Websoft University
January 2018


शिव भट्टराई-इटहरी, माघ १७ गते । रातो तारा डट कम,
काङग्रेस नेता एवम अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीति मावन सेवाप्रति समर्पित हुन नसकेको अवस्थामा राजनीतिलाई आम नागरिकले  विश्वास गर्न छोड्ने खतरा बढिरहेको बताउनुभएको छ ।



अर्थमन्त्री कार्कीले आज इटहरी जेसीजको ३० औ तथा जुनियर जेसीजको ३० औ पदस्थापना समारोहमा बोल्नुहुँदा उक्त कुरा बताउनु भएको हो । उहाँले जेसीजले अपनाएको विधिको शासन र नागरिकप्रतिको सेवाभावबाट नेपालको राजनीतिक दलहरुले शिक्षा लिन नसकेकै कारण देशका सम्पूर्ण राजनीतिप्रति वितृष्ण बढ्न थालेको तथ्य पनि उहाँले दावी गर्नुभयो ।

अर्थमन्त्री कार्कीले हरेक बर्ष एक ब्यक्ती एक पदको जेसीज अवधारणको ब्यवहारिक प्रयोगले जेसीजको गरिमा उच्च हुनुको मुल कारण भएको स्पष्ट पार्नुहुँदै अर्थमन्त्री कार्कीले त्यो विषयमालाई राजनीतिक दलहरुले आत्मसाथ गर्न सके समग्र देशको विकासमा सवैको साझेदारी बढ्ने विश्वास समेत उहाँले स्पष्ट पार्नुभयो ।

बदलिदो विश्व समाजसँग प्रतिस्पर्धा गर्नका लागि नेपाली समाजलाई सचेत र सक्षम तुल्याउनका लागि भाषण त जसले पनि गर्न सक्छ तर त्यसलाई ब्यवहारमा उतार्न गा¥हो छ भन्नुहुँदै अर्थमन्त्री कार्कीले जेसीजले प्रयोग गर्दै आएको विधिको शासन प्रणालीलाई अनुशरण गर्न जरुरी रहेको तर्फ पनि सवैको ध्यानाकर्षण हुनु पर्ने कुरामा पनि उहाँले जोड दिनुभयो ।

जेसीसजे अपनाउँदै आएको शासन प्रणाली विश्वकै उत्कृष्ठ उदाहरणीय र अनुकरणीय रहेकाले त्यसलाई हामी सवै समाज र राष्ट्रप्रति जवाफदेही कार्यमा सम्लग्न भएकाहरुले अनुशरण गर्न जरुरी रहेको पनि अर्थमन्त्री कार्कीले स्पष्ट पार्नुभयो ।

राजनीतिलाई सेवाभावले हेर्न नसकेसम्म शासन प्रणाली जनताप्रति उत्तरदायी बन्न नसक्ने तर्फ आफुले जेसीजबाटा धेरै ज्ञान प्राप्त गरेकाले जेसीजको नारालाई आफुले शिरोधार्य गर्दै आएको पनि मन्त्री कार्कीले स्पष्ट पार्नुहुँदै यो सिद्धान्त नै समाज परिवर्तनको महत्वपूर्ण मन्त्र भएको पनि स्पष्ट पार्नुभयो।

इटहरी जेसीज अध्यक्ष गोकुल थापाको अध्यक्षतामा भएको उक्त पदस्थापन समारोहमा केन्द्रिस साँसद सिताराम मेहेता प्रदेश साँसद लिलम बस्नेत जुनियर जेसीज अध्यक्ष बादल दाहाल लगायतले बोल्नुभएको थियो ।

सोही पदस्थापना मारोहमा इटहरी जेसीज र जुनियर जेसीजका नयाँ कार्य समितको चयनसँगै बर्षभरि उत्कृष्ठ समाजसेवामा समर्पित जेसीज पदाधिकारीहरुलाई सम्मान समते गरिएको थियो ।



बिराटनगर, माघ १७ गते । रातो तारा डट कम, रोटरी डिस्टिक ३२९२ च्यापटरको साक्षरता र स्वच्छता पाठशाला भन्ने नाराकासाथ सम्मेलन माघ १९ र २० गते बिराटनगरमा हुने भएकोछ ।

रोटरीले सन २०१२ देखि दैविक प्रकोप नाका बन्दी मुकम्प र शिक्षाको क्षेत्रमा सकृयताका साथ काम गर्दै आएकोछ । रोटरीले शिक्षक तालिम, बाल शिक्षामा जोड दिदै,प्रोैड शिक्षमा पनि आफनो सहयोगी हात अगि बढाएको पाइन्छ ।

कार्याक्रमका अध्यक्ष रोटरियान बेनीगोपाल मुन्दडाले अहिले रोटरीले शिक्षाको सरसफाई सार्वजानिक सौचालय बिधालय सौचालय महिला साक्षरता स्कुल नजाले बालबालिकाहरुलाई शिक्ष दिएर स्कुल पठाउने जस्ता कामरु सकृयाता देखाएको आज भएको पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।

सत प्रतिसत साक्षर बनाउने अभियानमा लागेको रोटरीले देश भरी १ सय १४ क्लवले ५ सय भन्दा बढी सामुदायिक बिधालयमा काम गरिरहेको छ भने शिक्षक  लगाएतका बिभिन्न तालिमका लागि छुटै समिति बनाएर काम गरिरहेको मुन्दडाले जानकारी गराउनु भयो ।

शिक्षा मनत्रालयको समन्वयमारहेर संघ सस्थाहरु सग आतेमालो गर्दै, रोटरी ३२९२ का लिटरेसी मिशनका अध्यक्षमा पुर्व मुख्य सचिव तीर्थमान शाक्य र पुर्व डिस्टक गभर्नर तथा सह अध्यक्षमा वासुदेव गोल्यान रहेर काम गर्दै आउनु भएकोछ।

यो अभियानले ५ सय भन्दा बढी शिक्षकलाई तालिम प्रौढ शिक्षामा जोड बालबालिकाहरुलाई स्कुल पठाउने काम भुकम्पले भत्काएको दश बिधालय निमार्ण,र ४०, बिधालयको पुन निमार्ण गर्ने लक्ष्य राखेको कुरा पत्रकार सम्मेलनमा बताईएको थियो ।

बिराटनगरमा हुने रोटरी सम्मेलनमा नेपाल भारत मलेसिय समेतबाट बाट पनि पाउनाहरु आउने र सयुक्त राष्ट संघका नेपाल स्थित आवासिय प्रतिनिधि श्रीमती हवेलरी जुलिआन,र युनेस्कोका नेपाल स्थित प्रतिनिधि श्री तोमो होजुमीको पनि कार्याक्रममा उपस्थितिरहेने बताईएको छ ।

रोटरियान पवन गोल्यान आफना कुरा राख्दै,पत्रकार सम्मेलनमा युवाहरुको आकर्षणलाई बढाउन र समाजको कुसिति शिक्षाको माध्यामबाट हटाउन सहयोग पुगोस भनेर मिस नेपाल निकिता चाण्डकलाई पनि कार्याक्रममा बोलाईएको बताउनु भएकोछ ।

रोटरी क्लव नेपालमा हाल एक सय चौहालिस क्लव चारहजार चार सय सदस्यहरु रहेकाछन ।


काठमाडौँ, माघ १७ गते । रातो तारा डट कम, नेकपा (एमाले) स्थायी कमिटीको बैठकले राष्ट्रियसभा निर्वाचनमा मतदाता रहेका निर्वाचन मण्डलका सदस्यहरु तथा पार्टीको तर्फबाट निर्वा्चित सबैलाई निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान निर्देशन दिएको छ ।

पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले निर्वाचन मण्डलका सदस्यहरु, पार्टीका तर्फबाट निर्वा्चित सदस्यहरु, प्रदेशसभा सदस्य, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख गाउँपालिका अध्यक्ष, र उपाध्यक्षहरू राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान निर्देशन दिएको हो ।

बैठकले राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रयोग हुने एकल संक्रमणीय निर्वाचन प्रणालीका सम्बन्धमा सम्पूर्ण मतदातालाई अनिवार्य रुपमा मतदानसम्बन्धी तालीम दिन जरुरी भएको ठान्दै प्रदेश संगठन कमिटीका संयोजकबाट केन्द्रीय निर्वाचन विभागसँंग समन्वय गरी प्रशिक्षणको व्यवस्था गर्ने निर्णय गरेको छ । त्यसका लागि माघ २१ गते राति १२ बजेदेखि मौन अवधि शुरु हुनुअगावै प्रशिक्षणको व्यवस्था गरिने भएको छ ।

राष्ट्रियसभाका लागि तय भएका एमाले र नेकपा (माओवादी केन्द्र)का साझा उम्मेदवारहरूलाई विजयी बनाउन पारस्परिक सल्लाहका आधारमा दुवै पार्टीको तर्फबाट संयुक्त रुपमा प्रचारप्रसार, मतदाता शिक्षा, व्यवस्थापनलगायतका कार्य गर्नेसमेत बैठकले निर्णय गरेको छ । 


इलाम, माघ १७ गते । रातो तारा डट कम, बढ्दो विदेश पलायन र अन्य क्षेत्रमा आकर्षक रोजगारीका कारण पछिल्लो समय इलामका चिया बगानमा काम गर्ने मजदूरको अभाव हुन थालेको छ ।

चिया मजदूर अभावका कारण हरियो पत्ती टिप्ने, गोडमेल गर्ने तथा चिया छाँटकाँट गर्ने मजदूरको अभाव भएपछि चिया व्यवसाय नै संकटमा परेको छ ।

मजदूर अभावका कारण यहाँका चिया बगान झाडीमा परिणत हुँदै जानुका साथै पत्ती टिपाइ पनि समयमै हुन छाडेको छ । चिया बगानमा काम गरेर गुजारा चल्न छाडेपछि ३२ वर्षदेखि इलाम चिया बगानमा काम गर्दै आउनुभएकी इलाम नगरपालिका–७ की सरस्वती चौलागाईंले काम छाड्नुभएको छ ।

“रातदिन चिया बगानमा खट्नुपर्छ, चियामा काम गरेको पैसाले पुग्दैन, बिहान बेलुका हातमुख जोर्न मुस्किल परेपछि काम छाडेकी हुँ”, उहाँ भन्नुहुन्छ । इलामका चार र झापाका तीनवटा चिया बगानमा कार्यरत मजदूरले पारिश्रमिक कम भएको बताएका छन् । उनीहरुले धमाधम काम गर्न छाडेका छन् ।

 दैनिक आठ घण्टा काम गरेबापत रु २५४ चिया मजदूरको पारिश्रमिक तोकिएको छ । यहाँका चिया बगानमा कार्यरत मजदूरले त्यति पनि पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन् ।

मजदूर अभावका कारण सात दिनमा अनिवार्य हरियोपत्ती टिप्नुपर्नेमा चिया बगान पक्षले १५ दिनमा मात्र पत्ती टिप्ने गरेको छ । पत्ती छिप्पिने गरेको छ । युवाहरु उच्च शिक्षा अध्ययन, अवसर र रोजगारीका निम्ति गाउँबाट शहर जाने र शहरबाट विदेशतिर पलायन हुने क्रम बढेपछि चिया बगानमा मजदूर अभाव भएको चिया उद्योगी तथा व्यवसायी बताउँछन् ।

मजदूर अभावले समयमै हरियोपत्ती नटिप्दा समस्या बढ्दै गएको सूर्योदय नगरपालिका–४ हर्कटेका नरेश पौडेलले बताउनुभयो । चिया मजदूरले पारिश्रमिक बढाइदिन चिया बगान सञ्चालक, उद्योगी र व्यापारीसित पटक पटक माग गरे पनि सुनुवाइ नभएको मजदूर आशिष राई बताउनुहुन्छ ।

इलाम, कन्याम, सोक्तिम र चिलिमकोट चिया बगानका मजदूरले राजपत्रमा प्रकाशित न्यूनतम पारिश्रमिकसमेत नपाएको गुनासो गरेका छन् । इलामका चारवटा चिया बगानमा कार्यरत मजदूरका लागि स्वास्थ्य, शिक्षा र आवासका लागि सामान्य प्रबन्धसमेत नभएको उनीहरूको गुनासो छ । धेरै काम र कम ज्याला पाउने भएकाले पुरुष मजदूर विदेश पलायन भएपछि अहिले बढीजसो बगानमा महिला मजदूरमात्र भेटिन्छन् ।

