Websoft University
August 2018


शिव भट्टराई - सुनसरी भदौ  १५ गते । रातो तारा डट कम,
पेस्तोल लिएर आएको एक लुटेराले मोरङको विराटचोकमा शुक्रवार दिउँसै लुटपाट गरेको छ । तर स्थानीयबासी र प्रहरीको सतर्कताका कारण सुन लुटेर भाग्दै गरेको लुटेरा ठाउँको ठाउँ पक्राउ परेको छ ।

मध्य दिनमा करिब ११ बजेतिर सुन्दरहरैंचा १० विराटचोकमा अबस्थित छत्रबहादुर न्यौपानेले संचालन गर्दै आएको थापा सुनचाँदी पसलमा मास्क लगाएर आएको लुुुटेराले पेस्तोल देखाउँदै ब्रासलेट लुटेर पैदल भागेको थियो ।  सुन पसलमा पेस्तोल देखाउँदै ९.७७ ग्रामको ब्रासलेट लुटेर भाग्दै गर्दा स्थानीयहरुको सहयोगमा प्रहरीले करिब एक किलोमीटर लखेटेर पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राइले बताए ।

प्रहरी निरीक्षक राइका अनुसार घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलबारीबाट राइकै नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो । लगत्तै  प्रहरीले लुटेरालाई पक्रेर नियन्त्रणमा लिएको थियो  । पक्राउ पर्ने लुटेरा भोजपुर दिङ्ला २ घर भई हाल धरानमा बस्दै आएको रोशन भनिने गोपाल दाहाल (वि.क.) भएको प्रहरी निरीक्षक राईले बताए ।

पक्राउ परेका विकबाट प्रहरीले  दुइवटा गोली लोड गरिएको  ७.६ एमएमको  एक थान स्वचालित पेस्तोल र ब्रासलेट बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


शिव भट्टराई- सुनसरी भदौ १५ गते  ।  रातो तारा डट कम,
मोरंङको सुन्दरहरैचा नगरपालिका  वार्ड नं.७ मा बृहद सरसफाई कार्यक्रम सम्पन्न भएको छ। वार्ड नं.७ को ठडिया चौक देखि दक्षिण कल्याण चौक सम्म अध्यक्ष १५० भन्दा बढ़ी मानिसहरुको उपस्थितिमा टोल सुरक्षा समिति ठडीयाको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो।

बृहद् सरसफाइ अभियानमा बाटोमा भएका फोहोरहरुलाई एकै ठाऊँ भेला पारेर नगरपालिकाको गाड़ी मार्फ़त अन्त लागिएको थियो।यता वार्डको बृहद् सरसफाई अभियानमा  सहभागी हुन टोल सुरक्षा समिति ठडीयाले पटक पटक वार्ड अध्यक्षलाई सहभागी हुन खबर गर्दा समेत उपस्थिति नभएको कुरा टोल सुरक्षा समितिका अध्यक्ष एकराज कट्वालले बताउनु भयो।

अध्यक्षलाई वार्डको बिकासमा खासै चासो नभएको कारण स्थानीयहरुको बृहद् उपस्थितिमा अध्यक्षलाई नै चुनौती दिने हिसाबले आयोजना गरिएको अध्यक्ष कटवालले बताउनु भयो।यता वार्ड अध्यक्ष सँग सम्पर्क गर्दा आफु सुन्दरहरैचा भन्दा बाहिर गएको कारण कार्यक्रममा आउन नसकेको तर कार्यक्रमलाई सफल पार्न लागेको बताउनु भयो।


शिव भट्टराई - सुनसरी भदौ १५ गते । रातो तारा डट कम,
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उत्कृष्ठ खेलाडी उत्पादन गर्ने लक्ष्य सहित इटहरीमा दोस्रो आमन्त्रण इन्डो उसु प्रतियोगिता आयोजना हुने भएको छ । आगामी भदौ २९ र ३० गते इटहरी रगंशालामा प्रतियोगिता हुने नेपाल उसु संघ इटहरी उसु क्वानले जानकारी दिएको छ । उसु क्वानले इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी दिएको हो ।

प्रतियोगितामा १ नम्वर प्रदेश र भारतका १० जिल्ला गरी २२१ जना खेलाडी सहभागी हुने बताइएको छ । नेपाल र भारत दुवै देशका खेलाडीहरुलाई उमेर समुहका आधारमा खेल प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । प्रतियोगितामा प्रथमहुनेले नगद २५ हजार नगद सहित मेडल, प्रमाण पत्र पाउने छन् । त्यसैगरी दोश्रो,तेश्रो र सान्त्वना हुनेले क्रमस २० हजार,१५ हजार र १० हजार मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले वताएको
छ ।
 
प्रतियोगिता सञ्चालन गर्न करिव १० लाख बढि खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताको आयोजनाले एक नम्बर प्रदेशका दक्ष खेलाडीहरुलाई बाहिर ल्याउन सहयोग गर्ने कार्यक्रम संयोजक मिनकुमार मगरले जानकरी दिएका छन् ।


झापा, भाद्र १५ गते । रातो तारा डट कम,झापाको बिर्तमोड नगरपालिका-२ रामचौक स्थितमा बिहिवार साँझ १९:१० बजेको समयमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको  ना ४ ख ४६५६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउदै गरेको मे ५ प १८१८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा पछाडी सवार जिल्ला ईलाम देउमाई नगरपालिका-८ बस्ने बर्ष २२ को समिर खनाल गम्भीर घाइते भएका थिए ।

घाईतेलाई उपचारार्थ विएण्डसी अस्पताल विर्तामोड लगिएकोमा उपचारकै क्रममा निजको मृत्यु भएको थियो । उक दुर्घटनामा मोटरसाईकल चालक जिल्ला ईलाम देउमाई नगरपालिका-१ बस्ने बर्ष २१ को निर्मल कट्टेल घाईते भएका छन् । घाईतेको सोही अस्पतालमा उपचार भईरहेको छ ।

मोटरसाईकललाई ठक्कर दिने ट्रक र ट्रक चालक तथा मोटरसाकल समेत ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका छन्



काठमाडौ,भदौ १५ गते । रातो तारा डट कम, कञ्चनपुर प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएकोेछ। यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् ।

घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर भगवन महेश्वरको आह्वान गर्ने कार्यलाई बिरुडा भनिन्छ ।

त्यस दिन महिलाले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउनाका साथै पञ्च वनस्पति ९धान, साँउ, तिल, बेल र पाती०को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मङ्गल गीतसँगै घरमा ल्याएर राख्ने गर्छन् । विवाहित महिलाले गौरा पर्वमा बर्त बसी कण्ठसूत्र धारणा गर्नुपर्ने र पुरुषसरह गायत्रीजप गरी भोजन ग्रहण गर्ने प्रचलन छ ।

सप्तमीका दिन महिलाले दिनभरि बर्त बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलनसमेत यहाँको समाजमा रहेको स्थानीय पण्डित धर्मान्द जोशीले बताउनुभयो ।
सात गाँठो पारिएको दुर्वासहितको कण्ठसूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुटृामा राखिन्छ ।

अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शीरमा राखी नाँच्ने गर्दछन् । यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ ।

गौराको प्रसादका रूपमा बिरुडा आफन्तलाई प्रसादका रूपमा बाँडिने र भोलिपल्ट गौरा खेल्ने खेलाउनुका साथै देउडा गीत गाएर रमाइलो गर्ने गरिएको स्थानीय शिक्षक भरतबहादुर ऐरले बताउनुभयो । गौरा पूजा गरी सकेपछि झाँकीसहित पञ्च वनस्पतिबाट बनाइएको गौराको प्रतिमालाई झाँकीसहित विसर्जन गरिने उहाँले जानकारी दिनुभयो ।

गौरा पर्वमा नयाँ कपडा लगाउनाका साथै सेल, पुरी र चामलको पिठोबाट बनेको माणा, खीर, मालपुवा, बटुकजस्ता शाकाहारी पकवान खाने गरिन्छ ।” यो पर्व प्रदेश नं ७ सहित भारतको कुमाँउ र गढवाल क्षेत्रमा समेत विशेष महत्वका साथ मनाइने गरिन्छ ।


विराटनगर,भदौ १५ गते । रातो तारा डट कम, जिल्ला अदालत मोरङमा प्राइम सहकारी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धकसहित नौ जनाविरुद्ध ठगी गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

विराटनगर महानगरपालिका–९ मा सञ्चालित उक्त सहकारीका प्रमुख ईन्द्रलाल श्रेष्ठ,प्रबन्धक तथा सचिव ईश्वर श्रेष्ठ र उपाध्यक्ष विष्णुप्रसाद सुवेदीसहित नौ जनाविरुद्ध सर्वसाधारणले बचत गरेको करोडौँ रकम हिनामिना गरेको आरोपमा ठगी मुद्दा दर्ता गरिएको हो ।

पक्राउ परेका तीन जनासहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो । प्रहरीले सर्वसाधारणको बचत ठगी आरोपमा तीन जनालाई पक्राउ गरिसकेको छ भने अन्य छ जना फरार रहेका छन् ।

उक्त सहकारीमा एक जना बचतकर्ताले रु २५ लाखसम्म रकम बचतमा जम्मा गरेका थिए ।


काठमाडौँ भदौ १५ गते । रातो तारा डट कम,कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्व पीडितलाई न्याय हुने तरिकाले काम गर्न द्वन्द्वकालीन दुई आयोगलाई आग्रह गर्नुभएको छ । अन्तराष्ट्रिय बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा १४ गते बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आयोजना गरेको कार्यक्रममा उहाँले दुवै आयोगलाई द्वन्द्वपीडितलाई आशावादी हुने तरिकाले काम गर्न आग्रह गर्नुभएको हो ।

