Websoft University
January 2020


विराटनगर माघ १७ गते । रातो तारा डट कम,प्रदेश १ मा छोटो एवं मध्यम दूरीमा सञ्चालनमा रहेका सार्वजनिक यात्रुबहाक सवारी साधनमा ‘टाइम कार्ड’ सिस्टम लागू गरिएको छ ।

झापा, मोरङ र सुनसरीका राजमार्गलाई लक्षित गर्दै तीव्र गति रोक्न र दुर्घटना न्यूनीकरणको मुख्य उदेश्य राखेर यातायात व्यवसायीसँगकै समन्वयमा ट्राफिक प्रहरीले पहिलो पटक तराईका तीन जिल्लामा एकै पटक ‘टाइम कार्ड’ प्रणाली लागू गरेको हो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको कोशी व्यारेजसम्म र कोशी राजमार्ग अन्तर्गत विराटनगरदेखि धरानसम्म गुड्ने सार्वजनिक यात्रुबहाक सवारी साधनले यो नियम मान्नु पर्ने छ ।

प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गछियामा औपचारिक रुपमा यसको शुभारम्भ गरे । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले विशेष गरेर सबै भन्दा बढी दुर्घटना भएको पाइएपछि राजमार्ग केन्द्रीत गरेर नयाँ निमय लगाइएको बताए । 

शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरङको सुन्दर हरैचा नगरपालिका वार्ड नं ४ मा सुन्दर हरैचा एकता युवा क्लबको आयोजना साथै इलाका प्रहरी कार्यलय बेलबारी मोरङको सहकार्यमा आयोजना गरिएको दुर्व्यसनी तथा कुसंगती  विरुद्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। 

टेन्डरफिट बोर्डिङ स्कूलमा शुक्रबार सम्पन्न गरिएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुन्दर हरैचा वार्ड नं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले यस क्लबले अगाडि देखि नै यस्ता सामाजिक कार्यहरु गर्दै आएकोले यस्ता कार्यका लागि वार्डको तर्फबाट गर्नु पर्ने सहयोग गर्न तयार रहेको बताएका थिए भने उक्त कार्यक्रममा विशिष्ठ अतिथि टेन्डरफिट बोर्डिङ स्कुलका प्रधानध्यापक ऋषिराज रेग्मी, विशेष अतिथि प्रहरी नायव निरिक्षक महेन्द्र पराजुली साथै अतिथिहरु ACT Nepal counciler रोजन बिष्ट ,समाजसेवी जय प्रकास रायमाझी लगायतले बोलेका थिए।

दुर्व्यसनी तथा कुसंगतीका विरुद्ध विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरिएको सो अभिमुखिकरण कार्यक्रममा
लागु औषध दुर्व्यसन विरुद्ध  उत्प्रेरणा जगाउनका लागि प्रोजेक्टरको माध्यमबाट विद्यार्थीहरुलाई लागू औषध तथा विद्युतीय अपराध (cyber crime) सम्बन्धी जानकारी गराइएको थियो।

त्यस्तै सुन्दर हरैचा एकता युवा क्लबका अध्यक्ष साथै सोही कार्यक्रमका सभापति सुमन राईले आउँदा दिनमा पनि यस्ता सामाजिक जनचेतनामुलक कार्यक्रमहरूको आयोजना गर्दै जाने बताएका थिए भने उक्त कार्यक्रमको सञ्चालन निश्चल घिमिरेले गरेका थिए।


विराटनगर  माघ १७ गते । रातो तारा डट कम,उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आयोजना गरेको आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत भएको फुटबलको उपाधि विराटनगरको सिटी कलेजले जितेको छ ।

सिटीले आज (शुक्रबार) सम्पन्न भएको फाइनलमा कोशी मल्टीपल कलेजलाई २–१ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेल शुरु भएको ११ औं मिनेटमा कोशीका अविशेक श्रेष्ठले गोल गर्दै कोशीलाई पहिलो सफलता दिलाएका थिए । गोल खाएको चौथौ मिनेपछि सिटीका विमल राईले गोल गर्दै बराबरीमा ल्याएका थिए ।

पहिलो आफ बराबरी खेलेको सिटीले ७१ औं मिनेटमा सन्तोष श्रेष्ठले गोल गर्दै सिटीको जित सुनिश्चित गरे । फाइनल खेलको म्यान अफ द फाइनल सिटीका विमल राई घोषित भए चने प्रतियोगिताको उत्कृष्ट खेलाडि कोशी क्याम्पसका प्रविन राई घोषित भए । प्रतियोगिताभर ५ गोल गर्दै सिटीका सन्तोष श्रेष्ठ हाइस्कोर घोषित भए । फुटबलको उपविजेत ाबनेको कोशीले क्रिकेट , भलिबलको छात्र तथा छात्रा दुवैतर्फको उपाधि जितेको छ ।

 विजयी तथा अन्य खेलाडिहरुलाई प्रमुख अतिथि विराटनगर महानगरपाललिकाका प्रमुख भीा पराजुली, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज पाण्ड, केन्दीय महासचिव लोक भण्डारी, डिग्री क्याम्पस विराटनगरका क्याम्पस प्रमुख महेश खत्री, हिसान मोरङका अध्यक्ष राजेश कार्की र वरिष्ठ उपाध्यक्ष अमित ढकाललगायतले पुरस्कार वितरण गरे ।


काठमाण्डौ माघ १७ गते । रातो तारा डट कम,यौन हिंसाको उजुरी परेपछि गृहमन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी शौरभ शमसेर राणालाई निलम्बन गरेको छ । संघीय प्रहरी इकाई कार्यालय सुनसरी(धरान)मा कार्यरत एसएसपी राणालाई आज मन्त्रालयले निलम्बन गरेको हो । 

एसएसपी राणाले यौन हिंसा गरेको उजुरी परेपछि अनुसन्धानका लागि निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको हो । बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण लोप हुन सक्ने भन्दै राणालई निलम्बन गरिएको गृहमन्त्राले जनाउको हो ।



काठमाण्डौ । रातो तारा डट कम,नेपाली सुगम गीत संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्तको आवाजमा रहेको ”हाँसी हाँसी ” भिडियो सहित सार्वजनिक भएको छ  । प्रेम र समपर्णलाई गीतमा समेटिएको छ । दिपा मेवाहाङ राईको शब्द तथा  डि आर अटुको संगीतमा गीत रहेको छ । जिवनमा प्रेमको भावलाई नवुझदाको पिडालाई गीतमा समेटिएको छ  ।

 बुद्ध थापाको छायाँकन , विकाश दाहालको सम्पादन तथा प्रकाश धितालको निर्देशन भिडियोमा रहेको छ  । ”हाँसी हाँसी ” गीतको भिडियोमा लक्ष्मी बर्देवा र रमेश वाँनियाको अभिनय रहेको छ ।


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,नेपाल दयानन्द वैदिक मिसन एकेडेमी इटहरी नेपालका प्राचार्य डा बेणुप्रसाद सिटौलाले सद्गुरु गोबिन्दसिंह विश्वविद्यालय गुरुग्राम हरियाणामा युवा बिकास तथा मानसिक स्वस्थ बिषयमा एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।projective  psychology तथा SGT University को आयोजनामा भएको सो अन्तरास्ट्रिय  सम्मेलनमा विश्वो भरिका करिब २५ देशका सहभागीहरुको कुम्भ मेला नै भएको थियो।


डा. बेणुप्रसाद सिटौलाले नेपालकै प्रतिनिधित्व गर्दै सो सम्मेलनमा भाग लिनुभएको हो।सिटौला स्वामी विबेकानन्द विश्वविद्यालय सागर मध्यप्रदेश भारत बाट शिक्षा बिषयमा PHd गर्ने पहिलो ब्यक्ती हुनुहुन्छ।सोध र अनुसन्धानमा विशेष रुचि राख्ने डा सिटौलाले यस अघि इन्डोर , दिल्ली, युएइ, थाइलेन्डमा कार्यपत्र प्रस्तुत गरिसक्नु भएको छ।निकट भविष्यमा गोहाटी , हङ्कङ, मलेसिया र इटालिमा कार्यपत्र प्रस्तुत गर्नको लागि निमन्त्रणा पाएको डा सिटौलाले बताएका हुन्।सरल स्वभाव भएका सिटौला सबैका सहयोगी, विश्वासिला र नरम प्रकृतिका हुनुहुन्छ।