जीवनको आधा उमेर चिया बगानमा काम गरे पनि आफूहरूको पक्षमा कुनै ठोस प्रगति हुन नसकेको राईको गुनासो छ । बूढेसकालमा चिया मजदूरका लागि न त निवृत्तिभरण छ, न त उपदानकै व्यवस्था । नेपाल चिया मजदूर श्रमिक संघकी केन्द्रीय उपाध्यक्ष नर्वदा निरौलाले चिया मजदूरको समस्या समाधान गर्न चिया बगान र उद्योग व्यवस्थापन गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

पाँच वर्षअघि इलाम चिया बगानमा १३५ चिया मजदूर कार्यरत रहेकामा हाल २६ जना मात्र कार्यरत छन् । सरकारी स्वामित्वको कन्याम, इलाम, सोक्तिम र चिलिमकोट चिया बगानबाट ४४६ चिया मजदूर विस्थापित भइसकेका छन् ।

सरकारले २०५७ सालमा इलामका चार र झापाका तीनवटा चिया बगान तथा कारखाना त्रिवेणी साङ्घाई ग्रुपलाई ५० वर्षका लागि भाडामा दिएको थियो । सो समयमा ८५८ मजदूर कार्यरत रहेकामा हाल अधिकांशले पारिश्रमिक र अन्य सेवा सुविधाको माग गरे पनि नपाएपछि पलायन भएका छन् ।

चिया व्यवस्थापन पक्षले दैनिक ज्याला, बिदा र सेवा सुविधामा समेत कटौती गरेपछि मजदूरले चियामा काम गरेको पैसाले परिवार पाल्नै धौ धौ परेको जनाउँदै धमाधम काम छाडेका हुन् । अर्थोडक्स चिया उत्पादन गर्दै आएको कन्याम चिया बगानमा ४७३ स्थायी मजदूर रहेकामा हाल १०५ जना मात्र मजदूर कार्यरत छन् ।

कन्याम चिया बगानमा ८० जना करारका श्रमिक छन् । सोक्तिम र चिलिमकोट चिया बगानले भने करारमा मात्रै मजदूर राखेका छन् । अर्थाेडक्स चिया बगानमा पारिश्रमिक र मजदूरको पक्षमा कुनै सहुलियत नहुँदा चिया मजदूर पलायन बढेको एकदशकदेखि चिया क्षेत्रमा काम गर्दै आउनुभएका तीनजुरे चिया उत्पादक सहकारी संस्थाका व्यवस्थापक सोम शर्मा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “चियामा काम गर्ने मजदूरको भविष्य उज्ज्वल हुने किसिमका योजना नल्याए निजीकरण गरिएका यी चिया बगान झाडीमा परिणत हुने स्थिति छ ।’ जिल्लामा सात हजार ९६५ हेक्टर क्षेत्रफलमा चिया खेती गरिएको छ । चिया प्रशोधनका लागि यहाँ साना ठूला गरी १०० भन्दा बढी उद्योग सञ्चालनमा छन् । 


विराटनगर, माघ १७ गते । रातो तारा डट कम,
 एम्स कलेजको आयोजनमा विराटनगरको आरोहण गुरुकुलमा आज मिस्टर एण्ड मिस फ्रेसर सम्पन्न भएको छ । उक्त प्रतियोगितामा ९ जनालाई पछि पार्दै विजया नेपाल मिस र ९ जनालाई उछिन्दै मन्दिप सिवाकोटी मिस्टर फ्रेसर घोषित भए ।

उनीहरुले उपाधिसँगै नगद ३०÷३० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर  प्राप्त गरे ।

प्रतियोगिताको फाइनलमा १० जना छात्र र १० जना छात्राले उपाधिको लागिप्रतिस्पर्धामा उत्रिएका थिए ।

मिस फ्रेसरतर्फको फस्ट रनरअप लिला चाम्लिङ राई तथा सेकण्ड नरअप अनु सिंह घोषित भइन् भने मिस्टरतर्फको फस्ट नरअप सृजल घिमिरे र अविशेक गौतम घोषित भए ।

बी.बी.एस. प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई नौलो तरिकाले स्वागत गर्न विगत तीन वर्षदेखि यस्तो प्रतियोगिता आयोजना गरेको कलेज प्रमुख चिन्तामणी बस्नेतले जानकारी दिए ।

प्रतियोगिताको निर्णायकहरुमा कोरियाग्राफर अमलेश कर्ण, जुनियर जेसीसजको पूर्व अध्यक्ष अविनास थापा, ब्यूटिसयीन रम्तीम जोशी र रीता तिम्सिना रहेकी थिइन् । प्रतियोगिताको कोरियाग्राफर अमर मगर, लिहाङ्ग चोङवाहाङ र राम संगम राउतले गरेका थिए ।



विजयी हुने प्रतियोगिहरुलाई कार्यक्रमको प्रमुख अतिथि त्रिभूवन विश्व विद्यालयका उप परीक्षण नियन्त्रक अर्जुन विक्रम खड्का, नुप्का मोरङका अध्यक्ष तिर्थराज घिमिरे, कलेजका अध्यक्ष तुलसी पोखरेल र कलेज प्रमुख चिन्तामणी बस्नेतलले पुरस्कार वितरण गरेका थिए । खबर पूर्वाञ्चलबाट


ललितपुर, माघ १७ गते । रातो तारा डट कम, देशका विभिन्न स्थानमा रहेका तरकारी बजारमा विषादीको अवशेष कम हुँदै गएको छ । नियमित रुपमा विषादी अवशेषको जाँच हुँदा बजार आइपुग्ने तरकारीमा विषादीको अवशेष कम भएको व्यावसायिक कृषि प्रवद्र्धन निर्देशनालयका सूचना अधिकारी गायत्रीराज वाग्लेले बताउनुभयो ।

साना तरकारी बजार जिल्ला कृषि विकास कार्यालयमा दर्ता भएर सञ्चालन हुन्छन् । सरकारको प्रत्यक्ष सहयोगमा देशभर २७ वटा थोक बजार छन् भने तिनमा नियमित रुपमा विषादीको जाँच हुन्छ ।
“बाली संरक्षण निर्देशनालयले नियमित रुपमा परीक्षण गरेकाले तरकारीमा विषादीको अवशेष कम हुँदै गएको छ,” वाग्लेले भन्नुभयो ।

किसान र उपभोक्तामा चेतनाको स्तर बढेको उहाँको भनाइ छ । किसानले विषादीको मात्रा विचार गरेर बजार लैजाने गरेका छन् । उपभोक्ताले शंका लाग्दा गुनासो गर्ने गरेका छन् ।
“सरकारले देशका मुख्य बजारमा विषादी अवशेषको जाँच बढाउँदा किसान र उपभोक्ता जागरुक भएका हुन्,” उहाँले भन्नुभयो ।

सरकारको प्रत्यक्ष सहयोग रहेका थोक बजारमा विषादी अवशेष परीक्षण बाली संरक्षण निर्देशनालयले गर्छ भने अरु व्यवस्थापनको काम कृषि प्रवद्र्धन निर्देशनालयले गर्छ । निजी क्षेत्रबाट सञ्चालित थोक बजारमा पनि सरकारले नियमन गरिरहेको छ । 


युवराज ठकुरी/सिंहदेवी मोरङ, माघ १७ गते । रातो तारा डट कम,उत्तरी मोरङको केराबारी-२,सिंहदेवी र धनकुटाको चौविसे-८वसन्तटारको सिमानामा रहेको पर्यटकीय स्थान जेफाले भ्यु टावरको आधार शिविरमा सहिद दिवसको अवसर पारेर सामाजिक विकास तथा नागरिक सचेतना केन्द्र
चौविसे गा.पा ,धनकुटाले साहित्यिक तथा सांस्कृतिक वनभोजको भव्यताका साथ सम्पन्न गरेको छ।

 
संस्थाका अध्यक्ष हृदय थेगिमको सभापतित्व र टेकवीर लिम्बूको संचालनमा भएको कार्यक्रममा प्रमुख अतिथि चौविसे गा.पा.इलाका प्रशासन अधिकृत बिदुर गौतम ,अतिथिहरु नासु अर्जुनप्रसाद आचार्य ,विरेन्द्र तामाङ ,युवराज ,साहित्यकार राज माङ्लाक,केजी सुब्बा,युवराज ठकुरी "अज्ञानी"राजेश लिम्बू,कविन्द्र तुम्बापो,भक्तमान तुम्वापो लगायत १००जनाको सहभागिता रहेको थियो।
 
कार्यक्रममा लिम्बू जातिको धाननाच भीम खजुम,धर्मध्वज लिम्बू टङ्क लिम्बू ,पुर्णमाया लिम्बू,मनमाया लिम्बू ,गीता लिम्बू लगायतले प्रस्तुत गर्नुका साथै स्थानीय मगर जातिको हुर्‍रा नाचले पनि मनोरञ्जन दिलाएको संस्थाका अध्यक्ष हृदय थेगिमले बताए।

साहित्य तर्फ बिरेन्द्र तामाङ ,युवराज ठकुरी अज्ञानी,कविन्द्र तुम्बापो,राजेश लिम्बू,हृदय थेगिम लगायतले आआफ्ना रचना वाचन गरेर चिसो मौसम तताएका थिए।


विराटनगर, माघ १६ गते । रातो तारा डट कम,भिन्न नियम र कडा अनुशासनको बिचमा रही कारागार भित्र बन्दी जीवन बिताइरहेको कैदीबन्दीले पनि सहयोगी भावना होला रु भन्नेहरुको लागि मोरङ कारागार विराटनगरमा बन्दी जीवन बिताइरहेका कैदीहरुले गतिलो उदाहरण प्रस्तुत गरेका छन् ।

कैदीबन्दीले आफुले खाने गाँस कटाएर विराटनगरमा रहेको विराटेश्वर वृद्धा आश्रममा रहेका वृद्धा आमा, बुवाहरुलाई नगद ११ हजार रुपैयाँसहित १५ दिनलाई पुग्ने खाद्यान्य सहयोग गरेका हुन् ।

कारागारका चौकीदार अभिषेक गिरीको पहलमा उक्त कारागारमा रहेका ६ सय ७२ जना पुरुष कैदीबन्दीहरुले आश्रममा बसोबास गर्ने ६३ जना वृद्ध आमाबुवालाई मंगलबार सहयोग गरेका थिए । शहिद दिवसको अवसर पारेर कारागार परिसर भित्र एक कार्यक्रमको बीच आश्रमका अध्यक्ष जगतप्रसाद अर्याललाई कारागारका जेलर प्रेमप्रसाद सापकोटा र चौकीदार अभिषेक गिरीले खाद्यान्य तथा नगद रकम हस्तान्तरण गरे ।

कैदीबन्दीले ५ बोरा चामल, ५० केजी चिनी, ४० केजी दाल, १ सय केजी आटा, मसला तथा चियापत्ती प्रदान गरेका थिए । ‘विभिन्न सजाए पाएर बन्दी जीवन विताएको मध्धे ४ सय जनाले आयआर्जनको बाटो रोजेका छन्,’ चौकीदार गिरीलेले भने, ‘कारागारमा परिश्रम गरेर कमाएको पैसा जम्मा पारेर नगद र खाद्यान्य समाग्री जुटाएको हो ।’

सहयोग कार्यक्रममा बोल्दै आश्रमको अध्यक्ष अर्यालले अन्तरदान सर्वोपरी दान भएकाले मोरङ कारागारका बन्दीले गरेको सामाजिक कार्य प्रशंसया रहेको बताए । ‘गन्नेमन्ने व्यक्तिहरुको सम्पती कुहेर जान्छ,’ अध्यक्ष आर्यालले भने, ‘उनीहरुमा सहयोगी भावना हुदैन ।

बरु जेल भित्र बन्दी जीवन बिताएकाहरुबाट उनीहरुले पाठ सिक्न जरुरी छ ।’ कारागारका जेलर प्रेमप्रसाद सापकोटाले कारागारका कैदीहरुको सहयोगलाई अन्य कारागारका बन्दीले समेत पाठ सिक्नुपर्ने बताए ।

