Websoft University
Articles by "फोटो समाचार"


विराटनगर कातिक १२ गते | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा छठ पर्वको तयारीका विषयमा जानकारी लिन विभिन्न नहर र खोलाको अनुगमन गरिएको छ ।

मेयर कोइरालाको नेतृत्वमा शनिबार बिहान उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालासहितको टोलीले छठका लागि महानगरले गरेको सरसफाई, घाटको तयारीलगायतको अनुगमन गरेको हो । टोलीले विराटनगरको रानी नहर, शुक्रबारे नहर, पिचरा नहर, केसलिया नहरसहित सिंघिया खोलाको अनुगमन गरेको थियो । सो क्रममा रानी नहरमा बगाएर ल्याएको फोहोर तत्काल हटाउन मेयर कोइरालाले विभागीय कर्मचारीलाई निर्देशन दिनु भएको थियो ।

अनुगमनका क्रममा स्थानीयले महानगरको पहलमा समयमै नहर र खोलाको सरसफाई गरिएका कारण छठ पूजा गर्न सहज भएको बताएका थिए । उनीहरुले हरेक वर्ष यसरी नै सफाई गरिदिन आग्रहसमेत गरेका थिए । स्थानीयले महानगरले छठलाई उच्च महत्व दिएर नहर र खोलाको सरसफाई गरेकोमा धन्यवादसमेत दिएका थिए । मेयर कोइरालाले महानगरले छठ पर्वलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेको बताउनु भयो ।  

 

 


काठमाण्डौ बैशाख ९ गते । रातो तारा डट कम, २०७४ सालको चुनावको बेला सर्वसाधारणको सेवाका लागि बाटो निर्माण, गुणस्तरीय शिक्षा, स्वास्थ्यको सहज पहुँच, कृषि उपजको उचित बजारीकरण जस्ता थुप्रै प्रतिबद्धता गरेका जनप्रतिनिधिहरुले आफ्ना भाका पूरा नगरेको हुँदा आगामी निर्वाचनमा मत खसाल्ने वा नखसाल्ने मतदाताबीच अहिले जनतामा बहस सुरु भएको छ । स्थानियतहको निर्वाचन आउन अब २२ दिन मात्रै बाँकी छ । तर, आम नेपाली जनताहरुलाई ढाटेर गलत तरिकाले रकम कुम्ल्याउने हरुलाइ जुनसुकै पाटीका हुन कसरी भोट दिने हो ? जनताहरु भन्न थालेका छन । अहिले भोटरहरुको कुरा सुन्दा सरकारले गठबन्धन गरे पनि जनताहरुले मानेका छैनन् र आफनो पाटी बाहेक भोट अर्को पाटीलाइ मत जनताले नदिने जस्तो बुझिनछ ।  



 काठमाण्डौ भदौ २१ गते । रातो तारा डट कम, नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज बंगलादेशसँग दुई खेल खेल्ने जानकारी दिएको हो । खेल भदौ २४ र २७ गते दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ । खेलका लागि बंगलादेशी टिम भोली नेपाल आईपुग्ने भएको हो । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।


काठमाण्डौ बैशाख १९ गते । रातो तारा डट कम,२४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार १ सय ३४ र एन्टिजेन विधिबाट ७४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित हो । हिजो मात्र नयाँ सङ्क्रमितको संख्यामा रेकर्ड ५ हजार ७ सय ६३ सङ्क्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो । २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५ सय ९५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७ सय ४४, ललितपुरमा ५ सय ५० र भक्तपुरमा ३ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ७  हजार २ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल सङ्क्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना सङ्क्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हाल सम्म ३३ सय २५ जनाको मृत्यु भैसकेको छ ।

 बाढी, पहिराको जोखिम भएको स्थानबाट सुरक्षित स्थानमा बसोबास गरौँ ।                                                 बाढी, पहिरोको जोखिम बढ्ने भएकोले जथाभावी ढुंगागिट्टि, बालुवा उत्खनन गर्ने तथा बोट विरुवा काट्ने र खोलाको बहाव बढ्ने जस्ता कार्य नगरौँ । 

 बाढी, पहिरोको जोखिम घटाउन समुदाय स्तरबाट समयमै रुख रौपौँ, वन जोगाऔँ । 

विपद्को घटना घटेमा उद्धार तथा राहतको लागि नजिकै रहेको सुरक्षा निकायमा सम्पर्क राखौँ । 

