Websoft University
February 2020


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,नेपाली कांग्रेस सुन्दरहरैचा वडा नं ५ ले पाटीलाई चलयमान वनाउने उद्धेश्य सहित टोल समिति गठन कार्यक्रम अघि वढाएको छ ।
वडा क्षेत्रमा रहेका टोलहरुमा समिति बनाउने क्रममा हाल पाँच वटा टोलमा समिति वनाइ सकेको र अन्य टोलमा समिति बनाउने कार्य अघि बढाइएको हो ।

नेपाली कांग्रेस सुन्दरहरैचा ५का सभापति लालबहादुर तामागंको अध्यक्षता र नगर समितिका गेहनाथ दाहालको सहयोगमा वडा क्षेत्रमा रहेका गौशला टोल , सुनौलो चौक , खोक्सी टोल ,सिक्कीमे चौक टोल र तीनपैनी टोल समिति गठन भई सके छ भने बाँकी रहेका ६ वटा टोलमा समेत निकट भविष्यमा गठन गरिसक्ने सुन्दरहरैचा वडा नम्वर ५ का काग्रेस सहसभापति रामप्रसाद रिजालले वताए।सुन्दरहरैचा नगर सहसभापति चैतन्यप्रसाद सिटौलाको उपस्थितीमा टोल समिति गठन गरिएको हो ।

वडा समितिलाई सक्रिय बनाउदै आएकोे सुन्दरहरैचा वडा नम्बर ५ नेपाली कांग्रेसले पाटी कार्यालय तीनपैनी क्षेत्र आसपासमै वनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।


काठमाडौं, फागुन १७ गते ।  रातो तारा डट कम,आयोजक न्यु समिट र सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी कलेजले आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगितामा शनिबार बिजयी शुरुवात गरेका छन् । डिफेन्डिङ च्याम्पियन समेत रहेको आयोजक न्युसमिटले सेन्टजेभियर्सलाई ४५ रनले हराउँदा सगरमाथाले १ वकेटले स्वस्तिक कलेजलाई स्तब्ध बनायो । 

मुलपानी क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा आयोजक न्युसमिट कलेजले टस जितेर पहिलो ब्याटिङ गदै १५ ओभरको खेलमा ६ विकेटको क्षतिमा ११४ रन जोड्न सफल भयो । म्यान अफ द म्याच समेत चुनिएका प्रनव डाँगीले ३४ बलको सामना गदै ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ४७ रन जोडे । सेन्टजेभियर्सका प्रसुन्न पौडेलले २ ओभरमा २१ रन खर्चिएर २ विकेट लिएका थिए ।

सेन्टजेभियर्स कलेजले  ११५ रनको चुनौती पछ्याउन क्रममा ९ विकेटको क्षतिमा ६९ रनमात्र जोड्न सक्यो ।  सेन्टजेभियर्सका सन्दिप भुजेलले २३ बलमा सवाधिक १३ रन बनाए । ४५ रनले खेल जितेको न्यु समिटका लागि कप्तान राजिब गुरुङले कसिलो बलिङ गदै ३ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिदा बिशाल जोशीले पनि २ ओभरमा २० रन दिएर ३ विकेट लिन सफल भएका थिए ।

न्युसमिट कलेजको आयोजनामा संचालन भएको दोश्रो खेलमा सगरमाथाले स्वतिक कलेजमाथी १ विकेटको रोमान्चक जित निकाल्यो । पहिलो ब्याडिङ रोजेको स्वतिकले सगरमाथाका लागि २० ओभरको खेलमा ११९ रनको चुनौती पेश गर्दा अनिस श्रेष्ठले सर्वाधिक ३७ रन जोडेका थिए । सगरमाथालाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका अनुप नेपालले ४ ओभरको बलिङमा १ मेडन राख्दै १६ रन खर्चिएर २ विकेट लिदा ब्याटिङतर्फ महत्वपूर्ण २८ रन जोड्दै टिमलाई १९.३ ओभरमा जिता दिलाउदै मैदान बाहिरीएका थिए । सगरमाथाका रिशफजंग कार्कीले सर्वाधिक ३० रनको योगदान दिए ।

फागुन २८ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सभासद मणिराम फुयल,न्यु समिट कलेजका प्रिन्सिपल डा. शिवदत्त ज्ञवाली, निर्देशकत्रय चोकराज दबाडी,भरत गिरी,अजयप्रसाद ढकाललगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताका  विजेताले ६० हजार र उपविजेताले ४० हजार नगद पुरस्कार पाउने छन् ।



फोटो म्यान अफ द म्याच समेत चुनिएका प्रनव डाँगी


शिव भट्टराई, इटहरी । रातो तारा डट कम, सुनसरी सेन्ट जेभियरर्सले गर्यो अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम।  इटहरी पछिल्लो समय शैक्षिक हबको रुपमा परिचित बन्दै जादा यहाँ सञ्चालन भएका निजि क्षेत्रको बिद्यालयहरुले आफ्नो शैक्षिक गुणस्तरलाई बृद्धि गर्दै लान थालेका छन् ।

यसै क्रममा इटहरीमा रहेको सुनसरी सेन्ट जेभियरर्स स्कुलले पनि आफ्नो बार्षिक अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्राम सम्पन्न गरेको छ । बिगत लामो समय देखि सञ्चालनमा रहेको सुनसरी सेन्ट जेभियर्सले बिद्यार्थीहरुमा रहेको अन्तर प्रतिभालाई प्रस्फुटन गराउने उद्धेश्यले सञ्चालन गरेको बिभिन्न खेलकुद, कक्षा प्रथम, उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थी लगायतलाई पुरस्कार बितरण गरेको छ ।


बार्षिकोत्सव कार्यक्रमको अवसरमा बिभिन्न सास्कृतिक नृत्य, गायन्, नाटक लगायत बिद्यार्थीले प्रस्तुत गरेका थिए भने बिद्यार्थीले आफुले सिकेका शैक्षिक ज्ञानलाई...


बिराटनगर फागुन १७ गते । रातो तारा डट कम, मोटरसाईकलले ठक्कर दिदा बिराटनगर म।न।पा.१ बुद्दचोक स्थित भित्री सडक खण्डमा  दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को २८ प ६८४७ न।को मो।सा।ले पैदल यात्री ऐ।बस्ने लक्ष्मी पौडेलको छोरी बर्ष ४० की रमा पौडेललाई ठक्कर दिई घाईते भई उपचारको लागी बिराटनर्सिङ लगेकोमा डाक्टरले मृतक घोषणा गरेको । मो।सा।चालक जिल्ला झापा गौरीगञ्ज घर भई बिराटनगर (३ भुपीमार्गमा डेरा गरी बस्ने बर्ष अन्दाजी २० को बिकास कर्ण समेत घाइते भई बिराटनर्सिङ होम बिराटनगरमा उपचार भईरहेको  । अवस्था तत्काल बोल्न नसक्ने मो।सा।प्रहरीको नियन्त्रणमा । । उक्त स्थानमा यस कार्यालयबाट प्र।नि।समेतको टोली खटी गई अन्य अनुसन्धान कार्य भईरहेको ।

ट्रकले पछाडीबाट ठक्कर दिएको स् मिति २०७६।११।१७ गते अन्दाजी ०६स्३० बजे जिल्ला मोरङ पथरीशनिश्चरे न।पा(२ जय चोक स्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको ना ८ ख।६७ न।को रोकी राखेको ट्रकलाई सोही दिशाबाट आउदै गरेको प्रदेश न।१(०२(००१ ख।८०९१ न।को ट्रकले पछाडीबाट ठक्कर दिदा ८०९१ न।को ट्रक चालक जिल्ला चितवन भरतपुर (११ बस्ने बर्ष २८ को अजय अधिकारीको घटनास्थलमै मृत्यु भएको । सह चालक गम्भिर घाईते भई उपचारको लागी द्यल्ऋ अस्पताल झापा पठाएको । ना ८ ख।६७ न।को चालक र ट्रक ईप्रका पथरीको नियन्त्रणमा घटनास्थलमा ईप्रका पथरीबाट प्रनाउको टोली खटी गई कानुनी प्रक्रिया पुरा गरी लाश पो।मा।को लागी उर्लाबारी अस्पताल मगलबारे पठाएको ।



काठमाडौ फागुन १७ गते । रातो तारा डट कम,नव गायक करन राईले आफ्नो डेब्यु म्युजिक भिडियो ‘चप्पल’ सार्वजनिक गरेका छन । भनिन्छ जिन्दगी भन्नु सम्झनाको एक माला हो । बाल्यकालमा नयाँ चप्पल लाउन पाउनु को खुशी बेग्लै हुन्थ्यो । बाल्यकालको मिठो स्मृतिलाई समावेश गरेर  थिम्याटिक भर्सनमा लेखिएको यस गीतमा स्वर करन राईको रहेको छ । गीतमा शब्द र संगीत सौरभ तिमसिनाको रहेको छ । गीतको संगीत संयोजन राजन इशानले गरेका हुन्।

म्युजिक भिडियोमा एलिशा राई , निराजन प्रधान , अन्जली अधिकारी र सागर लम्सालको अभिनय रहेको छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई  विवेक सुनारले सम्पादन गरेका हुन् । माइ वे ग्रिल एण्ड बारकोले निर्माण गरेको भिडियोलाई  राजिव समरले  निर्देशन गरेका हुन् ।

मोरङ जिल्ला घर भै विगत ५ वर्ष देखि अमेरिकामा बस्दै आएका गायक करन राई नेपाली गीत संगीतमा आफ्नो भविष्य खोज्दै अघि बढ्ने कोसिसमा छन । आफ्नो पहिलो म्युजिक भिडियोलाई माया गरिदिन उनले सम्पूर्ण दर्शक , सोर्ता र मिडिया हाउसलाई आग्रह गरेका छ्न ।