कारागारमा रहेका बन्दीहरुले मुढा बुन्ने, टोपी र फनिर्चको विभिन्न समाग्रीहरु बनाएर विक्री वितरण गर्ने गरेका छन् । उनीहरुले सिपमुलक आयआर्जनको बाटो रोजेका कैदीबन्दीहरुले मनग्गे आम्दानी गर्दै आएका छन् ।


काठमाण्डौ, माघ १६ गते । रातो तारा डट कम, गायिका तथा सञ्चारकर्मि प्राश्रना शाक्यले आफ्नो नयाँ गीत विन्तीको भिडियो सार्वजनिक गरेकी छन् । प्रेमका भावहरुलाई उनले ल्यात्मक रुपमा गाएकी छन ।

निलम आङबुहाङ लिम्वुको शब्द , प्रविन बराइलिको कम्पोज , उदयराज पौडेलको एरेन्जमा गित तयार पारिएको छ । गीतको भिडियोलाई हाङ चेम्वोङले निर्देशन गरेका छन् भने सनराज रानाको छायांकन तथा सम्पादन छ । भिडियोमा मुना लावति, मौसम चेम्जोङको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

कबिता:-
आज सहिद दिवस...
यादै यादमा बितेको यो समयमा
खै कहिले पूरा होलान, म भन्न सक्तिन शहिदका
 सपना ।।

युद्ध अनि क्रान्ति गोला बारूद्वको आवाज अहिलेसम्मै मेरा कानमा गन्जेकोछ।

देश र जनताका लागि हजारौंले ज्यान गुमाए तर पनि सरकारले सुनेन, यो एउटा बिडमबना
थियो ।

आज सहिद दिवस मनाइन्छ, अनि बिर्सिन्छ यस्तै छ, यहाँको चलन। सहिदको संम्जनामा  सहिदको सम्जनामा ।।
 तेजेन्द्र भण्डारी
२०७४/१०/१६ गते
बिहान ७ बजे


शिव भट्टराई - मोरङ माघ १६ गते । रातो तारा डट कम,
गछीया-गछीया जेसीजको चौथो पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल प्रमुख अतिथि रहेको कार्यक्रमको संयोजक जेसी टेकेन्द्र श्रेष्ठ रहेका थिए । सो पदस्थापन कार्यक्रम जेसी नेत्रप्रसाद दुलालको सभापतित्वमा सम्पन्न भएको थियो ।

मंगलबारको पदस्थापन कार्यक्रमबाट गछीया जेसीजको जेसी मदन दाहाल र जेसी कमल दाहाललाई कार्यकारीणी उपाध्यक्षमा  बनाइएको छ । त्यसैगरी उपाध्यक्षहरुमा जेसी नवीन वराल, मनोज राई, सुरेश अधिकारी र सुमिता रहेका छन् ।

महासचिवमा भने प्रदीप विष्ट चयन भएका छन् । सचिवमा पप्पु साह र कोषाध्यक्षमा राजु खतिवडा रहेका छन् ।  गछीया जेसीजको कानूनी सल्लाहकारमा ध्रुव पोखरेल र जनसम्पर्क समितिमा टेकेन्द्र श्रेष्ठ रहेका छन् ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि शिवप्रसाद ढकालले जेसीजले सामाजिक कार्यमा निरन्तर लागिरहनु पर्ने बताएका थिए । सो कार्यक्रममा जेसीजका राष्ट्रिय उपाध्यक्ष अमेश ढकाल र वडा नम्बर ७ का अध्यक्ष चैतन्य सिटौला लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।


बिराटनगर, माघ १६ गते । रातो तारा डट कम, भोजपुर घर भएका इाापा ठेगना बताउने, इाापा दमक १० बस्ने वर्ष ३४ को बिकास राई, हाल काठमाण्डौं को चक्रपथ बस्तै आएको व्याक्ति हुन ।
(ठगिगरेर फरार बिकास राईको फोटो)

निज बिकास राई पहिला देखिनै सुनेरा नेपाल भन्ने बैदेसिक रोजगार मेनपावरमा काठमाडौमा काम गर्दै आएका व्याक्ति हुन । यिनले धनकुटा आन्द्र्रुङ ६ हाल महालक्ष्मी नगरपालिका वडा नम्वर ७ अर्खौले जितपुर बस्ने तेजेन्द्र लुम्वा लाई जापान पठाई दिने भनेर करिव ५ लाख रुपैयाँ ठगी गरेर बिकास राई हाल फरार भएका छन ।

बिकास राईले नै मोरङ केरावारी ७ बस्ने हर्क बहादुर ठाडा मगर लगाएत ८ जनालाई ९ वर्ष पहिला बैदेशीक रोजगारीमा पठाईदिने भनेर भारतको दिल्ली पुगाएर छाडि अलपत्र पारेको भन्दै, टक पटक निज लाई खोजन र आफनो डुबेको रकम फिर्ता माग गर्न सुनेरा मेनपावर काठमाण्डौं गएर बुइादा मेनपावरले सहि जवाफ नदिने नगरेको बताएका छन ।

आज बिराटनगरमा पीडित दुवै जनाले पत्रकार सम्मेलन गरेर आफुहरु ठगिएको कुराको जानकारी गराउद,ै निज बिकास राईको खोजतलास र ठगी गर्ने सुनेरा मेनपावरलाई कारर्वाही हुनु पर्ने माग समेत सरकार संग गरेका छन ।

बैदेशिक रोजगारिमा पठाउने मेनपावरहरुले पुवाहरुलाई खुल्याम ठगी गरिरहेका छन,र फ्रि भिसा भन्दै रकम पनि लिने र काम पठाएका काम दारले पाउने १५ डलर भन्ने तर पुगेपछि कम्पनी संग मिलेर सात डलर मासिक कामदार लाई दिने बाँकी ७ डलर दुई वर्षको एकै मुष्ठ भुक्तानी लिने जस्ता ठगीका काम मेनपावरहरुले गर्दै आएका छन ।

यस्ता ठगहरुलाई बैदेशिक रोजगार बिभागले किन कारर्वाही गर्दैन ।


विराटनगर, माघ १६ गते । रातो तारा डट कम,प्रदेश नम्बर १ को प्रदेश सभाको पहिलो अधिवेशन माघ २२ गते दिउँसो १ बजे विराटनगरमा रहेको जिल्ला समन्वय समिति मोरङको सभा हलमा बस्ने भएको छ ।

प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले आज साँझ पत्रकार सम्मेलन गरी प्रदेश सभाको पहिलो अधिवेशनको मिति तोकेका हुन् ।

संविधानको धारा १८३ उपधारा १ बोमोजिन प्रदेश सभाको अधिवेशन प्रदेश प्रमुख तुम्बाहाङले तोकेका थिए । प्रदेश सांसदले सपथ ग्रहण गरेको एकसाता पछि प्रमुख प्रदेश तुम्बाहाङले प्रदेश सभाको पहिलो अधिवेशन तोकेका हुन् ।


भक्तपुर, माघ १६ गते । रातो तारा डट कम, ज्येष्ठ नागरिकको संस्था अग्रज समाज नेपालको लोकन्थलीमा भएको अधिवेशनले महाप्रसाद पराजुलीको अध्यक्षतामा ४३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

समाजको सहअध्यक्षमा नयन्द्रबहादुर खड्का र उपाध्यक्षहरुमा सीताराम ढकाल, प्रभा लम्साल, यशोदा ढकाल, हरिप्रसाद भट्टराई, माधवप्रसाद घिमिरे चयन हुनु भएको छ ।

यसैगरी महासचिवमा सरस्वती रिजाल, कोषाध्यक्षमा नन्दाकुमारी ढकाल, सचिवमा रामप्रसाद अधिकारी, सहसचिवमा सीता आचार्य र सहकोषाध्यक्षमा सीताराम पुडासैनी रहनुभएको छ ।

केन्द्रीय सदस्यमा हरिभक्त कटुवाल, गोमा तिवारी, पवित्रा खड्का, चेतकुमारी कार्की, कान्छी कार्की, चित्रकुमारी विष्ट, भगवती नेपाल, सावित्रा गिरी, धनमाया कार्की, ललितबहादुर गिरी, नन्दामाया गौतम, टीकामाया गौतमलगायत रहेका छन् ।

समाजको प्रवक्तामा गोविन्द निरौला र चन्द्रमाया चुँडाल तथा संरक्षकमा प्रेमबहादुर खड्का, केदार खड्का, तारा लुइँटेल, जानुका पौडेल र कुलबहादुर क्षेत्री रहेका छन् । समाजले सहयोगी संस्थाका रुपमा सुरेश बुढाथोकीको नेतृत्वमा १४ सदस्यीय सहयोगी युवा समितिसमेत गठन गरेको छ ।
––– 


इलाम, माघ १६ गते । रातो तारा डट कम, इलाममा चालू आवमा १० वटा झोलुंगे पुल निर्माण हुने भएका छन् । जिल्ला समन्वय समिति तथा जिल्ला प्राविधिक कार्यालयको सहयोगमा निर्माण हुने झोलुंगे पुलमा इलामकै सुनगाभा विकास संस्था र धरानको टुेल ब्रिज सपोर्ट युनिट (टिबीएसयु)को प्राविधिक संलग्नता रहेको छ ।

सो पुलका लागि रु तीन करोड ७२ लाख ३७ हजार निकासा भएको छ । सुनगाभाका असिष्टेण्ट सव–इञ्जिनियर रोशन सुब्बाका अनुसार इलामका १० स्थानमा ती पुल बनाउन स्थानीयस्तरमा उपभोक्ता समिति गठन भइसकेका छन् ।

सव–इञ्जिनियर सुब्बाका अनुसार सूर्योदय र इलाम नगरपालिकामा एक÷एक वटा, सन्दकपुर गाउँपालिकामा तीन वटा, फाकफोकथुम र रोङ गाउँपालिकामा दुई÷दुई वटा तथा माइजोगमाई गाउँपालिकामा एउटा पुल निर्माण हुनेछन् ।

सूर्योदय नपाको गोर्खे र पशुपतिनगर जोड्ने मयुँ खोलामा मयुँघाट झोपु रु ३६ लाख ३४ हजारको लागतमा निर्माण हुनेछ । त्यस्तै इलाम नगरपालिका–३ को साविक पुवामझुवा गाविस वडा नम्बर ३ र ६ जोड्ने सानो पुवाखोलामा भागेटार झोलुंगे पुल रु २३ लाख १८ हजारमा निर्माण हुनेछन् ।

रोङ गाउँपालिकाको साविक इरौँटार गाविस र झापाको शान्तिनगर जोड्ने ठोट्ने टिमाइ खोलामा प्युरे झोपु रु ४५ लाख ७८ हजारमा निर्माण हुने भएको छ । त्यस्तै सन्दकपुर गाउँपालिकाको मावु र माईमझुवा जोड्ने माइखोलामा दुई स्थानमा (चौडा दोभान झोपु र लिम्बूबारी झोपु) निर्माण हुने भएका छन् । त्यहाँ चौडा दोभानका लागि रु २८ लाख ४८ हजार र लिम्बूबारीका लागि रु २६ लाख ५८ हजार बजेट छुट्टयाइएको छ ।

सन्दकपुर गापाकै साविक जमुना गाविस ३ र मावु गाविस ६ जोड्ने धुँवा खोलामा खुदी झोलुंगे पुल रु ३३ लाख १६ हजारको लागतमा निर्माण हुने भएको हो । यता फाकफोकथुम गाउँपालिकाको फुँएतप्पा र लुम्दे जोड्ने थावा खोलामा रिठ्ठाबोटे झोलुंगे पुल निर्माण हुने भएको छ ।

उक्त पुलका लागि रु ४० लाख ८२ हजार बजेट रहेको छ । त्यसैगरी साविक जोगमाई गाविस वडा नम्बर ६ को बीचमा पर्ने ठोट्ने खोलामा चैतेदोभान झोलुंगे पुल रु ४३ लाख ८४ हजारको लागतमा बन्ने भएको छ ।

रोङ गाउँपालिकाको साविक इरौँटार गाविस ६ र जिर्मले गाविस ९ जोड्ने तेलपानी खोलामा पनि पुल बन्नुभएको छ । रु ७१ लाख तीन हजारको लागतमा बन्ने उक्त पुल झोलुंगे नभएर सस्पेन्सन बृज हुने जनाइएको छ । 

