Websoft University
October 2020


 विराटनगर, १५ कात्तिक । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उहाँले बताउनुभयो । 

विराटनगरमा निजी क्षेत्रको सक्रियतामा प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको साँझेदारीमा कोशी कोभिड अस्पताल परिसरमा निर्माण भईरहेको आईसोलेसन केन्द्रको अनुगमन गर्दै मन्त्री घिमिरेले भन्नुभयो,‘ नेपालमा कोरोना संक्रमण देखापरे लगत्तै कोभिड अस्पताल निर्माण शुरु गरियो ।’ संक्रमित बढेसँगै कोभिड अस्पतालको क्षमता विकास र प्रदेशका विभिन्न स्थानमा आईसोलेसन केन्द्रहरु थप गर्दै लगिएको मन्त्री घिमिरेले बताउनुभयो । निजी क्षेत्रसँगको साँझेदारीमा अक्सिजन सहितको १ सय वेड बाहेक प्रदेश सरकारले कोभिड अस्पताल परिसरमै रहेको भवनमा विशिष्टिकृत सेवा सहितको थप १ सय वेड निर्माणको काम भईरहेको जानकारी दिनुभयो । संघीय सरकार, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहयोगमा विशिष्टिकृत सेवा सहितको १ सय वेड तयार गरिने उहाँले बताउनुभयो । मन्त्री घिमिरे भन्नुभयो,‘ निर्माण कार्य धमाधम भईरहेकाले चाँडै सञ्चालन गरिने छ ।’ विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी क्षेत्रबाट काम शुरु गर्दा छिटो हुने बताउनुभयो । अक्सिजन सहितको वेड तत्काल आवस्यक भएकाले सरकारी प्रकृयामा ढिलो हुने भएकाले भएकाले निजी क्षेत्रसँगको साँझेदारीमा काम शुरु गरिएको उहाँले बताउनुभयो । उहाँले महानगर क्षेत्रमा संक्रमण बढ्दै गएकाले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गर्नुभयो । नागरिक केयर सेन्टरका संयोजक उद्योगी पवन सारडाले तिहार अगावै अक्सिजन सहितको वेड सञ्चालनका लागि काम भईरहेको बताउनुभयो । सरकारले थप वेडको आवस्यकता महसुस गरेको खण्डमा त्यसका लागि नागरिक केयर सेन्टर तयार रहेको उहाँले बताउनुभयो । 


 


विराटनगर  कार्तिक १५ गते । रातो तारा डट कम, प्रदेश १ को राजधानी विराटनगरमा १ सय ५ जना सहित प्रदेश १ मा आज २ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या १९ हजार १ सय ७५ पुगेको छ ।

मोरङमा १ सय २६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा १ सय २६ थपिएको मध्ये विराटनगरमा मात्र १ सय ५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष  छन् । विराटनगर बाहेक बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, सुन्दरहरैचामा ३, सुनबर्षी, लेटाङ र जहदामा २/२, केराबारी, रंगेली र बेलबारीमा १/१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको धरानमा ३३, इटहरीमा १२, इनरुवामा ७, बराहक्षेत्रमा ३, बर्जु, गढी र दुहवीमा १/१ जना, झापाको दमक र विर्तामोडमा ६/६, कनकाईमा ५, मेचीनगरमा ४, बुद्धशान्ति र भद्रपुरमा २–२, हल्दीबारी र शिवसताक्षीमा १/१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । इलामको इलाम, माई र चुलाचुलीमा १/१, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ आज ३२ जना डिस्चार्ज भएका छन् । होटल एशियाटिक आईसोलेसनबाट १४, विराट मेडिकल कलेजबाट ९, न्युरो अस्पतालबाट ५, मेची अस्पतालबाट ३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ८ सय ५० पुगेको छ ।

प्रदेश १ मा आज ८ सय ३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ५ महिला र १ सय १७ पुरुषको रिपोट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५९ हजार ७ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 


झापा, कात्तिक-१५ गते । रातो तारा डट कम, झापाको मेचीनगर नगरपालिका-१५ हल्दिबारी स्थित एरियाबाट एक लाख मुल्य बराबरको अतिसबाजी(पटका) बरामद गरिएको छ ।


सोही एरिया स्थितमा पटकाहरु लुकाई छिपाई राखिएको छ भन्ने विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो साँझ साढे ७ बजे एक लाख मुल्य बराबरको विभिन्न ब्राण्डका अतिसबाजी(पटका) हरु बरामद गरेको हो । लुकाई छिपाई राखीएको अवस्थामा पटकाहरु बरामद गरिएसंगै थप अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 


विराटनगर, १४ कात्तिक । रातो तारा डट कम, आगामी मंसिर भित्रमा सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडान भईसक्ने भएको छ । फ्लड लाइट जडानका लागि आवस्यक सामाग्री आईसकेकाले मंसिर भित्रमा काम सम्पन्न हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । रंगशालामा फ्लड लाइट जडानका लागि  आवस्यक सामाग्रीहरु ल्याएपछि अनुगमन गर्दै मन्त्री घिमिरेले मंसिर मसान्त भित्रमा काम सकिने बताउनुभयो ।   


गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिवीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।  लकडाउनका कारण भारतबाट सामाग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको मन्त्री घिमिरेले बताउनुभयो ।

कोरोनाको संक्रमण रोक्न सरकारले नेपाल र भारतको सीमा सील गरेको कारण देखाउँदै कम्पनीले सामग्री ल्याउन नसकेको कार्की बन्धु अमर जेभिका प्रोपाईटर गणेश कार्कीले बताउनुभयो । उहाँले मंसिर भित्रमा काम सम्पन्न गरिने बताउनुभयो । उहाँका अनुसार अहिले ३३ मिटरका मास्ट (पोल) र १०८ वटा लाईट ल्याईसकीएको बताउनुभयो । 

लकडाउनले भारतबाट आवश्यक निर्माण सामग्री ल्याउन समस्या भएपछि पछिल्लो पटक पुस २८ गते सम्मको समय सीमा दिइएको सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद शाखा प्रमुख कोमल खड्काले बताउनुभयो । मन्त्रालयले फ्लड लाइट जडानका लागि ४ करोड २९ लाख रुपैयाँमा ठेक्का दिएको उहाँले बताउनुभयो ।  




 


