Websoft University
October 2023


बिराटनगर |  विराटनगर महानरपालिका वडा नं। ६ शनि मन्दिर चोकबाट बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह (pit) र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बर्ष १६ नावालकको साथबाट पछाडी भिर्ने कालो झोलामा बोकी ल्याउँदै अबैध हुण्डी कारोबारको रकम नेपाली रुपैया नगद रु।२१,८७,०००||-सहित नियन्त्रणमा लिइएको साथै निजको साथमा रहेको मोटर साइकल र कागजपत्र समेत बरामद गरी थप अनुसन्धान भै रहेको ।

नोटको विवरणस्-

नेपाली रु।  १००० दरको १६८७ थानको जम्मा रू।१६,८७,०००र, रू। ५०० दरको १००० थानको रू। ५,००,०००|-

गरी जम्मा रू।२१,८७,०००,

अन्य बरामद सामग्रीस् |

 कुमारी बैंक लिमिटेडको चेकबुक थान-१

 NIC ASIA Bank  को काटिएको चेक थान-१

ग्लोबल आईएमई बैक लिमिटेडमा विभिन्न मितिमा जम्मा गरिएको रसिद थान-४

९४०  प्रदेश १(०२(०४३ प ६२४१ नम्बरको १५० अअ को पल्सर बाईक ( १ थान

 

 


विराटनगर÷ विराटनगर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

अन्तरक्रियामा सहभागीहरुले अभिभावक, विद्यार्थी र शिक्षक आ–आफ्नो ठाउँबाट जिम्मेवार भएमा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार गर्न सकिने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न महानगर लागिपरेको बताउनुभयो । 

उहाँले महानगरले कूल बजेटको करिब २१ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने गरेको सुनाउनुभयो । मेयर कोइरालाले विद्यालयस्तरदेखि नै सीपमूलक र प्रविधिमैत्री शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले महानगरभित्रका सबै सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि योजनाबद्ध रुपमा काम भइरहेको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले विद्यालयको गुणस्तर सुधार्न प्रधानाध्यापकको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले प्रअहरु जिम्मेवार भए शैक्षिक सुधार गर्न सकिने उल्लेख गर्नुभयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले वडाभित्र जनपथ मावि र अरुणोदय आधारभूत विद्यालय सञ्चालनमा रहेको बताउनुभयो । उहाँले दुवै विद्यालयका प्रअ, अभिभावक, सञ्चालक समितिका अध्यक्ष, पदाधिकारी, शैक्षिक अभियन्ता, वडाका प्रबुद्ध व्यक्तिहरुलाई राखेर अन्तरक्रिया गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षा विज्ञ राजेन्द्र बुढाथोकीले अवधारणापत्र प्रस्तुत गर्नुभयो । टोल संगठनका तर्फबाट धु्रव कोइराला, पूर्वप्रधानाध्यापक ज्ञानेन्द्र खड्कासहित अभिभावक, विद्यार्थीलगायतले शैक्षिक सुधारका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।


विराटनगर÷ ‘लोपोन्मुख संस्कृतिको संरक्षण गरौंः छिमेकी मुलुकसँग सांस्कृतिक सम्बन्ध सुदृढ बनाऔं’ भन्ने नाराका साथ संखुवासभाको चिचिला गाउँपालिकामा अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ ।

चिचिला गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रम मकालु साहित्यिक  समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले संयोजन गरेका हुन् । पासाङ नुर्वू शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा चिचिलाकै १०७ वर्षीय शताब्दीपुरुष मानबीर पैंजो गुरुङ ‘दारी लामा’रहेका थिए । उनी वोन संस्कृतिका धरोहर पनि हुन् । नेपाल र भारतको झण्डा राखेर गरिएको उक्त सम्मेलनमा दुवै देशको राष्ट्रिय गान बजाइएको थियो । 

सुरुमा भारत सरकारबाट संयोजकलाई लेखेको सम्मान तथा शुभकामनापत्र वाचन पनि गरिएको थियो । चिचिला गाउँपालिकाभित्रका तमु छोंझधी समुदाय, लोहोरुङ समुदाय, तामाङ समुदाय खालिङ समुदाय, दर्जी समुदाय, क्षेत्री समुदाय, याम्फू समुदाय, खालिङ समुदाय, कुलुङ समुदाय, थुलुङ समुदाय, दर्जी समुदाय, विक समुदाय, मेवाहाङ समुदाय, शेर्पा समुदाय, हेभेन्ली पाथको सामूहिक सांस्कृतिक  झाँकी र छुट्टाछुट्टै मौलिक झाँकी पनि प्रस्तुत गरिएको थियो । सबै विद्यालयका शिक्षक र विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न पालिकाका प्रतिनिधि, जातीय समुदाय र कलाकाहरू पनि सहभागी भएका थिए ।

धर्मदेवी नगरपालिकाको याख्खा समुदायले डोकेनी सिली खाँदबारी नगरपालिकाले लोहोरुङको चण्डी नाच, पाँचखपन नगरपालिकाले  नेवार समुदायको (लाखे) र चैनपुर नगरपालिकाका उपप्रमुख नेवारी धिमेनाच सहभागी गराएका थिए । सभापोखरी गाउँपालिकाले लिम्बू समुदायबाट च्याब्रुम नाच, भोटखोला गापाले भोटिया समुदायको स्याप्रु नाच, मकालु गाउँपालिकाले याम्फू समाजको च्याब्रुम  र तामाङ समुदायको डम्फू सेलो प्रस्तुत गरेका थिए । भारतको असम कार्वी आङ्लोङका कार्वी कुर्फो अमाइका पाँच समुदायले नाच, गीत र वाद्यवादन प्रस्तुत गरेका थिए । कार्यक्रम अत्यन्तै भव्य र सभ्य भएको कार्यक्रम संयोजक अग्रज साहित्यकार ताराबहादुर बुढाथोकीले जानकारी दिए ।


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा विराटनगर–१२ की ४६ वर्षीया मायादेवी सहनीको उपचार सुरु भएको छ । मेयर कोइरालाको पहलपछि पाँच महिनादेखि ओछ्यानमै थलिएकी सहनीको सोमबारबाटै कोशी अस्पतालमा निःशुल्क उपचार सुरु भएको हो ।

सहनीको विराटनगर–१२ मंगलबार हटियादेखि दक्षिणमा सडक छेउको ऐलानी जग्गामा फुसको घर छ । आर्थिक अभावका कारण उपचार नपाएर घरमै थलिएकी सहनीको घर मेयर कोइराला चिकित्सक र स्वास्थ्यकर्मीसहित पुग्नु भएको थियो । सहनीको स्वास्थ्य अवस्था बुझेपछि मेयर कोइरालाले तत्कालै स्वास्थ्य महाशाखाका प्रमुख हैदर अलीलाई उपचारको प्रबन्ध मिलाउन निर्देशन दिनुभएको थियो ।

 गर्दनको नशा च्यापिएर गम्भीर बिरामी भएकी सहनी चटपटाउनसमेत सक्दिनन् । गत असार २० गते घाँस काट्न नजिकैको खेतमा गएकी सहनीको घाँसको भारी बोक्ने क्रममा गर्दनको नशा च्यापिएको थियो । सिकिस्त बिरामी भएपछि विराटनगरका विभिन्न अस्पतालमा उनको उपचार गराइएको थियो । तर पछिल्लो समय उपचार खर्चको अभाव भएपछि उनी घरमै थलिएकी थिइन् । लगातार ओछ्यानमै थलिएपछि उनको शरीरका विभिन्न भागमा घाउ निस्किएर कुहिंदै गएको थियो ।

 बिरामीका श्रीमान रोहित सहनी ठेला चलाएर परिवारको परिवारको जीविकोपार्जन गर्दै आएका छन् । बिरामीको हालत दिनदिनै गम्भीर हुँदै गएपछि श्रीमान रोहित सहनी श्रीमतीको ज्यान जोगाइदिन भन्दै आइतबार महानगरपालिकालाई गुहार्न पुगेका थिए । सहनी परिवारको अवस्था बुझेपछि मेयर कोइराला स्वास्थ्य महाशाखा प्रमुख हैदर अलि र चिकित्सकको टोली लिएर सोमबार बिहानै सहनीको घर पुग्नु भएको थियो ।