फायल फोटो-गाइघाट फाल्गुन १७ गते । रातो तारा डट कम,८४ बर्षीय बृद्धालाई वलात्कार गरेको  अभियोगमा प्रहरीले शनिबार चार जनालाई पक्राउ गरेको छ। उदयपुरको कटारी नगरपालिका ३ का वृद्धालाई विहिवार दिउसो वलात्कार गरेको उजुरी परेपछी सोही वडाका उनीहरु पक्र्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीले वृद्धा वलात्कार घटनाको अनुसन्धान भैरहेकोले े उनीहरुको नाम र परिचय खुलाएको छैन, इलाका प्रहरी कार्यलय कटारीका डिएसपी प्रेम सागर के सी ले घटनाको अनुसन्धान भइरहेकोले नाम सार्वजानिक गर्न  नमिल्ने वताए। वृद्धाको कटारी अस्पतालमा स्वास्थ्य परिक्षण गरीएको छ।


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,नेपाली जनचेतनामुलक छोटो चलचित्र घृणा को छायांकन सकिए सँगै आज शुक्रबार युट्युवमा सार्वजनिक भएको छ।बराह टिभि युट्युब च्यानल बाट सार्वजनिक भएको यस छोटो चलचित्र ' घृणा ' को सुनसरी र मोरङ का विभिन्न रमणीय स्थानमा छायांकन भएको छ।

यस चलचित्रमा स्थानीय कलाकारहरु शिव भट्टराई भोजपुरे, सागर अधिकारी ,अायुस दाहाल , सामाना भट्टराई , अादेस गौतम , काब्या राई ,भावना भट्टराई, मनोज बिस्ट , होम पि भट्टराई, रामजि बिस्ट , बाल कलाकार सुरभि भट्टराई लगायतको अभिनय रहेको यस चलचित्रका कथा लेखन / निर्देशन होम पि भट्टराईले गरेका हुन्। 

उनले यस अघि पनि उध्देश्य , उध्देश्य दुई , साईत बिग्रियो , खुरापाते काजि , कोहि भन्दा कोहि कम छैन जस्ता विभिन्न चलचित्र उनकै कथा लेखन निर्देसनमा निर्माण भैसकेका छन् भने निर्देसक भट्टराईले ठुला पर्दाका चलचित्रहरु ड्रिम गर्ल , गोल , फेक फ्रेन्ड , जस्ता चलचित्रमा अभिनय गरिसकेका
छन् ।
यस जनचेतनामुलक छोटो चलचित्र 
' घृणा ' मा अपाङ्गहरुले भोग्नु परेको  पीडाहरुको विषयमा चित्रण गरिऐको भट्टराईले  बताएका छन् भने उक्त चलचित्रका निर्माता , छायांकन साथै सम्पादन खड्ग लिम्बुले गरेका छन्।


श्याम राई-गाईघाट, फागुन १६ गते । रातो तारा डट कम,जापान सरकारको लगानिमा निर्मित मदन भण्डारी आँखा अस्पताल उदयपुरको भवन शुक्रबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।

नेपालका लागि जापानी राजदुत मासामिची साईगोले भवन हस्तान्तरण गरेका हुन् । नेपाल नेत्र ज्योति संघ उदयपुरको मातहतमा रहेको उक्त भवन राजदुतावास, नेपाल सरकार र अन्य निकायको गरी एक करोड ९७ लाख ३४ हजार लागतमा निर्माण भएको हो ।

तीन तला रहेको भवनको सबैभन्दा तल्लो तला ८१ हजार एक सय ९२ अमेरिकन डलर अर्थात नेपाली रुपैँया करिव ९१ लाख ३४ हजार रुपैयाको लागतमा जापान सरकारले राजदुताबासमार्फत सहयोग उपलब्ध गराएको हो । २०७५ पुस १३ गते दुई पंक्षविच भएको सम्झौताअनुसार भवन निर्माण कार्य सम्पन्न भईसकेकाले राजदुत साईगोले नेत्र ज्योती संघ उदयपुरका सभापति भागवत राउतलाई चावी हस्तान्तरण गरेका हुन् ।

यसवाहेक भवनको माथिल्लो दुई तला निर्माणका लागि सहरी विकास मन्त्रालयले गत आव.मा ५० लाख, प्रतिनिधिसभा सदस्य एवंम पुर्वसहरी विकास राज्यमन्त्री मन्जुकुमारी चौधरीले निर्वाचन क्षेत्र विकास कोषअन्र्तगत ४० लाख, नेत्र ज्योति संघ केन्द्रिय कार्यालयबाट १५ लाख र डा. गोपाल पोखरेलबाट एक लाख रुपैँया उपलब्ध भएको सभापति राउतले जानकारी दिए ।

जापान सरकार वाहेक अन्य निकायबाट आएको रकमबाट निर्माण भईरहेको माथिल्लो दुई तलाको निर्माण कार्य अन्तिमचरणमा रहेको र आगामी एक महिना भत्रि उद्घाटन गरिने सभापति राउतले जानकारी दिए । नेपाल सरकार र जापान सरकाले अस्पताल सञ्चालनका लागि एक करोड १५ लाख मुल्य बराबरको उपकरण समेत उपलब्ध गराएका छन् ।

चिकित्सक आवासदेखि लिएर अप्रेशन, सेवाप्रवाह गरी ४२ वटा कोठा रहेको भवन शारिरीकरुपमा अशक्त रहेकाले समेत सेवा लिने गरी निर्माण गरिएको संघका उपसभापति कृष्णकुमार भण्डारीले जानकारी दिए । भवन उद्घाटनसँगै आँखा रोगीका विरामीको अप्रेशनसमेत गर्ने गरी अस्पतालका व्यवस्थापकिय कामलाई अघि बढाइएको सभापति राउतले जानकारी दिए
कार्यक्रममा बोल्दै राजदुत साईगोले नेपाल जापान सरकारविच सदियौँ देखिको सम्बन्ध रहि आएको बताए । उनले नेपालको विकासका लागि जापान सकारात्मक रहेको भन्दै जनताको जीवनस्तरसँग प्रत्यक्ष जोडिने गरी विकास निर्माणमा सघाउ पुर्याईने बताए ।

अस्पताल सञ्चालनका लागि अप्रेशन माईक्रोस्कोप, फाको मेसिन, एस्काईन, डेहुमिडिफर, ओटि वेड, स्टे«लिजेसन सेट, कट्रयाक सेट, स्लाईट ल्याम्प, ट्राइल लेन्स सेट, दृष्टिजाँच एन्त्र, आँखाको नानी हेर्ने पावर मेसिन, मोतिविन्दुको अप्रेशन मेसिन लगायतका उपकरणहरु उपलब्ध भैसकेको सभापति राउतले बताए ।

उपलब्ध सामग्रीमध्ये ३५ लाख मुल्यको ‘फाको’ मेसिन रहेको छ । बाँकी अन्य १५ प्रकारका औजार मेसिन रहेको उनले बताए । आँखाको घाँउलाई सानो बनाएर उपचार गर्ने यो मेसिन नेपालकै प्रसिद्ध आँखा अस्पतालमा मात्र रहेको उनले बताए । सभापति राउतले भने, ‘यसलाई पुर्णरुपले सञ्चालन गर्न २३ जना डाक्टर चाहिन्छ, तत्काल सबै उपलब्ध नभएपनि थोरैबाट भएपनि सुरुवात गर्छौ ।

कर्मचारी व्यवस्थापनका लागि दातृनिकाय र सरकारसँग छलफल भईरहेको उनले बताए । १२ बर्षअघि प्राथामिक उपचार केन्द्रबाट सुरु भएको केन्द्रमा बार्षिक १७ हजार विरामी आउने गरेका छन् । ति मध्ये महिलाको संख्या पुरुषभन्दा बढि रहेको उपचार केन्द्रका प्रमुख डा. दुल्लिराज तिमल्सिनाले बताए ।

उदयपुर लगायत छिमेकी जिल्ला खोटाङ्ग, भोजपुर, ओखलढुंगाबाट बिरामीहरु आउने गरेको उनको भनाई छ । उनले भने, ‘उपचार गर्न आएका विरामी मध्ये महिनामा झण्डै ५० जना अप्रेशनका विरामी आउँछन्, त्यो सेवा हामीसँग नभएपछि सगरमाथा चौधरी आँखा अस्पताल लाहानमा सिफारिस गर्छौ ।

उपचार केन्द्र सञ्चालन भए यता एक लाख ४४ हजार चार सय ६१ जना विरामीले सेवा लिएको उनले बताए । त्रियुगा नगरपालिकाले उपलब्ध गराएको १ बिघा क्षेत्रफलमा आँखा अस्पताल रहेको छ ।




शिव भट्टराई,मोरङ । रातो तारा डट कम,सुनसरीको इटहरीमा स्थापना भएको पहिलो  ब्लुमिगं किण्डरगार्टेन मन्टेश्वरी स्कुलले विभिन्न कार्यक्रम गरी १३औं वार्षिक उत्सव मनाएको छ ।

इटहरी क्षेत्रका पाँच जना जुजारु महिलाहरुले चार जना विद्यार्थीहरुबाट सुरु गरेको मन्टेश्वरी स्कुलले १३ औं वार्षिक उत्सव मनाएको हो ।

