Websoft University
August 2016



युवराज ठकुरी,सिंहदेवी/मोरङ- भदोै १५ गते ।
 विद्युत बिस्तारको काम सबै पूरा भइ सके पनि उत्तरी मोरङ सिंहदेवी वडा नम्बर ६ समितेनका उपभोक्ताको बिजुली वत्ती बाल्ने सपना अधुरै भएको छ, यश ठााउमा बिजुलिका पोल
गाडेका भए पनि बती आजसम्म आएको छैन।

 विगत दुई वर्ष अगाडि नै विद्युत बिस्तार गर्न काठको पोल रोपी सम्पुर्ण काम सकिए पनि विद्युत प्राधिकरणले ट्रान्सर्फमर उपलब्ध गराउन नसक्दा विद्युत बिस्तारमा ढिलाई भएको थियो।

पुनः उक्त योजनालाई सफल बनाउन विभिन्न निकाय,राजनैतिक दलहरु सग हारगुहार गरि प्राधिकरणमा निरन्तर डेलीगेसन जादाजादा 2072मा प्राधिकरणले ट्रान्सर्फमर उपलब्ध गराएको उपभोक्ता समितिका अध्यक्ष पृतबहादुर लिम्बूले बताए।ट्रान्सर्फमर त उपलब्ध गरायो तर पहिला काम शुरु गर्दा लगाएको काठको पोललाई मान्यता नदिएपछि फलामे पोल ल्याउने स्थानीय उपभोक्ताको पहुँच नहुदा स्थानीयको बिजुली वत्ती बाल्ने सपना अधुरै भएको हो।

योजना शुरु भएको तीन चार वर्ष बितिसक्दा पनि उपभोग गर्न नपाउदा अब त आशै हराएको र आफूले हतार हतार हाउसवाइरिङ गरेको पनि मुसाले काटेर काम नलाग्ने बनाएको स्थानीय चित्र लिम्बू बताउछन्।

अब त काठको पोल पनि काम नलाग्ने भएको छ,काठको पोल ढलेर काम नलाग्ने भइ तार पनि छरपस्ट भएकोले पुनः योजना शुरूवात गर्न सारै अप्ठ्यारो भएको स्थानीय किराँत लिम्बू बताउछन्। पहिले पनि प्राधिकरणले सहयोग गरेन अहिले पनि प्राधिकरणले न सहयोग गरेको छ न अनुगमन नै गरेको छ स्थानीय उपभोक्ताहरु गुनासो व्यक्त गर्छन्।

धनकुटाको राजारानी 3सिद्धिपुर देखि सिंहदेवी 6 समितेन स्कुलडाडा सम्म ल्याउन मात्रै  लगभग 60वटा पोलको आवश्यकता रहेको र यदि काठकै पोललाई मान्यता दिने हो भने स्थानीयहरुको आट र हिम्मत नमरेको डम्बर लिम्बू बताउछन्। गाविसको 4लाख 50हजार, प्रत्येक घरको सात सात हजार  उक्त योजनामा खर्च गरिएको र पुनः हाउसवाइरिङका लागि 10/12हजार खर्च गरिसकिएको थियो।

यसबाट 70/75घर बिजुली वत्ती बाल्न बन्चित हुनुपरेको छ।सिंहदेवीका अन्य सबै वडाहरुमा विद्युत बिस्तार भइ सन्चालनमा आए पनि जोखिम मोलेर उपभोग गर्न बाध्य हुनु परेको छ।प्राधिकरणको अनुगमनको अभाव र कामको ढिलासुस्तीले गर्दा बिजुली वत्ती बाल्ने सपना अधुरै भएको स्थानीयहरुको गुनासो रहेको छ ।
२०७३/०५/ १५ गते,




रोशन पोखरेल-
भदौ १५, विराटनगर । लायन्स क्लब बिराटनगर युनिकले आज भाद्र १५ गते बिराटनगरको शंकरपुर प्राबिका बिद्यार्थीहरुलाइ खाजा बितरण गरेको छ  ।

लायन्स क्लबका अध्यक्ष बिनोदकुमार राउत, एकराज ढकाल क्लबका पदाधिकारी लगायत विद्यालयका शिक्षक शिक्षिका हरुको उपस्थितिमा उक्त्त कार्यक्रम गरिएको  थियो ।

उक्त स्कुलमा साठी जना बालबालिकाहरु लाई खाजा वितहरण गरिएको थियो । साथै आगामी  शुक्रबार महिला जागृति वृद्धा आश्रम टंकिसुनावारीका वृद्ध बृदालाई दरखुवाउने कार्यक्रम रहेको लाइन्स क्ल्वका प्रेसिडेन्ट विनोदकुमार राउतले जानकारी  गराएका छन ।
२०७३/०५/ १५ गते


विराटनगर,भदोै १५ गते । विशेष अदालतले डडेलधुराको बहुचर्चित वन फडानी प्रकरणका १ सय ९६ आरोपितमध्ये १ सय ७९ जनालाई भ्रष्टाचारी ठहर गर्दै कैद सजाय तोकेको छ । उक्त प्रकरणमा १६ जनाले सफाइ पाएका छन् भने एक जना प्रतिवादीको मृत्यु भइसकेको छ । 
विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, सदस्य भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार शिवाकोटीको इजलासले वन फडानी मुद्दामा ११ जना आरोपित सरकारी कर्मचारीमध्ये ६ जनालाई भ्रष्टाचारी ठहर गरेको छ । तत्कालीन जिल्ला वन अधिकृत धनीचन्द ठकुरीलाई एक वर्ष ६ महिना, सहायक वन अधिकृत राजेशकुमार साहलाई १ वर्ष ३ महिना, देवशरण यादव र बुद्धिराज भट्टराई एक वर्ष तथा फरेस्टर ईश्वरीसिं बोहरालाई ३ महिना कैद सजाय फैसला भएको हो । अख्तियारले उनीहरूमाथि मिलेमतोमा वन फडानी गरेको, प्रक्रिया नपुर्‍याएको र राज्यकोषमा नोक्सान पारेको आरोप लगाउदै अदालतले सबै सजाय तोकेको हो ।
२०७३/०५/ १५ गते




काठमाडौं,भाद्र १४ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्धारण र संविधान संशोधनका सम्बन्धमा छलफलका लागि बोलाएको तीन दलको बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएपछि विना निष्कर्ष टुङ्गिएको छ । 
दुई जनाबीच संविधान संशोधनका विषयमा विदेशीसंग छलफल गरेको विषयलाई लिएर चर्काचर्की भएको हो । नयाँ सरकार बनेपछि एमालेले सत्तारुढ दलका नेताहरुसंग छलफल गरेको यो पहिलो पटक हो ।
रावलका अनुसार आफ्नो प्रश्नमा हालै प्रधानमन्त्रीको दूतको रुपमा भारत भ्रमण गरेका निधिले सरकारले गर्न लागेको विषयमा अरुलाई पनि जानकारी दिन सकिने उल्लेख गर्दै विगतमा संविधान निर्माणका क्रममा कति दलले विदेशबाट संविधानको मस्यौदा
 नै ल्याएको, कति पार्टी, संस्था र व्यक्तिले संविधान बनाउने भनेर ‘फण्डिङ’ ल्याएको बताएका थिए ।

‘यसमा मैले कुन पार्टी, कुन संस्था र कुन व्यक्तिले संविधानको मस्यौदा र  फण्डिल ल्याएको प्रमाणसहित सार्वजनिक गर्न भनेको हुँ’ रावलले 
भने । रावल र निधिबिचको सवालजवाफ चर्काचर्कीमा वदलिन थालेपछि प्रधानमन्त्री दाहालले हस्ताक्षेप गरेको बताइएको छ । 
रावलका अनुसार सुरुमा प्रधानमन्त्री दाहालले स्थानीय निकायको निर्धारण र संविधान संशोधनमा सबै जना मिलेर जानु आवश्यक हुने भन्दै संवादको सुरुवात गरेका थिए । एमालेका नेताहरुले भने यसअघि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले स्थानीय निकाय निर्धारण आयोगलाई दिएको मापदण्ड फेर्न खोजेको हो की भन्ने आशंका व्यक्त गरेका थिए । साथै आयोगलाई काम गर्न दिनु पर्ने अडान राखेका थिए । 
संविधान संशोधनको सम्बन्धमा पनि किन, कस्कालागि र के संशोधन गर्ने हो त्यो स्पष्ट हुनुपर्ने नभएकाले संशोधन हुदैन,एमाले नेताहरुको भनाई थियो । 
त्यसैगरी सत्तारुढ दलको तर्फबाट आर्थिक विधेयकहरु निर्माण तथा पारितका लागि पूर्व अर्थमन्त्रीसमेत रहेको समिति बनाउने प्रस्ताव गरेको थियो । त्यसको जवाफमा एमाले नेताहरुले यअघि सरकार निर्माणको क्रममा ति विधेयकहरु संसदमा अस्वीकृत गरिएकाले पहिला त्यसको जवाफ दिनुपर्ने, गल्ती भएको महशुस भएको होभने गल्ती भयो भनेर स्वीकार गर्नुपर्ने अन्यथा आफ्नो पार्टीको तर्फबाट कोही पनि समितिमा नबस्ने बताएका थिए । 
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं अर्थ मन्त्री कृष्णबहादुर महरा, कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु रामशरण महत, पूर्णबहादुर खड्का, उपप्रधान एवं गृह मन्त्री निधि र सहरी विकास मन्त्री अर्जुननरसिंह केसी सहभागी थिएभने एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतम, उपाध्यक्ष रावल, महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली सहभागी थिए । कान्तिपुरअनलाइनबाट
२०७३/०५/१४ गते

नारायण  कुमार राई-
भदोै १४ गते । धनकुटा बजारमा जङ्गली फल सरिफा बेच्न ग्राहक पर्खंदै महिला व्यापारीहरु । धनकुटामा ८ हेक्टरमा ५५ मेट्रिक टन उत्पादन हुने उक्त फल २५ मेट्रिक टन भने निर्यात हुने जिल्ला कृषि विकास कार्यालय धनकुटाको तथ्याङ्क छ । उक्त फल प्रति केजी ६० रुपैयाँसम्म बिक्री हुने व्यापारी बताउँछन् । 




युवराज ठकुरी/सिंहदेवी,मोरङ,भदोै १३ गते-
उत्तरी मोरङ पहाडी गाविसका कृषकहरु अदुवाको मूल्य घटे पछि चिन्तित बनेका छन् ।

