Websoft University
July 2016


विराटनगर, १६ साउन । करेन्ट लागेर दुवै हात गुमाएकी विराटनगर ११ कि १९ वर्षीया मेघा कार्कीलाई अष्ट्रेलियाको एक संस्थाले उपचारका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

आज विराटनगरमा आयोजित एक कार्यक्रमका बीच निर्माता तथा निर्देशक समेत रहनुभएका गजेन्द्रराज थापाले ‘लाफिङ रेन्बो’ नामक संस्थाको तर्फबाट सो रकम हस्तान्तरण गर्नुभएको हो । अष्टे«लियमा च्यारिटी कार्यक्रम गरेर प्राप्त रकम आफूले हस्तान्तरण गर्नुभएको थापाले बताउनुभयो ।

आफ्नो घरमाथिको ३३ हजार भोल्टको हाइटेन्सन लाइनले उनलाई अकस्मात करेन्ट लाग्दा मेघाको दुवै हात पूर्णरूपमा गुमेको थियो ।

मेघाको हात अष्ट्रेलिया र अमेरिकामा मात्र लगाउन मिल्ने डाक्टरले बताएपछि उनलाई समस्या परेको छ । आर्थिक अवस्था कमजोर रहेको र हात लगाउन ठूलो रकम लाग्ने भएपछि उनले सहयोगको याचना गरेकी छिन् ।
ऊनलाई गत वर्षको पुषमा करेन्ट लागेको थियो।




बिराटनगर, साउन १६ गते । केपी ओली सरकार ढलेको विषयले भारतमा खुसी ल्याएको भारतीय मिडियाले लेखेका छन् । सरकार ढल्नु र पुष्पकमल दाहाल नेतृत्वमा अर्को बन्ने गृहकार्य हुनुलाई ‘बाहिरी हात’ का रूपमा अथ्र्याउने पनि छन् । तर कूटनीतिक विज्ञहरू फरक धारणा राख्छन् । कूटनीतिक मामिलाका विज्ञहरू भन्छन्, ‘कुनै पनि सरकार बन्ने र ढल्ने नितान्त आन्तरिक राजनीतिमा निर्भर विषय हुन् । यद्यपि त्यसमा बाह्य हातहरू सहयोगीका रूपमा आउन सक्छन् ।’
तर त्यो आशयलाई खण्डन गर्ने घटना बढता छन् । शुक्रबार बिहानै चिनियाँ राजदूत उ छुन्थाई प्रस्तावित प्रधानमन्त्री दाहाललाई भेट्न लाजिम्पाट निवास पुगे । उनले भने, ‘यहाँको परिवर्तन आन्तरिक हो । यो परिवर्तनले दुईपक्षीय सम्बन्धमा कुनै असर गर्दैन । अघि बढेका कामहरूमा कमी आउँदैन ।’
चिनियाँ राजदूतले यसअघि पटकपटक दाहाललाई भेटेको भए पनि हालेैको भेटलाई दुवै पक्षले सार्वजनिक गरेकाछन् । यो भारतीय सञ्चारमाध्यममा आएको सामग्रीलाई चिर्ने रणनीति हुनसक्छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले ओलीको चीन भ्रमणका क्रममा भनेका थिए, ‘हाम्रो पारम्परिक मित्रता र व्यावहारिक सहयोगलाई बढाउँदै दुई मुलुकलाई साझा भाग्यका समुदाय बनाउनु आवश्यक छ ।’
त्यसमाथि राजदूत उले राष्ट्रपति सीको प्रस्तावित नेपाल भ्रमण यहाँको सरकार फेरिँदैमा नरोकिने विश्वास दिलाए । चीनले कहिल्यै आलोकाँचो कूटनीति अपनाउँदैन । अल्पविकसीत मुलुक नेपालले विकासशील चीनसँग मिलेर सुधार र विकासका ऐतिहासिक कार्यभार उठाइरहेको सन्दर्भलाई चिनियाँ राष्ट्रपतिले उठाएका प्रसंग पनि उनले दाहाललाई सुनाएका थिए ।
‘ओली नेतृत्व सरकार न बाहिर हल्ला भएको जस्तो चीनले थेगेको हो न भारतले ढालेको हो । वास्तविकता आन्तरिक राजनीतिमा देखिएको अहम् र शक्ति संघर्ष नै हो,’ एक कूटनीतिक विश्लेषक भन्छन्, ‘सत्तामा जानेले बाहिर बस्नेलाई नगन्ने र बाहिर बस्नेले सत्तामा जानैपर्ने भन्ने अवधारणाले यस्तो अवस्था सिर्जना भएको हो ।’  
स्रोतका अनुसार चिनियाँ राष्ट्रपतिले नेपालबाट दक्षिण एसियाका अन्य मुलुक जोड्न ट्रान्जिट मुलुकका रूपमा लिएको जानकारी राजदूतले दिएका छन् । यसका लागि नेपालले चीन र भारत दुवैसँग उत्तिकै मिलेर काम गर्नुपर्ने समेत सुझाएका थिए । तत्कालीन भ्रमण दलका एक सदस्यले कान्तिपुरसँग भनेका थिए, ‘चीनले भारतसँगको सम्बन्धलाई नेपालले महत्त्व नदेओस् भन्ने कुनै भावना राखेको छैन । हामी नेपालबारे भारतसँग उत्तिकै कुरा गरिरहेका हुन्छौं ।
दिल्ली, बेइजिङ र काठमाडौंमा छलफल भइरहेको हुन्छ ।’ नेपाल र चीनलाई स्वतन्त्र व्यापार क्षेत्रका रूपमा विकास गर्न द्रुत गतिमा काम गर्नुपर्ने सुझाउँदै उनले ‘कन्नेक्टिभिटी’ तथा ऊर्जाका क्षेत्रमा सहयोग बढाउनुपर्ने बताएका थिए । साथै उनले नेपालको भूकम्प पछिको पुनर्निर्माण र औद्योगिक क्षमता वृद्धिमा होस्टे हैंसे गर्ने बताएका थिए ।
राष्ट्रपति सीले सहयोग अभिवृद्धिका लागि एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्मेन्ट बैंक र संघाई कोअपरेसन अर्गनाइजेसन जस्ता लगानी संस्थाहरूको उपयोग गर्न सुझाव यसअघि नै दिएका हुन् । चीनका लागि पूर्वराजदूत डा. महेशकुमार मास्केले भ्रमण नरोकिने अवस्था रहेको बताए । ‘भएका सम्झौतालाई अघि बढाउन आगामी सरकारले पहल गरे भ्रमण नहुने भन्ने विषय नै छैन । उच्चस्तरको भ्रमणका लागि संयुक्त बैठकबाहेक अन्य तयारी सकिसकेको छ’, उनले भने, ‘यसमा आगामी नेतृत्वले ध्यान दिनु आवश्यक छ ।’
‘चीनको एक मात्र चाहना स्थायी सरकार हो,’ चिनियाँ राजदूतको भनाइ स्रोतले उद्धृत गर्‍यो । नेपालको राजनीतिक स्थायित्व र विकास दुवै छिमेकी चीन र भारतको हितमा रहेको उनको धारणा थियो । दाहालले चिनियाँ राष्ट्रपतिले यसअघिदेखि उठाउँदै आएका त्रिपक्षीय सहकार्यलाई स्मरण गराएका थिए ।
नेपालमा सरकार परिवर्तन हुने निश्चित भएपछि चीनको विदेश मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नेपालको घटनालाई नियालिरहेको र सरकार परिवर्तन आन्तरिक मामिला भएको टिप्पणी गरेको थियो ।
त्यसको पर्सीपल्ट भारतले पनि चीनको शैलीमा उक्त धारणा व्यक्त गरेको थियो । नेपालसँगको सम्बन्धलाई यसअघिको चिनियाँ नेतृत्व हु जिन्ताओले भनेको ‘असाधारण महत्त्व’ लाई वर्तमान नेतृत्वले पनि निरन्तरता दिएको छ । राष्ट्रपति हुले नेपालको भ्रमण नगरे पनि सरकारबाट बाहिरिनु केही महिनाअघि सन् २०१२ मा उनका प्रधानमन्त्री वेन जियाबाओले पाँच घण्टे नेपाल भ्रमण गरे । त्यस क्रममा आर्थिक सहयोग र लगानी विस्तारको लामो सूची प्रस्तुत गर्दै हिमालय अंकमालको संज्ञा दिए ।
उनले तिब्बतसँग जोडिएको सुरक्षा चासोमा बलियो सहयोगको प्रतिबद्धतासमेत खोजेका थिए । एक दशकपछिको त्यो उच्चस्तरको भ्रमणले सशस्त्र द्वन्द्व चलिरहेका बेला १३ वर्षअघि चीनका तत्कालीन प्रधानमन्त्री झु रोङ्जी र १८ वर्षअघि राष्ट्रपति ज्याङ जेमिन नेपालको सन्दर्भलाई निरन्तरता दिँदै क्षेत्रीय शक्ति सन्तुलनमा नेपालको भूमिकालाई जोड दिएका थिए ।  
संयोग अर्को पनि छ । चिनियाँ राष्ट्रपति र भारतीय राष्ट्रपतिको भ्रमण नेपालमा लगातार हुने सम्भावना रहेको परराष्ट्र अधिकारीहरूले बताएका छन् । केही साताअघि परराष्ट्र सचिव शंकरदास बैरागी बेइजिङ पुगेर सीको भ्रमणको तयारी अघि बढाएका थिए । त्यतिबेला नेपालमा सरकार परिवर्तन हुने हल्ला चलिसकेको थियो । चीनका तर्फबाट पनि भ्रमण तयारीमा प्रारम्भिक भ्रमणहरू भइरहेका छन् । नयाँ सरकार बन्नेबित्तिकै चीनबाट मन्त्रीस्तरको तयारी भ्रमण हुनेछ । पछिल्लो समय राजनीतिक चासोका साथै लगानीमा पनि चीनले प्रभुत्व जनाउन खोजेको छ ।
भ्रमणले तिब्बत रेलमार्गलाई ल्हासाबाट काठमाडौंसम्म विस्तार गर्ने र लुम्बिनीमा चीनले लगानी गर्ने एजेन्डालाई मूर्तरूप दिने विषय अघि बढाउने छ । अबको चार वर्षमा केरुङ रेल आइपुग्ने छ भने नेपालतर्फ उक्त नाका खुला भइसकेको छ । चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजको दक्षिण तथा दक्षिणपूर्वी एसिया मामिला विज्ञ हु सिस्येङ पनि तिब्बत रेलमार्गको विस्तार र लुम्बिनीमा चिनियाँ लगानी भारतको प्रतिक्रियामा निर्भर हुने बताउँदै आएका छन् । ‘द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सन्तुलनका लागि तिब्बत रेलमार्ग विस्तारमा चीन लागेको हो । यसैसँगै आफ्नो ‘वान बेल्ट वान रोड’ नीतिलाई अघि बढाउन पनि राष्ट्रपति सीको भ्रमण हुने सम्भावना बलियो छ । उनी असोजको अन्तिममा नेपाल आउने तयारी छ । अनलाइन खबरबाट