काठमाडौँ, माघ  १६ गते । रातो तारा डट कम, मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा विसं २०१२ देखि नै माघ १६ गतेका दिन शहीद दिवस मनाइ आइएकोछ, तर हालसम्म कति शहीद घोषणा गरिए भन्ने यकिन तथ्यांक छैन ।

सरकारले यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउँदै आएको छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष      बिराटनगर लगाएत शहरहरुमा शहीदको सम्झनामा सो कार्यक्रम गरिँदै आएको हो, तर आज शहीद दिवस मनाइदैछ,मनाईन्छ, अनि विर्सिन्छ, त्यस्तै छ, यहाको चलन ।

विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन शासक पक्षले मृत्युदण्ड दिएको थियो ।

भोलि माघ १६ गते शहीद दिवसका दिन बिहान शान्तिबाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरीे शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

नेपालमा पहिलो शहीद लखन थापालाई मानिन्छ । त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार शहीद – शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई शहीद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरिएको छ ।

पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा पटक पटक थुप्रै योद्धाले सहादत प्राप्त गरे पनि उहाँहरूका बारेमा राज्यले त्यति महत्व दिएको देखिँदैन ।

विसं २०४६ को प्रजातन्त्र पुनःस्थापनाको जनआन्दोलनमा सहादत प्राप्त गर्ने १९ शहीदलाई सम्मानस्वरुप सरकारले जनही रु एक लाख आर्थिक सहयोग गरेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै २०६२÷६३ सालको जनआन्दोलनका क्रममा मुलुकभर सहादत प्राप्त गरेका २६ जनालाई शहीद घोषणा गरिएको थियो । सरकारसँग शहीदको स्पष्ट तथ्याङ्क छैन

विसं २०६२÷६३ को जनआन्दोलनपछि सरकारपिच्छे विभिन्न आन्दोलन र घटनामा निधन भएका व्यक्तिलाई पनि शहीद घोषणा गर्ने गरिएकामा सर्वसाधारणको गुनासो छ ।
पछिल्लो पटक सरकारले यही माघ ३ गते विभिन्न आन्दोलनमा मारिएका १९० जनालाई शहीद घोषणा गरेको गृह मन्त्रालयका सहप्रवक्ता उमेश ढकालले जानकारी दिनुभयो ।

मन्त्रालयले हाल सम्पूर्ण शहीदको तथ्यांक सूची संकलन गरी स्पष्ट अभिलेख राख्न शुरु गरेको सहप्रवक्ता ढकालले बताउनुभयो । यद्यपि मन्त्रालयसँग हालसम्म कति शहीद घोषणा गरियो भन्नेबारे स्पष्ट जवाफ भने छैन ।

सरकारले २०६७ असार ९ गते शान्ति तथा पुनःस्थापना मन्त्रालयको सिफारिसमा एक हजार ६१९ जनालाई शहीद घोषणा गरेको मन्त्रालयको राहत तथा तथ्यांक महाशाखाका उपसचिव मीरा आचार्यले जानकारी दिनुभयो ।

त्यस्तै सरकारले २०६५ पुस ९ गते छ हजार ३४४ जनालाई शहीद घोषणा गरेको बताइए पनि त्यसको आधिकारिक तथ्यांक देखिँदैन । साथै पटक पटकको तराई मधेश आन्दोलन र मुलुकभर भएका पहिचानका विभिन्न आन्दोलनमा मारिएका कति व्यक्तिलाई शहीद घोषणा गरियो भन्ने यकिन तथ्यांक भेटिँदैन । सरकारले ती आन्दोलनमा मारिएका व्यक्ति र भएको क्षतिबारे यकिन गर्न विभिन्न आयोग गठन गरेको
थियो ।

मुलुकमा पछिल्लो पटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहिद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा ठेस पुगेको शहीद परिवारको गुनासो छ ।

आवश्यक मापदण्डबिना हचुवाका भरमा शहीद घोषणा गर्दा वास्तविक शहीदप्रति अपमान महसुस भएको २०६२÷६३ को जनआन्दोलनका क्रममा कलंकीमा सहादत प्राप्त गरेका शहीद स्व प्रद्युम्न खड्काकी श्रीमती प्रभा खड्काको भनाइ छ ।

त्यस्तै २०६२÷६३ को जनआन्दोलनका क्रममा बर्दियामा गोली लागि सहादत प्राप्त गरेका शहीद स्व यमलाल लामिछानेका छोरा द्रोर्ण लामिछानेले पनि जथाभावी शहीद घोषणा गर्ने परिपार्टीले शहीद शब्दको पवित्रता र स्वच्छतालाई धमिलो पार्ने काम भएको गुनासो गर्नुभयो ।

कसलाई शहीद भन्ने र कसलाई नभन्ने भन्नेमा विवाद आउन थालेपछि सरकारले २०६२÷६३ सालको जनआन्दोलनपछि त्यसलाई व्यवस्थित गर्न दुई आयोगसमेत बनायो तर त्यसको प्रतिवेदन हालसम्म पनि कार्यान्वयन भएको छैन । सरकारले नवराज सुवेदी र मोदनाथ प्रश्रितको संयोजकत्वमा शहीदको मापदण्ड बनाउन फरक फरक दुई आयोग बनाएको थियो ।


बिराटनगर माघ १५ गते । रातो तारा डट कम, प्रदेश नम्वर १ उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नम्वर १ का जनताले आफनै वडा कार्यालयमा आज तालावन्दी गरेका
छन ।

नगरपालिका गठन भए पछि बेलका नगरपालिकाले भदौ ४ गते पहिलो नगर सभा गरेको थियो । उक्त नगरसभाबाटै पारित गरेर पुरानो ठाउँबाट वडा नम्वर १ को वडा कार्यालय भालवन्तीमा सार्ने निर्णय भएको र सो निर्णय अनुसार मन्त्रालयले पनि स्ववीकृत गरि वडा वासिहरुको निवेदन माग अनुसार नै सार्न मेयरको पनि मन्जुरी रहेकोले,सार्न भन्दा भन्दै नसारेको भन्दै आज १ नम्वर वडा वासीहरुले कार्यालयमा तालचा लगाएका हुन ।

बेलका नगरपालिका वडा नम्वर १ का जनताले जनतालाई पाइक पर्ने ठाउँमा वडा कार्यालय सार्न पहिला देखिनै वडा अध्यक्ष दिनेश्वर चौधरीलाई माग गर्दै आएका र अटेर गरेको भन्दै ताला लगाईदिएको वडा वासी जनताले भनेका छन ।



बिराटनगर माघ १५ गते । रातो तारा डट कम,
शिव भट्टराईलाई बधाई छ,www.ratotara.com,
रातो तारा डट कम,का संम्वादाता शिव भट्टराईले मोरङ- सुन्दर हरैचा,४ खोलाको डिलमा गिटी कुटेर बस्ने सुकुम्बासी ३२ इन्च उच्चाइ भएकि वर्ष २० कि युवती मालती मरर (ऋषिदेव) भेटेर सबैभन्दा पहिला खोजमुल समचार र भिडियो,

रातो तारा डट कम अनलाइन पत्रकाबाट प्रकाशनमा ल्याएपछि, समचार, भिडियो नेपाल अमेरिका जापान
आेमान खडिमुलुक भारतमा समचार भाइरल हुनपुग्यो।

अहिले नेपाल कै होचो महिला भन्दै, मिडिया प्रशासन जनप्रतिनिधि संघ सस्थाको ध्यानाकर्षण भएकाले रातो तारा डट कम का हाम्रा सम्वादाता शिव भट्टराईलाई धरै धेरै बधाई छ ।
संम्पादक- तेजेन्द्र भण्डारी


बिराटनगर माघ १५ गते । रातो तारा डट कम,
नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्व संचारमन्त्री शेरधन राईले १ नम्बर प्रदेशको मुख्यमन्त्री हुनका लागि चुनावी प्रक्रियामा जान तयार रहेको उदघोष गर्नु भएको छ ।

विराटनगरमा संचारकर्मीसंग कुराकानी गर्दै राईले पार्टीको स्थायी समितिले गरेको निर्णय आफ्ना लागि मान्य हुने बताउँदै यदी प्रदेशमै चुनावी प्रक्रियाबाट संसदिय दलको नेता चयन गरेर मुख्य मन्त्री बनाउने हो भने पनि आफू पछि नहट्ने बताउनु भयो । । प्रदेश नम्बर १ को मुख्य मन्त्री दावी गर्दै भोजपुरबाट चुनाव जित्नु भएका राईले यस क्षेत्रको भौगोलिक र ऐतिहासिकताका हिसावले पनि आफू उम्मेदवारका लागि योग्य रहेको दावी गर्नु भयो ।

नेकपा एमालेको पोलिटब्युरो सदस्य, रहनुभएका उहाँले आफूले विगतमा राजकिय जिम्मेवारी राम्रोसंग पूरा गरेको दावी पनि गर्नु भयो । माघ भित्रै नभए पनि फागुन ३ गते भित्र प्रदेश सरकार बनिसक्ने भएकाले पार्टीको निर्णय अनुसार अव संसदिय दलको नेता छान्ने प्रक्रिया छिट्टै सुरु हुने उहाँको भनाइ छ । ९३ सदस्य रहेको प्रदेशसभामा नेकपा एमाले एक्लैको ५१ सदस्य सहित बहुमत छ । संसदिय दलको नेतालाई मुख्य मन्त्री चयन गर्ने प्राब्धान भएकाले पनि मुख्य मन्त्री हुनु अघि संसदिय दलको नेता चयन हुनु पर्छ ।

प्रदेश नम्बर १ मा पार्टीका स्थायी समिति सदस्य एवं पार्टी सचिव भीम आचार्यले पनि मुख्य मन्त्रीको दावी गर्दै आउनु भएको छ । उहाँले हिजो मात्र काठमाडौंमा पत्रकार सम्मेलन गरी आफू जसरी पनि प्रक्रियाबाट मुख्य मन्त्री बन्ने दावी गरे लगत्तै राईले विराटनगरमा पत्रकार माझ आफू पनि प्रक्रियाका लागि तयार रहेको घोषणा गर्नु भएको हो ।

यसैबीच एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले पनि प्रदेशको मुख्य मन्त्रीको दावी गर्दै लविङ सुरु गर्नु भएको छ । उहाँ र आचार्य एमाले बरिष्ठ नेता माधव नेपाल निकट र राई पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिनुहुन्छ ।


काठमाडौँ, माघ १५ गते । रातो तारा डट कम, नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले पार्टी एकतालाई शीघ्र निष्कर्षमा पु¥याउने सहमति गरेका छन् । ललितपुरमा आज एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा सो सहमति भएको हो ।

राष्ट्रियसभा निर्वाचनको मिति नजिकिएकाले सबैभन्दा पहिले त्यसलाई सफल बनाउने र प्रदेशका मुख्यमन्त्रीको विषयमा संयुक्त कार्यदलले तयार पार्ने प्रतिवेदनका आधारमा निर्णय गर्न समेत दुई पार्टीका अध्यक्ष तयार हुनुभएको छ । अध्यक्ष ओली र अध्यक्ष दाहालबीच आज पाँच घण्टा एक्लाएक्लै छलफल भएको हो ।

राष्ट्रियसभामा वामपन्थीका उम्मेद्वारलाई जिताउन प्रयास गर्ने र त्यसका लागि सबै तह र तप्कालाई संयुक्त निर्देशन दिने, स्थानीय तह र प्रदेशसभाका सदस्यलाई प्रभावकारी रुपमा निर्वाचनमा सहभागी भएर वामगठबन्धनका उम्मेदवारको पक्षमा मत दिने वातावरण बनाउन दुवै पार्टीका अध्यक्ष सहमत हुनु भएको
 हो ।

बैठकबारे जानकारी दिँदै अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउने विषयमा छलफल केन्द्रित रहेको उल्लेख गर्नुभयो । नयाँ सरकार गठन, पार्टी एकताबारे छलफल भए पनि आजै निष्कर्षमा नपुगिएको बताइएको छ । छलफल जारी राख्दै शीघ्रातिशीघ्र पार्टी एकतालाई तार्किक निष्कर्षमा पु¥याउन अध्यक्षद्वय सहमत हुनुभएको हो ।

पार्टी एकता, प्रदेशका मुख्यमन्त्रीका विषयमा छलफल भए पनि कार्यदलले टुङ्ग्याएर ल्याउने प्रस्तावलाई अनुमोदन गर्ने सहमति पनि उहाँहरुबीच भएको छ ।