मोरङका पहाडी गाविस सिंहदेवी,भोगटेनी,पाटी र वाराङ्गीका कृषकहरु परम्परागत कृषि पेशालाई छाडेर बिस्तारै अदुवा,अम्लिसो,अलेची खेती तर्फ आकर्षित भए पनि  यो वर्ष भने अदुवाको मुल्य पहिलो वर्ष भन्दा तीन गुणाले घटेपछी कृषकहरुमा अन्योलता छाएको कृषकहरू बताउछन ।

एक केजीको पचास रुपैयाँमा बीउ किनेर अदुवा खेतीको शुरूवात गरेको तर बिक्री भने पच्चीस रुपैयाँमा गर्नु पर्दा कृषकहरु थप मार्कामा परेको सिंहदेवी 6का कृषक किराँत लिम्बू बताउँछन् ।

धेरैले अदुवाको बजार मूल्य,अन्य खेती भन्दा सहज धेरै उत्पादन हुने देखेर यस खेतीमा आकर्षित भएको देखिन्छ।बजार मुल्य घटे पनि यो साल सिंहदेवी 6का कृषक डम्बरसिंह लिम्बुले 44क्वीन्टल अदुवा बेचे।अदुवाले मूल्य नपाउदा पनि डेढ लाख रकम बराबरको बिक्री गरेको बताउछन् ।

अदुवा खेतीले मात्र वैदेशिक रोजगारीमा गएकाहरुको भन्दा ज्यादा आम्दानी गर्न थाले पछि यश खेतीले धेरैको ध्यान तानेको छ । प्रत्येकले धेरै थोरै अदुवा लगाएकै पाइन्छ तर व्यवसायिक ढंगले थोरैले मात्र सुरुवात गरेका छन् ।

यो साल अदुवाको मुल्य  घटे पछि व्यापारीहरुको चहलपहल पनि घटेको कृषकहरु बताउछन । कसैकसैले अदुवा मुल्य बढ्छ कि भनेर थन्क्याएर राखेका छन ।
२०७३/०५/१३ गते



विराटनगर भदोै १३ गते ।  रोशन पोखरेल-
खेलकुद दिवसको अवसर पारेर आज लायन्स क्लब बिराटनगर युनिट र खेलकुदका कर्मचारी,खेलकुद समितिको संयुक्त आयोजनामा मोरङ्गको वैैजनाथपुरमा पूर्वाञ्चल खेलकुद समितिको स्वामित्वमा रहेको १६ विगा जग्गामा बृक्षारोपण कार्यक्रम गरिएको छ ।

बृक्षारोपण कार्यक्रममा २५०  वटा टिक लगायत बिभिन्न जातका बिरुवा हरू रोपिएको थियो ।

क्लबको तर्फ बाट लायन्स क्लब युनिट का Environment Directer लायन नरेश खत्रीले संयोजन गर्नुभएको थियो ।
साथै बृक्षारोपण कार्यक्रम अगि पूर्वाञ्चल खेलकुद समितिले प्रभातफेरी खेलकुद कार्यलायबाट जलजला चोक,वडा प्रहरी कार्यलय हुदै पूर्वाञ्चल खेलकुदको भवनमा पुगेर समापन गरिएको थियो ।

 खेलकुद क्षेत्रको विकाशमा सधै पूर्वाञ्चल सक्षमभएको  कुरा मोरडका खेलकुद प्रशिक्षक विनोद राउतले समापनका अबसरमा बताउनुभएको थियो ।
२०७३/०५/१३ गते


भदोै  १३ गते, बिराटनगरमा बिनारूट चल्ने सिटी रिक्साले
पुरै बजारका बाटाहरू जाम गरेको पाइन्छ ।
बजार र बाटाको क्षेमता भन्दा बढी सिटी रिक्सा बजार क्षेत्रबाट हटाउन बटुवारे र नगरवासीले प्रहरी प्रशासन, बिराटनगर उपमहानगरपालिका संग माग गदैं छन।

बिराटनगर, भदोै १३ गते । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कुनै पनि गतिविधिमा संलग्न हुनबाट रोक लगाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससको कार्यक्रममा सीडीओहरू प्रत्यक्ष संलग्न हुँदा नियमन फितलो भएको निष्कर्षसहित मन्त्रालयले सुरक्षा दायित्वबाहिरका सबै प्रकृतिका गतिविधिमा रोक लगाएको जानकारी गराएको छ ।

अन्तर्राष्ट्रिय/राष्ट्रिय गैरसरकारी संस्थाको नियमन र अनुगमनको क्षेत्राधिकार भएको सीडीओ आफैं परियोजना र कार्यक्रममा संलग्न हुँदा गैससको स्वेच्छाचारिता बढेको निष्कर्ष निकाल्दै गृहले ‘परियोजनाको स्वीकृति, गोष्ठी, सेमिनार र तालिम’ लगायतका सबै प्रकृतिका गतिविधिमा संलग्न हुन रोकेको हो । संस्था दर्ता, वार्षिक गतिविधि, आयव्यय विवरण र कार्यक्षेत्रअनुसार गतिविधि गरेको छ/छैन, सरकारी रकम तिरेको छ कि छैन भनी त्यसको अनुगमन र कारबाहीको जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको
अधिकारमा रहन्छ ।

भूकम्पसँगै पुनर्निर्माण, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा काम गर्ने गैससको बदमासी सार्वजनिक हुँदासमेत जिल्ला प्रशासन कार्यालय निष्क्रिय देखिएपछि गृहले हालै सचिवस्तरीय निर्णय गर्दै परियोजना र कार्यक्रममा सहभागी हुन रोक लगाएको हो । स्वीकृति नै नलिई कार्यक्रम सञ्चालन गर्दा र वार्षिक आयव्यय तथा नवीकरण गर्नुपर्ने जस्ता कानुनी पाटो उल्लंघन गर्दा पनि गैसस कारबाहीबाट जोगिँदै आएका छन् । राज्यको प्रशासनिक प्रतिनिधि भए पनि सीडीओको अधिकांश दैनिकी सुरक्षासँग सरोकारै नहुने कार्यक्रममा बित्दै आएको छ ।

गृहले क्षेत्रीय प्रशासन कार्यालयमार्फत सबै जिल्ला प्रशासन कार्यालयमा पठाएको निर्देशनमा ‘सीडीओको जिम्मेवारी शान्ति सुरक्षा रहेकाले त्यसभन्दा बाहिरको गतिविधिमा संलग्न नहुन र राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कार्यक्रममा कर्मचारीलाई समेत सहभागी नगराउन’ निर्देशन दिएको छ । सुरक्षासँग सम्बन्धित कुनै कार्यक्रममा सहभागी गराउनैपर्ने भए मन्त्रालयको पूर्वस्वीकृति लिन निर्देशनमा भनिएको छ ।

गृह प्रवक्ता यादव कोइरालाका अनुसार प्रमुख जिल्ला अधिकारी जिल्लामा सरकारको प्रतिनिधि र प्रशासनिक अधिकारी भएकाले असम्बन्धित गतिविधिमा संलग्न नहुन निर्देशन दिइएको हो । उनले सीडीयोले एनजीओको कार्यक्रममा सहभागी भए वा निर्देशन पालना नगरे कारबाही गरिने बताए । ‘प्रमुख जिल्ला अधिकारीको कार्यक्षेत्र कुनै संस्थाले बदमासी गरे कारबाही गर्ने हो,’ कोइरालाले भने, ‘आफैं कार्यक्रममा सहभागी हुने र परियोजना स्वीकृति गर्ने हैन ।’
संघसंस्था दर्ता ऐनअन्तर्गत प्रमुख जिल्ला अधिकारीले गैसस दर्ता र नवीकरण गर्छन् । समाजकल्याण परिषदको तथ्यांकअनुसार उससित ३९ हजार ७ सय ६३ गैसस आबद्ध छन् । परिषदको आर्थिक वर्ष २०७२/७३ को तथ्यांकअनुसार २ सय ५४ वटा अन्तर्राष्ट्रिय गैसस परिषदको स्वीकृतिमा नेपालमा कार्यरत छन् ।

प्रशासन कार्यालयमा दर्ता भएका सबै संस्था परिषद्मा आबद्ध नहुँदा र संस्था दर्ताको तथ्यांक एकीकृत नहुँदा नेपालमा कति सामाजिक संस्था छन् भन्नेबारे यकिन तथ्यांक छैन । जिल्ला प्रशासनले भर्खरै तथ्यांक संकलनको काम सुरु गरेको छ ।

गृहले सुरक्षाबाहेकका कार्यक्रममा सहभागी नहुन ३ वर्षअघि नै निर्देशन दिए पनि पालना भएको थिएन । भूकम्पको क्षतिसँगै स्थानीय निकायसँगको समन्वयमा गर्नुपर्ने परियोजना प्रमुख जिल्ला अधिकारीले स्वीकृति दिएपछि मन्त्रालयले परियोजना सञ्चालनको निर्णय नगर्न निर्देशन दिएको हो ।

गैरसरकारी संस्था ‘सामाजिक तथा प्राविधिक सेवा समूह’ले बझाङमा सीडीयोलाई मौखिक जानकारी दिएर सुदूरपश्चिमका पाँच जिल्लामा संयुक्त रूपमा परियोजना सञ्चालन गर्दै आएको थियो । स्थानीय निकायसँग जोडिएका विषयमा प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा परियोजना चलेको सूचना गृहमा आएपछि मन्त्रालयले चासो राखेको थियो । मन्त्रालयको चासोपछि उक्त गैससले परियोजना स्वीकृतिका लागि लिखित प्रस्ताव पेस गरेको भन्दै बझाङका प्रजिअले ‘साउन ७ मा सम्झौतापत्रमा हस्ताक्षर गरी परियोजना सञ्चालन गर्न हुने/नहुने सोध्दै मन्त्रालयसँग राय मागेको
थियो । उक्त पत्र आएपछि मन्त्रालयले साउन १२ मा सचिवस्तरीय निर्णय गर्दै सम्झौता नगर्न निर्देशन दिनुका साथै सबै प्रमुख जिल्ला अधिकारीलाई गैसससँग सम्झौता गर्न तथा कार्यक्रममा सहभागी हुन रोक लगाउने निर्णय गरेको हो ।

