Websoft University
September 2022


दमक,असोज १४ गते | रातो तारा डट कम, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्वद्ध जनसंगठन निर्वाचन परिचालन समितिले आज वडादशैं शुभकामना कार्यक्रम दमकमा सम्पन्न गरेको छ । 

एमालेको जनसंगठन परिचालन समितिले दमक क्षेत्रका नेता ,कार्यकर्ता र सर्वसाधारण सहभागी भएर वडादशैं, तिहार, छैठ पर्वको शुभकामना आदान प्रदान गरिएको हो । जनसंगठन निर्वाचन परिचालन समिति दमकका संयोजक तथा एमाले झापा जिल्ला कमिटी सदस्य गणेश बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय देखि वडा र टोल सम्मका नेता, कार्यकर्ता र सर्वसाधारण सहभागी भएर आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा एमालेलाई जिताउन समुह र ब्यक्तिगत रुपमा पनि संकल्प गर्दै शुभकामना आदान प्रदान गरेको एमाले दमक नगर अध्यक्ष गेह्रनाथ पोखरेलले जानकारी दिनु भयो । 

केर्खा विक्रस प्रालि झापाली इटाको सहयोगमा भएको कार्यक्रम एमाले जिल्ला कमिटी झापाको अध्यक्ष दिपक कार्कीले मंसिर ४ गते निर्वाचनमा एमालेलाई बहुमतले जिताउन अभियान लिएर गाउँ टोल सम्मका जनताको घरमा पुग्न निर्देशन दिनु भयो । पार्टीमा देखिएरका अन्तर दन्द्धलाई मंसिर ४ पछि छलफल बहस गरौला अहिले भने निर्वाचनमा आम मतदानलाई आर्कषण गर्न उहाँले जोड दिनु भयो । 

कार्यक्रममा दमक नगर पालिकाका पूर्व नगर प्रमुख रोमनाथ ओलीले लगायतले सतकर्मका साथ नेपालीहरुको महान चाड दशैको शुभकामना मन्तब्य राख्नु भएको पार्टीको नगर उपसचिव सन्तोष दुलालले जानकारी दिनु भयो ।


बिराटनगर असोज १४ गते | रातो तारा डट कम, बुढिगंगा गाउँपालिका वडा नं, ४ नेमुवा स्थित जिल्ला सुनसरीबाट विराटनगरतर्फ प्रदेश नं। १०२००२ च ४४२४ नम्बरको पिकअप भेनमा विना विलको विभिन्न खाद्यान्न ९हरियो मटर, भुजिया, दालमोट, फ्राई मटर० लगायतका सामानहरू ल्याई रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उक्त सवारी साधन सहित अन्दाजी ५ लाख २८ हजारको सामान र सवारी साधन समेत बरामद गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको छ ।

 


विराटनगर असोज १४ गते | रातो तारा डट कम, महानगरले सञ्चालनमा ल्याएको हर्टलाइन सेवा (टोल फ्रि नम्बर) मा आएका गुनासोलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका मेयर नागेश कोइराला ६ बजे नै माछा–मासु पसलको अनुगमनमा निस्किएका छन् । अनुगमनका क्रममा विभिन्न मासु पसलले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको थियो । मेयर कोइरालाको नेतृत्वमा गरिएको आकस्मिक अनुगनका क्रममा खसीको मासुकै मूल्यमा बाख्राको मासु बिक्री गरेर व्यापारीहरूले उपभोक्ता ठगि गर्ने गरेको पाइएको हो ।

पैसा कमाउनका लागि व्यापारीले कतिसम्म उपभोक्तालाई ठग्छन् भन्ने उदाहरण खोज्न टाढा जानु पर्दैन । विराटनगरका विभिन्न स्थानमा सञ्चालित मासु पसलले खसीको भन्दै बाख्रा मासु बिक्री गर्ने गरेको पाइएको छ । दसैंमा बढी माछा–मासु बढी खपत हुने भएकाले सोही मौका छोपेर व्यापारीले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको गुनासो आएको थियो । कतिपय उपभोक्ताले घरमा लगेर पकाउँदा नपाक्ने,एकछिन राखेपछि गन्हाउने गरेको हर्टलाइनमार्फतटिपाएकाथिए ।


विराटगर–२ तीनपैनी स्थित नेवी फ्रेस हाउस, हाटखोलास्थित जेकी मिटमा बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको छ । अनुगमन टोलीले बाख्राको मासु जपथ गेर तत्कालै नष्ट गरेको थियो । त्यसैगरी विराटनगर–८ देवकोटा चोकस्थित विराट एकीकृत कृषि फार्म ५ महिनादेखि डी फ्रीजमा राखेको माछासमेत फेला परेको छ । उक्त माछा पूरै गन्याएको थियो । पसलका कर्मचारीले समेत ५ महिनादेखि मरेको माछा फ्रिजमा राखेको स्वीकारेका थिए ।

महानगरले बिहान ६ बजे नै गुद्रीमा पुगेको थियो । अनुगमन टोली आएको थाहा पाएपछि अधिकांश पसल बन्द गरेर भागेका थिए । मेयर नेतृत्वको टोलीले गुद्रीसहित सरोचिया, बरगाछी, तीनपैनीचोक, देवकोटा चोक, हाटखोलालगायतका स्थानमा सञ्चालित करिब डेढ दर्जन माछा–माछा मासु पसलको अनुगमन गरेको थियो । खान मिट, गाउँले मिट सेन्टर, जाकिर मिट पसल, रोयल मल्लिक मिट सेन्टरलगायतका पसलमा फ्रिज भित्र गनाएको मासु फेला परेको थियो । टोलीले बाख्राको मासु, गन्हाएको मासु र माछालाई फिनेल लगाएर तत्कालै नष्ट गरेको थियो । टोल फ्रि (हर्ट लाइन) मा आएका गुनासो सम्बोधन गर्ने क्रममा महानगरले माछा–मासुको पसल अनुगमन गरेको महानगरका मेयर कोइरालाले बताए । उनले धेरै पसलले उपभोक्तालाई ठगिरहेको भेटिएको जानकारी दिए । “हर्टलाइनमा धेरै नै गुनासो आएपछि म आफैं अनुगमन निस्किएको हुँ, उपभोक्ताले गुनासो गरेजस्तै नै रहेछ अवस्था,” उनले भने, “एकपटकलाई हामीले सचेत गराएर छाडेका छौं, केहीलाई कारबाही प्रक्रिया अगाडि बढाएका छौं । फेरि पनि त्यस्तै भेटिए पसल नै शिल गर्छौं ।”

केही पसलले मासुमा स्वास्थ्यका लागि हानिकारक रंगसमेत प्रयोग गर्ने गरेको भेटिएको थियो । त्यस्ता मासुको अनुगमन टोलीले तत्कालै छाला निकाल्न निर्देशन दिएको थियो । मेयर कोइरालाले अब फेरि रंग दलेको भेटिए पसल नै शिल गर्ने चेतावनी दिए । व्यापारीहरू एकपटकलाई माफी दिन आग्रह गर्दै आगामी दिनमा गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएका थिए । टोलीले दर्ता, नविकरणलगायतका कागजपत्रसमेत चेकजाँच गरेको थियो । अनुगमन टोलीमा आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेल, महानगरका निरीक्षक अधिकृत हरिप्रसाद गुरागाईं, नगर प्रहरीका प्रमुख राजन पौडेल, खाद्य प्राविधिक धीरज राईलगायत सहभागी भएका थिए ।


 श्याम राई, उदयपुर गाईघाट, १४ असोज | रातो तारा डट कम,नगर क्षेत्रमा डेंगु रोगको संक्रमण फैलन थालेपछि त्रियुगा नगरपालिकाले जिल्ला अस्पताल उदयपुरलाई शुक्रबार टेष्टकिट उपलब्ध गराएको छ ।

डेंगु संक्रमण र पहिचानमा सहज र सुलभ होस भन्ने उदेश्यले अस्पताललाई डेंगु परिक्षण गर्ने २०० थान किट नगरपालिकाले उपलब्ध गराएको हो ।

अस्पतालले आयोजित एक कार्यक्रममा मेयर बस्नेतले सो किट हस्तान्तरण गरेका थिए । मेयर बस्नेतले १ सय थान टेष्टकिट देऊरी स्वास्थ्य चौकीलाई समेत उपलब्ध गराएकाछन् । किट हस्तान्तरण कार्यक्रममा उनले नगर क्षेत्रमा डेंगु नियन्त्रणको लागि आफूले सक्दो सहयोग गर्ने र सोही अनुरुप चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रभावकारी सेवा दिन आग्रह गरे ।‘ तपाईहरु विरामीको उपचारमा सक्दो सहयोग पु्याउनुस, म नगरको तर्फबाट आवश्यक भौतिक र आर्थिक सहयोग उपलब्ध गराउछु ।’ उनले भने । ‘डेंगुको कारण उपचार अभावमा कसैले ज्यान गुमाउनु नपरोस ’ उनले भने । जिल्ला अस्पताल उदयपुरको लागि नगरपालिकाले वार्षिक १० लाख रुपैया छुट्टाउने गरेको छ । अस्पतालमा १० जना स्टाफ नर्स अनमी खटाएर नगरपालिकाले तलब भत्ता समेत उपलब्ध गराउँदै आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका वरिष्ठ ल्याब टेक्निसियन लौकाजी राईले जिल्लामा शुक्रबा सम्म ५१ जना डेंगु संक्रमित भेटिएको बताए ।