काठमाण्डौ माघ १७ गते । रातो तारा डट कम,गण्डकी प्रदेश सरकारले पहाडी क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरि सहयोग गर्न थालेपछि बागलुङको ताराखोला, ढोरपाटन, तमानखोला लगायतका गाउँका किसानले आलु खेती बिस्तार गरेका छन् । अरु अन्न भन्दा आलुखेती राम्रो हुने भएकाले पश्चिमी बागलुङमा किसान यसप्रति आकर्षित भएका हुन् । बागलुङ्ग ताराखोलाका दुई सयभन्दा बढि परिवार आलु खेतिमा आबद्ध छन् । किसानले फलाएको आलु बिक्रीका लागि बाग्लुङ बजार ल्याउँछन् । 

ताराखोला जस्तै गल्कोट, ढोरपाटन, तमानखोला र निसीखोलामा पनि व्यवसायिक आलु खेती हुने गरेको छ । गल्कोट नगरपालिका १ दुदिलाभाटीका एकबहादुर घर्तीमगरले यस क्षेत्रको आलु ग्राहकको रोजाई र खोजाईमा परेको हुनाले किसानलाई बजार खोज्नु नपरेको बताउनुभयो । गतवर्ष ताराखोला, निसीखोला, तमानखोला गाउँपालिका सहित गल्कोट र ढोरपाटन नगरपालिका समेटेर आलु जोन घोषणा गरिएको छ । धान खेती नहुने भएकाले यहाँका किसानले आलु बेचेर चामल किन्ने गरेका छन् भने अरु घरखर्ची चलाएर बचत पनि गर्छन् । गाउँमा सडक पुगेपछि ढुवानीको समस्या छैन । 

हरेक वर्ष बागलुङमा ४० हजार मेट्रिकटन आलु उत्पादन हुन्छ । त्योमध्ये हिउँदमा २६ हजार ९ सय टन र वर्षात्मा ११ हजार ६ सय ९४ टन आलु बजारमा आउने गरेको कृषि तथ्याङ्क छ । कृषि ज्ञान केन्द्रले यसवर्ष थप क्षेत्र विस्तारको कार्यक्रम ल्याएको कृषि ज्ञान केन्द्रका कृषि विकास अधिकृत विश्वास काफ्लेले बताउनुभयो । 

भौगोलिक उचाइ र हावापानीले साथ दिएकाले ताराखोला, ढोरपाटन, गल्कोट, निसीखोला, तमानखोला लगायतका क्षेत्रका आलु खानमा मीठो छ । आलुले किसानलाई आत्मानिर्भर मात्रै बनाएको छैन बाग्लुङलाई आलु खेति हुने जिल्लाका रुपमा पहिचान दिएको छ । 


काठमाण्डौ माघ १७ गते । रातो तारा डट कम,सिन्धुलीको ग्यास सिलिन्डर विष्फोट भएर फिक्कल गाउँपालिकाको एक विद्यालयमा आगलागी भएको छ । गाउँपालिकाको वडा नम्बर ६ शोकुखोला स्थित जनजागृती प्राथामिक विद्यालयमा ग्यास सिलिन्डर विष्फोट भएको हो । ग्यास सिलिन्डर विष्फोट हुँदा विद्यालयमा रहेका कुर्सी, टेवल लगायतका फर्निचरका सामान गरि ५० हजार बराबरको क्षेती भएको विद्यालयले जनाएको छ ।

 दिउँसो विद्यालयमा खाजा पकाउनका लागि प्रयोग हुँदै आएको नोबेल ग्यास केही समय पहिले देखि नै लिग हुदै आएकाले आज विस्फोट भएको विद्यालयका शिक्षक प्रेम बहादुर तामाङ्गले जानकारी दिनुभयो । घटनाको समयमा ग्यास सिलिन्डर भएको कार्यालयको कोठामा कोही नभएको र घटना हुन साथ कपडा भिजाएर ग्यास निभाउन सफल भएकाले मानवीय क्षेती हुनबाट जोगिएको उहाँले बताउनुभयो । १६ गते बिहानै ग्यास सिलिन्डर विष्फोट भएर आगालागी हुँदा विद्यालयमा सरस्वती पुजा विशेष समेत प्रभावित भएको शिक्षक तामाङ्गले बताउनुभयो ।




काठमाण्डौ माघ १७ गते । रातो तारा डट कम,अर्गानिक कृषि उत्पादनको प्रबद्र्धन गर्न भोलीदेखि ललितपुरमा अर्गानिक कृषि मेला आयोजना गरिएको छ । ललितपुरको पाटन संग्रालय परिसरमा आयोजना हुने अर्गानिक मेलामा देशभरिबाट ५० भन्दा बढी अर्गानिक उत्पादनका स्टल रहने मेला मुल आयोजक समितिले जनाएको 
छ । माघ २० गतेसम्म सञ्चालन हुने अर्गानिक मेलामा देश भरिबाट आएका बिभिन्न अर्गानिक कृषि उत्पादनलाई एउटै थलोमा राखिने गरि व्यवस्था मिलाइएको संयोजक तथा अर्गानिक एशोसिएशन नेपालका महासचिव शान्ता बाँस्कोटा कोइरालाले बताउनुभयो । भोली एक कार्यक्रमका बिच उद्योग, वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतीलाल दुगडले मेलाको उदघाटन गर्नु हुने कार्यक्रम रहेको छ ।




शिव भट्टराई,मोरङ । रातो तारा डट कम,आज देश भरी सम्पूर्ण हिन्दुहरूको महान चाड सरस्वती पुजा (श्री पञ्चमी) मनाउने क्रममा सुनसरीको इटहरी ९ स्थित नेपाल दयानन्द वैद्धिक मिसन ग्लोबल एकेडेमीले पनि वैद्धिक विधि अनुसार सरस्वती पूजा सम्पन्न गरेको छ।वैद्धिक सिद्धान्त बोकेको विद्यालय भएकाले हिजो बाट नै सो विद्यालयमा वेद पाठ , अष्ठ चिरञ्जीवीको पुजा साथै नव ग्रहको पुजा सुरु गरिएको थियो।

आज बिहानै देखि होमादी कार्यक्रम गरेर सरस्वती माताको पूजा आजा अर्चना सम्पन्न गरिएको छ।आजै भएको सो कार्यक्रमको अवसरमा आज भन्दा केहि दिन अगाडि सम्पन्न भएको खेलकुद सप्ताहमा सहभागी भई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरी हौसला प्रदान गरिएको थियो।

सोही विद्यालयका नेपाली शिक्षक लक्ष्मण निरौलाको संयोजकत्वमा भएको कार्यक्रममा विभिन्न पुजा समिति जस्तै फलफूल वितरण, पुरस्कार वितरण, खानपान व्यवस्थापन, विद्यार्थी परिचालन निर्माण गर्दै एकदम भव्य र सभ्य रूपमा सो कार्यक्रमको समापन गरिएको थियो भने आजैबाट विद्यालयले कक्षा नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुलाएको छ।


विराटनगर, १६ माघ । शहीद दिवसको अवसर पारेर नेपाली कांग्रेस मोरङले कविता वाचन र विचार गोष्ठी आयोजना गरेको छ ।
बिहीबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा नारायण सापकोटा, भरत गुरागाईं, मीनकुमार नवोदित, गोकुल अधिकारी, चूडामणि नेपाल ‘अकिञ्चन’, राधिका गुरागाईं, निर्मला कोइराला, दिङ्लाली कान्छो, योगराज दाहाललगायत एक दर्जनभन्दा बढी स्रष्टाहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदीले राजनीति गर्ने व्यक्तिहरुले साहित्यलाई सत्ता चढ्ने भ¥याङ मात्रै बनाएको गुनासो पोखे । उनले राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा स्रष्टाहरुको अहम भूमिका रहेको दाबी गरे । स्रष्टाहरु सडकमा उत्रिएपछि मात्रै आन्दोलनले सफलता प्राप्त गरेको सुवेदीको भनाइ थियो । 