२०६९ भदौ ३ मा तत्कालीन गृहसचिव नवीन घिमिरेले ‘शान्ति सुरक्षासम्बन्धी कार्यक्रमबाहेक सीडीओहरू एनजीओ/आईएनजीओको गतिविधिमा सहभागी हुन नहुने’ निर्णय गरेका थिए । स्थानीय, स्वास्थ्य, शिक्षा जस्ता मन्त्रालयसँग जोडिएका कार्यक्रममा सीडीओ संलग्न हुने र बिना जानकारी असम्बन्धित कार्यक्रममा जाने क्रम बढेपछि गृहले ४ वर्ष अगाडि नै ‘सुरक्षाबाहेक कार्यक्रममा सहभागी नहुनु’ भन्दै निर्देशन दिए पनि कार्यान्वयन भएको थिएन ।
उक्त निर्णयको पालना नभएपछि गृहले परियोजनामा संलग्न नहुन दिएको निर्देशनसँगै तीन वर्ष अगाडिको निर्देशनसमेत परिपत्र गरी सीडीओहरूलाई ‘कडाइका साथ निर्णय पालना गर्न’ निर्देशन दिँदै ‘शान्ति सुरक्षासँग सम्बन्धित कार्यक्रमबाहेक गैरसरकारी संस्थाको कुनै पनि कार्यक्रममा सीडीओहरू सहभागी नहुनु’ भनेको छ । उसले अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाको निमन्त्रणामा देशभित्र वा बाहिर आयोजना हुने भ्रमण, गोष्ठी, सेमिनार, छलफलमा सहभागी नहुन, मन्त्रालयले तोकेको र मन्त्रालयको सहमति रहेको कार्यक्रमबाहेक आईएनजीओ/एनजीओको भ्रमण र तालिममा कर्मचारीलाई सहभागी नगराउन भनेको छ ।

पूर्वगृहसचिव श्रीकान्त रेग्मीले अनुगमनको अधिकारी नै परियोजना र कार्यक्रममा सहभागी हुँदा स्वार्थको द्वन्द्व हुने विश्लेषण गर्दै गृहको निर्णय सकारात्मक रहेकोबताए । नेपालमा कार्यरत अधिकांश एनजीओ/आईएनजीओले नियम–कानुनै नमान्ने, वार्षिक लेखापरीक्षण र कार्यक्रमको पूर्वस्वीकृतिसमेत नलिने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले भने, ‘गैससमा छाडापन बढी भयो भन्ने गुनासो पहिल्यैदेखि आएको हो, अहिले भएको निर्णय त्यही गुनासोको सम्बोधनको प्रयास होला ।’

जिल्ला प्रशासन कार्यालय ललितपुरका सीडीओ ऋषिराम शर्माले अनुगमन र कार्यक्रम समीक्षाको पाटो हेर्ने क्षेत्राधिकार सीडीओको भएकाले त्यस्ता कार्यक्रममा कार्यालय समय सकिएपछि सहभागी हुने गरेको बताए ।
गृृह मन्त्रालयको प्रमुख जिल्ला अधिकारीहरूलाइ आदेस ?
कुनै पनि परियोजनामा संलग्न नहुनु, स्वीकृत पनि नगर्नु
सुरक्षासँग सरोकार राख्ने बाहेकका कुनै पनि कार्यक्रममा सहभागी नहुनु
–गोष्ठी, सेमिनार, तालिममा आफू पनि नजानु, कर्मचारीलाई पनि नपठाउनु
भन्नेे आदेस भएको छ।
अनलाइनबाट
२०७३/०५/१३ गते




भदौ १२ मोरङ ÷रोशन पोखरेल
बिराटनगर, पुनराबेदन अदालत वार एकाइ र जिल्ला  अदालत वार एकाइले सयुक्तरूमा आयोजना गरेकोे संम्माननिय प्रधान
न्यायाधीश श्री सुशीला काकींलाइ स्वागत, तथा बधाइ, दिने कार्यक्रमको आयोजनामा गरिएको थियो ।
सो कार्यक्रमलाइ प्रमुख अतिथिको आसनबाट प्रधान न्यायाधीशले सम्बोधन गर्नुुु भएको थियो ।

  कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश काकींले अब मेरो  पालामा न्यायालय सुधार कानुन परिमार्जन र पारदर्शितामा
आफ्नोतर्फबाट जोड दिने छु भन्नुुभयो ।

 यो काम न्यायाधीश न्यायलय कानुन ०यबसाइ मिलेर मात्र हटाउन सकिनेछ भन्नुुभयो । पुराबेदन अदालत बार एकाइ का अध्यक्ष लीला बळभ अधिकारीले सबैलाई स्वगत गरेका थिए भने, बिभिन्न वक्तााहरू आ-आफ्नोतर्फबाट धारणा राखेका थए । कार्यक्रमको अध्यक्षता मोरङ बार का अध्यक्ष ज्ञानेन्द्र बहादुर  थापाले गर्नुुु भएको थियो ।

आजै विराटनगरमा नेपाल वार एशोसेसनको मोरङको नवनिर्वित भवनको प्रधान न्यायाधीश सुशीला काकींले एक कार्यक्रमका विच शिल्यानास  गर्नुुु भएको थियो ।

 मोरड जिल्ला वार एशोसेसनको पुरानो ३ तल्ले भवन मोरड जिल्ला अदालतले रु १ करोड १० लाखमा खरिद गरेपछि वकिल हरुलाई वकालत गर्न का लागी कार्यालयको अभाव रहदै आएको हुँदा नयाँ भवन बनाउनुपरेको हो ।

अण्डरग्राउण्ड पार्किङ्ग सुविधा सहितको ३ तल्ले भवन २ वर्ष भित्र निमार्ण गरिने सो कार्यक्रममै घोषणा गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रधानन्यायधिश कार्कीले न्याय दिनको लागी अहोरात्र खटिएका वकिलको कार्यालयको भवन सिलन्यस को अबसर पाएकोमा प्रशंसा व्यक्त्त गर्नुुु भयो । साथै आगामी दिनमा न्यायको पहुँचको अभावमा कुनैपनि नागरिक वञ्चित नहुन भन्नको लागी वकिलहरुले  राम्रो र पारदर्शीताका साथ आफनो न्याय सम्पादनको काम गर्न सकुन् भन्ने कामना समेत गर्नुुु भयो ।
२०७३/०५/१२ गते 



भदौ १२,  गते । बेनी (म्याग्दी) । लोपोन्मुख बाली संरक्षणका लागि म्याग्दीको बगरफाँटमा पहिलोपटक चेतना सामुदायिक बीउ बैङ्क स्थापना गरिएको छ । समुदायमा आधारित जैविक विविधता संरक्षण तथा प्रवर्द्धन परियोजनाअन्तर्गत जिल्ला कृषि विकास कार्यालय, म्याग्दीले धान, मकै, गहुँ, कोदो, भटमास, बोडी, घिरौंला, सागलगायत खाद्य बालीको बीउ बैङ्क स्थापना गरेको हो । स्थानीयस्तरमा भएका तथा अन्य जिल्लाबाट सङ्कलन गरी बैङ्क स्थापना गरिएको बीउ बैङ्कका अध्यक्ष जितबहादुर कार्कीले जानकारी दिए । उपभोक्तामुखी बाली प्रजननद्वारा विकसित नयाँ धान तथा कोसेबालीको जात प्रवद्र्धनका लागि बीउ बैङ्क स्थापना गरिएको उनको भनाइ छ । 
२०७३/०५/१२ गते


मोरङ, भाद्र ११ गते। मोरङको पथरी-शनिश्चरे-१ का २५ वर्षिय गोविन्द दर्नालको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। दर्नालको यही भाद्र ८ गते विहान पथरी-शनिश्चरे-८ स्थित श्री जङा धार्मिक सामुदायिक वनभित्र धारिलो हतियारले प्रहार गरी हत्या गरेर फालेको अवस्थामा शव भेटिएको थियो। प्रहरीले दर्नालको हत्याका मुख्य योजनाकार पथरी-शनिश्चरे -१ का २७ वर्षिय झाँकी भन्ने विजय तामाङ र उनका सहयोगी सोही ठाउँका १८ वर्षिय एलेक्स नेपाली तथा २१ वर्षिय किरण गुरुङलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ। प्रारम्भिक अनुसन्धानबाट गोविन्दको हत्या रिसिईवी साध्नकालागी योजनाबद्ध तरिकाले गरेको खुल्न आएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। मृतक गोविन्द र विजय तामाङवीच केही दिन अघि वाद-विवाद भई कुटपिट भएको र सोही रिसिइवी साध्न विजयले भाद्र ७ गते राती गोविन्दलाई श्री जंघा सामुदायिक वनमा बोलाई पूर्व योजना अनुसार हत्या गरेको खुलेको छ। तामाङले सो कामकालागी एलेक्सलाई परिचालन गरेको र सो वापत एलेक्सलाई पन्ध्र सय रुपैया दिएर गोविन्दलाई शरणार्थी शिविरभित्र रहेको भट्टीमा लगेर रक्सी खुवाउन  लगाएका थिए। 
घटना भएको दिन भाद्र ७ गते राती एलेक्स र गोविन्दले भट्टीमा बसेर संगै रक्सी खाएका र सो पश्चात  एलेक्सले गोविन्दलाई वनमा दुईवटी केटी बोलाएको छु रमाईलो गर्नु पर्छ जाँउ भनि वनमा लगेर तीनै जना मिलेर हत्या गरेका थिए। वनमा एलेक्स र गोविन्द पुग्नासाथ झाडीमा लुकेर बसेका विजय र किरणले पछाडीबाट दर्नाललाई खुकुरीले प्रहार गरेका थिए। त्यसपश्चात गोविन्दको शरीरमा यत्रतत्र प्रहार गरी उनको शवलाई झाडीमा फ्याँकेर तीनै जना फरार भएका थिए। प्रहरीले एलेक्स र किरणलाई उनीहरुको घरबाट पक्राउ गरेको हो भने विजय तामाङ  भाद्र १० गते  झापा जिल्लाको केर्खाबाट पक्राउ परेका हुन्।त्यसैगरी इलाका प्रहरी कार्यालय पथरीले पथरी-शनिश्चरेमै दुई साता अघि हत्या गरिएका पथरी-शनिश्चरे-१० बस्ने कल्पना परियार र समिक्षा कार्कीको हत्यामा संलग्न दुई जनालाई समेत पक्राउ गरी अनुसन्धान शुरु गरेको छ। परियारको साउन २९ गते उनकै श्रीमान विनोद परियारले कैचीले गर्दनमा प्रहार गरी हत्या गरेका थिए भने कार्कीको साउन ३२ गते घरमै बसेको अवस्थामा सोही ठाउँका दिलीप भन्ने मान वहादुर विश्वकर्माले चक्कुले प्रहार गरी हत्या गरेका थिए।


