Websoft University

सामुदायिक वनमा अनियमितता भएको भन्दै ताला वन्दी साधरणसभा गर्ने शर्तमा वनको ताला खुल्यो


भक्त शेर लिम्बु बाट 

बेलबारी साउन  २३ गते   । मोरङको केराबारी ९ देवीझोडामा रहेको देवीझोडा सामुदायिक वन उपभोक्ता समितिमा स्थानीय उपभोक्ताहरुले विहीवार गरेको तालावन्दी दुईदिन पछाडि खुलेको छ ।
समुहको आर्थिक अनियमितता भएको भन्दै टोली नं. ७ का उपभोक्ताहरुले विहीवार तालान्दी गरेका हुन् । समितिले वन हस्तान्तरण हुँदा लागेको खर्च सार्वजानिक नगरी पुनः लकडी वेच्न थालेपछि उपभोक्ताहरुले ताला वन्दी गरेका थिए । तालावन्दी गर्न उत्रिएका उपभोक्ता र समिति बीच शनिवार भएको छलफलमा तीन वुधे सहमति पश्चात ताला खुलेको हो ।


समितिले आगामी भदौ भित्रमा साधरणसभा गर्ने, भदौ १६ गते भित्र समितिको हिसाव समुहका अगुवा,लेखा समितिलाई देखाउने र लकडी विक्रीको सन्दर्भमा विधान बमोजिम गर्ने सहमति भएपछि ताला खुलेको हो । समितिले वन हस्तान्तरणका लागि उपभोक्ता समुहबाट ८ लाख ८ हजार संकलन गरेको तर त्यसको हिसाव सार्वजानिक नगरेपछि तालावन्दी गरेको हो । तालावन्दी गर्ने उपभोक्ताहरुले समुहमा आर्थिक अपारदर्शी रहेको सूचनाको आधारमा तालावन्दीमा आउन बाध्य भएको बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.