सहनीको उपचारमा कुनै कमी हुन नदिने मेयर कोइरालाले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । खाद्यन्नसमेत समस्या देखिएपछि सहनी परिवारलाई खानको समेत व्यवस्था गर्ने उहाँले बताउनुभयो । बिरामीलाई स्पानइल कर्ड इन्जुरीको समस्या रहेको र यसप्रकारको बिरामीलाई राज्यका तर्फबाट उपचारका लागि १ लाख र मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्थाअनुसारको सुविधाहरु उपलब्ध गराइने स्वास्थ्य महाशाखा प्रमुख अलिले बताउनुभयो ।    


मोहन कुमार राई ÷ कार्तिक १३  गते | संखुवासभा, ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यलय संखुवासभाले जनाएको छ ।

पाँचखपन नगरपालिका वडा नंम्बर ७ वस्ने वर्ष २७ को अशोक राई ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको अवस्थामा खाँदवारी नगरपालिका वडा नं. १ फुलपाती चोकबाट पक्राउ पेरका हुन । 

ज्यान मार्ने उद्योग मुद्दामा सम्मानित उच्च अदालत विराटनगर, धनकुटा इजलासको मिति २०७९÷१२÷१२ गतेको फैसला आदेशानुसार ८ महिना १६ दिन फैसला भए पनि निज फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलिल२०८० असोज ३० गते पक्राउ गरी संखुवासभा जिल्ला अदालत चैनपुरमा उपस्थित गराई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय संखुवासभा  चलान गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका मिडिया समन्वय अधिकृत प्रहरी निरीक्षक राम कुमार लामिछानेले जानकारी दिनुभयो ।


धनकुटा कार्तिक १२ गते । धनकुटा र उदयपुर जिल्लाको बिभिन्न स्थानमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका गाँजाको बोट प्रहरीले नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरतगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक ११ गते  इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखी सल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका एरियाका बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका करिव ३ हजार वटा गाँजाका बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ । यसै गरी उदयपुरको इलाका प्रहरी कार्यालय भुटार रौतामाईबाट खटिएको प्रहरी गस्ति टोलीले रौतामाई गाउपालिका(२ ओख्रेनि स्थित पाखा बारीमा रहेको  गाँजाको बोट नष्ट गरेको छ । अबैध रुपमा लगाईएका गाँजाका बोटहरु नष्ट गर्ने कार्य निरन्तररुपमा संचालन भईरहेको छ | us


बिराटनगर, कार्तिक १२ गते । झापाको भद्रपुर स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सिमावर्ती एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुर सहित कडाइका साथ चेकजाँच गरिदै आएको छ । 

हिजो बिहानबाट भद्रपुर नगरपालिका(५ स्थित मेचीपुल तथा आसपासका एरियामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोली तथा २ वटा तालिम प्राप्त कुकुर सहितको चेकिङ टोलीले सिमा नाकामा आवत जावत गर्ने सवारी साधन तथा संकित मानिसहरुलाई चेकजाँच गर्दै आईरहेको छ ।

कोशी प्रदेश अन्तरगत रहेका मुख्य सिमा नाका सहित अन्य सिमा नाकाहरु तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधि नियन्त्रणको लागि कुकुर सहितको प्रहरी चेकिङ  टोलीले  निरन्तरुपमा कडाईका साथ चेकजाँच गरिरहेको छ | us

 




विराटनगर । नेकपा (माओवादी केन्द्र) सम्बद्ध धिमाल राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाले तारिलाल धिमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

शनिबार उर्लाबारी—३ स्थित, धिमाल जातीय विकास केन्द्रको सभाहलमा भएको भेलाले अध्यक्षमा तारिलाल धिमाल, उपाध्यक्षमा कविराज धिमाल, नरेन्द्र धिमाल, खगेन्द्र धिमल, शान्तिदेवि धिमाल, गंगाराज धिमाल, रत्निमाया धिमाल र महासचिवमा प्रकाश धिमाल सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी सचिवमा अनिल धिमाल, कोषाध्यक्षमा गणेश धिमाल, सदस्यहरुमा भगतराम धिमाल, हरिलाल धिमाल, दिलबहादुर धिमाल, टिकाराम धिमाल, विनोद धिमाल, सन्तोष धिमाल, वृषजङ्ग धिमाल, हरि धिमाल, दिनेश धिमाल, आशबहादुर धिमाल र कुमारी धिमाल चयन भएका छन् ।

भेलाबाट सल्लाहकारमा निवर्तमान अध्यक्ष गणेश धिमालको साथै नगेन्द्र धिमाल, भिष्म धिमाल, सूर्यबहादुर धिमाल, रवनबहादुर धिमाल चयन भएका छन् । 

भेलामा बोल्दै संविधानसभा सदस्यसमेत रहेका माओवादीका केन्द्रीय अनुशासन आयोगको सदस्य नगेन्द्र धिमालले गणतन्त्र, संघीयताको रक्षा र विकासको लागि धिमाल समुदाय सक्रिय हुनुपर्ने बताए । 

धिमाल मोर्चा किराँती राष्ट्रिय मोर्चामा रहँदा सो संगठनको उपाध्यक्ष रहेको सम्झाउँदै उनले धिमालहरु किराँती भएको बताए । धिमाल मोर्चाको पूर्व अध्यक्षसमेत रहेका धिमालले खस, आर्य समुदायको विद्धानहरुले समेत किरात एउटा जाति नभएर सभ्यता, इतिहास, भूगोल भएको स्वीकार गरेको बताए । उनले परिस्थितिले किरात, धिमाल र लिम्बू मोर्चा फरक फरक भएपनि आफूहरु किराती नै भएको बताएका हुन् ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा कोचिला मुक्ति मोर्चाको अध्यक्ष ममता ताजपुरिया, पार्टी प्रदेश समिति सचिवालय सदस्य समेत रहेका आदिवासी÷जनजाति संयुक्त मोर्चा प्रदेश अध्यक्ष प्रेम मिभक, किराती राष्ट्रिय मुक्ति मोर्चाको महासचिव अर्जुन जम्नेली राई, आदिबासी÷जनजाति संयुक्त मोर्चा केन्द्रीय सचिवालय सदस्य खगेन्द्र धिमाल कराते महासंघ मोरङका उपाध्यक्ष ईन्द्र लामालगायतले शुभकामना मन्तब्य दिएका थिए । 


विराटनगर–अमेरिकाको न्यूयोर्क महानगरसंग भगीनी सम्बन्ध स्थापित भएपछि विराटनगरको दिर्घकालिन समस्याका रुपमा रहेका बाढी, डुवान, सुकुम्वासी, सडक निर्माण र फोहर व्यावस्थापनमा सहकार्य हुने विराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाले बताएका छन । अमेरिकाका विभिन्न महानगरका मेयरहरुसंग तीन तीन महिनामा इन्टरनेट मार्फत बैठक समेत गर्ने सहमति भएको छ । ती बैठकहरुबाट समेत सहयोग आदान प्रदान हुन्छ ।

अहिले महानगर पालिकाको कार्यालय र वडाहरुबाट प्रवाह भइरहेको सेवा लिन अहिले सेवाग्राहीहरु भौतिक रुपमा नै उपस्थित हुनु पर्ने बाध्यता छ । तर न्यूयोर्कमा दिनभरि कार्यालयमा कुनैपनि सेवाग्राही नै नभेटिने गरि उनीहरुले सम्पूर्ण सेवाहरु इन्टरनेट मार्फत उपलब्ध गराएका छन । त्यो पद्धतीमा विराटनगर महानगरलाई पनि लान सकिन्छकी भनेर पनि छलफल भएको छ । न्यूयोर्कका मेयर एडम्स विराटनगरको भ्रमणमा आएपछि दुबै महानगर विच भगीनी सम्बन्धमा हस्ताक्षर भएपछि साझा समस्याहरुमा समाधानका लागि कसरी अघि बढ्ने तय हुने कोइरालाले जानकारी दिए ।

फोहर ब्यावस्थापनका लागि बोस्टनमा बनेको प्लान्ट हाम्रा लागि सुविधाजनक हुनसक्छ । तर त्यहा त्यो प्लान्ट ४ विलियन डलरमा बनेको हो । हामीले त्यति खर्च गर्न नसकेपनि त्यस्तै सानो प्लान्ट लगाएर काम गर्न सक्छौं । त्यहा प्लान्ट जडान गर्ने प्राविधिकहरु आएर विराटनगर महानगरको सर्वेक्षण गरेपछि त्यसपछि डिपिआरको काम अघि बढ्छ । प्रोसेसिङ एउटा पाटो हुदो रैछ भने फोहरलाई प्लान्टसम्म पु¥याउने च्यानल निर्माण गर्नु अर्काेपाटो भएकाले विज्ञहरुको टोलीलाई निम्तो दिएको छु उहाँहरु आउनुहुन्छ ।

संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) ले आयोजना गरेको सेमिनारमा सहभागी भएर २४ दिन पछि मेयर कोइराला विराटनगर आइपुगेका हुन ।

असोज १० गते अमेरिका गएका उनी कार्तिक ४ गते विराटनगर आइपुगेका हुन । ४० देशभन्दा बढीका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरू सहभागी समिनारमा मेयर कोइरालाले सहभागिता जनाएका हुन । टेक्सासमा भएको सेमिनारमा सहभागी भएर मेयरकोइरालाले विभिन्न महानगरका मेयर, सीनेटरहरुसंग विकास र साझेदारीको विषयमा छलफल गरेका थिए ।

 


विराटनगर । मोरङको रंगेलीस्थित संसारी माई मन्दिरबाट कोसी प्रदेशस्तरीय फूलपाती बढाइँ गरिएको छ ।

विजया दशमीको सातौं दिन हरेक वर्ष रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मन्दिर परिसरबाट बढाइँ आरम्भ हुने गर्छ । कोसी प्रदेश सरकारले ६ वर्षअघि सन्सारी माई मन्दिरबाट प्रदेशस्तरीय बढाइँ गर्ने निर्णय गरेको थियो । शनिबार कोसी प्रदेशका  मुख्यमन्त्री केदार कार्की बढाइँमा सहभागी भई पूजापाठ गरेका छन् ।

कोसी प्रदेशको राजधानी विराटनगरबाट २२ किलोमिटर पूर्वको चिसाङ खोला किनारमा मन्दिर पर्छ । नवरात्र भर १० दिनसम्म रंगेलीमा दुई दर्जन ब्राम्हणले चण्डी पाठ पारायण गर्ने गर्दछन् । त्यहाँबाट डोलीसहित फूलपाती लिएर रंगेली– ६ को पब्लिक उच्च माध्यमिक विधालय नजिकैको बेलको रुखमुनी विधिवत पूजा गर्ने गरिन्छ । जोडी बेलमा पूजापाठ गरेपछि त्यसलाई रंगेलीकै काली मन्दिरमा मुख्यमन्त्रीले फूलपाती भित्र्याउने चलन छ । लिस्नो (सिँढी) मा चढेर बेल काटेपछि विधिवत रुपमा फूलपाती भित्र्याउने कार्य शुभारम्भ हुन्छ ।

सन्सारी माई स्थानबाट सांस्कृतिक झाँकीसहित निकालिएको डोली जात्रा रंगेली बजारको काली मन्दिरसम्म पु¥याइन्छ । यसमा नेपाली सेनाको टुकडीसमेत सहभागी हुने गर्छ । कोसी प्रदेशकै दर्शनीय पीठको रुपमा विकास भएको सन्सारी माई मन्दिर र स्थानीय काली मन्दिर धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भएको मुख्यमन्त्री कार्कीले बताएका छन् । “धार्मिक पर्यटन प्रवद्र्धन र विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्नेछ,” उनले भने ।

फुलपाती बढाइँमा रंगेली, सुनवर्षी, रतुवामाई नगरपालिका, धनपालथान र कानेपोखरी गाउँपालिका तथा छिमेकी भारतबाट ठूलो संख्या भक्तजन सहभागी भएका थिए । फूलपाती बढाइँका अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी र विभिन्न जातिका झाँकीसमेत निकालिएको थियो । राई, लिम्बू, मगर, राजंवशी, सन्थाल, उराव र झाँगड समुदायले लोकनृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, प्रतिनिधि सभा सदस्इ योगेन्द्र मंण्डल, कोसी प्रदेशसभाका सदस्य लिलावल्लव अधिकारी, नेपाल प्रहरीका डिआइजी बाँस्तोला,रंगेलीका नगर प्रमुख दिलिप बगडिया, उपमेयर भूमा पराजुली, संन्सारी माई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव श्रेष्ठलगायत सहभागी थिए ।


मोहन कुमार राई ÷ कार्तिक ४ गते | संखुवासभा, चैनपुर नगरपालिका स्थित मुख्य बजारमा बजार अनगमन । अनुगमने नियम विपरित विक्रीका लागि राखिएको सामग्री बरामत गरेको छ ।

चैनपुरको खराङ्गबजार, पोखरी बजार र चैनपुर बजारमा इलाका प्रशासन, सुरक्षा निकाय तथा नगरपालिकाको संयुक्त टोलीले बजारक्षेत्रमा अनुगमन गरेको छ । अनुगमनले समय सिमा नाघेका विक्रीका लागि पसलमाराखेको भेटेपछित्यस्ता सामान बरामत गरेको हो ।

विक्रीका लागि फ्रिजमा राखिएका कोक, डिउ, पेप्सी, स्ट्रिङ, वियर, प्याकेटमा रहेको कुरमुरे, चिप्स, चाउचाउ, मेथी, ज्वानो, खुर्सानीको धुलो, सुप, मिटमसला, खाने तेल, वेसार, खानामा प्रयोग हुने रङ लगायतको सामग्री बरामत गरिएको थियो । 

त्यसै गरी एग्रोभेटबाट विरुवामा लगाउने औषधी, पशुको औषधी, तरकारी वालीको विउ वरामत गरेको छ । कस्मेटिक पसलबाट विभिन्न ब्राण्डको सेम्पो, कन्डीसनर, भ्यास्लीन, क्रिम, लगायतको समग्री बरामत गरेको हो । मानिसको लागि प्रयोग गरिने औषधी समेत प्रयोग गर्ने समय सकिएको तर विक्रीका लागि राखिएको पाइएको छ ।

यस्ता म्याद सकिएको समग्री विक्री नगर्न पुन दोहोरीए कानुनी कारवाही हुने समेत व्यवसायलाई अनुगमन टोलीले निर्देशन दिएको छ । अनुगमनमा नाप तौल, वस्तुको मूल्य सूचि, विलको प्रयोग, व्यवसाय दर्ता भए नभएको, समेत निरीक्षण गरेको थियो ।

व्यवसायीलाई म्याद सकिएका समग्री पसल बाट छुटै ठाउमा राख्न एक्पायर जोनको व्यवस्था गरिनु पर्ने, सहि नापतौल, मुल्य सूचि जस्ता पक्षलाई ध्यान दिन इलाका प्रशासन कार्यलयका प्रमुख दिनेश वस्नेतले सुझाएका थिए । मानव स्वास्थ्य सँग जोडिएको  व्यापार व्यवसायमा सवैले ध्यान नदिए  रोगीको संख्या बढ्ने भएकाले सबैले सचेत रहनुपर्ने चैनपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरबहादुरश्रेष्ठले वताउनुभयो ।  

चाडपर्व नजिकए सँगै उपभोक्ताको घरमा उचित  खाद्य वस्तु पु¥याने हेतुले बजार अनुगमन गरेको अनुगमन टोलीका सदस्य सचिव सूर्यकिरण भण्डारीले वताए । यस किसिमको अनुगमन निरन्तर रुपमा गाउँ, टोलवस्तीसम्म गरिने समेतअनुगमन सदस्य सचिवभण्डारीले वताउनुभयो ।

 


बिराटनगर |  मोरङ धनपालथान गाउँपालिका वडा नं  २ पैठा स्थित कर्सियाको भित्री सडक खण्डमा पार्किङ्ग गरी राखेको BR 06 PA 1362 नंम्बरको सेतो रंगको स्कारपियो गाडीलाई नेपाल प्रहरी प्रहरी चौकी अमाहीबरियाती र सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सिमा सुरक्षा गुल्म सोराभागबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त गाडीको ड्यासबोर्ड भित्र लुकाई छिपाई कालो कपडामा बेरी राखेको कटुवा पेस्टोल थान(१ ,ऐ।को राउण्ड ३ समेत बरामद गरिएको छ | 




मोहन कुमार राई ÷ कार्तिक ४ गते | संखुवासभा, चैनपुर स्थित सिद्धकाली मन्दिरमा पूजा आरधाना सँगै धुमधाका साथ फुलपाति बढाई भएको छ ।


नेपालीहरुको महान चाड वडादशै फुलपाती आज घरघरमा भित्र्याइदै छ । आज विहानै सिद्धकाली मन्दिरमा पूजा आरधना गर्नका साथै फुलपाती बढाई हेर्नेको भिडभाड हुने गर्दछ ।