विराटनगर, भदौ ११ गते । सयपत्रि महिला सेवा केन्द्र विराटनगरले अहिले तिज विशेष कार्यक्रम आयोजना गरिरहेको छ । सो अवसरमा प्रमख अतिथि मोरंगका प्रमुख जिल्ला अधिकारी तोयम रायाले १० जना जेष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि रायाले नेपाली महिलाको महान पर्वको अवसरमा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा सिर्जना फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भवानी चापागाईं, रेड एफएमका प्रमुख कार्यकारी अधिकृत तथा स्टेशन प्रमुख गणेश शिवाकोटीलगायतले मन्तव्य राख्नुभएको थियो । यसैगरी महिला पत्रकारको आयोजनामा होटल स्टर्नस्टारमा तिज कार्यक्रम जारी रहेको छ भने वीरेन्द्र सभागृहमा तिजको अवसरमा मिस पूर्वाञ्चल तिज ताराको आयोजना गरिएको छ ।


विराटनगर, भदौ ११ गते । सातौं राष्ट्रिय खेलकुदका ३० खेलहरु पूर्वका विभिन्न जिल्लामा हुने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनु भएको हो ।
वि.सं. २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुदको सातौं संस्करणको रुपमा यही मंसिर ८ गतेदेखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने निर्णए भएको छ । सातौं राष्ट्रिय खेलकुदको लागि लोगो चन्द्र सूर्य अंकित झण्डाको रातो पृष्ठभूमिलाई अर्ध गोलाकार रुपमा नीलो रंगले घेरिएको र विश्वको अग्लो चुचुरो सगरमाथालाई राखिएको छ । मस्कटको रुपमा नेपालको पूवाञ्चलको कोशीटप्पु वन्य जन्तु आरक्षण क्षेत्रमा पाइने अर्नालाई राखिएको छ ।

सातौं राष्ट्रिय खेलकुदको लागि खेलाडी दर्ता समय भाद्र २० गतेसम्म रहेको छ । जिल्ला प्रतियोगिता भाद्र २५ गतेदेखि आश्विन १४ गतेसम्म, क्षेत्रीय प्रतियोगिता कार्तिक २३ गतेदेखि मंसिर ३ गतेसम्म, क्षेत्रीय वन्द प्रशिक्षण मंसिर १ गतेदेखि मंसिर ७ गतेसम्म र राष्ट्रिय प्रतियोगिता मंसिर ८ गतेदेखि मंसिर १५ गतेसम्म सञ्चालन गरिने छ ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सञ्चालनका लागि खेलकुद मन्त्रीको अध्यक्षतामा ३०१ सदस्यीय मूल आयोजक समिति र राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको अध्यक्षतामा २८ सदस्यीय कार्यकारी समिति गठन गरिएको छ । साथै प्रतियोगित सम्पन्न गर्नका लागि विभिन्न १४ वटा उपसमिति गठन गरिएको छ ।


काठमाडौं, भदोै ११ गते ।  खिम्ती–ढल्केबर प्रसारण लाइन आगामीडेढ महीनाभित्र सम्पन्नहुने भएकोछ ।ऊर्जामन्त्रीजनार्दन शर्मालाई प्राधिकरणका प्रसारण लाइन निर्देशनालयका प्रमुख कनहैया मानन्धर र आयोजना प्रमुख श्यामकुमार यादवले आगामी दसै अगावै प्रसारण लाइनको काम सम्पन्न हुने विश्वास दिलाएका छन् । 

सिन्धुलीको कमलामाई नगरपालिका– ९ र भद्रकाली गाविसकोबीचमा तीन ओटा ठाउँमा प्रसारण लाइन निर्माणका लागि हाल करीब सय  मजदुर परिचालित 
छन् ।  

ऊर्जामन्त्री शर्माले प्रसारण लाइन सम्पन्न गर्न निर्देशन दिएपछि आयोजनाले गति लिएको हो । प्राधिकरणलाई सधै घाटामा पार्ने प्रवृत्ति अन्त्य गर्न मन्त्री शर्माले निर्देशन दिएका छन् । समयमै प्रसारण लाइन बन्न नसक्दा नेपाल विद्युत् प्राधिकरणले निर्माणको जिम्मा पाएको ‘कालपत्रु पावर’ ट्रान्समिशन र ‘मुडभरी एण्ड जेभी’लाई मासिक रू. ११ लाख हर्जना तिर्दै आएको छ ।

 सन् २०११ देखि हालसम्म प्राधिकरणले बैङ्क ग्यारेण्टी, बीमा, सामान भण्डारण शुल्कबापत  रू. ६ करोड ६० लाख तिरिसकेको छ । 

मुआब्जालगायतका विषयमा विवाद उत्पन्न भएपछि स्थगित रहेको सो प्रसारण लाइन सरकारले पछिल्लोपटकसुरक्षाकर्मी परिचालन गरेर निर्माण शुरु गरेको छ । विश्व बैङ्कको रू. दुई अर्ब १५ करोड ६० लाख ऋण सहयोगमा सन् २००६ मा शुरु भएको सो आयोजना सन् २०१० मा सम्पन्न हुनुपर्ने थियो । सिन्धुलीमा पर्ने छओटा टावरमा लामो समयदेखि विवाद रहँदै आएको थियो ।

सो प्रसारण लाइन सम्पन्न भएपछि बर्सेनि रू. एक अर्ब प्राधिकरणलाई फाइदा पुग्नेछ । विद्युतको प्राविधिक चुहावटका कारण १० मेगावाटभन्दा बढी विद्युत् खेरगइरहेको छ । करीब ७३ किलोमिटर दूरी रहेको सो आयोजना निर्माण भएपछि खिम्ती काठमाडौं भरतपुर हुँदै तराई जोड्ने २५० किलोमिटर लामो दूरी पार गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

प्रसारण लाइन घुमाउरो हुँदा प्राधिकरणलाई वार्षिक रू. एक अर्ब बराबरको घाटा भएको छ भने प्रसारण लाइन बन्ने बित्तिकै १० मेगावाट बिजुली बचत हुँदा मुलुकभरको विद्युतभार कटौतीको समयमा आधा घण्टा कम हुने विश्वास लिइएको छ । यस्तै प्रसारण लाइन नहुँदा सिप्रिङ आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोड्न पाइएको छैन । सो आयोजना निर्माण सम्पन्न भएपछि माथिल्लो तामाकोसी र दोलखालगायतका जिल्लामा उत्पादन भएको विद्युत् समेत राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहयोग मिल्नेछ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आयोजनास्थलबाट खिम्तीसम्मको प्रसारण लाइनको निर्माण शुरु गरिसकेको सन्दर्भमा सो प्रसारण लाइनमा करीब ५५८ मेगावाट विद्युत् प्रवाह हुनेछ । प्रसारण लाइन दोलखाको सहरे गाविसबाट शुरु भई रामेछाप, सिन्धुली र महोत्तरीका विभिन्न गाविस  हुँदै  धनुषाको ढल्केबरमा रहेको सव स्टेसनमा जोडिने छ ।

यस आयोजनाले पाँच जिल्लाका १६ गाविस र एक नगरपालिका प्रभावित हुने देखिन्छ । आयोजनाको कुल लम्बाइ ७३ किमी क्षेत्रमा १५÷१५  मिटर दायाँ र बायाँको प्रसारण लाइन अधिकार क्षेत्र रहेको छ । सो आयोजनाअन्तगत २३० टावर निर्माण गर्ने लक्ष्य राखिएकोमा हालसम्म २ सय २६ ओटा टावर निर्माण भइसकेका छन् । बाँकी चार टावर दसै अगावै सम्पन्न हुनेछ ।
विश्व बैङ्क, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजना सम्पन्न भएपछि भारतबाट आयात गरिएको विद्युत् सहज रुपमा काठमाडौं ल्याउन सकिने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले बताए ।रासस
२०७३/०५/११ गते



भदोै १० गते । विराटनगरमा कृष्णा अष्टमीको भोलिपल्ट को पावनदिनमा आज पानीटंकी बाट ४ बजे युगलजोडी राधाकृष्ण रथ यात्रा निकालियो ।
 रथ यात्रालाई सभ्य र भव्य रुपमा मनाउनको लागी बिराटनगर उपमहा नगरपालिकाले सडक निमार्ण र मर्मतको कामलाई समयमै पुरागरेर सहज बनाइदिएको थियोे ।

रथयात्राको दिन अप्रिय रुपमा कुनेै घटना नहोस भन्नको लागी समितिले स्थानिय प्रहरी सगँ सहकार्य गरेर सुरक्षा व्यावस्था कडा बनाइएको रथयात्रा आयोजक समितिले जनाएकोथियो । नेपाल प्रहरी, सष्शत्र प्रहरीले सादा पोषाकमा विशेष टोलि खटाएर लाखौंलाख सहभागि जनाउने भक्त जनहरूको
प्रहरीले राम्रो सुरक्षा प्रधान गरेको पाइएको छ ।

यो वर्ष गत वर्ष भन्दाा रथयात्रालाई भव्य बनाएको पाइयो।
यो साल हेलिकप्टर बाट पुष्प वृष्ठी गराउनुका साथै रथलाई विशेषरुपमा सिघारीएकोछ ।
रथयात्रालाई अपरान्ह ३ वजे देखि विशेष परम परागत रुपमा  अपनाइने विधि अनुसार पुजा गरेर विशेष प्रकारको रथ लाई अपरान्ह ४ वजे देखी रथयात्रा प्रारम्भकालागि अगाडि बढाएको थियो । बडी भिड भकैकारण ४२ ठाउमा रथ रोकिने भनिए पनि धेरै ठाउँहरूमा रथ रोक्नु परेकाले ठिक बेलुकी ६.३५ बजे बिराटनगरको महेन्द्र चोक बाट उतर तिर अगाडि बडेको थियो ।

आजको रथयात्रामा सहभागि हुनको लागी बिराटनगर आसपासका जिल्ला र क्षेत्र,आैधोगिक, संघ संस्था,हरू
बाट रथ तान्न र सहभागी हुँन आउनेहरूको ठुुलो जमघट रहेको थियो ।

आजको रथ यात्रामा नेपालको सीमापारी भारतिय वजारमा हरूबाट पनि उल्लेखिय रुपमा दर्शनार्थी को उपस्थिति रहेकोपाइएकाले सभागिहरूका अनुसार करिव पांच लाखको हाराहारीमा मानिसको आज बिराटनगरमा जमघट थियो भनिएको छ । यो रथ यात्रा सबै जाति दर्श का मानिसहरूको साझा जमघट हो !

