Websoft University
Articles by "अपराध"


विराटनगर, साउन २४ गते । मोरङ, सुनसरी र झापाबाट लागू औषध सहित १० जना पक्राउ परेका छन् ।

साउन २३ गते जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका(१, गुप्तबराहस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्र।१-०२-००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उक्त कारभित्र २२ वटा प्लाष्टिकका पोकामा लुकाई राखेको ४१८ किलो गाँजा फेला पारी कार चालक जिल्ला सुनसरी, धरान उपमहानगरपालिका(१३ का ३४ वर्षीय थमन राई, सोही कारमा सवार जिल्ला ओखलढुङ्गा, मानेभञ्ज्याङ गाउँपालिका-५ का २२ वर्षीया जिवनी राई, मोटरसाइकल चालक जिल्ला मोरङ, कटहरी गाउँपालिका(३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका ३८ वर्षीय शंकर चौधरीलाई पक्राउ गरिएको छ भने जिल्ला सुनसरी, धरान उपमहानगरपालिका(११ स्थित रिटिङ टोलमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले धरान-११ का ३२ वर्षीय उमेश कार्की, ३३ वर्षीय रुद्र मगर र धरान(१६ का २४ वर्षीया स्वास्तिका गुरुङलाई ९३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।

त्यसैगरी, जिल्ला मोरङ, विराटनगर महानगरपालिका-१५, मण्ठा पोखरीस्थितमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका(१५ का ३१ वर्षीय मोहमद हुसेनलाई १०० ग्राम ६०० मिलिग्राम ब्राउन सुगर पक्राउ गरिएको छ ।

त्यसैगरी, जिल्ला झापा, मेचीनगर नगरपालिका(८, सरस्वती टोलस्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो, काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ईटाभट्टाबाट धुलाबारीतर्फ जाँदै गरेको प्र।१-०१-००२ ह ३५६९ नम्बरको सिटी सफारीलाई चेकजाँच गर्ने क्रममा चालक जिल्ला मोरङ, पथरी शनिश्चरे नगरपालिका(५ का २५ वर्षीय गणेश चौधरी र जिल्ला झापा, मेचीनगर नगरपालिका(११, धुलाबारीका २३ वर्षीय सोमनाथ राजवंशीलाई ५३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।

पक्राउ परेका सबैको सम्बन्धित प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको छ ।



लहान, सिरहा साउन ७ गते ।आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ।

अख्तियारका अनुसार सेवाग्राहीसँग घुस रकम बुझिरहेको अवस्थामा विशेष टोलीले निगरानीका आधारमा उनलाई नियन्त्रणमा लिएको हो। पक्राउपछि घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

यस घटनाले सरकारी कार्यालयमा हुने भ्रष्टाचार नियन्त्रणमा अख्तियारको सक्रियता पुनः देखिएको छ। अनुसन्धानबाट कसुर पुष्टि भए प्रचलित कानुनअनुसार मुद्दा दायर गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ। 


विराटनगर असार १२ गते । कोशी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यालय प्रयोजनका लागि आवश्यक सामानको खरिदका नाममा लामो समयदेखि बजेट दुरुपयोग हुँदै आएको पाइएको छ ।

खरिदका नाममा संगठित ढंगले भ्रष्टाचार भएको भन्दै विस्तृत छानबिनको मागसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सीएममा जरुरी उजुरी दर्ता भएको छ । उजुरीमा विशेषगरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आपूर्तिकर्ता र सप्लायर्ससँग मिलेमतो गरी कृत्रिम रूपमा बढी खर्च देखाउने, नक्कली बिल मिलाउने र त्यसबाट कमिसन बाँडेर खाने प्रवृत्ति संस्थागत रूपमै चलिरहेको जस्तो गम्भीर आरोप लगाइएको छ ।