yubak
धरान । सु नसरीकाे धरान १५ निराजन बस्तीमा शनिवार बिहान एक ब्याक्तीकाे धारीलाे हतियार प्रहारबाट बिभत्स हत्या भएकाे छ । अाछयानमा सुतिरहेकाेबेला बिहान ३ बजे हतियारधारी समुहले अाक्रमण गरी धरान १५ निराजन बस्तीका २३ बर्षीय चुचु भनिने दिपक राइकाे हत्या गरेका हुन । धारिलाे हतियार प्रहारबाट गम्भिर बनेका राइकाे उपचारकाेलागि धरान स्थित बिपी प्रतिष्ठान पुर्याउनसाथ मृत्यु भएकाे धरान प्रहरीले जनाएकाे छ ।
उज्यालाे हुनै नपार्इ कसैले ढाेकामा ढकढक पारेपछि ढाेका खाेली काेहाे भनेर साेध्न खाेज्दा  जबरजस्ती भित्र छिरेर अाेछयानमा रहेका श्रीमानलार्इ खुकुरी प्रहार गरी फरार रहेकाे मृतक दिपककी श्रीमती अस्मिता रार्इले बताइन । अाेछयानमा सुतेका श्रीमानलार्इ अन्धाधुन्दा धारीलाे हतियारले प्रहार गर्न थालेपछि अाफुले गुहार मागेकाे त्यतिकैमा उनिहरू फरार रहेकाे उनले बताइन ।
यता हत्या अभियाेगमा प्रहरीले एक जनालार्इ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा निराजन बस्तीकै २६ बर्षीय शक्ती बेघा लिम्बु रहेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ । पक्राउ लिम्बुकाे बिषयमा थप अनुशन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक रमेश श्रेष्ठले बताए ।