 

 

 


 

 

 


मोरङ, असोज १४ गते । रातो तारा डट कम,
मोरङको उर्लाबारी नगरपालिका-१ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  कटहरी गाउँपालिका-२ मोरङका ३५ बर्षीय उद्धब परियार रहेका छन । हिजो अपरान्ह ३ बजे आसिस समि नारायण साह जे.बी. कन्ट्रक्सन द्धारा निर्माणाधिन उर्लाबारी सामुदायिक खानेपानीको पानी ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा परियारको घटना स्थलमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।


विराटनगर असोज १४ गते | रातो तारा डट कम, विराटनगर महानगरपालिकाले सुरु गरेको महानगर सफाई विशेष अभियान चौथो हप्तामा प्रवेश गरेको छ ।

अभियानअन्तर्गत शुक्रबार विराटनगर वडा नम्बर १ को त्रिवेणी मार्ग र आसपासको क्षेत्रको सफाई गरिएको छ । झाडु बोकेर महानगरका मेयर नागेश कोइराला सफाई अभियानमा आफैं खटिएका थिए । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, विराटनगर वडा नम्बर १ को समन्वयमा भएको अभियानमा विराटनगर–१ का अध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ४ का जितन थापा, ५ का सन्तोष न्यौपानेसहित कर्मचारी, नगर प्रहरीलगायतको सहभागिता रहेको थियो ।


महानगरको सफाई विशेष अभियानमा स्थानीयले समेत साथ दिएका   थिए । घर–घरबाट निस्किएर स्थानीयले सडक, फुटपाथ र नालीको सरसफाई गरेका थिए । “हामी सबै मिलेर काम ग¥यौं भने पक्कै पनि महानगर सफा, सुन्दर, हरियाली बन्नेछ,” महानगरका मेयर नागेश कोइरालाले भने, “कम्तीमा आफ्नो घर, पसल र कार्यालय अगाडि सफा राख्ने बानी गरियो भने महानगर त्यतिकै सफा हुन्छ ।” मेयर कोइरालाले अहिले सरसफाईलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । बाहिरबाट आउने आगन्तुकले पहिलो पटक त सहरलाई नै हेर्ने उनको भनाइ छ । फोहोर भयो भने पहिलो पटक बाहिरबाट आउने मानिसमा नकारात्मक प्रभाव पर्ने कोइरालाले बताए । उनले सरसफाई अभियानमा सहभागी हुन उनले महानगरवासीलाई आह्वानसमेत गरे ।

सरसफाई विशेष अभियानमा जनसहभागिता बढ्दै गएको वडा नम्बर १ का अध्यक्ष काजी बस्नेतले बताए । वडा नम्बर १ ले समन्वय गरेको शुक्रबारको अभियानमा स्थानीयको उल्लेख्य सहभागिताले आफूहरु उत्साहित भएको उनको भनाइ थियो । महानगरले विराटनगरलाई उत्तरी, मध्ये र दक्षिणी क्षेत्रमा बाँडेर हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गर्दै आएको छ ।


विराटनगर । रातो तारा डट कम, झापा गौरादह–६ जुरोपानीका २६ वर्षीय राजु खत्रीको दुबै मिर्गौला फेल भएपछि परिवारले सहयोगको अपिल गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै उनको परिवारले सहयोगको अपिल गरेको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गत फागुनमा विराटनगर स्थित विराट नर्सिङ होममा ल्याएर चेकजाँच गर्दा उनको दुबै मिर्गौला फेल भएको थाहा भयो । राजुकी आमा सितादेवी खत्रीले भनिन्, ‘दुई वटै मिर्गौला एकै पटक फेल भएको रिपोर्ट आयो ।’ 

नर्सिङ होममा चेक गराएपछि राजुलाई केही समय बूढीगंगा स्थित विराट टिचिङ अस्पतालमा राखिएको उनले बताइन् । त्यहाँबाट फेरी काठमाण्डौं स्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई महिना राखिएको उनले बताइन् । 

अहिले फेरी विराट टिचिङ अस्पतालमा नै उपचार भइरहेको उनले बताइन् । अहिलेसम्म ४० पटक भन्दा बढी डाइलासिस गरिसकेको उनको भनाइ छ । मृर्गौला प्रत्यारोपण गर्न धेरै रकम लाग्छ, उनले भनिन्, ‘औषधी खर्च जुटाउन पनि समस्या भइसकेको छ ।’

इच्छुकले प्राइम कमर्सीयल बैंकमा रहेको खाता नं. १०५००१११PD अथवा ९८१६०४२२२९ र ९८२४०३००९८ मा समपर्क गरेर पनि सहयोग गर्न सक्ने उनले बताइन् । 


विराटनगर, असोज १३  गते | रातो तारा डट कम,रिलायन्सलाईफ  इन्सुरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी मृतक  कृत्यानन्द शर्मा सुतिहारको इच्छाएको व्यक्ती सीमादेवी शर्मा सुतिहारलाई प्रदान गरेको हो ।

मोरङ जहदा १ का वडाध्यक्ष बाबुराम राजवंशी, रिलायन्स लाइफ इन्सोरेन्सका प्रदेश प्रमुख क्षितिज घिमिरे र विराटनगर शाखा प्रमुख परमा काफ्ले संयुक्त रुपमा विमावापत ३ लाख र वोनसबापत ३३ हजार रुपैयाँसहित ३ लाख ३३ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । मृतक कृत्यानन्द शर्मा सुतिहारले ४ वर्षको ४ किस्ता रकमबापत ७२ हजार रुपैयाँ भुक्तानी गरेका थिए । 

उनले ३ लाख रुपैयाँको विमा गरेका कारण बिमकको मृत्यु पश्चात विमा दाबीबापत विमाङ्क रकम ३ लाख र बोनस ३३ हजार रुपैयाँ भुक्तानी गरिएको रिलायन्स लाइफ इन्सोरेन्स प्रदेश १ का प्रमुख क्षितिज घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार वित्तीय शुशासन राम्रो भएको विमा कम्पनी भएकाले रिलायन्सले समयमै दाबी रकम भुक्तानी गर्दै आएको   छ । मृत्यु दाबी भुक्तानी कार्यक्रममा चिफ एजेन्सी म्यानेजर नवराज निरौला,कृष्ण मास्के, एजेन्सि म्यानेजर बुद्धदेव यादव, सोनु केवट, वडाका जनप्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो । 


विराटनगर असोज १३ गते | रातो तारा डट कम,विराटनगरको सौन्दर्यकरणका लागि विराटनगर महानगरले केवल र नेटका तारलाई व्यवस्थित बनाउने भएको छ ।

महानगरले बिहीबार केवल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तारलाई तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको छ । महानगर मेयर नागेश कोइरालाले विराटनगरलाई सुन्दर, सफा र हराभरा बनाउने दायित्व सबैको भएकाले तारलाई व्यवस्थित बनाउन आग्रह गरे । “हामीले लत्रिएका तार काट्न पनि सक्थ्यौं, तर एकपटक तपाईंहरुलाई आग्रह गरौं भनेर हामीले बोलाएका हौं,” मेयर कोइरालाले भने, “यदि तपाईंहरुले जतिसक्दो तारको व्यवस्थापन गर्नु भएन भने हामी एक्सनमा उत्रिन्छौं ।”

जथाभावी लत्रिएका तारका कारण सहरको सुन्दरतामा ह्रास आएको मेयर कोइरालाको भनाइ थियो । तारलाई व्यवस्थित बनाउन महानगरका तर्फबाट पनि सहयोग गर्ने मेयर कोइरालाले प्रतिबद्धता जनाए । त्यसका लागि सहजीकरणको जिम्मेवारी इन्जिनियर अनिल सिंहले तोकिएको    छ । पहिलो चरणमा सहरका मुख्य क्षेत्रका तार व्यवस्थित गर्ने गरी काम गर्न मेयर कोइरालाले निर्देशन दिए । “विराटनगरलाई सुन्दर, सफा र व्यवस्थित गर्ने विषयमा कसैसित पनि कम्परमाइज हुँदैन,” कोइरालाले भने, “कम्तीमा कात्तिक मसान्तभित्र बजार एसियाका तार व्यवस्थित गरिसक्नुहोस् ।”

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कर संकलनका लागि महानगर निर्मम तरिकाले लाग्ने प्रस्ट्याए । महानगरको आन्तरिक आम्दानी नबढाएसम्म विकासले गति लिन नसक्ने उनको भनाइ थियो । “तपाईं केवल र नेट व्यवसायीहरुले पनि कर तिर्न बाँकी छ भने चाँडै तिर्नुहोला हामी चाडवाडपछि एकदमै कडा रुपमा उत्रिनेछौं,” कोइरालाले भने, “

वर्डलिङ, म्याक्स, क्लासिटेक, सुविसु, भाइनेट, कनेटलगायतका प्रतिनिधिलाई बोलाएर महानगरले छलफल गरेको हो । महानगरभित्र पोलमा रहेका ६० प्रतिशत तारहरु काम नलाग्ने रहेको बताए । म्याक्सका विराटनगर शाखा प्रमुख उमेश दाहालले भने, “पोलमा बिग्रिएका तार निकालिँदैन, त्यही छाडिन्छ, त्यस्ता तारहरु करिब ६० प्रतिशत छन् । ४० प्रतिशत मात्रै काम लाग्ने तार छन् ।

 