समाचारस्रोतका अनुसार हेलो सिएमको उजुरीमा मुख्यमन्त्री कार्यालयको प्रशासन शाखा, लेखा शाखा तथा सचिव र उपसचिव तहका अधिकारीसम्मको मिलेमतोमा नै त्यस्तो खर्चको बिल तयार पारेर बजेट सक्ने काम हुने गरेको दाबी गरिएको छ । एउटै कर्मचारी वर्षौंदेखि मुख्यमन्त्री कार्यालयमा जिन्सी तथा स्टोर हेर्ने जिम्मेवारीमा बस्ने र अन्य मन्त्रालयमा सरुवा भए पनि पुनः जिन्सी शाखामै काम गर्ने गरी व्यवस्थापन गरिने हुँदा मुख्यमन्त्री कार्यालयमै व्यापक आर्थिक अनियमितता हुँदै आएको दाबी गरिएको छ । 

यससँगै संघीय सरकार तथा अन्य प्रदेशका मन्त्रालयको तुलनामा कोशी प्रदेशका मन्त्रालयमा प्रशासनिक खर्चका लागि प्रदेश सरकारले नै अस्वाभाविक रूपमा बजेट विनियोजन गर्दै आएको पनि उजुरीमा उल्लेख छ । यसरी प्रत्येक वर्ष बजेट सार्वजनिक गर्दा प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयलाई बजेट वृद्धि गर्र्ने र उक्त रकमले पुगेन भने अन्य शीर्षकको बजेटलाई रकमान्तर गरेर भए पनि बजेट ल्याएर सक्ने गरिएको छ । विशेषगरी असार महिनामा धेरै बिल मिलाएर खर्च देखाउने प्रवृत्ति कोशी प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयमा व्यापक रुपमा मौलाएको दाबी हेलो सिएमको उजुरीमा गरिएको छ ।

उजुरी दर्तासंगै कोशी प्रदेशका मुख्य सचिव राजेन्द्र पौडेल विवादमा तानिएका छन् । यसबारेमा बुझ्न उनीसँग आर्थिक दैनिकले धेरै पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्कमा आउन चाहेनन् । मुुख्यसचिव पौडेलले प्रशासन माहाशाखा प्रमुख नारायण रिसाललाई मुख्यमन्त्री कार्यालयको सम्पूर्ण आर्थिक कारोबार र प्रशासनिक कारोबार हेर्ने जिम्मेवारी तोकेर आफू चोखो हुने प्रयास गरेका छन् । 

मुख्य सचिव पौडेल विगतदेखि नै शंकास्पद एवं विवादास्पद भएको कर्मचारी स्रोतले बताएको छ । उनी मुख्यमन्त्री कार्यालयमा मुख्यसचिवको जिम्मेवारीमा आउनु अगाडी कोशी प्रदेशकै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिवको जिम्मेवारीमा थिए । २०७७ असोज ७ गतेदेखि २०७८ असोज ५ गतेसम्म मन्त्रालयको सचिव रहेका पौडेलपछि बढुवा भएपछि कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा छन् । (अआर्थिक राष्ट्रिय दैनिक बाट सा )



विराटनगर, जेठ १५ गते | झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट जेठ १४ गते लागू औषध सहित १५ जनालाई पक्राउ गरिएको छ ।

झापाको गौरीगंज गाउँपालिका(२ स्थितबाट इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले भारतकी रुकमणी देवी र निजको छोरी कोमल कुमारी हरिजनलाई २० ग्राम ३०० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिका(६ का दुखु मियाँलाई

 २ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय अनारमनीले झापा गाउँपालिका(५ का मिलन कुमार राजवंशी र कनकाई नगरपालिका(७ की सरु कार्की डोलीलाई ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको बराहक्षेत्र नगरपालिका(६ बाट इलाका प्रहरी

 कार्यालय महेन्द्रनगरले सोही स्थानका चन्दन कुमार बहदार, प्रबिन बि।क, अमर राई, आईत सिह तामाङ, समिर तामाङ र सुभराज राईलाई प्रतिबन्धीत औषधी ट्रामाडोल हाईड्रोक्लोराइड( २९० क्यापसुल, स्पास्मो( १५० ट्रयाब्लेट, एन्टिकोफ( १५० ट्रयाब्लेट र २७० मिलिग्राम ब्राउन सुगर