पार्टी एकताका सन्दर्भमा बाँकी रहेको विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुग्न थप गृहकार्य गर्ने विषयमा नै छलफल केन्द्रित रहेको प्रेस संयोजक तिमिल्सिनाको भनाइ छ ।
पार्टी एकताका विषयमा सांगठनिक र वैचारिक विषयमा रहेका केही मतभेदमा सामान धारणा बनाउने क्रम जारी रहेको बताइएको छ । सो विषयमा शुक्रबार र शनिबार समेत अध्यक्षद्वयकाबीच एक्लाएक्लै छलफल भएको थियो ।

वाम गठबन्धनले जितेका छ प्रदेशमध्ये चार प्रदेशमा एमाले र दुई प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री लिने सहमति करिबकरिब भइसकेको छ । तर नेताहरुले औपचारिक रुपमा भने सो बारेमा केही बताएका छै्रनन् ।

एमालेले मुख्यमन्त्री लिएका स्थानमा माओवादी केन्द्रले सभामुख र माओवादीले मुख्यमन्त्री लिएको स्थानमा एमालेले सभामुख लिने विषयमा समेत लगभग सहमति जुटिसकेको
छ ।

दुई दलीय कार्यदलले सो विषयलाई अन्तिम रुप दिनेछ । कार्यदलले पारित गरेको प्रस्तावलाई पार्टी एकता संयोजन समितिले अनुमोदन गर्नेछ । विभिन्न प्रदेशमा प्रदेशसभाको बैठक बोलाइसकिएकाले पनि तत्कालै मुख्यमन्त्री र सभामुखको विषयमा निर्णय गर्नुपर्ने देखिएको छ । प्रदेश नं २ बाहेक अरु ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने जनमत प्राप्त छ ।



काठमाडौँ, माघ १५ गते । रातो तारा डट कम, काठमाडौँ उपत्यकाको आज न्यूनतम तापक्रम घटेर २.३ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम तापक्रम घटे पनि तुलनात्मक रुपमा चिसो कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम घटे पनि अब क्रमशः चिसो कम हुँदै जाने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार अबको तीन दिनसम्म पानी पर्ने बादल देखिँदैन भने न्यूनतम तापक्रम ३ डिग्रीको हाराहारीमा रहनेछ । आज पश्चिम तराई भेगमा बाक्लो हुस्सु लागेको छ । अपराह्नपछि त्यो हट्नेछ । पाँच दिनयता निकै चिसो बढे पनि आजदेखि भने केही न्यानो महसुस गरिएको छ ।

यसअघि गत पुस २३ गते यस वर्षकै बढी चिसो न्यूनतम तापक्रम ० डिग्रीमा झरेको थियो । यही माघ १० गते सुदूरपश्चिमबाट पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गरेका कारण देशका अधिकांश भूभागमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यमखालको हिमपात भएको थियो ।

बदलीसँगै वर्षात्का कारण काठमाडौँको न्यूनतम तापक्रम बढेर ६ डिग्रीभन्दा माथि पुगेको थियो । त्यसयता शनिबारसम्म न्यूनतम तापक्रम बढे पनि काठमाडौँसहित देशभर चिसो बढेको थियो । शनिबार काठमाडौँको न्यूनतम तापक्रम ३.३ डिग्री पुगेको थियो । महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा कम जुम्लामा ऋणात्मक ५ र सबैभन्दा बढी दिपायलमा २३ डिग्री सेल्सियस तापक्रम छ ।


काठमाडौ -मुस्ताङ, माघ १५ गते । रातो तारा डट कम, मुस्ताङका स्थानीय तहले कृषकलाई यस वर्ष २५ हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरेका छन् । स्याउ खेती विस्तारका लागि बाहगाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई २५ हजार ५०० स्याउका बिरुवा वितरण गरेका हुन् ।

घरपझोङले १० हजार, बाहगाउँ मुक्तिक्षेत्रले १५ हजार र थासाङले ५०० वटा स्याउका बिरुवा वितरण गरेको जनाएका छन् । गाउँपालिकाको कृषि शाखामार्फत कृषकलाई स्याउका बिरुवा वितरण गरिएको हो । रु ४५ मूल्य पर्ने स्याउका बिरुवा कृषकलाई रु २२ मा उपलब्ध गराइएको घरपझोङ गाउँपालिकाका कृषि प्राविधिक बिमल खत्रीले बताउनुभयो ।

उहाँका अनुसार कृषकलाई स्याउ बगैँचा सरसफाइका लागि नीलो तुथो, स्प्रे, सिकेचर, करौँटीलगायत औजारसमेत उपलब्ध गराइएको छ । थासाङ गाउँपालिकाले स्याउका साथै ५०० वटा ओखरका बिरुवासमेत वितरण गरेको छ । रु २७ मूल्य पर्ने ओखरका बिरुवा रु १३ मा उपलब्ध गराइएको हो । यसअघि जिल्ला कृषि विकास कार्यालयले सञ्चालन गर्दै आएको कार्यक्रम राज्य पुनःसंरचनालगत्तै स्थानीय तहका शाखामार्फत हुन थालेको छ ।

स्थानीय तहले कृषकको आयआर्जन वृद्धि र रोजगारी सिर्जनाका साथै स्याउको उत्पादन बढाउन खेती विस्तारमा जोड दिएको बाह गाउँ मुक्तिक्षेत्र गाउँपालिकाको कृषि शाखाकी नायब प्राविधिक सहायक मनिता तामाङले बताउनुभयो । मार्फा्स्थित शीतोष्ण बागबानी विकास केन्द्रले उत्पादन गरेको बिरुवा खरिद गरेर कृषकलाई उपलब्ध गराइएको तामाङले बताउनुभयो । मुस्ताङका कृषक हिजोआज नयाँ बिरुवा लगाउने, स्याउ बगँैचाको काँटछाँट, सरसफाइ र व्यवस्थापनको काममा व्यस्त छन् ।


बिराटनगर,माघ १४ गते । रातो तारा डट कम,दुहबीको पस्चिम सुनसरीमा उधोगपति बिनोद चौधरीले करिव २२ बिगाह क्षेत्रफलमा सी जी इन्डस्ट्रियल पाक अर्थात औधोगिक पार्कको स्थापना गर्न लाग्नु भएकोछ ।

सी जी इन्डस्ट्रियल पार्क सिलान्यास समारोहका प्रमुख अतिथि संघीय मामिला,स्थानिय बिकास मन्त्री तथा उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले पार्क सिलान्यास पछि बोल्दै,१ नम्वर प्रदेशमा चौधरी ग्रुपका संन्चालक निनोद चौधरीले यो पार्क खोल्न सिलान्यास गरेर राम्रो काम गर्नु भएको भन्दै सुभकामना सहित बधाइछ भन्नु भयो ।

सुनसरी मोरङको औधोगिक करिरोडमा बिगत ४५ वर्ष अगि देखि बिनोद चौधरी परिवारले यो क्षेत्रको बिकासको लागि उधोग हरु सन्चालन गर्दै आउनु भएकोछ । आफुले पनि राजनीतिक गर्दै आएको बराबरी जस्तै भएकोले लामो यस क्षेत्रमा अनुभव रहेको कुरा बताउनु भयो ।

नेपालमा धेरै पटक आन्दोलहरु भएका छन, सत्ता परिर्वतन भइ देश गणतन्त्रमा गई सघीय व्यावस्थामा आइपुगेकाले अव सबैले राजनीति क्रान्ति छाडेर देशमा आर्थिक क्रान्ति ल्याउनु पर्ने कुरामा जोड दिनु भयो ।

मैले कुनै बेला “मधेश भन्दा मेरो देश प्यारो” भनेर देश र जनताका लागि लडेको इतिहास मरेकोछैन ।

यो शुभ घडी र औधोगिक पार्क सिलान्यासमा कसैको आलोचना गर्नु भन्दा अव हामी सबै मिलेर देशलाई आर्थि क्रान्तिमा लानु पर्छ र बिदेशीएका हाम्रा युवाहरुलाई स्वदेशमै रोजगारि श्रजना गरेर युवा पलाएन रोक्नु पर्छ भन्नु भयो ।

गच्छदारले पर्याटन बोर्ड नेपालको प्रर्याटनको बिकास र त्यस्ता क्षेत्रहरु बिकासमा ध्यान नपुगेको जस्ता कुराहरु औल्याउदै उपप्रधान मन्त्रीले आर्थिक उन्तिमा लाग्ने कुरामा जोड दिदै,स्वास्थ्यको क्षेत्रमा भएको हेरेसमेन्ट कुरा इिाक्दै बीर अस्पतालमा राजतन्त्रकै बेलामा २८ वर्ष अगि स्तापना गरिएको भिविपी आई कक्षमा आज सम्म कोहि उपचारको लागि बसेका रहेन्छन यो दु ख लाग्दो कुरा भएको बताउनु भयो ।

अन्त्यमा गच्छदारले कृषि स्वास्थ्य, उधोग शिक्षा जस्ता कुरामा राज्याबाटै ध्यान जानु पर्ने रहेको कुरा बताउनु भयो ।

अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १ नम्वर प्रदेशमा खोलिने यो उधोगले यस क्षेत्रको बिकासमा सहयोग पुग्ने भएकाले उधोगपति बिनोद चौधरी परिवारलाई बधाई  र शुभकामना दिनु भयो ।

सास्कृति तथा पर्याटन उड्यान साहेक मन्त्री सुमित्रा बिश्वासले उधोपति चौधरी परिवारलाई बधाई दिनु भयो ।

नेकपा एमालेका नेता तथा सासद भीम आचार्यले उधोगपति चौधरी र ग्रुपलाई धन्यावाद दिदै,पाटी गत नितिगत लामा कुरा सगै उहाँले अव देशमा राजनीतिक क्रान्ति गर्नु छै त्यसैले कसैको आलोचना नगरी आर्थिक क्रान्तिमा देशलाई लैजानु पर्छ भन्नु भयो ।

हामी प्रदेश वा देशमा पहिला एजेन्डा तयार गरेर काम थाल्ने र यही रोजगारी  सृजना गर्ने,युवा पलाएन रोक्ने,सौर्य उर्जामा जोड दिने एल पी ग्यास लाई ५ वर्ष भित्र बिस्तापित गर्ने गरी काम अगाडी बढाउने र घर घरमा चुलो बल्ने छ भन्ने कुरा बताउनु भयो ।

कार्याक्रमका सभापति तथा उधोगपति, सी जी इन्डस्ट्रियल पार्क संन्चालक बिनोद चोैधरीले, आफुले सकेसम्म देशको उन्नती प्रगतिमा सहयोग हुने गरि आफुले उधोगहरु संन्चालनमा ल्याएको बताउनु भएको थियो ।

आज भन्दा ३१ वर्ष पहिला मोरङ सुनसरी औधोगिक करिडोरमा खोलिएको बिस्कुट उधोग त्यस पछि महालक्ष्मी मैदा मिल दुहवीको बिकास र आजको दुहवी बजारको समेत कुरा गर्दै,आफुले सकेसम्म देशको उन्नति र प्रगतिमा आफु लाग्ने कुरा बताउनु भयो । चौधरीले देशका बिभिन्न भागहरुमा खोलिएको उधोगहरुको पनि चर्चा गर्नु भएको थियो । त्यसैगरी कार्याक्रममा पाल्नु हुने सबै पाउनाहरुलाई  बिनोदले  धन्यावाद भन्दै स्वागत गर्नु भएको थियो ।

सी जी इन्डस्ट्रियल पार्कका मेनेजिङ डाइरेक्टर निमार्ण चौधरीले पनि आफना कुरा राख्दै,सिलान्यास कार्याक्रममा उपस्थित महानु भावहरुलाई धन्यावाद दिनु भएको
थियो ।


आर पोखरेल- विराटनगर माघ १४ गते । रातो तारा डट कम बुतिबाङ म्युजिक प्रा लीको प्रस्तुतिमा कविराज शाहि र लक्ष्मण पोर्तेलको लोकदोहोरी गित“तिमी रुदाँ तिमै्र आशुँ बनि झर्ने छु ” भखरैबाट बजारमा आएको छ । माया प्रेमका वियोगान्त भावहरुलाई शब्द चित्रको माध्यमबाट गितमा समेटिएको छु ।