बिराटनगर असोज १३ गते | रातो तारा डट कम,  आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापित नीजि क्षेत्रको प्रतिनिधिमुलक संस्था उद्योग संगठन मोरङद्धारा आगामी २०७९ साल २९ मंसिर देखि ६ पुशसम्म बिराटनगर महानगरपालिका वडा नं १४ स्थित डिग्री क्याम्पसको प्राङ्गण पुरानो हवाई फिल्डमा आयोजना गर्न लागेकोे बिराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीका सम्वन्धमा आम सरोकारवालाहरुमा जानकारी गराउने उद्देश्यका साथ आयोजित पत्रकार सम्मेलनमा यहाँहरुसबैलाई हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्दछु ।

 यस पटक बिराट एक्स्पोको सातौं संस्करण आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीकारुपमा आयोजना गर्न लागिएको छ । यसअघि २०७९ माघ २६ देखि फागुन ०३ गतेसम्म आयोजना गर्ने तयभई सार्वजनिक समेत गरिएकोमा अन्य केहि संघ सस्थाहरुले समेत सोहि मितिको सेरोफेरोमा प्रदर्शनी आयोजना गर्ने सार्वजनिक भएको सन्दर्भमा समान प्रकृतिका गतिविधि एकै स्थानमा एकै समयमा गर्दा त्यसको उपादेयताको सान्दर्भिकता नहुने सुझाव प्रायः सबै सरोकारवालापक्षहरुबाट आएकाले संगठनले आफ्नो ऐतिहासिक पहिचान एवं गरिमा बोकेको कार्यक्रमलाई निरन्तरता दिनेगरि र अन्य संघ संस्थाहरुलाई समेत प्रर्दशनी आयोजना गर्न असर नपर्ने गरि तोकिएको मितिभन्दा करिब २ महिना अगाडी अर्थात २०७९ मंसिर २९ देखि पौष ०६ गतेसम्म बिराट एक्स्पो आयोजना गर्ने निश्चय गरिएको छ ।

 ३. स्थानिय अर्थतन्त्र चलायमान बनाउदै उद्योग व्यवसाय क्षेत्रको व्यवसायीक विकासमा योगदान पु¥याउन संगठनले २०५३ सालमा कोशी महोत्सवबाट प्रारम्भ गरेको प्रदर्शनीको ऐतिहासिकताको निरन्तरता स्वरुप संगठनले समयानुकुल परिमार्जन तथा परिस्कृत गर्दै २०६६ साल देखि दुई वर्षको अन्तरालमा बिराट एक्स्पोको ब्राण्डमा बृहत औद्योगिक प्रदर्शनी सञ्चालन गर्दै आएको छ । बिराट एक्स्पोको सातौं संस्करणसम्म आइपुग्दा यो एक्स्पो नेपालमा आयोजना हुने थोरै औद्योगिक प्रदर्शनीहरु मध्ये आफ्नै छुट्टै औद्योगिक प्रदर्शनीको पहिचान तथा ब्राण्ड स्थापना गर्न सफल भएको छ । यसका लागी सरोकारवाला सबै निकाय, उद्योगी, व्यवसायी, सर्वसाधारण एवं सञ्चार जगत प्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।

 ४. कृषि, कृषि उद्यम, उद्योग, पर्यटन लगायत समग्र प्रदेश नं १ को आर्थिक एवं औद्योगिक विकासमा योगदान गर्न उत्पादक, उपभोक्ता र मूल्य श्रृङ्खलाको परिधि भित्र पर्ने समग्र व्यवसायिक सेवा प्रदायकहरुलाई आफ्नो उत्पादन तथा सेवाको बिक्रि बितरण तथा प्रचार प्रसारका लागी साझा मञ्च उपलब्ध गराई बजार प्रवद्र्धन गर्नु विराट एक्स्पो २०७९ को प्रमुख उद्देश्य रहेको छ । साथै, यस प्रदर्शनीका माध्यमबाट उत्पादक र उपभोक्ता वीच अनुभव आदान प्रदान, व्यवसायीक सम्वन्ध विकास एवं नयाँ प्रविधि पहिचानमा सहयोग, कृषि उत्पादनको व्यवसायीकरण र पर्यटकिय क्षेत्रको एवं नया गन्तव्यको प्रचार प्रसार गरी आन्तरिक पर्यटन प्रवद्र्धन, नवप्रवद्र्धक स्टार्टअपहरुको व्यवसायीक विकासमा सहयोग पुयाउदै स्वदेशी उत्पादनको उत्पादकत्व एवं बजारको दायरा फराकिलो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

  ५. यस पटक प्रर्दशनीको विशेष आकर्षकका रुपमा कृषि र कृषि प्रविधिहरु, औद्योगिक मिलमेशिनरी तथा प्रत्यक्ष उत्पादन पद्दतीको प्रदर्शनी, आर्थिक एवं कृषि तथा औद्योगिक क्षेत्रका बिषयगत मुद्दाहरुमा नीतिगत छलफल, अनुभव आदान प्रदान, स्टार्टअप कर्नर, पर्यटकिय गन्तब्यको जानकारी तथा दैनिक प्याकेज टुर, स्थानिय खानाका परिकारको व्यवसायिकरणका लागी खाना उत्सव, बिजनेश टु बिजनेश सम्बन्ध स्थापित गर्न प्रदेश नं १ भरिका सबै जिल्लाहरुको दैनिक जिल्ला बिशेष कार्यक्रमहरु, सेन्ट्रल डिजिटल डिस्प्ले लगायतका कार्यक्रमहरुको आयोजना गरिदैछ । व्यवसायिक नेटवर्क स्थापनामा सहयोग पुग्ने गरि बिजनेश र साधारण प्रवेशको व्यवस्था समेत यस पटक मिलाइनेछ । प्रदर्शनीको आकर्षणका रुपमा रहेको साङ्गितिक कार्यक्रमलाई दैनिक सञ्चालन गरिने छ भने यस्ता कार्यक्रमहरुमा स्थानीय कला संस्कृति एवं कलाकारहरुलाई प्राथमिकतामा राखि प्रदेशका सबै जिल्लाहरुलाई कला संस्कृति तथा साङ्गीतिक कार्यक्रमहरुमा सहभागि हुने अवसर उपलब्ध गराईनुका साथै राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको समेत सहभागिता गराइनेछ ।  

 ६. प्रदर्शनीमा ३×३ मिटरका ४१५ वटा स्टलहरु रहनेछन । कृषि तथा कृषि उद्यम, घरेलु तथा साना उद्योग, उत्पादनमुलक औद्योगिक उत्पादन र उत्पादनको प्रकृया, व्यवसायिक विकास सेवाहरु, आपूर्ति श्रङ्खलाका कर्ताहरु, नविनत सोच एवं प्रविधिमा आधारित उद्योगहरु, अन्तर्राष्ट्रिय एवं सेवामुलक, अटोमोवाइल्स, खाद्य परिकार, सुचना एवं शिक्षामुलक लगायतका क्षेत्रबाट प्रदर्शनीमा सहभागिता रहनेछ । भारत, बंगलादेश, भूटान, पाकिस्तान, थाइलैण्ड, चिन लगायतका मुलुकबाट समेत कन्जुमर तथा करपोरेट स्टलहरु रहने गरि तयारी अघि बढाइएको छ । प्रदर्शनीमा मोरङ, सुनसरी, झापा, प्रदेश नं. १ का सर्वसाधारण, संघ, प्रदेश र स्थानीय सरकारका उच्चपदस्थ नीति निर्माताहरु, उद्योगी÷व्यवसायिहरु, विद्यार्थीहरु, कृषकहरुको साथै छिमेकी मुलुक भारतको बिहारको सिमावर्ती क्षेत्रबाट समेत गरी करिब ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिईएको छ भने प्रदर्शनी अवधीमा रु ५० करोड भन्दा बढिको प्रत्यक्ष एवं अप्रत्यक्ष कारोबार हुने अपेक्षा गरिएको छ । प्रदर्शनी आयोजनाका लागी करिब २ करोड ५० लाख रुपैया खर्चहुने र उक्त खर्चको व्यवस्थापन प्रायोजक, स्टल बिक्रि, टिकट बिक्रि तथा संघ, प्रदेश र स्थानिय सरकार र अन्य विकास साझेदारहरुसंगको सहकार्यबाट व्यवस्थापन गरिने योजना रहेको छ ।  

 ७. प्रदर्शनी आयोजनाका लागी नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेश नं १ सरकार, उद्योग श्रम तथा रोजगार मन्त्रालय, बिराटनगर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, स्विस कन्ट्याक्ट एवं नेपाल कृषि बजार विकास सहज परियोजनासंग प्रवद्र्धकका रुपमा सहकार्य गरिएको छ भने सहयोगि संस्थाका रुपमा मोरङ व्यापार संघ र बिराट ब्यापार संघ रहेका छन । त्यसैगरि, कार्यक्रमको मूख्य प्रायोजकमा खकुरी रम रहेको छ । साथै गोल्ड स्पोन्सरमा म्याजिक फुटवेयर, सिल्भर स्पोन्सरमा बागमति प्लाष्टिक अहिलेसम्म निश्चित भइसकेको र अरु कम्पनीहरु आउने क्रम जारी रहेको छ । त्यसैगरि, एक्स्पोलाई परिणाममुखी र अर्थतन्त्रका सबै क्षेत्रहरुले फाइदा लिने अवसर प्रदान गर्ने गरि डिग्री क्याम्पस बिराटनगर, नाडा प्रदेश नं १ र मोरङ एवं नेपाल युवा उद्यमी मञ्च, होटल एशोसिएसन नेपाल लगायतका संघ संस्थाहरुसंग सहकार्य एवं समन्वय गरिएको छ । कार्यक्रमलाई भब्य र नतिजामुखी बनाउन मूल आयोजक समिति एवं विभिन्न १५ वटा समितिहरु गठन गरि तयारीलाई तिब्रता दिइएको छ ।  