नवरात्रको सातौ दिन फुलपाति सिद्धकाली मन्दिरमा देवीको पूजा अरधना सँगै घरघरमा स्थापना गरिएको नवदुर्गा  एवं दशैघरमा फूलपाती भित्राइने गरिन्छ । शुभसाइतको प्रतिकको रुपमा उखु, हलेदो, केराको बोट, धानको वाला, बेलपत्र, दारिम, अशोकको फूल लगायतको वनस्पतिलाई फुलपाति भित्राइने मन्दिरका पुजारी ओम पुरीले वताए ।  शिद्धकाली शक्तिपीठमा विधि पूर्वक पूजाआरधना गरी सशस्त्र प्रहरी ४ नं.अरुण गुल्म संखुवासभा तथा इलाका प्रहरी कार्यलय चैनपुर एक टुकडीले सलामी अर्पन गरेसँगै दशैघरमा फूलपाती भित्राइएको हो ।

आज यस मन्दिरमा जिल्ला र जिल्ला वाहिर टाढा–टाढादेखि देविको दर्शन गर्ने सयौको संख्यामा उपस्थित हुने गर्दछ ।  सिद्धकाली मन्दिरको दर्शन गर्नाले चिताएको मनोकांक्षा पुरा हुने जनविश्वास रही आएको छ । दशै रमाइलो सँगै सामाजिक सदभाव, धार्मिक विश्वास, भावनात्मक सम्बन्धलाई जोडेको पाइन्छ ।  



 श्याम राई, उदयपुर -गाईघाट, ३ कार्तिक | प्रहरीले उदयपुरको कटारीबाट ३४ केजी गाजा सहित शुक्रबार विहान २ जनालाई पक्राऊ गरेको छ ।

पक्राऊ पर्नेहरुमा खोटाङं घर भै उदयपुरको ताप्लि गाउँपालिका–१ मा बस्ने ३२ वर्षिय गणेश वहादुर मगर र ३३ वर्षिय विर वहादुर मगर रहेको प्रहरीले जनाएको छ । 

राती १ बजेको समयमा १९÷१९ केजी गाजा बोरामा बोकेर कटारी बजार आउँदै गरेको बेला ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राऊ गरेको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । पक्राऊ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यलय कटारीमा थप अनुसन्धान भैरहेकोचौधरीलेबताए ।

 

 



 


विराटनगर । विराटनगर हाटखोलामा अवस्थित ग्रेडेड स्कुलले दशै, तिहार र छठ पर्व शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको  छ ।

विद्यालय परिसरमा भएको कार्यक्रममा प्रधानाध्यापक र तहगत इन्चार्जद्वरा नव दुर्गाको पूजा गरि विद्यार्थीहरुलाई टिका , जमरा र आशीर्वाद प्रदान गरेकान थिए ।

 विद्यार्थीहरुले उक्त अवसरमा मंगल् धुन, माल श्री धुन र दशै ,तिहार र छ्ठको नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यक प्रेमसिंह सुवालले सम्पुर्ण अभिभावक, विद्यार्थी , शिक्षक , कर्मचारीमा चाडपर्वको सुभकामन ब्यक्त गरे ।


विराटनगर ÷ विराटनगर महानगरपालिकाले सेवामूलक विभिन्न संघसंस्थाहरुलाई विद्युतीय चुल्हो वितरण गरेको छ ।

विराटनगर महानगरपालिकामा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीसहित सम्बन्धित वडाका वडाध्यक्षले विद्युतीय चुल्हो वितरण गर्नुभएको हो । महानगरमा १५७ वटा माग भएर आएकोमा आज १३९ वटा चुल्हो वितरण गरिएको वडा नम्बर ३ का वडाध्यक्षसमेत रहनुभएका वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक वासुबहादुर बस्नेतले जानकारी दिनुभयो । एउटा संस्थालाई बढीमा १० वटासम्म चुल्हो वितरण गरिएको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिक सेवा केन्द्र, मानव सेवा आश्रम, आधारभूत विद्यालय,m बालआश्रम, वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी कार्यालय, ज्येष्ठ नागरिक क्लबलगायतका संस्थालाई विद्युतीय चुल्हो हस्तान्तरण गरिएको महानगरको वातावरण शाखाका प्रमुख पुनमकुमार दाहालले जानकारी दिनुभयो । ग्यासको खपत कम गर्ने उद्देश्यले विद्युतीय चुल्हो वितरण गरिएको कार्यबाहक मेयर कार्कीले बताउनुभयो । 

उहाँले विगतमा चुल्हो वितरणलाई लिएर विभिन्न टिकाटिप्पणी हुँदै आएकामा यसपटक महानगरले पारदर्शी रुपमा चुल्हो वितरण गरिएको दाबी  गर्नुभयो । उहाँले विद्युतीय चुल्हो प्रयोग गरेको नगरेको बारेमा महानगरले अनुगमनसमेत गर्ने बताउनुभयो ।

 कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ५ का सन्तोष न्यौपाने, ८ का राम पोखरेल, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र नेउपाने, १६ का उद्धव भुजेल, १७ समिम कमर, महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेललगायतले संघसंस्थाका प्रमुख र प्रतिनिधिहरुलाई चुल्हो हस्तान्तरण गर्नुभएको थियो ।



विराटनगर । नेपाल पत्रकार महासंघको कार्यबहाक अध्यक्षको विवाद टुंगिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विधानको व्याख्या गर्दै जिल्ला शाखाको हकमा बरिष्ठ उपाध्यक्ष खुल्ला उपाध्यक्ष नै हुने व्याख्या गर्दै पत्र पठाएपछि विवाद सुल्झिएको हो । 

विधानमा जिल्लामा रहेका खुल्ला उपाध्यक्ष बरिष्ठ हुने कि महिला उपाध्यक्ष बरिष्ठ हुने भन्ने विवाद भएको थियो । उक्त विवादको व्याख्या गर्दै केन्द्रीय समितिले नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७५) परिच्छेद ५ को दफा २२ को उपदफा १ मा उल्लेखित बरिष्ठ उपाध्यक्षको काम, कर्तव्य र अधिकारको विषय जिल्ला शाखाको हकमा खुल्ला उपाध्यक्षको हुने भएकोले सोही बमोजिम गर्न भन्दै प्रदेश समितिलाई पत्र पठाएको छ । 

विधानमा अध्यक्ष कुनै कारणले आफ्नो काम गर्न असमर्थ भएमा, काम विशेषले देशबाहिर रहेमा वा निजको पद रिक्त भएमा कार्यबहाक अध्यक्षको रुपमा निजको कर्तव्यको पालना र अधिकार प्रयोग गर्न जिम्मेवारी बरिष्ठ उपाध्यक्षको काम, कर्तव्य र अधिकारमा उल्लेख हुने उल्लेख छ । 

केन्द्रले गरेको विधानको व्याख्या अनुसार नेपाल पत्रकार महासंघ प्रदेश समितिले मंगलबार पत्रकार महासंघ मोरङ शाखालाई पत्र पठाउँदै केन्द्रीय समितिको पत्रमा उल्लेख भएको विधानको व्याख्या अनुसार कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ । 

प्रदेश समितिको तर्फबाट अध्यक्ष लिलाबल्लभ घिमिरे र महासचिव विवेक गौतमले हस्ताक्षर गरेर दिएको पत्रमा यस्तो उल्लेख भएको हो । उक्त पत्रको बोधार्थ मोरङ शाखाका खुल्ला उपाध्यक्ष मोहन भट्टराईलाई पनि पठाइएको छ । 

मोरङ शाखाका अध्यक्ष संजीव खनाल विदेश गएको पाँच दिनपछि उनले कार्यबहाक अध्यक्ष चलाउन भन्दै समावेशी उपाध्यक्ष तारा आचार्यलाई पत्र दिएका थिए । उक्त विषयमा असहमति जनाउँदै खुल्ला उपाध्यक्ष मोहन भट्टराईले आवश्यक निर्णय दिन पत्रकार महासंघ प्रदेश समितिलाई पत्र पठाएका थिए ।

 प्रदेशले केन्द्रको व्याख्या अनुसार एक महिनापछि भट्टराईलाई पत्र दिएको हो । यस्तै प्रेस सेन्टर मोरङले अध्यक्ष खनालले विधानको व्यवस्था विपरीत कार्यबहाक अध्यक्ष तोकेको भन्दै पत्रकार महासंघ मोरङमा तालाबन्दीसमेत गरेको थियो । पत्रकार महासंघ केन्द्र समिति र प्रदेश समितिका पदाधिकारीले अध्यक्ष खनालको पत्र कार्यान्वयन नहुने आश्वासन दिएपछि प्रेस सेन्टरले तालाबन्दी खोलेको थियो । 