विद्यालय सञ्चालक समितिकी अध्यक्ष सृजना नेपालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका शिक्षा शाखाकी प्रमुख अम्बीका कुमारी साहको प्रमुख आतिथ्यतामा रहेको वार्षिक उत्सव कार्यक्रममा यस वर्षका लागि मास्टर ब्लुमिगं अमुल्य कोइराला र मिस ब्लुमिगं उपाधि हात पार्न निर्भना मान्धर सफल भए ।

कक्षा प्ले ग्रुप देखि कक्षा ५ सम्मको पठनपाठन हुने ब्लुमिगं किण्डरगार्टेन मन्टेश्वरीले हरेक वर्ष विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट मास्टर र मिस ब्लुमिगं प्रयोगिताबाट चुन्ने गरेको छ । विभिनन चार्डवर्पका समयमा विशेष कार्यक्रम सहित शैक्षिक कार्यक्रमका साथै अतिरिक्त क्रियाकलापहरु समेत गराउदै आएको वताइएको छ ।

वार्षिक उत्सवका अवसरमा विद्यार्थीहरुले नृत्य, गायन , नाटक , हास्यव्यगं, क्याट वाक प्रस्तुत गरेका थिए । २०६४सालमा स्थापनाको समयमा २ कोठा र चार जना विद्यार्थीबाट सुरु भएपनि हाल २सय ५० विद्यार्थी सहित संगित ,नृत्य ,कम्प्युटर कक्षा देखि लिएर विज्ञानको प्रयोगशासा समेत सञ्चालनमा रहेको जनाइएको छ ।


काठमाडौ । रातो तारा डट कम,नेपाली लोक दोहोरी गीत संगीतका पारखीहरु माझ अर्को एउटा निकै मन छुने गीत बजारमा आएको छ । मौलिक स्वादमा तयार भएको उक्त गीत “सुनमाया” बोलको रहेको छ । पछिल्लो समयको सांगीतिक माहोललाई बुझेर मार्मिक रुपमा तयार पारिएको गीतमा परदेशी युवाको जिवन भोगाईलाई समेटिएको छ  ।

गीतमा हेमन्त कान्छा रसाइली र गीता देवी र हिमाल सागर हिङमाङको  सुमधुर स्वर सुन्न सकिन्छ । आमा रातो चुरा पछी को आफनै भागाई समेटिएको मनन गर्ने किसिमको गीतमा आवाज भर्न पाएको गायिका गीता देवीले बताइन । आफना अशंख्य श्रोता तथा दर्शकहरुले आफ्नो मन मस्तिष्कमा राखिदिनुहुने छ भन्ने कुरामा निर्माण युनिट ढुक्क रहेको छ ।

 ”सुन माया ” गीतमा हिमाल सागर हिङमाङको शब्द तथा लय सिर्जना गीतमा रहेको छ  । लाखौ परदेशीको भोगाईलाई फरक रुपमा गीतमा प्रस्तुत गरिएको हिमाल हिङमाङले बताए  । रेशम दलार्मीको छायाँकन , हिमाल सागर हिङमाङको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ  । ”सुन माया ” गीतको भिडियोमा विपी फुयाल र रेखा राईको अभिनय रहेको छ  ।



बिराटनगर, फाल्गुन १६ गते । रातो तारा डट कम,मोरङ र झापा जिल्लाका ३ छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार दिउँसो प्रहरी चौकी कोयलपुवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को १४ प ८६७९ नम्बरको मोटरसाईकलमा सवार रहेका चालक सुन्दरहरैचा-११ का ३३ बर्षीय सुरेन्द्र राई र मोटरसाईकलको पछाडी सवार रहेका ईटहर उपमहानगरपालिका-५ का २६ बर्षीय मनिष परियारलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले एभिल ३८ ट्याब्लेट, फेरागन १९ ट्याब्लेट,  डाईजोल्याब २४ ट्याब्लेट, लुपिजेसिक २४ ट्याब्लेट, सामसुङ मोवायल २ थान, लेनोभो मोवायल १ थान र नोकिया मोवायल १ समेत बरामद गरेको
छ । यसैगरी जिल्ला प्रहरी कार्याल मोरङबाट खटिएको प्रहरी टोलीले आज बिहान राती पौने १ बजे बिराटनगर महानगरपालिका -११ का २६ बर्षीय दिपेश श्रेष्ठ र निजकै श्रीमती २१ बर्षीया तृष्णा श्रेष्ठलाई लागुऔषध सहित पक्राउ गरेको छ ।

उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक, एभिल र डाईजोल्याप नामक २६० ट्याब्लेट लागुऔषध बरामद गरेको थियो भने ३ थान सिरिन्ज समेत बरामद गरेको छ । यस्तै लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका-६ बाट लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

बिहिवार साँझ ५ बजे कमल गाउँपालिका-५ का २३ बर्षीय मनिष धिमालको साथबाट  डाईजेपाम २६ ट्याब्लेट, फेनारागन २६ ट्याब्लेट र  लुपिजेसिक २६ ट्याब्लेट बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।



सुनसरी, फाल्गुन १६ गते । रातो तारा डट कम,सुनसरीको रामधुनी नगरपालिका-१ सैनीमैनीमा अटो टेम्पो पल्टदा चालकको मृत्यु भएको छ । बिहिवार राती ९ बजेको समयमा सैनीमैनी स्थित भित्री सडक खण्डमा को २ ह ६२६३ नम्बरको टेम्पो आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका चालक ईनरुवा नगरपालिका-७ का ३५ बर्षीय नन्दराज खवासलाई उपचारको लागि ईटहरीको ऐपेक्स अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 



विराटनगर, १६ फागुन । ब्लड क्यान्सरबाट पीडित मकालु टेलिभिजनका समाचार सम्पादक कमल पौडेलको उपचारका लागि लायन्स क्लब विराटनगर एक्टिभले ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । 
शुक्रबार मकालु टेलिभिजनको हलमा एक कार्यक्रमको आयोजना गरी लायन्स क्लव एक्टिभले सहयोग रकम हस्तान्तरण गरेको हो । क्लबका संस्थापक अध्यक्ष रेवतबहादुर कार्कीले मकालु टेलिभिजनका प्रोडक्सन विभाग प्रमुख अभयकुमार राईलाई ५१ हजार रुपैयाँको चेक हस्तान्तराण गरे । चेक हस्तान्तरण गर्दै कार्कीले उपचारका लागि थप सहयोग गर्न अन्य लायन्स क्लबहरूलाई पनि आग्रह गरे । 
सम्पादक पौडेलको उपचारका लागि देशभित्र मात्रै नभई विदेशबाट पनि सहयोग जुटिरहेको टेलिभिजनका सहसम्पादक मीनकुमार नवोदितले जानकारी दिए । उहाँका अनुसार अन्तर्राष्ट्रिय नेपाली पत्रकार समाजका साथै क्यानडा, युरोप, अमेरिका, हङकङलगायतका मुलुकमा रहेका नेपालीहरुबाट पनि सहयोग संकलन हुने क्रम जारी छ । पौडेलको उपचारका लागि मकालु टेलिभिजन, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ र मोरङ शाखाले सञ्चालन गरेको खातामा समेत रकम जम्मा भइरहेको छ । पौडेल काठमाडौंको सिभिल हस्पिटलमा उपचारत छन् । 


 काठमाडौं । रातो तारा डट कम, नेपाली गीत संगीतको क्षेत्रमा आधुनिक किसिमको सुविधा युक्त स्टुडियो  मिरा साउन्ड रेकर्डिङ स्टुडियो को आज नेपाली सुगम संगीतमा निकै परिचित गायिका अन्जु पन्तले एक कार्यक्रमको विच रिवन काटेर उद्धघाटन गरिन । काठमाडौंको धोबिधारामा संचालनमा आएको मिरा साउन्ड रेकर्डिङ स्टुडियो आजबाट संचालनमा आएको हो । 

गायिका अन्जु पन्तले उद्घाटन समारोहमा बोल्दै  नेपाली सुगम तथा चलचित्रका गीत संगीतको विकाश र विस्तार गर्ने कुरामा  संगीतकार विकास चौधरीको व्यवस्थापनमा आएको मीरा साउन्डमा पक्कै पनि गुणस्तरीय रेकर्डिङ हुने बताइन् । मीरा साउन्डलाई सफलताको शुभकामना दिँदै  गीतसंगीत एवं चलचित्र क्षेत्रमा धेरै स्टुडियोहरु भए पनि मीरा साउन्डले फरकपन दिने विश्वास लिएको उनले बताइन् ।

मिरा साउन्डमा गीतसंगीत रेकर्डिङ, फिल्म डविङ एवं अत्याधुनिक प्रविधियुक्त क्यामेरा, ड्रोन क्यामेरा लगायतका फिल्म तथा म्यूजिक भिडियोको सुटिङका लागि आवश्यक पर्ने सामग्रीहरुसमेत भाडामा उपलब्ध गराइने संगीतकार विकास चौधरीले जानकारी दिए । 

स्टुडियो उद्घाटनसँगै अन्जु पन्त फाउन्डेशनलाई २५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो । उक्त रकम लेखक निर्देशक लय संग्रौला, ओम प्रतीक, उदय सुब्बा, नृत्य निर्देशक दिनेश पाख्रिन र संगीतकार विकास चौधरीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । अन्जु पन्त फाउन्डेशनका लागि अमेरिकामा रहनुहुने स्टुडियोका संचालक लोक पौडेल र प्रोप्राइटर मीरा पाठकले उक्त सहयोगको रकम पठाएकाथिए ।