खानेपानीका मुहानहरु सदैव सफा राखौँ । 

जथाभावी फोहोर नफालौँ । 

शुद्धर सफा पानी पिउँ, स्वस्य जीवन जिउँ । 

चर्पीमा मात्र दिसापिसाव गरौँ । 

सफासँग हात धोएर खाना खाने गरौँ । 

झाडापखाला जस्ता रोग लागेमा नजिकै रहेको स्वास्थ्य केन्द्रमा सम्पर्क गरौँ । 

घरपालुवा चौपायाहरु छाडा नछाडौ तथा छाडा चौपायको नियन्त्रण गरौँ र दुर्धटनाबाट बचौँ । 

सवारी साधनहरु उचित स्थानमा मात्र पार्किङ गरी ट्राफिक व्यवस्थापनमा सहजीकरण गरौँ । 

विकास निर्माणको कार्यक्रममा जनसहभागिता जुटाऔँ र भएका विकास निर्माण कार्यको संरक्षण गरौ। 

जेष्ठ नागरीकहरुलाई उचित स्याहार सुसार सहित सम्मान गरौँ । 

व्यतिmगत घटना घटेको ३५ दिन भित्र अनिवार्य रुपमा नगरपालिकामा घटना दर्ता गराऔँ । 

समयमानै कर तिरी सभ्य नागरिकको परिचय दियौँ । 

यस नगरपालिकाबाट इजाजत लिएर मात्र घर निर्माण तथा प्लटिङ कार्य गरौँ । 

नगरपालिकाले तोकेको मापदण्ड बमोजिम भूकम्प प्रतिरोधि घर निर्माण गरौँ र सधैँका लागि ढुक्क होऔँ । 

राष्ट्रिय सम्पदा तथा धरोहरहरुको जर्गेना गरौँ । 

कुनै पनि व्यवसाय नगरपालिका र नियमनकारी निकायमा दर्ता गरे पश्चात मात्र सञ्चालन गरौँ । 

घरेलु तथा औद्योगिक फोहोरमैलाको समुचित व्यवस्थापन गरौँ ।

नगरपालिकालाई बुझाउनु पर्ने कर तथा शुल्क समयमै बुझाई नगर विकासमा सहभागी बनौँ । 


 


काठमाण्डौ पुस ५ गते । रातो तारा डट कम,सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षमा विजयी हुनुभएको छ । उहाँले २ सय ९५ मत प्राप्त गर्दा प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २ सय ५० मत प्राप्त गर्नुभयो । वरिष्ठ अधिवक्ता शाक्यले बृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवासायी समूहको नेतृत्व गर्नुभएको थियो भने वरिष्ठ अधिवक्ता खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व गरेर चुनावी मैदानमा उत्रिनुभएको थियो । नयाँ कार्यसमितिको उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार कार्की विजयी हुनुभएको छ । महिला सदस्यमा अमिता गौतम पौडेल, सदस्यहरुमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, मिराज श्रेष्ठ, डा. रामहरि त्रिपाठी र निर्मला भण्डारी विजयी हुनुभएको छ । 


श्याम राई-गाईघाट २९ असोज । रातो तारा डट कम, जबरजस्ती करणी मुद्धामा फरार रहेका एक ब्यक्ती २० बर्ष पछि बुधबार पका्रउ परेका छन । त्रियुगा नगरपालीका ११ का ४८ वर्षिय शेक्पा भन्ने रामसेबक चौधरी लाई प्रहरीले उदयपुरगढी गाउपालीका १ बाहुनीटार बाट पका्रउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत डिएसपि बेद प्रसाद गौतम ले बताए । जिल्ला अदालतले चौधरी लाई जबरजस्ती करणी मुद्धामा दोषि ठहर गर्दै तिन बर्ष कैद सजाय तोकेको थियो । फैसला कार्यान्वयन को लागी प्रहरीले उनलाई जिल्ला अदालतमा बुझाएको डिएसपि गौतमले बताए ।