सहित, प्रहरी चौकी भोक्राहानरसिंहले सोही स्थानका नियाउद्दिन आलमलाई ६२ ग्राम गाँजा, प्रतिबन्धित औषधी( २५ ट्रयाबलेट सहित, अस्थायी प्रहरी चौकी बाङगेले बराहक्षेत्र नगरपालिका(७ कि रचना राई र अरुणा बि।क। लाई १२० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय

सुनसरीले ईटहरी उप( महानगरपालिका(२ का संजोग राई, जित बहादुर राई र पुस्पा प्रधानलाई ६ ग्राम ९७० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैनजनाको थप अनुसन्धान भई रहेको छ ।


सुनसरी, वैशाख ३० गते । सुनसरीको धरान उप(महानगरपालिका-१३ स्थितबाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्वुलेन्स प्रहरीले हिजो नियन्त्रणमा लिएको छ । 

वैशाख २९ गते राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी चेकिङ टोलीले धरान-१३  स्थितमा चेकजाँचको क्रममा को। १ च ७३५९ नम्बरको एम्बुलेन्स भित्र प्लास्टिकको बोरामा प्याक गरी राखेको ४ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो ।

 एम्बुलेन्समा गाँजा बरामद भएसगै चालक तथा संलग्न ब्यक्तिहरुको खोजी कार्य भईरहेको छ । उक्त एम्वुलेन्स बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रा।लि। धरानद्वारा संचालित रहेको खुल्न आएको   छ । लागूऔषधको उत्पादन, संचय, बेचबिखन ,ओसारपसार तथा सेवन गर्नु कानुन अनुसार दण्डनीय अपराध हो ।


ताप्लेजुङ, बैशाख ८ गते । पाथिभरा मन्दिर दर्शन गर्न भक्तजन बोकेर गईरहेको बुलेरो गाडीमा आगोलागी हुदाँ ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

 बैशाख ८ गते बिहान ५ बजे ताप्लेजुङको सदरमुकामबाट मन्दिर तर्फ जादै गरेको मे १ च ३०११ नम्बरको बुलेरो गाडी ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० सेवारो चौक स्थित बाटोमा बिधुतको पोलबाट चुडिएर झरेको तारमा अल्झिएर अचानक गाडीमा आगोलागी हुँदा ललितपुरको ललितपुर महानगरपालिका १० की १६ बर्षीय आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ का ७० बर्षीय विनोद पौडेल निजको ६९ वर्षीया श्रीमती सरिता पौडेल र बुलेरो चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० का ४२ बर्षीय दुर्गा भट्टराईको जलेर मृत्यु भएको हो ।

 घटनाबारेमा जानकारी पाउनासाथ घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक  रवि रावलको कमाण्डमा खटिएको प्रहरीको टोलीले आगोलागीमा परेर घाईते भएकी ललितपुरको ललितपुर महानगरपालिका १० की ४५ बर्षीया सबिना आचार्य निजको १० वर्षिय छोरा भबिमय आचार्यलाई तत्काल उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ तर्फ पठाई गाडीमा लागेको आगोलागीलाई पुर्णरुपमा नियन्त्रणमा लिएको थियो  ।  

घाईते २ जनालाई थप उपचारकोलागी हेलीकप्टरद्दारा कठमाण्डौ लैजाने तयारी भईरहेको छ भने घटनास्थलमा कानूनी प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी गराएको छ ।


बिराटनगर फागुन २ गते  । रातीको समयमा मोरङ विराटनगर महानगरपालिका वडा नं, ३, एयरपोर्ट मोड दक्षिण, कोशी राजमार्गको पश्चिममा रहेको पुजा इन्टरनेशनल प्रा। लि। कम्पनीको शाखा कार्यालयको अगाडि सिसा फोरी रोकि राखेको सोरूम भित्रको गाडी त्ष्नगल मोडलको कार १ थान ल्यापटप १ थान चोरि गरी लगेको भन्ने सुचनाका आधारमा प्रहरीले तत्काल खोजी गरी रातो कार चोर मनोज कुमार बिनलाई पिच्छा गरी सुनसरीबाट पक्राउगरेको छ । रातो कार चोरी गर्ने चोरलाई पक्राउ गरी अहिले प्रहरीले कानुनी कारवाही र अनुसन्धान सुरु गरेको जनाएको छ ।