अमेरिकामा पहिलो पटक गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेतले साङ्गीतिक यात्रा गर्ने भएका छन् । नेपालीहरूको महान् चाड दशैं र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहरमा उक्त कार्यक्रम हुने भएको हो । 


ड्यालस, एक्रोन ओहायो , बोस्टन, न्यु योर्क, स्यानफ्रान्सिको, साक्रामेन्टो, सियाटल, कोलम्बस ओहायो, ह्यारिसवर्ग, बाल्टिमोर, एट्लेन्टा र भर्जिनियामा हर्कुलस र अस्मिताले दर्शकनचाउनेभएका हुन् । अक्टोबर २१ बाट सुरु हुने उक्त कार्यक्रम नोभेम्बर २५ मा सम्पन्न हुनेछ । 

लीभ एट प्रीजेन्टले आयोजना गरेको कार्यक्रमको नाम भने फर्स्ट यु.एस.ए म्युजिकल यात्रा राखिएको छ । कार्यक्रममा फुजोन इन्टरनेशनल , कोसेली इभेन्ट्स र प्लानेट ३ फिल्म्सको पनि सहकार्य रहेको छ । कार्यक्रमको लागी आफूहरू निकै उत्साहित रहेको हर्कुलस र अस्मिताले बताएका छन् । अमेरिकामा रहेका नेपाली दाजु भाइ र दिदी बहिनीसँग यस पटकको दसैँ सङ्गीतमय रहने भएकाले पनि आफूहरू एकदमै उत्साहित रहेको उनीहरूको भनाइ छ । 

हर्कुलसका 'के यो माया हो' , 'माया संसार' , 'हिजो भन्दा आज' लगायत गीतहरू चर्चित छन् । यसै गरी अस्मिता पछिल्लो समय निकै चर्चा र स्टेज कार्यक्रममा माग भएकी गायिका हुन् । युवा पुस्ता माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल अस्मिताले चलचित्र पार्श्व गायनमा पनि आफूलाई स्थापित गरिरहेकी छिन् । उनको पछिल्लो गीतहरू 'परेली झिम झिम भो' , 'काले केटाले' चर्चित छन् ।


विराटनगर 
३० असोज, सरल नेपाली भाषामा लेखिएको  दुर्गासप्तशती चण्डीको मंगलबार विराटनगरमा विमोचन गरिएको छ ।  संस्कृत भाषामा सात सय श्लोकमा लेखिएको मूल गन्थ्रलाई नेपालीमा पनि जस्ताको तस्तै (छायाँ ) अनुवाद गरिएको सो पुस्तकको विमोचन गरिएको हो । 

प्राडा चन्द्रमणि नेपाल, प्राडा मेदिनी शर्मा नेपाल, डा बाबुराम तिमल्सेना, कविराज न्यौपाने, अनुवादक  एकनाथ ढकाल, प्रकाशिका राधा ढकाल, समाजसेवी गणेश पोखरेलले  सो पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् ।
सनातन धर्म  सेवा समिति विराटनगरको आयोजनामा भएको कार्यक्रममा प्राडा चन्द्रमणि नेपालले जसोतसो संस्कृतका श्लोक पाठ गर्ने तर अर्थ नबुझ्ने तथा संस्कृत पाठ गर्दा नसक्ने पाठकका लागि यो गन्थ महान मनचिन्ते उपहार भएको दावी गरे । साथै अन्य पाठकका लागि पनि मनोविनोदको मीठो मसला बन्न सक्ने प्राडा नेपालले महसुस गरेको बताए । 
सो ग्रन्थ वारे प्रकाश पार्दै पिण्डेश्वर क्याम्पस धरानका सहप्राध्यापक डा गुरु कोइरालाले सात सय श्लोकको नै नेपालीमा अनुवाद गरी लेखिएको सो ग्रन्थ सम्भवत पहिलो भएको बताए । भन्नु भयो (उवाच) लाई पनि बेग्लै श्लोकमा गणना गरिएको र केहीमा आफ्नो मौलिकपन दिएकोले  पुस्तकमा भावानुवाद भनी उल्लेख  गरिएता पनि प्राय अनुवाद जस्ताको तस्तै गरिएकाले छायाँ अनुवाद भन्न मिल्ने  डा कोइरालाको भनाइ थियो । 
सो अवसरमा प्राडा मेदिनी शर्मा नेपाल, डा बाबुराम तिमल्सिना, कविराज न्यौपाने, माधव काफ्ले, प्रतिमा खतिवडा निरौला लगायतले संस्कृत भाषामा लेखिएका अन्य धर्म ग्रन्थलाई पनि जस्ताको तस्तै  सरल भाषामा अनुवाद हुनु पर्नेमा जोड दिए ।  ८० वर्षको अवकाश प्राप्त जीवनमा अनुवादक ढकालले गरेको यस कार्यलाई प्रेरणाको स्रोतका रुपमा लिनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।


बिराटनगर, २०८० असोज ३० गते । नेपाल प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यालय व्यवस्थापन बिद्यामा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई सम्मानित गरेको छ । नेपाल प्रहरी कार्यदक्षता मूल्याङकन ९एयष्अिभ द्यबतयल० २०८० को क्रममा गरिएको अनुगमन तथा मूल्याङकनमा प्रदेश प्रहरी कार्यालयहरु मध्ये कार्यालयको उच्च व्यवस्थापनमा उत्कृष्ट व्यवस्थापकिय कार्य गरी उल्लेखनिय योगदान गरेकोले पेशागत निष्ठाको उच्च मुल्याङकन गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख बास्तोलालाई सम्मानित गरेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राप्त उक्त पुरस्कार प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित प्रहरी दिवस बिशेष कार्यक्रममा, कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका माननिय मुख्य मन्त्री केदार कार्कीले वहाँलाई प्रदान गर्नु भएको हो ।



बिराटनगर, २०८० असोज ३० गते ।   यस बर्षको १ लाख धनराशीको नवौ “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” प्रहरी सहायक निरीक्षक किरण मगरलाई प्रदान गरिएको छ । प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने वाहाँलाई ६८ औ प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले पुरस्कृत गरेको हो ।

पुरस्कृत भएका मगरले ताप्लेजुङको कन्चन मनि ट्रान्सफरबाट रकम र गहना चोरी गर्ने गिरोह, धरान आसपासमा श्रृखलाबद्ध लुटपाट गर्ने गिरोहलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले कामको उच्च मूल्याकन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले १ लाख धनराशीको साधनादेवी प्रहरी पराक्रम पुरस्कारले  वहाँहरुलाई पुरस्कृत गरेको हो ।

वर्षभरिमा उत्कृष्ट ठहरिएका प्रहरी कर्मचारीहरु मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधीद्वारा नगद पुरस्कार प्रदान गर्ने गरी भएको सम्झौता अनुरुप   साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्राध्यापक डा। बिक्रम प्रसाद श्रेष्ठले १ लाखको  चेक तथा प्रशंसा(पत्र समेत प्रदान गर्नु भएको हो ।

प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न यस साधनादेबी प्रहरी पराक्रम पुरस्कारले महत्वपूर्ण भुमिका निर्बाह गर्ने बताउदै आफ्नी स्वर्गिय माता साधना देबी श्रेष्ठको नाममा बार्षिक रुपमा यसरी प्रदान गर्ने यो पुरस्कार कोषका संस्थापक प्राध्यापक डा। बिक्रम प्रसाद श्रेष्ठलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले हार्दिक धन्यबाद दिनु भएको छ । सोही अवसरमा पुरस्कृत हुने प्रहरी अधिकृतलाई बधाई समेत दिनु भएको छ । साथै प्रहरी दिवसको अवसरमा साधनादेवी प्रहरी पराक्रम पुरस्कारका संस्थापक श्रेष्ठलाई प्रमुख अतिथि माननीय केदार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो  ।

स्वर्गिय माताको सम्झनामा प्रहरीको मनोबल बढाउने उदेश्यले यसरी पुरस्कृत गर्न पाएकोमा कोषका संस्थापक डा।बिक्रम श्रेष्ठले आफु लगायत आफ्नो परिवार खुशी भएको बताउनु भएको छ ।

पुरस्कृत हुने प्रहरी सहायक निरीक्षकले आफूबाट सम्पादित कार्यहरुको मुल्यांकन गर्दै उत्कृष्ट प्रहरीको रुपमा आफुलाई छनौट गरिएबाट संगठनले आफूलाई ठुलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताएका छन् ।