कविता, को बोल चै
विरानो शहर

शहर बजार, घुम्ने रहर
सबैको बिचार ।

मनले बोलायो दिलैले घुमायो
कोछर तिम्रो, ठूलो छ यो शहर।

पुरानो हो कि बिरानो हो कि,
नयाँ हो यो शहर ।

गरम छ पकेट नरम छ दिल
सबै छ हरर, सबै छ सरर ।।

फाटेको चप्पल रोगले खाको
मानव भए, आँसुको धरर ।।

हेरेको हेरै हिडेको हिडेई
केही छैन रहर, बिरानो रहर ।।

कविता लेखन सिक्ने :- तेजेन्द्र भण्डारी
धन्यवाद
२०७५/१/१४

रोशन पोखरेल-
असोज १० गते । मोरङको बेलबारी ३ मा आज दिउसो यात्रुबहाक बस र भारतीय नम्बर प्लेटको कार एकआपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ७५६१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बीआर ११ यु ३४२१ नम्बरको कार ठोक्किंदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले बताउनु भयो ।

दुर्घटनामा कार पूर्ण रुपमा क्षति भएको छ । अहिले मृतकको शव निकाल्ने प्रयास भइरहेको प्रहरी निरीक्षक थापाले बताउनु भयो । घटनास्थलमा भारतीय नागरिक विजयकुमार जैसवालको सवारी चालक अनुमति पत्र भेटिए पनि उनी मृतक हुन या हैनन् भन्ने बारेमा प्रष्ट भइनसकेको थापाले बताउनु भयो ।

बिराटनगर, असोज  १० गते । नेपाल राष्ट्रबैंकले

बैंक तथा वित्तीय संस्थाहरुलाई दशैंका लागि आइतवारदेखि नयाँ नोट दिन शुरु गरेको छ । बैंकहरुले माग गरे अनुरुप नयाँ नोट उपलब्ध गराउन लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सर्वसाधारणलाई भने आज बाट नयाँ नोट उपलब्ध गराउने भएको छ । तर, बैंकले आफ्ना ग्राहकहरुलाई वितरण गर्नका लागि भने आइतवारनै दिन थालिएको हो । बैंक तथा वित्तीय संस्थाले भने सोमवारबाटै नयाँ नोट वितरण गर्न शुरु गर्ने छन् । 

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट १४ गतेसम्म दिइने छ । यसैगरी सर्वसाधारणलाई भने १६ देखि २१ गतेसम्म वितरण गरिने छ ।

सर्वसाधारणलाई कुपन प्रणालीबाट नयाँ नोट वितरण गरिने छ । राष्ट्र बैंकले यस पटक एक जनालाई ३७ हजार रुपैयाँ सम्मका नयाँ नोट सबै ठाउ बाट उपलब्ध गराउने
छ ।



 युवराज ठकुरी/सिंहदेवी,मोरङ,असोज ९ गते ।
 हाम्रो संविधान हाम्रै लोकतन्त्र भन्ने मुलनाराका साथ सिंहदेवी,मोरङमा संविधान सम्बन्धि नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ।
 
 नागरिक संवाद केन्द्र,धनकुटाको आयोजना र नेपाल कानुन समाजको प्रायोजनमा भएको उक्त कार्यक्रम सिंहदेवी गाविसको सभाहलमा भएको थियो ।

अघिल्ला दिनहरुमा विभिन्न अवरोधका कारण मतदाता नामवली सङ्कलनले पुर्णता नपाएको कारण पनि सिंहदेवीमा संविधानको महत्त्वको बारेमा चर्चा गरिएको सहजकर्ता छिरिङ शेर्पाले बताउनुभयो।

               नागरिक संवादमा विद्यालयका प्रतिनिधि,राजनैतिक दलका प्रतिनिधि लगायत 40/50जनाको उपस्तिथि रहेको थियो।कार्यक्रममा सहजीकरणको भुमिका सस्थाका तर्फबाट नरेश श्रेष्ठ र छिरिङ शेर्पाले गर्नुभएको
थियो ।

अन्त्यमा स्थानीयका तर्फबाट विद्यालयका तर्फबाट वसन्तकुमार खाण ठकुरी,महिलाको तर्फबाट कुमारी
खड्का र राजनैतिक दलका तर्फबाट खड्गबहादुर ठकुरीले संविधानका विषयमा आआफ्ना धारणा राखेका थिए।


बिराटनगर, असोज ८ गते । नेपाल पञ्चांग निर्णायक समितिले यसवर्षको दसैँको टीकाको उत्तम साइत बिहान
आठ बजेर ४५ मिनेटमा रहेको जनाएको छ ।