बिराटनगर | प्रहरीले विभिन्न स्थानमा अबैध सामान बरामद गरेको छ। यस अन्तर्गत: जिल्ल प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले करिब रू.१,६४,००० बराबरको सामान नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले करिब रू.६७,००० बराबरको कपडा (सुरुवाल ७१ जोर र मोजा ३० जोर) बरामद गरेको छ। प्रहरी चौकी मझारेले करिब ५० किलो माछा, जसको मूल्य रू.५,००० छ, नियन्त्रणमा लिएको छ।अन्य प्रहरी चौकीहरूले पनि विभिन्न अबैध सामानहरू बरामद गरेका छन्,भने जसमा बोइलर कुखुराहरू, मोटरसाइकलका पार्ट्स, आदि समावेश गरेको जनाएका  छन्।बरामद भएका यी सबै सामानहरू भन्सार छलिकन ल्याइएका थिए, जसलाई नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको छ।


मोरङ | असोज ११ गते ।
मोरङको केराबारी गाउँपालिका-८ खदम खोला स्थितबाट १५ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । असोज १० गते बेलुका ६ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले खदम खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा उत्खनन् गर्दै गरेको अवस्थामा को.  ८३४६, को.  ९९२७, को. ७५५४को.  ५३८०, को.  २०३२, को.  ७९१२,को.  ७८९७, को.  ६९४०, को.  ८३१९, को.  ४५८३, को.  ८७२२,  प्र.-०२-००३  २७१२, प्र.-०२-००३  १८८१, प्र. -०२-००३  २८३९  प्र.-०२-००३  ०७८७ म्वरको ट्रयाक्टरहरुलाईनियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका उक्त ट्रयाक्टरहरुलाई आवश्यक कारवाहीको लागी केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको छ ।

 


बिराटनगर | विशेष सुचनाको आधारमा जिल्ला मोरङ जिराटनगर मनपा वडा नं. १२ स्थितमा अनलाइन  यप्फ बाट सट्टेबाज खेलाउने वडा न १२ कै वर्ष  २० को उत्सव अर्याल  र  १८ को उत्कृष्ट अर्यालले प्रयोग गरेको मोबाईल सेटमा 1xbet लगायतका एप्स डाउलोड गरी सञ्चालन गर्ने उपकरण बरामत गरिएको छ |

अनलाइन बाट डिजिटल खोल्ने खोलाउने ति खाताहरु समेतबाट सट्टेबाजी जस्ता गैर कानुनी खेलखाउने गरेको प्रहरीले सुराकि पाए पछी तिनीहरूलाइ प्रकाउ गरेको प्रहरीले जनाएको छ |

घरकोठामा खान तलाशी गर्दा कम्प्युटरको CPU थन-१, राउटर  थान-१ मोबाईल २ थान समेत बरामर्द गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खिटएको टोलीले जमजत २०८१/०५/१८ गते पक्राउ गरी मुलुकी अपराध संजहता २०७४ बमोजिम सट्टे बाजि गर्न नहुने काम गरेको कसुरमा जिल्ला अर्दालत मोरङबाट म्यार्द थप गरी आिश्यक अनुसन्धान भईरहेको जनाएको छ |



 बिराटनगर  १९ गते | पत्रकार सम्मेलन) 

विवरण ;- जिल्ला धनकुटा पाख्रीबास नगरपालिका वडा नं। ५ घर भई जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं। ७ मालति टोल स्थितमा बस्ने वर्ष ३१ को अर्जुन कार्कीको श्रीमती वर्ष अ। २१ कि अस्मिता पौडेलको निजको श्रीमान अर्जुन कार्कीसँग समान्य वादविबाद हुँदा मिति २०८१।०५।१४ गते निज अस्मिता पौडेलले साथमा निजको १ वर्षकी आईङ्का कार्की र ३ वर्षकी अर्पना कार्की दुई वटा छोरी लिई हराएकी हुँदा खोज तलास गरी पाउँ मिति २०८१।०५।१५   गते विहान ईलाका प्रहरी कार्यालय वेलवारीमा हुलिया निवेदन दिएको ।