त्यस्तै कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले साहित्य र प्रजातन्त्रबीच प्रगाढ सम्बन्ध हुने विचार व्यक्त गरे ।  उनले स्वतन्त्र परिवेशमा मात्रै साहित्य सिर्जना हुने बताए । “लेखनका लागि स्वतन्त्रता आवश्यक पर्दछ,” उनले भने, “प्रजातन्त्र र लोकतन्त्र नभएको मुलुकमा स्वतन्त्रता हुँदैन ।”

अर्यालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लेखक साहित्यकारको भूमिका अतुलनीय रहेको उल्लेख गरे । कार्यक्रममा मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बू, उपसभापति शिवनारायण गन्गाई, सचिव नागेश कोइराला, मोदराज घिमिरेलगायतले स्रष्टाहरुको समर्पण र शहिदको बलिदानकै कारण नेपालमा प्रजातन्त्र हुँदै लोकतन्त्र स्थापित भएको बताए ।



काठमाण्डौ माघ १६ गते । रातो तारा डट कम,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चावहिलस्थित मालपोत कार्यालयका सहयोगी राजेन्द्र बस्नेतलाई झण्डै नौ करोड अकुत सम्पत्ति थुपारेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले बस्नेत विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको एक विज्ञप्ति मार्फत जानकारी गराएको हो । उनी र उनको परिवारको नाममा नौ करोड ७३ लाख ३१ हजार रूपैयाँ सम्पत्ति देखिएको अख्तियारले जनाएको हो । 

अख्तियारका अनुसार त्यो सम्पत्तिमध्ये आठ करोड ९८ लाखको वैध स्रोत खुलेन । त्यो सम्पत्ति उनले अवैध तरिकाले कमाएको अख्तियारको ठहर छ । त्यसैले उनलाई दुइ वर्षसम्म कैद र विगोजति नै जरिवाना गराउन माग गर्दै अख्तियारले विशेषमा मुद्दा हालेको हो । त्यसमाथि उनले भ्रष्टाचार गरी कमाएको आठ करोड ९८ लाख जफत गर्न पनि अख्तियारको माग छ । 

उक्त सम्पत्ति मध्ये ७४ लाख ७३ हजार तीन सय ७३ रूपैयाँमात्रै वैध रहेको अख्तियारले जनाएको छ । मालपोतमा कार्यालय सहयोगीको काम गर्ने उनको जीवनयापन अस्वभाविक भएको भन्दै उजुरी परेपछि बस्नेत अनुसन्धानमा तानिएका थिए । बस्नेत २०४५ सालमा मालपोतका कार्यालय सहयोगीको रूपमा सेवा प्रवेश गरेका थिए । अख्तियारले सेवा प्रवेश देखि गत वर्षसम्मको अवधिमा भएको आय विश्लेषण गरेको
थियो ।



 काठमाडौं, माघ १६ । काठमाडौंको ताहाचलमा सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको शुभारम्भ गरिएको छ । सञ्चारकर्मी, कलाकार, निर्देशक तथा इभेन्ट अर्गनाइजर सूर्य चन्दको प्रमुख आतिथ्यतामा बिहिबार अत्याधुनिक तथा सम्पूर्ण सेवा सुबिधा सम्पन्न यो पार्लरको शुभारम्भ गरिएको हो ।

यस पार्लरमा अनुभबी सौन्दर्यबिदद्वारा सेवा सुविधा उपलब्ध गराइने सञ्चालकद्वय दीपक खड्का र धिरज राईले जानकारी गराए । उक्त क्षेत्रको एक मात्र अत्याधुनिक पार्लर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य रहेको छ । अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको सलोन जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवाग्राहीले सेवा लिन पाउनेछन् । 
महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस सलोन सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको दोश्रो शाखा हो । शुभारम्भमा प्रमुख अथिति सूर्य चन्द र अतिथि इन्द्र महतले बधाई तथा शुभकामाना दिएका थिए ।


काठमाडौ माघ १६ गते । रातो तारा डट कम,संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता एवं अभिव्यक्ति स्वतन्त्रता कार्यान्वयनका लागि विभिन्न ऐन कानून निर्माण एवं परिमार्जनका सन्दर्भमा नेपाल पत्रकार महासंघसहित सम्बद्ध पक्षले गम्भीरतापूर्वक चासो व्यक्त गर्दै आइरेहका छन् । तरयी कानून निर्माणमा सरकार र संसद एकतर्र्फी ढंगले अगाडि बढिरहेकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

संविधानको उद्देश्य पूर्तिका लागि विभिन्न कानूनहरुको निर्माणसुधार र संशोधन हुनु स्वभाविक हो । यसरी कानून निर्माण गर्दा संविधानको मूल भावना अनुकूल हुनेगरी सरोकारवाला पक्षसँग समेत पर्याप्त छलफल गरिनुपर्छ भन्ने महासंघको मान्यता हो । यसप्रति सरकार र संसद संवेदनशील हुन महासंघको जोडदार माग रहँदै आएको छ ।

हाल संसदीय प्रक्रियामा रहेको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा रहेका संविधान तथा प्रेस स्वतन्त्रताका विश्वव्यापी मान्यता विरोधी प्रावधानहरुलाई सच्याउन महासंघले पटक पटक माग गर्दैै आइरहेको छ । यस बारेमा नेपाल पत्रकार महासंघले सरकारराजनीतिक दलहरु र संसद सचिवालयलाई समेत लिखितरुपमै आफ्ना धारणाहरु प्रस्तुत गरिसकेको पुनः स्मरण गराउन चाहन्छौं ।

माघ १४ गते राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकले मिडिया काउन्सिल विधेयकका केही बुँदाहरु संशोधन गर्नुका साथै केही बुँदाहरु थप गरेको छ । महासंघले प्रस्तुत गरेका केही बुँदालाई आंशिकरुपमा सम्बोधन गरिए पनि पत्रकारलाई सरकारी निकायबाट जाँच लिई लाइसेन्स दिने जस्ता प्रावधानहरु थपिएकोमा महासंघको गम्भीर असहमति रहेको छ । यो प्रावधान संविधानको मर्म र भावनाको विपरीत हुनुका साथै प्रेस स्वतन्त्रता विरोधी भएकाले यसमा महासंघ गम्भीर असहमति प्रकट गर्दै उक्त प्रावधान तत्काल सच्याउन माग गर्दछ ।

अतः मिडिया काउन्सिल विधेयकमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधानहरु सच्याएर मात्र प्रतिनिधि सभामा पठाउन राष्ट्रियसभा तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग महासंघ जोडदार माग गर्दछ । अन्यथा संविधानको मूल मर्मप्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास र अन्तर्राष्ट्रिय मान्यता विपरीत गठन हुने मिडिया काउन्सिललाई स्वीकार गर्न महासंघ र सञ्चार क्षेत्र बाध्य हुने छैन ।


बिराटनगर माघ १६ गते । रातो तारा डट कम,संगठनका भुतपूर्व अध्यक्ष् वरिष्ठ उद्योगपति, समाजसेवी स्व. महेन्द्र गोल्छाको १० औं स्मृति तथा फागुन २ गते देखि संगठनको आयोजनामा हुन लागेको विराट एक्स्पो २०७६ - कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी, को पूर्व संध्या र नेपाल भ्रमण वर्ष२०२० को अवसरमामा उद्योग संगठन मोरंङको आयोजनामा २०७६ माघ १८ गते. शनिवार विहान ८.०० वजे देखि विराटनगर २, शंकरपुर विराट एक्स्पो २०७६ आयोजना हुने स्थलमा मैत्रीपूर्ण सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ ।

स्वस्थ्य जिवन शैली विकासमा शारिरीक व्यायाम भूमिका र खेलकुदका माध्यमबाट शारीरिक र मानसिक स्वास्थ्यमा पुग्ने सक्ने लाभलाई दृष्टिगत गरी संगठनको आयोजनामा हुने मैत्री पूर्ण क्रिकेट प्रतियोगितामा उद्योग संगठन मोरंग, मोरंग व्यापार संघ, नेपाल पत्रकार महासंघ मोरंग, संयूक्त ट्रेड युनियन, विराट व्यापार संघ र नोवल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा. लि. को सहभागिता रहने छ ।