बिराटनगर |  मोरङ बिराटनगर महानगरपालिका वडा नं।३ बरगाँछी स्थित खुल्ला चौरमा जिल्ला धनुषा मिथिला नगरपालिका वडा नं।११ तुल्ही बस्ने बर्ष २० को बिनोद चौहान, ऐ।ऐ। बस्ने बर्ष ४० को टेक बहादुर तामाङ समेत ३ जना (एक नाबालक) ब्यक्तिहरूले मोरङ जिल्ला बस्ने बर्ष २५ की महिलाललाई जवरजस्ती करणी गरेको कसूरमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जवरजस्ती करणी अन्तर्गत सम्मानित मोरङ जिल्ला अदालतबाट पक्राउ स्वीकृति लिई अनुसन्धान कार्य भई रहेको छ |


विराटनगर । मोरङको कानेपोखरीमा गाउँपालिकाभित्र रहेका सुकुमबासीहरूको समस्या समाधान गरिनुपर्ने माग राख्दै अखिल नेपाल सुकुमबासी संघले पालिकाकामा ज्ञापन पत्र बुझाएको छ । माओवादी निकट सकुमबासी संघले ६ बुँद्धे माग राख्दै कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामलाई ज्ञापन पत्र बुझाएको हो । 

ज्ञापन पत्रमा धेरै सुकुम्वासीहरू विभिन्नकारणले अनुसूचीका फाराम भर्न छुटेको पाइएकोले पुनः आवेदन दर्ताको म्याद थप गरिनुपर्ने, संघीय सरकारले समय अवधि तोकी गठन गरिएको भूमि आयोगले फिल्डमा कार्यारम्भ गरे पनि सन्तोषजनक कार्य प्रगति नभएको हुँदा कारणहरूको पहिचान गरी आवश्यक कर्मचारी तथा उपकरणहरूको व्यवस्थापन गरी सबै वडाहरूमा एक साथ नापी कार्य गराउने व्यवस्था मिलाउनुपर्ने माग राखिएको छ । 

यसैगरी भूमि आयोगले पूर्जा वितरण गर्दा लिइने सरकारी राजश्व अधिक भएकोले उक्त राजश्व सुकुमबासीहरूको पक्षमा नरहेको हुँदा कम भन्दा कम राजश्व लिई पूर्जा वितरण गरिनुपर्ने, खप्टिएका जग्गा भोग र नक्सा नमिलेका जग्गाको बारे पुनः नापी नक्सा गर्न र फिल्ड बुक भएका अधुरा काम अन्तरगतका जोत भोग प्रमाणित गरी पूर्जा पाउने व्यवस्था तत्काल मिलाउनुपर्ने, नदी किनारा, सडक पेटी, नहरको डिल जस्ता जोखिम युक्त स्थानमा बसोबास गर्ने भूमिहीन सुकुमबासीहरूका लागि  मौलिक हक सुनिश्चित गरिएको हुँदा वैकल्पिक उचित बसोबासको व्यवस्था गरी मौलिक हक अधिकारको सुनिश्चित गरिनुपर्ने माग राखिएको छ । 

यस्तैगरी कानेपोखरी गाउँपालिकाले सुकुमबासी समस्या सम्बन्धी कार्यप्रगति विवरणको आर्थिक खर्च विवरण हेर्न पाउने व्यवस्था गरी नागरिकसूचनाको हकलाई सुनिश्चितगरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ । 

सुकुमबासीको समस्याको निवारण गर्न र सुकुम्वासीहरूको हकहितलाई स्थापित गर्न भन्दै अखिल नेपाल सुकुम्वासी सङ्घ कानेपोखरी गत असोज १७ गते गठन भएको छ । ज्ञापन पत्रमा संघका कानेपोखरी अध्यक्ष अजय बुलुङ राई र सचिव भुपेन्द्र कुमार लिम्बूले हस्ताक्षर गरेका छन् । ज्ञापनपत्र बुझाउन दर्जनौं सुकुमबासीहरु गाउँपालिकाको कार्यालय पुगेका थिए । 


विराटनगर असोज ३०  गते | नेपाल चाटर्स एकाउन्टेन्सी संस्था ९आईक्यान०ले हालै प्रकाशित चार्टर्स एकाउन्टेन्सी ९सीए०को नतिजामा विराटनगरकी शालु अग्रवाल बोर्ड फस्ट  ९सर्वोत्कृष्ट० भएकी छन् । विराटनगर स्थित मेरिल्याण्ड करिअर एकेडेमीमा विद्यार्थी गरेकी शालुले अन्तिम वर्ष (क्याप ३० को परीक्षाको नतिजाआएसँगै उनी सर्वोत्कृष्ट ९बोर्ड फस्ट) भएको जानकारी भएको हो ।

 हालै आईक्यानले प्रकाशित गरेको नतिजामा ३७ जनाले सीए उत्तीर्ण गरेकोमा उनीहरु मध्ये शालुको प्राताङ्क सबैभन्दा बढी छ । आईक्यानको माघमा हुने वार्षिकोत्सवमा सीएमा सर्वोत्कृष्ट हुनेलाई स्वर्ण पदकसहित सम्मान गर्ने छ । आईक्यानले सीएको तीन वटा क्यापमा पहिलोको नतिजासँगै उत्कृष्ट १० को नाम सार्वजनिक रुपमा प्रकाशन गर्दै आएको छ । दोस्रो र तेस्रोको नतिजामा उत्कृष्ट १० को नाम प्रकाशन नगर्ने गरेको आईक्यानका फूर्व सदस्य डा मोहन सुवेदीले जानकारी दिए । 

यसैक्रममा आइतबार मेरिल्याण्ड करिअर एकेडमीले शालुलाई सम्मान गरेको छ । कार्यत्रममा एकेडेमीका अध्यक्ष डा मोहन सुवेदी, सञ्चालकहरु प्राडा प्रमोदकुमार झा, प्राडा जीवनकुमार ढकाल, सीए अश्विनी बंशल, डा मनोज गुप्ता, प्रदिप भगत, कुलमणि तिम्सिना लगायतले सर्वोत्कृष्ट  भएकी शालुलाई सम्मान गरेका थिए । 

कार्यक्रममा प्राडा झाले शालु अग्रवाल नेपाल प्रथम भएकोमा बधाई दिंदै सीएलाई  विश्वका सबै  देशले उत्तिकै सम्मान गर्ने भएकोले विश्व नागरिक भएको बताए । डा सुवेदीले सीए अध्ययन गर्ने विद्यार्थीहरु धेरै भीडभाड हुने नभएको जनाउँदै उनले मेरिल्याण्ड करिअर एकेडेमीमा दुई सयको हाराहारीमा मात्र सीए अध्ययनरत विद्यार्थी भएको बताए । काठमाडौं उपत्यका बाहिर विराटनगरले नै पहिलो पटक  सीए अध्ययन सुरु गरेको र निरन्तर बोर्डको सूचीमा मात्र नभएर बोर्ड फस्ट नै ल्याउनुले कोशी प्रदेशकै गौरव बढेको महसुस भएको डा सुवेदीले बताए । एकेडेमीले एसीसीए अध्यापनका लागि स्वीकृति लिइ सकेकोले चाँडै सुरुवात गर्ने तयारी गरिरहेको उनले बताए ।

सो अवसरमा एफसीए अश्विनी बंशल, सीए सुरज तिम्सिना, सीए युवराज उप्रेती, सीए अस्मिता अधिकारी, एकेडेमीका सञ्चालक विनयविष्णु केसी, सर्वोत्कृष्ट विद्यार्थी शालु अग्रवाल,  सीएका विद्यार्थी राहुल अग्रवाल लगायतले मन्तव्य राखेका थिए । एकेडेमीका कार्यक्रम संयोजक सीए किञ्जल पोखरेलको संयोजकत्वमा कार्यक्रमसम्पन्न भएको थियो । 

एकेडेमीका विद्यार्थीद्वय युवराज उप्रेती र बैशाली ठाकुरलाई पनि सीए उत्तीर्ण गरेको भन्दै  गत वर्ष  पनि यसैगरी सम्मान गरिएको थियो । 

सो अवसरमा दशैं, तिहार र छठ पर्वको शुभकामनासमेत आदानप्रदान गरिएको थियो ।

शालु अग्रवालको तस्वीर  

 


श्याम राई, उदयपुर -गाईघाट, २८ असोज प्रहरीले संचालन गरेको एक हप्ते गाजा खेती फडानी अभियानबाट उदयपुरको २ ठाउँबाट १ लाख १३ हजार बोट गाजा नष्ट गरिएको छ ।

जिल्लाको बेलका नगरपालिका र ताप्लि गाउँपालिकाको विभिन्न वडाहरुमा १ सय ५ रोपनी जग्गामा लगाईएको गाजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