बिराटनगर, साउन १५ गते । कुनै हालतमा नेपाली भूमि मिच्न दिँदैनौ, दशगजामा नदीको बहाब थुन्ने गरी कुनै पनि हालतमा तटबन्ध बनाउन दिँदैनौ’ बिहीबार र शुक्रबार नेपाल भारत सिमाक्षेत्रमा  उपस्थित सयौं स्थानीयले यो नारा लगाए ।
उनीहरुले भारतीयहरु बाँसका भाटा लिएर आक्रमण गर्न थालेपछि प्रतिकार गरे । चार घण्टासम्म झडप भयो । स्थानीयले दशगजा मिचेर भारतीयले बनाउन सुरु गरेको तटबन्ध भत्काए । त्यसक्रममा पूर्व जिविस सदस्य देवनारायण यादब सहित केही नेपाली घाइते भए ।
‘भारतीयलाई नेपाली अस्मितामाथी प्रहार गर्न दिदैनौं, मातृभूमिको माटो लग्न दिदैनौ’ यादबले भने, ‘नेपालीको शरीर मातृभूमिका लागि हो, मातृभूमिको रक्षाका लागि यति रगत बग्नु कुनै ठुलो अर्थ राख्दैन् ।’ यादव मात्रै होइनन् दशगजा मिच्दा रणभुमी जस्तै बनेको तटबन्ध निर्माण स्थलमै भारतीयको आक्रमणवाट टाउको फुटेर घाइते भएका हर्ष कर्ण र रोशनकुमार झा लगायतका युवाहरु पनि आक्रोसित छन् ।
 ‘हाम्रो ठाउँ नमिच भन्दा आक्रमण गर्ने ?’ झाले भने । झडपका क्रममा टाउको फुटेर घाइते भएका ६ जनाको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
नेपाली र भारतीय पक्षका बीच यसरी भिडन्तको कारण थियो– भारतीय पक्षले एकतर्फ रुपमा दसगजालाई मिचेर वनाउन थालेको तटबन्ध । खाडो खोलाको बहाब थुन्ने गरि भारतीयले तटबन्ध निर्माण गर्न थालेपछि सप्तरी प्रशासन र सिमा क्षेत्रका नेपालीले पटकपटक त्यसो नगर्न आग्रह गरेका थिए । तर उनीहरु मानेनन् ।
बिहीबार सयौंको संख्यामा आएका भारतीयले सिमा स्तम्भभन्दा पाँच मिटर उत्तर नेपालतर्फ बाँध बनाउन थालेपछि सिमाका नेपाली पनि संगठित भए । सीमाक्षेत्रका भारतीय नेपालतर्फ आउन थालेपछि झडप भएको थियो । सुरुमा भारतीयको संख्या बढी हुदा बिहान नेपालीलाई गालीगलौज गर्दै खेदेको स्थानीयले बताए । भारतीयहरुले जसरी पनि बाध निर्माण गरेरै जाने भन्दै हातहातमा बासका भाटा लिएर आएका थिए ।
उनीहरुसंगै थिए सादा पोसाकका भारतीय सुरक्षाकर्मी र पोसाकमै बिहार प्रहरी । ती सुरक्षाकर्मीले दसगजामा भारतीय नागरिकले हिंसा उत्पन्न गराउन खोजिरहदा कुनै पनि नियन्त्रणको प्रयास गरेनन् । तर नेपाली सुरक्षा अधिकारीहरुले भने नेपाली पक्षलाई संयमित वनाउदै स्थिती समान्य वनाउन साझसम्म प्रयास गरे । उनीहरुले नेपाली सुरक्षाकमीृलाई पनि लक्षित गरि ढुंगा प्रहार गर्न थालेपछि नेपाली पक्ष थप आक्रोसित भए ।
भुमीको रक्षा गर्नुपर्छ भन्ने भावनाले संगठित भएका नेपालीहरुले भारतीयको बाध भत्काउन खोज्दा उनीहरुले आक्रमण गरे । नेपाली युवाले प्रतिकार गरे । चार घण्टा सम्म निरनतर वासको भाटाले हानाहान भयो । ढुंगा हानाहान भयो । पछि हटेनन् नेपालीहरु । ‘सवाल मातृभूमिको हो’ तिलाठीका निरजकुमार झाले भने, ‘उनीहरु संगठित छन् भने हामी पनि आफ्नो माटो जोगाउन एकजुट छौं ।’
बिहीबारको तनाव राती दुबै तर्फवाट स्थानिय गएपछि मात्र साम्य भयो । शुक्रबार बिहानै सयौको संख्यामा भेला भएका भारतीयले पुन बाँध निर्माण थालेपछि नेपाली पनि फेरि रोके । ‘हामी भारतीय भुमीमा मिच्न जादैनौ, उनीहरु हाम्रो भूमिलाई मिच्न पाउँदैन,’ तिलाठी गाविसका पूर्वअध्यक्ष दिनेश्वर मिश्रले भने,‘चाहे जे होस हेपिएर सिमा बस्दैनौ, भुमी अतिक्रमण गरिए प्रतिकार गरिरहन्छौ ।’
शुक्रबार काग्रेसका सभापति दिनेशकुमार यादव, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साह, राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डल सहितका राजनैतिक दलका नेताहरु पुगेका थिए ।
‘उच्च स्तरमा यो समस्या छलफलको माध्यमवाट टुङ्याउनुपर्छ’ काग्रेस सप्तरी सभापति यादबले भने,–‘जनता लडाउने काम कतैवाट हुनुहुँदैन् ।’ संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य साहले दुबैदेशका प्रसासन प्रमुखहरु समयमा सजग नहुँदा सिमामा द्वन्द्व उत्पन्न भएको बताए । उनले नेपाली भुमी मिचिए सप्तरीका जनताले रोक्ने बतउदै प्रशासनिक स्तरमा समन्वयको अभावका कारण सिमामा समस्या निम्तिएको बताए । कान्तिपुर अनलाइन 

14 Friday Shrawan ;Today, The Third District Press Center Nepal Council Morang Programme Was Established By Center Chairperson Mr.Gobinda Acharya. Mr. Gobinda Acharya Talked About The Right Of Journalist In The Programme. Moreover, In This Programme Mr.Gobinda Acharya Honoured The Two Jounalist Of Morang By Providing Them Money And Awards.

Nabraj Kattel Journalist And Editor Of Morang Was Honoured By Mohan Khanal  Jounalism Award.
Mohan Bhattarai Jounalist Of Morang Was Also Honoured By Laxmi fuyal Journalism Award.
In This Press Counciling Many Other Jounalist Were Also Participated And They Talked About The Right Of Jounalist.
Press Center Vice Chairperson Mr. Kishan Sahi welcomed all journalist and other guest in this programme.
Morang Press Center Chairperson Mr. Binod Ghimire has discussed about Journalism And ended the entire press programme.
Atlast, The Third District Press Center Council Was Started And Anchared By Mr. Arjun Acharya.


बिराटनगर, श्रावन, १३ गते।  ईलाका प्रहरी कार्यालय पकलीले  आफूलाई चौधरी बाबा बताउदै विभिन्न व्यक्तिहरुसंग १६ लाख ७० हजार रुपैया ठगी गर्ने समुहका फरार सुनसरी डुम्राहा गाविस घर भई हाल इटहरी उपमहानगरपालिका -२२ बस्ने ३२ वर्षिय मोहमद मुस्ताफा मियालाइ पक्राउ  गरेको छ।  
मियाँलाई प्रहरीले मोरङको गछियाबाट मंगलबार पक्राउ गरेको हो। पक्राउ परेका मियाँसहितको समुहले आफूहरुलाई चौधरी बाबा बताई वन झाँक्रीको हड्डी भएको भन्दै हड्डी हेर्ने व्यक्ति दैवी शक्ति प्राप्त हुने भन्दै काठमाण्डौ गोकर्णेश्वर नगरपालीका-१२ जोरपाटीका बच्चु प्रसाद पुडासैनी, सिन्धुली पिपलमाढी गाविस ९ का लाल बहादुर हिम्दुङसहित अन्य केही व्यक्तिहरुसंग करिब १६ लाख ७० हजार ठगी गरेका थिए। 
पक्राउ परेका मियाँलाई सुनसरी जिल्ला अदालतबाट ठगी मुद्दा अन्तरगत म्याद थप भई अनुसन्धान शुरु गरिएको छ।