बिहान ८ बजेर २५ मिनेटमा देवी विर्सजनको उत्तम साइत र ८ बजेर ४५ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले बताए।

उत्तम साइत पौने ९ बजे भनेपनि कोजाग्रत पूर्णिमाको दिनसम्म जतिबेला पनि टीका लगाउन सकिने उनले बताए। अरु ठाउँमा पूर्णिमासम्म टीका लगाइएपनि पश्चिम नेपालको धेरै ठाउँमा भने विजया दशमीको दिन मात्र टीका लगाउने चलन छ।

आउँदो १५ गते घटस्थापना सुरु भई २५ गते विजया दशमी
र २९ गते कोजाग्रत पूर्णिमाका दिन यसवर्षको दसैँ सकिनेछ। 

 

विराटनगर असोज ८ गते। रोशन पोखरेल-

अग्रवाल महिला मञ्चको आयोजनामा बिराटनगरमा असोज १४ गते  लाइभ डांडिया नाइट हुने भएको छ । भारतको गुजरातमा नाचिने सो  नाच बिराटनगरमा पनि मारवाडी समुदायमा निक्कै लोकप्रिय र बहु आयामिक सुप्रशिद्ध  मानिन्छ ।

असोज १४ गते बिराटनगरको मारवाडी सेवा सदनमा बेलुकी ५ बजेबाट उक्त कार्यक्रम आयोजना गरिने  आयोजक समितिका सदस्य रेणु तोदीले  बताउनुभयो  ।

उक्त कार्यक्रममा भारतीय ब्याण्डबाट सांगीतिक कार्यक्रम साथै विभिन्न खालका खानाका परिकारका स्टलहरु समत राखिने उहाँले बताउनुभयो । उक्त कार्यक्रममा उपस्थित मध्ये भाग्यमानी व्यक्तिले बिभिन्न पुरस्कार समेत प्राप्त गर्ने उहाँले बताउनुभयो  । साथै अग्रवाल महिला मञ्चले हरेक वर्ष दशैको अवसरमा यस्तै किसिमको सास्कृतिक कार्यक्रम गदै आएको उहाँले बताउनुभयो ।

यस्ता सास्कृतिक पर्वले आपसी रुपमा मित्रता र सहयोगको साथै जमधटको रुपमा स्थापित हुने मा उहाँको भनाइ रहेको
छ । दशैको वेलामा गरिने सो कार्यक्रमको लागी अहिले प्रचार प्रसार कार्यलाई अगाडि बढाइएको उहाँले बताउनुभयो ।


भदोै, २१ गते। बिराटनगर उपमहानगर पालिका र कालिका
कन्ट्रकसनले भतकाएको  बिराटनगर-१५ को कान्छा दाइ रोड
मा दिनोै जसो ठाउँँ ठाउँमा गाडिहरूभासिने गरेकोछ।

बाटोमा धेरै खल्टा खुल्टी भएकाले सो बाटो छिटो बनाइदिन नगरपालिका संग यिस्थाानिय बासिन्दाहरूले माग गरेकाछन।


भक्त शेर लिम्बु बाट 

बेलबारी साउन  २३ गते   । मोरङको केराबारी ९ देवीझोडामा रहेको देवीझोडा सामुदायिक वन उपभोक्ता समितिमा स्थानीय उपभोक्ताहरुले विहीवार गरेको तालावन्दी दुईदिन पछाडि खुलेको छ ।
समुहको आर्थिक अनियमितता भएको भन्दै टोली नं. ७ का उपभोक्ताहरुले विहीवार तालान्दी गरेका हुन् । समितिले वन हस्तान्तरण हुँदा लागेको खर्च सार्वजानिक नगरी पुनः लकडी वेच्न थालेपछि उपभोक्ताहरुले ताला वन्दी गरेका थिए । तालावन्दी गर्न उत्रिएका उपभोक्ता र समिति बीच शनिवार भएको छलफलमा तीन वुधे सहमति पश्चात ताला खुलेको हो ।


