Websoft University
October 2016



यस रातो तारा डट कम का सबै
पाठक तथा शुभ चिन्तकहरूलाई
दीपावली, छठ को हार्दिक मंगलमय
शुभकामना ।।।
भोलि एकदिन पत्रिका बन्द रहने
सबैलाई यसै सूचना बाट जानकारी
गराईएकोछ।
Tejendra Bhandari
      Freelance
            &
        Editor
www.ratotara.com


विराटनगर कात्तिक १५ गते । रोशन पोखरेल,
जिल्ला प्रहरी कार्यालय मोरङले तिहारको समयमा पटका जन्य विस्पोटक पटका आयातमा रोक लगाएको भएपनि विराटनगरका अधिकाश स्थानमा खुल्ला रुपमा आयात भै रहेको छ ।   विष्पोटक जन्य पटका र आतिसबाजीजन्य पटकाहरू विराटनगरका वजारमा व्यापारीहरु ले आयत गर्दा समेत मैन वसेको विराटनगर बासिले आरोप लगाएका छन । स्थानिय प्रहरीले नाम मात्रको रोक लगाएको विराटनगर १ का विकाश राईले बताउनुभयो ।

सिमा क्षेत्रमा तैनाथ प्रहरीले आर्थिक प्रलोभनमा पटका ल्याउदा पनि कमिशनको लोभमा पटकाको निवाध रुपमा नेपाल आयात भै रहेकोे जोगवनिका एक व्यातिmले नाम नवताउने शर्तमा बताएका छन । प्रहरीले सुरक्षा व्यावस्थामा नाम मात्रको कडाइ गरेको र सर्वसाधारण जनतालाई झुकाएर कमिशनको खेलमा पटका आयात भै रहेको बताइएकोछ।

विराटनगरमा खुल्ला सिमानाका कारण बारुदजन्य पटका आयात भै रहेको एक प्रहरी अधिकृतले बताएका छन । तर प्रहरीले यस विषयमा सादा पोसाकमा प्रहरी परिचालन गरेपनि उल्लेनिय उपलव्धि भने हाँसिल गर्न नसकेको उनले बताएका छन । रातको समयमा अति नै धेरै विष्पोटक पदार्थ पडकने गरेको कारण सुत्न समेत समस्या भएको विराटनगर ६ का आशिष रौनियारले बताउनुभयो ।


बिराटनगर, कात्तिक १५ गते ।
मोरङको पथरीशनिश्चरे–८ स्थित जयमङ्गल खतिवडाको गाईगोठमा आज बिहान आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको छ ।  बिहान २ बजेतिर दीपावली गरेर राखेको माटोको दियोबाट आगो सल्किँदा गोठमा रहेको एउटा गाई, छ वटा बाख्रा मर्नुका साथै गोठ जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।

आगो निभाउने क्रममा खतिवडाकी श्रीमती ५४ वर्षीया लोकमाया खतिवडा घाइते भएकी छन् । उनको स्थानीय
पथरी हस्पिटलमा उपचार भइरहेको छ ।

आगोलाई दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा
आधा घन्टापछि नियन्त्रणमा लिइएको थियो।


घरघरमा लक्ष्मीको बास होस
साकाहारी भोजनको गास होस
घर वरिपरी हरीयो घास होस
लक्ष्मी माताको घरमा बास होस ।
परिवारका सबै सदस्य स्वस्थ्य होस
धनधान्यले सबै सम्पन्न होस
निरासाहरुमा आस पलाओस
परिवारमा धनको ज्योती फैलिओस ।।
हरेक पाइलाले सफलता पाओस
दःुख, कष्ट हराएर जाओस
सुख, शान्ति घरघरमा छाओस
अनियमितता हराएर जाओस ।
पारदर्शीताले स्थान पाओस
काग जस्तो सम्वाह होस
कुकुर जस्तो सुरक्षा दस्ता होस
लक्ष्मी जस्तो पुजनिय होस ।।
गोवरधन जस्तो धर्ती होस
दिदी, वहिनी र दाजुभाईको भेटघाट होस
स्नेह र मायाको भरिपूर्ण होस
राक्षसी भोजनको अन्त्य होस ।
सदाका लागि काटमार बन्द होस
लक्ष्मीको सबैको घरमा बास होस ..
सवै साथीहरु, अग्रजहरु , कवि , पत्रकार, शिक्षक , प्रध्यापक, व्यपारी, विधार्थी , किसान, श्रमीक, शुभचिन्तक सहित फेसबुका साथीलाई शुभदिपावलीको हार्दिक शुभकामना व्यक्त गर्दछु , छोै।
२०७३/०७/१४, बेलुका ७.३० बजे



पथरी ९ मोरङ,१४ गते, कात्तिक।
मोरङको पहाडी क्षेत्र वारङ्गी, जाँते, लेटाङलगायतका गाउँमा विकासको कामले गति पाउन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् ।

लेटाङ, वारङ्गी, जातेलगायतका गाविसमा सोही क्षेत्रका सर्वसाधारण मिलेर विकास निमार्णमा जुुटिरहेका छन् । मोरङको क्षेत्र नम्बर ९ का स्थानीय बासिन्दा सक्रिय भएपछि विकास निर्माणको कामले गति लिन थालेको हो ।


मोरङ जातेका सोमनाथ दाहालले पर्यटकीयस्थल भेडेटारलाई जोड्ने यो बाटोले पर्यटक प्रवद्र्धनमा समेत सहज पुग्ने बताए । मोरङको कानेपोखरीदेखि धनकुटा जोड्ने यो बाटोले करोडौँ रुपैयाँका लागतमा ६ नम्बर बुधबारेमा बन्न लागेको महेन्द्रनारायण निधि अस्पतालसम्म पुग्न सहज हुने उनको भनाइ थियो ।

पूर्वाञ्चल सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख रामचन्द्र रायका अनुसार पूर्व पश्चिम राजमार्गलाई पहाडी राजमार्गसम्म जोड्ने उद्देश्यले सुरु गरेको कानेपोखरी, लेटाङ तथा ६ नम्बर बुधबारे सडकको निर्माण कार्य अहिले तीव्ररुपमा भइरहेको छ ।

पूर्वाञ्चल सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख रायका अनुसार पहाडी क्षेत्रलाई तराईसँग जोड्न कानेपोखरी, लेटाङ हुँदै धनकुटाको ६ नम्बर बुधबारे जोड्ने उक्त सडकमा सडक मर्मत सम्भार एवम् विस्तार गर्दै कालोपत्रे गर्ने काम भइरहेको हो ।

१२ किलोमिटरसम्मको उक्त सडकमा सात मिटर चौडाइमध्ये पाँच मिटरमा कालोपत्रै गर्ने काम सम्पन्न भएको छ ।

त्यस्तै पहाडी गाविसमा रहेको वारङ्गी, लेटाङ, यांगशिलालगायतका खोलामा पुल निर्माणका नाप नक्साङ्कन तथा सर्वे समेत भइसकेको छ । लामो समयदेखि ट्रयाक मात्र खोलिएको उक्त सडक विस्तार एवम् कालोपत्रेका लागि आफूले सडक विभागमा पहल गरेको बताउँदै सांसद डिगबहादुर लिम्बूले बाटो बनेपछि विकासले गति लिने र सो क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्नमा सहयोग पुग्ने
बताए ।


विराटनगर कार्तिक १४ रोशन पोखरेल,
विराटनगरमा आज लक्ष्मी पुुजाको भव्य रुपमा पुजा गरिने तयारी गरिएको छ । नेपालीहरुको महानपर्व तिहारको तेस्रो दिन आज विराटनगरको बजारमा उपभोक्त्ताको चाप वढेको छ । मोरडका ग्रमिण क्षेत्रबाट उपभोक्त्ता वजारमा आउदा विराटनगरका व्यापारिलाई भ्याइनभ्याइ भएको छ । बजारमा तिहारका लागी भनेर तयार पारिएका सामाग्रीको भाउ मा भएको बृद्धिले गर्दा उपभोकत्ताहरु मारमा परेको उपभोेक्त्ता अस्मिता कार्किले बताउनुभयो । े


 तिहारमा अधिक मात्रामा सयपत्रिफुल को कारोवार बढेको
छ । उपभोकत्ताले प्रतिमाला ३० रुपैया मा खरिद  गरिरहेको मालाको मूल्य आज ४५ देखी ६० रुपैयामा विक्रि भेै रहेको भारतको कोलकताबाट आएका मो इस्माइलले बताएका छन । नेपाली बजारमा मालाको माग यस समयमा अधिक हुने भएकाले आफु विगत लामो समय देखी विराटनगरको वजारमा तिहारको समयमा आउने गरेको उहाँले बताउनुभयो ।

 तिहारमा अधिक मात्रामा प्रयोगमा आउने रगंमा पनि मुल्य अधिक रुपमा वढ्ेको छ । रंगको पर्व को रुपमा रहेको विभिन्न प्रकारका रंगको मूल्य बढेको विराटनगर १२ का रंग व्यापारी सुरज किसानले जानकारी दिनुभयो । भाइमसलाको भाउमा भने उल्लेखिय रुपमा बृद्धि नभएको एक व्यापारिले बताएका छन ।




 नेपाली वजारमा लुगाको कारोवार न्युन रहेको अवसरमा विराटनगरमा उपभोक्तालाई राहत दिनका लागी लुगाको व्यापार गरेका लुगा व्यावसायि मनोज सप्लायर्स का सञ्चालक मनोज साहका अनुसार तिहारमा बम्पर रुपमा लुगा सेल गरेर उपभोक्तालाई सर्वसुलभ रुपमा लुगा विक्रि गरेको दावि गर्नुभएको छ ।  तुलनात्मक रुपमा विराटनगरमा उपभोक्त्ताको भिड वजारमा बढदा ट्राफिक व्यावस्थापनमा समस्या भएको तर त्यसलाई सहज बनाउन प्र्रयास रत रहको मोरड ट्राफिकले जनाएको छ ।


विराटनगर कार्तिक १४ गते ।
निर्वाचन आयोगले आउदो निर्वाचनका लागि फोटो सहितको मतदाता नामावलि अद्यावद्यिक तथा नयाँ बनाउन मतदाताहरुलाई आग्रह गरेको छ । आउदो चैतमा स्थानीय तहको निर्वाचन र २०७३ माघसम्ममा बाँकी २ तहकै निर्वाचन गर्नुपर्ने भएकाले फोटो सहितको मतदाता नामावलिमा आफ्नो नाम तयार पार्न आयोगले मतदातालाई आग्रह गरेको हो । आयोगका प्रवक्ता सुर्य शर्माले आउदो २६ गते देखि नामावलि संकलनका लागि घुम्ती सेवा खटाउन लागेको बताउनुभयो । उहाँले त्यस भन्दा अगाडी पनि जिल्ला निर्वाचन कार्यालयमा जुन दिन पनि नामावलि टिपाउन सकिने पनि जानकारी दिनुभयो । प्रवक्ता शर्माले सम्बन्धित स्थानमा नै आयोग आउने तयारी गरेकाले तयार रहन पनि आग्रह गर्नुभयो ।