२०७३/०५/१० गते

बिराटनगर, भदोै १० गते । वारि जमुना, पारी जमुना' गीतबाट चर्चित बनेका लोक गायक खेमराज गुरुङको हिजो बिहीबार निधन भएको छ । कलेजोमा समस्या भएपछि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका उनको हिजो दिउँसो मृत्यु भएको हो ।
गायक गुरूङ अव हाम्रो सामु रहनु भएन, डाक्टरले उहाँको निधन भएको जानकारी गराउनु भएको हो । 
उनको अवस्था गम्भिर भएपछि एयर एम्बुलेन्सबाट दिल्ली लैजाने छिटोछिटो तयारी वहाको अबस्थामा सुधार नआएकाले लैजान नसकिएको गुरूङका नातेदारले बताएका छन । 
स‌खुवासभामा जन्मेका गुरुङ गीत संगीतमा लामो समयदेखि सक्रिय थिए । उनले गाएको पूर्वी पहाडको लोकभाका 'वारि जमुना पारि जमुना' एक ताका धेरैको जिब्रोमै झुण्डिने गर्दथ्यो । उनको एक दर्जन एल्वम छन् ।

बिराटनगर, भदोै ९ गते । हामी युवाको आयोजनामा विराटनगरको विरेन्द्र सभा गृहमा एकदिने नेतृत्व विकाश सम्वन्धि कार्यक्रमको आजै आयोजना गरिएको छ । युवाहरुमा बढ्दै गएको निराशा कम गरेर युवालाई रचनात्मक कार्यक्रम तर्फ जाग्रीत गर्नको लागी काठमान्डौैका प्रख्यात नेतृत्व विकाशका अभियान्ता स्वनम भटट्को  उपस्थितिमा एक दिने क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको हो।
 युवामा आवद्ध सरोज दाहालले दिएको जानकारी अनुसार
कार्यक्रममा विराटनगर लगायतका विभिन्न क्षेत्रबाट करिव ६५० जना युवाहरुको उपस्थिति रहेको छ । यसवाट प्रत्यक्ष रुपमा युवाहरु माझमा रहेको निराशा लाई केहि हद सम्म
भए पनि कम मगर्न सहयोग मिल्ने सहभागी युवाले आशा गरेकाछन छ ।


विराटनगर, भाद्र ९ गते । नेपाल इन्जिनियरिंग एशोसियसनको ३१ औं कार्यकारिणी परिषद्को आगामी भाद्र ३१ गते हुने निर्वाचनमा प्रगतिशिल तथा पेशागत इन्जिनियर समूहको तर्फबाट डा. सुमित्रा अमात्यले अध्यक्ष पदमा उम्मेद्वारीको घोषणा गर्नुभएको छ ।
विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै अमात्यले यस्तो बताउनु भएको हो । देशको राजनीतिक खिचातानी र नाकाबन्दीका कारण उत्पन्न असहज परिस्थिति, भूकम्पलगायतका कारणले मुलुकमा असहज परिस्थिति उत्पन्न भएको भन्दै अध्यक्षकी उम्मेदवार अमात्यले प्रतिकूल परिस्थितिमा पनि इन्जिनियरहरुले प्रदर्शन गरेको हिम्मत, मेहनत र पसिनालाई जनताले उच्च मूल्यांकन गरेको बताउनुभयो ।


उहाँले पेशागत हक हितको संरक्षण, राष्ट्यि नीति निर्माण, पुनःनिर्माण तथा नव निर्माण, इन्जिनियरिंग शिक्षा र क्षमता अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलताका लागि पहल गर्ने अमात्यले बताउनुभयो । उहाँले एक गाविस एक इन्जिनियर, एक जिल्ला एक सूचना प्रविधि केन्द्रको पहल गर्ने बताउनुभयो ।


रोशन पोखरेल विराटनगर, भदोै ८ गते ।
 विराटनगरमा कृष्णा अष्टमीको भोली पल्ट निकालिने युगलजोडी राधाकृष्ण रथ यात्राको अन्तिम तयारी अन्तिम चरमा पुगेको छ  । रथयात्रा लाई सभ्य र भव्य रुपमा मनाउनको लागी अहिले विराटनगरको सडक निमार्ण र मर्मतको कामलाई अगाडि बढाइएको छ भने रथयात्राको दिन अप्रिय रुपमा कुनेै घटना नहोस भन्नको लागी स्थानिय प्रहरी सगँ सहकार्य गरेर सुरक्षा व्यावस्था कडा बनाइएको रथयात्रा आयोजक समितिका सदस्य चम्पालाल राठिले जानकारी दिनु भयो ।त्यसका लागी नेपाल प्रहरी , सष्शत्र प्रहरीले सादा पोषाक मा विशेष टोलि खटाउने तयारी गरेको छ ।
 यस वर्षको रथयात्रालाई भव्य बनाउनका लागी हेलिकप्टर बाट पुष्प वृष्ठी साथै रथलाई विशेषरुपमा सिघारीने भएको छ । रथयात्रालाई पर्सि अपरान्ह ३ वजे विशेष रुपमा धार्र्मिक विधि अनुसार पुजा गरेर अपरान्ह ४ वजे देखी रथयात्रा प्रारम्भ हुने आयोजक समितिका सदस्य पवन सुडानाले जानकारी दिनुभयो । यस रथयात्रामा सहभागि हुनको लागी नेपालका साथै भारतिय वजारमा पनि उल्लेखिय रुपमा दर्शनार्थी को उपस्थिति रहने गर्दछ ।
२०७३/०५/८ गते।


बिराटनगर, भदोैै ८ गते ।  नेपाल पत्रकार महासंघले प्रेस र पत्रकारहरुका विभिन्न समस्या जोडिएका ११ बुँदासहितको ध्यानाकर्षणपत्र हिजो सूचना तथा सञ्चारमन्त्री राम कार्कीलाई बुझाएको छ ।
त्यसमा सरकारले निर्णय गरिसकेको श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने, राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान, आमसञ्चार संग्रहालय तथा अध्ययन प्रतिष्ठान,स्वतन्त्र, स्वायत्त राष्ट्रिय मिडियाआयोग वा प्राधिकरण स्थापना गर्नुपर्ने लगायत छन् ।
ध्यानाकर्षणपत्र बुझाउँदै महासंघका अध्यक्ष महेन्द्र विष्टले आफ्ना माग पूरा गराउन पहल गर्नसञ्चारमन्त्रीलाई आग्रह गरेका थिए । उनले लोककल्याणकारी रकम वृद्धि हुनुपर्ने र त्यसको न्यायोचित वितरणका लागि समेत मन्त्रालयले पहल लिनुपर्ने धारणा राखेका थिए ।
महासंघ काठमाडौं शाखा अध्यक्ष समेत रहेका नेपाल प्रेस काउन्सिलका सदस्य गोविन्दप्रसाद चौलागाईंले वर्गीकरणमा परेका सबै सञ्चारगृहहरुलाई निशुल्क इन्टरनेटको व्यवस्था गर्न माग गरे । साथै सम्पूर्ण पत्रकारहरुलाई दुर्घटना तथा स्वास्थ्य उपचार विमा कार्यान्वयन गर्न समेत माग गरेका 
थिए ।
मन्त्री कार्की समक्ष काठमाडौं शाखाले ज्ञापनपत्र बुझाउन १४ बुँदे मागपत्रसहित पत्रकारहरु मन्त्रालय दिउँसो १ बजे पुगेका थिए । अकस्मात महासंघ केन्द्रले नै भेट्ने कार्यक्रम तय भएपछि जिल्ला शाखाबाट अध्यक्ष चौलागाईंले संक्षिप्त भनाई मात्र राखेका थिए । अनलाइन बाट,
२०७३/०५/८ गते अंक ५४




 युवराज ठकुरी/सिंहदेवी,मोरङ-भदोै ८ गते । 
 मोरङ जिल्ला सिंहदेवीको पर्यटकीय क्षेत्र जेफालेको फेदी बिहिवारे बजारदेखी १०/१५मिनेट तल झरे पछि एउटा चियाबारीको दृश्यले पर्यटकहरुलाई इलामको झल्को दिलाउछ।
मोरङ जिल्लाकोम अत्यन्तै दुर्गम गाउँ सिंहदेवीमा नारायणप्रसाद राइले २०५५ सालदेखि सुरु गरेको चिया खेती अहिले आएर व्यावसायिक भइ त्यस क्षेत्रकै आकर्षणको रुपमा स्थापित हुनपुगेको छ।
        सिंहदेवीमा विकासको गतिविधि केही नभएको बेलामा राईले ५० रोपनीमा चिया खेतीको सुरुवात गर्दै अहिले दुई सय पचास रोपनीमा बिस्तार गरिसकेका छन् ।त्यतिबेला न कसैको व्यावसायिक खेती गर्ने सोचाइ थियो,न कसैले सुरुवात नै गरेका थिए।मोरङमा पनि चिया खेती हुन्छ र भन्ने धेरैको आशङ्कालाई तोड्दै चिया खेतीमा वैदेशिक रोजगार ओमनमा पुगेर ११ वर्ष कमाएको रकम चियाखेतीमा खर्च गरेको राई बताउछन् ।
राईकि पत्नी बिना खजुम भन्छिन-"शुरुका दिनमा चिया रोप्दा धेरैले हासेर उडाए।धेरैले सुख छोडेर दु:ख खोज्न आएका भने तर हाम्रो निरन्तरको मिहिनेतले अहिले सफल भएका छौ।"
राईले मातृभुमी टि स्टेट नामक कम्पनी नै दर्ता गरेर वार्षिक ३ हजार केजी सम्म ग्रीन टी उत्पादन गरिरहेका छ्न।पछिल्लो समय सिंहदेवीमा विधुत विस्तार भए पछि प्रशोधन मेसिन राखेर प्रशोधित ग्रीन टीको माग दिनानुदिन बढिरहेको छ।
चियाबगानमा हाल ३०/३५ जनालाई रोजगार समेत पाएका छ्न भने जेफाले पर्यटन क्षेत्रको समेत आकर्षण बढाएको छ।जेफाले भ्युटावर,होमस्टे आउने पर्यटक चियाबगान ननिस्की कहिल्लै फर्कदैनन।२०७१ मा चिया उधममा लागेका राईलाई सरकारले राष्ट्रपति सम्मानबाट पुरस्कृत गर्यो।थुप्रै सङ्घ सस्थाहरुले उदाहरणीय व्यक्तित्वकारुपमा सम्मान गरिरहेका छन।  चियाखेतीकै शिलशिलामा भर्खरै चिनको भर्मण गरेर नेपाल फर्किए। यसले गर्दा थप जिम्मेवारी थपिएको राई बताउछन।
राई दम्पतिको उदाहरणीय काम देखेर स्थानीय डगलसिङ राई,बुद्दमान राई र नगेन्द्रकुमार खाण ठकुरीले पनि आफ्नो पाखोबारीमा चिया खेती गर्न थालेका छन।चिया खेतीले व्यावसायिक खेतीको सुरुवात मात्रै गरेको नभएर यसले सिङ्गो मोरङ र जेफाले पर्यटन क्षेत्रकै आकर्षण गरेको होम स्टेका सचिव भीम ठकुरीले बताए।
२०७३/०५/८ गते अंक-५४


