Websoft University

महाअभियोग प्रस्तावलाई सकारात्मक रूपमा लिनुपर्छ


काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव सकारात्मक निष्कर्षतर्फ उन्मुख भएको बताउनुभएको छ ।

संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले महाअभियोगबारे तीन ठूला दलबीच समान धारणा बनेकाले प्रस्ताव पारित हुने संकेत गर्नुभयो । विद्यार्थी संगठनले कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई छिटो निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

यसअघि संयुक्त विद्यार्थी संगठनले एमाले अध्यक्ष केपी
ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि महाअभियोग छिटो पारित गर्न ज्ञापनपत्र बुझाएका थिए । संवैधानिक निकायको प्रमुखलाई महाअभियोग लगाउन आफैंमा नराकात्मक विषय भएको प्रधानमन्त्रीको भनाइ
थियो ।

महाअभियोगबारे मधेसी मोर्चासँग पनि छलफल भइरहेको विद्यार्थी टोलीलाई प्रधानमन्त्रीले बताउनुभएको अखिलका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.