विराटनगर कात्तिक १४ गते ।
यमपञ्चकको तेस्रो दिन आज मुलकभर दीपावली गरि लक्ष्मी पुजा गरिदैछ । आज विहान गाईको गोबरले लिपपोत गरी साँझ घर घरमा दिपावली गर्नुका साथै धन धान्यकी देवी लक्ष्मीको भक्तिपूर्वक पुजा आरधना गर्ने चलन छ ।

लक्ष्मी पुजाका लागि आज घरका झ्याल ढोकाका साथै गाग्री र कलशमा फूलका माला लगाई आँगन, पिँडी, दलान कोठा, सफा पारिन्छ । आज सुन चाँदीका गरगहना, रुपैयाँ, पैसा र अन्य धनदौलतको पुजा गर्नाले धनधान्यले सम्पन्न भइन्छ भन्ने जनविश्वास रही आएको छ ।

जुन घरमा दीपावली गरिन्छ, त्यहाँ महालक्ष्मीले सदा बास गर्छिन् भन्ने धार्मिक विश्वासका आधारमा हिन्दुहरुले धनकी देवी लक्ष्मीको पूजा गर्ने चलन छ ।

साँझ चामलको पिठोद्धारा लक्ष्मीको पाईलाको प्रतिक चिन्ह बनाई आँगनदेखि भण्डार तथा ढुकुटीसम्म र्पुयाई रातभर दिपावली गरि झकिझकाउ पार्ने गरिन्छ । सोही पाईलामा टेकेर लक्ष्मी गृहप्रवेश गर्छिन् भन्ने जनविश्वास छ ।

आज लक्ष्मीपुजा सकेपछि घरघरमा दैउसी भैलो खेल्ने परम्परा छ । भोली गाई र गोरु तिहारका साथै पर्सी भाइटीका मनाएर यमपञ्चक सम्पन्न हुने गर्दछ ।


युवराज ठकुरी/सिंहदेवी, कात्तिक १४ गते।
जिन्दगी एक्लै जन्मेर एक्लै मर्नु पर्ने,जस्तै
खडेरी हुरीबतास आधितुफान आए पनि आखिर
बाचुन्जेल सहनै पर्ने यही सुखदुखको अर्को नाम
 नै जिन्दगी हो क्यार।

हुनत सबैको आफ्नैकथाव्यथा हुन्छ तर भिन्न
वियोग र साहरा विहीन जिन्दगीको भारि
बोकेर बांचिरहेकी छिन सिंहदेवी 6समितेन
मोरङकी गुणमाया लिम्बू ।

२०१४ सालमा सिंहदेवी २ चिसापानीमा जन्मेर
वाल्यवस्था यौवनावस्था त्यही बिताइन्।
समय बित्दै जाँदा सिंहदेवी ६ समितेनका
बीरसमसेर लिम्बूसंग २०३९ सालमा उनको
विवाह भयो।

वैवाहिक जीवन सुखमय थियो सन्तानको
नाममा दुई छोरीहरु भए।जोम्ल्याहा जस्ता
छोरीहरुको जन्म पछि छोराको आवस्यकता
महसुस हुन पाएन उनको जीवनमा।तर यो खुसी धेरै
समय टिक्न पाएन ।

छोरीहरु बाल्यबस्था छदै जीवन सारथी २०४५ सालदेखि
घर छाडेर वेपत्ता भए कुनै खोज खबर विना कता हराए
आज सम्म अत्तोपत्तो छैन।

उनी अतीत सम्झिएर निक्कै भावुक बनिन।तापनि दुई छोरीहरुको साहराले श्रीमान बेपत्ता हुँदाको पीडालाई
सहजै पचाइन्।

उर्मिला र लीला उनका दुई छोरीहरु आमाको
न्यानो छहारीमा हुर्कदै पढाईमा निरन्तर
लागिरहे।दिदी अघि अघि बहिनी पछि पछि
विद्यालयको पढाई पार गर्दै अघि बढिरहे।

दिदी उर्मिला एसएलसी परीक्षामा धेरै पटक
असफल भईन त्यही असफलताले दिदी र
बहिनीको भेट गरायो।2063 सालको एसएलसी
दिन दुबैजना कम्मर कसेर लागे।उनीहरुको पढाइ
खर्चमा कुनै कमी हुन दिइनन्।

२०६३ सालको एसएलसीमा पनि दुबैजना असफल
भए। तरपनि पुरक परीक्षामा सामेल हुनपाए दुबै
जनाले।एसएलसीको फलामे ढोका तोडेर छाड्ने
सङ्कल्पका साथ २०६४ साउन ९ गते पुरक परीक्षा
दिन श्री कल्याणकारी मा विका विद्यार्थीसाथीहरुसँग झरे।

तर मृत्यूबाजा बजाएर नआउदो रहेछ पुरक परीक्षा
दिन बिराटनगर जाने क्रममा विराटचौकमा
माइक्रोबस दुर्घटनामापरि जीवन गुमाए दुबै
दिदीबहिनीले।

एसएलसीको फलामे ढोका उघार्न नपाउदै
उनीहरुलाई मृत्यूले परास्त गर्यो।आमा गुणमाया
लिम्बूको जीवनमा ठूलो भइचालो गयो
बुढेसकालको साहरा गुम्यो।जब एसएलसी
परीक्षा नजिक आएको सुन्छु छोरीहरुको यादले
सताउन थाल्छ।उनी भावबिह्लहुँदै आफ्नो अतीत
सुनाउछिन।

श्रीमान बेपत्ता हुँदाको पीडा छोरीहरु
गुमाउदाको पीडा दुखको पहाड बोकेर
बाँचिरहेकी गुणमाया आफू साहरा विहीन भएर
पनि आफ्नो छोरीहरुले छाडेर गएको अधुरो
सपना पुरा गर्न विविध कारणबाट
शिक्षालिन बन्चित हुन नपरोस भनेर
छोरीहरुको सम्झनामा (उर्मिला लीला
अक्षयकोष रु२००००) श्री कल्यानकारी मावि
सिंहदेवी (जंहा उनीहरुले अध्ययन गरेका थिए)मा
राखेका छन्।

यसबाट जेहेन्दार गरिब विद्यार्थीहरुलाई प्रत्येक वर्ष
छात्रावृति प्रदान गर्दछ उनी भन्छिन मेरी छोरीहरुको
सपना अधुरो भए पनि अरुको यस्तो नहोस्।

 

 Shubha Diwali is an auspicious day to start good work.May god and goddess laxmi give blessings and happiness to all the people.May this Shubha Diwali clear all the worries and start the new life with happiness.
Happy Diwali 2073.
lots of Good Wishes to all the people around and the viewers of ratotara.com who have been supporting to us.
Tejendra Bhandari
        Freelance
               &
           Editor
www.ratotara.com
    Birstnager-15
   2073/07/13,
      



धनकुटा, कार्तिक १३ गते।
धनकुटाको छिन्ताङ गाविसमा शुक्रबार साँझ पिकअप दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।

घाइतेहरुको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। हिलेबाट भोजपुर घोरेटारतर्फ जादै गरेको को १ ज २७२२ नम्बरको पिकअप साँझ ६;३० बजे छिन्ताङ-८ स्थित सिम्ले भन्ने स्थानमा सडकबाट अन्दाजी सय मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा भोजपुर होम्ताङ ८ वस्ने अन्दाजी ५० वर्षिय पृथ्वीमान राई र सुनसरी धरान उपमहानगरपालिका १ शिखर टोल बस्ने अन्दाजी ४५ वर्षिया सुशिला श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

त्यस्तै अन्य घाइतेहरुमा पिकअप चालक भोजपुर हसनपुर
१ मचुवाटारका बिक्रम राई, सहचालक हर्क माझी, धनकुटा छिन्ताङ ७ की प्रेम भण्डारी, सोही ठाउँका विकाश दुलाल, भोजपुर हसनपुर १ का शम्शेर राई, पोष्टमान राई, भोजपुर होम्ताङ ८ की पार्वती राई, र नाम नखुलेका ६ वर्षिय एक बालक छन।

घाइतेहरुको हात, खुट्टा तथा शरीरका बिभिन्न अङहरु भाँचिएको छ। उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


कात्तिक १३ – तिहारको दोस्रो दिन शनिबार कुकुर तिहार मनाईंदैछ । घरको सुरक्षा गर्ने कुकुरलाई पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिने चलन छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वापालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधि समेत रहेको गौतमले बताउनुभयो ।

यसरी बत्ती बालेर बगाउनालाई नरके बगाउने पनि भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन बेलुका घर घरमा यम परिवार सङ्ख्या अनुसार यमदीप दान गरिन्छ । यी पाँच दिनमा तिलको तेल लगाएर नुहाउने चलन समेत छ ।



कात्तिक १२, मूलपानी (धादिङ) । चारैतिर पञ्चैबाजा घन्किएको थियो, झट्ट हेर्दा कसैको विवाह भए जस्तो लाग्थ्यो तर त्यो विवाह नभएर मन्त्री र विदेशी पाहुनाको स्वागत
थियो ।

दुबै हातमा फूलको माला बोकेर चर्को घाममा उभिएका बालबालिका आफ्ना विद्यालय निर्माणमा सहयोग गर्ने विदेशी पाहुना र विद्यालय उद्घाटन गर्न पुग्नुभएका मन्त्रीलाई माला लगाएर स्वागत गरिरहेका थिए ।

गतवर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतविक्षत् बनेका विद्यालय पुनःनिर्माण गर्न आर्थिक सहयोग गरेका ‘फ्रिउली मान्दी नेपाल नमस्ते’ नामक इटालीका गैरसरकारी संस्थामा संलग्न ११ जना विदेशी पाहुना विद्यार्थीले आफूलाई गलाभरी माला लगाइदिँदा दङ्ग देखिन्थें ।