 
बिराटनगर, साउन १३ गते । अविरल परिरहेको पानीले मोरंङका विभिन्न गाबिस हरूमा बाढी र डुवानका कारण ठूलो धन जनको क्षति भइरहेको छ।
मोरङको भन्दा झापामा क्षति बढी भएको पाइन्छ ।
झापामा मृत्यु हुनेको संख्या ७ पुगेको र तीन वेपत्ता भएको कुरा प्रहरीले जानकारी गराएको छ ।
झापामा मंगलवार गेउरिया खोलाले बगाएर तोपगाछीकी ७० वर्षीया जयकुमारी राई, गरामनी २ का ३४ वर्षीया लुखीराम सोरेन र तोपगाछी क्याम्पा वजारका २ वर्षीय मनिष भुजेलको डुवेर मृत्यु भएको समाचारमा उळेख गरिएकोछ।
यसअघि गोलधाप ९ का ६४ वर्षीया कालीवहादुर लिम्वुको घर नजिकै जमेको दहमा डुवेर मृत्यु भएको थियो । गौरादह ५ का ३६ वर्षीय एकेन्द्र खड्का र गौरादहकै अनुज न्यौपानको खोलाले वगाएर मृत्यु भएको थियो ।  राजगढ खाडी वस्तीका राजकुमार लिम्वुका ११ वर्षीय छोरा मिलन लिम्वुको वुधवार वाढीले वगाएर मृत्यु भएकोछ।
शिव सताक्षी ९का २१ वर्षीय विजय वस्नेत र खजुरगाछी ३ का ४५ वर्षीय रेकुकुमार गनगाई मंगलवार वेेपत्ता भएका 
छन् । दुई दिन अघि नै वेपत्ता कुमरखोद ४ का १९ वषबाढीका कारण झापामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । तीन वेपत्ता छन् । प्रहरीका अनुसार मंगलवार गेउरिया खोलाले बगाएर तोपगाछीकी ७० वर्षीया जयकुमारी राई, गरामनी २ का ३४ वर्षीया लुखीराम सोरेन र तोपगाछी क्याम्पा वजारका २ वर्षीय मनिष भुजेलको डुवेर मृत्यु भएको छ । 
यसअघि गोलधाप ९ का ६४ वर्षीया कालीवहादुर लिम्वुको घर नजिकै जमेको दहमा डुवेर मृत्यु भएको थियो । गौरादह ५ का ३६ वर्षीय एकेन्द्र खड्का र गौरादहकै अनुज न्यौपानको खोलाले वगाएर मृत्यु भएको थियो ।  राजगढ खाडी वस्तीका राजकुमार लिम्वुका ११ वर्षीय छोरा मिलन लिम्वुको वुधवार वाढीले वगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 
शिव सताक्षी ९का २१ वर्षीय विजय वस्नेत र खजुरगाछी ३ का ४५ वर्षीय रेकुकुमार गनगाई मंगलवार वेेपत्ता भएका छन् । दुई दिन अघि नै वेपत्ता कुमरखोद ४ का १९ वषर्ीय डी मर्डि समेत अझै वेपत्ता छन् । कमल खोलाको वाढीले झापा तोपगाछी क्षेत्रमा करिव १० विघा खेत र जमीन कटान गरेको छ ।
कमल खोलाको वाढीले झापा तोपगाछी क्षेत्रमा करिव १० विघा खेत र जमीन कटान गरेको छ ।
हाल  केही स्थानका विस्थापितहरु घर फर्किन थालेका 
छन, केहीले आफनो ठाउ फकिन मानेका छैनन् ।  

मलावी, साउन १२ । दक्षिणपूर्वी अफ्रिकी मुलुक मलावीमा सयभन्दा बढी बालिकासँग यौनसम्बन्ध बनाएका एड्स संक्रमित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
केही दिनअघि अन्तर्राष्ट्रिय संचारमाध्यममा उनका बारेमा समाचार प्रकाशित भएपछि राष्ट्रपति पिटर मुथारिकाले कानुनी कारवाहीका लागि निर्देशन दिएका थिए ।
समाचार एजेन्सीहरुका अनुसार रुढीवादी परम्पराका नाममा इरिक एनिभा नाम गरेका ती व्यक्तिले एक सयभन्दा बढी बालिकासँग ‘यौन शुद्धिकरण’का लागि भन्दै यौनसम्पर्क राख्दै आएका थिए । बालिकाका अभिभावकहरुले नै आफ्ना छोरी लिएर आउने गरेको उनको भनाइ थियो ।
यतिमात्र होइन, यौनसम्पर्कबापत उनले ४ देखि ७ डलर रकमसमेत लिने गरेका थिए । पहिलोपटक महिनावारी भएपछि ‘यौन शुद्धिकरण’ का नाममा यस्तो परम्परा बसालिएको स्थानीयको भनाइ छ ।
उनले आफूलाई एचआइभी संक्रमण भए पनि आफूसँग यौनसम्पर्कका लागि आउने बालिका तथा उनका परिवारलाई यसबारे जानकारी नदिएको समेत मिडियासमक्ष बताएका छन् । करिब ४० वर्षका एनिभाका दुई पत्नी छन् । (एजेन्सी)