 गीतसंगीतमा लगानी गरिरहँदा एउटा गायिकाले समाजसेवामा फैलाएको हातमा सबैले सहयोग गर्नुपर्ने महसुस भएको कारण मिरा साउन्डको तर्फबाट उक्त रकम सहयोग गरेको संगीतकार चौधरीले बताए ।

कार्यक्रममा निर्देशक, लेखक तथा गीतकार लय संग्रौलाले मेहनती संगीतकारको रुपमा विकास चौधरीलाई पाएको बताउँदै उनको व्यवस्थापनमा स्टुडियो संचालनमा आउनु राम्रो काम भएको बताए । उनले संचालकहरुलाई बधाई दिँदै आगामी दिनमा आफूहरुले गर्ने चलचित्र एवं गीतसंगीतका सम्पूर्ण कार्यमा मीरा साउन्डको महत्वपूर्ण भूमिका रहने बताउँदै सहकार्य गर्ने प्रतिबद्धतासमेत दिए ।

कार्यक्रममा लेखक निर्देशक ओम प्रतीक, निर्देशक उदय सुब्बा, नृत्य निर्देशक दिनेश पाख्रीन, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी लगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार दयाराम घिमिरेले गरेका थिए । 

स्टुडियोको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी संगीतकार विकास चौधरीको जिम्मामा रहेको छ भने रेकर्डिङ तथा मिक्सिङमा गोविन्द सोनी रहेका छन् ।


बिराटनगर । रातो तारा डट कम,उद्योग संगठन मोरंग र नेपाल सरकार, सामाजिक सुरक्षा कोषको आछयोजनामा सामाजिक सुरक्षा कोष सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज मिति २०७६ फागुन १५ गते उद्योग संगठन मोरंगको सचिवालयमा सम्पन्न भयो ।

कायक्रमको सभापति एवं संगठनका कार्यवाहक अध्यÔ सुयश प्याकुरेलले सामाजिक सुरक्षा कोष कार्यन्वयनमा आएतापनि कार्यन्वयनका क्रममा रोजगारदाताले अन्यौलताको सामना गर्नु परेको बताउदै सामाजिक सुरक्षा ऐनलाई सरलकृत गर्दै सबैको स्वेच्छिक सहभागितामा हुने वातावरण सिर्जना गर्नु पर्ने वताउनु भयो।

उ“हाले योगदानकर्ताले आफुले जम्मा गरेको रकम फिर्ता पाउने विधि आङ्खनो सामाजिक सुरक्षाको प्रतिवद्घता लगायतका विÈयमा योगदानकर्तालाइृ पूर्ण जानकारी हुने अवस्थाको सिर्जना गर्दै यसलाई सवैपÔको अपनत्व हुने गरी कार्यान्वयन ल्याउनु पर्ने कुरामा जोड दिनु भयो ।

संगठनका उपाध्यक्ष राकेश सुुरानाले सामाजिक सुरक्षा कोÈ र संचालन विधिबाट रोजगारदाताको योगदान, योगदानकर्ताले कोÈवाट पाउने सेवा सुविधा लगायतका विÈयमा पूर्ण जानकारी नपाएको अवस्थालाई ध्यानमा राख्दै संगठनकले सामाजिक सुरक्षा कोÈ संग समन्वय गर्दै कार्यक्रम आयोजना गरेको वताउदै कार्यक्रमले यस विषयमा थप स्पष्ट पार्ने विश्वास व्यक्त गर्नु भयो ।

रोजगारदातको प्रश्नको उत्तर दिदै सामाजिक सुरक्ष्ाँ कोषका उपनिर्देशक रोहीत रेग्मीले कार्यान्वयनको शुरुवातको अवस्थामा भएकाले केही कमी कमजोरी देखिएतापनि आगामी दिनमा कोषले त्यस्ता कमी कमजोरीलाई सच्याउदै लैजाने वताउनु भयो । उहाले श्रमिकबाट शुरु भएको सामाजिक सुरक्षा कार्यक्रमले आगामी दिनमा सबैलाई समेटने जानकारी गराउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले रोजगारदाता र श्रमिक एकै परिवारका भएकाले दुवै पक्ष्ँले साझेदारीमा उक्त कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन लैजानु पर्ने धारणा राख्नुभयो । उहाले ऐन कार्यान्वयनका क्रममा देखिएका जटिलतालाई सच्याउदै यस किसीमको अन्तरकृयालाई अझ व्यापक रुपमा सबैपक्ष्ँको सहभागितामा आयोजना गर्नु पर्नेमा जोड दिनु भयो ।

मन्त्री जीवन घिमिरेले सामाजिक सुरक्षा कोषको कार्यालय स्थापनाका लागि प्रदेश नं. १को सामाजिक विकास मन्त्रालयलये सहजीकरण गर्ने प्रतिवद्धतता व्यक्त गर्दै छिटो भन्दा छिटो जनशक्ति सहित कार्यलय स्थापनामा जोड दिनु भयो ।

कार्यक्रममा उद्योग संगठन मोरंगका उपाध्यक्ष्ँ प्रदीप मुराकार, कोषाध्यक्ष्ँ नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुवोध कोईराला, संजय अग्रवाल, तारानाथ निरौला, उद्योगी÷व्यवसायीहरु, उद्योग प्रतिष्ठानका उच्च प्रशासक लगायत ट्रेड युनियनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 


गोपाल काफ्ले,पथरी मोरङ।रातो तारा डट कम,मोरङको पथरी शनिश्चरे १ मा रहेको नमुना बिध्यालय पञ्चायत मा. वि. मा आगामी फागुन २१ देखि २३ गते सम्म ३ दिने बृहत विज्ञान प्रर्दशनी गर्ने भएको छ । विद्यालयले आफ्नो ४० औ वार्षीक उत्सव तथा अभिभावक दिवशको अवसरमा बिबिध कार्यक्रमका साथ विज्ञान प्रर्दशनीको तयारी पुरा भएको पत्रकार सम्मेलन गरीे जानकारी दिइएको छ ।

२०३६ सालमा स्थापना भएको विद्यालय प्रदेश नम्वर १ कै सामुदायीक बिध्यालयमा विज्ञान संकायमा उत्कृष्ट हुदै नमुना विद्यालयको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । पुर्वी नेपालको कुना कन्दराबाट विज्ञान संकायमा पढ्न आउनेको संख्या ५०० भन्दा बढि रहेको विद्यायलयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए ।

बुढाथोकीले ३ दिने बृहत विज्ञान प्रर्दशनीमा १ नम्वर प्रदेशका सवै विद्यालयहरुको सहभागिता रहेन र बिध्यालयका पुर्व बिध्यार्थीहरुलाई सहभागीता जनाउन समेत अनुरोध गर्नु भएको छ ।

३ दिने बृहत विज्ञान प्रर्दशनी र वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन प्रदेश नं. १ का सामाजिक विकास मन्त्री माननीय जीवन घिमिरेबाट हुने भएको छ । कार्यक्रममा विद्यालय का वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत, आगामी वर्षको कार्यक्रम प्रस्तुत, निशुल्क स्वास्थ्य परीक्षण, शिक्षक सम्मान तथा विदाइ, पूर्व विद्यार्थी सम्मान, पुरस्कार वितरण, अक्षयकोष दाताबाट स्कुल ब्याग, पोशाक र स्टेशनरी वितरण, विविध सांस्कृतिक कार्यक्रम र विज्ञान प्रदर्शनी हुने भएको छ ।

विज्ञान प्रर्दशनी अन्तर गत ४६ वटा स्टल मध्ये ३६ ओटा विद्यालयका बिध्यार्थीले घरायसी सामानको प्रयोगबाट बनाएका रोवट, काटुनको उड्ने प्लेन, ड्रोन, अटो स्ट्रिभ लाईट, स्र्माट डस्टविन, स्र्माट फोन कन्टा«ेल रोवट, स्र्माट चेयर, लन्डन ब्रिज, वोटानिकल गार्डेन, ग्रिन हाउसको अवलोकन गर्न पाउने तथा सिभिल इन्जीनियरीङका बिध्यार्थीले तयार पारेको वडा नम्वर १ को मोडल र पञ्चायत माविको मोडलको प्रर्दशनी गरिने विज्ञान संकाय प्रमुख बुद्धिनाथ अधिकारीले बताए ।

बिध्यालयले उक्त विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुलाई समेटेर “पूर्व विद्यार्थी समाज” गठन गरेकोछ । भिम कुमार राईको अध्यक्षमा ११ सदसिय समिति गठन भएको छ । समाजको सचिवमा सन्तोष ढुङगेल, कोषाध्यक्षमा दिनेश पौडेल र सदस्यहरुमा गोपाल काफ्ले, नैना राई, संजिव गिरी, सरदचन्द« दाहल, विरेन साम्बा, भिस्म न्यौपाने, लिला निरौला र देवमाया कठायत (थापा) रहेका छन ।

समाजको प्रमुख सल्लाकारमा शैक्षिक अभियन्ता प्रदिप कुमार राई रहेका छन् । सो समितिले प्रत्येक बडा दशैको अवसमा सवै पूर्व विद्यार्थीहरुलाई समेटेर बिधलय र पुर्व बिध्यार्थी बिचको सम्बन्धलाई पुर्नमिलन गर्दै अगाडी बढ्ने अध्यक्ष भिम राईले बताए ।    


काठमाण्डौ फागुन १६ गते । रातो तारा डट कम,डोटीको पर्वी चौकी गाँउपालिका वडा नम्बर २ मा कालिका आधारभुत विद्यालय स्थापना भई सञ्चालनमा आएको ३० वर्षभन्दा बढी भईसक्यो । कक्षा ३ सम्मको अध्ययन हुने विद्यालयले उत्पादन गरेका कतिपय विद्यार्थी राज्यका उपल्लो तहमा पुगे पनि विद्यालयका विद्यार्थी खुल्ला आकासमुनि बसेर पढ्न बाध्य भएका छन् । 