टेनिस वलले प्रत्येक टिमले सुपर ६ ओभरको गेम खेल्ने प्रतियोगितमा एक टिममा ६ जना खेलाडी र २ जना अतिरिक्त खेलाडी गरी जम्मा ८ जनाको सहभागिता रहने छ भने नक आउट चरणमा खेलिने प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई ट्रफि तथा खेलाडीलाई मेडल प्रदान गरिने छ ।

संगठनका भुतपूर्व अध्यक्ष्ँ, वरिष्ठ उद्योगपति, समाजसेवी स्व. महेन्द्र गोल्छाको १० औं स्मृति तथा फागुन ०२ गते देखि संगठनको आयोजनामा हुन लागेको विराट एक्स्पो २०७६ (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी) को पूर्व संध्या र नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यका साथ आयोजित प्रतियोगिता थप उत्साहजन वनाउन आयोजक उद्योग संगठन मोरंग सबैको सहभागिताका लागि अनुरोध गर्दछ ।

२०७६ माघ १६ गते, विहिवार
विराटनगर



मोहन कुमार राई - माघ १६¸गते । रातो तारा डट कम, संखुवासभा, वसन्त पञ्चमी पर्वको अवसरमा  जिल्ला भरीका शैक्षिक संस्थाहरुले सरस्वती पर्व पुजा आराधना गरी धुमधामकासाथ मनाएका छन् । आजबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता रहेसँगै हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहीबाट क्रमशः अब कोईलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम बसन्तको सेरोफेरोमा स्वागतकासाथ आजैबाट वसन्त ऋतु भित्रीने गर्दछ । 

कृषकहरुले हलो, गोरु, माटो, वोट विरुवा, कुकुर लगायत चेलीवेटी, औजारहरु अनि अन्नवालीहरुकासाथै आजको दिन श्रृजना अनि ज्ञानको पूजा गर्ने दिनको खुशीसँग सरस्वती देवीको पूजा आराधना गर्ने गरिन्छ । धार्मिक ग्रन्थहरुमा उल्लेख गरिए अनुसार विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा आराधना गर्ने गर्दछन् । 

के बालक के प्रौढ घण्टौ लाइनमा उभिएर सरस्वती देवीको पूजा आराधना गर्न जिल्लाका शैक्षिक संस्थाहरु वरुण बहुमुखी क्याम्पस खाँदवारी¸ सरस्वती माध्यमिक विद्यालय चैनपुर¸ हिमालय मा.वि. हेदाङ्ना¸ मादी मा.वि. मादी लगायत जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरुले सरस्वती पूजा मनाएका थिए । भगवान श्री कृष्णले वरदान दिए अनुसार विहानै उठेर प्रातः स्नान पश्चात् चोखोनितो गरी सफा कपडा लगाएर कलश स्थापना गरेर गणेश, विष्णु, शिव आदि देवताहरुको पूजा अर्चना गर्दै सूर्यको आराधना समेत गरेर सरस्वतीको उपासना गरिन्छ ।

विद्यालयहरुमा त आज विशेष रमझम रहन्छ, नेपालका हिमाल¸ पहाड¸ तराई के सबै ठाउँहरुमा आजको दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलपूलहरू प्रसादीका रुपमा बाँडिन्छ । कतिपय विधालयमा विद्यार्थीहरुको सक्रियतामा शाकाहारी भोजनै आयोजना समेत गरिने गरिएको छ । विभिन्न रङ्ग रगिंन तोरणहरु झुण्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँसको प्रयोग गरेर बनाएको प्रवेश द्वारहरुबाट आज धेरै विधालयहरु सजिसजाउ भएका देखिन्थे । 

विद्यार्थीहरुकालागि आजको अर्को रौनकता भने आजको दिनमा विद्यालयको दैनिक पोशाक विनानै विद्यालय प्रवेश गर्न पाउनु हो, फरक फरक पोशाकमा रङ्गीन विद्यार्थीहरुको लर्को आज धेरै विद्यालय परिसरमा देखिन्छ ।

आजकै दिनमा हामीमध्ये धेरैले अक्षराम्भ गरेका हुनसक्छौं, अर्कोतर्फ आजको दिन सर्जकहरुको दिन हो । आफ्ना सिर्जना र शब्दहरुको पूजागर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त कालसम्म रहिरहोस् । 

सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको आज पूजा गरिन्छ, सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, ब्याख्याहरुको पर्दापण भईरहोस्, सर्जकहरु चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन या सुचिकार या घर बनाउने मिस्त्री देखि मुर्ती वनाउने मुर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको सम्मान तथा मूल्य सहि पाउन्, जाँङ्गर लागिरहोस अनि सिर्जनाको उजेलीले समाजको अँध्यारो सँधै दुर होस् भन्दै वसन्त पञ्चमी मनाउने परम्परा रहीआएको छ । 


मोहन कुमार राई-माघ १६¸गते । रातो तारा डट कम, संखुवासभा, नेपाल रेडक्रस सोसाइटी उपशाखा चैनपुरद्वारा आयोजित २२ औँ साधारणसभा चैनपुर नगरपालिकाका नगरप्रमुख भरतकुमार खत्रीले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो । 

उद्घाटनको अवसरमा नगरप्रमुख खत्रीले नेपाल रेडक्रस सोसाइटी एक विसुद्ध मानवीय सेवा गर्ने रेडक्रस अभियानका सात सिद्दान्तहरू मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, ऐच्छिक सेवा, एकता र विश्व व्यापकताका सिद्धान्तहरुलाई व्यवहारमा उतार्दै मानवीय सेवा गर्ने उद्देश्यले स्थापना भएको अन्तर्रा्ष्ट्रिय संस्था भएकाले महामानव जाँ हेनरी ड्युनाको सपनालाई पुरा गर्न चैनपुर नगरक्षेत्रमा क्रियाशिल रेडक्रसकर्मीहरुले सामाजजिक सेवामा समाजमा नमुना बनेर काम गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा नेकपाका नेता उमेशकुमार डाँगीले रेडक्रस गतिविधिका वारेमा उल्लेख गर्दै हेनरी ड्यूनाले ई.सं. १८६३ अक्टोवर २० मा मानव कल्याणको लागि केही गर्नुपर्छ भन्ने सोचका साथ रेडक्रस संस्था स्थापना गरेर आजको अवस्थामा यो पवित्र अन्तर्रा्ष्ट्रिय रेडक्रस संस्था आज विश्वका एक सय ९० राष्ट्रमा फैलिएर मानव सेवामा कार्य गरिरहेको उल्लेख गर्नुहुँदै यहाँका रेडक्रस कर्मीहरुले पुर्याएको योगदानको चर्चा गर्नुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसका नेता राजेन्द्रबहादुर राउतले नेपालमा वि.सं. २०२० भाद्र १९ गते नेपालमा रेडक्रसको स्थापना गरिएसँगै यस जिल्लाको चैनपुरमा समेत यहाँका रेडक्रसकर्मीहरुले मानवीय सेवाको २२औँ  वर्षसम्मको यात्रा तय गर्दा धेरै अनुभवहरू, सिकाइहरूलाई आत्मसात् गर्दै चुनौतीहरूलाई अवसरमा बदल्दै भविश्यका लागि उपयुक्त मार्गदर्शन निर्धारण गर्न नेपाल रेडक्रस सोसाइटी उपशाखा चैनपुरले पुर्याएको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रमममा रेडक्रस अभियन्ताहरु¸सूर्यबहादुर दाहाल¸गोपाल गौतम लगायत वक्ताहरुले मानवीय सेवा गर्ने उदेश्यकासाथ स्थापना भएको अन्तर्रा्ष्ट्रिय रेडक्रसको पृष्ठभूमिलाई नियाल्दा अभियानका संस्थापक हेनरी ड्यूना सन् १८५९ मा व्यवसायको शिलशिलामा नेपोलियन तृतीयलाई भेट्न इटालीको सल्फेरिनो भन्ने ठाउँमा पुगी त्यहाँ अस्ट्रिया, फ्रान्स एकातिर र अर्को्तिर इटलीका सेनाहरूबीच युद्ध लडिरहेको स्मरण गर्दै घाइतेहरुको उपचारका लागि अग्रसरता देखाएको इतिहास स्मरण गर्दै जाँ हेनर्री ड्युनाको योगदानको चर्चा गरिएको थियो । 