विराटनगर, १४ कात्तिक । रातो तारा डट कम, प्रदेश १ मा आज ५६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २५३, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३, सोलुखुम्वुमा २, पाँचथर, खोटाङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १४७ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६१ महिला र ८६ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १८, कटहरीमा ९,सुनबर्षीमा ८, ग्रामथानमा ७, बुढीगंगा र उर्लाबारीमा ६–६, धनपालथान र बेलबारीमा ५–५, कानेपोखरी, जहदा, मिक्लाजुङ, रंगेली र केराबारीमा ४–४ र रतुवामाईमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको दमकमा ७५, विर्तामोडमा १५, गौरादहमा १०, कमल गाउँपालिकामा ९, कनकाईमा ६, भद्रपुरमा ५, बुद्धशान्ति, मेचीनगर र अर्जुनधारामा ४–४, शिवसताक्षी र हल्दिबारीमा ३–३, बा¥हदशीमा २, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको इटहरीमा ३९, धरानमा ३६, इनरुवामा ११, बराहक्षेत्रमा ८, रामधुनीमा ४, भोक्राहानरसिंहमा ३, दुहवी, गढी, बर्जु र देवानगञ्जमा २–२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उदयपुरको त्रियुगामा ९, बेलकामा २ र स्थानीय तह नखुलेको १, इलामको इलाम नगरपालिकामा ६, फाकफोकथुममा ५, धनकुटाको धनकुटा नगरपालिकामा ३ र शहिदभूमीमा १, भोजपुरमा ३, सोलुखुम्वुको सोलुदुधकुण्डमा २, पाँचथरको फिदिम, खोटाङको दिप्रङ चुईचुम्वा र ते¥हथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका २६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ९५३ पुगेको छ ।

प्रदेश १ मा आज ६१९ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५९५, मेची अस्पतालबाट १३, न्युरो अस्पतालबाट ८ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ७९८ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ९६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२३ महिला र ३४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५८ हजार ९४८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



बिराटनगर कार्तिक १४ गते । रारो तारा डट कम, सिमा नाका बाट हुने चोरी तस्करी नियन्त्रण अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बिभिन्न मिती र स्थानमा चेक जाँच तथा खानतलासी गर्ने क्रममा भारत तर्फबाट भन्सार छली चोरी गरी नेपाल तर्फ भित्रयाउदै  गरेका सामान बरामद गरेको थियो ।

चोरीपैठारी बाट आएका प्याज ,एयरफोन ,खैनी ,स्टीलका भाडा बर्तन लगायतका सामनहरु र उक्त अबैध रुपमा भित्रायका सामानहरु ओसार पोसार गर्ने कार्यमा प्रयोग भएको को.१ ह.९२११ नं को अटो टेम्पो समेत गरी अन्दाजी बिगो रु ३०५९६०।- ( तिन लाख पाच हजार नौ सय साठी ) बरावरको मालसामान तथा सवारी साधन समेत नियन्त्रणमा लिई आज मिती २०७७।०७।१४ गते कानुन बमोजिम कार्वाहीको लागी विराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको।

 


सुनसरी,कार्तिक १३ गते । रातो तारा डट कम, सुनसरी भोक्राहा नरसिंह गाँउपालिका-७ स्थितबाट हतियार लुकाई राखेको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थान बस्ने २३ बर्षीय टुमा सिंह यादब रहेका छन ।

यादबले आफ्नो घरमा हतियार लुकाई राख्ने र स्थान मानिसहरुलाई ज्यान मार्ने धाकधम्की समेत दिने गरेको विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनलाइ हिजो विहान १० बजे नियन्त्रणमा लिएको थियो।

 यादबलाई नियन्त्रणमा लिए संगै उनको घर कम्पाउण्डमा खानतलासी गर्ने क्रममा शौचालयको सेफ्टी ट्याङकीको छेउमा कालो प्लाष्टिकको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा 7.657 Made in India लेखिएको पेस्तोल थान-१ र २ राउण्ड गोली लोड गरीएको म्याग्जीन थान १ समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

 पक्राउ परेका यादब उपर हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

 


विराटनगर, १३ कात्तिक । रातो तारा डट कम, प्रदेश १ मा आज १३४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५७, मोरंगमा ४२, झापामा ३१, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१ जना, मोरंगको विराटनगरमा ३२, बुढीगंगामा २, कानेपोखरी, सुन्दरहरैचा र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको भद्रपुर र विर्तामोडमा ८–८, मेचीनगर र कनकाईमा ३–३, शिवसताक्षीमा २, बुद्धशान्ति, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ , ते¥हथुमका १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ३८४ पुगेको छ । 

प्रदेश १ मा आज ७० जना डिस्चार्ज भएका छन् । कालि सदन आईसोलेसन र मारवाडी सेवा सदन आईसोलेसनबाट २५–२५, बैजनाथपुर आईसोलेसन र विराट मेडिकल कलेजबाट १०–१० जना डिस्चार्ज भएका हुन । हालसम्म १० हजार १७९ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज ४४२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६४ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५६ हजार ९८८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


 


विराटनगर, १२ कात्तिक । रातो तारा डट कम, प्रदेश १ मा आज ५५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २४२, सुनसरीमा १९९, झापामा ७७, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभामा ४, खोटाङ र ते¥हथुममा ३–३ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएकोछ । मन्त्रालयका अनुसार विराटनगरमा १७१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६४ महिला र १०७ पुरुष छन् । मोरंगको उर्लाबारीमा १३, सुन्दरहरैचामा १२, बेलबारीमा ९, पथरीशनिश्चरेमा ८, मिक्लाजुङमा ५, बुढीगंगा र रतुवामाईमा ४–४, सुनबर्षी र कटहरीमा ३–३, रंगेली, केराबारी, कानेपोखरी र लेटाङमा २–२, ग्रामथान र जहदामा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा ९७, धरानमा ६६, इनरुवामा २१, दुहवी, रामधुनी र गढीमा ३–३, बराहक्षेत्रमा २, बर्जु, देवानगञ्ज, कोशी र भोक्राहानरसिंहमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा २७, मेचीनगरमा ११, गौरादह र विर्तामोडमा १०–१०, शिवसताक्षीमा ५, कमल गाउँपालिकामा ३, अर्जुनधारा, बुद्धशान्ति र कनकाईमा २–२, भद्रपु र बा¥हदशीमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उदयपुरको चौदण्डीगएमा ३, कटारीमा २ र त्रियुगामा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, साँगुरीगढी र छथरमा १–१, संखुवासभाको चैनपुर र मकालुमा २–२, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १ र स्थानीय तह नखुलेका २, ते¥हथुमको लालीगुराँसमा २ र म्याङलुङमा १ र प्रदेश १ बाहिरका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार २५० पुगेको छ ।

प्रदेश १ मा आज ६९५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६८०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ र मेची अस्पतालबाट ४ जना डिस्चार्ज भएका हुन । हालसम्म १० हजार १३८ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार २६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २१९ महिला र ३३७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ५६ हजार ५४६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


 


 विराटनगर,कात्तिक-६ गते ।  रातो तारा डट कम,        यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्की ज्युले  आज अपरान्ह मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटहरुको र सिमा क्षेत्रको आकस्मिक रुपमा स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।