खुल्ला आकासमुनि शिक्षा दिनुको समस्या वर्णन गरीनसक्नुको रहेको विद्यालयका प्रधानाध्यापक हनुमान साफीले बताउनुभयो । गत वर्ष जेठ महिनाभन्दा पहिले विद्यालय राम्रैसँग सञ्चालनमा रहेको भए पनि गत जेठमा आएको हावाहुरीले विद्यालयको छाना उडाएपछि विद्यालय खुल्ला आकासमुनि चलाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । 

छाना हाल्नका लागि विद्यालयसँग रकम छैन भने सहयोग गर्ने निकायहरूमा धाउँदा पनि केही नभएको गुनासो गर्नुहुन्छ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्द साउँद । आफूहरु घरबाट अध्ययन गर्नका लागी विद्यालयमा आउने भए पनि सामान्य हावाहुरी र पानी पर्दासमेत विद्यालय बन्द हुने गरेका कारण समस्या हुने गरेको विद्यार्थीहरुको भनाइछ । 


काठमाण्डौ फागुन १६ गते । रातो तारा डट कम,बाराको जीतपुरसीमरा उपमहानगरपालिकाका किसानलाई ६५ दिने निशुल्क बाख्रा पालक तालिम दिन थालिएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय एवं प्राविधिक शिक्षालय जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवाना तथा उपमहानगरपालिकाको शिक्षा शाखाको समन्वयमा उपमहानगरपालिकाको १२ नम्बर वडामा पर्ने फतेपुर र १५ नम्बर वडामा पर्ने डुमरवानामा उक्त तालिम सुरु भएको हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) प्रदेश नम्बर २ को आर्थिक सहयोगमा विद्यालयले तालिमको आयोजना गरेको हो । तालिममा डुमरवाना र फतेपुरका ६० जना महिलाको सहभागिता रहेको छ ।






काठमाण्डौ फागुन ६ गते । रातो तारा डट कम,उपराष्ट्रपति नन्दबहादुर पुनले अबको ध्यान विकास र आर्थिक समृद्धितर्फ केन्द्रीत हुनुपर्ने बताउनुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणका लागि सबैको ध्यान विकास र आर्थिक समृद्धिसँग जोडिनु आवश्यक रहेको उपराष्ट्रपति पुनले बताउनुभयो । 

नेपाल मगर संघ स्याङ्जाको आयोजना र नेपाल मगर संघ वालिङको ब्यवस्थापनमा वालिङमा आयोजित ३८ औं मगर एकता दिवस तथा मगर गुमष्ठा इम (मगर भवन) को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले समृद्धिको एउटै शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई जरैपाई फाल्नुपर्ने बताउनुभएको हो ।

मगर समुदाय संघर्ष गर्न सक्ने बीरताले भरिएको ईमान्दार र कर्तब्यनिष्ठ समुदाय भएको बताउँदै उपराष्ट्रपति पुनले अब मगर समुदाय राजनीतिक संघर्षसँगै आर्थिक समृद्धितर्फ जोडिन आग्रह गर्नुभयो । पुनले मातृभाषाको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउँदै मातृभाषा पठन पाठनको ब्यवस्था मिलाउन पनि आग्रह गर्नु
भयो । 
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण, नेपाल मगर संघ पूर्व केन्द्रीय उपाध्यक्ष रीना राना लगायतले मगर भाषा, कला, संस्कृतिको संरक्षणमा सबै मगर समुदाय एकजुट भएका लाग्नुपर्नेमा जोड दिनुभयो ।



काठमाडौ फागुन १५ गते । रातो तारा डट कम,नेपाली सुगम तथा लोक गीत संगीतको एरेन्जमा क्रियाशिल बहुमुखि प्रतिभासाली एरेन्जर तथा संगीतकार  हुन बाग्लुङ गल्कोट नगरपालीका वाड ४ का कृष्ण केसी । सानै उमेर देखि गीत गायनमा रुचि राख्दै  संगीतमा पाइला चालेका क्रियाशिल रहेका सर्जक गीतकार गायक तथा सर्जक का रुपमा परिचित रहेका उनी आफुलाई सगीतको कर्मले जिवनमा निकै ठुलो उपलब्धी हासिल गरेको बताउछन । 

बाल्यकाल देखी नै आफ्नो परिवारको सहयोग समर्थन र प्रेरणा बाट कलाकारितामा आफ्नो यात्रा अगाडि बढाएका कृष्ण ले कुनै प्रशिक्षण बिना नै संगीतमा लागेका उनले विभिन्न विधामा आफनो फरक पहिचान बनाएर  धेरैको मन जित्न सफल भएका छन  । जन्म बाग्लुङमा भएपनि स्थायी रुपमा कर्म भुमी काठमान्डाँैलाई बनाएर अगाडी बढेका उनले वि स २०६० सालमा परितिको खेल गीतबाट आफनो सांगितीक क्षेत्रकोे यात्रालाई अगाडी बढाए  । 

उनीद्धारा एरेन्ज गरिएका गीत , लुकी लुकी , तिम्रो काखमा , देउरालीमा हावा सरर , यति धेरै माया लगायतका गीतहरुमा आफनो आवाज र संगीतका विभिन्न रागहरुमा आफनो कला र कौशललाई दर्शक तथा स्रोता सामु पुयाएर अगाडि बढेका छन  । १०० भन्दा बढी गीतहरुमा एरेन्ज , विभिन्न विधामा आफनो संगीतमा फरक किसिमको स्वाद दिन खपिस हुनु र काम प्रतिको लगनशिलताको कारणबाट आजको दिन सम्म कृष्ण संगीतमा टिक्न सपल भएको उनका शुभ चिन्तक बताउछन  ।  उनी संगीत साधनाका साथै गीत लेखन , भिडियो निर्देशन र विभिन्न सागितीक कार्यक्रममा समेत परिचित कलाकारको रुपमा अगाडी रहेका छन । 

सानै उमेर देखि संगीतका औला चलाएका १०० भन्दा बढि गीत मा आफनो आवाज दिइसकेका कछन । विभिन्न भार्षिक गीत , रचना तथा संगीत संयोजन तथा भिडियोमा काम गर्न मन पराउनु उनको शोखको विषय भित्र पर्दछन  । 

नेपालमा आयोजना हुने विभिन्न सास्कृतिक कार्यक्रम हरुमा उनको बाक्लो उपस्थिीहुने गरेको छ ्।हरेक क्षेत्रमा आफ्नो बेग्लै परिचय बनाएका कारण र हरेक कार्यमा क्रियाशिल भएकै कारण उनलाई क्रियाशिल उपनाम नै दिइएको छ । संगीतको साधना र संगीत प्रतिको मोह अझ फराकिलो र गीतियात्रा अझ कालजयी बनोस हाम्रो तर्फ बाट कृष्णलाई शुभ कामना । 




बिराटनगर फागुन १५ गते । रातो तारा डट कम,एन आई सी एशिया बैंक लिमिटेडको रानी मिल्स एरीया शाखाले चमत्कारिक बचत खाता वाहक ग्राहक महानुभावलाई औषधी उपचार बीमा रकम भुक्तानी गरेको छ । बैंकको चमत्कारिक बचत खाता योजना अन्तर्गत विराटनगर निवासी श्री पूर्णिमा श्रेष्ठज्यूलाई औषधी उपचार वापतको बीमा दावी रकम रू. ६१,५२९÷ हस्तान्तरण गरिएको हो । 

बैंकको तर्फबाट उक्त शाखा प्रबन्धक श्री शंकर सुवेदीज्यू तथा उप–प्रादेशिक कार्यलय विराटनगरका प्रमुख श्री विष्णु प्रसाद आचार्यज्यूले एक कार्यक्रमका आयोजना गरि चेक हस्तान्तरण गर्नुभएको थियो ।

एन आई सी एशिया बैंकबाट कारोबार गर्दै आउनुभएको श्री पूर्णिमा श्रेष्ठज्यूले कार्यक्रममा औषधी उपचार वापतको उक्त रकम बुझ्नुभएपछि बैंकप्रति विश्वास बढेर आएको बताउनुभयो । यस बैंकमा न्यू सुपर चमत्कारिक खाता खाल्नुभएका ग्राहक महानुभावहरूले २१ लाख रुपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु वा पूर्ण रुपमा अशक्त भएमा रू. १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि रू. १० लाखसम्मको बीमा सुविधा तथा रू. १ लाखसम्मको औषधी उपचार बीमा सुविधा बैंकले उपलब्ध गराउदै आएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५० एटिएम, १०६ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको
छ ।


ताप्लेजुङ, फाल्गुन १५ गते । रातो तारा डट कम,ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ मा ट्याक्टरले किच्दा सोही ट्याक्टरका सह-चालकको मृत्यु भएको छ । बुधवार साँझ साँढे ५ बजेको समयमा ताप्लेजुङको साँघु बजारबाट तालखर्क जाँदै गरेको को ३ त ९३ नम्बरको ट्याक्टर अचानक बाटोबाट चिल्लेर दुर्घटना हुँदा ट्याक्टरका सह-चालक मैवाखोला गाउँपालिका-१ का १८ बर्षीय खगेन्द्र नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ट्याक्टर चालक मेरिङदेन-४ का २१ बर्षीय पासाङ तेन्जी शेर्पा घाईते भई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 


