Websoft University
January 2017


सप्तरी, माघ १८ गते।
सप्तरीको पिप्रा- ७ स्थित सिसवारी खोलाबाट प्रहरीले सोमबार अवैध बालुवा ओसार पसार गर्ने एक ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय भेडियाबट खटिएको प्रहरीको टोलीले विशेष सुचनाको आधारमा बेलुका ७ बजेतिर स १ त ३५९९ नम्बरको ट्याक्टरमा बालुवा लोड गरिएको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेका ट्याक्टर र चालकलाई आवश्यक कार्वाहीको लागी जिल्ला विकास समितिको कार्यालय राजविराजमा बुझाइएको प्रहरीले जनाएको छ।




काठमाडौं, माघ १८ गते । सोमबार ६५ अंकभन्दा बढीले घटेको शेयरबजार परिसुचक नेप्से मंगलबार बढेको छ । नेप्से मंगलबार झण्डै १७ अंकले बढेर १३ सय २६ दशमलव ६ विन्दुमा पुगेको हो ।

नेप्से सोमबार १३ सय ९ दशमलव ७० बिन्दुमा झरेको थियो । वीमा र अन्य बाहेकका सबै समूह उकालो लागेको दिन मंगलबार सवैभन्दा धेरै होटल समूह १ सय ९ दशमलव ७ बिन्दुले बढेको छ ।

त्यस्तै बंैकिङ २५ दशमलव ७७, उत्पादन १९ दशमलव ८२, जलविद्यूत १३ दशमलव १५, वित्त ९ दशमलव २, विकाश बंैक समूह ३ दशमलव ३२ समूहले बढेको छ । मंगलबार बीमा समूह भने २८ दशमलव ४२ र अन्य समूह शुन्य दशमलव शुन्य ४ विन्दुले घटेको छ । कारोबार रकम भने मंगलबार केही घटेको छ ।

सोमबार ५३ करोड ६६ लाखभन्दा धेरैको सेयर किनबेच भएकोमा मंगलबार ५२ करोड ८५ लाखभन्दा धेरैको कारोबार भएको छ । मंगलबार सवैभन्दा धेरै गरिमा विकास बैंकको संस्थापक शेयर ३ करोड ६८ लाखभन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।



 काठमाडौं माघ १८ गते । लोकसेवा आयोगले नायब सुब्बा पदका लागि अनलाइन आवेदन फारमको म्याद थपेको छ । आयोगको वेबसाइटमा समस्या आएपछि नायब सुब्बा पदका लागि अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको हो।

गत पुसको अन्तिम बुधबार लोकसेवा आयोगले नायब सुब्बा पदका लागि आवेदन फारम खोलेको थियो । फारम भर्ने अन्तिम म्याद आज मंगलबारसम्म थियो । तर, दोब्बर दस्तुर तिरेर फारम भर्ने म्याद भने माघ २५ गतेसम्म थियो ।

वेबसाइटमा आएको समस्याका कारण अब दोब्बर दस्तुर तिरेर फारम बुझाउने म्याद पनि २८ गतेसम्म लम्बिएको छ । हाल लोकसेवा आयोगले आवेदन फारम अनलाइनबाटै लिने व्यवस्था मिलाएको छ ।

 तर, तीन दिनदेखि वेबसाइटमा समस्या आएपछि आवेदकहरु मर्कामा परेका थिए ।




काठमाण्डौ, माघ १८ गते ।
गाविस हक हित संरक्षण केन्द्र नेपालले सरकारले आफूहरुको मागलाई वेवास्था गरेको भन्दै आन्दोलनको चेतावनी दिनु भएका छन् ।

केन्द्रले मंगलबार भक्तपुरमा पत्रकार सम्मेलन गदै आफूहरुले सरकारसमक्ष पेश गरेको पाँच बुँदे मागलाई सम्बोधन नगरे बिहीबारदेखि देशब्यापी कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।  स्थानीय विकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र राष्टिय पुनर्निर्माण प्राधिकरणलगायत मार्फत सरकारलाई माग पेश गरेको बताउँदै केन्द्रले सरकारलाई तीन दिनको अल्टिमेटम दिएको हो ।

केन्द्रका अध्यक्ष दामोदर रिजालले स्थानीय निकायको निर्वाचन गर्न सरकारले आँलटाल गरेको र सम्पूर्ण  जिम्मेवारी आफूहरुलाई लिएको तर आफूहरुलाई वेवास्था गरिएकाले आन्दोलनमा जान बाध्य भएको बताउनुभयो ।

कार्यक्रममा महासचिव मुकुन्द्रप्रसाद गजुरेलले सरकारले आफूहरुको ज्ञापनपत्रलाई वेवास्था गरेको र पटकपटकको मागलाई कुनै चासो नदिएकाले तीन दिनको अल्टिमेटम दिएको बताउ



काठमाण्डौ माघ १८ गते ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले मंगलबार राजधानीमा गरेको दीक्षान्त समारोहोमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन सय २९ जना चार्टर्ड एकान्टेन्टहरुलाई दीक्षित गर्नु भएको छ ।

चार्टर्ड एकान्टेन्ट्सहरुलाई दीक्षित गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक अनुशासन कायम गर्न चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका अहम हुने भएकाले आचारसंहिता पालना गर्दै काम गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा शिक्षा मन्त्री धनिराम पौड्यालले दीक्षित चार्टर्ड एकाउन्टेन्टहरुबाट देशले धेरै अपेक्षा गरेको बताए । समयअनुसार चार्टर्ड एकाउन्टेन्टको पठनपाठन परिमार्जन गर्दै लैजान आफू सक्रिय रुपमा लागि परेको बताउनु भयो ।

कार्यक्रमका सहभागीहरुले चार्टर्ड एकाउन्टेन्ट पढ्न विदेशिनुपर्ने अवस्था अन्त्य गराउन सरकारलाई सुझाव दिनु भएको छ ।



बिराटनगर, माघ १८ गते । २०७३,रातो तारा डट कम जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले आज बिराटनगरमा पत्रकार भेट घाट कार्याक्रमको आयोजना गरेर आफनो क्षेत्रमा कुनै औषधिको अभाव नरहेको जानकारी गराएकोछ ।


जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख प्रशास चन्द्र देव मेहताले पत्रकार भेट घाट अन्तरकृया कार्याक्रमलाइ सभापतिको आसनबाट सम्वोधन गर्दै, वहाले भन्नु भयो- हामिले यस जनस्वास्थ्य कार्यालय मातहतका सबै स्वास्थ्य केन्द्रहरुबाट आम जनताले सहजै औषधि प्राप्त गर्न सकुन भनेर रु ५० लाखको औषधि खरित गरि ८ लाख बिरामी् लाई औषधि खुहाउ लागि परेका छोै भन्ने जानकारी गराउनु भयो ।

समयमा सबै ठाउँमा औषधि सहज तरिकाले पुगोस र बितरण पनि सहज होस भनेर अपुग थप रकम रु ७५ लाख सरकार संग बजेट माग गरेको समेत सो कार्याक्रममा जानकारी गराउनु भयो ।

जिल्ला जनस्वास्थ्य निरिक्षक ख्यम प्रसाद सिवाकोटीले पत्रकारहरुले उठाएका कुराहरुको जवाफ दिदै, भन्नु भयो- सरकारले बजेट निकासामा ढिलाई गर्ने  र निकासा भई आए पछि सार्वजानिक औषधि खरिद ऐन को परिधि भित्र रहेर टेण्डर प्रकृयमा जादा औषधि खरिदको प्रकृया केहि ढिलो हुने गरेको भए पनि औषधि बितरणमा कुनै ढिला सुस्ती नभएको सहभागीहरूलाई जानकारी गराउनु भयो ।

सरकारबाट यो वर्ष प्राप्त रकम रु ४२ लाख र १० लाख को टेण्डर प्रकृयामा जानुपर्ने भएकाले रु दश लाखको टेण्डरमा केहि ढिला भए पनि औषधि आपुर्तिमा कुनै कमि हुन नदिएको जानकारी गराउनु भयो ।

कर्याक्रममा सहभागिहरुका तर्फबाट स्वतन्त्र पत्रकार तथा रातो तारा डट कमका संम्पादक तेजेन्द्रबहादुर भण्डारीले आफना कुरा राख्दै, सरकारले दिने भनिएको करिव रु ७० लाखको एक सय सत्र प्रकारका औषधि समयमा नै खरिद
गरि सबै स्वास्थ्य कार्यालयहरुमा छिटो बितरण गरिनुपर्छ अनि आम जनताले पाउने नि:सुल्क औषधिको नाम हरेक स्वास्थ्य चौकिमा अगाडी देखिने ठाउँमा  राख्न अनिवार्य गराउन पहल
होस भन्नुु भयो।

त्यसैगरी लेखा अधिकृत गोविन्द कार्कीले बिज्ञापन र सुचनाको कुरा उठाउदै जिल्लामा औषधि अपुग भएर अफटयारो परेका बेला रु तीन लाखको सिधै औषधि खरिद गरि बितरण गरिएको समेत अन्तरकृया कार्याक्रममा पत्रकारहरुलाई जानकारी गराउनु भएको थियो ।

यो वर्ष टेण्डर प्राप्त गरेको महादेव फामेर्सीले पटक पटक गरेर जिल्ला जनस्वास्थ्य कार्यालय मोरङलाई औषधि सप्लाई गर्दै आएको छ । जनस्वास्थ्य अधिकृत हरीबहादुर खत्रीले आफना भनाईहरु राख्दै उपस्थित सबैलाई कार्याक्रमा स्वागत गर्नु भएको थियो ।




काठमाडौं, माघ १८ । रातो तारा डट कम -
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कार्यक्रम समितिको ५३ औँ बैठक भोली (बुधबार) सुरू हुँदैछ ।

