Websoft University

सामुदायिक वनमा मंगलबार बेवारिसे अबस्थामा एक पुरुषको सडेको शब फेला परेको छ


श्याम राई, उदयपुर गाईघाट, १ जेष्ठ |  सामुदायिक वनमा मंगलबार बेवारिसे अबस्थामा एक पुरुषको सडेको शब फेला परेको छ ।

त्रियुगा नगरपालिका–६ जलजलेस्थीत राजदेबी सामुदायिक वनको रातमाटे डाँडामा जङगल गएका स्थानिय गाउँलेहरुले शब देखेर प्रहरीलाई खबर गरेका थिए ।

अन्दाजी ५०÷५५ बर्षको तराईमुलकको ब्यक्ति जस्तो देखिने शब केही जलेको अबस्थामा फेला परेको स्थानीय दिपक बान्तवा राईले बताए । सेतो हाफ पेन्ट लगाएको शबसँगै रातो कोठे गम्छि समेत रहेको उनले बताए ।

शबको प्रकृति हेर्दा कसैले हत्या गरेर फ्यालेको जस्तो देखिएको उनले बताए । तर शबको अहिलेसम्म पहिचान हुन सकेको छैन । शबलाई अहिले जिल्ला अस्पताल गाईघाटमा पोष्टमार्टमको लागि राखिएको छ । प्रहरीले बेबारिसे अबस्थामा शब फेला परेको जनाएको छ । साथै घट्नाको अनुसन्धान भैरहेको समेत उल्लेख गरेको छ ।

 

 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.