 ८. प्रदेश नं. १ को समग्र आर्थिक एवं औद्योगिक गतिविधिलाई चलायमान वनाई आर्थिक, सामाजिक, सास्ंकृतिक एवं मनोरञ्जन लगायतका क्षेत्रको प्रवर्धनगर्दै आर्थिक गतिविधि र विकासमा टेवा पु¥याउने लक्ष्यका साथ आयोजना गर्न लागिएको यस विराट एक्स्पो २०७९ (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी) ले प्रदेश कै गौरव र प्रतिष्ठा अभिवृद्धि गर्ने भएकाले यस एक्स्पोमा सरोकारवालाहरुको सहभागिताका लागी यहाँको लोकप्रिय सञ्चार माध्यमबाट सूचना सम्पे्रषण तथा प्रचार प्रसार गरि सदा झै एक्स्पोलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याई दिनुहुने अपेक्षा गर्दै सम्पूर्ण सञ्चारकर्मीज्यूहरुमा आयोजकका तर्फबाट हार्दिक अनुरोध गर्दछु ।

 अन्तमा बिजयादशमी २०७९ को उपलक्ष्यमा यहांहरुको सुख शान्ती, समृद्धि र उत्तरोत्तर प्रगतीको सुभकामना व्यक्त गर्दछु ।

 भोलेश्वर दुलाल

संयोजक

बिराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रर्दशनी व्यवस्थापन मूल समिति

उद्योग संगठन मोरङ

२०७९ असोज १३ गते, विहीवार


बिराटनगर, असोज १३ गते । रातो तारा डट कम,पाँचथर र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुम्मायक गाउँपालिका-२ पाँचथरका २४ बर्षीय भिम बहादुर माझी र रामधुनी नगरपालिका-३ सुनसरीका ६३ बर्षीय चन्द्रराज दाहाल रहेका छन । हिजो अपरान्ह साढे ३ बजे पाँचथरको फिदिम नगरपालिका-४ स्थित मध्य पहाडी लोकमार्गमा को.४ प ८९९९ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका माझीको फिदिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने सुनसरीको इटहरी उप-महानगरपालिका-१७ स्थित चतरा सडक खण्डमा को.२ च ८४४ नम्वरको पिकअप भेनले साईकल यात्री चन्द्रराज दाहाललाई ठक्कर दिँदा घाईते भएका दाहाललाई उपचारको लागि धरान घोपा तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । ठक्कर दिने पिकअप र चालक संजिव कुमार भगतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।


काठमाडौं | रातो तारा डट कम,  लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४३औँैँ शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिकाको वडा न. ३ को हटिया बजारमा संचालनमा ल्याएको छ । यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

 यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४३ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ७१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको 

छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।

 यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।


झापा, असोज १२ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट १ जना र बिर्तामोड नगरपालिका-५ स्थितबाट ३ जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको छ ।

हिजो अपरान्ह साढे ४ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका रामेछाप नगरपालिका-८ रामेछापका ३० बर्षीय बिजय लामालाई संकालागि चेकजाँच गर्दा  उनको साथबाट ७५ ग्राम ब्राउन सुगर बरामद गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाको प्रहरी टोलीले चेक जाँचको क्रममा बिर्तामोड-५ स्थितबाट माई नगरपालिका-२ इलामका २२ बर्षीय केबिन्द्र गोले, २७ बर्षीय गोम्वु दोर्जे गोले र फाल्गुनानन्द गाउँपालिका-५ पाँचथरका ३२ बर्षीय सन्त लिम्वु समेत तीनै जनालाई १३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


विराटनगर, ११ असोज | रातो तारा डट कम,प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्नेलगायतका निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने’ निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा प्रस्तुत ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । उक्त अध्यादेशअनुसार, विपद् व्यवस्थापन ऐन–२०७५, प्रदेश लोक सेवा आयोग ऐन–२०७६, प्रदेश नं. १ प्रदेश वातावरण संरक्षण ऐन–२०७६, सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन–२०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन–२०७६, प्रदेश औद्योगिक व्यवसाय ऐन–२०७७, प्रदेश नं. १ निजी तथा साझेदारी फर्म दर्ता ऐन–२०७७, प्रदेश नं. १ प्रदेश वन ऐन–२०७७, प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन–२०७७, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन–२०७९, बृहत विराट विकास क्षेत्र सम्बन्धी ऐन–२०७६ संशोधनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस हुनेछ ।

बैठकले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सिफारिसबमोजिम विषयगत सल्लाहकार नियुक्ति गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

 


झापा दमक,असोज ११ गते | रातो तारा डट कम,दन्त रोगीहरुको समस्यालाई मध्यनजर गरेर दमक थुलुङ डेन्टल क्लिनिकले आधुनिक प्रविधि सहितको दन्त सेवा दिन शुरु गरेको छ । 

दमक थुलुङ डेन्टल क्लिनिकले आज दमकमा पत्रकार सम्मेलनको आयोजना गरी आधुनिक प्रविधि सहितको दन्त सेवा दिन शुरु गएिको    हो । दमक ६ स्थित बैक लाइनमा रहेको थुलुङ 

क्लिनिकले दाँतको विधागत विशेषज्ञ सहितको सेवा दिन शुरु गरेको क्लिनिकको सञ्चालक तथा डाक्टर सोफिया थुलुङले जानकारी दिनु भयो । डा. थुलुङ ,डा.अस्मिता शाह, डा रत्न मिश्र, डा. रोजिना शाक्य ,डा.रवि आचार्य ,डा.अजित कुमार यादव लगायतका ७ जनाले विशेषज्ञहरुले सेवा दिइरहेको दमक थुलुङ डेन्टलले जनाएको छ । 

पत्रकारको जिज्ञासामा आफुले ३ वर्ष अघि लाइफ लाइन अस्पताल दमकमा सेवा गरेर साढे २ वर्ष युकेमा गएर दन्त चिकित्सकको रुपमा काम गरेर स्वेदश फिकिएपछि आफनै लगानीमा डेन्टल २ महिना अघि देखि सञ्चालनमा ल्याएको डा. सोफियाले बताउनु भयो ।

 हरेक महिना एक विपन्न दन्त रोगीको निशुल्क उपचार गरी समाजमा रहेर सामाजिक उत्तरदायित्व बहन गरेको पनि उहाँले बताउनु भयो । विरामीलाई इन्डो मोटर मार्फत दाँतको आरसिटी आधा घण्टामा गरिने गरेको डाक्टर अस्मिता शाहले बताउनु भयो । सहज र सरल तरिकामा गुणस्तरीय औजार ,मेशिन मार्फत दन्त रोग विशेषज्ञ  द्धारा सेवा दिइरहेको क्लिनिकले जनाएको छ । 

दाँत भर्ने , मुख तथा दाँतको जाँच निदान र उपचार , दाँतको जरादेखि उपचार (आरसिटी) गर्ने , 

दाँत उखेल्ने , कृत्रिम दाँत राख्ने , बाङामटीङा दाँत मिलाउने , बच्चाको दाँतको उपचार गर्ने , दाँतको गिजा परीक्षण सफाई र उपचार गर्ने साथै सामुदायिक दन्त परीक्षण शिविर गर्ने लगायतका सेवा क्लिनिकले दिने गरेको डा. थुलुकले जानकारी दिनु भयो । 

कार्यक्रम सहभागी दमक थुलुङ डेन्टलवाट सेवा लिइरहेकी  दमककी महिला नेत्री इसा सम्वाहाम्फेले हिजोको दिनमा गुणस्तरीय दन्त सेवा लिन दमक भन्दा वाहिर धाउनु पर्ने बाध्यताको अन्त भएको बताउनु भयो । सोफियाको दन्त उपचार सँगै समाज सेवा पनि प्रशंसनिय रहेको उहाँको भनाइ छ । पत्रकार ,सञ्चारकर्मीहरुले दन्त सेवा लिदा ५० प्रतिशत छुट दिने पनि उहाँले घोषण गर्नु भयो ।

 


गाईघाट ११ असोज | रातो तारा डट कम,गाईघाटमा वन्न लागेको सगरमाथा विमानस्थल निर्माणको लागी सोमवार देखि रुख काट्न थालीएको  छ । विमानस्थल वनाउन लागीएको त्रियुगा नगरपालिका वडा न १ र २ मा पर्ने कङग र मोथिहाई सामुदायिक वनको १ सय ५ दशमलव १० हेक्टर भित्र पर्ने झण्डै १३ हजार ६ सय ३७ थान रुख काटीने छ ।

रुख काट्ने जिम्मा पाएको मा दुर्गा अरुण जेवी का व्यावसायि शम्भु पोखरेलले ३ महिना भित्र रुख काटी सक्नु पर्ने गरी २ करोड ३४ लाख रुपैयामा ठेक्का लिएको वताए । जिल्ला वन उदयपुरका प्रमुख, विमानस्थल निर्माण समितीका अध्यक्ष वीरेन्द्र कुमार वस्नेत , नागरीक उडयन प्राधिकरणका प्रतिनिधि लगायत गाउले हरुको उपस्थीतिमा विशेष पुजा गरेर रुख कटान गरीएको व्यावसायि पोखरेलले वताए । 