सार्क अध्यक्षका नाताले नेपालले कार्यक्रम समितिको बैठक आयोजना गर्न लागेको हो । सार्क सचिवालयको सक्रियतामा हुन लागेको उक्त बैठकमा आठ वटै सदस्य मुलुकका परराष्ट्र, विदेश/बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिवले भाग लिनेछन् ।

गत चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सञ्चालनका साथै आगामी वर्षको बजेटलगायत विषयमा बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालय, क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले बताए ।

पाकिस्तानमा आयोजना हुने सार्क शिखर सम्मेलन स्थगन भएकाले अध्यक्षता हस्तान्तरण नभएको नेपालले उक्त बैठक आयोजना गर्नुपरेको हो ।



दमक, माघ १८ गते । २०७३, रातो तारा डट कम -
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको जिम्मा भारतीय सेनालाई दिने सम्झौता गरेको भन्दै विद्यार्थीहरुले झापाको दमकमा विरोध प्रदर्शन गरेका छन् ।

 नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी सम्बद्ध अखिल क्रान्तिकारी मेची ब्युरोको आह्वानमा विहान दमक बहुमुखी क्याम्पसबाट गणतन्त्र चोकसम्म विरोध प्रर्दशन गरेका हुन्। विद्यार्थी नेताहरुले क्याम्पसको कक्षा कक्षामा गएर विद्यार्थीलाई विरोध प्रर्दशनमा सहभागिताका लागि आग्रह गरेका थिए।

 दमक बहुमुखी क्याम्पस सहित दमक रहेका आधा दर्जन बढी निजी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले सरकारले भारतसँग गरेको सम्झौताको विरोधमा नारा लगाएका थिए। र्‍यालीपछि गणतन्त्र चोकमा कोणसभा समेत गरेका थिए। विमानस्थलको सुरक्षा जिम्मा भारतीय सेनालाई दिन खोज्नु राष्ट्रिय हित विपरित र आत्मघाती निर्णय रहेको क्रान्तिकारीका मेची ब्युरो इञ्चार्ज हरिश चन्द्र भट्टले बताए।

 सरकारले देशनै भारतलाई जिम्मा लगाउन खोजेको उनले आरोप लगाए। विरोधसभामा एमाले निकट अनेरास्ववियुका कार्यकर्ताहरुले पनि सहभागिता जनाएका थिए। विरोध र्‍यालीका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत क्याम्पसमोडबाट गणतन्त्र चोकसम्म यातायात समेत अवरोध भएको थियो।


काठमाडौं, माघ १८ गतेे ।२०७३, प्नधाानमन्त्री पुष्पकमल दाहालले दलित समुदायका समस्या समाधान गर्न सरकार कटिबद्ध भएर लागेको बताउनुभएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री दाहालले दलित समुदायका समस्या समाधान गर्न सरकार कटिबद्ध भएर लागेको बताउनुभएको हो ।

उहाँले दलित आयोगलाई संबैधानिक मान्यता प्राप्त हुनु
ठूलो उपलब्धी भएको भन्दै समितिलाई अझ सक्रिय पार्ने बताउनुभयो । यस्तै प्रधानमन्त्री दाहालले लक्ष्मी परियार र अजित मिजारको घटनामा संलग्नलाई कारवाहीका लागि छानबिन प्रक्रिया अघि बढेको जानकारी दिँदै पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिइने बताउनुभयो ।

तिलक परिवारको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले
लक्ष्मी परियार र अजित मिजारका हत्याराहरुमाथि कारवाही, पीडितलाई क्षतिपूर्ति, दलित विकास समिति खारेज गर्न खोजिएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।



झापा, माघ १८ गते । झापा गोल्डकप फुटबल प्रतियोगितामा आज त्रिभुवन आर्मी क्लब र रुपन्देही ११ बीच खेल हुदैछ । झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज हुने  खेल डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ ।

जीत निकालेर सेमिफाइनल पुग्ने लक्ष्यका साथ यी दुई टोली मैदान उत्रनेछन् । आर्मी अघिल्लो संस्करणको झापा गोल्डकपको च्याम्पियनसमेत हो । आर्मी राष्ट्रिय खेलाडीले भरिएको टोली हो । आर्मीका खेलाडी भरत खवास, नवयुग श्रेष्ठ, विकेश कुथु लगायतको खेल हेर्न आज दर्शकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ।

एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् । मोफसलकै सर्वाधिक पुरस्कार राशिको यो प्रतियोगिता माघ २४ गतेसम्म चल्नेछ



सुनसरी - इटहरी, माघ १८ गते ।२०७३, रातो तारा डट कम-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका लेखापाललाइ ४० हजार घुस सहित मंगलबार पक्राउ गरेको छ ।

लेखापाल भुपेन्द्र कटुवालले लाइसेन्स बनाइ दिने भन्दै
दुई जना संग लिएको घुस सहित रंगेहात पक्राउ परेका
हुन् । उनको साथबाट ४० हजार रुपैयाँ घुस बरामद
भएका हुन ।

इटहरीस्थित कार्यालय छेउँको एक होटलबाट उनलाई मंगलबार बिहान आठ बजे नियन्त्रणमा लिइएको हो ।

लाइसेन्स बनाइदिने भनेर कटुवालले सुनसरीका दुईजना सेवाग्राहीबाट २०(२० हजारको दरले ४० हजार रुपैयाँ
घुस लिएको र गोप्य सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार सम्पर्क कार्यालय इटहरीका प्रमुख प्रेमप्रसाद भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

मुचुल्का उठाउने काम भइरहेको र उनीमाथि थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।


बिराटनगर, माघ १८ गते । २०७३, रातो तारा डट कम-
काठमाडौंका विभिन्न जिल्ला, राजधानी बाहिरका जिल्ला 
हरूमा सन्चालित इट्टाभट्टाहरूमा व्यापक बालस्रम राख्दै
आएको पाइन्छ । बालस्रम उलमुलन गर्ने सरकारको नीति भए पनि हुन सकेको छैन। 

काठमाडौंको भक्तपुर  जिल्ला कल्याण समितिले महानगरीय प्रहरी परिसर भक्तपुरको सहयोगमा इँटाभट्टामा काम गर्दै आएका आठ बालकको आज उद्धार गरेको छ।

चाँगुनारायण नगरपालिका–१७ झौखेलस्थित माता चिम्नी इँट्टा उद्योग र नगरकोट नगरपालिका–४ सुडालस्थित महेश्वरी इँटा उद्योगमा कार्यरत बालश्रमिकको उद्धार गरी एक गैरसरकारी संस्थाको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिलबहादुर सुवेदीले जानकारी दिनुभयो ।

उद्धार गरिएका बालक सल्यान,रोल्पा र दाङका छन् । तिनलाई परिवारमा पुनःमिलन तथा पुनःस्थापनाका 
लागि संस्थाको जिम्मा लगाइएको बताइएको छ । 


काठमाडौं, माघ १८ गते । २०७३, रातो तारा डट कम -
सरकारले निजामती कर्मचारीका सन्ततिलाई बिभिन्न विषयमा अध्ययनका लागि छात्रवृत्तिस्वरुप ५० करोड ७७ लाख रुपैयाँ वितरण गरेको छ ।

 छात्रवृत्ति कार्यक्रमका सुरुवातदेखि हालसम्म सात वर्षको अवधिमा कर्मचारीका दुई हजार चार सय २१ जना सन्ततिका लागि ५० करोड ७७ लाख २९ हजार रुपैयाँ वितरण गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले निजामती कर्मचारीलाई प्रोत्साहनस्वरुप तिनका छोराछोरीका लागि आर्थिक वर्ष ०६६/६७ देखि बिभिन्न विषयमा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

हालसम्म सबैभन्दा धेरै छात्रवृत्ति इन्जिनियरिङ पढ्ने एक हजार ३७ विद्यार्थीहरुले पाएका छन् ।

मन्त्रालयले आर्थिक वर्ष ०६६/६७ मा कर्मचारीका मेधावी सन्ततिका लागि एमबीबीएस, बीडीएस र इन्जिनियरिङ विषयमा छात्रवृत्ति प्रदान गरेको थियो । 

तर अहिले कृषि विज्ञान, पशुविज्ञान, आयुर्वेद, वनविज्ञान, व्यवस्थापन, नर्सिङ र विज्ञान विषय गरी १० विषयमा छात्रवृत्ति दिन थालिएको
 छ । नयाँ पत्रिका दैनिक


काठमाडौं, माघ १८ गते ।२०७३, रातो तारा डट कम -
७८ वर्षीय दुलाहा, ४३ वर्षीया दुलही । लौरो टेक्दै अघि लागेका श्रीमानको हात समाउँदै खुसी र उमंगसहित पछिपछि श्रीमती । जन्तीको लस्करमा थिए प्रमु्ख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानासहित दर्जनौं अधिकारकर्मी र स्थानीयको लर्को नै थियोे ।

अन्तर्जातीय र फरक उमेर बीचको प्रेम सम्बन्ध खुलेपछि गत पुस १ मा गाउँबाटै धपाइएका अर्वेनी ५ का लालबहादुर सुनार र साबित्रा न्यौपानेबीच बाजागाजाका साथ शनिबार दोस्रो विवाह भएको हो । अधिकारकर्मी र स्थानीयकै पहिलमा दम्पत्तिलाई पञ्चेबाजासहित पुनःस्थापना गरिएको हो ।
गाउँ निकालासँगै भत्काइएको उनीहरुको घर पनि स्थानीय समुदायबाटै निर्माण गरिएको छ । खरले छाएको पुरानो घर भत्के पनि अहिले टिनको छाना, दुई कोठा र शौचालयसहित चिटिक्कको घर पनि निर्माण भएको छ ।

लालबहादुर र साबित्रालाई स्थानीय राजनीतिक दलका प्रमुखसहित गाविस कार्यालयमै उपस्थित भएर छलफल गराई विवाह गरेको कागज गराएर गाउँमा बस्न नदिई निकाला गरिएको थियो । बाहुन परिवारकी महिला दलित वृद्धसँग लागेको आरोपमा सावित्राका भतिज चिन्तामणि न्यौपानेकै अगुवाइमा घर समेत भत्काउन लगाइएको थियो । 