विछोडको पिडालाई कस्ले पो भुल्न सक्छर ? मायामा भएको विछोडमा आइपर्ने अवस्थालाई भुल्नै नसक्ने पिडाहरु गितको भिडियोमा रहेको छ । बुर्तिवाङ  म्युजिक प्राली मार्फत बजारमा आएको गीतमा  तथा गायक आशिष विसी र लक्ष्मण पोर्तेल र देवि धर्तिको स्वर रहेको छ । गितमा कविराज शाहि र लक्ष्मण पोर्तेलको शब्द तथा कविराज  शाहिको संगित रहेको छ  ।

 गितको भिडियोमा कलाकारहरु गोविन्द केसी र मिना क्षेत्रीको अभिनय रहेको छ । नविन विष्टको छायाँकन , विपिन खड्काको सम्पादन र विपिन खड्काको निर्देशनमा गितको भिडियो निमार्ण गरिएको हो ।गितलाई बुर्तिबाङ म्युजिक प्रालिका प्रबन्ध निर्देशक मोहन विरही श्रीपालीले बजार ब्यावस्थापन गरेका हुन ।

गितको भिडियो नेपालगञ्जका विभिन्न रमर्णिय स्थानमा छायाँकन गरिएको हो ।
हेर्नुहोस भिडियो ।


विराटनगर,माघ १४ गते । रातो तारा डट कम, सरकारको निर्देशन अनुसार विराटनगरको जिल्ला समन्वय समितिको कार्यालयलाइ तीब्र गतिमा रंगरोगन र मर्मतको गरिदैछ ।

१ नम्बर प्रदेशको संसदको पहिलो बैठक कहिले बस्ने टुंगो नलागेको भएपनि छिट्टै बस्ने मिति तोकिने सरकारी निर्देशन अनुसार सभाहलको व्यवस्थापनका लागि स्थानीय प्रशासन लागिरहेको बुझिएकोछ ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको प्रत्यक्ष नेतृत्वमा सचिवालयको व्यवस्थापनको काम अघि बढिरहेको हो । ‘काममा खटाइएका कर्मचारी र लेबरहरुले रात दिन नभनि काम गरिरहेका छन्,’ आचार्यले भने, ‘तत्काल सक्नु र तयारी अवस्थामा रहनु भन्ने हामीलाई निर्देशन छ ।’

१ सय ४० सिट क्षमता रहेको जिल्ला समन्वय समितिको ग्राउण्ड फ्लोरमा रहेको हलमा कार्पेट सिट मिलाउने र कार्पेट ओछ्याउने काम भने अझै सुरु भएको छैन । ‘सरकारले हलको मापदण्ड हिंजो मात्रै तोकेको छ,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने, ‘सोही मापदण्ड अनुसार कुन रंगको कार्पेट, कुर्सी र हल भित्रको व्यवस्थापनको काम भइरहेको छ ।’

प्रदेश प्रमुखको कार्यालयको व्यवस्थापन, मुख्यमन्त्रीको कार्यालय तथा अन्य मन्त्रालयको नाम टुंगो लागिसकेको छ । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक मामला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग–पर्यटन–वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय, प्रदेशसभा सचिवालय र प्रदेश प्रमुखको कार्यालय रहनेछन् ।

उक्त कार्यालय र सचिवालयका लागि २ सय ४४ कर्मचारीको आवश्यकता रहने मापदण्ड पनि केन्द्र सरकारले तय गरिसकेको छ । केन्द्र सरकारले अहिलेसम्ममा १ नम्बर प्रदेश प्रमुख सचिवमा यादव कोइराला, मुख्यमन्त्रीको कार्यालय सचिवमा सन्तोष श्रेष्ठ, आन्तरिक मामला तथा कानून मन्त्रालय सचिवमा यज्ञ बहादुर क्षेत्री र प्रदेश प्रमुखको कार्यालय सचिवमा रामकृष्ण गुरागाईंलाई पठाउने भएको छ । अन्य सचिव, उपसचिव तथा अधिकृत कर्मचारीको विषय अझै ठोस भइसकेको छैन ।

यस्तै संसद सचिवालय व्यवस्थापनका लागि सरकारले एक जना सहसचिवको नेतृत्वमा ४ जना संसदको सचिवालयको व्यवस्थापन गर्न पठाउने तयारी गरेको छ । अन्य कर्मचारीको हकमा केन्द्रमा रहेका विषयगत मन्त्रालय तथा सचिवालयबाट प्रदेशमा पनि प्राविधिक कर्मचारी पठाउने आफूले जानकारी पाएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइ छ । उनले माथिल्लो तहका कर्मचारी आइतबारसम्ममा आइसक्ने र १ हप्ताभित्रमा सबै काम पुरा हुने आचार्यको भनाइ छ ।

अन्य प्रदेशहरुमा प्रदेशसभाको पहिलो बैठक बस्ने मिति तय भइसक्दा १ नम्बर प्रदेशमा भने अझै आव्हान हुन सकेको छैन । प्रदेश प्रमुख डा. गोविन्द तुम्बाङ राजधानी काठमाडौंमै रहेका छन् । सोमबारसम्ममा प्रदेश प्रमुखले प्रदेशसभाको पहिलो बैठक आव्हान गर्ने अपेक्षा गरिएको छ । प्रदेशसभाको पहिलो बैठक कहिले बस्छ र के निर्णय गर्छ सबैको चासो बनेको छ ।

कुन मन्त्रालयको कति काम र कति कर्मचारी ?


क्र.सं. सचिवालय/मन्त्रालय कति काम ? कर्मचारी
१ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय २३ काम २१ जना
२ आन्तरिक मामला तथा कानून मन्त्रालय ४१ काम ४१ जना
३ आर्थिक मामला तथा योजना मन्त्रालय २४ काम १८ जना
४ भौतिक पूर्वाधार विकास मन्त्रालय २२ काम २४ जना
५ सामाजिक विकास (शिक्षा, स्वास्थ्य) मन्त्रालय ५८ काम ३० जना
६ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय ६२ काम २९ जना
७ भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय ३२ काम २९ जना
८ प्रदेशसभा सचिवालय – २७ जना
९ प्रदेश प्रमुखको कार्यालय – २५ जना
खबर पुर्वान्चलबाट


मोरङ,माघ १४ गते । रातो तारा डट कम,यले सम्बत ५०७८ नयाँ बर्षको आवसरमा मोरङको पथरीशनिश्चरे—३ स्थित सुन्दरचौकमा १३ गते देखि यले मेला शरू भएकोछ ।

किरातीहरूले हाङ यलम्बरको सम्झना र सम्मानमा शरू भएको यले सम्बत माघदेखि ५०७८ लागेको छ  । सोही अवसरमा धार्मिक तथा साँस्कृतिक यले मेला व्यवस्थापन समितिको आयोजनामा तीन दिने मेलाको उद्घाटन भएको हो।

अनेकतामा एकता, मुन्धुमीहरूको मौलिकता’ भन्ने मुल नाराको साथ भएको उद्घाटन कार्यक्रममा मोरङ ३ (क)का प्रदेशसभा सदस्य सुयमाराज राईको प्रमुख आतिथ्यमा भएको थियो ।

प्रदेशसभा सदस्य राईले क्षेत्रमा रहेकाखोला तट्बन्धन, सुकुम्बासी, मजदुर र किसानको समस्या समाधान गरेरै छाड्ने बताए । पथरीशनिश्चरे नगरपालिकाका पदाधिकारीहरूले सुकुम्बासीहरूको अहितमा काम नगरे आफुहरू विरोध गर्न बाध्यहुने प्रदेश सांसद राईले बताए ।

कार्यक्रममा मुन्धुमी चुम्लुङका प्रमुख संरक्षक राजकुमार पालुङ्वा,किरात राई यायोक्खा केन्द्रीय सदस्य अर्जुन   जम्नेली राई, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष विवेक लिम्बू लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष फिपराज लिम्बू, खिनमाया लिम्बू लगायतले शुभकामना व्यक्त गरेका थिए ।
वक्ताहरूले आदिवासीहरूको साँस्कृतिक कार्यको लागि सरकारले कुनै सहयोग नगरेकोप्रति दु:ख ब्यक्त गरेका थिए ।

यलेको ५०७० देखि सो स्थानमा निरन्तर  रूपमा मेला लाग्दै आएको छ । आठ बर्ष अघि यलम्बरको सम्झनामा यले स्तम्ब गाडेका छन् । प्रत्येक बर्ष यले स्तम्भमा पुजा गर्ने, मेलामा रोहोटे पिङ लगायतका खेल तमासाह?, सांगीतिक
सांस्कृतिक कार्यक्रम गरेर तीन दिनसम्म मेला लाग्दै आएकोछ, यो बर्ष यले आइडल (गायन प्रतियोगिता) गर्ने आयोजक मौसम लिम्बूले बताए ।


काठमाण्डौं, दाङ,माघ १४ गते । रातो तारा डट कम, कृषि क्षेत्रको विकासका लागि जिल्लामा करिब रु ८० करोड लगानी भएको छ । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको रु २८ करोड ६५ लाख २७ हजार ४५७ अनुदान र सेवाग्राहीको रु ५० करोड ७९ लाख ६२ हजार २८४ गरी कुल रु ७९ करोड ४४ लाख ८९ हजार ७४१ लगानी भएको आयोजनाका जिल्ला संयोजक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार, तरकारीसम्बन्धी २३, माहुरी २३, च्याउ १०, केरा खेती पाँच, जडीबुटी एक, कोल्डस्टोर दुई, बजार व्यस्थापन पाँच, अदुवा मसला उत्पादन प्रशोधन चार गरी कुल ८१ वटा उपआयोजनामार्फत सो लगानी भएकोे हो ।

यसरी सञ्चालन भएका उत्तः उपआयोजनामध्ये ५७ वटा उपआयोजना सम्पन्न भएका छन् भने तीन वटा योजना सम्झौता हुन नसकेको शर्माले जानकारी दिनुभयो । पछिल्लो समयमा जिल्लामा कृषिको क्षेत्रमा लगानी बढेसँगै प्रविधिसमेत फड्को मारेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण विकास अधिकृत पीताम्बर बस्नेतले जानकारी दिनुभयो ।

व्यापारिक,कृषि तथा पर्यटन महोत्सव शुरु
यहाँ तेस्रो नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव शुरु भएको छ । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा घोराही उपमहानगरपालिका–१० नारायणपुरमा शुक्रबारदेखि महोत्सव शुरु भएको हो ।

कृृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहन ‘ दिगो अर्थतन्त्रका लागि अमूल्य योगदान’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सवमा व्यापारिक, पर्यटन, कृषि एवं अन्य स्टल राखिएका छन् । करिब एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको सो महोत्सवमा करिब रु तीन करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक महेन्द्र दाहालले जानकारी दिनुभयो । महोत्सव माघ २४ गतेसम्म सञ्चालन हुनेछ ।


चितवन, माघ १४ गते । रातो तारा डट कम,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुङ्ग्याउने क्रममा आफूहरु रहेको बताउनुभएकोछ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार त गठन हुन्छ नै पार्टी एकता त्यो भन्दा अगाडिनै होस् भन्ने आफ्नो चाहना छ भन्नुभयो ।

उहाँले भन्नुभयो–“मेरो कोशिस भन्नुहुन्छ भने त सरकार गठन भन्दा अघिनै पार्टी एकता हुनु जनभावनाअनुसार पनि हुन्छ । हामीले गरेको प्रतिबद्धता अनुसार पनि हुन्छ ।” आज भोलिनै एउटा निष्कर्षमा पुग्ने तयारीमा रहेको पनि उहाँले बताउनुभयो।

उहाँले फागुनको दोस्रो हप्ताभित्र सरकार गठन हुने बताउनुभयो । देशको राजनीतिक स्थायित्व हुन र विकासलाई गति दिनका लागि पनि कम्युनिष्टको एउटा बलियो केन्द्र आवश्यक रहेको अध्यक्ष प्रचण्डले विचार व्यक्त गर्नुभयो ।