सो संस्थाको आर्थिक सहयोगमा धादिङका उत्तरी क्षेत्रका तीन गाविसमा चार विद्यालय निर्माण गरिएको छ । स्थानीय पर्यटन व्यावसायी एवम् ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान)का पूर्व अध्यक्ष ज्योति अधिकारीको सक्रियता उक्त विदेशी संस्थाले महेन्द्रोद्वय माध्यमिक विद्यालय मूलपानी, मण्डली माध्यमिक विद्यालय फूलखर्क, हिलेपोखरी प्राथमिक विद्यालय फूलखर्क र सुन्दर आधारभूत निम्न माध्यमिक विद्यालय गुम्दीको पुनःनिर्माण गरेका छन् ।

मण्डली माध्यमिक विद्यालयका प्राचार्य नवराज अधिकारी भूकम्पले विद्यालयका ३३ कोठामध्ये २२ वटा कोठा भत्किएको अवस्थामा विद्यालय बनाइदिएकोमा सो संस्थाप्रति आभार व्यक्त गर्दै उहाँ भन्नुहुन्छ –“मैले १७ वर्ष सेवा गरेको यस विद्यालय भूकम्पले भत्काउँदा यस संस्थाले शिक्षा क्षेत्रको विकासका लागि गरेको सहयोगले मलाई ज्यादै खुसी लागेको छ ।”

विसं २०१७ मा स्थापना भएको उक्त विद्यालय जिल्लाकै तेस्रो पुरानो विद्यालय हो भने प्राविधिक तह कृषि विषयको पढाइ हुने जिल्लाकै पहिलो विद्यालय हो । पर्यटन व्यावसायी अधिकारी प्राविधिक शिक्षा मात्र लिनुभन्दा त्यसलाई व्यवहारमा उतार्नु ठूलो विषय भएको बताउनुहुन्छ ।

उहाँले सिकेको शिक्षाले ग्रामीण कृषि क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने बताउनुभयो । अधिकारीले फूलखर्कको विकास र विस्तारमा आफ्नो सहयोग रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

जिल्लाको प्राविधिक विषयका क्षेत्रमा पढाइ हुने मण्डली माविमा हाल ७३९ विद्यार्थी अध्ययनरत छन् भने अरु विद्यालयमा त्योभन्दा कम विद्यार्थी छन् । फ्रिउली मान्दी नेपाल नमस्ते संस्थाका अध्यक्ष मासिमो रोसेटो दुखी जनताको सहयोगी बन्न पाएकोमा आफूलाई खुसी लागेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “हाम्रो संस्थाले शिक्षाको विकासका लागि काम गरिरहेको छ, त्यसलाई खेर जान नदिनुहोला ।”

उक्त संस्थाले धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, सोलुखुम्बु र काभ्रेपलाञ्चोकका विभिन्न क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा काम गरिरहेका छन् ।

सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनबहादुर शाहीले भूकम्पको साक्षी बनेर इटालीबाट नेपालमा आइ काम गरेको भन्दै रोसेटोेलगायत उहाँका टिमलाई धन्यवाद दिनुभयो । मन्त्री शाहीले सैद्धान्तिक शिक्षालाई भन्दा व्यवहारीक शिक्षालाई विद्यालयले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयोे ।



भद्रपुर । वन तथा भू¬–संरक्षणमन्त्री शङ्कर भण्डारीले वन्यजन्तुको आक्रमणबाट मर्ने परिवारलाई राहत स्वरुप सरकारले रु १० लाख दिने तयारी गरिरहेको बताउनुभएको
छ ।  जिल्ला वन कार्यालय झापाको आज निरीक्षणपछि आयोजित कार्यक्रममा उहाँले वन क्षेत्रमा हुने अनियमिततामा संलग्न हुने जो कोहिलाई पनि कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 Sponsored by Revcontent
Trending Now
20 Pictures That Hillary Clinton Wishes Would Go Away
मन्त्री भण्डारीले वन क्षेत्रमा कार्यरत कर्मचारीका समस्यालाई समाधान गर्न मन्त्रालयले आवश्यक तयारी गरिरहेको प्रशङ्ग उल्लेख गर्दै झापाको वन क्षेत्रको विकास गर्न सरकार गम्भीर भएको बताउनुभयो ।  निजी वन फस्टाउँने तर सामदायिक वन र सरकारको मातहतमा रहेको वनको क्षेत्र घट्नुलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै उहाँले वन क्षेत्रको समग्र विकासका लागि इमान्दारीपूर्वक कार्य गर्न कार्यालय प्रमुखलाई निर्देशन पनि दिनुभयो ।

मन्त्री भण्डारीले ध्वस्त एवम् जीर्ण रहेका वन कार्यालयको इलाका भवनकको पुनःनिर्माणका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।  वन विभागका महानिर्देशक कृष्णचन्द्र आचार्यले वनको दिगो विकासका लागि सम्बन्धीत सबै पक्षबीच सहयोग, समन्वय र सहभागिताको खाँचो रहेको आवश्यकता औल्याउनुभयो ।

सो अवसरमा जिल्ला वन कार्यालयका प्रमुख बोधराज सुवेदीले झापा जिल्लाको वन क्षेत्रको विकासमा देखिएका समस्या र यसको निराकरणका लागि कार्यालयले सुरु गरिइएको प्रयास, मेची नदीमा तटबन्धन र सामुदायिक वन एवम् निजी वनलगायतका सम्बन्धमा विस्तृत जानकारी गराउनुभयो ।


काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव सकारात्मक निष्कर्षतर्फ उन्मुख भएको बताउनुभएको छ ।

संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले महाअभियोगबारे तीन ठूला दलबीच समान धारणा बनेकाले प्रस्ताव पारित हुने संकेत गर्नुभयो । विद्यार्थी संगठनले कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई छिटो निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

यसअघि संयुक्त विद्यार्थी संगठनले एमाले अध्यक्ष केपी
ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि महाअभियोग छिटो पारित गर्न ज्ञापनपत्र बुझाएका थिए । संवैधानिक निकायको प्रमुखलाई महाअभियोग लगाउन आफैंमा नराकात्मक विषय भएको प्रधानमन्त्रीको भनाइ
थियो ।

महाअभियोगबारे मधेसी मोर्चासँग पनि छलफल भइरहेको विद्यार्थी टोलीलाई प्रधानमन्त्रीले बताउनुभएको अखिलका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो ।


कात्तिक १२ गते ।  कात्तिक कृष्ण त्रयोदशीका दिन शुक्रबार कागको पूजा गरी कागतिहार मनाइँदैछ ।  यमपञ्चकको यो पहिलो तिथिदेखि पाँच दिनसम्म यमलोकबाट आफ्नी बहिनी यमुनालाई भेट्न यमराजले मत्र्यलोक विचरण गरेका हुन्छन् भनिन्छ ।
कागले यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गर्ने भूमिका खेलेको प्रसङ्ग यो दिनसँग जोडिएको छ ।  कागलाई यमदूतका रूपमा पूजा गरिन्छ ।  कागलाई यसै दिन भोजन गराउँदा सोझै पितृले पाउँछन् भन्ने शास्त्रीय मान्यता छ ।  ज्योतिष डा। सुनिल सिटौलाका अनुसार कागलाई नित्य भोजन गराउँदा प्रशस्त धनलाभ हुने ज्योतिषशास्त्रीय मान्यता छ ।  कागलाई निकै चतुर पक्षीका रूपमा बुझिँदै आएको छ ।
यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरीको आराधना गरी
राष्ट्रिय आरोग्य दिवस मनाइँदैछ ।  बाग्मती अञ्चल आयुर्वेद औषधालय ९जयबागेश्वरी०ले जयबागेश्वरीमा अवस्थित धन्वन्तरीको पीठमा पूजन गरेर दिवस मनाउँदैछ ।

मुलुकमा धन्वन्तरीको एकमात्र प्रस्तरपीठ रहेको यो क्षेत्र रावणलाई उपचार गर्ने वैद्य समुदाय बसोबास गर्ने थलोका रूतिहार सुरु आज कागको पूजा गरिँदै कात्तिक १२ गते ।  कात्तिक कृष्ण त्रयोदशीका दिन शुक्रबार कागको पूजा गरी कागतिहार मनाइँदैछ ।  यमपञ्चकको यो पहिलो तिथिदेखि पाँच दिनसम्म यमलोकबाट आफ्नी बहिनी यमुनालाई भेट्न यमराजले मत्र्यलोक विचरण गरेका हुन्छन् भनिन्छ ।

कागले यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गर्ने भूमिका खेलेको प्रसङ्ग यो दिनसँग जोडिएको छ ।  कागलाई यमदूतका रूपमा पूजा गरिन्छ ।  कागलाई यसै दिन भोजन गराउँदा सोझै पितृले पाउँछन् भन्ने शास्त्रीय मान्यता छ ।

ज्योतिष डा। सुनिल सिटौलाका अनुसार कागलाई नित्य भोजन गराउँदा प्रशस्त धनलाभ हुने ज्योतिषशास्त्रीय मान्यता छ ।  कागलाई निकै चतुर पक्षीका रूपमा बुझिँदै आएको छ ।
यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरीको आराधना गरी राष्ट्रिय आरोग्य दिवस मनाइँदैछ ।  बाग्मती अञ्चल आयुर्वेद औषधालय ९जयबागेश्वरी०ले जयबागेश्वरीमा अवस्थित धन्वन्तरीको पीठमा पूजन गरेर दिवस मनाउँदैछ ।  मुलुकमा धन्वन्तरीको एकमात्र प्रस्तरपीठ रहेको यो क्षेत्र रावणलाई उपचार गर्ने वैद्य समुदाय बसोबास गर्ने थलोका रूपमा पनि प्रख्यात छ  । पमा पनि प्रख्यात छ  ।


कात्तिक १२ गते ।
प्रस्तुति-युवराज ठकुरी/ सिंहदेवी,मोरङ
प्रत्येक मान्छे संग एक न एक प्रतिभा लुकेर
रहेको हुन्छ। कसैमा धेरै त कसैमा थोरै यति
मात्र फरक हो।अनि कसैको आर्जित त कसैको
जन्मजात। कसैको प्रतिभा भएर पनि नआउदै
उचित वातावरणको अभावमा बाल्यवस्थामै
प्रतिभाहरु निमोठिरहेका हुन्छन्।

मोरङ सिंहदेवी ६ समितेनका बुबा भीमबहादुर
लिम्बू र आमा चन्द्रमाया लिम्बूका कान्छा
छोरा तेह्र वर्षीय डीकलाल लिम्बू पनि एक
प्रतिभावान वालक हुन्।

कल्याणकारी मावि सिंहदेवीमा कक्षा ६मा
अध्ययनरत डीकलाल कुनै अभ्यास
विना मिठो स्वरमा गीत गाउन सक्छन्।