काठमाण्डौ फागनु १५ गते । रातो तारा डट कम,अखिल नेपाल फुटबल संघ एन्फाले सरस्वती युथ क्लबका कप्तान दिपेश श्रेष्ठलाई फुटबल खेल्न दुई वर्षको प्रतिबन्ध लगाएको छ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा प्रतियोगिताको नियमावली विपरित कार्य गरेको भन्दै एन्फाको अनुशासन समितिले दिपेशलाई २ वर्षको प्रतिबन्ध गरेको हो । 

दिपेशले लिगको ५९ औं खेल अन्तर्गत हिमालयन शेर्पा क्लबविरुद्धको खेलमा प्रतियोगिताको नियमावली २१९७० विपरित कार्य गरेको एन्फाले जनाएको छ ।  यस्तै एन्फाले श्रेष्ठलाइ ५० हजार जरिवाना समेत गरेको छ । 
एन्फाले दिपेशको नाममा पत्र लेख्दै प्रतिबन्ध र जरिवानाबारे जानकारी समेत गराएको छ ।  एन्फाले आजकै मितिबाट लागु हुनेगरि दिपेशलाई प्रतिबन्ध गरिएको जनाएको छ ।  


काठमाण्डौ फागनु १५ गते । रातो तारा डट कम,भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन ऐनको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २० पुगेकोछ । हिंसाका कारण २० जनाको मृत्यु भएको र १ सय ८९ जना घाइते भएको बीबीसीले लेखेको छ । दिल्ली उच्च अदालतले मध्यरातमा घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न पनि आदेश दिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ट्र ट्रम्पको दुईदिने भारत भ्रमणका क्रममा दिल्लीका विभिन्न क्षेत्रमा थप हिंसा चर्किएकोछ । 





काठमाण्डौ फागनु १५ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरुद्ध षड्यन्त्र भएको र त्यसको मुकाबिला गर्न तयार रहेको बताउनुभएको छ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने, राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउनेसहित राष्ट्रपतिको अधिकार थप्ने सम्मका विषयमा संविधान संशोधनको प्रसङ्गलाई एकै ठाउँ राखेर आफूविरुद्ध खेल भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘पछिल्ला घटना क्रमहरू जसरी विकसित भएका छन्, मेरो विरुद्धको खेल हो । तर म सबै कुराको सामना गर्न तयार छु’, नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो । राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्यको संख्या थप्ने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव ओलीले गर्नुभएको सचिवालयका एक नेताले जानकारी दिनुभयो ।  



शिव भट्टराई,मोरङ । रातो तारा डट कम,गोठगाउँमा विश्वविद्यालय सर्ने भएपछि जनप्रतिनिधिसहित स्थानीयले यसरी गरे दीप प्रज्वलन। पुर्वाञ्चल विश्वविद्यालयको कार्यालय मोरंगको सुन्दरहरैंचास्थित गोठगाउँ सरेको छ ।विश्वविद्यालयको कानुन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पास भएपछि विश्वविद्यालयको प्रशासनीक काम अब गोठगाउँबाटै हुने पक्कापक्की भएको हो । अब विधेयक औपचारिकताका लागि राष्ट्रिय सभामा पेश गरिनेछ । 

गोठगाउँमा पर्याप्त पुर्वाधार भएर पनि लामो समयदेखि विश्वविद्यालयको प्रशासनीक काम विराटनगरबाट सञ्चालन भइरहेको थियो । गोठगाउँबाटै सबै काम हुनुपर्ने माग गर्दै स्थानीयले आन्दोलन गर्दै आएका थिए । 

गोठगाउँबाटै प्रशासनीक काम सञ्चालन हुने भएपछि स्थानीय खुसी भएका छन् । खुसीयालीमा विश्वविद्यालय परिसरमा बुधबार साँझ दिपावली गरिएको छ । सुन्दरहरैंचाका मेयर शिव ढकाल , उपमेयर धनमाया तामाङ, उद्योग वाणिज्य संघ सुन्दर हरैचा का अध्यक्ष नवराज चापागाईं , जनप्रतिनिधि, समाजसेवी, स्थानीयवासी लगायतको सहभागितामा दीपावली गरिएको हो ।

विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँ सार्न लामो समयदेखि पहल हुँदै आएको थियो । विभिन्न समितिहरु बनेर संघर्ष हुँदै आएपनि विश्वविद्यालयका पदाधिकारीहरुले विराटनगर छाड्न चासो देखाएका थिएनन् ।

पछिल्लो समय सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालले पहल लिएका थिए । उनले विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँ नै राख्नुपर्ने माग गर्दै मोरंगका सबै पालिकाहरुको हस्ताक्षरसमेत संकलन गरेका थिए । ‘हामीले गरेको संघर्ष आज सफल भएको छ,’ उनले खुसी हुँदै प्रतिक्रिया दिए, ‘अब ८०५ विगाहाको विशाल क्षेत्रफलबाटै विश्वविद्यालयको काम सञ्चालन हुनेछ ।’


शिव भट्टराई,मोरङ सुन्दरहरैचा । रातो तारा डट कम, सन् २०२३ सम्ममा दादुरा रुबेला रोग उन्मूलन गर्ने उद्देश्यले सरकारले सञ्चालन गरेको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत फाल्गुन १६ गते देखि २४ गते सम्म सुन्दर हरैचा मा दादुरा रूबेला खोप अभियान सञ्चालन हुने भएको छ। 

अभियान सम्बन्धी जानकारी दिन बुधबार नगरपालिकामा भएको पालिका स्तरीय अभिमुखीकरण गोष्ठीमा बोल्दै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मछिन्द्र बस्नेतले १५ प्रतिशतले खोप लगाएको प्रमाणित हुनुपर्ने भएकाले सबै बालबालिकालाई दादुरा रुबेलाको खोप लगाउन अनिवार्य रहेको उल्लेख गरे।

स्वास्थ चौकी मृगौलियाका प्रमुख माधव प्रसाद रेग्मीले २०३४ सालमा विफर उन्मूलन सँगै नेपालमा खोप कार्यक्रम शुरू भएको र पछिल्लो समय अभियानको रूपमा सञ्चालन भएको उनले बताए।चराको सिकार गर्दै ठाउँठाउँमा बसाइँ हिड्ने समुदाय , जादू सर्कस देखाउने समुदाय एकै ठाउँमा नबस्ने हुनाले अभियानमा छुट्ने र उनीहरूले नै रोगको संक्रमण फैलाउन सक्ने सम्भावना रहेको उनको भनाइ थियो। 

इन्द्रपुर स्वास्थ्य चौकीका प्रमुख लालमणि दाहालले दादुरा रुवेला सरकारको प्राथमिकतामा परेको र स्वास्थ्य क्षेत्रमा सबै भन्दा बढी लागत प्रभावकारी भएको कार्यक्रम रहेको बताए। सन् २०१० देखि पोलियो रोग  शून्य अवस्थामा रहेको र उन्मुलनको नजिक रहेको उनको भनाइ थियो। खोप कार्यक्रमको प्रभाव स्वरूप औसत आयुमा वृद्धि भएको उल्लेख गरे।

सुन्दर हरैचामा दादुरा रूबेला रोग नदेखिएको र विश्वमा दादुराबाट हुने मृत्यु दरमा ८४ प्रतिशतले कमी आएपनि हरेक वर्ष करिब ६० लाख मानिस दादुरा रोगबाट संक्रमित हुने गरेको तथ्यांकले देखाएको उनको भनाइ थियो। अभिमुखिकरण कार्यक्रममा सुन्दर हरैचा मा रहेका साबिक ५ वटै गाविसमा रहेका स्वास्थ्य चौकीका प्रमुख, स्वयंसेविका, पत्रकार लगायतको उपस्थिति रहेको थियो।


काठमाडौं, फागुन १४ गते । रातो तारा डट कम,शुक्रबार अर्थात् १६ फागुनमा प्रदर्शन हुन लागेको ‘धुलो’ फिल्मले प्रचारप्रशारलाई निकै तीव्रता दिएको छ । ‘धुलो’ निर्माण पक्षले बुधबार राजधानीको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा एक कार्यक्रम गरि लामो समयदेखि रिक्सा चलाएर जीवनयापन गर्दै आएका दुईजना रिक्सा चालकलाई सम्मानपत्रसहित सम्मान गर्यो । 

सम्मानीत हुनेमा बिगत चार दशकदेखि ठमेल, क्षेत्रपाटी एरियामा रिक्सा चलाउदै आएका हिरालाल तामाङ र दुई दशकदेखि सोही स्थानमा रिक्सा चलाउदै आएका बलबहादुर श्रेष्ठ छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अथिति बरिष्ट चलचित्रकर्मी नीर शाह, बिशिष्ट अथिति नेपाल टेलिभिजनका महाप्रबन्धक गोबिन्द रोक्का र निर्देशक प्रद्युम्न मिश्रले सम्मान गरेका थिए । 

करिब एक सय जना रिक्सा चालकलाई ‘धुलो’ अंकीत ज्याकेट प्रदान गरिएको कार्यक्रममा फिल्मका तर्फबाट नागार्जुन एकेडेमीमा आगामी शैक्षिक सत्रदेखि रिक्सा मज्दुरका दुई जना छोराछोरीलाई छात्रबृत्तिको ब्यबस्था मिलाइएको घोषणा गरियो । कार्यक्रममा ‘धुलो’ ले गरेको समाजीक कार्यको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणालगायतका अथितिले प्रसंसा गरेका थिए । 