नेपालीहरुको महान चार्ड विजया दशमी,दिपावाली लगायतका चाडपर्वहरु नजिकिदै गरेको अवस्थामा सिमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी,लागुऔषध ओसारपसार लगायतका सिमावर्ती अपराधहरु हुन गर्न नदिन कडाईका साथ लक्षीत शुरक्षा योजना लागु गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।  साथै सिमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई कार्य सम्पादनको क्रममा कोभिड १९  को मापदण्डको पालना गरी  उच्च मनोवलका साथ प्रभावकारी भुमिका निर्वाह गर्न  समेत उत्प्रेरित गर्नु भएको छ ।  


काठमाण्डौ कार्तिक ६ गते । रातो तारा डट कम, भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेट गरी फर्किनुभएको छ । 


हिजो दिउँसो नेपाल आएका गोयल आज बिहान ९ बजेपछि दिल्ली फर्कनुभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट गोयल नेतृत्वको ९ सदस्यीय टोली स्वदेश फर्किएको हो । गोयल नेतृत्वको टोलीले हिजो साँझ प्रधानमन्त्री ओलीसँग करिब २ घण्टा छलफल गरेको थियो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गोयल र प्रधानमन्त्रीबीच भेट भएको जानकारी दिनुभएको छ । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले भने पत्रपत्रिका पढेर भारतीय गुप्तचरको भ्रमणबारे थाहा पाएको बताउनुभएको छ ।

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व गृह मन्त्री भीम रावलले प्रधानमन्त्री ओली र गोयलसँगको भेटलाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएको बताउनुभएको छ । ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ’ रावलले सामाजिक सञ्जाल ट्विटमा लेख्नुभएको छ । 

पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भने सचिवालयमार्फत गोयलसँग आफ्नो भेटघाट नभएको बताइसक्नुभएको छ । गोयलसँग प्रधानमन्त्री ओलीले भेट गरेकोमा साझा पार्टीले पनि आपत्ति जनाएको छ । 

रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन्?  प्रश्न गर्दै साझा पार्टीले विज्ञप्तिमार्फत भनेको छ, “यदि हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पार्नुपर्छ । 

त्यसो होइन भने आफ्ना खुफिया एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमाझारेकोसंकेतगर्दछ ।’ 


 


विराटनगर, ६ कात्तिक । रातो तारा डट कम,   प्रदेश १ मा आज ६३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा  ६, संखुवासभामा ३, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार विराटनगरमा २१४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ७४ महिला र १४० पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २२, उर्लाबारी, कानेपोखरी र बेलबारीमा ९–९, मोरंगको रंगेली र बुढीगंगामा ७–७, पथरीशनिश्चरे र लेटाङमा ५–५, रतुवामाईमा ४, जहदा र कटहरीमा ३–३, धनपालथान र ग्रामथानमा १– १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा १०३, इटहरीमा ३९, इनरुवामा १६, बराहक्षेत्रमा ७, रामधुनीमा ५, बर्जु र दुहवीमा ३–३ , भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


उता झापाको दमकमा ३४, विताृमोडमा २०, मेचीनगरमा १८, भद्रपुरमा ११, अर्जुनधारामा ९, बा¥हदशीमा ६, गौरीगञ्जमा ३, कनकाईमा २, कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उदयपुरको त्रियुगामा ७, कटारीमा ५ र बेलकामा १, इलामको सुर्योदयमा ३, इलाम नगरपालिका र मांसेबुङमा २–२, चुलाचुलीमा १, ताप्लेजुङको फुङलिङमा ४, श्रीजंगा र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारी, मकालु र सिलिचोङमा १–१, खोटाङमा १, धनकुटामा १ र प्रदेश १ बाहिरका १६ जनाको रिपोर्ट पोजेटिभ आएको  सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार ८ पुगेको छ ।


प्रदेश १ मा आज ४१८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ३९७, कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढीबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ६२५ पुगेको छ । 


प्रदेश १ मा आज १ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९७ महिला र ४४० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ५१ हजार ६०५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।





 


काठमाण्डौ कार्तिक ६ गते । रातो तारा डट कम नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या १ लाख नाघेको छ । बितेको २४ घण्टामा ३ हजार २१५ जना कोरोना सङ्क्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको  संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ । बितेको २४ घण्टामा थप ३ हजार ६ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित प्रेस ब्रिफिङ गर्दै हालसम्म पीसीआर विधिबाट १३ लाख ५० हजार १ सय ५२ परीक्षणहरु गरिएको जानकारी दिएको छ । बितेको २४ घण्टामा जम्मा १५ हजार २ सय ५५ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ७ सय ५१ रहेको मन्त्रालयले जनाएको छ । 





 


 मोहन कुमार राई -कार्तिक ६ गते । रातो तारा डट कम,संखुवासभा, धर्मदेवी नगरपालिका वडा नंं ४ स्थित हुम्लीङ्गमा चितुवाको आक्रमणबाट ३ मानिस सक्त घाइते भएको छ । मंगलबार विहान ८ बजे चितुवाको आक्रमणबाट  वर्ष ७६ को धान बहादुर घिमिरे, वर्ष २५ को गणेश घिमिरे, र वर्ष ४० को टंक श्रृपाली वस्नेत शक्त घाइते भएका हुन । 

चितुवाले मानिस मात्र होइन ११ बढी बाख्रा पनि सखाव बनाएको थियो । विहानै  बाख्राको खोरमा बाघ देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए  । जस बहादुर जिमीको ६वटा बाख्रा, लिला बहादुर वस्नेतको ६ वटा र टंक श्रृपाली वस्नेतको  १ वटा बाख्र बाघले मारिसको थियो । 

चितुवाले मानिसलाई समेत आक्रमण गर्नथालेपछि प्रहरी चौकी याख्याचोकबाट खटिएको प्रहरी टोली र सब डिभिजन कार्यालय धर्मदेवी नगरपालिकाका प्रतिनिधि सहितको सुरक्षा टोलीले बाघलाई नियन्त्रण गर्न खोज्दा चितुवाको समेत मृत्यु भएको थियो । चितुवाको आक्रमणबाट घाइते भएकाहरुको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर तर्फ लगिएको वडा नं. ४ का वडाध्यक्ष अनिल  लिङ्गखाले वताउनुभयो । 


 


मोहन कुमार राई - कार्तिक ६ गते । रातो तारा डट कम,संखुवासभा, चैनपुर नगरपालिका स्थित समाज स्पर्श समितिद्धारा नगरको सभाहलमा एक कार्यक्रमका वीच स्वास्थ्य संस्थाहरुलाई पिपिइ लगायत स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । 


समाज स्पर्श समिति र एक्सन एड नेपालको साझेदारीमा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तरगत चैनपुर नगरपालिका क्षेत्रका स्वास्थ्य संस्था तथा क्वारेन्टाइनहरुमा स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको संस्थाका सदस्य गोविन्दमान तामाङले वताउनुभयो  । 

