Websoft University

मेघालाई सहयोगको खाँचो


विराटनगर, १६ साउन । करेन्ट लागेर दुवै हात गुमाएकी विराटनगर ११ कि १९ वर्षीया मेघा कार्कीलाई अष्ट्रेलियाको एक संस्थाले उपचारका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

आज विराटनगरमा आयोजित एक कार्यक्रमका बीच निर्माता तथा निर्देशक समेत रहनुभएका गजेन्द्रराज थापाले ‘लाफिङ रेन्बो’ नामक संस्थाको तर्फबाट सो रकम हस्तान्तरण गर्नुभएको हो । अष्टे«लियमा च्यारिटी कार्यक्रम गरेर प्राप्त रकम आफूले हस्तान्तरण गर्नुभएको थापाले बताउनुभयो ।

आफ्नो घरमाथिको ३३ हजार भोल्टको हाइटेन्सन लाइनले उनलाई अकस्मात करेन्ट लाग्दा मेघाको दुवै हात पूर्णरूपमा गुमेको थियो ।

मेघाको हात अष्ट्रेलिया र अमेरिकामा मात्र लगाउन मिल्ने डाक्टरले बताएपछि उनलाई समस्या परेको छ । आर्थिक अवस्था कमजोर रहेको र हात लगाउन ठूलो रकम लाग्ने भएपछि उनले सहयोगको याचना गरेकी छिन् ।
ऊनलाई गत वर्षको पुषमा करेन्ट लागेको थियो।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.