 बेलका–७ मैनामैनीको विभिन्न ठाउँमा ६ कठ्ठामा लगाएको गाजाको बोट समेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी रमेश थापाले बताए । उनले अब दोश्रो चरणको गाजा फडानी अभियान पुनः केही दिनपछि सुरु गरिने उनले बताए ।

 

 

 


 

 


मोहन कुमार राई, असोज २८ गते |  संखुवासभा, पाँचखपन नरपालिका वडा नं. ४ स्तिथ टिमुरे भञ्ज्याङ्गमा टयाक्टर दुघटना हुँदा एकको मृत्यु भएको छ ।

ट्याक्टरका सहचालक पाँचखपन नगरपालिका वडा नं. १ स्थायी ठेगाना भएका  १८ वर्षका सविन कुमार तामाङको मृत्यु भएको हो । को २ त ४३३० नम्बरको ट्याक्टर टिमुरे भञ्ज्याङ्गको कच्ची सडकमा दुर्घटना हुँदा गम्भिर घाइते भएका तामाङलाई प्रहरी टोलीले उद्धार गरी उपचारको लागि स्थानीय स्वास्थ्य चौकीमा पठाइएको थियो । 

उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । टयाक्टर चालक पाँचखपन नगरपालिका वडा नं. ३ का वर्ष ३४ को विक्रम भनिने बीरबहादुर गिरीलाई प्रहरी द्वारा नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका मिडिया समन्वय अधिकृत प्रहरी निरीक्षक राम कुमार लामिछानेले जानकारी दिनुभयो ।


धरान -- तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ रु मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान १५ की निवा लिम्बू ९१९० ले मिस धरान आइकन २०२३ को उपाधि जितेकी छन् । मिस पर्सनालिटीको सबटाइटलसमेत जितेकी निवाले धरानको अर्थतन्त्रको विकास र पर्यटनमा टेवा पुर्याउन धरानमा स्थानीय सम्पदाको प्रवर्द्धन र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने विचार राखिन । 

उत्कृष्ट ११ प्रतिस्पर्धीलाई पछि पार्दै निवाले उपाधिसँगै नगद ५० हजार रुपैयाँ र एक साताको हङकङ भ्रमणको अवसर प्राप्त गरेकी छन् । मुख्य निर्णायक मेन्टर सेफ तथा  युएन कलेजका एचएम कोर्डिनेटर गगनमान श्रेष्ठले सोधेको प्रश्नमा निवाले स्वच्छ खानेपानी वितरण, फोहोर व्यवस्थापनमा ध्यान दिने र नगरवासीलाई स्तरीय शिक्षा र स्वास्थ्य सुविधाको प्रत्याभूति दिने बताइन् । ुम यदि धरानको मेयर भएँ भने युवाहरुलाई विदेश नजान अपिल गर्दै धरानमै रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्नेछु, अर्थतन्त्रको विकासका र पर्यटनमा टेवा पुर्याउन धरानमा स्थानीय सम्पदाको प्रवर्द्धन र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्नेछु, मेरो ज्ञान डिजिटल मार्केटिङमा लगाउनेछु,ु निवाले भनिन्, ुनेतृत्व विकास र योजना व्यवस्थापनमा सरोकारवालाहरुसँग परामर्श गरी धरानको विकासमा लगाउनेछु । युवाहरुलाई निशुल्क अनलाइन शिक्षा प्रदान गर्नेछु ।ु उनले युवा उद्यमीलाई स्थानीयस्तरमै अवसर सिर्जनाका लागि नीति तथा कार्यक्रम निर्माण गर्ने बताइन् । इटहरी इन्टरनेश्नल कलेजमा बिबिए सेकेण्ड इयर अध्ययनरत निवाको सटिक उत्तरमा निर्णायक मण्डलले उनलाई विजेता घोषणा गरे ।उनलाई आयोजक संस्थाका प्रमुख हरिहाङ तिगेलाले बिजेताको ताज  लगाइदिए।  

मिस धरान आइकन २०२३ को फस्ट रनरअप मिस इन्टेलेक्चुअलको सब टाइटल पाएकी अनु राई घोषित भइन् । उनले नगद ३० हजार रुपैयाँसँगै ३ महिनाको निशुल्क आइएलटिएस कोर्सको अवसर प्राप्त गरिन् । उनलाई मिस धरान आइकन २०२२ कि फर्स्ट रनर अप प्रेजिना राईले ताज लगाईदिए।  त्यस्तै   मिस ब्युटिफुल कम्प्लेसनको सब टाइटल विजेता जेसिका जोशी सेकेण्ड रनरअप बनिन् । उनले नगद २० हजार रुपैयाँसँगै ३ महिनाको निशुल्क आइएलटिएस कोर्स गर्ने अवसर प्राप्त गरिन् । उनलाई मिस धरान आइकन २०२२ कि सेकेन्ड रनर अप श्वेता बिस्वकर्माले ताज लगाईदिएका थिए।  

सब(टाइटल अन्तर्गत मिस फोटो जेनिक समीक्षा चौधरी, मिस बेस्ट वक रिया सेन्चुरी, मिस मल्टिमिडियासँगै मिस फ्रेण्डसिप दिवाना राई, मिस पब्लिक चोइस साइमना राई, मिस डिस्सिप्लिन विशाखा विष्ट, मिस एक्टिभ जुनु तामाङ, मिस कल्चरल ड्रेस सृष्टिका राई, मिस बेस्ट स्माइल एलिना तामाङ घोषित भए । ब्ल्याक पिग इन्टरटेन्मेटको आयोजनामा भएको मिस धरान आइकनको दोस्रो संस्करणको निर्णायक मण्डलमा मेन्टर सेफ गगनमान श्रेष्ठसँगै अभिनेता सानुबाबा सुब्बा, डिएसपी डा श्रीबिन्दु शर्मा, डिपो स्कुलका फ्याकल्टी चिफ डा एनएल राजवंशी, शिक्षासेवी तथा उत्प्रेरक सुरेश राई, कवि सुदिप पाख्रिन र मिस पुर्वान्चल २०१९ कि सेकेन्ड रनरअप तथा  लेक्चरर सिमरन लिम्बू रहेका थिए । ुब्युटी विथ ब्रेनु को नारासहित युवा सशक्तीकरणका लागि प्रतियोगिता आयोजना गरिरहेको आयोजक संस्थाका प्रमुख हरिहाङ तिगेलाले जानकारी दिए । प्रतियोगीलाई एक महिनासम्म व्यक्तित्व विकास, फेसन, र्यामवर्क, सौन्दर्यसम्बन्धी ज्ञान, पर्यटन, इतिहास, क्याटवकलगायतका प्रशिक्षण दिइएको मिस धरान आइकनका प्रबन्ध निर्देशक राजकुमार पराजुलीले जानकारी दिए । डिजाइन अफ फेशन एण्ड टेक्नोलोजीको पहिरन रहेको प्रतियोगिताको  कोरियोग्राफी प्रोजिता लामाले गरेकी थिइन भने कार्यक्रम सन्चालन विद्या लिम्बूले गरेकी थिइन् । प्रतियोगिता सिल्भर इन्टरटेन्मेन्टको विशेष सहयोगमा सम्पन्न  भएको थियो  |


 विराटनगर । हिमालय मातृभूमी फाउण्डेसनको अवधारणा पत्र सार्वजनिक गरिएको छ । गैर नाफामूलक सामाजिक संस्थाको रूपमा स्थापित फाउण्डेसनले विराटनगरमा एक औपचारिक कार्यक्रमका बिच अवधारणा पत्र सार्वजनिक गरेको हो ।

फाउण्डेसनको ‘सुशासन, विकास र समृद्धीको लागि राष्ट्रिय अभियान–२०८०’ को अवधारणा–पत्र सार्वजनिक गरियो । कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष टिकाराम पुरीले अति राजनीतिकरणले देश अधोगति तर्फ लागेको भन्दै अब राजनीतिमा देखिएको भ्रष्टिकरणलाई परास्त गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

राजनीति कहाँसम्म गर्ने भन्ने सीमा निर्धारण नहुँदा सबै पक्ष अस्तव्यस्त रहेको भन्दै उनले भने,‘राजनीति के–के मा गर्ने? न्यायालयमा, सुरक्षा निकायमा, शैक्षिक क्षेत्रमा पनि राजनीति गर्न हुन्छ? ‘त्यहाँ पनि राजनीतिक भागबण्डा हुँदा देश विग्रने उनले बताए । सबै तिर असफल भएका वा केहि गर्न नसक्नेहरुले राजनीति गर्ने मान्यता त स्थापित हुँदैछैन भन्दै उनले राजनीतिमा सक्रिय नेता त झन आय आर्जन र उत्पादनसँग जोडिनै पर्ने बताए ।