बिराटनगर, साउन १२ गते । चीनले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई आन्तरिक मामिला हो भनेको छ ।
प्रधानमन्त्री केपी ओलीले राजिनामा घोषणा गरेको पर्सिपल्ट चीनको विदेश मन्त्रालयले नेपालको राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिंदै भनेको छ– ‘यो नेपालको नितान्त आन्तरिक मामिला हो ।’ छिमेकी चीनको विदेश मन्त्रालयका प्रवक्ता लु खाङले नियमित पत्रकार सम्मेलनमा आएको जिज्ञासा मत्थर गर्दै भने, ‘नेपालको राजनीतिक स्थितिको परिवर्तनमा हामीले ध्यान दिएका छौं । छिमेकी र साथीको रुपमा रहेको चीनले नेपालका विभिन्न पार्टीले राष्ट्रिय र जातीय हितलाई प्राथमिकतामा राख्दै स्थिरता र विकासका लागि कोसिस गर्ने हाम्रो आशा छ ।’ उनले नयाँ सरकारले मुलुकको हितलाई सर्वोपरी ठानेर काम गर्नेमा समेत चीन विश्वस्त रहेको बताए ।
चिनियाँ विदेशमन्त्रालयको वेवसाइटमा चिनियाँ भाषामा राखिएको नियमित पत्रकार सम्मेलनको पूर्ण अंशमा एक जिज्ञासा नेपालको पनि थियो । प्रधानमन्त्री ओलीको राजिनामालाई चीनले कसरी लिएको छ भन्ने जिज्ञासामा विदेश मन्त्रालयका प्रवक्ता लुले भने, ‘चीन र नेपाल एकै पक्षमा रहेको र अन्तराष्ट्रिय तथा आ–आफ्नो आन्तरिक स्थितिको जसरी परिवर्तन भए पनि चीन–नेपाल मैत्रीपूर्ण र आपसी सहकार्य तथा सहयोग रणनीतिमा परिवर्तन हुदैन ।’
 सरकारमा जाने तयारीमा रहेका दलका शिर्ष नेताले समेत सत्ता परिवर्तनले चीन नेपाल सम्वन्धमा कुनै असर नपर्ने बताइरहेका बेला चिनिया सरकारबाट समेत चीनको समान धारणा आएको हो । नेपालमा सरकार परिवर्तनको गृहकार्य भइरहदा चीनको विभिन्न तहका नेता तथा उच्च अधिकारीहरु काठमाडौंमा आएर राजनीतिक भेटघाट समेत गरिरहेका थिए । चीनका नेताहरुले पछिल्लो समय नेपाली कांग्रेससँगको सम्वन्धलाई बढि नै जोड दिइरहेका छन् । काँग्रेस र चिनिया कम्युनिष्ट पार्टि बीचको सम्वन्धलाई उचाईमा लैजान दुवै पक्षले महत्व दिइरहेको अवस्थामा सरकार परिवर्तनको प्रक्रिया अघि बढेको हो ।   
अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा संसदमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा भएका चीनसँग भएका सम्झौता कार्यावन्यनमा आगामी सरकार गम्भिर भएर अघि बढ्ने बताउदै दुवै छिमेकीसंगको सम्वन्धलाई महत्व दिएर अघि बढ्ने बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष तथा आगामी प्रधानमन्त्रीको दावेदार पुष्पकमल दाहालले पनि चीनसँगको सम्वन्धमा कुनै असर नपर्ने र दुवै छिमेकीलाई बराबर महत्व दिएर अघि बढ्ने बताएका थिए ।
आगामी असोजको अन्त्यसम्म चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुने गरि तयारीहरु भइरहेको छ । चिनियाँ प्रवक्ताको पछिल्लो सकारात्मक धारणाले नेपालमा सरकार परिवर्तन भए पनि चिनियाँ राष्टपतिको भ्रमण नरोकिने संकेत गरेको छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरु ले पनि चीनको तर्फबाट नेपालमा उच्चस्तरको भ्रमण हुनेमा द्विविधा नभएको दावी गरे । नयाँ सरकार बनेपछि भ्रमणको तिथि तलमाथि होला सन् २०१६ को अन्त्यसम्ममा चीनबाट उच्चस्तरको भ्रमण नेपाल तर्फ हुनेछ, ति अधिकारीले भनेकाछन । कान्तिपुर बाट

सोमालियाको राजधानीमा बम विस्फोट, १३ को मृत्यू

बिराटनगर, श्रावन ११ गते।  सोमालियाको राजधानी मोगादिसु विमानस्थलनजिकै मङ्गलबार भएको दुई भीषण बम विस्फेटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको समाचार छ ।
सो विस्फोट मोगादिसु विमानस्थलनजिकै जोडिएको संयुक्त राष्ट्र सङ्घ र अफ्रिकन युनियनको भवननजिकै भएको बताइएको छ ।
प्रहरीका अनुसार यस आत्मघाती आक्रमणको जिहादी साबाब समूहले जिम्मा लिएको छ ।
अल कायदासँग आवद्ध यस साबाब समूहले सोमालिया र छिमेकमा रहेको राष्ट्र केन्यामा भएको रक्तपातपूर्ण आक्रमणको जिम्मा लिदै आएका छन् ।
सो समूह अन्तर्राष्ट्रिय समर्थन रहेको सोमालिया सरकारलाई फ्याक्न लडाई गरिरहेका बताइएको छ ।
विमानस्थलनजिकै रहेको प्रहरी चौकी र संयुक्त राष्ट्र सङ्घीय परिसरनजिकै सो आत्मघाती विस्फोटहरु गराइएको थियो ।
एएफपीका एक पत्रकारका अनुसार यस इलाकामा गोलाबारीको पनि आवाज सुनिएको थियो ।
आतङ्ककारी समूह साबाबले प्रकाशित गरेको एक विज्ञप्तिमा लडाकूहरुले गरेको सो आक्रमण आत्मघाती भएको जनाइएको छ ।
स्थानीय समयाअनुसार मङ्गलबार विहान ०९ बजे भएको यस आक्रमण कैयौँ व्यक्ति घाइते भएका छन् ।

भोजपुर, साउन ११ – हजुरबाको हत्यामा संलग्न रहेको आरोपमा दुलोदुम्मा गाविस-४  का १८ वर्षका दिपेश राई पक्राउ परेका छन् । ७७ वर्षका हजुरबा रामबहादुर राईको हत्या गरेको अभियोगमा दिपेश पक्राउ परेका हुन् ।

गएको ४ गते दिपेशले फलामको पाइपले हजुरबाको टाउको र शरिरका अन्य भागमा हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले बताउनु भयो । 
राईलाई कर्तव्य ज्यानको मुद्दा दर्ता गरि अनुसन्धान अगडि बढाएको प्रहरी नायव उपरिक्षक लम्सालले बताउनु भयो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।                          

काठमाडौँ, श्रावन ११ गते  .   व्यवस्थापिका संसदले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको बाधा अड्काउ फुकाउ आदेश बहुमतले पारित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रष्ट व्यवस्था नभएको भन्दै मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउका लागि राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको थियो ।
सरकारको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले सोमबार बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी थिइन् । मंगलबार संसदमा पेश भएको बाधा अड्काउ फुकाउ आदेशमाथि छलफलपछि संसदले अनुमोदन गरेको हो । 

बाधा अड्काउ फुकाउ आदेशमाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री अग्नी खरेलले दिएपछि उक्त आदेश निर्णायार्थ संसदमा पेश भएको थियो । जवाफ दिने क्रममा कानुनमन्त्री खरेलले सरकार गठनमा देखिएको अन्यौलता चिर्न सरकारले बाधा अड्काउ फुकाउको सिफारिस गरेको प्रष्ट पारे । 
कांग्रेस सांसदले उक्त आदेश आवश्यक नभएको भए पनि आलोचनात्मक समर्थन गर्दै आदेशको पक्षमा मतदान गरे ।  

कानुनमन्त्रीले जवाफ दिएलगत्तै संसदमा पेश भएको बाधा अडकाउ फुकाउ आदेश संसदका बहुमत सदस्यले पारित गरेका हुन् । यो आदेश संसदबाट अनुमोदन भए सँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । 

पारित हुनु अघि संसदमा आदेशको पक्ष र विपक्षमा सांसदहरुले आफ्आफ्ना धारणा राखेका थिए । आदेश पारित भए सँगै व्यवस्थापिका संसदको बैठक साउन १७ गतेसम्मका लागि स्थगित भएको सभामुख ओनसरी घर्तीमगरले जानकारी गराएकी छन्।


काठमाडौँ, ११ साउन । सङ्घीय समाजवादी फोरम नेपालका नेता आङ्काजी शेर्पाले पार्टीबाट राजीनामा गर्नुभएको छ । 
उहाँले पार्टीमा रहेर काम गर्न नसक्ने भन्दै आज राजीनामा दिनुभएको हो । उहाँको राजीनामा पत्रमा पहिचानको आन्दोलनमा अहोरात्र आउनेलाई भन्दा ठूला नेताको घरमा धाउनेलाई बढी अवसर दिएको र पार्टीभित्र ‘नस्लवाद र नातावाद’ हाबी भएको उल्लेख गरिएको छ । 
पार्टीका नेता जिम्मेवारीमा भन्दा पनि व्यक्तिगत स्वार्थ दोहनमा लागेको उहाँको दाबी छ । उक्त राजीनामा पत्रमा पार्टीको क्रियाशील सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख छ । यसैगरी उहाँले पहिचानको आन्दोलनमा भने अभियन्ताका रुपमा क्रियाशील रहने बताउनुभएको छ ।