रेडियोमा गीत सुनेकै आधारमैं विभिन्न
कलाकारले गाउने गीत हु बहु गाउन सक्नु
 उनको आन्तरिक जन्मजात गुण (प्रतिभा)
भन्न सकिन्छ। उचित वातावरण र मन्च पाउने
हो भने पक्कै पनि उनको स्वर राष्टिय स्तरमा
चर्चित बन्न सक्छ।

गीत गाउन देखि बाहेक फुटबलमा पनि अत्यन्तै
रुचि छ डिकलालको तर भएर मात्र नहुने रहेछ
खेलमैंदानको अभाबमा आगन जस्तै बारीमा
मात्रै सिमित बन्न पुगेको छ उनको रुचि।

ग्रामीन परिबेशमा जन्मेका एकदमैं फुर्तिलो
डीकलाल पढाइमा भने कमजोर छन।
उचित घरायसी र सामाजिक वातावरण
अभावका कारन उनको पढाइको स्तरोन्नति
हुन नसकेको शिक्षकहरु बताउनु हुन्छ।

भविष्यमा गायक बन्ने सपना बोकेका
डीकलालछ लज्जालु स्वभावका कारन
विद्यालय र साथी भाईको सामु मात्र गीत
गाएको र कुनै प्रतियोगितामा भाग नलिएको
बताउछन।

उनको प्रतिभा विकासका लागि प्रोत्साहान उचित वातावरणको खाचो रहेको दाजु बलबीर लिम्बू
बताउछन्।कस्तुरीले आफ्नो सुगन्ध थाह नपाएर
भौतारिए झैं हामी पनि आफ्नो प्रतिभा चिन्न नसकेर
अल्मलि रहेका छौँ वास्तवमा बालकको प्रतिभा
चिनेर उचित मार्गनिर्देश गर्न सक्ने हो भने ग्रामीण
क्षेत्रका प्रतिभाहरु त्यतिकै ओइलिएर झर्ने थिएन।


काठमाडौं कात्तिक १२ गते ।
सरकारले लामो समयदेखि बन्द हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने भएको छ । सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याउने तयारी थालेको हो ।

उद्योग सञ्चालनमा आएपछि पहिलो चरणमा त्यसबाट उत्पादित कपडा सेना, प्रहरी, सशस्त्र प्रहरी, सरकारका कर्मचारी र विद्यालय ड्रेसका रूपमा उपयोग गरिने उद्योग मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । तीनओटै सुरक्षा निकायको पोशाकमा मात्रै वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ । ‘यसो हुँदा उद्योगबाट उत्पादनका लागि बजारको समस्या हुने छैन,’ उनले भने, ‘दोस्रो चरणमा निजीक्षेत्रलाई समेत सहभागी गराएर थप प्रतिस्पर्धी बनाउँदै उद्योगको उत्पादन बजारमा लैजाने सरकारको योजना छ ।’

२०३५/३६ देखि व्यावसायिक रूपमा उत्पादन शुरू गरेको हेटौंडा उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता छ । कुनै समय नेपालमै सबैभन्दा बढी कपडा उत्पादन गर्ने उद्योग २०५७ सालयता बन्द छ । नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीको २५/२५ शेयर रहने गरी लगानी गरौं भन्ने प्रस्तावमा छलफल भइरहेको मन्त्री जोशीले जानकारी दिए । उद्योगमा लगानी गर्ने सवालमा तीनै निकाय सहमत भइसकेको उनको भनाइ छ ।

तत्काल १० करोड रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा ल्याउने सरकारको तयारी छ । विस्तारै २५ करोड रुपैयाँको कोष बनाउने र सरकारको शेयर विक्री गरी निजीक्षेत्रलाई समेत सहभागी गराउने विषयमा छलफल भइरहेको भन्त्री जोशीले जानकारी दिए । हुन त तत्कालीन एनेकपा माओवादी नेतृत्वको सरकारले २०६५ फागुनमा उद्योगलाई सञ्चालन गर्ने निर्णयसहित मर्मत गरेको थियो । मर्मत गर्न त्यति बेलाको सरकारले ८ करोड २९ लाख २० हजार रुपैयाँ बजेट छुट्याएर काम अगाडि बढायो ।

तर, सरकार परिवर्तनसँगै उद्योग सञ्चालन गर्ने काम अलपत्र परेको थियो । त्यसपश्चात् तत्कालीन सरकारले उद्योग सञ्चालन हुन सक्ने अवस्था नरहेको भन्दै लिक्वीडेशनमा लैजाने निर्णय गरेको थियो ।

उद्योग २ सय ६३ रोपनी क्षेत्रफलमा फै लिएको छ । उद्योगमा धागो कात्ने मेशिन १४ हजार ६ सय ८८, तान ४ सय ८८ थान, रङ्गाइ छपाइका मेशिन, लुम, स्पेनिङलगायत मेशिन छन् । श्रम विवाद, राजनीतिक हस्तक्षेपका कारण घाटामा जाँदा उद्योग बन्द हुने अवस्था आएको हो । उद्योगमा रहेका ४० प्रतिशत उपकरण काम लाग्ने अवस्थामा छन् ।

बाँकी ३० प्रतिशत उपकरण मर्मत गरी उपयोगमा ल्याउन सकिने र त्यसबाहेक केही मेशिन तथा उपकरण नयाँ खरीद गर्नुपर्ने अवस्था छ । १ हजार १ सय ८६ जनाले प्रत्यक्ष रोजगारी पाएको उक्त उद्योग बन्द गर्दा तत्कालीन सरकारले कामदार कर्मचारीको सम्पूर्ण दायित्व भुक्तानी गरेको थियो ।
आर्थिक अभियानबाट


बिराटनगर, कात्तिक ११ गते ।
मोरंङ जिल्ला दैबिक प्रकोप उदार समितिका
अध्यक्ष् तथा प्रमुख जिल्ला अधिकारी तोयम
रायामाजिको अध्यक्षतामा आज समितिको
बैठक बस्यो। समितिले बिभिन्न निर्णय गरेको
छ।
मधुमळा गाबिस लगाएतका बिभिन्न स्थानमा
जनधनको क्षति भएको हुँदा ततकालै एवं दीर्घ
कालिन नदिहरू नियन्त्रण गर्न बिभिन्न मागहरू
राखि बक्राहा, लोहान्द्राा नदी  नियन्त्रण  उपभोक्ता
संर्घ समिति मोरंङले जिल्ला प्रशासन कार्यालयमा
ज्ञपन पत्र समेत बुझाएका थिए ।

समितिले सोही ज्ञापन पत्र र जनताको माग अनुसार
जोखिम घटाउने गरी सबै खोलाको बाढी नियन्त्रण
गर्न गृहमन्त्रालयको बिपत जोखिम न्युनिकरण शाखामा
 लेखी पठाउने निर्णय गरिएकोछ।

मान बहादुर श्रेष्ठले दिको जानकारीअनुसार बैंठक
मा राजनीतिक पाटिका प्रतिनिधि, कार्यालय प्रमुख
सांसद, उपभोक्ता समितिको समेत सहभागीतारहेको
थियो।






विराटनगर, कार्तिक११ गते ।
आउँदो मंसिर ८ गतेदेखि गर्ने भनिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगित फेरि स्थगित हुने भएको छ । विराटनगरसहित पूर्वका विभिन्न शहरमा गर्ने भनिएको सातौं राष्ट्रिय प्रतियोगिता फेरि स्थगित हुने भएको हो ।

सरकारले उपब्ध गराएको बजेट आर्थिक निर्देशिका पारित नहुँदासम्म निकासा नहुने कारण देखाउँदै प्रतियोगिता स्थगित गर्न लागिएको हो ।

मंसिरको २० देखि २५ गतेसम्म प्रतियोगिता गर्नेगरी स्थगित गर्न लागिएको राष्ट्रिय खेकुद परिषदका सदस्य सचिव केशव विष्ठले जानकारी दिनुभयो । ‘विविध कारणले गर्दा मंसिर ८ गतेदेखि गर्ने भनिएको खेकुद प्रतियोगिता स्थगित हुने निश्चीत भयो’ उहाँले भन्नुभयो, ‘२५ गते बस्ने बोर्ड बैठकले अर्काे मिति तय गर्नेछ ।’

खेकुद प्रतियोगिताका लागि आउने बजेटको प्रक्रिया लामो भएको कारण समयमा नै आर्थिक निर्देशिका पारित हुन नसक्दा प्रतियोगिता नै स्थगित गर्नु परेको बताउनुभयो । यसअघि पनि बजेट अभाव, मधेस आन्दोलन लगायतका कारण देखाउँदै प्रतियोगिता स्थगित भएको थियो ।

सदस्य सचिव विष्टले खेलकुद प्रतियोगिता स्थगित भएपनि निराश भइहाल्नु पर्ने अवस्था नभएको स्पष्ट पार्नुभयो ।



गजलकार युवराज ठकुरी
 "अज्ञानी"
      का
एक उत्कृष्ट गजल
बनायौ देवता र ढोग्यौ पाउमा।
फेरि बेचिदियौ सस्तै भाउमा।