कार्यक्रममा रेडक्रस अभियन्ताहरु चैनपुर(६ निवासी सुमन ताम्राकार¸ चैनपुर वडा नं. ७ निवासी मोहनबहादुर अधिकारीलाई सम्मान समेत गरिएको कार्यक्रममा साधारण सभाको सभापतित्व रेडक्रस उपशाखा चैनपुरका सभापति टीकाराम शाहीले गर्नुभएको थियो । 

यसै गरी कार्यक्रममा संस्थाको सांगठनिक एवं आर्थिक प्रतिवेदन उपशाखा सचिव नरबहादुर अधिकारीले गर्नुभएको कार्यक्रम चैनपुरको दिलकुमारीको सभाहलमा सम्पन्न भएको उपशाखा चैनपुरका सहसचिव टेकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 




काठमाण्डौ माघ १६ गते । रातो तारा डट कम,सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा फ्रण्ड्स क्लब च्यासल युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने यी दुई टोलीबीचको खेल मध्यान्ह १२ बजे सुरु हुनेछ । आजको खेलमा जित निकालेर शीर्ष ६ मा रहने प्रयास दुबै टिमले गर्नेछ । 

च्यासलल आठ खेलबाट आठ नौ अङ्क बनाउँदै नवौं स्थानमा छ । उसले लिगमा तीन बराबरी र तीन हारको नतिजा निकाल्दा दुईवटा खेलमात्र जित्न सफल भएको छ । फ्रेण्ड्स आठ अङ्क बनाउँदै एघारौं स्थानमा छ । फ्रेण्ड्सले पनि दुई खेलमात्र जितेको छ । उसले दुई बराबरी र चार खेलमा हार ब्यहोरेको छ । फ्रेण्ड्सलाई रेलिगेसनको चिन्ता छ । 

त्यसले आजको जितले उसलाई रेलिगेसन जोनबाट सुरक्षित अवस्थामा पु¥याउनेछ । यस्तै आजै हुने अर्को खेलमा एनआरटी र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामै हुने आजको दोस्रो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । ब्रिगेड ब्वाइज आठ अङ्क सहित दशौं स्थानमा छ । उसले दुई जित, दुई बराबरी र चार हारको नतिजा निकालेको छ ।

फ्रेण्ड्सलाई पनि रेलिगेसनको चिन्ता छ । आजको जितले उसलाई केही राहत दिनेछ । अघिल्लो सिजन लिगको पुछारमा रहेको एनआरटी भने आठौं चरण सकिँदा १२ अङ्क सहित छैटौं स्थानमा छ । 


काठमाण्डौ माघ १६ गते । रातो तारा डट कम,आज सहिद दिवस २०७६, मुलुकभरमा बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । जहानियाँ राणा शासन, प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्रका लागि ज्यान गुमाउने सहिदहरूप्रति श्राद्धञ्जली अर्पण गर्दै सहिद दिवस मनाउने गरिन्छ । राणा शासनविरुद्धको सङ्घर्षका क्रममा विसं १९९७ सालमा वीर सपूतहरु शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गर्नुपरेको थियो । बलिदानको त्यही गाथालाई सहिद सप्ताहका रूपमा मनाउने गरिएको छ । सोही सङ्घर्षपछि २००७ सालमा एक सय चार वर्षे जहानियाँ राणा शासन अन्त्य भएको थियो ।






काठमाण्डौ माघ १६ गते । रातो तारा डट कम,विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजापाठ गरी आज देशभर श्रीपञ्चमी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने जनविश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने परम्परागत मान्यता छ । हिन्दूको धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार, माघ शुक्ल पञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित हुनुभएको हो । आजका दिन विद्यार्थी, कर्मचारीका साथै कलमजीवीले यस पर्वलाई उत्सवको रुपमा मनाउने गर्छन् । विद्यार्थीले बिहानै स्नान गरी आ–आफ्ना पुस्तक, कापी र कलम माता सरस्वतीको तस्वीर नजिक राखेर पूजापाठ गर्छन् । 




 काठमाण्डौ माघ १६ गते । रातो तारा डट कम,सरकारले कोरोना भाइरसको संक्रमण बढेको बेला चीन–नेपालको सिमाना तातोपानी र रसुवागढी नाकाबाट पर्यटक आउनको लागि रोक लगाइएको छ । नेपाल–चीन दुवैको सहमतिमा तातोपानी र रसुवागढी नाकाबाट १५ दिनको लागि नेपाल आउने पर्यटकको लागि रोक लगाइएको गृह मन्त्रालयले जनाएको हो । चिनियाँ पर्यटकको आवागमन भइरहेको बेला संक्रमण हुनसक्ने भन्दै आवागमनमा रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो । चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि रोक लगाइएको मन्त्रालयले जनाएको छ । 



काठमाण्डौ माघ १६ गते । रातो तारा डट कम,चीनले दुई दिनमै कोरोना भाइरस प्रभावितको उपचारका लागि अस्पताल बनाएको छ । चीनको हुवाङगाङ सहरमा एक हजार शैयाको अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएको हो । अत्याधुनिक मेसिनको प्रयोग गरेर रातारात अस्पताल बनाइएको हो । यो अस्पताल माघ १५ गते बिहान साढे १० बजे पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामीलाई सारिएको छ । यस अस्पतालले दुइ हजार तीन सय कोराना भाइरस संक्रमित बिरामीको उपचार गर्ने लक्ष्य लिएको छ । कोरोना भाइरस संक्रमितका लागि निर्माण गरिएको यो अस्पताल विश्वकै पहिलो हो । यो अस्पताल ह्वाङगाङ केन्द्रीय अस्पतालको नयाँ शाखा अस्पताल हो । अस्पताल परिसरमा रहेको खाली भवनमा मेडिकल सेन्टर, शैया थपेर दुइ दिनमै तयार गरिएको हो ।

मे महिनामा खुल्ने भनिएको यो अस्पताल कोरोना भाइरसको संक्रमण फैलिरहँदा हतारमा खोलिएको हो । गत शुक्रबार मात्रै स्थानीय निकायले उक्त भवनलाई कोरोना भाइरसको संक्रमितका लागि उपचारका निम्ति प्रयोग गर्न दिने निर्णय गरेको थियो । पाँच सय भन्दा बढी कामदार तथा विभिन्न अत्याधुनिक उपरकरणको प्रयोग गरेर रातारात दुई दिनमा यो काम सम्पन्न गरिएको हो । हालसम्म कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या एक सय ३२ पुगेको छ ।



काठमाण्डौ माघ १६ गते । रातो तारा डट कम,बझाङ्गको जयपृथ्वी नगरपालिका–१ कैलासमा रहेको नारायण माध्यामिक बिद्यालयमा स्थानीय अभिभावकहरुले तालाबन्दी गरेका छन् ।  शिक्षकले विद्यालय हाता भित्रै मदिरा सेवन गरेको भन्दै विज्ञप्ती जारी गरेर स्थानीयले बिद्यालयमा  तालाबन्दी गरेका हुन् ।  

विद्यालयका सह–प्रधानाध्यापक गङ्गो बहादुर सिँह लगाएतका ५ जना शिक्षकले सामुहिक रुपमा बिद्यालय हाता भित्रै मदिरा सेवन गरेको स्थानीयले बताएका छन् । हिजो दिउँसो शिक्षकहरुले एक बिद्यार्थीलाई बजारबाट मदिरा ल्याउन लगाएको र अन्य बिद्यार्थीलाई विद्यालय समयभन्दा अगाडीनै घर पठाएको स्थानीयको आरोप छ ।  

सरकारी नियम अनुसार ४ बजे बिद्यालय बन्द गर्नु पर्ने भए पनि शिक्षकहरुले बिद्यालयमै मदिरा सेवन गर्न हिजो दिँउसो २ बजेनै बिद्यालय बन्द गरेको स्थानीय अभिभावकको भनाइ छ ।  शिक्षकहरुले  विद्यालय हाता भित्रै मदिरा सेवन गर्दा बिद्यार्थीको पठन पाठनमा समस्या भएको र विद्यार्थीको भविष्यमाथि खेलवाड भएको स्थानीयले किालेको विज्ञप्तीमा उल्लेखछ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पनि शिक्षकले विद्यालय भित्रै मदिरा सेवन गरेको बताएका छन् । सह प्रधानाध्यापक सिँहले भने विद्यालयमा कुनै अनैतिक क्रियाकलाप नगरेको बताउनुभयो । उहाँले विद्यालय समयमै छुट्टी गरेको र मदिरा सेवनको आरोप झुटो भएको दाबी गर्नुभयो । 


