Websoft University

जिपी स्मृति ब्याडमिन्टन सम्पन्न


विराटनगर, फागुन १४ गते । रातो तारा डट कम,विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बुधबार सम्पन्न भएको छ । विराटनगर ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबार सबै इभेन्टको फाइनल चरणका खेल सम्पन्न भएका छन् । 
प्रतियोगिताअन्तर्गत मेन्स सिंगलतर्फ आर्मीका नवीन श्रेष्ठले नेपाल पुलिस क्लबका विष्णु कट्वाललाई २३–२१ र २१–१० मा  हराउँदै उपाधि जितेका छन् । मेन्स डबलतर्फ आर्मीका नवीन श्रेष्ठ र सुरज महर्जनको जोडीले बिबिए क्लबका सुजन श्रेष्ठ र प्रनिससिंह ठकुरीलाई २१–१७ र २१–१८ मा पराजित गर्दै उपाधि जिते ।   
त्यस्तै उमेन्स सिंगलतर्फ मोरङकी सीमा राजवंशीले आर्मीकी अनुमाया राईलाई २१–१८ र २१–१४ मा पराजित गरिन् । 
त्यसैगरी मास्टर डबल ४५ वर्षमाथि मोरङका डिल्लीराम डाँगी र इन्द्र योङहाङको जोडीले बिबिसी क्लबका सन्दीप श्रेष्ठ र श्रीप्रसाद धिमाललाई २१–१३ र २१–१७ मा पराजित गर्दै उपाधि जिते । त्यस्तै मास्टर डबल ५५ वर्षमाथि सुनसरीका तुलसी सुवेदी र भोजराज रखालको जोडीले बिवासी खोटाङका दीपक राई र कीर्तिमान राईको जोडीलाई १६–२१, २१–१० र २१–१८ मा पराजित गर्दै उपाधि जिते । 
प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलले नगरलाई खेलकुद क्षेत्र अब्बल बनाउन यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताए । उनले भने, खेलको माध्यमबाट युवा वर्गलाई कुलतमा फस्नबाट जोगाउँदै एउटा स्वास्थ्य समाज निर्माण हुनेछ । महानगरले खेल र खेलाडीलाई कसरी अगाडि बढाउने भन्ने नीति लिएको र त्यस अनुरुप विभिन्न खेल क्षेत्रलाई सहयोग गर्दै आएको पराजुलीले बताए । यस प्रतियोगितालाई रनिङ शिल्डमा परिवर्तन गर्न आयोजकलाई सुझाव दिए । विराटनगर–७ मा निर्माण भइरहेको अन्तर्राष्टिङस्तरको ब्याडमिन्टनको कभर्ड हललाई सहयोग गरेको र यहाँ अन्य विभिन्न खेलकुदका ठूला प्रतियोगितामा समेत महानगरले सहयोग गर्दै आएको बताए । उनले भने,  ‘चाँडै यहाँ माध्यमिकस्तरको मिनी ओलम्पिक गर्न लागेका छौ ।’
प्रतियोगिताको मेन्स सिंगल र डबल विजेताले नगद २५ हजार, उपविजेताले नगद १५ हजार र तृतीयद्वयले ५ हजार रुपैयाँ प्राप्त गरे । उमेन्स सिंगल विजेताले नगद २१ हजार, उपविजेता ११ हजार र तृतीयद्वयले ४ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै मास्टर डबल ४५ वर्षमाथिको विजेताले २१ हजार, उपविजेताले ११ हजार र तृतीयद्वयले ४ हजार रुपैयाँ प्राप्त गरे । मास्टर डबल ५५ वर्षमाथिको विजेताले नगद १५ हजार, उपविजेताले नगद ८ हजार रुपैयाँ र तृतीयद्वय ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।   
आर्मी, पुलिस र सशस्त्रसहित विभिन्न जिल्लाका १ सय जना खेलाडीले भाग लिएका थिए । विजेता तथा उपविजेतालाई खेलाडीलाई महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेशका १ सांसद कुलप्रसाद सम्बालगायतले पुरस्कार वितरण गरे । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.