किशन शाही बाट-
भाद्र ७ । केरावारी । अनियन्त्रित गतिमा चलेको एक मोटरसाइकलको ठक्कबाट मंगलवार दिउसो केरावारी बजारमा एक वालिका सख्त घाइते भएकी छिन् ।
नम्बर नखुलेको पलसर मोटरसाइकलको ठक्करवाट केरावारी ८ का महाप्रसाद चेम्जोङकी ६ वर्षिय छोरी खुशी चेम्जोङ सख्त घाइते भएकी हुन् । मच्छिन्द्र चोक नजिकै पश्चिमबाट मोटरसाइकलमा आएका हिमाल तामाङले चलाएको मोटरसाइकाले ठक्कर दिदा वालिका सख्त घाइते भएको इलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ । मोटरसाइकल चालक फरार रहेका छन् । यदपी उनको पहिचान भैसकेकोले उनको खोजी तिव्र पारिएको प्रहरीले जनाएको छ ।
वालिकाको स्थानीय चोविस घण्टे स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारका लागि विराटनगर स्थित न्युरो हस्पिटलमा लगिएको छ । उनको खुट्टामा गहिरो चोट लागेको छ ।
यस अघि पटक पटक दुर्घट्ना वढेपनि ट्राफिक प्रहरी नहुदा दुर्घट्ना न्युनिकरणमा कमि आउन नसकेको प्रहरीले जनाएको छ । २०७३/०५/७, अंक ५३

बिराटनगर, भदोै ७ गते ।
कृष्ण प्रसाद सिक्देल पत्रकारीता पुरस्कारबाट पत्रकार तथा प्रेश यूनियन माेर‌गका अध्यक्ष मिनकुमार नबाेदित श्रेष्ठ आज
बिराटनगरमा सम्मानित हुनुभएको छ।
सम्मानित हुनुभएका नबोदित भाई लाई रातो तारा डट कम का तर्फ बाट धेरै धेरै बधाइ छ ।


युवराज ठकुरी/सिंहदेवी,मोरङ
बिस्तारै उत्तरी मोरङ सिंहदेवीमा अबस्थित
जेफाले नयाँ पर्यटकीय गन्तव्यका रुपमा
बिकास हुँदै गएको छ।
मोरङमै इलाम बिर्साउने चियाबगान र
धनकुटाको भेडेटार बिर्साउने भ्यु टावर र मौसम
भएकाले जेफालेमा आन्तरिक पर्यटनहरु भित्रिन
थालेका छन।
समुन्द्री सतहबाट एक हजार नौ सय सत्तरी
मिटर उचाईमा रहेको जेफाले डाडा मोरङ र
धनकुटाको सीमा अबस्थित छ।
पर्यटकिय विकासलाई थप व्यबस्थित र
सुबिधाजनक बनाउन पछिल्लो समय पाँच वटा
घरमा होमस्टेको सुरुवात र जेफाले डाडामा
निर्माण गरिएको भ्यु टावरले पर्यटकहरुमा थप
आकर्षण थपेको होमस्टेका सचिब भिम ठकुरीले
बताए।
त्यहाँका आकर्षणहरु
जेफाले डाडाबाट पुर्वका १६ वटै जिल्ला साथै
सुर्योदय,सुर्यास्त विभिन्न हिमशृङ्खला देख्न
सकिनुका साथै तराईका सुन्दर फाटहरुको
दृश्यावलोकन गर्न सकिन्छ।
चिया उधमी नारायणप्रसाद राईको
चियाबगानले थप सौन्दर्यता थपेको छ।काफले
डाडामा पाथीभरा मन्दिर,एतिहासिक
किम्बदन्ती रहेको तीनचाने ढुङ्गा,जेफाले
डाडामा शीबपार्वतीको मन्दिर र खदम र
समेवा खोलामा निर्माण हुँदै गरेको मिनी
हाईड्रो पावर रहेका छन् ।
त्यहाँ पुग्नका लागि
महेन्द्र राजमार्गमा पर्ने खोर्साने देखि लगभग
३८कि.मि. उत्तर पुर्व ५/३वटा डाडा काट्दै
जोखिमपूर्ण यात्रा गरेपछी ४ घन्टामा
सिंहदेवीको जेफाले पुग्न सकिन्छ।
कुल ७२ लाखको लागतमा निर्माण गरिएको
४५ फिट अग्लो चार तले भ्यु टावर १ हजार ९ सय
७० मिटर उचाईमा रहेको छ।जिबिस मोरङको
३६ लाख ५० हजार,धनकुटा जिविसको
५ लाख,पर्यटन कार्यालय काकरभिट्टाबाट
रु२१ लाख र जनश्रमदानबाट भ्यु टावर निर्माण
गरिएको अध्यक्ष डिल्लीराम शर्मा
अधिकारीले बताए।
एक भव्री कार्यक्रमका बीच पर्यटन तथा
नागरिक उड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले
जेफाले भ्यु टावर र जेफाले होमस्टेको जेठमा एकै
साथ उद्घाटन गरेका थिए।
तराईको चर्को गर्मीमा समेत सदाबाहर चिसो
भइरहने जेफालेको मौसमले आन्तरिक पर्यटकलाई
लोभ्याएको छ।
मोरङ भएर पनि भौगोलिक विकटताका कारण
यात्रामा कठिनाइ भएपनी सडकको
स्तरोन्नति,सन्चार र सुरक्षाको राम्रो
व्यवस्था गर्नसके जेफाले पुर्वको पर्यटकीय
केन्द्रको रुपमा विकास हुनेछ।
२०७३/०५/७, अंक-५३,


काठमाडौं,भाद्र ६  गते । प्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ ३० गतेदेखि दक्षिणी छिमेक भारतको तीन दिने भ्रमण गर्ने भएका छन् । भ्रमणका अवसरमा कुनै एउटा ठूला परियोजनामा भारतले सहयोग गर्नेसम्बन्धी सम्झौता गर्ने तयारीसमेत गरिएको छ ।
उपप्रधानमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणको क्रममा नेपाली र भारतीय अधिकारीहरुबीच प्रधानमन्त्री दाहालले भदौ ३० र ३१ गते उच्चस्तरीय भेटघाट गरेर असोज १ गते फर्कने गरी भ्रमण तय भएको हो । निधिले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । त्यही क्रममा उनले प्रधानमन्त्री दाहालले लेखेको पत्र मोदीलाई हस्तान्तरण गरेका थिए ।
भारतीय विदेश मन्त्रालयका अधिकारीहरुका अनुसार प्रधानमन्त्री दाहालले आफ्नो नौ महिने कार्यकालमा कुटनीतिक र राजनीतिक भन्दापनि विकास निर्माण कार्य अघि बढाउन चाहेकाले त्यसमा सहयोगको अपेक्षा राखेका छन् । प्रधानमन्त्री दाहालको यही इच्छा अनुसार भ्रमणका क्रममा कुनै ठूलो परियोजनामा सहयोगको सम्झौता हुने अपेक्षा गरिएको छ ।
त्यसको अलावा प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा गर्न चाहेको सम्झौताहरुले लामो फेहरिस्त नै पठाएको छ । त्यसैको आधारमा उपप्रधानमन्त्री निधिले भारतीय अधिकारीहरुसँग भ्रमणाको क्रममा छलफल गरेको बताइएको छ ।
दाहालले आफ्नो भ्रमणका क्रममा लामो समयदेखि अघि बढ्न नसकेको पञ्चेश्वर परियोजनाको काम अघि बढाउने संकेत गरेका छन् । उनले पठाएको पत्रमा पञ्चेश्वरको संयुक्त डीपीआरलाई निर्णयमा र्पुयाउन चाहेको उल्लेख गरेको स्रोतले बतायो । दुई बर्षअघि भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको अवसरमा पञ्चेश्वरलाई प्राथमिकता दिने उल्लेख गरेका थिए । हाल नेपालको पञ्चेश्वर विकास प्राधिकारण र भारतीय पक्षबीचमा कुराकानी भइरहेको जनाइएको छ ।
भुकम्प पीडितलाई यसअघिको केपी ओली नेतृत्वको सरकारले दुई लाख रुपैयाँ दिने निर्णय गरेकोमा नयाँ सरकारले तीन लाख दिने निर्णय गरेको थियो । यसमा आवश्यक पर्ने थप एक लाख रुपैयाँ भारतसँग सहयोगको लागि आग्रह गरिने भएको छ । प्रधानमन्त्रीको प्राथमिकतामा हुलाकी राजमार्ग निर्माणलाई सुचारु गर्ने पनि रहेको छ । हाल आवश्यक जग्गा अधिग्रहण हुन नसकेको भन्दै हुलाकी राजमार्गको कार्य रोकिएको छ ।
प्रधानमन्त्रीले आफ्नो प्राथमिकताको सूचिमा पूर्व–पश्चिम रेलमार्गलाई पनि राखेको छ । आफ्नो भ्रमणको अवसरमा यस परियोजनामा पनि ठोस सहमतिको पहल गर्ने बताइएको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा पनौतीमा बनाउने भनिएको प्रहरी एकेडेकमीको सहयोगमा सम्झौता गर्ने तयारी सुरु भएको छ । त्यस्तै भूकम्पपछि दाता सम्मेलनको क्रममा भारतले दिने भनेको एक खर्ब रुपैयाँका सम्बन्धमा पनि ठोस सम्झौता गर्ने तयारी रहेको छ । खास गरेर भारतले आफूले दिने भनेको रकम खर्च गर्ने योजना नपठाएको गुनासो गर्दै आएको छ ।
प्रधानमन्त्री दाहालका भ्रमणका क्रममा फाष्ट ट्र्याकका बारेमा भारतले निर्णय चाहेको छ । अघिल्लो सरकारले भारतीय कम्पनीलाई फाष्ट ट्र्याक बनाउन दिने निर्णय गरेको भएपनि यसअघिको केपी ओली नेतृत्वको सरकारले आफै बनाउने भन्दै सहमति रद्द गरेको थियो । सरकारमै सहभागी कांग्रेस नेताहरु भारतीय पक्षलाई फाष्ट ट्र्याक बनाउन दिने पक्षमा छन् भने प्रधानमन्त्री बनेलगत्तै दाहालले आन्तरिक स्रोतबाटै बनाउने बताएका थिए । कान्तिपुर बाट,