अहिलेको काम चलाउ सरकारले गम्भीर प्रकृतिका निर्णय गर्ने गल्ती गरेको उहाँले बताउनुभयो । उहाँले अहिलेको निर्णयबाट नेपाली काँग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न चिन्ह खडा भएको धारणा राख्नुभयो । दाहालले भन्नुभयो–“यसले नेपाली काँग्रेसलाई दीर्घकालीन असर गर्छ भन्ने कुरा साँचो हो ।” सरकारको यो निर्णयप्रति एमाले र माओवादीको मत एउटै रहेको उहाँले बताउनुभयो ।

इलाम, माघ १४ गते । रातो तारा डट कम, व्यावसायिक रूपमा किबीखेती गर्दै आएका इलामका कृषक ‘किबी जोन’ सञ्चालन हुने भएपछि खुशी भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत इलाममा ‘किबी जोन’ सञ्चालन हुनेभएपछि यहाँका किबी कृषक खुशी भएका
हुन् ।

व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रमले कृषकलाई सहायताका कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । पाँच सय हेक्टर क्षेत्रफलमा जोन क्षेत्र फैलने जनाइएको छ । जोन स्थापना भएपछि कृषि पूर्वाधार र यान्त्रीकरणमा सहुलियत पुग्ने किबी फ्रुुट एशोसिएशनका केन्द्रीय सदस्य देवकुमार राईले बताउनुभयो ।

जोनले कृषि व्यवसाय प्रवद्र्धन, स्रोत केन्द्रको विकास, पोष्ट हार्भेष्ट सेन्टर स्थापना, प्रविधि तथा प्राविधिक सहयोग, कृषि यान्त्रीकरण र साना सिँचाइमा सहयोग गरिने बताइएको छ । किबी जोनअन्तर्गत किबीका बिरुवामा ५० प्रतिशत, प्रयोगशाला सेवामा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत, कृषि व्यवसाय सेवा पूर्वाधारमा ८५ प्रतिशत र शत प्रतिशत प्राविधिक सेवामा किसानलाई अनुदान उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालय इलामका प्राविधिक सहायक केशर मग्रातीले बताउनुभयो ।

यहाँ प्रतिहेक्टर एक दशमलव ५३ मेटिक टन किबीको उत्पादकत्व रहेको छ । जिल्लाका जमुना, सुलुबुङ, मावु, माईमझुवा, लुम्दे, आमचोकलगायतका गाउँमा किबीको व्यावसायिक खेती शुरु गरिएको
छ । किबी खेतीमा कृषकको बढ्दो आकर्षणसँगै व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट), कमर्सियल एग्रिकल्चर एलाइन्सजस्ता संस्थाले यस अघि किबी खेतीका लागि लगानी गर्दै आएका
छन् ।



बिराटनगर माघ १४ गते । रातो तारा डट कम,अर्जुन जम्नेली राई,संगको कुराकानिमा १ नम्वर प्रदेश सासद क. कुशल लिम्बू (साम्वा) भन्छन,! ‘प्रदेशलाई नमुनाको रुपमा विकास गर्न सरकारलाई सहयोग गर्छु । आइतबार (माघ, ७) विराटनगरको बीरेन्द्र सभागृहमा दौरा सुरुवाल, कोट र कालो टोपीमा ठाँटिएका व्यक्तिहरुसँगै माओवादीका पुर्ब जनमुक्ति सेना (लडाकु)का कमाण्डर मोरङ मिक्लाजुङ्गका कुलबहादुर लिम्बू (कुशल) पनि उस्तै पोशाकमा सजिएका थिए ।

युद्धको भाषामा दुश्मनको किल्ला कब्जा गर्ने, लडाकु तालिम र योजना सफल बनाउन रातदिन लागिरहने राजनीतिक कोर्ष परिवर्तनसँगै कुशलको भुमिकामा हेरफेर नहुने कुरै भएन । सफत ग्रहण सकिएलगतै आयोजित ‘चिया रोटी’ ग्रहण कार्यक्रममा इाण्डामा भावि मुख्यमन्त्री,मन्त्रीहरु बन्ने बनाउने प्रसंग आयो ।

पत्रकार मित्रहरुले प्रदेश प्रमुख डा.गोबिन्द लिम्बू र सम्भावित १ नम्बर प्रदेशका मुख्यमन्त्री दावेदार शेरधन राईलाई घेरा हालेर प्रदेशको भावि दिनहरुको बारेमा सोधिरहेका थिए । मुख्य मन्त्रीका दावेदार माओवादी केन्द्रका मौसम लिम्बू र एमाले सचिव भीम आचार्यको भावि भुमिका बारे जिज्ञासा राख्नेहरु पनि कम थिएनन् ।

यही क्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य र मोरङ जिल्ला ईन्चार्ज समेत रहेका कुलबहादुर लिम्बू (कुशल)लाई खुसुक्क सोधियो, प्रदेश सरकारमा
तपाईको के छ इच्छा ? ।

उनले सांकेतिक भाषा प्रयोग गर्दै भने ‘फुली थप्ने इच्छा कस्लाई हुदैन र ?’ पार्टीले भुमिका दिए प्रदेश सरकारमा रहेर काम गर्ने उनको भनाई थियो । दियो भने खाइदिन्छ’ । तर, आवश्यकता भन्दा बढी कसरत भने नगरिने उनको जवाफ थियो ।

पश्चिम नेपालबाट माओवादी आन्दोलन सुदुरपुर्व आइपुग्नै लाग्दा कुलबहादुर लिम्बू जनजाति आन्दोलनमा आवद्ध थिए। २१ वर्षे मस्त जवान हुदा लिम्बूमाओवादी आन्दोलनमा होमिएका थिए ।

२०३५ माघमा बिर्खबहादुर लिम्बू र मनमाया फत्र लिम्बूबाट मोरङटाँडीमा जन्मिएका कुलबहादुर लिम्बरु (कुशल)सँग हल्का राजनीतिक कुराकानी पनि भयो ।
१३ बर्षको कलिलो उमेरमा कुमार लिङ्देन (हाल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रीय अध्यक्ष) हरुसँग जनजाति आन्दोलनमासँगै लागेका रहेछन् । २०४८ देखि ०५६सम्म जनजातिसँग सम्बन्धीत विभिन्न भेला, बैठक, प्रशिक्षण र कार्यक्रमहरु सहभागि भएर राजनीतिक चेतना जगाउदै गएका रहेछन् लिम्बूले ।

टाँडीको मुख्य बजार मधुमल्ला झर्दा ‘जनादेश’, ‘जनआवाज’ जस्ता पत्रिकाहरु पढ्ने क्रममा माओवादी आन्दोलनले कुलबहादुर लिम्बूलाई विस्तारै तान्न थाल्यो । यसैक्रममा २०५६ को वीचतिर दीप राईसँग सम्पर्क भएपछि सोही बर्षदेखि माओवादी आन्दोलनमा उनी जोडिए । लिम्बूले सोही बर्ष माओवादी सम्बद्ध आदिवासी मोर्चाको टाँगी गाविस अध्यक्षको जिम्मा पाए । भुमिगतहुदा लिम्बूको नाम फेरियो र कुशलको नामले चिनिए ।

‘त्यसपछि त पार्टीले जहाँ पठायो, त्यही इमान्दार सिपाईको रुपमा खट्न थाले । लिम्बू भन्छन ‘कहिले जनमुक्ति सेनाको कमाण्डर त कहिले राजनीतिक
मोर्चाको कमिसार भएर खटेँ ।

२०५७ तिर टाँडीमै एरिया कमिटि सदस्य (एसीएम) ०५८ भित्रमा एरिया सेक्रेटरी र टाँडी जनसरकार उपप्रमुखको जिम्मा पुरा गरे । पार्टीले कहिले सेनामा त कहिले राजनीतिक मोर्चामा पठाउने भएकोले यही समयमा जनमुक्ति सेना तालिम लिनु परिहाल्यो ।

२०५७ को अन्त्यतिर वाईसीएलहुदै जनमुक्ति सेनाले टाँडीको मिलनमा आयोजना गरेको हप्तादिने तालिममा कुशलपनि सहभागि भए । ५०-६० जनाको समुहरहेको तालिमपछि उनलाई सेक्सन कमाण्डरको जिम्मा दिइयो ।

पार्टीको आयोजनामाउदयपुरको ताप्लेमा १२ दिनको सैनिक तालिम लिएका कुशल क्ता कमाण्डर, कम्पनि कमाण्डर, कम्पनि कमिसारदेखि द्यल ब्रिगेड ख्अ सम्म भएर काम गरेको अनुभाव सुनाए । पहिलो तालिम लिन’ अघि टाँडीकै यमबहादुर गजमेर (एटम)बाट भरुवा बन्दुक चलाउन सिकेका कुशल, शान्तिप्रकृया सुरुहुदासम्म जनमुक्ति सेनाको द्यल खअ थिए ।

२०५० मा इलामको बन्दुकेबाट सैनिक एक्सन (आक्रण र
प्रत्याक्रमन)को अनुभव लिएका कुशलले कुशलता पुर्वक सैन्य मोर्चाको जिम्मेवारी सम्हाले । २०६० मा मोरङको रमितेमा भएको तीन दिने भिडन्त, ६१ मा मोरङ पथरीकानेपोखरी एम्बुस काण्ड, सिन्धुलीको बन्दीपुर, धनकुटा र इलाम सदरमुकाम एक्सन, झापा सूरुङ्गाको कमाण्डो एक्सन, भोजपुरको घोडेटार लगायत दर्जनौ सैनिक
कारबाहीको अनुभाव लिम्बूले राखेका छन  ।

युद्धको बेला समयमा खान नपाइने, सुत्न समस्याहुने, रातभर हिड्नुपर्ने हुन्थ्यो । अल्लारे जवानमा युद्धाबाटै नेपालीहरुको भाग्य र भविश्य बनाउने चाहनाको साथ जस्तोसुकै दुःख, कष्ट भोग्नुपरेपनि पछि नहटेको व्यक्तिहुन उनी ।

शान्ति प्रकृया शुरु भएसँगै राजनीतिकमा दख्खल राख्नेहरुलाई पार्टीले जनमुक्ति सेनाबाट झिकेर राजनीतिक मोर्चामा पठायो । पार्टीकै योजनामा उनी नयाँ संरचना
अनुसार योङ्ग कम्य’निष्ट लिग(वाई.सी.एल.)मोरङको संस्थापक अध्यक्ष बने ।

‘त्यो बेला व्यक्तिका इच्छा सहायक कुरा हुन्थे .’ कुशल भन्छनु आवश्यकता अनुसार पार्टी मोरङ जिल्ला सदस्यदेखि सेक्रेटरीसम्म बनायो । दोस्रो संविधानसभाको निर्वाचन अघि पार्टी विभाजनहुदा कुशल मोहोन बैद्यले नेतृत्व गरेको

नेकपा—माओवादीको मोरङ जिल्ला ईन्चार्ज, वैकल्पिक केन्द्रीय सदस्य, पुर्णकेन्द्रीय सदस्य भएर पार्टी सञ्चालनको अनुभाव लिए । रामबहादुर थापा(बादल)को नेतृत्वमा प्रचण्ड अध्यक्ष रहेको तत्कालीन एमाओवादीवीच एकतापछि बनेको (नेकपा माओवादी केन्द्र)को मोरङ जिल्ला इन्चार्ज र पोलिटब्युरो सदस्य रहेका छन । प्रदेशभास सदस्यको निर्वाचित भएपछि उनको परिचय थपिएको छ ।
सेना र राजनीतिक मोर्चा दुवैको अनुभाव भएका कुशललाई प्रस्न गरियो ।

सेना कि राजनीतिक मोर्चामा काम गर्न सहज र उत्तर आउछ, ‘सेना’ । सेनामा चेन अफ कमाण्ड लागु हुन्छ । माथिल्लो आदेश हुबहु लागु गर्नुपर्ने हुन्छ । सेनाको तुलनामा राजनीतिक मोर्चा पुरा अराजक जस्तो देखिन्छ । उनले अनुभव सुनाए ।

झापा, मोरङ र सुनसरीका साथीहरु सेनामा धेरै टिकेनन् । त्यो बेला उपल्लो कमाण्डरहरुले मोरङ र सुनसरीका भाग्छन है भन्दा मन कटक्ट हुन्थ्यो । युद्व पक्कैपनि कठोर थियो । अनुशासनको साथ फर्मेशनमा हिड्नु पथ्र्यो ।

