कुबेर नेपालीले बताउनुभयो । काम शुरु भए सँगै पहिले ४ घण्टा लाग्ने यो बाटोमा अहिले आधा घण्टामानै यात्रातय गर्न सकिने नेपालीले बताउनु भयो ।

पाथिभरा मन्दिरमा जाने मोटर बाटो अन्तर्गत सुकेटार–पाथिभरा सडक खण्ड वर्षातको समयमा चल्न नसक्ने र तिर्थ यात्रीले दर्शनका लागि कष्ठ भोग्नु परेकोले यस सडकलाई बाह्रै महिना सञ्चालन हुने बनाउने काम भईरहेको आयोजनाको भनाई छ ।

अहिले सडक निर्माणको काम कन्काई ईन्टरनेशनल विल्डर्स प्रालि सुरुङ्गा झापाले भ्याट बाहेक ४ करोड ९४ लाख ८४ हजार ६ सय ५ रुपैयामा ठेक्का लिई स्तर उन्नतीको काम गरीरहेको छ ।

सडकको स्तर उन्नती भए सँगै तिर्थयात्रिलाई सहज हुने र तिर्थयात्रीको पनि चाप बढ्ने अपेक्षा गरीएको पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष सजन पौडेलले बताउनुभयो ।

यस क्षेत्रको सडक निर्माणमा सरकारले लगानी गरेको यो रकम हाल सम्मकै ठुलो रहेको पौडेलको भनाई छ ।

बिराटनगर, पुस १३ गते ।
४ मार्च १८१६ मा नेपाल र ब्रिटिसकालीन भारतबीच भएको सिमाना सम्बन्धी सुगौली सन्धिको सक्कल प्रति कहाँ छ भन्ने सम्बन्धमा अध्येता तथा अनुसन्धानकर्ताहरूमा जिज्ञासा
छ ।


सामान्यतया दुई देशबीच भएको सन्धि—सम्झौता ती दुवै देशसँग आ–आफ्नो प्रति हुनुपर्ने हो । तर नेपालमा कही कतै पाइएन । तर ब्रिटिसकालीन विराशद बोकेको वर्तमान स्वतन्त्र भारतको सम्बन्धित निकायमा पनि भएको आभाष पाइएको छैन । खोजिनिती गर्दा बेलायतको सम्बन्धित ‘अर्काइभ’मा पनि सक्कल प्रति अथवा यसको छाया प्रति भेटिँदैन ।

सन्धिको टाइपिङ प्रतिमात्र हेर्न, देख्न, फोटोकपी गर्न पाइन्छ।आखिर सुगौली सन्धिको मूल प्रति किन कतै पनि भेटिँदैन ? सक्कल प्रति मौजुदा नभएर हो अथवा नष्ट भएर उपलब्ध नगराइएको हो या सार्वजनिक गर्न नहुने भएर यसबारे जानकारी नगराइएको हो ? 


धनकुटा पुस १३ गते ।
एक किशोरीलाई भारत लैजाँदै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको आँखिसल्ला–८ का ३४ वर्षका लेखबहादुर परियारलाई प्रहरीले काँकडभित्ताबाट पक्राउ गरेको हो ।

मेची सीमानामा खटिएका विश्व सेवा विस्तार संस्थाका कर्मचारीको सहयोगमा परियारलाई पक्राउ गरी युवतीको उद्धार गरेको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताउनुभयो ।

परियारले धनकुटा अँखिसल्लाकै १६ वर्षकी किशोरीलाई बिहे गर्छु भन्दै भारत लैजान लागेका थिए । परियारले पुस ६ गते किशोरीलाई भगाएका थिए । किशोरीको परिवारको उजुरीको आधारमा चेकजाँच गर्दा मंगलबार पक्राउ गरिएको हो ।


प्रेम देवान-
विराटनगर, पुस१२ गते ।
युवतीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्ने उेद्दश्यले आयोजना गरिएको मिस विराटनगरका प्रतिस्प्रधीहरुले आ–आफ्नो प्रतिभा देखाएका छन् ।

विराटनगर बरगाछीमा रहेको स्याम पाटी प्यालेसमा मंगलबार अडिसनबाट  जना र पहिलो अडिसनबाट ४ जना गरी  २०  किशोरी छानिएका छन् ।

दोस्रो अडिसनको निर्णक मण्डलहरुमा एक्टिभ मिडीयाकी आभा अनुपमा, मकालु टेलिभिजनका सिइओ दिवश सुवेदी मिस विराटनगरका निर्देशक अमित गुप्ता एमएम प्रा्ड्क्शनकी भिजे रिता कट्टेल रहेका थिए ।

 त्यसैगरी प्रमुख अतिथीमा व्यूटिसीयन चन्द्रकला राई रहनुभएको थियो । अंग्रेजी महिनाको  नयाँ वर्ष २०१७ को अवसर पारेर आयोजना गरिएको प्रतियोगिता एक्टिभ ईन्टरनेशनल मिडिया प्रालिको आयोजना  तथा लक्ष्य ईम्पोरियम विराटनगरको सहकार्यमा हुदैछ  ।
 
दोस्रो अडिसनबाट छनौट भएका किशोरीहलाई आगामी पुस १७ गते अर्थात नया वर्षको उपलक्ष्यमा विराटनगरमा हुने फाइलनमा प्रवेश गराउने मिस विराटनगरका मेनेजिङ्ग डाईरेक्टर कौशलभगतले  जानकारी दिए ।

 किशोरीहरुलाई टे«निङ्ग अवधीभर  व्यक्तित्व विकास, भाषण कला, पहिरान, आउड डोर फोटो सुट गर्नुको साथै प्रतिभा उजार गर्ने मुख्य उद्देस्य रहेको छ ।  साथै ट्रेनिङ्गको संयोजन एम.एम प्रोडक्शनकी भिजे रिता कटेलले गर्नेभएकी छिन्।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार नगद प्राप्त गर्नेछन् । यस्तै फस्ट रनरअपले नगद ५१ हजार र  सेकेन्ड रनरअपले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।