विराटनगर, भदौ ६ गते । पूर्वाञ्चलमा पहिलोपल्ट नयाँ विमारी फेला परेको र लाइफगार्ड अस्पतालले सफल उपचार गरेको आज पत्रकार सम्मेलन गरी जनाएको छ ।
झापा विर्तामोड निवासी ३३ वर्षीया इन्दु रानालाई टाउको दुख्ने, ज्वरो आउने, खुट्टा सुन्निने, बेहोसी र बेसुरको कुरा गर्न थालेपछि लाइफ गार्ड अस्पतालमा भर्ना गरिएको थियो । लाइफगार्ड अस्पतालका डाक्टर अस्मितानन्द ठाकुरको टोलीले बिमारीको रिपोर्ट हेर्दा द्यचगअभििब ब्दयचतगक ब्लतष्नभल उयकष्तष्खभ भेटिएको थियो । विरामीलाई अन्तिम अवस्थामा अस्पतालमा भर्ना गरिए पनि उपचार सफल भएको चिकित्सकले बताएका छन् ।
यो रोग पूर्वाञ्चलमा पहिलो पटक भेटिएको र विरलै मात्र यस्तो रोग देखिने चिकित्सकको भनाई छ । विमारीको अवस्था अहिले सुधारोन्मुख र खतरामुक्त रहेको अस्पतालको भनाई छ ।
२०६२ सालमा १५ शैयाको अस्पताल सञ्चालनको अनुमति प्राप्त लाइफ गार्ड डाइग्नोसिस एण्ड प्याथोलोजी सेन्टरको नाममा स्थापित अस्पतालले अहिले आएर ५० शैयाको सञ्चालन अनुमति प्राप्त गरी एक सय शैयामा सञ्चालन गरिरहेको छ ।
पत्रकार सम्मेलन अस्पतालका डा. कैलाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बिराटनगर,भदोै ६ गते । अत्तरिया । आर्थिक समृद्धि राज्यले बाँडेको सपना मात्र होइन, आधारभूत आवश्यकता पनि हो । चार विकास क्षेत्रसरह सुदूरपश्चिमले समान विकासको हिस्सा माग्नु अस्वाभाविक पनि होइन । तर, राज्य आफैंले विकासको सम्बोधन गर्न सक्दैन । समृद्धिको संवाहक निजीक्षेत्र हो । राज्यले निर्धारण गर्ने नीतिको परिधिमा रहेर निजीक्षेत्रले समृद्ध सुदूरपश्चिमको निर्माणका लागि रचनात्मक भूमिका निर्वाह गर्न सक्छ । समृद्ध सुदूरपश्चिमका नौओटै जिल्लाका उद्योग वाणिज्य सङ्घ विगत १० वर्षदेखि हातेमालो गर्दै आएका छन् । उनीहरूले समृद्ध सुदूरपश्चिमको अभियान नै चलाएका छन् ।
सुदूरपश्चिमका नौओटा जिल्लाको केन्द्रविन्दु अत्तरिया अहिलेसम्म राज्यको विकास एजेण्डाभित्र पर्न सकेको छैन । ‘राज्यले अत्तरियाकै लागि भनेर कुनै योजना ल्याएको  हामीले सुनेका छैनौं’, अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्त रोकायले भने । आर्थिक अभियान राष्ट्रिय दैनिक र अत्तरिया उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा भएको ‘अत्तरियाको विकास, सम्भावना र चुनौती’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रममा सङ्घका अध्यक्ष रोकायले  यहाँबाट प्रतिनिधित्व गर्ने सभाषद्, राजनीतिक दल, समाजसेवी, विकासप्रेमी, अर्थविद् तथा शिक्षाविद्हरूसँग हातेमालो गरेर अत्तरियाको विकासमा सहभागी भएका छौं ।
अत्तरियालाई नमूना शहरको रूपमा विकास गर्ने अभियानका साथ २०७० सालमा अत्तरिया उद्योग वाणिज्य सङ्घको गठन भएको हो । अत्तरिया नगरपालिकासँगसँगै गठित उद्योग वाणिज्य सङ्घले छोटो समयमै १ विगाह जमिन खरीद गरी ५ करोड रूपैयाँको लगानीमा सुविधासम्पन्न  भवन निर्माणको कार्यसमेत शुरू गरिसकेको अध्यक्ष रोकायले जानकारी गराए । ‘जग निर्माणको काम हामीले सम्पन्न गरिसकेका छौं’, उनले भने ।
अत्तरियाका बासिन्दाको मुख्य पेशा व्यापार र कृषि हो ।  थोरै मात्र सरकारी सेवामा छन् ।  पशुपालन पनि यहाँका बासिन्दाको प्रचलित पेशा हो । राना, थारू र पहाडी समुदायको बसोबास रहेको अत्तरिया बहुसांस्कृतिक शहरका रूपमा स्थापित छ । कृषिउद्योगको ठूलो सम्भावना रहे पनि यहाँ अहिलेसम्म राज्यस्तरबाट लगानीमैत्री वातावरण बन्न नसकेकाले कृषिमा व्यावसायिकता ल्याउन नसकिएको रोकायले बताए । ‘हामीले अत्तरियाको विकासमा नयाँपन र दिगोपन ल्याउन २०६६ सालदेखि काम गर्दै आएका छौं । तर, यतिका वर्षसम्म अत्तरियाको गुरुयोजनासम्म बन्न नसकेकाले उचित रूपमा बजार व्यवस्थापन गर्न सकिएको छैन ।
राज्यले सुदूरपश्चिमको विकास भएको हेर्न चाहने हो भने हामीले विगत लामो समयदेखि उठाउँदै आएका छओटा माग सम्बोधन गर्नु आवश्यक छ । पहिलो लालपुर–श्रीपुरमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माण, दोस्रो धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति, तेस्रो पश्चिम सेती, चौथो सुक्खा बन्दरगाह, पाँचौं सुदूरपश्चिमको पवित्र धार्मिकस्थल गोदावरीको विकास र छैटौं अत्तरिया बसपार्कलाई क्षेत्रीय बसपार्कको रूपमा स्तरोन्नति गर्न सक्ने हो भने अत्तरियाको मात्रै नभएर समग्र सुदूरपश्चिमको आर्थिक विकासमा कायापलट नै हुन्छ । यसका लागि यहाँको निजीक्षेत्र सरकारसँग हातेमालो गर्न तयार छ’, उनले भने । अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि तथा अत्तरिया नगरपालिकाका कार्यकारी अधिकृत नारायणबहादुर विष्टले अत्तरिया क्षेत्रको चौतर्फी विकासका लागि गुरुयोजना पहिलो शर्त भएको बताए । उनले निजीक्षेत्रको सक्रियतामा नमूना शहरको रूपमा विकास हुँदै गएको अत्तरियालाई समृद्ध शहरको रूपमा परिणत गर्न गुरुयोजना बन्नु आवश्यक रहेको बताए । गाविसबाट एकैपटक नगरपालिका बनेकाले थोरै जनशक्तिमा धेरै काम गर्नुपरेको अधिकृत विष्टको भनाइ छ । अत्तरिया क्षेत्रमा आधा दर्जनको हाराहारीमा निर्यातयोग्य उद्योग खुले पनि नाका नभएका कारण थप उद्योगको विस्तार हुन नसकेको अत्तरिया उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष नैनसिंह कार्कीले बताए । साबुन, ग्यास, बिस्कुट, खढी, खाद्य, सोडा तथा घर रङ्ग्याउने पेण्टलगायतका उद्योग अत्तरियामा सञ्चालनमा छन् । अत्तरियामा जुन गतिमा विकास हुनुपर्ने थियो, त्यो हुन सकेको छैन । बजार फराकिलो बनाउन चुनौती नै चुनौती भएको उपाध्यक्ष कार्कीले बताए । अत्तरियाको पूर्वपट्टि सशस्त्र प्रहरी, क्षेत्रीय ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालय र सुकुम्बासी बस्ती छ, उत्तरतिर दुर्गा क्याम्पस र वनक्षेत्र तथा दक्षिणतर्फ खोटो कम्पनी र विद्युत् ग्रिड, जुन बीच बजारमा रहेकाले बजार विस्तार र सौन्दर्य बढाउन सकिएको छैन । वर्षमा एक/दुई पटक खोटो कम्पनीमा आगलागी भएकै हुन्छ, बीच बजारमा यस प्रकारको कम्पनी स्थापना हुनुले मानवीय तथा भौतिक क्षति जुनसुकै समयमा पनि हुन सक्ने भएकाले यसको व्यवस्थापन राज्यबाटै हुनुपर्ने कार्कीको भनाइ छ । झण्डै ६० प्रतिशत ऐलानी बस्ती भएकाले यसको व्यवस्थापनमा पनि चुनौती देखिएको छ ।
एक दर्जनको हाराहारीमा अत्तरियामा निजी विद्यालय तथा कलेज स्थापना भए पनि शिक्षामा अझै व्यावसायिकता ल्याउन नसकिएको दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख गिरिराज कडायतले बताए । अत्तरियाको मात्र नभएर समग्र सुदूरपश्चिमको शैक्षिक विकास र गुणस्तर वृद्धिमा राज्यले लगानी बढाउन नसकेको उनको गुनासो छ । यस क्षेत्रमा तत्काल १५ भन्दा बढी आङ्गिक क्याम्पसको आवश्यकता देखिए पनि राज्यस्तरबाट कुनै पहल नै नभएको भन्दै यहाँको शैक्षिकस्तर उकास्न शिक्षामा लगानी बढाउन माग गरे । आर्थिक अभियान राष्ट्रिय दैनिकले पहिलो पटक अत्तरियामा गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा अधिकांश सहभागीले अत्तरिया उद्योग वाणिज्य सङ्घले अत्तरियाको व्यवस्थित शहरीकरणका लागि जुन प्रकारले काम गर्दै आएको छ, त्यसमा राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए । कला, संस्कृति, प्राकृतिक सम्पदा र हावापानीको दृष्टिकोणले अति उत्तम मानिने अत्तरियाक्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सके सुनमा सुगन्ध हुने नगरवासीको भनाइ छ । कार्यक्रममा सहभागीहरूले ७ नम्बर प्रदेशको राजधानी अत्तरियालाई बनाउँदा नौओटै जिल्लाको विकास गर्न सहज हुने बताए । कैलाली, कञ्चनपुरका लागि मात्रै नभएर सात पहाडी जिल्लाका बासिन्दाका लागि समेत अत्तरिया एक मात्र पायक पर्ने स्थान भएकोमा जोड दिए । एशियाली विकास बैङ्क (एडीबी) ले अत्तरिया शहरलाई व्यवस्थित शहरको रूपमा विकास गर्न साढे २ अर्ब रूपैयाँमा सन् २०१७ देखि काम शुरू गरेर ५ वर्षभित्र सम्पन्न गर्न हालै अत्तरिया नगरपालिकासँग सम्झौता गरेको छ । शहरप्रति सबै आकर्षित हुन्छन्, शहरमा सानो क्षेत्रमा धेरै जनसङ्ख्या अटाउनुपर्छ । यसकारण अत्तरिया शहरलाई एकदम व्यवस्थित बनाउन एडीबीसँगसँगै नगरपालिका पनि अघि बढेको कार्यकारी अधिकृत विष्टले बताए । जुन गतिमा जनसङ्ख्या बढेको छ, त्योअनुसार लगानी बढेको छैन । यस कारण पनि नागरिकले शहरी सुन्दरताको अनुभूति गर्न नपाएको विष्टको भनाइ छ ।
कार्यक्रममा न्यु बिजनेश एज प्रालिका अध्यक्ष एवम् आर्थिक अभियान राष्ट्रिय दैनिकका प्रधानसम्पादक मदन लम्सालले सुदूरपश्चिममा लगानीयोग्य क्षेत्र धेरै भएकाले निजीक्षेत्रको लगानी बढ्नुपर्नेमा जोड दिए । सुदूरपश्चिममा लगानीयोग्य क्षेत्रको चर्चा गर्दै बृहत् अन्तरक्रिया कार्यक्रममा प्रधानसम्पादक लम्सालले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले आफूले उत्पादन गर्ने वस्तुको ब्राण्डिङ र लेबलिङ गरेर यहाँ उत्पादन भएको सामग्रीलाई विश्वबजारसम्म पुर्‍याउन सकिने बताए । सिमेण्ट, छड, तेल, औषधि उद्योग, कृषिमा आधारित उद्योगलगायत जुनसुकै उद्योगका लागि पनि सुदूरपश्चिम भर्जिन ल्याण्डको रूपमा आफूले पाएको उनले बताए। अनलाइन बाट, 
२०७३/०५/६, अंक ५२,

