Websoft University

बागलुङका किसान आलु खेतीमा आत्मनिर्भर बन्दै


काठमाण्डौ माघ १७ गते । रातो तारा डट कम,गण्डकी प्रदेश सरकारले पहाडी क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरि सहयोग गर्न थालेपछि बागलुङको ताराखोला, ढोरपाटन, तमानखोला लगायतका गाउँका किसानले आलु खेती बिस्तार गरेका छन् । अरु अन्न भन्दा आलुखेती राम्रो हुने भएकाले पश्चिमी बागलुङमा किसान यसप्रति आकर्षित भएका हुन् । बागलुङ्ग ताराखोलाका दुई सयभन्दा बढि परिवार आलु खेतिमा आबद्ध छन् । किसानले फलाएको आलु बिक्रीका लागि बाग्लुङ बजार ल्याउँछन् । 

ताराखोला जस्तै गल्कोट, ढोरपाटन, तमानखोला र निसीखोलामा पनि व्यवसायिक आलु खेती हुने गरेको छ । गल्कोट नगरपालिका १ दुदिलाभाटीका एकबहादुर घर्तीमगरले यस क्षेत्रको आलु ग्राहकको रोजाई र खोजाईमा परेको हुनाले किसानलाई बजार खोज्नु नपरेको बताउनुभयो । गतवर्ष ताराखोला, निसीखोला, तमानखोला गाउँपालिका सहित गल्कोट र ढोरपाटन नगरपालिका समेटेर आलु जोन घोषणा गरिएको छ । धान खेती नहुने भएकाले यहाँका किसानले आलु बेचेर चामल किन्ने गरेका छन् भने अरु घरखर्ची चलाएर बचत पनि गर्छन् । गाउँमा सडक पुगेपछि ढुवानीको समस्या छैन । 

हरेक वर्ष बागलुङमा ४० हजार मेट्रिकटन आलु उत्पादन हुन्छ । त्योमध्ये हिउँदमा २६ हजार ९ सय टन र वर्षात्मा ११ हजार ६ सय ९४ टन आलु बजारमा आउने गरेको कृषि तथ्याङ्क छ । कृषि ज्ञान केन्द्रले यसवर्ष थप क्षेत्र विस्तारको कार्यक्रम ल्याएको कृषि ज्ञान केन्द्रका कृषि विकास अधिकृत विश्वास काफ्लेले बताउनुभयो । 

भौगोलिक उचाइ र हावापानीले साथ दिएकाले ताराखोला, ढोरपाटन, गल्कोट, निसीखोला, तमानखोला लगायतका क्षेत्रका आलु खानमा मीठो छ । आलुले किसानलाई आत्मानिर्भर मात्रै बनाएको छैन बाग्लुङलाई आलु खेति हुने जिल्लाका रुपमा पहिचान दिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.