देशमा कमाइ खाने वर्गलाई माफिया करार गरिन्छ,’ उनले भने,‘सामान्य मान्छेको नजरमा लुटेराको परिचय बनाइदिने काम यीनै राजनीतिकर्मीहरूले बनाएको हो ।’ अध्यक्ष पुरीले आफै कमाएर खाने वर्गले मुलुकको नेतृत्व नगर्दासम्म मुलुक समृद्ध हुन नसक्ने समेत बताए ।

अहिलेका प्रमुख राजनीतिक दलहरुले देशमा ठूला–ठूला राजनैतिक परिवर्तन ल्याउन अहम भूमिका खेलेको भूल्न नहुने बताएका अध्यक्ष पुरीले तर त्यसकै बलमा राजनीतिमा घुसेको भ्रष्टीकरणको चर्को विरोध गर्नुपर्ने बताए । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन यीनै दलहरुको भूमिका रहेपनि पछिल्लो समय खुलेका भ्रष्टचार, अनियमितता फायलहरु दलकै मिलिभगतमा सामसुम हुने गरेको अध्यक्ष पुरीले कटाक्ष गरे ।

नेपालको राजनीति सधै अस्थिर रहने गरेको भन्दै उनले अहिलेको निर्वाचन प्रणाली नै बदल्न आवश्यक रहेको बताए । आर्थिक अवस्थामा देश अधोगती तिर लागेको चर्चा गर्दै अध्यक्ष पुरीले नेपालका युवा पुस्ता जसरी अहिले विश्वका विभिन्न मुलुकहरुमा पलायन भइरहेका छन त्यसले समृद्ध मुलुकको कल्पना गर्न नसकिने बताए ।

अध्यक्ष पुरीले भने,‘ विभिन्न बाध्यताले जसरी युवाहरु दैनिक विदेश पलायन भइरहेका छन, यसले युवा विहिन राष्ट्र नेपाल हुने बाटोतर्फ अग्रसर भइरहेको छ ।’ युवा नभएको देशमा जेष्ठ नागरिक र बालबालिका मात्रै भएर देशको विकास सम्भव नभएको उनले बताए । यस्तै उनले संघीयता आवश्यक रहेपनि संरचनामा केहि सुधार गर्नुपर्ने आवश्यकता रहेको आल्याए ।

घाटा बजेटमा मुलुक धेरै दिन टिक्न नसक्ने भन्दै अध्यक्ष पुरीले देशमा उत्पादनको वातावरण बनाउन राज्यलाई दवाव दिन आवश्यक रहेको बताए । उनले फाउण्डेसनले चालेको यो अभियानलाई देशभर पुर्‍याउने र राज्यलाई सुसाशनका लागि दवाव सृजना गर्ने समेत बताए ।

फाउण्डेसनका महासचिव कुमार घिमिरेले सञ्चालन गरेको अवधारणा पत्र सार्वजनिकरण कार्यक्रममा राजनीतिशास्त्री कृष्ण पोखरेल , राजनीति विश्लेषक दिनेश श्रेष्ठ, प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुङ्गाना, पूर्व राजदूत महेश दाहाल र गैरसरकारी संस्थाको तर्फबाट विष्णु शर्मालगायतले मन्तव्य व्यक्त गर्दै राजनीतिक दल र राज्यका कमजोरी औल्याउँदै समृद्ध मुलुक बनाउन सचेत वर्गले बोल्ने बेला आएको बताए ।


विराटनगर÷ विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा लगाएको प्रतिबन्धलाई कार्यान्वयनमा ल्याउन अनुगमनलाई तीव्रता दिएको छ ।

विराटनगर मानगरपालिकाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतको संयुक्त अनुगमन टोलीले विराटनगर बजार क्षेत्रमा सञ्चालित पसलहरुको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ बरामद गरिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । यसअघि महानगरको टोलीले बरामद गरेको करिब ६० किलो सुर्तीजन्य पदार्थ नष्ट गरेको गरिएको थियो । महानगरले गत साउन १ गतेदेखि विराटनगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाएको थियो ।

 


विराटनगर ÷ विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले प्रदेश राजधानी विराटनगरलाई सुरक्षित राख्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

६८ औं प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले प्रदेश राजधानी विराटनगरमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । राजधानी सुरक्षित भयो भने प्रदेशका अन्य स्थान पनि सुरक्षित हुने उहाँको भनाइ थियो । सीमित स्रोत साधनका बाबजुत पनि शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको कार्यबाहक मेयर कार्कीले बताउनुभयो । उहाँले विराटनगरको सुरक्षाका लागि महानगरका तर्फबाट प्रहरीलाई सधैं सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला, प्रदेश तालिम केन्द्रका प्रहरी प्रमुख एसएसपी राजन अधिकारी, एसएसपी जय सापकोटालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्कीले रक्तदान कार्यक्रमको समेत शुभारम्भ गर्नुभएको थियो । प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।


बिराटनगर |
 जिल्ला मोरङ विराटनगर मनपा वडा नं.१२ रानी बस्ने रवि कुमार साह सुडी मोरङको रानीबाट बिराटनगर तर्फ मोटरसाईकलमा आउने क्रममा ऐ.ऐ. ११ रोडसेस स्थितमा पुग्दा मोटरसाईकलमा पिछा गर्दै आएका तत्काल अपरिचित २ जना

मानिसले निज रवि कुमार साहले चलाई ल्याएको मोटरसाइकल रोकी हामी प्रहरी हौं भनि १ जना निजको मोटरसाईकलमा बसी 
विराटनगर २ स्थित हनुमान मन्दिर परिषरमा लगि धाकधम्की दिई निजले साथमा ल्याएको नगद समेत राखेको ब्याग लुटी फरार भएको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले निजहरुको खोजतलाश गर्दा मिति २०८०/०६/२४ गते जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.१ पानी टंकी बस्ने बर्ष ३८ को दिपक तामाङ र मिति २०८०।०६।२५ गते जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-४ खार्जीबस्ने बर्ष ३६ को सुनिल थापालाई विराटनगर महानगरपालिका वडा नं.-१ धनावतपुल नजिक बाटोबाट घटनामा प्रयोग भएको मोटरसाइकल सहित पक्राउ गरी निजहरूको घरकोठा तलासी गर्दा नगद सहित निम्न दशीका सामान वरामद भएको छ | 

बरामद दशीको विवरणः-

1. बिराटनगर १ स्थितबाट बा ६७ प २५०४ नं. को Royal Enfieldमोटरसाइकल थान १
2. दिपक तामाङको घरको दराज भित्र लुकाएर राखेको रु.५,६५,०००/-(पाँचलाख पैसठ्ठी हजार) नगद
3. कालो रंगको झोला थान १ सो झोला भित्र रविकुमार साहको नागरीकता थान १,रविकुमार साहको नामको बैंकको चेकबुक, एटिएम थान ३, मोवाइल थान १, मोटरसाइकलको ब्लुबुक थान १ ।
4. सुनिल थापाको घरबाट रू ३,००,०००।- (तीनलाख) बरामद भएको ।

 


विराटनगर २५ असोज । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै विराटनगर महानगरपालिका (स्थानीय तह) का कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले महानगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन ।  

महानगरपालिकामा भेलाभएर कर्मचारीहरुले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी आन्दोलन शुरु गरिएको संघर्ष समितिका संयोजक सौरभ रेग्मीले बताउनुभयो । स्थानीय तह कर्मचारीका सवाल वृद्धि विकास, अन्तरप्रदेश सरुवा, बढुवा लगायतका २० बुँदे माग राखेर आन्दोलन हुँदै आएको छ । 

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका उनीहरूले संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन् । स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग अघि सारिएको संयोजक रेग्मीले बताउनुभयो ।

विराटनगर महानगरपालिका अन्र्तगत स्थानीय तहका कर्मचारीहरुले रेग्मीको संयोजकत्वमा १३ सदस्यीय स्थानीय तह कर्मचारी विराटनगर महानगरपालिका संघर्ष समिति गठन गरेको सचिव किरण सुवेदीले बताउनुभयो । तदर्थ समितिको बैठकले काठमाण्डौं केन्द्रीत आन्दोलनलाई सहयोगका लागि आर्थिक संकलन गर्ने निर्णय समेत गरेको छ ।

 

 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.