समितिले आगामी भदौ भित्रमा साधरणसभा गर्ने, भदौ १६ गते भित्र समितिको हिसाव समुहका अगुवा,लेखा समितिलाई देखाउने र लकडी विक्रीको सन्दर्भमा विधान बमोजिम गर्ने सहमति भएपछि ताला खुलेको हो । समितिले वन हस्तान्तरणका लागि उपभोक्ता समुहबाट ८ लाख ८ हजार संकलन गरेको तर त्यसको हिसाव सार्वजानिक नगरेपछि तालावन्दी गरेको हो । तालावन्दी गर्ने उपभोक्ताहरुले समुहमा आर्थिक अपारदर्शी रहेको सूचनाको आधारमा तालावन्दीमा आउन बाध्य भएको बताएका छन् ।

असार ३० गते । भानुजयन्ती हिजो नेपाल र बिदेशमा पनि तामझामका साथ मनाइयो ।  तर स्थानीयस्तरमा मात्रै मनाइँदै आएको भानुजयन्तीमा योपल्ट दार्जिलिङमा साताअघिदेखि नै रौनक थियो । ऐतिहासिक क्षण त तब बन्यो, जब भानुजयन्तीमा भाग लिन भारतीय राष्ट्रपति प्रणव मुखर्जी अघिल्लो दिनै दार्जिलिङ आए । पश्चिम बंगाल राज्य सरकारले भानुजयन्ती समारोहलाई राष्ट्रिय पर्वकै रूपमा मनाउने निर्णय गरेबमोजिम राष्ट्रपतिले सहभागिता जनाएका हुन् । यसअघि गोर्खाल्यान्ड टेरोटेरियल एडमनिस्ट्रेसन ९जीटीए० ले बर्सेनि सानो कार्यक्रम गरेर भानुलाई सम्झने गथ्र्यो ।
भानुजयन्ती समारोहमा भारतीय राष्ट्रपतिको सहभागिता इतिहासमै पहिलो हो । राजभवनबाट चौरस्ताको समारोहस्थल आएका राष्ट्रपति मुखर्जीले आदिकवि भानुभक्त आचार्यको पूर्णकदको सालिकमा माल्यार्पण गरे । पश्चिम बंगालका राज्यपाल केशरीनाथ त्रिपाठी र मुख्यमन्त्री ममता बेनर्जीले पनि माल्यार्पण गरे । मुखर्जीले करिब आधा घण्टा लामो मन्तव्यमा नेपाली आदिकविको नाम पटक–पटक लिए । नेपाल र भारतबीचको अद्वितीय सम्बन्धको चर्चा गरे । र उनले भानुभक्तजस्ता कविहरूकै कारण नेपाल–भारत सम्बन्ध सधैं प्रगाढ रहने गरेको बताए । ‘भानुभक्त भारत र नेपाल दुवै देशका साहित्यिक विभूति हुन्,’ उनले भने, ‘भानुभक्त कवि मात्रै होइनन्, नेपाली भाषाका सम्बन्ध सेतु नै हुन् ।’ मुखर्जीले दार्जिलिङलाई ‘मिनी इन्डिया’ को संज्ञा दिए । दार्जिलिङ बहुभाषिक, बहुजातीय र बहुसंस्कृतिको केन्द्र रहेको बताए । ‘जसरी सिंगो भारतमा बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक छ,’ मुखर्जीले भने, ‘दार्जिलिङमा त्यही विविधता पाइन्छ ।’
पश्चिम बंगालका राज्यपाल केशरीनाथ त्रिपाठीले भानुभक्तले भारतमा नेपाली भाषालाई आदर र मर्यादा प्रदान गरेको चर्चा गर्दै नेपाली भाषामा रामायण लेखेर गुन लगाएको बताए । मुख्यमन्त्री ममता बेनर्जीले भानुभक्त आफ्नो मन र हृदयमा रहेको बताइन् । ‘भानुभक्तप्रतिको सम्मान देखेर कञ्चनजंगा पनि मुस्कुराइरहेको छ,’ बेनर्जीले भनिन्, ‘सिंगो दार्जिलिङ हाँसिरहेको छ ।’    
राष्ट्रपति मुखर्जीले समारोहमा नेपाली साहित्य एकाडेमी विजेताहरू गुप्त प्रधान, शंकर प्रधान, शंकरदेव ढकाल लगायत प्राज्ञिक क्षेत्र र विधाका प्रतिभालाई सम्मान गरे । उनी बिहीबार फर्कने छन् ।
