Websoft University

सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारसम्बन्धी अन्तरक्रिया


विराटनगर÷ विराटनगर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

अन्तरक्रियामा सहभागीहरुले अभिभावक, विद्यार्थी र शिक्षक आ–आफ्नो ठाउँबाट जिम्मेवार भएमा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार गर्न सकिने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न महानगर लागिपरेको बताउनुभयो । 

उहाँले महानगरले कूल बजेटको करिब २१ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने गरेको सुनाउनुभयो । मेयर कोइरालाले विद्यालयस्तरदेखि नै सीपमूलक र प्रविधिमैत्री शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले महानगरभित्रका सबै सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि योजनाबद्ध रुपमा काम भइरहेको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले विद्यालयको गुणस्तर सुधार्न प्रधानाध्यापकको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले प्रअहरु जिम्मेवार भए शैक्षिक सुधार गर्न सकिने उल्लेख गर्नुभयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले वडाभित्र जनपथ मावि र अरुणोदय आधारभूत विद्यालय सञ्चालनमा रहेको बताउनुभयो । उहाँले दुवै विद्यालयका प्रअ, अभिभावक, सञ्चालक समितिका अध्यक्ष, पदाधिकारी, शैक्षिक अभियन्ता, वडाका प्रबुद्ध व्यक्तिहरुलाई राखेर अन्तरक्रिया गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षा विज्ञ राजेन्द्र बुढाथोकीले अवधारणापत्र प्रस्तुत गर्नुभयो । टोल संगठनका तर्फबाट धु्रव कोइराला, पूर्वप्रधानाध्यापक ज्ञानेन्द्र खड्कासहित अभिभावक, विद्यार्थीलगायतले शैक्षिक सुधारका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.