प्रहरीमा सार्बजनिक अपराध अन्तर्गत निवेदन दर्ता भए पनि समाजमा पुनःस्थापित गर्ने दिनसम्म चिन्तामणि र गाविस सहायक झविलाल न्यौपाने फरारकै सूचीमा छन् ।
उजुरी परेका दुबै फरार रहे पनि कुनै न कुनै दिन पक्राउ पर्ने र कारबाही पनि हुने प्रजिअ ढुंगानाले बताए । कान्तिपुर बाट




सुनसरी, माघ १७ गते। रातो तारा डट कम-
सुनसरीको धरान-१५ स्थित पतन्जलीमार्गमा आइतबार छोराले छुरी प्रहारगरी बाबुको हत्या गरेका छन्।

धरान-१५ पतन्जलीमार्गमा बस्ने २२ बर्षिय साइमन कार्कीले उनकै बाबु ४४ बर्षिय अटुराज कार्कीलाई  दिउँसो २ बजे घरायसी बिबादहुँदा छुरा हानेको स्थानियले बताए।

 छुरा प्रहारबाट पेट र छातीमा गहिरो चोट लागेका कार्कीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा अपरान्ह ४ बजे मृत्यु भएको हो।

 छुरा प्रहार गरी हत्या गर्ने साइमन कार्की फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।



महोत्तरी, माघ १७ – महोत्तरी जिल्लाका स्वास्थ्य संस्था औषधि अभावमा सुनसान देखिन थालेका छन् । सरकारले स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहे पनि जिल्लाको अवस्था त्यस्तो छैन ।

गाउँका स्वास्थ्य संस्थामा न औषधि पाइन्छ, न सल्लाह दिने स्वास्थ्यकर्मी नै भेटिन्छन् । नियमित अनुगमन नहुँदा स्वास्थ्य संस्था बेकामेजस्ता भएका छन् ।

केन्द्र र क्षेत्रबाट औषधि नआएको स्थानीयस्तरमा खरिद गर्नुपर्ने औषधिको बोलपत्र पनि समयमा नगरेका कारण जिल्लामा तीन महिनादेखि औषधि अभावमा जिल्लाभरका ७६ स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा चहलपहल देखिँदैन ।

औषधि हुँदा दिनहुँ ती स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्ने गर्दथ्यो । तर औषधि अभाव र स्वास्थ्यकर्मीको अनुपस्थितिका कारण यहाँका स्वास्थ्य संस्थाबाट उपचार सेवा पाउन सर्वसाधारणलाई मुस्किल भएको छ ।

दैनिक सरदर तीन सय भन्दा बढी बिरामी आउने जिल्लाभरका स्वास्थ्य संस्थामा औषधि अभावसँगै बिरामीको सङ्ख्या पनि घट्दो छ ।



विराटनगर, माघ १७ गते । विराटनगर – १३ स्थित नाक
,कान, घाँटी सम्बन्धी डाक्टर डा. मदन कोइरालाका कर्तुतहरु एकपछि अर्को हुँदै सार्वजनिक हुन थालेका छन् । कोशी नर्सिङ होमका नामबाट व्यवसाय सञ्चालन गर्दै आएका डा. कोइरालाले नर्सिङ होमको बोर्ड कहिँ पनि राखेका छैनन् ।

आफ्नै निजी निवासमा नर्सिङ होम सञ्चालन गर्दै आएका कोइरालाले आफ्नो नामको बोर्डमा कोशी नर्सिङ होम उल्लेख गरे पनि त्यसलाई पछि मेटिएको छ ।
जसरी पनि पैसा कमाउने नाममा सर्वसाधारणसँग अनावस्यक रुपमा रकम असुल्ने डा. कोइरालाले आफ्नै निवासमा श्री ओम मेडिसिन सेन्टर, सगरमाथा ल्यावोरेटरी र एक्सरे सञ्चालन गर्दै आएका छन् ।

कोशी अञ्चल अस्पतालमा कार्यरत हुँदा नाक कान घाँटीमा यस क्षेत्रमा परिचित बनेका डाक्टर कोइरालाले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई अहिले आएर धन्दाका रुपमा विकसित गरेका छन् ।
कोइरालाका कर्तुतका बारेमा बुझ्न पाँच मिनेट मात्र उनको कथित अस्पतालमा बस्नुपर्छ, उनको पीडित विमारीसँगको ताण्डवलाई सहज अनुभूति गर्न सकिन्छ ।

 विरामी उनको कार्यकक्षमा प्रवेश गर्नासाथ नाक, कान, घाँटीसम्बन्धी जुनसुकै विरामीलाई पनि एकै प्रकारको परीक्षणहरु गराउने गरेका छन् । उनको अस्पतालमा रहेको सगरमाथा ल्यावोरेटरी नामक ल्यावमा परीक्षण गरिन्छ तर विल दिइँदैन । ल्याव टेक्निसियनका रुपमा रहेका विष्णु चौधरीले तपाईंको यति पैसा लाग्छ भनेर जथाभावि रकम लिने गरेका छन् ।

रिपोर्ट हेरेपछि डाक्टरले जथाभावि औषधिको सिफारिस गर्ने गरेका छन् । त्यसपछि आफ्ैले खोलेको श्री ओम मेडिसिन सेन्टरबाट औषधि लिन सिफारिस गर्छन् । विरामीले औषधि बाहिरबाट खरिद गर्छ कि भनेर औषधि आफूलाई देखाउन अह्राउँछन् । सबै खालका विरामीलाई आफ्नै औषधि पसलमा रहेको एकैखालको औषधि सिफारिस गर्नेगरेका छन् उनले । आफूकहाँ आउने विमारीलाई अत्यधिक कमिसन रहेको महँगो औषधि किन्न बाध्य बनाउने गरेका छन् ।

कतिपय सामान्य विमारीलाई पनि अप्रेसन गर्नुपर्छभनेर मानसिक रुपमा दबाब दिँदै रकम असुल्ने गरेको विराटनगर–१३ का पीडित केशव बस्नेत बताउँछन् । उनले आफ्नो छोरा समिरको कानमा समस्या भएपछि डक्टरलाई जचाउँदा तुरुन्तै अप्रेसन गर्न सुझाए । धरानस्थित विपी कोइराला मेमोरियल अस्पतालमा सामान्य कान सफा गर्दा नै ठीक भएको बस्नेतको भनाई छ ।

यस्तै, सप्तरीकी एक पीडितले घाँटीको समस्या भएर आएको, तर डाक्टरले नचाहिँदो ल्याव टेस्टलगायतको सिफारिस गरे । उनले अरु विमारीलाई दिने महँगा औषधि नै आफूलाई पनि सिफारिस गरेपछि आधा मात्र औषधि लिनु परेको उनले बताइन् ।

धनकुटाकी सुनिता नामकी एक महिला थाइराइडको समस्याले ग्रस्त भएपछि डाक्टरको सम्पर्कमा पुगिन्, पाँच वर्षदेखि उनले डाक्टर कोइरालाले सिफारिस गरेको औषधि सेवन गरिरहेको बताएकी छिन्। जति औषधि सेवन गरे पनि रोग विषेक नभएपछि अस्पतालमा भेटिएकी उनले डाक्टरले दुई महिना, चार महिनामा १५ देखि २० हजार रुपैयाँसम्म असुल्ने गरेको गुनासो सुनाइन् ।

डाक्टर कोइरालाको नर्सिङ होममा अधिकांश पीडित भारतीय रहेको पाइएको छ । भारतीय विमारीहरु उनै डाक्टरको कोपभाजनमा पर्ने गरेका छन् । फारविसगञ्जबाट उपचारका लागि कोइरालाको अस्पतालमा आएका मो. राइचले डाक्टरले जथाभावी महँगो औषधि लेख्नेगरेको आरोप लगाएका छन् । उनले भने‘भारु पाँच हजार रुपैयाँ लिएर आएको थिएँ, घर फर्किने भाडा पनि सकियो।’ छिमेकीहरुले डाक्टर कोइरालाको क्लिनिकमा नजान सल्लाह दिँदादिँदै पनि आएको भन्दै उनले दुखेसो पोखे ।

केही समयअगाडि उपचारार्थ डाक्टर कोइरालाको क्लिनकमा पुगेका इलामका एक पीडितले आफूलाई जथाभावी ल्याव टेष्ट गराउन लगाएर नचाहिँदो औषधि भिडाएपछि उनी पीडितको कोपभाजनबाट बालबाल बचेका थिए । बाथरुममा पसेर बाहिर ननिस्किएपछि उनलाई त्यहाँका स्टाफहरुले जोगाएका थिए ।

डाक्टर कोइरालाका यस्ता अनगिन्ती करतुतहरु रहेका छन् । उनले राजश्व समेत ठगी गर्दै गरेको सोही अस्पताल स्रोतले बताएको छ ।



वीरगञ्ज, माघ १७ । नेपाल भारतबीच रहेको खुल्ला सीमाको कारण भारतीय सेतो अन्डा भित्रिनाले बर्डफ्लुको संत्रास कायमै रहेको छ ।

बारा जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर, घोडादानालगायतका ठाउँबाट नेपाली नाका मटिअर्वा, कबैगोठ, सिम्रोनगढ, कचोर्वाबाट तस्करले व्यापकरुपमा भारतीय सेतो अन्डा ग्रामीण क्षेत्रको नेपाली बजारमा पु¥याउने गरेका छन् ।

बाराको फेटा बजारमा यस्तै भारतीय सेतो अन्डा खुलेआम रुपमा छ्यापछ्यापी बिक्रीको लागि राखिए पनि स्थानीय प्रहरी प्रशासन मौन रहेको छ ।