 युवराज ठकुरी "अज्ञानी"/मोरङ, भदोै ५ गते।
 म आफ्नै काखमा फल्ने मलिलो देश खोज्दैछु।
 युवाले काध थापेको अडिलो देश खोज्दैछु।
 पथरी बहुमुखी क्याम्पसको सभाहलमा प्रस्तुत बहरबद्द गजल इटहरीकि गजलकार टीका आत्रेयले वाचन गरिरहदा उपस्थित श्रष्टा तथा गजल अनुरागीहरुले गड्गडाहड ताली बजाइरहेका थिए।
पश्चिममा भन्दा पुर्वमा गजलको माहोल सेलाएको महशुस गरि गजल लेखनमा युवाहरूको उपस्थितिमा उत्साह थप्दै गजलको शृबृधि गर्ने उदेश्यका साथ जनसाहित्य मन्च नेपाल,मोरङ पथरीमा पहिलो कार्यक्रम गर्दै यो अभियानको शुरूवात गरेको जनसाहित्य मन्च नेपालका केन्द्रिय सदस्य कवि गजलकार गण्डकी पुत्रले बताए ।
बहरबद्द गजल लेखनमा कलम चलाउने स्थापित गजलकारहरु मधु पोखरेल, टीका आत्रेय,रोहित पराई,हरि कट्टेल र खगेन्द्रा खुशीलाई उक्त कार्यक्रममा उभ्याएर पाँच पाँचवटा गजल गाएर नै प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो ।

स्वाभिमान मर्दैछ नबजाउ ताली।
युवा बिदेश सर्दैछ नबजाउ ताली।
नबजाउ ताली भन्दाभन्दै पनि दर्शक दिर्घाबाट वाह!वाह! सहित तालीको वर्षा भएको थियो।त्यसै गरि अर्का गजलकार हरि कट्टेलको पनि  जसले ल्याएको सुनौलो विहान छ।
    उसैको न लास छ,न यहाँ  चिहान  छ।
    प्रस्तुत गजल वाचनले सभाहललाई तताएको थियो।
कार्यक्रम जनसाहित्य मन्च नेपाल,मोरङकी सचीव तारा पराजुलीको सन्चालन र उपाध्यक्ष यज्ञ परीश्रमीको सभपतित्वमा सप्पन्न भएको थियो।
उक्त कार्यक्रमका प्रमुख अतिथि जनसाहित्य मन्च नेपालका केन्द्रिय उपाध्यक्ष डा भीम खतिवडा अतिथिहरुमा प्राग्य खेम नेपाली,  शिव रेग्मी प्रणत,मिश्र बैजयन्ती,सबिता गौतम दाहाल,मीनकुमार नवोदित,धनजीत पराजुली,भुपेन्द्र तिम्सिना,लोकेन्द्र बन्जरा,युवराज आज्ञानी लगायत झापा, मोरङ र सुनसरीका दुई दर्जन स्रष्टाहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा खेम नेपाली, मिश्र बैजयन्ती,शिव रेग्मी प्रणत, गण्डकी पुत्र र चेतन पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।
अन्त्यमा प्रमुख अतिथी भीम खतिवडाले गजल नलेख्नेहरुले गजललाई साहित्यको छुट्टै विधाकारुपमा स्वीकार नगरी बनमारा झारको सङघ्या दिदै बोल्ने कुनै अधिकार नरहेको बताउदै कला र  जीवनको सम्योजन गरि पसिनाको सम्मान गरौं भन्ने यो अभियानको  उद्देश्य रहेको बताए ।
२०७३/०५/५, अंक५१,


विराटनगर, भाद्र ५ गते । विराटनगर उपमहानगरपालिकाले एकलौटी ढंगले अप्रत्याशित रुपमा घर–जग्गा करमा वृद्धि गरेपछि नगरवासीहरु आन्दोलित बनेका छन् ।
नगरपालिकाले नगरवासीहरुको हुने गरी गरेको अवैज्ञानिक तथा अत्यधिक कर वृद्धिसम्बन्धी निर्णय फिर्ता नलिए सशक्त कार्यक्रम गर्ने स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् ।
आज उपमहानगरपालिका घेराउ गर्दै राजनीतिक दलहरुले नगरपालिकाले बृद्धि गरेको शुल्क फिर्ता नलिए आन्दोलनका कार्यक्रम गर्ने जनाउँदै आज नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् ।
संघर्ष समितिले कर फिर्ता नलिएमा भाद्र १४ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । घोषित कार्यक्रमहरुमा नगरवासीलाई कर नतिर्न आग्रह गर्दै नगरभरि प्रचारप्रसार गर्ने, नगरपालिकाभित्रका अनियमितताको भण्डाफोर अभियान संचालन गर्ने, नगरपालिकामा धर्ना दिने लगायतका कार्यक्रम घोषणा गरिएको छ ।
ज्ञापनपत्रमा नेपाली कांग्रेस नगरसभापति भीम पराजुली, एमाले नगर इन्चार्ज सागर थापा, नेकपा माओवादी केन्द्र्रका नगर संयोजक नमिता न्यौपाने, राप्रपा नेपाल मोरंग अध्यक्ष माधव आचार्य, संघीय फोरमका नगर प्रतिनिधि मन्तलाल यादव, फोरम लोकतान्त्रिकका नगर अध्यक्ष पंकज वर्मा, तमलोपाका कावा नगर अध्यक्ष विनोद गुप्ता, सद्भावना पार्टी नगर अध्यक्ष मो. नसरुल, नेमकिपाका मोरंग अध्यक्ष शालिग्राम राउत, संयुक्त नगर समन्वय समिति संयोजक राजेश मास्केले हस्ताक्षर गर्नुभएको छ ।



बिराटनगर, भदोै ५ गते। पाइला परिवर्तनका लागि भन्ने संस्थाले बिराटनगरको मेनरोडमा सरसफाइ अभियान सुरु
गरेकोछ।
बाटोमा फालिरहेका कचराहरूलाई बोरामा जम्मा गरेर फोरलाइ सडाउने वा डडाउन र जनचेतना लागि यसोगरी
एको सहभागी हरूले जानकारी गराएका थिए ।
२०७३/०५/५, अंक ५१,

hewa-hydro
४ भदौ, पाँचथर। जिल्लामा निर्माणाधीन ‘हेवा ए’ जलविद्युत् आयोजनाको परिक्षण प्रसारण हुने भएको छ । चौध दशमलव ९ मेगावाट क्षमताको उक्त आयोजनाको काम ९९ प्रतिशत पूरा भएको आयोजना निर्माणको जिम्मा पाएका पाँचथर पावर कम्पनीले जनाएको छ ।
निर्माण सुरु भएको पाँच वर्षपछि आयोजना परीक्षण प्रसारणको चरणमा पुगेको कम्पनीका प्रमुख पुष्पज्योति ढुङ्गानाले बताए ।
आयोजनाबाट यही भदौ १५ गतेदेखि परीक्षणका रूपमा बिजुली उत्पादन गर्ने तयारी भइरहेको छ । दुई अर्ब १६ करोड रूपैयाँ लगानी अनुमान गरिएको आयोजनामा नाकाबन्दी र स्थानीय अवरोध लगायतका कारणले समय र लागत बढेको आयोजनाले जनाएको छ ।
अहिलेसम्म चार किमी टनेल (सुरुङ), ड्याम, इलेक्ट्रिक जडान, पावर हाउस र ट्रान्समिसन लगायतका काम पूरा भइसकेका छन् । सानिमा, माछापुच्छ्रे र नेपालइन्भेष्टमेन्ट बैंकसहित ११ वटा बैंक, व्यक्ति र व्यवसायीले लगानी गरेको उक्त आयोजनाको कुल लागत रु दुई अर्ब १६ करोड अनुमान गरिएको थियो ।
नेपाल सरकारबाट भाडामा लिएको ९२ रोपनी, स्थानीयसँग लिएको ७५ रोपनी र वन कार्यालयबाट सट्टा भर्ना गरेको १५ रोपनीसहित १८२ रोपनी जग्गामा आयोजना सञ्चालित छन ।
हाल उक्त कम्पनी पब्लिक लिमिटेड बन्ने प्रक्रियामा रहेकाले त्यसपछि मात्र धितोपत्र बोर्डमार्फत सेयर निस्कासन गरिने कम्पनी प्रमुख ढुङ्गानाले जानकारी दिए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.