सुनसरी, साउन ११ । सप्तकोसीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ ।
मंगलबार बिहान १० बजे सप्तकोसीमा पानीको बहाव मापन गर्दा प्रतिसेकेन्ड २ लाख ६४ हजार ७ सय क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले जानकारी दिनु भयो  ।
पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ३५ ढोका खोलिएका छन् ।
सप्तकोसीमा पानीको बहाव १ लाख ५० हजार क्यूसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीमा पानीको बहाव उच्च हुँदासमेत भारत सरकारले कोसी ब्यारेजका सबै ढोका खोल्न आनाकानी गरेको छ ।
सप्तकोसीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजको दुबैतर्फ खतराको संकेतस्वरुप रातोबत्ती बालिएको छ ।
भारत सरकारको नियन्त्रणमा रहेको कोसी ब्यारेजमा पानीको बहाव उच्च हुँदासमेत ब्यारेजका सबै ढोका नखोलिएपछि सुनसरीका महेन्द्रनगर, प्रकाशपुर, मधुवन, श्रीपुर, हरिपुरलगायतका सर्वसाधारण आतंकित भएको कोसीपीडित संघर्ष समितिका सचिव बाबुराम कार्कीले बताउनु भयो  ।


गुल्मी, साउन ११ गते । गुल्मी जिल्लाको हस्तिचौर र बिसुखर्कमा पहिरोले घरगोठ बगाउँदा ५ जनाको मृत्यु भएको छ ।
सोमबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले हस्तिचौर– १ मल्दीमा घरगोठ बगाउँदा ५९ वर्षीय तुल्सी दर्जी, १९ वर्षीय अस्मिता दर्जी र ६२ वर्षीय कालिका दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्लाकै बिसुखर्क गाविस वडा नम्बर ९ का गोपाल रानाको घरगोठ बगाउँदा उनका ८ वर्षीय छोरा सुजन राना र ६ वर्षीय छोरी सीमा रानाको ज्यान गएएको छ ।


बिराटनगर , साउन ११ गते । लगातार परेको अविरल वर्षाका कारण बिराटनगरको जनजीवन पनि प्रभाबितहुँन थालेकोछ ।
बिराटनगरको कोशी राजमार्गको शिव मन्दिर छेउको सडक, र बसपार्कमा पानी भरिएको छ भने वडाका टोल टोलमा पानीको  निकास नहुँदा डुवान हुँनथालेकोछ। 
मोरंङ को मधुमळा का केही वडाहरूमा खोलो पसेर हजारौं 
घर परिबार बिस्तापित भएकाछन भने हजारौं बिगाहमा लगाएको धान खेती बगाएको छ।
झापा,मोरंङ,सुनसरीका बिभिन्न ठाँउहरू खोलाको बाढी पसेर लगाएको धानबाली डुबानमा परेकाछन,भने बस्तीहरू बढी प्रभाबित भएको समाचारमा उळेखगरिएकोछ।



एजेन्सी–तीन जना चिनियाँ पत्रकाहरुलाई भारत छाड्न दिएको आदेश प्रति चिनियाँ मिडियामा हंगामा मच्चिएको छ । चीनको सरकारी दैनिक अखबारमा सो घटनापछि लेखिएको छ, भारतको यो कदमले गम्भीर परिणाम ल्याउने निश्चित छ । चिनियाँ सरकारी दैनिक अखबार ग्लोबल टाइम्सले सम्पादकीय लेखेरै भारतका यस्ता कदमले गम्भीर परिणति निम्त्याउने विश्लेषण गरेको हो । टाइम्सको सम्पादकीय उद्धृत गर्दै नवभारत टाइम्सले लेखेको छ, चीनले परमाणू आपूर्तिकर्ता समुहमा भारतलाई असहयोग गरेपछि उसले चीनप्रति बदला लिइरहेको छ । यो यसैको परिणाम हो । उसले यदि नयाँ दिल्लीले बदला लिननै खोजेको हो भने यसले गम्भीर परिणाम ल्याउनेछ । केही दिनअघि चिनियाँ न्युज एजेन्सी दिल्ली ब्यूरोका तीन पत्रकारलाई भारतले देश छाड्न आदेश दिएको र उनीहरुको भिजा अवधि समेत रोकेको थियो । लाइट नेपालबाट, साउन १० गते।

बिराटनगर, साउन १० गते । कांग्रेस सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली सरकारले गरेको सम्झौता लागू गर्ने बताएका छन् ।
संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि भएको छलफलमा हिजो भाग लिंदै देउवाले भने, ‘ओलीले गरेका सन्धी सम्झौता लागू हुन्छन् ।’ उनले चीन र भारतसँग नेपालले सन्तुलित सम्बन्ध राख्नुपर्ने बताए ।
देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललेजस्तो व्यक्तिगतरुपमा प्रधानमन्त्री र संस्थागतरुपमा एमालेमाथि आक्षेप लगाएनन् ।
देउवाले सरकारका केही कामप्रति भने आफ्नो पार्टीको रिजर्वेसन रहेको उल्लेख गरे । उनले नागरिकले एक अर्काप्रतिको देशभक्तिमा शंका गर्न नहुने बताए । ‘आफूलाई देशभक्त अरु होइन भन्ने अधिकार कसैको छैन,’ उनले भने, ‘देशशक्ति राष्ट्रिय सुरक्षासँग जोडिएको हुन्छ ।