भारतबाट आयात भई नेपाल भित्रिने पक्षी तथा पक्षीजन्य पदार्थ अवैध रुपमा पैठारी नगर्न नेपाल सरकारबाट नेपाल राजपत्रमा सूचना प्रकाशित गरी पक्षी तथा पक्षीजन्य पदार्थ, पक्षी उत्पादन सामग्री, मासु उत्पादन, कुखुरा, मल, दाना औषधि आयातमा रोक लगाएको व्यवस्था गरिएको पशु क्वारेन्टाइन चेकपोस्ट वीरगन्ज विर्ताले जनाएको छ ।

‘निरीक्षण गर्ने पशु सेवा कार्यालय तथा पक्राउ गर्ने काम प्रहरीको हो । हाम्रो काम भने नष्ट गर्ने मात्र हो,’ पशु क्वारेन्टाइन चेकपोस्ट वीरगञ्ज विर्ताका प्रमुख डा हरेराम यादवले भने ।

बारा जिल्लामा कुखुराको अन्डा उत्पादन गर्ने फर्म सात वटा रहेको छ । वार्षिक एक करोड २९ लाख, ७४ हजार वटा अन्डा उत्पादन हुने बारा जिल्लामा वार्षिक रु १५ करोड ५६ लाख ८८ हजार मूल्य बराबरको अन्डा उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालय बाराले जनाएको छ ।

तर भारतीय अन्डा सस्तो भएकाले खुला सीमाको कारण भारतबाट व्यापक मात्रामा सेतो अन्डा आउने गरेको जिज्ञासा राख्दा पशु सेवा कार्यालय वाराका वरिष्ठ पशुविकास अधिकृत डा देवानन्दन साहले अनभिज्ञता प्रकट गर्दै आफूलाई थाहा नभएको बताए ।

सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीको आँखा छलि भारतबाट व्यापक मात्रामा सेतो अन्डा भित्रिने गरेकोबारे जिज्ञासा राख्दा सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराका सशस्त्र प्रहरी उपरीक्षक कुमार न्यौपानेले भने, ‘हामीले सीमा क्षेत्रमा कडाइ गरेका छौँ तर पनि कसरी सेतो अन्डा भित्रिन्छ, यसबारेमा छानबिन गर्छौं ।’

कतिपय व्यापारीले सेतो अन्डा ल्याई रातो रङमा रङ्गाएर नेपालको रातो अन्डा हो भनी बेच्ने गरेको समेत खुलासा हुन आएको छ ।

भारतमा बेलाबेलामा बर्डफ्लुका रोगी भेटिने गरेकाले नेपाल सरकारले भारतीय कुखुरा, अन्डा र कुखुराजन्य पदार्थको आयातमा रोक लगाए पनि भारतीय अन्डा नेपालमा भित्रिनु भनेको नेपाली जनता बर्डफ्लुको जोखिममा बाराबासी पर्नु हो भन्छन् बाराबासी । 


सुनसरी, माघ १७ गते।२०७३,रातो तारा डट कम -
सुनसरीको खनारमा प्रहरीको गोली लागि तीनजना घाइते भएका छन् । सुनसरीको दुहवी तथा मोरङको रंगेली र रानीमा एक महिनाअघि भएको डकैतीमा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गर्ने खोजिएको थियो । पक्राउ गर्ने क्रममा भागेपछि गोली प्रहार गर्दा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । गोली लागेर घाइते हुनेहरु लागुऔषध तथा हतियार कारोबारमासमेत संलग्न रहेको प्रहरीको दावी छ । क्षेत्रीय प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गर्ने क्रममा भागेकाले गोली हान्नुपरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताउनुभयो ।




बिराटनगर, माघ १८ गते  । २०७३, रातो तारा डट कम
घरेलु तथा सानाउधोग कार्यालय बिराटनगरले आ. व.०७३,०७४ को पुस मसान्त सम्ममा प्राइभेट फर्म दर्ता तर्फ ४४९,साइोदारी, ४४ प्रा. लि. तर्फ १६  फर्म दर्ता हुन आएका छन ।

त्यसैगरी,दर्ता नविकरण लगत कट्टा बाट साउन देखि पौष सम्ममा दस्तुर, अन्य शुल्क दण्ड जरिवाना, समेत गरी राजश्व रु ५६ लाख ५९ हजार ७७५,उठेको लेखा अधिकृत ओम प्रकास पराजुलिले जानकारी गराउनु भयो ।

नि. कार्यालय प्रमुख तथा प्रमुख उधोग अधिकृत सुसिला श्रेष्ठले दिएको जानकारी अनुसार साउन देखि पुस सम्म,उधोग फर्म प्रा. लि. साजेदारी, समेतको लगत कट्टा ९० भएका छन भने नविकरण २५८ भएको जानकारी गराउनु भयो ।




बिराटनगर,माघ १७ गते। २०७३, रातो तारा डट कम -
भोजपुरको चम्पे-५ बस्ने १९ बर्षिय डम्बर पुलामी मगर आइतबार करेन्ट लागेर गम्भिर घाइते भएका छन्।

हेलौछा-६ स्थित खेतमा काम गर्ने क्रममा दिउँसो २ बजे तिर अचानक विजुलीको तार छुनगई मगरलाई करेन्ट लागेको थियो। उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।




धरान, माघ १७  गते ।  २९७३, रातो तारा डट कम -
खुकुरी प्रहारबाट धरानमा एमाले। निकट युवा संघका धरानका इन्चार्ज दिवस राई सख्त घाइते भएका छन् । हिजो राति ८ः३० बजेको समयमा धरान १८ शिवमार्गमा रहेको तास घर अगाडि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सन्तोष विकको समूहले खुकुरी प्रहार गर्दा राई सख्त घाइते भएका हुन् ।

घाइते राईको पछाडिपटी गर्धन, नाक र दाहिने हातमा गहिरो चोट लागेको छ । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकष्मिक कक्षमा उपचारभइरहेको छ । राईसंगै आक्रमणमा परेका मिलन राईको भने अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

घाइते राईको अवस्था सुधारन्मुख भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले जानकारी दिएका छन् । माघ १० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको टेक्सन फुड कर्नरमा सुमित तामाङ र मनोज लिम्बुबीच झगडा परेको र सोही झडलाई मिलाउने क्रममा दुवैपक्षबीच झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् ।


 घट्नामा संलग्न रहेको भन्दै सन्तोष विकललाई प्रहरीले प्रक्राउ गरी अनुसन्धान गरिरहेको छ । यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

तेह्रथुम, माघ १७ गते । २०७३, रातो तारा डट कम -
गाउँका १२ घर एकै वर्ष बसाइँ सर्दा तेह्रथुमको आङ्दिम–१ स्थित सिंहदेवी प्राविमा यो शैक्षिक सत्रमा विद्यार्थी भर्ना सङ्ख्या शून्य भएको छ । विद्यार्थी नभएपछि चालु शैक्षिक वर्षका पहिला चार महिना शिक्षकले विद्यार्थी पर्खिदैमा बिताएका छन् । कक्षा–३ सम्म पठनपाठन हुने सो विद्यालयमा गत शैक्षिक सत्रमा १७ जना विद्यार्थी थिए ।

विद्यालयमुनिको एक गाउँका करिब १२ परिवारले यही वर्ष गाउँ छाडे, प्रधानाध्यापक वुद्धि निरौलाले भने– धेरै बच्चा त्यही बस्तीका थिए, बाँकी विद्यालयमाथिका केही बच्चा पनि अङ्ग्रेजी माध्यमको खोजीमा बोर्डिङ भर्ना भएपछि कोही पनि भर्ना हुन आएनन् । उता थोक्लुङ–७, कर्कलेको सिंहवाहिनी प्राविमा पनि बसाइँसराइका कारण विद्यार्थी सङ्ख्या शून्य जस्तै भएको शिक्षिका उमादेवी गोलेले बताइन् । गत शैक्षिक सत्रमा सात विद्यार्थी रहेको सो विद्यालयमा अहिले घटेर एक जना मात्र भर्ना भएका छन् ।

सदरमुकाम म्याङलुङ नजिकै हलिमेलामा रहेको जनता प्राविमा पनि यो वर्ष कोही पनि विद्यार्थी भर्ना हुन आएनन् । दुई वर्षअघि नै बन्द हुन लागेको विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाइ सुरु गरेपछि विद्यार्थी बढेका थिए, प्रधानाध्यापक उद्धव लामिछानेले भने– तर यो वर्ष निजी विद्यालयले सवारी सुविधा थपेर सबै विद्यार्थी सदरमुकाम नै ताने । कक्षा–३ सम्म पढाइ हुने सो विद्यालयका ३५ बढी विद्यार्थी अहिले सदरमुकामका बोर्डिङमा पढ्छन् । 

लालीगुराँस नगरपालिका–३ को सिंहदेवी प्राविमा पनि यो शैक्षिक सत्रमा पाँच जना मात्रै विद्यार्थी भर्ना भएका छन् । यस्तै म्याङलुङको आदर्श प्रावि, ओख्रेको भारती प्रावि र तम्फुलाको जलकन्या प्राविमा पनि विद्यार्थी सङ्ख्या १० भन्दा कम छ । जिल्लामा १५० बढी प्राथमिक विद्यालय छन् । तर तीमध्ये अधिकांश विद्यालयमा ५० जनाभन्दा बढी विद्यार्थी छैनन् । यस्तै जिल्लाका ३० बढी निमाविमध्ये १०० भन्दा बढी विद्यार्थी भएका विद्यालय कम मात्रै छन् । 

जिल्लामा पछिल्ला वर्षमा अङ्ग्रेजी माध्यमको आकर्षण र सामुदायिक विद्यालयको गिर्दो शैक्षिक गुणस्तरका कारण सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन् । सामुदायिक विद्यालयमा पनि अङ्ग्रेजी माध्यमको शिक्षा सुरु भएका विद्यालयमा भने विद्यार्थी सङ्ख्या उति धेरै घटेको पाइँदैन । कतिपय सामुदायिक विद्यालयका शिक्षक आफ्नो पेसाप्रति त्यति धेरै उत्तरदायी भएको पाइँदैन ।