कार्यक्रमपछि ‘धुलो’मा बिशेष भूमिकामा रहेका अभिनेता शाह, प्रमुख भूमिकामा अभिनीत बुद्धि तामाङ,निर्देशक मिश्र,चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी, निर्देशक समाजकी अध्यक्ष राणालगायत फिल्मको युनीटले रिक्सामा क्षेत्रपाटी परिक्रमा गरेको थियो । 

राजधानीमा रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मज्दुरको वास्तबिक कथामा फिल्म निर्माण गरेकाले उनीहरुकै सम्मानमा कार्यक्रम आयोजना गरेको निर्देशक मिश्रले बताए । कार्यक्रममा बोल्दै अभिनेता शाहले ‘धुलो’ ले मज्दुर र मज्दुरीको सम्मान गरेकोमा खुशी ब्यक्त गरे । त्यसैगरी, चलचित्र निर्माता संघका अध्यक्ष अधिकारीले ‘धुलो’ यथार्थपरक कथामा निर्माण गरिएकाले हरेक मान्छेको मन छुने बिश्वास ब्यक्त गरे । अभिनेता तामाङले आफू ‘धुलो’ मा बास्तविक जीवनहरुसँग नजिक रहेको पात्रमा प्रस्तुत भएको बताउदै दर्शकको प्रिय बन्ने आशा ब्यक्त गरे ।  

दीपा धरेलको प्रस्तुति रहेको फिल्ममा बुद्धि तामाङ,अग्रज केसी,सृजना सुब्बा, प्रद्युम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवा बिशेष भूमिकामा छन । 

लक्ष्मी गौतम र नानीराम फुँयाल निर्माता रहेको फिल्मको प्रोजेक्ट एडभाइजरमा सिके वाग्ले छन् । केशब मिश्र र दीपक समीरको गीत,शंकर थापा र जुगल डंगोलको संगीत, रबिन आचार्यको छायांकन रहेको फिल्म १६ फागुनमा एकल प्रदर्शनमा उत्रदैछ । 



पोखरा, फागुन १४ गते । रातो तारा डट कम,गण्डकी प्रदेश सशस्त्र प्रहरी गणको टोलीले खोजतालसको क्रममा दिउँसो २.४५ बजेको समयमा लुइंटेलको शब फेला पारेको हो । लगभग ४५ फीट गहीरो फेवातालको पिधमा पुगेर सशस्त्र प्रहरी जबान दिननारायण पौडेलले घोप्टो परेर बसेको रामशरणको शब निकालेका थिए हामीले उनै फेवातालको पिधमा पुग्ने दिननारायण पौड्याल संग र खोजिकार्य गर्दाको भिडीयो प्रस्तुत गरेका छौ के थियो त फेवातालको पीधमा कसरी निकालीयो राम शरणलाई त्यति गहीरो ताल बाट के भन्छन साहसीक जवान यो भिडीयो हेर्नुहोला


विराटनगर, फागुन १४ गते । रातो तारा डट कम,विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बुधबार सम्पन्न भएको छ । विराटनगर ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबार सबै इभेन्टको फाइनल चरणका खेल सम्पन्न भएका छन् । 
प्रतियोगिताअन्तर्गत मेन्स सिंगलतर्फ आर्मीका नवीन श्रेष्ठले नेपाल पुलिस क्लबका विष्णु कट्वाललाई २३–२१ र २१–१० मा  हराउँदै उपाधि जितेका छन् । मेन्स डबलतर्फ आर्मीका नवीन श्रेष्ठ र सुरज महर्जनको जोडीले बिबिए क्लबका सुजन श्रेष्ठ र प्रनिससिंह ठकुरीलाई २१–१७ र २१–१८ मा पराजित गर्दै उपाधि जिते ।   
त्यस्तै उमेन्स सिंगलतर्फ मोरङकी सीमा राजवंशीले आर्मीकी अनुमाया राईलाई २१–१८ र २१–१४ मा पराजित गरिन् । 
त्यसैगरी मास्टर डबल ४५ वर्षमाथि मोरङका डिल्लीराम डाँगी र इन्द्र योङहाङको जोडीले बिबिसी क्लबका सन्दीप श्रेष्ठ र श्रीप्रसाद धिमाललाई २१–१३ र २१–१७ मा पराजित गर्दै उपाधि जिते । त्यस्तै मास्टर डबल ५५ वर्षमाथि सुनसरीका तुलसी सुवेदी र भोजराज रखालको जोडीले बिवासी खोटाङका दीपक राई र कीर्तिमान राईको जोडीलाई १६–२१, २१–१० र २१–१८ मा पराजित गर्दै उपाधि जिते । 
प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलले नगरलाई खेलकुद क्षेत्र अब्बल बनाउन यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताए । उनले भने, खेलको माध्यमबाट युवा वर्गलाई कुलतमा फस्नबाट जोगाउँदै एउटा स्वास्थ्य समाज निर्माण हुनेछ । महानगरले खेल र खेलाडीलाई कसरी अगाडि बढाउने भन्ने नीति लिएको र त्यस अनुरुप विभिन्न खेल क्षेत्रलाई सहयोग गर्दै आएको पराजुलीले बताए । यस प्रतियोगितालाई रनिङ शिल्डमा परिवर्तन गर्न आयोजकलाई सुझाव दिए । विराटनगर–७ मा निर्माण भइरहेको अन्तर्राष्टिङस्तरको ब्याडमिन्टनको कभर्ड हललाई सहयोग गरेको र यहाँ अन्य विभिन्न खेलकुदका ठूला प्रतियोगितामा समेत महानगरले सहयोग गर्दै आएको बताए । उनले भने,  ‘चाँडै यहाँ माध्यमिकस्तरको मिनी ओलम्पिक गर्न लागेका छौ ।’
प्रतियोगिताको मेन्स सिंगल र डबल विजेताले नगद २५ हजार, उपविजेताले नगद १५ हजार र तृतीयद्वयले ५ हजार रुपैयाँ प्राप्त गरे । उमेन्स सिंगल विजेताले नगद २१ हजार, उपविजेता ११ हजार र तृतीयद्वयले ४ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै मास्टर डबल ४५ वर्षमाथिको विजेताले २१ हजार, उपविजेताले ११ हजार र तृतीयद्वयले ४ हजार रुपैयाँ प्राप्त गरे । मास्टर डबल ५५ वर्षमाथिको विजेताले नगद १५ हजार, उपविजेताले नगद ८ हजार रुपैयाँ र तृतीयद्वय ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।   
आर्मी, पुलिस र सशस्त्रसहित विभिन्न जिल्लाका १ सय जना खेलाडीले भाग लिएका थिए । विजेता तथा उपविजेतालाई खेलाडीलाई महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेशका १ सांसद कुलप्रसाद सम्बालगायतले पुरस्कार वितरण गरे । 


बिराटनगर फागुन १४ गते । रातो तारा डट कम,मनोज कुमार यादव परिवारको लगानीमा बिराटनगरको जतुवामा स्थापन भएको सुर्यदय मिल्क एण्ड बेबरेज इ. प्रा. लि. ले सुद्घ दुध दही र दुध पदार्थ बाट बन्ने सबै खाले खानेकुरा उत्पादन गर्न आजै बाट सुरु गरेकोछ ।

अहिले बजारमा जताततै खुल्ला दुध र दुध पदार्थबाट बनेका मिसावटी भएका खानेकुराले उपभोक्ता आक्रोसित भएकै बेला अत्याधुकिन र आधुनिक मेसिनबाट प्रसोधित गरी प्रतिघण्टा २ हजार लिटर दुध दही  क्रिम बटर उत्पादन गर्ने छ भने एक दिमा २० हजार लिटर उत्पादन गर्न सक्ने क्षेमता रहेको यो सुर्यदय मिल्क डेरीमा करिव अहिले ३० जाले रोजगारी पाएको सन्चालकले बताएका छन ।

सो डेरीको उदघान गर्नु हुदै प्रदेश नम्वर १ का मुख्य मन्त्री माननीय शेरधन राइज्युले प्रदेशमा कृषिलाई बढी प्राथमिक्तामा राखेर प्रदेश सरकार अगि बढे्को बताउनु हुदै, डेरी सफल्ताको शुभ कामना दिनु भयो ।

भुमि व्यावस्था तथा कृषि राज्य मन्त्री राम बहादुर रानाले पनि कृषिलाई प्रदेश सरकारले सहयोगको भावनाले काम अगि बढाएको बताउनु हुदै, शुभ कामना दिनु भयो ।

नेकपा का केन्द्रिय सदय गुरु बरालले खांध पदार्थमा मिसावट भए पनि सरकारको खांध तथा गुणनियान्त्रण कार्यलयले केहि गर्न नचाहेको प्रति आक्रोस पोख्नु भयो ।

प्रदेश १ का कृषि सचिव डा बिमल कुमार निर्मल, समाज सेवी दिन बन्धु गोयल समेतले मिल्दो जुल्दो गरि आफना कुरा राख्नु हुदै, मानिस स्वाथ्य रहन वर्षमा एक जनाले करिव ९२ लिटर दुध खान जरुरी हुन्छ तर यो मात्र खान्छ कि खादैनन  थाहा छैन भन्नु भयो ।

नेपाल डेरीका केन्द्रिय उपाध्यक्ष तथा कार्भे डेरीका सन्चालक राजन दाहालले अहिले निजी क्षेत्रले करिव २८ अर्व दुध उत्पादनको क्षेत्रमा लगानी गरिसकेको हुँदा प्रदेश सरकारले डेरी सन्चालकहरुलाई प्रोत्सान गर्न भए पनि सहयो र लगानी मैत्री बातावरण बनाइ दिन मुख्य मन्त्री लाई आग्रह गर्नु भयो ।