काठमाडौं , साउन ९ गते । डिजिटल प्रविधिमा सञ्चालित केबल टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्न सरकारले दिएको समय सीमा फेरि बढाएको छ।
बिराटनगर उपमहानगरपालिका ,महानगरपालिका काठमाडौं वीरगञ्ज, ललितपुर पोखरा उपमहानगरपालिका क्षेत्रका लागि नौ महिना र एक वर्ष समय सीमा बढाइएको हो। सररकारले राष्ट्रिय प्रसारण नियमावलीको आठौं संसोधन गरि समय सीमा बढाएको सूचना तथा सञ्चार सचिव दिनेश थपलियाले जानकारी गराउनु भएको छ । ‘व्यवासयीहरूले विभिन्न कारणले तोकिएकै समयमा डिजिटल बनाउने काम समयमा नसकिने भन्दै केबल वालाहरूले समय माग गरेकोले समयथप गरिएको मंन्त्रालयले जनाएको छ।
 काठमाडौं महानगरपालिका सहित विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा उपमहानगरपालिका क्षेत्रमा सञ्चालित केबल टेलिभिजन आगामी माघ मसान्तभित्र डिजिटलमा रुपान्तरण भइसक्नु पर्नेछ। अन्य क्षेत्रकाले भने २०७४ साउनसम्मको समय पाउनेछन्। काठमाडौं सहित विराटनगर, वीरगञ्ज, ललितपुर र पोखराका केबल टेलिभिजनलाई गत वैशाख १६ गतेभित्र डिजिटल भइसक्ने म्याद दिइएको थियो। अन्य क्षेत्रका लागि भने आगामी माघ मसान्तसम्मको समय दिइएको थियो।
सरकारले २०७० वैशाखमा पहिलोपटक सूचना प्रकाशित गरि एनलग प्रविधिमा आधारित केबल टेलिभिजनलाई डिजिटलमा रुपान्तरण हुन आग्रह गरेको थियो। सरकारले गत वैशाखसम्म एनलगबाट डिजिटलमा रुपान्तरण हुने केबल टेलिभिजनलाई कार्ययोजना पेस गर्न समय दिएको थियो।
त्यस अनुरुप सहरी क्षेत्रका अधिकांस केबल टेलिभिजनले कार्ययोजना पेस गरिसकेको नेपाल केबल टेलिभिजन महासंघले जनाएको छ ।
नेपालमा एनलग प्रविधिमा चलिरहेका केबल डिजिटल प्रविधिमा रुपान्तरण भएपछि उपभोक्ताले उच्च गुणस्तरीय भिडियो हेर्न पाउने छन्। यसैगरी टेलिभिजन च्यानलको संख्या वृद्धि हुनुका साथै आफुले छानेका च्यानल मात्र हेर्न पाउने सुविधा मिल्नेछ।
त्यस्तै आफुलाई मन परेको कार्यक्रम रेकर्ड गरेर राख्न मिल्ने सञ्चालकहरू बताउछन्। डिजिटल केबलका ग्राहकले एकपटकका लागि भने कम्तिमा २ हजार रुपैयाँको सेटअप बक्स भने किन्नु पर्नेछ।



बिराटनगर, श्रावण ८, गते ।  केहिदिन देखि लगातारपरेको  पानीले कोशीको पानीको सतह खतराको निसानामा पुगेको छ भने मोरंङका सबै खोलामा पानीको बहाव बडेर बाढीले   कटान सुरूगरेकोछ ।
बिराटनगरको बसपार्कमा हिलो र पानीले भरिएको छ।बिराटनगरकै केहि भागमा डुवान सुरूहुन थालेकोछ।
अहिले मुलुकभर परेको पानीले बाढी र पहिरोको समस्या बढेको छ । पहिरोकै कारण स्याङ्जामा २ बालकको मृत्यु भएको छ । प्यूठानमा एक बालिका बेपत्ता छिन् । नेपालगन्जमा डुबेर बालकको मृत्यु भएको खबर छ । सयौं घर डुबानमा परेका छन् । मोरंङग लगाएत सबै  ठाउँमा रोपाइँ भइसकेका सयौं बिघा खेतमा बाढी पसेर नोक्सान गरेकोछ ।
 यसले उत्पादन घट्ने सम्भावना बढाएको छ । उद्धारमा खटेका सेना, सशस्त्र र नेपाल प्रहरीका कार्यकक्ष नै डुबानमा परेकाले उद्धार गरिएकाहरूलाई राख्नसमेत समस्या भएको बताइएको छ । 
अविरल वर्षाका कारण नेपालगन्जका विभिन्न स्थान जलमग्न भएपछि जनजीवन प्रभावित भएको छ ।
जिल्ला प्रहरीका अनुसार वर्षाका कारण नेपालगन्ज उपमहानगरपालिकाका गणेशपुर, घरबारी टोल, बेलासपुर, भृकुटीनगर, सिद्धार्थ टोल, सुर्खेतरोड, कारकाँदो, शान्तिनगर, लगायत  अधिकांश स्थान जलमग्न भएका छन् । करिब ५ सय घरमा पानी पसेको छ । कोहलपुर क्षेत्रका ६० घर डुबानमा परेपछि इलाका प्रहरी कार्यालयले अस्थायी रूपमा डुबान क्षेत्र खोलेको छ । पुर्ब–पश्चिम राजमार्गस्थित चप्परगौडी बढी प्रभावित छ । अविरल वर्षाले बिराटनगर राजबिराजमा डुबान सुरु भएको छ, भने नेपालगन्ज नगर जलमग्न भएपछि विद्युत् सेवासमेत प्रभावितबनेकोछ । नेपालगन्ज कारागारमा पानी जमेको छ । दर्जनभन्दा बढी कार्यालय, होटेल तथा पसलहरूमा पानी पसेको छ । निकास नहुदा डुबान समस्या बढेको कुरा समाचारमा उल्लेख गरिएको छ ।  


बिराटनगर,श्रावण ७, गते । संसदको सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लाेकमान सिंह कार्कीसहित सबै पदाधिकारीलाई छलफलको लागि आइतबार बोलाउने निर्णय गरेको छ । समितिको हिजो बसेको बैठकले काठमाडौं विश्वविद्यालयको एमडी/एमएस प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको बिषयमा छलफलका लागि पदाधिकारी बोलाएको हो ।
समितिको बैठकमा काठमाडौं विश्वविद्यालयका पदाधिकारीसँग अख्तियारले हस्तक्षेप गरेको बिषयमा छलफल गरेको थियो । समितिले हस्तक्षेपको बिषयमा छानबिनको लागि उपसमितिसमेत बनाउने निर्णय गरेको छ ।
समितिको बैठकमा सांसद अमनलाल मोदीले अख्तियारका प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने बिषयमा सांसदहरुले खुलारुपमा छलफल गर्ने हिम्मत गर्नुपर्ने बताए ।
कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग गर्दै गोविन्द केसी अनशनमा छन् ।
समितिको बैठकमा उपस्थित काठमाडौं विश्वविद्यालयका रजिष्टार भोला थापाले अख्तियारले विश्वविद्यालयको प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरेको र सोही क्रममा विश्वविद्यालयको कम्युटरमा प्रयोग गरिएको सीपीयूसमेत लिएरगएको बताए।

बिराटनगर, साउन ६ गते । नेपालले दखिन तिरको दशगजा, कोआफ्नो भूमिमा विद्युतीय तारबार लगाउँन थालेको सुनेर नेपालीहरू खुसीले गदगद भएकाछन । अब सरकारले दखिन तिर पुरै तारबार लगाउन जनताले भन्दैछन । खुळा भएकै कारण भारतीय जंगली हात्ती अपराधीक मानिसहरूले पुर्याउंदै आएको क्षतिका घटनाहरुमा हाल कमी भएको छ ।
नेपालको पूर्वी सीमावर्ती क्षेत्रको १८ किलोमिटर दुरीमा लगाइएको विद्युतीय तारबारका कारण जंगली हात्ती नेपाल पस्न नपाएको भन्दै भारतको पश्चिम बंगाल राज्य सरकारले आपत्ति जनाएको छ । उसले आफ्नो केन्द्र सरकारलाई नेपालको सीमावर्ती क्षेत्रमा हात्तीको मार्ग खुलाउन नेपालसंग पहल गरिदिन आग्रह समेत गरेको पश्चिम बंगाल सरकारका वनमन्त्री विनयकृष्ण बर्मनले  बताए। त्यस्तो आग्रहसहित औपचारिक पत्र समेत दिल्लीलाई लेखिएको बर्मनले जनाए।
नेपाल सरकारले दखिन बोडरमा तारबार लगाउने काम छिटो छिटो गरोस् जन्ताहरू भन्दैछन ।