बरु सामुदायिक विद्यालयकै शिक्षकको अगुवाइमा जिल्लामा केही निजी विद्यालय खोलिएका छन् । अझ कतिपय सामुदायिक विद्यालयका शिक्षकका नानीहरु नै बोर्डिङमा पढिरहेका छन् । राज्यले अर्बौं रुपैयाँ शैक्षिक क्षेत्रमा लगानी गरे पनि अभिभावक भने कमजोर भौतिक पूर्वाधार, अर्धदक्ष शिक्षक र महँगो शुल्कका बीच राम्रो नतिजाका लागि निजी विद्यालय नै धाउन बाध्य छन् ।

सामुदायिक विद्यालयमा खस्कँदो नतिजा तथा समय र माग अनुसारको शिक्षा प्रदान गर्ने वातावरण बनाउन नसक्दा विद्यार्थी सङ्ख्या घट्दै गएको विद्यालय व्यवस्थापन समिति सङ्घका जिल्ला अध्यक्ष अर्जुन तुम्बाहाम्फे बताउछन् ।

गत शैक्षिक सत्रमा पनि जिशिकाले थोक्लुङको मिलन प्रावि, ओयाक्जुङको दिपलहर प्रावि, तम्फुलाको श्रीजंगा प्रावि, सम्दुको विद्या प्रावि, म्याङलुङको कालिका प्रावि, तम्फुलाको लक्ष्मी प्रावि र सुङनामको जनता प्रावि तथा सोल्माको सिंहदेवी प्रावि पूर्णरुपमा बन्द गरेको थियो ।



काठमाडौं, माघ १६ गते । २०७३, रातो तारा डट कम -
भक्तपुरमा सञ्चालित इँटाभट्टाको कालो धुवाँले पछिल्लो समयमा यहाँको प्रदूषण अत्यधिक बढेको छ । प्रदूषण बढ्दा भक्तपुरमा विभिन्न रोगका बिरामी समेत बढेका छन् । जिल्लामा सञ्चालित ६२ वटा इँटाभट्टाले कालो धुवाँ फाल्दा यहाँका बस्तीसमेत कालाम्मे हुने गरेका छन्।

प्रदूषणका कारण तरकारीलगायत नगदे बालीको उत्पादनसमेत निकै घटेको छ भने तरकारीका पात तथा काउलीमा कालो लेदो जम्ने गर्दा तरकारीको बिक्री समेत घटेको बताइएको छ ।

धोएर सुकाएको सेता लुगा कालो हुने गरेको गुनासो स्थानीयबासीको छ । भूकम्प अघि चिम्नी अग्लो हुँदा प्रदूषण केही घटे पनि भूकम्पपछि भत्किएका सबै इँटाभट्टाको चिम्नी आधा ओट्याएर सानो बनाएपछि कालो धुवाँ जमिनको सतहमै फैलिने हुँदा समस्या सिर्जना भएको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलका अर्जुन कार्कीले इँटाभट्टाको कालो धुवाँले श्वास फेर्नै गाह्रो हुने बताउँदै इँटाभट्टाले कोइला हाल्दा सिधँै कोइला बलेको गन्ध आउँदा गाउँमा बिरामी बढेको बताए ।

सूर्यविनायक नगरपालिका चित्तपोलका सुुमन थापाले भन्नुभयो–“समथर जमिनमा इँटाभट्टा सञ्चालन भएका छन्, भट्टाका धुवाँ सिधैँ गाउँभरी फैलिन्छ, बिहान उठ्ने वित्तिकै कोइलाको गन्ध लिएर श्वास फेर्नुपर्छ, घरको छानोदेखि लुगासम्म कालाम्य हुनेगर्छ ।”

चाँगुनारायण नगरपालिका झौखेलका राजाराम श्रेष्ठले इँटाभट्टाको धुवाँले तरकारी उत्पादन घट्नुका साथै बजार नपाएको गुनासो गर्नुभयो । इँटाभट्टाको धुवाँ तरकारीमा पर्ने र बिहानको शीतले कालो धुवाँ तरकारीको पात एवम् काउलीलगाउतको गोभीमा जम्ने गर्दा तरकारीको बिक्री नै घटेको बताउनुभयो ।

चाँगुनारायण दुवाकोटका शिवहरी शर्माले तरकारीमा कालो लेदो जम्ने गरेकाले तरकारी खान र बिक्री गर्न नसकेको बताउँदै तरकारीको उत्पादन समेत घटेको गुनासो गर्नुभयोे ।

भक्तपुर जिल्ला अस्पतालका अनुसार धुवाँकै कारण दमको बिरामी बढेका छन् । पछिल्लो समयमा छाती दुख्ने, दम बढ्ने, नियमित खोकी लाग्ने, टाउँको दुख्ने जस्ता निकोटिनका कारणबाट देखिने रोगका बिरामी बढेको अस्पतालले जनाएको छ । 

भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातीभाइ ह्याम्बाले घरेलुमा दर्ता भएर नियम सङ्गत रुपमा सञ्चालित इँटाभट्टाले कालो धुवाँ नफाल्ने गरेको दाबी गरे । अवैध रुपमा सञ्चालित केही इँटाभट्टाले मापदण्ड पूरा नगर्दा कालो धुवाँ फालेको हुनसक्ने बताउँदै उहाँले अन्य इँटाभट्टाले कालो धुवाँलाई प्रशोधन गरेर फाल्ने प्रविधिसमेत जडान गरेकाले समस्या नआएको बताउनुभयो ।

इँटाभट्टाको अनुगमन गर्ने निकायका रुपमा रहेको जिल्ला घरेलु तथा साना उद्योग कार्यालय एवम् सम्बन्धित नगरपालिकाले भने यसबारेमा कुनै चासो नदिएको स्थानीयवासीको गुनासो छ । रासस



काठमाडौं, माघ १७ गते । २०७३, रातो तारा डट कम-
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि करिब १३ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । यो यातायात र सुरक्षा खर्चबाहेकको अनुमानित बजेट हो ।

आयोग स्रोतले दिएको जानकारीअनुसार निर्वाचन आयोगमा दर्ता भएका एक सय १२ दलले नै निर्वाचनमा सहभागी हुने अवस्था आएमा मतपत्र लामो हुनेछ र खर्च बढ्नेछ ।

निर्वाचनका लागि आन्तरिक तयारी भने तीव्र रूपमा अगाडि बढाएको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी
दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवबीच आइतबार स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नेबारे छलफल भएको छ । 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले वैशाखको अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने तयारी भइरहेकाले आयोगलाई आन्तरिक तयार तीव्र बनाउन आग्रह गरेका थिए । 

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारले तयारी गरिरहेकाले प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चासँग सोमबार छलफल गर्दै छन् । माघभित्र संविधान संशोधन गर्न दबाब दिई आन्दोलनको चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेतालाई छलफलका लागि बोलाएका हुन् ।
नयाँ पत्रिका दैनिक



बिराटनगर, माघ १६ गते । रातो तारा डट कम -
देशमा बिस्वभन्सार दिवस मनाइरहँदा बिराटनगर रानी भन्सारले चै यो पटक सवै भन्दा महँगो भन्सार दिवस
चन्दा उठएरै मनाएकोछ।

धेरै खर्चिलो र तड्कभड्कका साथ मनाइएको अन्तराष्ट्रिय  भन्सार दिवस कामको प्रकृति हेरी भन्सार कार्यालयले  बिभिन्न भन्सार एजेन्ट हरुलाई जबर्जस्ती कानुनको खिल्ली उडाउदै खर्चको ठाडो आदेश सहित जिम्मेवारी दिएको सन्दर्भमा एक एजेन्टले भने ‘‘भोली यहिँ काम गर्नु पर्छ
दिएको जिम्मेवारी पुरा नगर्रौ कालो सुचिमा पर्ने डर गर्रौ
भने अत्याधिक खर्चिलो दिएकोले काम पुरा गर्न अत्यान्तै
कठिन भएकोले यो सैलिको बिरोध भाको हो भनेर
बताएकछन।

बिस्व भन्सार दिवस लागिरहँदा भन्सारकार्यालयले दिएको कोटा र दायित्व पुरा गर्न  एजेन्टहरु कागजमा एजेन्टको नाम
र रकम असुलीमा ब्यस्त देखिन्थे भने स साना औद्योगीक प्रतिनीधि,खुद्राब्यापारी तथा एजेन्टहरु लिष्ट बोकेका मानिस देख्न साथ बिराटनगर रानी भन्सारमा भाग भाग गरेको देख्न
सकिन्थ्यो भन्छन् सेवाग्राहीहरू ?