मन्त्री ढकालले भन्नुभयो, “बेपत्ता परिवारका पीडालाई कम गर्ने तरिकाले आयोगले काम गर्नुपर्छ, आयोगले पीडितलाई न्याय दिन्छ भन्ने आशावादी पनि बनाउनुपर्छ, कानूनी रुपमा केही समस्या भए, त्यो समाधान सरकारले छिटै गर्छ ।” पीडामा परेका पीडितलाई न्याय दिनका लागि सरकारले आयोगको गठन गरेको तर आयोगका पदाधिकारी सरकारकै आलोचना गरेर समय बिताउने जस्ता कार्य नगर्ने आग्रह गर्दै उहाँले एक वर्ष्भित्र पीडितका पक्षमा उदाहरणीय काम गरेर देखाउन आग्रह गर्नुभयो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले स्रोत र साधनको कठिनाइका बीच पनि गरेको कामका बारेमा सही मुल्याङ्कन नहुँदा पीडा हुने उल्लेख गर्दै आयोगले पीडितकै न्यायका लागि काम गरिरहेको स्पष्ट पार्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले आयोगले पीडित र अन्तराष्ट्रिय निकायको विश्वास जित्ने तरिकाले काम गर्न र आयोगले के कारणले सोचेअनुरुप काम गर्न नसकेको हो भन्ने बारेमा प्रष्ट रुपमा पीडितसँग जानकारी गराउनुपर्ने बताउनुभयो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य डा माधवी भट्टले आयोगमा पदाधिकारी परिर्वतन गर्दैमा समस्याको समाधान नहुने र त्यसका लागि आवश्यक स्रोत र साधान सरकारले जुटाई दिनुपर्नेमा जोड दिनु
भयो ।

बेपत्ता परिवारका अध्यक्ष रामकुमार भण्डारी र द्वन्द्वपीडित साझा चौतारीका उपाध्यक्ष गोपालबहादुर शाहले पीडितले उजुरी हालेपछि आयोग नै बेपत्ता भएको र राज्यको सम्पति खर्च गरेर काम नगर्ने आयोगलाई निरन्तरता दिनु आवश्यक नभएको धारणा राख्नुभएको थियो ।

कार्यक्रममा उपस्थित बेपत्ता परिवारले अझै पनि आफन्त आउने आशा रहेको र आयोगले कि श्वास कि लाश देखाइदिन आग्रह गरेको थिए । आयोगमा तीन हजार १९७ उजुरी परेको छ । तत्कालीन समयमा ८५ प्रतिशत राज्य र १५ प्रतिशत विद्रोही पक्षबाट बेपत्ता पारिएको आयोगको तथ्याङ्कमा छ ।

घटनाको सत्य तथ्य पत्ता लगाउनका लागि ‘बेपत्ता पारिएका व्यक्तिका छानबिन आयोग’ गठन गरेपछि चौथो पटक यो दिवस मनाइएको हो । विश्वभर नै ३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्रा्ष्ट्रिय दिवसका रुपमा मनाउने गरिन्छ । 

बिराटनगर,भदौ १४ गते । रातो तारा डट कम सप्तरीमा आज बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ ।

पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नंको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकमा पल्टेको हो । इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार गम्भीर घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

मोरङ, भाद्र १४ गते । रातो तारा डट कम
मोरङ जिल्लाको केराबारी गाउँपालिका-८ स्थित खदम खोला र सोही गाउँपालिका-३ स्थित हचुवा खोलाबाट अवैध रुपमा ढुङा, गिट्टी निकाल्ने ५ वटा सवारी साधनलाई भाद्र १४ गते बिहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारी र केराबारीबाट खटिएको टोलीले बिहिबार विहान ५:३० बजे केराबारी गाउँपालिका-८ स्थित खदम खोला र सोही गाउँपालिका-३ स्थित हचुवा खोलाबाट ढुङा, गिट्टी निकाल्दै गरेको अवस्थामा को १ त ९९८२, को २ त ७११७, को १ त ४२६६, को १ त २०२३ र एक वटा अन-टेष्ट ट्याक्टर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको सवारी साधनलाई ईलाका प्रहरी कार्यालय केराबारी र बेलबारीमा राखिएको छ भने ट्याक्टर चालकहरु ट्याक्टर छाडेर फरार भएकाले प्रहरीबाट खोजी कार्य भईरहेको छ ।


विराटनगर,भदौ १४ गते । रातो तारा डट कम, प्रदेश नं १ को प्रदेश सभाको हिजोको वैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ०३ (२) बमोजिम प्रदेश कर तथा गैरराजश्व लाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ माथि छलफल शुरु भएको छ ।

छलफलमा सहभागी प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारले करलाई रहर बनाउन ‘कर मैत्री वातावरण बनाउनुपर्ने’, एकद्वार नीतिले कर उठाउने सम्बन्धमा स्थानीय निकायबीच समन्वय गर्नुपर्ने, जनतालाई कर बुझाउन उत्साहित बनाउने कार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँहरुले करको दायरा फराकिलो बनाउनुपर्ने, करको माध्यमबाट सङ्घीयतामाथि प्रहार भइरहेकामा प्रदेश सरकार सचेत हुनुपर्ने धारणा राख्नुभयो । प्रदेश नं १ का १३७ स्थानीय निकायलाई कर उठाउने सम्बन्धमा एकरुपता ल्याउन प्रदेश सरकारले चाँडै नै अन्तरक्रिया गरी समन्वय कायम गर्नुपर्ने उहाँहरुको भनाइ थियो ।

कर चुहावट रोक्न अनुगमन व्यवस्थित गर्नुपर्ने, सवारी साधनसम्बन्धी कर अन्य प्रदेशमा दर्ता भए पनि यहाँ सञ्चालन भएमा कर उठाउनु पाउनुपर्ने, व्यापारी फर्मलाई अञ्जानमा भएको गल्तीका लागि जरिवाना छुटको व्यवस्था हुनुपर्ने धारणा पनि प्रदेशसभा सदस्यहरुले राख्नुभएको थियो । त्यसरी धारणा राख्ने प्रदेशसभा सदस्यमा श्रीप्रसाद मनौली, उदिता विश्वकर्मा, वसन्तीदेवी यादव, रामवहादुर मगर र जयराम यादव हुनुहुन्थ्यो ।

प्रदेश सभामुख प्रदीपकुमार भण्डारीद्वारा प्रदेशसभाको नियमावली, २०७४ को नियम ९४(१) (ख) बमोजिम प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई प्रदेश सामाजिक विकास संस्थाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई दफावर छलफलको लागि सामाजिक विकास समितिमा पठाइयोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।

उक्त विधेयकमाथि नेपाली काङ्ग्रेसका सूयर्मा राई, शेखरचन्द्र शर्मा र शिवनारायण सिंह गनगाई र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सरिता खड्का र विमल कार्कीले संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ । प्रदेशसभाको अर्को बैठक यही भदौ १९ गते १ बजे बस्नेछ । 


काठमाडौँ, भदौ १४ गते । रातो तारा डट कम, विकास निर्माण तथा पूर्वाधारको विकाससँगै वन विनाश तीव्ररुपमा बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । विसं २०२० देखि विसं २०४१ सम्ममा देशभरीबाट पाँच लाख ७० हजार हेक्टर वन विनाश भएको तथा विसं २०२२ देखि २०३७ मा चुरे क्षेत्रमा दुई लाख ६३ हजार हेक्टर वन विनाश भएको चुरे सरोकार समाज नेपालले जनाएको छ ।

यही क्रममा वन विनाश हुँदै जाने हो भने अर्को २० वर्षमा तराई क्षेत्र मरुभूमिमा परिणत हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् । समाजका अनुसार राजनीतिक स्वाथ्र्य पूरा गर्नका लागि दलका नेताले सो अवधिमा तराईको तीन लाख ५६ हजार बिघा वन फाँडेर आफ्ना समर्थकलाई जमीन बाँडिएको थियो । त्यो समयमा प्रतिपरिवार दुईदेखि छ बिघासम्म वन क्षेत्र वितरण गरिएको समाजको दावी छ ।

समाजका संयोजक डा नागेन्द्र यादवले पूर्वका जिल्लामा झोरा फाँड्ने, बाराको टागिया बस्ती र रुपन्देहीमा बर्मेली टोल बसाइए पनि तराई–मधेशका गरीब, दलित र मुक्तकमैया तथा गरिबीको रेखामुनि रहेका ४२ प्रतिशत जनतालाई भने आवास पाउनबाट बञ्चित गराइएको उल्लेख गर्नुभयो ।

प्रदेश नं २ मा नौ हजार ६६१ वर्ग किलोमिटर वन क्षेत्र रहेको तर त्यस क्षेत्रमा जनसङ्ख्या सबैभन्दा बढी रहेको जिकिर गर्दै यादवले विकासका नाममा रेल्वे, विद्युत् लाइन, विश्वविद्यालय, रङ्गशाला र सुरक्षा निकायको शिविर तथा विमानस्थलको निर्माणले प्राकृतिक स्रोतका रुपमा रहेको वन क्षेत्र ह्रास हुँदै गएको बताउनुभयो । 


शिव भट्टराई -मोरङ भदौ १३ गते । रातो तारा डट कम
बाल मनोविज्ञानमा आधारित नेपाली कथानाक चलचित्र मेरी मामु को पचारप्रसारका लागि इटहरी आइपुगेका कलाकारहरुले सामाजिक कथा वस्तु समेटिएको चलचित्र भएको दावी गरेका छन ।