हामी निर्धारित समय भन्दा अगाडी नै रुख कटान गरेर वन लाई वुझाउछौ ’ उनले भने । रुख काटेर विभिन्न साईजमा वनाइने लकडी घाट गद्धि गरी सुरक्षीत राखीने उनले वताए । वन प्राविधिक ले तयार गरेको तथ्याङमा  विमानस्थल निर्माण क्षेत्र भित्र काटीने रुख वाट १ लाख ६ सय ३६ सेफ्टी लकडी उत्पादन हुने उल्लेख छ । 

निकै लामो प्रयास, विभिन्न अवरोध पछि वल्ल रुख काट्न शुरु गरीए पछि चाडै विमान स्थल वन्नेमा स्थानिय वासिन्दा आशावादी देखीएका छन् । निकै लामो प्रयास पछि वल्ल काम अघि वढेको छ । विमानस्थल निर्माण समितीका अध्यक्ष वीरेन्द्र वस्नेतले भने ।

अव निर्माणको काम दृत गतिले अघि वढ्छ । सरकारले यो वर्ष सगरमाथा विमानस्थल निर्माणमा झण्डै २० करोड रुपैया छुट्टाएको छ । रुख कटानको काम सकिए लगतै जग्गा सम्याउने, घेरावेरा लगाउने र केहि भौतिक निर्माणको काम विनियोजीत रकम वाट गरीने उनले वताए ।

 

 


बिराटनगर २०७९ असोज ११ गते । रातो तारा डट कम,ईलाका प्रहरी कार्यालय बेलवारीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको    छ । कार्यालयको हाता भित्र आज बिहान भएको एक बिशेष कार्यक्रमका बिच १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय केदार कार्कीले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।  

भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र ब्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको बताउनु भयो । 

कार्यक्रममा आफ्नो भनाई राख्नु हुँदै मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले हरेक नागरीकको सुरक्षामा खटिने प्रहरी आफैमा असुरक्षित रहेमा आम नागरीकले सुरक्षाको प्रत्याभुती पाउन नसक्ने हुँदा प्रहरीको गाँस बास र कपासमा सरकारले बिशेष ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताउनु भयो । साथै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै जोश र उर्जाका साथ नागरिकहरुको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको थियो ।  

नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित रकम २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैया २५ पैसाको लागतमा साँढे २ तले कार्यालय भवन निर्माण सम्पन भएको हो । उक्त कार्यक्रममा स्थानीय जन प्रतिनिधीहरु, नागरीक समाजका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी लगायत स्थानीयवासीहरु उपस्थिति रहेको थियो । 


काठमाडौं । रातो तारा डट कम, ‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाईपछि पार्दै उनले मिस फोटोजेनिक सहित शिर्ष उपाधि चुमेकी हुन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा फष्ट रनर अप रीमा खड्का, सेकेन्ड रनर अप सुबिना शाक्य, थर्ड रनर अप सीमा सराफ र फोर्थ रनर अप रेशमा पूरी घोषित भए ।

अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस् नेपाल पिस’ को उपाधि समेत प्रदान गरिएको प्रतियोगीतामा राजभाई सुवाल, सीता पाठक, आस्था साख, सृजना जोशी र अभिनेत्री शर्मा पनि निर्णायक रहेका थिए ।

एमी इन्टरटेन्मेन्टको आयोजना र युहान इन्टरनेशनको ब्यवस्थापन रहेको प्रतियोगीतामा पब्लिक च्वाईस अञ्जु ढुंगाना, भिवर्स च्वाईस बिनिता प्रधान, मिसेस् ट्यालेन्ट हिरादेवी श्रेष्ठ, म्यानेजमेन्ट च्वाइस सबी ह्यौमिखा, बेस्ट ड्रेसका साथै बेस्ट पिस प्रोजेक्टको संगीना ताम्राकार, बेस्ट वाक अनिशा सुवेदी, बेस्ट स्माइल सपना श्रेष्ठ, मिसेस् कञ्जीनालिटी अञ्जु न्यौपाने र मिसेस् कन्फिडेन्ट मनिषा रेग्मी, बेष्ट पर्सनालीटी रीमा खड्का चुनिए ।

महिलाविरुद्ध हुने सबैखाले हिंसाको न्युनिकरणमा योगदान दिने हेतुले प्रतियोगीताको आयोजना गरिएको आयोजक एमी इन्टरटेन्मेन्ट एमी रौनियारले बताए । प्रतियोगीता उमेर समुह, विवाहित, डिभोर्सी, तौल, उचाईंको पनि मापदण्ड नराखिएको  उनले सुनाए ।

रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगीतामा रीमा खड्का, अनिशा सुवेदी, बिनिता प्रधान, श्रेया रेवदी श्रेष्ठ, वन्दना चौधरी, लक्ष्मी ढुंगाना, अञ्जना अमात्य चुके, संगीना ताम्राकार, मनिषा रेग्मी, अर्चना अमात्य, प्रमिला लामा, सपना श्रेष्ठ, साबी ह्यौमिख, हिरादेवी श्रेष्ठ, अन्जु न्यौपाने, सुबिना शाक्य, अञ्जु ढुंगाना, सीमा सराफ, रेशमा पूरी, हिना शुक्ला लगायत प्रतियोगीताको आजीवन सदभावना दूत समेत नियुक्त भएका थिए । 

प्रतियोगिताले विवाहित नारीहरूको माध्यमबाट महिलाविरुद्ध हुने हरेक खालका हिंसाबारे महिलाहरुलाई जागरुक बनाउँदै त्यसविरुद्ध महिलालाई सशक्त रुपमा प्रस्तुत हुन सचेतनाको माध्यमबाट आत्मविश्वास र आत्मबल निर्माण गरेको आयोजकको विश्वास छ ।


 


 दमक ,असोज १० गते | रातो तारा डट कम,बैदेशिक रोजगारीको लागि संसारका विभिन्न मुलुकमा पुगेर स्वदेश फर्किएकाहरुको संस्था रिटर्नी फेडेरेसन नेपालले झापाका ५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमिटी घोषण गरेको छ । 

 रिटर्नीले आज विर्तामोडमा आयोजित चाड पर्व शुभकामना आदान प्रदान तथा चुनाव परिचालन कमिटी घोषण कार्यक्रममा रिटर्नी फेडेरेसनले निर्वाचन परिचालन कमिटी घोषण गरेको हो । आउदो मंसिर ४ गते हुने निर्वाचनका लागि फेडेरेसनले झापाको क्षेत्र नं १ मा धर्मेन्द्र खड्काको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषण गरिएको छ । यसै गरी निर्वाचन क्षेत्र२मा चित्रकला पौडेल संयोजक रहने गरी १सय १ सदस्यीय कमिटी बनाइएको छ ।क्षेत्र न.३मा तिल बहादुर बस्नेतको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषण गएिको   छ । 

त्यसै गरी निर्वाचन क्षेत्र न.४मा पुष्प सापकोटाको संयोजकत्वमा ५१ सदस्यीय र क्षेत्र न. ५मा मदन बोहोराको संयोजकत्वमा १सय१सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको फेडेरेसनका केन्द्रीय सदस्य अनु केसीले जानकारी दिनु भयो । एमालेले झापाको ५ चै संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनमा उठाएको उम्मेदवारलाई विजयी गराउन रिटर्नीले  प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन परिचालन समन्वय कमिटी गठन गरेको नामवली केन्द्रीय सचिव तथा प्रदेश १का सहइन्चार्ज भरत शिवाकोटीले सार्वजानिक गर्नु भएको छ । 

.एमाले पार्टी कार्यालयको सभाहलमा भएको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ को इन्चार्ज देवराज घिमिरे,१नं प्रदेश कमिटी सदस्य चिन्तन पाठक, रिटर्नीका केन्द्रीय सदस्य चित्रकला बस्नेत लगायतले आफनो धारण राखेको झापा जिल्ला सहसचिव रमेश रिजालले जानकारी दिनु भयो ।


काठमाडौं, असोज १०  गते । रातो तारा डट कम,नाटकको उत्सवहरुको उत्सव ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को दोस्रो संस्करण आउँदो मंसिरको ९ गतेदेखि हुने भएको छ ।

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ ९ दिनसम्म चद्यने महोत्सवका देश विदेशका २३ नाटक मञ्चन हुनेछ । साथै विभिन्न अन्तरक्रिया, मास्टर क्लास, कार्यशाला, कला प्रदर्शनीहरु हुनेछन् ।


महोत्सवमा आवेदन परेका मध्येबाट ५ नेपाली नाटकसहित १६ देशका २३ वटा नाटकरु छानिएको आयोजकले जनाएको छ । मण्डला थिएटर नेपालले आयोजना गर्ने ९ दिवसीय नाट्य महोत्सवको सोमबार घोषणा कार्यक्रम तथा पत्रकार सम्मेलन गर्दै मिति घोषणा गरिएको हो ।

मण्डला नाटकघर थापागाउँमा हुने महोत्सवमा नेपाल लगायत संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, रुस, स्पेन, इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया, बेलारुस, भारत, भुटान, र श्रीलंकाबाट छानिएका नाट्य समूहले नाटक मञ्चन गर्नेछन् । साथै, भारत, उरुग्वे, कम्बोडिया आदि देशका प्रसिद्ध कलाकार तथा अभियन्ताले कार्यशाला तथा तालिम सञ्चालन गर्ने महोत्सवका निर्देशक तथा मण्डला थिएटरका अध्यक्ष सिर्जना सुब्बाले जानकारी दिए । महोत्सवका लागि २३ देशका कुल ८५ वटा नाटकले आवेदन दिएका थिए ।