सरोकारवालाहरु संग कुनै छलफल नै नगरी एक तर्फि ढंगबाट सिमित ब्याक्तिहरु मार्फत संञ्चालित बिस्व भन्सार दिवसका बिभिन्न कार्यक्रमहरु रक्तदान, ब्याटमिन्टन, फुट्बल, पुरस्कार बितरण, बिभिन्न संघ संस्थालाई आर्थिक सहयोग लगायतका कार्यक्रममा सम्बन्धित भन्दा गैर संम्बन्धित ब्यक्तिहरुको ठुलो जमघट र रजाई कार्यक्रममा देखिएको थियो ।

संञ्चारकर्मीलाई समेत कुनै आधिकारिक जानकारी नगराएको उक्त कार्यक्रममा ब्याक्तिगत सम्बन्धका आधारमा आ -आफ्ना मानिसहरू मात्र बोलाको जस्ता केहीलेे आरोप लगाएका
छन।

भन्सार दिवस कार्यक्रम सफल बनाउने नारा लगाउँदै खानपानमा मात्रै लाखौ रुपैयाँ आफुहरूले खर्चिन बाध्य भएको  तर उक्त खर्च कहाँ बाट मिलान गर्ने भन्ने बिषयमा एजेन्टहरु अहिले आफै अन्योलमा परेको परेको भन्दै यो सैलिको व्यापक बिरोध गरेका छन, हाल बिरो हुदैछ ।

 त्यसोत एजेन्टहरुले भन्सार दिवस मनाउन पाउनु आफैमा स्वागतयोग्य कुरा भए पनि यो वर्ष आफुहरुलाई आर्थीक भार र मानसिक त्रासमा बसेर भन्सार दिवस मनाउन र कार्यक्रम   गर्न बाध्य गराइएको भन्दै बिरोध गरिएको स्रोतले जानकारी गराएकोछ। यस्तो बिबाद हुदा रास्व प्रशासन अख्तियार, भन्सार बिभागले छानबिन र कार्यवाही थाल्नु पर्दैन भन्छन
सेवाग्राही जनता।



काठमाडौं, माघ १६ गतेे । रातो तारा डट कम -
परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय अनुसार कक्षा १२को परीक्षा आगामी वैशाख १० गतेदेखि सुरु भई वैशाख २२ गते सकिने छ । भने कक्षा ११को परीक्षा वैशाख २४ गतेदेखि सुरु भई जेठ ३ गतेसम्म सञ्चालन हुनेछ ।

२०७४ सालको वाषिर्क परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आगामी माघ मसान्तभित्र परीक्षा आवेदन फाराम भरिसक्नुपर्ने छ । उक्त समयसम्ममा छुटेका परीक्षार्थीले थप शुल्कसहित फागुन १५ गतेसम्म आवेदन फारम बुझाउन सक्नेछन् ।
राष्ट्रिय परीक्षा बोर्डद्धारा ११ र १२ कक्षाको परीक्षातालिका सार्वजनिक




बिराटनगर, माघ १५ गते ।
ताप्लेजुङ । सांसद वाङ्दी शेर्पाले सरकारी कर्मचारीलाई ढोका थुनेर कुटेका छन् । गाविसको तथ्याङ्क संकलनका लागि खटिएका पशुसेवा कार्यालयका कर्मचारी भीम घिमिरेलाई माओवादी संसद शेर्पाले कुटेका हुन् ।

शुक्रबार खेजेनिम गाविस पुगेका घिमिरे सांसद शेर्पाको घरमा तथ्यांक संकलन गर्न पुगेका थिए । शेर्पाले परिचय पत्र माग्दै आफूलाई नियन्त्रणमा लिई कोठामा थुनेर कुटपिट गरेको घिमिरेले बताए।

आफूसँग परीचय पत्र नभएको बताउँदा ‘यस्तो पनि कर्मचारी हुन्छ’ भन्दै कुटपिट गरेको र आफूले टेलिफोन गरी प्रहरी र सामाजिक परिचालकलाई जानकारी गराएपछि मात्रै छाडेको  घिमिरेले बताए।

स्थानीयले पनि सांसदले कर्मचारीलाई २र३ घण्टा नियन्त्रणमा लिर्इ कुटपिट गरेको पुष्टि गरे।
तर, संसद शेर्पाले भने आफूले घिमिरेलाई परिचय पत्र नबोकी किन हिँडेको भनेर सोधपुछ मात्रै गरेको दाबी गरेका छन् ।

घटनापछि जिल्ला प्रहरी कार्यालयले संसद शेर्पा र कर्मचारी घिमिरेलाई मिलापत्र गराएको छ । कर्मचारीले परिचय पत्र नबोकेको र संसदले पनि कर्मचारीसँग भनाभन हुँदा धकेलेको हुन सक्ने भएकाले दुबैको सहमतिमा घटनालाई मिलाइएको प्रजिअ नरबहादुर खड्काले बताए ।

घटनालाई मिलाउन आधिकारिक कर्मचारी ट्रेड युनियनका जिल्ला अध्यक्ष रामचन्द्र नेपालसहित प्रमुख जिल्ला अधिकारी साँझ जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।


महोत्तरी माघ १६ गते ।
भारतले महोत्तरीमा भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको हो।जिल्ला प्रशासन कार्यालय, महोत्तरीका अनुसार भारतीय पक्षले मटिहानी गाविस–८ स्थित दसगजा क्षेत्रमा ७ दशमलव ३१ मिटर दसगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको हो।

सीमाक्षेत्रको दसगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तर्रा्ष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतीय पक्षले मटिहानी र मधवापुरको बीचमा दसगजा मिचेर पक्की संरचना निर्माण गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताउनुभयो ।

भारतीय पक्षले दसगजा मिचेर भौतिक संरचना निर्माण गर्न लागेको सम्बन्धी गत पुस २३ गते नै जानकारी पाएपछि सशस्त्र बेस क्याम्प मटिहानीले सो संरचनाको विरोध गरी काममा अवरोध खडा गर्दै रोक लगाएको थियो।



बिराटनगर, माघ १६ गते । रातो तारा डट कम -
सामसुङले आफ्नो नयाँ संस्करणको ग्यालेक्सी स्मार्टफोन, ग्यालेक्सी एस एट फेब्रुअरीमा लञ्च गर्ने अनुमान गरिएको 
छ । ग्यालेक्सी एस एट सार्वजनिक हुने मिति नजिकिँदै जाँदा यसका फिचर्सहरुका बारेमा विभिन्न खुलासा तथा अड्कलबाजीहरु चलिरहेका छन् ।

ग्यालेक्सी प्रयोगकर्ताका लागि यस्ता अनुमान तथा खुलासाहरुले झनै हुटहुटी पैदा गर्छन् र उपभोक्ताहरु नयाँ स्मार्टफोन प्राप्त गर्न व्यग्र प्रतीक्षामा रहन्छन् । विभिन्न श्रोतहरुका अनुसार सामसुङको ग्यालेक्सी एस एटमा निम्न फिचर्स हुनेछन्:

समाचारअनुसार ग्यालेक्सी एस एट डिस्प्लेका हिसाबले दुई भेरिएन्ट्समा उपलब्ध हुनेछ । एउटा ५.५ इन्च तथा अर्को ६.२ इन्च । यो डुअल कर्व्ड स्कृन डिजाइनका साथ आउनेछ ।
सामसुंग ग्यालेक्सी एस एटमा आइरिस स्क्यानर पनि हुनेछ । ग्यालेक्सी सेभेनमा पनि यो फिचर थियो । 

तथापि एस एटमा भने फ्रन्ट क्यामरामै आइरिस स्क्यानर हुनेछ। लाग्छ नोट सेभेनबाट सामसुंगले सिकेको छ । त्यसैले एस एटमा हिट पाइप्स सपोर्ट गर्ने फिचर रहने अनुमान गरिएको छ ।

 डुअल कर्व्ड  डिस्प्ले रहने एस एटले क्यूएचडी रिजोलुसन सपोर्ट गर्नेछ ।
· एस एटमा ४ जिबीको र्‍याम हुने बताइएको छ ।
· यसमा मुख्य क्यामरा १२ मेगापिक्सेलको हुनेछ ।
 यसअघि मुख्य क्यामरा नै दुईवटा हुने समाचार आएका थिए एजेन्सी




युवराज ठकुरी/सिंहदेवी,मोरङ, माघ १६ गते ।
रातो तारा डट कम -मोरङको विकट पहाडी गाविस वारङ्गी-९फुर्केटारमा मिनि हाइड्रोपावर सन्चालनमा आएपछि गाउँ नै झलमल्ल भएको छ।

गाविसमा विधुत बिस्तार नभए पनि गाविसको वडा न-९मा मिनि हाइड्रोपावर वैकल्पिक उर्जा व्यवस्थापनको सहयोगमा सन्चालनमा आए पछि विजुलीको आवश्यकता पुर्तिहुनुको साथै आकर्षण पनि थपिएको छ।१३किलो वाटको मिनि हाइड्रोपावरबाट उत्पादित बिधुतले ४५घरधुरी लाभान्वित भएको श्रीजङ्गा प्राविका शिक्षक हेमचन्द्र लिम्बूले बताए।
मिलेको वस्तीमा अवस्थित उक्त वडाको अर्को आकर्षणको रुपमा टुक्चुवा झरना पनि एक हो।

धनकुटा जिल्लाको वसन्तटार-१,मोरङ जिल्लाको सिंहदेवी-३ र वाराङ्गी-९,फुर्केटारको सङ्गम स्थलमा रहेको टुक्चुवा झरनाको आकर्षण बिस्तारै बढ्दै गरेको सिंहदेवी-३का राजेन्द्र लिम्बूले बताए।

६०/६५फिट अग्लो उक्त झरना सदावहार झरिरहने र त्यहाँ रामनवमीको दिन वीससय पुजा गर्ने गरिएकाले पनि त्यसको छुट्टै महत्त्व भएको लिम्बूले बताए।धनकुटा वसन्तटार,मोरङ सिंहदेवी र मोरङ वाराङ्गीका श्रदालुभक्त जनहरुको बाक्लो उपस्तिथिमा बीस सय जीवहरु बलिदिएर त्यस झरनामा पुजाआजा गर्ने चलन रहेको राजेन्द्र लिम्बू बताउँछन।

धनकुटा वसन्तटार गाविसले यसै वर्ष झरनाको विकासमा योजना छुट्याएको र त्यहीँ झरनाको आसपासमा मन्दिर बनाउन वाराङ्गीका वासिन्दा लागिपरेका छ्न।त्यसैगरी सिंहदेवी-३,फाइबादेखी वाराङ्गी जोड्ने योजना पनि रहेको हेमचन्द्र लिम्बूले बताए।

 त्यस क्षेत्र  प्रचारप्रसारको अभावमा ओझेल परेता पनि पर्यटकीय विकास गर्न वाराङ्गी-९फुर्केटारमा होमस्टे सन्चालन गर्ने अन्तिम चरणमा पुगेको पनि लिम्बूले बताए।

मोरङको लेटाङ बजार देखि कच्ची बाटो हुँदै त्यहाँ सम्मको यात्रा गर्न सकिने र झरना पुग्न धनकुटा वसन्तटार,मोरङको सिंहदेवी-३देखि१घन्टा पैदल र फुर्केटार गाउँदेखि १५/२०मिनेट पैदल यात्रा गरे पछि पुग्न सकिन्छ।