इटहरीमा पत्रकार सम्मेलन गरी मेरी मामु टिमले बाल मनोविज्ञानलाई सामाजिक परिवेशमा सामाजिक प्रस्तुत गरेको वताएको हो । पत्रकार सम्मेलनमा चलचित्रका निर्माता सन्तोष सेनले बाल मनोविज्ञानलाई समेटेर चलचित्र नवनी रहेको समयमा आफुहरुले बाल मनोविज्ञानलाई मुख्य विषयवस्तु वनाएको समेत जानकारी दिए ।

 चलचित्रको प्रचारप्रसार गर्ने क्रममा आफुहरु स्कुलहरुमा पनि पुगेको र आमाका विषयमा निवन्ध लेख्ने पाँच जना विद्यार्थीहरुलाई थाइलेण्ड घुमाउने घोषणा गरिएको मेरी मामुको टिमले जनायो ।

चलचित्रमा मुख्य भुमिका बालकलाकार आयुव सेनको रहेको र कुसुम गुरुगंले आयुवको भुमिकामा रहेको वताइयो । सो क्रममा नायिका कुमुमले बाल मनोविज्ञानमा आधारित कथावस्तु भएपनि त्रिकोणात्मक प्रेम समेत चलचित्रमा रहेको जानकारी दिइन ।

(फायलफोटो)
धनकुटा, भाद्र १३ गते । रातो तारा डट कम,
धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका ६ स्थित कोशी राजमार्गमा बुधबार बिहान ११.१० बजे सुनसरी जिल्लाको ईनरुवाबाट धनकुटाको नमस्ते झरना घुम्न आएको पर्यटक चढेको को १ख ३५८३ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामाअन्य २४ जना घाइते भएका छन् ।

को १ ख ३५८३ नम्बरको बस अनियन्त्रित भई सडक किनार भित्तामा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सुनसरी बराह नगरपालिका(९ स्थित प्रकाशपुर बस्ने वर्ष ४८ को राजेन्द्र राजवंशीको उपचारका क्रममा विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बुधबार दिउँसो २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा जिल्ला सुनसरी भोक्राहा गाउँपालिका १ बस्ने वर्ष ३० को रामकुमार मेहता, भोक्राहा ४ बस्ने वर्ष १५ को सुरज मेहता, भोक्राहा १ बस्ने वर्ष ४२ को बिरेन्द्र कुमार मेहता, सोही स्थान बस्ने वर्ष १९ को चन्द्र नारायण साह, भोक्राहा ४ बस्ने वर्ष ४५ को
ईन्द्र राज खड्का, जिल्ला सुनसरी ईनरुवा नगरपालिका ६ बस्ने वर्ष ३७ की तारा बस्नेत,भोक्राहा ४ बस्ने वर्ष ५५ की ईन्दिरा बस्नेत, सोही स्थान बस्ने वर्ष ३७ को विनोद कुमार यादव ,भोक्राहा ४ बस्ने वर्ष ४२ को आनन्द नारायण मेहता, सोही स्थान बस्ने वर्ष ३२ को संजिव मंडल,भोक्राहा ७ बस्ने वर्ष ३५ को राम कुमार मेहता, सोही स्थान बस्ने वर्ष ३५ को रमेश मेहता,जिल्ला सुनसरी बराह नगरपालिका २ स्थित प्रकाशपुर बस्ने वर्ष ४३ को दिलिप ठाकुर, जिल्ला
सुनसरी भोक्राहा गाउँपालिका १ बस्ने वर्ष २८ को सुवर्ण मेहता, भोक्राहा ४ बस्ने वर्ष ६५ को खड्ग बहादुर सिवा, सोही स्थान बस्ने वर्ष ३२ को सुरेस मेहता रहेका छन् । उनीहरुको सोही विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।

त्यसैगरी सामान्य घाइतेहरुलाई भेडेटार स्वास्थ्य चौकीमा उपचार गराईएको छ । सामान्य घाइते हुनेमा जिल्ला
सुनसरी भोक्राहा गाउँपालिका ४ बस्ने वर्ष ३४ को जियाबुल अन्सारी, भोक्राहा १ बस्ने वर्ष ५८को बालकृष्ण मेहता, भोक्राहा १ बस्ने वर्ष ४० को देउकृष्ण मेहता, भोक्राहा ४ बस्ने वर्ष ३५ को हन्सी अन्सारी, भोक्राहा २ बस्ने वर्ष ३० को सुरेश मेहता, सोही स्थान बस्ने वर्ष ३५ की रन्जु परियार, भोक्राहा १ बस्ने वर्ष २८ को श्रवण मेहता र जिल्ला सुनसरी ईनरुवा नगरपालिका ४ बस्ने राजेन्द्र राई र जिल्ला सुनसरी ईनरुवा नगरपालिका ४ बस्ने वर्ष ६५ को खड्ग नेपाली रहेका छन् ।

 बसका चालक फरार भएकाले प्रहरीबाट खोजी भईरहेको ईलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ ।


बिराटनगर,भदौ १३ गते । रातो तारा डट कम,बिभागले राष्ट्रिय जनगणा २०७८को सन्दर्भलाई फोक्स गरेर १ नम्वर प्रदेश स्थरिय एक दिने गोेष्ठी आज बिराटनगरमा सम्मपन्न गरेकोछ ।
सो गोष्ठीमा सम्वन्धित निकाय र कार्यलयहरुका कर्मचारी स्थानिय निकायका अधिकृत कार्यलय प्रमुखहरु सन्चार कर्मीहरु १ प्रदेश मुख्य मन्त्री सचिवालयका सचिव,लगाएत मन्त्रालयका सचिव ज्यु हरु विज्ञ अनुसन्धान कर्ता प्राध्यापकहरु समेतको उपस्थितिमा छलफल, सुजाव, अन्तरक्रिय, समेत गरि गोष्ठी सम्मपन्न भएको थियो ।

प्रत्येक १०, १० वर्षमा गरिने राष्ट्रि«य जनगणना नेपालको संविधानको धारा २८१ अनुसार अव हुने २०७८को जनगणना ऐतिहासिक हुने भएकाले संघीय प्रदेश र स्थानिय शासन, तह वडा समेत समेटन तथ्याड्ढ बिभागलाई चुनौति भए पनि कसरी सरल बनाउन सकिन्छ भन्ने बिषयमा बिषय गत ३ वट्टा विषयमा केन्द्रिय तथ्याङ्घ बिभागका जनसंख्य शाखा निर्देशक श्री ढुण्डीराज लामिछाने,शाखा निदेशक श्री शंकर लाल श्रेष्ठ, र बिभागका निर्देशक यदुनाथ आचार्य,र अधिकृत दिननाथ लम्सालले प्रस्तुति, सजिकरण गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा आन्तरिक मामिला कानुन मन्त्री श्री माननीय हिक्मत कुमार कार्कीले कार्यक्रमलाई सम्वोधन गर्दै,तथ्याङ्घ गलत भएमा समाज अनुसन्धान कर्ता र राजनीीतमा समेत प्रभाव पर्ने भएकाले सरकारका तीनै तहका शासन प्रणालीको तल्लो निकाय वडा र गाउँ गाउँ सम्म सहि जनगणना गर्न आवश्यक भएको बताउनु भयो । अन्त्यमा कार्यक्रम सफलताको शुभ कामना समेत दिनु भयो ।

त्यसैगरी १ नम्वर प्रदेशका मुख्य सचिव श्रीमान केदार न्यौपाने, मोरग जिल्ला समन्वय समितिका संयोजक श्रीमान नरेस पोखरेल,आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव श्रीमान गोपाल पराजुली,मोरगका प्रमुख जिल्ला अधिकारी श्रीमान रमेश कुमार केसी,समेतले आ–आफना धारणाहरु राख्नु भएको थियो ।
बिभागका महानिर्देशक श्रीमान सुमनराज अर्याल ज्यु को अध्यक्षतामा भएको कार्यक्रमलाई संम्वोधन गर्दै सहभागिहरुले उठाउएका प्रश्नको जवाफ दिर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।



मोरङ, भाद्र १३ गते । रातो तारा डट कम मोरङ जिल्लाको धनपालथान गाउँपालिका-२ स्थित गोसाँई पोखरीबाट प्रहरीले बुधबार अवैधचौपाया र सुर्ती बरामद गरेको छ ।

प्रहरी चौकी अमाहीवरियातीबाट खटिएको गस्ती टोलीले बुधबार बिहान ७ बजे धनपालथान गाउँपालिका-२ स्थित गोसाई पोखरीबाट अवैध रुपमा भारततर्फ निकासी हुँदै गरेको ६ वटा गाई र १ वटा गोरु (जम्मा ७ वटा चौपाया) तथा भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको ३
बोरा (१५० किलो) सुर्ती बरामद गरिएको हो ।

प्रहरीले सुर्तीसहित ३ वटा साईकल समेत
नियन्त्रणमा लिएको छ । गस्तीमा रहेका प्रहरीलाई देख्नासाथ तस्करहरु चौपाया र सुर्तीको बोरा
छाडेर भागेका थिए । बरामद सामान ईलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई राखिएको छ ।


काठमाडौ भदौ १३ गते । रातो तारा डट कम,
विगत चार दिनदेखि बेपत्ताको अवस्थामा रहेका नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको खोजी कार्यका लागि नेपाल पत्रकार महासंघले स्थानीय निकाय, प्रदेश सरकार एवं विभिन्न सुरक्षा निकाय र सरकारसँग निरन्तर आग्रह र पहल गर्दै आएको छ । हालसम्म पनि पत्रकार खड्काको खोजीमा सरकार गम्भीर नभएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

भाद्र १० गते करिव १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा पत्रकार खड्का सम्पर्कविहीन भएका हुन् । चार दिन बितिसक्दा पनि  पत्रकार खड्काको अवस्थाका बारेमा कुनै जानकारी प्राप्त नहुँदा महासंघ गम्भीर र दुःखी भएको छ । महासंघ बेपत्ता भएका पत्रकार खड्काको खोजी कार्यमा तदारुकता देखाई उहाँको अवस्था तत्काल पत्ता लगाउन सरकारसँग जोडदार माग गर्दछ ।