मानवता बेचेर फाईदा उठाउदै,
र लड्डु चडायौ देवताकै नाउँमा।

सारा कर्कुत जब भयो पर्दाफास,
निरीह बनी खस्यौ तलाउमा।

न यता भयौ,न उता भयौ,
भन बस्छौ अब कुन ठाउँमा।

 फेरि बिश्वास जित्न खोज्यौ
 "अज्ञानी"को,
 सुटुक्कै मनमुटु चोर्ने दाउमा।
     
   सिंहदेवी-७ मोरङ



आज मिति २०७३ साल कार्तिक ११ गते बिहिवारको राशिफल
...
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अरुको भरमा पर्दा घाटा होला |कार्य क्षेत्र विवादित रहन
सक्ने छ |श्रम अनुसारको प्रतिफल नआउदा काम गर्ने जागर मरेर आउने देखिएको छ |अपरिचित व्यक्ति तपाइको काममा सहयोगी हुने छन |मनमा ब्यर्थका कुराको सवार हुने छ।
...
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
समय केहि प्रतिकुल हुने देखिएको छ |राम्रो गरे पनि जस पाइने छैन |आफन्तमा आशंका जन्मने छ |भोलिको लागि सोचेर चिन्ता बढ्ने छ |व्यपारमा सोचेको लाभ पाइने छैन।सौखिन बस्तुको प्रयोगमा सावधान रहनु होला ,फसिएला।
...
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कला र साहित्य प्रति निष्ठा बढ्ने छ |प्रकृतिको साथ रहने
छ। रचनात्मक कार्य द्वारा अरुको मन जित्न सफल भइने छ।
मातृ भूमिको लागि केहि गर्ने बेला आएको छ। घरमा केहि राम्रा कामको शुभारम्भ हुने छ |सार्थक बिषयमा रुची हुनेछ।
...
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सौभाग्यको सामग्रीको लागि गरिने व्यापार फस्टाउने छ। मितेरी सम्बन्ध अरु प्रगाढ हुने छ |नैतिक रुपमा समाजमा सम्मानित भइने छ |ब्यक्तिबादी चिन्तनले भने थोरै असर गर्न सक्ने छ।कला सम्बन्धि कार्यमा बिशेष लाभ आर्जन गरिनेछ।
...
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
माया पिरतीमा प्रगति हुने छ |अनौठो कामको लागि अवसर मिल्ने छ |बिचार र व्यवहारमा एकरुपता आउने छ।ढिलो
गरि भएपनि सोचेका काम बन्ने छ, सरकसरी काम बन्ने छ।जनीतिमा पद पाइने ग्रह योग रहेको छ |आर्थिक पक्ष मजबुत होला।
...
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सानो गल्तिको ठुलो मूल्य चुकाउनु पर्ने छ|नसोचेको काममा व्यय होला |ख्याल ख्यालमा गरेको कामको उचित नतिजा पाइने छ |सृजनसिल कार्यमा लाग्न मन लाग्ने छ |इच्छित कामना पुरा हुने छन् |तार्किक क्षमता उँचा रहला |
...
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
सहनसिलता र धार्मिक वृत्तिमा सुधार गर्नु पर्ने छ | भेट घाट र भलासुसारिले राम्रो नतिजा दिने छ |नचिताएको कामको राम्रो परिणाम प्राप्त हुने छ |बैवाहिक जीवनमा खुसियाली छाउने छ |व्यक्तिगत चिन्ता दुर हुने छ |बोलीको सहि अर्थ लाग्नेछ।
...
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आत्मबल बढ्ने छ |जागिर प्राप्ति हुने योग छ |पढाइमा अब्बलता हासिल गरिने छ |मातृ भूमिको कृपा बनिरहनेछ। आफैद्वारा सृजित समस्याले निराशा थपिने छ |मित्रको साथ पाइने छ |गुमेको धन हात लाग्ने ग्रह योग रहेको छ।
...
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मानसिक शान्ति प्राप्त हुने छ |धार्मिक कार्यमा लगाव होला नसोचेको काममा खर्च होला |आर्थिक पाटो मजबुत हुने छ।आफूबाट नाजायज फाइदा लिन खोज्नेहरुबाट सावधान।मनमा ब्यर्थका कुराले डेरा जमाउने छ।हितचिन्तक नासिने
छन्।
...
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
विवादका अवशेष दुर हुने छन् |बिचार गरि गरेको निर्णयबाट लाभ हुने छ |बिद्या बुद्धि र विवेकको प्रयोगद्वारा आर्थिक उन्नतिका बाटाहरु खुल्ने छन् |यात्रा फलदायी रहला |घरको व्यवहार मिल्ने छ |आपसी प्रेम र भाइचारा सम्बन्ध उँचा रहला।
...
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
ज्ञान/गुनका कुरा सिक्न रुची हुने छ |पढाई /लेखाइको परिणाम उँचा रहला | नैतिक रुपमा सबैको प्रिय भइने
छ।आँटेका कुरा पुरा हुने छन् |सौखिन बस्तुमा मन लाग्ने
छ। माया पिरतिमा खुसि मिल्ने छ |दिनको अन्त्य भने कमजोर रहला ।
...
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सार्थक बिषयमा रुची बढ्ने छ |मौकाको सदुपयोग गर्न सक्षम भइने छ |नित्य कार्यमा रुची हुने छ |आर्थिक पाटो सहज रुपमा अघि बढ्ने छ |बिध्या ,बुद्धि र विवेकका कारण अरुको भलो चाहने शक्ति बढ्ने छ |मौकाको सदुपयोग गर्न सक्षम भइने छ ।
https://www.facebook.com/aajakorashiphal/


काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेसका महामन्त्री
डाक्टर शशांक कोइरालाले संविधान कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस टोखाले तिहार तथा छठ पर्वका अवसरमा बुधबार राजधानीमा गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महामन्त्री कोइरालाले संविधान कार्यान्वयनपछि मात्र विधिको शासन कायम हुने भएकाले सबै दल मिलेर त्यसतर्फ जानुपर्नेमा जोड दिएका हुन् ।

अहिले सरकार सानातिना काममा अल्झने समय नभएको भन्दै उनले ठूलो पार्टी भएको हैसियतले नेपाली कांग्रेसले मुलुकलाई निकास दिनुपर्ने बताए ।

महामन्त्री कोइरालाले सरकारले निर्वाचनको तयारी गर्न ढिलाई गरेकोमा असन्तुष्टि बताए ।

उनले निर्वाचनको तयारीलाई तिव्रता दिन सरकारलाई आग्रह गरे । स्थानीय, प्रान्तीय र केन्द्रीय निर्वाचन सम्पन्न गरेपछि मुलुकले गति लिने भन्दै उनले निर्वाचनका लागि सबै दल तयार हुनुपर्ने पनि बताए ।



मकवानपुर, कात्तिक १० – मकवानपुर हेटौंडाको कान्तीराजपथ स्थित नापी कार्यालय रहेको घरमा आगलागी भएको छ । नापी कार्यालय रहेको घरको तल्लो तल्लामा ग्यास सिलिण्डर पसलबाट ग्यास लिक भएर आगलागी भएको हो ।

आगलागी भएपछि घरमा रहेका १९ जना भाग्ने क्रममा घाइते भएका छन् । उनीहरु दोस्रो तल्लाबाट हाम्फाल्दा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको हेटौंडा र चुरे हिल अस्पतालमा उपचार भइरहेको
छ । प्रहरी, हेटौंडा नगरपालिकाको दमकल र स्थानीया बासिन्दाले आगो निधाउने प्रयास गरिरहेका छन।


विराटनगर कात्तिक १० गते।
तिहार र बिवाहको सिजन नजिकिएसँगै बजारमा सुनको अभाव हुन थालेको छ । चाड बाडकै अवसरमा सुन खरिद
गर्ने उपभोक्ताको संख्या बढेकाले बजारमा अभाव देखिएको सामान्य अवस्थामा सुनको दैनिक माग १५ किलो हो ।
तर हाल माग २५ किलो नाघेको व्यवसायीहरु बताएका
छन।

माग बढेपछि व्यवसायीहरुले तोलामा थप ५ सय रुपैयाँ बढी लिएर बिक्री गरिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।तिहार सुरु हुन तीन÷चार दिन मात्रै बाँकी रहेकाले गहना खरिद गर्न आउने ग्राहकको संख्या निकै बढेको छ । जसले गर्दा दैनिक माग २५ किलो नाघेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
महासंघका अनुसार बजार मागअनुसार राष्ट्र बैंकले कोटा बृद्धि नगरेकाले अभाव भएको छ ।

राष्ट्र बैंकले सुन आयात गरेर व्यवसायीलाई बिक्री गर्ने अनुमति वाणिज्य बैंकलाई मात्र दिएको छ ।



काठमाडाैं, कात्तिक ९ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक १६ गते मङ्गलबार बिहान ११ बजेर ५२ मिनेटका लागि जुरेको जनाएको छ ।

समितिको सोमबारको बैठकले यस्तो निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । ‘यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ, साइत खोज्नेका लागि भने ११ः५२ बजेको समय उत्तम छ’ उहाँले भन्नुभयो ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात तिहार पर्व मनाइन्छ । यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ ।



 बिराटनगर, कात्तिक ९ गते । 
नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले ग्रामीण भेगका बजारमा पनि वित्तीय कारोबार र लगानीको वातावरण बनाउनुपर्ने बताएका छन् । रौतहटको व्यापारिक केन्द्र कटहरिया बजारमा सोमवार नेपाल बैङ्कको शाखा उद्घाटनका क्रममा उनले उक्त धारणा राखेका हुन् ।

नेपाल बैङ्कले ग्रामीण भेगहरुमा पनि शाखा स्थापना गरेर आफ्नो सेवालाई विस्तार गरेकोमा डेपुटी गभर्नर शिवाकोटीले खुशी व्यक्त गरे । बैङ्क स्थापनापछि सो क्षेत्रको वित्तीय विकास र बजार प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ । कार्यक्रममा नेपाल बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह, प्रमुख प्रबन्धक श्यामसुन्दर कँडेल, रौतहट क्षेत्र नं ५ का सभासद् सुनील यादव, वीरगञ्ज क्षेत्रीय कार्यालयका प्रमुख ऋषिराज काफ्लेलगायत सहभागी थिए ।

बैङ्क स्थापना भएपछि वित्तीय कारोवारका लागि स्थानीय व्यवसायीलाई सदरमुकाम गरुडा वा गौरसम्म धाउनुपर्ने बाध्यता हटेको स्थानीय प्रकाश श्रेष्ठले बताए ।
१४ वर्षपछि बैङ्कको शाखा पुनःस्थापना भएपछि कटहरियाआसपासका झण्डै दुई दर्जन गाविसका स्थानीय बैङ्किङ सेवाबाट लाभान्वित हुनेछन् ।

२०३३ सालमा नै नेपाल बैङ्कले आफ्नो उपशाखा कटहरियामा खोले पनि तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका कारण २०५९ मङ्सिर १० गते सो उपशाखालाई गौरमा गाभिएको थियो । कटहरियाबाट शाखा हटाएपछि सो भेगका स्थानीय जनता बैङ्किङ सेवाबाट वञ्चित भएका थिए । स्थानीय तथा व्यवसायीको लामो प्रयासपछि नेपाल बैङ्कले पुनः कटहरियामा शाखा स्थापना गरेको हो ।
आर्थिक अभियान बाट



धादिङ, कात्तिक ८ गते ।
प्राविधिक काम छाडेर गाई भैँसी पाल्न थाल्नुभएका धादिङका एक युवक राष्ट्रपति कृषक पुरस्कारबाट सम्मानित हुनभएको छ ।

१० वर्षदेखि कम्प्युटरको हार्डवयर र सफ्टवयर सम्बन्धी काम गर्दै आउनुभएका सलाङ गाविसका अर्जुन त्रिपाठी गएको चार वर्षदेखि गाईभैँसी पालेर दुध बिक्री गर्न थालेपछि चर्चा कमाउँदै आउनुभएको थियो ।​