नगर प्रमुख भरतकुमार खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा डिस्पोजिवल पिपिइ सेट ७५ थान, डिस्पोजिवल ग्लोवस १ सय थान, डिस्पोजिवल माक्स २ सय थान, हेण्ड सेनिटाइजर ७ थान, लिक्वीड एन्टीसेप्टीक हेण्डवास ७ थान, केएन९५ माक्स २० थान, लोवेड डिसेवल वेड, डिजेवल ह्वील चियर लगायतका१ लाख ५७ हजार ४ सय १४ रुपैया मूल्य बराबरको सामाग्रीहरु संस्थाले नगरप्रमुख भरतकुमार खत्रीलाई हस्तान्तरण गरिएको समाज स्पर्श समितिका वाल प्रयोजन तथा बालअधिकार अधिकृत खगेन्द्र डाँगीले जानकारी दिनुभयो । 

कार्यक्रममा नगरप्रमुख खत्रीले कोभिड १९ को यो महामारीमा संस्थाले गरेको सहयोगप्रति धन्यवाद दिनुभएको थियो । यसैगरी कार्यक्रममा सहयोगी संस्थाको तर्फबाट संस्थाका सदस्य गोविन्दमान तामाङले समेत बोल्नुभएको थियो । 

 


 


मोरङ,कात्तिक - ६ गते । रातो तारा डट कम, मोरङ बेलबारी-४ स्थितमा बस्ने १९ बर्षीया समिक्षा राईको स्कुटी दुर्घटनाबाट मत्यु भएको छ । हिजो राती पौने १२ बजे बेलबारी-४ स्थित भित्री सडकखण्डमा को ३२ प ५६३७  नम्बरको स्कुटी अनियन्त्रीत भई दुर्घटना हुदा स्कुटी चालक समिक्षा गम्भिर घाईते भएकी थिईन । गम्भिर घाईते भएकी  समिक्षाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा आज विहानको राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 


बिराटनगरकात्तिक-६ गते । रातो तारा डट कम, जिल्ला प्रहरी कार्यालय तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक कुमार राई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  घोषित भएका छन् । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिकलगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै विभिन्न जघन्य अपराधमा फरार प्रतिवादीहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरी आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनिय  कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय तेह्रथुम दरवन्दीमा कार्यरत प्रहरी सहायक निरीक्षक कुमार राईलाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल असोज महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।  प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

 


बिराटनगर कार्तिक ६ गते । रातो तारा डट कम ,फरार अभियुक्त पक्राउ गर्ने अभियान अन्तर्गत मिति २०७६।०४।१५ गते अन्दाजी २३स्०० बजे जिल्ला मोरङ धनपालथान गाउँपालिका नं।२ स्थित सडक छेउमा जिल्ला मोरङ सुनबर्षी नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष १९ की परिवर्तित नाम रंगेली ९११० र ऐऐ बस्ने  बर्ष १३ की परिवर्तित नाम रंगेली ९१२०  लाई जवरजस्ती करणी उद्योग गरी  हालसम्म फरार रहेका अभियुक्तहरू जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नं। ७ बस्ने बर्ष २१ को रोशन कु। मण्डल,ऐ।ऐ। बस्ने बर्ष २० को जय कृष्ण मण्डल रऐऐ बस्ने बर्ष २३ को मन्जित मण्डललाई प्रहरी चौकी गडेरियाबाट खटिएको प्रहरी टोलीले मिति२०७७।०७।०५ गते अन्दाजी २०स्०० बजे गाउँ घरमा लुकी छिपी बसि रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई थप अनुसन्धान भई रहेकोछ । 

 

 









 


नाम स् रोशन कु। मण्डल, जय कृष्ण मण्डल र मन्जित मण्डल

उमेर स् २१,२० र २३

ठेगाना स् जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नं। ७ 



बिराटनगर कार्तिक ६ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ रानीबाट अवैध रूपमा भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याई वेवारिसे अवस्थामा राखिएको अन्दाजी १०,०००।- (दशहजार) मुल्य बराबरको प्याज जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भई रहेकोछ । 

 

बिराटनगर कार्तिक ६ गते । रातो तारा डट कम,अवैध रुपमा चोरी निकासी तथा पैठारीलाई निरुत्साहित गरि यस्ता अवैध काम गरि नेपाल सरकारको करलाई छलि गर्ने कामलाई अन्त्य गर्ने र तस्कर गर्ने मानिसहरुलाई कानून बमोजिम कार्वाही गर्ने अभियानैै चलाएको छ ।


जिल्ला प्रहरि कार्यालय मोरङले विशेष सुचनाको आधारमा विशेष टोली परिचालन गरि मिति २०७७।०७।०५ गते अन्दाजी २०स्१० बजे जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं। ६ घाँस चौक स्थितमा भारत बिहार राज्य जिल्ला अररिया जोगमनी पञ्यायत  वडा न। ९ बस्ने बर्ष २२ को किसन कुमार रायले सटर भाडा लिई अबैध रुपमा भारतबाट ल्याई कपडा स्टोक गरी राखेको विभिन्न किसिमका विभिन्न कम्पनिका कपडाहरु (कुर्था सुरुवाल, कुर्थी सिङ्गल, सुरुवाल, जेन्स पाईन्ट, टिसर्ट) अन्दाजी मुल्य रू। ३,२१,६००।– (तिन लाख एक्काईस हजार छ सय मात्र ) बराबरको  बरामद गरी निज किसन कुमार रायलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई कानुन बमोजिम कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भई रहेको छ। 

 

 


    



 







नाम स् किसन कुमार राय

उमेर स् २२ बर्ष 

ठेगाना स् भारत बिहार राज्य जिल्ला अररिया 

जोगमनी पञ्यायत  वडा न। ९


   


काठमाण्डौ कार्तिक ६ गते । रातो तारा डट कम,आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मावलम्बीहरूले कात्यायनीदेवीको पूजा गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । 

यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । 

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको संक्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । 


 


काठमाण्डौ कार्तिक ६ गते । रातो तारा डट कम, बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अन्तरगत त्रिभुवन राजपथको चुरिमाई मन्दिर नजिक मोटरसाइकलाई ट्रिपरले ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्ला साविक चुरियामाई गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २४ का सञ्चलाल गोले रहेका छन् । ना ५० प २५७६ नम्बरको मोटरसाइकलमा पथलैयाबाट हेटौटा तर्फ जाँदै गरेका गोलेको ट्रिपरको ठक्करबाट हिजो दिउँसो १२ ः१० बजे घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ । ठक्कर दिएको आशङ्कामा सिमरा प्रहरीले ना. ८ ख ३९५४ नम्बरको ट्रिपर निययन्त्रणमा लिएर अनुसन्धान थालेको जानकारी दिएको छ । 


 


