Websoft University

सिंहदेवीमा बिजुलीका पोल छन तर बत्ती छैन



युवराज ठकुरी,सिंहदेवी/मोरङ- भदोै १५ गते ।
 विद्युत बिस्तारको काम सबै पूरा भइ सके पनि उत्तरी मोरङ सिंहदेवी वडा नम्बर ६ समितेनका उपभोक्ताको बिजुली वत्ती बाल्ने सपना अधुरै भएको छ, यश ठााउमा बिजुलिका पोल
गाडेका भए पनि बती आजसम्म आएको छैन।

 विगत दुई वर्ष अगाडि नै विद्युत बिस्तार गर्न काठको पोल रोपी सम्पुर्ण काम सकिए पनि विद्युत प्राधिकरणले ट्रान्सर्फमर उपलब्ध गराउन नसक्दा विद्युत बिस्तारमा ढिलाई भएको थियो।

पुनः उक्त योजनालाई सफल बनाउन विभिन्न निकाय,राजनैतिक दलहरु सग हारगुहार गरि प्राधिकरणमा निरन्तर डेलीगेसन जादाजादा 2072मा प्राधिकरणले ट्रान्सर्फमर उपलब्ध गराएको उपभोक्ता समितिका अध्यक्ष पृतबहादुर लिम्बूले बताए।ट्रान्सर्फमर त उपलब्ध गरायो तर पहिला काम शुरु गर्दा लगाएको काठको पोललाई मान्यता नदिएपछि फलामे पोल ल्याउने स्थानीय उपभोक्ताको पहुँच नहुदा स्थानीयको बिजुली वत्ती बाल्ने सपना अधुरै भएको हो।

योजना शुरु भएको तीन चार वर्ष बितिसक्दा पनि उपभोग गर्न नपाउदा अब त आशै हराएको र आफूले हतार हतार हाउसवाइरिङ गरेको पनि मुसाले काटेर काम नलाग्ने बनाएको स्थानीय चित्र लिम्बू बताउछन्।

अब त काठको पोल पनि काम नलाग्ने भएको छ,काठको पोल ढलेर काम नलाग्ने भइ तार पनि छरपस्ट भएकोले पुनः योजना शुरूवात गर्न सारै अप्ठ्यारो भएको स्थानीय किराँत लिम्बू बताउछन्। पहिले पनि प्राधिकरणले सहयोग गरेन अहिले पनि प्राधिकरणले न सहयोग गरेको छ न अनुगमन नै गरेको छ स्थानीय उपभोक्ताहरु गुनासो व्यक्त गर्छन्।

धनकुटाको राजारानी 3सिद्धिपुर देखि सिंहदेवी 6 समितेन स्कुलडाडा सम्म ल्याउन मात्रै  लगभग 60वटा पोलको आवश्यकता रहेको र यदि काठकै पोललाई मान्यता दिने हो भने स्थानीयहरुको आट र हिम्मत नमरेको डम्बर लिम्बू बताउछन्। गाविसको 4लाख 50हजार, प्रत्येक घरको सात सात हजार  उक्त योजनामा खर्च गरिएको र पुनः हाउसवाइरिङका लागि 10/12हजार खर्च गरिसकिएको थियो।

यसबाट 70/75घर बिजुली वत्ती बाल्न बन्चित हुनुपरेको छ।सिंहदेवीका अन्य सबै वडाहरुमा विद्युत बिस्तार भइ सन्चालनमा आए पनि जोखिम मोलेर उपभोग गर्न बाध्य हुनु परेको छ।प्राधिकरणको अनुगमनको अभाव र कामको ढिलासुस्तीले गर्दा बिजुली वत्ती बाल्ने सपना अधुरै भएको स्थानीयहरुको गुनासो रहेको छ ।
२०७३/०५/ १५ गते,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.