बिराटनगर, पुस १२, गते ।
भन्सार छलि गरेर ल्याईदै गरेको सुनसहित एक जनालाई प्रहरीले हेटौंडाको रातमाटेबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातमाटेबाट १ सय ९० ग्राम सुन सहित भारत कलकत्ताका मिलनकुमार सावन्तलाई पक्राउ गरेको हो।

काठमाण्डौँवाट विरगंज जाँदै गरेको ना ६ ख १५३५ नम्बरको वसलाई जाँच गर्ने क्रममा बसमा सबार सावन्त सुन सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता बामदेब गौतमले बताए। गौतमका अनुसार प्रक्राउ परेको सुनको बजारमुल्य ८ लाख ९२ हजार रुपैँया हुन आउछ।




किशन शाही -
केराबारी  मोरङ, पौष ११ गते ।  मोरङको
केराबारी स्थित मच्छिन्द्र माविको आयोजनामा
श्रोतकेन्द्र स्तरीय अतिक्ति क्रियाकलाप
प्रतियोगिता सम्पन्न भएको छ ।

उत्तरी मोरङका विभिन्न ३ दर्जन जति विद्यालयको
सहभागिता प्रावि निमावि तथा मावि
तह अन्र्तगत विभिन्न प्रतियोगिता संञ्चालन
गरिएको थियो ।

प्रतियोगिता अन्र्तगत
माध्यमिक तहमा भएको छात्र भलिबल
प्रतियोगता अन्र्तग कल्याणकारी मावि
सिंहदेवी प्रथम मच्छिन्द्र मावि दोश्रो र
लक्ष्मी मावि तेश्रो भएका छन् । त्यसैगरी
छात्रा तर्फ फूटबल प्रतियोगिता भएको
थियो ।

विद्यार्थीहरुलाई कितावी ज्ञानमा मात्र
सिमित नराखी अतिरिक्त क्रियाकलापमा
पनि सहभागि गराउदै उनीहरुको प्रतिभालाई
प्रस्फुटन गराउन कार्यक्रमको आयोजना
गरिएको विद्यालयका शिक्षक चन्द्र
भण्डारीले वताउनुभयो ।

पौष ९ गते गाविस
स्तरमा छनौट भइ आएका विद्यार्थीहरुमाझ
श्रोत केन्द्र स्तरीय प्रतिस्पर्धा गराइएको
थियो ।

निमावि तह अन्र्तगत छात्र छात्रा रिले दौड
र प्रावि तह अन्र्तगत सामुहिक नृत्य
प्रतियोगिता एवं चित्रकला
प्रतियोगिताको आयोजना गरिएको
थियो ।

विद्यालयका प्रअ झलक प्रसाद पौडेलको
सभापतित्व र खदम क्याम्पसका प्रमुख
टेकवहादुर थपलियाको प्रमुख आतिथ्यतामा र
चन्द्र प्रसाद भण्डारीको संचालनमा सम्पन्न
भएको थियो ।

कार्याक्रमा विभिन्न
विद्यालयका प्रअ तथा शिक्षक प्रतिनीधि
स्थानीय राजनीतिक दलका प्रतिनीधि
सहितको आतिथ्यता रहेको थियो ।



बिराटनगर, पुस ११ गते । २०७३, रातो तारा डट कम-
सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले राष्ट्रिय खेलकुदमा लगातार तीन स्वर्ण जित्दै सोमबार ह्याट्रिक गर्न सफल भएका छन् । उनले शहिद रङ्गशालामा भएको सातौं राष्ट्रिय खेलकुदमा पुरुष कराते ६७ केजी तौलमा स्वर्ण हात पार्दै पर्शुराम बास्तोला संग आफुलाई बराबरीमा उभ्याएका छन् । मुकुन्द्रले पाँचौ, छैटौं र सातौंमा लगातार स्वर्ण पदक जित्न सफल भएका छन् ।


यस स्पर्धामा सुदूरपश्चिमका मो.शेखु आलमले रजत तथा नेपाल प्रहरीका भुपेन्द्र खड्का र मध्यमाञ्चलका विशाल पौडेलले कास्य पदक पाए ।

यस्तै पुरुषको ८४ केजीमुनीको तौलमा नेपाल प्रहरीका दिवश श्रेष्ठले पश्चिमाञ्चलका सुनित घर्तिमगरलाई पराजित गर्दै स्वर्ण जिते । तेश्रो स्थानमा पूर्वाञ्चलका ईश्वर माझी र सशस्त्रका भिमबहादुर तामाङ्ग रहे ।


महिला ६८ केजी तौलमा सशस्त्र प्रहरीकी कल्पना बस्नेतले बाजी मारिन् । उनले आर्मीकी रिता कार्कीलाई फाइनलमा पराजित गर्दै स्वर्ण हात पारिन् । मध्यमाञ्चलकी रोजिता रंजित र पुलिसकी मनिता मोक्तानले कास्य पाए ।

टेबल टेनिस

टेबल टेनिस तर्फको मिक्स डबलल्सको खेलमा नेपाल पुलिसका दीप साउन र नविता श्रेष्ठको जोडीले आफ्नै टोलीका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीलाई ११–८, ११–५ र ११–४ले पराजित गर्दै स्वर्ण कब्जा गरे । एपिएफका पुरुषोत्तम बज्राचार्य र सोनु थापामगर तथा आर्मीका कृष्ण थापामगर र रोविना महर्जनको जोडीले कास्यमा चित्त बुझाए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.