काठमाण्डौ कार्तिक ६ गते । रातो तारा डट कम, प्रहरीलाई गोली हान्न खोज्ने एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोली हानेर पक्राउ गरेको हो । हिजो दिउँसो साढे ३ बजे सिम्रौनगढ नगरपालिका वडा नम्बर– ९ सानो बंकुलमा ड्युटिमा रहेका प्रहरीमाथि पेस्तोल हान्न खोज्ने भारतीय नागरिक २८ वर्षका बृजकिशोर कुशवाहलाई गोली हानेर घाइते बनाएपछि पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका कुशवाहमाथि शंका लागि रोक्न खोज्दा प्रहरीमाथि नै उनले पेस्तोल हानेका थिए । तर उनको पेस्तोल पड्किएन । प्रहरीले ३०३ राइफलबाट १ राउण्ड फायर गर्दा बाँया पाखुरामामा गोली लागेर घाइते बनेका कुशवाहालाई नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । कुशवाहाको अवस्था सामान्य रहेको र उनको साथबाट पेस्तोल र त्यसमा लोड भएको ४ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।





 


विराटनगर, ५ कात्तिक । रातो तारा डट कम, प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल गरिएको छ । शृखंला खतिवडा नेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरु योजनाबारे आज सरोकारवालासँग अनलाईन छलफल गरिएको हो । छलफलमा आएका सुझाव सहित समेटेर गुरु योजनालाई अन्तिम रुप दिईने खतिवडाले बताउनुभयो । जेष्ठ नागरिक ग्राममा निर्माण गरिने संरचनाका बारेमा इन्जिनियर शुभम कोइरालाले प्रस्तुती गर्नुभएको थियो । 


सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा जेष्ठनागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको छ । १० विगाहा १४ कठ्ठामा ७२ वटा घरहरु निर्माण गरिने छ । सामाजिक विकास मन्त्रालयले चालु आर्थिक बर्षका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ । भवन निर्माणको शिलान्यास चाँडै गर्नेगरि मन्त्रालयले काम अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । उहाँले परियोजना सम्पन्न भएपछि अहिले सञ्चालनमा रहेका आश्रमहरु भन्दा स्तरिय बन्ने बताउनुभयो । जेष्ठनागरिक ग्राम बेसहराहरुका लागि भन्दा पनि सम्मानजनक बस्न सकिन्छ भन्ने अवधारणाबाट शुरु गरिएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले  जेष्ठनागरिक ग्राममा निर्माण गरिने चिल्ड्रेन पार्कलाई नलेज पार्कका रुपमा विकास गरिने मन्त्री घिमिरेले बताउनुभयो । छलफल कार्यक्रममा जेष्ठ नागरिक अभियानन्ताहरु मणि अज्र्याल, कृष्ण भण्डारी मार्सेली, कुमार आचार्य लगायतको सहभागिता रहेको थियो । 


 

विराटनगर । रातो तारा डट कम,ज्येष्ठ नागरिक वडा कार्य समिति विराटनगर–११ ले वडा क्षेत्रभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई सम्मान गर्ने अभियान सुरु गरेको छ ।

समितिले वडाभित्र बसोबास गर्ने ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकको जन्मोत्सवको अवसर पारेर घरमै पुगेर सम्मान गर्ने अभियान सुरु गरेको हो । विराटनगर–११ का वरिष्ठ समाजसेवी यादनरसिंह कार्कीलाई सम्मान गरेर समितिले अभियान सुरु गरेको छ । कार्कीको घरमै पुगेर समितिले दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेको थियो । कार्यक्रममा विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र समितिका अध्यक्ष ललित श्रेष्ठले सम्मान गरेका थिए । सो अवसरमा वडाध्यक्ष न्यौपानेले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीप भावीपुस्ताले अनुशरण गर्नुपर्नेमा जोड दिए । 

“ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीपलाई समाजले ग्रहण गर्नुपर्छ,” उनले भने, “ज्येष्ठ नागरिक भनेका सिंगो पुस्तक हुन् ।” ज्येष्ठ नागरिकको योगदानलार्ई राज्यले समेत भुल्न नहुने उनको भनाइ थियो । समितिले सुरु गरेको अभियान प्रशंसनीय भएको बताउँदै आगामी दिनमा समेत निरन्तरता दिन वडाध्यक्ष न्यौपानेले आग्रह गरे । त्यस्तै आयोजक संस्थाका अध्यक्ष ललित श्रेष्ठले वडाभित्र बसोबास गर्ने सबै ज्येष्ठ नागरिकको ८४ औं जन्मोत्सवमा विशेष कार्यक्रम गरेर सम्मान गर्ने बताए । 

उनले ज्येष्ठ नागरिक वडा समितिको आफ्नै भवन निर्माण गरिने बताए । त्यसका लागि सम्पूर्ण प्रक्रिया अगाडि बढिसकेको उनले जानकारी दिए । भवन निर्माणका लागि समाजसेवी चिरञ्जीवि दाहालले करिब ५० लाख रुपैयाँ बराबरको जग्गा उपलब्ध गराइसकेका छन् । चाँडोभन्दा चाँडो भवन निर्माण गरेर ज्येष्ठ नागरिकका लागि दिवा सेवाका साथै योग, ध्यान, भजनकीर्तनका साथै पुस्तकालयको समेत व्यवस्था गरिने समितिका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार भट्टराईले जानकारी गराए । उनका अनुसार भवन निर्माणका लागि दाताहरुबाट चन्दासमेत प्राप्त भइरहेको छ । भवनको इन्जिनियरिङ डिजाइन भइसकेको छ । करिब १ करोड रुपैयाँमा दुईतले पक्की भवन गरिनेछ । 


 


विराटनगर, ५ कात्तिक । रातो तारा डट कम, प्रदेश १ मा आज ५१३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २३०, सुनसरीमा १८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १६२ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६८ महिला र ९४ पुरुष छन् । मोरंगको ग्रामथानमा १८, उर्लाबारीमा १४,  सुन्दरहैचामा १०, रंगेलीमा ५, बेलबारीमा ४, कानेपोखरी, कटहरी, पथरीशनिश्चरे र लेटाङमा ३–३, धनपालथानमा २, जहदा, सुनबर्षी र रतुवामाईमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ९१, इटहरीमा ७४, रामधुनीमा ६, दुहवीमा ३, इनरुवा, बराहक्षेत्र र गढीमा २–२ , देवानगञ्ज, बर्जु र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