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दर हरैचा वार्ड नं ४ को आयोजनामा भएको मेलमिलाप केन्द्र उद्घाटन समारोह सम्पन्न भएको छ।उक्त उद्घाटन कार्यक्रममा मेलमिलाप केन्द्रका संयोजक रविन दाहाल लगायत १६ जना नयाँ सदस्यहरु चयन भएका छन्।

बुधबार भएको कार्यक्रममा सुन्दर हरैचाका नगरप्रमुख शिव ढकालको प्रमुख आतिथ्यता र वडा नं ४ मेलमिलाप केन्द्रका अध्यक्ष रबिन दाहालको सभापतित्व रहेको थियो।

उक्त कार्यक्रमको उद्घाटन गर्ने क्रममा प्रमुख अतिथि ढकालले समाजमा हुने विभिन्न घटनालाई न्यूनीकरण गर्न   कानुनी रूपमा नगरपालिकालाई यस केन्द्रबाट सहजीकरण हुने भएकाले १२ वटै वार्डमा यस केन्द्रको समिति गठन हुने बताएका छन्।

यस्तै कार्यक्रमका विशिष्ट अतिथिहरु नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक धनमाया तामाङ , वार्ड नं ४ का वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठ , अतिथिहरु न्यायिक समिति सचिव देवी प्रसाद खड्का ,मेलमिलाप केन्द्र पूर्व अध्यक्ष भोला भट्टराई, वडासदस्य दुर्गा चौधरी, जेष्ठ नागरिक समाज सुन्दर हरैचाका अध्यक्ष राम कुमार कार्की लगायत अन्य विशिष्ट व्यक्तिहरूले मेलमिलाप केन्द्रका नयाँ कार्यकर्ताहरुलाई शुभकामना दिएका थिए।

वार्ड नं ४ कार्यलयको सभाहलमा भएको कार्यक्रममा  वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन वडा सचिव गुणनिधि दाहालले गरेका थिए।




काठमाण्डौ माघ १५ गते । रातो तारा डट कम,साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ । एन्फा कम्ल्पेक्स सातदोबाटोमा आज भएको खेलमा मनाङले साविक उपविजेता संकटा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो । मनाङको जितमा अन्जन बिष्ट र निशान लिम्बुले एक एक गोल गर्नुभयो । मनाङले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ४२ औं मिनेटमा अमित तामाङको आत्मघाती गोलबाट मनाङले सुरुवाती अग्रता बनाएको थियो । अन्जनको हेड बल क्लियर गर्ने क्रममा अमितले आफ्नै पोस्टमा गोल गर्नुभएको थियो । त्यसको एक मिनेट नबित्दै ४३औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाउनुभयो । त्यसपछि खेलको ७१ औं मिनेटमा निशानले डिबक्स नजिकैबाट उत्कृष्ट गोल गर्दै मनाङलाई ३–० को सहज जित दिलाउनुभएको हो ।



शिव भट्टराई,मोरङ । रातो तारा डट कम,माेरङ सुन्दरहरै‌ंंचा नगरपालिकाकाे आयाेजनामा सार्वजनिक सुनुवाइ तथा अर्द्ववार्षिक प्रगति प्रतिवेदन सामाजिक परीक्षणकाे मस्याैदा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रम सुन्दरहरै‌ंचा ४ बाँसवारीकाे सिग्देल बन्धु समन्वय प्रतिष्ठान नेपाल हाम्रो सामुदायिक भवनमा रेडियो सुसेलीकाे संचालनमा भएको थियाे । सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकालको सभापतित्वमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको थियो । 

उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा नगरले कृषि बजारलाई व्यावस्थापन गर्न नसकेको फाेहाेर मैलाकाे राम्रो संग व्यवस्थापन नभएको , पशुवधशालाका लागि नगरले चासाे नदिएकाे , खानेपानीकाे समस्या भएको , तालिमकाे उपलब्धि तथा राेजगार मूलक नभएको , सामुदायिक विद्यालय संचालनमा कठिनाइ , स्वास्थ्य क्षेत्रमा समस्या भएको , स्थानीय वस्तुकाे उपयाेग नगरेको घिउ बेचेर चाउचाउ खाने बानीकाे विकास भएको , भुक्तानीमा कठिनाइ लगायतकाे निश्कर्ष अाएकाे थियाे । 

सार्वजनिक सुनुवाइमा विशेष गरि नगरवासीहरुले गछीया खाेलाले बर्खाकाे समयमा दिएकाे दुःखका साथै खाेला दाेहन भएको , सार्वजनिक शाैचालय घाेषणा गरे अनुसार नगरकाे सबै ठाउँमा बनाउँन नसकेर वेवस्था गरि पक्षपात गरेको , सुकुना खाेलाकाे दाेहन भएको , बाटाेघाटाे निर्माणमा समेत राजनीति खिचातानी बढेको , ट्राक्टरकाे कर बढी भएको , सिटी सफारीलाई , पटकेकर लगाएर ढाड सेक्ने काम गरेको , सडक किनारकाे रुख बिरुवा काटी उचित व्यवस्थापन गर्न नसकेर सडकमा घुलाे धुवा बढी भएको , पिछडा वर्ग तथा सुकुम्बासीहरु बाटाे छेउछाउमा बसेकाे हुंदा उचित व्यवस्थापनमा समस्या भएको , गाैरी शंकर जी मन्दिरकाे विकास तथा जग्गा व्यवस्थापनमा राम्रो संग नगरले ध्यान नदिएर समस्या बढेको लगायतका प्रश्नहरु नगरवासी तथा सराेकारवालाले राखेका थिए । 

कार्यक्रममा नगरवासीहरुको प्रश्नलाई सम्बोधनका साथ जवाफ दिदैं नगरप्रमुख ढकाल, उपप्रमुख धनमाया तामाङ लगायतले कमी कमजोरीहरुको सुधार गरेर नगरको विकासका लागि मुस्कान सहितको सेवा सुविधा दिने प्रतिबद्धता जनाएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा सुन्दरहरैँचा नगरपालीकाले सञ्चालन गरिरहेका योजना तथा गतिविधीहरुलाई वृहत छलफल गरी आगामी दिनमा नगरलाई के कसरी विकास निर्माणका कार्यमा तीब्र रुपमा अघि बढाउन सकिन्छ भनि विविध कार्यक्रम र विषय वस्तुको बारेमा संवाद समेत गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि , वडाध्यक्षहरु , वडासदस्यहरु, लगायत सरोकारवाला तथा स्थानिय सेवा प्रदायक, राजनितिक दलका प्रतिनिधि, विभिन्न शैक्षिक संङघ संस्थाका प्रतिनिधिहरु, महिला अधिकारकर्मी, दलित, जनजाति,लगायत नगरवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


मोहन कुमार राई - माघ १४ गते । रातो तारा डट कम, संखुवासभा,संघिय सांसद राजेन्द्र प्रसाद गौतमल चैनपुर नगरपालिका ३ स्थित शारदा मावि पोखरीको ६३ औं वार्षिकोत्सव को अवसरमा अव समृद्धता प्राप्त गर्न साधारण धार भन्दा प्राविधिक धारतर्फ उन्मुख हुन सके चाडै समृद्धी ल्याउन सकिने वताउनुभयो । 

संघिय सांसद गौतमले मंगलबार भएको वार्षिकोत्सव समारोहको उद्घाटन अवसरमा सम्बोधन गर्दै प्राविधिक शिक्षाको माध्यमबाट मात्र देशले सम्मृद्धि ल्याउने वताउनुभयो ।  सांसद गौतमले थप्नु भयो संखुवा सभा जिल्लाका शैक्षिक संस्थाहरुको उन्नोनयनका लागि प्रदेश सरकार र संघिय सरकारमा आफु प्रतिवद्ध भएर लाग्ने वताउनुहुँदै योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापनाका लागि संखुवासभा जिल्लाको अरुण उपत्यका क्षेत्रमा स्थापना गर्न लागिएको वताउनुभयो ।

