Websoft University

धनगढीमा प्रहरीको ज्यान लिने सातै जनालाई प्रहरीले सार्वजनिक गर्यो।


काठमाडौ कार्तिक ४ गते । रातो तारा डट कम, धनगढीमा प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको ज्यान लिएको अभियोगमा पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेकोछ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो । अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको ज्यान लिएको घटनामा संलग्न भएको आरोप लागेका मध्य ७ जनालाई सार्वजनिक गरिएको हो ।

 प्रहरीले अरु केहीलाई पनि पक्राउ गरी अनुसन्धान थालेको छ घटना स्वीकार गरेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । सार्वजनिक गरिएकाहरुमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन्‌ ।

उनीहरुले नेपालबाट भारत सामान त स्क री गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि प्रहरीको ज्यान लिएको बताएका छन्‌ । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको जनाएको छ ।  गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवान वेपत्ता भएका थिए । 

उनीहरुलाई राती १० बजे सम्पर्क गर्दा समेत फोन नलागेपछि बिहान सम्म प्रतिक्षा गर्दा समेत नआएपछि खोजीगरिएको थियो ।  खोजी गर्ने क्रममा प्रहरी सहायक निरिक्षक बिकको शव आइतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा भेटिएको थियो । मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो । प्रहरीका अनुसार बिकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल मोहना नदीमै उनको शव भेटिएको थियो । तस्बिर दिनेश खबरवाट लिइएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.