राष्ट्रपति कृषक पुरस्कारबाट सम्मानित भएपछि उहाँले गोबर सोहोरेरै आफूलाई सन्तुष्टी मिलेको बताउनुभयो । यसलाई नै व्यवसायिक पेसाको रुप लिएको पनि उहाँले बताउनुभयो ।
उहाँ अहिले गाईको भकोरो सोर्नुहुन्छ, घाँस काट्नुहुन्छ र
दुध दोहेर बजार लगेर बिक्री गर्नु चै वहाको दैनिकि हो ।

चार वर्ष अगाडि जिल्लामा कसैको कम्प्युटर बिग्रियो भने उहाँलाई नै खोजी खोजी आउने गर्थे तर अहिले बजारमा मानिसको घरघरमा दुध, दही, घ्यू र अन्य परिकार पुर्याउँदै व्यवसायिक कृषिमा लागेपछि पारिवारिक सन्तुष्टी मिलेको उहाँले बताउनुभयो ।

उहाँलाई १३ वर्षसम्म विदेश बसेर घर फर्केका उहाँकै दाजु चुडामणि र परिवारका अन्य सदस्यले सहयोग गर्दै आएका छन् । उहाँको गाई फारममा गाई र भैँसी गरेर ४५ वटा छन् । दिनमा १ सय ५० लिटरभन्दा बढी दुध बिक्री गर्दै आएको त्रिपाठीको भनाई छ ।

उहाँ जस्तै जिल्लाका अन्य किसानलाई पनि विश्व खाद्य दिवसको अवसरमा सम्मानित गरिएको थियो । ३ जनालाई राष्ट्रपति कृषक पुरस्कार, १६ जनालाई जिल्ला स्तरबाट, विभिन्न बालीहरुबाट २८ जना, निबन्ध प्रतियोगितामा ३ जनालाई पुरस्कृत गरिएको थियो ।




विराटनगर  कार्तिक ८ गते । रोशन पोखरेल-
ट्रान्सफोट एसोसिएसन विराटनगर मोरङको १४ अधिवेशन तथा सातौ साधारण सभा हिजो विराटनगरको कृष्ण पार्टि प्यालेसमा एक कार्यक्रमका विच उदघाटन गरिएको थियो।

साधारण सभाको उदघाटन अध्यक्षमा सन्द दुम्जाली ले गर्नुभएको थियो  । दिपक पौडेल ,चिरञ्जिवि रेग्मी लगायतका अतिथिहरुले आफनो स्वागत मनत्व्य राख्नुभएको थियो।

सो अवसरमा नयाँ कार्य समिति समेत चयन भएका थिए। नयाँ कार्य समितिको अध्यक्षमा सुशिल जोशी, उपाध्यक्षमा विनोद कुमार राउत महा सचिवमा निरव भण्डारी, सचिवमा सोम प्रसाद भटट्, कोषाअध्यक्षमा अशोक पोद्दार साथै सदस्यहरुमा दिपक जोशी, लगायतका पदाधिकारी निर्वाचित हुनुभएको थियो ।

साथै नयाँ कार्यसमितिको पहिलो वैठक आज ३ वजे वस्ने वताइएको छ । आगामी समयमा ढुवानी व्यावसायलाई सहज वनाउनको लागी आज विशेष वैठक वस्ने उपाध्यक्ष विनोद कुमार राउतले रातो तारा लाइ जानकारी दिनुभयो ।



बिराटनगर,कार्तिक ८,गते। 
नेपाली हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । दीपावली पर्वको रुपमा समेत चिनिने तिहारको संघारमा  बिराटनगर काठमाडौं उपत्यकासहित ठुला सहरी क्षेत्रमा फूलमालाको व्यापार समेत सुरु भएको छ ।

तिहारका लागि लक्षित गरेर फूलखेती गर्दै आएका कतिपय किसान आम्दानीले हौसिएका छन् भने केही फूलमा मेहनत अनुसार फल र फुलको मोल नपाएको भन्दै गुनासो गरिरहेका छन् ।

किन भने बिराटनगरल गाएत तराईका ठुुला सहरहरूमा भारतको कोलकोताबाट सिधै फुल भित्रिने भएकालेे यहाका फुल किसानमारमा परेकाछन र उनीहरूको गुनासो पनि यहीँ रहेको पाइन्छ ।



बिराटनगर, कात्तिक  ७ गते । 
चितवन- तरकारीमा मात्रै होइन,नवलपरासीको देवचुली नगरपालिका प्रगतिनगरका किसान धान, मकैजस्ता खाद्यबालीमा समेत रासायनिक मल र विषादी प्रयोग 
गर्दैनन्। छ वर्षयता त्यहाँका दुई सय ५० घरले प्रांगारिक खेती गर्दै आएका छन्। गाउँलाई प्रांगारिक क्षेत्र घोषणा
 गर्ने तयारी उनीहरूको छ।

स्थानीय दुर्गा भुसालले प्लास्टिक घर (टनेल) भित्र गोलभेडा रोपेकी छन्। गोलभेडामा फूल लाग्न सुरु भएको छ। यसअघि उनले काँक्रो फलाएर बिक्री गरिन्। 'काँक्रोबाट छसात हजार रुपैयाँ आम्दानी भयो। अब गोलभेडाबाट 
अलि धेरै होला कि', दुर्गाको आशा छ। उनले धेरै उत्पादन लिने लोभमा रासायनिक मल तथा विषादी भने प्रयोग गरेकी छैनन्।
गाईभैंसीको मल र पिना, निम र असुरोको झोल तथा गहुँतलाई किसानले प्रांगारिक मल र विषादीका रुपमा प्रयोग गरेका छन्। मल तथा विषादी तयार गर्ने, रोप्ने, बीउ छनोट, बजार खोज्नेजस्ता काममा कृषि क्षेत्रमा कार्यरत गैरसरकारी संस्था मेड नेपालले सहयोग गर्दै आएको छ।
 'अलि थोरै क्षेत्रफलमा तरकारी लगाएर प्रांगारिक खेती
बारे सिक्दैछु। सबै मेसो पाएपछि खेती विस्तार गर्छु',उनले भनिन्। उनले धान र मकै खेतीमा रासायनिक मल तथा विषादी राख्न छाडेको पाँच वर्ष भयो। पहिला एकदुई
 वर्ष उत्पादन केही कम भए पनि अहिले राम्रै फल्ने गरेको अनुभव उनको छ।

 देवचुली नगरपालिका वडा नं. १० र ११ का दुई सय ५० घरधुरी जलुके घुमाउरे नहर जल उपभोक्ता समितिमा 
आबद्ध छन्। उपभोक्ता समितिका सबै सदस्यले प्रांगारिक कृषि अँगालेका छन्। २०२८ सालमा नहर तयार भएको थियो। २०६६ सालमा स्विडेनको स्वर आइएफ नामक संस्थाको सहयोगमा नहरको स्तर उकास्ने काम भयो।
 सोही संस्थाले प्रांगारिक कृषि सुरु गर्न किसानलाई प्रेरित गरेको हो। 'सोही संस्थाका सरहरूले खेतीमा रासायनिक
 मल हाल्दा हुने बेफाइदाबारे बताएपछि हामी प्रांगारिक उत्पादनमा लाग्यौं। पहिला पाएजति रासायनिक मल र विषादी हाल्थ्यौं', जल उपभोक्ता समितिका अध्यक्ष पहलसिंह रानाले भने।

रासायनिक मल र विषादीले मान्छेको स्वास्थ्य, वातावरण 
र माटोको गुणस्तर बिगार्ने जानकारी उनीहरूले पाए। त्यसपछि संस्थाको सक्रियतामा २५ कट्ठा खेत भाडामा लिएर सामूहिक रुपमा प्रांगारिक खेती सुरु भयो। सात वर्षअघि गरिएको सोही खेतीमा सिकेको ज्ञान किसानले आफ्नो खेतमा प्रयोग गर्न थालेका हुन्। 'अहिले आफूलाई चाहिने तरकारी सबैले प्रांगारिक मल र विषादी राखेर तयार गर्छन्। धान, मकैमा पनि रासायनिक मल, विषादी राख्दैनन्। प्रांगारिक तरकारीको व्यावसायिक उत्पादन पनि सुरु भएको छ। बिक्री गरेर आम्दानी लिन थालेका छन्', स्थानीय लक्ष्मी न्यौपानेले भनिन्।

प्रांगारिक मल र विषादी प्रयोग गरेर तरकारी खेती गर्दा सिजनमा मात्रै उत्पादन लिन सकिने भएकाले धेरैलाई व्यावसायिक तरकारी खेतीमा लाग्न प्रेरित गर्न अलि समस्या भएको स्थानीय केशर आलेले बताए। 'कुनै बीउ र बेर्नाले रासायनिक मल विषादी नै खोज्दा रहेछन्। बेसिजनको तरकारीलाई पनि प्रांगारिक मल विषादीले खासै छोएन', आलेले भने।

गाईभैंसीको मल र पिना, निम र असुरोको झोल तथा गहुँतलाई किसानले प्रांगारिक मल र विषादीका रुपमा प्रयोग गरेका छन्। मल तथा विषादी तयार गर्ने, रोप्ने, बीउ छनोट, बजार खोज्नेजस्ता काममा कृषि क्षेत्रमा कार्यरत गैरसरकारी संस्था मेड नेपालले सहयोग गर्दै आएको छ।
 'गाइभैसी पाल्नु पर्‍यो। शत्रु जीव र मित्र जीव चिन्न र छान्न सक्नु पर्‍यो। वास्तवमा किसानलाई प्रांगारिक कृषिले परिश्रमी बनाउँछ', स्थानीय ठानप्रसाद शर्माले भने। उनले गाउँको उत्पादन बिक्री गर्न ठेला किनेका छन्। ठेलामा राखेर डुलाउँदै तरकारी बेच्छन्। पृथ्वीनगरबाट आएको तरकारी भनेपछि प्रायः सबैले किन्ने गरेको उनको अनुभव छ। 'प्रांगारिक उत्पादनको मूल्य अलि बढी भए यसमा लागेका किसानलाई प्रेरणा मिल्थ्यो', शर्माले भने। नहरमा चैत, वैशाख र जेठमा पानी आउँदैन। त्यसैले डिप बोरिङ राख्न सके तरकारी उत्पादनमा राम्रो प्रभाव पर्ने स्थानीय विष्णु भुसालले बताए।