काठमाडौं , असार ६ गते । चिनियाँ स्मार्टफोन निर्माता हुवाइ विश्व बजारमा आक्रमक ढंगले अगाडि आइरहेको छ। एशिया, युरोपपछि अमेरिका पुगेको हुवाइ अहिले एप्पल र सामसङपछि विश्वको तेस्रो ठूलो स्मार्टफोन ब्रान्ड हो। नेपालमा हुवाइले मेट ८ मोडल बजारमा उतारेको छ। चिनियाँ स्मार्टफोन बादशाहको यो उत्पादन कति गजब छ भन्ने कुराको अनुभव नेपालीले गर्न थालिसकेका छन्। सन् २०१५ को नोवेम्वरमा हुवाईले मेट ८ को घोषणा गरेको हो दुई महिनाअघि मेट ८ को चाइनामा औपचारिक रुपमा सार्वजनिक गरियो।
परिमार्जित मेट ८ ले एन्ड्रोइडले साच्चै तपाइँलाई किन? भन्ने कुरा बताउनेछ। सुरुमा यसमा रहेको इमोशनल युआई इएमयुआई ४.० ले दुविधामा पार्न सक्छ तर ढुक्क हुनु भएहुन्छ तपाइँको मनको सामाग्री प्रयोग गर्न यसले व्यवधान गर्ने छैन।
इएमयुआईले पहिले आफ्नो होम स्क्रिनमा आफ्नै म्युजिक एप राखेको थियो। कम्पनीले हाल राउन्ड सेपमा रहेको आइकनहरुलाई स्क्वायर सेपमा लाने निर्णय गरेपछि तेस्रो पार्टीका धेरै एपहरु अझै देखाइरहेका छन्। यसले होमस्क्रि केही फोहोर पारेजस्तो देखिन्छ। हुवाइले एन्ड्रोइड एप ड्रयर पनि हटाउने भएको छ। त्यस कारण तपाइँ आफ्ना सम्पूर्ण एपहरुलाई होम स्क्रिन अथवा अन्य पेजमा राख्नुपर्ने हुन्छ। एप्पलको आइओएसलाई पछि पार्न यस्तो गरिएको जस्तो देखिएको छ।
मेट ८ हेर्दा सुन्दर छ। मन फुकाएर भन्ने हो भने आजसम्म आएका स्मार्टफोनमध्ये असाध्यै गजब सुन्दर देखिन्छ। यो ग्याजेट हेर्दा मेसिन्ड एलुमियम जस्तो ठूलो देखिन्छ तर जब तपाइँले नजिकबाट नियाल्नुहुन्छ पछाडि पट्टि साना एन्टेना पाउनु हुनेछ। यसको बिजेल्सहरु यति मसिना छन् कि यसलाई हत्केलामा पनि अटाउन सकिन्छ। हुवई अहिले सिमलेस डिजाइनमा आएको छ।
यसलाई हातमा राखेर गल्ती खोज्न थाल्नुभयो भने कमजोरी पत्ता लगाउन तपाइँलाई गाह्रै हुन्छ। यो यति नरम छ जुन हत्तपत्त हातबाट चिप्लदैन। हेर्दा भारी देखिए पनि यसको स्पर्श गर्दा यसको नरमपन अनुभव गर्न सकिन्छ। तपाइँको हात सानो छ भने यो ६ इन्चको फोन तपाइँका लागि नहुन पनि सक्छ। मेड ८ को साइज ठूलो भए पनि हुवाइले क्वाड एजडिको साटो  १०८० पावरको रिजोलुसनको प्रयोग गरेको छ। कम्पनिले ब्याट्री आयु हेरेर यसको निर्णय गरेको देखिन्छ। अरु स्मार्ट फोनको तुलनामा १०८० पावर कम लगे पनि धेरै अवस्थामा १०८० प्रोसेसरले काम गर्छ। क्वाड एचडी ओलेट स्क्रिन प्रयोग गरिसकेकाहरुका लागि भने यो आहा भन्ने नहुन सक्छ।
मेट ८ ले हुवाइको आफ्नै अक्टा कोर चिप चलाइरहेको छ। हुवाइले ३ जिबी र्याम र ३२ जिबि स्टोरेज भएको मोडल केही समय अघि बजारमा पठाएको थियो। अतिरिक्त र्यामले फोनमै सिनेमा स्टोर गर्न पनि सकिनेछ। यसको अर्को विषेशता भनेको फिङरप्रिन्ट सेन्सर हो। यो नेक्सस ६ पी भन्दा छिटो छ। यसले एक पल्ट छुदैमा काम गर्छ। तपाइँले मोवाइल सुचारु गर्न धेरै थिचिरहनु पर्दैन। तपाइँले स्क्यानरमा औँला राख्दा केही सेकेन्ड मै आफै अनलक हुन्छ।
अन्ततः मेट ८ मा दुवै साइडमा एकदम आकर्षक स्पिकरहरु रहेका छन् जुन हेडफोन बिना नै तपाइले भिडियो हेर्न तथा साथीहरुसँग बसेर गीत सुन्न सक्नुहुनेछ। यसको आवाज त्यति आकार्षक नभएपनि अरु स्मार्टफोन भन्दा कम पनि छैन।
४००० एमएएचको ब्याट्री
मेट एट को विषेशता भनेकै यसको ब्याट्रीको आयु हो। हुवाईले ४००० एमएएच ब्याट्री प्रयोग गरी फोनलाई प्याक गरेको हुन्छ। र थोरै समयमा नै डिसप्ले देखन्छ। केही ब्याट्री जोगाउने सफ्टवेरहरुको सहयोगमा तपाइँ केही दिन ब्याट्री जोगाउन सक्नुहुनेछ। यसका प्रयोगकर्ताहरुको अनुभवमा मेड ८ को ब्याट्री दुई दिनसम्म टिकेको पाइएको छ। सबै प्रयोगकर्ताको अनुभव यस्तै भने पाइएको छैन।
१३ मेगापिक्सेलको क्यामेरा
यसमा १३चिनियाँ स्मार्टफोन निर्माता हुवाइ विश्व बजारमा आक्रमक ढंगले अगाडि आइरहेको छ। एशिया, युरोपपछि अमेरिका पुगेको हुवाइ अहिले एप्पल र सामसङपछि विश्वको तेस्रो ठूलो स्मार्टफोन ब्रान्ड हो। नेपालमा हुवाइले मेट ८ मोडल बजारमा उतारेको छ। चिनियाँ स्मार्टफोन बादशाहको यो उत्पादन कति गजब छ भन्ने कुराको अनुभव नेपालीले गर्न थालिसकेका छन्। सन् २०१५ को नोवेम्वरमा हुवाईले मेट ८ को घोषणा गरेको हो दुई महिनाअघि मेट ८ को चाइनामा औपचारिक रुपमा सार्वजनिक गरियो।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.