उता झापाको दमकमा २८, विर्तामोडमा १६,  मेचीनगरमा ५, कचनकवलमा ४, भद्रपुरमा ३, गौरादह, बुद्धशान्ति, कनकाई र कमल गाउँपालिकामा २–२, बा¥हदशी, हल्दिबारी र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । धनकुटाको धनकुटा नगरपालिकामा ९ र साँघुरीगढीमा २, उदयपुरको बेलका र चौदण्डीगढीमा २–२, उदयपुरगढी, त्रियुगा र स्थानीय तह नखुलेका १–१, इलामको रोङ, सुर्योदय र स्थानीय तह नखुलेका १–१, पाँचथरको फालेलुङमा २ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा आज २८ जना डिस्चार्ज भएका छन् । विराट मेडिकल कलेजबाट १८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ र होमआईसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार २०८ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ८८७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २३० महिला र २८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ५० हजार ७५१ ज्नाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


 


विराटनगर, ५ कार्तिक । रातो तारा डट कम,  गायक तथा संगीतकार प्रेम घिमिरेको संगीतमा तातो समाचार बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

पदम साधना कुलुङको शब्द, दिनेश न्यौपानेको संगीत संयोजन रहेको गीतमा नेपाल आईडल सिजन ३ का सेकेन्ड रनर–अप किरण भुजेल र गायिका प्रसिद्धि लामाको स्वर रहेको छ ।

यस गीतको म्युजिक भिडियोको निर्देशन प्रविण तामाङले गरेका छन् भने भिडियोमा जुना सुन्दास र प्रविण तामाङले नै अभिनय गरेका छन् । यस गीतमा धेरै मिहेनत साथ काम गरेकोले यो गीतले दर्शक स्रोताको मन जित्ने आशा गायक किरण भुजेल र प्रसिद्धि लामाले राखेकी छिन् । 

अहिले गीत संगीतको बाढी नै आएको छ । नेपाली म्युजिक क्षेत्रमा दैनिक दर्जनौं गीत सार्वजनिक हुन्छ । यो हप्ता मात्र प्रेम घिमिरेको संगीतमा ४ ओटा गीत सार्वजनिक भई सकेको छ । उनकै संगीतमा केही गीतहरू सार्वजनिक हुने तयारीमा छन् । यो गीत रमाइलो बनेको र म्युजिक भिडियो पनि राम्रो बनेकोले यो गीतले धेरैको मन जित्ने आशा संगीतकार प्रेम घिमिरेले लिएका छन् ।



 


विराटनगर । रातो तारा डट कम, कुनै ऐन वा कानुनमै दशैं भत्ता लिने प्रावधान नभएकोले जनप्रतिनिधिलाई वितरण गर्ने र लिनेलाई समेत कार्वाही हुनुपर्ने नेपाली कांग्रेस संसदीय दल प्रदेश नम्बर १ ले अपिल गरेको छ । 

जनप्रतिनिधि जनउत्तरदायी हुनुपर्ने र जनभावनाको कदर गर्दै जनता संकट परेको बेला गम्भीरतासाथ व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कर्तव्य निर्वाह गर्न कांग्रेल आग्रह गरेको छ । 

प्रमुख विपक्षी कांग्रेसको संसदीय दलको प्रमुख सचेतक केदार कार्कीले बुधबार प्रेस विज्ञप्ति प्रकासि दशैं भत्ता लिनेभन्दा पनि दिने निर्णय गर्नेहरु धेरै दोषी हुने जनाएका छन । भत्ता सम्बन्धी कुनै ऐन वा कानुन नै नभएकोले कानुन विपरीत कार्य गर्नेलाई कार्वाही गर्न कार्कीले माग गरेका छन । 

सङ्घीय सरकारले समृद्धिको अभियान भनेर दुई तिहाइको बलमा जनतामाथि क्रुर शासन गर्ने मनसाय लिएको भन्दै विज्ञप्तिमा “संविधानले दिएको मौलिक अधिकारमा स्वास्थ्य सेवा भएपनि कोरोना कहरका बेला उत्तरदायित्वबाट पन्छिने सरकारलाई सरकार भन्न सकिन्न र यो लोकतान्त्रिक शासन पद्धतिको नीति नियम पनि  हैन” भनिएको छ । 

जनता महामारीबाट अस्पताल र कतिपय उपचार नपाएर घरमै तड्पीरहेको बेला सरकारले मुकदर्शक भएर मात्र औषधी उपचार नगर्ने घोषणा गर्नु अनुचित कदमको पराकाष्ठा भएको प्रमुख सचेतक कार्कीले जनाएका छन । “सरकार सांसदलाई दशैं खर्च दिएर सत्ता टिकाउन प्रयत्न गर्दछ,” विज्ञप्तिमा उल्लेख छ । 

प्रधानमन्त्रीको उटपट्याङ संविधान विरोधी अभिव्यक्ति, भ्रष्टाचारमा लिप्त प्रवृत्तिको घृणा गर्दै प्रदेश सरकार सङ्घीय सरकारको प्रशासनिक इकाई हो भन्ने प्रधानमन्त्रीको टिप्पणी संविधान विपरीत भएको विज्ञप्तिमा जनाइएको छ । यस्तो अभिव्यक्ति प्रति प्रदेश सरकार चुप हुनु दास प्रवित्ति हो भन्ने कांग्रेसको ठहर रहेको जनाइएको छ । 


 


सुनसरी कात्तिक -५ गते । रातो तारा डट कम,

सुनसरी कोशी गाँउपालिका-१ स्थित एरियाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कोशी,गाँउपालिका-५ का ३८ बर्षीय अशोक यादव र जिल्ला सुपौल त्रिवेणि ग्रामपञ्चायत १ का २२ बर्षीय सन्तोष कुमार यादव रहेका छन । विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी गस्ती टोलीले को १७ प २८१९ नम्बरको मोटरसाईकलमा आइरहेका अशोक र अर्का भारतिय नागरिक सन्तोषलाई आज विहान ६ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ३५ बोतल डाईलेक्स डिसी र १०८० स्पास्मो प्रोक्सिभन ट्याब्लटे फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको    छ । पक्राउ परेका उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ 

 


काठमाण्डौ कार्तिक ५ गते । रातो तारा डट कम, बडा दशैंअन्तर्गत नवरात्रको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरि मनाउंदै छन् । 

भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन् । 

सौर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुने बताइन्छ । देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिस्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आज नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना गरिरहेका छन् । 

आ–आफ्नो घरमा राखिएको जमरा तथा प्रतिस्थापना गरिएको दुर्गा भवानीको पूजा आराधनाका साथै दुर्गा सप्तशती चण्डी पाठ पनि गर्ने गरिन्छ । 






काठमाण्डौ कार्तिक ५ गते । रातो तारा डट कम,जिल्लाको छायानाथ रारा नगरपालिका वडा–१ मा रहेको प्रसिद्ध धार्मिकस्थल कालिमा मालिका मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण हुने क्रम बढेको छ । कालिका मालिका मन्दिरको नाममा २०५२ मा सञ्चालन भएको नापीमा रहेको कित्ता नम्बर १२ को २ हजार २ सय ४८ क्षेत्रफलमा रहेको जग्गा अतिक्रमण गरेर घर बनाउने क्रम बढेको हो ।