मेड नेपालले प्रांगारिक उत्पादन वृद्धिका लागि किसानलाई थप सहयोग गर्ने भएको छ। मेड नेपालकी परियोजना संयोजक अमृता गुरुङले प्रांगारिक उत्पादनका क्षेत्रमा देखिएका समस्या पहिचान गरेर कम गर्न संस्थाले सहयोग गर्ने बताइन्। 'प्रांगारिक क्षेत्र सम्बन्धित व्यक्ति र निकायले प्रमाणित गर्नुपर्ने हुन्छ। हामी प्रमाणीकरणमा पनि सहयोग गरेर यो क्षेत्रलाई पूर्ण प्रांगारिक गाउँ घोषणा गर्ने तयारीमा छौं', उनले भनिन्। अनलाइन बाट


रोशन पोखरेल-बिराटनगर, कात्तिक ६ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकले समाजको प्रगतिमा दिनुभएका महत्वपूर्ण योगदान राष्ट्रका लागि महत्वपूर्ण सम्पत्ति भएको बताउनुभएको छ ।

मनमोहन स्मृति प्रतिष्ठानद्वारा यहाँ आज आयोजित ज्येष्ठ नागरिक महोत्सवको उद्घाटन गर्दै उहाँले सिङ्गो राष्ट्रको प्रतिमूर्तिका रुपमा ज्येष्ठ नागरिकको असल अनुभवलाई समाजको विकासमा ऊर्जाका रुपमा सदुपयोग गर्न सुझाव दिनुभयो ।



राष्ट्रपति भण्डारीले भूमण्डलीकरण र आधुनिकीकरणको प्रभावसँगै संयुक्त परिवार टुट्दै जानु र समाजमा आत्मकेन्द्रित तथा व्यक्तिवादी सोचका कारण हाम्रो संस्कृति विघटित भइरहेकामा चिन्ता व्यक्त गर्दै भन्नुभयो, “विश्वव्यापी रुपमा देखिएका ज्येष्ठ नागरिकको समस्याको समाधानमा संयुक्त
राष्ट्र सङ्घले लिएका नीतिका साथै अन्तर्रा्ष्ट्रिय सम्मेलनमा वृद्धवृद्धाका लागि पारित कार्यक्रमलाई पालना गर्नु हामी सबैको कर्तव्य हो ।”

उहाँले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा सुरु भएको वृद्धभत्ता दक्षिण एसियाकै नमुना कार्यक्रम हो, यसको माध्यमबाट ज्येष्ठ नागरिकमा सकारात्मक परिवर्तन ल्याउनाका साथै जीवनयापनमा समेत सहयोग पु¥याएको
छ ।”

ज्येष्ठ नागरिकका लागि रहेका कानुनी प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले आवश्यकतानुसार सामाजिक कानुन निर्माण गरी मानिसहरुलाई बालबालिका र वृद्धवृद्धाको नैतिक जिम्मेवारी लिन प्रेरित गर्नुपर्ने र राज्यलाई सुरक्षा प्रत्याभूति दिनुपर्ने बताउनुभयो ।

ज्येष्ठ नागरिकका लागि सवारी साधन मैत्रीपूर्ण हुनुपर्ने तथा मनोरञ्जनस्थल, वृद्धवृद्धा उद्यानका साथै सहज ढङ्गले जीवन व्यतीत गर्ने खालको संरचनाको निर्माण गर्नुपर्ने र तीर्थाटनको समेत व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

बालबालिकालाई टाढाका आवासीय विद्यालयमा राख्ने र आमाबुबालाई वृद्धााश्रममा राख्ने प्रचलनप्रति असन्तुष्टि
व्यक्त गर्दै उहाँले भन्नुभयो, “अभिभावकविहीन बालबालिका र सन्तानविहीन वृद्धवृद्धाका लागि वृद्धाश्रम ठीक भए पनि ‘जन्म दिने र हुर्काउने’ आमाबुबालाई वृद्धाश्रममा पु¥याउने कार्यलाई निरुत्साहन गर्नुपर्छ ।”  उहाँले ज्येष्ठ नागरिकप्रति सद्भाव बढाउने खालका विषयवस्तु शैक्षिक पाठ्यक्रममा समावेश गरेमा सभ्यसमाजको निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा उहाँले १०० वर्षभन्दा बढी उमेर पुगेका २२ नागरिकलाई सम्मान गर्नुभयो । सम्मानित हुनेमा मोरङ, रङगेली– ८ की एक सय १६ वर्षीया दुखनीदेवी सरदार, सुन्दरदुलारी–१का एक सय १० वर्षीया तिलोत्तमा पोखरेल
र एक सय आठ वर्षीया महेश्वरा अधिकारी छन् । त्यस्तै एक
सय आठ वर्षीय कृतिराज गिरी र नन्दकुमारी अधिकारी लगायत हुनुहुन्छ ।

कार्यक्रममा नेकपा(एमाले)का नेता माधवकुमार नेपालले
ज्येष्ठ नागरिकको सम्मान गर्ने कार्य राम्रो संस्कार र संस्कृति
हो भन्दै हरेकलाई आआफ्ना आमाबुबाको हेरचाह गर्न आग्रह गर्नु भयो ।

मनमोहन प्रतिष्ठानका अध्यक्ष एवम् सांसद भरतमोहन अधिकारीले मुलुकको सात वटै प्रदेशमा वृद्धवृद्धाका
लागि अस्पताल सञ्चालन गर्न सरकारसँग आग्रह
गर्नुभयो ।




बिराटनगर, कात्तिक  ६ गते ।
मोरंग जिल्लामा भरी सन्चालित बालबिकास
का स.का.हरूले आजसम्म तलब पाएका छैनन् ।
नेपाल सरकारले नदिएको भन्दै जिल्ला सिक्षा
कार्यालय प्रमुख जिसिअ देबेन्द्र खनाल पन्छिन
थाले पछि सका हरूले आज बिराटनगरमा बिरोध
गर्न जिल्ला सम्मेलन नै गरेकाछन।


१३,१४, बर्ष बालबिकासमा काम गरे पछि सरकाले
रू ६०००/ पुगाएको रकम दशै अगि दिएन र दिपावाली
अगि पनि नदिने नियत राखेको भन्दै आन्दोलनका लालि
एकजुट हुन यो जिल्ला अधिबेश बोलायको सहभागी
महिला हरूले बताएका छन।

बिभिन्नन ७ बुदे माग सहितको ज्ञपन पत्र राष्ट्रपति समक्ष
बुझाएको समेत जानकारी गराएका छन।
जिल्ला अधिबेशनको उदघाटन सिक्षक बिकास न्योैपानेले
गर्नु भएको  थियो।

कार्यक्रमको अन्त्यमा भेलाका प्रमुख अतिथि  जिसिअ
देबेन्द्र खनालले बालबिकास पढाउदैनन रे भन्दै सुबिधा सरकारको अर्थ मंन्त्रालय बाट ढीलो भाको हो भन्दै, म चै सहयोग गर्छु र तपाहरूको तलब निकासा भएको छ भनेर पन्छेकाथिए।

आफुहरूले तलब नपाए सिक्षा कार्याालय तालाबन्दी घेराउ
जुलुस धर्नाना समेत गर्ने भएकाछन।





विराटनगर कात्तिक ६ गते।
आगामी मंसिरमा पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि आयोजकहरु अहोरात्र जुटेका छन । जिल्ला छनौट सम्पन्न गररेर क्षेत्रीय छनौटको तयारी सँगै पूर्वाधार तयारीलाई पनि तीव्र पारिएको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले जानकारी दिनुभयो ।उहाँले कात्तिक २३ देखि मंसिर ३ गते सम्म क्षेत्रीय छनौट प्रतियोगिताको तयारी गरिएको बताउनुभयो । मंसिर ८ गतेदेखि पूर्वाञ्चलमा आयोजना गर्न लागिएको प्रतियोगिता ५ वटा जिल्लामा सञ्चालन गरिने छ ।

साढे तीन दशकपछि पूर्वाञ्चलमा आयोजना हुन लागेको प्रतियोगितामा ३० वटा खेल समावेश छन् । प्रतियोगिताको उद्घाटन सहिद रंगशाला विराटनगरमा गरिने भएको छ ।

सहिद मैदान र वैजनाथपुरको मैदान मात्र पूर्ण रुपमा तयार हुन बाँकी रहेको क्षेत्रीय अध्यक्ष नगरकोटीको भनाई छ । अन्य स्थानको तयारी लगभग सकिएको उहाँले बताउनुभयो ।
३० वटा प्रतियोगिता सम्पन्न गर्नका लागि ३७ करोड लाग्ने आयोजक समितिले अनुमान गरेको छ । सरकारले २७ करोड वजेट स्वीकृत गरिसकेको अध्यक्ष नगरकोटीले जानकारी दिनुभयो । अपुग वजेटवारे राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सरकारसँग माग गरिरहेको र स्थानीय स्तरमा पनि श्रोत संकलनका लागि विभिन्न क्षेत्रसँग समन्वय भईरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा राखेपका तालिम प्रशिक्षक प्रशिक्षण उपकेन्द्रका सहनिर्देशक तथा कराते प्रशिक्षक विनोदकुमार राउतले खेलाडीको क्षमता विकासको लागि आर्थिक अवस्था कमजोर रहेको गुनासो गर्नुभयो । प्रशिक्षणका लागि पर्याप्त वजेट नहुँदा अपेक्षित काम गर्न नसकेको बताउनुभयो । राजनीतिक अस्थिरताका कारण राष्ट्रिय प्रतियोगिता नियमित हुन नसकेको बताउनुभयो ।


रोशन पोखरेल-विराटनगर कात्तिक ६ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारी आज विराटनगर आउँदै हुनुहुन्छ । उहाँ ११ बजे विराटनगरमा आई पुग्नु हुने जनाइएको छ । एक नम्बर प्रदेशका ज्येष्ठ नागरिकलाई सम्मान गर्न आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी विराटनगर आउनु लाग्नु भएको हो ।

हेलिकोप्टरबाट आउनु हुने भण्डारी छिन्नमस्ता मन्दिर सप्तरी दर्शनपछि कोशीटप्पु बन्यजन्तु आरक्षमा ओर्लनु हुनेछ । खाना खाएर ११ बजे जैन भवन आई उहाँ ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी भई दिउँसो २ बजे काठमाडौ फर्कने बताइएको छ । मनमोहन स्मृति प्रतिष्ठानले प्रदेश नम्बर १ का ३ हजार ७ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्दैछ ।