त्यस्तै महोत्सवका संयोजक विजया कार्कीले महोत्सवबारे जानकारी गराउँदै ५ नेपाली नाटकमध्ये मण्डलाले हाल सञ्चालन गरिरहेको नाटक लेखन परियोजना २०२२ बाट छानिएका उत्कृष्ट नाटकलाई महोत्सवको समापन सत्रमा मञ्चन गरिने जानकारी दिए । उनले भने, “महोत्सवमा नेपाली नाटकले आधुनिक रङ्गमञ्चमा मौलिक कथावाचन शैलीका आयाम देखाउनेछ भने विदेशी नाटकले त्यहाँका समसामयिक सामाजिक—राजनीतिक विषय लिएर आउनछेन् ।”

महोत्सवबारे अन्य वक्ताहरु

कार्यक्रममा मण्डला थिएटरका संस्थापक अध्यक्ष तथा अभिनेता दयाहाङ राईले महोत्सव नेपाली रङ्गमञ्चको विकास र समृद्धिका लागि एक प्रयास भएको बताए । उनले ३ वर्षअघि धेरै नाट्य संस्था र नाटकघरसँग मिलेर आयोजना गरेको पहिलो महोत्सव सम्झदैं देशमा कला, साहित्य, संगीतलगायतका महोत्सवहरुको आवश्यकता रहेको औंल्याए ।

त्यस्तै अग्रज रङ्गकर्मी अनुप बरालले महोत्सवलाई शुभकामना दिँदै युवा पुस्ताले नेपाली रङ्गमञ्चमा देखाएको सक्रियता र यस्ता महोत्सवहरुले नेपाली रङ्गमञ्चको भविष्य निर्माण गर्दै जाने उल्लेख गरे ।

त्यस्तै कार्यक्रम सञ्चालकको रुपमा रङ्गकर्मी केदार श्रेष्ठले रङ्गमञ्च कलालाई जीवनतर्फ फर्काउने र जीवनलाई कलातर्फ फर्काउने ठाउँ रहेको कथन सम्झदै नेपाल अन्तर्राष्टिय नाट्य महोत्सव सम्बन्ध र भावनाहरुको पनि महोत्सव रहेको उल्लेख गरे ।

इनोभेटिभ आइडिया अवार्ड

महोत्सवले १ लाख रुपैयाँको इनोभेटिभ आइडिया अवार्डको पनि घोषणा गरेको छ । यस अवार्डका लागि रङ्गमञ्चसँग सम्बन्धित नाटक लेखन, निर्देशन, निर्माण तथा अनुसन्धानका लागि इच्छुकहरुले अवधारणा पत्र पठाउन सक्नेछन् । जसमध्ये एक अवधारणालाई अवार्ड प्रदान गरिने जनाइएको छ ।


विराटनगर  असोज १० गते | रातो तारा डट कम, विराटनगरका आधा दर्जनभन्दा बढी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । 

विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेको पहलमा विराटनगरका आधा दर्जन विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक सामुदायिक भवनमा आयोजित कार्यक्रममा सत्यनारायण माविकी सजना मेहता, कल्याणीकुमारी मण्डल, मिल्स माविकी आँचलकुमारी डोम, पिंकी साह, विकेभिएमकी रविना तिम्सिना, पोखरिया माविकी आकृति राई, एलेन चौधरी, जनपथ माविकी दीक्षा सिवा र सोही विद्यालयको बाल क्लबलाईछात्रवृत्तिको रकम हस्तान्तरणगरिएकोथियो । 

त्यस्तै सुनसरीको भीमपुरस्थित रामसीता माविकी अञ्जलीकुमारी राय र जेनिसा गेलाललाई पनि छात्रवृत्ति हस्तान्तरण गरिएको थियो । कार्यक्रममा शिक्षा समन्वय समिति मोरङका प्रमुख टंकनाथ गौतम, वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, पत्रकार माधव अधिकारी, समाजसेवी ललित श्रेष्ठ, पदमकुमार श्रेष्ठ, युवा नेता सञ्जय नेपाललगायतले छात्रवृत्ति हस्तान्तरण गर्नु भएको थियो । अमेरिकी नागरिक साहेन कप्लन र अमेरिका निवासी आयुष नेपाल र रेहेना नेपालले उपलब्ध गराएको रकमबाट जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । कार्यक्रममा शिक्षा समितिका प्रमुख न्यौपानेले छात्रवृत्तिले विद्यार्थीको अध्ययनलाई थप सहज हुने बताउनुभयो । 



विराटनगर असोज १० गते | रातो तारा डट कम, साहित्यकार मञ्जु घिमिरे दाहालद्वारा लिखित चेतनाको तरङ नामक मुक्तकसंग्रहको विमोचन गरिएको छ । 

मुक्तक प्रतिष्ठान प्रदेश–१ ले आज विराटनगरमा आयोजना गरेको विशेष कार्यक्रममा मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, साहित्यकार देवी पन्थी, झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल, अधिकारकर्मी कृष्णप्रसाद भण्डारी मार्सेलीलगायतले संयुक्त रुपमा मुक्तक संग्रहको विमोचन गर्नु भएको थियो । 

विमोचित कृतिमाथि समालोचक हरि कट्टेलले समीक्षा गर्नु भएको थियो । त्यस्तै साहित्यकार मञ्जुश्री गिरी, लक्ष्मी रायमाझी, राधा भट्टराई, राधिका गुरागाईं, रोहिणी रसिक, सविना श्रेष्ठ, विनोद विवश, रीता पाठक, लक्ष्मी स्मृतिलगायतले विमोचित कृतिभित्रका मुक्तक वाचन गर्नु भएको थियो । संग्रहमा विभिन्न विषयवस्तुमाथि केन्द्रित लेखिएका १ सय ५६ वटा मुक्तकहरू समावेश गरिएको छ ।

 


शिव भट्टराई,मोरङ | रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा स्थित पुर्वान्चल विश्वविद्यालय कलेज अफ इन्भाइरोमेन्ट एन्ड फरेस्ट्री (PUCEF) मा अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन (क्रान्तिकारी) ले दशै , तिहार शुभकामना आदानप्रदान कार्यक्रम गर्दै प्रथम इकाइ सम्मेलन सम्पन्न गरेको छ ।आईतबार भएको उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) पूर्वाञ्चल विश्वविद्यालय राष्ट्रीय कमिटि अध्यक्ष टोपेन्द्र खड्काको प्रमुख आतिथ्यता रहेको थियो भने अखिल (क्रान्तिकारी) नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इकाई समितिका अध्यक्ष दिपेश खड्काको अध्यक्षता रहेको थियो। 

पुर्वान्चल विश्वविद्यालय कलेज अफ इन्भाइरोमेन्ट एन्ड फरेस्ट्री (PUCEF) मा भएको इकाई सम्मेलनमा नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा दिपेश खड्का, उपाध्यक्षमा सतिस राज यादब र सुद‌‌रशन सेढाइ, सचिवमा शैलेन्द्र न्यौपाने, सह - सचिवमा  एलिशा वलि‌ र केशव खड्का, कोषाध्यक्षमा सुमन खड्का तथा अन्य सदस्य निर्वाचित भएका छन्।

नव निर्वाचित समितीलाइ हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना !


स्वतन्त्र पत्रकार-तेजेन्द्रबहादुर भण्डारी

अमेरिका-फोटवर्थ असोज १० गते | रातो तारा डट कम,(अमेरिका     पुगेपछि के के गर्दा रहेछन र कानुन कस्तो हुनु पर्ने रहेछ एक पटक यो समचार सबैले पढदा रामै हुन्छ ) टेक्सास देखि सेन फेनसिसको सम्म ४ घन्टाको हवाइजहाजको भाडा एक जनाको ७५ रू डलर भाडा रहेछ | टेक्सासमा १० बज्दा क्यालिफोर्नियामा ८ बज्ने रहेछ | सेन फेनसिसको यात्राका क्रममा क्यालिफोर्निया पुग्दा समय २ घन्टा फरक पर्दोरहेछ | यो पुरानोशहर भएकाले कुनै ठाउ त धरान जस्तै छन भने घर सबैपक्कीछन | |धेरै चाइनिजको बसोबास रहेछ |


यहा कसैलाइ फुसर्त छैन |अमेरिकामा सबैले काम अनिबार्य गनैपर्ने रहेछ | नेपालमा जस्तो कर्मचारी स्थाइ नहुने रहेछन | हप्तामा ४० घन्टा काम गर्नै पर्ने रहेछ | काम गरे जतिका दिनको पैसा पाउने रहेछन | काम नगरेका दिनको पैसा वा तलब पाउदैनन रहेछन | कारोबारमा एक पैसाले पनि महत्व राख्ने रहेछ |