मिति २०८१र०५-१५ गते अ। १६- ३० बजेको समयमा सुन्दरहरैचा नगरपालिका वडा नं। ७ स्थित केरा बगानमा दुई वटा बच्चा मृत अबस्थामा फेला परेको भन्ने खबर स्थानियले प्रचौ गछियामा जानकारी गराउनासाथ ई।प्र।का।वेलवारी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक नवराज कार्की समेत घटना स्थलमा खटि गई घटनाको प्रारम्भिक अनुसन्धानको कार्य सम्पन्न भएको ।

घटना पश्चात जान सक्ने ठाउहरुमा खोज तलास कार्य जारी राखेकोमा जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा मिति २०८१।०५।१९ गते बिहानको अ।०४स्३० बजेको समयमा जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं।५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ ऐभरेष्ट बैंक अगाडि हिडरहेको अवस्थमा अस्मिता पौडेल (कार्की) फेला पारी पक्राउ गरी ल्याईएको ।

घटनाका सम्वन्धमा प्रारम्भिक रुपमा खुल्न आएको कुराहरु;-

 निज अस्मिता पौडेल (कार्की) ले मिति २०८१।०५।१४ गते अ। १८-३० बजेको समयमा श्रीमान संग निर्माणाधीन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछी  निजले दुई वटी छोरीहरु साथमा लिई वारदात स्थानमा गई सोही बेलुकी निजहरुलाई बिष सेवन गराई कर्तव्य गरी मारी वारदात स्थानमा रहेको केरा बगानमा राखी थोरै मात्रामा बांकी रहेको बिषादी आफुले पनि  सेवन गरी सो स्थानबाट म हिडेकी हुँ भनि बताएकिले निजैले निजका छोरीहरु १ वर्षकी आईङ्का कार्की र ३ वर्षकी अर्पना कार्कीलाई बिषादी सेवन गराई कर्तव्य गरी मारी फरार भएको भन्ने खुल्न आएको ।

बारम्वार श्रीमान श्रीमति विच घरायसी कुरामा वाद विवाद हुने गरेको भन्ने खुलाएको ।

 घटनाका सम्बन्धमा अभियुक्तको श्रीमानले आज मिति २०८१।०५।१९ गते निजले कर्तब्यगरी नावालिका छोरीहरुको हत्या गरी फरार भएकोमा पक्राउ परी आएकोले कानुन वमोजिम ज्यान सम्वन्धी कसुरमा कारवाही गरि पाउं भनी किटानी जाहेरी दरखास्त दिएकोमा घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न पर्ने भएकोले सम्मानित मोरङ जिल्ला अदालतबाट दिन ४ ९चार० म्याद थप  गरी अनुसन्धान कार्य अगाडी बढाईएको ।


श्याम राई, उदयपुर  गाईघाट, २९ श्रावण   |  बलात्कार मुद्दामा दोषी ठहर भै फरार रहेका एक प्रतिबादी ९ बर्षपछि पक्राऊ परेकाछन् ।

सुस्त मनस्थितिकी १४ बर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत खोटाङंले १३ बर्ष कैदको फैसला गरेको खोटाङं साकेला गाउँपालिका–२ रतन्छाका बर्ष ३६ का नरदेश राईलाई आईतबार प्रहरीले पक्राऊ गरेको हो । उनी घर मै लुकेर बसेको बेला पक्राऊ परेका हुन् ।

अदालतले सोमबार राईलाई कैद भुक्तानको लागि खोटाङ कारागार पठाएको प्रहरीले जनाएको छ  ।

२०७२ माघ १८ गते राती १२ बजेको समयमा राईले ति बालिकालाई सुतेको बेला बलात्कार गरेका थिए । बलात्कारपछि राई फरार थिए ।

राई बिरुद्ध बलात्कार मुद्दा चल्दै गर्दा २०७९ चैत्र ३० गते अदालतले राईलाई दोषी ठहर गर्दै १३ बर्ष कैद सजायको फैसला गरेको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