राजनीतिमा त्यसै फुत्त उफ्रेर आएको होइन । कुशल सबैकुरा भोगेरछआएको हो । अब कसैले लडाउनु खोजेर लड्दैन ।अहिलेसम्म असफल हुनु परेको छैन । ‘युद्धको बेला सँगै उभिएको साथी ढल्दा, अंग गुमाएका साथीलाई बोकेर
उद्धार गर्नुपर्दा क्षणिक पराजित भएको जस्तो लाग्थ्यो तर त्यो लडाइको नियम थियो । उनले थोरै अनुभव सुनाए । शान्ति सम्झौतापछि नेपालको राजनीतिक नयाँ कोर्षमा गएको पक्कै हो ।

किन पार्टी विभाजन र एकतामा रुमलिरहेका छन त भन्ने प्रस्नमा कुशलले आफ्नो बुझाइ यसरी सुनाए । १२ बुँदे सम्झौतालाई बाब’राम भट्टराईले राजनीतिक क्रान्ति सम्पन्न भयो भन्ने बुझे, मोहन वैद्यले क्रान्तिकै चरणमा भएको बुँझे प्रचण्डले व्यलेन्स गर्न खोजे, बुझाइ फरक भएकैले पार्टी विभाजित भयो । दुवैलाई व्यालेन्स गर्ने प्रयास स्वरुप २०६४ को निर्वाचनमा प्रचण्डले ‘मुखमा निर्वाचन र दिमागमा विद्रोह’कोनीति ल्याएका हुन । त्यसबेला अध्यक्षले ब्यालेन्स गर्न नसकेको कारण पार्टी विभाजन भयो ।

राजतन्त्रको औपचारिक अन्त्यपछि हतियारको लडाइबाट जाने प्रकृयाको अन्त्य भइसक्यो । नेत्रविक्रम चन्द (विप्लव)ले बन्दुक बोकेका छैनन् र बोक्दैनन, कुशलको भनाइ छ,।‘हतियार बोकेर कोसँग लड्छन विप्लव र विप्लव हामीलाई चाहिन्छ,प्रचण्डपछिका हाम्रा नेता उनै हुन ।

प्रगतिशिल संसदबाटै नेपालको संमृद्धि, भौतिक, आर्थिक विकासको प्रसस्त सम्भावना रहेको प्रदेशसभा सदस्य समेत रहेका क’सलको ठहर छ । माओवादी केन्द्र र एमालेमात्र होइन सम्पुर्ण वामपन्थीहरुको एउटै पार्टी बन्नुपर्छ । स्थायी शान्ति र समाजवादी क्रान्ति प्रचण्डको नेतृत्वमा मात्र सम्झव देख्छन उनी ।

एक नम्बर प्रदेशको नाम मिश्रित हुनुपर्ने र आदिवासी जनजाति, दलित, मधेशी लगायत उत्पीडित जाति, क्षेत्र र लिङ्गको समस्या समाधान समाजवादी क्रान्तिसँगै हलहुने
बताए ।

प्रदेश सरकार बन्ने प्रकृया नजिकै आइरहेको बेला कुशलले भने ‘सात प्रदेशमा क्लष्टर अनुसार जुन जातिको बाहुल्य छ, पहिलो चरणमा त्यही जातिको मुख्यमन्त्री बनाए राम्रो हुन्छ ।

एक नम्बर प्रदेशको कुरा आउदा कुशलले भने ‘नरेन्द्र मोदीले शुरुमा गुजरात बनाए, गुजरातको आर्थिक क्रान्तिबाट भारत नै प्रभावित बन्यो । त्यसैगरी एक नम्बर प्रदेशले उद्योग, पर्यटन, आध’निक कृषि, विद्युतको उत्पादन तथा विकास गरेर नेपाललाई प्रभावित गर्नुपर्ने विचार राखे ।

प्रदेशको विकासको लागि आफु मन्त्री भए, नभएपनि प्रदेशसभा सदस्यको हिसावले मुख्यमन्त्रीलाई गर्नुपर्ने सहयोगमा कुनै कसरत बाँकी नराख्ने वचन व्यक्त गरेएक नम्बर प्रदेशको तीब्र बिकासको लागि भारत र चीनसँग जोडिएको नाकाहरु व्यवस्थतिगर्नुपर्छ ।

२०७४ मंसिर २१ गते भएको निर्वाचनमा मोरङ १ (क) प्रदेशसभाको सदस्य निर्वाचित गर्न भोट दिने सम्पुर्ण क्षेत्रबासीलाई धन्यवाद दिदै कुशलले भने ‘यो
क्षेत्रलाई नमुनाको रुपमा विकास गर्न मेरो जोड रहन्छ ।

निर्वाचनको प्रतिबद्धताहरु पुरा गर्न हर समय लागिरहनेछु, क्षेत्रमा खोला तटबन्धन, खाने पानीको समस्या, सडक विस्तार तथा विकास, पर्यटकीय क्षेत्रको विकास, आन’निक कृषि, गुणस्तरीय शिक्षा, स्वास्थ्य उपचार र रोजगारी कसरी सहज बनाउन सकिन्छ भन्नेकुरामा नयाँ ढंगले सोचिरहेको कुशलको भनाइ छ । सो क्षेत्र भएर बग्ने खोलाहरु बाट विद्युतउत्पादनको सम्भाव्यता अध्ययन गरेर सम्भवहुने ठाउँबाट उत्पादन गर्नेकुरामा लाग्ने समेत उनले बताए ।


अर्जुन जम्नेली राई,मोरङ,माघ १४ गते । रातो तारा डट कम,पथरीशनिश्चरे नगरपालिका १ स्थित पथरी बजार सफा राख्ने उदेश्यले किरात मार्ग उपभोक्ता समितिको आयोजनामा सरसफाई अभियान शुरु भएको छ .

१३ गते औपचारिक कार्यक्रमको साथै नगरप्रमुख दिलिपकुमार राईको उपस्थितिमा सफाइ अभियानको उद्घाटन भएको हो । पथरीको मुख्यबजार रहेको इन्द्रेणी मार्गको पश्चिम किरात मार्गमा फोहोर मैला व्यवस्थापान नहुदा वातावरणम तथा मानवीय स्वास्थ्य प्रतिकुलरहदै आएको छ ।

पुर्वपश्चिम मुख्य सडकदेखि करिव डेढ सय मिटर दक्षिणमा पर्ने उक्त क्षेत्रमा घरैमा बंगुर पाल्ने, पथरी खोलदेखि दक्षिण लगिएको पैनीमा शौचालयको ढाल जडान गरिनुको साथै पुरानो बोरा, लुगा, जुत्ता, नानिकोप्याम्पस, महिलाले महिनावारीहुदा लगाउने प्याड, प्लाष्टिक लगायतको मैलाहरु
पैनी र खोलामा फाल्दै आएको कारण घनाबस्ति भित्रै दुर्गन्ध हुदैआएको छ।

पथरी बजारका केही फ्रेस हाउस, होटल तथा दोकानमा निस्कलेफोहोर मैला समेत खोलामा फालिन्दै आएको कारण गर्मी सिजनमा माहामारी फैलिने सम्भावना रहेको छ ।

सो अवस्थाको ख्याल गर्दै किरात मार्ग उपभोक्ता समितिले अभियानको शुरूवात गरेको समितिका अध्यक्ष अर्जुन जम्नेली राईले बताए । समितिले प्रत्येक महिनाको १ र १५ गते नियमित ?पमा सरसफाइ गर्ने, पैनी, खोला र नालीमा
फोहोर फ्याकेको भेटिएमा एक हजार जरिवाना गर्ने निर्णय भएको समितिका सचिव पुष्प लामाले बताए । सफरसफाइ अभियानको लागि टेकिन्द्र लिम्बूको संयोजकत्वमा समिति गठन भएको छ । समितिले राखेको नियम उलंघन गरेमा
नगरपालिका तथा प्रहरीमा कानूनी कारबाहीको लागि सिफारिस गर्ने सफाइ अभियानका संयोजक टेकेन्द्र लिम्बूले बताए ।

कार्यक्रममा नगर प्रमुख दिलप राई, १ नम्बर वडा अध्यक्ष बाबुराम लिम्बू, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, पथरी पैनीकासचिव केशव दाहाल लगायतले बोलेका थिए । बक्ताह?ले पथरीलाई सफा र सुग्गर
राख्न नगरले पहल गर्ने बताएका थिए । पैनी समितिका सचिव केशब दाहालले भने सरकारी पैनी अतिक्रमण भएको हटाइन पहल गर्न समेत नगरका पदाधिकारीह?सँग माग गरेका थिए । औपचारिक कार्यक्रम पछि नगरप्रमुख राई, वडा अध्यक्ष लिम्बू,युवाहरु सागर साम्बा, याम लिम्बू, सरस्वति लिम्बू लगायतको टोलीले पथरी पैनी,खोला र आसपासका क्षेत्रको फोहरमैला संकलन गरेर डम्पिङ्ग साइड पठाएका थिए ।

काठमाण्डौं,रोल्पा, माघ १३ गते । रातो तारा डट कम, यहाँ व्यावसायिक कृषि पेशा अँगाल्नेमध्ये ९० प्रतिशत बढी महिला देखिएका छन् । व्यावसायिक तरकारी खेती, बाख्रापालन, कुखुरापालन, बंगुरपालन, बीउ उत्पादनलगायत पेशामा आबद्ध किसानमध्ये ९० प्रतिशत महिला रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अधिकांश पुरुष वैदेशिक रोजगारीमा जानु, घरमै भएका पुरुषमा पनि कृषिबाट जीविकोपार्जन सम्भव छ भन्ने आत्मविश्वास कम हुनु आदि कारणले जिल्लामा महिला कृषकको सङ्ख्या अधिक देखिएको बताइएको छ ।

सरकारी तथा गैरसरकारी संस्थाले दिने अनुदानको समेत सदुपयोग गर्दै व्यवसाय प्रवद्र्धनमा महिलाहरु विश्वसनीय देखिएको श्रेष्ठले बताउनुभयो । कृषि क्षेत्रबाट गएको अनुदान तथा कर्जाको रकम महिला कृषकले उद्देश्यमूलक काममा खर्च गरेकाले जिल्लाको कृषि क्षेत्र सुधारोन्मुख दिशातर्फ जाँदै गरेको श्रेष्ठको भनाइ छ ।

जिल्लाका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई व्यवसाय गरेका महिलाले व्यवसायबाट मुनाफा गरी समयमै सावाँ तथा व्याजसमेत चुक्ता गर्दै आएको बैंक तथा वित्तीय संस्थाले बताएका छन् ।
अल्लोको धागो बाट नेपालमै बने घरेलु कपडा तथा त्यस बाट
बनेका सामा चइएमा कोसेली महोत्सव बिराटनगर फोन 9816345319 सम्पर्क गर्नु होला।



शिव भट्टराई -सुनसरी,माघ १३ गते । रातो तारा डट कम,
इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधि थ्री स्टारले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्री स्टारले जित हात पारेको हो ।
पहिलो हाफको ३६ औं मिनेटमा थ्री स्टारका लागि जर्सी नं. १७ का बुद्ध चेम्जोङले गोल गरेका थिए ।

सोही गोल नै खेलको निर्णायक गोल बनेको हो ।


युवराज ठकुरी-केराबारी माघ १३ गते । रातो तारा डट कम,
केराबारी गाउँपालिका-५सतिसालेमा अवस्थित सावित्री माविका छात्रा मनिसा कुवरलाई कोरियामा बस्ने युवाहरुबाट छात्रवृत्ति उपलब्ध गराइएको छ।
   
केराबारी-५सतिसाले स्थायी घर भइ हाल कोरियामा रहेका सेरबहादुर खजुमको पहलमा दसहजार रुपैयाँ सङ्कलन गरि सावित्री मावि कक्षा-९,मा अध्ययनरत छात्रा मनिसा कुवरलाई पठाइएको विद्यालयका शिक्षक नवराज लुइँटेलले बताए ।

उक्त रकम सरस्वती पुजाका दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल राईद्वारा हस्तान्तरण गरिएको थियो।छात्रवृत्ति पाएपछि मनिसा कुवरले कोरियामा रहेका सेरबहादु खजुमलाई धन्यवाद सहितको पत्र पठाएका थिए।

पत्र तस्वीरमा जस्ताको तस्तै राखिएको छ।
 तस्वीर :-विमल राईको फेसबुक वालबाट

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.