साथै, बेपत्ता अवस्थामा रहेका पत्रकार खड्काको खोजी कार्यमा सहयोग गर्न मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी र सञ्चारसम्वद्ध संघसंस्थाका साथै सबैमा महासंघका महासचिव रमेश बिष्टले प्रेस बिज्ञप्ति मार्फत आहृवान गरेेेेकाछन  ।




काठमाडौ भदौ १३ गते । रातो तारा डट कम,बिमिस्टेकमा सहभागी हुन आएका म्यानमाका राष्ट्रपति विन मिन्टको स्कटिङमा खटिएका नेपाल प्रहरीको मोटरसाइकल पल्टिएर
दुर्घटना परेका छन।

स्कर्टिङका क्रममा कालिमाटीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जनाएको छ । सोल्टी होटलबाट एयरपोर्ट जाने क्रममा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताइएकाे छ ।

दुर्घटनामा परेका प्रहरीको उपचार पछि काममा फर्किसकेका छन।


काठमाडौँ भदौ १३ गते । रातो तारा डट कम बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को १६औँ मन्त्रीस्तरीय बैठक आज बिहान बस्दैछ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा हुने उक्त बैठकमा सदस्य देशका परराष्ट्र÷बाह्य मामिला÷विदेशमन्त्रीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिम्स्टेकका महासचिवको प्रतिवेदन भोलिदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मङ्गलबार सम्पन्न बिम्स्टेकका वरिष्ठ पदाधिकारीको १९औँ बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश हुनेछन् ।

त्यसैगरी बिम्स्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी, चौथो शिखर सम्मेलन र काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने, बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण आजैको बैठकमा हुनेछ ।

बैठकमा बङ्गलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाह्य मामिला राज्यमन्त्री भि। के सिंहले गर्नुहुनेछ ।

यसैगरी म्यान्माका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सङ्घीय मन्त्री क्याव तिन, श्रीलङ्काका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डलले बैठकमा भाग लिनेछ ।

बैठकमा भुटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गर्नुहुनेछ । भुटानमा आम निर्वाचन घोषणा भएकाले अन्तरिम व्यवस्थामा सचिव छोङलाई मन्त्रीस्तरीय बैठकमा सहभागिताको अख्तियारी प्रदान गरिएको हो ।


मोरङ, भाद्र १३ गते । रातो तारा डट कम,ईलाका प्रहरी कार्यालय रानीले मंगलबार ६७ हजार ४ सय ३० रुपैया बराबरको अवैध समान बरामद गरी भन्सार बुझाएको छ ।

सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तरगत उक्त कार्यालय तथा अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट
खटिएको टोलीले मंगलबार भारतबाट भन्सार छलेर ल्याएको स्पोर्टस जुत्ता-४० जोर, सेन्डो भेष्ट-६० पिस खाद्यान्न र हरियो तरकारी बरामद गरेको छ ।

समानसंगै तस्करीमा प्रयोग भएको ७ वटा साइकल समेत नियन्त्रणमा लिई मंगलबार विराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।


मदनकृष्ण सिलवाल–काठमाडौँ, भाद्र १३ गते । रातो तारा डट कम, बालगृहहरूको महासंघ, नेपाल काठमाडौँ जिल्ला कार्य समितिको तेस्रो जिल्ला भेला सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपस्थित सिएनएफएनको सभाकक्षमा सो भेला सम्पन्न भएको थियो ।

ललित शाहीको सभापतित्व तथा बालबालिकाका निम्ति गैह्रसरकारी संस्थाहरूको महासंघ(सिएनएफएन) अध्यक्ष मनोजकुमार कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । भेलाले केवल पण्डितको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति चयन गरेको छ ।

नवनिवाृचत पदाधिकारीहरूलाई बालगृहहरूको महासंघ केन्द्रीय समितिका का.वा.अध्यक्ष दुर्गा मैनाली सपथ खुवाउनुभयो । सो कार्यक्रममा शुभकामना मव्यव्य रमेश खतिवडाले दिनुभएको थियो भने प्रमुख अतिथि मनोजकुमार कँडेल, छन्दप्रसाद आचार्य, रमेश खतिवडालगायतले विगत र वर्तमानको सन्दर्भमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

बालगृहहरूको महासंघ, नेपालले बालबालिकाको हक हति र संरक्षणको क्षेत्रमा राज्यलाई सहयोगीका रुपमा देशभर करीब २०० वटा सञ्चालित बालगृहहरूको अभिभावकको रुपमा बालगृहमहासंघ नेपाल रहेको छ । देशभर सञ्चालित बालगृहहरू सुधार गर्ने र मापदण्ड नपुगेका बालगृहहरूलाई समायोजन गर्ने कार्यमा बालगृह महासंघले विगतदेखि नै उल्लेख्य भुमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो ।

साथै उहाँले स्थानीय सरकार र बालबालिकाको विकास र विस्तार निम्ति राज्यको बजेट पहिचान र सरोकारवालासम्म पु¥याउनको निम्ति पहलकदमी गर्ने जस्ता कार्यमा समेत महासंघले टेवा पु¥याएको धारणा बालगृहहरूको महासंघ, नेपाल काठमाडौँ जिल्ला कार्य समितिका नवनिर्वाचित अध्यक्ष केवल पण्डितले बताउनुभयो ।


काठमाडौँ,भदौ १३ गते । रातो तारा डट कम, लगातार ओरालो लाग्दै आएको शेयर बजारमा हिजो सामान्य सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.३७ बिन्दुले बढेर एक हजार १७७.०९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ बिन्दुले बढेर २४८.६१ बिन्दुमा पुगेको छ । कूल १५४ कम्पनीको ६ लाख २२ हजार ८०१ कित्ता शेयर रु १९ करोड पाँच लाख १३ हजार ९९६ मूल्यमा खरीद–बिक्री भएको छ ।

स्टकका अनुसार तीन उपसमूहको शेयर भने घटेका छन् भने अरू उपसमूहका शेयर भने बढेका छन् । जलविद्युत् ३.०४, अन्य ०.८ र जीवन बीमा समूहको ३१.०३ बिन्दुले घटेको छ । यस्तै बैङ्किङ १.८९, होटल १२.२४, विकास बैङ्क ८.६७, वित्त १.४२, निर्जीवन बीमा ५.९४, उत्पादन १२.२६ र माइक्रोफाइनान्स २.९२ बिन्दुले बढेको छ । 


राजविराज, भदौ १३ गते । रातो तारा डट कम,सप्तरी अग्निसाई कृष्णासवरण गाउँपालिका–१ स्थित जण्डौलमा फेला परेको दुर्लभ तथा लोपोन्मुख सालकलाई कोशी टप्पु वन्यजन्तु आरक्षको जिम्मा लगाइएको
छ ।

राष्ट्रिय वन क्षेत्रभित्र पर्ने महुली खोला नजिकैको वनतर्फ जाँदै गर्दा स्थानीय ललकु सदाले फेला पारेको जनावरलाई गाउँमा लगेको र गाउँलेले उक्त जनावर सालक रहेको थाहा पाएपछि नजिकको इलाका वन कार्यालय महुलीमा खबर गरेका थिए ।

प्राप्त सूचनाका आधारमा सो कार्यालयबाट खटिएको प्राविधिक सहितको टोलीले आवश्यक प्रक्रिया पु¥याइ सालकलाई कोशी टप्पु वन्यजन्तु आरक्षणको जिम्मा लगाइएको इलाका वन कार्यालय महुलीका प्रमुख कृष्णप्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।


सुनसरी, भाद्र १२ गते । रातो तारा डट कम
सुनसरी जिल्लाको ईनरुवा नगपालिका-३ स्थित पूर्व पश्चिम राजमार्गमा मंगलबार दिउँसो ४:३० बजे को १० च १३६ नम्बरको एम्बुलेन्स दुर्घनटा हुँदा चालक सहित
३ जना घाइते भएका छन् ।

 पूर्वबाट पश्चिम तर्फ जादै गरेको को १० च १३६ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई सडकबाट तल खस्दा एम्बुलेन्स चालक जिल्ला महोत्तरी बर्दिवास नगरपालिका-१ बस्ने वर्ष २३ को सागर श्रेष्ठ,एम्बुलेन्समा सवार बर्दिबास नगरपालिका-१ बस्न वर्ष २२ को किरण फुँयल र
जिल्ला तेह्रथुम जलजले घर भई हाल बर्दिबास नगरपालिका-१ बस्ने वर्ष २२ को रोशन लिम्बु घाइते भएका छन् ।

घाइते तीनै जनाको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको छ ।


मोरङ, भाद्र १२ गते । रातो तारा डट कम
मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका-६ स्थित पूर्व पश्चिम राजमार्गमा मंगलबार बिहान ११:३० बजे स्कुटर दुर्घटना हुँदा १ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे ९ प ३५२१ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेको को २८ प ७६८७ नम्बरको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना
भएको थियो । दुर्घटनामा स्कुटर चालक जिल्ला झापा, विर्तामोड नगरपालिका-५ बस्ने वर्ष ३० को टेकनाथ सुवेदी घाइते भएका छन् ।

घाइते सुवेदीको धरान स्थित बिजयपुर अस्पतालमा उपचार भईरहेको छ भने स्कुटर र मोटरसाइकल प्रहरी
चौकी गछियामा राखिएको छ ।