 

 

 

 

 

 

                                               

  

 

 

 

 

                                         


बिराटनगर | बजारमा आएका बिभिन्न ब्राण्डका खाने तेलले मानिसको स्वास्थ्यमा नकारात्मक असर पर्न थालेको पाइन्छ ।तर राज्याका निकाय छन | तर सुतेर बसेका छन ? क्वालिटी रिफाइनरी प्रा लि कटहरी मोरङ,सिवसक्ती घ्यू उधोग जितपुर,अन्नपुण भिजिटेबुल प्रालि बिरगन्ज ले उत्पादन गरेका खाने तेलमा अखाध्यकेमिकल मिसाइ पेरोसाइड र एसिट भ्यालु बढी राखेर उत्पादन गरी बिसादी सोयाबिन खानेतेल बजारमा ल्याएकाछन | 

अहिले बिराटनगर लगाएत धेरै शहरमा खनै नहुने तेल बिक्री बितरणमा बजारमा राखिएको पाइन्छ । क्वालिटी रिफाइनरी प्रा लि कटहरी मोरङले उत्पादन गरेका र अन्य गरी सबै तेलमा खराबी पाइएको छ | सेलो -सुर्य मुखी-श्रीराम रिफाइनरी जस्ता तेलमा अखाध केमिल भेटिएकोछ | खाने तेल किन्दा होसियर रहनुहोला ? माथि उलेखित उत्पादका तेल नकिन्नु होला ? नत्र तपइको खने तेलकै काण ज्यान जान सक्छ । यो तेल जति ततायो उति बाक्लो तेल बिखमा परिण हुन्छ ? यो तेलको भुटुन खाए पछि मानिसको ज्यान बिस्तारै जान सक्छ |

क्वालिटी रिफाइनरी प्रा ली कटहरी मोरङले उत्पादन गरेको तेल फेमेली ब्राण्डको बिदेसी आयतित ठुलो दानाको तोरीमा मिसावट र तेलमा मिसावट गरी प्याकिङ गरी बजारमा बिक्रीकालागी पठाइएको पाएकोछ | यस्ता तेलहरूलाइ काठमाडौं महानगरले नमुना सकन र परिक्षण गराइ प्रत्यकलाइ २ लाखका दरले जरिवाना गरी तेल बिक्री बितरणमा हाल रोक लगाएकोछ | तर देसमा सबै सिस्टम भएपनि बेकाम भएर बसेकाछन |


बिराटनगर, असार ७ गते । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको संयुक्त आयोजनामा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा संचालन भएको ४ कार्य दिनको “ सम्पत्ति शुद्धिकरण, आतंककारी कार्य वा आमविनासका हातहतियार निर्माण वा विस्तारमा वित्तिय लगानी” सम्वन्धी अपराध अनुसन्धान (सि।प्र।अ।रजु।प्र।अ ) अनुशिक्षण तालिमको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकचन्द्र कुबेर खापुङको प्रमुखआतिथ्यतामा समापन भएकोछ । 

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि खापुङले तालिमको महत्वको बारेमा बताउनु हुदै तालिममा सिकेका ज्ञानलाई आफुमा मात्र सिमित नराखि आपसी छलफलद्वारा अन्य प्रहरी कर्मचारीहरुलाई समेत सिकाउन अनुरोध गर्नु भयो । साथै वहाँले बिद्यमान कानुनको अध्ययन गरी कुनै पनि अपराधको सफल अनुसन्धान गर्न सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु भएको थियो । तालिम समापन कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयबाट आउनु भएका तालिमका संयोजक प्रहरी उपरीक्षक संजय सिंह थापाले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

असार ४ गते बाट संचालन भएको उक्त तालिममा कोशी प्रदेश अन्तरगतका प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी निरीक्षक देखि प्रहरी सहायक निरीक्षक दर्जा सम्मका ६० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक संजय सिंह थापा सहितको प्रशिक्षक टोलीले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

