Websoft University

​कार्यालय प्रमुख नहुँदा इलाका प्रशासनको सेवा ठप्प






बिराटनगर, माघ १५  गते  ।  रातो तारा डट कम -
इलाका प्रशासन कार्यालय  सोलुखुम्बुको सोताङमा कार्यालय प्रमुख नहुँदा सेवा ठप्प भएको छ । विसं २०७३ वैशाख २३ गते जिल्लाको विकट क्षेत्रका गाविसलाई लक्ष्य गरी स्थापना गरिएको यस कार्यालयमा प्रमुख नहुँदा करिब महिना दिनदेखि सेवा ठप्प छ ।

 जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नेपाली नागरिकता, नाबालक परिचयपत्रलगायतको सेवा इलाका प्रशासन कार्यालयबाट लिन सकिने व्यवस्था भए पनि गाविस सचिव समेत गाविसको कार्यालयमा नबस्दा सेवा ठप्प भएको हो ।  एक अधिकृत, दुई नासु, एक लेखापाल, एक कार्यालय सहयोगीको दरबन्दी रहेको उक्त इलाका प्रशासन कार्यालयमा एक नासु र एक कार्यालय सहयोगी रहेका छन् ।

कोसीपारिका आठ गाविस बुङ, छेस्काम, सोताङ, पावै, वाकु, गुदेल, लोखीम र जुबु गाविसलाई लक्ष्य गरी स्थापना गरिएको भए पनि यतिबेला ती गाविसका स्थानीय बासिन्दा सम्पूर्ण सेवा लिन जिल्ला प्रशासन कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको छ ।  कार्यालय खुल्ला भए पनि त्यो कार्यालय नाममा सीमित रहँदा यस क्षेत्रका नागरिकले दुई दिनको यात्रापछि इलाका प्रशासनले प्रदान गर्ने सेवा लिन सदरमुकाम जानुपर्ने बाध्यता हुँदा स्थानीयवासीलाई निक्कै समस्या भएको सोताङ सोलुखुम्बुका जीवन कोइलाराले बताए ।

कार्यालयले सेवा प्रारम्भ गर्दा निक्कै हर्षित बनेका सोताङकै ओमबहादुर कटुवाल पनि यतिबेला निरासछन । उनलाई छोराको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय सल्लेरी जानुप¥यो । कटुवाल भन्छन – “सम्बधित निकायले प्रभावकारी र सहज सेवामा ध्यान नदिँदा हामी जस्ता सोझा सिधा जनताले दुःख पाइरहेको छौँ ।”

यता प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार दुई जना सहायक प्रमुख जिल्ला अधिकारी बिदामा बस्नुपर्दा इलाका प्रशासन कार्यालयका कायममुकायम अधिकृत खेमबहादुर भट्टराईलाई जिल्ला प्रशासन ल्याइएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.