जिल्लाको समग्र स्वास्थय क्षेत्रको विकासमा आफु लागि पर्ने समेत सांसद गौतमले वताउनुभयो । यसैगरी जिल्लाको चैनपुर क्षेत्रमा रहेको संखुवासभा बहुमुखी क्याम्पसलाई प्राविधिक शिक्षाको थलोको रुपमा विकास गर्न आफु लागिपर्ने वताउनुहुँदै शारदा मावि पोखरीको विकासका लागि आफुले सकेको सहयोग गर्ने वताउनुभयो । 

यसैगरी कार्यक्रममा चैनपुर नगरपालिकाका नगर प्रमुख भरत कुमार खत्रीले नगरका सबै विद्यालयहरुको विषयमा विद्यालयको शैक्षिक सुधार र स्तर उन्नतीका लागि आफु प्रतिवद्ध भएर लाग्ने बताउनु हुँदै स्थानीय सरकाको तर्फबाट व्यवसायीक शिक्षाको धारतर्फ माध्यमिक विद्यालयहरुलाई सञ्चालनका लागि नगरपालिका प्रतिवद्ध भएर लाग्ने वताउनुभयो ।  

कार्यक्रममा नेकपाका नेता उमेश कुमार डाँगी, नेपाली काँग्रेसका नेता कुमारबाबु अधिकारी, संखुवासभा जिल्ला समन्वय समितिका सदस्य कृष्णकुमार तामाङ, चैनपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष कालीबहादुर लिम्बू लगायत वक्ताहरुले कार्यक्रममा वार्षिकोत्सवको पूर्ण सफलताको कामना गर्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक अमृतबहादुर कार्कीले शैक्षिक तथा आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्र.अ. कार्कीले शैक्षिक प्रतिवेदनमा १ करोड ५१  लाख १ सय ७५ रुपैया बराबरको आयव्यय विवरण्रा प्रस्तुत गर्दै विद्यालयमा १३ लाख ३ हजार २ सय १८ रुपैया बचत रहेको समेत वताउनु
भयो ।  

कार्यक्रममा नगरपालिका भित्रका माध्यमिक विद्यालयका छात्र÷छात्राहरुको प्रतियोगितात्मक नृत्य प्रतियोगिता समेत आयोजना गरेर कार्यक्रम थप आकर्षक वनाएको थियो । कार्यक्रममा विद्यालयको शैक्षिक उन्नती र भौतिक पूर्वाधारका लागि यहाका समाजसेवीहरुले विद्यालयलाई प¥याएको योगदानको कदर गर्दै आजै आधा दर्जन समाजसेवी चन्दादाताहरुलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षकहरु मध्ये वीर रत्न वर्ष शिक्षक पुरस्कारबाट रामेश्वर योञ्जन पुरस्कृत हुनुभएको छ । यसै गरी लक्षीकी वर्ष शिक्षक पुरस्कारबाट विद्यालयमा कार्यरत मध्ये ९ जना शिक्षकहरु समेत पुरस्कृत भएको कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्मारीन्जे शेर्पाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा विव्यस सदस्य ज्ञान बहादुर कार्कीले शुभकामना मन्तव्य दिनुभएको कार्यक्रम  सञ्चालक मोहन कुमार  खत्रीले जानकारी दिनुभयो ।

शिक्षक खत्रीका अनुसार यस विद्यालयमा हाल कक्षा नर्सरी देखि कक्षा १२ सम्म साधारण धार र प्राविधिक धार सञ्चालन भइरहेको विद्यालयमा ७ सय बढी विद्यार्थीहरु अध्ययनरत
छन । 



काठमाण्डौ । रातो तारा डट कम,विगतका दुई वटा सरकारले किसानलाई पेन्सन दिने घोषणा मात्र गरेनन्, कार्यान्वयनका लागि योजना पनि बनाए । तर त्यो योजना कार्यान्वयनका लागि भन्दै केही बजेट सक्ने बाहेक उल्लेखनीय अरु कुनै काम अघि बढेको छैन । चार वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कृषी मन्त्री हरिवोल गजुरेलले घोषणा गर्नुभयो, ६० बर्ष पुरा गरेका किसानलाई पेन्सन दिइनेछ । 

त्यसको एक वर्षपछि प्रचण्ड नेतृत्वको सरकारका कृषि मन्त्री गौरिशंकर चौधरीले पनि किसानलाई पेन्सन दिने योजनाले निरन्तरता पाउँछ भन्नुभयो । तर त्यसपछि बनेको सरकारले किसान पेन्सन कार्यक्रमलाई खासै ध्यान दिएको छैन । किसान पेन्सन योजना अघि बढाउन राष्ट्रिय किसान आयोगलाई जिम्मेवारी दिए पनि खासै प्रगति नभएको निवर्तमान कृषिमन्त्री चक्रपाणी खनालले बताउनुभयो । किसान आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधी भने तय गरेको छ । संघीय सरकारले अघि बढाउन नसकेको योजना बाजुराको एउटा स्थानीय तहले सुरु गरेको छ । 

बुढिगंगा नगरपालिकाले सुरु गरेको कृषक पेन्सन कार्यक्रम अन्तर्गत् किसानहरु धमाधम सुचिकृत भईरहेका छन् । बुढीगंगा नगरपालिका १ कुडीका लालबहादुर सिंह तरकारी र फलफूल फलाएर मनग्य कमाउनुहुन्छ । अब स्थानीय सरकारले पेन्सन पनि दिने भएपछि उहाँ खुशी हुनुहुन्छ । बुढीगंगा नगरपालिका बेल्काटियाँका उमाकान्त पाध्याय पनि टमाटर, काउली र बन्दा लगायत तरकारीको व्यवसायिक खेति गर्नुहुन्छ । अब आफ्नो पेशा र मिहनतको मुल्याङ्कन होला भन्नेमा उहाँ ढुक्क हुनुहुन्छ ।

किसानलाई पेन्सन् र तपाईको मिहेनत हाम्रो लगानी, जस्ता कार्यक्रम ल्याएर बुढीगंगा नगरपालिका, नागरिकलाई समृद्ध बनाउने योजनामा छ । ७ सय ५३ स्थानीय तह मध्य किसान पेन्सन कार्यक्रम ल्याउने बुढीगंगा पहिलो स्थानीय तह हो । कृषक पेन्सन कार्यक्रमका लागि हालसम्म ४६ जना किसानले फारम भरेको नगरप्रमुख दीपकविक्रम शाहले बताउनुभयो । 

कृषक पेन्सन् कार्यक्रम अन्तर्गत किसानको वर्गिकरण गरि व्यवसायिक तरकारी, फलफूल खेति गर्ने र पशुपालन गर्ने किसानलाई मासिक एक हजारका दरले नगरपालिकाले प्रोत्साहन स्वरुप रकम दिनेछ । व्यवसायिक कृषिमा सक्रिय भएकाले मात्रै पेन्सन पाउनेछन् । कृषक पेन्सन् कार्यक्रम प्रभावकारी भए, नगरपालिकाले आउँदो दिनमा अवकाश प्राप्त किसानलाई पनि पेन्सन् दिने योजना बनाएको छ । 


काठमाण्डौ माघ १५  गते । रातो तारा डट कम, नेपाली चलचित्रको गायनमा निकै रुचाइएकी गायिका नित्या शिवाको आवाजमा रहेको ”ए काले ” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सहरमा बसेका युवा युवती र गाउँले युवा सगँ प्र्रेम भएपछीको उत्पीडनलाई गीतमा दशाइएको छ । सन्तोष प्रगाढको संगीत गीतमा रहेको छ । गीतको लिरिकल भिडियोलाई विश्वास भण्डारीले सम्पादन गरेका छन ।



झापा,मोरङ,माघ-१५ गते । रातो तारा डट कम,झापा कमल गाँउपालिका-१ पाँचगाछी बस्ने ६४ बर्षीय अकालु साह लागुऔषध गाँजा सहित पक्राउ परेका छन। हिजो बेलुका पउने ८ बजे साहलाई उनकै घरबाट ४ केजी गाँजा सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ । यसै गरी मोरङ मिक्लाजुङ-५ बस्ने २४ बर्षीय कोरेसम राई लागुऔषध सहित पक्राउ परेका छन । हिजो साँझ साढे ६ बजे लेटाङ-८ जाँते स्थितबाट राईलाई स्पायस ट्याब्लेट-१०४ पिस र रिमाडोल ट्याब्लेट-९४ पिस लागुऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ। पक्राउ परेका दुबै जना उपर सम्बन्धीत कार्यालयबाट कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएका छन।


