Websoft University

शरणार्थीले प्रधानमन्त्री लाई ज्ञापनपत्र पठाए।


बिराटनगर, साउन २३ गते । पूर्वी नेपालको मोरङ्ग र झापामा रहेका भूटानीहरुले ज्ञापन पत्रमार्फत स्वदेश फिर्तीको माग गरेका हुन् । भूटान स्वतन्त्र जनमञ्चले इमेल र फयाक्स मार्फत पठाएको ज्ञापनपत्रमा २५ वर्षदेखि मोरङ्ग र झापाका शिविरमा बसिरहेका आफ्नो देश फर्कन चाहने शरणार्थीहरुका समस्या सुनवाई नभएकाले नवनिर्वाचित सरकारले भूटान सरकारसमक्ष स्वदेश फिर्तीबारे पहल गर्न माग गरिएको छ ।
उपाध्यक्ष हर्कजङ्ग सुब्बाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा शरणार्थी समस्या समाधानका लागि ल्याइएका तीन विकल्पमध्ये तेस्रो मुलुकको विकल्प मात्र लागू भएकोले स्वदेश फिर्तीको मानवअधिकार संरक्षण गर्न माग गरिएको छ । पत्रमा नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.