हाम्रो बसाइ डाउनटाउनको हिलटन होटलमा भयो  | यहा आफनो राज्यको लोगो नलागाइ कुनैपनि सामान बेचबिखन गर्न मनाइरहेछ | कुनै राज्यमा सस्तो पाइने सामान त्यहा लगेर महगोमा बेचबिखन गर्न मनाइरहेछ| खाध सामाग्रीमा परिक्षण डेट  वयट, अबधि स्टेटको लोगो, नलागेको वा नलेखिएका सामान राज्यमा प्रबेसमा मनाइ रहेछ | भरिसके आफनै प्रान्त मा नै सामानहरू उत्पादन भएको मात्र प्रयो हुने रहेछ | बिकासको काम दिन रात हुने र लामो लामो सड पुल एक दिन एक रातमै बनिसकेको हुदो रहेछ |


उत्पादित सामान गुणस्थरिय हुनु अनिवार्य रहेछ | सबैमा काम प्रर्ति इमानदारिता समयमा  हाजिर भएर लगनसिलता साथ गर्नु पर्ने रहेछ | सबै काम गर्ने का| कुनै सगठन हुदैन रहेछ | अमेरिकामा काम गर्ने कर्मचारी , मजदुरले काम गरेको  समयमा भिरोध गर्न मनाइ रहेछ | सबैले सरकारको वा सस्थाको कम पुरा गर्नु पर्ने रहेछ | 


नियाममा सन्चालित हुनु अनिवार्य अनिवार्य रहेछ | कसैले काम गर्न अपिस जादा तोकिएको समय भन्दा ५ मिनेट अगि पुगि सक्ने नपुगे ३ पटक पछि देखि समय ढिला हाजिर भए नम्बर घटतै गइ जागिर छाडनु पर्ने रहेछ | यसरी हरेक कुराको बिल किस्ता नियामित भुक्तानी गरेर आफनो क्यारिएर राम्रो भएको हुनु सबैको अनिवार्य रहेछ | गलत काम गरेर केरियार बिगारे त्यो रेकट सेन्टरल बिउरोले अमेरिका भरिका लागि  राखिदिनेरहेछ | 

त्यस पछि काम गर्न घर गाडि सामान किन्न कारोबारमा बन्जे भए  पछि मानि सडक छाप (होम लेस) हुने रहेछन | यस्ताको सख्या पनि धेरै रहेछ | अमेरिकामा भ्रषटचारको त कुरै छाडनु होस आफनो क्यारिएर आफै बनाउन मानि लागि परेका हुदा रहेछन |अमेरिकामा सन्सार भरिका मानिस बसे पनि कानुन बाट कोही भाग्न नपाउने रहेछन | टेक्सासमा चै धेरै  नेपालीको बसोबास रहेछ |

यहा सासन सिष्टम र  कानुनले आफै चलाउदोरहेछ | राजनिले बिना हस्तक्षेप जनताका लागि निति निर्माण गर्ने काम गर्ने रहेछ | अमेरिकामा बिधार्थी, टुरिस, डिभी,व्यापारी,भिसामा आउने,नेपाली हरेक राज्यमा  धेरै बसेका छन तर उदेश्य चै कोहि सम्पतिकमाएर नेपाल जाने छन भने केहि यहि बस्ने छन र केहि चै नेपाल जाने वा नजाने दोधारमा बसेका रहे छन |  नेपालमा उत्पादित  चाउ चाउ खाध सामानहरू इडियान पसलमा पाइने रहेछ | मानिसले प्रयोग गर्ने र खाने सबै सामान सस्तो पाइने रहेछ | 

अमेरिकामा कानुन बाट कोही भाग्न पाउदैनन ्

 


दमक ,असोज ९ गते | रातो तारा डट कम, आउदो मंसिर ४ गते हुने निर्वाचनलाई नेपालीले जनताले अवसरको रुपमा लिनु पर्ने नेकपा एमाले अध्यक्ष केपी ओलीले बताउनु भएको छ । 

प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र न ५झापाले आज दमकमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन नभएर ठगबन्धन सरकारलाई हराउन मंसिर ४ गतेको निर्वाचनलाई जनताले अवसरको रुपमा लिनु पर्ने बताउनु भएको छ । क्षेत्रीय समन्वय कमिटी झापा क्षेत्र नं ५का संयोजक तुलसी कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा पार्टी ओलीले एमालेलाई जिताएर रोकिएको मुलुक विकास समृद्धिको यात्रालाई अघि बढाउन एमालेलाई मतदान गर्नु पर्ने बताउनु भएको हो ।


एमालेको सरकार बनेपछि जन्मसिद्ध नागरिकताको समस्या एक महिना भित्र हल हुने नेता ओलीले बताउनु भयो । अहिले पनि ठगबन्धन सरकारको दम्मका कारण नागरिकता विधेयक संशोधन नहुदा समस्या जहाँको त्यही रहेको उहाँले बताउनु भयो । ५ वर्ष भित्र सुकुम्वासीहरुको धनीपुर्जा लगायतका समस्या अन्त हुने नेता उहाँको भनाई छ । स्वास्थ्य विमाको प्रसङ उठाउदै अहिलेको सरकारले स्वास्थ्य विमा बन्द भएको घोषण नगरे पनि ब्यवहारमा बन्द गरेको नेता ओलीले आरोप लगाउनु  भयो । कार्यक्रममा नेकपा एस प्रदेश न१ का सदस्य,सशस्त्र प्रहरी वल नेपालका पूर्व एस.पी.भरत बाबु कार्की एस पार्टी परित्याग गरेर एमालेमा गर्नु भएका छ ।

उहाँलाई अविर र खदा लगाएर एमाले पार्टीमा अध्यक्ष ओलीले स्वागत गर्नु भएको थियो । कार्की सहित ८ सय बढी झापा निर्वाचन क्षेत्र ५ भित्रको नेपाली काग्रेस , एस , माओवादी ,राप्रपा,स्वतन्त्र ब्यक्तिहरु एमालेमा प्रवेश गरेको एमाले क्षेत्रीय समन्वय कमिटीले जनाएको छ । 

नव प्रवेशी कार्कीले पार्टी प्रवेश पछि बोल्दै एस पार्टीमा एक वर्ष बसेर ठूलो गल्ती गरेको बताउदै एस पार्टीले २६ बुद्धे आफनो प्रश्नको उत्तर दिन नसकेपछि एमालेमा प्रवेश गरेको  बताउनु भयो । गठबन्धनले शुरु जनतालाई दिएको आश्वसनले मुलुक र जतनाले धोका पाएको कार्कीले गुनासो गर्नु भयो । एक साता अघि एमालेमा प्रवेश गर्नु भएका नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालले आफू प्रहरी प्रमुख हुदा फटाहाहरुलाई तह लगाएको बताउदै अव राजनीतिक फटाहालाई तह लगाउन एमालेमा प्रवेश गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै पार्टी केन्दीय सदस्य तथा उधोग विभागका उप संयोजक दुर्गा प्रसाईले  विदेश पलायनलाई रोक्न उधोग सञ्चालन गर्नु पर्ने,मिहिनेत गरेर खानु पर्ने बताउदै पार्टी प्रवेश गर्ने युवा विधालय लगायतका ब्यक्तिहरुलाई पार्टी प्रवेश पछि कुनै पछुतो हुन नदिने बताउनु भयो । भएको छ । 

प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र न ५झापाले आज दमकमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन नभएर ठगबन्धन सरकारलाई हराउन मंसिर ४ गतेको निर्वाचनलाई जनताले अवसरको रुपमा लिनु पर्ने बताउनु भएको छ । क्षेत्रीय समन्वय कमिटी झापा क्षेत्र नं ५का संयोजक तुलसी कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा पार्टी ओलीले एमालेलाई जिताएर रोकिएको मुलुक विकास समृद्धिको यात्रालाई अघि बढाउन एमालेलाई मतदान गर्नु पर्ने बताउनु भएको हो । 

 एमालेको सरकार बनेपछि जन्मसिद्ध नागरिकताको समस्या एक महिना भित्र हल हुने नेता ओलीले बताउनु भयो । अहिले पनि ठगबन्धन सरकारको दम्मका कारण नागरिकता विधेयक संशोधन नहुदा समस्या जहाँको त्यही रहेको उहाँले बताउनु भयो । ५ वर्ष भित्र सुकुम्वासीहरुको धनीपुर्जा लगायतका समस्या अन्त हुने नेता उहाँको भनाई छ । स्वास्थ्य विमाको प्रसङ उठाउदै अहिलेको सरकारले स्वास्थ्य विमा बन्द भएको घोषण नगरे पनि ब्यवहारमा बन्द गरेको नेता ओलीले आरोप लगाउनु     भयो । कार्यक्रममा नेकपा एस प्रदेश न१ का सदस्य,सशस्त्र प्रहरी वल नेपालका पूर्व एस.पी.भरत बाबु कार्की एस पार्टी परित्याग गरेर एमालेमा गर्नु भएका छ । उहाँलाई अविर र खदा लगाएर एमाले पार्टीमा अध्यक्ष ओलीले स्वागत गर्नु भएको थियो । कार्की सहित ८ सय बढी झापा निर्वाचन क्षेत्र ५ भित्रको नेपाली काग्रेस , एस , माओवादी ,राप्रपा,स्वतन्त्र ब्यक्तिहरु एमालेमा प्रवेश गरेको एमाले क्षेत्रीय समन्वय कमिटीले जनाएको छ । 