‘सरकारले राष्ट्रिय पर्वका रूपमा भानुजयन्तीलाई महत्त्व दिनु ठूलो उपलब्धि हो,’ जीटीए प्रमुख विमल गुरुङले भने, ‘भारतभरका नेपालीभाषीका लागि महत्त्वपूर्ण हो ।’ राष्ट्रपति मुखर्जीलाई जीटीए प्रमुख गुरुङले बुद्ध मूर्ति उपहार दिए भने मुख्यमन्त्री ममताले कञ्चनजंगा हिमालको तस्बिर दिइन् । ‘भानुभक्तको योगदान नेपालको भौगोलिक सिमानाभित्र मात्रै सीमित छैन,’ अग्रज साहित्यकार इन्द्रबहादुर राईले भने, ‘भानु नेपाली भाषाका अन्तर्राष्ट्रिय आदिकवि हुन् ।’
सार्वजनिक बिदा
दार्जिलिङमा भानु चिनाउने श्रेय सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान ९सूधपा० लाई जान्छ । उनीहरूकै पहलमा विसं। १९८६ सालमा चौरस्तामा भानुको सालिक स्थापना भएको हो । सन् १९४९ जुन १९ मा तत्कालीन पश्चिम बंगाल राज्यपाल कैलाशनाथ काट्जुले सालिक अनावरण गरेका थिए । पछि सुवास घिसिङको नेतृत्वमा भएको हिंसात्मक गोर्खाल्यान्ड आन्दोलनमा भानुजयन्तीकै पूर्वसन्ध्यामा सालिक तोडिएको थियो । तत्कालीन अंग्रेज मूर्तिकार इ डब्ल्यू टमसनले लामो समय खर्चेर नेपाली अनुहार र हाउभाउको सूक्ष्म अध्ययनपछि मूर्ति तयार गरेको इतिहास छ ।
भानुजयन्तीका दिन दार्जिलिङमा सार्वजनिक बिदा दिने चलन छ । यो चलन सन् ७० को दशकदेखि नै सुरु भएको हो । सिक्किम, असम लगायतका पूर्वोत्तर राज्यमा पनि भानुजयन्तीमा बिदा हुन्छ । ‘भारतमा भानु चिनाउने ठूलो श्रेय ‘सूधपा’ लाई जान्छ,’ साहित्यकार नरबहादुर दाहालले भने, ‘त्यसअघि भारतमा भानुभक्तको पहिचान थिएन ।’
भानु र राजनीति
राष्ट्रपछिलाई निम्त्याएर भानुजयन्ती आयोजना गर्नुका पछाडि मुख्यमन्त्री बेनर्जीको राजनीतिक स्वार्थ रहेको टिप्पणी गर्न थालिएको छ । भानुजयन्तीलाई मौका छापेर उनले बुधबार विशेष समारोहका बीच दार्जिलिङका अनुसूचित जातिहरूको समेत अलग्गै विकास बोर्ड बनाउने उद्घोष गरिन् । यसअघि नै उनले लेप्चा, राई, मगर, शेर्पा, तामाङ, मगरलगायत जातको अलग्गै बोर्ड गठन गरिसकेकी छन् । पछिल्ला गतिविधिहरूले ‘फुटाउ र राज गर’ भन्ने नीतिलाई ममताले अंगिकार गरेको देखिन्छ । ‘भानुलाई माध्यम बनाएर दार्जिलिङमा जातजातिबीच विभाजन ल्याउने र आफू शासन गर्ने ममताको मुख्य स्वार्थ हो,’ साहित्यकार ज्ञानेन्द्र खतिवडाले टिप्पणी गरे, ‘ममताले अब भानुभक्तलाई चलाउन सुरु गरेकी छन् ।’ कवि राजा पुनियानीले भारत सरकारले भानुजयन्तीलाई महत्त्व दिनुका पछाडि धेरै कारण रहेको बताए । पत्रकार विमल राईको विश्लेषण छ, दार्जिलिङमा राज गर्ने ममताको भित्री मनसाय देखिन्छ । राईले भने, ‘भानुभक्तलाई आधार बनाई राजनीति सुरु भएको छलंगै छ ।’
दार्जिलिङका जनताको मन जित्नु ममताको पछिल्लो ध्येय
हो । सोहीअनुसार उनी विभिन्न बोर्डहरूका नाममा पैसाको खोलो बगाइरहेकी छन् । कवि मनिकुमार राईले सुनाए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.