कालिका मालिका दुवै देवी हुन्, कालिकालाई रगतको भोग लाग्छ भने मालिकालाई दूध भोग लाग्ने धार्मिक विश्वास छ । छत्याल (मल्ल) को स्थापनादेखि नै कुल देवताको रूपमा कालिका मालिका मानिँदै आइएको छ । राजकीय डाँडा भएको हुँदा कालिका मालिकालाई प्राचीन धार्मिकस्थल भनिएको हो । हालको जिल्ला समन्वय समितिको कार्यालयदेखि राष्ट्रिय वाणिज्य बैंक, कर्ण रावलको घरलगायत वरपरको क्षेत्रमा ४ किल्लाभित्र कालिका मालिकाको मन्दिर छ । 

दमाया ढुक्सो, भीमसेनस्थान पनि यही जग्गाभित्र पर्छ । भूमाफिया र २०५२ मा नापी गर्ने कर्मचारीको मिलेमतोमा ९ रोपनीभन्दा बढी जग्गा अतिक्रमणमा परेको भूपूशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले जानकारी दिनुभयो । मन्दिरको जग्गा पहिला ९ रोपनी ४ हजार क्षेत्रफलभन्दा बढी थियो । पछिल्लो नापी भइसकेपछि जग्गा अतिक्रमण गर्नेहरूको विवरणसहित मन्दिरको कागजपत्र रहेको रेकर्ड फाइलमा राखिएको छ ।

अहिलको नयाँ समिति आएपछि मन्दिरको जग्गा खोज्न थालिएकाले आशा जगाएको कालिका मालिका मन्दिरका पुजारी पूर्णप्रसाद चौलागाईंले बताउनु भएको छ ।



काठमाण्डौ कार्तिक ५ गते । रातो तारा डट कम, चाडपर्वलाई मध्यनजर गरेर नुवाकोटमा प्रहरीले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । दसैँ, तिहारलाई लक्षित गर्दै नुवाकोट प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले बट्टार बजार र बेलकोगढी नगरपालिकाको कोल्पुटारमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । दसैँ, तिहारजस्ता चाँडपर्वमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावनालगायतका विषयलाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो । 

यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म प्रहरी रहेर यात्रुहरूलाई सेवा दिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराहरू यात्रुहरूले सहायता कक्षमा सोध्न सक्नेछन् ।  



 


काठमाण्डौ कार्तिक ४ गते । रातो तारा डट कम,नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमितको हुनेको संख्या एक लाख ३९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताएको हो । 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घन्टामा १३ हजार ८ सय ६१ पिसिआर परीक्षण गर्दा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । उहाँले नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको जानकारी दिनुभयो ।

मंगलवार देशभर ४१ हजार ७ सय ७५ सक्रिय सङ्क्रमित संख्या रहेका छन् । सङ्क्रमित मध्ये १३ हजार ५ सय ५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २८ हजार १ सय ९६ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै गत २४ घन्टामा थप २ हजार १ सय ८ जना कोरोना सङ्क्रमणपछि स्वस्थ भएको र नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ९६ हजार ६ सय ६० पुगेको छ । 

यो दर कुल सङ्क्रमितको ६९ दशमलव ४ प्रतिशत हो । यस्तै पछिल्लो २४ घन्टामा थप ८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ ।


 


विराटनगर, ४ कात्तिक । रातो तारा डट कम, प्रदेश १ मा आज ८७० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा ४४९, मोरंगमा ३३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्वुमा ६, संखुवासभा र ते¥हथुममा २–२ धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३६५ जनामा संक्रमण देखिएको संक्रमण पुष्टि भएकामा १६५ महिला र २०० पुरुष छन् । सुनसरीकै इटहरीमा ५३, बराहक्षेत्रमा १२, इनरुवामा १०, रामधुनी र दुहवीमा ३–३, गढी, हरिनगर र बर्जुमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । मोरंगको विराटनगरमा २३२, सुन्दरहरैचामा २२, पथरीशनिश्चरेमा १७, बुढीगंगामा १२, रंगेलीमा १०, धनपालथानमा ८, बेलबारीमा ६, ग्रामथानमा ५, जहदा र केराबारीमा ४–४, उर्लाबारी र कानेपोखरीमा ३–३, लेटाङ, कटहरी र मिक्लाजुङमा २–२, सुनबर्षीमा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

उता झापाको विर्तामोडमा ११, मेचीनगर र भद्रपुरमा ४–४, दमक र हल्दीबारीमा ३–३,  कमल, बुद्धशान्ति, शिवसताक्षी र अर्जुनधारामा २–२, बा¥हदशी र गौरादहमा १–१ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ । इलामको चुलाचुलीमा ७, फाकफोकथुममा २ र सुर्योदयमा १, उदयपुरको कटारीमा ५, त्रियुगा र उदयपुरगढीमा १–१, सोलुखुम्वुको सोलुदुधकुण्डमा ६, संखुवासभाको मकालु र सिलिचोङमा १–१, ते¥हथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, धनकुटामा १, खोटाङमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १  र प्रदेश १ बाहिरका १५ जनाको रिपोर्ट पोजेटिभ आउको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या १४ हजार ८५८ पुगेको छ । 

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमण्बाट ८ जनाको मृत्यु भएको छ । सुनसरीका ४ पुरुष, झापाका १ महिला १ पुरुष, मोरंगका २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हनेको संख्या १४४ पुगेको छ । 

प्रदेश १ मा आज १४७ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १०३, होटल एशियाटिक आईसोलेसनबाट ३६ र मेची अस्पतालबाट ८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार १८४ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ६८२ जनाको पीसीआर परीक्षण गरिउको छ । परीक्षण गरिएका मध्ये ३४८ महिला र ५२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४८ हजार ८६४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



काठमाडौ कार्तिक ४ गते । रातो तारा डट कम, धनगढीमा प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको ज्यान लिएको अभियोगमा पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेकोछ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो । अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको ज्यान लिएको घटनामा संलग्न भएको आरोप लागेका मध्य ७ जनालाई सार्वजनिक गरिएको हो ।

 प्रहरीले अरु केहीलाई पनि पक्राउ गरी अनुसन्धान थालेको छ घटना स्वीकार गरेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । सार्वजनिक गरिएकाहरुमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन्‌ ।

उनीहरुले नेपालबाट भारत सामान त स्क री गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि प्रहरीको ज्यान लिएको बताएका छन्‌ । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको जनाएको छ ।  गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवान वेपत्ता भएका थिए । 