सत्तरी वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्न लागिएको हो । सम्मानित हुनेमध्ये एकसय वर्षमाथि २१ जना छन् । कार्यक्रममा सहभागी हुन एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल विराटनगर आईसक्नु भएको छ ।

विराटनगरमा राष्ट्पति आउने भएपछि विराटनगरको टफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । राष्ट्पति आउनुभन्दा चारघन्टा अगावैदेखि नगरवासीले सास्ती खेप्नु परेको छ । विहानैदेखि सडकमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । राष्ट्पतिको कार्यक्रमस्थल मेनरोडमा सवारी आवागमन निषेध गरिएको छ ।

मेनरोड भएर साइकलयात्रुलाई समेत प्रवेश दिइएको छैन । कार्यक्रम सुरुवात हुनुभन्दा ३ घन्टा अगाडिदेखि नै उत्तरमा वडा प्रहरी कार्यालय क साथै दक्षिणमा जलजला मोडदेखिको मेनरोडमा  सवारी साधनलाई प्रवेशमा निषेध गर्दा गन्तव्यमा पुग्न खोज्ने वटुवा र आपत्कालीन सवारी साधनलाई समेत समस्या भएको छ । प्रहरी ठूलो मात्रामा परिचालन गरिएको भएपनि आपसी समन्वय नभएको देखिएको छ ।

साथै विभिन्न स्वास्थय संस्थाले बृद्धबृद्धाहरुको लागी निशुल्क स्वास्थ्य परिक्षण सेवा पनि संञ्चालन गरिरहेको छ ।



काठमाडौं, कात्तिक  ६ गते । 
वर्षौँको प्रयासपछि काठमाडौं उपत्यकाको जमिनमुनिबाट ग्यास निकालिएको छ । 
ललितपुरको इमाडोलमा खानी तथा भूगर्भ 
विभागका प्राविधिकले ड्रिलिङ गरी ग्यास
निकालेका हुन् । विभागले निकालेको ग्यास
शुक्रबार उद्योगमन्त्री नवीन्द्रराज जोशीले बालेर देखाएका छन् ।

मन्त्री जोशीले चुलोमा ग्यास बालेर उपत्यकामा
खाना पकाउन मिल्ने ग्यासको व्यावसायिक उत्पादन र वितरणको सम्भावना रहेको पुष्टि गरेका छन् ।
उनले ग्यास बाल्दै स्वदेशमै रहेको खानी उत्खनन गर्न सफल भएको प्रतिक्रिया दिए । ‘हामीले जमिनमुनिको ग्यास बालेर सफल परीक्षण गरेका छौँ,’ उनले भने ।

विभागका महानिर्देशक राजेन्द्रप्रसाद खनालले परीक्षण उत्पादनमा सफल भएको र व्यावसायिक उत्पादनको सम्भाव्यता थालिने जानकारी दिए । ‘शुक्रबार परीक्षण उत्पादन मात्रै भएको हो, अब व्यावसायिक उत्पादनको सम्भावना खोजी हुन्छ,’ उनले भने । खनालले प्राकृतिक ग्यासको उत्खनन 
गर्न विभाग क्रियाशील भएर लाग्ने पनि बताए ।
यत्तिकै बाल्नु खतरनाक
विभागका प्रवक्ता कृष्णदेव झाले शुक्रबार निस्केको मिथेन ग्यास बाल्नु सुरक्षाका दृष्टिको उपयुक्त नभएको जानकारी दिए । ‘शुक्रबार निस्केको ग्यास गन्हाउँदैन,’ उनले भने, ‘नगन्हाउने ग्यास प्रयोग गर्दा लिकेज भएको थाहा हुँदैन ।’ उनले हाल ग्यास जम्मा गर्न बनाइएको कम्प्रेस चेम्बरमा गन्ध आउने पदार्थ मिसाएर प्रयोग गर्न सकिने बताए । 

‘ग्यासमा गन्ध आउने पदार्थ मिसाउन सकिन्छ, 
त्यस्तो पदार्थ हाल उत्पादन भएको ग्यासमा मिसाउने हो भने प्रयोग गर्न सकिन्छ,’ उनले भने । एक वर्षभित्र व्यावसायिक उत्पादनको खोजीविभागले  एक वर्षभित्र इमाडोलबाट व्यावसायिक उत्पादन गर्न सकिने वा नसकिनेबारे निर्णय गर्ने जनाएको छ ।

सोही स्थानको वरपर ड्रिलिङ गरी कति ग्यास उत्पादन गर्न सकिन्छ भन्नेबारे अध्ययन गरिने प्रवक्ता झाले बताए । ‘इमाडोल क्षेत्रबाट कति ग्यास निकाल्न सकिन्छ भन्ने यकिन छैन,’ उनले भने, ‘त्यहाँ आसपास अर्को ठाउँमा पनि ड्रिलिङ गर्ने र अहिले गरेको ड्रिलिङबाटै कति तान्न सकिन्छ भन्ने हेरेर मात्रै व्यावसायिक उत्पादन हुने–नहुने थाहा हुन्छ ।’
ग्यासभन्दा पानी धेरै
विभागले इमाडोलमा आर्थिक वर्ष ०७१-७२ मा ड्रिलिङ गरी छाडेको थियो । त्यतिखेर चार भागको एक भाग ग्यास र बाँकी पानी हुने अध्ययनले देखाएको थियो । तर, दुई वर्षपछि उत्खनन गर्दा १५ भागको एक भाग मात्रै ग्यास आएको मन्त्री जोशीले जानकारी दिए । ‘यहाँ अहिले १५ भागको एक भाग ग्यास र बाँकी पानी देखिएको छ,’ उनले भने, ‘ग्यासको मात्रा अलि कम देखिएको छ ।’

उनले त्यस क्षेत्रमा फेरि ड्रिलिङ गरी ग्यास र पानीको अनुपातबारे यकिन गर्ने बताए । विभागका प्रवक्ता झा पहिलेको भन्दा अहिले ग्यासको मात्रा घटेको बताउँछन् । ‘पहिले गरिएको अध्ययनको तुलनामा अहिले जमिनमुनि ग्यासको मात्रा घटेको देखिन्छ,’ उनले भने, ‘पहिले जमिनको सतहमै ग्यास आउँथ्यो, अहिले मोटर लगाएर तान्दा पनि धेरै कम ग्यास पाइरहेको छ ।’ जमिनमुनि ग्यासको मात्रा घट्दै जाँदा व्यावसायिक उत्पादन गर्न लागत महँगो पर्ने उनको भनाइ छ ।

२६ वर्गकिलोमिटरमा ग्यास
जापानी सहयोग निकाय जाइकाले सन् १९७८ मा अध्ययन गरी इमाडोलमा ग्यास रहेको पत्ता लगाएको मन्त्री जोशीले जानकारी दिए । त्यसयता ग्यास उत्खननका लागि बारम्बार प्रयास भए पनि शुक्रबार पहिलोपटक सफलता मिलेको हो । उपत्यकाको इमाडोलसहित शंखमूल, टेकु, एकान्तकुना, तिनकुने, भृकुटीमण्डपलगायत २६ किलोमिटर क्षेत्रमा प्राकृतिक ग्यासको उत्खनन गर्न सकिने अध्ययन भएको विभागका प्रवक्ता झाको भनाइ छ । 

जाइकाको अध्ययनले ३१ करोड ६० लाख क्युबिक मिटर मिथेन ग्यास रहेको देखाएको थियो ।
ग्यास रहेको पत्ता लाएर निजी क्षेत्रलाई उत्खनन गर्न आह्वान गर्दा कोही तयार नभएको पनि उनले बताए । ‘उपत्यकाभित्र ग्यास रहेको पत्ता लगाएर निजी क्षेत्रलाई उत्खनन गर्न बारम्बर आह्वान गरेका छौँ, तर कसैले तत्परता देखाएका छैनन्,’ उनले भने ।

यसरी निकालियो ग्यास
जमिनमुनि तीन सय ५० मिटरसम्म ड्रिलिङ गरेर पाइप छिराइएको छ । र, एक सय ८० मिटरदेखि तलपट्टि पाइपको भागमा फिल्टर राखिएको छ । त्यस फिल्टरले पानी र ग्यासलाई मात्रै माथि पठाउँछ ।
जमिनमुनि रहेको पाइपको डेढ सय मिटरमाथिका विभिन्न ठाउँमा इनोभेन्स पम्प जडान गरिएको छ । उक्त पम्पले पानी र ग्यासलाई माथि धकेल्छ (जमिनमुनिबाट पानी निकालेको जस्तै गरी) ।

जमिनको सहतमा पाइपलाई जोडेर एउटा मिटर जडान गरिएको छ । त्यसले कति प्रेसरमा पानी र ग्यास आइरहेको छ भन्ने देखाउँछ । जमिनमुनिबाट पाइपका माध्यमबाट पानी तान्न चार हर्सपावरको मोटर जडान गरिएको छ ।

ग्यास हल्का र पानी गह्रौँ हुन्छ । त्यसैले पाइपको माथिल्लो भागमा ग्यास र मुनि पानी बसेको हुन्छ । सो मिश्रण जम्मा गर्न सेप्रेसन ट्यांकी राखिएको छ । पाइपबाट सेप्रेसन ट्यांकीमा ग्यास र पानी आएर जम्मा हुन्छ ।

सेप्रेसन ट्यांकीको माथिल्लो भागमा ग्यास रहन्छ र मुनि रहेको पानी ट्यांकीको एउटा कुनाबाट बाहिर जाने गरी बनाइएको छ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पस र खानी तथा भूगर्भ विभागका इन्जिनियर मिलेर ग्यास स्टोर गर्न मिल्ने कम्प्रेस च्याम्बर (ट्यांकी) बनाएका छन् । उक्त च्याम्बरमा सेप्रेसन ट्यांकीबाट ग्यास मात्रै तानेर 
जम्मा गरिन्छ ।

कम्प्रेस चेम्बरमा एउटा मुख्य भल्ब छ, त्यहीँबाट पाइपका माध्यमबाट ग्यास चुलोसम्म वितरण गर्न मिल्छ । तीनवटा चुलोमा ग्यास पु-याउन मिल्ने च्याम्बर छ ।सोचेभन्दा कम ग्यास निस्कियो
नवीन्द्रराज जोशी उद्योगमन्त्री
हामीले मूलतः यहाँ ग्यास र पानीको प्रतिशत कति छ भन्ने कुराको परीक्षण ग-यौँ । यहाँ चार भागमा एक भाग ग्यास छ भन्ने अनुमान थियो, तर १५ भागमा एक भाग ग्यास रहेको पाइयो । 
अनलाइन बाट



Sponsored by Revconte

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.