 तालिम समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


विराटनगर, असार ०७ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालन भएको ७ कार्य दिनको “विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि अनुशिक्षण” तालिम तेस्रो समूहको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ट उपरिक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा समापन भएको छ ।

आज दिउँसो कार्यालयको सभाहलमा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले विपदमा परेका मानिसहरुको उद्दार कार्यमा खटिदा आम नागरिकको जन धनको सुरक्षामा आशा, भरोसा र बिश्वास बढ्ने गरी उद्दार कार्य गर्न तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई अनुरोध गर्दै तालिमबाट प्राप्त ज्ञान र शिपको उच्चतम प्रयोग गरी कार्यक्षेत्रमा प्रभावकारीरुपमा प्रहरी परिचालन गर्न निर्देशन दिनुभयो । ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिम समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका सिनियर प्रहरी अधिकृत सहित अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


बिराटनगर  असार  ३  गते |  प्रहरीले वरामद भएको ६० के।जि।अबैध सुनको थप अनुसन्धानको क्रममा अवैध सुन खरिद बिक्री  वापत अवैध सुनको भुक्तानी ग्क्म्त् वाट दिने मानिसहरुको खोजतलास गर्ने क्रममा

का।जि। का।म।पा। वडा नं।०६ मा डेरा गरी वस्ने चिनिया नागरिक सेराप भन्ने व्यक्तिहरु अवैध सुन र ग्क्म्त् को कारोवारमा संलग्न रहेको प्रमाणको आधारमा यस व्युरोवाट खटिएको टोलीले मिति २०८१र०३र०२ गते का।जि का।म।न।पा। वडा नं। ६ बौद्ध तिनचुली चारघरे स्थित डेरा गरी बस्ने बर्ष ३७ को आफुलाई चिनिया नागरिक बताउने शेरब ग्याल्मो भन्ने सोनाम गुरूङलाई पक्राउ गरी निजको भाडा कोठामा रित पुर्वक खान तलासी गर्ने क्रममा अवैध सुन ६ थान र नगद  रू। ४८ लाख समेत बरामद गरी थप अनुसन्धान भई रहेको छ |

पक्राउ  परेका व्यक्तिहरुको विवरण

 नाम थरस् शेरब ग्याल्मो भन्ने सोनाम गुरूङ

उमेरस् ३७ बर्ष

ठेगानास् का।जि। का।म।न।पा वडा नं। ६ बस्ने

पक्राउ मिति स्थानस् २०८१र०३र०२ गते, बौद्ध-६ तिनचुली चारघरे

भुमिकास् अवैध सुन भन्सार चोरी पैठारी

 वरामद दशी

999.9 Gold 1 Kg लेखिएको थान ६ (आधिकारीक रुपमा तौल र परीक्षण बाँकी)

 नेपाली रू ४८ लाख

 मोवाईल थान ३

सोनाम गुरूङको नाममा रहेको देखिने नेपाली नागरिकताको प्रमाण पत्र थन १


गाईघाट, १४ जेष्ठ | घरमै पार्किङगरि राखिएको मोटरसाईकल चोरी गरेको आरोपमा खोटाङंका एक युवा पक्राऊ परेकाछन् ।

त्रियुगा नगरपालिका–१२ सोनापुरबाट जेष्ठ १० गते राती हराएको प्रदेश–१–०५–००१ प २४६० को मोटरसाईकल चोरी गर्ने खोटाङं दिक्तेल मझवागढी नगरपालिका १७ का २६ बर्षिय अर्जुन प्रधानलाई प्रहरीले सोमबार पक्राऊ गरेको छ । उनले चोरी गरेको पल्सर मोटरसाईकल त्रिनपा ११ ईनार चोकस्थीत एक बर्कशपबाट शनीबार प्रहरीले बरामद गरेको थियो । उनले मोटरसाईकल मर्मतको लागि वर्कशपमा ल्याएको खुलेको प्रहरी नायब उपरीक्षक राजन चापागाईले बताए ।

खोटाङमा समेत चोरी गरेको खुल्न आएको छ । उनले खसी, किराना पसल र ब्यक्तिको नगद समेतको चोरी गरेको जिल्ला प्रहरी कार्यालय खोटाङमा मुद्दा दायर भएको पाईएको छ । चोरीपछि उनी फरार थिए ।