विराटनगर, भदौ १२ गते । रातो तारा डट कम,नेपाल इँटा व्यवसायी महासङ्घद्वारा बिराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनीहरुले इँटा उद्योगमा काम गर्ने मजदूरका छोरा र छोरीलाई शिक्षा दिने, बाल मजदूर नराख्ने र चिम्नीबाट फैलिने प्रदूषणलाई अत्याधुनिक प्रविधि प्रयोग गरी प्रदूषण हुन नदिनेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा इँटा व्यवसायीले वातावरण संरक्षण र काचो इँटाको बीमा हुनुपर्ने माग अगाडि सारेको छ ।

मुलुकभर एक हजारभन्दा बढी इँटा उद्योगी रहेका छन् । तीमध्ये नेपाल इँटा व्यवसायी महासङ्घमा ६८० उद्योगी आबद्ध छन् । झन्डै दुई लाख ४० हजारलाई रोजगारी दिएको नेपालका इँटा उद्योगले बर्षेनी रु ७० करोडभन्दा बढी राजश्व बुझाउने गरेको सो अवसरमा जानकारी गराइयो ।

गत वर्ष प्रतिटन रु १८ हजार मूल्य पर्ने कोइला अहिले रु २९ हजार पर्ने गरेकाले इँटाको मूल्य केही वृद्धि भएको हुँदा सरकारले कोइला खरीदमा सहजीकरण गरी दिनुपर्ने माग महासङ्घकोछ । कार्यक्रममा महासङ्घको चौथो महाधिवेशन भदौ १४ गते विराटनगरमा सम्पन्न हुने र यसका लागि ३०० प्रतिनिधि सहभागी हुने कोशी इँटा व्यवसायी सङ्घका अध्यक्ष महेन्द्र साहले जानकारी
दिनुभयो ।


काठमाडौँ,भदौ १२ गते । रातो तारा डट कम,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण केन्द्र भरतपुर वितरण केन्द्रका कार्यालय सहयोगी कृष्णबहादुर सुवेदीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगले सुवेदीलाई भरतपुर महानगरपालिका–७ मस्र्याङ्दी टोलमा रहेको जीवनज्योति मिनरलवाटर एण्ड वेभरेज इन्डस्ट्रिजबाट पक्राउ गरेको हो । विद्युत् प्रसारण लाइनको खम्बा मर्मत गर्ने सिलसिलामा सुवेदीले सेवाग्राहीसँग घुस मागेको अभियोग लागेको छ । 


झापा, भाद्र १२ गते । रातो तारा डट कम,
झापा जिल्लाको मेचीनगर नगरपालिका-८ स्थित दोकानडाँडाबाट भाद्र ११ गते साँझ सखुवाको अवैध ६३ क्यु.वि. फिट काठसहित २ जनालाई नियन्त्रणमा लिई वन कार्यालयमा बुझाईएको छ ।

ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको टोलीले सोमबार साँझ ५:३० बजे मे १ त ५२६७ नम्बरको ट्रयाक्टरबाट सिमल र कदम जातको अन्दाजी २५ हजार मूल्य बराबरको गोलिया काठ बरामद गरेको थियो ।

काठसंगै धनी जिल्ला झापा मेचीनगर नगरपालिका-१ बस्ने वर्ष ३२ को दिनेश सार्की र ट्याक्टर चालक मेचीनगर नगरपालिका-१ बस्ने वर्ष २४ को दिपु परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद काठसहित ट्याक्टर तथा पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागि मेची सव-डिभिजन वन कार्यालयमा बुझाईएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ।


 शिव भट्टराई- मोरङ भदौ १२ गते । रातो तारा डट कम,
मोरंगको सुन्दरहरैचामा आन्तरिक राजस्व कार्यालय विराटनगरको शाखा सञ्चालनमा आउने भएको छ।

मोरंङमा रहेको बिभिन्न दुर्गम ठाऊँबाट टाढा सम्म कार्यालयमा कर तिर्न असहज हुने गरेको छ। तर अब यस राजस्व कार्यालयको साखा आफ्नै ठाउमा स्थापना हुने भएकोल मोरंगको दुर्गम क्षेत्रबाट कर तिर्न आउने सेवाग्राहिहरुलाई सहज हुने भएको छ।

यस राजस्व कार्यालय यसै भदौबाट संचालनमा आउने भएकाले ब्यापारी साथै व्यवसाहिहरु निकै हर्षित भएका छन्।यस राजस्व कार्यालय अर्थमन्त्री युवराज खतिवड़ाद्वारा उद्घाटन हुने भएको कुरा श्रोतले जनाएको छ।

यस कार्यालयको स्थापना हुने भएकोले अब कर तिर्न सजीलो हुने कुरा कर दाताहरुले बताएका छन्।

विराटनगर,भदौ १२ गते । रातो तारा डट कम, स्वतन्त्र पत्रकारितामाथि फौजदारी नियमन मान्य नहुने मोरङका पत्रकाहरुले निष्कर्ष निकालेका छन् ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाले आज आयोजना गरेको मुलुकी फौजदारी र देवानी संहिता र स्वतन्त्र पत्रकारिताबारे छलफल गर्दै मोरङका पत्रकारहरुले स्वतन्त्र पत्रकारितामाथि फौजदारी नियमन मान्य नहुने निष्कर्ष निकालेका हुन् ।
पत्रकारितालाई नियमन गर्ने अन्य विभिन्न कानुनहरु भएको र पत्रकारिता जधन्य अपराध नभएकोले फौजदारी संहिताबाट नियमन गर्नु निन्दनिय भएको पत्रकार महासंघ एक नम्बर प्रदेश समितिका महासचिव विवेक गौतमले बताए । उनले भदौ १ देखि लागू भएको देवानी र फौजदारी मुकुकी सहिताले संबिधानको प्रस्तावना , नागरिक अधिकार,सूचनाको हक , सञ्चार र स्वतन्त्रताको हकलाई कुण्ठित गर्न खोज्नु आपत्ती जनक हो भने ।
पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्साललले पत्रकारिता केबल पत्रकारकालागि नभै देश र जनताकालागि गरिने भएकोले उनीहरुलाई फौजदारी काुननले नियमन गर्नु संबिधानमा लेखिएको पूर्ण स्वतन्त्रता विरोधी कार्य हुने बताए । उनले जधन्य अपराधकालागि लगाइने फौजदारी कानुन पत्रकारितामाथि लगाउँदा लोकतन्त्र कुण्ठित हुने भयको सूरुआत भएको चर्चा गरे । अग्रज पत्रकार शिवबहादुर कार्कीले पत्रकारिताको मर्मलाई जोगाउन अंकुश लगाउने गलत कानुनहरु खारेज हुनुपर्ने र त्यसकालागि पत्रकारहरु सचेत हुनुपर्नेमा जोड दिए ।
फोटो पत्रकार सघका केन्द्रीय सदस्य वेदराज पौडेलले फौजदारी संहिताले गर्दा खोजी पत्रकारिता भयभीत अवस्थामा आइरहेको छ भने प्रेस संगठनका केन्द्रीय सदस्य रामचन्द्र अधिकारीले कडा कानुन ल्याएर समाजलाई नियमन गर्नु आवश्यक भएपनि पत्रकारितालाई नै अंकुश लगाउने गरि कानुन आउनु दुखद हो भने ।
पत्रकार महासंघ मोरङका पूर्व सभापति दिपक दहालले पत्रकार र अपराधीहरुलाई एउटै डालोमा हालेर नियमन गर्नुले अगामी दिनमा पत्रकारिता झन संकट पूर्ण बन्दै गएको अभाष भएको बताए । पत्रकार महासंघ मोरङका सल्लाहकार महेन्द्र बिष्टले केहीले गरेको गल्तिकै कारण सिँगो पत्रकारितालाईनै अंकुश लगाउने गरि कानुन ल्याउनु चाँही गलत हो भने । अर्का सल्लाहकार विक्रिम निरौलाले मुलुकी संहिताले भ्रष्टाचार मुक्त्त र शुशासनयुक्त्त समाज निर्माणकालागि लागिपरेका पत्रकाहरुलाई सेल्फसेन्सरशिपमा जान बाध्य पारेको प्रस्ट पारे । प्रेस युनियन मोरङका अध्यक्ष मिनकुमार नवोदितले पत्रकारहरुसँग छलफल नै नगरि आएको फौजदारी र देवानी संहिता समयमै शंसोधन गराउन पत्रकार महासंघ र सरोकारवालाहरु सचेत हुनुपर्नेमा जोड दिए ।
अनलाइन मिडिया समुहका अध्यक्ष तेजेन्द्र बहादुर भण्डारीले सबै फोैजदारी र देवानी संहिता र बिधुतिय कानुनले सन्चार कर्मीका अधिकारमा अंकुश लगाको भन्न मिल्दैन, कानुन त चाहियो नि ? के मिलेकोछैन सो कुरा सच्चाउदा रामो हुने बताउनुभयो ।
नेपाल पत्रकार महासंघको निर्देशनमा फौजदारी र देवानी संहिताको प्रतिकुल कानुनहरु शंसोधन गराउनकालागि भएको उक्त्त छलफलमा फौजदारी संहिता मात्र नभएर संघिय सँसदमा पेस भएको गोपनियताको हक सम्बन्धि बिधेयकले सार्वजनिक निकायमा पदाधिकारीहरुको स्वच्छचारीता बढाउने निश्चित भएको निष्कर्ष पत्रकारहरुको थियो । लागू भएको फौजदारी र देवानी संहिताले सबिधान अनुसार प्रेस स्वतन्त्रतामा सन्तुलन हुन नसकेकाले आपत्तिजक दाफाहरु शंसोधन गर्नुपर्ने जोड दिएका छन । उनीहरुले पत्रकारितालाई आवश्कता अनुसार अलग्गै प्रेस कानुनबाट नियमन गर्नुपर्ने माग गरेका छन ।