नव प्रवेशी कार्कीले पार्टी प्रवेश पछि बोल्दै एस पार्टीमा एक वर्ष बसेर ठूलो गल्ती गरेको बताउदै एस पार्टीले २६ बुद्धे आफनो प्रश्नको उत्तर दिन नसकेपछि एमालेमा प्रवेश गरेको  बताउनु भयो । गठबन्धनले शुरु जनतालाई दिएको आश्वसनले मुलुक र जतनाले धोका पाएको कार्कीले गुनासो गर्नु भयो । एक साता अघि एमालेमा प्रवेश गर्नु भएका नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालले आफू प्रहरी प्रमुख हुदा फटाहाहरुलाई तह लगाएको बताउदै अव राजनीतिक फटाहालाई तह लगाउन एमालेमा प्रवेश गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै पार्टी केन्दीय सदस्य तथा उधोग विभागका उप संयोजक दुर्गा प्रसाईले  विदेश पलायनलाई रोक्न उधोग सञ्चालन गर्नु पर्ने,मिहिनेत गरेर खानु पर्ने बताउदै पार्टी प्रवेश गर्ने युवा विधालय लगायतका ब्यक्तिहरुलाई पार्टी प्रवेश पछि कुनै पछुतो हुन नदिने बताउनु भयो ।

 


गाईघाट ९ असोज | रातो तारा डट कम,संचालनमा आएको एक साता नवित्दै कोइला अभावमा मुलुकै   सवै भन्दा ठुलो औधोगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगको उत्पादन वन्द भएको छ । कोइला आपुर्ती कर्ता अरियन्त सप्लायर्स विराटनगर, न्यु आयन सप्लायर्स भैरहवा र प्लाटिनम सप्लायर्स ले समयमा कोइला आपुर्ति नगर्दा सिमेन्ट उत्पादन विहिवार देखी वन्द भएको हो । दैनिक १ सय टन कोइला खपत गर्ने उद्योगमा हप्ता दिन अघि वालुवा, पानि , माटो मिसीएको कोइला को प्रयोगले कोल मिल जाम हुदा सिमेन्ट उत्पादन वन्द भएको थियो । उद्योगले गुणस्तरहीन उक्त कोइला प्रयोग गर्न रोक लगाए पछि कोइला अभावमा उद्योगवाट सिमेन्ट उत्पादन वन्द भएको छ । गुणस्तरहीन कोइला कै कारण रमिलमा पटक , पटक समस्या देखीन थालेपछि उद्योग संचालक समितीले कोइलाको ल्याव टेष्ट राम्ररी गरेर मात्र प्रयोग गर्न उद्योग व्यवस्थापन लाई कडा निर्देशन दिएको छ । उद्योगका अध्यक्ष केसव वस्नेतले कोइला को गुणस्तर राम्रो नभएकोले उद्योग संग स्टक रहेको सवै कोइला प्रयोग गर्न रोक लगाईएकोले केहि दिन देखी उत्पादन वन्द भएको वताए । नया कोइला आईसकेको छ । ६ सय मेट्रीक टन आएको कोईला को ल्याव टेष्ट भैसकेपछि मात्र उद्योग सुचारु हुन्छ । उनले भने । कोइलाको ल्याव टेष्ट को रिपोर्ट घटीमा पनि ४,५ दिन लाग्छ । त्यस पछि रिपोर्टको आधारमा कोइला प्रयोग गर्छौ उनले भने ।


गाईघाट ९ असोज| रातो तारा डट कम,वर्षाले विगारेको उदयपुरको पहाडी भेगका अधिकांश ग्रामिण सडकहरु अझै मर्मत संभार हुन सकेको छैन । जेष्ठ को अन्तीम साता देखी निरन्तर जसो भैरहेको वर्षाले ग्रामीण सडक लाई क्षती पु्याए पछि विग्रीएको वाटो लामो समय सम्म नवन्दा यातायात संचालनमा निकै कठीन भएको छ । मुकुर्ची – नामेटार,  पौवारे – लिम्चुङवुङ – कटारी, – ईनामे, लगायतका पहाडी भेगका धेरै जसो गा्रमीण सडक पहिरोले वगाउनुको साथै वर्षाले खाल्टा , खुल्टीमा परिणत गरेको छ । स्थानिय तहले आफ्नो क्षेत्रको सडक वाटो सामान्य मर्मत गरेर यातायात सुचारु गरेको दुई, दिन पछि नै पुन वर्षाले वाटो विगार्दा पटक , पटक यातायात अवरुद्ध हुने गरेको छ । लिम्चुङवुङ गाउपालिकाका प्रमुख प्रशासकिय अधिक्रत योगेन्द्र गुरुङले वर्षाले निकै क्षति गरेको वताए । यो वर्ष धेरै वर्षा भएर ग्रामीण सडक लाई क्षती पु्याएको उनले वताए । उनले अवरुद्ध भएको वाटो लाई पटक, पटक खोल्नु परेको वताए । दुई , तिन दिन यताको वर्षाले फेरी वाटो विगारेको छ । अहिले मोटरसाईकल चलाएर हिड्न समेत कठीन भएको छ ’ उनले भने । सडक खण्डको एक दर्जन ठाउमा वाटो विग्रीएको कारण ठुला यात्रुवाहक वसहरु समेत चल्न सकेको छैन । गाउपालिकाले वाटो मर्मत संभार गरेर सार्वजनिक यातायात चलाउने तयारी गरीरहेको गाउपालिकाका कर्मचारी पशुपती दाहालले वताए । वर्षा रोकीए त हामी तत्काल वाटो मर्मत , संभार गथ्र्यौ , तर एक दुइ दिन रोकीए लगतै फेरी वर्षा हुने गरेकोले समस्या भैरहेको उनले वताए । वर्षाले विग्रीएको पुवारे – भुट्टार सडक खण्ड मा समेत अझै वाटो मर्मत संभार नहुदा सर्वधारण लाई निकैै सास्ती भैरहेको छ । उक्त सडक खण्डमा धेरै ठाउमा गएको पहिरो  विच सडकमा थुप्रीएर वसेको कारण  सर्वसाधारण लाई पैदल हिड्ने समेत कठिन भएको स्थानिय दिपक ठकुरी ले वताए । दशैको मुखमा वाटो मर्मत संभार तत्काल गरेर सर्वसाधारण लाई राहत दिनु पर्ने उनले वताए । रौतामाई गाउपालिकाका लेखापाल भुपध्वज रायमाझी ले वाटो मर्मत संभार गरेर यातायात सुचारु गर्ने प्रयास भैरहेको वताए । उनले दशैको मुखमा सर्वसाधारण ले कठिनाई भोग्न नपरोस भनेर विग्रीएको वाटो मर्मत संभार गर्न लागेको वताए ।


काठमाडौं | रातो तारा डट कम,लोकप्रिय राइड सेयरिङ एप सहारा एपले ‘सहारा चाडपर्व अफर’ ल्याएको छ । ग्राहक, बाइक र क्याब राइडर लक्षित गरेर कम्पनिले ल्याएको अफरमा इलेक्ट्री स्कुटर,  फ्रिज, स्मार्ट फोन, फाइक्रोओभन, हिटर, वारिङ मेसिनसम्म रहेका छन् । त्यसका साथै नगद उपहार पनि जित्न सकिने छ ।

जति धेरै सहाराको राइड लिन सक्यो त्यति नै जित्त मौका बढि रहने कम्पनिले जनाएको छ । सबै उपहारहरु छठ पर्व पछि प्रदान गरिने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार पहिलो, दोस्रो र तेस्रो गरेरउपहार प्रदानगरिनेछ । यसका साथै अन्य आकर्षक गिफ्टहरु पनि रहेको कम्पनिले जनाएको    छ ।  यो अफर योजना अवधि छठ सम्म रहेको कम्पनिले जनाएको छ । साथै अहिले कम्पनिले निशुल्क राइडर दर्ता अफर पनि सञ्चालनमा ल्याएको छ । यसबाट नयाँ राइडरले फाइदा लिन सक्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । नेपालमा सन् २०१९ देखि राइड सेयरिङ सेवा सुरु गरेको सहारा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने कम्पनीका सीईओ विशाल जीसीले जानकारी दिए ।


झापा दमक ।रातो तारा डट कम,चर्चित गायक दिपक लिम्बू र गायिका मेलिना राईको  स्वर रहेको तिम्रो हुने मन छ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

शुक्रबार गायिका मेलिना राई, रचनाकार तथा संगीतकार विद्या चाम्लिङ राई, निर्देशक भुपेन्द्र तुम्बाहाम्फे लिम्बूलगायत कलाकारहरुको सहभागितामा दमकमा गीतको पोष्टर सार्वजनिक गरिएको हो । शुक्रबार नै रचनाकार राईको युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो निर्देशक एवम् छायाँकार लिम्बूका अनुसार धिमाल संस्कृति झल्काउने भिडियो पूर्वी नेपालको धिमाल बाहुल्य स्थानहरुमा छायाङ्कन गरिएको हो । उनलाई क्यामेरामा देवराज सिग्देलले एसिस्ट गरेका छन् ।

भिडियो इडिटिङ अनिल रानाले गरका हुन् भने पोष्ट प्रोडक्सन थैली इन्टरटेन्मेन्टको रहेको छ ।

युवा प्रेमी–प्रेमिकाहरुबीचको सम्बन्धलाई भिडियोमा उतार्ने प्रयास गरेका लिम्बूले धिमाल समुदायको रहनसहनलाई भिडियोमा उतारेका छन् ।

भिडियोमा क्रिस गुरुङ, सीमा राई, बादल श्रेष्ठ र दीपना राईको अभिनय हेर्न सकिन्छ ।

ए प्लस स्टुडियोमा रकर्डिङ गरिएको गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् भने साजन साहले मिक्सिङ गरेका हुन् ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.