उनीहरुलाई राती १० बजे सम्पर्क गर्दा समेत फोन नलागेपछि बिहान सम्म प्रतिक्षा गर्दा समेत नआएपछि खोजीगरिएको थियो ।  खोजी गर्ने क्रममा प्रहरी सहायक निरिक्षक बिकको शव आइतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा भेटिएको थियो । मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो । प्रहरीका अनुसार बिकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल मोहना नदीमै उनको शव भेटिएको थियो । तस्बिर दिनेश खबरवाट लिइएको हो ।


विराटनगर कार्तिक ४ गते । रातो तारा डट कम, कोरोना संक्रमणबाट विराटनगरमा एकै दिन सात जनाको मृत्यु भएको छ । एकै दिन विराटनगरमा सात जनाको मृत्यु भएको अहिलेसम्मकै उच्च हो । मृत्यु हुनेहरुमा विराटनगरका ४, विर्तामोड,रंगेली र इटहरीका १–१ जना रहेका छ ।

विभिन्न कोभिड अस्पतालमा उपचार गराइरहेका पाँच महिला र दुई पुरुषको मृत्यु भएको हो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३, विराट नर्सिङ होम, न्युरो, विराट र नोबेल शिक्षण अस्पतालमा १–१ जनाको मृत्यु भएको छ ।

मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीको आज बिहान ५ः३० बजेतिर कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा आइतबार रिपोर्ट पोजेटिभ आएकी उनलाई त्यही दिन उपचारका लागि भर्ना गरिएको थियो ।

त्यस्तै विराटनगर महानगरपालिका–१२ की ६४ वर्षीया वृद्धा महिलाको कोशीमै आज विहान ४ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई सोमबार उपचारका लागि भर्ना गरिएको थियो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ३८ वर्षीय पुरुषको सोमबार साँझ ६ः३० बजेतिर कोशी कोभिडमै मृत्यु भएको छ । केही दिनअघि पीसीआर परीक्षण गराएका उनी रिपोर्ट पोजेटिभ आएपछि घरमै होम आइसोलेसनमा रहेको बस्नेतले बताए । उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि सोमबार दिउँसो पुरुषलाई उपचारका लागि कोभिड अस्पताल ल्याइएको हो ।

यता मोरङको रंगेली नगरपालिका–३ का ८५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा विराट नर्सिङ होम एवं अस्पताल प्रालिमा मृत्यु भएको छ । असोज २८ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार ज्वरो आउने र श्वासप्रश्वासमा ग्राह्रो हुने समस्या रहेका उनको मृत्यु सोमबार राति १२ बजेतिर भएको हो ।

विराटनगरकै न्युरो अस्पतालमा उपचाररत एक वृद्धा महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० की ६४ वर्षीया वृद्धाको आज बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । असोज १५ गते कोरोना पुष्टि भएकी उनलाई असोज २४ गते न्युुरोको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

त्यस्तै विराटनगर महानगरपालिका–७ की ६९ वर्षीया वृद्धा महिलाको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उपचारका क्रममा आज बिहान ८ बजेतिर उनको ज्यान गएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । असोज २६ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि गत शनिबार अस्पताल भर्ना गरिएको दाहालको भनाइ छ ।

त्यस्तै मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा ७६ वर्षीया संक्रमित वृद्ध महिलाको आव बिहान ८ः५० बजेतिर मृत्यु भएको छ । अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार झापाको बिर्तामोड नगरपालिका–४ की महिलाको उपचारका क्रममा ज्यान गएको हो । कोरोना पुष्टि भएपछि निमोनियाको समस्या रहेकी वृद्धालाई उपचारका लागि असोज ३० गते अस्पतालमा भर्ना गरिएको जानकारी उनले दिए ।


 बिराटनगर । रातो तारा डट कम, मोरङ रतुवामाई नगरपालिका वडा नं. ७ जामबाडी स्थित पोखरीको डिलमा रहेको टहरोमा निम्न स्थान बस्ने १२ जना मानिसहरु तास खेली रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले फेलापारी निज हरुलाई निम्नानुसार नगद तथा सामान सहित नियन्त्रणमा लिई जुवा ऐन अन्तर्गत आवश्यक कारवाही प्रकृया अगाडी बढाईएको । 

निम्न :-

पक्राउ मानिसहरू:

 

१) जिल्ला मोरङ रतुवामाई न.पा.७ बस्ने बर्ष-३४ को गोपाल कटुवाल ।  

२) ऐ. बस्ने बर्ष-४३ को गणेश कार्की ।  

३) ऐ. बस्ने बर्ष-३६ को दिनेश बस्नेत ।   

४) ऐ. बस्ने बर्ष-४५ को नरेन्द्र रिजाल ।   

५) ऐ. बस्ने बर्ष-२५ को गणेश गौतम ।  

६) ऐ. बस्ने बर्ष-३९को नन्दराज फुयाल ।   

७) ऐ. बस्ने बर्ष-४२ को फणिन्द्र बुढाथोकी ।   

८) ऐ. बस्ने बर्ष-४५को झंकराज कोइराला  ।  

९) ऐ. बस्ने बर्ष-३८ को रामभक्त भट्टराई ।   

१०) ऐ. बस्ने बर्ष-४०को सन्तोष रिजाल ।   

११) ऐ. बस्ने बर्ष-३० को राम कार्की ।  

१२) ऐ. बस्ने बर्ष-३२ को मनोज उप्रेती ।

 

बरामद सामानहरू: 

१) तास १२ बुक  

२) नेपाली नगद रु.१४,२७०।- (चौध हजार दुइसय सत्तरी) 

३) मलेसियन रिङ्गेट रु.६००।-(छ सय) 

४) को ३२ प ५१९२, को ३५ प ६१८६ र को २२ प ९३७९ नं. को मोटरसाईकल  


 


उदयपुर,कात्तिक-४ गते । रातो तारा डट कम,उदयपुर चौदण्डिगढी-१० देबधार बस्ने ९ बर्षीय बिक्रम चौधरीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु  भएको छ । हिजो अपरान्ह ४ बजे सोही स्थानमा रहेको देबधार खोलामा पौडी   खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको भनि आफन्तले राती ९ बजे  ईलाका प्रहरी कार्यालय बेल्टारमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको  जिल्ला प्रहरी कार्यालयउदयपुरले जनाएको छ ।

 


मोरङ, कात्तिक-४ गते । रातो तारा डट कम,मोरङको बिराटनगर-१६ स्थित  दरैया एरियाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा विराटनगर रानी-१५ का ३१ बर्षीय शम्भु साह र सोही स्थानका ३० बर्षीय बिकी राई रहेका छन । विशेष सुराकका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान (RIT) समुहबाट खटिएको प्रहरी टोलीले उनिहरुलाइ ६२ बोतल डाईलेक्स डिसी,१८७ ट्याब्लेट नाईट्रोजन र २३८ ट्याब्लेट एसपी प्रोक्सिभन लागुऔषध सहित आज विहान सवा ४ बजे पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।



MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.