काठमाडौँ,भदौ १२ गते । रातो तारा डट कम, आफ्ना पेशागत माग पूरा गराउन यही भदौ १२ र १३ गते देशभरका सामुदायिक विद्यालयमा हड्तालको कार्यक्रम फिर्ता भएको छ ।

संयुक्त अस्थायी शिक्षक सङ्घर्ष केन्द्रीय समितिले नेपाल शिक्षक महासङ्घसँगको वार्ताका क्रममा माग पूरा गराउन सकारात्मक पहल गर्ने सहमतिपछि आन्दोलन स्थगन भएको समितिका अध्यक्ष हेमनाथ चौलागार्ईंले बताउनुभयो ।

सङ्घीय शिक्षा ऐन तर्जुमाका क्रममा अस्थायी शिक्षकका माग सम्बोधन गर्न महासङ्घले पहल गर्ने सहमति भएको समितिले जनाएको छ । कुनै पनि बहानामा विद्यालय बन्द गराइनु मानव अधिकार विरोधी हुने सरोकार भएकाहरुले बताउँदै आएका छन् ।


बिराटनगर, भाद्र १२ गते । रातो तारा डट कम,
ईलाका प्रहरी कार्यालय रानीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ बाट १ लाख ११ हजार ८ सय २५ रुपैया बराबरको अवैध सामान बरामद गरी भन्सार बुझाएको छ ।

सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय रानी र अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको टोलीले सोमबार बिहान भारतबाट भन्सार छलेर ल्याएको रेडिमेड सर्ट, लेडिज टप्स, साडी, कुर्ता सुरुवाल, गाडीको कार्पेट तथा खाद्यान्न लगायतको समाग्री बरामद गरेको थियो ।

बरामद सामान सोमबार बिराटनगर भन्सार कार्यालयमा बुझाईएको उक्त कार्यालयले जनाएको छ ।




काठमाण्डौं, भदौं १२ गते । रातो तारा डट कम,इाापा, कनकाई नगरपालिका–२ जामुनखाडी सामुदायिक वन तथा सिमसार क्षेत्रमा अवैध रुपमा रुख कटान गरिएको छ । उक्त वनमा साल र सिसौका रुख काटिएको पाइएको छ । वनमा भेटिएका काठको गोलियाको कुनै लगत र कागजपत्र छैन ।

सेक्टर वन कार्यालय सुरुङ, उपभोक्ता समितिका पूर्वपदाधिकारी र उपभोक्तासहितको टोलीले सो वनको अनुगमनका क्रममा अवैध रुपमा रुख कटान गरेको पाइएको कनकाई–२ का उपभोक्ता दीपक चापागाईले जानकारी दिनुभयो । “रुख कटान गर्ने निर्णय गरिएको छैन, प्रक्रियासमेत पु¥याइएको छैन,”उहाँले भन्नुभयो ।

वनमा साल ३५ क्युफिट र सिसौ ९५ क्युफिट भेटिएको छ । उक्त काठ उपभोक्ताको रोहवरमा मुचुल्का बनाई वनमै छाडिएको सेक्टर वन कार्यालय सुरुङका प्रमुख शिवनारायण यादवले बताउन
ुभयो । रुख कटानीबारे अनुसन्धान भइरहेको छ । उक्त वनको एक वर्षदेखि आन्तरिक लेखा परीक्षणसमेत गरिएको छैन ।

तीन÷तीन महिनामा लेखा परीक्षण गर्नु पर्ने नियम छ । वन समूहका अध्यक्ष ख्याम सिटौलाले जङ्गलमा ढलेका रुखको काठ सुरक्षित राख्न गोलिया बनाएर राखेको बताउनुभयो । सिमसार क्षेत्रमा टहरा जीर्ण भएकाले मर्मत गर्न तथा थप टहरा निर्माण गर्न काठ चिरान गरेको बताउनुभयो । 


शिव भट्टराई - मोरङ भदौ ११ गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा वार्ड नं ७ मा रहेको श्री सृजना सामुदायिक वन उपभोक्ता समुहको ८ औ साधारण सभा आज सम्पन्न भएको छ ।

वन उपभोक्ता समुहका अध्यक्ष भक्ति सिटौलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ०७४/०७५ को आय व्यय सार्वजनिक गरिनुको साथै वन उपभोक्ता समुहको नया नेतृत्व चयन सभाले गरेको छ ।

सुन्दरहरैचा वार्ड नं ७ का वार्ड अध्यक्ष चैतन्य प्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि इलाका वन कार्यलय सलकपुरका वन अधिकृत लाल बाबू माझी साथै सुन्दरहरैचा वार्ड नं ७ का वार्ड सदस्यहरु रहेका थिए भने विभिन्न संघ सस्थाका प्रतिनिधिहरु अतिथि रहेका थिए ।

उक्त कार्यक्रमबाट भक्ति सिटौलाको अध्यक्षता मा ११ जनाको नया नेतृत्व चयन गरेको छ । नया नेतृत्वमा अध्यक्ष भक्ति सिटौला बाहेक अब्य पदाधिकारी को नया अनुहार वन उपभोक्ताका सदस्यहरुले गरेका छन । नया नेतृत्वमा उपाध्यक्षमा योगमाया कटुवाल, सचिवमा भगवती पराजुली, कोषाध्यक्षमा विदुर दाहाल सर्वसम्मत चयन हुनुभएको छ ।

त्यस्तै लेखा आयोगमा संयोजक डण्ड बहादुर खडका सहित तीन जना शिव भट्टराई हिम प्रसाद उप्रेती सर्वसम्मत चयन हुनुभएको छ ।

बिराटनगर,भदौं ११ गते । रातो तारा डट कम,बिराटनगरको पानी टंकीमा वि स १९८८ मा राधाकृष्णको मन्दिर स्थापना भए देखिन हिन्दू हरुले जनैपूर्णिय अर्था श्री कृष्ण जन्माष्टमीका दिनलाई रथ यात्रामाको पावन दिनका रुपमा मनाउदै आएका छन । यो रथ यात्रा नेपालको मात्र नभएर भारतको जगन्नाथपुरी पछिको ठुलो रथयात्राका रुपमा परिचित हुदै आएको छ ।

यो रथयात्रामा सहभागि हुन नेपालका छिमेकी जिल्लाहरु र भारतका बिभिन्न ठाउँहरुबाट लाखौंको संख्यामा भक्तजनहरु सहभागि हुन आईपुग्ने गरेका छन । रथ छुदा वा लठ्ठा समाएर तान्दा मात्र आफुले चिताएको पुग्ने पाप नास हुने भक्तहरुलाई राम्रो हुने जस्ता किम्बदन्तीहरु पनि रहेको पाइन्छ ।

यही २०७५ साल भाद्र १८ गते मनाइने श्री कृष्ण रथयात्रा ४ बजे युगल जोडी श्री भगवान श्री राधाकृष्ण विराजमान रथ मन्दिरबाट शुभारम्भ गरी मेनरोड महेन्द्र चोक, धारान रोड, वरगाछी हुदै पुन मन्दिर परिसरमा ४३ स्थानमा बिश्राम गर्दै,७ किलोमिटर रथ तानेर करिव ४,३० को समय लगाएर आईपुग्ने कुरा श्री राधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओइााले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराउनु भयो ।

भाद्र १८ गते हुने श्री कृष्ण रथयात्रा महोत्सवमा करिव ५ लाखको हाराहारीमा भक्तजनहरुको उपस्थिति रहने समेत ओइााले जानकारी गराउनु भएकोछ । यो ५१ औं रथयात्रा महोत्सवलाई व्यवस्थित गर्न धार्मिक सभाको निणर्य अनुसार सुरक्षा निकायहरु समन्वयबाट कार्यलयका प्रमुखहरुको सहमतिबाटै, बिभिन्न समिति उपसमितिहरु समेत बनाइएको अध्यक्षले जानकारी गराउनु भएकोछ ।

१ नम्वर प्रदेशका मुख्यमन्त्री श्री माननीय शेरधन राइ ज्यु बाट शुभारम्भ गरिने यो प्यागोडा सैलिको बग्गी घोडाले तान्ने  रथको उच्चाइ १८ फिट, २२ फिट, लम्वाई,१४ फिट, चौडाई रहेको छभने ठोरीले करिव ३ किमी सम्मको क्षेत्र ओगट्ने अध्यक्षले जानकारी गराउनु भएकोछ ।

मन्दिर परिसरमा भजन कृतन गरिरहेको ईस्कोन लाई अगाडी राखिने बताइएकोछ ।

त्यसैगरी पोखरमल राठीको स्मृतिमा स्थापना भएको  पोखरमल धर्म संस्कृति पुरस्कार रू १,०१,०००,
 रासीको पुरस्कार परोपुकार अभियान समूह बिराटनगर ३
 लाई दिने निर्णय भएको जानकारी गराउनु भयो ।

बिराटनगर भदौ ११ गते । रातो तारा डट कम,
प्रदेश नम्बर १ को नाम लिम्बुवान राख्नुपर्ने माग गर्दै लिम्बुवान समर्थकहरुले विराटनगरमा आज प्रदर्शन गरेका छन् ।

विभिन्न जिल्लाबाट आएका लिम्बूवान कार्यकर्ताले बिराटनगरको गणत्रान्त्रिक चोकबाट नारा लगाउदै एक नम्बर प्रदेश सभाको सचिवालय अगाडि पुगेर प्रदर्शन गर्दै, मुख्यमन्त्री शेरधन राईको राजीनामासमेत माग गरेका थिए ।

करिब १० वटा गाडीमा विराटनगर ओर्लिएका लिम्बुवान समर्थकहरु बजारमा मार्चपास गर्दै अस्पताल रोड पुगेका
 थिए । सुरक्षाकर्मीहरुले उनीहरुलाई अस्पताल मोडमै रोकेका छन् ।