सुनसरी,माघ-१५ गते । रातो तारा डट कम,सुनसरी हरिनगरा १ बस्ने नौसाद अन्सारीको छोरा १ बर्षीय नाबालकको पानीमा डुबेर मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टिनमा डुबी रहेको अवस्थामा नाबालकलाई फेला पारेको र उनलाई उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी भुटाहमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।



श्याम राई-गाईघाट, माघ १४ गते । रातो तारा डट कम,प्रहरीले दुई दिन यता लागू औषध सहित चार जनालाई पक्राऊ गरेको छ ।
लालपत्ता प्रहरी चेकपोष्टले गंगलबार विहान लहानदेखि गाईघाटतर्फ आउँदै गरेको ना ५ ख ८४७९ नम्बरको यात्रुवाहक बसबाट ३४ थान नाईट्रोजेपाम सहित त्रियुगा नगरपालिका–१६ का २२ वर्षिय संतोष परियार र मोरङं हसन्दहका २३ वर्षिय पुष्पराज तिमिल्सीनालाई पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्यसैगरि सोमबार राती लालपत्ता प्रहरी ढाटबाट लागू औषध नाईट्रोपाम १ सय ८७ थान ट्याबलेट सहित सप्तरी खडकपुर नगरपालिका–५ का २२ वर्षिय सुन्दर मण्डल र १५ वर्षिय मोहम्बद फिरोज पक्राऊ परेकाछन् ।

लहानदेखि गाईघाटतर्फ आउँदै गरेको ना १ ज ७३४३ नम्बरको विङगर गाडी चेकजाचको क्रममा प्रहरीले राती ८ बजे लागू औषध सहित उनीहरुलाई पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका  एस.पी. विर वहादुर बुढामगरले बताए ।
श्याम राई÷उदयपुर


बिराटनगर, माघ १४ गते ।  रातो तारा डट कम,मोरङ र पाँचथरमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमवार राती पौने ११ बजेको समयमा मोरङको सुन्दरहरैचा नगरपालिका(४ गछियमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३१ प ८८३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक ईटहरी(४ का २६ बर्षीष धिरेन्द्र खत्रीको मृत्यु भएको हो । दुर्घटनमा परी गम्भीर घाईते भएका खत्रीको बिराटनगरको बिराट नर्सीङहोममा उपचारको क्रममा राती साँढे ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ । यसैगरी पाँचथरको हिलिहाङ गाउँपालिका(३ गोपेटारमा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ । सोमवार राती पौने ७ बजेको समयमा कालापानीबाट गोपेटार आउँदै गरेको मे १ त ३३१४ नम्बरको ट्याक्टरमा सवार रहेका याङवरक गाउँपालिका(५ का ४३ बर्षीय शिवलाल काङवाङ सोही ट्याक्टरबाट लडेर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि पाथिभरा अस्पताल फिदिम लगिएकोमा उपचारको क्रममा राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।



शिव भट्टराई,मोरङ । रातो तारा डट कम,सुन्दरहरैचा नगरपालिका स्थित गणेश मन्दिर सेवा समितिको आयोजनामा सलकपुरमा सोमबारदेखि गणेश पुराण सुरु भएको छ।

उक्त पुराणको पूर्व सन्ध्यामा आज कलश यात्रा साथै मण्डप पुजा गरिएको छ।पुराण स्थलबाट सुरु भएको कलश यात्रा नागदेवी थान हुँदै भूल्के जलाधर क्षेत्र पुगेर त्यहाँबाट जल लिएर पुराण स्थल आएको थियो।

कलश यात्रा पछि मण्डप पुजा गर्नुका साथै आजै पुराणको उद्घाटन गरिएको छ।उक्त पुराणको उद्घाटन  सुन्दर हरैचा नगरपालिकाका प्रमुख शिव प्रसाद ढकालले गरेका थिए।


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,मोरङको सुन्दर हरैचा नगरपालिका वार्ड नं ४ को सभाकक्षमा सुन्दर हरैचा एकता युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गरी भ्वाइस लाईभ कन्सर्ट २०२० आयोजना गर्न लागिएको जानकारी गराएको छ। 

यही माघ २० गते सोमबार दिउँसो दुई बजे देखि गछिया स्थित साजीलाल स्कूलको खेल मैदानमा हुन लागेको यस कन्सर्टमा समाजमा रहेको सामाजिक समस्याहरूलाई मध्यनजर गर्दै त्यसका विरुद्ध जनमानसमा चेतना फैलाउने , कुलत , कुसँगतमा फेसकाहरुलाई उद्धार गर्ने साथै यस्ता सामाजिक समस्याहरूलाई निर्मूल गर्न विभिन्न खालका चेतनामूलक, मनोरञ्जनात्मक, मैत्रीपुर्ण कार्यक्रम गरिने भएको छ। 

 "Say no to drugs, yes to youth" भन्ने विश्वव्यापी अभियानलाई आत्मसाथ गर्दै यस सुन्दर हरैचा एकता युवा क्लबले "लागु औषध दुर्व्यसनको अन्त्य हाम्रो गन्तव्य" भन्ने मुल नाराका साथ सम्पूर्ण लागु औषधमा फसेकाहरुलाई एवम् सुन्दर हरैचाका प्रत्यक युवा युवतीहरुलाई लक्षित गर्दै सांगीतिक कार्यक्रम भ्वाईस लाईभ कन्सर्ट २०२० को आयोजना हुन लागेको सुन्दर हरैचा एकता युवा क्लबका अध्यक्ष सुमन राई याख्खाले आज भएको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।

सो कन्सर्टका लागि युवाहरुको आकर्षणको केन्द्र चर्चित नेपाली रियालिटी सो भ्वाईस नेपाल सिजन २ का उत्कृष्ट ४ जना प्रतिस्पर्धीहरुलाई सहभागी गराई संगीतको माध्यमबाट साथै दक्ष तथा अनुभवी परामर्श दाताहरू बाट लागु औषध दुर्व्यसन विरुद्ध  उत्प्रेरणा  जगाउनक...


श्याम राई उदयपुर गाइघाट माघ १३ गते । रातो तारा डट कम,
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्षको कार्यकक्ष प्रवेशद्धारमा सोमबार शंकास्पद वस्तु फेला परेको छ । 

अध्यक्ष मेजरकुमार राईको कार्यकक्षको ढोकाको दायाँपट्टी हाते झोलाभित्र कुकर र तार जडित मोवाईल भुईमा राखिएको अवस्थामा भेटिएको हो । कार्यालय खुलेपछि कर्मचारीहरु प्रवेश गर्नेक्रममा उक्त बस्तु भेटिएको लिम्चुङबुङ गाउँपालिकाका प्रेस संयोजक दिनेश राईले बताए ।

शंकास्पद बस्तु फेला परेलगत्तै कर्मचारी त्रसित छन् ।  गाउँपालिकाका अध्यक्ष राईले भने आफु कार्यक्रमको सिलसिलामा कार्यालय बाहिर रहेकाले टेलिफोनमार्फत जानकारी पाएको बताए । 

घटनास्थल सदरमुकाम गाईघाटबाट सवारीसधानमार्फत एक दिनको दुरीमा पर्ने गर्दछ । इलाका प्रहरी कार्यालय लिम्चुङ्गबुङ्ग भने घटनास्थलबाट ५० मिटरको फरकमा रहेको छ । खवर पाए लगत्तै नेपाली सेनाको १८ नंम्बर बाहीनीबाट डिस्पोजलटोली र जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिकृष्ण केसीको नेतृत्वमा थप सुरक्षाफौज परिचालन गरिएको एसपी विरबहादुर बुढामगरले जानकारी दिए।

शंकास्पद बस्तुको जिम्मा अहिलेसम्म कसैले लिएको छैन् । यधपि यो क्षेत्र भौगोलिक विकटता र सुरक्षा निकायको न्युन उपस्थिति रहने हुँदा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहले सकृयता बढाउँदै आएको क्षेत्र हो । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.