मोरङ, माघ १६ गते। रातो तारा डट कम -
पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको सुन्दर-दुलारीमा शनिबार साँझ साढे ६ बजे सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ।

को २ त ४३४६ नम्बरको ट्याक्टरले सुन्दर-दुलारी-६ बलिया चौकमा को १८ प ९३२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने ३० वर्षिया लक्ष्मी चौधरीको उपचारकाक्रमा मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी महिलाको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा शनिबार राती ८ बजे मृत्यु भएको छ। दुर्घटनामा संलग्न ट्याक्टर र चालक प्रहरी चौकी गछियामा राखिएको छ।



यमबहादुर ठकुरी/सिंहदेवी,मोरङ, माघ १६ घते । २०७३,
रातो तारा डट कम - बिस्तारै पुर्वान्चलको पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गरेको उत्तरी मोरङको पहाडी गाविस सिंहदेवीको एक मात्र माध्यमिक विद्यालय कल्याणकारीले फागुन तेह्र गते स्वरण महोत्सव भव्यताका साथ मनाउदैछ।

दिलीप ठकुरीको संयोजकत्वमा ५७सदस्यीय मुल समारोह समिति र १३वटा उपसमिति गठन गरि स्वर्ण महोत्सव मनाउने तयारीमा जुटेको विद्यालयका प्रधानाध्यापक वसन्तकुमार खाण ठकुरीले बताए।

सङ्क्षिप्त ऎतिहासिक पृष्ठभूमि:-
वि.स.२०२३सालमा स्थापना भएर समयको माग र परिस्थितिलाई मध्यनजर राख्दै १३जना विद्यार्थी र ३/४जना शिक्षकसगै अस्तित्वमा आएको कल्याणकारीको शुरूवाती अवस्था अत्यन्तै नाजुक थियो।२०२३सालमा तत्कालीन समितिका अध्यक्ष खड्गबहादुर शाहीको कार्यकालमा कल्याणकारीले प्राथमिक विद्यालयको रुपमा औपचारिकता पाएको हो।

विद्यालयले मान्यता पाएपछि शिक्षक ,विद्यार्थी र अभिभावक मात्रै होइन सिंहदेवीवासीकै खुशीको सीमा नै रहेन।
त्यसै गरि क्रमशः २०३९सालदेखि निमावि पनि सन्चालन हुन थालेको तर त्यतिले मात्रै यहाँको शैक्षिक आवश्यकता पूरा नहुने ठानी २०५३सालदेखि प्रस्तावित माविको रुपमा सन्चालन हुन थालेको विद्यालयका प्रअ खाण ठकुरी बताउँछन।यसले केही मात्रामा भए पनि त्यहाँको शैक्षिक आवस्यकतालाई परिपुर्ति गर्ने काम गरेको अभिभावकहरु बताउँछन।त्यतिबेला अध्यक्ष र प्रअमा क्रमशः पृथ्वीराज खाणठकुरी र केवलराम दङ्गाल रहेका थिए।

प्रस्तावित मा.वि.भएपछि २०५५सालमा राम्रै नतिजा ल्याउन सफल भए पनि पछिल्ला वर्षहरुमा भने एसएलसीको नतिजा सन्तोषजनक आउन नसकेको शिक्षकहरु बताउँछन।
प्रस्तावित मावि भएकाले निजी स्रोतमा अभिभावकहरुबाट चन्दा सङ्कलन गरेर चलाउनु पर्ने बाध्यताका कारण,शिक्षकहरु फेरबदल भइरहने समस्याले पनि विद्यार्थीको पढाइमा सुधार आउन सकेन।

 हाल:-
अहिले भने विद्यालयमा मावि र निमाविमा स्थायी दरबन्दी परेकाले,शिक्षक,विद्यार्थी र अभिभावकहरुले उक्त समस्याप्रति देखाएको चासोका कारण विद्यालयको सम्पुर्ण पक्षमा सुधार आउने कुरामा अभिभावकहरुमा आशा पलाएको छ।
हाल शिक्षक सङ्ख्या १२ जनाविद्यार्थी  २९५ जना रहेको विद्यालयले जनाएको छ।


बिराटनगर, माघ १६ गते । रातो तारा डट कम -
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश र न्यायलय 
को कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै इजलास बहिष्कारसम्मको विरोधका कार्यक्रम घोषणा गरेको 
कुरा जानकारी गराएको छ।

बारको यो घोषणासँगै न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधीश कार्कीले उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्त गरेपछि सुरू भएको बार–वेञ्च बिचको द्वन्द्व उत्कर्षमा पुगेको भए पनि यसलाई बेलैमा समाधानको बाटो खोज्नु राम्रो हो, जनताले भन्दैछन् ।

नेपाल बारले न्यायपरिषदका दुईजना सदस्यको अनुपस्थितिमा एकलौटी र गैरकानुनी ढंगले न्यायाधीश नियुक्त गरेको भन्दै चिडिएको बारले प्रधानन्यायाधीशले निर्देशित न्यायपालिका बनाएको संघीन आरोपसमेत लगाएको छ । 

उसले राजनीतिक दलको सिफारिसमा न्यायाधीश नियुक्ति गरेकोतर्फ संकेत गर्दै प्रधानन्यायाधीश कार्की नेतृत्वको न्यायपालिका निर्देशित भएको ठहरसमेत गरेको छ । वारले प्रधानन्यायाधीश उपस्थित सवै कार्यक्रम बहिष्कार गर्नेदेखि लिएर इजलास बहिष्कारसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको हो ।

प्रधानन्यायाधीशका मात्र नभई सर्वोच्च अदालतले गर्ने सवैखाले कार्यक्रम वहिष्कार गर्ने नेपाल बारको निर्णय छ ।
त्यसैगरी बारले संवैधानिक इजलास गठनमा बेवास्ता गरेको भन्दै सो इजलास गठन नभएसम्म बारले विशेष खाले मुद्धामा पठाएका एमिकस क्युरी (अदालतका सहयोगी वकिल) लाई समेत बहसमा नजान निर्देशन दिएको छ ।



काठमाडौं, माघ १६ गते । रातो तारा डट कम -
ढल्केबर मुज्जफपुर अन्तरदेशीय प्रशारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएपछि नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम २५ मेगावाट मात्रै बिजुली ल्याउने भएकाे छ ।

यसअघि विद्युत् प्राधिकरण र भारतको नोडल एजेन्सी एनभिभिएन विद्युत् व्यापार कम्पनी लिमिटेडबीच अन्तरदेशीय प्रशारण लाइनबाट थप ८० मेगावाट बिजुली खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो ।

पुस १७ देखि ४० मेगावाट र माघ १९ गतेदेखि ४० मेगावाट गरी ८० मेगावाट बिजुली ल्याउन सम्झौता भएको थियो । 
तर वुधबारदेखि २५ मेगावाट मात्र बिजुली थप हुने प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

भारतबाट तीन सय ५५ मेगावाट बिजुली आयात भएकोमा बुधबारबाट २५ मेगावाट थपिएर तीन सय ८० मेगावाट पुग्ने 
छ । गत बर्ष तीन सय ४७ मेगावाटसम्म बिजुली आयात भएको थियो ।

नदीको पनी घटेर बिजुली उत्पादनमा केहि कमि आएपनि पछिल्लो समयमा माग नबढेकाले लोडेडिङव्यवस्थाप हुनेमा प्राधिकरण ढुक्क छ । nepali news bat


यहि मिति २०७३ साल माघ १९ गते बुधवार बसन्त पंचमीका
दिन देखि हाम्रो पाठशाला पूर्व प्राथमिक ‍‌‍‌विधालय,मन्टेस्वरी
Play Group,Nursery,L.K.G.र U.K.G.को लागि
नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ ।

साथै श्रीपंचमीका दिन बिधार्थीहरुको महान पूजा सरस्वती पूजा समारोह रहेको हुँदा उक्त शुभ अवसरमा सबैजना उपस्थित हुनाका लागि यहाँहरुलाई हार्दिक निमन्त्रणा गर्दछौ ।

हम्रो पाठशाला पूर्व प्रथमिक बिधालय, मन्टेस्वरीमा बालबालिकाहरुलाई आवस्यक सुबिधा उपलब्द
भएको जानकारी गराउदै, भर्ना हुन आउने बिधार्थी
ह्ररूलाई बिषेश छुटको व्यवस्था भएको जानकारी
गराउँछौ ।

प्रिन्सिपल
हाम्रो पाठशाला पूर्व प्राथमिक बिधालय, मन्टेस्वरी
बिराटनगर - ११, शान्ति चोक,
निर्मल जल छेउ ।
मोवाइल  नं  ९८०५३४५३९८, ९८४२०३११५४, ९८१९३५७११०,



विराटनगर, माघ १५् गते । रातो तारा डट कम -
पहिलो पटक नेपाल र भारतमा संयुक्त रुपमा आयोजना गरिएको कार र्यालीको तयारी पुरा भएको छ । विराटनगरदेखि भारतको सिलीगुडीसम्मको प्रथम इन्डो नेपाल कार र्याली आयोजना हुदैछ ।

 सिलिगुडी लायन्स क्लव आफ सिलिगुडी ग्रेटर फेमिनाको आयोजना एव लायन्स क्लव अफ डिस्ट्रीक ३२५ ए वान नेपालको संयोजनमा कार र्याली हुन लागेको हो । सिलिगुडीको सिटी सेन्टरवाट विहान ८ वजे शुरु हुने कार र्याली काकडभिट्टा, दमक, उर्लाबारी, रंगेली हुदै विराटनगर रुट तय गरिएको लायन्स क्लव अफ डिस्ट्रीक ३२५ ए वानका प्रथम भाईस डिस्ट्रीक गर्भनर लीला ढुंगेलले जानकारी दिनुभयो ।