प्रदर्शनमा सहभागीहरुले प्रदेश एकको नाम लिम्बुवान राख्नुपर्ने, बढ्दो महँगी रोक्नुपर्ने र कर्मचारीले समेत नटेर्ने मुख्यमन्त्री शेरधन राईले राजीनामा दिनुपर्ने माग गरेका छ्न ।

यसअघि किरात राईहरुले प्रदेश १ को नाम किरात राख्नुपर्ने माग गर्दै आएका थिए । प्रदेश १ को नाम सगरमाथा, कोशी या किरातमध्ये एक राख्नेबारेमा चर्चा चलिरहेका बेला लिम्बुवानको माग पनि अघि आएको हो । 

फायलफोटो-
उदयपुर, भाद्र ११ गते । रातो तारा डट कम
उदयपुर जिल्लाको कटारी नगरपालिका-८ बेतिनी स्थित कटारी-घुर्मी सडक खण्डमा भाद्र १० गते राती टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

कटारीबाट सिमेन्ट लिएर घुर्मीतर्फ जादै गरेको बा २ क ८९५९ नम्बरको सिमेन्ट बोकेको टिफर राती १२ बजे बेतिनीमा आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना हुँदा जिल्ला सल्यान छायाँक्षेत्र गाउँपालिका-७ बस्ने वर्ष ३८ को मणीराम थापाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

उर्लाबारी, भदौ ११ गते । रातो तारा डट कम, मोरङको उर्लाबारी, नगरपालिका वडा नं. ६ का वडा सदस्य सचिन शाक्य पक्राउ परेका छन् । आइतबार राती ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

मोरङ–११ मा आवद्ध फुटबलर २७ वर्षीय विशाल तामाङमाथि छुरा प्रहार गरी शाक्य फरार रहेका थिए । तरुण दल मोरङका सचिव समेत रहेका ४० वर्षीय सचिन शाक्यलाई ज्यान मार्ने उद्योगअन्तरगत मुद्दा चलाइएको छ ।

उर्लाबारी–५ स्थित एरोमा होटलमा असार ७ गते शाक्यले छुरा प्रहार थिए । उर्लाबारी जेसिजका अध्यक्ष समेत रहेका शाक्य निर्माण व्यवसायी पनि हुन् । शाक्य उर्लाबारी उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष पनि हुन् ।

विराटनगर,भदौ ११ गते । रातो तारा डट कम, प्रहरीले अवैधरुपमा भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याइरहेकोे अवस्थामा रु तीन लाख ४८ हजार बराबरको अवैध सामान, मोटरसाइकल र महिलालाई पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियानअन्तर्गत अवैध सामग्रीसहित सुनसरी जिल्ला इटहरी उपमहानगपालिका–७ बस्ने ३५ वर्षीया मीना ठाकुर र मोटरसाइकल आइतबार नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यालय रानी र अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१५ स्थित बाबा सिनेमा हल नजिकैबाट भारतबाट भन्सार छलेर ल्याएको लत्ताकपडासहित निजलाई पक्राउ गरिएको हो ।



काठमाडौ भदौ ११ गते । रात तारा डट कम,
बिजय थापा- न्यू योर्क-न्यू योर्कमा नेपाल सरकारका वाणिज्यदुत तथा सुपरिचित साहित्यकार कृसु क्षेत्रीको बहुप्रतिक्षित रचना कृति 'चराको गीत' (कविता संग्रह) को अगस्ट २५ तारिख न्यू योर्क शहरको जेविस सेन्टर ज्याक्सन हाईट्समा लोकार्पण सम्पन्न भएकोछ।

‘चराको गीत' को लोकार्पण महामहिम राजदूत डा. अर्जुनकुमार कार्कीले गरेका थिए। युएसनेपालअनलाईनको आयोजनमा डाकिएको समारोह जर्सी सिटीका मेयरकी सल्लाहकार डा. विष्णुमाया परियारको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

समकालिन नेपाली साहित्यका प्रतिनिधी स्रष्टा कृसु क्षेत्रीले आफ्नो रचनाको आरोह अवरोहको गाथा र केही उम्दा कविताहरु वाचन गरेका थिए ।

बिलयन लेखन् का प्रबर्तक साहित्यकार कृसु क्षेत्रीका अर्धमुदित आँखाहरु (गजल), बोधिसत्वको मृत्यूउत्सव (कविता), आगोको मुर्छना (विलयन काव्य), रगतको दरबार (विलयन काव्य), म्यानमामा नेपाली भाषा, साहित्य र संस्कृति, जापानमा नेपाली भाषा र साहित्य र चौध वर्षपछि (संयुक्त कविता) कृतिहरु प्रकाशित छन् । युवा वर्ष मोती पुरस्कार (२०६६), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५८), गजलश्री सम्मान (२०६०), राष्ट्रिय कविता महोत्सव २०५७ (स्वर्ण पदक) , राष्ट्रिय युवा प्रतिभा पुरस्कार (२०७२), देबकोटा शताब्दी स्वर्ण पदक लगायत एक दर्जन साहित्यिक पुरस्कारहरुबाट सम्मानित छन्।

साहित्यकार एवं वाणिज्यदूत कृसु क्षेत्री न्यू योर्कका नेपाली समाजमा मिजासिला नेपाली डिप्लोम्याट र लोकप्रिय वक्ताको रुपमा रुचाईन्छन् ।

कार्यक्रममा अतिथीहरूको स्वागत /कार्यक्रम संचालन तथा  साहित्यकार क्षेत्रीको पुस्तक ,रचना तथा अन्य साहित्यकारहरुले क्षेत्रीको बारेमा लेखेका कुराहरु युएसनेपालअनलाईनका प्रधान सम्पादक प्रदिप परियार थापाले गरेका थिए । 
तस्विर सौजन्य : हाम्रो फोटो डटकम 



काठमाण्डौैं,भदौ ११ गते । रातो तारा डट कम, नवलपरासी,सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ । विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो ।

विसं २०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट कुनै पनि सडक बिस्तार, खेती गर्नेलगायतका काम नगर्ने सहमति भएको
 थियो ।

यद्यपि पछिल्लो पटक सुस्ताको विवादित भूमिमा भारतीय पक्षबाट सडक बिस्तार गर्न खोजिएको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँले जानकारी दिनुभयो ।
खाँका अनुसार भारतीय पक्षले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा नेपाली पक्षले उक्त कार्य रोक्न खोजेपछि सुस्ता आउने सडक सञ्जालमा खाल्टो खनेर भारतीय पक्षले दुःख दिन थालेका छन् ।

सुस्ता पुग्नका लागि सहज रुपमा भारतीय भूमि हुदै सुस्ता पुग्नुपर्ने बाध्यता छ । नेपाली भूमि हुदै सुस्ता जान नारायणी नदीमा डुङ्गाको प्रयोग गर्नुपर्ने हुँदा वर्षाभर जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ । यद्यपि भारतीय भूमि हँुदै सुस्ता पुग्न निकै सहज मानिन्छ । यतिबेला भारतीय पक्षले सो सडक सञ्जालमा खाल्टो खनेपछि सुस्तावासीलाई भारतीय भूमि हुदै नेपालतर्फ आउने र भारतीय भूमि हुदै सुस्ता जानसमेत निकै समस्या छ ।

भारतीय पक्षले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा पछिल्लो पटक सुस्तावासीलाई समस्या भएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।
पटक पटक सुस्ताको भूमिको विषयलाई लिएर नेपाल र भारतीय पक्षबीच विवाद सिर्जना भएपछि २०६४ सालमा तत्कालीन रुपमा दुवै पक्षका उच्च अधिकारीहरुबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट सडक बिस्तार, खेती गर्ने लगायतका काम दुवै पक्षबाट नगर्ने सहमति भएको थियो ।

यद्यपि अहिले भारतीय पक्षले भारतीय सुरक्षाकर्मीको आडमा भारतीयहरुले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा भारतीय पक्षबाट सहमति उल्लघन गर्न खोजिएको संविधानसभाका पूर्वसदस्य देवकरण कलवारले जानकारी दिनुभयो ।

सङ्घीय संरचनाअनुसार सुस्ता गाउँ वर्तमान अवस्थामा प्रदेश नं ५ अन्तर्गत पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अन्तर्गत वडा न ५ मा पर्दछ ।
यसबारे स्थानीय रुपमा तत्काल दुवै देशका सुरक्षाकर्मीहरुको सहजीकरणमा विवाद समस्या समाधान गर्न पहल गर्न लागिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

भारतीय भूमि हुँदै नेपाल आउन भारतीय पक्षले सडक सञ्जालमा खाल्टो खनेपछि यातायातका सवारी साधन चल्ल सकेको छैन । वर्षामा नारायणी नदीमा डुङ्गाको प्रयोग गर्दा जोखिम पूर्ण यात्रा गर्न सुस्तावासी बाध्य छन् । सुस्ता गाउँमा करीव दुई हजार पाँच सय जनङ्सख्या छ । 

बैतडी, भदौ ११ गते । रातो तारा डट कम, बैतडीको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक रु एक हजारका दरले भत्ता दिने निर्णय गरेको उपप्रमुख राधा ओझाले बताउनुभयो ।

एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा हुने भएकाले उनीहरुलाई दोहोरो भत्ता नहुने गरी भत्ताको व्यवस्था गरिएको हो । उहाँले भन्नुभयो “नगरपालिकाभित्र असहाय एकल पुरुषहरु पनि रहेकाले उनीहरुलाई बाँच्न सहज होस् भनेर आफूहरुले भत्ता दिने निर्णय गरेको हौं”