खांध गुणनियान्त्रण कार्यालयका राजन कुमार रिजाल, र राजनीतिक पाटीहरुका तर्फबाट राज कुमार यादवले पनि आफना भनाइ राख्नु हुदै शुभ कामना दिनु भयो ।

अहिले दुध पदार्थमा एन्टी भाटिकको मात्र बढी रहनु र खाध तथा साग सब्जीमा बिषादीको मात्र बढी भएर हरपहल मानिस सहरबजारमा बिमानीको संख्य बढीरहेको भन्दै जनतामा सव्यापक गुनासो बढीरहेका बेला सुद्घ दुध पदार्थ उत्पादन गरेर उपभोक्तालाई खुवाउने भनेको सुन्दा उपभोक्ताहरु पनि खुसि भएकाछन ।

अन्त्यमा चन्द्रनारायण यादवले आफना कुरा खाख्नु हुदै सबैलाई धन्यावाद दिनु भएकोथियो ।


श्याम राई÷उदयपुर-गाईघाट, फागुन १४ गते । रातो तारा डट कम,गाईघाट नगर भित्रको फोहोर मैला त्रियुगा खोला आसपासको बस्ती छेऊछेऊमा फ्याक्ने गर्नाले नदी किनारका गाउँ बस्ती दुर्गन्धित हुन पुगेको छ ।

त्रियुगा नगरपालिकाले डम्पिङ्ग साईगको अभावमा अढाई दशकदेखि बजार क्षेत्रबाट संकलन हुने फोहोर मैला त्रियुगा नदी र आसपासको क्षेत्रमा फ्याक्दै आएको छ । दुई वर्ष यता खोला किनारमा क्याम्पस, शब गृह र शान्तीधाम(पार्क) निर्माण भएर संचालनमा आएपछि पहिले फोहोर फ्याक्ने गरेको ठाउँ भन्दा झण्डै १ सय मिटर पूर्व–उत्तर बस्ती रहेको ठाउँ नजिकै फोहोर फ्याक्ने गरिएपछि स्थानीयलाई समस्या परेको छ ।

‘ घर नजिकै फोहोर फ्याक्ने गरेकोले पूरै बस्तीमा दुर्गन्ध फैलिएको छ ।’ पूरानो शब गृह नजिक बस्तीका हरी मुसहरले भने । दुर्गन्ध र फोहरको कारण बस्तीमा कुनै पनि बेला सरुवा रोग फैलन सक्ने खतरा रहेको उनले बताए ।

‘ नगरपालिकाले अहिले दैनिक ६ वटा ट्याक्टर भन्दा बढी फोहर मैला बस्ती छेउमै ल्याएर फ्याक्ने गरेको छ ।’ स्थानीय समाजसेवी राधाकृष्ण तिमिल्सिनाले भने,‘ हामीले पटकपटक यस क्षेत्रमा फोहर मैला नफाल्न मेयरलाई आग्रह गरेको भए पनि कुनै सुनुवाई हुन सकेको छैन ।’ उनले भने ।

‘ मेयरले फोहर मैलाको उचित ठाउँ खोजेर व्यवस्थीत गर्छु भनेको वर्षौ भैसक्यो तर अझै कार्यान्वयन गरेका छैनन् ।’ उनले भने। फोहर मैला र दुर्गन्धको कारण बस्तीलाई खतरामा पार्नेगरि कुनै पनि बेला सरुवा रोग फैलने खतरा रहेको उनले बताए ।

गाईघाट आदर्श गाउँपालिकाबाट त्रियुगा नगरपालिकामा रुपान्तरण भएपछि बड्दो शहरीकरणसँगै गाईघाट नगरमा फोहर मैला जम्मा हुने क्रम वर्षेनी बढिरहेको छ । बजार क्षेत्र व्यवस्थापन हुन सकेको छैन । नगरपालिकाले शुरुदेखि नै फोहर मैला यस क्षेत्रकै प्रसिद्ध नदी त्रियुगामा फ्याक्दै आएको छ । नगरको फोहर मैला नदीमा फ्याक्न थालेपछि नदी प्रदुषित बनेर स्थानीय बासिन्दाहरु खोलामा नुहाउन नै छाडेका छन् ।

नगरको फोहर मैला व्यावस्थापनको लागि नगरपालिकाले डम्पिङ्ग साईड निर्माण गर्नको लागि एक दशक अगाडी नै उपयुक्त ठाउँको खोजी गरेको भएपनि ठाउँ अभाबले डम्पिङ्ग साईड निर्माणमा ढिलाई भएको नगरपालिकाका राजस्व फाटका प्रमुख गुरु ढकालले बताए ।

‘ धेरै, ठाउँमा जग्गा खोजी गरियो । तर भने जस्तो जग्गा कतै पाईएन ।’ उनले भने । जनप्रतिनिधिहरुले पनि डम्पिङ्ग साईड निर्माणमा चासो नदेखाए पछि काम अघि बढ्न सकेन ।’ ढकालले भने ।‘ मैले टिम नै लिएर धेरै ठाउँमा जग्गा खोजी गरे तर भने जस्तो उपयुक्त जग्गा पाउन सकिन । गाईघाट– कदमाहा सडक खण्डको चुरेको बिचमा पर्ने खाल्टोलाई डम्पिङ्ग साईड बनाउने तयारी गरेको भएपनि जनप्रतिनिधिबाट चासो नदेखाउदा काम हुन नसकेको उनले बताए ।

एनले प्रत्येक वर्ष जसो परिषद् बैठकमा डम्पिङ्ग साईडको कुरा उठ्ने गरेको तर काम अघि नबढेको बताए ।‘ डम्पिङ्ग साईड निर्माणमा ढिलाई भएको हो ।’ उनले भने । अब उपयुक्त स्थान को छनौटगरि निर्माण कार्य अगाडी बढाउने उनले बताए ।
आगामी परिषद्बाट डम्पिङ्ग साईड निर्माणको लागि बजेट छुट्टाएर एक वर्ष भित्र निर्माण सक्नेगरि काम शुरु गरिने उनले बताए ।





काठमाण्डौ । रातो तारा डट कम,भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुन विरोधमा भएको हिंसामा १३ जनाको मृत्यु भएको छ । नागरिकताको पक्ष र विपक्षमा जारी प्रदर्शनकारीहरूबीच हिजो भएको हिंसक प्रदर्शनका क्रममा एक जना प्रहरी सहित १३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रदर्शनको क्रममा २ सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । दशक यताकै ठूलो हिंसा मानिएको नागरिकता सम्बन्धीको प्रदर्शनले साम्प्रदायिक स्वरूप लिन थालेको छ । पसल तथा घरहरू जलाइएका छन् भने पत्रकारहरूमाथि पनि आक्रमण गरिएको छ । भारतका गृहमन्त्री अमित शाहले शान्तिको अपिल गर्नुभएको छ । गृहमन्त्रालयले उत्तेजक बयानबाजी नगर्न चेतावनी दिएको छ तथा दिल्लीको छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाएको छ । यसैबीच दिल्लीमा प्रदर्शनले हिंसाको रुप लिन थालेपछि भारत सरकारले जाफराबाद, मौजपुर, बाबरपुर र चांदबागमा कर्फ्यू जारी गरेको छ ।


मोरङ। रातो तारा डट कम, उर्लाबारी न.पा.-२ सुनझोडा बस्ने कृष्ण बहादुर भण्डारीको काठ र टिनको छाना भएको १ तले गाई गोठमा खोले पकाउने क्रममा अचानक आगो सल्की आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ अप्रचौ मंगलबारेबाट तत्काल प्रसनिको कमाण्डमा प्रहरी टोली खटी गई उक्त आगो प्रहरी, दमकल र स्थानियको सहयोगमा ऐ.ऐ. ०८:३० मा पुर्ण रूपमा नियन्त्रणमा आएको । उक्त आगोबाट मानिस चौपायाको क्षेति नभएको ६ ।

विराटनगर । रातो तारा डट कम, प्रदेश १ सरकारलाई आवश्यक पर्ने संरचना निर्माणका लागि विराटनगर महानगरले सहयोग गर्ने भएकोछ ।प्रदेश सरकारका ब्यवस्थापिका ,कार्यपालिका, न्यायपालिका, र संबैधानिक निकायका संरचना निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने विषयमा महानगर तयार भएको हो ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले आज प्रदेश १ का सभामुख प्रदिप भण्डारीलाई ज्ञापनपत्र बुझाउदै यस्तो प्रतिबद्धता जनाएका हुन् । मेयर पराजुलीले प्रदेश राजधानीको स्थानीय सरकारका तर्फबाट निर्वाह गर्नुपर्ने भुमिकामा कुनै कमी हुन नदिने बताए । उनले प्रदेश सरकारका प्रशासकीय केन्द्र एकै स्थानमा एकीकृतरुपमा निर्माण गर्न विराटनगर महानगरमा रहेका दर्जन बढी स्थानमा रहेका आवश्यक जग्गाहरु महानगर,प्रदेश सरकार र संघीय सरकारको समन्वयमा आवश्यक कानुनी प्रक्रिया पुरा गरी उपलब्ध गराउन तयार रहेको जानकारी दिए ।
विराटनगर महानगरका १९ वटै वडामा प्रयाप्त जग्गा रहेको र ती स्थानमा आवश्यक संरचना बनाउन सक्ने ठम्याइसहित महानगरले सभामुख भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै सभामुख भण्डारीले प्रदेश सरकारका विभिन्न मातहतका निकायलाई आवश्यक संरचना आवश्यक रहेको र त्यसका लागि महानगरले देखाएको प्रतिबद्धता प्रति आभार ब्यक्त गरे ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.