प्रहरीले जिल्ला अदालत उदयपुरबाट सोमबार ६ दिनको म्याद थपगरि चोरी सम्बन्धि कसुरमा अनुसन्धान शुरु गरेको चापागाईले बताए ।

 



श्याम राई, उदयपुर गाईघाट, १ जेष्ठ |  सामुदायिक वनमा मंगलबार बेवारिसे अबस्थामा एक पुरुषको सडेको शब फेला परेको छ ।

त्रियुगा नगरपालिका–६ जलजलेस्थीत राजदेबी सामुदायिक वनको रातमाटे डाँडामा जङगल गएका स्थानिय गाउँलेहरुले शब देखेर प्रहरीलाई खबर गरेका थिए ।

अन्दाजी ५०÷५५ बर्षको तराईमुलकको ब्यक्ति जस्तो देखिने शब केही जलेको अबस्थामा फेला परेको स्थानीय दिपक बान्तवा राईले बताए । सेतो हाफ पेन्ट लगाएको शबसँगै रातो कोठे गम्छि समेत रहेको उनले बताए ।

शबको प्रकृति हेर्दा कसैले हत्या गरेर फ्यालेको जस्तो देखिएको उनले बताए । तर शबको अहिलेसम्म पहिचान हुन सकेको छैन । शबलाई अहिले जिल्ला अस्पताल गाईघाटमा पोष्टमार्टमको लागि राखिएको छ । प्रहरीले बेबारिसे अबस्थामा शब फेला परेको जनाएको छ । साथै घट्नाको अनुसन्धान भैरहेको समेत उल्लेख गरेको छ ।

 

 




बिराटनगर | अहिले नेपालमा इडियाबाट दुध बनाउने घातक केमिकल भित्रिएको बताइन्छ । १ थोपाबाट एक केजी दुध बनाउन प्रोटिन कायम गर्न मेलामाइन घातक केमिकल प्रयोग गरिन्छ । युरिया दुध बाक्लो बनाउ, कास्टिक खाने सोडा- चिल्लोबनाउन डिटरजेन पाउडर प्रयोग हुन्छ । दुध बनिसके पछि लामोसमय नफाटोस भन्ने उदेश्यले फरमालिङ मिसाइन्छ । यो लास नकुइयोस भनेर बाहिरि भागमा लेपन गरेर राख्ने केमिकल हो | यसरि माथिको बिधी अपनाएर दुध बनाएर बजारमा बिनारोक ठोक खुल्ला दुध बेचिदै आएकोपाइन्छ ।खुल्ला दुध खानेहरू बिस्तारै टाउको मुटु नसा हडडी दुख्नगइ कयान्सर जस्तो घातक रोगबाट बिरामी हुनथालेको पाइएको छ | बिसेस गरि इडिया सग जोडिएका तराइका बजारहरूमा आम जनताको स्वस्थ्यला ख्याल गरि खुल्ला दुध बिक्रि बितरण स्थानिय सरकार केन्द्रीय सरकारले प्रहरी प्रशासनले तु रोक्नु पर्छ जनता भन्न थालेका छन |


काठमाण्डेो | चाउ चाउ र यि मसला खादै हुन्छ भने सावधान ? नखानु   होस ! अहिले चाउ चाउ र इडियान मसलामा मानव सरिरमा क्यान्सर बनाउने इथाइलिन अक्साइड को मात्रा बढी पाइएको छ | 

यस्तो क्यन्सर कारक तत्व पाइए पछि आम उपभोक्ता लाइ वाइ वाइ रम्पम चाउ चाउ लगाएत सबै नखान काठमाडौं महानगर पालिकाले आवाहन गरेको छ |


हकङको सीफेक्स कम्पनी खाध परिक्षण गर्दा  एभरेष्टको फिस करी मसला,एबिएसको  भद्रास करिपाउडर, सावर मसलामा  इथालिन अक्साइड बढी पाएकाले बिश्वभरी मसला नखान आवाहन गरेकोछ |

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.