उनीहरुको मासिक भत्ताका लागि नगरपालिकाबाट अहिले रु १५ लाख छुट्याइएको नगरप्रमुख कृष्णसिंह नायकले जानकारी दिनुभयो । अहिले नगरका नौवटै वडाका विधुरहरुको तथ्याङ्क सङ्कलनको काम शुरु गरिएको छ । एकल पुरुषको तथ्याङ्क सङ्कलन भइरहेको र सोही रकममध्ये अनाथ असहायलाई पनि केही सहयोग गर्ने नगरपालिकाले योजना बनाएको छ ।

एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने सम्भवतः यो नगरपालिका नेपालकै पहिलो बनेको छ । यसअघि नगरपालिकाले एचआईभी सङ्क्रमित, हेपाटाइटिस, क्यान्सरजस्ता रोगका बिरामीको प्रकृति हेरेर उपचार खर्चसमेत वितरण गरेको थियो । 


झापा, भाद्र ११ गते । रातो तारा डट कम,झापा जिल्लाको गौरादह नगरपालिका-७ स्थित ग्वालडुब्बाबाट आईतबार अवैध सुर्ती बरामद गरिएको छ ।

अस्थायी प्रहरी चौकी जुरोपानी, झापाबाट खटिएको टोलीले आईतबार दिउँसो १२:३० बजे को २ प ७४६६ नं. को मोसामा लोड गरी भारतबाट भन्सार छलेर ल्याउँदै गरेको १ बोरा सुर्ती बरामद गरिएको हो ।

सुर्ती सहित प्रहरीले जिल्ला झापा गौरिगञ्ज गाउँपालिका-२ कोरोबारी बस्ने वर्ष १५ को मुना राजवंशीलाई समेत नियन्त्रणमा लिएको छ । बरामद सुर्ती, मोटरसाइकल र राजवंशीलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ ।



विराटनगर, भदौ १० गते । रातो तारा डट कम,
प्रदेश १ का प्रमुख जिल्ला अधिकारीहरुले तेस्रो पटक पनि प्रदेश सरकारले घोषणा गरेको विदालाई अस्वीकार गरेका छन् । प्रदेश १ को मन्त्रीपरिषद् बैठकले जनै पुर्णीमा तथा रक्षा बन्धनका दिन आईतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका सवै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर विदा कार्यन्वयनबारे जानकारी गराएको थियो । तर प्रदेश राजधानी रहेको जिल्ला मोरङमै भने जिल्ला प्रशासन कार्यालय लगायतका अन्य कार्यालय खुलेका छन् ।

घोषणा गरेको विदा कार्यन्वयन हुन नसकेपछि प्रदेश सरकारको कार्यक्षमता र कार्य क्षेत्रबारे सर्वसाधारणले नै प्रश्न उठाउन थालेका छन् । उनीहरुले निर्णय कार्यान्वयन गर्न नसक्नुलाई सरकारको असक्षमता भन्दै टिप्पणी गरेका छन । विराटनगरका व्यवसायी चेतन निरौलाले प्रदेश सरकारको निर्णय जिल्ला प्रशासन कार्यालयहरुले नमान्नु सरकारको असक्षमता भएको टिप्पणी गरे ।


यसअघि पनि साउन २४ गते प्रदेश सरकारले प्रदेश १ मा विश्व आदिवासी दिवस तथा भदौ ६ गते मुस्लिम समुदायको पर्व बकरइदका अवसरमा सार्वजनिक विदा दिने प्रदेश सरकारले निर्णय गरेको थियो । तर प्रदेश अन्र्तगतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले संघीय सरकारको मातहतमा भएका कारण प्रदेश सरकारले दिएको विदा कार्यन्वयन गर्न नसकिने भन्दै कार्यालय खोलेका थिए ।

यता मोरङका सहायक प्रमुख जिल्ला उमेश पाण्डेले जिल्ला प्रशासन कार्यालयहरु प्रदेश सरकार मातहत नभई संघीय सरकार मातहत भएकाले संघीय सरकारको मातहतको कार्यालयहरु सञ्चालन गर्नुपर्ने निर्देशन बमोजिम कार्यालयहरु खोलिएको जानकारी दिएका 
छन् ।


विराटनगर, भदौ १० गते । रातो तारा डट कम,
नेपाली कांग्रेसले आफुले जितेका स्थानीय तहहरुमा कर घटाउने तयारी गरेको छ । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आइतबार दिउँसो विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै यस्तो जानकारी दिएका हुन् ।

उनले अत्यधिकरुपमा बृद्धि गरिएको करका कारण जनताले समस्या झेल्नुपरेको भन्दै कांग्रेसले जितेका स्थानीयतहरुमा कर घटाउने तयारी गरिएको बताए । उनले कर घटाउने बिषय र उपलब्ध बिकास बजेटलाई परिचालन गर्ने बिषयमा कांग्रेसबाट जितेका स्थानीय तहका मेयर उपमेयर र अध्यक्ष उपाध्यक्षलाई प्रशिक्षण दिन सोमबार काठमाण्डौमा प्रशिक्षण कार्यक्रम गर्न लागिएको जानकारी पनि दिए ।

प्रशिक्षण कार्यक्रमकैबीच जथाभावीरुपमा कर बढाइएको भए पार्टीले घटाउन निर्देशन दिने उनको भनाई थियो । नेता गच्छदारले जनप्रतिनिधिहरुलाई गरिब मुलुकको जनताको सेवककोरुपमा काम गर्न सुझाव दिएका छन । उनंले मंहगो गाडी र सेवासुविधाको पक्षमा नलाग्न आग्रह गर्दै थोरै सुविधा लिएर धेरै सेवा दिन सुझाव दिए । नेपाली कांग्रेस एउटा असल प्रतिपक्षिको भुमिका निर्वाह गरिरहेको बताउंदै उनले सरकारले गरेको असल कामको समर्थन र संबिधान विपरीतको कामलाई बिरोध गर्ने बताए ।


मोरङ, भाद्र १० गते । रातो तारा डट कम
मोरङ जिल्लाको बेग्लाबेग्लै स्थानमा आईतबार भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् । बिराटनगर महानगरपालिका-१ बुद्ध चौक स्थित भित्री सडक खण्डमा बिहान
०९:१५ बजे को ३४ प ३२१५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा साइकल चालक सोही स्थान बस्ने वर्ष ७८ को योगनाथ पौडेल घाइते भएका छन् ।

घाइते पौडेलको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ भने मोटरसाइकल चालक जिल्ला मोरङ बुढीगंगा गाउँपालिका-४ बस्ने वर्ष ३२ को धन बहादुर थापा जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेका छन् ।

यसैगरी बिराटनगर महानगरपालिका-११ स्थित पाञ्चालीमा दिउँसो १२:५५ बजे को १ ह१५१४ नम्बरको सिटी सफारीले ठक्कर दिदा पैदलयात्री जिल्ला मोरङ विराटनगर
महानगरपालिका-१२ बस्ने विर बहादुर श्रेष्ठको छोरा वर्ष ६ को सौर्य श्रेष्ठ घाइते भएका छन्।

घाइते बालकको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ भने सिटी सफारी
चालक जिल्ला मोरङ बिराटनगर महानगरपालिका १४ बस्ने वर्ष २८ को राम साह जिल्ला
प्रहरी कार्यालय मोरङको नियन्त्रनमा रहेका छन् ।

यसैगरी सुन्दरहरैचा नगरपालिका-७ ठडिया स्थित पूर्व पश्चिम राजमार्गमा दिउँसो १:४५ बजे को ट्रक र को १ च ७४५१ नम्बरको जीप को १ ख ३५०५ नम्बरको ट्रक पछाडी ठोक्किदा जीपमा सवार जिल्ला झापा दमक नगरपालिका-५ बस्ने वर्ष ३८ की सम्झना कार्की घाइते भएकी छिन । घाइते कार्कीलाई स्थानीय क्लिनिक पुर्‍याई उपचार गराईएको छ भने ट्रक, जीप तथा दुवै सवारी साधनका चालक प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेका छन् ।


काठमाडौ भदौ १० गते । रातो तारा डट कम,
काठमाडौं हिमालय ब्युटी पेजेण्ट २०१८को उपाधि सुजाता देउजाले जितेकी छिन् ।काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा हिमालय प्याजेण्ट द्वारा आयोजित ‘‘हिमालयब्युटी पेजेण्ट २०१८’ मा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सुजाताले उक्त उपाधि जित्न सफल भएकी हुन् 


उक्त प्रतियोगितामा अन्जना ज्योति फस्ट रनर अपबिमिता खत्री सेकेन्डरनरअप त्यसैगरी अनिशा घिसिङ थर्ड रनरअप बन्न सफल
भए 
प्रतिस्पर्धि युवतीहरुलाई सञ्चार दक्षताएमसिइङपब्लिक स्पिकिङव्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षामोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरुको आत्माबललाई उजागर गराउने कार्य  गरेको आयोजक सस्थाको
अधक्ष्य अप्सनाराइ बताउछिन l
हिमालय ब्युटी पेजेण्ट २०१८ को निर्णायकमा बरिष्ट गायक आनन्द कार्कीसंचारकर्मी सुर्य चन्दचर्चित अभिनेता प्रदीप खड्कासंचारकर्मी राजेन्द्र लुइटेल,सौन्दर्य ब्यबसायीटेक राज पाण्डेलेक्चरर ज्योत्सना राजभण्डारीगायिका बसन्ता प्रकृतिसर्ब प्रतिक श्रेष्ठ थिए 
 उक्त प्रतियोगिताको कोरियोग्राफि अन्जला नकर्मी श्रेष्ठले गरेकी थिइन् भनेउक्त प्रतियोगिताको उद्घोषकमा चर्चित कोरियोग्राफर तथा
उद्घोषक आस्विनी झाले गरेका थिए 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.