कार प्रतियोगितामा १ सय ३९ किलो मिटर दुरी पार गरी विराटनगरमा आएर दिउँसो १ वजे समापन हुने बताउनुभयो । कार र्यालीमा ४० जना महिला चालक प्रतिस्पर्धामा उत्रिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ ५ जना नेपाली चालक रहने छन् ।’

समापन कार्यक्रममा लायन्स क्लवका इन्टरनेशनल डाईरेक्टरको पनि सहभागिता रहने उहाँको भनाई छ । कार र्याली प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश भारतीय रुपैया ५० हजार २५ हजार र १० हजार प्राप्त गर्ने छन ।






बिराटनगर, माघ १५  गते  ।  रातो तारा डट कम -
इलाका प्रशासन कार्यालय  सोलुखुम्बुको सोताङमा कार्यालय प्रमुख नहुँदा सेवा ठप्प भएको छ । विसं २०७३ वैशाख २३ गते जिल्लाको विकट क्षेत्रका गाविसलाई लक्ष्य गरी स्थापना गरिएको यस कार्यालयमा प्रमुख नहुँदा करिब महिना दिनदेखि सेवा ठप्प छ ।

 जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नेपाली नागरिकता, नाबालक परिचयपत्रलगायतको सेवा इलाका प्रशासन कार्यालयबाट लिन सकिने व्यवस्था भए पनि गाविस सचिव समेत गाविसको कार्यालयमा नबस्दा सेवा ठप्प भएको हो ।  एक अधिकृत, दुई नासु, एक लेखापाल, एक कार्यालय सहयोगीको दरबन्दी रहेको उक्त इलाका प्रशासन कार्यालयमा एक नासु र एक कार्यालय सहयोगी रहेका छन् ।

कोसीपारिका आठ गाविस बुङ, छेस्काम, सोताङ, पावै, वाकु, गुदेल, लोखीम र जुबु गाविसलाई लक्ष्य गरी स्थापना गरिएको भए पनि यतिबेला ती गाविसका स्थानीय बासिन्दा सम्पूर्ण सेवा लिन जिल्ला प्रशासन कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको छ ।  कार्यालय खुल्ला भए पनि त्यो कार्यालय नाममा सीमित रहँदा यस क्षेत्रका नागरिकले दुई दिनको यात्रापछि इलाका प्रशासनले प्रदान गर्ने सेवा लिन सदरमुकाम जानुपर्ने बाध्यता हुँदा स्थानीयवासीलाई निक्कै समस्या भएको सोताङ सोलुखुम्बुका जीवन कोइलाराले बताए ।

कार्यालयले सेवा प्रारम्भ गर्दा निक्कै हर्षित बनेका सोताङकै ओमबहादुर कटुवाल पनि यतिबेला निरासछन । उनलाई छोराको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय सल्लेरी जानुप¥यो । कटुवाल भन्छन – “सम्बधित निकायले प्रभावकारी र सहज सेवामा ध्यान नदिँदा हामी जस्ता सोझा सिधा जनताले दुःख पाइरहेको छौँ ।”

यता प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार दुई जना सहायक प्रमुख जिल्ला अधिकारी बिदामा बस्नुपर्दा इलाका प्रशासन कार्यालयका कायममुकायम अधिकृत खेमबहादुर भट्टराईलाई जिल्ला प्रशासन ल्याइएको हो ।



सोलुखुम्बु  माघ १५ गते | रातो तारा डट कम-
सरकारले चालु आर्थिक वर्षमा सोलुखुम्बुमा पनि स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्ने जनाएको भए पनि कार्यक्रमका सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु अझै बेखबर रहेको छ ।

गत साउनको पहिलो हप्तानै चालु आर्थिक वर्षमा सोलुखुम्बुमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्ने जानकारी आएको तर त्यसपछि कुनै पनि कार्यक्रम तथा परिपत्र प्राप्त नभएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी पवनकुमार लामाले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले अघिल्लो आर्थिक वर्ष नमुनाका रुपमा देशका तीन वटा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेकोमा चालु आर्थिक वर्ष २२ वटा जिल्ला थप गरी २५ वटा जिल्लामा कार्यक्रम गर्ने जनाएको थियो । तर आर्थिक वर्ष सुरु भएको ६ महिना बितिसक्दा पनि जिल्लामा कार्यक्रम प्राप्त भएको छैन ।

स्थानीयवासीले सोध्ने गरेको भए पनि यस सम्बन्धी तालिम तथा कुनै किसिमको कार्यक्रम केन्द्रबाट प्राप्त नभएको सूचना अधिकारी लामाले बताए ।

स्वास्थ्य क्षेत्रमा निकै आशाबादी कार्यक्रम भएपनि घोषणा गरेको ६ महिनासम्म जिल्ला स्वास्थ्य कार्यालय नै बेखबर हुनु दुखद भएको जिल्लाबासी बताउँछन् ।


भोजपुर,माघ १५ गते । रातो तारा डट कम ,
बालबालिकाहरु माथि हुने बिभिन्न घटनाहरु भोजपुरमा ब्यवस्थापन गरिने भएको छ । जिल्ला बाल कल्याण समितिको आयोजनामा भोजपुर सदरमुकाममा भएको तीन दिने घटना ब्यवस्थापन कार्यप्रवाह सम्वन्धी तालिम पश्चात जिल्लामा हुने सवै खालका बालबालिकासँग सम्वन्धित घटनाहरु ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाइएको हो ।

तालिमका सहभागि जिल्ला बाल सञ्जालका अध्यक्ष लक्ष्मण चौहान तीन दिनको तालिम उपलब्धी मुलक भएकाले त्यसक्रममा सिकेका ज्ञानहरु बाल हिंसा अन्त्यमा प्रयोग गरिनु पर्ने बताउँछन ।बाल अधिकार, मनोबैज्ञानिक समबेदना, बालबालिकाको घटना अभिलेख विषयमा तालिम प्रदान गरिएको जिल्ला बालकल्याण समितिका सदस्य तथा पत्रकार निरोज कोइरालाले बताए । उनका अनुसार तालिमको सहजीकरण बाल अधिकार श्रोत व्यक्ति सुमन अधिकारी र बाल अधिकार श्रोत व्यक्ति उत्तम खड्काले गरेका थिए ।

सो तीन दिने तालिममा पांचा, रानिबास गाविस र बोखिमका गाउँ बाल संरक्षक,जिल्ला बाल कल्याण समितिका सदस्य, सामुदायिक महिला प्रहरी र महिला बिकास कार्यालयका कर्मचारी गरी ३० जनाको सहभागीता रहेको थियो ।सो तालिम समापनमा बौल्दै भोजपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बाल कल्याण समितिका अध्यक्ष अर्जुनकुमार शर्माले तालिम उपलब्धी मुलक रहेकाले तालिमका सहभागिले ज्ञान र सिपलाई तल्लो स्तरसम्म पु¥याएर बाल हिंसा न्युनीकरणमा सहयोग पु¥याउनु पर्ने बताए ।



चितवन, माघ१५ गते । रातो तारा डट कम -
पृथ्वी राजमार्गको फिस्लिङ नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीतर्फ खसेको छ ।

काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना ५ ख ७३९४ नम्बरको खाली ट्रक सडकबाट करिब ६५ फिट तल खसेको प्रहरीले जनाएको छ ।

ट्रक त्रिशूली नदीमा भने पुगेको छैन । बिहान ३ बजेतिरको समयमा ट्रक खसेको भए पनि चालकसहित ट्रकमा रहेका तीन जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनास्थल मुग्लिनबाट १३ किलोमिटर काठमाडौँतर्फ दारेचोक गाविस–९ मा पर्दछ ।


यसैबीच, सडक हिलो भएपछि भरतपुर उपमहानगरपालिका–१ भतेरी जङ्गलमा आज बिहान ४ः३० बजेबाट सवारी आवागमनमा समस्या हुँदा नारायणगढ–मुग्लिन सडकखण्डमा आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् ।

प्रहरीका अनुसार निर्माणाधीन सडकमा रातो माटोका कारण सवारीसाधन चिप्लिएपछि आवतजावतमा समस्या भएको
हो । फाट्टफुट्ट सवारीसाधन कटेको भए पनि दुवैतर्फ ठूलो सङ्ख्यामा सवारीको लाम लागेको छ । मालबाहक ट्रक र
बस डोजरको सहायताले कटाइएको छ ।


बिराटनगर, माघ,१५ गतेे । २०७३, रातो तारा डट कम,
सभामुख ओनसरी घर्तीले निर्वाचनसँग सम्बन्धित सबै विधेयकहरु व्यवस्थापिका–संसद्बाट आगामी सोमबार पारित हुने बताउनुभएको छ ।

नेपाल मगर विद्यार्थी सङ्घ मोरङको लेटाङमा आयोजना हुने नवौँ राष्ट्रिय महाधिवेशनमा भाग लिन जाने क्रममा विराटनगर विमानस्थलमा आइपुग्नु भएकी सभामुख घर्तीले पत्रकारहरुसँग कुराकानी गर्दै संविधान कार्यान्वयनका सन्दर्भमा हुने निर्वाचनको विषयमा दलहरुबीच कुनै मतभिन्नता नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधानमा आफ्नो समुदायको हक अधिकार स्थापित गर्ने विषयबाहेक निर्वाचनको सम्बन्धमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मत भिन्नता रहेको आफूले पाएको छैन ।”

सबै राजनीतिक दलको सर्वसम्मतिमा निर्वाचनसम्बन्धी विधेयक फटाफट पास हुनुले पनि यो कुरालाई पुष्टि गर्दछ भन्दै सभामुख घर्तीले राष्ट्र र जनताको हितका लागि आआफ्नो अडानमा लचिलो हुने काम सबै राजनीतिक दलबाट हुनुपर्दछ भन्नुभयो ।

विमानस्थलमा सभामुख घर्तीलाई अन्तर पार्टी महिला सञ्जालका तर्फबाट स्थानीय तहमा प्रमुख वा उपप्रमुख पदमा महिला आरक्षणको व्यवस्थाको सुनिश्चितताका लागि ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.